डा. सिर्जना भण्डारी
विषय प्रवेश
अध्यात्म विज्ञान र भौतिक विज्ञान दुवै भन्छ उर्जाका परमाणुहरूद्वारा निर्मित संधै उर्जाको तरंगमा चलिरहने ब्रम्हाण्ड हरपल परिवर्तनशील छ, यहाँ केही पनि स्थिर छैन। पश्चिमका महान वैज्ञानिक चार्ल्स डार्विनको विकासबादको सिद्धान्तले होमोसेपियन्स अर्थात मानिसको भौतिक विकास अर्थात इभोलुसनसम्मको ज्ञान प्रदान गर्यो। यसपछि मानिसको अझ अगाडिको इभोलुसनको क्रमलाई पूर्वीय महान दार्शनिक अरविन्द घोषले निरन्तरता दिनुभयो मानिसको पराभौतिक विकास अर्थात चेतनाको विकासका रुपमा र अर्का पूर्वीय महान दार्शनिक के.शी. भट्टाचार्यले पूर्वीय र पश्चिमि मेटाफिजिक्स अर्थात पराभौतिक तथा अध्यात्म दर्शनविच तुलनात्मक अध्ययन गरेर पूर्व-पश्चिम सबैले बुझ्ने गरि प्रस्तुत गर्नुभयो। श्री अरविन्द घोषले चेतनाको विकासकालागि ध्यान साधनालाई आधार मानेर ब्रम्हाण्डको परिवर्तनशील विकासवादको सिद्धान्तलाई अगाडि बढाउनु भयो र ध्यान साधनालाई ब्रम्हाण्डको परिवर्तनशील विकासवादको सिद्धान्तको एक प्रमुख कडीको रुपमा स्थापित गराउनु भयो। यस्तो ध्यान साधनाको पूर्वीय सभ्यताले दशौं हजार वर्षदेखि निरन्तर अभ्यास गर्दै आइरहेको छ। तसर्थ, हामी मनुष्य स्वयंले आफ्नो विकास अर्थात इभोलुसन गर्न तथा खोज्न र आफ्नो चेतनाको विकास गरी आफूमित्र रहेका प्रतिभाहरु प्रस्फूटन गर्नकालागि ध्यान साधना गर्नु अति आवश्यक छ र जीवन विज्ञान ध्यानको माध्यमवाट हाम्रो आफ्नै विकास अर्थात इभोलुसन खोज्न मद्धत गर्ने विकासवादी आधुनिक वैज्ञानिक आध्यात्मिक संस्था हो। भगवान शिव, भगवान राम, भगवान श्री कृष्ण, भगवान बुद्ध, भगवान महावीर, भगवान जिसस, भगवान मोहम्मद लगायत सबै प्रकाशित व्यक्तित्वहरुको अलौकिक दिव्य ज्ञान तथा वहाँहरुले विकासकालागि गर्नु भएका सबै कर्महरु मानिसको चेतनाको विकास अर्थात इभोलुसनको सर्वोत्कृष्ट अवस्था हो जसले आफ्नो चेतनाको इभोलुसन आफैं खोजे तथा आफैं गरे। चेतनाको यो उच्च अवस्था हासिल गर्न सक्ने सम्भावना हरेक मानिसभित्र निहित छ, मात्र निरन्तर ध्यान साधनाको अभ्यासको आवश्यकता छ त्यसैले र ध्यान गरौं।
No comments:
Post a Comment