डा. सिर्जना भण्डारी*
#नयाँ _नेपाल #ग्रामीण _विकास #स्वरोजगार #उद्यमशीलता
ग्रामीण विकासका अवधारणा (Concept of Rural Development)
(१)वस्ती व्यवस्थापन र विकास (Settlement Management and Development)(२)मानव संसाधन व्यवस्थापन र विकास (Human Resource Management and Development)(३)प्रमुख श्रोत व्यवस्थापन र विकास (Primary Resource Management and Development)(४)उद्यमशीलता व्यवस्थापन र विकास (Entrepreneurship Management and Development)(५)व्यापार तथा पारवहन व्यवस्थापन र विकास (Trade and Transportation Management and Development)
(१)वस्ती व्यवस्थापन र विकास (Settlement Management and Development)
एकिकृत ग्रामीण विकासका लागि ग्रामीण क्षेत्रका वस्तीहरु व्यवस्थापन तथा विकास गर्नु पहिलो आवश्यकता हो र यसका लागि सर्वप्रथम नेपालका ग्रामीण क्षेत्रका वस्तीहरुका बारे आधारभूत विषयहरु जान्नु अत्यावश्यक हुन्छ ।
ग्रामीण वस्तीको पृष्ठभूमि
वस्ती त्यस्तो एउटा निश्चित भौगोलिक क्षेत्र हो जहाँ एकै प्रकारका तथा भिन्न–भिन्न प्रकारका समुदायहरुको स्थाइ तथा अस्थाइ रुपमा सामुहिक वसोवास रहेको हुन्छ । समय, ऋतु, वातावरण, पर्यावरण, आधारभूत आवश्यकताहरुको उपलव्धता, माग र आपूर्ति अनुसार वसोवास, वस्तीहरुका गतिविधि, वसाइसराइ तथा अन्य प्रकारका विशेषताहरु फरक–फरक प्रकारका हुन्छन् तथा हुन सक्छन् र यी परिवर्तनशील हुन्छन् । ग्रामीण क्षेत्रहरुमा वस्ती व्यवस्थापन र विकास हुनमा विविध श्रोत तथा साधनाहरुको उपलव्धता तथा अभावको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावहरु रहेका हुन्छन्, जस्तो पानीको श्रोतको पर्याप्तता, उर्बर जमिन, वन क्षेत्र, पर्यावरणको अवस्था, खनिज तत्वहरुको उपलव्धता र यी स्रोतहरुमा पहुचको सहजता तथा असहजता आदि । मानव सभ्यताको वस्तीको उद्गम तथा विकास यिनै प्राथमिक श्रोतहरुको उपलव्धता भएका भौगोलिक क्षेत्रहरुमा भएको पाइन्छ । हरप्पा, सिन्धु उपत्यका, मिश्र जस्ता प्रमुख प्राचीन मानव सभ्यताका वस्तीहरु पानी, जंगल, उर्वर भूमि, खनिज तत्वको उपलव्धता भएका क्षेत्रहरुमा बसेका तथा विकसित भएका थिए र नेपालको ग्रामीण क्षेत्रका वस्तीहरुको व्यवस्थापन र विकासमा पनि सभ्यता विकासका यिनै प्रक्रियाहरुको प्रभाव अझै पनि प्रष्ट रुपमा देख्न सकिन्छ ।
ग्रामीण वस्तीका प्रकारहरु
आम्दानीको श्रोत तथा अर्थतन्त्र र आधारभूत आवश्यकताका पूर्वाधारहरुको उपलव्धताका आधारमा नेपालमा (१)कृषि क्षेत्रका गतिविधिहरुमा आधारित ग्रामीण वस्ती, र (२)औद्योगीक उत्पादनमा आधारित शहरी वस्ती गरि दुईप्रकार वस्ती रहेका छन् । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
स्थाइत्वको आधारमा नेपालको ग्रामीण क्षेत्रमा (१)स्थाइ वस्ती अर्थात संधै एकै स्थानमा रहिरहने, र (२)अस्थाई वस्ती अर्थात समय–समयमा मौसम, वातावरण, श्रोत–साधनहरुको आवश्यकता र उपलव्धता अनुसार ठाउँ परिवर्तन गरिहने गरि दुईप्रकार रहेका छन् । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
जनताको संख्या तथा जनघनत्वको आधारमा नेपाmमा (१)छरिएका तथा एकबाट अर्को दुरीमा रहेका वस्ती, (२)बाक्लो तथा एकबाट अर्को नजिकै रहेका वस्ती, र (३)एकआपसमा नजिक रहेका तथा खाँदिएका वस्ती गरि तीनप्रकार रहेका छन् । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
जिविकोपार्जका गतिविधहरुको आधारमा नेपालमा (१)बालीनाली उत्पादनमा आश्रीत खेतीपातीमा आधारित वस्ती, (२)पशुजन्य उत्पादनमा आश्रीत पशुपालनमा आधारित वस्ती, (३)खोला, नदि, तलाउका पैदावारमा आश्रीत माछापालनमा आधारित वस्ती, (४)वन–जंगलबाट प्राप्त उत्पादनमा आश्रीत वनपैदावारमा आधारित वस्ती , (५)जमिनमूनि तथा जमिनमाथि रहेका खानीका उत्पादनमा आश्रीत खनिजमा आधारित वस्ती गरि पाँचप्रकारका प्रकार रहेका छन् । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
ग्रामीण वस्तीका प्रमुख पक्षहरु
(१)स्थित रहेको क्षेत्र– कहाँ अर्थात कुन भौगोलिक क्षेत्रमा; कस्तो प्राकृतिक तथा पर्यावरणीय ठाउँमा; जलश्रोत, माटो, वन, खनिज जस्ता आधारभूत आवश्यकताहरुको उपलव्धता के–कस्तो रहेको छ आदिका आधारमा वस्ती स्थित रहेको क्षेत्र निर्धारण गरिन्छ । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ । (२)वस्तीको प्रकार– वस्तीमा कस्ता प्रकारका समुदायहरु रहेका छन् र तिनीहरु एकआपसमा मिलेर खाँदिएर तथा वाक्लो वस्ती बनाएर बसेका छन् या आ–आफ्नो विशेषताका आधारमा छरिएर एकअर्कोबाट दुर बसेका छन् आदिको आधारमा वस्तीको प्रकार निर्धारण गरिन्छ । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
(३)वितरण– जनसंख्या कति छन्, जनताहरुको प्रकृति तथा विशेषताहरु कस्ता छन्, जनघनत्व कति छ आदिको आधारमा वस्तीमा सेवा, सुविधाहरुको वितरण के–कसरी गर्न सकिन्छ तथा कस्तो हुनुपर्दछ भन्नेबारे निर्धारण गरिन्छ । यी अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
ग्रामीण वस्तीका रुवरुप
(१)सोतो वस्ती– आधारभूत आवश्यकताका श्रोत, साधन, सेवा तथा सुविधाहरु उपलव्ध भएअनुसार नदिको किनार तथा छेउछाउका क्षेत्रमा बसेका वस्ती एक लाइनमा लामो तथा सोतो पारेर बसेको तथा बसाइएको हुन्छ । यस्ता वस्तीका अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
(२)गोलो वस्ती– आधारभूत आवश्यकताका श्रोत, साधन, सेवा तथा सुविधाहरु उपलव्ध भएअनुसार तथा उपलव्ध हुने क्षेत्र अनुसार उपत्यका प्रकारको क्षेत्रमा गोलो वस्ती बसेको तथा बसाइएको हुन्छ । यस्ता वस्तीका अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।(३)चारपाटे वस्ती– आधारभूत आवश्यकताका श्रोत, साधन, सेवा तथा सुविधाहरु उपलव्ध भएअनुसार सम्म परेको क्षेत्रमा चारपाटे वस्ती बसेको तथा बसाइएको हुन्छ । यस्ता वस्तीका अवस्थाहरुको राम्ररी अध्ययन तथा विश्लेषण गरेर र उक्त क्षेत्रमा कस्तो प्रकारको एकिकृत विकास प्रक्रिया उपयुक्त हुन्छ त्यही अनुसारकै विकासको उपयुक्त मनुना अवलम्वन गरिन्छ ।
(२)मानव संसाधन व्यवस्थापन र विकास (Human Resource Management and Development)
विकासका कुनैपनि प्रक्रिया तथा कामहरुलाई सहज ढंगले अगाडि बढाउन निश्चित श्रोत तथा संसाधनहरुको आवश्यकता पर्दछ । विकासका प्रक्रियाहरु सहज प्रकारले संचालन गर्न मुख्यतया चारप्रकारका आधारभूत श्रोत तथा संसाधनहरु अर्थात चार एम(एम)को आवश्यकता पर्दछ– मानिस(म्यान), पदार्थ(मेटेरीयल), धन(मनी), र प्रविधि(मेसिनरी) । यी चारप्रकारका आधारभूत श्रोत तथा संसाधनहरु सबैको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ विकास प्रक्रियामा किनकी कुनै एकको अभावमा विकासका प्रक्रिया तथा कामहरु सहज, सरल तथा सुचारु ढंगले उच्चतम प्रभावकारीता, परिणाममुखी तथा उपलव्धिमूलक हुने प्रकारले अगाडि बढ्न सक्दैनन् । यी सबै आधारभूत श्रोत तथा संसाधनहरुको महत्व र उपयोगीता उत्तिकै हुदाहुदै पनि मानव संसाधनको महत्व र उपयोगीतालाई विशेष अलि महत्वको दृष्टिकोणबाट हेरिन्छ किनकी बाँकी तीनप्रकारका श्रोत तथा संसाधनहरुलाई सहि ढंगले परिचालित गर्ने तथा उच्चतम किसिमले उपयोगमा ल्याउने सीपयुक्त, योग्य मानव श्रोत तथा संसाधनले हो । मानव संसाधन जति सीपयुक्त, योग्य, अनुभवी हुन्छ त्यतिनै बढि विकासका प्रक्रिया तथा कार्यहरु सहज, सरल तथा सुचारु ढंगले उच्चतम प्रभावकारीता, परिणाममुखी तथा उपलव्धिमूलक हुने प्रकारले अगाडि बढ्छन् र छिटो सम्पन्न हुन्छन् ।
वर्तमान समयसम्म आइपुग्दा समेत अझैसम्म पनि नेपालको ग्रामीण क्षेत्रमा रहेको मानव संसाधन ग्रामीण क्षेत्रको सन्तुलित एकिकृत विकासका लागि आवश्यकता अनुसार सीपयुक्त, योग्य, अनुभवी छैनन् । ग्रामीण क्षेत्रमा मानवीय संसाधन व्यवस्थापन तथा विकासको दृष्टिकोणले आधारभूत आवश्यताका पूर्वाधारहरु खासगरि गुणस्तरीय शैक्षिक पूर्वाधारहरुको अभावका कारण नजिकैको शहर, राजधानी तथा विदेशमा अध्ययन गरेर गुणस्तरीय शिक्षा, सीप तथा तालिम लिएर आएका मानिसहरु केही छन् तर ग्रामीण क्षेत्रमा विद्यमान रहेका विविध चुनौति तथा कठिनाइहरुका कारण उनीहरु गाउँमा बसोवास गर्दैनन, गाउँ फर्कदैनन् र आफ्नो तथा परिवारको लागि उपयुक्त अवसरको खोजीमा शहर केन्द्रित भएर बस्ने गर्दछन् । यसकारण वर्तमान समयमा नेपालका ग्रामीण क्षेत्रहरु बुढाबुढी, विपन्न, अशक्त, आवश्यक सीप नभएका जनताहरु मात्र बस्ने पर्याय पर्यायवाची क्षेत्रको रुपमा रुपान्तरण हुदै गैरहेको छ । ग्रामीण क्षेत्रमा सीपयुक्त मानव संसाधन अभाव रहेको यस्तो दयनिय अवस्थामा एकिकृत ग्रामीण विकासको सहि रणनीति तथा प्रभावकारी गुरुयोजना र कार्ययोजना निर्माण र कार्यान्वयनमा कठिनाइको अवस्था आइपरेको छ । यो समस्याको समाधानको उपाय खोज्नु वर्तमान समयको टडकारो आवश्यकता हो र यो समस्याको समाधान मानव संसाधन व्यवस्थापन तथा विकासको माध्यमबाट गर्न सकिन्छ । मानव संसाधान विकास मानव संसाधन व्यवस्थापनको एक अत्यन्तै महत्वपूर्ण भाग हो जसले विशेष रुपमा मानव संसाधनको क्षमता विकास गर्न आवश्यकता अनुसारका सीप विकास गर्ने विभिन्न प्रकारका सकारात्मक गतिविधिहरुमा जोड दिन्छ ताकि इच्छ्याइएका विकासका प्रक्रिया तथा कामहरु बाँकी तीनप्रकारका श्रोत तथा संसाधनहरु– धन, पदार्थ र प्रविधिहरुको उच्चतम उपयोग गरेर प्रभावकारी, परिणाममूलक र उपलव्धिमूलक हुनेगरि विकास गर्न सकियोस् ।
मानव संसाधन व्यवस्थापन वृहद अवधारणा हो, यस अन्तर्गत मानव संसाधान विकास, मानव संसाधन योजना, कार्ययोजना, कार्यक्रमहरु आदि पर्दछन् । मानव संसाधान विकास अन्तर्गत– (१)क्षमता विकासकालागि आवश्यक सीपयुक्त तालीम प्रदान, (२)केही नयाँ कुरा सिक्ने अवसर प्रदान, (३)आवश्यक सेवा, सुविधा तथा श्रोतहरुको वितरण, (४)उत्प्रेरणाका गतिविधिहरुमा सहभागि हुने अवसर, र (५)शारीरिक तन्दुरुस्तीका साथै मानसिक, भावनात्मक तथा चेतनात्मक स्वास्थ्यकालागि खुशी तथा शान्ति हासिल हुने घुमफिर, मनोरञ्जन तथा योग–ध्यानका अभ्यासहरु आदि पर्दछन् । यी गतिविधिहरुको प्रमुख लक्ष्य जसरी हुन्छ मानव संसाधनको प्रतिभा, क्षमता, सिर्जनशीलता, नवीनता, सकारात्मकता, उत्साह, अपनत्व, उत्तरदायित्व, उत्पादक्त्व, कार्यसम्पादनमा उच्चतम परिणाम आउने गरि मानव संसाधान तयार होस् तथा हरप्रकारका विकास प्रक्रियाका लागि आवश्यकता अनुसार कार्यमा कुशल हुन सकुन् रहेका हुन्छन् । मानव संसाधन व्यवस्थापन र विकासका आ–आफ्नै प्रकारका अवधारणा, प्रकार, प्रक्रिया, विधि तथा विशेषताहरु रहेका छन् । यी अवधारणा, प्रकार, प्रक्रिया, विधि तथा विशेषताहरुलाई मसिनो गरि व्यवहारमा उतारेर एकिकृत ग्रामीण विकासकालागि आवश्यक पर्ने मानव संसाधनको विकास गर्नु वर्तमान समयमा पहिलो प्राथमिकता र महत्वकासाथ नगरिनहुने कार्य हो ।
(३)प्रमुख श्रोत व्यवस्थापन र विकास (Primary Resource
Management and Development)
कुनैपनि देशको आर्थिक, सामाजिक, मानवीय विकास हुनमा प्राकृतिक श्रोत तथा साधनहरुको प्रमुख भूमिका रहेको हुन्छ किनकी हरप्रकारका सन्तुलित तथा व्यवस्थित विकास प्रक्रियाहरुलाई सुचारु ढंगले अगाडि बढाएर गन्तव्यमा पुर्याउने मूलआधार त्यस देशमा प्राकृतिक रुपमा रहदै आएका प्राकृतिक श्रोतहरुको उपलव्धता नै हो । पर्याप्त प्राकृतिक श्रोतको उपलव्धता बिना कुनैपनि देशको सन्तुलित विकास हुन र उक्त देश आफूमा आत्मनिर्भर हुन सम्भव हुदैन । प्राकृतिक श्रोतहरु पर्यावरणका अत्यन्तै महत्वपूर्ण विषय तथा घटकहरु हुन् जसले मानव समाजको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, प्राकृतिक, शैक्षिक, राजनीतिक, कुटनीतिक विकासमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछन् । प्राकृतिक श्रोतहरु मानव सभ्यता विकासका अत्यन्तै महत्वपूर्ण कडिहरु हुन् तसर्थ एकिकृत ग्रामीण विकासका लागि आफ्नो क्षेत्रमा उपलव्ध हुने प्रमुख प्रकृतिक श्रोतहरुको व्यवस्थापन र विकास गर्नु अपरिहार्य हुन्छ । प्राकृतिक श्रोतहरुको व्यवस्थापन र विकास दिगो तथा सतत् हुनु पर्दछ तव मात्र यिनले समान रुपले निरन्तर सबै क्षेत्रको विकासका प्रक्रिया तथा कामहरुमा उल्लेख्य योगदान पुर्याउन अत्यन्तै महत्वपूर्ण र प्रभावकारी भूमिका खेल्न सक्दछन् ।
प्राकृतिक श्रोत के हुन् ?
पर्यावरणीय वातावरणमा उपलव्ध भएका सबै तत्वहरु प्राकृतिक श्रोत हुन् जसले मानिसका आवश्यकता र इच्छाहरु पुरा गर्न मद्धत गर्दछन् । पानी, माटो–चट्टान, वन–जंगल, खनिज, जैविक तत्वहरु, सौर्य उर्जा, वायु उर्जा प्रमुख प्राकृतिक श्रोतहरु हुन् । मानवको तथा मानव समाजको विकासमा प्राकृतिक श्रोतहरुको दिगो व्यवस्थापन र विकास हुनु तथा गरिनु अत्यन्तै महत्वपूर्ण पाटो हो किनकी जीवनदेखि जगतसम्म सबैतिर यी प्राकृतिक श्रोतहरुको प्रत्यक्ष सकारात्मक तथा नकारात्मक प्रभाव रहेको हुन्छ । यसकासाथै प्राकृतिक श्रोतहरुको उपयोग, व्यवस्थापन र विकासका प्रक्रियाहरुको प्रत्यक्ष सकारात्मक तथा नकारात्मक प्रभाव व्यक्तिगतदेखि सामुहिक र वृहत्तर रुपमा रहेको हुन्छ, पूरै पृथ्वी, ब्रम्हाण्ड र यहाँ स्थित सबै प्राणि, वनस्पति, पदार्थहरुको जीवनचक्रमा प्रत्यक्ष रुपमा प्राकृतिक श्रोतहरुको उपस्थिति रहेको हुन्छ । यसर्थ प्राकृतिक श्रोतहरुको उपयोग, व्यवस्थापन र विकासको प्रक्रिया तथा तरिका सहि हुनु अत्यन्तै महत्वपूर्ण र आवश्यक हुन्छ । प्राकृतिक श्रोतहरुको दिगो व्यवस्थापन र दिगो उपयोग ‘दिगो विकास अवधारणा’को एक अत्यन्तै महत्वपूर्ण अंग हो । प्राकृतिक श्रोतहरुको दिगो उपयोग, दिगो व्यवस्थापन र दिगो विकास ज्यादातर सरकारी तवरबाट गरिने भएपनि नीजि क्षेत्र, समुदाय, उद्योग र हरेक नागरिकको पनि उत्तिकै गहन उत्तरदायित्व रहेको हुन्छ ताकि प्राकृतिक श्रोतहरु स्वस्थ रहुन् र निरन्तर उपलव्ध भैरहुन्, मावीय तथा पर्यावरणीय समस्याहरु नबढुन, सबै समस्याहरुको समाधान होस् र एकिकृत ग्रामीण विकासको कार्य बिना रोकटोक निरन्तर सुचारु भैरहोस र सबै जनताहरुले यसको उच्चतम लाभ उठाइरहन सकुन् र यो कामको अभियान हामीे सबैको सामुहिक उत्तरदायित्वबाट मात्र सम्भव हुन सक्छ ।
प्राकृतिक श्रोतको विभाजन
(१)संभावित श्रोत @@स्थानीय भौगोलिक क्षेत्रमा उपलव्धताको संम्भावना भएको तर त्यसको उत्खनन् गर्न विशिष्ठ तथा उन्नत प्रकारको प्रविधिको आवश्यकता पर्ने हुनाले तत्काल प्रयोग गर्न नसकिन तर प्रविधिको विकास गरेर विस्तारै उत्खनन् गरेर भविश्यमा प्रयोग गर्न सकिने श्रोत तथा संसाधनहरु यो श्रेणीमा पर्दछन्, जस्तो नेपालको सन्दर्भमा पेट्रोलिम, युरेनियम जस्ता विश्व बजारमा अत्यधिक आर्थिक मूल्यांकन भएका र अधिक माग रहेका मूल्यवान प्राकृतिक श्रोतहरुको सम्भावना रहेको छ तर विशिष्ठ तथा उन्नत प्रविधिको अभावका कारण तत्काल उपयोगमा ल्याउन सक्ने अवस्था छैन । भविश्यमा उन्नत प्रविधिको विकास गरेर तथा आयात गरेर यस्ता उच्च मूल्य भएका खनिज पदार्थहरुको उपयोग देश विकासका लागि गर्न सकिन्छ ।
(२)यथार्थपरक श्रोत @@ स्थानीय भौगोलिक क्षेत्रमा उपलव्धताको संम्भावनाका साथसाथ उत्खनन् गर्न र उपयोगमा ल्याउन सहज तथा उपयोगमा ल्याइराखिएका प्राकृतिक श्रोतहरु यो श्रेणीमा पर्दछन्, जस्तो नेपालको सन्दर्भमा जलश्रोत, वन पैदावार, माटो, खनिज तत्वहरु आदि जो बिना प्रविधि तथा सामान्य प्रविधिहरुको सहायताबाट उत्खनन् गर्न र आफूले चाहे अनुसार एकिकृत ग्रामीण विकासका प्रक्रियाहरुमा उपयोगमा ल्याइराखिएको छ धेरै अघिदेखि र यी श्रोत तथा संसाधनहरुको उच्चतम विकास गरेर अझ प्रभावकारी ढंगले विकास प्रक्रियाहरुको उपयोगमा ल्याउन सकिन्छ ।
प्राकृतिक श्रोतका प्रकार
(१)पर्यावरणीय श्रोत @@ पृथ्वीभरि तताततै उपलव्ध रहेका, आर्थिक मूल्यांकन गर्न र मापन गर्न नसकिने प्राकृतिक श्रोत तथा संसाधनहरु पर्यावरणीय श्रोतको श्रेणीमा पर्दछन्, जस्तो सौर्य उर्जा अर्थात सूर्यको ताप तथा प्रकाश, वायु अर्थात वायुको वेग, आद्रता, पृथ्वीको गर्भभित्रको तातोपन तथा ठण्डापन आदि पर्यावरणीय श्रोत तथा संसाधन अन्तर्गत पर्दछन् ।
(२)प्राकृतिक श्रोत @@पृथ्वीको कुनै खास भौगोलिक क्षेत्रमा उपलव्ध भएका, आर्थिक मूल्यांकन गर्न र मापन गर्न सकिने प्राकृतिक श्रोत तथा संसाधनहरु प्राकृतिक श्रोतको श्रेणीमा पर्दछन्, जस्तो पानी, माटो, वन, खनिज आदि श्रोत तथा संसाधन प्राकृतिक श्रोत अन्तर्गत पर्दछन् ।
प्राकृतिक श्रोतको उपयोगको ढाँचा
(१)क्षयशिल प्राकृतिक श्रोत @@(क)नवीकरणीय प्राकृतिक श्रोत @@वनस्पति र जनावरहरुबाट प्राप्त हुने उत्पादनहरु नवीकरणीय प्राकृतिक श्रोतको श्रेणी अन्तर्गत पर्दछन् ।(ख)आंशिक नवीकरणीय प्राकृतिक श्रोत @@माटो र अन्य जैविक तत्वहरुबाट प्राप्त हुने उत्पादनहरु आंशिक नवीकरणीय प्राकृतिक श्रोतको श्रेणी अन्तर्गत पर्दछन् ।(ग)अनवीकरणीय प्राकृतिक श्रोत @@खानीबाट निकालिने खनिज तत्वहरुबाट प्राप्त हुने उत्पादनहरु अनवीकरणीय प्राकृतिक श्रोतको श्रेणी अन्तर्गत पर्दछन् ।
(२)अक्षय प्राकृतिक श्रोत @@(क)अक्षय प्राकृतिक श्रोत @@अनादि कालदेखि अनन्त कालसम्म ब्रम्हाण्ड भरि उपलव्ध रहदै आएका उपयोग गरेर कहिल्यै नसकिने परमात्मा प्रदत्त असीमित श्रोतहरु, जस्तो सौर्य उर्जा अर्थात सूर्यको प्रकाश, वायु उर्जा तथा वायुको वेग, समुद्रको छाल, धर्तीको गर्भमा रहेको तातोपन तथा डण्ठापन आदि अक्षय प्राकृतिक श्रोतको श्रेणी अन्तर्गत पर्दछन् ।
(ख)सशर्त अक्षय प्राकृतिक श्रोत @@अनादि कालदेखि अनन्त कालसम्म ब्रम्हाण्ड भरि उपलव्ध रहदै आएका उपयोग गरेर कहिल्यै नसकिने परमात्मा प्रदत्त असीमित श्रोतहरु जो उपयोग गरेको निश्चित अवधिपछि दुषित भएर फेरी प्रयोग गर्न हानिकारक हुने तथा काम नलाग्ने हुने र शुद्धिकरण तथा पूनरावृत्ति अर्थात सफा गरेर स्वस्थ बनाएपछि मात्र पुनःप्रयोग गर्न सकिने, जस्तो पानी, हावा, माटो आदि आदि सशर्त अक्षय प्राकृतिक श्रोतको श्रेणी अन्तर्गत पर्दछन् ।
प्रमुख प्राकृतिक श्रोतहरु @@पर्यावरणमा उपलव्ध भएका र संसार भरिनै मानव विकासका लागि नियमित उपयोग गरिदै आएका तथा उपयोगमा ल्याइएका प्रमुख प्राकृतिक श्रोतहरु निम्नप्रकारका रहेका छन्–(१)माटो, (२)पानी, (३)सौर्य उर्जा, (४)वायु उर्जा, (५)वनस्पति, (६)पशुपंक्षी, (७)खनिज
प्राकृतिक श्रोत व्यवस्थापन अवधारणा @@प्राकृतिक श्रोत व्यवस्थापनका प्रमुख तीन प्रकारका अवधारणा निम्न प्रकार रहेका छन्–(१)पारिस्थितिकीय अवधारणा @@प्रकृति प्रदत्त पर्यावरणमा कुनै प्रकारको खलल नपारिकन प्राकृतिक श्रोत तथा संसाधनहरुको व्यवस्थापन तथा विकास गर्नु र एकिकृत विकासका प्रक्रियाहरु सुचारु गर्नु पारिस्थितिकीय अवधारणाको मुख्य उद्देश्य हो ।
(२)प्राकृतिक अवधारणा @@प्रकृति प्रदत्त प्राकृतिक गुणहरुमा कुनै प्रकारको खलल नपारिकन प्राकृतिक श्रोत तथा संसाधनहरुको व्यवस्थापन तथा विकास गर्नु र एकिकृत विकासका प्रक्रियाहरु सुचारु गर्नु प्राकृतिक अवधारणाको मुख्य उद्देश्य हो ।
(३)जैविक अवधारणा @@ प्रकृति प्रदत्त जैविकीय गुणहरुमा कुनै प्रकारको खलल नपारिकन प्राकृतिक श्रोत तथा संसाधनहरुको व्यवस्थापन तथा विकास गर्नु र एकिकृत विकासका प्रक्रियाहरु सुचारु गर्नु जैविक अवधारणाको मुख्य उद्देश्य हो ।
प्राकृतिक श्रोत व्यवस्थापन दृष्टिकोण @@
प्राकृतिक श्रोत व्यवस्थापनका प्रमुख तीन प्रकारका अवधारणा निम्न प्रकार रहेका छन्–(१)संरक्षणको दृष्टिकोण (२)बचावको दृष्टिकोण (३)वहन क्षमताको दृष्टिकोण (४)क्षयको दृष्टिकोण (५)सतत् विकास
प्राकृतिक श्रोत व्यवस्थापन र दिगो विकास @@@
(१)सामाजिक सेवा प्राकृतिक श्रोत तथा संसाधाहरुमा कुनै प्रकारको नकारात्मक असर नपर्ने गरि दिगो विकासको अवधारणामा आधारित भएर सामाजिक सेवाका कार्यहरु गर्नु तथा गराउनु पर्दछ ।
(२)उद्यम व्यवसायप्राकृतिक श्रोत तथा संसाधाहरुमा कुनै प्रकारको नकारात्मक असर नपर्ने गरि दिगो विकासको अवधारणामा आधारित भएर उद्यम व्यवसाय गरिनु पर्दछ ।
नेपालका ग्रामीण क्षेत्रहरुमा करिव–करिव यी सबै प्रकारका प्रकृति प्रदत्त श्रोत तथा संसाधनहरुको उपलव्धता प्रचुर मात्रामा रहेका छन्, यिनको सहि व्यवस्थापन र विकास गरेर एकिकृत ग्रामीण विकासका प्रक्रियाहरुलाई अगाडि बढाउनु आजको प्रमुख माग र आवश्यकता हो ।
(४)उद्यमशीलता व्यवस्थापन र विकास(Entrepreneurship
Management and Development)
“उद्यमशीलता विकास प्रक्रियाको महत्वपूर्ण भाग हो, जसमा स्वामित्व, नेतृत्व र नवप्रवर्तनको विशेष भूमिका तथा योगदान रहेको हुन्छ । उद्यमशीलताका प्रक्रियाहरुमा नवप्रवर्तनका प्रक्रियाहरु– नयाँ सोच, नयाँ विचार, नयाँ योजना, नयाँ कार्य, नयाँ उत्पादनका साथसाथ स्वामित्व, नेतृत्व र जोखिम उठाउन र व्यववस्थापन गर्न सक्ने क्षमताको बढि महत्व र स्थान रहेको हुन्छ ।” –जोसेफ ए. शुम्पिटर ।
उद्यम तथा व्यवसायसंग सम्वन्धीत उद्यमीले गर्ने सबैप्रकारका क्रियाकलापहरु उद्यमशीलता अन्तर्गत पर्दछन् । उद्यमशीलताको मुख्य आसय तथा कार्य उद्यम तथा व्यवसायसंग जोडिएका तथा सम्वन्धीत रहेका सबै कार्य तथा विषयहरुसंग रहेको हुन्छ जसले राज्यका उद्यम तथा व्यवसायहरुलाई स्थायित्व प्रदान गर्दछ । उद्यमशीलता अन्तर्गत साहस गर्नु, जोखिम उठाउनु, अनिश्चितताको वहन गर्नु, नेतृत्व गर्नु, नवपर्वतन गर्नु आदि गहन गतिविधिहरु पर्दछन् । उद्यमशीलता देशको आर्थिक विकासको अनिवार्य अंग हो र मानव तथा समाज विकासको प्रमुख आधार हो । वर्तमान समयमा उच्चतम विकास भएका विकसित अर्थतन्त्रहरुको श्रेणीमा पर्ने देशहरुको विकास उद्यमशीलताकै क्रमिक विकासको कारणले यहाँसम्म आइपुगेको होे । कुनै पनि देशको अर्थव्यवस्थामा उद्यमशीलताको प्रमुख तथा महत्वपूर्ण भुमिका र योगदान रहेको हुन्छ किनकी देशको विकास स्थानीय तवरमा उपलव्ध हुने विकासका श्रोत तथा संसाधनहरुको उचित उपयोगबाट मात्र संम्भव हुनसक्छ र यी स्रोत तथा संसाधनहरुको उचित उपयोग केवल उद्यमशीलताको विकास प्रक्रियाबाट मात्र सम्भव हुन सक्छ । उद्यमशीलताको विकास बिना सबै श्रोत तथा संसाधनहरु, नयाँ सोच, नयाँ विचार, योजना, तकनिकी तथा प्रविधिहरु व्यर्थ हुन्छन् । उद्यमशीलताको विकासबाट नै देशमा व्याप्त रहेको चरम गरिवी, भोकमरी, बेरोजगारी, न्यून जीवनस्तर जस्ता भयानक विपदहरुबाट छुटकारा पाउन सकिन्छ । नेपाल जस्तो विकासशील अर्थतन्त्र भएको देशले पनि उद्यमशीलताको क्रमिक विकास गरेर देशको अर्थव्यवस्थालाई मजबुत बनाउन र जनताहरुको जीवनस्तर माथि उकास्न सक्छ र निरन्तर प्रयत्न गरिरहेको छ एकिकृत ग्रामीण तथा शहरी विकास अन्तर्गत पर्ने उद्यम, व्यवसायहरुको व्यवस्थापन र विकास गरेर ।
उद्यमशीलताको अवधारणा
अवधारणाको तात्पर्या कुनै विषय तथा घटना उपर त्यससंग सम्वन्धित सोच तथा विचार हो । उद्यमशीलताका प्रमुख सात प्रकारका अवधारणाहरु रहेका छन्– (१)जोखिम उठाउन सक्ने सम्वन्धी अवधारणा, (२)संगठन निर्माण योग्यता सम्वन्धी अवधारणा, (३)व्यवस्थापकीय तथा नेतृत्व सम्वन्धी अवधारणा, (४)नवप्रवर्त सम्वन्धी अवधारणा, (५)अवसर खोज्ने प्रक्रिया सम्वन्धी अवधारणा, (६)उच्च उपलव्धिको क्षमता सम्वन्धी अवधारणा, र (७)पेशा तथा व्यवसाय सम्वन्धी अवधारणा ।
उद्यमशीलताको विशेषता तथा प्रकृति
(१)उद्यमशीलता सिर्जनात्मक प्रक्रिया हो, (२)उद्यमशीलता नवप्रवर्तनको योग्यता तथा क्षमता हो, (३)उद्यमशीलता जोखिम वहन गर्ने क्षमता हो, (४)उद्यमशीलता नेतृत्व र व्यवस्थापनको क्षमता हो, (५)उद्यमशीलता उत्प्रेरणात्मक विकास कार्य हो, (६)उद्यमशीलता विश्वव्यापि क्रिया हो ।
उद्यमशीलताको भूमिका, महत्व तथा योगदान
नेपालको समाज, जनजीवन र अर्थतन्त्रमा उद्यमशीलताको महत्व, भूमिका र योगदान अभुतपूर्व रहदै आएको छ । उद्यमशीलताले–
(१)नवप्रवर्तनलाई प्रोत्साहन गर्छ, (२)सीमित संसाधनहरुको अनुकुलतम उपयोग गर्छ, (३)आर्थिक विकासमा तिव्रता प्रदान गर्छ र अर्थतन्त्र मजबुत बनाउन मद्धत गर्छ, (४)पूंजी निर्माणमा योगदान गर्छ, (५)आधूनिक आर्थिक विकासको चक्रलाई अगाडि बढाउछ, (६)श्रोत तथा संसाधनहरुको अनुकुलतम तथा उच्चतम उपयोग गर्न मद्धत गर्छ, (७)नयाँ–नयाँ क्षेत्र, उत्पान, बजार आदिको खोज, व्यवस्थापन र विकास गर्छ, (८)रोजगारीको सिर्जना र बेरोजगारीको अन्त्य गर्छ, (९)आर्थिक लगायत सामाजिक, सांस्कृतिक तहमा सकारात्मक परिवर्तन ल्याउछ, र (१०)जनताहरुको जीवनस्तर उकास्न र अन्य धेरै प्रकारका महत्वपूर्ण भूमिकाहरु निर्वाह गर्छ । उद्यमशीलता भएन तथा उद्यमशीलताको उचित विकास हुन सकेन भने एकातिर आफ्ना अमूल्य श्रोतहरु यसै खेर जान्छन् र अर्कोतिर देशले विकासमा आवश्यक फड्को मार्न सक्दैन; विकासका सम्भावनाहरु निर्जिव, निष्क्रिय तथा सुसुप्त अवस्थामा रहन्छन्; जनताको न्यून जीवनस्तर उकास्न सकिदैन; देशको अर्थव्यवस्था झन–झन गरिव, विपन्न हुदै जान्छ; वैदेशिक परनिर्भरता बढ्दै जान्छ; धेरै प्रकारका असुरक्षाहरु बढ्दै जान्छन्; आफ्ना अमूल्य श्रोतहरु यसै खेर जान्छन् ।
(५)व्यापार तथा पारवहन व्यवस्थापन र विकास
(Trade and Transportation
Management and Development)
ग्रामीण क्षेत्रमा उद्यम, व्यवसायका माध्यमबाट बस्तु तथा सेवाहरुको उत्पादन भएपछि एकिकृत ग्रामीण विकासको अर्को चरण व्यापार तथा पारवहनको हुन आउछ । ग्रामीण क्षेत्रमा व्यापार तथा पारवहनको सहि ढंगले व्यवस्थापन तथा विकास गर्नकालागि पहिलो चरणमा ग्रामीण बजार व्यवस्थान गर्नु अत्यावश्यक हुन्छ ताकि ग्रामीण क्षेत्रका जनताले स्थानीय श्रोत तथा संसाधनमा आधारित उद्यम, व्यवसायहरुबाट उत्पादन गरेका वस्तु तथा सेवाहरुलाई सहज बजार मिल्न सकोस्, उचित मूल्य मिल्न सकोस् । ग्रामीण जनाताहरुले स्थानीय श्रोत तथा संसाधनहरुको उपयोग गरेर उत्पादन गरेका सेवा तथा वस्तुहरु आवश्यकता भएका व्यक्ति, घरगृहस्थ, समाज, राज्य सबैतिर सहज ढंगले पुग्न सकुन् र समाज, देश आफैंमा आत्म निभैर बन्न सकोस । ग्रामीण उद्यमी तथा व्यवसायिहरुको हौसला बढोस् र उनीको जीवनस्तरमा सकारात्मक परिवर्तन आओस् । यसकारण, एकिकृत ग्रामीण विकासका लागि स्थानीय क्षेत्रमा उत्पादन गरिएका वस्तु तथा सेवाहरुको खरिद–बिक्री सहज गर्न ग्रामीण व्यापार तथा पारवहन क्षेत्रको व्यवस्थापन र विकास गर्नु अपरिहार्य हुन्छ ।
ग्रामीण बजारको अवस्था र व्यवस्था
ग्रामीण बजारको अवस्थाको सन्दर्भमा सुक्ष्म रुपमा अवलोकन गर्दा ग्रामीण क्षेत्रका विविध समस्या तथा चुनौतिहरुका कारण सहजता भन्दा जटिलताहरु धेरै देखिन्छन् ।(१)अपर्याप्त आधारभूत पूर्वाधार (२)असन्तुलित माग र आपूर्ति(३)आवश्यक जागरुकताको अभाव (४)आर्थिक पछौटेपन(५)सामाजिक पछौटेपल(६)असमान वितरण
ग्रामीण व्यापार तथा पारवहनको अवस्था
(१)ग्रामीण क्षेत्रका सवल पक्ष
आजको आरोग्यता जागरणको समयमा खासगरि रासायनिक मल र रासायनिक विषादीहरुको कम प्रयोग गरिएका तथा जैविक मल र जैविक विषादी मात्र प्रयोग गरिएका साथै हाइब्रिड तथा जि.एम.ओ. नगरीएका ग्रामीण श्रेत्रमा शुद्ध किसिमले उत्पादन गरिएका जैविक खाद्य सामग्रीहरुको अत्यधिक माग रहेको र नेपालका ग्रामीण क्षेत्रहरुमा यसको सम्भावना पनि अध्यधिक रहेका कारण सहज ढंगले एकिकृत ग्रामीण विकासका प्रक्रियाहरु गर्न सक्ने पर्याप्त संभावनाहरु रहेका छन् । तर विडम्वना माग र आपूर्तिलाई सन्तुलनमा आउन बाधा पुर्याउने ग्रामीण क्षेत्रका केही निर्वल पक्षहरुका कारण सोचे अनुरुप एकिकृत ग्रामीण विकासको प्रक्रियालाई अगाडि बढाउन सकिएको छैन ।
(२)ग्रामीण क्षेत्रका दुर्वल पक्ष
नेपालका ग्रामीण क्षेत्रहरुमा भरपर्दा पक्कि र फराकिला सडकहरुको अभाव; वस्तुहरु सुरक्षित राख्न संग्रह गर्ने भण्डारण भवन; भरपर्दो ढुवानी सेवाको अभाव; आवश्यक परेका वास्तविक ग्राहकहरुसंगको सिधा सम्पर्कको अभाव; विश्वसनिय व्यापारी वर्गहरुको अभाव; बिचौलियाको विगविगी, अराजकता, सरकारको उदासिनता, जनताको पछौटेपन, जनता पलायन, युवा पलायन, वौद्धिकता पलायन जस्ता जटिल समस्या तथा चुनौतिहरुले एकिकृत ग्रामीण विकासका प्रक्रियाहरुलाई दुर्वल बनाइरहेका छन् । यी र यस्तै कठिनाइ तथा दुर्वलताहरुका कारण सोचे अनुरुप एकिकृत ग्रामीण विकासको प्रक्रियालाई अगाडि बढाउन सकिएको छैन । ग्रामीण क्षेत्रमा उत्पादन भएका सामग्रीहरुलाई बिचौलियाहरुका कारण सहि उपभोक्ता, सहि मूल्य, सहि बजार मिल्न सकेको छैन जसकाकारण ग्रामीण क्षेत्रका उद्यमी तथा व्यापारीहरुको मनोबल घट्दै गैरहेको छ । ग्रामीण उद्यम, व्यवसायिहरुले स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाहरु बिक्री गरेर लगानी उठाउन नसकेर खर्च अभाव भएको कारण पुनः लगानी गर्न सकिरहेका छैनन्, दिवालिया भोगिरहेका छन् र यसको नकारात्मक परिणाम स्वरुप गाउँबाट पलायन हुन बाध्य भैरहेका छन् जसले एकिकृत ग्रामीण विकास र ग्रामीण अर्थतन्त्र दुवै पक्षलाई अझ खस्काउदै लगिरहेको छ ।
ग्रामीण व्यापार तथा पारवहनको अवस्था
वर्तमान समयमा उद्यन तथा व्यवसायको दृष्टिकोणले नेपालका ग्रामीण क्षेत्रहरुमा सहजतता तथा सवलता भन्द असहजता र दुर्वलताको स्थिति टड्कारो अनुभवमा आइरहेको छ । स्थानीय स्तरमा उत्पादन गरिएका वस्तु तथा सेवाको गुणस्तर, सुपथ मूल्य, सहजता र आत्मनिर्भताको दृष्किोणले उद्यम, व्यापार तथा व्यवसाय तुलनात्मक लाभका आधारमा हुनु पर्ने तथा गरिनुपर्ने मान्यता रहदै आएको छ विश्व व्यापार संगठनका अनुसार तर नेपालको सरकारले त्यसलाई प्रभावकारी ढंगले सबैकालागि तथा राज्यकैलागि व्यवहारिक हुनेगरि लागू गराउन सकेको छैन या भनौं चाहेको छैन अहिलेसम्म । यसैकारण पर्याप्त र प्रभावकारी अनुगमनको अभावको फाइदा उठाएर शहर तथा अन्य क्षेत्रहरुमा उत्पादन गरिएका कमसल गुणस्तरका, स्वास्थ्यलाई हानि गर्ने सस्ता सामग्रीहरु ल्याएर स्थानीय बजार भरिने हुनाले स्थानीय उत्पादनले बजार पाउदैनन् । सबै ग्रामीण क्षेत्रहरुको वास्तविक अवस्था यस्तै असन्तुलित रहदै र्आको छ वषौंदेखि । शहरमा माग तथा आवश्यक हुने ग्रामीण क्षेत्रमा उत्पादन गरिएका वस्तु तथा सेवाहरु शहरसम्म पुर्याइदैनन् स्वार्थ वर्गहरुको चलखेल र प्रलोभलमा परेर । तिहारको समयमा फूलमालाहरु वाहिरका मुलुकहरुबाट भित्र्याइनु, स्थानीय तरकारी, फलफुल, दुधलाई बजार नदिएर प्रलोभनमा परेर वाहिरका गुणस्तर हिन, स्वास्थ्यमा हानि गर्ने सस्ता सामग्रीहरुलाई भित्र्याएर ग्रामीण क्षेत्रका कुना–कुनासम्म पुर्याउनु, कोकाकोला, चाउचाउ, उर्जा पेयको कुसंस्कृतिको विकास गर्नु आदि सबै अवस्थाहरुले ग्रामीण क्षेको मात्र नभएर पुरै देशकै व्यापार तथा पारवहनको व्यवस्थापन र विकासमा हदैसम्मको असन्तुलनता तथा अस्तव्यस्तता ल्याएको छ वर्तमान अवस्थामा र यसको एक मात्र समाधान सहि ढंगले व्यापार तथा पारवहन व्यवस्थापन र विकास गर्नु नै हो ।
छिट्टै,ग्रामीण विकासका कठिनाई तथा चुनौतिहरु
++++++++++++++++++++++++++*ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) । लेखक, अध्यात्म साधक तथा अध्यात्म वाचक, योग-ध्यान प्रशिक्षक ।
(Primary Resource
Management and Development)
(Entrepreneurship
Management and Development)
“उद्यमशीलता विकास प्रक्रियाको महत्वपूर्ण भाग हो, जसमा स्वामित्व, नेतृत्व र नवप्रवर्तनको विशेष भूमिका तथा योगदान रहेको हुन्छ । उद्यमशीलताका प्रक्रियाहरुमा नवप्रवर्तनका प्रक्रियाहरु– नयाँ सोच, नयाँ विचार, नयाँ योजना, नयाँ कार्य, नयाँ उत्पादनका साथसाथ स्वामित्व, नेतृत्व र जोखिम उठाउन र व्यववस्थापन गर्न सक्ने क्षमताको बढि महत्व र स्थान रहेको हुन्छ ।” –जोसेफ ए. शुम्पिटर ।
उद्यम तथा व्यवसायसंग सम्वन्धीत उद्यमीले गर्ने सबैप्रकारका क्रियाकलापहरु उद्यमशीलता अन्तर्गत पर्दछन् । उद्यमशीलताको मुख्य आसय तथा कार्य उद्यम तथा व्यवसायसंग जोडिएका तथा सम्वन्धीत रहेका सबै कार्य तथा विषयहरुसंग रहेको हुन्छ जसले राज्यका उद्यम तथा व्यवसायहरुलाई स्थायित्व प्रदान गर्दछ । उद्यमशीलता अन्तर्गत साहस गर्नु, जोखिम उठाउनु, अनिश्चितताको वहन गर्नु, नेतृत्व गर्नु, नवपर्वतन गर्नु आदि गहन गतिविधिहरु पर्दछन् । उद्यमशीलता देशको आर्थिक विकासको अनिवार्य अंग हो र मानव तथा समाज विकासको प्रमुख आधार हो । वर्तमान समयमा उच्चतम विकास भएका विकसित अर्थतन्त्रहरुको श्रेणीमा पर्ने देशहरुको विकास उद्यमशीलताकै क्रमिक विकासको कारणले यहाँसम्म आइपुगेको होे । कुनै पनि देशको अर्थव्यवस्थामा उद्यमशीलताको प्रमुख तथा महत्वपूर्ण भुमिका र योगदान रहेको हुन्छ किनकी देशको विकास स्थानीय तवरमा उपलव्ध हुने विकासका श्रोत तथा संसाधनहरुको उचित उपयोगबाट मात्र संम्भव हुनसक्छ र यी स्रोत तथा संसाधनहरुको उचित उपयोग केवल उद्यमशीलताको विकास प्रक्रियाबाट मात्र सम्भव हुन सक्छ । उद्यमशीलताको विकास बिना सबै श्रोत तथा संसाधनहरु, नयाँ सोच, नयाँ विचार, योजना, तकनिकी तथा प्रविधिहरु व्यर्थ हुन्छन् । उद्यमशीलताको विकासबाट नै देशमा व्याप्त रहेको चरम गरिवी, भोकमरी, बेरोजगारी, न्यून जीवनस्तर जस्ता भयानक विपदहरुबाट छुटकारा पाउन सकिन्छ । नेपाल जस्तो विकासशील अर्थतन्त्र भएको देशले पनि उद्यमशीलताको क्रमिक विकास गरेर देशको अर्थव्यवस्थालाई मजबुत बनाउन र जनताहरुको जीवनस्तर माथि उकास्न सक्छ र निरन्तर प्रयत्न गरिरहेको छ एकिकृत ग्रामीण तथा शहरी विकास अन्तर्गत पर्ने उद्यम, व्यवसायहरुको व्यवस्थापन र विकास गरेर ।
उद्यमशीलताको अवधारणा
अवधारणाको तात्पर्या कुनै विषय तथा घटना उपर त्यससंग सम्वन्धित सोच तथा विचार हो । उद्यमशीलताका प्रमुख सात प्रकारका अवधारणाहरु रहेका छन्– (१)जोखिम उठाउन सक्ने सम्वन्धी अवधारणा, (२)संगठन निर्माण योग्यता सम्वन्धी अवधारणा, (३)व्यवस्थापकीय तथा नेतृत्व सम्वन्धी अवधारणा, (४)नवप्रवर्त सम्वन्धी अवधारणा, (५)अवसर खोज्ने प्रक्रिया सम्वन्धी अवधारणा, (६)उच्च उपलव्धिको क्षमता सम्वन्धी अवधारणा, र (७)पेशा तथा व्यवसाय सम्वन्धी अवधारणा ।
उद्यमशीलताको विशेषता तथा प्रकृति
(१)उद्यमशीलता सिर्जनात्मक प्रक्रिया हो, (२)उद्यमशीलता नवप्रवर्तनको योग्यता तथा क्षमता हो, (३)उद्यमशीलता जोखिम वहन गर्ने क्षमता हो, (४)उद्यमशीलता नेतृत्व र व्यवस्थापनको क्षमता हो, (५)उद्यमशीलता उत्प्रेरणात्मक विकास कार्य हो, (६)उद्यमशीलता विश्वव्यापि क्रिया हो ।
उद्यमशीलताको भूमिका, महत्व तथा योगदान
नेपालको समाज, जनजीवन र अर्थतन्त्रमा उद्यमशीलताको महत्व, भूमिका र योगदान अभुतपूर्व रहदै आएको छ । उद्यमशीलताले–
(१)नवप्रवर्तनलाई प्रोत्साहन गर्छ, (२)सीमित संसाधनहरुको अनुकुलतम उपयोग गर्छ, (३)आर्थिक विकासमा तिव्रता प्रदान गर्छ र अर्थतन्त्र मजबुत बनाउन मद्धत गर्छ, (४)पूंजी निर्माणमा योगदान गर्छ, (५)आधूनिक आर्थिक विकासको चक्रलाई अगाडि बढाउछ, (६)श्रोत तथा संसाधनहरुको अनुकुलतम तथा उच्चतम उपयोग गर्न मद्धत गर्छ, (७)नयाँ–नयाँ क्षेत्र, उत्पान, बजार आदिको खोज, व्यवस्थापन र विकास गर्छ, (८)रोजगारीको सिर्जना र बेरोजगारीको अन्त्य गर्छ, (९)आर्थिक लगायत सामाजिक, सांस्कृतिक तहमा सकारात्मक परिवर्तन ल्याउछ, र (१०)जनताहरुको जीवनस्तर उकास्न र अन्य धेरै प्रकारका महत्वपूर्ण भूमिकाहरु निर्वाह गर्छ । उद्यमशीलता भएन तथा उद्यमशीलताको उचित विकास हुन सकेन भने एकातिर आफ्ना अमूल्य श्रोतहरु यसै खेर जान्छन् र अर्कोतिर देशले विकासमा आवश्यक फड्को मार्न सक्दैन; विकासका सम्भावनाहरु निर्जिव, निष्क्रिय तथा सुसुप्त अवस्थामा रहन्छन्; जनताको न्यून जीवनस्तर उकास्न सकिदैन; देशको अर्थव्यवस्था झन–झन गरिव, विपन्न हुदै जान्छ; वैदेशिक परनिर्भरता बढ्दै जान्छ; धेरै प्रकारका असुरक्षाहरु बढ्दै जान्छन्; आफ्ना अमूल्य श्रोतहरु यसै खेर जान्छन् ।
(५)व्यापार तथा पारवहन व्यवस्थापन र विकास
(Trade and Transportation
Management and Development)
No comments:
Post a Comment