डा. सिर्जना भण्डारी
लैङ्गीक हिंसाका स्वरुप बिभिन्न छन् जसमा घरेलु हिंसा, यौन ब्यापारका लागि महिलाको तस्करी, दाइजोसंग सम्बन्धीत हिंसा तथा हत्या, इज्यतसंग सम्बन्धीत हत्या अर्थात अनर किलिङ आदि प्रमुख मानिन्छन् ।
के हो ‘अनर किलिङ’?
‘अनर’ अर्थात इज्ययत, ‘किलिङ’ अर्थात हत्या अर्थात इज्ययत बचाउनका लागि गरीने हत्या नै अनर किलिङ हो। अनर किलिङलाई आफ्नो धर्म–संस्कृति–परम्परा विपरीत ब्यवहार गर्ने ब्यक्तिलाई परीवारकै सदस्यद्धारा (अवस्था अनुसार पारीवारीक संगठन तथा भाडाका मान्छेको पनि प्रयोग गरीन्छ) हत्या गर्ने परम्पराको रुपमा लिने गरीन्छ । मुख्यतया मुस्लीम समुदायमा प्रचलित (९१%) लैङ्गीक हिंसाको यो स्वरुप अन्य समुदायहरु जस्तै सिख, हिन्दु आदिमा पनि हुनेगरेको पाइन्छ । भुमण्डलीकरणसंगै अनर किलिङ विश्वब्यापी बन्दैगैरहेको छ र आजको युगमा मानव अधिकारका लागि यो विश्वमै गहन चुनौतीको रुपमा खडा भएको छ । धर्म–संस्कृति–परम्पराको अनादर गरेको र परिवार तथा समाजका लागि लज्जाजनक परिस्थिती सिर्जना गरेको आरोपमा मानव जीवनको विभत्स अन्त्य गरीने यस परम्पराको शिकार लगभग सतप्रतिशत नै महिला (नगन्य पुरुष) हुने गरेको पाइन्छ ।
मुख्यतया अनर किलिङका कारणहरु निम्न रहेका छन्ः
१. परिवारले तय गरेको केटासंग विवाह नगर्नु,
२. प्रेम तथा प्रेम विवाह गर्नु,
३. भागेर विवाह गर्नु,
४. श्रीमानबाट अलग बस्न खोज्नु तथा पारपाचुके माग्नु,
५. विवाहोत्तर सम्बन्ध राख्नु,
६. बलत्कार तथा यौन हिंसाको शिकार हुनु,
७. समलिङ्गी सम्बन्ध राख्नु,
८. धर्म–संस्कृति–परम्परा विपरीत चालचलन गर्नु,
९. परिवारले गरेको निर्णयमा असहमति राख्नु, र
१०. परिवारबाट आर्थिक लाभको आकांक्षा गर्नु ।
महिलाहरुले माथि उल्लेखित ब्यबहारहरु गरे भने परिवार तथा समुदायको बेइज्ययत भएको मानिन्छ र इज्ययत बचाउनका लागि महिलाहरुको हत्या गर्ने तथा उनीहरुलाई आत्महत्या गर्न बाध्य पार्ने गरीन्छ । सामान्यतया कसैलाई थाहा नदीइकन गरीने अनर किलिङ कहीलेकाहीं सार्बजनिकरुपमै गर्ने गरीन्छ ताकी अरु महिलाहरुले धर्म–संस्कृति–परम्परा तथा परिवारको विपरीत कदम उठाउन नसकुन । कानुनी फाइदा लिनकालागि महिलाको हत्या गर्न परीवारको कम उमेरको केटाको (कानूनले नावालक ठान्ने) प्रयोग गर्ने गरीन्छ । नावालक पुरुष सदस्यलाई परीवारका महिला सदस्यहरुको सुराकी गर्न लगाइन्छ र उनीहरुको ब्यबहार गलत ठहरीएमा हत्या गर्ने गरीन्छ । समुदायका धर्म–संस्कृतिका ठेकेदार भनिनेहरु इज्ययत जोगाउन परीवार समक्ष यो कदमको विकल्पनै केही नरहेको दावी गर्दछन् । यस्तो अवस्थामा महिला दोषी नभए पनि उनलाई आफ्ना कुरा राख्ने तथा सफाइको मौका दिइदैन । महिलाको गतिबिधिमा शंका लागेपछि यस्तो कदम नउठाए उक्त परीवारका सदस्यहरुलाई अपमानित गर्नुकासाथै समाजबाट बहिस्कार समेत गर्ने गरीन्छ । यसप्रकार यस्ता समुदायहरुमा अनर किलिङलाई परीवार तथा समुदायको बेइज्ययत तथा लाज पखाल्ने सामाजिक मुल्य–मान्यता प्राप्त पवित्र परम्पराको रुपमा लिने गरीन्छ । अन्य समुदायको तुलनामा मुस्लीम समुदायमा अनर किलिङलाई सामान्य रुपमा लिने गरीन्छ कीनकी जीवनको पुवार्धदेखिनै उनीहरुलाई आफ्नो धर्म–संस्कृति–परम्पराको रक्षा गर्नका लागि अनर किलिङ समाजको एक अभिन्न अंग हो भनेर सीकाइन्छ र परीवारका पुरुष मात्र नभएर यस्तो अनर किलिङमा महिलाहरुको पनि उत्तिकै साथ र समर्थन रहने गरेको पाइन्छ । हत्यामा समलग्नहरुलाई समाजमा सम्मान तथा संरक्षण समेत प्रदान गर्ने गरीन्छ ।
महिला मुद्धाका जानकार प्रा. ताहीर शाहीद खान भन्छन् इस्लामिक कट्टरपन्थीहरुले धर्म–संस्कृतिको संरक्षणका लागि अनर किलिङ गरीएको भन्ने गरे पनि कुरानमा कतै पनि यसबारे उल्लेख गरीएको तथा अनुमति दिइएको पाईंदैन । खानका अनुसार महिला अधिकार बिहिन हुनु र उनीहरुलाई पुरुष तथा परिवारको सम्पतिको रुपमा लिइने संस्कृतिले अनर किलिङका घटना घट्ने गरेका हुन् र यस्ता संस्कृतिले यसलाई अझ बढावा दिरहेको छ । इस्लामिक संघ–संगठन तथा प्रतिक्रियावादीहरु पनि अनर किलिङलाई गैर इस्लामिक संस्कृति मान्ने गर्दछन् । इस्लामिक नारीवादीहरुका विचारमा अनर किलिङ महिलाहरुलाई नियन्त्रणमा राख्न उनीहरुमाथि थोपरीएको पितृसत्तात्मक परम्परा र समाजमा महिलाहरुको कमजोर सामाजिक तथा आर्थिक अवस्थाको परिणाम हो । जेरुसलम टाइमकी रीपोर्टर सुजाने रुग्गी लेख्छिन, ‘महिलाको पवित्रता पुरुषको सम्पति हो, सर्वप्रथम उसको पिताको र पछि उसको श्रीमानको लागि उपहार हो जुन नदेखिने तर महत्वपुर्ण दाइजो पनि हो ।’ त्यस्तै पाकिस्तानी अधिवक्ता तथा मानव अधिकारकर्मी हीना भन्छिन, ‘पाकिस्तानमा महिलाको जीउने अधिकार उनीहरुको धर्म–संस्कृति–परम्परा मान्ने ब्यवहारमा निर्भर गर्दछ ।’
अनर किलिङको इतिहास
अनर किलिङको इतिहास निकै पुरानो भएको पाइन्छ । बेबीलोन युग (ई.पु. १९औं शताब्दी) देखिनै महिलाहरुलाई परिवारको इज्ययतको रुपमा हेर्ने गरिन्थ्यो । प्राचीन रोम (ई.पु.८औं शताब्दी) मा आफ्नो धर्म–संस्कृति–परम्पराको इज्ययत कायम राख्न अनर किलिङलाई प्रोत्साहन गरीन्थ्यो । रोमन कानुनले पुरुषलाई आफ्नो श्रीमती तथा छोराछोरी माथि नियन्त्रण राख्न उसले चाहेअनुसार गर्नसक्ने अधिकार दिएको थियो र रोमन समाजमा महिला माथि नियन्त्रण राख्न नसक्ने पुरुष तथा परिवारलाई अपमान गर्ने तथा समुदायबाट वहिस्कार गर्ने गरीन्थ्यो । कानुन अनुसार पुरुषको इच्छा विपरीत परीवारका सदस्यहरुले (खासगरी महिला सदस्यहरु) ब्यबहार गरेमा जस्तोसुकै सजाएको भागी हुनु पर्दथ्यो । चीनको चीङ वंश (सन १६४४–१९१२) मा पनि पिता र पतिलाई उनीहरुको आज्ञा विपरीत जाने महिला सदस्यहरुको हत्या गर्नसक्ने अधिकार दिइएको थियो । मेडीटेरीएन युरोपेली क्षेत्रहरुमा पनि अनर किलिङको लामै इतिहास भेटीन्छ । यी क्षेत्रहरुमा ईज्ययतलाई महत्वकासाथ हेर्ने गरीन्थ्यो । ईज्ययतसंग उनीहरुको जीवन, धर्म–संस्कृति–परम्परा, सामाजिक मुल्य–मान्यता जोडीएको हुन्थ्यो जसले सामाजिक जीवनमा ठुलो महत्व र प्रभाव राख्दथ्यो र यसले आजसम्म पनि उही मुल्य–मान्यता र निरन्तरता पाइरहेको पाइन्छ । त्यस्तै प्राचीन उत्तर तथा दक्षिण अमेरीकी क्षेत्रहरुमा पनि परिवार तथा समुदायको ईज्ययतलाई महत्वकासाथ हेर्ने गरीन्थ्यो र समाजमा अनर किलिङलाई मान्यता प्रदान गरीएको थियो ।
अनर किलिङको लामो इतिहास र बिश्वब्यापी स्वरुप भएपनि यसमाथि गहन अध्ययन भएको पाइदैन । केही दशक यता गरीएकका अध्ययन–अनुसन्धान अनुसार कुनै न कुनै रुपमा विश्वभरी बिद्यमान यो परम्परा खासगरी मध्य तथा दक्षिण एशियाका मुलुकका मुस्लीम समुदायहरुमा बढी हुनेगरेको पाइन्छ । संयुक्त राष्ट्रसंघको सन २००० को प्रतिबेदन अनुसार बर्षेनी यस्ता घटना ५,००० हुने भनिए पनि मानव अधिकारवादी तथा यसका जानकारहरु यो संख्या वर्षेनी २०,००० भन्दा बढी हुनेगरेको बताउँछन् । अधिकांश अनर किलिङका घटनाहरु मुस्लीम समुदायमा हुने गरेको (७२%) बिभिन्न तथ्याङ्कहरुले देखाएका छन् यद्धपी इस्लाम धर्मले इज्ययतसंग सम्बन्धीत मुद्धाहरुमा हत्या नै गरीनु पर्छ भन्ने मान्दैन । संयुक्त राष्ट्रसंघकै सन २००२ को प्रतिबेदन अनुसार अनर किलिङका घटनाहरु मुख्यतया इजिप्ट, जोर्डन, लेबनान, मोरक्को, अफगानस्तान, पाकीस्तान, बंगलादेश, इन्डीया, सिरीया, टर्की, यमन, इजरायल, युगान्डा, इक्वेडर, ब्राजील तथा मेडीटेरीयन तथा पर्सीयन गल्फका अन्य मुलुकहरु लगायत पश्चिमका मुलुकहरु फ्रान्स, इटली, जर्मन, ब्रीटेन, स्वीडेन आदीमा बढी पाइएको थियो । मानव अधिकारवादीहरु तथा समाजसेवीहरुका अनुसार अनर किलिङका घटना विश्वका धेरैजसो धर्म तथा संस्कृतिहरुमा कुनै न कुनै स्वरुपमा फरक फरक नाम तथा प्रकृतिसंग जरा गाडेर रहेको पाइन्छ । सन २००८ मा टर्कीको कुर्दीस समुदायमा डिकल (Dicle) बिश्वबिद्यालयले गरेको अध्ययन अनुसार सामाजिक मान–प्रतिष्ठासंग सम्बन्धीत साना-तिना घटनाहरुमा पनि हत्या गरीएको पाइएको थियो जस्तै सामान्य कुरामा अटेर गरेको, फेसबुक चलाएको, परम्परागत पहिरन नलगाएको आदी । प्राप्त तथ्याङ्क अनुसार यस समुदायमा अनर किलिङमा समलग्न हुने पिडकहरु ६६% पढेलेखेका र शुशिक्षित वर्गबाटै रहेका पाइएको थियो ।
सन २०१० मा मिडिल ईष्ट क्वार्टरली पत्रिकाले युरोप, अमेरीका र इस्लामीक क्षेत्रहरुमा गरेको अध्ययनको तथ्याङ्क अनुसार अनर किलिङका पिडितहरुमा ५३% छोरी–दिदी–बहीनी, २३% श्रीमती तथा प्रेमिका र २४% अन्य (आमा, सानीमा, काकी, भान्जी, भतिजी) पाईएका थिए । घटना घटाउनेमा जेहादी कट्टरपन्थीहरुको (तालिवान, आइएस, अलकायदाका अनुयायीहरु) समलग्नता बढी पाइएको थियो जो अझै पनि महिलालाई पढाउनु हुदैन, घरवाहिर निस्कीन दिनु हुदैन, अनुशासन तथा नियन्त्रणमा राख्नु पर्छ, पर्दाभित्र राख्नु पर्छ भन्ने गर्छन । यस अध्ययनको तथ्याङ्क अनुसार अनर किलिङका पिडित र पिडक दुई किसिमका पाइएका थिए, पहिलोः पिडित युवतीहरु (छोरी–दिदी–बहीनी) जसको औषत उमेर १७ बर्ष र पिडकहरु पिता तथा दाजुभाइ (८१%); दोस्रोः पिडित पौढ महिलाहरु (श्रीमती, आमा, भाउजु) जसको औषत उमेर ३६ बर्ष र पिडकहरु श्रीमान (७०%) पाईएका थिए । समग्रमा पिडित तथा मारीने महीलाहरुको औषत उमेर २३ बर्ष पाईएको थियो र मारीनेमा औषतमा ६६% परिवारकै सदस्यबाट मारीएका पाइएको थियो । यो तथ्याङ्क सबभन्दा बढी इस्लामिक क्षेत्रहरुमा ७२%, युरोपमा ६६% र अमेरीकामा ४९% पाईएको थियो । औषतमा ३७% अनर किलिङको निर्णय पिताले लिने गर्दछन् । यो तथ्याङ्क सबभन्दा बढी अमेरीकामा ५३%, युरोपमा ३९% र इस्लामिक क्षेत्रहरुमा ३१% पाईएको थियो। युरोप, अमेरीका विकसीत तथा आधुनिक मुल्यमान्यता अनुशरण गर्ने क्षेत्र भएपनि केही दशक यता यी क्षेत्रहरुमा पनि अनर किलिङको तथ्याङ्क उल्लेख्य पाइन थालेको छ । यो परम्परा यहाँका मौलिक बासीन्दाहरुको नभइ बशाईं सरेर गएका समुदायहरुमा (खासगरी मध्य तथा दक्षिण एशियाली क्षेत्रका) अधिकतम हुने गरेको पाइएको छ । बशाईं सरेर जानेहरु आ–आफ्नै समुदाय बनाएर पुरानै परम्परागत ढाँचामा बस्ने भएकाले विकसीत तथा आधुनिक जीवनशैली भएका क्षेत्रहरुमा यी समुदायका तेस्रो–चौथो पुस्तामा समेत यो सोच हट्न सकेको छैन र अनर किलिङका घटना दिनप्रतिदिन बढ्दै गैरहेका छन् ।
बिकसीत क्षेत्रहरुमा औषतमा ५८% पिडितहरु पश्चिमी संस्कृति अंगालेका कारण मारीएका थिए । यो तथ्याङ्क सबभन्दा बढी अमेरीकामा ९१%, युरोपमा ७१% र इस्लामिक क्षेत्रहरुमा ४३% पाईएको थियो । त्यसैगरी यौनजन्य हिंसाको शिकार भएका कारण परिवार तथा समुदायको लाज बचाउने नाममा अनर किलिङमा परेका महिलाहरु औषतमा ४२% पाइएका थिए । यो तथ्याङ्क सबभन्दा बढी इस्लामिक क्षेत्रहरुमा ५७%, युरोपमा २९% र अमेरीकामा ९% पाईएको थियो । युरोप, अमेरीका बशाईं सरेर जाने परीवारका महिलाहरुको शिक्षा, आर्थिक अवस्था, मनोविज्ञान तथा समग्र जीवनस्तरमै परीवर्तन हुने हुनाले उनीहरुले स्वतन्त्रता रुचाउने, नराम्रो परम्पराको विरोध गर्ने तर आफ्नै परम्परागत धर्म–संस्कृतिलाई निरन्तरता दिरहेका परीवारका सदस्यहरुले यस्तो आधुनिक जीवनशैली नरुचाउने हुँदा बिकसीत राष्ट्रहरुमा पश्चिमी संस्कृति अंगालेका नाममा अनर किलिङका घटनाहरु धेरै हुने गरेको अध्ययनले दावी गरेको छ । bsirjana@gmail.com
सन्दर्भ सामग्री (References):
-
https://en.wikipedia.org/wiki/Honor_killing
-
http://www.meforum.org/2646/worldwide-trends-in-honor-killings
-
http://www.rferl.org/content/explainer-why-hard-to-stop-honor-killings-religion/25404748.html
-
https://wikiislam.net/wiki/Muslim_Statistics_-_Honor_Violence
-
http://www.mapsofworld.com/infographics/poll/is-honor-killing-honorable-facts-infographic-text.html
-
http://hbv-awareness.com/forms-of-hbv/
-http://www.aljazeera.com/indepth/opinion/2013/11/honour-killings-india-crying-shame-20131127105910392176.html
- http://www.jihadwatch.org/2015/11/23-27-documented-honor-killings-every-year-in-the-u-s-many-more-go-unreported
No comments:
Post a Comment