'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 11 December 2008

नेपालको पर्यटन र बजार प्रवर्द्धन

सिर्जना भण्डारी
सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं सताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ सौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ । नेपालको सन्दर्भमा पर्यटनको इतिहास लामो नभए तापनि आज पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग र प्राथमिकताको क्षेत्र बनिसकेको छ ।

नेपाल क्षेत्रफलका आधारमा सानो र आर्थिक रुपले विपन्न राष्ट्र भए पनि यहाँको प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण आज पनि नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरु मध्ये एकका रुपमा परिचित छ । नेपालमा प्राकृतिक सांस्कृतिक धार्मिक खेलकुद स्वास्थ्य तथा मनोराजन पर्यटन आदिको उत्तिकै सम्भावना भए पनि विगतका गतिविधिलाई हेर्दा नेपाललाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य स्थल मानिएको छ ।नेपालको धरातलीय तथा जलवायु विविधताले साहसिक तथा मनोराजनात्मक र प्राकृतिक पर्यटनलाई आकर्षक बनाएको छ ।

विगतका पर्यटनसम्बन्धी गतिविधि हेर्दा केही अपवाद बाहेक बर्षेनी पर्यटकहरुको आगमन संख्या बढ्दो छ र यसै तथ्यलाई आधारमानी पर्यटन विकास र प्रवर्द्धनले पनि निरन्तरता पाउँदै आएको छ । विगतमा गरिएका सर्भेक्षण र प्राप्त तथ्यांकअनुसार नेपालमा पर्यटकहरु अन्य उद्देश्यको तुलनामा मनोरन्जन घुमफिर र विदा मनाउने उद्देश्यले ६० प्रतिशतभन्दा बढी आउने गर्दछन् । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र भएकाले नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि जोड िदंदै कार्यक्रम योजना नीति तथा रणनीतिहरु तय गरेको छ । पर्यटनको प्रवर्द्धनका लागि सरकारले हालको अन्तरिम तीन वर्षिय योजना सन् २००६ देखि २००९मा समेत प्राथमिकता दिएको छ । देशको अस्थिर अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई यो प्रयास सम्वृद्धिको एउटा खुड्किलो सावित हुन सक्छ तर यसका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रहरुको पहल र जागरुकताको आवश्यकता पर्दछ ।

पर्यटन उद्योग साङ्गो प्रकृतिको र पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवर्द्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ । कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ जस्तो यातायात व्यवसायी हवाइ उड्यन ट्राभल एजेन्सी होटल व्यवसायी पर्यटकीय स्थलसँग सम्बन्धित अन्य क्षेत्रहरु आदि मध्ये कुनै एकमा तलमाथि भयो भने यसले पुरै पर्यटन उद्योगमै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्दछ । तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ । निश्चित रुपमा पर्यटन उद्योगको विकास र प्रवर्द्धनका लागि पर्यटनसँग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार तथा विकास र प्रवर्द्धन गर्नुपर्छ तर यो मात्र पर्याप्त हुँदैन । आजको कडा प्रतिश्पर्धाको जमानामा सम्बन्धित क्षेत्रहरुको विकास र प्रवर्द्धनका साथै तिनीहरुको प्रचार प्रशार तथा बजार प्रवर्द्धनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो सत्य हो कि नेपाल जस्तो आर्थिक रुपले विपन्न र भौगोलिक रुपले विकट देशका लागि विश्वका अन्य विकसित र सम्पन्न देशहरुसँग प्रतिस्पर्धा गर्नु सहज छैन । तर पर्यटकीय दृष्टिकोणले नेपाल प्राकृतिक रुपमै पूर्ण रहेको अर्थात् अतिरिक्त लगानीको आवश्यकता नपर्ने सानो मुलुक भएकाले र अर्थतन्त्र तथा जनसंख्याका आधारमा दुई ठूला मुलुक भारत र चीनका बीचमा अवस्थित भएका कारण नेपालका लागि पर्यटन बजार खोज्न टाडा पुग्नुपर्ने आवश्यकता नपर्ने देखिन्छ । यसका लागि सरकारले पर्यटनविद्हरुको राय सल्लाह अनुसार अन्तरिम तीन वर्षिय योजनामा यी दुइ देशका साथै अन्य पर्यटन बजारको सम्भावना बोकेका देशहरुमा नेपालको पर्यटन बजार प्रवर्द्धन गर्ने कार्यक्रम समावेस गरेको छ । बजार प्रवर्द्धन बिना पर्यटन क्षेत्रको विकासले फड्को मार्न नसक्ने हुनाले आजको प्रतिस्पर्धाको जमानामा पर्यटन उद्योगको पूर्ण विकास र प्रवर्द्धनको प्रमुख हतियार बजार प्रवर्द्धन नै रहेको छ ।


पर्यटनलाई घुमफिरका आधारमा आन्तरिक र बाह्य अन्तर्राष्ट्रिय गरी दुइ भागमा विभाजन गरिएको छ । 
देश भित्रका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा घुमफिर तथा मनोरन्जन भेटघाट काम विशेष आदि उद्देश्यले आवतजावत गर्ने कि्रयाकलापलाई आन्तरिक पर्यटन र अन्य राष्ट्रहरुबाट घुमफिर मनोरन्जन तथा विदा मनाउने उद्देश्यले आवतजावत गर्ने कि्रयाकलापलाई वाह्य पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनले आफ्नो बासस्थानभन्दा टाढा पाहुनाका रुपमा एक रात वा २४ घण्टा बिताउने स्वदेशी तथा विदेशी सबैलाई पर्यटक (Tourist) भनी परिभाषा गरेको छ । 



प्रभावकारी बजार प्रवर्द्धनका कारण हालको समयमा दिनप्रतिदिन पर्यटकहरुको संख्या र पर्यटकीय स्थलहरुको विकास तिब्र गतिवमा भइरहको छ । नेपालको सन्दर्भमा हेर्दा राजनीतिक अस्थिरताका कारण सन् २००० देखि २००२ सम्म र २००५ मा नकारात्मक बढोत्तरी देखिए पनि २००६ मा करिब ५ प्रतिशतले बढेको देखिन्छ । सो बर्ष झण्डै ४ लाख पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए ।



सैद्धान्तिक आधारमा आन्तरिक तथा बाह्य पर्यटनको बजार प्रवर्द्धनमा खासै भिन्नता नभए पनि क्षेत्रगत कार्यगत आर्थिकभार समय निरन्तरता तथा प्रतिवद्धता आदिका आधारमा तुलनात्मक रुपले बाह्य पर्यटन बजार प्रवर्द्धन कठिन र चुनौतीपूर्ण देखिन्छ । आन्तरिक पर्यटनको बजार प्रवर्द्धन आफ्नै देश र समाजभित्रमात्र गरे पुग्ने हुनाले तुलनात्मक रुपमा सहज हुनुका साथै कम चुनौतिपूर्ण रहेको हुन्छ । अल्पकालीन तथा दीर्घकालीन रुपमा दुइ किसिमले आन्तरिक पर्यटन बजार प्रवर्द्धन गर्न सकिन्छ । संचार माध्यमबाट विज्ञापन गराएर ब्रोसर बाँडेर समय समयमा पर्यटन मेला आयोजना गरेर सभा सम्मेलन आदिका माध्यमद्धारा अल्पकालीन रुपममा पर्यटन बजार प्रवर्द्धन गर्न सकिन्छ भने विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा पर्यटनसम्बन्धी विषयहरु समावेस गरेर योजनाबद्ध किसिमले बजार प्रवर्द्धनका कार्यक्रमहरु संचालन गरेर संचारमाध्यमहरुबाट नियमित रुपमा कार्यक्रमहरु संचालनका साथै विज्ञापन गराएर लेख रचना किताव प्रकाशन गरेर तथा पर्यटन व्यवस्थापनका निश्चित विषयहरु होटल व्यवस्थापन यातायात व्यवस्थापन आदिको अध्ययन अध्यापन र तालीम प्रदान गरेर दीर्घकालीन रुपमा आन्तरिक पर्यटन बजार प्रवर्द्धन गर्न सकिन्छ ।



पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन पनि अल्पकालीन र दीर्घकालीन दुवै किसिमले गर्न सकिन्छ । संसारभरका टाडा वा नजिकका देशहरुलाई लक्षित गरी प्रत्यक्ष रुपमा सम्बन्धित देशमै पुगेर तथा अप्रत्यक्ष रुपमा सम्बन्धित देशमा रहेका पर्यटन व्यवसायसंग सम्बन्धित संघसंस्थाहरु सरकारी तथा नीजि क्षेत्रका संघसंगठनहरु मार्फत पर्यटनसम्बन्धी कार्यक्रम चलाएर पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न गराउन सकिन्छ । नेपालको सन्दर्भमा पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि नीजि तथा सरकारी दुवै क्षेत्र मिलेर गर्दा छिटो छरितो र सहज हुने देखिन्छ । बुँदागत रुपमा भन्नुपर्दा निम्न किसिमले पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न सकिन्छ ।



क) गन्तव्य कार्यक्रमहरुका प्याकेजहरु आह्वान गरेर ।
ख) विदेशस्थित नेपाली नियोगदूताबासहरु मार्फत् कार्यक्रम संचालन गराएर ।
ग) विदेशमा रहेकका गैर आवासीय नेपालीहरुलाई पर्यटन प्रवर्द्धन तथा पर्यटन बजार प्रवर्द्धन गर्न गराउन प्रोत्साहन गरेर ।
घ) विभिन्न देशका पर्यटन व्यवसायीहरु तथा पर्यटनसम्बन्धी काम गर्ने संघसंस्थाहरुसँग समन्वय गरी छलफल तथा सूचना आदानप्रदान गरेर ।
ङ) नेपालको पर्यटनबारे राम्ररी जाने बुझेका सम्बन्धित देशका विज्ञहरुसँग वैचारिक छलफलका साथै सल्लाह सुझाव लिएर ।
च) समय समयमा विदेशमा पर्यटन मेला आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने सामग्रीहरु प्रदर्शन गरेर ।
छ) छापा तथा विद्युतीय संचारमाध्यमबाट कार्यक्रम लेख रचनाहरु विज्ञापन प्रशारण तथा प्रकाशन गरेर ।
ज) मानिसहरुको बढी आवातजावत हुने ठाउँहरु जस्तै विमानस्थल बस बिसौनी ठूलाठूला बजार आदि स्थानहरुमा पर्यटनसंग सम्बन्धित जानकारीमुलक ब्रोसरहरु वितरण तथा सार्वजनिक स्थानहरुमा भिडियोको माध्यमबाट प्रचार गराएर ।
झ) विदेशी सरकारसँग पर्यटन प्रर्वद्धन सम्बन्धी सरकारस्तरिय सम्झौता गरेर ।
ट) विदेशमा पर्यटन सम्बन्धी मेला सम्मेलन तथा भेटघाटमा जाँदा विदेशी संघसंस्था तथा मित्रहरुलाई पर्यटन संग सम्बन्धित बस्तुहरु उपहार दिएर ।



यी माथिका बुँदाहरुमध्ये पनि पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सम्बन्धित संघसंस्थाहरु र अन्य माध्यमहरुका साथै विशेष गरी दिवेशस्थित नेपाली नियोगहरु र गैर आवासीय नेपालीहरुले उचित र प्रभावकारी नेतृत्व पाएमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्छन् । विदेशस्थित नेपाली नियोगहरु सरकारको प्रतिनिधि भएकाले तुलनात्मक रुपमा व्यक्ति तथा नीजि संघसंस्थाहरुले भन्दा पर्यटन सम्बन्धी कुनै पनि कार्यक्रमहरुको सजिलै र प्रभावकारी ढंगबाट नेतृत्व गर्न सक्नुका साथै नेपालको पर्यटन सम्बन्धी अन्य विदेशी संघसंस्था तथा व्यक्तिहरुलाई स्पष्ट नभएका तथ्यहरुको जवाफ तथा सुझाव दिएर र विदेशस्थित पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाहरु र नेपालका पर्यटन व्यवसायीहरुबीच मध्यस्थतकर्ताको काम गरेर समयसमयमा आयोजना गरिने अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा सहभागी बनेर देश तथा संस्कृति र पर्यटनबारे सूचना तथा जानकारी प्रवाह गरेर आदि किसिमले विदेशस्थित नेपाली नियोगहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्टयनको अन्तराष्ट््रिय बजार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।



वर्षौंदेखि देश बाहिर बसी त्यहींका बासिन्दा भइसकेका गैर आवासीय नेपालीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै किसिमले पर्यटनको बजार प्रवर्द्धनमा सहयोग पुर्याउन सक्छन् । विभिन्न पेशा संघसंस्थासँग आवद्ध गैरआवासीय नेपालीहरु समय समयमा नेपाल आवतजावत गरिरहेका हुन्छन् तीमध्ये कोही प्रत्यक्ष रुपमा र कोही अप्रत्यक्ष रुपमा यस पेशासंग सम्बन्धित रहेका छन् । गैरआवासीय नेपालीहरु जो प्रत्यक्ष रुपले पर्यटन व्यवसायसँग सम्बन्धित छन् जस्तै विदेशमा होटल ट्राभल एजेन्सी टूर अपरेशन पर्यटनसँग सम्बन्धित सामानको व्यापार गर्ने व्यापारीहरुले संगठित भएर सिधै नेपाल लाने तथा अन्य छिमेकी देश घुमाउँदै नेपाल पुर्याउने जस्ता गन्तव्य प्याकेज कार्यक्रम ल्याएर प्रत्यक्ष रुपमा पर्यटनको बजार प्रवर्द्धनका साथै पर्यटन उद्योगको प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्छन् । त्यस्तै अप्रत्यक्ष रुपमा संलग्न गैर आवासीय नेपालीहरु जस्तै नेपाल बाहेक अन्य देशको पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थामा काम गर्ने व्यक्तिहरु छापा तथा विद्युतिय संचारमाध्यममा काम गर्ने व्यक्तिहरु विश्व विद्यालयमा पढाउने शिक्षक तथा पढ्ने विद्यार्थीहरु आदिले पनि आआफ्नो क्षेत्रबाट पर्यटन बजार प्रवर्द्धनमा उल्लेख्य सहयोग पुर्याउन सक्छन् । यसरी विभिन्न पेशामा संलग्न व्यक्तिहरुले लामो विदामा विदा मनाउन देश बाहिर जान चाहने व्यक्तिहरुलाई नेपालको पर्यटकीय स्थलहरु तथा पर्यटन सम्बन्धी कार्यक्रमहरुका बारेमा प्रभावकारी ढंगले जानकारी दिएर र सम्भव भएसम्म आफ्नो देशका तस्वीर ब्रोसर भिडियो उपलब्ध गराइ प्रभावित पार्ने र नेपाल जान चाहने समुहलाई सकेदेखि आफैं नेतृत्व गर्ने नसके उक्त कार्यक्रमसँग सम्बन्धित होटल व्यवसायी ट्राभल एजेन्ट तथा टुर अप्रेटरसम्म पुर्याई मध्यस्थ कर्ताकोरुपमा कार्य गरी पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष सहयोग पर्याउन सक्छन् ।



केही वर्षअघिसम्म विदेशमा छरिएर रहेका गैर आवासीय नेपालीहरु हाल संगठित हुँदै आएका छन् र हालसम्म तीन वटा विश्वस्तरीय गैरआवासीय वृहद सम्मेलन पनि सम्पन्न भैसकेका छन् 

Tuesday, 18 November 2008

नेपाललाई सतीको श्राप लागेकै हो त !

सिर्जना भण्डारी

प्रसंग मल्लकालीन इतिहासको हो । काठमाडौंका तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लले काजी भिम मल्ल निर्दोष हुँदा हुँदै पनि शत्रुका कुरा सुनेर उनलाई कठोर मृत्युदण्ड दिएका थिए । तत्कालीन सामाजिक परिवेश पतिको निधन भए पछि पत्नीले पतिको चितामा जिउँदै जल्नु पर्ने अर्थात सती जानु पर्ने थियो । काजी भिम मल्लकी पत्नी एक पतिव्रता नारी थिइन् । इतिहासमा उल्लेख भए अनुसार सती जाने समयमा चितामा प्रवेश गर्नु अघि उनले भाव विव्हल हुँदै "यो मुलुकका शाशकहरुमा विवेक नरहोस" भनी श्राप दिएकी थिइन् ।

समय समयमा जव जव मुलुकमा अप्ठ्यारो स्थिति आइ पर्छ तब तब धर्म संस्कृतिमा दख्खल राख्ने विद्धवान तथा पन्डीत-पन्डीताहरु यो घटना स्मरण गर्ने गर्छन् र सतीले श्रापेको मुलुकको के भलो हुन्थ्यो भन्ने गर्छन् । मुलुकको हालको परिस्थिति हेर्दा हामी आमजनताहरुलाई पनि साँच्चै होकी क्या हो जस्तो लाग्न थालेको छ । हुन पनि एक कोणबाट हेर्दा नेपाल जस्तो प्राय सम्पूर्ण पक्षले सम्पन्न मुलुकमा त्यतिबेला देखि हालसम्म नै किन स्थाइत्व र उन्नती हुन नसकेको होला ! नेपालको राजनीतिक इतिहासलाई हेर्ने हो भने काजी भिम मल्ल काण्ड पछि नेपालमा राजनीतिक रुपले कहिल्यै शान्ति छाउन सकेन । नेपालको एकिकरण पश्चात नेपालले शक्तिसाली अंगे्रजहरुको सामना गर्नु पर् यो, दरवारी षडयन्त्र र अंग्रेजको कुप्रभावका कारण राणा शासनको उदय भयो वि. स. २००७ मा जहानिया शासनको अन्त्य र प्रजातन्त्रको क्षणिक बहाली पछि वि. स. २०१७ मा पंचायती निरङ्कश वहाल गरियो, वि. स. २०४६ सालको प्रजातन्त्रको पुर्नवहालीको केही वर्ष पछि नै मुलुकले लामो समय सम्म जनयुद्वको मार खप्नु पर्यो । १९ जना निर्दोष जनताहरुको बलिदानी पछि वि.स. २०६३ मा गणतान्त्रिक लोकतन्त्रको बहाली भयो । अब त केही होलाकी भन्ने लागेको थियो तर अहिले जातियता र संधियताको मतभेदको दलदलमा मुलुक दिन दिनै भासिँदो अवस्थामा छ ।


मुलुकको राजनीतिले त कहिल्यै सुल्टो बाटो लिन सकेन सकेन हुँदा हुँदा अब त सामाजिक, साँस्कृतिक र धार्मिक अवस्था र आस्थाहरुमा समेत धमिलो आकृति देखिन थालेको छ, एक वर्गले अर्को वर्गको दोहन गर्न थालेका छन् । दार्शनिकहरुका अनुसार राजनीति सबै नीतिहरुको पिता हो र राजनीतिले नै मुलुकका अन्य पक्षहरु- आर्थिक, सामाजिक, सास्कृतिक, धार्मिक आदीलाई मार्गनिर्देश गर्दछ । तर यदि मार्गनिर्देशन नै सही छैन भने त्यस पछाडि आउने अन्य पक्षहरु सही हुने त कुरै भएन ।


आज विश्वका विकसित मुलुकको पंक्तीमा रहेका मुलुकहरु- जापान, अमेरीका, बेलायत, मलेशिया, सिंगापुर, रसिया आदीका ऐतिहासिक राजनीतिक विकासक्रमलाई हेर्ने हो भने तिनका तुलनामा हाम्रो मुलुक र हामी निकै सुखी र भाग्यमानी मानिन्छौं । किनकी स्वतन्त्रता र स्वायत्तताका लागि हामीले कमसेकम उनीहरुले जस्तो रक्तरन्जीत र कठोर लडाइ लड्नु परेन, एडोल्फ हिट्लर (जर्मनी) र जोसेफ स्टालिन (रसिया) जस्ता मानव रक्तपिपासु अधिनायकहरुको अत्याचार खप्नु परेन, उनीहरुले जस्तो जनधनको क्षती बेहोर्नु परेन तापनि ति मुलुकहरुले आज यतिका प्रगती गरी सक्दा हामी भने जहाँको तहीं छौं बरु अझ खस्कदो अबस्थामा छौं । आखिर यसो हुनुको कारण के हो त ? उपरोक्त मुलुकहरु आज सफलता र विकासको चरम शिखरमा पुग्नुको कारणको सामान्य खोज गर्दा इतिहासमा यस्तो भेटियो- १७ र १८ औं सताब्दी सम्म विश्वमा विस्तारवाद ब्याप्त थियो र यस विस्तारवादका नायक बेलायत र फ्रान्स थिए । विश्वका अधिकांश मुलकहरुमा बेलायत र फ्रान्सको दवदवा थियो र विश्वका अधिकांश भू-भाग तिनका स्वसासीत क्षेत्र थिए। उनीहरु शक्ति सम्पन्न र वाठा भएका हुनाले आफ्ना धेरै जसो स्वसासीत क्षेत्रहरुमा स्कुल-कलेजहरुको स्थापना गर्नुका साथै बाटोघाटो जस्ता आधारभूत पूर्वाधारहरु निर्माण गरेका थिए । निरङकुशतामा चेपीएरै भए पनि स्वसासित क्षेत्रका केहि टाठा-बाठा र सम्पन्न घरानियाहरुले शिक्षा लिने अवसर पाए र पछि तिनैले विस्तारवादी शासकहरुको विरोध गर्दै मुलुकको स्वायत्तता र स्वतन्त्रताका लागि लड्न थाले । लामो र कठोर लडाइ पछि उनीहरु स्वतन्त्रता पाउन सफल पनि भए । यसरी लामो रक्तरन्जीत संघर्ष, आँकलन नै गर्न नसकिने त्याग र पराजयको तिखो धारबाट उछिट्टिएर आएको दुर्लभ विजयलाई उनीहरुले राम्रैसंगै बुझ्न र महसुस गर्न सके, स्वतन्त्रता स्वायत्तताको महत्व र स्वाद थाहा पाए र मुस्कीलले प्राप्त गरेको विजय, स्वायत्तता र अधिकार बचाउन उनीहरु तन-मन-धन लगाएर खटे । यस किसिमको सुझबुझ र अकल उनीहरुको सफलताको पहिलो कारण थियो भने शिक्षा दोस्रो कारण थियो । 



आजको विश्वको सर्वसम्पन्न र शक्तिसाली मुलुक अमेरीकाको राजनीतिक इतिहासलाई हेर्ने हो भने अमेरीका सन १७८९ मा वि्रटेनबाट स्वतन्त्र भएको थियो । अमेरीकी स्वतन्त्रता संग्रामका महानायकहरु - जर्ज वासिंगटन, बेन्जामिन फ्रान्ङ्कलीन, जोन एडम्स, थोमस जेफरसन, जोन वीथरस्पुन, जेम्स म्याडीसन आदि पढेलेखेका, विद्वान, बैज्ञानिक र दार्शनिक थिए । जोन वीथरस्पुन कानुन र राजनीतिक इतिहासका ज्ञाता थिए, थोमस जेफरसन कानुनका विद्यार्थी भए पनि धर्म, विज्ञान र गणितमा पनि उनको उच्च दख्खल थियो । बेन्जामीन फ्रान्ङ्कलीन बहुमुखी प्रतिभाका धनी थिए र उनलाई अमेरीकाको हजूरबा पनि भनिन्छ । उनी एक सफल वैज्ञानिक, लेखक, कुटनितिज्ञ हुनुका साथै राजनीतिज्ञ पनि थिए । जेम्स म्याडीसन कानुनका ज्ञाता र अमेरीकाको पहिलो संविधान निर्भाता थिए र अमेरीकी स्वतन्त्रतामा सबभन्दा ठूलो योगदान पुर् याउने र अमेरीकाका पिता मानिने जर्ज वासिङ्गटन कुशल सैनिक थिए जो अमेरीकाका प्रथम राष्ट्रपतिका रुपमा निर्वाचित भएका थिए । उनी राजनीतिमा राम्रो दख्खल भएका कुशल सैनिक भएकोले त्यतिबेलाको विस्तारवादको यूगमा पनि अमेरीकाको राजनीतिलाई सफल नेतृत्व प्रदान गरी आफ्नो कुशलता प्रसतुत गरेका थिए । यिनै अग्रजहरुले देखाएका पथमा हिड्दै आज अमेरीका विश्वकै शक्ति-श्रोत सम्पन्न र विकसित मुलुक बन्न पुगेको छ । विश्वका अन्य सम्पन्न मुलुकहरुको ऐतिहासीक विकासक्रमहरु पनि यस्तै यस्तै छन् । स्वतन्त्रता प्राप्ती पछि यी मुलुकहरुले शिक्षाई नै परिवर्तनको मुख्य औजारका रुपमा अंगाले र ठूला-ठूला उपलब्धिहरु हासिल गर्दै गए ।



यसबाट के स्पष्ट हुन्छ भने स्वतन्त्रताको महत्व बुझ्न र मुलुकलाई संकटबाट उभार्न सम्बन्धीत तथा जिम्मेवार ब्यक्तिहरुमा बोध क्षमता र ज्ञानको प्रचुरताका साथै नेतृत्व प्रदान गर्न सक्ने सामथ्र्य हुनु जरुरी हुन्छ तर दुर्भाग्य हामी कहाँ न कहिल्यै त्यस्तो थियो न छ र न निकट भबिश्यमा हुने देखिन्छ । नेपालको हकमा भन्नु पर्दा "... को हातमा नरीवल" भने जस्तै पटक पटक प्रजातन्त्रको महत्व बुझ्न हामी असक्षम भयौं, हामी केवल अमुक दर्शक भएका छौं । एउटा प्रसिद्ध नेपाली उखान छ "भिरबाट लड्न आँटेको गोरुलाई राम राम मात्र भन्न सकिन्छ काँध हाल्न सकिँदैन" भने झैं हाल हाम्रो मुलुक यही अवस्थामा पुग्न लागेको छ । लड्न आँटेको मुलुकलाई अब कसले बचाउने ?? बहुसंखयकहरु बिचार यस्तो छ- जब सम्म यि उराठ लाग्दा, दिक्क लाग्दा र चेतना शुन्य भिरहरु भत्काएर उक्त स्थानमा योग्य र चेतनशिल चट्टानहरुको जग बसालिदैन मुलुकको अवस्थामा सुधार आउनेवाला छैन । जुन दिन मुलुक जिम्मेवारी लिन सक्ने योग्य, चेतनशिल र सक्षम ब्यक्त्विहरुको हातमा जानेछ तब मात्र मुलुकले काँचुली फेर्नेछ । तर जनताहरु त केबल सहयोगी मात्र हुन् । वास्तबमा भन्ने हो भने समय र परिस्थितीको महत्व र आवश्यकता राज्यका जिम्मेवार आहोदामा रहेका प्रसासन, अर्थतन्त्र, ब्यबस्थापिका, न्यायपालिका र कार्यपालिकामा प्रत्यक्ष्य पहुँच रहेका ब्यक्तित्वहरुले बुझ्नु पर्ने हो जहाँबाट मुलुकलाई सही दिशा प्रदान गर्ने ऐन, कानुन, योजना आदीको निर्माण हुने गर्दछ । 




यो घडीमा हामी जनताहरु केवल आ-आफ्ना ईष्टदेवसँग मुलुक र जनताको कल्याण र मुलुकलाई सतीको श्रापबाट मुक्त गरुन् भन्ने कामना र आराधना मात्र गर्न सक्छैं । 





अमेरीकी इतिहासको स्रोत-: Miracles of the American Revolution, Larkin Spivey, 200
4

Saturday, 17 May 2008

धर्म बिशेष: के स्वर्ग र नर्क साँच्चै छ त !?

सिर्जना भण्डारी

प्राय सबै धर्मका धर्मशास्त्रहरुमा इश्वर र तीनलोकको उल्लेख गरिएको पाइन्छ । यि तीनलोकहरुलाई स्वर्गलोक, मर्त्यलोक र पाताललोकका रुपमा बुझ्ने गरेको पाइन्छ । मर्त्यलोक पृथ्वीलाई भन्ने गरिन्छ जहाँ सम्पूर्ण प्राणी तथा वनस्पतिका जाती/प्रजातीहरु जीवन यापन गर्ने गर्दछन् । बिभिन्न धर्मशास्त्रहरुका अनुसार मर्त्यलोकको जीवन भोगाइहरुमा राम्रो तथा असल काम गर्नेहरु मृत्यूपश्चात स्वर्ग जान्छन् र नराम्रो तथा खराब काम गर्नेहरु नर्क जान्छन् भनिएको पाइन्छ । धार्मिक दृष्टिकोण अनुसार यि आस्थाहरुमा विश्वास गरिने भए पनि आजको विज्ञान र प्रविधिको यूगमा कोही पनि यो मान्न तयार छैन कि स्वर्ग र नर्क साच्चि नै छ भनेर किनकी स्वर्ग र नर्कको अनुभूति कसैलाई छैन, यो त मृत्यूपश्चात भोग्नु पर्ने अवस्था हो ।


तर केही चमत्कारीक घटनाहरु र भगवानका बिभिन्न चमत्कारहरुको अबलोकन गर्दा मर्त्यलोक जस्तै साँच्चै स्वर्ग र नर्कलोक पनि रहेछ । विषयवस्तुमा प्रवेश गर्नु अघि म यहाँ सानो प्रसङ्ग जोड्न चाहन्छु - एकदिन म पुस्तक पसलमा पुस्तक हेर्दै थिएँ । अचानक एक निग्रो वर्गका भलाद्मी अपरिचित ब्यक्तिले मेरो अगाडिको पुस्तक हातमा उठाउँदै सोधे 'ह्याव यू रेड दिस बुक' (तिमीले यो पुस्तक पढेकी छौ) 'नो' मैले छोटो उत्तर दिएँ र नपढेको बताएँ । उसले अचम्म मान्दै भन्यो 'यू मिस ग्रेट नलेज, दिस बुक ह्याज ग्रेट पावर टु चेन्ज आइडियोलोजी अफ लाइफ' (तिमीले महत्वपूर्ण ज्ञान लिन छुटाइछौ, यो किताबमा जीवन दर्शन बद्ल्ने ठूलो शक्ती छु) 'एभ्रीबडी मस्ट रीड दिस बुकु' (यो हरेकले पढ्नै पर्ने पुस्तक हो)। उसको कुराले मेरो मन छोयो र पुस्तक तिर नजर बढाएँ । पुस्तकको नाम थियो हेभेन (स्वर्ग) अनि त्यहीँनेर अर्को किताब पनि थियो हेल (नर्क)

यदि कुनै पनि ब्यक्ति धर्ममा अलिकति मात्र पनि झुकाउ राख्छ भने उसलाई यो पक्कै जान्ने इच्छा हुन्छ की के हो स्वर्गलोक, मर्त्यलोक र पाताललोक । अझ झन कसैले जोड दिएर सिफारीस नै गरेपछि त ध्यान नखिचीने कुरै भएन ।


यो प्रसङ्ग हो अमेरीकी इसाई महिला लेखिका मेरी ब्याक्सटर र उनले लेखेका पुस्तक 'ए डिभाइन रेभिलेसन अफ हेल' र 'ए डिभाइन रेभिलेसन अफ हेभेन'। उनको इसाई धर्म सम्बधी अन्य पुस्तकहरु पनि थुप्रै रहेछन् तर खासगरी यि दुई पुस्तक चाहीं बहुचर्चित रहेछन् । पुस्तकहरु पहिलो पटक सन् १९९७ र १९९८ मा प्रकाशित भएका रहेछन् । पुस्तक मै उल्लेख गरे अनुसार अहिले सम्म २ मिलियन भन्दा बढि कपी विक्री भैसकेका रहेछन् र त्यति नै पि्रन्ट अर्डर गरिएको रहेछ । इसाईहरु यि पुस्तकहरुलाई निकै पवित्र मान्दा रहेछन् । यि पुस्तकहरुमा लेखिकाले आफूलाई भगवान जिसस ले उनको सन्देश वाहक (गड म्यासेन्जर) बन्न आग्रह गरेको र आफ्ना पाँचै ज्ञान-इन्दीयहरु (आँखा, कान, छाला, नाक, जिब्रो) पूर्ण रुपमा क्रियाशिल भएकै अवस्थामा भगवानले पहिले नर्क र पछि स्वर्गको सयर गराएर स्वर्ग र नर्कमा देखे-भोगेका सम्पूर्ण कि्रयाकलापहरु मर्त्यलोकका मानिसहरुलाई बताउ तथा दर्शन गराउ भनी पुन: पृथ्वीमा ल्याएर छाडिदिएको घटना बहुत चमतकारीक ढङ्गबाट चर्चा गरेकी छिन् ।



लेखिका बारे
लेखिक हाल ५२ वर्षकी छिन्, उनी चर्चकी ठूलो पूरोहित (मिनिस्टर) हुन्, इसाई धर्मावलम्बीहरु उनलाई भगवानको रुप र देबदुत मान्दा रहेछन् । उनले जिससको यो सन्देश विश्वका थुप्रै मुलुकहरुमा गएर फिजाएकी पनि रहीछन् । उनका अनुसार अर्थात पुस्तकमा उल्लेख भए अनुसार सन् १९७६ मा उनी १९ वर्षकी छँदा भगवानको प्रार्थना गरिरहेको बखत जिससले दर्शन दिनु भएको र त्यस पछि ति घटनाक्रमहरु भएका रहेछन् । उनले हेभेन (स्वर्ग) पुस्तकमा स्वर्गमा आफूले देखेका सम्पूर्ण घटनाहरु निकै आकर्षक र चमत्कारीक ढङ्गबाट प्रस्तुत गरेकी छिन् र हेल (नर्क) पुस्तकमा नर्कमा आफूले देखेका सम्पूर्ण घटनाहरु आगैं सिरीङ्ग हुने गरी बिस्तृत रुपमा वर्णन उतारेकी छिन् । साच्चै जीवन र दर्शन जान्न यि पढ्नै पर्ने पुस्तक रहेछन्, यहाँहरुले पनि पढ्ने प्रयास गर्नु होला - यि लिङ्कमा पुस्तकबारे सामान्य जानकारी लिन सक्नु हुन्छ ।








पुस्तक बारे



हेल (नर्क) - लेखिकाकै शब्दमा
मार्च १९७६ म आफ्नो पूजा कक्षमा भगवानको आराधना गरीरहेकी थिएँ । त्यहीँ मलाई भगवान जिससले दर्शन दिनुभयो, भगवान प्रकट हुनु हुँदा कक्षमा अचानक भयानक ज्योती प्रकट भयो र मेरा भावनाहरुमा मिठा-मिठा र अचम्म लाग्दा भावहरु अनुभूत भए । यो ज्योती इन्द्रेनी जस्तो वहुरङ्गी थियो र एक आपसमा घुमीरहेको थियो । यत्तिकैमा भगवानको वाणी हुन थाल्यो । भगवानले भन्नु भयो - 'म जिसस क्राइष्ट हुँ, म तिमीलाई स्वर्ग र नर्कको सत्यताबारे जानकारी दिन र पृथ्वीका जनताहरुलाई घोर पापबाट मुक्त गर्नका लागि दैवीय शक्ती र सत्यताको खुलासा गर्न मेरो सन्देश वाहक बनाउन चाहन्छु, सत्य यो हो की -नर्क र स्वर्ग वास्तवमै छन् र मेरो फैसला तथा निर्णयहरु सत्य हुन्छन् । के तिमी मलाई सहयोग गर्न चाहन्छौ ?' मैले आफूलाई जिसस सामु समर्पण गरें । भगवानले पुनः भन्नु भयो 'सर्वप्रथम म तिम्रो आत्मालाई नर्कको सयर गराउनेछु र त्यहाँ के के हुन्छ, किन हुन्छ त्यो सबै वयान गर्नेछु र त्यहाँ देखे भोगेका सबै घटनाहरु समेटेर तिमीले पुस्तक तयार गरी पृथ्वीका जनताहरुलाई नर्क, स्वर्ग र मेरो शक्तीबारे खुलासा गर्नेछौ ।'



त्यसपछि भगवानले मेरो आत्मा शरिरबाट बाहिर निकाल्नु भयो, म मेरो कोठाबाट बाहिर निस्कीएँ र भगवान संग आकाशमा माथि माथि उड्न थालें । म आकाशबाटै मेरो श्रीमान र बालबच्चा मस्तले सुतीरहेको देख्नसक्थें । मलाई यस्तो लाग्यो, म मरीसकें मेरो शरिर पृथ्वी मै छ तर आत्मा भगवानसंग आकाशमा उडीरहेको छ । भगवानले नडराउ भन्दै मलाई छुनु भएको अनुभूति गरें । मैले यतिबेला मेरो परिवारको बारेमा सोचीरहेकी थिएँ । भगवान मेरो विचार आफैं बुझ्न सक्नुहुन्थ्यो र घरी घरी मलाई नडराउ भन्नु हुन्थ्यो ।



हामी माथि माथि शुन्य क्षितिजमा उड्दै गयौं, पृथ्वी निकै तल देखिन्थ्यो । धेरै माथि पुगे पछि मैल निकै फोहोरी देखिने ठूलाठूला सोली आकारका ठाउँहरु देखें र ति ठाउँहरुका बारेमा भगवानलाई सोधें । भगवानले 'यिनै हुन् नर्कका ढोका' भन्नु भयो । 'अब हामी यहीँबाट नर्क प्रवेश गर्नेछौं' भगवानले भन्नु भयो । यस्ता काला र अध्यारा ढुङ्गाहरुको निकै लामो दुरी पार गरे पछि हामी नर्कको वास्तविक ठाउँमा पुग्यौं । नर्कभित्र जाने क्रममा बाटामा ठुलठुला भिमकाय चमेरा, ड्रागेन र आकार नै नछुट्छीएका जन्तुहरुले हामीलाई आक्रमण गर्ने प्रयास गरे तर भगवानको शक्तीका कारण तिनीहरुले हामीलाई छुन समेत सकेनन् ।



हामी नर्कमा पुग्यौं, मैले त्यहाँ अन्धकार, चिच्चाहट, हारगुहार, भयानक सिनोको गन्ध, शैतानहरुले भगवान र मलाई आक्रमण गर्न खोज्ने तर असफल हुने दृश्यहरु देखें र सुनें । यस्ता घटनाहरु मध्य कतिपय घटनाहरु मैले बुझिन र भगवानलाई सोधें, ति मध्य भगवानले केहीका जवाफ दिनुभयो र केहीका दिनु भएन । मैले मनमनै डराउँदै र छक्क पर्दै अनुभूत गरें नर्क साँच्चै हुँदो रहेछ अनि कति कष्टप्रद र भयानक हे भगवान! यि मान्छेहरुले किन यस्तो दुःख सहनु परेको ? म मनमनै चिच्चाएँ र डराएँ । त्यहाँ ठूला ठूला कोइला र आगोका कुवा थिए, ति कुवाका माझमा शरिरको मासु सबै डढिसकेर करङ्गको विचमा मैलो रंगको आत्मा र शरीरको कंकाल भएका आत्माहरु चित्कार गरिरहेका थिए, भगवानलाई बचाउ बचाउ भन्दै गुहारीरहेका थिए, आफ्नो पापको प्रायश्चीत गने्र अब कहिल्यै पाप नगर्ने र पृथ्वीमा गएर नर्कको वास्तविक्ता र प्रभुको शक्तीबारे जनचेतना फैलाउने प्रण गरीरहेका थिए । यस्तो चित्कार सुनेर भगवान पनि निकै दुःखी हुनुहुन्थ्यो र घरी घरी आँशु खसालेर नै रुनुहुन्थ्यो । जव म यस्ता चित्कारहरु सुनेर होस् हवास गुमाउथेँ, भगवान मलाई स्पर्स गर्दै नडराउ भन्दै मेरो शरिर, आत्मा र दिमागमा शक्ती प्रदान गर्नुहुन्थ्यो । यस्ता आत्माहरु जति भेट्दै गयो झन झन कठोर यातना सहीरहेका देखिन्थे । कोहीका जिउभरी स्याउँ-स्याउँ किरा परेका, कोही आगोको ज्वालामा सेकाइरहेका, कोही भुङ्ग्रोमा लडिरहेका, कतिको मासु जल्दै गरेको र बोसो पग्लिएर तेल निस्कीरहेको, कति कंकालमात्र हल्लाएर मुक्तीको याचना गरीरहेका, कति ५० औं बर्ष देखि भुङ्ग्रोको आगोमा सुतीरहेका, कसैको मांसपिन्ड सबै जलेको तर कपडा नजलेको, कोही आगोमा सेकीइरहेका तर आगोले तिनलाई जलाउन नसकेको, कोही शरीरमा किरा र आगो संगसंगै खोपीरहेका... आदि । कयौं आत्माहरु संग त भगवानले दोहोरो वातचित पनि गर्नुभयो, कसैलाई भन्नुहुन्थ्यो 'मैले तिमीलाई धेरै पटक मौका दिएको थिएँ तर तिमी सुध्रीएनौ' कसैलाई 'अब तिम्रो आत्मा हराइसक्यो तिम्रा लागि यो सजाय तय भैसक्यो' भन्नुहुन्थ्यो ,कसैलाई 'अब तिम्रो आत्माले अर्को रुप लिन सक्दैन मलाई माफ गर' भन्नुहुन्थ्यो । त्यहाँको चिच्चाहट, दुर्गन्ध र त्रासदीले म कति पटक विरामी भएँ तर मलाई भगवानले शक्ती प्रदान गर्नुहुन्थ्यो । यसरी हामीले पुरै ३० दिन ३० रात नर्कको दुर्दसा हेर्यौं, कतिपय ठाउँमा त मेरा परिवार साथी र छरछिमेकलाई यस्तो ठाउँमा आउनबाट बचाउनेछु भन्ने सोच्दै हेरिरहेको हुन्थें, भगवानले मेरो सोचाइ बुझेर तिमीले यस्तो दुर्दसाबाट सम्पूर्ण पृथ्वीबासीलाई नै बचाउनु पर्छ भन्नुहुन्थ्यो... । कृपया यस भन्दा अगाडि आफैं पुस्तक पढ्नुहोला ।




हेभेन (स्वर्ग) - लेखिकाकै शब्दमा
नर्कको भ्रमण पुरा भए पछि मलाई जिससले अब स्वर्ग जाउँ भन्नु भयो । यति भन्ने वित्तिकै म स्वर्गमा पुगें । स्वर्गको गेटमा देवदुतहरु पालेका रुपमा सुरक्षाका लागि वसीरहेका थिए, उनीहरुले मेरो बारेमा सोधे र यथार्थ थाहा पाए मलाई भित्र प्रवेश गराइयो । त्यो ठाउँ पृथ्वी जस्तै खोलानाला, वनस्पति, चट्टान, पहाड भएको अति सुन्दर थियो । मलाई स्वर्गमा भएका सम्पूर्ण चिजहरु र त्यहाँ हुने कि्रयाकलापहरु सबै विस्तारमा देखाईयो र वताइयो । स्वर्ग तिन वटा हुँदारहेछन्: पहिलो- पृथ्वी माथिको वायूमण्डल जहाँ हावा वहन्छ चराहरु उड्छन्, दोस्रो- अन्तरिक्ष जहाँ हावा छैन केवल शुन्य छ, तेस्रो- ग्रह, उपग्रह, तारा, आकाश गंगा भएको हाम्रो व्रम्हान्ड । हो यही व्रम्हान्ड चाहीँ भगवान वास गर्ने स्वर्ग रहेछ । स्वर्गमा पनि अनेक साखाहरु र ति साखा सम्हाल्ने कर्मचारीहरु हुँदारहेछन् । मलाई अचम्म लागेको कुरा: मर्त्यलोकमा जीवनबाट दिक्क भएर रुँदा मानिसका आँखाबाट खस्ने आँशु पनि हरेक ब्यक्तिको एक-एक बोतल छुट्याइ जम्मा गरीएको हुँदो रहेछ । ति आँशुहरु हरेक दिनु थुप्रै देवदुतहरुले मर्त्यलोकबाट उठाएर सुनको कचौरामा ल्याइ सम्बन्धीत कर्मचारीलाई बुझाउँदा रहेछन् । अर्को कुरा: मर्त्यलोकका मानिसले गरेका हरेक कि्रयाकलापहरुको एक एक टिपणी कापीमा कलमले लेखिदा रहेछन् - कि कसले अपराध तथा खराब काम गर् यो र कसले असल तथा मानवीय काम गर्यो आदि । मानिसको मृत्यू भए पछि यि सबै कि्रयाकलाप र ब्यवहारको हिसावकिताब गरेर ऊ स्वर्ग वा नर्कको भागि हुने, नर्क गए कति समयको लागि र कस्तो सजाय पाउने आदि तय गरिदो रहेछ । स्वर्गमा गरिएका हिसाब किताब र लेखाजोखा बाट मैले थाहा पाएँ कि स्वर्ग जान धर्म तथा मानविय काम धेरै गर्नु पर्ने रहेछ । मानविय कामहरुमा मुख्यतया भोकाहरुलाई ख्वाउने, नाङ्गाहरुको आंग ढाक्ने, अशक्त र विमारीहरुको सेवा गर्ने र हौसला बढाउने, अपराधमा जेल परेका तथा सजाय भोगीरहेका मानिसहरुलाई सहि दिशा देखाउने र जेल तथा अपराधबाट छुटाउने, भगवान तथा धर्मको नाममा दान गर्ने आदि रहेछन् । भगवानको नाममा गरिने दानहरु साच्चै नै मानविय काम मै लगाइँदा रहेछन् । कृपया यस भन्दा अगाडि आफैं पुस्तक पढ्नुहोला ।




विनम्र आग्रह - यो इसाइ धर्मावलम्बीहरुको धार्मिक आस्था र विश्वास भएकोले, कृपया यसमा ठेस पुग्ने गरी प्रतिकि्रया नपठाउनुहुन अनुरोध गर्दछु

Friday, 11 April 2008

बाहुनवाद, जनजाति र आरक्षण

सिर्जना भण्डारी
हाल नेपाल सबै किसिमबाट संक्रमणको अवस्थामा छ र समावेशी राज्यमा परिणत हुने क्रममा रहेको छ । हुन त नेपालका ऐतिहासिक राजा पृथ्वी नारायण शाहले पनि नेपाललाई चार जात छत्तिस वर्णको फूलबारी भनी चित्रण गरेका थिए र यो वाक्याँशको शाब्दीक अर्थ पनि समावेशी अर्थात धेरै जातजातिहरुको बाहुल्यता नै हो तर दुर्भाग्यवस बिगतमा यो वाक्यांश वाक्यांशमै सीमित रह्यो र ब्यवहारमा उत्रिन सकेन र आज भन्दा करिव २५० वर्ष अघि तय गरिएको नेपालको वास्तविकताले बल्ल आज पूर्णता प्राप्तीको बाटो समातेको छ ।

विश्वको इतिहासका सम्वन्धमा जानकारी राख्नेहरुलाई यो थाहा भएकै हुनु पर्छ कि विश्वमा विभिन्न कालखण्डमा भएका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक तथा साँस्कृतिक परिवेशलाई हेर्ने हो भने कहाँ थिएन सामन्तवाद, विस्तारवाद, थिचो-मिचो, शोषण वर्ग र शोषित वर्ग, उच र निच ? इतिहासमा मात्र नभइ माथि उल्लेखीत तिता यर्थातहरु कुनै न कुनै रुपमा वर्तमान सम्म पनि विश्व भरिनै हाबी भइरहेकै छन् । सबै नेपालीहरुका लागि यो अत्यन्त्य गौरवको कुरा हो कि मुलुकमा यथास्थीतिवादी सामन्तवादको अन्त्य भई गणतन्त्रको स्थापना भएको छ । यो सुखद क्षणको अनुभूति मुलुकका सबै वर्ग तथा जातजातिहरुले गरेका छन् । दिन परदिन हाम्रो सामाजिक मुल्य मान्यता बद्लिदो छ र हामीकहाँ संधियता र समावेशीकरणको नारा तिब्र रुपमा हावी हुँदै गैरहेको छ र सुधारको गति लिरहेको छ । निःसन्देह नेपाल चार जात छत्तिस वर्ण अर्थात सबै जातजातिहरुको समान कर्मथलो हुनु पर्छ र एक वर्ग तथा जातजातिले अर्को वर्ग तथा जातजातिको सम्मान र समान अधिकारको धारण राख्नु पर्छ । यो सबैलाई थाहा छ तर थाहा हुँदा हुँदै पनि आज किन परिस्थितिले अर्कै मोड लिदै गैरहेको छ, किन जातियताको नाममा एक जातिले अर्को जातिलाई गाली गलौज र शत्रुवत ब्यवहार गरिन्छ ? यो गाली गलोजको मारमा सबैभन्दा बढि बाहुन-क्षेत्री जात पर्दै आएको छ । अन्य जातिहरुले किन बाहुन-क्षेत्री जातिलाई यति नकारात्मक दृष्टिले हेरेका हुन् र किन उनीहरुलाई सम्पूर्ण समस्याहरुको जड मान्दछान्, के सामन्तवाद र निरंकुशताताको मारबाट सबै बाहुन-क्षेत्रीहरु चाहीं बचेका थिए ? किन मुठिभर बाहुन-क्षेत्रीहरुको दोष र नालायकीपन सम्पूर्ण बाहुन-क्षेत्रीहरु माथि थोपरिदै छ ? र के हो बाहुनवाद भनेको ? कतिपयले त वाहुनवादलाई बाहुन निषेधको अर्थ समेत लगाउने गरेको पाइन्छ भने कतिपयले सामान्तहरुको पक्षपोशक भन्ने गर्दछन् ।

आजभोलि हरेक जसो जनजातिका मुद्दाहरुमा बाहुनवाद शब्दले प्रमुखता पाउँदै गएको पाइन्छ । यसको मतलब के बाहुन-क्षेत्रीहरुलाई पनि आफ्नो जातिय संगठन बनाउ भनिएको हो ? हरेक जनजातिहरु उनीहरु पछि पर्नुको पछाडि किन बाहुन-क्षेत्रीलाई दोष दिन्छन् । उनीहरुकै शब्दमा भन्नु पर्दा - बाहुनहरुको सामन्ती सत्ताकै कारण आफूहरु पछि परेको भन्दै आइरहेका छन् । यो सत्य हो की उनीहरु बाहुन-क्षेत्रीको तुलनामा पिछडिएका छन् । यसरी पिछडिनुका थुप्रै कारणहरु हुन् सक्छन्- आर्थिक, सामाजिक तथा सास्कृतिक, धार्मिक आदि । तर प्रत्यक्षय रुपमा देश तथा समाज हाक्ने देशको मुलकानुन अर्थात संविधान र त्यस अन्तर्गतका अन्य नियम कानुनहरुको हो । नियम कानुन विपरीत भएमा कानुनी उपचार पाउन सकिन्छ । के जनजातिको कुनै एक ब्यकितले उनीहरु पछि पर्नुको कारण बाहुन-क्षेत्री नै हुन भनेर सबैलाई चित्त बुझ्ने किसिमबाट प्रभावकारी र प्रमाण सहितको जवाफ दिन सक्छ ? बाहुनवादका नारा लगाउने सबै जनजातिहरुले विचार गर्नु पर्ने कुरा हो यो । केहि समय अघिका नियम कानुन केलाएर हेरौं त, ति मध्य कुन नियम तथा कानुनको कुन धारा, उपधारा, खण्ड वा उपखण्डमा जनजाति भएकै कारण राज्यको कुनै पनि तहमा अयोग्य ठहरिने भनी उल्लेख गरिएको छ, शिक्षा लिन, उद्यम-ब्यापार गर्न, सरकारी ओहोदा ग्रहण गर्न, घर जग्गा खरिद-विक्री गर्न नपाउने आदि किटानी गरेको छ ? यस्ता बन्देज लगाइएका तथा सीमा तोकेका कानुन अहिले सम्म लेखिएका छैनन् । राज्यले सबै जातजातिहरुलाई समान अवसर प्रत्याभूत गर्दा गर्दै पनि आफू योग्य र प्रतिस्पर्धी भइ खरो उत्रन नसक्ने अनि आफ्नो दुर्वलता र पछौटेपनको दोष वाहुनवादमा लगेर बजार्ने यो कस्तो लोकतन्त्र आएको हो नेपालमा ! 


सबैलाई थाहा भएकै कुरा हो कि विद्यालय ज्ञान र चेतनाको मन्दिर, मस्जीद, गुम्बा, गिर्जाघर (जे भने पनि) हो जहाँ विगतमा दलितहरु माथि हुने गरेका केही सामाजिक अपवाद वाहेक कसैलाई यो वा त्यो भएको कारण उपस्थित हुन वन्देज लगाइएको थिएन, छैन र लगाइने छैन । यति स्वतन्त्रता हुँदा हुँदै पनि ति विद्यालयहरुमा बहु संख्यक रुपमा आज पनि बाहुन-क्षेत्रीकै बालबच्चाहरु अध्ययनरत हुन्छन् । समानुपतिक उपस्थिति भएका वस्ती तथा स्थाहरुमा समेत ज्ञान जस्तो जिवनको महत्वपूर्ण उज्यालो र चेतनालाई समय मै आफूले नबुझेको दोष वाहुनवादमा लगेर ठोक्दा जनजातिहरुका लागि त्यसको उपलब्धि के होला त ! यो सत्य नभई धुर्व सत्य हो कि ज्ञान र चेतनाले नै मानिसलाई उच्च तहमा पुर् याउँछ र ठूलो मान्छे बनाउँछ । महाकवि देवकोटाले भनेका छन्- "मानिस ठूलो दिलले (ज्ञान, बुद्धी, चेतना) हुन्छ जातले हुँदैन…" । आज हाम्रा सामु ज्ञानलाई नै सर्बोपरि र प्रगतिको मूल मन्त्र ठानेर प्रगति गरेका र राज्यको उच्च तहमा पुगेका जनजाति सदश्यहरु थुप्रै छन् । तर विडम्बना जनजातिको ठूलो प्रतिसत आज पनि पिछडिएकै अबस्थामा छन् । यसो हुनुका मुख्य कारणहरु १-२-३ गरेर पत्ता लगाउन त वृहत खोज नै गर्नु पर्छ तर यसका वावजुत पनि यति चाहीँ भन्न सकिन्छ कि नेपालका जनजातिहरु(केही बाहेक)अधिकार र अवसर नपाएर पिछडिएका होइनन् । तसर्थ जनजाति वर्गहरु, कृपया यसरी आफ्नो कमजोरीको कारण बाहुन-क्षेत्रीलाई ठान्ने र सबै बाहुन-क्षेत्री सामन्तवाद हुन भनेर सावित गर्ने दुष्साहन नगर्नुहोस । यस्ता तर्क वितर्कबाट तपाईहरुको तुलो गरुङ्गो हुन्छ भन्ने ठान्नु हुन्छ भने बाहुन -क्षेत्रीको तुलो पनि हलुका हुन्छ जस्तो लाग्दैन, हो बरु प्राचीनकाल देखि हालसम्मका सामाजिक, सास्कृतिक र धार्मिक (कानुनी होइन) पक्षलाई हेर्ने हो भने यसरी भन्ने अधिकार केहि हद् सम्म दलित जनजातिहरुलाई छ र उनीहरुले लगाउने यस्ता दोषहरु केबल वाहुन-क्षेत्रीले मात्र नभई सम्पूर्ण जनजातिहरुले पनि उत्तिकै वहनगर्नुपर्ने हुन्छ किनकी जनजातिहरुमा पनि वर्ग र उच-नीच उत्तिकै छ।



त्यसैले जनजाति वर्गहरुमा विनम्र आग्रह यो छ कि अब बाहुन-क्षेत्रीहरुलाई गाली गर्न छाड्नुस् र आफूलाई काविल वनाउनतिर लाग्नुहोस् यसैमा मुलुक, समाज र सबै नेपाली जनताहरुको भलाइ छ । जनजाति मात्र नभई जो कोही नेपाली जनता यस्तो अवसरको उपयोग गर्न आर्थिक समाजिक तथा भौगोलिक रुपले असक्षम छन भने सरकार समक्ष अनुदान तथा बिशेष सहयोग को माग राख्नु उचित हुन्छ । तर गणतन्त्र र लोकतन्त्रको वहाली पछि नेपालमा परिस्थितिले अर्कै मोड लिँदै गइरहेको देखिन्छ । यस्ता निमुखा वर्गहरुका लागि कोटा तथा आरक्षण ब्यवस्था गर्नु पर्छ र यो सतप्रतिशत जायज हो तर हामीकहाँ आरक्षण तथा कोटा सिस्टमको गलत परिभाषा लगाईंदैछ । आरक्षण तथा कोटा प्रदान गर्नु भनेको सकारात्मक विभेद हो जसको प्रमुख उदेश्य जातजाति नभई सामाजिक, आर्थिक तथा भौगोलिक आदि परिस्थितिका कारण पछि परेका जनताहरुलाई मौका र हौसला प्रदान गर्नु हो । तर सामाजिक, आर्थिक तथा भौगोलिक अबस्थाका आधारमा नभई यसरी जातजातिका आधारमा प्रदान गरिएको कोटा तथा आरक्षणले भविश्यमा मुलुकलाई कतातिर लाने हो यसको दिशा अनिश्चीत देखिन्छ र स्थितीले भयावह रुप नलेला भन्न सकिन्न । यसरी सोलोडोलो रुपमा जनजातिका आधारमा आरक्षण कोटा प्रदान गर्दा दुर्गम क्षेत्रमा वसोवास गर्ने आर्थिक तथा सामाजिक रुपले पछि परेका बाहुन-क्षेत्री लगायत सम्पूर्ण जनजाति नेपालीहरुले कसरी न्याय पाउलान् ! अनि सुगम क्षेत्रमा बसोवास गर्ने र आर्थिक तथा सामाजिक दुबै किसिमले सबल र आरक्षण तथा कोटा प्राप्त जनजातिहरुले चाहीं यस्तो वितरण प्रणालीमा लोकतन्त्रको सच्चा परिभाषा कसरी गर्लान् ! अब नयाँ नेपालमा यो चाहीं हेर्न बाँकी नै छ

Wednesday, 9 January 2008

हिन्दु धर्म

सिर्जना भण्डारी

'हिन्दु' शब्दको अर्थ के हो?

'हिन्दु' शब्द हिन्दु धर्मसँग सम्बन्धित छ। तर हिन्दु शब्दको अर्थ के हो त?
यो सुन्दा सबैलाई अचम्म लाग्न सक्छ कि 'हिन्दु' केबल एक शब्द मात्र हो, यो शब्दको क्रुनै अर्थ छैन अर्थात यो धार्मिक शब्द होइन र सनातन हिन्दु धर्मसँन यो शब्दको कुनै तात्विक सम्बन्ध छैन। तर हिन्दु शब्दसँग जोडिएर आएका केहि शब्दहरु प्रचलनमा रहेका छन् जस्तै- हिन्दु धर्म, हिन्दु धर्माबलम्बी, हिन्दुस्तान, हिन्दी, हिन्द महासागर आदि।


हिन्दु धर्म र शब्दको उत्पत्ति
संसारभरी हालसम्म प्रचलनमा रहेका धर्महरुमा हिन्दु धर्म सबभन्दा पुरानो र तेस्रो ठुलो भएको कुरा बिभिन्न पुरातात्वीक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन्। तर प्राचीनकालमा यो धर्मलाई हिन्दु धर्मका नामले चिनिदैनथ्यो। प्राचीनकालमा हिन्दु धर्मलाई 'प्राचीन सभ्यता' भन्ने गरिन्थ्थो। हिन्दु धर्म दुई भिन्न आस्था मिसिएर एक बनेको बिभिन्न पुरातात्वीक अध्ययन तथा अनुसन्धानहरुले देखाएका छन।

हिन्दु धर्मको उत्पत्ति इन्डुस घाँटीमा भएको हो। इ. पु. ३००० बर्ष अघि इन्डुस घाँटीमा सदियौं देखि बस्दै आएको प्राचीन सभ्यताको पत्ता लागेपछि अर्को धार्मिक आस्था भएका युरोपियनहरु इन्डुस उपत्यकातिर बसाइ सर्न थाले जसलाई आर्यन पनि भन्ने गरिन्थ्यो। यिनीहरुको बसाइ सर्नेक्रम इ. पु. २००० सम्म जारी थियो।

संसारभरी सबभन्दा धेरै हिन्दु धर्माबलम्बीहरु दक्षिण एशियामा बसोबास गर्दछन्। दक्षिण एशियामा पर्ने देशहरुमा सबभन्दा बढी भारत र नेपालमा हिन्दु धर्माबलम्बीहरुको संख्या बढी छ। हिन्दु धर्मको अहिलेको यो पुस्ता सीन्धु घाँटीको सभ्यताबाट फैलिएको बिश्वास गरिन्छ। सीन्धु घाँटीमा सनातन धर्म मान्नेहरु बसोबास गर्ने गर्दथे। प्राचीन गि्रकहरुले 'सिन्धु' शब्दलाई ' हिन्दु' उच्चाहरण गर्ने गर्दथे र उक्त स्थानमा बसोबास गर्नेहरुलाई 'सिन्धुबासी' नभइ 'हिन्दुबासी' भन्ने गर्दथे। पछि सिन्धु घाँटीमा विश्वका अन्यत्र स्थानहरुबाट थुप्रै मुस्लीमहरु बसाइ सरे र रैथाने सिन्धुबासीहरु सँगै बसोबास गर्न थाले। पछि तिनै मुस्लीमहरुले प्राचीनकाल देखि बसोबास गर्दै आइरहेका सिन्धुबासी (हिन्दुबासी) र आफ्नो समुह छुट्याउन तथा चिन्नका लागि स्थाइ बासिन्दाहरुलाई 'हिन्दु' र उनीहरु बसोबास गर्ने स्थानलाई 'हिन्दुस्तान' (हिम्दु+स्थान) भन्न थाले र आफुलाई मुसलमानका रुपमा चिनाउन थाले। समयक्रम बित्दै जाँदा यिनै सिन्धुका प्राचीन बासिन्दाहरु अहिलकॊ भारत, नेपाल, श्रीलंका, पाकिस्तान, बंगलादेश, बर्मा, थाइल्यान्ड, आदितिर छरिदै गए र ति हिन्दु अर्थात हिन्दु धर्मालम्बीका रुपमा चिनीन थाले। 

Tuesday, 1 January 2008

INTRODUCTION OF NEPAL

Sirjana Bhandari

Nepal is known as the newly established Himalayan republic. After abolition of 240-years-old hereditary monarchy, the country is declared as republic on May 28, 2008. The 10-years-long people’s war launched by the Nepal Communist Party (Maoist) and the April 2006 People’s uprising under the leadership of Seven Party Alliance (SPA) and the Maoists made possible to achieve historical political change in the country. Election to Constituent Assembly held on April 10, 2008 has further paved the path for peace process that was officially institutionalized through signing Comprehensive Peace Agreement (CPA) between SPA government and Communist Party of Nepal (Maoists) in November 2006.


Nepal is a beautiful, independent, sovereign, landlocked, mountainous, and agriculture dominant developing country which lies on the southern frank of Himalayas with the galore of the highest peaks in the world- the Mount Everest (8,848 m). It lies between 8004' and 88012' east longitude and 26022' and 30029' north latitude in the world’s map with an elevation range South to North of 60 m. (Terai belt) to 8848 m. (Snow Belt, Himalaya) from the sea level. Nepal is situated between two giant countries – India and China. It has been surrounded by 3 sides - East, West and South by India and North side from Tibet of China, and both of neighboring countries are larger than Nepal in terms of geographical area, total population and economic development.


Total territory of Nepal is 147181 sq. k. Meters. It is divided into three geographical divisions – Mountain region (15%), Hill region (68%) and Terai region (17%). As administrative and political division, there are 3915 Village Development Committees (VDCs) and 58 municipalities, 75 districts, 14 zones and 5 developments regions in Nepal. The village development committees and municipalities are the lowest organs of administrative units. These administrative units are further divided into wards. Each VDC has nine wards, where as the municipalities have variable number of wards according to the population concentration, economic activities and political status.

There are some prospective sectors to develop the country such as tourism, hydro electricity, bio-diversity, commercial agriculture, etc. In the present context, tourism can be the best income source for economic growth and human development in Nepal. The geographical diversity has made Nepal as attractive place for tourists.

Majority of population live in rural areas (85.8%) and are totally dependent on agriculture which is traditional and limited to some 19 percent of the total arable land of the country. Traditional subsistence farming is under practice in Nepal. The crop farming is the main agriculture activity which supports nearly 80 percent of total population and 36% of total GDP of the country. Traditional agriculture practices have undergone to little change because of increasing poverty of the farmers and topographical impasse. At present, the situation of agriculture productivity is not satisfactory and still several districts of the country have been facing food crisis every year. 



Nepal is a developing country with per capita GDP $ 383 (Economic Survey, 2007/08). It has about 27 millions total population (male-49.95% & female-50.05%) and growth rate of population is 2.25 percent. There are 101 ethnic groups and 93 different languages spoken all over the country. The majority of the people speak Nepali language (48.61%) which is the official language of the country. The country was declared secular by the Parliament in 2006 but religiously it is dominated from Hinduism (80.62%). It is been estimated that about 31 percent of its population are living below poverty line. Adult literacy rate is 53.7 (Male-65.1% and Female-42.5%) with average life expectancy 60.4 years (male 60.1 and female 60.7). 


Nepal still has to go a long way to go in re-structuring its political system and in accelerating the pace of its economic growth and human development. There are some prospective sectors to develop the country such as tourism, hydro electricity, bio-diversity, commercial agriculture, etc. In the present context, tourism can be the best income source for economic growth and human development in Nepal. The geographical diversity has made Nepal as attractive place for tourists. This uniqueness of physical features of the country has provided a wide range of tourism activities from visiting jungle resort camps to the snow-capped mountains. ‘Nepal is known as an important tourist destination in the world’s tourism map with its vast potentialities of natural attractions, multi-ethnic, multi-cultural community, archeological heritage and more other attractions. Nepal is also known as land of Mount Everest, the birth place of Lord Buddha, multi-cultural and multi-ethnic diversity. Nepal has a wide range of climate due to substantial topography variation in geography and ecological characteristics of the country from boiling hot of Terai to freezing cold of Himalayas and having more than 1310 identified peaks including Mt. Everest 8848 meters, which is the highest peak in the world.’ (Kunwar, 1997) 


Beside tourism, Nepal is also famous and rich for its water resources, bio-diversity and commercial agriculture potentiality. After Brazil, Nepal is known as second rich country for fresh water in the world. It has lots of glaciers, fresh water lakes, streams and rivers. We can run easily fresh drinking water industry and export all over the world. In addition, the wide range elevation of the land from North to South (8848 m. to 60 m.) has increased the current of water flow which can be the best natural source for generating hydropower. Nepal has 83,000 MW hydropower potentiality. At present context, electricity is getting prime concern in the world as clean, renewable and sustainable energy. 


As a positive aspect, the land elevation is a boon for development of the country, which has provided different types of potentialities of development but there are some drawbacks for the smooth progress of the country such as difficulties in transportation, natural disasters, etc. Because of North-South (8848 m. to 60 m.) land elevation, there is huge climatic diversity which provides positive effects in bio-diversity. According to geographical area, Nepal is a small country but known as a rich region in terms of bio diversities. It has lots of flora and fauna, numerous herbal plants, creatures, birds, and more other animals etc. which are rare and limited in the world. These things contain great value in the natural ecosystem, health sector, tourism sector etc.