डा. सिर्जना भण्डारी
'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'
Saturday, 13 June 2026
संक्षिप्तमा बौद्ध दर्शनका शास्त्रहरु र ध्यान विधि (अन्तिम भाग)
Thursday, 11 June 2026
बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -३
डा. सिर्जना भण्डारी
बौद्ध धर्मका तीन शाखा– थेरवाद, महायान, बज्रयानविच रहेका विभिन्नता
तीन प्रमुख शाखाका तीन भिक्षुहरु ध्यान साधनामा बस्छन्, परम्परावादी तथा स्थिरवादी थेरवाद बौद्ध भिक्षुहरु आफ्नो चेतनाको विकास गरेर केवल व्यक्तिगत मुक्ति तथा निर्वाणमा उपलव्ध हुन चाहन्छन् गौतम बुद्धका २५०० वर्ष पुराना शव्द, वचन तथा उपदेशहरुको हुबहु पालना गर्दै । नवीनतावादी महायान बौद्ध भिक्षुहरु प्रतिक्षा गर्छन्, आफ्नो मुक्ति तथा निर्वाणलाई जानिबुझिकन अस्वीकार गर्दछन् र आफू मुक्त हुनु तथा निर्वाणमा प्रवेश गर्नुअघि संसारका सबै जीवहरुलाई उनीहरुको सांसारिक दुःखबाट वाहिर निकालेर सबैको रक्षा गर्न चाहन्छन्, आफ्नो व्यवहारमा करुणा, सदभाव, सेवा प्रकट गरेर सबैलाई मुक्त गर्ने प्रयास गर्दछन् । बज्रयानी बौद्ध भिक्षुहरु रहस्यमय तथा चमत्कारिक ध्यान साधनाका विधिहरुको निष्ठापूर्वक अनुशरणको माध्यमबाट यही जन्मको यही जीवनमा शरीरको मृत्यु हुनुअघि सम्बोधि(परमात्मा)संग एकाकार हुन तथा परमचेतनामा उपलव्ध हुन चाहन्छन् । तर वास्तविकतामा अडिएर हेर्दा एउटै गुरु र एउटै धर्म, आस्था, आदर्श तथा दर्शनमा यस्तो अवस्था कसरी सम्भव भयो होला भन्ने सन्दर्भमा बौद्ध धर्म तथा दर्शनमा गरिएका पुरातात्विक खोजमा पत्ता लागेका विविधतामा आधारित ऐतिहासिक तथ्यहरुलाई आधार मानेर कल्पना गरेर हेरौं कि एक सिद्धगुरु आफ्ना तीन शिष्यहरुको सामुन्नेमा बसेको छ– पहिलो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिद्धगुरु शिष्य समक्ष आँखा जुधाएर उसको सामुन्नेमा लाक्षणिक विषयहरु प्रकट गर्दछ आफू पनि उ जस्तै बनेर; हरेक विषयमा शिष्यको प्रतिक्रिया, प्रतिवाद र तार्किकता खोज्दछ; हरेक आध्यात्मिक विषय र मान्यताहरुप्रति चुनौति खडा गरिदिन्छ; र आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु जानेर, मेहनत लगाएर, तन–मनको साधनाको माध्यमबाट आफ्नो व्यक्तिगत चेतनाको विकास गर्ने कलाको तरिका सिकाउछ । दोस्रो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिष्य समक्ष शिद्धगुरु चर्मचक्षु बन्द गरेर, मौनमा रहेर, शान्त भएर, करुणामयी बन्न प्रेरणा प्रदान गर्दै आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु सिकाउछ र मौनबाट नै गुरु र शिष्यको अन्तर–चेतनामा समुच्चा आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुबारे संवाद, विषयको गहिराइको बुझाइ, सम्झाइ स्वस्फुर्त रुपमा संचारित गर्दछ । तेस्रो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिष्यका लागि शिद्धगुरु स्वयं अग्नि साधना गर्दछ; वैज्ञानिकतामा आधारित प्रामाणिक विधिहरु गरेर देखाउछ र निष्ठापूर्वक आफूमा अनुशरण गर्न सिकाउछ जसले शिष्यको मन तथा चित्तलाई पूर्णतः झकझक्याइ दिन्छन् र उसको चेतनामा जाग्रीतिमा ल्याइदिन्छ ।
फेरी कल्पना र मनन् गरौं कि के यो सिद्धगुरु अपरिपक्व थियो या अत्यन्तै वुद्धिमान, समझदार, हरप्रकारले परिपक्व र अनुभवी थियो कि भिन्न–भिन्न स्वभाव र मन तथा चित्तको तह तथा अवस्था भएका आफ्ना भिन्न–भिन्न प्रकारका शिष्यहरुको चेतना जागरणको ताल्चा खोल्न अलग–अलग प्रकारको साँचो तथा विधिको प्रयोग गर्यो । वास्तवमा गौतम बुद्ध थेरवाद, महायान, बज्रयान कुन मार्गको मनसाय राख्दथे भन्ने विषय महत्वपूर्ण होइन उनको मूल लक्ष्य महत्वपूर्ण थियो । आफ्नो लक्ष्य प्राप्तिका लागि शिद्धगुरु गौतम बुद्धले आफ्नो शिष्यको आध्यात्मिक पात्रता तथा सम्बोधि(परमात्मा)मा प्रवेशकालागि मुमुक्षा तथा परमात्मा साक्षातकारको प्यास अर्थात उसको शिष्यत्वको वास्तविक अवस्था जानेर शिष्यको तह र सक्षमता अनुसारको शिक्षा प्रदान गरेर उसको आध्यात्मिक विकास गराउन उसको चेतना जागरणमा मद्धत गर्दैगए । गौतम बुद्धले यसप्रकारले आफ्ना फरक–फरक आध्यात्मिक पात्रता भएका शिष्यहरुलाई उनीहरुले ग्रहण गर्नसक्ने गरि अलग–अलग किसिमले सम्बोधिको शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरे र शिष्यको आध्यात्मिक विकास तथा चेतना जागरणमा मद्धत गरेका कारणले नै आफ्नो शिद्धगुरु गौतम बुद्धबाट प्राप्त गरेका यीनै फरक–फरक प्रकारका फरक–फरक आध्यात्मिक तह भएका ज्ञान, विज्ञान तथा विधिका कारण सबै शिष्यहरुले फरक–फरक प्रकारले आध्यात्म विज्ञानलाई बुझे र फरक–फरक प्रकारले निर्वाणमा उपलव्ध भए । यसकारण बौद्ध धर्मका तीनवटै शाखाका परम्पराहरु बौद्ध धर्म तथा दर्शनको प्रामाणिकताको दावी गर्दछन् र माथि उल्लेखित तथ्यहरुका आधारमा उनीहरुका सबै दावीहरु सत्य छन्, असत्य दावी कसैले गरेका छैनन् किनकी उनीहरुले आफ्ना सिद्धगुरुबाट आध्यात्मिकताको शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु त्यसैप्रकारले अर्थात फरक–फरक प्रकारले ग्रहण गरेका थिए र ग्रहण गरिएको ज्ञान अनुसारनै उनीहरुमा अनुभव तथा अनुभूतिका स्मृतिहरु आए जो थेरवाद अनुशरण गर्ने शिष्यहरुले व्यक्तिगत चेतनाको विकासको रुपमा अनुभव तथा अनुभूति गरे; महायान अनुशरण गर्ने शिष्यहरुले करुणाको रुपमा अनुभव तथा अनुभूति गरे; र बज्रयान अनुशरण गर्ने शिष्यहरुले रहस्यमय अलौकिक शक्तिको रुपमा अनुभव तथा अनुभूति गरे ।
यही विविधताको विषयको गहनतालाई बौद्ध धर्म तथा दर्शनका नयाँ पुरातात्विक खोजहरुले समेत प्रामाणिक रुपमा पुष्टि गर्दै आइरहेका छन् र अनेक–अनेक अनुमान र दावी गर्नेहरुलाई अचम्मित र चकित पारिरहेका छन् । पुरातात्विक खोजका निष्कर्षहरुले गौतम बुद्धले आफ्ना फरक–फरक क्षमता भएका फरक–फरक शिष्यहरुलाई फरक–फरक प्रकारले नै आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेको पुष्टी गरेका छन् र बौद्ध विचारधारा, आस्था, धर्म, आदर्श तथा दर्शन शुरुबाट नै विविधताले युक्त रहेका प्रामाणिकताहरु एजागर गरेकाछन् । फेला पारिएका तथ्यहरुका अनुसार शिद्धगुरु गौतम बुद्धका शिक्षा नै तीन प्रकारका थिए र उनले आफ्ना शिष्यहरुको आवश्यकता, अवस्था र सक्षमताको तह अनुसार आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेका थिए । पुरातात्विक खोजहरुमा देखिए अनुसार कान्धारी, संस्कृत, पालि र अन्य भाषा तथा लिपिहरुमा लेखिएका प्राचीन बौद्ध ग्रन्थहरु तीनवटै मुख्य शाखा– थेरवाद, महायान, बज्रयानका परम्पराहरुसंग मेल खादैनन् । मेल नखाने अवस्थाले प्रष्ट रुपमा यो वास्तविकता उजागर गर्छकि शुरुबाट नै बौद्ध धर्मको आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा विविधता थियो र पुरातत्वविदहरुकै निष्कर्ष यस्तो रह्यो कि, “सायद बौद्ध धर्म, आस्था तथा दर्शनमा यसप्रकारको विविधताको अवस्था देखिनुको वास्तविकता यो हुन सक्छ कि गौतम बुद्ध स्वयंले अलग–अलग शिष्यहरुलाई उनीहरुको आध्यात्मिक पात्रता तथा सक्षमता अनुसार अलग–अलग तरिकाले नै शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेका थिए तथा सिकाएका थिए । गौतम बुद्धले अध्यात्म विज्ञानका तार्किकतामा आधारित शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसलाई व्यवस्थित सम्झाइको आवश्यकता थियो जो थेरवादीहरुमा प्रकट भयो; करुणामय दृष्टिकोण र यससंग सम्वन्धित आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसलाई अरुको भलाई गर्ने सर्वकल्याणका तथा सेवाका कार्यहरु गर्न खटाइएको तथा प्रेरणा प्रदान गरिएको थियो जो महायानीहरुमा प्रकट भयो; र रहस्यमय परिवर्तनकारी अलौकिक आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसमा उच्चस्तरको साधना ग्रहण गर्न सक्ने पात्रता तथा सक्षमता विद्यमान थियो जो बज्रयानीहरुमा प्रकट भयो ।”
समग्रमा यसरी बुझन सकिन्छ कि एक शिद्धगुरुले आफ्ना सबै शिष्यहरुलाई एकै प्रकारले आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गर्दैन तथा सिकाउदैन । गौतम बुद्धले आफ्नो आध्यात्मिक कर्मको निकै लामो समय ४५ वर्षमा विभिन्न स्वभाव, रुचि, आध्यात्मिक पात्रता तथा सक्षमता भएका शिष्यहरुसंग उठबस गरे । उनीहरुको स्वभाव, रुचि, आध्यात्मिक पात्रता तथा सक्षमता अनुसार नै बौद्ध धर्म तथा दर्शनको वास्तविक आदर्श सिकाए र बौद्ध धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गरे । उनले एक सच्चा र उच्च अध्यात्म ज्ञान हासिल गरेको शिद्धगुरुले आफ्ना सबै शिष्यहरुलाई ज्ञान प्रदान गर्न केवल एक मार्ग मात्र अपनाउदैन भन्ने विषयलाई प्रामाणिकता प्रदान गरे तथा पुष्टी गरे । यसकारण बौद्ध धर्मका तीन शाखाहरुले बौद्ध धर्मलाई अलग–अलग प्रकारले गरेको व्याख्यालाई भन्दा गौतम बुद्धले प्रदान गरेका सम्पूर्ण आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई तीन पुरक पक्षका रुपमा हेर्नु उत्तम हुन्छ र वास्तविक सत्य पनि यही नै हुनसक्छ बौद्ध धर्म तथा दर्शनका अनुयायीहरुमा फरक–फरक शिक्षाको अनुभव तथा अनुभूति स्मृतिमा रहनुमा– थेरवादको तटस्थता, महायानको करुणा, र बज्रयानको अलौकिक शक्ति किनकी यी सबै विषयहरु एकै असाधारण मन तथा चेतनाका अलग–अलग आयाम र अवस्थाहरु हुन् जसलाई अलग–अलग प्रकारले हेर्ने र अलग–अलग प्रकारले बुझ्ने तथा ग्रहण गरेर पछिल्ला नवीन पुस्ताहरुमा हस्तान्तरण गर्ने प्रयास गरियो ।
शाखा विभाजनकै कारण बनेको साझेदारी र निरन्तरता
प्रारम्भमा बौद्ध धर्म जसरी तीन शाखामा विभाजित भएको जस्तो र छरिएको जस्तो देखिएको थियो र टुक्रा–टुक्रामा विभाजित भएर पतन भएर जाने होकि भन्ने शंका लागेको थियो तर वास्तविकतामा यही विभाजित भएको तथा छरिएको अवस्था नै बौद्ध धर्म बचाउको प्रमुख रणनीति बन्यो विश्वव्यापी रुपमा । जव १२ औं देखि १४औं शताव्दीको विचमा मूलभूमि नेपाल र भारतबाट बौद्ध धर्म तथा दर्शन लगभग पतनको स्थितिमा पुगेको थियो त्यतिबेलासम्म बौद्ध धर्मका परम्पराहरु एशियाका विभिन्न देशहरुमा प्रचार र विस्तार भैसकेका थिए । बौद्ध धर्म तथा दर्शनका मौलिक प्राचीन शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुको संरक्षण र व्यवस्थापन गदै आइरहेको मातृ संस्था तथा थेरवाद शाखा दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा विस्तार र स्थापित भैसकेको थियो । महायान पूर्वी एशियामा विस्तार र स्थापित भैसकेको थियो । गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनको संरक्षण र व्यवस्थापन गर्न बोलाइएका बौद्ध परिषद भेलाहरुमा स्थिरतावादी तथा परम्परावदीहरुले विनय(भिक्षुहरुको अनुशासन) विपरित आचरण गर्ने भ्रष्टाचार भनेर घोषणा गरेर बहिस्कार तथा निकाला गरेको नवीनतावादीहरुको समुह महायान शाखा आफ्नै बलबुतामा खडा भयो, अस्तित्वमा आयो र पूर्वी एशियामा विस्तार भयो । वाहिरका देशहरुमा विस्तार भएकै कारण महायान शाखाले बौद्ध धर्म तथा दर्शनका परम्परा तथा संस्कृतिहरु मूलभूमिबाट लोप भएपनि विदेशी भूमिमा बचाइराख्न सफल भयो । वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनमा सबैभन्दा बढि अनुयायीहरु महायान शाखामै रहेका छन् र विश्वका कुल जनसंख्याको ६८ प्रतिशत चीनमा मात्र रहेकाछन् सन् २०२१ को तथ्यांक अनुसार । पूर्वी एशिया चीनमा विस्तार भएको महायान शाखा मै स्थानीय रुपमा महान आध्यात्मिक सिद्धान्तहरु कन्फ्युसियस र तनावोवादका परम्पराहरुसंग घुलमिल भइ रुपान्तरण भएर पछि गएर जेन बौद्ध शाखा तथा जेन बुद्धिजमका रुपमा स्थापित भयो । जेन बौद्ध शाखामा लाफिगं बुद्धको परम्परा बढि अंगिकार गर्ने गरिन्छ । जेन बौद्ध धर्मले सबै मनुष्यहरुको अन्तर्यमा निर्वाणमा उपलव्ध हुनसक्ने क्षमता स्थित रहेको हुन्छ भन्ने मान्यतामा जोड दिदै आएको छ । यसकारण जेन बौद्ध धर्मले सबै कामहरुलाई ध्यान मान्दछ, वर्तमानमा रहेर होसपूर्वक तथा ध्यान लगाएर आफूले गरिरहेको काम गर, ध्यान लगाएर सोच–विचार गर, ध्यान लगाएर एकाग्र बन निर्वाणको मार्गमा स्वफूर्त रुपमा अग्रसर हनेछौ भन्ने उत्प्रेरणा प्रदान गर्दछ आफ्ना अनुयायीहरुलाई । जेन बौद्ध धर्मले यिनै मान्यताहरुलाई अंगिकार गर्दै विश्वव्यापि रुपमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । बज्रयान शाखा पूर्वी एशियाको उच्च हिमाली राज्य तिब्बतमा विस्तार र स्थापित भैसकेका थियो । तिब्बतमा आएको विषम राजनीतिक शंकट तथा उतार–चढावको परिस्थितिमा बज्रयान बौद्ध धर्मलाई ती पिढीहरुको माध्यमबाट संरक्षित गरियो जो चीनिया कम्युनिष्टहरुको दमनमा परेर राजनीतिक उथल–पुथलका बाबजुद आफ्नो ज्यान बचाउन सफल भएका थिए । वर्तमान समयमा बज्रयान बौद्ध धर्मका बडागुरु तथा वरिष्ठ भिक्षु दलाई लामा विगत ६५ वर्षदेखि भारतमा निर्वासित जीवन बिताउदै विश्वभरि बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गरिरहेका छन् ।
एकै गुरुका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुको अनुशरण गर्ने क्रममा मत विभाजन भएर प्रादुर्भाव भएका बौद्ध धर्म तथा दर्शनका प्रमुख तीन शाखाहरु– थेरवाद, महायान, बज्रयानले बौद्ध धर्म तथा दर्शनको संरक्षण, निरन्तरता, विकास, प्रचार र विश्वव्यापी विस्तारमा अत्यन्तै महत्वपूर्ण साझेदारीको भूमिका निर्वाह गरे । थेरवाद शाखाले गौतम बुद्धको वास्तविक शिक्षा तथा उपदेशहरु र बौद्ध धर्म तथा दर्शनका सबैभन्दा पुराना ग्रन्थहरुलाई सुरक्षित राख्यो; महायान शाखाले बौद्ध धर्म तथा दर्शनलाई मूलभूमि नेपाल र भारतबाट वाहिर दक्षिण एशिया, मध्य एशिया, दक्षिण पूर्वी एशिया, पूर्वी एशियाका देशहरुमा पुर्यायोे, प्रचार–प्रसार र विस्तारमा अत्यन्तै महत्वपूर्ण योगदान र भूमिका निर्वाह गर्यो । बज्रयानले तिब्बत र चीन् विच भएको विषम राजनीतिक उतार–चढाउमा पनि प्राचीन बौद्ध परम्परालाई पूर्वी एशियाको हिमाली राज्य तिब्बतदेखि यूरोप, अमेरीकासम्म विश्वभरि विस्तार गर्न सफल भयो । वर्तमान समयमा पनि बौद्ध धर्म तथा दर्शनका तीनवटै शाखाहरुको प्रचार–प्रचार र विस्तार विश्वभरि हुदै आइरहेको छ र बौद्ध धर्म वैश्विक दर्शनका रुपमा विश्वमा स्थापित भएको छ । वैश्विक दर्शनका रुपमा विश्वमा स्थापित भएको कारण विश्वका ठूला–ठूला विश्वविद्यालाय र विद्यालयहरुमा बौद्ध दर्शनको पाठ्यक्रम समावेश गरेर पढाउन समेत प्रारम्भ गरिएको छ । बौद्ध धर्ममा शाखा विभाजनका हुनुपूर्व बौद्ध परिषदहरुले कठोर नियम बनाएर मतभेद र विभाजन रोक्न चाहान्थे तर यिनै विविधताहरुले २५०० वर्षदेखि वर्तमान समयसम्म विभिन्न प्रकारका सामाजिक, साम्प्रदायिक, रानीतिक, भौगोलिक, प्राकृतिक विषमताका उतार–चढावहरुबाट बौद्ध धर्मलाई पूर्ण रुपमा पतन हुनबाट बचाएर रखे र विश्वभरि विस्तार गरे । प्रमुख तीन शाखाका यिनै विभाजित परम्पराहरुले बौद्ध धर्म तथा दर्शनलाई उत्पत्ति भएको क्षेत्र नेपाल र भारतबाट लोप तथा पतन भएपनि वाहिरको भूमिमा बचाएर राखे र यिनै वाहिरी क्षेत्रहरुबाट वर्तमान समयमा राजनीतिक तथा भू–राजनीतिक अवस्थाहरु असहज भएका कारण फेरी उत्पत्ति भएको मूलभूमि नेपाल र भारतमा पुनरागगमन भएको छ र विस्तारै फैलिदो क्रममा रहेकोछ ।
विभाजित मध्य कुन शाखा चाहिं सहि र प्रामाणिक हो ?
विगत लामो समयदेखि बौद्ध धर्म तथा दर्शनका तीन अलग–अलग शाखाहरु– थेरवाद, महाया, बज्रयान आ–आफ्नो परम्परा र संस्कृति अनुसार आ–आफ्नो प्रामाणिकताको दावी गर्दै र एकले अर्को शाखासंग असहमति तथा विमति राख्दै विश्वका विभिन्न क्ष्ँेत्रहरुमा निरन्तर चल्दै तथा अगाडि बढ्दै आइरहेका छन् । थेरवाद शाखाले कठोर नियमहरु अनुशरण गरेको तर महायान शाखा बढि नवीनता केन्द्रित, युग सान्दर्भिक रुपान्तरण उन्मुख र लचिलो भएको कारण पछिपछि यो शाखामा धेरै विभाजनहरु आए । यसरी धेरै शाखा–उपशाखाहरुमा विभाजन आउनुको कारण देश–विदेशका फरक–फरक प्रकारका स्थानीय संस्कृति, परम्परा, भू–गोल, राजनीति, समाज, प्रकृतिहरुसंग सामन्जस्यता कायम गर्नु पर्ने बाध्यताका कारण थियो । महायान शाखामा विभाजनहरु आएका भएपनि ती सबै शाखाहरु बौद्ध धर्म तथा दर्शनको मूलसार तथा मूलमर्मलाई कायम राखेर चलिरहेका थिए । यस्तै विभाजनका देखिएका कारण यस सन्दर्भमा अधिकांश मनुष्यहरुले बारम्बार सवाल उठाउने तथा जिज्ञासा राखिरहने गर्दछन् कि कि कुन बौद्ध धर्म तथा दर्शनको कुन शाखा चाहिं सहि र प्रामाणिक हो भनेर । बौद्ध धर्म लगायात संसारका अरु मनुष्यहरुको मा–मस्तिष्कमा समेत यस सवालमाथि विगत १७०० वर्षदेखि बहस चल्दै आइरहेको छ । थेरवादी अरहन्त भिक्षु तथा गुरुहरुक दावी गर्दै आइरहेका छन् कि महायानीहरुको सुत्त गौतम बुद्धको वास्तविक शव्द, शिक्षा, वाणी तथा उपदेशहरु होइनन्, ती सबै महायानीहरुले पछि आफैंले आफ्नो अनुकुल हुनेगरि निर्माण गरेका नयाँ शास्त्रहरु हुन् । महायनी भिक्षु तथा गुरुहरु थेरवादले निरन्तरता दिरहेका बौद्ध शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई शुरुआती तथा प्रारम्भिक शिक्षाको रुपमा हेर्दछन् जसले गौतम बुद्धले प्रदान गरेका सबै शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई पूरै समेट्दैनन् र पूरै गहिराइसम्म पुग्दैनन् । अर्कोतिर बज्रयानी भिक्षु तथा गुरुहरु थेरवाद र महायान दुवै शाखाले अनुशरण गर्दै तथा निरन्तरता दिदै आइरहेका बौद्ध शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई सुस्त गतिका ठान्दछन् र गौतम बुद्धले प्रदान गरेका गहन र वास्तविक आध्यात्मिक ज्ञान, विज्ञान तथा साधनाका विधिहरु भन्दा पछाडि रहेको मान्दछन् । बौद्ध धर्म तथा दर्शनका तीन प्रमुख शाखाहरु विचका यी विचारात्मक मतभेदहरु आज पनि रहदै र्आका छन् तर एकआपसमा त्यतिविधि दुस्मनी तथा कटाक्ष भने छैन उनीहरुको विचमा । बौद्ध मार्गीहरु चाहे जुनसुकै सम्प्रदाय तथा शाखाका हुन् एकआपसमा मेलमिलाप गरेर, शान्त भएर, सौहार्दपूर्ण भावले एकसाथ रहन्छन्, एकले अर्कोलाई अछुत मान्दैनन्, दुश्मन ठान्दैनन् किनकी परम्परा जसरी चलाएको भएपनि समग्रमा बौद्ध धर्म तथा दर्शनको मूलमर्म तथा मूलसार शान्ति, सदभाव र करुणा हो र यसलाई तीनवटै प्रमुख शाखा र अन्य नयाँ शाखा तथा उपशाखाहरुले पनि अनुशरण गर्दै आइरहेका छन् । थेरवाद र महायानका बौद्ध भिक्षुहरु एकै सम्मलेनमा एकसाथ सामेल हुन्छन्, एकअर्काको ग्रन्थ पढ्छन् । बज्रयानका दलाइ लामा थाइल्याण्डको थेरवाद बौद्ध गुम्बामा दर्शन गर्न जान्छन् । तीनवटै शाखाका बौद्ध मार्गीहरु अन्तरराष्ट्रिय सभा सम्मेलनहरुमा मूलमर्ममा एकता राखेर प्रसन्नता र सदभावका साथ सम्मिलित हुन्छन् किनकी उनीहरुको विचमा भएका यी मतभेदहरु ऐतिहासिक र दिमागी हुन्, भौगोलिक तथा राजनीतिक र एकले अर्कोलाई जित्ने तथा पराजित गर्ने लडाइ होइनन् ।
गौतम बुद्धको महापरिनिर्वाणको तीन महिना पश्चात बौद्ध धर्म तथा दर्शनमा बुद्धले प्रदान गरेका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई संरक्षण र व्यवस्थापन गर्न इशापूर्व ४८३ मा आयोजना गरिएको पहिलो बौद्ध परिषद भेलाले अरहन्त(निर्वाणमा उपलव्ध) बौद्ध भिक्षुहरुका अनुभव तथा अनुभूतिहरुका स्मृतिहरु सामुहिक रुपमा संकलन गर्यो र व्यवस्थित बनाएर संरक्षण प्रदान गर्यो । यस महान कार्यबाट बौद्ध धर्म तथा दर्शन यसका संस्थापक गौतम बुद्धको महापरिनिर्वाणपछि पनि उही ढंगले निरन्तरता पाउन सफल भयो । बौद्ध परिषदका अनुसार संरक्षणको अर्थ सबै बौद्ध अनुयायीहरुलाई एक समान बनाउनु, सबैले एक समान नियमको पालना गर्नु, सबैले एकै प्रकारका ग्रन्थहरुको पाठ गर्नु भन्ने थियो । कुनै संस्कार तथा परम्पराले आफूलाई कडाइकासाथ अनुशासनमा राख्ने प्रयास गर्यो भने ढिलो चाँढो त्यो हराएर तथा पतन भएर जानसक्छ किनकी यसले आफूभित्र युग सान्दर्भिक हुनेगरि समयक्रमसंग आएका बदलावहरु अनुशरण गर्नसक्ने लचिलोपन गुमाउछ र नयाँ पुस्ताका अनुयायीहरुको साथ, सहयोग र समर्थन पनि गुमाउछ । त्यस्तै कुनै पनि संघ तथा संस्थामा कठोरपन र लचिलोपन चाहिने भन्दा बढि भयो भने परम्परा विक्रित हुदै जान्छ, अनुशासन भत्किदै जान्छ, विभाजनहरु बढ्दै जान्छन्, इतिहासका घटनाहरुले यस्तै तथ्यांकहरु देखाएउदै आएकाछन् । तत्कालीन समयमा ठिक यस्तै अवस्था आएको थियो बौद्ध धर्म तथा दर्शनका नीति–नियमहरु के–कस्ता बनाउने र कसरी तिनलाई सबैकालागि व्यवहारिक हुने किसिमले पालन गर्ने भन्ने सन्दर्भमा । यसको परिणाम स्वरुप पहिलो बौद्ध भेलामा देखिएका मतभेदहरुलाई जसोतसो सामनजस्यतामा ल्याएर संघमा एकता राखिएको भएपनि एक शताव्दीपछि इशापूर्व ३८३ मा आयोजना गरिएको दोस्रो बौद्ध परिषदले बौद्ध संघमा एकता कायम राख्न सकेन, स्थिरता र नवीनताविच मतभेद भएका कारण संघ दुई मत तथा दुई शाखामा विभाजन भयो । पुराना पुस्ताका बौद्ध भिक्षुहरु परम्परामा स्थिरता र अनुशासनमा कठोरता चाहन्थे तर नयाँ पुस्ताका बौद्ध भिक्षुहरु युग सुहाउदो रुपान्तरण तथा सुधार चाहान्थे । आफ्नो धर्म तथा दर्शनमा दुवै शाखाहरुको समान आस्था, श्रद्धा, समर्पण भएको भएतापनि खासगरि विनय(भिक्षुहरुको अनुशासन) कस्तो बनाउने र यसको पालन कसरी गर्ने भन्ने सन्दर्भमा स्थिरता चाहने र नवीनता चाहने भिक्षुहरुको विचमा मतभेद आएको कारण बौद्ध संघ दुई शाखामा विभाजित भएको थियो र यस विषयका जानकारहरुको मत अनुसार यस सन्दर्भमा प्रामाणिकताको सन्दर्भ त्यति जोडिदैन दुवै शाखा प्रामाणिक हुन् किनकी दुवैलले निष्ठापूर्वक गौतम बुद्धले प्रदान गरेका वचन, उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई अनुशरण गर्दै अझ विकसित बनाउदै आइरहेका छन् ।
Wednesday, 10 June 2026
बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -२
डा. सिर्जना भण्डारी
एउटै गुरुको शिक्षाले तीन अलग सम्बोधिका मार्गहरु जन्मायो
पृष्ठभूमि
विश्वका सबै मनुष्यहरुको अत्यन्तै बढि चासो र जिज्ञासा रहेको विषय यो रहेको छ कि, कसरी एकै गुरुका सरल शव्द, वाणी, उपदेश, शिक्षा तथा विधिहरुले तीन अलग–अलग सम्बोधिका शसक्त मार्ग तथा शाखाहरु– (१)थेरवाद, (२)महायान, (३)बज्रयान जन्मायो ? बौद्ध धर्म तथा दर्शनको मूल तथा वास्तविक मूल्य–मान्यताहरुको अनुशरण गर्दै निरन्तर अगाडि बढिरहेको मूल तथा मातृसंस्था थेरवाद शाखा हो; महायान शाखा बौद्ध धर्मका मूल विषयहरुको सन्दर्भमा मत बाझिएको तथा मतभेद भएको कारण इशाको पहिलो शताव्दीमा मातृसंस्था थेरवादबाट फुटेर गएको होे; र बज्रयान इशाको सातौं शताव्दीमा पूर्वी एशियाको हिमाली राज्यमा केही विशिष्ट बौद्ध भिक्षुहरुद्वारा फरक मान्यता अन्सार प्रतिपादन तथा प्रारम्भ गरिएको हो । आफूलाई महसंघी बताउने महयान शाखा बौद्ध संघ तथा समुहमा पहिलो गौतम बुद्धद्वारा ४५ वर्षसम्म प्रदान गरिएका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुको मौलिकताको सन्दर्भमा र दोस्रो बौद्ध भिक्षुहरुले पालन गर्नुपर्ने विनय तथा नियमहरुको सन्दर्भमा मत नमिलेर इशाको पहिलो शताव्दी(सन् ००७२)मा आयोजना गरिएको चौथो बौद्ध परिषद भेलाबाट विधिवत रुपमा टुक्रिएर गएको थियो र आफूलाई बौद्ध धर्मको अर्को स्वतन्त्र शाखा महासंघ तथा महायानका रुपमा घोषणा गरेको थियो ।
थेरवाद बौद्ध धर्मको प्रादुर्भाव र विस्तार
इशापूर्व तेस्रो शताव्दीमा सम्राट अशोकका छोरा महेन्द्र राज्यको राजपाठ छोडेर बौद्ध भिक्षु बने र सामुद्रिक खतरा मोलेर बौद्ध धर्मको प्रचार गर्न श्रीलंका गए । श्रीलंकाको अनुराधापुरुममा राजालाई भेटे र राजाले गरेको आगमनको जिज्ञासामा उनले भने, “म बौद्ध भिक्षु हुँ, धर्मका राजा गौतम बुद्धको अनुयायी हुँ, म भारतबाट मोक्षको सन्देश लिएर आएको हुँ ।” राजाले महेन्द्रका कुरा सुने र उनको आग्रह स्वीकार गरे, यसपछि महेन्द्रले श्रीलंकामा बौद्ध धर्ममा रुचि राख्नेहरुलाई सुत्त ग्रन्थहरुका ज्ञान दिन प्रारम्भ गरे र राजाले उनका सबै संगतीहरु आतमसाथ गरे । यो केवल एक धार्मिक परिवर्तन थिएन, थेरवाद बौद्ध धर्मको उत्पत्ति, प्रचार र विस्तार थियो । थेरवादको अर्थ परम्परावादी बुजु्रकहरुको मार्ग हो, थेरवादीहरु विनय(भिक्षुहरुको जीवनशैलीको नियम) अनुशरणमा अत्यन्तै अनुशासित थिए । उनीहरु भन्ने गर्थे हामीहरुसंग अमूल्य धरोहर छ, बुद्धका मौलिक वाणी, उपदेश तथा ज्ञानहरु छन् जसको संरक्षण हामी विनाकुनै बदलाव जस्ताको त्यस्तै मौखिक परम्पराबाट गर्दै आइरहेका छौं ।” यो परम्परावादी बौद्ध बुज्रुकहरुको दृष्टिकोण विस्तारै साधकहरुको मुक्तिको मार्ग सावित हुदैभयो । जव प्रादुर्भाव भएको भूमि नेपाल र भारतबाट बौद्ध धर्म पलायन तथा लोप भएको थियो तव श्रीलंका द्विप यसको मजबुत किल्ला बन्यो । श्रीलंकका अनुराधापूराका सुनौला स्तुपाहरुका विच भिक्षुहरुले बौद्ध धर्मको इतिहासमा क्रान्तिकारी निर्णय लिए । गौतम बुद्धको महापरिनिर्वाण भएको ४०० वर्षपछि पहिलोपटक बौद्ध भिक्षुहरुले गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई संरक्षण गर्ने उद्देश्यले क्रमशः सबैलाई लिखित रुपमा लिपिवद्ध गर्न प्रारम्भ गरे पालि क्यानन्का रुपमा जसमा त्रिपिटक– सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक सामेल रहेका थिए । यही नै पछि गएर सबैभन्दा पूरानो तथा प्रारम्भिक बौद्ध ग्रन्थ तथा साहित्य बन्यो । तर थेरवादको वास्तविक कौशल केवल संरक्षणमा मात्र सीमित थिएन, यसको कौशल व्यवहारिक आध्यात्मिकता थियो । यसको मार्ग स्पष्ट र सरल थियो, नैतिक आचारणले आधार प्रदान गर्दथ्यो, प्रयोगात्मक अभ्यासले मनलाई तिब्र गर्दथ्यो र बुद्धिले भ्रमलाई काटिदिन्थ्यो जो दुःखका कारकहरु तत्वहरुको कारण थियो । कुनै जटिल रीति, कुनै जटिल ध्यान, कल्पना, कुनै रहस्मय तथा चमत्कारिक छोटो बाटो थिएन, एक व्याक्तिगत कदम तथा व्यक्तिगत यात्रा थियो मुक्ति तथा निर्वाणको मार्गउन्मुख । यस अत्यन्तै व्यक्तिगत अभ्यासमा इतिहासको सबैभन्दा स्थिर र सामनजस्यपूर्ण समाजको निर्माण गर्यो । वर्तमान समयमा बौद्ध धर्मको थेरवाद परम्परा दक्षिण एशिया र दक्षिणपूर्वी एशियाइ देशहरुमा रहेको छ र वर्तमान समयमा विश्वभरि छरिएर रहेका थेरवादका अनुयायीहरु १५० मिलियनको हाराहारीमा रहेका छन् ।
महायान बौद्ध धर्मको प्रादुर्भाव र विस्तार
इशाको पहिलो शताव्दीमा चौथो बौद्ध परिषदबाट थेरवाद र महायान दुई शाखामा विभाजित भएपछि जव महायान शाखा अन्तर्गतका बौद्ध धर्म तथा दर्शनका आदर्शहरु विभिन्न माध्यमबाट पूर्वी एशियाका विदेशी भूमिहरुमा तिब्रगतिमा प्रचार र विस्तार हुदैगयो तव त्यहाँका स्थानीय समुदायहरुले बौद्ध भिक्षुहरुलाई आफ्ना जिज्ञासा सोध्न लागे, “के बौद्ध धर्ममा ‘व्यक्तिगत मुक्ति’ सबैभन्दा अधिक महत्वको हो ? के ‘करुणा’ त्यो भन्दा बढि महत्वपूर्ण हो ? के सम्बोधिमा उपलव्ध हुन बोधिसत्व केवल शुरुआत मात्र हो ? के सम्बोधि अन्तिक लक्ष्य हो ?” बौद्ध धर्म तथा दर्शनको मूल आदर्श तथा अन्तर्य विषयहरुसंग सम्वन्धित यस्ता जिज्ञासा तथा सवालहरुले तत्कालीन समयमा एक क्रान्तिकारी विचार तथा आन्दोलनलाई जन्म दियो । यी विषयहरुले महायान बौद्ध शाखामा अनुसन्धानात्मक खोज, नवीनता र सिर्जनश्ीलताको दायरा बढायो र विस्तारै परम्परावादी थेरवाद शाखाको तुलनामा आकार र महत्वमा फरकिलो हुदै तथा बढ्दैगयो । बौद्ध दर्शनको नयाँ शाखाको नाम महायानको शाव्दिक अर्थ ठूलो तथा विशाल बाहन हो जसले धेरै विषयहरु आफूभित्र समट्दै धेरै अनुयायीहरुलाई एकैसाथ सांसारिक जीवनका दुःखहरुबाट मुक्त गर्न सक्दछ मुक्तिको मार्गउन्मुख गराउन सक्छ । बौद्ध धर्मको महायान शाखालाई गहिराइमा बुझ्नका लागि बौद्ध धर्म, दर्शन तथा साहित्यका सबैभन्दा शक्तिशाली कथाहरु जान्नु आवश्यक हुन्छ जसमा बौद्ध धर्मका परालौकिक, रहस्यमय, चमत्कारिक, दिव्य विषयहरु समावेश गरिएका छन् ।
बौद्ध महायानको प्रारम्भ र विस्तारको सन्दर्भमा शक्तिशाली अमिताभ बुद्ध र उनका आध्यात्मिक पुत्र अवलोकित इश्वरविच भएको संवाद रोचक रहेको छ । अमिताभ बुद्धका आध्यात्मिक पुत्र अवलोकित इश्वरले अमिताभ बुद्धको सामुन्नेमा प्रतिज्ञा गरे कि, “म निर्वाणमा प्रवेश गर्दिन, म तवसम्म पूर्णशान्तिमा विश्वास गर्दिन जवसम्म यो संसारका हरेक जीव तथा प्राणीहरुलाई दुःखबाट मुक्ति मिल्दैन ।” तर संसारमा प्रलय आयो, अवलोकित इश्वरको करुणा र सबै जीवहरुलाई दुःखबाट मुक्त गर्ने अथक प्रयासका बाबजुद जीवहरुको दुःख कम भएन । हरेक जीवहरुलाई दुःखबाट वाहिर निकाल्न खोज्दा १० जीवहरु अझ दुःख तथा अन्धकारमा खसे, अव उनलाई यो कार्य असम्भव जस्तो लाग्न थाल्यो । कथामा उल्लेख गरिए अनुसार जीवहरुको दुःख देखेर अवलोकित इश्वरको हृदय अनन्त करुणाको भारले क्षतिग्रस्त भयो, शिर टुक्राटुक्रामा विभाजित भयो, शरीर चकनाचुर भयो र आत्मा टुट्यो । तर अमिताभ बुद्धले आफ्ना आध्यात्मिक पुत्र अवलोकित इश्वरलाई चाहेको काम पूरा गर्न आफ्नो चमत्कारको शक्तिले ११ वटा शिर र १००० वटा हातहरु प्रदान गरेर पुनरनिर्मित गरे ताकि उनले सबै दिशामा भएका प्राणीका दुःखहरु देख्न सकुन् र दुःखमा परेर सहाराको आवश्यकता भएका हरेक प्राणीहरुलाई सहयोग प्रदान गर्न सकुन् । यो घटनाले यस्तो विषय दर्शायो र स्थापित गर्यो कि, सत्य करुणा मुस्किल र दबाबहरुबाट पछाडि हट्दैन बरु आफ्नो मद्धत गर्ने क्षमतालाई गुणन गरेर अझै शक्तिशाली बनाउछ । यो कथाले त्यस्तो क्रान्तिकारी भावनालाई बौद्ध अनुयायीहरुभित्र भरिदियो जसले इशापूर्व पहिलो शताव्दीमा बौद्ध धर्मको आदर्शलाई बदलिदियो र करुणा भाव मुल लक्ष्यमा स्थापित गरिदियो जसको मूल उद्देश्य आफ्नो मात्र व्यक्तिगत मुक्ति नभएर संसारका सबै प्राणीहरुलाई दुःखबाट मुक्त हुन मद्धत गर्ने विराट भावमा स्थापित गरिदियो । यस समयमा थेरवादी भिक्षुहरु आफ्नो व्यक्तिगत मुक्तिमा केन्द्रित रहेका थिए तर महायनी भिक्षुहरु संसारका सबै प्राणीहरुको मुक्ति हेतु लागिपरेका थिए । यसपछि बौद्ध धर्मको इतिहासमा एक नयाँ आन्दोलन सामुन्नेमा आयो जसको दृष्टिकोण र लक्ष्य विलकुल अलग थियो, संसारका सबै जीवहरुको दुःख मुक्ति गर्ने करुणाको मार्गलाई आत्मसाथ र नेतृत्व गर्नेहरु आफूलाई विशाल सवारी अर्थात महायानका अनुयायी मान्ने गर्दथे । उनीहरुको गहिरो आस्था र दृढ विश्वास थियो केवल महायानका अनुयायीहरुले मात्र एकसाथ धेरै जीवहरुलाई दुःखबाट मुक्ति दिलाउन सक्छन् किनकी महायानीहरुको मूल लक्ष्य केवल स्वयंको मुक्ति थिएन, संसारमा भएका सबै जीवहरुको लागि मुक्ति प्रदान गर्नुथियो । बौद्ध धर्ममा यो विषयको आध्यत्मिक दर्शन र यसको तरंगले ल्याएको दार्शनिक बदलाव निकै गहन थियो यसकारण यसको प्रचार, विस्तार र अनुशरण तिब्रगतिमा हुदैगयो विश्वव्यापि रुपमा तत्कालीन समयदेखि वर्तमान समयसम्म नै ।
बौद्ध धर्मका थेरवादीहरुले अरहन्त तथा निर्वाणको आदर्शलाई महत्व दिदै आइरहेका थिए जो आफू एक्लैले मात्र जीवनका दुःखहरुबाट मुक्ति र निर्वाण प्राप्त गर्दछ तर महायानीहरुले बोधिसत्वलाई सर्वोच्च स्थान दिए जो साधक जानीबुझि आफ्नो अन्तिम मुक्ति अर्थात निर्वाणलाई टालिदिन्छ ताकि अरुमाथि करुणा वर्षाउन सकोस र अरु जीवहरुलाई संसारका दुःखहरुबाट वाहिर आउन सहयोग गर्न सकोस । महायानी भिक्षुहरुले सार्वजनिक रुपमै संकल्प गर्दै भने, “हाम्रो अन्तिम लक्ष्य केवल दुःखको संसारबाट भाग्नु होइन, यसको समाधान र यसमा सकारात्मक परिवर्तन ल्याउनु हो ।” उनीहरुले आम मनुष्यहरुलाई सिकाए, “निर्वाण तथा संसार र सम्बोधि तथा अस्तित्व सामान्य स्तरमा अलग–अलग विषय होइनन्, यी सबै एकै वास्तविकतालाई देख्ने अलग–अलग तरिका हुन् ।” जव यो नवीन र अलौकिक आदर्श आत्मसाथ गरेको नयाँ धर्म नेपाल र भारतबाट एशियाको उत्तरी क्षेत्र चीनतिर फैलिने क्रम प्रारम्भ भयो यसले उक्त क्षेत्रहरुमा पहिलादेखि नै स्थापित भैसकेका गहन दार्शनिक परम्पराहरु कन्फ्युसियस र तावोवादसंग संघर्ष, प्रतिस्पर्धा तथा तिनको कडा सामना गर्नुपर्यो । स्थानीय समाज र संस्कृति तथा परम्परामा पहिलादेखि नै स्थापित भएका पूराना विश्वासहरुलाई नमान्ु तथा खारेज गर्नुको साटो बौद्ध धर्मको महायानी आदर्शले तिनलाई अंगिकार गर्यो, कन्फ्युसियस र तावोवादसंग मिल्यो, आफूभित्र समाहित गर्यो, तिनीहरुसंग हातेमालो गर्यो र पूर्णरुपमा अर्को नयाँ संष्लेषणको रचना गर्यो । यी नयाँ संष्लेषणका आदर्शहरु गहन, अर्थपूर्ण र आकर्षक थिए सबैलाई आफूतिर आकर्षित गर्ने प्रकारका । चीनिया बौद्ध अनुयायीहरुले बुद्ध(चैतन्यताको उच्च अवस्था) स्वभावका नयाँ–नयाँ अवधारणाहरु विकसित गर्दै लगे, उनीहरु विश्वास गर्थे र भन्ने गर्थे, “हरेक जीवमा पहिलादेखिनै सम्बोधिको विज हुन्छ ।” यो विश्वास तावोवादबाट बौद्ध महायनले आत्मसाथ गरेको थियो । चीनिया महायानी बौद्ध अनुयायीहरुले शुद्धभूमि बौद्ध धर्मको स्थापना गरे जसले भक्तिको माध्यमबाट मुक्ति मिन्छ भन्ने आध्यात्मिक आदर्शलाई आत्मसाथ गर्यो । यही अवधारणा पछि गएर जेन बौद्ध धर्मको रुपमा विकसित हुदै अस्तित्वमा आयो र पूर्वी एशियामा दह्रोसंग स्थापित भयो जेन बौद्ध धर्मले शव्द र धारणा भन्दा माथि उठेर प्रयोगात्मक अभ्यासको माध्यमबाट साधकहरुले गर्ने प्रत्यक्ष बोधको अनुभूतिमा जोड दिन्छ । यही अवस्था तथा यिनै विषयहरु थिए जेन बौद्ध धर्म स्थापना गराउने तथा जेन बौद्ध धर्मको संस्थापकको भूमिका निर्वाह गर्ने । महायन बौद्ध धर्मको प्रारम्भ र विस्तारको सन्दर्भमा सबैभन्दा ठूलो खुवी तथा विशेषता यसको अवस्था र आवश्यकता हेरेर अनुघुलन हुनसक्ने क्षमता तथा नवीनतावादी सोच थियो जसको माध्यमबाट बौद्ध धर्मका नयाँ–नयाँ थप क्रान्तिकारी र आमूल परिवर्तन ल्याउन सक्ने शाखा तथा उपशाखाहरु जन्मिए र यिनै शाखा तथा उपशाखाहरुले बौद्ध धर्म तथा दर्शनलाई प्राचीनकाल देखि वर्तमान समयको आधूनिक कालसम्म निरन्तर विस्तार भैरहन सहयोग प्रदान गरे ।
थेरवाद जसले बौद्ध धर्मको मूलरुपको संरक्षणमाथि निष्ठापूर्वक जोडदियो यसकारण यसका आदर्शहरु कठोर बन्दैगए र यसको सहज रुपान्तरण हुनसकेन तर महायान प्रतिरुपात्मक बन्दै गयो जसले हरेक क्षेत्रका सबैप्रकारका संस्कार, संस्कृति र परम्पराहरुको अवस्था र आवश्यकता विश्लेषण गरेर आफूमा त्यसै अनुसारको रुपान्तरण ल्याउन तयार हुदैगयो र तिब्रगतिमा विस्तार हुदैगयो । यहीकारणले वर्तमान समयमा विश्वभरि महायान बौद्ध धर्मका ५०० मिलियन भन्दा बढि अनुयायीहरु रहेकाछन् जो विशेष गरि पूर्वी एशिया र त्यसभन्दा वाहिर विश्वभरि फैलिएका छन् चाहे क्योटोका जेन बौद्ध भिक्षु हुन्, बेइजिंगका शुद्धभूमिका भक्त हुन् या सिओलका दार्शनिक हुन् सबै अमिताभ बुद्धका आध्यात्मिक पुत्र अवलोकित इश्वरका प्राचीन प्रतिज्ञा तथा संकल्प करुणालाई साझा गर्दछन् र आफ्नो व्यक्तिगत मुक्तिलाई त्यागेर संसारका सबै जीवहरुलाई बिना कुनै अपवाद सांसारिक दुःखहरुबाट मुक्ति दिलाउने संकल्प र प्रयत्न गर्दछन् ।
बज्रयान बौद्ध धर्मको प्रादुर्भाव र विस्तार
यसपश्चात पनि बौद्ध धर्म अझै प्रचार, विस्तार र विकासित हुदै गैरहेको थियो र यो महान कार्य पूर्वी एशियाको तिब्बतका राजा त्रिसंगडेटसंगले गरिरहेका थिए । बौद्ध धर्मको तेस्रो अत्यन्तै महत्वपूर्ण शाखा बज्रयानलाई गहिराइमा बुझ्न यसका अलौकिक कथाका विषयलाई जान्नुपर्ने हुन्छ । बौद्ध धर्मलाई प्रचार र विस्तार गर्ने क्रममा सन् ०७८२ मा तिब्बतका राजा त्रिसंगडेटसंग अत्यन्तै मुस्किल तथा असम्भव जस्तो लाग्ने समस्याको सामना गरिरहेका थिए । उनी आफ्नो पर्वतीय राज्यमा पहिलो पटक बौद्ध मठहरुको निर्माण गर्न चाहन्थे तर स्थानीय क्षेत्रको रहस्यमय कारणले संभव भैरहेको थिएन, बिना कारण बनाइएका मठका संरचनाहरुको जग, भित्ताहरु आफैं भत्किन्थे । यस्ता अचम्मका विभत्स दृश्यहरु देखेर मठ निर्माणको का मगर्ने कालीगढ तथा मजदुरहरु डराएर काम छोडेर भाग्न थाले । राजाका सल्लाहकारले त्यस स्थानमा गुप्त देवी–देवताहरुको वास रहेको कारण यस्तो भएको हुनसक्ने रहस्यपूर्ण विषय खुलासा गरे । ती देवी–देवताहरु उक्त स्थानमा युगौंदेखि वास गर्दै आइरहेका थिए र उनीहरुले नै आफूहरु युगौंदेखि रहदै आएको स्थानमा नयाँ धर्मको जग बसाल्न र त्यस धर्म तथा आस्थाको विस्तार गर्न बौद्ध मठ तथा स्तुपाहरु निर्माण गर्न दिरहेका थिएनन् । मन्त्रीबाट यस्तो चमत्कारिक विषयको खुलासा भएपछि बौद्ध मठ तथा स्तुपा बनाउन असम्भव देखेर राजा अलमलमा परे । तत्कालै यही समस्याको समाधान गर्न भारतका अनुभवी बौद्ध भिक्षु तथा बौद्ध बडागुरु पद्यम संभव तिब्बत गए जसलाई आजपर्यन्त तिब्बती बौद्ध भिक्षु तथा बौद्ध गुरुहरु रिम्पोचे तथा बडागुरुका रुपमा मान्दछन् र सम्मान प्रदान गर्दछन् । बडागुरु पद्यम संभव तन्त्रका ज्ञाता थिए र उनी धेरै प्रकारका गुप्त र शक्तिशाली आध्यात्मिक प्रयोगहरुमा प्रविण र अनुभवी थिए । तिब्बती परम्परा अनुसार बडागुरु पद्यम संभव पर्वतको बाटो हिडिरहेको समयमा उक्त क्षेत्रमा युगौंदेखि वास गर्दै आइरहेका स्थानीय देवी–देवताहरुसंग उनको साक्षातकार भयो जसले लामो समयदेखि पर्वतीय राज्य तिब्बतमा बौद्ध मठ तथा स्तुपा बनाउन अवरोध गरिरहेका थिए । उनीहरुसंग बडागुरु पद्यम संभवले मेलमिलापको प्रस्ताव अगाडि सारे । त्यहाँ स्थित देवी–देवताहरु मात्र नभएर एक–एक गरेर सबै साना–ठूला आत्मा, चेतना अर्थात उर्जाहरु बडागुरुको सामुन्ने आए, तुरुन्तै बडागुरु पद्यम सम्भवले आफ्नो तान्त्रिक कला कौशलको अनुभवको शक्तिले उनीहरु सबैलाई पवित्र किसिमले एकतामा बाधिदिए र उनीहरुको बिनास गर्ने उर्जालाई धर्मको रक्षा गर्ने रक्षात्मक र रचनात्मक शक्तिमा रुमान्तरण गरिदिए र उनीहरुलाई उक्त क्षेत्र छोडेर कतै जानु नपर्ने बरु मान्यता प्रदान गरिने र त्यसको बदलामा उनीहरुले बौद्ध धर्मको रक्षा र विकासमा सहयोग गर्ने अत्यन्तै सौहार्दपूर्ण वातावरणको निर्माण गरिदिए । यसपश्चात ती देवी–देवता, आत्मा, चेतना अर्थात उर्जाहरु बौद्ध धर्मका रक्षकका रुपमा रुपान्तरण भए र यही अलौकिक शक्ति बज्रयान बौद्ध धर्मको आधार बन्यो । बज्रयानको शाव्दिक अर्थ हिराको वाहन हो भन्ने गरिन्छ । हिरालाई पृक्ष्वीको सबैभन्दा कडा अर्थात बज्र पदार्थ तथा पत्थरको रुपमा मान्ने गरिन्छ । हिराले सम्बोधिको अटुट प्रकृति र त्यसलाई हासिल गर्नकालागि आवश्यक धारलाई दर्शाउछ । बौद्ध अनुयायी बज्रयानी साधक संसारिक भोगको कामना र अनुभवबाट भाग्न चाहदैनन्, बरु यो अवस्था र शक्तिलाई तिब्र आध्यात्मिक इन्धनको विकासको रुपमा उपयोग गर्दै यसैको माध्यमबाट यही जन्ममा, शरीरमै रहेर अर्थात शरीरको मृत्यु नभइकन सनातन अध्यात्मको सबैभन्दा अन्तिम अवस्था तथा विन्दु निर्वाण अर्थात मोक्ष अर्थात जन्म र मृत्युको चक्रबाट माथि उठाउने अन्तिम मुक्ति अर्थात इटरनल लिवरेसनमा उपलव्ध हुन चाहान्छन् ।
थेरवाद बौद्ध धर्म मनुष्यको व्यक्तिगत शुद्धिकरणमा जोड दिन्छ, महायान बौद्ध धर्म अनेक पूनरजन्महरुको कुरा गर्दछ, र बज्रयान बौद्ध धर्म एक अदभूत दाबी गर्छ कि सहि साधना तथा विधिको माध्यमबाट सम्बोधि(परमात्मा साक्षातकार) यही एकै जीवनमा हासिल गर्न सकिन्छ र सांसारिक जीवनका सबै दुःखहरुबाट मुक्त भएर निर्वाणमा उपलव्ध हुन सकिन्छ, यहीं र अहिले नै सम्बोधि हासिल गर्न सकिन्छ नकि कहीं दुर अनिश्चित भविश्यमा । तिब्बतमा विकसित भएका बज्रयान बौद्ध धर्मका अलौकिक आस्था र साधना विधिहरु बौद्ध धर्मका थेरवाद, महायान र जेन धर्ममा भएका भन्दा केही फरक र अनौठा प्रकारका थिए । बज्रयानका आस्था र साधना विधिहरुले जटिल ध्यानका कल्पनाहरु गर्दछ जसमा साधक स्वयंलाई बोधिसत्वको रुपमा कल्पना गरिन्छ; ध्यान साधनामा जप गरिने पवित्र मन्त्र जो शरीर र मनमा गुञ्जिन्छ; गुञ्जिायमान मन्त्रले साधकको वरिपरि सुक्ष्म मण्डल निर्माण गर्दछ; मन्त्रको सुक्ष्म मण्डलले साधकको चेतनाको मानचित्र बनाउछ; र यो अवस्थाले चेतनाको जागरुकतालाई उच्च अवस्थामा पुर्याएर साधकलाई पूर्णरुपमा जाग्रीत हुन मद्धत गर्दछ; र पूर्णरुपमा जाग्रीत साधक निर्वाणमा उपलव्ध हुन्छ । गौतम बुद्धद्वारा प्रतिपादन गरिएको बौद्ध धर्म प्रादुर्भाव भएको १००० वर्षसम्म यो अदभूत, अलौकिक साधनाको सभ्यता लुकेर बस्यो तर जव बौद्ध साधकहरुको ध्यान साधनामा यो अलौकिक ज्ञानको प्रष्फुटन भयो तिब्बत एउटा यस्तो अनौठो समाज बन्यो जहाँ सम्बोधि प्राप्ति दैनिक जीवनयापनको मूल व्यवहार र जीवनको मूल सिद्धान्तको अलौकिक भूमि बन्यो ।
तर विडम्बना सन् १९५० मा कुनैपनि धर्ममा आस्था नराख्ने चीनको कम्युनिष्ट सरकारले तिब्बतमाथि आफ्नो कब्जा जमाउने उद्देश्यले विभत्स आक्रमण गर्यो र त्यस आक्रमणले प्राचीन बज्रयान बौद्ध धर्मको साम्राज्यलाई लगभग एकरातमै पूर्णरुपमा ध्वस्त गरिदियो र बौद्ध भिक्षुहरुमाथि निर्मम किसिमले धरपकड गर्न थाल्यो । तिब्बतका १४ औं दलाई लामा आफ्नो भूमिमा हमलाकारीको क्रुरताका कारण आफू असुरक्षित रहको महसुस गरे र आफ्नो आस्था र धर्मलाई बचाउनका लागि सन् १९५९ मा तिब्बत छोडेर भारतमा शरण लिन पुगे र त्यसबेलादेखि वर्तमान समयसम्म तिब्बतका १४ औं दलाई लामा पुनः आफ्नो मातृभूमि फिर्ता पाउने आशमा निर्वासित विगत ६५ वर्षदेखि भारतमा जीवन बिताइरहेका छन् । भारतमा निर्वासित अवस्थामै रहेर दलाई लामाले आफ्नो आध्यात्मिक तथा धार्मिक परम्परालाई जिम्मेदारी पूर्वक निभाइरहेका र बचाइरहेका छन् । यो सोच्दै नसोचिएको असामयिक तिब्बतमाथि चीनिया हमला, बिनास, असुरक्षा र दलाई लामाको भारतमा हुदै आइको लामो निर्वासनको अवस्था वैश्विक आध्यात्मिक पुनरजागरणको अत्यन्तै सुनौलो अवसरको रुपमा देखियो साथै रुपान्तरणको आरम्भ र संवाहक बन्यो तथा बन्दै आइरहेको छ विगत ६५ वर्ष यतादेखि । तिब्बती बौद्ध भिक्षु तथा बौद्ध बडागुरु तथा गुरुहरु संसारभरि घुमेर खासगरि यूरोप अमेरीकाका विकसित मुलुकहरुमा आफ्नो बज्रयान बौद्ध धर्मका परम्परागत ज्ञान, यसका प्रभावकारी साधना विधिहरु, गुप्त रहस्यहरु आदिबारे अरुहरुलाई सम्झाउने, बुझाउने, सिकाउने तथा पढाउने महान कार्य गर्दैआइरहेका छन् जसले बौद्ध धर्म तथा दर्शनको संसारभरि थप प्रचार र विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका र योगदान प्रदान गरिरहेको छ । यसप्रकार परम्परागत तिब्बती समाजको बिनासले बज्रयान बौद्ध धर्मको वैश्विकरणलाई जन्म दियो र संसारभरिका मनुष्यहरुलाई गौतम बुद्धको पूर्वीय सनातन ज्ञानले सिंचित हुने दुर्लभ अवसर प्रदान गर्यो ।
छिट्टै,
बौद्ध धर्मका तीन शाखा- थेरवाद, महायान, बज्रयानविच विभिन्नता
Sunday, 7 June 2026
बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -१
डा. सिर्जना भण्डारी
बौद्ध धर्म विभाजनको सन्दर्भमा इतिहासकारहरुको मत
कुनैपनि धर्म तथा दर्शनमा धेरै यथास्थिथिवादी, परम्परावादी तथा पुरातनवादी बन्नु कहिलेकाहीं हानिकारक हुनसक्छ । गौतम बुद्धको महापरिनिर्वाण पश्चात यही अवस्था बौद्ध धर्म तथा दर्शनले बेहोर्नु परेको थियो । इतिहासकारहरुका अनुसार गौतम बुद्धले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान, विधि तथा उपदेशहरु गौतम बुद्ध शरीरमा रहदै समाजमा सक्रिय रहेर सर्वकल्याणका कार्यहरु गरिरहेकै समयमा व्यवहारिकता तथा प्रयोगात्मक अभ्यासका साथसाथ सैद्धान्तिक रुपमा अवस्था र आवश्यकता अनुसार एकसाथ समय–समयमा लिपिवद्ध गरेर लिखित दस्तावेज, शास्त्र तथा ग्रन्थहरुको स्वरुपमा संरक्षित गरिएका थिए भने बौद्ध धर्म तथा दर्शनले गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनको संरक्षण व्यवस्थापन गर्ने क्रममा मूलसार तथा मूलमर्म हराएको सिद्धान्त जस्तो अस्थिर बन्नुपर्ने थिएन, अस्थिरता बेहोर्नु पर्ने थिएन, अनिश्चितता र विभाजन बेहोर्नु पर्ने थिएन । गौतम बुद्धले आफ्ना उपदेशहरु मार्फत प्रदान गरेका सैद्धान्तिक शिक्षा, ज्ञान, विज्ञान र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा गरिने विधिहरु व्यवस्थित ढंगले समयमै लिपिवद्ध गरिएका थिए भने बिनाकुनै अनिश्चितता र अतिरिक्त मेहनत बुद्धका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु एक पिढीबाट अर्को पिढीमा सजिलै हस्तानतरण हुन सक्थे, वास्तविक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुले निरन्तरता पाउथे, बौद्ध धर्म तथा दर्शनको मूलसार तथा मूलमर्म एउटै रहिरहने थियो, र एउटै संघमा एक ढिक्का भएर एकै समुहमा रहेर बौद्ध धर्म तथा दर्शनको विकास अझ उच्चस्तरमा हुनेथियो, साथै प्रचार र विस्तार पनि तिब्रगतिमा हुनेथियो ।
यस सन्दर्भमा अर्काप्रकारका इतिहासकारहरुको फरक र प्रगतिउन्मुख रहेको छ, उनीहरुका अनुसार इतिहासमा धेरै धर्म तथा दर्शनहरु लामो समयसम्म एकै विचारधारामा रहिरहदा समयक्रमसंग कमजोर हुदै गएका र विस्तारै लोप भएर गएका धेरै उदाहरणहरु रहेकाछन् तर बौद्ध धर्म तथा दर्शनमा समयक्रमसंग धेरै बदलावका विविधताहरु देखिएका कारण यसले आज पयन्त निरन्तरता पाउा सफल भयो । केही विशेष कारणले प्रादुर्भाव भएको आफ्नो मूलभूमि नेपाल र भारतबाट लुप्त भएपनि विविधताकै कारणले विश्वभरि फैलिएर गयो र आजसम्म पनि यूरोप, अमेरिकाका पश्चिमेली देशहरुमा विस्तार भैरहेको छ । बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको समयदेखि आजपर्यन्त यति लामो समयसम्म टिकीरहनु र निरन्तर विस्तार भैरहनुको मूलकारण यसमा देखा परेका मतभेद, विविधता र विभाजननै बनेको छ । तत्कालै लिपिवद्ध भएर लिखतका रुपमा तथा ग्रन्थका रुपमा संरक्षित र व्यवस्थित गरिएको थियो भने बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यता, नियम, सिद्धान्तहरु अकाट्य तथा अपरिवर्तनशील, स्थिर बन्ने थिए र यी शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा परिवर्तन, नवीनता तथा विविधताको कुनै गुन्जायस रहने थिएन र तिनै एकैप्रकारका साँघुरा, कठोरताका नियम तथा मूल्य–मान्यताहरुमा अगाडि बढिरहन बाध्य हुनेथियो जसले बौद्ध धर्म तथा दर्शनको लोकप्रियता र यसप्रतिको रुचि घटाउदै लानेथियो । यसरी कडाइका साथ धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान, विधि, सिद्धान्तहरुका सैद्धान्तिक र व्यवहारिक विषयहरु संरक्षित गरिदा चाहेर या नचाहेर र जानेर या नजानेर यी कार्यहरु कठोर व्यवस्था बन्नसक्थे र नयाँ युग, अवस्था, परिस्थिति तथा नयाँ पुस्ताहरुको रुचि र आवश्यकताको हिसावले त्यसअनुरुप ढल्न तथा परिवर्तित हुन सक्ने थिएनन् ।
इतिहासकारहरुकै मत अनुसार बौद्ध धर्म तथा दर्शनका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु गौतम बुद्ध शरीरमा रहदै तत्कालै लिपिवद्ध गरेर संरक्षित तथा व्यवस्थित नगरिनुमा गौतम बुद्धकै अरुचि भएको कारणले थियो किनकी गौतम बुद्ध स्वयं आफ्ना शिष्य, अनुयायी तथा आम मानिसहरुलाई बारबार सल्लाह तथा प्रेरणा प्रदान गर्ने गर्थे, “सबै कुरा तथा विषयहरु नस्वर छन्; सबै अनित्य तथा परिवर्तनहील छन्; केही पनि स्थिर छैनन्; यसकारण कुनै पनि एक घटना तथा विषयको सन्दर्भमा एकोहोरो प्रकारले लगाव नराख्नु, त्यसउपर रहेको एकोहोरो आशक्ति छोड्नु, आफूमा परिवर्तनका लागि संधै तयार रहनु र संधै नै मध्यमार्गमा रहनु ।” यसप्रकारको सोचबाट यो स्पष्ट अनुमान गर्न सकिन्छ कि गौतम बुद्ध स्वयंनै खुकुलोपन, लचकता, नवीनता र विविधताका पक्षपोसक थिए, परिवर्तनमा विश्वास राख्थे । यसकारण गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनमा नवीनता र विविधताले प्रवेश पायो । यसको विपरित बौद्ध धर्म तथा दर्शनलाई संरक्षित र व्यवस्थित गर्ने नाममा अपरिवर्तनशील कठोर मूल्य–मान्यताहरु राखेर सार्वजनिक गरिएको थियो भने यसप्रकारको परिवर्तन, नवीनता र विविधताले प्रवेश पाउन प्रवेश पाउने थिएन र यसरी संसारभरि बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार हुने थिएन । यस सन्दर्भमा यो भन्दा फरक मत राख्ने इतिहासकारहरुका अनुसार कुनै धर्म तथा दर्शनका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई समयमै आवश्यक संरक्षण तथा व्यवस्थापन नगरि धेरै खुकुलो छोडियो तथा चाहिने भन्दा बढि लचकता अपनाइयो भने त्यस धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान, मूल्य–मान्यता, सार तथा मर्म, आस्था, संस्कृति, परम्पराहरु आफ्नो वास्तविक स्वरुपबाट बदलिदै जान्छन्, आफ्नो वास्तविक अर्थ र महत्व गुमाउदै जान्छन् र लोप हुने सम्भावना बढ्दै जान्छ र लोप हुनसक्छन् । यसरी गौतम बुद्धकै समयमा उनी स्वयंलेनै आफूले प्रदान गरिएका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई निश्चित प्रकारले संरक्षित तथा व्यवस्थित नगरी समयको वहावसंगै आफ्नो किसिमले अगाडि बढ्न खुकुलो छोडिएको तथा लचकता अपनाइएको कारण गौतम बुद्धको महापरिनिर्वाण पश्चात मूल गुरुको भौतिक अनुपस्थितिमा शिष्य तथा अनुयायीहरुमा गुरुबाट आफूले प्राप्त गरेका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुको सन्दर्भमा मत विभाजन, मतभेद, वादविवादहरु देखिएका कारणले बौद्ध धर्म तथा दर्शन विभाजनको संघारमा पुग्यो र समयक्रम संगै क्रमशः धेरै प्रकारका विभाजनहरु बेहोर्दै गयो । यिनै मत विभाजन, मतभेद, वादविवादहरुले बौद्ध धर्म तथा दर्शनमा युग सान्दर्भिक परिवर्तन, नवीनता र विविधता भित्र्यायो र विश्वभरि विस्तार भयो ।
बौद्ध धर्म तथा दर्शन किन र कसरी विभाजित भयो
कुनैपनि धर्म, आस्था तथा दर्शनहरुका संघ, संगठनहरुको विकासक्रम र पतनको इतिहासलाई हेर्दा परम्पराको नाममा कठोरपन अनुशरण गरेका धर्म, आस्था तथा दर्शनहरु प्राम्भिक चरणमा राम्रोसंग विकसित भएका भएपनि पूराना र नयाँ पुस्ताहरुको विचारमा मतभेद आएका कारण ती धर्म, आस्था तथा दर्शनहरुका अनुयायीहरुको संख्या कम हुदै गएर विस्तारै पतन तथा लोप भएर अस्तित्वमै नरहेका देखिन्छन् । तर लचिलोपन अनुशरण गरेका धर्म, आस्था तथा दर्शनहरु बदलिदो समयसंग आएका अवस्था र परिस्थितिहरुको माझमा आफूलाई बचाएर राख्न सहज र सफल भएका र निरन्तर विकास भैरहेका देखिन्छन् । इतिहासको यो अनुभवको प्रसंग बौद्ध धर्म तथा दर्शनसंग मेल खाएको देखिन्छ, परम्परावादी भिक्षुहरुले आफ्नो संरक्षित स्वरुप अर्थात पुरानो संरक्षणवादी परम्परामा लचकता नअपनाएका तथा आफूलाई युग सान्दर्भिक हुनेगरि नबदलेका र युग सान्दर्भिक हुनेगरि नवीन परिवर्तनहरुलाई अनुशरण नगरेका कारण नयाँ पुस्ताका नवीनतावादी भिक्षुहरुले पुरातनवादीसंग सम्झौता गरेनन्, बौद्ध संघमा विभाजन आयो र परम्परावादीहरु सानो संख्यामा सीमित हुनपुगे तर नवीनतावादीहरुको संख्या तिब्रगतिमा बढ्दै गयो । बौद्ध धर्म तथा दर्शनको महापरिनिर्माण सुत्तका अनुसार गौतम बुद्धको अन्तिम मार्गदर्शन स्पष्ट थियो, “सबै कुरा तथा वस्तुहरु नस्वर छन्, मेहनेत गर्दै गर, एउटै कुरा तथा वस्तुहरुमा आशक्त भएर नबस ।” बुद्धको यस अन्तिम मार्गदर्शनको शिक्षा तथा ज्ञान अनुसार सबै कुरा तथा वस्तुहरु नाश भएर जाने प्रकारका नश्वर छन्, परिवर्तनशील छन्, निश्चित समयपछि नष्ट भएर जान्छन् यसकारण नयाँपन र परिवर्तनका लागि लचिलो बन र केही कुरा तथा विषयप्रति आशक्त नबनीकन परिवर्तनहरुलाई आत्मसाथ गर्दै मेहनत गरेर जीवनमा अगाडि बढिराख । तर गौतम बुद्धले यो बताएनन् कि आगामी दिनमा नयाँ पिढीहरुलाई कसरी बौद्ध धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गर्ने; उनीहरुलाई कसरी मार्गनिर्देश गर्ने र बौद्ध धर्म तथा आदर्शमा सहज गराउने; उनीहरुकालागि यी शिक्षा, ज्ञान, विज्ञान, विधि तथा मार्गनिर्देशहरु कसरी संरक्षित गर्ने र उनीहरुलाई कसरी एकै संघमा आवद्ध गरिराख्ने । बौद्ध धर्म तथा दर्शनको संरक्षण र सहज व्यवस्थापनका लागि गौतम बुद्धले आफ्नो शेखपछिको उत्तराधिकारी पनि कसैलाई नियुक्त गरेनन् र कुनै पदाधिकारीको व्यवस्था पनि बनाएनन् । यसप्रकार गौतम बुद्धले आफ्नोे शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुको व्याख्या, संरक्षण र व्यवस्थापनका लागि परिवर्तनशीलता, नवीनता र विविधता अंगाल्न सक्ने गरि मार्ग खुल्ला छोडिदिए । तर समयको प्रवाहसंगै नितनित बदलिरहेका अवस्था र परिस्थितिहरु बौद्ध धर्म तथा दर्शनकालागि सहज भएनन् । बदलिदो अवस्था र परिस्थितिहरुमा जव बौद्ध धर्म तथा दर्शनका गौतम बुद्धले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु र यिनको मूलसार तथा मूलमर्म निक्र्यौल गरेर लागू गर्नुपर्ने अवस्था आयो तव बौद्ध भिक्षुहरुविच आ–आफ्ना अनुभवहरु व्याख्यामा विविधता देखियो र मत विभाजन भयो । यिनै मतभेदहरुका कारण बौद्ध संघमा विस्तारै वादविवाद र बहस हुन प्रारम्भ भयो र बौद्ध धर्म तथा दर्शन प्रारम्भमा इशाको पहिलो शताव्दी(सन् ००७२)मा आयोजना गरिएको चौथो बौद्ध परिषद भेलामा प्रमुख दुई मूल शाखा– (१)थेरवाद, र (२)महायानमा विभाजित हुन बाध्य भयो । यसपश्चात इशाको दोस्रो, तेस्रो, चौथो शताव्दीमा क्रमशः रुपान्तरण र विकास हुदै पूर्वी एशियाको विशाल चीनमा महायान शाखाको अर्को स्वरुप जेन बौद्ध धर्मको प्रादुर्भाव भयो । इशाको सातौं शताव्दीमा पूर्वी एशिया तिब्बतमा (३)बज्रयान शाखाको प्रादुर्भाव भयो । विस्तारै यिनै शाखाहरुबाट उपशाखाहरुका रुपमा विभाजित हुदै ६५(कतै १०० उल्लेख रहेको) भन्दा बढि विभाजित शाखाहरु अस्तित्वमा देखिए र समयक्रमसंगै यिनै बौद्ध शाखा तथा उपशाखाहरु विश्वभरि फैलिए र फैलिरहेका छन् वर्तमान समयसम्म पनि । बौद्ध धर्म तथा दर्शनको सबैभन्दा नयाँ तथा पछिल्लो शाखा सन् १९५६ मा पादुर्भाव भएको (४)नवयान रहेको छ ।
यसप्रकारका विभाजनहरु बौद्ध धर्म तथा दर्शनका लागि दुःखद र फलदायि दुवै रुपमा देखियो र हेरियो । दुःखद यसकारण देखियो कि यो अवस्थाले सिंगो बौद्ध संघ र समुदायहरुलाई कमजोर बनाइदियो, विभाजित गरिदियो, जसले एकप्रकारको साझा लक्ष्य राखेका थिए बौद्ध धर्म तथा दर्शनको व्याख्या, संरक्षण र व्यवस्थापनको सन्दर्भमा र सबैमाझ आफ्ना शुभचिन्तनहरु साझा गरिहेका थिए; गौतम बुद्धले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा विविधता देखाइदियो देखाएर अनिश्चितता र अस्थिरता खडा गरिदियो; संघ र समुहको विभाजनसंगै विभाजनको वैधतालाई लिएर संघर्ष पैदा गरिदियो जो आजसम्म पनि चलिरहेको छ विभिन्न साना–ठूला स्वरुपहरुमा । र फलदायि यस अर्थमा देखियो कि यसबाट बौद्ध धर्म तथा दर्शनको रक्षा भयो, युगयुगसम्म निरन्तरता पाइरह्यो र संसारभरि प्रचार र विस्तार भइरह्यो । इतिहासकारहरुका अनुसार यदि बौद्ध धर्म तथा दर्शन परम्परागत मूल्य–मान्यताका रुपमा मात्र अगाडि बढेको हुन्थ्यो भने सजिलैसंग कमजोर हुन र संसारबाट लोप हुन सक्थ्यो । एक प्रकारका इतिहासकारहरुको मत रहदै आएको छ कि, यो विभाजन नै बौद्ध धर्म तथा दर्शन २५०० वर्षसम्म विस्तार भैरहनु र टिकिरहनुको कारण बन्यो र वर्तमान समयसम्म पनि त्यस्तै चाह र उत्साहकासाथ विश्वभरि बौद्ध धर्म तथा दर्शन विस्तार भैरहेको छ, वैश्विक धर्म बन्दै गैरहेको छ र वैश्विक धर्मका रुपमा स्थापित भएको छ ।
सबै शाखाहरुका आ–आफ्ना आदर्श
बौद्ध धर्म तथा दर्शनको विभाजनको सन्दर्भमा कसरी गौतम बुद्धको महापरिनिर्वाण पश्चात आफू बुद्धत्वमा उपलव्ध भएपछि एकै समयमा दिइएको एउटा गुरुको एकै शिक्षा, उपदेश, ज्ञान, विज्ञान तथा विधिहरु पूनः परिभाषित गर्ने क्रममा बौद्ध धर्म तथा दर्शनका तीन मूख्य मार्ग तथा शाखाहरु बन्नपुगे भन्ने अत्यन्तै चाख लाग्दो र पेचिलो सवाल रहदै आइरहेको छ । बौद्ध धर्म तथा दर्शनको विभाजन हुनुमा केवल गौतम बुद्धद्वारा प्रदान गरिएका शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा विधिहरुको सैद्धान्तिक र व्यवहारिक संरक्षण तथा व्यवस्थापन गर्ने विषय मात्र नभएर बौद्ध शिष्य तथा अनुयायीहरुको अधिकार, स्मृत्ति, शक्ति र नवीनताको विषय अझ सशक्त रुपमा उठेको थियो । गौतम बुद्धको महापरिनिर्वाण पश्चात सामुहिक छलफल गरेर सबैको साझा निर्णय लिनकालागि चारवटा उच्चस्तरिय परिषद भेलाहरु आयोजना गरिएका थिए अगाडिका दिनहरुमा कसरी गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा विधिहरुलाई संरक्षण, व्यवस्थापन गरेर निरन्तरता दिने र कसरी बौद्ध धर्म, आस्था तथा दर्शनलाई अगाडि बढाउने र प्रचार–प्रसार गर्ने भन्ने सन्दर्भमा । यिनै सामुहिक परिषदका भेलाहरुमा भएका छलफल तथा बहसका क्रममा स्पष्ट रुपमा दुई समुह देखापरे, पहिलो चल्दै आएको परम्परालाई नै निरन्तरता दिने र दोस्रो बदलिदो समयसंग सामन्जस्य मिलाउदै नवीनतालाई समावेश गर्दै अगाडि बढ्ने । यी दुई परम्परावादी र नवीनतावादी विच सर्वसम्मत समझदारी बन्न सकेन र बौद्ध धर्म तथा दर्शन दुई शाखामा विभाजन भयो– (१)परम्परावादी तथा थेरवाद, र (२)नवीनतावादी तथा महायान ।
थेरवाद बौद्ध धर्मको आदर्श
बौद्ध धर्म तथा दर्शनको परम्परावादी थेरवाद शाखालाई हिनयान शाखा अर्थात सानो तथा कमजोर सवारी(लेसर भेइकल) का रुपमा मानिन्छ र यो मान्यता आफूलाई महासंघी मान्ने बौद्ध शाखा नवीनतावादी महायान अर्थात बलियो सवारी(ग्रेटर भेइकल)ले दिएको हो थोरै बौद्ध अनुयायीहरुलाई मात्र समेट्न सक्ने कमजोर बौद्ध संघका रुपमा आलोचनात्मक दृष्टिकोणबाट । परम्परावादी बौद्ध शाखा थेरावादले गौतम बुद्ध कुनै अवतार पुरुष तथा चमत्कारीक व्यक्ति नभएर एक सामान्य मनुष्य थिए र उनी आफूले निरन्तर निष्ठापूर्वक गरेको तपस्या तथा ध्यान साधनाको माध्यमबाट सांसारिक दुःखहरुबाट पूर्णतः मुक्त भएर निर्वाणमा उपलव्ध भएका थिए भन्ने वास्तविकतालाई अनुशरण गर्दछ र मनुष्यले आफू स्वयंले प्रयत्न गरेर ध्यान साधनाको माध्यमबाट व्यक्तिगत चेतनाको विकास र निर्वाणमा उपलव्धत हुने अवस्थालाई मूल आदर्श तथा दर्शन मान्दछ । गौतम बुद्ध स्वयंले पनि आफ्ना शिष्य तथा अनुयायीहरुसंग यस्तै भाव व्यक्त गर्ने गर्दथे, “म सबैजस्तै सामान्य मानव हुँ, कुनै इश्वरको अवतार तथा भगवान होइन, देवता होइन, मेरो मुर्ति र मन्दिर नबनाउनु, मेरो पूजा नगर्नु; निरन्तर निष्ठापूर्वक गरिने ध्यान साधनाको माध्यमबाट सांसारिक जीवनका सबै दुःखहरुबाट मुक्ति पाउन सकिन्छ; आफ्नो चेतनाको विकास गरेर शुन्यता तथा निर्वाणमा उपलव्ध हुन सकिन्छ; र आफ्नो गुरु आफैं बन्न सकिन्छ; मैले ध्यान साधनाबाट हासिल गरेका सैद्धान्तिक र व्यवहारिक ज्ञान, विज्ञान तथा प्रयोगात्मक विधिहरुलाई आफूले अनुशरण गर्नु; आफ्नो दियो तथा गुरु आफैं बन्नु, सबैप्रति करुणा भाव राख्नु; सक्दो यी जीवन उपयोगी सैद्धान्तिक र व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा प्रयोगात्मक विधिका विषयहरु अरु समक्ष पुर्याउनु र उनीहरुलाई जीवनको दुःखबाट वाहिर निस्कन मद्धत गर्नु; हरेक मनुष्यको अन्तरमा यो क्षमता स्थित रहेको छ प्राकृतिक रुपमा र हरेक मनुष्यले आफ्नै प्रयासबाट यो अवस्था हासिल गर्न सक्दछ ।” यसर्थ थेरवाद शाखाले गौतम बुद्धलाई निर्वाण तथा सम्बोधिमा उपलव्ध भएको महान व्यक्ति, महापुरुष तथा चैतन्य चेतनाको श्रेणीमा राख्दछ, इश्वर तथा भगवानको अवतारको रुपमा मान्दैन । यसकारण बौद्ध धर्म तथा दर्शनको थेरवाद शाखाले गौतम बुद्ध स्वयंले ध्यान साधनाबाट प्राप्त गरेका उनीदवरा प्रदत्त सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिलाई प्राथमिकता दियो र बुद्धको मूर्तिलाई पूजा नगर्ने विधान कायम गर्यो । आत्मअनुशासन र ध्यान साधनाको माध्यमबाट जो कोही व्यक्ति निर्वाण, मोक्ष तथा अन्तिम मुक्ति(इटरनल लिवरेसन)मा उपलव्ध हुनसक्छ र सदाकालागि जन्म–मृत्युको चक्रबाट माथि उठ्न सक्छ भन्ने आदर्शको मान्यतामा जोड दियो ।
महायान बौद्ध धर्मको आदर्श
संसारका हरेक दर्शन, धर्म, संस्कृति तथा परम्पराले कुनै न कुनै समयमा यो सवालको सामना गर्नुनै पर्छकि मानव सभ्यताको विकास हुने क्रममा समयसंगै तत्कालीन अवस्था तथा परिस्थितिमा आएका परिवर्तनहरुका क्रममा आफ्नो मूलस्वरुपको रक्षा गरेर साँघुरो दायरामा आफूलाई खुम्च्याइ राख्ने या त्यसमा युग सुहाउदो बदलाव आउन दिएर धर्म तथा दर्शनको मूल भाव, सार तथा मर्मलाई युगौं युगसम्म बचिरहने र निरन्तरता पाइरहने अवस्थाको निर्माण गर्ने । बौद्ध धर्म तथा दर्शनमा देखिएको यही शंकटको समाधान गर्न गौतम बुद्धको महापरिनिर्वाणको तीन महिना पश्चात इशापूर्व ४८३ मा डाकिएको पहिलो बौद्ध परिषद भेलामा गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, विधि तथा उपदेशहरु सबै जस्ताको त्यस्तै बचाउन सक्दो प्रयास गरेका थिए अरहन्त(निर्वाण तथा बुद्धत्वमा उपलव्ध) भिक्षुहरुले तर एक र अर्को भिक्षुविच एउटै विषयको सन्दर्भमा मैले यस्तो सुनेको थिएं र यसरी बुझेको थिएँ भनेर आ–आफ्नो स्मृतिहरु पेश गर्ने क्रममा स्मृतिहरु बाझिएर फरक–फरक मत आएका तथा मतभेद, बहस, खिचातानी भएका कारण मतक्यता हुन सम्भव भएन । यिनै सवालहरु बौद्ध धर्म तथा दर्शनका एकपछि अर्को शताव्दीमा गरिएका चारवटै उच्चस्तरिय बौद्ध परिषद भेलाहरुमा हरेक पटक बहसको विषय बनिरहे । पूरानो पुस्ताका परम्परावादी तथा बुझ्रुक भिक्षुहरु र नयाँ पुस्ताका नवीनतावादी भिक्षुहरुको साझा सहमति जुट्न नसकेको कारण सन् ००७२ मा राखिएको चौथो बौद्ध परिषदमा धेरै संख्यामा रहेका नवीनतावादी बौद्ध भिक्षुहरु थोरै संख्यामा रहेका परम्परावादी बौद्ध भिक्षुहरुलाई छोडेर वाहिरिए सदकालागि र आफूलाई महासंघी तथा महायान शाखाको रुपमा चिनाउदै बौद्ध धर्मको अलग शाखा खडा गरे र आफ्नो अलग्ग परिषद भेला आयोजना गरेर अगाडि बढे ।
बौद्ध धर्म तथा दर्शनका महासंघी तथा महायान शाखाले गौतम बुद्ध साधारण मनुष्य थिएनन्, इश्वरका अवतार थिए र मानवताको कल्याण गर्नकालागि धर्तीमा अवतार लिएर आएका थिए भन्ने भाष्य निर्माण गर्यो र आफ्नो संघमा यही भाष्यलाई आदर्श बनायो । महायान शाखाका अनुसार गौतम बुद्ध कुनै साधारण मानव तथा व्यक्ति होइनन्, बोधिसत्व(निर्वाण प्राप्त गर्ने मार्गमा रहेको साधक)को अंशका रुपमा करुणावस धर्तीमा बारबार जन्म लिएर आइरहन्छन् ताकि अरुको जीवनमा सहि प्रकारले सहयोग र मार्गनिर्देश गर्न सकियोस् र उनीहरुलाई सांसारिक दुःखहरुबाट मुक्त गर्न सकियोस् । यसप्रकारको विचारधारा सार्वजनिक गरेर गौतम बुद्धलाई परमशक्ति तथा सम्बोधिको अवतार बोधिसत्वकोे स्वरुप रहेको मान्यता प्रदान गरेर महायान बौद्ध शाखाले गौतम बुद्धको मूर्ति बनाउन शुरु गरे र मूर्ति स्थापना गर्न गुम्बा तथा स्तुपा बनाएर भगवानको रुपमा पुज्ने परम्परा प्रारम्भ गरे र आफ्नो मूल दथ्य बनाए यसप्रकारले गौतम बुद्धका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान, उपदेश, देशना तथा विधिहरुलाई संसारभरि विस्तार गर्नुपर्छ ताकि सक्दो सबै मनुष्यहरुको भलाई होस्; व्यापक मात्रामा सर्वकल्याणका मानवीय कर्महरु गरिउन; र ठूलो संख्यामा मनुष्यहरुले एकैसाथ संसारका दुःखहरुबाट मुक्त भएर निर्वाणमा उपलव्ध हुन सकुन भन्ने विशाल अभियान महायानले प्रारम्भ गर्यो । यही विन्दुबाट गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, विधि, उपदेश तथा देशनाहरुलाई बौद्ध दर्शनबाट बौद्ध धर्मको स्वरुपमा धारण गर्न प्रारम्भ गरियो अर्थात बौद्ध दर्शनबाट बौद्ध धर्ममा रुपान्तरण गरियो र गौतम बुद्धलाई बौद्ध धर्मको प्रवर्तक तथा इश्वरको अवतार भगवानको रुपमा मूर्ति बनाएर, बौद्ध मठहरु निर्माण गरेर, बौद्ध मठहरुमा भगवान बुद्धका विभिन्न स्वरुप र आकारका मूर्तिहरु स्थापना गरेर पूजा गर्न प्रारम्भ गरियो । यसरी महायान शाखाको माध्यमबाट नवीन आदर्श, ग्रन्थ, सिदान्त, आस्ता तथा मूल्य–मान्यताहरुका साथ बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतबाट अन्य देशहरुमा तिब्रगतिमा प्रचार र विस्तार हुन प्रारम्भ भयो ।
बज्रयानबौद्ध धर्मको आदर्श
गौतम बुद्धको महापरिनिर्वाण भएको शताव्दिऔंपछि इशाको सातौं शताव्दीसम्म आइपुग्दा थप नवीनताका साथ दिव्य परालौकिक शक्ति र मूल्य–मान्यताहरुलाई आत्मसाथ गर्दै पूर्वी एशिया तिब्बतको हिमालयमा बौद्ध धर्म तथा दर्शनको तेस्रो नयाँ शाखा बज्रयानको प्रादुर्भाव भयो र फरक प्रकारको अस्तित्वमा देखियो । बज्रयानको शाव्दीक अर्थ बज्र समानको बलियो सवारी (दि भेइकल अफ थन्डर बोल्ट) भन्ने रहेको मानिन्छ । बज्रयान शाखाले चमत्कारमा आस्था तथा विश्वास राख्ने तान्त्रिक पद्धतिलाई बौद्ध धर्मको आदर्श मार्गमा जोड्यो । बज्रयानले गरेको दावी अनुसार भगवान गौतम बुद्धको अलौकिक शिक्षा, ज्ञान, विज्ञान तथा ध्यान साधनाका प्रयोगात्मक विधिहरुको निष्ठापूर्वक अनुशरण गरेर यही एकजन्म तथा वर्तमानको जीवनमै निर्वाण तथा मोक्षमा उपलव्ध हुन सकिन्छ । निर्वाण तथा मोक्ष हासिल गर्न कोही मनुष्यले शरीर त्याग्नु तथा मर्नु पर्दैन, यो क्षमता सबै मनुष्यहरुमा प्राकृतिक रुपमै निहित रहेको छ र यही नै बौद्ध धर्म तथा दर्शनको मूल आदर्श हो ।