'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 10 December 2020

बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको पूर्नएकीकरणमा कृषि क्षेत्रको भूमिका र सम्भावना

                                                                                                डा. सिर्जना भण्डारी

(युवाहरुलाई कृषिमा आकर्षित गर्न र टिकाई राख्न विश्व खाद्य तथा कृषि संगठन (UN-FAO) द्वारा समय–समयमा विश्वका विकाशोन्मुख मुलुकहरुमा अध्ययन गरिएका प्रयोगात्मक केश स्टडीहरुमा आधारित)


कोभिड–१९ महामारीले अर्थतन्त्रमा आएको मन्दीकाकारण रोजगारी गुमाएर बाध्यतावस विदेशबाट स्वदेश र शहरबाट गाउँ फर्किने नागरिकहरुको संख्या बढ्दै गईरहेको छ । यो विषम परिस्थितिमा अव उनीहरुको रोजगारीको व्यवस्था तथा पूर्नएकीकरणको चुनौती राज्यकोे सामु खडा भएको छ । यो विशाल मानव श्रोतलाई सहि ढंगबाट परिचालन र दिगो तथा प्रभावकारी पुनःस्थापना गरेर मुलुकको आर्थिक–सामाजिक विकाससंग जोड्न सक्यौं भने क्रमिक रुपमा यस चुनौतीलाई अवसरमा बदल्न पनि सक्छौं । बेरोजगार मानव श्रोतको दिगो तथा प्रभावकारी पूर्नएकीकरण राज्यका महत्वपूर्ण क्षेत्रहरु जस्तै ठूला–मझौला–साना भौतिक तथा सामाजिक पूर्वाधारहरुको निर्माण, उद्यम–व्यवसाय संचालन, कृषि उत्पादन तथा व्यवसाय आदिमा गर्न सकिन्छ तर यसकालागि उपयुक्त र समय सान्दर्भिक नीति–रणनीति तथा योजना–कार्ययोजनाहरुको निर्माण र तिनको प्रभावकारी कार्यान्वयनको आश्यकता पर्दछ ।


पूर्नएकीकरणमा कृषिको भूमिका र सम्भावना

प्राकृतिक विविधतामा प्रचुर वरदान पाएको सुन्दर हाम्रो मुलुक नेपालमा कृषि क्षेत्रको विकासको सम्भावना अपार रहेको र यो क्षेत्र नेपालको अर्थतन्त्रको मूलआधार (कुल गार्हस्थ उत्पादनको २७.७%) तथा रोजगारीको प्रमुख श्रोत (६०–६५%) भएकोले कृषि खेती तथा व्यवसायका ठूला, मझौला तथा साना आयोजनाहरु संचालन गरि प्रसस्त रोजगारीका अवसरहरु सिर्जना गरेर बेरोजगार मानव श्रोतको दिगो तथा प्रभावकारी पूर्नएकीकरण कार्यमा यस क्षेत्रको भूमिका महत्वपूर्ण बन्नसक्छ । 


विविध अभूतपूर्व प्राकृतिक विशेषताहरुको धनी भएकाले नेपालको कृषि क्षेत्रको दायरा व्यापक छ, जस अन्तर्गत समग्रमा दुई किसिमका गतिविधिहरु (१) कृषि खेती (Farm Activities), (२) गैर कृषि खेती (Non-Farm Activities) पर्दछन् । कृषि खेती अन्तर्गत पर्ने गतिविधिहरुलाई प्रमुखरुपमा निम्न तीन किसिममा विभाजन गरिएकोछ– (क) अन्न उत्पादन (Crop Farming), (ख) वागवानी (Horticulture Farming), र (ग) पशुपालन (Livestock Farming) । त्यसैगरि गैर कृषि खेती अन्तर्गत पर्ने गतिविधिहरुलाई पनि प्रमुखरुपमा निम्न तीन किसिममा विभाजन गरिएकोछ– (क) कृषि–व्यवसाय (Agro-Business), (ख) कृषि–बजार (Agro-Marketing), र (ग) कृषि–पर्यटन (Agro-Tourism) । नेपालको सन्दर्भमा, कृषि विकासका बनीबनाउ पूर्वाधारहरु जस्तै प्रसस्त जैविक विविधता, फरक–फरक हावापानी, तापक्रम तथा भौगोलीक धरातलीय सुन्दरता र कृषि खेतीका परम्परागत वैज्ञानीक मौलिक ज्ञान तथा प्रविधिहरु उपलब्ध भएकाकारण प्रसस्त सम्भावना भएका कृषि खेती तथा गैर कृषि खेतीका सम्पूर्ण गतिविधिहरु– अन्न उत्पादन, वागवानी (विशेषतः फलफूल तथा तरकारीको जैविक खेती), पशुपालन, कृषि–व्यवसाय, कृषि–बजार र कृषि–पर्यटनका क्षेत्रमा रोजगारीका पर्याप्त नवीन तथा वैकल्पीक अवसरहरु सिर्जना गरि बेरोजगार मानव श्रोतको ठूलो संख्यालाई यस क्षेत्रमा रोजगारी प्रदान गरेर कृषि क्षेत्रको विकास तथा मुलुककै आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण उपलव्धि हासिल गर्न सकिन्छ ।


बेरोजगारहरुको दिगो तथा प्रभावकारी पूर्नएकीकरणकालागि कृषिमा “पहुँचको रणनीति”

सम्भावना हुंदैमा विकास हुदैन, कृषि विकासको सम्भावनालाई ‘सम्भव’ बनाउन प्रभावकारी क्रियाहरु (Actions) को महत्वपूर्ण भूमिका रहन्छ । प्रभावकारी क्रियाहरुलाई आवश्यकता र समय अनुकुल हुने कृषि नीति तथा कार्यक्रमहरुले विकासको गतिमा द्रुतता प्रदान गर्दछ । आवश्यकता र समय अनुकुल प्रभावकारी कृषि नीति तथा कार्यक्रमहरु नभएको र भएका नीति तथा कार्यक्रमहरुको पनि प्रभावकारी कार्यान्वयन हुन नसकेकाकारण नेपालमा कृषि पेशा अनुत्पादक, अनाकर्षक तथा घाटाको व्यवसाय बन्नपुगेको टिठलाग्दोे अवस्थामा राम्रो आर्थिक अवसरको खोजीमा बैदेशिक रोजगारमा जान बाध्य भएका र दुःख–सुख धेरथोर कमाइ गरिरहेका नागरिकहरुलाई कृषिको यथास्थितिमा पुनः यही पेशामा आकर्षण गर्न तथा उनीहरुलाई यस क्षेत्रमा टिकाईराख्न त्यति सजिलो छैन । यसकालागि कृषि पेशालाई उत्पादनमुलक तथा आकर्षक बनाउनु जरुरी हुन्छ । कृषि पेशालाई उत्पादनमुलक तथा आकर्षक बनाउन विश्व खाद्य तथा कृषि संगठनद्वारा समय–समयमा गरिएका बृहद केश स्टडीहरुले स्थापित गरेको “कृषिमा पहुँचको रणनीति” को अवलम्वन र तिनको प्रभावकारी कार्यान्वयन गर्नु अनिवार्य हुन्छ । कृषिमा पहुँचको रणनीतिले कृषिसंग सम्बन्धित निम्न क्षेत्रहरुमा वास्तविक कृषकहरुको सहज तथा गुणात्मक पहुँच हुनुपर्ने विषयमा विशेष जोड दिएकोछः 

(१) शिक्षा, सीप तथा सूचनामा पहुँच (Access to education, knowledge, and information [ICT]);

(२) भूमिमा पहुँच (Access to land); 

(३) कृषि वित्तमा पहुँच (Access to agro-finance);

(४) कृषि उत्पादनका साधन तथा सेवाहरुमा पहुँच (Access to agricultural production inputs and services);

(५) रोजगारीमा पहुँच (Access to employment); 

(६) बजारमा पहुँच (Access to market); र 

(७) नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच (Access to police dialogue and decision making) 


(१) शिक्षा, सीप तथा सूचनामा पहुँचः शिक्षित, सीपयुक्त, तालिम प्राप्त र सु–सुचित नागकिहरुबाट मात्र कृषिमा चिताएको विकास सम्भव हुने भएकोले शिक्षा, सीप तथा सूचनामा वास्तविक कृषकहरुको सहज तथा गुणात्मक पहुँच पुर्याउन कृषिलाई विशेष प्राथमिकतामा राखि कृषिका विभिन्न गतिविधिहरु जस्तै बीउको छनौट, जमीनको तयारी, मल–सिंचाइ–किटनासको मात्रा, बाली भित्र्याउने, सुरक्षित भण्डारन गर्ने; कृषि व्यवसाय संचालन गर्ने तथा कृषि उत्पादनको विक्रि–वितरण तथा बजारीकरण गर्ने आदि सम्वन्धि पूर्ण ज्ञान तथा जानकारी उपलब्ध गराउनकालागि स्वतन्त्र कृषि विश्वविद्यालय, छुट्टै कृषि कलेजहरु, कृषि सीप तथा तालिम केन्द्रहरु, प्रभावकारी कृषि अनुसन्धान केन्द्रहरु, कृषि ज्ञान केन्द्रहरु र चुस्त कृषि सूचना केन्द्रहरुको स्थापना र अनुभवी प्राविधिज्ञहरुद्वारा प्रभावकारी ढंगबाट यि संस्थाहरुको संचालन गर्नु पर्दछ । यसकालागि समय सान्दर्भिक हुनेगरी कृषि क्षेत्रका अनुभवी विशेषज्ञहरुको समलग्नतामा प्रभावकारी र व्यवहारीक कृषि शिक्षा, सीप–तालिम तथा सूचना नीति र योजनाहरुको निर्माण; कृषि पाठ्यसामग्रीहरुमा समयानुकुल परिमार्जन; व्यवहारिक ज्ञानमा आधारित शिक्षा, सीप तथा तालिम प्रदान; चुस्त कृषि सूचना प्रदान गर्न आधुनिक सूचना तथा संचार प्रविधि (ICT) को उच्चतम प्रयोगमा विश्व खाद्य तथा कृषि संगठनले विशेष जोड दिदै आएको छ । नेपालमा पनि माथि उल्लेखित विषयहरुमा काम गर्ने प्रयासहरु भएका छन् तर प्रभावकारी ढंगबाट अघि बढ्न नसक्नुकासाथै अपर्याप्त रहेको अवस्था छ ।


(२) भूमिमा पहुँचः कृषि तथा गैर कृषि दुवै व्यवसाय गर्नकालागि वास्तविक कृषकहरुको भूमिमा सहज र नियन्त्रणमुखी पहुँचले ठूलो महत्व राख्दछ । यसकालागि राज्यका तिनै तहहरुले भूमि व्यवस्थापनको प्रभावकारी नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याउनु पर्दछ । भूमि बैंक (Land Bank) को स्थापना; भूमिको दिर्घकालीन भाडा सम्झौता (Land Lease); कृषि–वनकोे व्यवस्था (Agro-Forest); बगर, मरुभूमि, दह, दलदल, खोल्सा आदिको सुधार गरि कृषि तथा गैर कृषि कार्यकालागि उपयोगी बनाएर र भूमि परिचालनसंग सम्वन्धित कानूनी, प्रसासनिक तथा प्राविधिक विषयहरुमा कृषकहरुलाई तालिम तथा साक्षरता प्रदान गरेर भूमिमा वास्तविक कृषकहरुको सहज र नियन्त्रणमुखी पहुँच बढाउन सकिने विश्व खाद्य तथा कृषि संगठनले विभिन्न विकाशोन्मुख मुलुकहरुमा सन् २०१४ मा गरेका अध्ययनहरुले देखाएका छन् ।


(३) कृषि वित्तमा पहुँचः सिमित आर्थिक श्रोत भएका कृषकहरुलाई उनीहरुले चाहे अनुसारको कृषि खेती, कृषि व्यवसाय तथा कारोवार गर्नकालागि कृषि वित्तमा सहज पहुँचका साथसाथ सहज वित्तिय कारोवारकालागि वित्तिय साक्षरता प्रदान गर्नु पहिलो आवश्यकता हो । वास्तविक कृषकहरुलाई सस्तो र सहज कृषि वित्त उपलब्ध गराउन राज्यका तीनै तहहरुले आपसी समन्वयमा कृषिकालागि चुस्त र प्रभावकारी वित्तिय नीति निर्माण गरि वित्तिय कारोवार गर्ने सबै संस्थाहरु (विकास तथा बाणिज्य बैंक, सहकारी, लघु वित्त, वचत तथा लगानी समुह) लाई कृषि ऋण प्रवाहका सबै मापदण्डहरु पालना गर्नुपर्ने अनिवार्य व्यवस्था गर्नुकासाथै उनीहरुको कामको आवधिक अनुगमन गरि काम अनुसार पुरस्कृत तथा दन्डित गर्नु पर्दछ । यस अतिरिक्त सरकारले कृषि सम्वन्धि विभिन्न आर्थिक गतिविधिहरुमा आर्थिक सहयोग, विमा, अनुदान, कर छुट, आवश्यक सहयोगको प्रतिवद्धता र असामान्य अवस्थामा ऋण तिर्ने अवधि बढाउने, व्याज तथा ऋण तिरिदिने तथा मिनाहा आदिको व्यवस्था गरेर कृषकहरुको आर्थिक अवस्था मजबुत बनाउन सहयोग गर्नु पर्दछ । यस कार्यमा धेरै आर्थिक श्रोत जुटाउनु भन्दा यसको उचित व्यवस्थापनको महत्वपूर्ण भूमिका रहन्छ । कृषिमा जति बढी वित्तिय तथा आर्थिक कारोवार हुन्छ अर्थतन्त्रमा त्यो भन्दा धेरै गुणा बढी कृषिको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान प्राप्त हुने कृषिमा लगानी र विकास सम्वन्धि विभिन्न अध्ययनहरुले देखाएका छन् । 


(४) कृषि उत्पादनका साधन तथा सेवाहरुमा पहुँचः कृषि उत्पादन तथा व्यवसाय गर्न भूमि तथा कृषि वित्त जत्तिकै महत्वपूर्ण कृषि उत्पादनका साधन तथा सेवाहरुमा कृषकहरुको सहज पहुँच हो जसले कृषि उत्पादनको वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ । मुलुकको अर्थतन्त्र कृषिमा आधारीत भएकोले तीनै तहका सरकारहरुले पुराना तथा नयाँ कृषि व्यवसायीहरुलाई कृषिमा आकर्षण गर्न तथा यस क्षेत्रमा टिकाइराख्न उन्नत तथा गुणस्तरीय बीउ/ब्रीड, मल, औषधि/किटनासक, मेसिन, प्रविधि, प्राविधिज्ञ आदि कृषि उत्पादनका साधन तथा सेवाहरुको सस्तो र सहज उपलव्धतामा विशेष प्राथमिकता प्रदान गर्नुपर्दछ । उन्नत बीउ/ब्रीड, रासायनिक तथा जैविक मल, किटनासक जस्ता कृषि उत्पादनका समवेदनशील साधनहरुकोे उत्पादन सम्भव भएसम्म मुलुकभित्रै गर्नुपर्दछ किनकी यि साधनहरुको समयमै आवश्यक मात्रामा उपलब्धता, गुणस्तर, मूल्य आदिमा आउने सानो परिवर्तनले कृषि कार्य तथा उत्पादनमा ठूलो परिवर्तन आउनसक्छ । त्यस्तै मेसिन, प्रविधि तथा प्राविधिज्ञ कृषि आधुनिकीकरणका अपरीहार्य साधन तथा सेवाहरु हुन् । सरकारले कृषि आधुनिकीकरणको शुरुआती चरणमा यि साधन तथा सेवाहरुको आयात गरि सस्तो र सहज उपलब्धतामा जोड दिइ विस्तारै मुलुकभित्रै उत्पादन गर्दै जानुपर्दछ र संगसगै हाम्रा परम्परागत मौलिक ज्ञान तथा प्रविधिहरुलाई आधुनिकीकरण गर्दै जानुपर्दछ ताकि लामो अवधिसम्म दिगो रहीरहोस । यसकासाथै उर्जा, सडक, सिंचाइ, भण्डारन, चिस्यान केन्द्र जस्ता कृषिका आधारभूत पूर्वाधारहरुको पर्याप्त निर्माण र कृषकहरुको सहज पहुँचको पनि महत्वपूर्ण र अभूतपूर्व भूमिका रहने विश्व खाद्य तथा कृषि संगठनले औंल्याएको छ । 


(५) रोजगारीमा पहुँचः विभिन्न कारणले सबै बेरोजगार मानिसहरु कृषि व्यवसायी बन्ने रुची तथा क्षमता राख्दैनन् तर उनीहरु कृषिमा राम्रो रोजगारीको अपेक्षा गर्दछन् । कृषि क्षेत्रमा सीपालु तथा अनुभवी श्रमिकहरुको माग प्रसस्त छ तर श्रमिकहरुमा कृषिकालागि आवश्यक पर्ने व्यवहारिक शिक्षा, सूचना, ज्ञान, सीप, तालिम, अनुभव आदिको अभाव तथा अपर्याप्तताकाकारण एकातिर ठूलो संख्यामा युवाहरु बेरोजगार छन् भने अर्कोतिर योग्य श्रमशक्तिको अभावमा कृषिको विकास तथा आधुनिकिकरण प्रक्रियाको गति सुस्त भएकोछ । तसर्थ सरकार तथा सम्वन्धित सरोकारवालाहरुले बेरोजगार मानव श्रोतलाई कृषि क्षेत्रमा सहजै रोजगारी पाउन सक्षम बनाउन कृषिकालागि आवश्यक व्यवहारिक शिक्षा, सूचना, ज्ञान, सीप तथा तालिमको आयोजना गरि रोजगारीमा उनीहरुको पहुँच बढाउने कामलाई प्राथमिकता दिनु पर्दछ । कृषि क्षेत्रको दायरा फराकिलो भएकोले नेपालमा प्रसस्त सम्भावना भएका अन्न उत्पादन, वागवानी, पशुपालन, कृषि–व्यवसाय, कृषि–बजार तथा कृषि–पर्यटनका क्षेत्रमा दिर्घकालीन, मध्यकालीन र अल्पकालीन ठूला, मझौला तथा साना कृषि आयोजनाहरु संचालन र सीप वृद्धिको योजनावद्ध खाका बनाएर कृषि विकासकार्यमा अघि बढे पर्याप्त नवीन तथा वैकल्पिक रोजगारीका अवसरहरु सिर्जना गरि बेरोजगार श्रमशक्तिहरुको रोजगारीमा सहज पहुँच पुर्याउन सकिन्छ जसले कृषिको विकास तथा आधुनिकिकरण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन मद्धत गर्दछ ।

(६) बजारमा पहुँचः व्यवसायीक कृषि उत्पादन बजारमा विक्रिकालागि गरिने हुनाले वास्तविक किसानहरुको कृषि बजारमा सहज र गुणस्तरिय पहूँच हुनु अपरिहार्य हुन्छ । यसकालागि सर्वप्रथम तीनै तहका सरकार तथा सरोकारवालाहरुले सूचना प्रविधिमा आधारीत अनलाइन बजारको प्रयोगमा व्यापकता ल्याई नेपालको कृषि बजारमा हावी रहेको दलाल तथा विचौलिया प्रबृत्तिको अन्त्य र नियन्त्रणमुखी अनुगमन गर्नु आवश्यक छ । यसकासाथै बजारको मागमा आधारीत कृषि उत्पादन र कृषकहरुको उत्पादनको उचित मूल्य तथा बजारको प्रतिवद्धता र प्रभावकारी बजार अनुगमनमा व्यापकता ल्याउनु पर्दछ । कृषकको बजारमा सहज पहुँचकालागि वस्तु ढुवानीका साधन, कृषि सडक, भण्डारन तथा चिस्यान केन्द्र जस्ता पूर्वाधारहरुको महत्वपूर्ण भूमिका रहने हुनाले बजार सुविधाकालागि यि पूर्वाधारहरुको निर्माण तथा उपलब्धता र बजार सम्पर्ककालागि सूचना प्रविधिमा आधारीत अनलाइन बजारको प्रयोग अनिवार्य गर्नुपर्दछ । यस किसिमको बजार प्रणालीमा परम्परागत बजार प्रणालीको तुलनामा वास्तविक कृषकहरुको माग र आपूर्ति कारोबारका वास्तविक व्यवसायीहरुसंग प्रत्यक्ष सम्पर्क हुने हुनाले यसले बजारमा सहज पहुँच बढाउनुका साथै विचौलियाहरुको ठगिबाट बचाउँछ ।

  

(७) नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँचः प्रभावकारी कृषि नीतिनै कृषि विकासको मूलआधार हो । प्रभावकारी कृषि नीति निर्माणकालागि नीति निर्माण तथा निर्णय प्रक्रियामा वास्तविक किसानहरुको प्रत्यक्ष समलग्नता तथा पहुँच अपरिहार्य हुन्छ । यसकालागि कृषकहरुले प्रभावकारी ढंगले नीति निर्माण तथा निर्णय प्रक्रियामा पहुँच तथा समलग्नताको माग जोरदार किसिमले राख्नु पर्दछ र तीनै तहका सरकारहरुले कृषिसंग सम्वन्धित मन्त्रालय, संस्थान, कृषि उत्पादक तथा उपभोक्ताहरुको संगठन, युवा संगठन, नागरिक समाज आदिसंग गहन छलफल तथा समन्वय गरि समावेसिताका (साक्षरता, उमेर, लिंग, वर्ग, भूगोल, समुदाय, अल्पसंख्यक) आधारमा प्रतिनीधिहरुको बैठक आव्हान गरि कृषि नीति निर्माणको कार्य गर्नु पर्दछ । 

यसरी, कृषिमा पहुँचको रणनीतिलाई क्रमबद्ध ढाँचामा प्रभावकारी ढंगबाट व्यवहारमा उतार्न सकियो भने यसले कृषि उत्पादन तथा व्यवसायमा रुची भएका युवाहरुलाई कृषि क्षेत्रमा आर्कषण गर्न, उनीहरुलाई यस क्षेत्रमा टिकाइराख्न र कृषिको विकास गरि यस क्षेत्रमा प्रसस्त नवीन तथा वैकल्पिक रोजगारीका अवसरहरु सिर्जना गरेर जनताहरुको जिवनस्तर उकास्न  तथा मुलुकको आर्थिक–सामाजिक विकास तथा रुपान्तरण गर्न सकिने विश्व खाद्य तथा कृषि संगठनको निष्कर्ष रहेको छ ।

....................................................

सन्दर्भ सामग्रीहरुः

Bhandari S. (2020). Reintegration of unemployed youths in agriculture sector. Kathmandu: ILO

Economic Survey. (2020). Economic survey of Nepal 2019/20. Nepal: MoF.

FAO. (2014). Youth and agriculture: key challenges and concrete solutions. Sweden: FAO.

ILO. (2019). Eight ways to grow Nepal’s agricultural sector. Switzerland: ILO.

Tuesday, 3 November 2020

बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको पूर्नएकीकरण र नीतिगत पाटो

                                                डा. सिर्जना भण्डारी

कोभिड–१९ महामारीले विश्वभरिकै अर्थतन्त्रमा उब्जाएको गम्भीर संकटका कारण रोजगारी गुमाएर बाध्यतावस विदेशबाट स्वदेश र शहरबाट गाउँ फर्किने नागरिकहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ तर यो मानव श्रोतको पूर्नएकीकरण कसरी गर्ने, यो चुनौतीलाई कसरी अवसरमा बदल्ने र मुलुकको विकाससंग कसरी यसलाई जोड्ने भन्ने सम्वन्धमा स्पष्ट खाका र यसकालागि आवश्यक नीति–रणनीति तथा योजना–कार्ययोजनाहरु हालसम्म नेपाल सरकारले सबैले स्पष्ट बुझ्नेगरी प्रस्तुत गर्न सकेको छैन । 


बैदेशिक रोजगारबाट कामदारहरुको स्वदेश फिर्ति र मुलुकको विकास (Return Migration and Development) का सम्वन्धमा आजका विकसित मुलुकहरु इटली, जापान, दक्षिण कोरिया आदिले अवलम्वन गरेका आर्थिक तथा सामाजिक नीति–रणनीति तथा योजना–कार्ययोजनाहरु हालसम्म पनि उत्तिकै उपयोगी र प्रभावकारी देखिन्छन् । दक्षिण–पूर्वी एशियाका विकाससिल मुलुकहरु फिलिपिन्स, इन्डोनेसिया, भियतनाम आदिले यिनै नीति–रणनीति तथा योजना–कार्ययोजनाहरुलाई नमुनाका रुपमा सिको गर्दै देश, काल र परिस्थिति अनुसार परिमार्जन गरी बैदेशिक रोजगारबाट कामदारहरुको स्वदेश फिर्तिसंग मुलुकको विकासलाई जोडेर राष्ट्रको आर्थिक–सामाजिक रुपान्तरणमा उल्लेख्य उपलब्धीहरु हासिल गरिसकेका छन् । नेपालले पनि यस्ता उपयोगी तथा प्रभावकारी र समय सान्दर्भिक अन्तर्राष्ट्रिय नीति–रणनीति तथा योजना–कार्ययोजनाहरुको सिको गरी बैदेशिक रोजगारबाट स्वदेश फर्किएका कामदारहरुलाई मुलुकको विकाससंग जोडेर समय र परिस्थिति सुहाउँदो नीति, रणनीति, योजना तथा कार्ययोजनाहरुको निमार्ण र ढिलो नगरी प्रभावकारी ढंगबाट यसलाई कार्यान्वयनमा उतारेर अघि बढ्नु अहिलेको प्रमुख आवश्यकता भएको छ । कोभिड–१९ महामारीका कारण हाल स्वदेश फर्किएका कामदारहरुको समयमै दिगो तथा प्रभावकारी ढंगबाट पूर्नएकीकरण गरी यस चुनौतीलाई अवसरमा बदल्न सके यसले दिगो विकास लक्ष्य हासिल गर्न र मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्न सक्छ । तर समयमै दिगो तथा प्रभावकारी पूर्नएकीकरण गर्न सकिएन भने सीपयुक्त तथा अनुभवी जनशक्तिहरु बाध्यतावस पुनः बैदेशिक रोजगारमा फर्कन सक्ने हुनाले मुलुकको विकास तथा समृद्धिकालागि सीप तथा उर्जाशील मानव श्रोतको अभाव हुनगई मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा बाधा पर्न सक्छ ।   


कामदारहरुको स्वदेश फिर्ति, पूर्नएकीकरण र राष्ट्रको विकासलाई आपसमा जोड्ने नीतिहरु

बैदेशिक रोजगारबाट स्वदेश फर्किएका तथा फर्किने क्रममा रहेका कामदारहरुले आर्थिक विपे्रषणका साथसाथ अन्य धेरै किसिमका सामाजिक सम्पत्ति (सीप–ज्ञान, योग्यता, क्षमता, अनुभव, सामाजिक–सांस्कृतिक सिकाई तथा सामाजिक सम्वन्ध, आत्मविश्वास आदि) पनि आफूसंंग लिएर आएका हुन्छन् । उनीहरुले आफूसंग ल्याएका यस्ता आर्थिक–सामाजिक श्रोत तथा सम्पत्तिहरुलाई आफ्नो समुदाय तथा मुलुकको विकासकालागि कसरी सहि सदुपयोग गर्ने र कसरी प्रभावकारी ढंगबाट ब्यवहारमा उतार्ने भन्ने कार्ययोजनाको सामान्य खाका समेत लिएर आएका हुन्छन् । राज्यले यस्ता नागरिकहरुको पहिचान गरी उनीहरुको उत्साह बढाउन र मुलुक भित्र लगानी मैत्री वातावरण बनाउन उनीहरुसंग बृहद छलफल गरी प्रभावकारी र प्रोत्साहनमुलक आर्थिक तथा सामाजिक नीति र कार्यक्रमहरु कार्यान्वयनमा ल्याउनु पर्दछ । पूर्बी एशिया, जि.सि.सि., यूरोप तथा उत्तर अमेरिकी मुलुकहरुले मुलुकको विकासक्रमको चरणमा बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको सहज, दिगो तथा प्रभावकारी पूर्नएकीकरण गर्न र पूर्नएकीकरण प्रक्रियालाई मुलुकको विकाससंग जोड्न यस किसिमको आर्थिक तथा सामाजिक नीति, रणनीति, योजना तथा कार्ययोजनाहरु अवलम्वन गरेका थिए । आज विकसित मानिएका मुलुकहरु इटली, सिंगापुर, दक्षिण कोरिया तथा विकासशील मुलुकहरु फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, कम्बोडिया, लावस आदिले बैदेशिक रोजगारबाट स्वदेश फर्किएका कामदारहरुको पूर्नएकीकरण कार्यलाई मुलुकको विकाससंग जोडेर मुलुकको आर्थिक–सामाजिक रुपान्तरण गर्न सफल भएका धेरै नमुना उदाहरणहरु हाम्रासामु छन् । 


बैदेशिक रोजगारलाई पूर्ण रुपमा राष्ट्र विकासको रणनीति “ब्रेन गेनका लागि ब्रेन ड्रेन” को रुपमा अवलम्वन गरेका यि मुलुकहरुले बैदेशिक रोजगारबाट स्वदेश फर्किएका कामदारहरुको पूर्नएकीकरणलाई दिगो तथा प्रभावकारी बनाउन बैदेशिक रोजगारमा जानु अघिदेखि स्वदेश फर्केपछिसम्मका सबै प्रक्रियाहरुलाई क्रमवद्ध गरी आवश्यकता अनुसारको उपयुक्त नीति, रणनीति, योजना, कार्ययोजना तथा कार्यक्रमहरुको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्दै पूर्नएकीकरण कार्यलाई मुलुकको विकाससंग जोडेर मुलुकको आर्थिक–सामाजिक रुपान्तरणमा लागीरहेका छन् । यि राष्ट्रहरुले बैदेशिक रोजगार, कामदारहरुको स्वदेश फिर्ति, उनीहरुको दिगो तथा प्रभावकारी पूर्नएकीकरण र मुलुकको विकास प्रक्रियालाई एकसाथ अघि बढाउन मुख्य रुपमा निम्न तीन किसिमका नीतिहरु अवलम्वन गर्दैआएको पाइन्छः (१) सूचनामा आधारित नीति, (२) आर्थिक प्रोत्साहनमा आधारित नीति, र (३) संस्थामा आधारित नीति ।


(१) सूचनामा आधारित नीतिले बैदेशिक रोजगारबाट फर्केका र फर्कन चाहने सम्पूर्ण कामदारहरुलाई स्वदेशमा उनीहरुको आर्थिक, सामाजिक र मनोवैज्ञानिक पूर्नएकीकरण सम्वन्धी सरकारका सबै किसिमका नीति, कार्यक्रम तथा उपलब्ध सेवा–सुविधाबारे विभिन्न तह, प्रक्रिया तथा माध्यमहरुबाट जानकारी तथा सूचना उपलब्ध गराउनकालागि निम्न प्रकारका कार्यहरुमा जोडदिन्छ– (क) बैदेशिक रोजगारमा जानुअघि कामदारहरुलाई प्रशिक्षण केन्द्र तथा विमानस्थलमा आयोजित प्रशिक्षण कार्यक्रम मार्फत सूचना प्रदान गर्ने, (ख) स्वदेश फर्कन लागेका कामदारहरुलाई बिदेशस्थित दूतावास तथा वाणिज्य दूतावासमा आयोजित प्रशिक्षण कार्यक्रम मार्फत सूचना प्रदान गर्ने, (ग) प्रवेशआज्ञा(भिसा) तथा कम्पनीसंगको रोजगारी सम्झौता सकिन लागेका कामदारहरुलाई सम्वन्धित कम्पनीमा आयोजित प्रशिक्षण कार्यक्रम मार्फत सूचना प्रदान गर्ने, (घ) स्वदेश फर्किएका कामदारहरुलाई विमानस्थलमा आयोजित प्रशिक्षण कार्यक्रम तथा सूचना केन्द्र  मार्फत सूचना प्रदान गर्ने, र (ङ) स्वदेश फर्किएका कामदारहरुलाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पूर्नएकीकरण केन्द्रहरुमा आयोजित प्रशिक्षण कार्यक्रम मार्फत सूचना प्रदान गर्ने आदि ।


(२) आर्थिक प्रोत्साहनमा आधारित नीतिले बैदेशिक रोजगारबाट फर्केर आएका र स्वदेशमै केही गर्ने योजनामा रहेका कामदारहरुलाई आर्थिक प्रोत्साहन बढाउनका लागि सहज र सस्तो घर तथा व्यवसाय कर्जा, वित्तिय शाक्षरता (सहज मुद्रा स्थानान्तरण, वचत तथा लगानी), विभिन्न किसिमका आर्थिक गतिविधिहरुमा कर छुट तथा अनुदान आदि जस्ता निम्न प्रकारका कार्यहरुमा जोडदिन्छ–(क) बिदेशमा कार्यरत कामदारहरुलाई स्वदेशमा स्थापित आर्थिक कोषमा योगदान गर्न प्रेरित गरी सो कोषको रकम उनीहरुकै उद्धार तथा पूर्नएकीकरणकालागि खर्च गर्ने व्यवस्था गर्ने, (ख) बिदेशबाट स्वदेशमा मुद्रा स्थानान्तरण तथा वचत गर्न सस्तो र सहज विधि उपलब्ध गराउने, (ग) बिदेशमा कार्यरत कामदारको कूल आम्दानीको केही प्रतिशत स्वतः स्वदेशमा वचत हुने र सो रकम उनीहरुको पूर्नएकीकरणमा लगाउने अनिवार्य व्यवस्था गराउने, (घ) स्वतः वचत भएको रकममा सरकारले केही अंश थपिदिने अनिवार्य व्यवस्था गर्ने, (ङ) स्वदेश फर्किएका कामदारहरुको दिगो तथा प्रभावकारी आर्थिक–सामाजिक पूर्नएकीकरण गर्न, व्यवसाय संचालन तथा आवास व्यवस्थापनकालागि उनीहरुलाई लक्षित सहयोगको साथै सहज तथा सस्तो कर्जा, कर छुट तथा अनुदान उपलब्ध गराउने, (च) बिदेशमा कार्यरत, स्वदेश फर्किन चाहने र स्वदेश फर्किएका कामदार तथा तिनका परिवारलाई वित्तिय शाक्षरता प्रदान गराउने, र (छ) स्वदेश फर्किएका समाजसेवामा रुची राख्ने जुझारु कामदारहरुलाई सामुदायिक विकासका कार्यक्रमहरु संचालन गर्न तथा यस्ता कार्यक्रमहरुमा योगदान गर्न प्रोत्साहित गर्ने र आवश्यक सहयोग उपलब्ध गराउने आदि ।


(३) संस्थामा आधारित नीतिले पूर्नएकीकरणका प्रक्रिया तथा कार्यक्रमहरुसंग प्रत्यक्ष सरोकार राख्ने र यस्ता गतिविधिहरुलाई प्रोत्साहन गर्ने नीति, नियम तथा कानूनहरुको निर्माण तथा आवश्यकता अनुसार परिमार्जनकासाथै पूर्नएकीकरण र मुलुकको विकासलाई एकआपसमा जोड्ने प्रक्रियाको ब्यवहारिक कार्यान्वयनका लागि निम्न पक्षहरुमा जोडदिन्छ– (क) स्वदेश फर्किएका कामदारहरुको दिगो तथा प्रभावकारी पूर्नएकीकरणकालागि रोजगारी सिर्जना गर्न सरकारी र निजी श्रमबजारको बिस्तृत अध्ययन तथा अनुसन्धान गर्ने, (ख) व्यवसायिक तथा उद्यमशीलता सम्वन्धी सीप सिक्न र सीप अभिबृद्धि गर्न चाहनेहरुकालागि सीपयुक्त तालिम तथा प्रशिक्षण कार्यक्रमहरुको आयोजना गर्ने, (ग) विदेशी कम्पनीसंगको रोजगार सम्झौता सकिएका अनुभवी तथा विशेष क्षमता भएका व्यवसायी तथा प्राविधिज्ञहरुलाई स्वदेश फर्कन प्रोत्साहन गरी रोजगारीको प्रतिवद्धता तथा रोजगारी सम्झौता गर्ने, र उनीहरुबाट उद्यम–व्यवसाय गर्न इच्छुक नागरिकहरुलाई तालिम तथा प्रशिक्षण प्रदान गराउने, (घ) बिदेशमा रहेका कामदारहरुको संगठित सामाजिक संस्था तथा संजाल निर्माण गरी दिगो तथा प्रभावकारी पूर्नएकीकरण कार्यमा योगदान गर्न अनुरोध गर्ने, (ङ) विदेशमा स्थापित भएका प्रवासी नेपाली नागरिकहरुको संगठित संस्थाहरुसंग समन्वय गरी स्वदेशमा उद्यम–व्यवसायको विकास, मानव श्रोतको विकास तथा सामुदायिक विकास कार्यमा योगदान पुर्याउन अनुरोध गर्ने, (च) बैदेशिक रोजगारमा रहेका र जान इच्छुक कामदारहरुलाई इच्छाएको समयमा आकर्षक आर्थिक उन्नतीको अवसर हासिल गर्न बिदेश तथा स्वदेश ओहोदोहोर गर्न सहज प्रवेसआज्ञा नीति निर्माण गर्ने, र (छ) प्रवासी नेपाली नागरिकहरुलाई संगठित भई मुलुकको विकास कार्यमा सहभागी हुन प्रोत्साहन गर्न दोहोरो नागरिकता तथा सो सरह अन्य कुनै व्यवस्था गर्ने । 


यि नीतिहरुको समग्र उदेश्य बैदेशिक रोजगारमा रहँदा कामदारहरुले आर्जन गरेको धन, सीप, ज्ञान, अनुभव, सीकाइ, क्षमता, आत्मविश्वास आदिको स्वदेश फिर्तिपछि उच्चतम सदुपयोग गरी उनीहरुको दिगो तथा प्रभावकारी आर्थिक–सामाजिक पूर्नएकीकरण गर्ने र यस प्रक्रियालाई मुलुकको आर्थिक–सामाजिक विकाससंग जोड्दै विकास निर्माणका काम तथा उद्योग–व्यवसायहरुको (उत्पादन तथा सेवा प्रदायक दुवै किसिमका) स्थापनाको माध्यमबाट प्रसस्त वैकल्पिक रोजगारीका अवसरहरु सिर्जना गरी सुखी जनता सम्पन्न राष्ट्र निर्माण गर्नु रहेको छ ।


आर्थिक तथा सामाजिक प्रोत्साहनमा आधारित नीति

विश्वका धेरै विकासशील मुलुकका सरकारहरुले बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको पूर्नएकीकरण र मुलुकको विकास कार्यलाई एकैसाथ अघि बढाउन आर्थिक प्रोत्साहनको साथसाथ सामाजिक प्रोत्साहनमा आधारित नीतिको कार्यान्वयन गर्दै आएकाछन् । दक्षिण–पूर्वी एशियाका विकासशील मुलुकहरु फिलिपिन्स, इन्डोनेसिया, भियतनाम, कम्बोडिया, लावस आदिले विषेशगरी विपन्न समुदायहरुमा दिगो र प्रभावकारी पूर्नएकीकरण कार्यकालागि आर्थिक प्रोत्साहनका साथसाथै सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक प्रोत्साहन तथा सेवा–सुविधामा आधारित नीति अवलम्वन गर्दै आएका छन् जस अन्तर्गत बैदेशिक रोजगारबाट स्वदेश फर्केर आर्थिक, सामाजिक, सांस्कृतिक, शारीरिक तथा मनोवैज्ञानीक आदि विभिन्न समस्याहरुको सामना गरिरहेका कामदारहरुको सहज, दिगो र प्रभावकारी आथिर्क, सामाजिक तथा मनोवैज्ञानीक पूर्नएकीकरणमा बढि जोड दिदै आएका छन् ।  नेपाल जस्तो साधन श्रोत कम भएको बिपन्न मुलुकमा हाल कोभिड–१९ महामारी र यसले ल्याएको आर्थिक मन्दीेका कारण बैदेशिक रोजगारबाट प्रक्रियागत तवरले फर्किने भन्दा बाध्यतावस फर्किने कामदारहरुको संख्या ठूलो भएको कारण आर्थिक तथा सामाजिक प्रोत्साहनमा आधारित नीतिको विषेश आवश्यकता र महत्व रहन्छ । तसर्थ यसरी स्वदेश फर्किएका नागरिकहरुको सहज, दिगो र प्रभावकारी पूर्नएकीकरणका लागि उनीहरुको आथिर्क, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानीक र शारीरिक अवस्थामा उत्तिकै विचार पुर्याएर पूर्नएकीकरणका कार्यक्रमहरु अघि बढाउनु पर्दछ । यि सबै पक्षहरुमा प्राथमिकता प्रदान गरेर गरिएको पूर्नएकीकरण कार्य दिगो र प्रभावकारी हुनुकासाथै क्रमिक रुपमा यसले श्रमबजार र रोजगारीमा समेत स्थायीत्व हासिल गर्न सहयोग पुर्याउँदछ र विस्तारै रोजगारीकालागि बैदेशिक बसाई–सराइ पनि कम हुदै जाने र बैदेशिक रोजगार गुणस्तरीय बन्दै जाने बिभिन्न अध्ययन अनुसन्धानहरुले देखाएका छन् । 


वर्तमान समयमा नेपाल सरकारले माथि उल्लिखित नीतिहरुलाई बैदेशिक रोजगारबाट फर्किएका कामदारहरुको पूर्नएकीकरण कार्यमा अवलम्वन गर्ने प्रतिवद्धता देखाएको त छ तर विभिन्न कठिनाइहरुका कारण कार्यान्वयन प्रभावकारी हुनसकेको छैन । अहिलेको विषम परिस्थितिमा पूर्नएकीकरण प्रक्रिया सामान्य अवस्थामा भन्दा जटिल हुनु स्वाभाविक हो, यस्तो अवस्थामा पूर्नएकीकरण प्रक्रियालाई सहज, दिगो र प्रभावकारी बनाउन सर्वप्रथम बैदेशिक रोजगारबाट बाध्यतावस फर्केका कामदारहरुको विविधता पहिचान गर्नु आवश्यक र महत्वपूर्ण हुन्छ ताकि फरक–फरक आर्थिक, सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक तथा शारीरिक अवस्था भएका कामदारहरुको वास्तविक आवश्यकता पहिचान गर्न र समयमै उनीहरुलाई आवश्यक सूचना तथा सेवा–सुविधा प्रदान गर्न सकियोस । हरेक कामदारलाई एक–एक गरी सेवा–सुविधा प्रदान गर्न सम्भव नहुने हुँदा सर्वप्रथम बैदेशिक रोजगारबाट फर्किएका सबै कामदारहरुको सम्पूर्ण जानकारी (सीप–ज्ञान, अनुभव, योग्यता–क्षमता, उमेर, लिंग, सामाजिक सम्पर्क आदि) समेटिएको बिस्तृत तथा खण्डीकृत तथ्यांक तयार गर्नु अति आवश्यक छ । यस्ता तथ्यांकहरुले नीति निर्माताहरुलाई सहजै छिटो–छरितो आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक पूर्नएकीकरणका कार्यक्रमहरुको निर्माण र कार्यान्वयन गर्न मद्धत पुर्याउँछ ।


हाल चलिरहेको कोभिड–१९ महामारीको विषम परिस्थितिका कारण बैदेशिक रोजगारबाट फर्किने तथा फर्किन चाहने कामदारहरुको संख्याको चाप सामान्य अवस्थामा भन्दा अत्यधिक भएकोले फर्किएका सबै कामदारहरुको सम्पूर्ण जानकारी समेटिएको बिस्तृत तथा खण्डीकृत तथ्यांक संकलन गर्न पनि त्यति सहज छैन । यसकालागि उपयुक्त अनुसन्धान विधि/पद्धति अपनाएर बृहद तथा व्यवस्थित अनुसन्धानको काम गर्नु आवश्यक हुन्छ र यस किसिमको अनुसन्धानका लागि क्षेत्रगत तथा कार्यगत ज्ञान भएका अनुभवी अनुसन्धानकर्ताहरुको आवश्यकता पर्दछ । बृहद तथा व्यवस्थित अनुसन्धानबाट प्राप्त तथ्यांकहरुले सरकार तथा सरोकारवालाहरुलाई पूर्नएकीकरणका उपयुक्त तथा प्रभावकारी नीति र कार्यक्रमहरु निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन गर्न सहजता प्रदान गर्दछ । bsirjana@gmail.com

सन्दर्भ सामग्रीहरुः

ILO. (2019). Effective Return and Reintegration of Migrant Workers- with special focus on ASEAN Member States. Thailand: ILO.

ILO & UN Women. (2014). Regional Workshop on Effective Social and Economic Reintegration of Women Migrant Workers. Nepal: ILO & UN Women.

Willoughby J. & Henderson H. (2009). Preparing Contract Workers for Return and Reintegration – Relevant for Development? Athens: Global Forum on Migration and Development.



Friday, 30 October 2020

Research Report for ILO, 2020 on:



 

Reintegration of Unemployed Youths in Agriculture Sector

 


A Report Submitted to

International Labor Organization (ILO)

  


Submitted by:

Sirjana Kumari Bhandari, PhD

August, 2020


Please, Follow the Link to Find Report

https://drive.google.com/drive/folders/1TAWHYMOtiPLtKhh0aGUMCb9TPkb88JFc

Please, Follow the Link to Find PhD Dissertation

https://drive.google.com/drive/folders/0BwRyZK1nwcrEM1Q0RnBzQzZ2Vm8


Sunday, 12 April 2020

नेपाल, कृषि क्रान्ति, दिगो विकास र अवको बाटो


                                                                                                         
                                                                                                                             डा. सिर्जना भण्डारी

अहिलेको लोकप्रिय नारा 'समृद्ध नेपाल सुखी नेपाली' लाई व्यवहारमा उतार्न सर्वप्रथम विकास तथा समृद्धिको बाटो समात्नु आवश्यक हुन्छ   विकास तथा समृद्धि कुनै एक क्षेत्रको मात्र उन्नती तथा प्रगती नभई, यो एक बहुआयामिक प्रक्रिया हो, जसले राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रका समग्र पक्षहरुलाई समेटेको हुन्छ विकासले जनताका जीवनयापनका प्राथमिक आवश्यकताहरुः गाँस, आवास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षा, रोजगारी तथा सहज जीवनयापन आदिमा समृद्धि समान वितरणको सिद्धान्तलाई आत्मसाथ गरेको हुन्छ विकास तथा समृद्धिका क्रममा आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरण तथा पर्यावरणमा कुनै हानीनोक्सानी नपुर्याइकन विकास प्रक्रियालाई निरन्तरता दिइराख्नु दिगो विकास हो

संसारको सवभन्दा पुरानो पेशा मानिदै आएको कृषि जुन विगत देखि हालसम्म जीवनयापनकासाथै विकास तथा समृद्धिको प्राथमिक पक्ष रहंदै आएको विगतमा कृषि उत्पादन जीवन निर्वाहकालागि गरीने भएपनि १९औं २०औं शताब्दीमा विश्वमा आएका राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक बदलावकाकारण कृषि उत्पादनको स्वरुपमा पनि ब्यापक परिवर्तन आउन गई अझ परिस्कृत भएको तसर्थ, समृद्धिउन्मुख तथा परिवर्तनको संक्रमणकालीन अवस्थामा रहेको, अर्थतन्त्रका अन्य बलिया पूर्वाधार नभएको कोरोना महामारीकाकारण निकट भविश्यमा आईपर्न सक्ने सम्भावित खाद्यान्न संकटको असहज अवस्थामा नेपालको दिगो विकास तथा समृद्धिकालागि कृषि क्रान्ति अपरिहार्य भएको यसकासाथै, वर्तमान अवस्थामा, विश्वभरी नकारात्मक प्रभाव पारीरहेको कोरोना महामारी यसले ल्याएको आर्थिक मन्दीकाकारण ठूलो संख्यामा वैदेसिक रोजगारमा गएका युवाहरु लकडाउनको समाप्ति पश्चात स्वदेश फर्किने निश्चितप्राय यसरी विदेशमा विभिन्न क्षेत्रका कामहरुमा सम्लग्न भएका अनुभवी युवाहरुको ज्ञान तथा सीपको उचित उपयोग उनीहरुको प्रभावकारी तथा सफल व्यवस्थापन गर्न पनि कृषि क्रान्ति नै एकमात्र सरल र सहज उपाय बन्नसक्छ ।


कृषि क्रान्तिको पृष्ठभूमि
राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति, सामाजिक क्रान्ति, सांस्कृतिक क्रान्ति आदि क्रान्तिका आयामहरु हुन् कृषि क्रान्ति आर्थिक क्रान्तिको एक अंश हो कृषिक्षेत्रसंग सम्बन्धित समग्र पक्षहरुको द्रुततर विकास तथा समृद्धि नै कृषि क्रान्ति हो कृषि क्रान्तिका विभिन्न प्रकारहरु छन्ः हरित क्रान्ति (खाद्यान्न, नगदेबाली तथा तरकारी उत्पादन), श्वेत क्रान्ति (दुग्ध उत्पादन), लाल क्रान्ति (मासु उत्पादन), सुनौलो क्रान्ति (मह तथा फलफूल उत्पादन), रजत क्रान्ति (अण्डा/कुखुरा उत्पादन), नीलो क्रान्ति (माछा उत्पादन), पहेंलो क्रान्ति (तेलहन उत्पादन) आदि कृषि क्रान्तिले विश्वमा सन् १९४० को दशक देखि १९७० को दशकसम्म कृषि उत्पादनमा वृद्धि गर्ने नयाँपन ल्याउने क्रममा गरीएका अनुसन्धान, अन्वेषण, विकास, प्रविधि प्रयोग तथा हस्तानतरणद्धारा द्रुततर रुपमा गरीएको कृषि क्षेत्रको विकासको अवस्था अवगत गराउँछ दोस्रो विश्वयुद्धपछि जनसंख्या वृद्धिदर उच्च भएको साविकको कृषि उत्पादनले धान्न नसक्ने अवस्थाकाकारण सन् १९४० को दशकमा कृषि उत्पादन बढाउन वैज्ञानिक खोजको प्रारम्भ भयो खोजका क्रममा हरित क्रान्तिका जन्मदाता अमेरिकी वैज्ञानिक नरमन बोरलगले सर्वप्रथम मेक्सिकोमा रोग निरोधक उच्च उत्पादन दिनसक्ने (एच.वाइ.भी.) गहुँको उन्नत बीउ विकास गरे क्रमशः मकै, धान तथा नगदे वालीहरुका उन्नत बीउहरु विकास गरीए कृषि उत्पादन बढाउन विकसित मुलुकहरुले सन् १९४० विकासोन्मुख मुलुकहरुले १९६० को दशक देखि यी बीउहरुबाट कृषि उत्पादन शुरु गरे जसबाट विश्वमा कृषि क्रान्तिको युग शुरु भयो

नेपाल, कृषि अर्थतन्त्रमा आधारीत, कृषि उत्पादनमा प्रसस्त सम्भावना भएको, विकाशोन्मुख, ग्रामीण, पहाडी राज्य हो कृषि उत्पादनको उच्च सम्भावनाका बावजुद हालसम्म केही सकारात्मक प्रयास बाहेक हाम्रो कृषि प्रणाली पारम्परीक जीवननिर्वाहमा सीमित अर्थात यो प्रभावकारी तथा उत्पादनमुखी बन्न सकेको छैन सन् १९८० को दशकसम्म कृषि उत्पादन निर्यात गर्ने हाम्रो मुलुक आज अधिकांश कृषि उत्पादन आयात गरीरहेको छ विगतमा उत्कृष्ट नीति तथा कार्यक्रम तिनको प्रभावकारी कार्यान्वयन अभावकाकारण राज्य प्राकृतिक रुपमा सम्पन्न समृद्धिको प्रसस्त सम्भावना हुँदाहुँदै जनताहरु विपन्नताको जीवन जीउन बाध्य हुनुपरेको तितो यथार्थमा वदलावको संकेत देखिएको राज्यले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको संघीय, प्रादेशिक तथा स्थानीय सरकारहरुका नीति तथा कार्यक्रमहरुमा पनि कृषि क्षेत्रले प्राथमिक स्थान पाएको कृषि क्षेत्रको प्रभावकारी विकासकालागि यि तीन सरकारद्धारा ल्याइएका ल्याइने नीति तथा कार्यक्रम कृषि क्षेत्रको दिगो विकासको व्यवहारीक पक्ष अझ स्पस्ट हुनुपर्दछ ताकी वास्तविक किसानहरुले कसरी कृषि उत्पादन गर्ने तथा बढाउने बारेका व्यवहारीक कार्ययोजना सजिलै बुझ्न सकुन् किनकी कृषि एक महत्वपुर्ण तर जटिल पेशा वहुआयामिक प्रक्रिया हो, यसको विकासकालागि विभिन्न पक्षहरुको सहकार्यता विभिन्न श्रोत साधनहरुको संगमको आवश्यकता पर्दछ विश्वले कृषिको महत्व बुझेर यसकै माध्यमबाट विकास तथा समृद्धि हासिल गरेको दशकौं भैसक्यो तर हामी अझै शुरुकै अवस्थामा छौं हाम्रा छिमेकी भारत चीन यसको अब्बल उदाहरण हुन् तसर्थ, नेपालमा कृषि क्रान्ति ल्याउने अभियानमा आन्तरीक प्रयाससंगसंगै विश्व अर्थतन्त्रमा उदीयमान हाम्रा यी दुई छिमेकी राष्ट्रहरुले अपनाएका कृषि क्रान्तिका मोडलहरुको अध्ययन अनुसरण गर्नु समयसापेक्ष हुन्छ समान भूगोल, हावापानी, वातावरण तथा पर्यावरण भएको अवस्थामा हाम्रो अनुकुल हुने मोडलहरु अनुसरण तथा हस्तानतरण गरेर कृषिको द्रूत विकासमा अगाडि बढ्न सकिन्छ

भारत तथा चीनको कृषि क्रान्तिको पृष्ठभूमि
राजनीतिक उतारचढाव विभिन्न समस्याकाकारण सन् १९६० सम्म भारत आयातीत खाद्यान्नमा (खासगरी अमेरीकाबाट आयातीत गहुँ) निर्भर थियो आयातमा आइपर्ने विभिन्न समस्याकाकारण बारम्बार अनिकाल तथा भोकमरीको चपेटामा आइरहन्थ्यो डा.एम.एस. स्वामीनाथमको नेतृत्वमा १९६० को दशकमा भारतमा खाद्यान्न उत्पादन बढाउने उदेश्यले तीन प्रान्तपञ्जाव, हरयाणा उत्तरप्रदेशमा रोग निरोधक क्षमतायुक्त उन्नत बीउबाट सर्वप्रथम गहुँको क्रमशः धान, मकै, नगदे बालीहरुको उत्पादन शुरु गर्यो कुल खाद्यान्न उत्पादनमा सोचे भन्दा बढी सफलता हासिल गर्यो त्यस्तै, राजनीतिक उतारचढाव पर्याप्त खाद्यान्न अभावकाकारण चीनले पनि सन् १९५९१९६१ मा भयाबह भोकमरीको महामारी बेहोर्यो देशब्यापी भोकमरीको दुष्चक्रमा चार करोड मानिसहरुले ज्यान गुमाएका थिए भोकमरीको दर्दनाक पिडापछि चीनमा कृषि क्रान्ति ल्याउने उदेश्यले समग्र कृषि विकासलाई प्रमुख प्राथमिकतामा राखीयो कृषि उत्पादन बढाउन सन् १९६३ मा कृषिका सफल मोडलहरुबाट सिकौं भन्ने अभियानकासाथै कृषकहरुलाई प्रोत्साहन अनुदान दिने नीति लिइयो चीनमा सन् १९७८ सम्म ९५ प्रतिशत जनता गरिवीको रेखामूनि थिए तर अहिले कुल एक अर्व ३७ करोड जनसंख्यामा दुई करोड मात्र गरिवीको रेखामूनि छन् सन् २०२० अन्त्य सम्ममा चीनले पूर्ण रुपमा गरिवी निवारण गर्ने लक्ष्य लिएको तसर्थ, आज हामीले देखेको सम्पन्न चीनको सम्पन्नताको इतिहास त्यति लामो छैन जुन हाम्रालागि गहकिलो सकारात्मक सन्देश बन्नसक्छ कि आँट, इच्छाशक्ति, सहि नेतृत्व र प्रभावकारी व्यवस्थापन भए छोटै समयमा देशमा विकास तथा समृद्धि ल्याउन जनताको जीवनस्तर उकास्न सकिन्छ  

कृषिक्षेत्रको विकास गर्ने क्रममा हरित क्रान्तिको उच्च सफलतापछि भारत चीनले कृषिको क्षेत्र दायरा बढाउँदै क्रमशः श्वेत क्रान्ति, लाल क्रान्ति, सुनौलो क्रान्ति, रजत क्रान्ति, नीलो क्रान्ति, पहेंलो क्रान्ति आदिमा पनि क्रान्ति आयो जसबाट कृषि उत्पादनमा आत्मनिर्भर हुनुकासाथै वचत भएका कृषि उत्पादनको निर्यात समेत शुरु गरेका थिए हालको तथ्याङ्कमा दुध, दलहन मसला उत्पादनमा भारत विश्वमा पहिलो स्थानमा भने खाद्यान्न, फलफूल तथा तरकारी र माछा उत्पादनमा चीन पहिलो र भारत दोस्रो स्थानमा रहेको कृषि क्रान्तिको सफलताले भारत चीनको अर्थतन्त्र औधोगीक विकासमा समेत महत्वपूर्ण योगदान पुग्यो जसकाकारण आज चीन विश्वको दोस्रो भारत छैंठौ ठूलो अर्थतन्त्र बन्न पुगेको

भारत चीन लगायत एशियाका अन्य राष्ट्रहरुले पनि कृषि क्रान्तिको अभियान हुरु गरेका थिए कृषि उत्पादन बढाउनकालागि कृषिक्षेत्रलाई प्राथमिकतामा राखी विश्वमा सफल भएका आफ्नो अनुकुल हुने मोडलहरु प्रयोगमा ल्याएका थिए, जस्तै
1.      प्रभावकारी नीति तथा कार्यक्रमहरुको कार्यानवयन,
2.      भूमिसुधार व्यवस्था,
3.      गहन अनुसन्धान तथा अन्वेषण,
4.      नयाँनयाँ मिसिन तथा प्रविधिहरुको विकास,
5.      सिंचाइका लागि ठूला साना नहर निर्माण,
6.      मल उद्योगको स्थापना,
7.      किटनासक औषधीहरुको प्रयोग,
8.      सरकारी सहयोग र सहकारीको पहलमा सानामझौलाठूला कृषि फार्म तथा हरीतगृहहरुको स्थापना तथा संचालन,
9.      कृषि तथा ग्रामीण पूर्वाधार निर्माण,
10.   अत्याधुनिक कृषि औजारहरुको प्रयोग (खनजोत गर्ने, बीउ छर्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, सिंचाइ गर्ने, मल हाल्ने, झार ओखल्ने तथा मार्ने, किटनासक औषधी छर्ने, बाली काट्ने, हार्भेस्ट गर्ने, भण्डारण गर्ने, प्रशोधन गर्ने, चिस्यान गृह, आदि),
11.   किसान भ्रमण व्यवस्था,
12.   कोटा व्यवस्था,
13.   कृषि ऋण तथा अनुदानको व्यवस्था,
14.   कृषि बीमा व्यवस्था,
15.   समग्र शिक्षा नीतिमा सुधार (हरेक ग्रयाजुएट विद्यार्थीले केही वर्ष ग्रामीण क्षेत्रको विकासका सम्भावना चुनौतीहरुमा अनुसन्धान गर्नुपर्ने),
16.   व्यवसाइक तथा प्रभावकारी कृषि शिक्षा तथा तालिमको व्यवस्था आदि प्रक्रियाहरु अपनाइएका थिए  

कृषि क्रान्ति गर्नकालागि हाल नेपालमा सवै किसिमले अनुकुल तथा बाध्यात्मक वातावरण बन्दै गैरहेको यसकालागि अर्थतन्त्रको तीनखम्बे नीति अनुरुप- सरकार, नीजि सहकारी क्षेत्रहरुले स्वदेशमै रहेका अर्ध तथा पूर्ण बेरोजगार युवाहरु, घरधन्दा सकेर अतिरीक्त समयमा काम खोजीरहेका शहर तथा ग्रामीण क्षेत्रका महिलाहरु कोरोना महामारीले ल्याएको आर्थिक मन्दिकाकारण विदेशबाट स्वदेश फर्किएका तथा फर्कने क्रममा रहेका कृषि ज्ञान तथा सीप भएका युवाहरु, अनुभवी कृषि विषेशज्ञ तथा प्राविधिज्ञहरुलाई नीतिवद्ध किसिमले परिचालन गर्नु पर्दछ यस महान अभियानमा सरकार तथा सम्बन्धित निकायहरु मात्रको प्रयत्न तथा समलग्नता अपर्याप्त हुनेहुनाले कृषिक्षेत्रको विकासमा सक्रिय विभिन्न स्वदेशी तथा विदेशी संस्थाहरुसंग सहकार्य गरेर अगाडि बढ्नु वुद्धीमानी हुन्छ



ध्यान दिनुपर्ने महत्वपूर्ण पक्षहरु
असमान विकास तथा वातावरणीय चुनौती कृषि क्रान्तिमा ध्यान दिनुपर्ने महत्वपूर्ण पक्ष हो कृषि क्रान्तिले खाद्यन्नमा आत्मनिर्भर, निर्यातबाट विदेशी मुद्रा आर्जन, जनताको जीवनस्तरमा सुधार, रोजगारी सिर्जना, मजबुत अर्थतन्त्र हुनुकासाथै विकासमा नयाँनयाँ अवसरहरु प्राप्त गर्न सकिने भएपनि साथसाथै आउने चुनौतीहरु- विकासमा असमानता पर्यावरणीय ह्रास नहुने तथा कम गर्ने नीति अपनाउनु पर्दछ असन्तुलीत क्षेत्रीय विकासकाकारण शहर ग्रामीण विकासमा असमानता, धनी गरिवबीच फराकिलो अन्तर, आय तथा सुविधा वितरणमा असमानता आउन नदिन सबै क्षेत्रका सम्भावना अध्ययन गरेर राष्ट्रब्यापी विकास अभियान शुरु गर्नुपर्छ महिला, पुरुष, यूवा, प्रौढ सबैलाई विकासकार्यमा लाग्ने बराबर अवसर प्रेरणा दिनुपर्छ  

पर्याप्त अध्ययन तथा अनुसन्धान नगरी सावधानी नअपनाइ जमीनको अत्यधिक प्रयोग, किटनासक तथा झार मार्ने विषाधीको प्रयोग, रासायनिक तथा सिन्थेटीक मलको प्रयोग, प्रतिकुल सिंचाइ पद्धती, हरीत गृह तथा चिस्यान गृह निर्माण आदिकाकारण विश्वले अपुरणीय वातावरणीय पर्यावरणीय क्षति तथा चुनौतीहरु झेलिरहेको , जसले वर्षेनी पृथ्वीको तापमान बढाउनुकासाथै मानव तथा जीव स्वास्थ्य, हावा, पानी, माटो, जैविक विविधता, प्राकृतिक जंगली जीवनमा नकारात्मक प्रभाव, भूमिगत पानीका श्रोतहरु प्रदुषित हुनुकासाथै संचीतीमा ह्रास आएको तसर्थ यस्ता चुनौतीहरुबाट बच्न पर्याप्त अध्ययन, अनुसन्धान गरी कृषकहरुकालागि चेतना अभिवृद्धि आवश्यक तालिम तथा प्रशिक्षणका कार्यक्रमहरु ल्याउनु पर्दछ विश्वमै, कृषि विकासको पछिल्लो चरणमा परिमाणमा भन्दा गुणस्तरमा जोड जैविक खेतीलाई प्राथमिकता दिइंदै आइएको कृषिक्षेत्रका विशेषज्ञहरुका अनुसार नेपालको भूबनोट, हावापानी, पर्यावरण आदि जैविक खेतीकालागि अति उपयुक्त मानिएको