सिर्जना भण्डारी
सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा रमाइलोका लागि घुमफिर गर्न जानु भन्ने बुझिन्छ । १९ औं सताब्दीसम्म अस्तित्वमै नआएको पर्यटन शब्द २१ सौं सताब्दीसम्म आइपुग्दा विश्वकै प्रमुख र उच्च प्रतिस्पर्धात्मक उद्योगका रुपमा स्थापित भइसकेको छ । नेपालको सन्दर्भमा पर्यटनको इतिहास लामो नभए तापनि आज पर्यटन राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग र प्राथमिकताको क्षेत्र बनिसकेको छ ।
नेपाल क्षेत्रफलका आधारमा सानो र आर्थिक रुपले विपन्न राष्ट्र भए पनि यहाँको प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण आज पनि नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरु मध्ये एकका रुपमा परिचित छ । नेपालमा प्राकृतिक सांस्कृतिक धार्मिक खेलकुद स्वास्थ्य तथा मनोराजन पर्यटन आदिको उत्तिकै सम्भावना भए पनि विगतका गतिविधिलाई हेर्दा नेपाललाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य स्थल मानिएको छ ।नेपालको धरातलीय तथा जलवायु विविधताले साहसिक तथा मनोराजनात्मक र प्राकृतिक पर्यटनलाई आकर्षक बनाएको छ ।
विगतका पर्यटनसम्बन्धी गतिविधि हेर्दा केही अपवाद बाहेक बर्षेनी पर्यटकहरुको आगमन संख्या बढ्दो छ र यसै तथ्यलाई आधारमानी पर्यटन विकास र प्रवर्द्धनले पनि निरन्तरता पाउँदै आएको छ । विगतमा गरिएका सर्भेक्षण र प्राप्त तथ्यांकअनुसार नेपालमा पर्यटकहरु अन्य उद्देश्यको तुलनामा मनोरन्जन घुमफिर र विदा मनाउने उद्देश्यले ६० प्रतिशतभन्दा बढी आउने गर्दछन् । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र भएकाले नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि जोड िदंदै कार्यक्रम योजना नीति तथा रणनीतिहरु तय गरेको छ । पर्यटनको प्रवर्द्धनका लागि सरकारले हालको अन्तरिम तीन वर्षिय योजना सन् २००६ देखि २००९मा समेत प्राथमिकता दिएको छ । देशको अस्थिर अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई यो प्रयास सम्वृद्धिको एउटा खुड्किलो सावित हुन सक्छ तर यसका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रहरुको पहल र जागरुकताको आवश्यकता पर्दछ ।
नेपाल क्षेत्रफलका आधारमा सानो र आर्थिक रुपले विपन्न राष्ट्र भए पनि यहाँको प्राकृतिक तथा सांस्कृतिक विविधताका कारण आज पनि नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरु मध्ये एकका रुपमा परिचित छ । नेपालमा प्राकृतिक सांस्कृतिक धार्मिक खेलकुद स्वास्थ्य तथा मनोराजन पर्यटन आदिको उत्तिकै सम्भावना भए पनि विगतका गतिविधिलाई हेर्दा नेपाललाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य स्थल मानिएको छ ।नेपालको धरातलीय तथा जलवायु विविधताले साहसिक तथा मनोराजनात्मक र प्राकृतिक पर्यटनलाई आकर्षक बनाएको छ ।
विगतका पर्यटनसम्बन्धी गतिविधि हेर्दा केही अपवाद बाहेक बर्षेनी पर्यटकहरुको आगमन संख्या बढ्दो छ र यसै तथ्यलाई आधारमानी पर्यटन विकास र प्रवर्द्धनले पनि निरन्तरता पाउँदै आएको छ । विगतमा गरिएका सर्भेक्षण र प्राप्त तथ्यांकअनुसार नेपालमा पर्यटकहरु अन्य उद्देश्यको तुलनामा मनोरन्जन घुमफिर र विदा मनाउने उद्देश्यले ६० प्रतिशतभन्दा बढी आउने गर्दछन् । राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण अंग भएको र देश विकासका लागि पर्याप्त संभावना बोकेको क्षेत्र भएकाले नेपाल सरकारले पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि जोड िदंदै कार्यक्रम योजना नीति तथा रणनीतिहरु तय गरेको छ । पर्यटनको प्रवर्द्धनका लागि सरकारले हालको अन्तरिम तीन वर्षिय योजना सन् २००६ देखि २००९मा समेत प्राथमिकता दिएको छ । देशको अस्थिर अवस्थाले थिलथिलो भएको पर्यटन क्षेत्रलाई यो प्रयास सम्वृद्धिको एउटा खुड्किलो सावित हुन सक्छ तर यसका लागि सरकारी प्रयास मात्र पर्याप्त नहुने भएकाले पर्यटन क्षेत्रसँग सम्बन्धित सबै क्षेत्रहरुको पहल र जागरुकताको आवश्यकता पर्दछ ।
पर्यटन उद्योग साङ्गो प्रकृतिको र पूर्णरुपमा सेवामा आधारित व्यवसाय भएकाले अन्य उद्योग व्यवसायको तुलनामा यसको विकास र प्रवर्द्धन बढी चुनौतिपूर्ण हुनुका साथै सम्वेदनशील पनि छ । कुनै एक पक्षमा आएको परिवर्तनले अर्को पक्षमा तुरुन्त असर पार्छ जस्तो यातायात व्यवसायी हवाइ उड्यन ट्राभल एजेन्सी होटल व्यवसायी पर्यटकीय स्थलसँग सम्बन्धित अन्य क्षेत्रहरु आदि मध्ये कुनै एकमा तलमाथि भयो भने यसले पुरै पर्यटन उद्योगमै प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पार्दछ । तर यसो भन्दैमा सन्तुलित रुपमा पर्यटन व्यवस्थापन गर्न नसकिने भने होइन । पर्यटन उद्योगको सन्तुलित व्यवस्थापनका लागि यस क्षेत्रका विज्ञहरुको सल्लाह र सुझाव अनुसार उपयोगी र प्रभावकारी कार्यक्रम तथा रणनीति तय गरी सरकारी र नीजि क्षेत्र एक भई दृढताका साथ पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा अघि बढ्नु आजको अनिवार्य आवश्यकता बनेको छ । निश्चित रुपमा पर्यटन उद्योगको विकास र प्रवर्द्धनका लागि पर्यटनसँग सम्बन्धित व्यवसायिक क्षेत्रहरु र पर्यटकीय स्थलहरुको सुधार तथा विकास र प्रवर्द्धन गर्नुपर्छ तर यो मात्र पर्याप्त हुँदैन । आजको कडा प्रतिश्पर्धाको जमानामा सम्बन्धित क्षेत्रहरुको विकास र प्रवर्द्धनका साथै तिनीहरुको प्रचार प्रशार तथा बजार प्रवर्द्धनको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यो सत्य हो कि नेपाल जस्तो आर्थिक रुपले विपन्न र भौगोलिक रुपले विकट देशका लागि विश्वका अन्य विकसित र सम्पन्न देशहरुसँग प्रतिस्पर्धा गर्नु सहज छैन । तर पर्यटकीय दृष्टिकोणले नेपाल प्राकृतिक रुपमै पूर्ण रहेको अर्थात् अतिरिक्त लगानीको आवश्यकता नपर्ने सानो मुलुक भएकाले र अर्थतन्त्र तथा जनसंख्याका आधारमा दुई ठूला मुलुक भारत र चीनका बीचमा अवस्थित भएका कारण नेपालका लागि पर्यटन बजार खोज्न टाडा पुग्नुपर्ने आवश्यकता नपर्ने देखिन्छ । यसका लागि सरकारले पर्यटनविद्हरुको राय सल्लाह अनुसार अन्तरिम तीन वर्षिय योजनामा यी दुइ देशका साथै अन्य पर्यटन बजारको सम्भावना बोकेका देशहरुमा नेपालको पर्यटन बजार प्रवर्द्धन गर्ने कार्यक्रम समावेस गरेको छ । बजार प्रवर्द्धन बिना पर्यटन क्षेत्रको विकासले फड्को मार्न नसक्ने हुनाले आजको प्रतिस्पर्धाको जमानामा पर्यटन उद्योगको पूर्ण विकास र प्रवर्द्धनको प्रमुख हतियार बजार प्रवर्द्धन नै रहेको छ ।
पर्यटनलाई घुमफिरका आधारमा आन्तरिक र बाह्य अन्तर्राष्ट्रिय गरी दुइ भागमा विभाजन गरिएको छ ।
देश भित्रका बासिन्दाहरु एक ठाउँबाट अर्को ठाउँमा घुमफिर तथा मनोरन्जन भेटघाट काम विशेष आदि उद्देश्यले आवतजावत गर्ने कि्रयाकलापलाई आन्तरिक पर्यटन र अन्य राष्ट्रहरुबाट घुमफिर मनोरन्जन तथा विदा मनाउने उद्देश्यले आवतजावत गर्ने कि्रयाकलापलाई वाह्य पर्यटन भनिन्छ । विश्व पर्यटन संगठनले आफ्नो बासस्थानभन्दा टाढा पाहुनाका रुपमा एक रात वा २४ घण्टा बिताउने स्वदेशी तथा विदेशी सबैलाई पर्यटक (Tourist) भनी परिभाषा गरेको छ ।
प्रभावकारी बजार प्रवर्द्धनका कारण हालको समयमा दिनप्रतिदिन पर्यटकहरुको संख्या र पर्यटकीय स्थलहरुको विकास तिब्र गतिवमा भइरहको छ । नेपालको सन्दर्भमा हेर्दा राजनीतिक अस्थिरताका कारण सन् २००० देखि २००२ सम्म र २००५ मा नकारात्मक बढोत्तरी देखिए पनि २००६ मा करिब ५ प्रतिशतले बढेको देखिन्छ । सो बर्ष झण्डै ४ लाख पर्यटकहरुले नेपाल भ्रमण गरेका थिए ।
सैद्धान्तिक आधारमा आन्तरिक तथा बाह्य पर्यटनको बजार प्रवर्द्धनमा खासै भिन्नता नभए पनि क्षेत्रगत कार्यगत आर्थिकभार समय निरन्तरता तथा प्रतिवद्धता आदिका आधारमा तुलनात्मक रुपले बाह्य पर्यटन बजार प्रवर्द्धन कठिन र चुनौतीपूर्ण देखिन्छ । आन्तरिक पर्यटनको बजार प्रवर्द्धन आफ्नै देश र समाजभित्रमात्र गरे पुग्ने हुनाले तुलनात्मक रुपमा सहज हुनुका साथै कम चुनौतिपूर्ण रहेको हुन्छ । अल्पकालीन तथा दीर्घकालीन रुपमा दुइ किसिमले आन्तरिक पर्यटन बजार प्रवर्द्धन गर्न सकिन्छ । संचार माध्यमबाट विज्ञापन गराएर ब्रोसर बाँडेर समय समयमा पर्यटन मेला आयोजना गरेर सभा सम्मेलन आदिका माध्यमद्धारा अल्पकालीन रुपममा पर्यटन बजार प्रवर्द्धन गर्न सकिन्छ भने विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रमहरुमा पर्यटनसम्बन्धी विषयहरु समावेस गरेर योजनाबद्ध किसिमले बजार प्रवर्द्धनका कार्यक्रमहरु संचालन गरेर संचारमाध्यमहरुबाट नियमित रुपमा कार्यक्रमहरु संचालनका साथै विज्ञापन गराएर लेख रचना किताव प्रकाशन गरेर तथा पर्यटन व्यवस्थापनका निश्चित विषयहरु होटल व्यवस्थापन यातायात व्यवस्थापन आदिको अध्ययन अध्यापन र तालीम प्रदान गरेर दीर्घकालीन रुपमा आन्तरिक पर्यटन बजार प्रवर्द्धन गर्न सकिन्छ ।
पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन पनि अल्पकालीन र दीर्घकालीन दुवै किसिमले गर्न सकिन्छ । संसारभरका टाडा वा नजिकका देशहरुलाई लक्षित गरी प्रत्यक्ष रुपमा सम्बन्धित देशमै पुगेर तथा अप्रत्यक्ष रुपमा सम्बन्धित देशमा रहेका पर्यटन व्यवसायसंग सम्बन्धित संघसंस्थाहरु सरकारी तथा नीजि क्षेत्रका संघसंगठनहरु मार्फत पर्यटनसम्बन्धी कार्यक्रम चलाएर पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न गराउन सकिन्छ । नेपालको सन्दर्भमा पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनका लागि नीजि तथा सरकारी दुवै क्षेत्र मिलेर गर्दा छिटो छरितो र सहज हुने देखिन्छ । बुँदागत रुपमा भन्नुपर्दा निम्न किसिमले पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न सकिन्छ ।
क) गन्तव्य कार्यक्रमहरुका प्याकेजहरु आह्वान गरेर ।
ख) विदेशस्थित नेपाली नियोगदूताबासहरु मार्फत् कार्यक्रम संचालन गराएर ।
ग) विदेशमा रहेकका गैर आवासीय नेपालीहरुलाई पर्यटन प्रवर्द्धन तथा पर्यटन बजार प्रवर्द्धन गर्न गराउन प्रोत्साहन गरेर ।
घ) विभिन्न देशका पर्यटन व्यवसायीहरु तथा पर्यटनसम्बन्धी काम गर्ने संघसंस्थाहरुसँग समन्वय गरी छलफल तथा सूचना आदानप्रदान गरेर ।
ङ) नेपालको पर्यटनबारे राम्ररी जाने बुझेका सम्बन्धित देशका विज्ञहरुसँग वैचारिक छलफलका साथै सल्लाह सुझाव लिएर ।
च) समय समयमा विदेशमा पर्यटन मेला आयोजना गरी पर्यटन प्रवर्द्धन गर्ने सामग्रीहरु प्रदर्शन गरेर ।
छ) छापा तथा विद्युतीय संचारमाध्यमबाट कार्यक्रम लेख रचनाहरु विज्ञापन प्रशारण तथा प्रकाशन गरेर ।
ज) मानिसहरुको बढी आवातजावत हुने ठाउँहरु जस्तै विमानस्थल बस बिसौनी ठूलाठूला बजार आदि स्थानहरुमा पर्यटनसंग सम्बन्धित जानकारीमुलक ब्रोसरहरु वितरण तथा सार्वजनिक स्थानहरुमा भिडियोको माध्यमबाट प्रचार गराएर ।
झ) विदेशी सरकारसँग पर्यटन प्रर्वद्धन सम्बन्धी सरकारस्तरिय सम्झौता गरेर ।
ट) विदेशमा पर्यटन सम्बन्धी मेला सम्मेलन तथा भेटघाटमा जाँदा विदेशी संघसंस्था तथा मित्रहरुलाई पर्यटन संग सम्बन्धित बस्तुहरु उपहार दिएर ।
यी माथिका बुँदाहरुमध्ये पनि पर्यटनको अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा सम्बन्धित संघसंस्थाहरु र अन्य माध्यमहरुका साथै विशेष गरी दिवेशस्थित नेपाली नियोगहरु र गैर आवासीय नेपालीहरुले उचित र प्रभावकारी नेतृत्व पाएमा उल्लेख्य भूमिका निर्वाह गर्न सक्छन् । विदेशस्थित नेपाली नियोगहरु सरकारको प्रतिनिधि भएकाले तुलनात्मक रुपमा व्यक्ति तथा नीजि संघसंस्थाहरुले भन्दा पर्यटन सम्बन्धी कुनै पनि कार्यक्रमहरुको सजिलै र प्रभावकारी ढंगबाट नेतृत्व गर्न सक्नुका साथै नेपालको पर्यटन सम्बन्धी अन्य विदेशी संघसंस्था तथा व्यक्तिहरुलाई स्पष्ट नभएका तथ्यहरुको जवाफ तथा सुझाव दिएर र विदेशस्थित पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थाहरु र नेपालका पर्यटन व्यवसायीहरुबीच मध्यस्थतकर्ताको काम गरेर समयसमयमा आयोजना गरिने अन्तर्राष्ट्रिय पर्यटन मेलाहरुमा सहभागी बनेर देश तथा संस्कृति र पर्यटनबारे सूचना तथा जानकारी प्रवाह गरेर आदि किसिमले विदेशस्थित नेपाली नियोगहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्टयनको अन्तराष्ट््रिय बजार प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।
वर्षौंदेखि देश बाहिर बसी त्यहींका बासिन्दा भइसकेका गैर आवासीय नेपालीहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै किसिमले पर्यटनको बजार प्रवर्द्धनमा सहयोग पुर्याउन सक्छन् । विभिन्न पेशा संघसंस्थासँग आवद्ध गैरआवासीय नेपालीहरु समय समयमा नेपाल आवतजावत गरिरहेका हुन्छन् तीमध्ये कोही प्रत्यक्ष रुपमा र कोही अप्रत्यक्ष रुपमा यस पेशासंग सम्बन्धित रहेका छन् । गैरआवासीय नेपालीहरु जो प्रत्यक्ष रुपले पर्यटन व्यवसायसँग सम्बन्धित छन् जस्तै विदेशमा होटल ट्राभल एजेन्सी टूर अपरेशन पर्यटनसँग सम्बन्धित सामानको व्यापार गर्ने व्यापारीहरुले संगठित भएर सिधै नेपाल लाने तथा अन्य छिमेकी देश घुमाउँदै नेपाल पुर्याउने जस्ता गन्तव्य प्याकेज कार्यक्रम ल्याएर प्रत्यक्ष रुपमा पर्यटनको बजार प्रवर्द्धनका साथै पर्यटन उद्योगको प्रवर्द्धनमा समेत योगदान पुर्याउन सक्छन् । त्यस्तै अप्रत्यक्ष रुपमा संलग्न गैर आवासीय नेपालीहरु जस्तै नेपाल बाहेक अन्य देशको पर्यटन व्यवसायसँग सम्बन्धित संघसंस्थामा काम गर्ने व्यक्तिहरु छापा तथा विद्युतिय संचारमाध्यममा काम गर्ने व्यक्तिहरु विश्व विद्यालयमा पढाउने शिक्षक तथा पढ्ने विद्यार्थीहरु आदिले पनि आआफ्नो क्षेत्रबाट पर्यटन बजार प्रवर्द्धनमा उल्लेख्य सहयोग पुर्याउन सक्छन् । यसरी विभिन्न पेशामा संलग्न व्यक्तिहरुले लामो विदामा विदा मनाउन देश बाहिर जान चाहने व्यक्तिहरुलाई नेपालको पर्यटकीय स्थलहरु तथा पर्यटन सम्बन्धी कार्यक्रमहरुका बारेमा प्रभावकारी ढंगले जानकारी दिएर र सम्भव भएसम्म आफ्नो देशका तस्वीर ब्रोसर भिडियो उपलब्ध गराइ प्रभावित पार्ने र नेपाल जान चाहने समुहलाई सकेदेखि आफैं नेतृत्व गर्ने नसके उक्त कार्यक्रमसँग सम्बन्धित होटल व्यवसायी ट्राभल एजेन्ट तथा टुर अप्रेटरसम्म पुर्याई मध्यस्थ कर्ताकोरुपमा कार्य गरी पर्यटन प्रवर्द्धनमा प्रत्यक्ष सहयोग पर्याउन सक्छन् ।
केही वर्षअघिसम्म विदेशमा छरिएर रहेका गैर आवासीय नेपालीहरु हाल संगठित हुँदै आएका छन् र हालसम्म तीन वटा विश्वस्तरीय गैरआवासीय वृहद सम्मेलन पनि सम्पन्न भैसकेका छन्
No comments:
Post a Comment