'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 6 March 2014

बैदेशिक रोजगारीमा महिला र यसका चुनौतीहरु

Women in Foreign Employment and Its Challenges
                                                                     सिर्जना भण्डारी


आजभोलि ठूलो संख्यामा नेपाली युवाहरु बैदेशिक रोजगारीका लागि बाहिरिरहेका छन् । नेपालको सन्दर्भमा सन १८१४-१८१५ को नेपाल र ब्रिटिस-इन्डिया युद्ध पछि गोर्खा सैनिकमा भर्ना हुने परिपाटीबाट शुरु भएको बैदेशिक रोजगारी अहिले विश्वब्यापी भैसकेको छ । क्रमिक रुपमा हेर्दा १९औं शताब्दीसम्म नेपालीहरु बैदेशिक रोजगारीका लागि भारत जाने गर्दथे । सन १९७० मा मध्यपूर्ब एसियाली मुलुकहरुमा पेट्रोलियम पदार्थको उत्खनन् तथा विकास भएपछि यी मुलुकहरु बैदेशिक रोजगारीका गन्तब्य हुनथाले । औपचारीक रुपमा सन् १९८६ बाट शुरु भएको बैदेशिक रोजगारीले आजसम्म आइपुग्दा व्यक्ति, परिवार, समाज, देश र विश्व जगतमै ठूलो प्रभाव तथा परिवर्तन ल्याइदिएको छ । सन २००२-२००३ पछि भने बैदेशिक रोजगारीको नयाँ गन्तब्य मलेसिया बन्दै गइरहेको छ । बिगत तीन दशक यता बैदेशिक रोजगारीमा जाने बढ्दोक्रमका कारण नेपाल जस्तो कृषिप्रधान गरिव मुलुक विस्तारै विप्रेषणप्रधान बन्दै गइरहेको छ । युनिफेम र विश्व बैंकका अनुसार, अवको १५-२० बर्ष विप्रेषण नेपालका लागि आयको प्रमुख स्रोत बन्नेछ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५६ प्रतिशत नेपालीहरुको घरमा व्रि्रेषण  भित्रिने गर्छ जुन नेपालको कुलग्रार्हस्थ उत्पादनको २५ प्रतिशत हुन आउँछ जसमा ११ प्रतिशत योगदान महिलाहरुको रहेको छ ।

मुख्यतः गरिवी र बेरोजगारीका कारण युवाहरु विदेशिन बाध्यछन् फलस्वरुप नेपालमा यस्ता धेरै गाउँ-ठाउँ युवा बिहिन छन् र बैदेशिक रोजगारी त्यहाँको संस्कृति बनिसकेको छ । बैदेशिक रोजगार बिभागको तथ्यांक बि.स.२०६९ अनुसार भारतमा मात्र ३० लाख मानिसहरु रोजगारीका लागि गएका छन् । यसबाहेक २७ लाख आधिकारिक रुपमा विदेश गएका छन् । बि.स.२०६९मा मात्र तीन लाख १७ हजार मानिसहरु भारत बाहेकका मुलुकहरुमा विदेशिएको तथ्यांकहरुले देखाउँछन् । करीब १० लाख मानिसहरु बिभिन्न तरिकाबाट विदेशिएका छन् जसको आधिकारीक तथ्यांक नेपाल सरकारसंग छैन । रोजगारीकालागि विदेशिनेमा महिलाहरुको संख्या पनि उल्लेख्य रहेको देखिन्छ । यु.एन. उमेनको सन २०११ को प्रतिबेदन अनुसार खाडी मुलुकमा मात्र दुइ लाख ४४ हजार नेपाली महिलाहरु काम गरिरहेका छन् । ती मध्ये ५६ हजार महिलाहरु मात्र बैधानिक अवस्थामा रहेकाछन् । अधिकांश महिलाहरु १८-२५ वर्षउमेर वीचका रहेका तथ्यांकले देखाएको छ । नेपालको सर्न्दर्भमा बैदेशिक रोजगारी सम्बन्धी अनुसन्धानात्मक कामहरु कम भएको पाइन्छ । खासगरी महिला र बैदेशीक रोजगारीका सम्बन्धमा त झन अतिकम अनुसन्धान गरिएका पाइन्छन् । अनुसन्धानकर्ताहरु यसको मुख्य कारण तथ्यांक अभावलाई औंल्याउने गर्दछन् । एक तथ्यांक अनुसार बैदेशिक रोजगारीमा जाने सम्पूर्ण महिलाहरु मध्ये ८० प्रतिशत घरेलु कामदारका रुपमा काम गर्दछन् । साउदी अरेबिया, कुवेत, कतार, यु.ए.इ., बहराइन, इजरायल, लेवनान, मलेसिया आदि नेपाली महिलाका बैदेशिक रोजगारीका प्रमुख गन्तब्य मुलुक हुन्। यी सबै इस्लामीक मुलुक हुन् जहाँ महिला माथि सम्पूर्ण किसिमले चरम बिभेद गरिन्छ । बैदेशिक रोजगारीमा जाने महिला तथा पुरुष कामदारहरुमा पुरुषको तुलनामा महिलाहरु बढी शोषण तथा समस्यामा पर्ने गर्दछन् । यसरी घरेलु कामदारका रुपमा कामगर्ने महिलाहरु ९० प्रतिशत भन्दा बढी यौनशोषणमा पर्दछन् । ५ प्रतिशतले मात्र राम्रो र भनेकै काम तथा तलब-सुबिधा पाउँछन् । २५ प्रतिशतले ठिकै काम तथा तलब-सुबिधा पाउँछन् भने केवल ६ प्रतिशतले मात्र शिपका आधारमा भिसा पाउँछन् । बैदेशिक रोजगारीबाट र्फकने १६ प्रतिशत महिलाहरु तलब तथा आफ्ना सर-सामान नलिइकन फर्कन्छन् । बिदेशबाट फर्किने अधिकांश महिलाहरु बिभिन्न किसिमका शोषणका कथाब्यथा लिएर फर्कन्छन् भने केहीले सकारात्मक अनुभूति लिएर पनि फर्कने गरेको पाइन्छन् । ५ प्रतिशत महिलाहरु मात्र बिदेशबाट सकारात्मक अनुभूति लिएर फर्केका तथ्यांकले देखाउँछ । यु.ए.इ. बाट फर्केकी झापाकी कमला सिंखडा(३९) आफ्नो काम, तलब-सुबिधा र मालिकको ब्यबहारसंग खुशी छिन् । उनी भन्छिन, प्रायः गन्तब्य मुलुकको भाषा, सामाजिक-सांस्कृतिक चाल-चलन, कानूनी ब्यबस्था नजानेका र घरेलु कामदारका रुपमा काम गर्ने महिलाहरु बढी शोषण तथा समस्यामा पर्ने गर्दछन् । उनका अनुसार घरेलु कामका क्रममा भएका सानातिना गल्तीहरुको ठूलो सजाय दिने गरिन्छ । भाँडा फुटेको, आइरन गर्दा लुगा बिग्रिएको, भन्ने वित्तिकै सामान नभेटिएको, भाषा राम्ररी नबुझेको आदि जस्तो सामान्य कुरामा कयौं दिनसम्म खान नदिने, सर्म्पर्क बिहीन गरीदिने, तलव काट्ने वा दिदै नदिने, कुट-पिट गर्ने, तातो चिजले पोलिदिने/घोचिदिने/काटीदिने, घरका तथा पाहुना पुरुष सदस्यहरुबाट यौनशोषण गर्ने गराउने, उनीहरुले भने बमोजिम नगरे नशालु पदार्थ खुवाईदिने, मारीदिने तथा बेपत्ता पारीदिने जस्ता चरम यातना दिने गरिन्छ । यस्तो निरीह अवस्थाका महिलाहरुमा पीडा सहनुको विकल्प केहि रहदैन । एक तथ्यांकका अनुसार मध्यपूर्व एसियाका खाडीमुलुकहरुमा कुवेत र साउदी अरेबिया महिला कामदारहरुका लागि सुरक्षाका आधारमा उच्च जोखीम भएका मुलुकका रुपमा देखिएकाछन् जहाँ बिभिन्न कारणले खासगरी घरेलु कामदार महिलाहरुको मृत्युदर उच्च पाइएको छ ।
  
घरेलु कामदारका रुपमा कुवेत गएकी कानी शेर्पाले घरमालिकको शोषण सहन नसकी आत्महत्या गरेपछि महिला सुरक्षाको कारण देखाइ नेपाल सरकारले सन १९९८ मा खाडीमुलुकहरुमा महिला कामदार पठाउन प्रतिबन्ध लगायो । महिला अधिकारवादीहरुले सरकारको यो निर्णयको कडा बिरोध गरे, उनीहरुको तर्क थियो यो निर्णयबाट एकातिर महिलाको मानव अधिकारको हनन् भएकोछ भने अर्कोतिर यसले महिला तस्करीमा अझ बढावा दिनेछ । गैरसरकारी संस्था पौरखीका अनुसार सरकारको यो प्रतिबन्धका बावजुद हरेक बर्ष२० हजार महिलाहरु अनौपचारीक (तस्करी)को बाटोबाट(बम्बै-भारत) खाडीमुलुकहरुमा भित्रिरहेका छन्। पौरखीकी अध्यक्ष्य मञ्जु गुरुङ भन्छिन् सन २०१० मा खाडीमुलुकहरुमा एकलाख भन्दा बढी महिलाहरु अबैधानिक रुपमा काम गरिरहेका थिए । उनी थप्छिन् नेपाली महिलाहरु सोझा, इमान्दार र बढी मेहनेती हुने भएकोले उनीहरुको माग बिदेशी मुलुकहरुमा बढी हुने गर्दछ । यही सोझोपन, अशिक्षा तथा अज्ञानताका कारण उनीहरु बिभिन्न किसिमका शोषण तथा समस्यामा पर्ने गर्दछन् । पौरखी सस्ंथाले गरेको ब्यक्तिगत सोधपुछमा उनीहरु यौन तथा शारीरिक शोषणका दर्दनाक पीडाहरु सुनाउने गर्दछन् साथै कतिपय महिलाहरु त अनच्छित गर्भ तथा काखमा बच्चा लिएर र्फकने गर्दछन् र आफ्नो तथा बच्चाको भबिश्यको अनिश्चिताको डरले अति चिन्तीत र बेसहारा देखिन्छन् । अर्थशात्री चीरञ्जीवी नेपाल भन्छन्ः खाडीमुलुक जहाँ महिलाहरुको अधिकार अति संकुचित छ त्यस्तो समाजमा बैदेशिक रोजगारीका लागि महिलाहरुलाई पठाउनु भनेको सोझै उनीहरुलाई मानबबाट दासमा परिणत गर्नु हो ।


घरेलु कामदारका लागि एकातिर नेपाल सरकारको प्रभावकारी नीति नियम छैन भने अर्कोतिर बिदेशमा भएका श्रम कानूनहरुले पनि घरेलु कामदारलाई समेट्ने ब्यबस्था छैन । त्यसमाथि धेरैजसो खाडीमुलुकहरुले त आइ.एल.ओ. का श्रमसम्बन्धी  अभिसन्धिहरुमा हस्ताक्षर समेत गरेका छैनन् । यस्तो अवस्थामा अवसरवादी दलालहरुले खेल्ने मौका पाउँछन् जसले आफ्नो अनुकुल महिलाहरुलाई वस्तु सरह प्रयोग गर्ने र बेच्ने गर्दछन् । रिपब्लिका पत्रिका-सन्२०१२)का अनुसार तीनसय भन्दा बढी दलालहरु महिलाहरुलाई अनौपचारीक बाटोबाट विदेश तस्कर गर्न कार्यरत छन् जसको सिधै सर्म्पर्क बिदेशमा रहेका दलालहरुसंग रहने गरेकोछ । यसरी तस्करीमा परेर तथा बेचिएर गएका महिलाहरु अझ बढी शोषण तथा समस्यामा पर्ने गरेकाछन् । शोषण सहन नसकिने र संरक्षणको उपाय केही नभएको अवस्थामा महिलाहरु आफ्नो ज्यान मायाँमार्न बाध्य हुने गरेकाछन् । महिला अधिकारकर्मीहरुका अनुसार बैदेशिक रोजगारीमा जान महिलाहरुलाई प्रतिबन्ध लगाइएको कारण यस्तो भएको हो तर्सथ सरकारले यो समस्यालाई कानूनी, नीतिगत र श्रम कुटनीतिको माध्यमबाट सुदृढ र प्रभाबकारी ढंगले सम्बोधन गरेर बैदेशिक रोजगारीमा जान महिलाहरु माथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्छ । बैदेशिक रोजगारीलाई प्रभावकारी ढंगबाट ब्यबस्थापन गरेका मुलुकहरुको सिको गर्दै रोजगारीको गन्तब्य मुलुकसंग कामदारका हक-अधिकारलाई ध्यानमा राखी, विश्वब्यापी श्रम अभिसन्धिहरुको अनुकुल हुनेगरी प्रभावकारी तथा दरीलो श्रम सम्झौता गर्नुपर्दछ ।

यी सम्पूर्ण दबाबकाकारण सरकारले सन २०१० मा प्रतिबन्ध फुकुवा ग-यो र महिलाहरुलाई बैदेशिक रोजगारीका लागि सक्षम बनाउने उद्देश्यले बिभिन्न तालिमकेन्द्रहरु खोलेर तालिम दिन शुरु ग-यो । तर पर्याप्त अनुगमन तथा मुल्यांकनको अभाबका कारण बैदेशिक रोजगारीमा गएका महिलाहरुमाथि आइपर्ने शोषण तथा समस्याहरुमा खासै सुधार तथा कमी आउन सकेन । नेपाल सरकार तथा समाजका लागि महिलाहरुको बैदेशिक रोजगारीको अवसर र यसबाट उब्जेका समस्याहरु अझ जटिल तथा समबेदनशिल भएर अगाडि आउन थालेको छ । नेपाली महिला कामदारहरु माथि खाडीमुलुकहरुमा हुने गरेका यौन, शारीरिक, मानसिक तथा मनोवैज्ञानिक शोषणका घटनाक्रमहरुमा कमी नआएपछि यी सबै कुराहरुलाई मध्यनजर गर्दै पुनः महिला सुरक्षाको कारण देखाई सन् २०१२ मा नेपाल सरकारको क्याबिनेट बैठकले ३० बर्षन्दा मुनिका महिलाहरुलाई खाडीमुलुहरुमा अनौपचारीक कार्यक्षेत्रहरुमा पठाउन प्रतिबन्ध लगायो । कुमार वेलवासे (तत्कालीन श्रम तथा रोजगार मन्त्री)का अनुसार ३० वर्षभन्दा माथिका महिलाहरु सही-गलत थाहा पाउन सक्छन् र आफ्नो सुरक्षा आफैं गर्न सक्षम हुन्छन् भन्ने निष्कर्षका आधारमा यो नियम ल्याइएको हो र यस्तो नियम लागु गर्न खाडीमुलुकहरुलेनै सुझाएका थिए तर नेपाल बाहेक दक्षिण एशियाका अन्य छिमेकी मुलुकहरुले भने यसको अनुशरण गरेनन् । अधिकारकर्मीहरुद्वारा सरकारको यो निर्णयको ब्यापक विरोध भइरहेकोछ । सरु जोशी (यु.एन.उमेन, नेपाल च्याप्टर) र अधिवक्ता पुष्पा भुषाल उमेर प्रतिबन्ध महिला अधिकारको हनन् हो सरकारले यसो नगरी बैदेशिक रोजगारीमा गएका महिलाहरुको सुरक्षा तथा संरक्षणका लागि अन्य उपायहरु अपनाउनु पर्नेमा जोड दिन्छन् र १८ देखि २९ बर्षवीचका महिलाहरुका लागि कुनै ब्यबस्था नगरी यस्तो प्रतिबन्ध लगाउनु सरकारबाट ठूलो त्रुटी भएको औंल्याउँछन् जसले ती उमेरका महिलाहरुको तस्करीमा अझ बढावा दिन्छ तर्सथ महिला उत्थान तथा सशक्तीकरणका लागि र्सबप्रथम नेपाल सरकार आफैं सशक्त र सक्षम बन्नु पर्दछ । समाजशास्त्री कुमार यात्रु भन्छन् बैदेशिक रोजगारीका लागि महिलाहरुलाई पूर्णरुले तयार गर्न महिला अधिकारको उपयोग गर्न जागरुक बनाउन अपनाइएका सम्पूर्ण प्रक्रियाहरु कमजोर छन्, र्सबप्रथम यस पक्षमा ध्यान पर्ुयाउनु पर्दछ । बैदेशिक रोजगार प्रवर्द्धन बोर्डका तत्कालीन का.मु. अध्यक्ष्य भन्छन् महिलाहरु खासगरी शिप र शिक्षाको अभावका कारण बिदेशमा दुःख पाउन बाध्य छन् तसर्थ उनीहरुलाई सम्पूर्ण रुपले सक्षम बनाएर मात्र बिदेश पठाउनु पर्दछ । राष्ट्रिय महिला आयोगकी अध्यक्ष नैनकला थापा भन्छिन् बिदेश जानुअघि महिलाहरुलाई प्रभाबकारी शिप, तालीम तथा चेतना प्रदान गर्नु पर्दछ ।

यी उद्देश्य परिपूर्तिका लागि सरकारले ५३ वटा तालिम केन्द्र त खोलेको छ तर ती सबै राजधानी केन्द्रीत छन् जसबाट शिप तथा तालिम आवश्यक पर्ने र बैदेशिक रोजगारीमा जान चाहने ग्रामीण महिलाहरुको यी तालिमकेन्द्र सम्म पहुँच नरहेको कारण दलालको चंगुलमा परी शिप तथा तालिम नलिइकन नै पैशा तिरेर नक्कली प्रमाणपत्र बनाइ बिदेश गई पुनः त्यही नारकीय अवस्था भोग्न बाध्य छन् । तसर्थ माथि उल्लेखित समस्याहरुको समाधानका लागि यस्ता तालिम केन्द्रहरुलाई देशभरीका नागरिकहरुले सेवा प्राप्त गर्नसक्ने गरी ७५ वटै जिल्लाहरुमा बिकेन्द्रीकरण गरिनु पर्दछ साथै बैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकको नेपाली नियोगबाट महिला कामदारको मागपत्र प्रमाणित गराउने, नेपाल र गन्तव्य मुलुकमा रहेका जिम्मेवार एजेन्सी मार्फ मात्र महिला कामदारहरुको भरपर्दो तथा व्यवस्थित तालीम र शिप सिकाएर रोजगारीमा लगाउने, त्यसै गरी महिला कामदारको स्वास्थ्य वीमाको व्यवस्था, कुनै कारणले मृत्यु भएमा परिवारका सदश्यले पाउनु पर्ने क्षतिपूर्तिको व्यवस्था समेत गर्न आवश्यक देखिन्छ । काम गरेको अवधिको समेत तलव नपाउने लगायतका  आर्थि  असुरक्षाहरुबाट बच्नका लागि रोजगारदाताबाट निश्चित रकम ग्यारेण्टी स्वरुप नेपाली नियोगमा धरौटी राख्ने,  प्रत्येक महिना पाउने तलव बैंक खातामा जम्मा गर्ने, महिला कामदारलाई आफ्ना परिवारका सदश्यहरुसँग तथा आवश्यक परेको बखतमा नेपाली नियोगका जिम्मेवार व्यक्तिसँग सञ्चार सम्पर्क गर्न दिने लगायतका सुरक्षात्मक शर्तहरु रोजगार संम्झौतामा राख्ने र यसको पालना भए नभएको नियमित अनुगमन गर्ने व्यवस्था भएमा समस्याहरुको न्यूनिकरण तथा शोषणमा कमी आइ केही हद सम्म भए पनि विद्यमान नीति अनुरुप बैदेशिक रोजगार व्यवस्थित, सुरक्षित तथा मर्यादित हुनेतर्फ अगाडि बढन मद्दत पुग्ने देखिन्छ । bsirjana@gmail.com


सन्दर्भ सामग्रीहरुः