'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 14 May 2009

शिशु लोकतन्त्र र नयाँ नेपाल

सिर्जना भण्डारी
संधै जसो भन्ने गरिन्छ नेपालमा प्रजातन्त्र/लोकतन्त्र शिशु अबस्था मै रहीरह्यो कहिल्यै यौबनमा प्रबेस गर्न सकेन। तर यो भनाइ साँचो होइन। साँच्चै भन्ने हो भने वि. स. २०६२/६३ अघि नेपालमा प्रजातन्त्र/लोकतन्त्र जन्मेको नै कहिले थियो र हुर्कियोस्। यो सत्य हो की गर्भधारण चाहीँ २|३ पटक नै भएको थियो तर जब जब गर्भ छिप्पीन्थ्यो तब तब जन्मन नदिने र तुहाउने खेल शुरु हुन्थ्यो र तुहाइन्थ्यो।

प्रकृतिको नियम यस्तो छ की, हरेक चिज निश्चित प्रकृया पुरा गरेर जन्मन्छ, हुर्कन्छ पाको हुन्छ र प्रकृति मै बिलिन हुन्छ यदि त्यो नासवान चिज हो भने र यदि नासवान होइन भने युगौ युग रहीरहन्छ। हुनत म इतिहासको बिद्यार्थी हुँ तर मेरो झुकाउ बोटबिरुवा प्रति बढि भएकोले प्रजातन्त्र/लोकतन्त्र शिशु नभै बेर्नाका रुपमा चरितार्थ गर्न सान्दर्भिक ठान्दछु।

वाक र समवेदना नभए पनि विज्ञानले बोटबिरुवालाई जिवित बस्तु मानेको छ। यी पनि जिवित पा्रणी झैं जन्मन्छन्। हुनत केही बोटबिरुवा अन्य बोटबिरुवाका माथि ऐंजेरुका रुपमा पनि पलाउँछन। तर तेस्ता बोटबिरुवा लामो समयसम्म बाँच्दैनन् र तिनले उत्पादन पनि दिदैनन्। बोटबिरुवाबाट उत्पादन लिनका लागि बिधिबत रुपमा तिनको बीऊ छरेर, उमारेर उचित स्याहार सुसार गर्नु पर्दछ। र प्रकृतिको यही यथार्थ अन्य सबै पक्षहरुमा लागु हुने गर्दछ।

नेपालमा स्वतन्त्रताका लागि बिगतमा अनेक लडाइहरु लडिए ति मध्य धेरैजसो टुंगोमा पुग्न सकेनन्। केही बल्ल तल्ल पुगेकाहरु पनि अनेक बाधा र तगाराहरुबाट मुक्त रहन सकेनन्। प्रजातन्त्र/लोकतन्त्रको जन्म तथा अंकुरणको कुरा गर्दा इतिहासमा र बिभिन्न लेखकका लेखहरुमा वि. स. २००७, आंशिक भए पनि २०३६ र २०४६ को समयलाई उल्लेख गर्ने गरेको पाइन्छ। तर वास्तविकतालाई खोतल्ने हो भने ति ऐतिहासीक कालखण्डहरुमा प्रजातन्त्र/लोकतन्त्रको पात त पलाएको थियो तर त्यो बिरुवा बिधिबत प्रकृयाले छरेको बीऊबाट नभई बिच तथा टुप्पाबाट ऐंजेरु बिरुवा झैं पलाएको थियो। प्रकृतिमा ऐंजेरु बिरुवा लामो समयसम्म बाँच्दैनन् र तिनले उत्पादन पनि दिदैनन् किनकी ति पराश्री हुन्छन्, सानो भन्दा सानो प्रतिकुलतासँग पलि जुध्न असक्षम हुन्छन् र टिक्न नसकी चाँढै तिनको अन्त्य हुन्छ। त्यसैले टुप्पाबाट पलाएको प्रजातन्त्र/लोकतन्त्र हुर्कन सकेन भन्ने चिन्तामा आजको अमुल्य समय खेर फाल्नु बुद्दिमानी होइन। अब हामा्र सामु चिन्ता होइन चिन्तनको समय आएको छ।


प्राकृतिक तथा बिधिबत रुपमा हामो्र मुलुकमा वि. स. २०६२/६३ सालमा प्रजातन्त्र/लोकतन्त्रको बीऊ रोपिएको छ। बीऊ रोपिए पछि आजसम्म गरिएका बिभिन्न कि्रयाकलाप तथा स्याहार सुसारले यो भर्खर अंकुरण भई हाल दुई पातको अबस्थामा छ। शान्ति प्रकि्रया र सम्बिधान लेखन यसका दुई पात हुन्। अब हामीले हामो्र मुलुकमा भर्खर जन्मिएको तथा अंकुरण भएको शिशु तथा बेर्ना प्रजातन्त्र/लोकतन्त्रलाई मलजल गरी, उचित किसिमले स्याहार सम्भार गरी हुर्काउनु परेको छ र जतिसक्दो लटरम्म फलाएर सदियौं देखि आधा पेट खाएर गुजारा गरिरहेका परीश्रमी र मौलिक देशबासीहरुको पेट भर्नु परेको छ।


एउटी आमा तथा मालीले निस्वार्थ रुपमा शिशु तथा बेर्ना हुर्काए झैं हामी सबैले शिशु तथा बेर्ना प्रजातन्त्र/लोकतन्त्रलाई हुर्काउनु पर्ने समय आएको छ। आज प्रजातन्त्र/लोकतन्त्रलाई मायाँले भरिएको निस्वार्थ मन, दरिलो तथा जाँगरिलो हात र अटुट साथको खाँचो छ। बिश्वकै इतिहासको एक पाटो र बर्तमान परिपे्रक्षलाई हेर्दा हामी कहाँ प्रजातन्त्र/लोकतन्त्रको मात्र जन्म नभई हामो्र देश नेपालकै नयाँ जन्म भएको छ "नयाँ नेपाल"। धमिराले खोको्र पारेका सम्पुर्ण खम्बाहरु ढलीसकेका छन् र भग्नावषेशमा परिणत भैसकेका छन्। अब ति भग्नाजषेशहरु पन्साएर नयाँ दरिला र भरिला खम्बाहरुको जग हाली नयाँ नेपाल बनाउनु छ। नयाँ नेपाल बनाउन खम्बा परिबर्तन मात्र पर्याप्त छैन। ति खम्बा गाड्ने, भित्ता टाल्ने र छाना चढाउने मिस्त्रीहरु पनि उत्तिकै कुशल, कर्मठ र निस्वार्थ भावनाले ओतपो्रत छातीभित्र देश दुख्ने ब्यक्ति र ब्यक्तित्व हुनुपर्नेमा कसैको दुई मत हुन सक्दैन। तब मात्र हामो्र शिशु तथा बेर्ना प्रजातन्त्र/लोकतन्त्र मौलाउनेछ, हुर्कनेछ, फुल्नेछ र फल्नेछ। 



को हुन सक्छन् तेस्ता कुशल मिस्त्रीहरु?

छाती भित्र देश दुख्ने तपाईं हामी जो पनि हुन सक्छौं तेस्ता कुशल मिस्त्री। देश बनाउने मिस्त्री हुन राजनीतिक लेबल लागेकै छबि हुनु पर्छ भन्ने छैन। आजको युग योग्यता र सक्षमतालाई अगाल्दै अघि बढिरहेको छ। शक्ति, धाक, रवाफ र चम्चा गीरी धेरै अघि इतिहासको पाना भित्र बिलाई सक्यो। हामी कहाँ त्यसको अबशेषहरु मात्र बाँकी थियो र अब त्यो पनि मरीसक्यो। शक्तिका पुजारी अब टिक्दैनन् र धाक-रबाफ र शक्तिका भरमा अब ति कहीँ पनि बिक्दैनन्। यस्ता सकारात्मक प्रकि्रयाका प्रमाणहरु फाट्ट फुट्ट भए पनि हामो्र प्रशासन ब्यबस्थाले देखाउन थालेको छ। धाक र शक्तिको भरमा उच्च पद र ओहोदामा बसी बाघको छालामा स्यालको रजाईं र उल्फाको धनले फुपुको श्राद गर्नेहरुलाई तिनका बास्तविकता तिर फर्काएर सानै संख्यामा भए पनि वास्तविकता र योग्यताको पहिचान गरी नयाँ नेपालको जग हाल्ने काम शुरु हुन लागेको छ। 


आउनुस हामी पनि आजैबाट नयाँ नेपाल बनाउने प्रण गरौं र एक भई जुटौं। जस्तोसुकै अबस्थामा पनि सकारात्मक सोचौं र आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गरौं। जसजसले जे जानेको छ त्यही गरौं, जो जहाँ छौं त्यहीँबाट गरौं, जसरी हुन्छ त्यसैगरी गरौं तर गरौं। यो हामी सबैको सामुहीक काम र सामुहीक दाइत्व हो। काममा एकरुपता हुनै पर्छ भन्ने छैन, सामुहीक दाइत्वमा जति बढि विविधता भयो उतिनै बढि प्रभाबकारीता हुन्छ। यसै पनि हामी र हामो्र मुलुक सबै किसिमका विविधतामा सदीयौं देखि धनी रहँदै आएका छौं र रहने छौं। जति जति हामी नयाँ नेपाल बनाउँदै जान्छौं उति उति प्रजातन्त्र/लोकतन्त्रले पनि तलतिर गहिरो जरा हाल्दै र माथि तिर हाँगा पात हाल्दै बलियो हुदै जानेछ। 




मैले यो लेख जगदिश घिमिरेको 'अन्तर मनको यात्रा' पुस्तकको पेज नम्बर १३८ को अन्तिम हरफ "…त्यो टुप्पाबाट आएको थियो जराबाट होइन। …" मा टक्क रोकिएर यो लेख लेखेको हुँ। 




यो पुस्तक पे्ररणादायी छ साथै अक्षर यात्रामा रमाउनेहरुका लागि सहयात्री पनि बन्न सक्छ, एक पटक पुरै पुस्तक पढ्नुहोस्। यो पढ्नै पर्ने पुस्तक हो। यस पुस्तकका धेरै हरफहरुमा देश दुखेको छ