(Gender Related Terminologies)
डा. सिर्जना भण्डारी
लैङ्गिक असमानता
शब्दावलीहरू [YouTube लिंक: https://www.youtube.com/watch?v=QXQ6RKk9RV0]
डा. सिर्जना भण्डारी
लैङ्गिक असमानता
महिलाको मात्र
मुद्दा होइन,
यसले हामी सबैलाई
प्रभाव पार्दछ।
पृष्ठभूमि
लैङ्गिकता अर्थात Gender सामाजिक विज्ञानमा प्रयोग गरीएको नयाँ अवधारणा हो। सेक्सोलोजिस्ट (Sexologist) जोन मोनीले सन १९५५ मा Biological Sex अर्थात प्राकृतिक लिङ्ग र Gender as a Role अर्थात सामाजिक लिङ्गबारे फरक छुट्याएका थिए। यस अघि Gender लाई Grammatical पदको रुपमा मात्र हेरिन्थ्यो जसलाई प्राकृतिक लिङ्ग छुट्याउनकालागि प्रयोग गरीन्थ्यो। Sex र Gender मा फरक छुट्याइएको मोनीको यो परिभाषा सन १९७० को दशकसम्म खासै प्रयोगमा आएको थिएन तर १९७० को दशकमा जव नारीवादका विभिन्न सिद्धान्त (Different Feminist
Theory) हरुको प्रतिपादन हुन थाल्यो तव नारीवादीहरुले Gender लाई एक सामाजिक भूमिकाद्वारा निर्मित सामाजिक लिङ्गको रुपमा प्रयोग गर्न थाले र महिलाहरु पछाडि पर्नुमा पनि यही Gender Role अर्थात सामाजिक भूमिका नै प्रमुख कारण रहेको समेत ठहर गरे। उनीहरुले परिवार तथा समाजमा व्याप्त यस किसिमको लैङ्गिक असमानता हटाएर मात्र महिला र पुरुष वीच समानता कायम गर्न र समतामुलक समाजको निर्माण गर्न सकिनेमा जोड दिदै गए। नारीवादीहरुको यस जोडमा नारीवादका विभिन्न धारहरु जस्तै 1st Wave,
2nd Wave, 3rd Wave Feminism, साथै नारीवादका अन्य अवधारणा र सिद्धान्तहरुले पनि यसबारे प्राथमिकता प्रदान गर्दै गए।
एफ.ए.ओ. (२००९) का अनुसार, मानिस स्त्रीलिङ्ग र पुलिङ्ग अर्थात Female र Male भएर जन्मन्छ जसलाई प्राकृतिक लिङ्ग अर्थात Biological Sex का रुपमा बुझिन्छ तर परिवार तथा समाजमा हुर्कदै जाने क्रममा उसले केटा र केटी अर्थात महिला र पुरुष बन्न सिक्दै जान्छ जसलाई सामासजक लिङ्ग अर्थात जेन्डर को रुपमा बुझिन्छ। यस किसिमको सामाजिक लिङ्गभेद संसारका सबै समुदायहरुमा कुनै न कुनै किसिमले रहेका छन्। यद्धपी, यसको दायरा फरक फरक रहेको पाइन्छ, जुन सामाजिक र सांस्कृतिक चालचलन तथा व्यवहारहरुमा आधारीत हुन्छन्। कबीर (१९९९) भन्छिन, महिला र पुरुष वीच रहेको यस किसिमको लैङ्गिक विभेद हटाई लैङ्गिक समानता कायम गर्नकालागि अधिकार तथा क्षमताको दृष्टिले असक्त अर्थात Unpowered महिलाहरुलाई अधिकार सम्पन्न तथा क्षमतावान अर्थात Empowered बनाउनु पर्दछ। तसर्थ, लैङ्गिकता र विकास अध्ययनका लागि यस सम्वन्धीत निम्न शव्दावलीहरु जान्नु अनिवार्य हुन्छ।
शब्दावलीहरू [YouTube लिंक: https://www.youtube.com/watch?v=QXQ6RKk9RV0]
- प्राकृतिक लिङ्गभेद (Sex)
- सामाजिक लिङ्गभेद (Gender)
- प्राकृतिक र सामाजिक लिङ्गभेदमा फरक (Sex & Gender)
- लैङ्गिक मूलप्रवाहीकरण (Gender Mainstreaming)
- लैङ्गिक समानता (Gender Equality)
- लैङ्गिक समता (Gender Equity)
- सकारात्मक विभेद (Positive Discrimination)
- लैङ्गिक सन्तुलन (Gender Balance)
- लैङ्गिक संवेदनशील व्यवहार (Gender Sensitive Behavior)
- लैङ्गिक विशेष कार्यक्रम (Gender Specific Program)
- लैङ्गिक दृष्टिविहीन कार्यक्रम (Gender Blind Program)
- लैङ्गिक दृष्टिले तटस्थ कार्यक्रम (Gender Neutral Program)
- लैङ्गिक खण्डीकृत तथ्याङ्क (Gender Disaggregated Data)
- लैङ्गिकीकरण (Gendering)
- स्रोत साधनमा पहुँच (Access to Resources)
- स्रोत साधनमाथिको नियन्त्रण (Control over Resources)
- सीडअ (CEDAW- Convention on the Elimination of All Forms of Discrimination against Women)
- सशक्तीकरण (Empowerment)
- व्यवहारिक र रणनीतिक आवश्यकता (Practical and Strategic Needs)
- पितृसत्ता (Patriarchy)
- लैङ्गिक मूल्याङ्कन (Gender Assessment)
- लैङ्गिक परीक्षण (Gender Audit)
- लैङ्गिक सशक्तीकरण मापन (GEM- Gender Empowerment Measure)
- लैङ्गिक विकास सूचक (GDI- Gender Development Index)
१. प्राकृतिक लिङ्गभेद (Sex)
महिला
र पुरुषमा प्राकृतिक तथा सामाजिक दुई किसिमका भिन्नता हुन्छन्। जन्मजात रूपमा प्रकृतिले
छुट्याएको भिन्नतालाई परिवर्तन गर्न सकिंदैन। यसलाई प्राकृतिक तथा
जैविक (Biological Sex)
लिङ्गभेद भनिन्छ।
२. सामाजिक लिङ्गभेद (Gender)
कतिपय
भिन्नताहरु समाजले
बनाएका तथा छुट्याएका हुन्छन्।
ती संधै एकनास हुँदैनन्
र परिवर्तनशील हुन्छन्। त्यस्ता भिन्नतालाई समष्टिमा सामाजिक लिङ्गभेद अथवा जेन्डर (Gender) भनिन्छ।
यस तस्वीरमा देखाइए जस्तो परिवार तथा समाजले महिला र पुरुषबाट फरकफरक व्यवहारको अपेक्षा राख्दछ, जस्तै महिला र पुरुषको पहिरन फरक हनुपर्ने- खास गरी महिलाले सबैतिर ढाकीने पहिरन लगाउनु पर्ने तर पुरुषले जस्तो लगाए पनि हुने; महिलाको कपाल लामो र पुरुषको छोटो हुनुपर्ने; महिलाले घर व्यवहारका काम जान्नु पर्ने र गर्नु पर्ने; पुरुषले कमाएर ल्याउनु पर्ने, घरमुलि तथा परिवार पालक बन्नु पर्ने आदि। यद्धपि, परिवार तथा समाजमा रहँदै आएको यस किसिमको सोचमा विस्तारै परिवर्तन आउदै गएको पाइन्छ।
३. प्राकृतिक लिङ्गभेद (Sex) र सामाजिक लिङ्गभेद (Gender) मा फरक
q
प्राकृतिक लिङ्गभेद भौतिक तथा शारीरिक विशेषता हो र यो प्राकृतिक तथा जैविक हुन्छ। यसलाई परिवर्तन गर्न सकिंदैन। जस्तै महिलाले गर्भधारण गर्नु, स्तनपान गराउनु, पुरुषको जुँगा आउनु आदि।
q
सामाजिक लिङ्गभेद सामाजिक तथा सांस्कृतिक व्यवहारले ल्याएको विशेषता हो। यसलाई परिवर्तन गर्न सकिन्छ किनकी यो सामाजिक संरचना र सामाजिकीकरणमा आधारित हुन्छ। जस्तै बाबुले घरव्यवहारको काम र छोराछोरीको स्याहार गर्नु, आमाले वाहिरको काम तथा जागीर गर्नु आदि।
यस तस्वीरमा देखाइए जस्तो महिला र पुरुषले घर-व्यवहार तथा समाजमा गरीने कामका भूमिका परिवर्तन गर्न सकिन्छ। सामान्यतया पुरुषले मात्र गर्न हुने तथा गर्न सक्ने भनिएका समर्वजनिक क्षेत्रका कामहरु जस्तै खेल खेल्नु, वकालत गर्नु, व्यापार व्यवसाय गर्नु आदि पुरुष सरह महिलाहरुले पनि सक्षमतापूर्वक गर्न सक्छन्। त्यस्तै, महिलाले मात्र गर्न हुने तथा गर्न सक्ने भनिएका घर-व्यवहार तथा समुदायीक अर्थात निजी क्षेत्रका कामहरु जस्तै सरसफाइ, वाल-वालिकाको स्याहार, खाना बनाउने आदि महिला सरह पुरुषहरुले पनि सक्षमतापूर्वक गर्न सक्छन्।
४. लैङ्गिक मूलप्रवाहीकरण (Gender Mainstreaming)
राष्ट्रिय
विकासमा महिलाहरूलाई समानुपातिक भूमिका निर्वाह गर्ने वातावरण सिर्जना गरी महिलाहरूको पनि
सक्रिय सहभागिता जुटाउनु लैङ्गिक मूलप्रवाहीकरण हो।
q
लैङ्गिक
मूलप्रवाहीकरण एक नीति, रणनीति
र कार्यनीति हो। यसले राजनीतिक, आर्थिक, सामाजिक
आदि सबै क्षेत्रमा नीति
तथा कार्यक्रमहरूको योजना निर्माण,
कार्यान्वयन, अनुगमन र मूल्याङ्कन गर्दा
महिला र पुरुषबीच समानुपातिक
विचार पुर्याएको हुन्छ।
यस्तो समानुपात कायम भएमा महिला
र पुरुष दुबै वर्गलाई फाइदा
पुग्छ। संक्षेपमा लैङ्गिक मूलप्रवाहीकरण भन्नाले मुख्यतया विकासको मूलप्रवाहमा सम्मिलित हुन नसकेको तथा किनारामा रहेको वर्गलाई समानुपातिक रूपमा सम्मिलित गराउनु हो।
५. लैङ्गिक समानता (Gender Equality)
महिला
र पुरुषबीच सबै क्षेत्र र
तहमा समान अवसर र
समान लाभ हासिल गर्ने
अवस्था नै लैङ्गिक समानता
हो। लैङ्गिक समानता एउटा आदर्श हो।
यसमा महिला र पुरुषबीचको प्राकृतिक
भिन्नता कायमै राखी उनीहरू बीचको
सामाजिक भिन्नता र भेदभाव हटाइन्छ।
दुबैको समान हैसियत स्थापना
गर्नका लागि आवश्यक पर्ने
मूल्य, मान्यता, दृष्टिकोण र व्यवहारलाई परिवर्तन
गरेर समानता हासिल गर्न सकिन्छ।
६. लैङ्गिक समता (Gender Equity)
अवसरबाट
वञ्चित वर्गलाई समानुपातिक बनाउन, अवसर र न्याय
नपाएकालाई थप अवसर दिएर
समानतामा ल्याउन गरिने विशेष प्रयास नै समता हो।
लैङ्गिक समता नै लैङ्गिक
समानता हासिल गर्ने मुख्य तरिका हो। सामाजिक, आर्थिक
तथा राजनीतिक स्रोत साधनमा महिला र पुरुषको बराबरी
पहुँच एवं निर्णयात्मक सहभागिताको
प्रयास नै लैङ्गिक समानता
हासिल गर्ने माध्यम हो।
७. सकारात्मक विभेद (Positive Discrimination)
सेवा,
सुविधा र लाभको अवसरबाट
वञ्चित वर्गलाई विशेष फाइदा पुग्ने गरी समानता कायम
गर्न गरिने पक्षपात नै सकारात्मक विभेद
हो। यसलाई सकारात्मक कार्य (Affirmative Action) पनि भनिन्छ। सकारात्मक
कार्य वा विभेदबाट मात्र
अवसर पाउने र अवसरबाट बंचित
वर्ग बीचको दूरी वा खाडल
कम गर्न सकिछ। समानताको
तुलोमा हलुका भैरहेका वर्गलाई तौल पुर्याउन बढी अवसर
दिनु नै सकारात्मक विभेद
हो।
८. लैङ्गिक सन्तुलन (Gender Balance)
कुनै
सरकारी वा गैरसरकारी संस्था
वा नागरिक समाजको क्रियाकलापको निर्णयात्मक लगायत सबै तहमा महिला
र पुरुषको बराबरी सङ्ख्यामा हुने सहभागिता लैङ्गिक
सन्तुलन हो। महिला र
पुरुष दुबैलाई सबै क्षेत्रमा समानुपातिक
हुने अवसर प्रदान गर्नु
नै लैङ्गिक सन्तुलनको प्रयास गर्नु हो।
९. लैङ्गिक संवेदनशील व्यवहार (Gender Sensitive Practice)
महिला
र पुरुषहरूको आवश्यकता, भूमिका, जिम्मेवारी तथा पहिचानहरूका बीचमा
रहेका भिन्नतालाई मान्यता दिएर गरिने व्यवहारलाई
लैङ्गिक संवेदनशील व्यवहार भनिन्छ।
१०. लैङ्गिक विशेष कार्यक्रम (Gender Specific Program)
महिला
र पुरुषको अलग-अलग अस्तित्वलाई
स्वीकार गर्दै तिनका आ-आफ्ना आवश्यकता
र हितलाई लक्षित गरेर उपयुक्त हुने
गरी तर्जुमा गरिने विशेष कार्यक्रमलाई लैङ्गिक विशेष कार्यक्रम भनिन्छ।
११. लैङ्गिक दृष्टिविहीन कार्यक्रम (Gender Blind Program)
कुनै
एक वर्ग र खास
गरी बढी अवसर प्राप्त
वर्गको मात्र हितलाई ध्यानमा राखेर बनाएको कार्यक्रमलाई लैङ्गिक दृष्टिविहीन कार्यक्रम भनिन्छ। यस्ता कार्यक्रम झलक्क हेर्दा लैङ्गिक दृष्टिले तटस्थ देखिन्छन् तर नियालेर हेर्दा
तिनले महिला र पुरुषको बेग्ला-बेग्लै आवश्यकता, अवस्था र विकासलाई वास्ता
गरेका हुँदैनन्।
१२. लैङ्गिक दृष्टिले तटस्थ कार्यक्रम (Gender Neutral Program)
कार्यक्रममा
कति पुरुष, कति महिला भनी
नछुट्याएको र एकमुष्ट रूपमा
जम्मा सङ्ख्यामा गणना गर्ने कार्यक्रम
लैङ्गिक दृष्टिले तटस्थ हो। यस्ता कार्यक्रमले
स्रोत, साधन अवसर र
जिम्मेवारी बाँडफाँडको असन्तुलित अवस्थालाई सुधार गर्दैनन्।
१३. लैङ्गिक खण्डीकृत तथ्याङ्क (Gender
Disaggregated Data)
महिला/पुरुष,
बालक/बालिका, जात/जाति, धनी/गरिव, सक्त/असक्त आदिमा महिला र पुरुषको बेग्लाबेग्लै अवस्थाको विवरण खुल्ने गरी खण्डीकरण गरिएको तथ्याङ्क विवरण
लैङ्गिक खण्डीकृत तथ्याङ्क
हो।
१४. लैङ्गिकीकरण (Gendering)
लैङ्गिक
समानता र लैङ्गिक सन्तुलन
कायम गर्ने प्रक्रिया नै लैङ्गिकीकरण हो।
लैङ्गिक सम्बेदनशील व्यवहार र खण्डीकृत तथ्याङ्कले
कार्यक्रमहरूमा लैङ्गिकीकरण गर्न मद्दत गर्छ।
१५. स्रोत-साधनमा पहुँच (Access to Resources)
प्राकृतिक, आर्थिक, सामाजिक, सांस्कृतिक स्रोतहरू जस्तै जमीन, वनजङ्गल, धन-सम्पत्ति आदिको
उपयोग र त्यसको लाभ
हासिल गर्ने अवस्थालाई स्रोत साधनमा पहुँच भनिन्छ। यी कुरामा पहुँच
नहुने वर्ग संधै पछाडि
परेका हुन्छन्। परिवार र समाजमा समानता
कायम गर्न स्रोत र
साधनको पहुँचमा समतामूलक अवसरको व्यवस्था गरिनु पर्छ।
१६. स्रोत-साधनमाथिको नियन्त्रण (Control over Resources)
स्रोत साधनमा पहुँच मात्र
पर्याप्त हुदैन, नियन्त्रण
गर्नु भनेको तत्सम्बन्धी निर्णय गर्नु हो। परिवार वा
समुदाय वा परियोजनाहरूको स्रोत-साधन कसरी, कति,
कहाँ प्रयोग गर्ने भन्ने निर्णय गर्नेले त्यसको नियन्त्रण गर्दछ। निर्णय गर्ने तहमा र त्यसको
फाइदा पाउनेमा महिला र पुरुषको सन्तुलित
सहभागिता हुनुपर्छ। सन्तुलित विकासका लागि स्रोत-साधनमाथिको
नियन्त्रणमा पनि सन्तुलन अनिवार्य
हुन्छ।
१७. सीडअ (CEDAW)
सीडअ महिला र पुरुषबीचको
असमानता हटाउन र महिलाविरुद्ध हुने सबै खालका भेदभावहरुको अन्त्य गर्न संयुक्त राष्ट्रसङ्घद्वारा सन्
१९७९ मा पारित एउटा महासन्धी हो जुन महिलाउपर हुने सबै प्रकारका
भेदभाव उन्मुलन गर्ने महासन्धी (CEDAW) को नामबाट प्रचलित छ। नेपालले यसलाई सन् १९९१
मा अनुमोदन गरिसकेको छ अर्थात नेपाल सीडअको पक्ष
राष्ट्र हो।
१८. सशक्तीकरण (Empowerment)
विकासका
अवसरहरू जस्तै शिक्षा, स्वास्थ्य, रोजगारीबाट वञ्चित; स्रोत र साधनमा पहुँच
तथा नियन्त्रण कम भएको वर्ग
कमजोर हुन्छ, त्यस्तो वर्ग विकासमा पछाडि
पर्नुका साथै अशक्त देखिन्छ। त्यसैले अशक्त वा कमजोर वर्गलाई
सबल बनाउनु नै सशक्तीकरण हो। पुरुषभन्दा महिलाको स्रोत र साधनमा कम
पहुँच हुन्छ। त्यसैले पुरुषबाट मात्र अधिकांश निर्णय हुने भएकाले महिला
र पुरुषबीच सन्तुलित विकास हुन नसकेको हो।
समष्टीमा, सशक्तीकरण भनेको पछाडि परेको अशक्त वा कमजोर भएको
वर्गको अवस्थामा सुधार गरी त्यस्तो वर्गलाई
सक्षम बनाउनु हो। यसबाट समानता
कायम गर्नमा सहयोग पुग्दछ।
१९. व्यवहारिक र रणनीतिक आवश्यकता (Practical and Strategic Needs)
प्राकृतिक
र सामाजिक विभेदका कारण महिला र
पुरुषका कतिपय आवश्यकताहरू फरक-फरक हुन्छन्।
यस्ता आवश्यकताहरूलाई
दुई भागमा बाँड्न सकिन्छः
q व्यवहारिक आवश्यकता (Practical Needs)
q रणनीतिक आवश्यकता (Strategic Needs)
व्यवहारिक आवश्यकता:
मानिसलाई बाँच्नका लागि नभई नहुने
दैनिक आवश्यकता जस्तै खाने कुरा, कपडा,
बस्ने घर, शिक्षा, स्वास्थ्य,
सुरक्षा आदि हुन्। यी
मानिसका आधारभूत आवश्यकता नै व्यवहारिक आवश्यकता
हुन्। यी पूरा भए,
नभएको सजिलोसंग थाहा पाउन सकिन्छ
तर यी पूरा भए
तापनि दीर्घकालीन रूपमा समाजमा विद्यमान असन्तुलन र असमानता कम
गर्न यसले मद्दत गर्दैन।
रणनीतिक आवश्यकता:
महिला वा पछाडि परेका
वर्गको आधारभूत आवश्यकतामा मात्र केन्द्रित भएर पुग्दैन। महिलाहरूको
क्षमता र दक्षता विकास
गरी हरेक क्षेत्रमा पुरुषसरह
र समानुपातिक बन्न उनीहरूको रणनीतिक
आवश्यकता पनि पूरा हुनुपर्छ।
रणनीतिक आवश्यकता अन्तरगत समान अधिकार, इज्जत, मान-प्रतिष्ठा, निर्णयात्मक
अवसर, सन्तुलित प्रतिनिधित्व, सीप, दक्षता, सूचनामा
पहुँच आदि बृद्धि गर्ने
विषय पर्दछन्। यसले सामाजिक असन्तुलन
र असमानता कम गर्न मद्दत
गर्छ।
२०. पितृसत्ता (Patriarchy)
पुरुषहरूको
एकतर्फी निर्णय र बाहुल्य भएको
सामाजिक संरचना र चलनहरूलाई पितृसत्ता
भनिन्छ। त्यसैले पितृसत्तामा परिवार र समाजको सञ्चालन
पुरुषले गर्दछन्। त्यहाँ महिलाको सहभागिता तथा योगदानको कदर
हुँदैन। महिलाको नेतृत्वलाई परिवार र समाजले सजिलोसंग
स्वीकार गर्दैन। महिलाहरू प्राय शोषित र विकासका सबै
अवसरहरूबाट वञ्चित हुन्छन्। समाज र परिवारमा
लैङ्गिक सन्तुलन हुँदैन।
२१. लैङ्गिक मूल्याङ्कन (Gender Assessment)
विकासको
मूलप्रवाहमा महिला र पुरुषको समावेश
समानुपातिक अर्थात् बराबर हुनुपर्छ अर्थात लैङ्गिक
सन्तुलन हुनुपर्छ। यस्तो लैङ्गिक सन्तुलन भए, नभएको हेर्ने
माध्यम लैङ्गिक मूल्याङ्कन हो। कुनै पनि
कार्यक्रम र परियोजनाको लैङ्गिक
मूल्याङ्कन गर्दा कम्तिमा पनि यी चार
कुरामा विचार गर्नु पर्दछ:
q लैङ्गिक दृष्टिकोणले नीतिगत, संरचनागत र कार्यक्रम पक्ष
कस्तो देखिन्छ?
q परियोजना र कार्यक्रमले महिला
र पुरुषलाई के-कस्तो प्रभाव
पारेको छ?
q कार्यक्रम र स्रोत-साधनहरू
लैङ्गिक समानता कायम गर्न कतिको
उन्मुख छन्?
q भविष्यमा समतामूलक समानता कायम गर्न चाल्नुपर्ने
कदमहरू के हुन सक्छन्?
२२. लैङ्गिक परीक्षण (Gender Audit)
लैङ्गिक परीक्षण गर्नु भनेको संस्थाको लक्ष्य, ध्येय, उद्देश्य र कार्यक्रमहरूको लैङ्गिक
सम्वेदनशील भै लेखाजोखा गर्नु
हो। यसबाट संस्थाका नीति, योजना र कार्यक्रममा लैङ्गिक
सन्तुलन भए नभएको पहिचान
हुन्छ र संस्थालाई लैङ्गिक
रूपमा सन्तुलित बनाउन सहयोग पुग्छ। लैङ्गिक परीक्षण सहभागितात्मक तरिकाले गर्नुपर्ने भएकाले यसले संस्थाको मानव
स्रोतलाई लैङ्गिक सम्वेदनशील बनाउन मद्दत गर्दछ ।
२३. लैङ्गिक सशक्तीकरण मापन (GEM- Gender Empowerment Measure)
सन् १९९५ मा
संयुक्त राष्ट्रसङ्घद्वारा प्रकाशित मानव विकास प्रतिवेदनबाट
यो पद्धतिको विकास भएको हो। महिलाहरूलाई
सक्रिय सहभागिता गराएर सशक्तीकरण गर्नुपर्छ
भन्ने यसको मान्यता हो।
महिलाको सहभागिता सन्तुलित नभएकोले समतामूलक समानता कायम गर्न यसले
जोड दिन्छ। महिलाहरूको राजनीतिक, प्रशासनिक, व्यवस्थापकीय,
प्राविधिक र पेशागत आदि
सबै क्षेत्रमा समान संलग्नता हुनुपर्छ।
प्रतिव्यक्ति आय (Per-Capita Income) मा महिलाको योगदान
पनि समावेश हुनुपर्छ। यी कुरा गर्न
महिला सशक्तीकरण गर्नुपर्छ
र भए नभएको लैङ्गिक
सम्वेदनशील भै हेरेर परिमार्जन
गर्नुपर्छ भन्ने यसको ध्येय हो।
२४. लैङ्गिक विकास सूचक (GDI- Gender Development Index)
लैङ्गिक
समानता र असमानताको अवस्था
मापन गर्ने यी तीनवटा सूचकलाई
लैङ्गिक विकाससूचक (GDI) भनिन्छः
q अपेक्षित आयु (Life Expectancy)
q शैक्षिक स्तर (Educational
Attainment)
q आम्दानी (Income)
मानवीय विकासको सूचक (HDI- Human Development
Indicator) का तीन तत्व- शिक्षा,
स्वास्थ्य र रोजगारी हुन्।
यी तीन क्षेत्रमा भएको प्रगतीको आधारमा मानवीय
विकासको सूचकांकको तह निर्धारण गरीन्छ।
यी तीनवटै क्षेत्रका सबै तहमा महिला
सहभागिता बराबरी नभएसम्म मानवीय विकास सन्तुलित हुन सक्दैन।
वास्तविक लैङ्गिक
समानता
महिलाको श्रेष्ठता होइन,
बरु महिला र पूरुषको
समान अस्तीत्व हो।
.......................................................................................................................
सम्दर्भ सामग्री:
महिला विकास विभाग. (बि. स. २०६१).
“कार्यविधि
दिग्दर्शन २०६१”.
महिला वालवालिका तथा जेष्ठ नागरीक मन्त्रालय. नेपाल सरकार.
वेभ-लिंक: http://dwd.gov.np/images/download/karyabidhi_digdarsan1.pdf
https://en.wikipedia.org/wiki/Gender
https://en.wikipedia.org/wiki/Gender
No comments:
Post a Comment