'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 13 June 2026

संक्षिप्तमा बौद्ध दर्शनका शास्त्रहरु र ध्यान विधि (अन्तिम भाग)

डा. सिर्जना भण्डारी 



पृष्ठभूमि

प्रारम्भमा गौतम बुद्धका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु सबै प्रवचन तथा देशनाहरुका माध्यमबाट चल्दै आइरहेका थिए, बौद्ध धर्म तथा दर्शनका कुनै प्रामाणिक शास्त्र तथा ग्रन्थहरुमा लिपिवद्ध गरेर संग्रहित र संरक्षित गरिएको थिएन । तथागत(परमसत्यमा एकाकार)गौतम बुद्धले प्रदान गरेका बौद्ध धर्मका सबै उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई बौद्ध संघका सदस्य तथा बौद्ध धर्मका अनुयायीहरुले कण्ठ गरेर आ–आफ्नो स्मृतिमा राख्ने गर्दथे । पुस्तौं–पुस्ता बौद्ध धर्मका शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधि तथा पवित्र मन्त्रहरु केवल भिक्षुहरुको स्मृति र स्मरणमा जिवीत रददै आइरहेका थिए । लिखित रुपमा कुनै पनि बौद्ध शिक्षा तथा साधनाका विधिहरु संग्रहित नगरिएका कारण विशेष अवसरहरुमा बौद्ध धर्मका सबै शिक्षा, ज्ञान, विज्ञान, साधनाका विधि तथा मन्त्रहरु कण्ठाग्र पारेका क्षमतावान भिक्षुहरुले स्मरण गरेर मुखाग्र वाचन गर्नेगर्थे र परम्परा तथा संस्कृतिका कामहरु सम्पन्न गर्ने गरिन्थ्यो । इशापूर्व ४८३ मा ७९ वर्षको उमेरमा गौतम बुद्धको महापरिनिर्वाण भए पश्चात उनले आफ्नो जीवनकालभरि सक्रिय रहेर ४५ वर्षसम्म अरुलाई प्रदान गरेका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु एकसाथ संग्रहित गरेर सुरक्षित राख्न र बौद्ध संघ, भिक्षु तथा अनुयायीहरुले आफ्नो जीवनशैली कस्तो बनाउने भन्ने सन्दर्भमा अनुशासनका नीति–नियमहरु निर्माण गर्न इशापूर्व ४८३ मा वरिष्ठ बौद्ध भिक्षु महाकश्यपको नेतृत्वमा पहिलो बौद्ध परिषद भेला डाकिएको थियो । पहिलो बौद्ध परिषदमा पहिलो पटक गौतम बुद्धद्वारा प्रदान गरिएका सबै उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु अरहन्त(निर्वाणमा उपलव्ध) बौद्ध भिक्षुहरुको स्मृति र स्मरणको माध्यामबाट एकसुत्रमा संग्रहित गरेर क्षमता भिक्षुहरुले आ–आफ्नो स्मृतिमा राखेर आवश्यक परेको अवस्थामा स्मरण गरेर मौखिक रुपमा वाचन गर्नेगरि तीन भागमा विभाजन गरियो र यस संग्रहलाई त्रिपिटक(तीनवटा बाकस तथा पाली क्यानन्) नामाकरण गरियो– (१)सुत्त पिटक, (२)विनय पिटक, र (३)अभिधम्म पिटक ।   


बौद्ध धर्मका शास्त्र तथा ग्रन्थहरु

तथागत गौतम बुद्धका शव्द, वाणी, वचन, उपदेश, देशना, पवित्र मन्त्र, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु सबै संग्रहित, संरक्षित र व्यवस्थित गर्नकालागि बौद्ध भिक्षुहरुको स्मृति तथा स्मरणको माध्यमबाट संकलन गरिएका संग्रहहरुलाई बौद्ध शास्त्र तथा ग्रन्थ भनिन्छ । भाषा तथा लिपिको आधारमा वर्तमान समयसम्म अनुशरण गर्दै आइराखिएका बौद्ध ग्रन्थहरुलाई तीन भागमा विभाजित गरिएको छ– (१)पालि भाषा तथा लिपि, (२)संस्कृत भाषा तथा लिपि, र (३)तिब्बती भाषा तथा लिपि । बौद्ध धर्म तथा दर्शनका मूल प्रवर्तक गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनलाई व्यवस्थित ढंगले कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा ठोस निर्णय लिन इशापूर्व ४८३ मा डाकिएको पहिलो बौद्ध परिषदमा बौद्ध धर्म तथा दर्शनका सबै उपदेश, मन्त्र, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु अरहन्त भिक्षुहरुको स्मृति र स्मरणको सहयोगमा एकसुत्रमा संग्रह गरेर सुरक्षित गरिएको भएपनि यसलाई लिखित दस्तावेजमा सुरक्षित रहनेगरि लिपिवद्ध गरिएको थिएन । बौद्ध धर्म तथा दर्शनले पुस्तौं–पुस्तासम्म बौद्ध भिक्षुहरुको स्मृति, स्मरण र मुखाग्र वाचनका माध्यमबाट निरन्तरता पाउदै आइरहेको थियो । बुद्धत्व तथा सम्बोधिमा उपलव्ध भएपश्चात ४५ वर्षसम्म सक्रिय रहेर ७९ वर्षको उमेरमा गौतम बुद्धको महापरिनिर्वाण भएको करिव ५०० वर्षपछि पहिलो पटक इशाको पहिलो शताव्दीमा दक्षिण एशियामा बौद्ध धर्म तथा दर्शनका थेरवाद शाखाका अनुयायीहरुद्वारा बौद्ध धर्म तथा दर्शनको सबैभन्दा पहिलो, प्राचीन, प्रामाणिक, प्रमुख र सबैभन्दा ठूलो ग्रन्थ त्रिपिटक पालि भाषा लेखेर लिपिवद्ध गरिएको थियो । यो महान र दिव्य कार्य दक्षिण एशियाई देश श्रीलंकामा इशाको पहिलो शताव्दी(इशापूर्व ८० देखि २५ को विच)मा बौद्ध धर्म तथा दर्शनको मातृसंस्था तथा मूलशाखा थेरवादका अरहन्त भिक्षुहरुद्वारा ताडीको पातमा लेखेर संग्रहीत र सुरक्षित गरिएको थियो । 


बौद्ध दर्शनको त्रिपिटक महाग्रन्थ

पालि भाषा तथा लिपिमा लेखिएको बौद्ध धर्म तथा दर्शनको मूलग्रन्थ त्रिपिटक तीन भागमा विभाजित रहेको छ– (१)सुत्त पिटक, (२)विनय पिटक, र (३)अभिधम्म पिटक । बौद्ध धर्म तथा दर्शनको सबैभन्दा प्राचीन र प्रामाणिक शास्त्र तथा ग्रन्थ त्रिपिटकबाट नै बौद्ध धर्म तथा दर्शनका अरु शास्त्र तथा ग्रन्थहरु निसृत भएका हुन् ।
 

(१)सुत्त पिटक

सुत्त पिटकमा तथागत गौतम बुद्धले प्रदान गरेका मूल उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु उल्लेख गरिएको छ । बौद्ध धर्म तथा दर्शनको प्राचीन र प्रामाणिक ग्रन्थ सुत्त पिटकको संकलन बुद्धका सबैभन्दा नजिकका शिष्य अरहन्त भिक्षु आनन्दले गरेका थिए । सुत्तपिटक पाँच भाग तथा निकायहरुमा विभाजित रहेकोछ– 
(१)दीघ निकाय– यो लामा–लामा उपदेशहरु संग्रहित ग्रन्थ हो र यसमा समावेश गरिएका विषयहरु गद्य र पद्य दुवै तरिकाले लेखिएका छन् । महापरिनिर्वाण सुत्त दीघ निकाय अन्तर्गत पर्दछ । 
(२)मज्झिम निकाय– मध्यम लम्बाइ भएका उपदेशहरु संग्रहित गरिएको यस ग्रन्थमा महात्मा गौतम बुद्ध र जैनमूनि महावीर स्वमीविच भएको भेटघाट सम्वन्धि विषय उल्लेख रहेकोछ ।
(३)संयुक्त निकाय– छोटाछोटा उपदेशहरु संग्रहित गरिएको यस ग्रन्थमा हरेक व्यक्तिले आफ्नो परिवारप्रतिको कर्तव्य तथा उत्तरदायित्वको वर्णन रहेको छ ।
(४)अंगुतर निकाय– यस ग्रन्थमा गौतम बुद्धले दिएका उपदेशहरुलाई संख्याको क्रममा राखेर वर्णित गरिएको छ । 
(५)खुद्दक निकाय– छोटा–छोटा कविता, छन्द र कथाहरुको संग्रह रहेको यो ग्रन्थ विभिन्न भागहरुमा विभाजित रहेको छ– खुद्दकपद, धम्मपद, उदान, इत्युतक, सुत्तानिपाद, निभानाभातु, पेताभातु, थेरीगाथा, जातक कथा । यी भागहरु मध्य सबैभन्दा महत्वपूर्ण जातक कथा थेरी गाथा रहेकाछन् । जातक कथामा बोधिसत्व गौतम बुद्धका पूर्वजन्मसंग सम्वन्धित ५५० कथाहरु वर्णित रहेकाछन् । थेरी गाथामा महिला भिक्षुणीहरु द्वारा रचित ७६ बौद्ध गीतहरु संग्रहीत रहेकाछन् । बौद्ध धर्म तथा दर्शनको सबैभन्दा बढि पढिने प्रसिद्ध धम्मपद ग्रन्थ सुत्त पिटकको खुद्दक निकाय अन्तर्गत पर्दछ ।


(२)विनय पिटक

विनय पिटकमा बौद्ध संघमा प्रवेश गरेका तथा संघमा आवद्ध रहेका भिक्षु र भिक्षुणीहरुले पालन गर्नुपर्ने अनुशासन, बौद्ध मठ(मोनास्ट्री)हरुमा रहनेहरुको जीवनशैली र मठ संचालनका नियमहरु उल्लेख गरिएका छन् । बौद्ध धर्म तथा दर्शनको प्राचीन र प्रामाणिक ग्रन्थ विनय पिटकको संकलन बुद्धका सबैभन्दा प्रिय शिष्य अरहन्त भिक्षु उपालिले गरेका थिए । संघ व्यवस्थापनका नियमहरु अन्तर्गत केही अनिवार्य नियमहरु तोकिएका थिए– नयाँ सदस्य बौद्ध संघमा प्रवेश गर्ने प्रक्रियालाई उपसम्पदा भनिन्थ्यो, संघमा प्रवेश गर्न न्युनतम आयु १५ वर्ष तोकिएको थियो । महात्मा गौतम बुद्धले नै बौद्ध संघमा प्रवेश गरेपछि हरेक सदस्यको यसअघि रहदै आएको वर्ण, जात तथा पूरानो चिनारी पूर्णतः समाप्त हुने नियम बनाएका थिए । बौद्ध संघमा आवद्ध प्रत्यक भिक्षुले १० शील पालन गर्नु अनिवार्य थियो तर संघमा प्रत्यक्ष रुपमा समलग्न नभएका गृहस्थ भिक्षुहरुले पंचशील मात्र पालन गरेहुने छुटको व्यवस्था गरिएको थियो । बौद्ध संघका सबै निर्णयहरु प्रत्यक्ष रुपमा आवद्ध रहेका भिक्षुहरुको बहुमतबाट पारित हुन्थे । विनय पिटक तीन भागमा विभाजित रहेकोछ– (१)सुत्त विभंग, (२)संदक, र (३)परिवार ।

संदकका दुई भाग रहेकाछन्– (१)महा वग्ग, र (२)चुल्ल वग्ग । महा वग्गमा तथागत गौतम बुद्धको बुद्धत्वमा उपलव्धता तथा सम्बोधिमा एकाकार भएका विषयहरु समावेश गरिएका छन् । चुल्ल वग्गले विनय पिटकका अनुशासनका नियमहरु पालना गर्ने क्रममा बौद्ध भिक्षुहरुविच देखापरेका मतभेदको समन, धर्म सभा तथा परिषद आयोजनाका विषयहरुका बारे उल्लेख गरिएको छ । चुल्ल वग्गमा बौद्ध भिक्षुणीहरुको संघ र उनीहरुले पालन गर्नुपर्ने विनयका अनुशासनका नियमहरुबारे पनि उल्लेख रहेको छ । यस ग्रन्थका अनुसार प्रारम्भमा स्त्री, दाष, बिरामी र बेश्याहरुलाई संघमा प्रवेश गर्न रोक लगाइएको थियो संघमा अप्ठ्यारा अवस्था तथा मुस्किलहरु नआउन र संघको वातबरण शुद्ध र सहज बनिरहोस भन्ने उद्देश्यले तर आफूलाई हुर्काउने माता गौतमीलाई गौतम बुद्धले बौद्ध संघमा सामेल हुने अनुमति दिएपछि बौद्ध भिक्षुणीहरुको अलग संघ निर्माण हुन प्रारम्भ भएको थियो । 


(३)अभिधम्म पिटक
अभिधम्म पिटकमा गौतम बुद्धद्वारा भिक्षुहरुलाई प्रदान गरिएका बौद्ध धम्म तथा धर्मका लौकिक तथा परालौकिक विषयहरुसंग सम्वन्धित उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुका सैद्धान्तिक शिक्षण तथा व्यवहारिक अभ्यासका दार्शनिक व्याख्या तथा विश्लेषणहरु समावेश गरिएका छन् । विनय पिटक सात भागमा विभाजन रहेकोछ– (१)धम्म संगति, (२)विभंग, (३)धातु कथा, (४)पुग्गल पन्नति, (५)कथा वत्थु, (६)यमकतं, (७)पत्थान ।


बौद्ध दर्शनका अन्य महत्वपूर्ण ग्रन्थहरु

बौद्ध धर्म तथा दर्शनको प्रमुख सबैभन्दा प्राचीन ग्रन्थ त्रिपिटकबाट निसृत भएर पालि भाषा तथा लिपिमा अरु धेरै बौद्ध ग्रन्थहरु लेखिएका छन् । अन्य बौद्ध ग्रन्थहरुमा आथार्य बुद्धघोषद्वारा लेखिएको विशुद्धि मग्ग(विशुद्धि मार्ग) ग्रन्थ अत्यन्तै महत्वपूर्ण मानिन्छ । संस्कृत भाषामा लेखिएका बौद्ध ग्रन्थहरुमा महायान सुत्र महायान सम्प्रदायका अनुयायीहरुका लागि अत्यन्तै महत्वपूर्ण रहेकोछ । यस ग्रन्थमा महायान सम्प्रदायका परम्पराबारे वर्णन गर्ने सदधर्म पुण्डरीक सूत्र अर्थात लोटस सुत्र, प्रज्ञापारमिता सूत्र आदि प्रमुख रहेकाछन् । महायान बौद्ध सम्प्रदायसंग सम्वन्धित रहेको संस्कृत भाषामा लेखिएको बौद्ध धर्म तथा दर्शनको अत्यन्तै लोकप्रिय ग्रन्थ ललितवस्तु अर्थात ललितविस्तर सूत्र सबैभन्दा महत्वपूर्ण रहेको मानिन्छ । इशाको तेस्रो शताव्दीमा विभिन्न श्रष्टाहरुद्वारा लेखिएको यस ग्रन्थमा गौतम बुद्धको जीवनी, चमत्कारिक कृत्य तथा लिलाहरु आदिको वर्णन गरिएका छन् । हिन्दु धर्म तथा सम्प्रदायका रामायण, महाभारत ग्रन्थहरु जत्तिकै महत्व रहेको मानिन्छ बौद्ध धर्ममा ललितविस्तर ग्रन्थको । गौतम बुद्धको जीवनी विनय पिटक अन्तर्गत पर्ने महावग्ग ग्रन्थमा पनि वर्णित रहेको पाइन्छ तर ललितविस्तारमा अझ विस्तारमा रहेकोछ । यसकासाथै ललितविस्तरमा मथुराशैलीमा निर्माण गरिएका बुद्धका मुर्तिहरुकाबारे पनि उल्लेख गरिएको छ । विदेशी लेखक एडविन अर्नोल्डले सन् १८७९ मा ललितविस्तर सूत्र ग्रन्थलाई मूल सन्दर्भ सामग्रीका रुपमा लिएर विश्व चर्चित पुस्तक ‘गौतम बुद्ध इज दि लाइट अफ एशिया’ लेखेका थिए । यो परिवर्तकारी पुस्तकको प्रकाशन पश्चात विश्वमा एशियाका महात्मा गौतम बुद्ध र उनले प्रवर्तन गरेको बौद्ध धर्म तथा दर्शनको चर्चा, प्रचार र विस्तार तिब्रगतिमा हुन प्रारम्भ भएको थियो । बौद्ध भिक्षु नागसेनद्वारा पालि भाषा तथा विपिमा लेखिएको मिलिन्दपन्ह(मिलिन्दको प्रश्न) बौद्ध धर्मको अर्को अत्यन्तै महत्वपूर्ण ग्रन्थ हो । यस ग्रन्थमा नागसेन र हिन्द–यूनानी(इन्डो–ग्रीक) राजा मिलिन्दविच भएका दार्शनिक वार्तालाप र प्रश्न–उत्तर श्रृंखलाका विषयहरु विस्तारमा समावेश गरिएका छन् । बौद्ध धर्मको थेरवाद शाखा अन्तर्गत रहेको महावस्तु ग्रन्थ महत्वपूर्ण रहेको छ । यो ग्रन्थ महायान सम्प्रदाय अन्तर्गत पर्ने विनय पिटकसंग सम्वन्धित रहेको छ र यस ग्रन्थलाई थेरवाद सम्प्रदाय र माहायान सम्प्रदायलाई एकआपसमा निकट ल्याउने सेतु(पुल)को रुपमा पनि मान्ने गरिन्छ । बौद्ध भिक्षु वसुमित्रद्वारा लिखित बौद्ध धर्म तथा दर्शनको विश्वकोषको मान्यता प्रदान गरिएको विभाषा ग्रन्थ अर्को अत्यन्तै महत्वपूर्ण ग्रन्थ हो ।  संस्कृत भाषा तथा लिपिमा लेखिएका बौद्ध धर्म तथा दर्शनका केही महत्वपूर्ण ग्रन्थहरु निन्नानुसार रहेकाछन्– संस्कृत भाषा तथा लिपिमा लेखिएको बुद्ध–चरित महाकाव्य; प्रसिद्ध बौद्ध दार्शनिक तथा कवि अश्वघोषद्वारा रचित संस्कृत महान महाकाव्य सौन्दरानन्द; नाटक शारीपुत्र प्रकरण, बज्रसूची आदि प्रमुख रहेकाछन् । कुषान राजा कनिष्कका राजकवि तथा सल्लाहकार महाकवि अश्वघोषद्वारा रचना गरिएका यी ग्रन्थका किर्तिहरुका कारण अश्वघोषलाई भारताका भोल्टेयर तथा महापंडित पनि भन्ने गरिन्छ ।     


पछिल्लो समयमा बौद्ध धर्म तथा दर्शनका महायान र बज्रयान शाखा अन्तर्गत विकास गरिएका नयाँ बौद्ध शास्त्र तथा ग्रन्थहरुले बौद्ध धर्म तथा दर्शनका नयाँ–नयाँ चमत्कारिक विषयहरु जोड्दै तथा उजागर गर्दैगए र उनीहरुले दावी गरे कि तथागत गौतम बुद्धले त्यतिबेलानै आफ्ना उच्च क्षमता भएका तथा ध्यान साधनामा गहिराइ हासिल गरिसकेका तथा आध्यात्मिक पात्रता तथा शिष्यत्वमा उपलव्ध भैसकेका शिष्य तथा भिक्षुहरुलाई ध्यान साधना विधिका गुप्त रहस्यहरु सिकाइसकेका थिए । जुन कुरा उनीहरुले गौतम बुद्धकै आदेश अनुसार अरु साधारण भिक्षुहरु समक्ष सार्वजनिक रुपमा बताएनन् र बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको १२०० वर्षपछि पूर्वी एशियाको तिब्वत हिमाली राज्यमा ध्यान साधनामा परिपक्व भैसकेका बौद्ध भिक्षुहरुले यस्ता प्रकारका गहन ध्यान साधनाका विधिहरु विकसित गरे र बौद्ध धर्म तथा दर्शनको नयाँ धार बज्रयानका रुपमा अस्तित्वमा आयो र स्थापित भयो । बज्रयान शाखाले गरेको दावी अनुसार यो रहस्यमय ज्ञान १२०० वर्षसम्म लुकाएर राखियो, धेरैपछि सिद्ध बौद्ध भिक्षुहरुको ध्यान साधनाको गहिराइ तथा समाधिमा प्रकट भयो जुन ज्ञान गौतम बुद्धले त्यतिबेलानै गहन आध्यात्मिक साधनाका लागि पात्रता पुगेका आफ्ना विशिष्ट शिष्यहरुलाई मात्र प्रदान गरेका थिए गोप्य रुपमा ।


 
यसपश्चतात बौद्ध धर्म तथा दर्शनका ग्रन्थहरु तिब्बती भाषा तथा लिपिमा पनि लेख्न प्रारम्भ गरियो । बज्रयान बौद्ध धर्मका अनुयायीहरुले यस जन्मभरि तथा जन्म–जन्मको जीवनभरिका सबै प्रकारका साधना र साधनाका उपलव्धिहरुलाई एकै जीवनमा समेट्न सक्ने गौतम बुद्धले प्रदान गरेका छिट्टै उपलव्धि हासिल गराउन सक्ने छुट्टै प्रकारको रहस्यमय ध्यान साधनाका विधिहरु रहेको दावी गर्दै आइरहेका छन् र यी विशिष्ठ ध्यान साधनाका विधिहरुको अनुशरणबाट यही जन्ममा, भौतिक शरीरमै रहेर अर्थात भौतिक शरीरको मृत्यु नभइकननै साधक निर्वाण तथा मोक्ष(इटरनल लिवरेसन) मा उपलव्ध हुनसक्छ र सदाकालागि जन्म र मृत्युको दुष्चक्रबाट माथि उठ्न सक्छ । 


बौद्ध धर्म तथा दर्शनको विपश्यना ध्यान विधि संक्षिप्तमा

बौद्ध धर्म तथा दर्शनमा अनुशरण गरिने लोकप्रिय ध्यान विधि विपश्यना हो । वि+पश्य+ना=विपश्यना तीन अक्षर तथा शव्दहरुको जोडबाट निर्मित भएको विपश्यना शव्दको शाव्दिक अर्थ विशेष दृष्टि तथा विशेष प्रकारले हेर्नु हो अर्थात जुन वस्तु तथा घटना जस्तो छ त्यही प्रकारले त्यसको वास्तविक रुप तथा गुण जानेर त्यसलाई हेर्नु तथा बुझ्नु विपश्यना हो । विपश्यना ध्यान विधिलाई सहज र व्यवहारिक रुपमा साक्षी ध्यान तथा आनापान सती ध्यानका रुपमा बुझ्ने गरिन्छ र यही रुपमा अनुशरण गर्दै आइराखिएको छ । सर्वप्रथम यी शव्दावलीहरुलाई विस्तारमा जान्ने प्रयास गरौं– ‘साक्षी’को अर्थ होसपूर्ण तथा होसपूर्वक हो; ‘आना’ को अर्थ भित्र आएको ‘श्वास’ हो; ‘पाना’को अर्थ वाहिर गएको ‘प्रश्वास’ हो; र ‘सती’ को अर्थ साक्षी रहनु हो । यसप्रकार विपश्यना तथा आनापान सतीको शाव्दिक र क्रियात्मक अर्थ तथा परिभाषा आएको र गएको श्वास र प्रश्वासलाई होसपूर्वक तथा साक्षी भएर स्मृति गरिरहनु तथा हेरिरहनु हो । 

विपश्यना तथा आनापान सती ध्यानका अवस्थाहरु(स्टेजेज)

(१)गणना तथा साक्षी हुनु

नाक+छाति+पेट (नासिका+हृदय+नाभी)लाई स्पर्श गर्दै निरन्तर घुमिरहने भित्र आएको ठण्डा श्वास र वाहिर गएको न्यानो प्रश्वासको आउने र जाने तथा फर्कने क्रियाको गतिलाई नबिराइकन निरन्तर होसपूर्वक तथा साक्षी भावमा रहेर गणना गर्दै हेरिरहने विधि गणना तथा साक्षी हुनु हो ।  


(२)फसना तथा समवेदना हेर्नु

श्वास भित्र आउदा आन्तिरिक रुपमा शरीरभित्र कताकता स्पर्श गर्दै आयो र प्रश्वास वाहिर जादा तथा फर्कदा कताकता स्पर्श गर्दै वाहिर निस्क्यो निरन्तर नबिराइकन त्यसको स्मृति गरिरहने विधि फसना तथा समवेदना हेर्नु हो । यस विधिमा श्वास भित्र आउदाको ठण्डाको समवेदना तथा अनुभूति र प्रश्वास वाहिर जांदा न्यानोपनको समवेदना तथा अनुभूति आफूलाई कस्तो भयो त्यसको स्मृति निरन्तर गरिराखिन्छ । सामान्य अवस्थामा प्राकृतिक रुपमा श्वास एक घण्टा एउटा नासिकाबाट चल्छ र अर्को घण्टा अर्को नासिकाबाट चल्छ । 


(३)थपना तथा स्थापना गर्नु
श्वास र प्रश्वासको गणना र त्यसको समवेदनाको स्मृतिमा मन तथा साक्षी भड्कीएको अवस्थामा जहाँबाट भड्कीएको हो फेरी त्यहींबाट प्रारम्भ गर्नु थपना तथा स्थापना गर्नु हो किनकी ध्यान साधनाको प्रारम्भमा ध्यान भड्कीरहन्छ, त्यसलाई साक्षी भएर फेरी फर्काएर स्थापना गर्नु पर्दछ र होसपूर्वक हेर्नु पर्दछ । जतिपटक मन भड्कीन्छ त्यतिनै पटक थपना तथा स्थपना गर्नु पर्दछ र होसमा रहनु पर्दछ ।


(४)अनुवन्धना तथा विचारशुन्य र स्थिर हुनु

गणना+फसना+थपना अर्थात साक्षी+समवेदना+स्थापनामा पूर्णतः निरन्तर साक्षी तथा होसमा रहने विधि अनुवन्धना तथा विचारशुन्य तथा स्थिर हुनु हो । कोहीपनि साधकमा यी माथि उल्लेखित अवस्थाहरुमा साक्षी रहनसक्ने साधनाको क्षमता विकास भएपछि मात्र अनुवन्धना तथा विचार शुन्यता अर्थात ध्यानको वास्तविक अवस्थामा स्थिर र स्थित हुन सकिन्छ । 

हरेक विचारहरुले साधकको उर्जा तथा शक्ति खर्च गर्दछन् तर विचार शुन्यताले उर्जा तथा शक्ति वचत गर्दछ । वचत भएको उर्जा तथा शक्तिले साधकको जीवनमा भित्र शान्ति र वाहिर प्रगति तथा समृद्धिको सकारात्मक अवस्था ल्याउछ तर विचारहरुले उर्जा तथा शक्ति खर्च गर्दा शरीर र मनमा पर्याप्त उर्जाको कमीका कारण साधकमा थकान र आलस्यता आउछ र ध्यान साधनामा अवरोध हुनपुग्छ । जति विचार कम हुन्छ उतिनै उर्जा तथा शक्ति वचत हुन्छ र यसले वाहिर प्रगति र भित्र शान्ति गराउछ । 


समाधिका चरणहरु(स्टेप्स) 

विपश्यना, साक्षी भाव तथा आनापान सती ध्यान साधना सहज भएपछि ध्यान साधनाको विशेष अववस्था तथा एक निश्चित गहनताको अवस्थामा साधकमा स्वतः समाधि घटित हुन्छ र उसको साधना प्रगतिउन्मुख हुन प्रारम्भ हुन्छ अर्थात साधकको आध्यात्मिक विकासको वास्तविक मार्ग खुल्न प्रारम्भ हुन्छ । समाधिमा चरणहरु निम्न प्रकारका रहेका छन्–
(१)क्षणिक– विचार चलिरहेको अवस्था । 
(२)उपचार– घरि विचार चलेको र घरि विचार शुन्य भएर ध्यान लागेको होकि जस्तो लाग्ने अवस्था ।
(३)अर्पणा– विचार शुन्यता भएको कारण ध्यान लागेको स्थिरतामा स्थित भएको अनुभव तथा अनुभूतिको अवस्था । 

मथि उल्लेखित ध्यान साधनाका सबै अवस्थाहरु र समाधिका सबै चरणहरु पार गरेपछि मात्र साधनाको फल प्राप्त हुन्छ र साधकको सांसारिक र आध्यात्मिक जीवनमा सकारात्मक परिणाम आउछ ।




Thursday, 11 June 2026

बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -३

डा. सिर्जना भण्डारी 


बौद्ध धर्मका तीन शाखा– थेरवाद, महायान, बज्रयाविच रहेका विभिन्नता

तीन प्रमुख शाखाका तीन भिक्षुहरु ध्यान साधनामा बस्छन्, परम्परावादी तथा स्थिरवादी थेरवाद बौद्ध भिक्षुहरु आफ्नो चेतनाको विकास गरेर केवल व्यक्तिगत मुक्ति तथा निर्वाणमा उपलव्ध हुन चाहन्छन् गौतम बुद्धका २५०० वर्ष पुराना शव्द, वचन तथा उपदेशहरुको हुबहु पालना गर्दै । नवीनतावादी महायान बौद्ध भिक्षुहरु प्रतिक्षा गर्छन्, आफ्नो मुक्ति तथा निर्वाणलाई जानिबुझिकन अस्वीकार गर्दछन् र आफू मुक्त हुनु तथा निर्वाणमा प्रवेश गर्नुअघि संसारका सबै जीवहरुलाई उनीहरुको सांसारिक दुःखबाट वाहिर निकालेर सबैको रक्षा गर्न चाहन्छन्, आफ्नो व्यवहारमा करुणा, सदभाव, सेवा प्रकट गरेर सबैलाई मुक्त गर्ने प्रयास गर्दछन् । बज्रयानी बौद्ध भिक्षुहरु रहस्यमय तथा चमत्कारिक ध्यान साधनाका विधिहरुको निष्ठापूर्वक अनुशरणको माध्यमबाट यही जन्मको यही जीवनमा शरीरको मृत्यु हुनुअघि सम्बोधि(परमात्मा)संग एकाकार हुन तथा परमचेतनामा उपलव्ध हुन चाहन्छन् । तर वास्तविकतामा अडिएर हेर्दा एउटै गुरु र एउटै धर्म, आस्था, आदर्श तथा दर्शनमा यस्तो अवस्था कसरी सम्भव भयो होला भन्ने सन्दर्भमा बौद्ध धर्म तथा दर्शनमा गरिएका पुरातात्विक खोजमा पत्ता लागेका विविधतामा आधारित ऐतिहासिक तथ्यहरुलाई आधार मानेर कल्पना गरेर हेरौं कि एक सिद्धगुरु आफ्ना तीन शिष्यहरुको सामुन्नेमा बसेको छ– पहिलो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिद्धगुरु शिष्य समक्ष आँखा जुधाएर उसको सामुन्नेमा लाक्षणिक विषयहरु प्रकट गर्दछ आफू पनि उ जस्तै बनेर; हरेक विषयमा शिष्यको प्रतिक्रिया, प्रतिवाद र तार्किकता खोज्दछ; हरेक आध्यात्मिक विषय र मान्यताहरुप्रति चुनौति खडा गरिदिन्छ; र आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु जानेर, मेहनत लगाएर, तन–मनको साधनाको माध्यमबाट आफ्नो व्यक्तिगत चेतनाको विकास गर्ने कलाको तरिका सिकाउछ । दोस्रो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिष्य समक्ष शिद्धगुरु चर्मचक्षु बन्द गरेर, मौनमा रहेर, शान्त भएर, करुणामयी बन्न प्रेरणा प्रदान गर्दै आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु सिकाउछ र मौनबाट नै गुरु र शिष्यको अन्तर–चेतनामा समुच्चा आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुबारे संवाद, विषयको गहिराइको बुझाइ, सम्झाइ स्वस्फुर्त रुपमा संचारित गर्दछ । तेस्रो शिष्यको आध्यात्मिक पात्रता विचारेर शिष्यका लागि शिद्धगुरु स्वयं अग्नि साधना गर्दछ; वैज्ञानिकतामा आधारित प्रामाणिक विधिहरु गरेर देखाउछ र निष्ठापूर्वक आफूमा अनुशरण गर्न सिकाउछ जसले शिष्यको मन तथा चित्तलाई पूर्णतः झकझक्याइ दिन्छन् र उसको चेतनामा जाग्रीतिमा ल्याइदिन्छ । 


फेरी कल्पना र मनन् गरौं कि के यो सिद्धगुरु अपरिपक्व थियो या अत्यन्तै वुद्धिमान, समझदार, हरप्रकारले परिपक्व र अनुभवी थियो कि भिन्न–भिन्न स्वभाव र मन तथा चित्तको तह तथा अवस्था भएका आफ्ना भिन्न–भिन्न प्रकारका शिष्यहरुको चेतना जागरणको ताल्चा खोल्न अलग–अलग प्रकारको साँचो तथा विधिको प्रयोग गर्यो । वास्तवमा गौतम बुद्ध थेरवाद, महायान, बज्रयान कुन मार्गको मनसाय राख्दथे भन्ने विषय महत्वपूर्ण होइन उनको मूल लक्ष्य महत्वपूर्ण थियो । आफ्नो लक्ष्य प्राप्तिका लागि शिद्धगुरु गौतम बुद्धले आफ्नो शिष्यको आध्यात्मिक पात्रता तथा सम्बोधि(परमात्मा)मा प्रवेशकालागि मुमुक्षा तथा परमात्मा साक्षातकारको प्यास अर्थात उसको शिष्यत्वको वास्तविक अवस्था जानेर शिष्यको तह र सक्षमता अनुसारको शिक्षा प्रदान गरेर उसको आध्यात्मिक विकास गराउन उसको चेतना जागरणमा मद्धत गर्दैगए । गौतम बुद्धले यसप्रकारले आफ्ना फरक–फरक आध्यात्मिक पात्रता भएका शिष्यहरुलाई उनीहरुले ग्रहण गर्नसक्ने गरि अलग–अलग किसिमले सम्बोधिको शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरे र शिष्यको आध्यात्मिक विकास तथा चेतना जागरणमा मद्धत गरेका कारणले नै आफ्नो शिद्धगुरु गौतम बुद्धबाट प्राप्त गरेका यीनै फरक–फरक प्रकारका फरक–फरक आध्यात्मिक तह भएका ज्ञान, विज्ञान तथा विधिका कारण सबै शिष्यहरुले फरक–फरक प्रकारले आध्यात्म विज्ञानलाई बुझे र फरक–फरक प्रकारले निर्वाणमा उपलव्ध भए । यसकारण बौद्ध धर्मका तीनवटै शाखाका परम्पराहरु बौद्ध धर्म तथा दर्शनको प्रामाणिकताको दावी गर्दछन् र माथि उल्लेखित तथ्यहरुका आधारमा उनीहरुका सबै दावीहरु सत्य छन्, असत्य दावी कसैले गरेका छैनन् किनकी उनीहरुले आफ्ना सिद्धगुरुबाट आध्यात्मिकताको शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु त्यसैप्रकारले अर्थात फरक–फरक प्रकारले ग्रहण गरेका थिए र ग्रहण गरिएको ज्ञान अनुसारनै उनीहरुमा अनुभव तथा अनुभूतिका स्मृतिहरु आए जो थेरवाद अनुशरण गर्ने शिष्यहरुले व्यक्तिगत चेतनाको विकासको रुपमा अनुभव तथा अनुभूति गरे; महायान अनुशरण गर्ने शिष्यहरुले करुणाको रुपमा अनुभव तथा अनुभूति गरे; र बज्रयान अनुशरण गर्ने शिष्यहरुले रहस्यमय अलौकिक शक्तिको रुपमा अनुभव तथा अनुभूति गरे । 


यही विविधताको विषयको गहनतालाई बौद्ध धर्म तथा दर्शनका नयाँ पुरातात्विक खोजहरुले समेत प्रामाणिक रुपमा पुष्टि गर्दै आइरहेका छन् र अनेक–अनेक अनुमान र दावी गर्नेहरुलाई अचम्मित र चकित पारिरहेका छन् । पुरातात्विक खोजका निष्कर्षहरुले गौतम बुद्धले आफ्ना फरक–फरक क्षमता भएका फरक–फरक शिष्यहरुलाई फरक–फरक प्रकारले नै आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेको पुष्टी गरेका छन् र बौद्ध विचारधारा, आस्था, धर्म, आदर्श तथा दर्शन शुरुबाट नै विविधताले युक्त रहेका प्रामाणिकताहरु एजागर गरेकाछन् । फेला पारिएका तथ्यहरुका अनुसार शिद्धगुरु गौतम बुद्धका शिक्षा नै तीन प्रकारका थिए र उनले आफ्ना शिष्यहरुको आवश्यकता, अवस्था र सक्षमताको तह अनुसार आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेका थिए । पुरातात्विक खोजहरुमा देखिए अनुसार कान्धारी, संस्कृत, पालि र अन्य भाषा तथा लिपिहरुमा लेखिएका प्राचीन बौद्ध ग्रन्थहरु तीनवटै मुख्य शाखा– थेरवाद, महायान, बज्रयानका परम्पराहरुसंग मेल खादैनन् । मेल नखाने अवस्थाले प्रष्ट रुपमा यो वास्तविकता उजागर गर्छकि शुरुबाट नै बौद्ध धर्मको आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा विविधता थियो र पुरातत्वविदहरुकै निष्कर्ष यस्तो रह्यो कि, “सायद बौद्ध धर्म, आस्था तथा दर्शनमा यसप्रकारको विविधताको अवस्था देखिनुको वास्तविकता यो हुन सक्छ कि गौतम बुद्ध स्वयंले अलग–अलग शिष्यहरुलाई उनीहरुको आध्यात्मिक पात्रता तथा सक्षमता अनुसार अलग–अलग तरिकाले नै शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गरेका थिए तथा सिकाएका थिए । गौतम बुद्धले अध्यात्म विज्ञानका तार्किकतामा आधारित शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसलाई व्यवस्थित सम्झाइको आवश्यकता थियो जो थेरवादीहरुमा प्रकट भयो; करुणामय दृष्टिकोण र यससंग सम्वन्धित आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसलाई अरुको भलाई गर्ने सर्वकल्याणका तथा सेवाका कार्यहरु गर्न खटाइएको तथा प्रेरणा प्रदान गरिएको थियो जो महायानीहरुमा प्रकट भयो; र रहस्यमय परिवर्तनकारी अलौकिक आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु ती शिष्यहरुलाई प्रदान गरेका हुन सक्छन् जसमा उच्चस्तरको साधना ग्रहण गर्न सक्ने पात्रता तथा सक्षमता विद्यमान थियो जो बज्रयानीहरुमा प्रकट भयो ।”


समग्रमा यसरी बुझन सकिन्छ कि एक शिद्धगुरुले आफ्ना सबै शिष्यहरुलाई एकै प्रकारले आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गर्दैन तथा सिकाउदैन । गौतम बुद्धले आफ्नो आध्यात्मिक कर्मको निकै लामो समय ४५ वर्षमा विभिन्न स्वभाव, रुचि, आध्यात्मिक पात्रता तथा सक्षमता भएका शिष्यहरुसंग उठबस गरे । उनीहरुको स्वभाव, रुचि, आध्यात्मिक पात्रता तथा सक्षमता अनुसार नै बौद्ध धर्म तथा दर्शनको वास्तविक आदर्श सिकाए र बौद्ध धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु प्रदान गरे । उनले एक सच्चा र उच्च अध्यात्म ज्ञान हासिल गरेको  शिद्धगुरुले आफ्ना सबै शिष्यहरुलाई ज्ञान प्रदान गर्न केवल एक मार्ग मात्र अपनाउदैन भन्ने विषयलाई प्रामाणिकता प्रदान गरे तथा पुष्टी गरे । यसकारण बौद्ध धर्मका तीन शाखाहरुले बौद्ध धर्मलाई अलग–अलग प्रकारले गरेको व्याख्यालाई भन्दा गौतम बुद्धले प्रदान गरेका सम्पूर्ण आध्यात्मिक शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई तीन पुरक पक्षका रुपमा हेर्नु उत्तम हुन्छ र वास्तविक सत्य पनि यही नै हुनसक्छ बौद्ध धर्म तथा दर्शनका अनुयायीहरुमा फरक–फरक शिक्षाको अनुभव तथा अनुभूति स्मृतिमा रहनुमा– थेरवादको तटस्थता, महायानको करुणा, र बज्रयानको अलौकिक शक्ति किनकी यी सबै विषयहरु एकै असाधारण मन तथा चेतनाका अलग–अलग आयाम र अवस्थाहरु हुन् जसलाई अलग–अलग प्रकारले हेर्ने र अलग–अलग प्रकारले बुझ्ने तथा ग्रहण गरेर पछिल्ला नवीन पुस्ताहरुमा हस्तान्तरण गर्ने प्रयास गरियो ।


शाखा विभाजनकै कारण बनेको साझेदारी र निरन्तरता

प्रारम्भमा बौद्ध धर्म जसरी तीन शाखामा विभाजित भएको जस्तो र छरिएको जस्तो देखिएको थियो र टुक्रा–टुक्रामा विभाजित भएर पतन भएर जाने होकि भन्ने शंका लागेको थियो तर वास्तविकतामा यही विभाजित भएको तथा छरिएको अवस्था नै बौद्ध धर्म बचाउको प्रमुख रणनीति बन्यो विश्वव्यापी रुपमा । जव १२ औं देखि १४औं शताव्दीको विचमा मूलभूमि नेपाल र भारतबाट बौद्ध धर्म तथा दर्शन लगभग पतनको स्थितिमा पुगेको थियो त्यतिबेलासम्म बौद्ध धर्मका परम्पराहरु एशियाका विभिन्न देशहरुमा प्रचार र विस्तार भैसकेका थिए । बौद्ध धर्म तथा दर्शनका मौलिक प्राचीन शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुको संरक्षण र व्यवस्थापन गदै आइरहेको मातृ संस्था तथा थेरवाद शाखा दक्षिण एशिया र दक्षिण पूर्वी एशियामा विस्तार र स्थापित भैसकेको थियो । महायान पूर्वी एशियामा विस्तार र स्थापित भैसकेको थियो । गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनको संरक्षण र व्यवस्थापन गर्न बोलाइएका बौद्ध परिषद भेलाहरुमा स्थिरतावादी तथा परम्परावदीहरुले विनय(भिक्षुहरुको अनुशासन) विपरित आचरण गर्ने भ्रष्टाचार भनेर घोषणा गरेर बहिस्कार तथा निकाला गरेको नवीनतावादीहरुको समुह महायान शाखा आफ्नै बलबुतामा खडा भयो, अस्तित्वमा आयो र पूर्वी एशियामा विस्तार भयो । वाहिरका देशहरुमा विस्तार भएकै कारण महायान शाखाले बौद्ध धर्म तथा दर्शनका परम्परा तथा संस्कृतिहरु मूलभूमिबाट लोप भएपनि विदेशी भूमिमा बचाइराख्न सफल भयो । वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनमा सबैभन्दा बढि अनुयायीहरु महायान शाखामै रहेका छन् र विश्वका कुल जनसंख्याको ६८ प्रतिशत चीनमा मात्र रहेकाछन् सन् २०२१ को तथ्यांक अनुसार । पूर्वी एशिया चीनमा विस्तार भएको महायान शाखा मै स्थानीय रुपमा महान आध्यात्मिक सिद्धान्तहरु कन्फ्युसियस र तनावोवादका परम्पराहरुसंग घुलमिल भइ रुपान्तरण भएर पछि गएर जेन बौद्ध शाखा तथा जेन बुद्धिजमका रुपमा स्थापित भयो । जेन बौद्ध शाखामा लाफिगं बुद्धको परम्परा बढि अंगिकार गर्ने गरिन्छ । जेन बौद्ध धर्मले सबै मनुष्यहरुको अन्तर्यमा निर्वाणमा उपलव्ध हुनसक्ने क्षमता स्थित रहेको हुन्छ भन्ने मान्यतामा जोड दिदै आएको छ । यसकारण जेन बौद्ध धर्मले सबै कामहरुलाई ध्यान मान्दछ, वर्तमानमा रहेर होसपूर्वक तथा ध्यान लगाएर आफूले गरिरहेको काम गर, ध्यान लगाएर सोच–विचार गर, ध्यान लगाएर एकाग्र बन निर्वाणको मार्गमा स्वफूर्त रुपमा अग्रसर हनेछौ भन्ने उत्प्रेरणा प्रदान गर्दछ आफ्ना अनुयायीहरुलाई । जेन बौद्ध धर्मले यिनै मान्यताहरुलाई अंगिकार गर्दै विश्वव्यापि रुपमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ । बज्रयान शाखा पूर्वी एशियाको उच्च हिमाली राज्य तिब्बतमा विस्तार र स्थापित भैसकेका थियो । तिब्बतमा आएको विषम राजनीतिक शंकट तथा उतार–चढावको परिस्थितिमा बज्रयान बौद्ध धर्मलाई ती पिढीहरुको माध्यमबाट संरक्षित गरियो जो चीनिया कम्युनिष्टहरुको दमनमा परेर राजनीतिक उथल–पुथलका बाबजुद आफ्नो ज्यान बचाउन सफल भएका थिए । वर्तमान समयमा बज्रयान बौद्ध धर्मका बडागुरु तथा वरिष्ठ भिक्षु दलाई लामा विगत ६५ वर्षदेखि भारतमा निर्वासित जीवन बिताउदै विश्वभरि बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार गरिरहेका छन् ।


एकै गुरुका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुको अनुशरण गर्ने क्रममा मत विभाजन भएर प्रादुर्भाव भएका बौद्ध धर्म तथा दर्शनका प्रमुख तीन शाखाहरु– थेरवाद, महायान, बज्रयानले बौद्ध धर्म तथा दर्शनको संरक्षण, निरन्तरता, विकास, प्रचार र विश्वव्यापी विस्तारमा अत्यन्तै महत्वपूर्ण साझेदारीको भूमिका निर्वाह गरे । थेरवाद शाखाले गौतम बुद्धको वास्तविक शिक्षा तथा उपदेशहरु र बौद्ध धर्म तथा दर्शनका सबैभन्दा पुराना ग्रन्थहरुलाई सुरक्षित राख्यो; महायान शाखाले बौद्ध धर्म तथा दर्शनलाई मूलभूमि नेपाल र भारतबाट वाहिर दक्षिण एशिया, मध्य एशिया, दक्षिण पूर्वी एशिया, पूर्वी एशियाका देशहरुमा पुर्यायोे, प्रचार–प्रसार र विस्तारमा अत्यन्तै महत्वपूर्ण योगदान र भूमिका निर्वाह गर्यो । बज्रयानले तिब्बत र चीन् विच भएको विषम राजनीतिक उतार–चढाउमा पनि प्राचीन बौद्ध परम्परालाई पूर्वी एशियाको हिमाली राज्य तिब्बतदेखि यूरोप, अमेरीकासम्म विश्वभरि विस्तार गर्न सफल भयो । वर्तमान समयमा पनि बौद्ध धर्म तथा दर्शनका तीनवटै शाखाहरुको प्रचार–प्रचार र विस्तार विश्वभरि हुदै आइरहेको छ र बौद्ध धर्म वैश्विक दर्शनका रुपमा विश्वमा स्थापित भएको छ । वैश्विक दर्शनका रुपमा विश्वमा स्थापित भएको कारण विश्वका ठूला–ठूला विश्वविद्यालाय र विद्यालयहरुमा बौद्ध दर्शनको पाठ्यक्रम समावेश गरेर पढाउन समेत प्रारम्भ गरिएको छ । बौद्ध धर्ममा शाखा विभाजनका हुनुपूर्व बौद्ध परिषदहरुले कठोर नियम बनाएर मतभेद र विभाजन रोक्न चाहान्थे तर यिनै विविधताहरुले २५०० वर्षदेखि वर्तमान समयसम्म विभिन्न प्रकारका सामाजिक, साम्प्रदायिक, रानीतिक, भौगोलिक, प्राकृतिक विषमताका उतार–चढावहरुबाट बौद्ध धर्मलाई पूर्ण रुपमा पतन हुनबाट बचाएर रखे र विश्वभरि विस्तार गरे । प्रमुख तीन शाखाका यिनै विभाजित परम्पराहरुले बौद्ध धर्म तथा दर्शनलाई उत्पत्ति भएको क्षेत्र नेपाल र भारतबाट लोप तथा पतन भएपनि वाहिरको भूमिमा बचाएर राखे र यिनै वाहिरी क्षेत्रहरुबाट वर्तमान समयमा राजनीतिक तथा भू–राजनीतिक अवस्थाहरु असहज भएका कारण फेरी उत्पत्ति भएको मूलभूमि नेपाल र भारतमा पुनरागगमन भएको छ र विस्तारै फैलिदो क्रममा रहेकोछ ।


विभाजित मध्य कुन शाखा चाहिं सहि र प्रामाणिक हो ?

विगत लामो समयदेखि बौद्ध धर्म तथा दर्शनका तीन अलग–अलग शाखाहरु– थेरवाद, महाया, बज्रयान आ–आफ्नो परम्परा र संस्कृति अनुसार आ–आफ्नो प्रामाणिकताको दावी गर्दै र एकले अर्को शाखासंग असहमति तथा विमति राख्दै विश्वका विभिन्न क्ष्ँेत्रहरुमा निरन्तर चल्दै तथा अगाडि बढ्दै आइरहेका छन् । थेरवाद शाखाले कठोर नियमहरु अनुशरण गरेको तर महायान शाखा बढि नवीनता केन्द्रित, युग सान्दर्भिक रुपान्तरण उन्मुख र लचिलो भएको कारण पछिपछि यो शाखामा धेरै विभाजनहरु आए । यसरी धेरै शाखा–उपशाखाहरुमा विभाजन आउनुको कारण देश–विदेशका फरक–फरक प्रकारका स्थानीय संस्कृति, परम्परा, भू–गोल, राजनीति, समाज, प्रकृतिहरुसंग सामन्जस्यता कायम गर्नु पर्ने बाध्यताका कारण थियो । महायान शाखामा विभाजनहरु आएका भएपनि ती सबै शाखाहरु बौद्ध धर्म तथा दर्शनको मूलसार तथा मूलमर्मलाई कायम राखेर चलिरहेका थिए । यस्तै विभाजनका देखिएका कारण यस सन्दर्भमा अधिकांश मनुष्यहरुले बारम्बार सवाल उठाउने तथा जिज्ञासा राखिरहने गर्दछन् कि कि कुन बौद्ध धर्म तथा दर्शनको कुन शाखा चाहिं सहि र प्रामाणिक हो भनेर । बौद्ध धर्म लगायात संसारका अरु मनुष्यहरुको मा–मस्तिष्कमा समेत यस सवालमाथि विगत १७०० वर्षदेखि बहस चल्दै आइरहेको छ । थेरवादी अरहन्त भिक्षु तथा गुरुहरुक दावी गर्दै आइरहेका छन् कि महायानीहरुको सुत्त गौतम बुद्धको वास्तविक शव्द, शिक्षा, वाणी तथा उपदेशहरु होइनन्, ती सबै महायानीहरुले पछि आफैंले आफ्नो अनुकुल हुनेगरि निर्माण गरेका नयाँ शास्त्रहरु हुन् । महायनी भिक्षु तथा गुरुहरु थेरवादले निरन्तरता दिरहेका बौद्ध शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई शुरुआती तथा प्रारम्भिक शिक्षाको रुपमा हेर्दछन् जसले गौतम बुद्धले प्रदान गरेका सबै शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई पूरै समेट्दैनन् र पूरै गहिराइसम्म पुग्दैनन् । अर्कोतिर बज्रयानी भिक्षु तथा गुरुहरु थेरवाद र महायान दुवै शाखाले अनुशरण गर्दै तथा निरन्तरता दिदै आइरहेका बौद्ध शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई सुस्त गतिका ठान्दछन् र गौतम बुद्धले प्रदान गरेका गहन र वास्तविक आध्यात्मिक ज्ञान, विज्ञान तथा साधनाका विधिहरु भन्दा पछाडि रहेको मान्दछन् । बौद्ध धर्म तथा दर्शनका तीन प्रमुख शाखाहरु विचका यी विचारात्मक मतभेदहरु आज पनि रहदै र्आका छन् तर एकआपसमा त्यतिविधि दुस्मनी तथा कटाक्ष भने छैन उनीहरुको विचमा । बौद्ध मार्गीहरु चाहे जुनसुकै सम्प्रदाय तथा शाखाका हुन् एकआपसमा मेलमिलाप गरेर, शान्त भएर, सौहार्दपूर्ण भावले एकसाथ रहन्छन्, एकले अर्कोलाई अछुत मान्दैनन्, दुश्मन ठान्दैनन् किनकी परम्परा जसरी चलाएको भएपनि समग्रमा बौद्ध धर्म तथा दर्शनको मूलमर्म तथा मूलसार शान्ति, सदभाव र करुणा हो र यसलाई तीनवटै प्रमुख शाखा र अन्य नयाँ शाखा तथा उपशाखाहरुले पनि अनुशरण गर्दै आइरहेका छन् । थेरवाद र महायानका बौद्ध भिक्षुहरु एकै सम्मलेनमा एकसाथ सामेल हुन्छन्, एकअर्काको ग्रन्थ पढ्छन् । बज्रयानका दलाइ लामा थाइल्याण्डको थेरवाद बौद्ध गुम्बामा दर्शन गर्न जान्छन् । तीनवटै शाखाका बौद्ध मार्गीहरु अन्तरराष्ट्रिय सभा सम्मेलनहरुमा मूलमर्ममा एकता राखेर प्रसन्नता र सदभावका साथ सम्मिलित हुन्छन् किनकी उनीहरुको विचमा भएका यी मतभेदहरु ऐतिहासिक र दिमागी हुन्, भौगोलिक तथा राजनीतिक र एकले अर्कोलाई जित्ने तथा पराजित गर्ने लडाइ होइनन् ।


गौतम बुद्धको महापरिनिर्वाणको तीन महिना पश्चात बौद्ध धर्म तथा दर्शनमा बुद्धले प्रदान गरेका उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई संरक्षण र व्यवस्थापन गर्न इशापूर्व ४८३ मा आयोजना गरिएको पहिलो बौद्ध परिषद भेलाले अरहन्त(निर्वाणमा उपलव्ध) बौद्ध भिक्षुहरुका अनुभव तथा अनुभूतिहरुका स्मृतिहरु सामुहिक रुपमा संकलन गर्यो र व्यवस्थित बनाएर संरक्षण प्रदान गर्यो । यस महान कार्यबाट बौद्ध धर्म तथा दर्शन यसका संस्थापक गौतम बुद्धको महापरिनिर्वाणपछि पनि उही ढंगले निरन्तरता पाउन सफल भयो । बौद्ध परिषदका अनुसार संरक्षणको अर्थ सबै बौद्ध अनुयायीहरुलाई एक समान बनाउनु, सबैले एक समान नियमको पालना गर्नु, सबैले एकै प्रकारका ग्रन्थहरुको पाठ गर्नु भन्ने थियो । कुनै संस्कार तथा परम्पराले आफूलाई कडाइकासाथ अनुशासनमा राख्ने प्रयास गर्यो भने ढिलो चाँढो त्यो हराएर तथा पतन भएर जानसक्छ किनकी यसले आफूभित्र युग सान्दर्भिक हुनेगरि समयक्रमसंग आएका बदलावहरु अनुशरण गर्नसक्ने लचिलोपन गुमाउछ र नयाँ पुस्ताका अनुयायीहरुको साथ, सहयोग र समर्थन पनि गुमाउछ । त्यस्तै कुनै पनि संघ तथा संस्थामा कठोरपन र लचिलोपन चाहिने भन्दा बढि भयो भने परम्परा विक्रित हुदै जान्छ, अनुशासन भत्किदै जान्छ, विभाजनहरु बढ्दै जान्छन्, इतिहासका घटनाहरुले यस्तै तथ्यांकहरु देखाएउदै आएकाछन् । तत्कालीन समयमा ठिक यस्तै अवस्था आएको थियो बौद्ध धर्म तथा दर्शनका नीति–नियमहरु के–कस्ता बनाउने र कसरी तिनलाई सबैकालागि व्यवहारिक हुने किसिमले पालन गर्ने भन्ने सन्दर्भमा । यसको परिणाम स्वरुप पहिलो बौद्ध भेलामा देखिएका मतभेदहरुलाई जसोतसो सामनजस्यतामा ल्याएर संघमा एकता राखिएको भएपनि एक शताव्दीपछि इशापूर्व ३८३ मा आयोजना गरिएको दोस्रो बौद्ध परिषदले बौद्ध संघमा एकता कायम राख्न सकेन, स्थिरता र नवीनताविच मतभेद भएका कारण संघ दुई मत  तथा दुई शाखामा विभाजन भयो । पुराना पुस्ताका बौद्ध भिक्षुहरु परम्परामा स्थिरता र अनुशासनमा कठोरता चाहन्थे तर नयाँ पुस्ताका बौद्ध भिक्षुहरु युग सुहाउदो रुपान्तरण तथा सुधार चाहान्थे । आफ्नो धर्म तथा दर्शनमा दुवै शाखाहरुको समान आस्था, श्रद्धा, समर्पण भएको भएतापनि खासगरि विनय(भिक्षुहरुको अनुशासन) कस्तो बनाउने र यसको पालन कसरी गर्ने भन्ने सन्दर्भमा स्थिरता चाहने र नवीनता चाहने भिक्षुहरुको विचमा मतभेद आएको कारण बौद्ध संघ दुई शाखामा विभाजित भएको थियो र यस विषयका जानकारहरुको मत अनुसार यस सन्दर्भमा प्रामाणिकताको सन्दर्भ त्यति जोडिदैन दुवै शाखा प्रामाणिक हुन् किनकी दुवैलले निष्ठापूर्वक गौतम बुद्धले प्रदान गरेका वचन, उपदेश, शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुलाई अनुशरण गर्दै अझ विकसित बनाउदै आइरहेका छन् । 



वैश्विकरणको कसीमा बौद्ध धर्मका चुनौती, चिन्ता र चिन्तन्

वर्तमान समयमा बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार भैरहेको र वैश्विक धर्म तथा दर्शनको रुपमा स्थापित हुनेक्रममा गहन तथा समवेदनशील सवाल खडा भएको छ । के वैश्विकीकरणका कारण बौद्ध धर्म तथा दर्शनमा आएका नवीन रुपान्तरणहरुका विच बौद्ध धर्म तथा दर्शनका प्राचीन सभ्यता, परम्पराहरुले आ–आफ्ना पचिान बचाएर राख्न सक्लान र तिनले निरन्तरता पाइरहन सक्लान ? उदाहरणका लागि बज्रयान बौद्ध धर्म विगत ६५ वर्षदेखि आफ्नो सांस्कृतिक तथा पारम्परिक भूमिबाट काटिएको छ र आफ्नो मूलभूमिमा फर्कन छटपटाइरहेको छ, त्यसैगरि पश्चिमी मुलुकहरुमा विस्तार भएका बौद्ध धर्मका परम्पराहरु उक्त क्षेत्रका स्थानीय परम्परा तथा संस्कृतिहरुको प्रभाव कस्तो पर्छ र भविश्यमा के–कस्तो फेरबदल आउछ र कसरी निरन्तरता पाउछ । यस गहन सवालको जवाफले बौद्ध धर्म तथा दर्शन र यसका अनुयायीहरुको आध्यात्मिक भविश्य कस्तो हुनेछ भन्ने कुरा तय हुन्छ । २००० वर्ष भन्दा बढि समयदेखि बौद्ध धर्मका तीनवटै शाखाका परम्पराहरु तुलनात्मक रुपमा आ–आफ्नो बुझाइ अनुसार एक निश्चित सीमाभित्र विकसित हुदै आइरहेका छन् तर वर्तमान समयमा आधूनिक विश्वका विकास र प्रविधिका नवीनताहरुले यी प्राचीन सीमाहरुलाई तोडिसकेका छन् । आज एउटै ध्यान शिविरमा बौद्ध धर्मका तीनवटै शाखाका शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरु एकसाथ सिकाउन र सिक्न थालिएको छ । यो अवस्थाले बौद्ध धर्ममा उच्चतम विकास ल्याइरहेको कि सम्भावित पतनतिर उन्मुख गराइरहेको छ भन्ने विषय निकै गहन र पेचिलो बन्दै गैरहेको छ । किनकी तीनवटै शाखाहरु आ–आफ्ना भिन्न परम्परा, संस्कार, संस्कृतिका बाबजुद आफ्नो धरोहर साझा रुपमा संसार सामु प्रस्तुत गरिरहेका छन् । तीनवटै शाखाहरुले बौद्ध धर्म तथा दर्शनका सबै आदर्शहरु– चार आर्यसत्य, अष्टांगीक मार्ग, धम्मपद, त्रिरत्न, त्रिशिक्षा, त्रिपिटक आदि सहर्ष स्वीकार गर्दछन् र सम्बोधि(निर्वाण तथा परमात्मा साक्षातकार)लाई चेतनाको पूर्ण परिवर्तन तथा उच्च विकासको रुपमा देख्दछन् तथा मान्दछन् । वर्तमान समयसम्म आइपुग्दा तीनवटै शाखाहरुमा युग सान्दर्भिक धेरै रुपान्तरणहरु देखिएका छन् । थेरवादको व्यक्तिगत चेतनाको विकास र मुक्तिको धारणा तथा मान्यताको मतलव यो होइन कि साधकमा अरुप्रति करुणा छैन; त्यस्तै महायानको बोधिसत्वले व्यक्तिगत चेतना विकास र निर्वाणको आदर्शलाई वेवास्ता गर्दैन; र बज्रयानको तान्त्रिक विधिहरुले बौद्ध धर्मको मूलपथलाई छोड्दैन जुन थेरवाद र महायानले प्राचीनकालदेखि नै निरन्तरता दिदै आइरहेका छन् । हरेक शाखाका परम्पराहरुले पूर्ण आध्यात्मिक यात्राका सबै पक्षहरुमा जोड दिन्छन् अलग–अलग प्रकारले र एकसाथ लिएर अगाडि बढिरहेका छन् । एक शाखाको परम्परा अनुसार प्रशिक्षित भएका गुरु तथा प्रशिक्षकहरु अर्को परम्पराका गुरुहरुबाट ज्ञान, विज्ञान सिकिरहेका छन् र वर्तमान समयमा सबै बौद्ध मार्गी साधक तथा अनुयायीहरु मतभेद र भौगोलिक सिमाना तोडेर तीनवटै शाखाका अलौकिक विषयहरुको गहन अध्ययन र साधना गर्दै आइरहेका छन् । 


तर पछिल्लो चरणमा हुदै आइरहेको यो मिश्रण तथा अन्तरघुलनले गंभिर चुनौति, चिन्ता र चिन्तनका सवालहरु खडा गरिदिएको छ र पारम्परिक बौद्ध गुरुहरु यो अवस्थाबाट निकै भयभित भएकाछन् । किनकी सहि समझ नभइकन एउटा शाखाको परम्परा अर्को शाखाको परम्परासंग मिलाउदा त्यसको प्रभावकारिता कम हुनसक्छ । एक परम्परामा गहन प्रयोगात्मक अभ्यासबाट प्राप्त भएको आध्यात्मिक गहिराई अर्को परम्पराबाट सतही ज्ञान लिएर त्यसको सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यास गर्दा प्रभावकारिता कम हुदै गएर विस्तारै लोप भएर जानसक्छ । यस गहन सवालको जवाफ कुन परम्पराको मुन साधना विधि चुनाव गर्ने भन्नेमा नभएर गुरु र शिष्य तथा साधम र अनुयायीहरुको बुझाइमा रहेको छ । हरेक शाखाका परम्पराहरुमा कुनै खास उद्देश्य प्राप्त गर्नकालागि विशिष्ट प्रकारका विद्या र साधनाका विधिहरु विकसित गरिएकाछन्– थेरवादको स्पष्टता र व्यक्तिगत अन्तरदृष्टिमा उत्कृष्ट छ; महायनले अरुको सहजताको लागि विकसित गरेको करुणाको भाव उत्कृष्ट छ; बज्रयानले छिटो आन्तरिक विकास, परिवर्तन तथा उपलव्धि हासिल गर्नकालागि अनुशरण गरेको परिष्कृत विधि उत्कृष्ट छ । बौद्ध धर्मका यी तीन प्रमुख शाखाहरु एकअर्काका प्रतिस्पर्धी दृष्टिकोण होइनन् बरु पूर्ण आध्यात्मिक शिक्षाका पारस्परिक चरणहरु हुन् । यही विषयको सेरोफेरामा सबैको मन–मस्तिष्कमा बारम्बार उठिरहेको सवाल यो हो की जव बौद्ध धर्म तथा दर्शनका यी प्राचीन ज्ञानका परम्पराहरु आधूनिक विश्वका परिवर्तित सोहरुसंग र नवीनतासंग मिल्छन् तव के यिनले आफ्नो गहनता, महत्व, परिवर्तनकारी शक्ति बनाइरहन तथा टिकाइरहन सक्छन् ? यो सवाल बौद्ध धर्म तथा दर्शन र सम्भवतः मानव बुद्धिको भविश्यको सवालको विषय अगाडि आइरहेको छ ए.आइ. अत्याधूनिक प्रविधिको सन्दर्भलाई आपसमा जोडेर । 


तर परम्परावादी बुझ्रुक बौद्ध भिक्षुहरु बौद्ध धर्ममा यस्तो स्खलन चाहदैनन् यसकारण उनीहरु आल्नो धर्मको मूलमर्म, आस्था, परम्परा र सैदान्तिक तथा व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास तर्फ फर्किरहेका र अरुलाई फर्कन प्रेरित गरिरहेका छन्, सबैकालागि सहज हुने व्यवहारिक उपायहरुको खोजीकालागि तत्परता देखाइरहेका छन् ताकि सबै जीवहरुको अवस्था अनुसार उनीहरुलाई सांसारिक दुःखबाट वाहिर निकालेर सदाकालागि दुःखबाट मुक्ति हुन मद्धत गर्न सकियोस् । गौतम बुद्धको वास्तविक शिक्षाको मूल भाव यस्तै थियो– मार्ग स्वयंले नै आफ्नो लक्ष्य र गन्तव्य बनाउछ, वास्तविक सत्य आफैं खोज्छ चाहे थेरवादको अनुशासनबाट होस, चाहे महायानको करुणाबाट होस, चाहे बज्रयानको शक्तिशाली परिवर्तनबाट होस सबै शिक्षा, ज्ञान, विज्ञान तथा साधनाका विधिहरुले साधकलाई एकै स्थानमा पुर्याउछन् किनकी तीनवटै शाखाका भिक्षुहरु अलग–अलग विधिहरु अंगालेर अलग–अलग किसिमले साधना गरिरहेका छन् तर सबैको लक्ष्य एउटै हो जसरी पहाडको टुप्पामा बनाइएको स्तुपासम्म पुग्ने बाटाहरु चारै दिशाबाट अलग अलग हुन्छन् त्यसैगरि सबै जीवनको अन्तिम लक्ष्य निर्वाणमा उपलव्ध हुनु तथा बोधिसत्वमा एकाकार हुनु नै हो विधिहरु जुनजुन अनुशरण गरिए पनि । हरेक साधकले साधनाको विधि आफ्नो स्वभाव अनुसार आफूलाई अनुकुल हुनेगरि गर्दछ । यी तीन मूल शाखाहरु मध्य कुन कुन शाखाका परम्पराहरु आफ्नो स्वभावसंग नजिक हुन्छ र आत्मासंग जोडिन्छ– थेरवादको स्पष्ट मार्ग कि, महायानको असीम करुणाको मार्ग कि, बज्रयानको परिवर्तनकारी शक्तिको मार्ग 



छिट्टै,
बौद्ध धर्म तथा दर्शनका लिपिबद्ध गरिएका शास्त्रहरु

Wednesday, 10 June 2026

बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -२

डा. सिर्जना भण्डारी



 एउटै गुरुको शिक्षाले तीन अलग सम्बोधिका मार्गहरु जन्मायो 

पृष्ठभूमि

विश्वका सबै मनुष्यहरुको अत्यन्तै बढि चासो र जिज्ञासा रहेको विषय यो रहेको छ कि, कसरी एकै गुरुका सरल शव्द, वाणी, उपदेश, शिक्षा तथा विधिहरुले तीन अलग–अलग सम्बोधिका शसक्त मार्ग तथा शाखाहरु– (१)थेरवाद, (२)महायान, (३)बज्रयान जन्मायो ? बौद्ध धर्म तथा दर्शनको मूल तथा वास्तविक मूल्य–मान्यताहरुको अनुशरण गर्दै निरन्तर अगाडि बढिरहेको मूल तथा मातृसंस्था थेरवाद शाखा हो; महायान शाखा बौद्ध धर्मका मूल विषयहरुको सन्दर्भमा मत बाझिएको तथा मतभेद भएको कारण इशाको पहिलो शताव्दीमा मातृसंस्था थेरवादबाट फुटेर गएको होे; र बज्रयान इशाको सातौं शताव्दीमा पूर्वी एशियाको हिमाली राज्यमा केही विशिष्ट बौद्ध भिक्षुहरुद्वारा फरक मान्यता अन्सार प्रतिपादन तथा प्रारम्भ गरिएको हो । आफूलाई महसंघी बताउने महयान शाखा बौद्ध संघ तथा समुहमा पहिलो गौतम बुद्धद्वारा ४५ वर्षसम्म प्रदान गरिएका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुको मौलिकताको सन्दर्भमा र दोस्रो बौद्ध भिक्षुहरुले पालन गर्नुपर्ने विनय तथा नियमहरुको सन्दर्भमा मत नमिलेर इशाको पहिलो शताव्दी(सन् ००७२)मा आयोजना गरिएको चौथो बौद्ध परिषद भेलाबाट विधिवत रुपमा टुक्रिएर गएको थियो र आफूलाई बौद्ध धर्मको अर्को स्वतन्त्र शाखा महासंघ तथा महायानका रुपमा घोषणा गरेको थियो । 


थेरवाद बौद्ध धर्मको प्रादुर्भाव र विस्तार

इशापूर्व तेस्रो शताव्दीमा सम्राट अशोकका छोरा महेन्द्र राज्यको राजपाठ छोडेर बौद्ध भिक्षु बने र सामुद्रिक खतरा मोलेर बौद्ध धर्मको प्रचार गर्न श्रीलंका गए । श्रीलंकाको अनुराधापुरुममा राजालाई भेटे र राजाले गरेको आगमनको जिज्ञासामा उनले भने, “म बौद्ध भिक्षु हुँ, धर्मका राजा गौतम बुद्धको अनुयायी हुँ, म भारतबाट मोक्षको सन्देश लिएर आएको हुँ ।” राजाले महेन्द्रका कुरा सुने र उनको आग्रह स्वीकार गरे, यसपछि महेन्द्रले श्रीलंकामा बौद्ध धर्ममा रुचि राख्नेहरुलाई सुत्त ग्रन्थहरुका ज्ञान दिन प्रारम्भ गरे र राजाले उनका सबै संगतीहरु आतमसाथ गरे । यो केवल एक धार्मिक परिवर्तन थिएन, थेरवाद बौद्ध धर्मको उत्पत्ति, प्रचार र विस्तार थियो । थेरवादको अर्थ परम्परावादी बुजु्रकहरुको मार्ग हो, थेरवादीहरु विनय(भिक्षुहरुको जीवनशैलीको नियम) अनुशरणमा अत्यन्तै अनुशासित थिए । उनीहरु भन्ने गर्थे हामीहरुसंग अमूल्य धरोहर छ, बुद्धका मौलिक वाणी, उपदेश तथा ज्ञानहरु छन् जसको संरक्षण हामी विनाकुनै बदलाव जस्ताको त्यस्तै मौखिक परम्पराबाट गर्दै आइरहेका छौं ।” यो परम्परावादी बौद्ध बुज्रुकहरुको दृष्टिकोण विस्तारै साधकहरुको मुक्तिको मार्ग सावित हुदैभयो । जव प्रादुर्भाव भएको भूमि नेपाल र भारतबाट बौद्ध धर्म पलायन तथा लोप भएको थियो तव श्रीलंका द्विप यसको मजबुत किल्ला बन्यो । श्रीलंकका अनुराधापूराका सुनौला स्तुपाहरुका विच भिक्षुहरुले बौद्ध धर्मको इतिहासमा क्रान्तिकारी निर्णय लिए । गौतम बुद्धको महापरिनिर्वाण भएको ४०० वर्षपछि पहिलोपटक बौद्ध भिक्षुहरुले गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई संरक्षण गर्ने उद्देश्यले क्रमशः सबैलाई लिखित रुपमा लिपिवद्ध गर्न प्रारम्भ गरे पालि क्यानन्का रुपमा जसमा त्रिपिटक– सुत्त पिटक, विनय पिटक र अभिधम्म पिटक सामेल रहेका थिए । यही नै पछि गएर सबैभन्दा पूरानो तथा प्रारम्भिक बौद्ध ग्रन्थ तथा साहित्य बन्यो । तर थेरवादको वास्तविक कौशल केवल संरक्षणमा मात्र सीमित थिएन, यसको कौशल व्यवहारिक आध्यात्मिकता थियो । यसको मार्ग स्पष्ट र सरल थियो, नैतिक आचारणले आधार प्रदान गर्दथ्यो, प्रयोगात्मक अभ्यासले मनलाई तिब्र गर्दथ्यो र बुद्धिले भ्रमलाई काटिदिन्थ्यो जो दुःखका कारकहरु तत्वहरुको कारण थियो । कुनै जटिल रीति, कुनै जटिल ध्यान, कल्पना, कुनै रहस्मय तथा चमत्कारिक छोटो बाटो थिएन, एक व्याक्तिगत कदम तथा व्यक्तिगत यात्रा थियो मुक्ति तथा निर्वाणको मार्गउन्मुख । यस अत्यन्तै व्यक्तिगत अभ्यासमा इतिहासको सबैभन्दा स्थिर र सामनजस्यपूर्ण समाजको निर्माण गर्यो । वर्तमान समयमा बौद्ध धर्मको थेरवाद परम्परा दक्षिण एशिया र दक्षिणपूर्वी एशियाइ देशहरुमा रहेको छ र वर्तमान समयमा विश्वभरि छरिएर रहेका थेरवादका अनुयायीहरु १५० मिलियनको हाराहारीमा रहेका छन् । 


महायान बौद्ध धर्मको प्रादुर्भाव र विस्तार

इशाको पहिलो शताव्दीमा चौथो बौद्ध परिषदबाट थेरवाद र महायान दुई शाखामा विभाजित भएपछि जव महायान शाखा अन्तर्गतका बौद्ध धर्म तथा दर्शनका आदर्शहरु विभिन्न माध्यमबाट पूर्वी एशियाका विदेशी भूमिहरुमा तिब्रगतिमा प्रचार र विस्तार हुदैगयो तव त्यहाँका स्थानीय समुदायहरुले बौद्ध भिक्षुहरुलाई आफ्ना जिज्ञासा सोध्न लागे, “के बौद्ध धर्ममा ‘व्यक्तिगत मुक्ति’ सबैभन्दा अधिक महत्वको हो ? के ‘करुणा’ त्यो भन्दा बढि महत्वपूर्ण हो ? के सम्बोधिमा उपलव्ध हुन बोधिसत्व केवल शुरुआत मात्र हो ? के सम्बोधि अन्तिक लक्ष्य हो ?” बौद्ध धर्म तथा दर्शनको मूल आदर्श तथा अन्तर्य विषयहरुसंग सम्वन्धित यस्ता जिज्ञासा तथा सवालहरुले तत्कालीन समयमा एक क्रान्तिकारी विचार तथा आन्दोलनलाई जन्म दियो । यी विषयहरुले महायान बौद्ध शाखामा अनुसन्धानात्मक खोज, नवीनता र सिर्जनश्ीलताको दायरा बढायो र विस्तारै परम्परावादी थेरवाद शाखाको तुलनामा आकार र महत्वमा फरकिलो हुदै तथा बढ्दैगयो । बौद्ध दर्शनको नयाँ शाखाको नाम महायानको शाव्दिक अर्थ ठूलो तथा विशाल बाहन हो जसले धेरै विषयहरु आफूभित्र समट्दै धेरै अनुयायीहरुलाई एकैसाथ सांसारिक जीवनका दुःखहरुबाट मुक्त गर्न सक्दछ मुक्तिको मार्गउन्मुख गराउन सक्छ । बौद्ध धर्मको महायान शाखालाई गहिराइमा बुझ्नका लागि बौद्ध धर्म, दर्शन तथा साहित्यका सबैभन्दा शक्तिशाली कथाहरु जान्नु आवश्यक हुन्छ जसमा बौद्ध धर्मका परालौकिक, रहस्यमय, चमत्कारिक, दिव्य विषयहरु समावेश गरिएका छन् । 


बौद्ध महायानको प्रारम्भ र विस्तारको सन्दर्भमा शक्तिशाली अमिताभ बुद्ध र उनका आध्यात्मिक पुत्र अवलोकित इश्वरविच भएको संवाद रोचक रहेको छ । अमिताभ बुद्धका आध्यात्मिक पुत्र अवलोकित इश्वरले अमिताभ बुद्धको सामुन्नेमा प्रतिज्ञा गरे कि, “म निर्वाणमा प्रवेश गर्दिन, म तवसम्म पूर्णशान्तिमा विश्वास गर्दिन जवसम्म यो संसारका हरेक जीव तथा प्राणीहरुलाई दुःखबाट मुक्ति मिल्दैन ।” तर संसारमा प्रलय आयो, अवलोकित इश्वरको करुणा र सबै जीवहरुलाई दुःखबाट मुक्त गर्ने अथक प्रयासका बाबजुद जीवहरुको दुःख कम भएन । हरेक जीवहरुलाई दुःखबाट वाहिर निकाल्न खोज्दा १० जीवहरु अझ दुःख तथा अन्धकारमा खसे, अव उनलाई यो कार्य असम्भव जस्तो लाग्न थाल्यो । कथामा उल्लेख गरिए अनुसार जीवहरुको दुःख देखेर अवलोकित इश्वरको हृदय अनन्त करुणाको भारले क्षतिग्रस्त भयो, शिर टुक्राटुक्रामा विभाजित भयो, शरीर चकनाचुर भयो र आत्मा टुट्यो । तर अमिताभ बुद्धले आफ्ना आध्यात्मिक पुत्र अवलोकित इश्वरलाई चाहेको काम पूरा गर्न आफ्नो चमत्कारको शक्तिले ११ वटा शिर र १००० वटा हातहरु प्रदान गरेर पुनरनिर्मित गरे ताकि उनले सबै दिशामा भएका प्राणीका दुःखहरु देख्न सकुन् र दुःखमा परेर सहाराको आवश्यकता भएका हरेक प्राणीहरुलाई सहयोग प्रदान गर्न सकुन् । यो घटनाले यस्तो विषय दर्शायो र स्थापित गर्यो कि, सत्य करुणा मुस्किल र दबाबहरुबाट पछाडि हट्दैन बरु आफ्नो मद्धत गर्ने क्षमतालाई गुणन गरेर अझै शक्तिशाली बनाउछ । यो कथाले त्यस्तो क्रान्तिकारी भावनालाई बौद्ध अनुयायीहरुभित्र भरिदियो जसले इशापूर्व पहिलो शताव्दीमा बौद्ध धर्मको आदर्शलाई बदलिदियो र करुणा भाव मुल लक्ष्यमा स्थापित गरिदियो जसको मूल उद्देश्य आफ्नो मात्र व्यक्तिगत मुक्ति नभएर संसारका सबै प्राणीहरुलाई दुःखबाट मुक्त हुन मद्धत गर्ने विराट भावमा स्थापित गरिदियो । यस समयमा थेरवादी भिक्षुहरु आफ्नो व्यक्तिगत मुक्तिमा केन्द्रित रहेका थिए तर महायनी भिक्षुहरु संसारका सबै प्राणीहरुको मुक्ति हेतु लागिपरेका थिए । यसपछि बौद्ध धर्मको इतिहासमा एक नयाँ आन्दोलन सामुन्नेमा आयो जसको दृष्टिकोण र लक्ष्य विलकुल अलग थियो, संसारका सबै जीवहरुको दुःख मुक्ति गर्ने करुणाको मार्गलाई आत्मसाथ र नेतृत्व गर्नेहरु आफूलाई विशाल सवारी अर्थात महायानका अनुयायी मान्ने गर्दथे । उनीहरुको गहिरो आस्था र दृढ विश्वास थियो केवल महायानका अनुयायीहरुले मात्र एकसाथ धेरै जीवहरुलाई दुःखबाट मुक्ति दिलाउन सक्छन् किनकी महायानीहरुको मूल लक्ष्य केवल स्वयंको मुक्ति थिएन, संसारमा भएका सबै जीवहरुको लागि मुक्ति प्रदान गर्नुथियो । बौद्ध धर्ममा यो विषयको आध्यत्मिक दर्शन र यसको तरंगले ल्याएको दार्शनिक बदलाव निकै गहन थियो यसकारण यसको प्रचार, विस्तार र अनुशरण तिब्रगतिमा हुदैगयो विश्वव्यापि रुपमा तत्कालीन समयदेखि वर्तमान समयसम्म नै ।


बौद्ध धर्मका थेरवादीहरुले अरहन्त तथा निर्वाणको आदर्शलाई महत्व दिदै आइरहेका थिए जो आफू एक्लैले मात्र जीवनका दुःखहरुबाट मुक्ति र निर्वाण प्राप्त गर्दछ तर महायानीहरुले बोधिसत्वलाई सर्वोच्च स्थान दिए जो साधक जानीबुझि आफ्नो अन्तिम मुक्ति अर्थात निर्वाणलाई टालिदिन्छ ताकि अरुमाथि करुणा वर्षाउन सकोस र अरु जीवहरुलाई संसारका दुःखहरुबाट वाहिर आउन सहयोग गर्न सकोस । महायानी भिक्षुहरुले सार्वजनिक रुपमै संकल्प गर्दै भने, “हाम्रो अन्तिम लक्ष्य केवल दुःखको संसारबाट भाग्नु होइन, यसको समाधान र यसमा सकारात्मक परिवर्तन ल्याउनु हो ।” उनीहरुले आम मनुष्यहरुलाई सिकाए, “निर्वाण तथा संसार र सम्बोधि तथा अस्तित्व सामान्य स्तरमा अलग–अलग विषय होइनन्, यी सबै एकै वास्तविकतालाई देख्ने अलग–अलग तरिका हुन् ।” जव यो नवीन र अलौकिक आदर्श आत्मसाथ गरेको नयाँ धर्म नेपाल र भारतबाट एशियाको उत्तरी क्षेत्र चीनतिर फैलिने क्रम प्रारम्भ भयो यसले उक्त क्षेत्रहरुमा पहिलादेखि नै स्थापित भैसकेका गहन दार्शनिक परम्पराहरु कन्फ्युसियस र तावोवादसंग संघर्ष, प्रतिस्पर्धा तथा तिनको कडा सामना गर्नुपर्यो । स्थानीय समाज र संस्कृति तथा परम्परामा पहिलादेखि नै स्थापित भएका पूराना विश्वासहरुलाई नमान्ु तथा खारेज गर्नुको साटो बौद्ध धर्मको महायानी आदर्शले तिनलाई अंगिकार गर्यो, कन्फ्युसियस र तावोवादसंग मिल्यो, आफूभित्र समाहित गर्यो, तिनीहरुसंग हातेमालो गर्यो र पूर्णरुपमा अर्को नयाँ संष्लेषणको रचना गर्यो । यी नयाँ संष्लेषणका आदर्शहरु गहन, अर्थपूर्ण र आकर्षक थिए सबैलाई आफूतिर आकर्षित गर्ने प्रकारका । चीनिया बौद्ध अनुयायीहरुले बुद्ध(चैतन्यताको उच्च अवस्था) स्वभावका नयाँ–नयाँ अवधारणाहरु विकसित गर्दै लगे, उनीहरु विश्वास गर्थे र भन्ने गर्थे, “हरेक जीवमा पहिलादेखिनै सम्बोधिको विज हुन्छ ।” यो विश्वास तावोवादबाट बौद्ध महायनले आत्मसाथ गरेको थियो । चीनिया महायानी बौद्ध अनुयायीहरुले शुद्धभूमि बौद्ध धर्मको स्थापना गरे जसले भक्तिको माध्यमबाट मुक्ति मिन्छ भन्ने आध्यात्मिक आदर्शलाई आत्मसाथ गर्यो । यही अवधारणा पछि गएर जेन बौद्ध धर्मको रुपमा विकसित हुदै अस्तित्वमा आयो र पूर्वी एशियामा दह्रोसंग स्थापित भयो जेन बौद्ध धर्मले शव्द र धारणा भन्दा माथि उठेर प्रयोगात्मक अभ्यासको माध्यमबाट साधकहरुले गर्ने प्रत्यक्ष बोधको अनुभूतिमा जोड दिन्छ । यही अवस्था तथा यिनै विषयहरु थिए जेन बौद्ध धर्म स्थापना गराउने तथा जेन बौद्ध धर्मको संस्थापकको भूमिका निर्वाह गर्ने । महायन बौद्ध धर्मको प्रारम्भ र विस्तारको सन्दर्भमा सबैभन्दा ठूलो खुवी तथा विशेषता यसको अवस्था र आवश्यकता हेरेर अनुघुलन हुनसक्ने क्षमता तथा नवीनतावादी सोच थियो जसको माध्यमबाट बौद्ध धर्मका नयाँ–नयाँ थप क्रान्तिकारी र आमूल परिवर्तन ल्याउन सक्ने शाखा तथा उपशाखाहरु जन्मिए र यिनै शाखा तथा उपशाखाहरुले बौद्ध धर्म तथा दर्शनलाई प्राचीनकाल देखि वर्तमान समयको आधूनिक कालसम्म निरन्तर विस्तार भैरहन सहयोग प्रदान गरे । 


थेरवाद जसले बौद्ध धर्मको मूलरुपको संरक्षणमाथि निष्ठापूर्वक जोडदियो यसकारण यसका आदर्शहरु कठोर बन्दैगए र यसको सहज रुपान्तरण हुनसकेन तर महायान प्रतिरुपात्मक बन्दै गयो जसले हरेक क्षेत्रका सबैप्रकारका संस्कार, संस्कृति र परम्पराहरुको अवस्था र आवश्यकता विश्लेषण गरेर आफूमा त्यसै अनुसारको रुपान्तरण ल्याउन तयार हुदैगयो र तिब्रगतिमा विस्तार हुदैगयो । यहीकारणले वर्तमान समयमा विश्वभरि महायान बौद्ध धर्मका ५०० मिलियन भन्दा बढि अनुयायीहरु रहेकाछन् जो विशेष गरि पूर्वी एशिया र त्यसभन्दा वाहिर विश्वभरि फैलिएका छन् चाहे क्योटोका जेन बौद्ध भिक्षु हुन्, बेइजिंगका शुद्धभूमिका भक्त हुन् या सिओलका दार्शनिक हुन् सबै अमिताभ बुद्धका आध्यात्मिक पुत्र अवलोकित इश्वरका प्राचीन प्रतिज्ञा तथा संकल्प करुणालाई साझा गर्दछन् र आफ्नो व्यक्तिगत मुक्तिलाई त्यागेर संसारका सबै जीवहरुलाई बिना कुनै अपवाद सांसारिक दुःखहरुबाट मुक्ति दिलाउने संकल्प र प्रयत्न गर्दछन् । 


बज्रयान बौद्ध धर्मको प्रादुर्भाव र विस्तार

यसपश्चात पनि बौद्ध धर्म अझै प्रचार, विस्तार र विकासित हुदै गैरहेको थियो र यो महान कार्य पूर्वी एशियाको तिब्बतका राजा त्रिसंगडेटसंगले गरिरहेका थिए । बौद्ध धर्मको तेस्रो अत्यन्तै महत्वपूर्ण शाखा बज्रयानलाई गहिराइमा बुझ्न यसका अलौकिक कथाका विषयलाई जान्नुपर्ने हुन्छ । बौद्ध धर्मलाई प्रचार र विस्तार गर्ने क्रममा सन् ०७८२ मा तिब्बतका राजा त्रिसंगडेटसंग अत्यन्तै मुस्किल तथा असम्भव जस्तो लाग्ने समस्याको सामना गरिरहेका थिए । उनी आफ्नो पर्वतीय राज्यमा पहिलो पटक बौद्ध मठहरुको निर्माण गर्न चाहन्थे तर स्थानीय क्षेत्रको रहस्यमय कारणले संभव भैरहेको थिएन, बिना कारण बनाइएका मठका संरचनाहरुको जग, भित्ताहरु आफैं भत्किन्थे । यस्ता अचम्मका विभत्स दृश्यहरु देखेर मठ निर्माणको का मगर्ने कालीगढ तथा मजदुरहरु डराएर काम छोडेर भाग्न थाले । राजाका सल्लाहकारले त्यस स्थानमा गुप्त देवी–देवताहरुको वास रहेको कारण यस्तो भएको हुनसक्ने रहस्यपूर्ण विषय खुलासा गरे । ती देवी–देवताहरु उक्त स्थानमा युगौंदेखि वास गर्दै आइरहेका थिए र उनीहरुले नै आफूहरु युगौंदेखि रहदै आएको स्थानमा नयाँ धर्मको जग बसाल्न र त्यस धर्म तथा आस्थाको विस्तार गर्न बौद्ध मठ तथा स्तुपाहरु निर्माण गर्न दिरहेका थिएनन् । मन्त्रीबाट यस्तो चमत्कारिक विषयको खुलासा भएपछि बौद्ध मठ तथा स्तुपा बनाउन असम्भव देखेर राजा अलमलमा परे । तत्कालै यही समस्याको समाधान गर्न भारतका अनुभवी बौद्ध भिक्षु तथा बौद्ध बडागुरु पद्यम संभव तिब्बत गए जसलाई आजपर्यन्त तिब्बती बौद्ध भिक्षु तथा बौद्ध गुरुहरु रिम्पोचे तथा बडागुरुका रुपमा मान्दछन् र सम्मान प्रदान गर्दछन् । बडागुरु पद्यम संभव तन्त्रका ज्ञाता थिए र उनी धेरै प्रकारका गुप्त र शक्तिशाली आध्यात्मिक प्रयोगहरुमा प्रविण र अनुभवी थिए । तिब्बती परम्परा अनुसार बडागुरु पद्यम संभव पर्वतको बाटो हिडिरहेको समयमा उक्त क्षेत्रमा युगौंदेखि वास गर्दै आइरहेका स्थानीय देवी–देवताहरुसंग उनको साक्षातकार भयो जसले लामो समयदेखि पर्वतीय राज्य तिब्बतमा बौद्ध मठ तथा स्तुपा बनाउन अवरोध गरिरहेका थिए । उनीहरुसंग बडागुरु पद्यम संभवले मेलमिलापको प्रस्ताव अगाडि सारे । त्यहाँ स्थित देवी–देवताहरु मात्र नभएर एक–एक गरेर सबै साना–ठूला आत्मा, चेतना अर्थात उर्जाहरु बडागुरुको सामुन्ने आए, तुरुन्तै बडागुरु पद्यम सम्भवले आफ्नो तान्त्रिक कला कौशलको अनुभवको शक्तिले उनीहरु सबैलाई पवित्र किसिमले एकतामा बाधिदिए र उनीहरुको बिनास गर्ने उर्जालाई धर्मको रक्षा गर्ने रक्षात्मक र रचनात्मक शक्तिमा रुमान्तरण गरिदिए र उनीहरुलाई उक्त क्षेत्र छोडेर कतै जानु नपर्ने बरु मान्यता प्रदान गरिने र त्यसको बदलामा उनीहरुले बौद्ध धर्मको रक्षा र विकासमा सहयोग गर्ने अत्यन्तै सौहार्दपूर्ण वातावरणको निर्माण गरिदिए । यसपश्चात ती देवी–देवता, आत्मा, चेतना अर्थात उर्जाहरु बौद्ध धर्मका रक्षकका रुपमा रुपान्तरण भए र यही अलौकिक शक्ति बज्रयान बौद्ध धर्मको आधार बन्यो । बज्रयानको शाव्दिक अर्थ हिराको वाहन हो भन्ने गरिन्छ । हिरालाई पृक्ष्वीको सबैभन्दा कडा अर्थात बज्र पदार्थ तथा पत्थरको रुपमा मान्ने गरिन्छ । हिराले सम्बोधिको अटुट प्रकृति र त्यसलाई हासिल गर्नकालागि आवश्यक धारलाई दर्शाउछ । बौद्ध अनुयायी बज्रयानी साधक संसारिक भोगको कामना र अनुभवबाट भाग्न चाहदैनन्, बरु यो अवस्था र शक्तिलाई तिब्र आध्यात्मिक इन्धनको विकासको रुपमा उपयोग गर्दै यसैको माध्यमबाट यही जन्ममा, शरीरमै रहेर अर्थात शरीरको मृत्यु नभइकन सनातन अध्यात्मको सबैभन्दा अन्तिम अवस्था तथा विन्दु निर्वाण अर्थात मोक्ष अर्थात जन्म र मृत्युको चक्रबाट माथि उठाउने अन्तिम मुक्ति अर्थात इटरनल लिवरेसनमा उपलव्ध हुन चाहान्छन् । 


थेरवाद बौद्ध धर्म मनुष्यको व्यक्तिगत शुद्धिकरणमा जोड दिन्छ, महायान बौद्ध धर्म अनेक पूनरजन्महरुको कुरा गर्दछ, र बज्रयान बौद्ध धर्म एक अदभूत दाबी गर्छ कि सहि साधना तथा विधिको माध्यमबाट सम्बोधि(परमात्मा साक्षातकार) यही एकै जीवनमा हासिल गर्न सकिन्छ र सांसारिक जीवनका सबै दुःखहरुबाट मुक्त भएर निर्वाणमा उपलव्ध हुन सकिन्छ, यहीं र अहिले नै सम्बोधि हासिल गर्न सकिन्छ नकि कहीं दुर अनिश्चित भविश्यमा । तिब्बतमा विकसित भएका बज्रयान बौद्ध धर्मका अलौकिक आस्था र साधना विधिहरु बौद्ध धर्मका थेरवाद, महायान र जेन धर्ममा भएका भन्दा केही फरक र अनौठा प्रकारका थिए । बज्रयानका आस्था र साधना विधिहरुले जटिल ध्यानका कल्पनाहरु गर्दछ जसमा साधक स्वयंलाई बोधिसत्वको रुपमा कल्पना गरिन्छ; ध्यान साधनामा जप गरिने पवित्र मन्त्र जो शरीर र मनमा गुञ्जिन्छ; गुञ्जिायमान मन्त्रले साधकको वरिपरि सुक्ष्म मण्डल निर्माण गर्दछ; मन्त्रको सुक्ष्म मण्डलले साधकको चेतनाको मानचित्र बनाउछ; र यो अवस्थाले चेतनाको जागरुकतालाई उच्च अवस्थामा पुर्याएर साधकलाई पूर्णरुपमा जाग्रीत हुन मद्धत गर्दछ; र पूर्णरुपमा जाग्रीत साधक निर्वाणमा उपलव्ध हुन्छ । गौतम बुद्धद्वारा प्रतिपादन गरिएको बौद्ध धर्म प्रादुर्भाव भएको १००० वर्षसम्म यो अदभूत, अलौकिक साधनाको सभ्यता लुकेर बस्यो तर जव बौद्ध साधकहरुको ध्यान साधनामा यो अलौकिक ज्ञानको प्रष्फुटन भयो तिब्बत एउटा यस्तो अनौठो समाज बन्यो जहाँ सम्बोधि प्राप्ति दैनिक जीवनयापनको मूल व्यवहार र जीवनको मूल सिद्धान्तको अलौकिक भूमि बन्यो । 


तर विडम्बना सन् १९५० मा कुनैपनि धर्ममा आस्था नराख्ने चीनको कम्युनिष्ट सरकारले तिब्बतमाथि आफ्नो कब्जा जमाउने उद्देश्यले विभत्स आक्रमण गर्यो र त्यस आक्रमणले प्राचीन बज्रयान बौद्ध धर्मको साम्राज्यलाई लगभग एकरातमै पूर्णरुपमा ध्वस्त गरिदियो र बौद्ध भिक्षुहरुमाथि निर्मम किसिमले धरपकड गर्न थाल्यो । तिब्बतका १४ औं दलाई लामा आफ्नो भूमिमा हमलाकारीको क्रुरताका कारण आफू असुरक्षित रहको महसुस गरे र आफ्नो आस्था र धर्मलाई बचाउनका लागि सन् १९५९ मा तिब्बत छोडेर भारतमा शरण लिन पुगे र त्यसबेलादेखि वर्तमान समयसम्म तिब्बतका १४ औं दलाई लामा पुनः आफ्नो मातृभूमि फिर्ता पाउने आशमा निर्वासित विगत ६५ वर्षदेखि भारतमा जीवन बिताइरहेका छन् । भारतमा निर्वासित अवस्थामै रहेर दलाई लामाले आफ्नो आध्यात्मिक तथा धार्मिक परम्परालाई जिम्मेदारी पूर्वक निभाइरहेका र बचाइरहेका छन् । यो सोच्दै नसोचिएको असामयिक तिब्बतमाथि चीनिया हमला, बिनास, असुरक्षा र दलाई लामाको भारतमा हुदै आइको लामो निर्वासनको अवस्था वैश्विक आध्यात्मिक पुनरजागरणको अत्यन्तै सुनौलो अवसरको रुपमा देखियो साथै रुपान्तरणको आरम्भ र संवाहक बन्यो तथा बन्दै आइरहेको छ विगत ६५ वर्ष यतादेखि । तिब्बती बौद्ध भिक्षु तथा बौद्ध बडागुरु तथा गुरुहरु संसारभरि घुमेर खासगरि यूरोप अमेरीकाका विकसित मुलुकहरुमा आफ्नो बज्रयान बौद्ध धर्मका परम्परागत ज्ञान, यसका प्रभावकारी साधना विधिहरु, गुप्त रहस्यहरु आदिबारे अरुहरुलाई सम्झाउने, बुझाउने, सिकाउने तथा पढाउने महान कार्य गर्दैआइरहेका छन् जसले बौद्ध धर्म तथा दर्शनको संसारभरि थप प्रचार र विस्तारमा अत्यन्तै महत्वपूर्ण भूमिका र योगदान प्रदान गरिरहेको छ । यसप्रकार परम्परागत तिब्बती समाजको बिनासले बज्रयान बौद्ध धर्मको वैश्विकरणलाई जन्म दियो र संसारभरिका मनुष्यहरुलाई गौतम बुद्धको पूर्वीय सनातन ज्ञानले सिंचित हुने दुर्लभ अवसर प्रदान गर्यो । 


छिट्टै,

बौद्ध धर्मका तीन शाखा- थेरवाद, महायान, बज्रयानविच विभिन्नता



Sunday, 7 June 2026

बौद्ध धर्मको विभाजन र मूलशाखाः थेरवाद-महायान-बज्रयान, भाग -१

डा. सिर्जना भण्डारी


बौद्ध धर्म विभाजनको सन्दर्भमा इतिहासकारहरुको मत 

कुनैपनि धर्म तथा दर्शनमा धेरै यथास्थिथिवादी, परम्परावादी तथा पुरातनवादी बन्नु कहिलेकाहीं हानिकारक हुनसक्छ । गौतम बुद्धको महापरिनिर्वाण पश्चात यही अवस्था बौद्ध धर्म तथा दर्शनले बेहोर्नु परेको थियो । इतिहासकारहरुका अनुसार गौतम बुद्धले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान, विधि तथा उपदेशहरु गौतम बुद्ध शरीरमा रहदै समाजमा सक्रिय रहेर सर्वकल्याणका कार्यहरु गरिरहेकै समयमा व्यवहारिकता तथा प्रयोगात्मक अभ्यासका साथसाथ सैद्धान्तिक रुपमा अवस्था र आवश्यकता अनुसार एकसाथ समय–समयमा लिपिवद्ध गरेर लिखित दस्तावेज, शास्त्र तथा ग्रन्थहरुको स्वरुपमा संरक्षित गरिएका थिए भने बौद्ध धर्म तथा दर्शनले गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनको संरक्षण व्यवस्थापन गर्ने क्रममा मूलसार तथा मूलमर्म हराएको सिद्धान्त जस्तो अस्थिर बन्नुपर्ने थिएन, अस्थिरता बेहोर्नु पर्ने थिएन, अनिश्चितता र विभाजन बेहोर्नु पर्ने थिएन । गौतम बुद्धले आफ्ना उपदेशहरु मार्फत प्रदान गरेका सैद्धान्तिक शिक्षा, ज्ञान, विज्ञान र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा गरिने विधिहरु व्यवस्थित ढंगले समयमै लिपिवद्ध गरिएका थिए भने बिनाकुनै अनिश्चितता र अतिरिक्त मेहनत बुद्धका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु एक पिढीबाट अर्को पिढीमा सजिलै हस्तानतरण हुन सक्थे, वास्तविक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुले निरन्तरता पाउथे, बौद्ध धर्म तथा दर्शनको मूलसार तथा मूलमर्म एउटै रहिरहने थियो, र एउटै संघमा एक ढिक्का भएर एकै समुहमा रहेर बौद्ध धर्म तथा दर्शनको विकास अझ उच्चस्तरमा हुनेथियो, साथै प्रचार र विस्तार पनि तिब्रगतिमा हुनेथियो । 


यस सन्दर्भमा अर्काप्रकारका इतिहासकारहरुको फरक र प्रगतिउन्मुख रहेको छ, उनीहरुका अनुसार इतिहासमा धेरै धर्म तथा दर्शनहरु लामो समयसम्म एकै विचारधारामा रहिरहदा समयक्रमसंग कमजोर हुदै गएका र विस्तारै लोप भएर गएका धेरै उदाहरणहरु रहेकाछन् तर बौद्ध धर्म तथा दर्शनमा समयक्रमसंग धेरै बदलावका विविधताहरु देखिएका कारण यसले आज पयन्त निरन्तरता पाउा सफल भयो । केही विशेष कारणले प्रादुर्भाव भएको आफ्नो मूलभूमि नेपाल र भारतबाट लुप्त भएपनि विविधताकै कारणले विश्वभरि फैलिएर गयो र आजसम्म पनि यूरोप, अमेरिकाका पश्चिमेली देशहरुमा विस्तार भैरहेको छ । बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको समयदेखि आजपर्यन्त यति लामो समयसम्म टिकीरहनु र निरन्तर विस्तार भैरहनुको मूलकारण यसमा देखा परेका मतभेद, विविधता र विभाजननै बनेको छ । तत्कालै लिपिवद्ध भएर लिखतका रुपमा तथा ग्रन्थका रुपमा संरक्षित र व्यवस्थित गरिएको थियो भने बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यता, नियम, सिद्धान्तहरु अकाट्य तथा अपरिवर्तनशील, स्थिर बन्ने थिए र यी शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा परिवर्तन, नवीनता तथा विविधताको कुनै गुन्जायस रहने थिएन र तिनै एकैप्रकारका साँघुरा, कठोरताका नियम तथा मूल्य–मान्यताहरुमा अगाडि बढिरहन बाध्य हुनेथियो जसले बौद्ध धर्म तथा दर्शनको लोकप्रियता र यसप्रतिको रुचि घटाउदै लानेथियो । यसरी कडाइका साथ धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान, विधि, सिद्धान्तहरुका सैद्धान्तिक र व्यवहारिक विषयहरु संरक्षित गरिदा चाहेर या नचाहेर र जानेर या नजानेर यी कार्यहरु कठोर व्यवस्था बन्नसक्थे र नयाँ युग, अवस्था, परिस्थिति तथा नयाँ पुस्ताहरुको रुचि र आवश्यकताको हिसावले त्यसअनुरुप ढल्न तथा परिवर्तित हुन सक्ने थिएनन् । 


इतिहासकारहरुकै मत अनुसार बौद्ध धर्म तथा दर्शनका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु गौतम बुद्ध शरीरमा रहदै तत्कालै लिपिवद्ध गरेर संरक्षित तथा व्यवस्थित नगरिनुमा गौतम बुद्धकै अरुचि भएको कारणले थियो किनकी गौतम बुद्ध स्वयं आफ्ना शिष्य, अनुयायी तथा आम मानिसहरुलाई बारबार सल्लाह तथा प्रेरणा प्रदान गर्ने गर्थे, “सबै कुरा तथा विषयहरु नस्वर छन्; सबै अनित्य तथा परिवर्तनहील छन्; केही पनि स्थिर छैनन्; यसकारण कुनै पनि एक घटना तथा विषयको सन्दर्भमा एकोहोरो प्रकारले लगाव नराख्नु, त्यसउपर रहेको एकोहोरो आशक्ति छोड्नु, आफूमा परिवर्तनका लागि संधै तयार रहनु र संधै नै मध्यमार्गमा रहनु ।” यसप्रकारको सोचबाट यो स्पष्ट अनुमान गर्न सकिन्छ कि गौतम बुद्ध स्वयंनै खुकुलोपन, लचकता, नवीनता र विविधताका पक्षपोसक थिए, परिवर्तनमा विश्वास राख्थे । यसकारण गौतम बुद्धको महापरिनिर्वाण पश्चात बौद्ध धर्म तथा दर्शनमा नवीनता र विविधताले प्रवेश पायो । यसको विपरित बौद्ध धर्म तथा दर्शनलाई संरक्षित र व्यवस्थित गर्ने नाममा अपरिवर्तनशील कठोर मूल्य–मान्यताहरु राखेर सार्वजनिक गरिएको थियो भने यसप्रकारको परिवर्तन, नवीनता र विविधताले प्रवेश पाउन प्रवेश पाउने थिएन र यसरी संसारभरि बौद्ध धर्म तथा दर्शनको प्रचार र विस्तार हुने थिएन । यस सन्दर्भमा यो भन्दा फरक मत राख्ने इतिहासकारहरुका अनुसार कुनै धर्म तथा दर्शनका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई समयमै आवश्यक संरक्षण तथा व्यवस्थापन नगरि धेरै खुकुलो छोडियो तथा चाहिने भन्दा बढि लचकता अपनाइयो भने त्यस धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान, मूल्य–मान्यता, सार तथा मर्म, आस्था, संस्कृति, परम्पराहरु आफ्नो वास्तविक स्वरुपबाट बदलिदै जान्छन्, आफ्नो वास्तविक अर्थ र महत्व गुमाउदै जान्छन् र लोप हुने सम्भावना बढ्दै जान्छ र लोप हुनसक्छन् । यसरी गौतम बुद्धकै समयमा उनी स्वयंलेनै आफूले प्रदान गरिएका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुलाई निश्चित प्रकारले संरक्षित तथा व्यवस्थित नगरी समयको वहावसंगै आफ्नो किसिमले अगाडि बढ्न खुकुलो छोडिएको तथा लचकता अपनाइएको कारण गौतम बुद्धको महापरिनिर्वाण पश्चात मूल गुरुको भौतिक अनुपस्थितिमा शिष्य तथा अनुयायीहरुमा गुरुबाट आफूले प्राप्त गरेका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुको सन्दर्भमा मत विभाजन, मतभेद, वादविवादहरु देखिएका कारणले बौद्ध धर्म तथा दर्शन विभाजनको संघारमा पुग्यो र समयक्रम संगै क्रमशः धेरै प्रकारका विभाजनहरु बेहोर्दै गयो । यिनै मत विभाजन, मतभेद, वादविवादहरुले बौद्ध धर्म तथा दर्शनमा युग सान्दर्भिक परिवर्तन, नवीनता र विविधता भित्र्यायो र विश्वभरि विस्तार भयो ।


बौद्ध धर्म तथा दर्शन किन र कसरी विभाजित भयो

कुनैपनि धर्म, आस्था तथा दर्शनहरुका संघ, संगठनहरुको विकासक्रम र पतनको इतिहासलाई हेर्दा परम्पराको नाममा कठोरपन अनुशरण गरेका धर्म, आस्था तथा दर्शनहरु प्राम्भिक चरणमा राम्रोसंग विकसित भएका भएपनि पूराना र नयाँ पुस्ताहरुको विचारमा मतभेद आएका कारण ती धर्म, आस्था तथा दर्शनहरुका अनुयायीहरुको संख्या कम हुदै गएर विस्तारै पतन तथा लोप भएर अस्तित्वमै नरहेका देखिन्छन् । तर लचिलोपन अनुशरण गरेका धर्म, आस्था तथा दर्शनहरु बदलिदो समयसंग आएका अवस्था र परिस्थितिहरुको माझमा आफूलाई बचाएर राख्न सहज र सफल भएका र निरन्तर विकास भैरहेका देखिन्छन् । इतिहासको यो अनुभवको प्रसंग बौद्ध धर्म तथा दर्शनसंग मेल खाएको देखिन्छ, परम्परावादी भिक्षुहरुले आफ्नो संरक्षित स्वरुप अर्थात पुरानो संरक्षणवादी परम्परामा लचकता नअपनाएका तथा आफूलाई युग सान्दर्भिक हुनेगरि नबदलेका र युग सान्दर्भिक हुनेगरि नवीन परिवर्तनहरुलाई अनुशरण नगरेका कारण नयाँ पुस्ताका नवीनतावादी भिक्षुहरुले पुरातनवादीसंग सम्झौता गरेनन्, बौद्ध संघमा विभाजन आयो र परम्परावादीहरु सानो संख्यामा सीमित हुनपुगे तर नवीनतावादीहरुको संख्या तिब्रगतिमा बढ्दै गयो । बौद्ध धर्म तथा दर्शनको महापरिनिर्माण सुत्तका अनुसार गौतम बुद्धको अन्तिम मार्गदर्शन स्पष्ट थियो, “सबै कुरा तथा वस्तुहरु नस्वर छन्, मेहनेत गर्दै गर, एउटै कुरा तथा वस्तुहरुमा आशक्त भएर नबस ।” बुद्धको यस अन्तिम मार्गदर्शनको शिक्षा तथा ज्ञान अनुसार सबै कुरा तथा वस्तुहरु नाश भएर जाने प्रकारका नश्वर छन्, परिवर्तनशील छन्, निश्चित समयपछि नष्ट भएर जान्छन् यसकारण नयाँपन र परिवर्तनका लागि लचिलो बन र केही कुरा तथा विषयप्रति आशक्त नबनीकन परिवर्तनहरुलाई आत्मसाथ गर्दै मेहनत गरेर जीवनमा अगाडि बढिराख । तर गौतम बुद्धले यो बताएनन् कि आगामी दिनमा नयाँ पिढीहरुलाई कसरी बौद्ध धर्म तथा दर्शनका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु प्रदान गर्ने; उनीहरुलाई कसरी मार्गनिर्देश गर्ने र बौद्ध धर्म तथा आदर्शमा सहज गराउने; उनीहरुकालागि यी शिक्षा, ज्ञान, विज्ञान, विधि तथा मार्गनिर्देशहरु कसरी संरक्षित गर्ने र उनीहरुलाई कसरी एकै संघमा आवद्ध गरिराख्ने । बौद्ध धर्म तथा दर्शनको संरक्षण र सहज व्यवस्थापनका लागि गौतम बुद्धले आफ्नो शेखपछिको उत्तराधिकारी पनि कसैलाई नियुक्त गरेनन् र कुनै पदाधिकारीको व्यवस्था पनि बनाएनन् । यसप्रकार गौतम बुद्धले आफ्नोे शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुको व्याख्या, संरक्षण र व्यवस्थापनका लागि परिवर्तनशीलता, नवीनता र विविधता अंगाल्न सक्ने गरि मार्ग खुल्ला छोडिदिए । तर समयको प्रवाहसंगै नितनित बदलिरहेका अवस्था र परिस्थितिहरु बौद्ध धर्म तथा दर्शनकालागि सहज भएनन् । बदलिदो अवस्था र परिस्थितिहरुमा जव बौद्ध धर्म तथा दर्शनका गौतम बुद्धले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरु र यिनको मूलसार तथा मूलमर्म निक्र्यौल गरेर लागू गर्नुपर्ने अवस्था आयो तव बौद्ध भिक्षुहरुविच आ–आफ्ना अनुभवहरु व्याख्यामा विविधता देखियो र मत विभाजन भयो । यिनै मतभेदहरुका कारण बौद्ध संघमा विस्तारै वादविवाद र बहस हुन प्रारम्भ भयो र बौद्ध धर्म तथा दर्शन प्रारम्भमा इशाको पहिलो शताव्दी(सन् ००७२)मा आयोजना गरिएको चौथो बौद्ध परिषद भेलामा प्रमुख दुई मूल शाखा– (१)थेरवाद, र (२)महायानमा विभाजित हुन बाध्य भयो । यसपश्चात इशाको दोस्रो, तेस्रो, चौथो शताव्दीमा क्रमशः रुपान्तरण र विकास हुदै पूर्वी एशियाको विशाल चीनमा महायान शाखाको अर्को स्वरुप जेन बौद्ध धर्मको प्रादुर्भाव भयो । इशाको सातौं शताव्दीमा पूर्वी एशिया तिब्बतमा (३)बज्रयान शाखाको प्रादुर्भाव भयो । विस्तारै यिनै शाखाहरुबाट उपशाखाहरुका रुपमा विभाजित हुदै ६५(कतै १०० उल्लेख रहेको) भन्दा बढि विभाजित शाखाहरु अस्तित्वमा देखिए र समयक्रमसंगै यिनै बौद्ध शाखा तथा उपशाखाहरु विश्वभरि फैलिए र फैलिरहेका छन् वर्तमान समयसम्म पनि । बौद्ध धर्म तथा दर्शनको सबैभन्दा नयाँ तथा पछिल्लो शाखा सन् १९५६ मा पादुर्भाव भएको (४)नवयान रहेको छ । 


यसप्रकारका विभाजनहरु बौद्ध धर्म तथा दर्शनका लागि दुःखद र फलदायि दुवै रुपमा देखियो र हेरियो । दुःखद यसकारण देखियो कि यो अवस्थाले सिंगो बौद्ध संघ र समुदायहरुलाई कमजोर बनाइदियो, विभाजित गरिदियो, जसले एकप्रकारको साझा लक्ष्य राखेका थिए बौद्ध धर्म तथा दर्शनको व्याख्या, संरक्षण र व्यवस्थापनको सन्दर्भमा र सबैमाझ आफ्ना शुभचिन्तनहरु साझा गरिहेका थिए; गौतम बुद्धले प्रदान गरेका शिक्षा, ज्ञान, विज्ञान तथा विधिहरुमा विविधता देखाइदियो देखाएर अनिश्चितता र अस्थिरता खडा गरिदियो; संघ र समुहको विभाजनसंगै विभाजनको वैधतालाई लिएर संघर्ष पैदा गरिदियो जो आजसम्म पनि चलिरहेको छ विभिन्न साना–ठूला स्वरुपहरुमा । र फलदायि यस अर्थमा देखियो कि यसबाट बौद्ध धर्म तथा दर्शनको रक्षा भयो, युगयुगसम्म निरन्तरता पाइरह्यो र संसारभरि प्रचार र विस्तार भइरह्यो । इतिहासकारहरुका अनुसार यदि बौद्ध धर्म तथा दर्शन परम्परागत मूल्य–मान्यताका रुपमा मात्र अगाडि बढेको हुन्थ्यो भने सजिलैसंग कमजोर हुन र संसारबाट लोप हुन सक्थ्यो । एक प्रकारका इतिहासकारहरुको मत रहदै आएको छ कि, यो विभाजन नै बौद्ध धर्म तथा दर्शन २५०० वर्षसम्म विस्तार भैरहनु र टिकिरहनुको कारण बन्यो र वर्तमान समयसम्म पनि त्यस्तै चाह र उत्साहकासाथ विश्वभरि बौद्ध धर्म तथा दर्शन विस्तार भैरहेको छ, वैश्विक धर्म बन्दै गैरहेको छ र वैश्विक धर्मका रुपमा स्थापित भएको छ । 


सबै शाखाहरुका आ–आफ्ना आदर्श 

बौद्ध धर्म तथा दर्शनको विभाजनको सन्दर्भमा कसरी गौतम बुद्धको महापरिनिर्वाण पश्चात आफू बुद्धत्वमा उपलव्ध भएपछि एकै समयमा दिइएको एउटा गुरुको एकै शिक्षा, उपदेश, ज्ञान, विज्ञान तथा विधिहरु पूनः परिभाषित गर्ने क्रममा बौद्ध धर्म तथा दर्शनका तीन मूख्य मार्ग तथा शाखाहरु बन्नपुगे भन्ने अत्यन्तै चाख लाग्दो र पेचिलो सवाल रहदै आइरहेको छ । बौद्ध धर्म तथा दर्शनको विभाजन हुनुमा केवल गौतम बुद्धद्वारा प्रदान गरिएका शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा विधिहरुको सैद्धान्तिक र व्यवहारिक संरक्षण तथा व्यवस्थापन गर्ने विषय मात्र नभएर बौद्ध शिष्य तथा अनुयायीहरुको अधिकार, स्मृत्ति, शक्ति र नवीनताको विषय अझ सशक्त रुपमा उठेको थियो । गौतम बुद्धको महापरिनिर्वाण पश्चात सामुहिक छलफल गरेर सबैको साझा निर्णय लिनकालागि चारवटा उच्चस्तरिय परिषद भेलाहरु आयोजना गरिएका थिए अगाडिका दिनहरुमा कसरी गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा विधिहरुलाई संरक्षण, व्यवस्थापन गरेर निरन्तरता दिने र कसरी बौद्ध धर्म, आस्था तथा दर्शनलाई अगाडि बढाउने र प्रचार–प्रसार गर्ने भन्ने सन्दर्भमा । यिनै सामुहिक परिषदका भेलाहरुमा भएका छलफल तथा बहसका क्रममा स्पष्ट रुपमा दुई समुह देखापरे, पहिलो चल्दै आएको परम्परालाई नै निरन्तरता दिने र दोस्रो बदलिदो समयसंग सामन्जस्य मिलाउदै नवीनतालाई समावेश गर्दै अगाडि बढ्ने । यी दुई परम्परावादी र नवीनतावादी विच सर्वसम्मत समझदारी बन्न सकेन र बौद्ध धर्म तथा दर्शन दुई शाखामा विभाजन भयो– (१)परम्परावादी तथा थेरवाद, र (२)नवीनतावादी तथा महायान । 


थेरवाद बौद्ध धर्मको आदर्श

बौद्ध धर्म तथा दर्शनको परम्परावादी थेरवाद शाखालाई हिनयान शाखा अर्थात सानो तथा कमजोर सवारी(लेसर भेइकल) का रुपमा मानिन्छ र यो मान्यता आफूलाई महासंघी मान्ने बौद्ध शाखा नवीनतावादी महायान अर्थात बलियो सवारी(ग्रेटर भेइकल)ले दिएको हो थोरै बौद्ध अनुयायीहरुलाई मात्र समेट्न सक्ने कमजोर बौद्ध संघका रुपमा आलोचनात्मक दृष्टिकोणबाट । परम्परावादी बौद्ध शाखा थेरावादले गौतम बुद्ध कुनै अवतार पुरुष तथा चमत्कारीक व्यक्ति नभएर एक सामान्य मनुष्य थिए र उनी आफूले निरन्तर निष्ठापूर्वक गरेको तपस्या तथा ध्यान साधनाको माध्यमबाट सांसारिक दुःखहरुबाट पूर्णतः मुक्त भएर निर्वाणमा उपलव्ध भएका थिए भन्ने वास्तविकतालाई अनुशरण गर्दछ र मनुष्यले आफू स्वयंले प्रयत्न गरेर ध्यान साधनाको माध्यमबाट व्यक्तिगत चेतनाको विकास र निर्वाणमा उपलव्धत हुने अवस्थालाई मूल आदर्श तथा दर्शन मान्दछ । गौतम बुद्ध स्वयंले पनि आफ्ना शिष्य तथा अनुयायीहरुसंग यस्तै भाव व्यक्त गर्ने गर्दथे, “म सबैजस्तै सामान्य मानव हुँ, कुनै इश्वरको अवतार तथा भगवान होइन, देवता होइन, मेरो मुर्ति र मन्दिर नबनाउनु, मेरो पूजा नगर्नु; निरन्तर निष्ठापूर्वक गरिने ध्यान साधनाको माध्यमबाट सांसारिक जीवनका सबै दुःखहरुबाट मुक्ति पाउन सकिन्छ; आफ्नो चेतनाको विकास गरेर शुन्यता तथा निर्वाणमा उपलव्ध हुन सकिन्छ; र आफ्नो गुरु आफैं बन्न सकिन्छ; मैले ध्यान साधनाबाट हासिल गरेका सैद्धान्तिक र व्यवहारिक ज्ञान, विज्ञान तथा प्रयोगात्मक विधिहरुलाई आफूले अनुशरण गर्नु; आफ्नो दियो तथा गुरु आफैं बन्नु, सबैप्रति करुणा भाव राख्नु; सक्दो यी जीवन उपयोगी सैद्धान्तिक र व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा प्रयोगात्मक विधिका विषयहरु अरु समक्ष पुर्याउनु र उनीहरुलाई जीवनको दुःखबाट वाहिर निस्कन मद्धत गर्नु; हरेक मनुष्यको अन्तरमा यो क्षमता स्थित रहेको छ प्राकृतिक रुपमा र हरेक मनुष्यले आफ्नै प्रयासबाट यो अवस्था हासिल गर्न सक्दछ ।” यसर्थ थेरवाद शाखाले गौतम बुद्धलाई निर्वाण तथा सम्बोधिमा उपलव्ध भएको महान व्यक्ति, महापुरुष तथा चैतन्य चेतनाको श्रेणीमा राख्दछ, इश्वर तथा भगवानको अवतारको रुपमा मान्दैन । यसकारण बौद्ध धर्म तथा दर्शनको थेरवाद शाखाले गौतम बुद्ध स्वयंले ध्यान साधनाबाट प्राप्त गरेका उनीदवरा प्रदत्त सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान तथा विधिलाई प्राथमिकता दियो र बुद्धको मूर्तिलाई पूजा नगर्ने विधान कायम गर्यो । आत्मअनुशासन र ध्यान साधनाको माध्यमबाट जो कोही व्यक्ति निर्वाण, मोक्ष तथा अन्तिम मुक्ति(इटरनल लिवरेसन)मा उपलव्ध हुनसक्छ र सदाकालागि जन्म–मृत्युको चक्रबाट माथि उठ्न सक्छ भन्ने आदर्शको मान्यतामा जोड दियो । 


महायान बौद्ध धर्मको आदर्श

संसारका हरेक दर्शन, धर्म, संस्कृति तथा परम्पराले कुनै न कुनै समयमा यो सवालको सामना गर्नुनै पर्छकि मानव सभ्यताको विकास हुने क्रममा समयसंगै तत्कालीन अवस्था तथा परिस्थितिमा आएका परिवर्तनहरुका क्रममा आफ्नो मूलस्वरुपको रक्षा गरेर साँघुरो दायरामा आफूलाई खुम्च्याइ राख्ने या त्यसमा युग सुहाउदो बदलाव आउन दिएर धर्म तथा दर्शनको मूल भाव, सार तथा मर्मलाई युगौं युगसम्म बचिरहने र निरन्तरता पाइरहने अवस्थाको निर्माण गर्ने । बौद्ध धर्म तथा दर्शनमा देखिएको यही शंकटको समाधान गर्न गौतम बुद्धको महापरिनिर्वाणको तीन महिना पश्चात इशापूर्व ४८३ मा डाकिएको पहिलो बौद्ध परिषद भेलामा गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, विधि तथा उपदेशहरु सबै जस्ताको त्यस्तै बचाउन सक्दो प्रयास गरेका थिए अरहन्त(निर्वाण तथा बुद्धत्वमा उपलव्ध) भिक्षुहरुले तर एक र अर्को भिक्षुविच एउटै विषयको सन्दर्भमा मैले यस्तो सुनेको थिएं र यसरी बुझेको थिएँ भनेर आ–आफ्नो स्मृतिहरु पेश गर्ने क्रममा स्मृतिहरु बाझिएर फरक–फरक मत आएका तथा मतभेद, बहस, खिचातानी भएका कारण मतक्यता हुन सम्भव भएन । यिनै सवालहरु बौद्ध धर्म तथा दर्शनका एकपछि अर्को शताव्दीमा गरिएका चारवटै उच्चस्तरिय बौद्ध परिषद भेलाहरुमा हरेक पटक बहसको विषय बनिरहे । पूरानो पुस्ताका परम्परावादी तथा बुझ्रुक भिक्षुहरु र नयाँ पुस्ताका नवीनतावादी भिक्षुहरुको साझा सहमति जुट्न नसकेको कारण सन् ००७२ मा राखिएको चौथो बौद्ध परिषदमा धेरै संख्यामा रहेका नवीनतावादी बौद्ध भिक्षुहरु थोरै संख्यामा रहेका परम्परावादी बौद्ध भिक्षुहरुलाई छोडेर वाहिरिए सदकालागि र आफूलाई महासंघी तथा महायान शाखाको रुपमा चिनाउदै बौद्ध धर्मको अलग शाखा खडा गरे र आफ्नो अलग्ग परिषद भेला आयोजना गरेर अगाडि बढे । 


बौद्ध धर्म तथा दर्शनका महासंघी तथा महायान शाखाले गौतम बुद्ध साधारण मनुष्य थिएनन्, इश्वरका अवतार थिए र मानवताको कल्याण गर्नकालागि धर्तीमा अवतार लिएर आएका थिए भन्ने भाष्य निर्माण गर्यो र आफ्नो संघमा यही भाष्यलाई आदर्श बनायो । महायान शाखाका अनुसार गौतम बुद्ध कुनै साधारण मानव तथा व्यक्ति होइनन्, बोधिसत्व(निर्वाण प्राप्त गर्ने मार्गमा रहेको साधक)को अंशका रुपमा करुणावस धर्तीमा बारबार जन्म लिएर आइरहन्छन् ताकि अरुको जीवनमा सहि प्रकारले सहयोग र मार्गनिर्देश गर्न सकियोस् र उनीहरुलाई सांसारिक दुःखहरुबाट मुक्त गर्न सकियोस् । यसप्रकारको विचारधारा सार्वजनिक गरेर गौतम बुद्धलाई परमशक्ति तथा सम्बोधिको अवतार बोधिसत्वकोे स्वरुप रहेको मान्यता प्रदान गरेर महायान बौद्ध शाखाले गौतम बुद्धको मूर्ति बनाउन शुरु गरे र मूर्ति स्थापना गर्न गुम्बा तथा स्तुपा बनाएर भगवानको रुपमा पुज्ने परम्परा प्रारम्भ गरे र आफ्नो मूल दथ्य बनाए यसप्रकारले गौतम बुद्धका सैद्धान्तिक तथा व्यवहारिक शिक्षा, ज्ञान, विज्ञान, उपदेश, देशना तथा विधिहरुलाई संसारभरि विस्तार गर्नुपर्छ ताकि सक्दो सबै मनुष्यहरुको भलाई होस्; व्यापक मात्रामा सर्वकल्याणका मानवीय कर्महरु गरिउन; र ठूलो संख्यामा मनुष्यहरुले एकैसाथ संसारका दुःखहरुबाट मुक्त भएर निर्वाणमा उपलव्ध हुन सकुन भन्ने विशाल अभियान महायानले प्रारम्भ गर्यो । यही विन्दुबाट गौतम बुद्धका शिक्षा, ज्ञान, विज्ञान, विधि, उपदेश तथा देशनाहरुलाई बौद्ध दर्शनबाट बौद्ध धर्मको स्वरुपमा धारण गर्न प्रारम्भ गरियो अर्थात बौद्ध दर्शनबाट बौद्ध धर्ममा रुपान्तरण गरियो र गौतम बुद्धलाई बौद्ध धर्मको प्रवर्तक तथा इश्वरको अवतार भगवानको रुपमा मूर्ति बनाएर, बौद्ध मठहरु निर्माण गरेर, बौद्ध मठहरुमा भगवान बुद्धका विभिन्न स्वरुप र आकारका मूर्तिहरु स्थापना गरेर पूजा गर्न प्रारम्भ गरियो । यसरी महायान शाखाको माध्यमबाट नवीन आदर्श, ग्रन्थ, सिदान्त, आस्ता तथा मूल्य–मान्यताहरुका साथ बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतबाट अन्य देशहरुमा तिब्रगतिमा प्रचार र विस्तार हुन प्रारम्भ भयो । 


बज्रयानबौद्ध धर्मको आदर्श

गौतम बुद्धको महापरिनिर्वाण भएको शताव्दिऔंपछि इशाको सातौं शताव्दीसम्म आइपुग्दा थप नवीनताका साथ दिव्य परालौकिक शक्ति र मूल्य–मान्यताहरुलाई आत्मसाथ गर्दै पूर्वी एशिया तिब्बतको हिमालयमा बौद्ध धर्म तथा दर्शनको तेस्रो नयाँ शाखा बज्रयानको प्रादुर्भाव भयो र फरक प्रकारको अस्तित्वमा देखियो । बज्रयानको शाव्दीक अर्थ बज्र समानको बलियो सवारी (दि भेइकल अफ थन्डर बोल्ट) भन्ने रहेको मानिन्छ । बज्रयान शाखाले चमत्कारमा आस्था तथा विश्वास राख्ने तान्त्रिक पद्धतिलाई बौद्ध धर्मको आदर्श मार्गमा जोड्यो । बज्रयानले गरेको दावी अनुसार भगवान गौतम बुद्धको अलौकिक शिक्षा, ज्ञान, विज्ञान तथा ध्यान साधनाका प्रयोगात्मक विधिहरुको निष्ठापूर्वक अनुशरण गरेर यही एकजन्म तथा वर्तमानको जीवनमै निर्वाण तथा मोक्षमा उपलव्ध हुन सकिन्छ । निर्वाण तथा मोक्ष हासिल गर्न कोही मनुष्यले शरीर त्याग्नु तथा मर्नु पर्दैन, यो क्षमता सबै मनुष्यहरुमा प्राकृतिक रुपमै निहित रहेको छ र यही नै बौद्ध धर्म तथा दर्शनको मूल आदर्श हो । 


छिट्टै,
थेरवाद, महायान, बज्रयान बौद्ध धर्म तथा दर्शनको प्रादुर्भाव र विस्तार