'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Saturday, 5 March 2016

लैङ्गीक हिंसा ‘अनर किलिङ’ को विश्वब्यापी स्वरुप

विश्व नारी दिवस सन्दर्भ 
सिर्जना भण्डारी

लैङ्गीक हिंसाका स्वरुप बिभिन्न छन् जसमा घरेलु हिंसा, यौन ब्यापारका लागि महिलाको तस्करी, दाइजोसंग सम्बन्धीत हत्या, इज्यतसंग सम्बन्धित हत्या अर्थात अनर किलिङ आदि प्रमुख मानिन्छन्

के होअनर किलिङ
What is honor killing?

अनर अर्थात इज्यत, ‘किलिङअर्थात हत्या इज्यत बचाउनका लागि गरिने हत्या नै अनर किलिङ हो अनर किलिङलाई आफ्नो धर्मसंस्कृतिपरम्परा विपरित ब्यवहार गर्ने ब्यक्तिलाई परिवारकै सदस्यद्धारा (अवस्था अनुसार पारिवारीक संगठन तथा भाडाका मान्छेको पनि प्रयोग गरिन्छ) हत्या गर्ने परम्पराको रुपमा लिने गरिन्छ मुख्यतया मुस्लीम समुदायमा प्रचलित (९१%) लैङ्गीक हिंसाको यो स्वरुप अन्य समुदायहरु जस्तै सिख, हिन्दु आदिमा पनि हुने गरेको पाइन्छ भुमण्डलीकरणसंगै अनर किलिङ विश्वब्यापी बन्दै गैरहेको आजको युगमा मानव अधिकारका लागि यो विश्वमै गहन चुनौतीको रुपमा खडा भएको धर्मसंस्कृतिपरम्पराको अनादर गरेको परिवार तथा समाजका लागि लज्जाजनक परिस्थिती सिर्जना गरेको आरोपमा मानव जीवनको विभत्स अन्त्य गरिने यस परम्पराको शिकार लगभग सतप्रतिशत नै महिला (नगन्ग पुरुष) हुनेगरेको पाइन्छ मुख्यतया अनर किलिङका कारणहरुमाः परिवारले तय गरेको केटासंग विवाह नगर्नु, प्रेम गर्नु, भागेर विवाह गर्नु, श्रीमानबाट अलग बस्न खोज्नु तथा पारपाचुके माग्नु, विवाहोत्तर सम्बन्ध राख्नु, बलत्कार तथा यौन हिंसाको शिकार हुनु, समलिङ्गी सम्बन्ध राख्नु, धर्मसंस्कृतिपरम्परा विपरित चालचलन गर्नु, आर्थिक लाभको आकांक्षा आदि पर्दछन् यस्ता ब्यबहारहरुले परिवार तथा समुदायको बेइज्यत भएको मानिन्छ इज्यत बचाउनका लागि महिलाहरुको हत्या गर्ने तथा उनीहरुलाई आत्महत्या गर्न बाध्य पार्ने गरिन्छ सामान्यतया कसैलाई थाहा नदिइकन गरिने अनर किलिङ कहिलेकाहीं सार्बजनिकरुपमा गर्ने गरिन्छ ताकि अरु महिलाहरुले धर्मसंस्कृतिपरम्परा विपरित कदम उठाउन नसकुन हत्या गर्न परिवारको कम उमेरको केटाको प्रयोग गर्ने गरीन्छ ताकि कानुनी फाइदा लिन सकियोस उसलाई परिवारका महिला सदस्यहरुको सुराकी गर्न लगाईन्छ उनीहरुको ब्यबहार गलत ठहरिएमा हत्या गर्ने गरिन्छ समुदायमा आफ्नो इज्यत जोगाउन परिवार समक्ष यो कदमको विकल्पनै केही हुदैन यस्तो अवस्थामा महिला दोषी नभए पनि उनीलाई आफ्ना कुरा राख्ने तथा सफाइको मौका दिइदैन महिलाको गतिबिधिमा शंका लागेपछि यस्तो कदम नउठाए उक्त पुरुष तथा परिवारलाई अपमानित गर्नुका साथै समाजबाट बहिस्कार समेत गरिन्छ यसप्रकार अनर किलिङलाई परिवार तथा समुदायको बेइज्यत तथा लाज पखाल्ने सामाजिक मुल्य मान्यता प्राप्त पवित्र परम्पराको रुपमा लिने गरिन्छ अन्य समुदायको तुलनामा मुस्लीम समुदायमा अनर किलिङलाई सामान्य रुपमा लिने गरिन्छ किनकी जीवनको पुवार्धदेखि नै उनीहरुलाई आफ्नो धर्मसंस्कृतिपरम्पराको रक्षा गर्नका लागि अनर किलिङ समाजको एक अभिन्न अंग हो भन्ने सिकाइन्छ परिवारका पुरुष मात्र नभएर यस्तो अनर किलिङमा महिलाहरुको पनि उत्तिकै साथ समर्थन रहने गरेको पाइन्छ हत्यामा संलग्नहरुलाई समाजमा सम्मान तथा संरक्षण दिने गरिन्छ

महिला मुद्धाका जानकार प्रा. ताहीर शाहीद खान भन्छन् इस्लामिक कट्टरपन्थीहरुले धर्मसंस्कृतिको संरक्षणका लागि अनर किलिङ गरीएको भन्ने गरे पनि कुरानमा कतै पनि यसबारे उल्लेख गरिएको तथा अनुमति दिइएको पाईंदैन खानका अनुसार महिला अधिकार बिहिन हुनु उनीहरुलाई पुरुष तथा परिवारको सम्पतिको रुपमा लिइने संस्कृतिले अनर किलिङका घटना घट्ने गरेका हुन् यस्ता संस्कृतिले यसलाई अझ  बढावा दिरहेको इस्लामिक संघसंगठन तथा प्रतिक्रियावादीहरु पनि अनर किलिङलाई गैर इस्लामिक संस्कृति मान्ने गर्दछन् इस्लामिक नारीवादीहरुका विचारमा अनर किलिङ महिलाहरुलाई नियन्त्रणमा राख्न उनीहरुमाथि थोपरिएको पितृसत्तात्मक परम्परा समाजमा महिलाहरुको कमजोर सामाजिक तथा आर्थिक अवस्थाको परिणाम हो जेरुसलम टाइमकी रिपोर्टर सुजाने रुग्गी लेख्छिन, ‘महिलाको पवित्रता पुरुषको सम्पति हो, सर्वप्रथम उसको पिताको पछि उसको श्रीमानको लागि उपहार हो जुन नदेखिने तर महत्वपुर्ण दाइजो पनि हो त्यस्तै पाकिस्तानी अधिवक्ता तथा मानव अधिकारकर्मी हिना भन्छिन, ‘पाकिस्थानमा महिलाको जीउने अधिकार उनीहरुको धर्मसंस्कृतिपरम्परा मान्ने ब्यवहारमा निर्भर गर्दछ

अनर किलिङको इतिहास निकै पुरानो भएको पाइन्छ बेबीलोन युग (.पु. १९औं शताब्दी) देखिनै महिलाहरुलाई परिवारको इज्यतको रुपमा हेर्ने गरिन्थ्यो प्राचीन रोम (.पु. ८औं शताब्दी) मा आफ्नो धर्मसंस्कृतिपरम्पराको इज्यत कायम राख्न अनर किलिङलाई प्रोत्साहन गरिन्थ्यो रोमन कानुनले पुरुषलाई आफ्नो श्रीमती तथा छोराछोरी माथि नियन्त्रण राख्न चाहेको गर्नसक्ने अधिकार दिएको थियो महिला माथि नियन्त्रण राख्न नसक्ने पुरुष तथा परिवारलाई अपमान गर्ने तथा समुदायबाट वहिस्कार गर्ने गरिन्थ्यो यो कानुन अनुसार पुुरुषको इच्छा विपरीत परिवारका सदस्यहरुले (खासगरी महिला) ब्यबहार गरेमा जस्तोसुकै सजाएको भागी हुनुपथ्र्यो चीनको चीङ वंश (सन १६४४१९१२) मा पनि पिता पतिलाई उनीहरुको आज्ञा विपरीत जाने महिला सदस्यहरुको हत्या गर्नसक्ने अधिकार दिइएको थियो मेडीटेरीएन युरोपेली क्षेत्रहरुमा पनि अनर किलिङको लामै इतिहास भेटीन्छ यी क्षेत्रहरुमा ईज्यतलाई महत्वकासाथ हेर्ने गरिन्थ्यो ईज्यतसंग उनीहरुको जीवन, धर्मसंस्कृतिपरम्परा, सामाजिक मुल्यमान्यता जोडिएको हुन्थ्यो जसले सामाजिक जीवनमा ठुलो महत्व प्रभाव राख्दथ्यो यसले  आजसम्म पनि उही मुल्यमान्यता निरन्तरता पाईरहेको पाइन्छ त्यस्तै प्राचीन उत्तर तथा दक्षिण अमेरिकी क्षेत्रहरुमा पनि परिवार तथा समुदायको ईज्यतलाई महत्वकासाथ हेर्ने गरिन्थ्यो समाजमा अनर किलिङलाई मान्यता प्रदान गरिएको थियो

अनर किलिङको लामो इतिहास बिश्वब्यापी स्वरुप भएपनि यसमाथि गहन अध्ययन भएको पाइदैन केही दशक यता गरिएकका अध्ययनअनुसन्धान अनुसार कुनै कुनै रुपमा विश्वभरी बिद्यमान यो पसम्परा खासगरी मध्य तथा दक्षिण एशियाली मुलुकका मुस्लीम समुदायहरुमा बढी हुनेगरेको पाइन्छ संयुक्त राष्ट्रसंघको सन २००० को प्रतिबेदन अनुसार बर्षेनी यस्ता घटना ,००० हुने भनिए पनि मानव अधिकारवादी तथा यसका जानकारहरु यो संख्या वर्षेनी २०,००० भन्दा बढी हुनेगरेको बताउँछन् अधिकांश अनर किलिङका घटनाहरु मुस्लीम समुदायमा हुने गरेको बिभिन्न तथ्याङ्कहरुले देखाएका छन् यद्यपि ईस्लाम धर्मले इज्यतसंग सम्बन्धित मुद्धाहरुमा हत्या नै गरिनु पर्छ भन्ने मान्दैन संयुक्त राष्ट्रसंघकै सन २००२ को प्रतिबेदन अनुसार अनर किलिङका घटनाहरु मुख्यतया इजिप्ट, जोर्डन, लेबनान, मोरक्को, अफगानस्तान, पाकिस्तान, बंगलादेश, इन्डिया, सिरीया, टर्की, यमन, इजरायल, युगान्डा, इक्वेडर, ब्राजील तथा मेडीटेरीयन तथा पर्सीयन गल्फका अन्य मुलुकहरु लगायत पश्चिमा मुलुकहरु फ्रन्स, इटली, जर्मन, ब्रीटेन, स्वीडेन आदिमा बढी पाइएको थियो मानव अधिकारवादीहरु तथा समाजसेवीहरुका अनुसार अनर किलिङका घटना विश्वका धेरैजसो धर्म तथा संस्कृतिहरुमा कुनै कुनै स्वरुपमा फरक फरक नाम तथा प्रकृतिसंग जरा गाडेर रहेको पाइन्छ सन २००८ मा टर्कीको कुर्दीस समुदायमा डिकल (Dicle) बिश्वबिद्यालयले गरेको अध्ययन अनुसार सामाजिक मानप्रतिष्ठासंग सम्बन्धीत सानातिना घटनाहरुमा पनि हत्या गरिएको पाईएको थियो जस्तै सामान्य कुरामा अटेर गरेको, फेसबुक चलाएको, परम्परागत पहिरन नलगाएको आदी प्राप्त तथ्याङ्क अनुसार यस समुदायमा अनर किलिङमा समलग्न हुने पिडकहरु ६६% पढेलेखेका सुशिक्षित वर्गबाटै रहेका पाइएको थियो सन २०१० मा मिडिल ईष्ट क्वार्टरली पत्रिकाले युरोप, अमेरिका इस्लामीक क्षेत्रहरुमा गरेको अध्ययनको तथ्याङ्क अनुसार अनर किलिङका पिडितहरुमा ५३% छोरीदिदीबहीनी, २३% श्रीमती तथा प्रेमिका २४% अन्य (आमा, सानीमा, काकी, भान्जी, भतिजी) पाईएका थिए घटना घटाउनेमा जेहादी कट्टरपन्थीहरुको (तालिवान, आइएस,  अलकायदाका अनुयायीहरु) संलग्नता बढी पाइएको थियो जो अझै पनि महिलालाई पढाउनु हुदैन, घरवाहिर निस्कन दिनु हुदैन, अनुशासन तथा नियन्त्रणमा राख्नु पर्छ, पर्दाभित्र राख्नु पर्छ भन्ने गर्छन यस अध्ययनको तथ्याङ्क अनुसार अनर किलिङका पीडित पीडक दुई किसिमका पाईएका थिए पहिलो पीडित युवतीहरु (छोरीदिदीबहीनी) जसको औषत उमेर १७ बर्ष पीडकहरु पिता तथा दाजुभाइ (८१%); दोस्रोः पीडित पौढ महिलाहरु (श्रीमती, आमा, भाउजु) जसको औषत उमेर ३६ बर्ष पीडकहरु श्रीमान (७०%) पाईएका थिए समग्रमा पीडित तथा मारिने महिलाहरुको औषत उमेर २३ बर्ष पाईएको थियो मारिनेमा औषतमा ६६% परिवारकै सदस्यबाट मारिएका पाइएको थियो यो तथ्याङ्क सबभन्दा बढी इस्लामिक क्षेत्रहरुमा ७२%, युरोपमा ६६% अमेरिकामा ४९% पाईएको थियो औषतमा ३७% अनर किलिङको निर्णय पिताले लिने गर्दछन् यो तथ्याङ्क सबभन्दा बढी अमेरिकामा ५३%, युरोपमा ३९% इस्लामिक क्षेत्रहरुमा ३१% पाईएको थियो   युरोप, अमेरिका विकसित तथा आधुनिक मुल्यमान्यता अनुशरण गर्ने क्षेत्र भएपनि केही दशक यता यी क्षेत्रहरुमा पनि अनर किलिङको तथ्याङ्क उल्लेख्य पाइन थालेको यो परम्परा यहाँका मौलिक बासिन्दाहरुको नभइ बसाईं सरेर गएका समुदायहरुमा (खासगरी मध्य तथा दक्षिण एशियाली क्षेत्रका) अधिकतम हुने गरेको पाइएको बसाईं सरेर जानेहरु आफ्नै समुदाय बनाएर पुरानै परम्परागत ढाँचामा बस्ने भएकाले विकसित तथा आधुनिक जीवनशैली भएका क्षेत्रहरुमा यी समुदायका तेस्रोचौथो पुस्तामा समेत यो सोच हट्न सकेको छैन अनर किलिङका घटना दिनप्रतिदिन बढ्दै गैरहेका छन् बिकसित क्षेत्रहरुमा औषतमा ५८% पीडितहरु पश्चिमी संस्कृति अंगालेका कारण मारिएका थिए यो तथ्याङ्क सबभन्दा बढी अमेरिकामा ९१%, युरोपमा ७१% इस्लामिक क्षेत्रहरुमा ४३% पाईएको थियो त्यसैगरी यौनजन्य हिंसाको शिकार भएका कारण परिवार तथा समुदायको लाज बचाउने नाममा अनर किलिङमा परेका महिलाहरु औषतमा ४२% पाईएका थिए यो तथ्याङ्क सबभन्दा बढी इस्लामिक क्षेत्रहरुमा ५७%, युरोपमा २९% अमेरीकामा % पाईएको थियो युरोप, अमेरिका बसाईं सरेर जाने परिवारका महिलाहरुको शिक्षा, आर्थिक अवस्था, मनोविज्ञान तथा समग्र जीवनस्तरमै परिवर्तन हुने हुनाले उनीहरुले स्वतन्त्रता रुचाउने, नराम्रो परम्पराको विरोध गर्ने तर आफ्नै परम्परागत धर्मसंस्कृतिलाई निरन्तरता दिईरहेका परिवारका सदस्यहरुले यस्तो आधुनिक जीवनशैली नरुचाउने हुँदा बिकसित राष्ट्रहरुमा पश्चिमी संस्कृति अंगालेका नाममा अनर किलिङका घटनाहरु धेरै हुने गरेको अध्ययनले दावी गरेको  

सन्दर्भ सामाग्रीः

https://en.wikipedia.org/wiki/Honor_killing

http://www.meforum.org/2646/worldwide-trends-in-honor-killings

http://www.rferl.org/content/explainer-why-hard-to-stop-honor-killings-religion/25404748.html

https://wikiislam.net/wiki/Muslim_Statistics_-_Honor_Violence

http://www.mapsofworld.com/infographics/poll/is-honor-killing-honorable-facts-infographic-text.html

http://hbv-awareness.com/forms-of-hbv/

http://www.aljazeera.com/indepth/opinion/2013/11/honour-killings-india-crying-shame-20131127105910392176.html

http://www.jihadwatch.org/2015/11/23-27-documented-honor-killings-every-year-in-the-u-s-many-more-go-unreported

http://www.foxnews.com/us/2015/11/10/honor-killing-in-us-justice-department-mulls-guidelines-as-grim-toll-rises.html

-          Pakistani HUM T.V. Social Drama ‘Zid’

https://www.youtube.com/watch?v=aItOmYUWPeM



No comments:

Post a Comment