सिर्जना भण्डारी
प्रसंग मल्लकालीन इतिहासको हो । काठमाडौंका तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लले काजी भिम मल्ल निर्दोष हुँदा हुँदै पनि शत्रुका कुरा सुनेर उनलाई कठोर मृत्युदण्ड दिएका थिए । तत्कालीन सामाजिक परिवेश पतिको निधन भए पछि पत्नीले पतिको चितामा जिउँदै जल्नु पर्ने अर्थात सती जानु पर्ने थियो । काजी भिम मल्लकी पत्नी एक पतिव्रता नारी थिइन् । इतिहासमा उल्लेख भए अनुसार सती जाने समयमा चितामा प्रवेश गर्नु अघि उनले भाव विव्हल हुँदै "यो मुलुकका शाशकहरुमा विवेक नरहोस" भनी श्राप दिएकी थिइन् ।
समय समयमा जव जव मुलुकमा अप्ठ्यारो स्थिति आइ पर्छ तब तब धर्म संस्कृतिमा दख्खल राख्ने विद्धवान तथा पन्डीत-पन्डीताहरु यो घटना स्मरण गर्ने गर्छन् र सतीले श्रापेको मुलुकको के भलो हुन्थ्यो भन्ने गर्छन् । मुलुकको हालको परिस्थिति हेर्दा हामी आमजनताहरुलाई पनि साँच्चै होकी क्या हो जस्तो लाग्न थालेको छ । हुन पनि एक कोणबाट हेर्दा नेपाल जस्तो प्राय सम्पूर्ण पक्षले सम्पन्न मुलुकमा त्यतिबेला देखि हालसम्म नै किन स्थाइत्व र उन्नती हुन नसकेको होला ! नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने काजी भिम मल्ल काण्ड पछि नेपालमा राजनीतिक रुपले कहिल्यै शान्ति छाउन सकेन । नेपालको एकिकरण पश्चात नेपालले शक्तिसाली अंगे्रजहरुको सामना गर्नु पर् यो, दरवारी षडयन्त्र र अंग्रेजको कुप्रभावका कारण राणा शासनको उदय भयो वि. स. २००७ मा जहानिया शासनको अन्त्य र प्रजातन्त्रको क्षणिक बहाली पछि वि. स. २०१७ मा पंचायती निरङ्कश वहाल गरियो, वि. स. २०४६ सालको प्रजातन्त्रको पुर्नवहालीको केही वर्ष पछि नै मुलुकले लामो समय सम्म जनयुद्वको मार खप्नु पर्यो । १९ जना निर्दोष जनताहरुको बलिदानी पछि वि.स. २०६३ मा गणतान्त्रिक लोकतन्त्रको बहाली भयो । अब त केही होलाकी भन्ने लागेको थियो तर अहिले जातियता र संधियताको मतभेदको दलदलमा मुलुक दिन दिनै भासिँदो अवस्थामा छ ।
समय समयमा जव जव मुलुकमा अप्ठ्यारो स्थिति आइ पर्छ तब तब धर्म संस्कृतिमा दख्खल राख्ने विद्धवान तथा पन्डीत-पन्डीताहरु यो घटना स्मरण गर्ने गर्छन् र सतीले श्रापेको मुलुकको के भलो हुन्थ्यो भन्ने गर्छन् । मुलुकको हालको परिस्थिति हेर्दा हामी आमजनताहरुलाई पनि साँच्चै होकी क्या हो जस्तो लाग्न थालेको छ । हुन पनि एक कोणबाट हेर्दा नेपाल जस्तो प्राय सम्पूर्ण पक्षले सम्पन्न मुलुकमा त्यतिबेला देखि हालसम्म नै किन स्थाइत्व र उन्नती हुन नसकेको होला ! नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने काजी भिम मल्ल काण्ड पछि नेपालमा राजनीतिक रुपले कहिल्यै शान्ति छाउन सकेन । नेपालको एकिकरण पश्चात नेपालले शक्तिसाली अंगे्रजहरुको सामना गर्नु पर् यो, दरवारी षडयन्त्र र अंग्रेजको कुप्रभावका कारण राणा शासनको उदय भयो वि. स. २००७ मा जहानिया शासनको अन्त्य र प्रजातन्त्रको क्षणिक बहाली पछि वि. स. २०१७ मा पंचायती निरङ्कश वहाल गरियो, वि. स. २०४६ सालको प्रजातन्त्रको पुर्नवहालीको केही वर्ष पछि नै मुलुकले लामो समय सम्म जनयुद्वको मार खप्नु पर्यो । १९ जना निर्दोष जनताहरुको बलिदानी पछि वि.स. २०६३ मा गणतान्त्रिक लोकतन्त्रको बहाली भयो । अब त केही होलाकी भन्ने लागेको थियो तर अहिले जातियता र संधियताको मतभेदको दलदलमा मुलुक दिन दिनै भासिँदो अवस्थामा छ ।
मुलुकको राजनीतिले त कहिल्यै सुल्टो बाटो लिन सकेन सकेन हुँदा हुँदा अब त सामाजिक, साँस्कृतिक र धार्मिक अवस्था र आस्थाहरुमा समेत धमिलो आकृति देखिन थालेको छ, एक वर्गले अर्को वर्गको दोहन गर्न थालेका छन् । दार्शनिकहरुका अनुसार राजनीति सबै नीतिहरुको पिता हो र राजनीतिले नै मुलुकका अन्य पक्षहरु- आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक आदीलाई मार्गनिर्देश गर्दछ । तर यदि मार्गनिर्देशन नै सही छैन भने त्यस पछाडि आउने अन्य पक्षहरु सही हुने त कुरै भएन ।
आज विश्वका विकसित मुलुकको पंक्तीमा रहेका मुलुकहरु- जापान, अमेरीका, बेलायत, मलेशिया, सिंगापुर, रसिया आदीका ऐतिहासिक राजनीतिक विकासक्रमलाई हेर्ने हो भने तिनका तुलनामा हाम्रो मुलुक र हामी निकै सुखी र भाग्यमानी मानिन्छौं । किनकी स्वतन्त्रता र स्वायत्तताका लागि हामीले कमसेकम उनीहरुले जस्तो रक्तरन्जीत र कठोर लडाइ लड्नु परेन, एडोल्फ हिट्लर (जर्मनी) र जोसेफ स्टालिन (रसिया) जस्ता मानव रक्तपिपासु अधिनायकहरुको अत्याचार खप्नु परेन, उनीहरुले जस्तो जनधनको क्षती बेहोर्नु परेन तापनि ति मुलुकहरुले आज यतिका प्रगती गरी सक्दा हामी भने जहाँको तहीं छौं बरु अझ खस्कदो अबस्थामा छौं । आखिर यसो हुनुको कारण के हो त ? उपरोक्त मुलुकहरु आज सफलता र विकासको चरम शिखरमा पुग्नुको कारणको सामान्य खोज गर्दा इतिहासमा यस्तो भेटियो- १७ र १८ औं सताब्दी सम्म विश्वमा विस्तारवाद ब्याप्त थियो र यस विस्तारवादका नायक बेलायत र फ्रान्स थिए । विश्वका अधिकांश मुलकहरुमा बेलायत र फ्रान्सको दवदवा थियो र विश्वका अधिकांश भू-भाग तिनका स्वसासीत क्षेत्र थिए। उनीहरु शक्ति सम्पन्न र वाठा भएका हुनाले आफ्ना धेरै जसो स्वसासीत क्षेत्रहरुमा स्कुल-कलेजहरुको स्थापना गर्नुका साथै बाटोघाटो जस्ता आधारभूत पूर्वाधारहरु निर्माण गरेका थिए । निरङकुशतामा चेपीएरै भए पनि स्वसासित क्षेत्रका केहि टाठा-बाठा र सम्पन्न घरानियाहरुले शिक्षा लिने अवसर पाए र पछि तिनैले विस्तारवादी शासकहरुको विरोध गर्दै मुलुकको स्वायत्तता र स्वतन्त्रताका लागि लड्न थाले । लामो र कठोर लडाइ पछि उनीहरु स्वतन्त्रता पाउन सफल पनि भए । यसरी लामो रक्तरन्जीत संघर्ष, आँकलन नै गर्न नसकिने त्याग र पराजयको तिखो धारबाट उछिट्टिएर आएको दुर्लभ विजयलाई उनीहरुले राम्रैसंगै बुझ्न र महसुस गर्न सके, स्वतन्त्रता स्वायत्तताको महत्व र स्वाद थाहा पाए र मुस्कीलले प्राप्त गरेको विजय, स्वायत्तता र अधिकार बचाउन उनीहरु तन-मन-धन लगाएर खटे । यस किसिमको सुझबुझ र अकल उनीहरुको सफलताको पहिलो कारण थियो भने शिक्षा दोस्रो कारण थियो ।
आजको विश्वको सर्वसम्पन्न र शक्तिसाली मुलुक अमेरीकाको राजनीतिक इतिहासलाई हेर्ने हो भने अमेरीका सन १७८९ मा वि्रटेनबाट स्वतन्त्र भएको थियो । अमेरीकी स्वतन्त्रता संग्रामका महानायकहरु - जर्ज वासिंगटन, बेन्जामिन फ्रान्ङ्कलीन, जोन एडम्स, थोमस जेफरसन, जोन वीथरस्पुन, जेम्स म्याडीसन आदि पढेलेखेका, विद्वान, बैज्ञानिक र दार्शनिक थिए । जोन वीथरस्पुन कानुन र राजनीतिक इतिहासका ज्ञाता थिए, थोमस जेफरसन कानुनका विद्यार्थी भए पनि धर्म, विज्ञान र गणितमा पनि उनको उच्च दख्खल थियो । बेन्जामीन फ्रान्ङ्कलीन बहुमुखी प्रतिभाका धनी थिए र उनलाई अमेरीकाको हजूरबा पनि भनिन्छ । उनी एक सफल वैज्ञानिक, लेखक, कुटनितिज्ञ हुनुका साथै राजनीतिज्ञ पनि थिए । जेम्स म्याडीसन कानुनका ज्ञाता र अमेरीकाको पहिलो संविधान निर्भाता थिए र अमेरीकी स्वतन्त्रतामा सबभन्दा ठूलो योगदान पुर् याउने र अमेरीकाका पिता मानिने जर्ज वासिङ्गटन कुशल सैनिक थिए जो अमेरीकाका प्रथम राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । उनी राजनीतिमा राम्रो दख्खल भएका कुशल सैनिक भएकोले त्यतिबेलाको विस्तारवादको यूगमा पनि अमेरीकाको राजनीतिलाई सफल नेतृत्व प्रदान गरी आफ्नो कुशलता प्रसतुत गरेका थिए । यिनै अग्रजहरुले देखाएका पथमा हिड्दै आज अमेरीका विश्वकै शक्ति-श्रोत सम्पन्न र विकसित मुलुक बन्न पुगेको छ । विश्वका अन्य सम्पन्न मुलुकहरुको ऐतिहासीक विकासक्रमहरु पनि यस्तै यस्तै छन् । स्वतन्त्रता प्राप्ती पछि यी मुलुकहरुले शिक्षाई नै परिवर्तनको मुख्य औजारका रुपमा अंगाले र ठूला-ठूला उपलब्धिहरु हासिल गर्दै गए ।
यसबाट के स्पष्ट हुन्छ भने स्वतन्त्रताको महत्व बुझ्न र मुलुकलाई संकटबाट उभार्न सम्बन्धीत तथा जिम्मेवार ब्यक्तिहरुमा बोध क्षमता र ज्ञानको प्रचुरताका साथै नेतृत्व प्रदान गर्न सक्ने सामथ्र्य हुनु जरुरी हुन्छ तर दुर्भाग्य हामी कहाँ न कहिल्यै त्यस्तो थियो न छ र न निकट भबिश्यमा हुने देखिन्छ । नेपालको हकमा भन्नु पर्दा "... को हातमा नरीवल" भने जस्तै पटक पटक प्रजातन्त्रको महत्व बुझ्न हामी असक्षम भयौं, हामी केवल अमुक दर्शक भएका छौं । एउटा प्रसिद्ध नेपाली उखान छ "भिरबाट लड्न आँटेको गोरुलाई राम राम मात्र भन्न सकिन्छ काँध हाल्न सकिँदैन" भने झैं हाल हाम्रो मुलुक यही अवस्थामा पुग्न लागेको छ । लड्न आँटेको मुलुकलाई अब कसले बचाउने ?? बहुसंखयकहरु बिचार यस्तो छ- जब सम्म यि उराठ लाग्दा, दिक्क लाग्दा र चेतना शुन्य भिरहरु भत्काएर उक्त स्थानमा योग्य र चेतनशिल चट्टानहरुको जग बसालिदैन मुलुकको अवस्थामा सुधार आउनेवाला छैन । जुन दिन मुलुक जिम्मेवारी लिन सक्ने योग्य, चेतनशिल र सक्षम ब्यक्त्विहरुको हातमा जानेछ तब मात्र मुलुकले काँचुली फेर्नेछ । तर जनताहरु त केबल सहयोगी मात्र हुन् । वास्तबमा भन्ने हो भने समय र परिस्थितीको महत्व र आवश्यकता राज्यका जिम्मेवार आहोदामा रहेका प्रसासन, अर्थतन्त्र, ब्यबस्थापिका, न्यायपालिका र कार्यपालिकामा प्रत्यक्ष्य पहुँच रहेका ब्यक्तित्वहरुले बुझ्नु पर्ने हो जहाँबाट मुलुकलाई सही दिशा प्रदान गर्ने ऐन, कानुन, योजना आदीको निर्माण हुने गर्दछ ।
यो घडीमा हामी जनताहरु केवल आ-आफ्ना ईष्टदेवसँग मुलुक र जनताको कल्याण र मुलुकलाई सतीको श्रापबाट मुक्त गरुन् भन्ने कामना र आराधना मात्र गर्न सक्छैं ।
अमेरीकी इतिहासको स्रोत-: Miracles of the American Revolution, Larkin Spivey, 200
4
4