डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेका उर्जाका मूलशक्ति केन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)लाई ब्रम्हाण्डका समस्त शक्तिहरुको केन्द्र मानिन्छ । उर्जाका मूलशक्ति केन्द्र यी सात चक्रहरुलाई सन्तुलित, सकृय तथा जागृत गरेर भौतिक र पराभौतिक जीवनका सबै दुःखहरुबाट निवृत्त भएर यही जीवनमै सांसारीक मोक्ष र पारमार्थिक मोक्ष दुवै हासिल गर्न सकिन्छ । मनुष्यको साहसपूर्ण, सफल, सम्मानित, समृद्ध, शान्त र आनन्दित जीवनकालागि मणिपुर चक्रको विशेष प्रकारको महत्व र सकारात्मक प्रभावकारीता रहेको हुन्छ । पहिलो मूलाधार चक्र मनुष्यको शारीरिक शरीरको स्वास्थ्य र सुखसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ, दोस्रो स्वाधिष्ठान चक्र मानसिक शरीरको खुशी र शान्तिसंग प्रत्यक्ष रुपमा सम्वन्धित छ र तेस्रो मणिपुर चक्र मनुष्यको आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, इच्छाशक्ति, संकल्पशक्ति, पराक्रम, साहससंग प्रत्यक्ष रुपमा सम्वन्धित छ ।
मणिपुर चक्रको पृष्ठभूमि
संस्कृत वांगमयको शव्द ‘मणिपुर’ मणि+पुर दुई शव्दको संयोगले बनेको छ । यसको शाव्दिक परिभाषालाई विश्लेषण गर्दा, एक दृष्टिकोणका अनुसार ‘मणि’को अर्थ मूल्यवान गहना(मणि-माणिक) हो ‘पुर’को अर्थ नगर, शहर तथा स्थान हो अर्थात गहनाको शहर तथा गहना रहेको स्थान हो । अर्को दृष्टिकोणका अनुसार ‘मणि’को अर्थ सूर्य हो र ‘पुर’को अर्थ स्थान हो अर्थात सूर्य रहेको स्थान । मणिपुर चक्रलाई नाभि चक्र र सूर्य चक्रको नामले पनि चिनिन्छ । पहिलो दृष्टिकोणमा भनिए अनुसार, मणिपुर चक्र मनुष्य शरीरको गहना नै हो किनकी मनुष्यको शरीरको नाभि तथा नाभि क्षेत्र भौतिक र अभौतिक दुवै दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण भाग हो तथा बहुमूलय गहनाको स्थान हो । मणिपुर चक्रलाई मनुष्य शरीरलाई आवश्यक पर्ने ऊर्जाको सबैभन्दा ठूलो र महत्त्वपूर्ण श्रोत केन्द्रको रुपमा मानिन्छ । नाभि क्षेत्रबाट नै स्थुल(शारीरिक) शरीर र सुक्ष्म(मानसिक, भावनात्मक, चेतनात्मक) शरीरभरि प्राण उर्जाको संचार तथा वितरण हुन्छ । मणिपुर चक्रवाट प्रवाहित भएको प्राण उर्जाले भौतिक तथा अभौतिक रुपमा मनुष्यको शरीर र शरीरका स्वास्थ्यका आयामहरु स्वस्थ, सक्रिय, स्वच्छ तथा स्फूर्त रहन्छन् र पराभौतिक रुपमा ब्रम्हाण्डका परालौकिक दिव्य उपलब्धिहरु समेत अनुभूतिहरु आउन थाल्छन् । दोस्रो दृष्टिकोणमा भनिए अनुसार, मणिपुर चक्र सूर्य रहेको स्थान हो किनकी नवग्रहमध्य सूर्य ग्रह र पंचतत्वमध्य अग्नि तत्व मणिपुर चक्रसंग प्रत्यक्ष रुपमा सम्वन्धित छन्, अग्नि तत्वको मूलश्रोत सूर्य नै हो र मणिपुर चक्रको देवता पनि सूर्य नै हो तसर्थ मणिपुर चक्र सूर्य रहेको स्थान हो, त्यसैले यस चक्रलाई शरीरको उर्जाको मूलश्रोत(पावर हाउस) पनि भनिन्छ ।
मणिपुर तेस्रो चक्र हो, यो मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डभित्र रहेको दोस्रो स्वाधिष्ठान चक्र भन्दा चार अम्मल माथि तथा नाभि भन्दा दुई अम्मल माथि शरीरको मध्य भाग(डायफ्राम)को सिधा पछाडि मेरुदण्डको विचमा स्थित हुन्छ । मणिपुर चक्रलाई दशवटा कमल पत्रको प्रतिकको रुपमा देखाइन्छ, यस चक्रको वीज मन्त्र ‘रं’ हो । मणिपुर चक्रले सात प्रमुख योगमध्य हठ योग, पंचकोषमा प्राणमय कोष, बाह्र राशिमा मेष र वृश्चिक राशि, स्थुल शरीरका सात प्रमुख ग्रन्थीहरुमध्य पाचन ग्रन्थी(पेंक्रियाज ग्ल्यान्ड)को प्रतिनिधित्व गर्दछ । मणिपुर चक्रको स्वरूप त्रिकोण आकारको हुन्छ । मणिपुर चक्रसंग अग्नि तत्त्वको प्रत्यक्ष सम्वन्ध भएकोले यो चक्र राजसिक गुणले सम्पन्न हुन्छ तथा राजसिक गुण भएको कर्म प्रधान पराक्रमी चक्र मानिन्छ । यो चक्रको रङ्ग पहेलो हो, पहेलो रंगलाई खुशी, स्फुर्ति, जोश, जाँगर, उत्साह, अठोट, पराक्रम, आशावादी, आत्मविश्वास आदिको प्रतिकको रुपमा मानिन्छ । मुख्य रूपमा मनुष्यका इच्छाशक्ति, संकल्पशक्ति, आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान आदि यस चक्रसँग प्रत्यक्ष रुपमा सम्वन्धित छन् । मनुष्यको आँट, जोश, जाँगर, उत्साह, प्रेरणा, हिम्मत, साहस, जोखिम लिने क्षमता, निर्णय लिने क्षमता, प्रतिभा, सिर्जनशीलता आदिमा मणिपुरचक्रको प्रत्यक्ष नियन्त्रण रहेको हुन्छ । शारीरिक अंगहरुमा ढाडको मध्य भाग, अगाडिको मध्य भाग तथा नाभि क्षेत्रका अंगहरु आमासय, ठूलो आन्द्रा, सानो आन्द्रा, पाचनक्रिया, कलेजो, मृगौला आदि मणिपुर चक्र अन्तर्गत पर्दछन् ।
सन्तुलित तथा सकृय मणिपुर चक्र
मनुष्यको ऊर्जा मणिपुर चक्रमा सन्तुलित, सकृय तथा जागृत अवस्थामा रहेको छ भने व्यक्तिमा सबै प्रकारका काम गर्न सक्ने आँट, जोश, जाँगर, उत्साह, प्रेरणा पर्याप्त मात्रामा हुन्छ, यस्ता मानिस राजसिक प्रकृतिका हुन्छन् र यस्तो प्रकृतिका मानिसलाई कर्मयोगी भनिन्छ । मनुष्य शरीरको अत्यन्तै संवेदनशील क्षेत्र मणिपुर चक्र तथा नाभिक्षेत्र सम्पूर्ण शरीर र शरीरको स्वास्थ्यका आयामहरुको मूलकेन्द्र, मूलस्थान तथा धुरी हो । एकपटक मणिपुर चक्र राम्रोसंग तथा पूर्णरूपमा सन्तुलनमा आयो, सकृय तथा जागृत भयो भने व्यक्तिमा यस चक्रसंग सम्वन्धि सकारात्मक गुणका लाभहरु प्राप्त हुन थाल्छन् र शरीर र शरीरको स्वास्थ्यका चारवटै आयामहरूलाई पूर्णरुपमा यसका धेरै लाभहरू प्राप्त हुन थाल्छन् । यसका साथै पराभौतिक संसारका परालौकिक दिव्य अनुभूतिहरु पनि अनुभूतिमा आउन थाल्छन् । मणिपुर चक्र सन्तुलित, सकृय तथा जागृत भएको व्यक्तिको शरीरका वाहिरी तथा आन्तरीक अंगहरु विशेषगरी यस चक्रसंग सम्वन्धित शारीरिक स्वास्थ्य मजबुत हुन्छ । शरीरको मध्य क्षेत्रमा पर्ने प्रमुख अंगहरु खासगरि पेट तथा पाचन प्रणालीसंग सम्वन्धित आमासय, ठूलो आन्द्रा, सानो आन्द्रा, पाचनक्रिया, कलेजो, मृगौलाको स्वास्थ्य अवस्था राम्रो हुन्छ, शरीर बलिष्ठ, हट्टकट्टा, स्वस्थ, सकृय र फुर्तिलो हुन्छ र चेहरामा उज्यालो चमक भएको एकदम सुखी, खुशी, शान्त, आनन्दित, ठाडो शिर भएको वजनदार व्यक्तित्व देखिन्छ । यस्तो व्यक्तिको शरीर, मन, भावनामा प्रशस्त सकारात्मक उर्जा हुन्छ, फूर्तिलो, प्रोत्साहित र प्रेरणादायि हाउभाउ भएको, सबैप्रति सम्मानपूर्ण सदभाव व्यक्त गर्ने र व्यवहारमा प्रसस्त सन्तुलन भएको हुन्छ ।
मणिपुर चक्र सन्तुलित, सकृय तथा जागृत भएको व्यक्तिमा प्रमुख रुपमा आत्मविश्वास, आत्मसम्मान, आत्मशक्ति, इच्छाशक्ति, संक्ल्पशक्ति, निर्णय क्षमता, पराक्रमको प्रवलता हुन्छ । यस्तो व्यक्ति उत्साह, प्रेरणा, साहस, आँट, जोश, जाँगर, वीरता, कार्य पुरा गर्ने क्षमता, सही समयमा सही निर्णय लिनसक्ने क्षमता, जोखिम लिनसक्ने क्षमता, नयाँ केही गर्ने जागरूकताले भरिएको हुन्छ । मणिपुर चक्रको अग्नि तत्त्व तेज प्रधान भएकोले यो चक्रसंग सम्वन्धित माथि उल्लेखित क्षमता तथा प्रतिभाका प्रबलताहरु अझ फलिभूत हुदै जान्छन् र यसका लाभहरु व्यक्तिको जीवनमा देखिन थाल्छन् । व्यक्तिको जीवनशैलीमा प्रभवाकारी परिवर्तन आउछ, उसको वाहिय व्यक्तित्वमा र आन्तरिक जीवनमा अद्भुत विकास हुन थाल्छ, जीवनमा सफलता आउन थाल्छ । व्यक्तिको शरीर, मन, भावना तथा चेतनामा स्वतःस्फुर्त यस चक्रका सकारात्मक गुणहरुको प्रवाह हुने भएकोले उसले जीवनका हरपाइलामा पराक्रम गर्दछ र सफलता हासिल गर्दछ । यस्तो व्यक्तिमा सही समयमा सही निर्णय लिने क्षमता बलियो हुन्छ र कुनै पनि गौरवपूर्ण काम गर्न स्वतः प्रोत्साहीत हुन्छ, उसलाई आफैंबाट र अरुबाट उसाह, प्रोत्साहन तथा प्रेरणा मिल्छ र अरुलाई पनि हर कामकालागि प्रोत्साहित गर्छ । आफूले आफूलाई सम्मान गर्ने तथा प्रेम गर्ने, आफू जस्तो छु र आफूसंग जे छ, जस्तो अवस्था छ, धनसम्पत्ति, सुखसुविधा, चिजवस्तु जे जति छ त्यही अनुसार जस्ताको तस्तै आफूलाई स्वीकार गर्ने, आफूमा भएका क्षमताहरुलाई स्वीकार गर्ने र त्यही अनुसार आफ्नो जीवनशैली अगाडि बढाउने, हरपल आशावादी हुने, सबै व्यक्ति, विषय, घटना, परिस्थितिप्रति सकारात्मक भाव राख्ने प्रकारको हुन्छ । नियमित रुपमा व्यक्तिको मन तथा भावनामा यसप्रकारका सकारात्मक सोच, बानी, व्यवहारहरुको प्रवाह भइरहदा व्यक्तिमा सकारात्मक उर्जाको प्रवाह बढ्न थाल्छ र उसका माथि उल्लेखित सकारात्मक गुणहरूमा अझ बढि निखारता तथा परिपक्वता आउन थाल्छ र यस्तो अवस्थामा उत्पन्न हुने सकारात्मक उर्जाले मणिपुर चक्रलाई सन्तुलित, सकृय तथा जागृत हुन मद्धत गर्दछ ।
मणिपुर चक्रको असन्तुलन अवस्था
सामान्यतया चक्र असन्तुलनका अवस्था दुई प्रकारका हुन्छन्- (१)असन्तुलित, निष्कृय तथा अति निष्कृय अवस्था, र (२)असन्तुलित तथा अति सकृय अवस्था । मणिपुर चक्रका यी दुवै अवस्थाले मनुष्यको शरीर र शरीरको स्वास्थ्यका सबै आयामहरु- शरीर, मन, भावना र चेतनामा प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् ।
असन्तुलित तथा निष्कृय मणिपुर चक्र
यदि मणिपुर चक्र सामान्य रुपमा असन्तुलित, निष्कृय तथा कमजोर(पावर डाउन) भएको अवस्थामा छ भने मनुष्यको शारीरिक तथा मानसिक स्वास्थ्य र अवस्थाहरुमा सामान्य प्रकारका लक्षण तथा प्रभावहरु देखा पर्दछन् । मणिपुर चक्रले शरीरको अग्नि तत्वलाई प्रतिनिधित्व गर्ने हुनाले यस चक्रको असन्तुलन तथा निष्कृयताले सर्वप्रथम अग्नि उर्जासंग सम्वन्धित अंग तथा विषयहरुमा असन्तुलन पैदा हुन्छ र शरीर, मन, भावना, चेतनामा अग्नि तत्वसंग सम्बन्धित शारीरिक तथा मानसिक समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखा पर्दछन् ।
शारीरिक स्वास्थ्यमा प्रभाव- मणिपुर चक्र तथा यस चक्रसंग सम्वन्धित नाभि र नाभिक्षेत्रका आन्तरीक अंगहरु अत्यन्त समवेदनशील हुन्छन् । मणिपुर चक्र असन्तुलित तथा निष्कृय भएको छ भने नाभि क्षेत्र अझ कमजोर हुन्छ । यस क्षेत्रमा कुनै कारणवस केही घटना घट्यो, दवाब पर्यो तथा चोटपटक लाग्यो भने यो प्राणघातक पनि हुन सक्छ र मणिपुर चक्रको उर्जा प्रवाहमा नकारत्मक प्रभाव पर्छ । मणिपुर चक्रसंग मनुष्य शरीर संचालनका अति महत्वपूर्ण पंचवायुमध्य(प्राण, समान, उदान, अपान, व्यान) समान वायु प्रत्यक्ष रूपमा सम्वन्धित छ । समान वायु नाभिदेखि हृदय क्षेत्रसम्म रहन्छ, पाचन प्रणाली समान वायुद्वारा नियन्त्रित हुन्छ र समान वायुलाई मणिपुर चक्रले नियन्त्रण गर्छ । समान वायुको काम खाएको खाना पचाउने क्रिया अन्तर्गत पाचन प्रणाली तथा पाचन क्रियाद्वारा उत्पन्न भएको रस, पोषण तथा रगतलाई शरीरभरि अंगअंगमा आवश्यकता अनुसार समान रुपले पुर्याउनु तथा विताणर गर्नु हो । समान वायु मणिपुर चक्रको सन्तुलन/असन्तुलन तथा सकृय/निष्कृय अवस्था अनुसार स्वस्थ तथा अस्वस्थ अर्थात आफ्नो काम सही ढंगले गर्नसक्ने तथा नसक्ने हुन्छ । मणिपुर चक्र असन्तुलित तथा निष्कृय अवस्थामा छ भने समान वायुमा गडबडी हुन्छ, समान वायुमा गडबडी भयो भने पाचन प्रणालीमा गडबडी हुन्छ र भौतिक शरीरमा यससंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरु उत्पन्न हुन्छन् । मनुष्य शरीरको मध्य स्थान अर्थात नाभि क्षेत्रका आन्तरिक अङ्गहरू आमाशय, पाचन प्रणाली, ठूलो आन्द्रा, सानो आन्द्रा, कलेजो, मृगौला भएको यही महत्वपूर्ण स्थानमा समान वायु स्थित हुन्छ । यही हिस्सामा पाचन ग्रन्थी रहेको हुन्छ, यसको काम शरीरकोलागि आवश्यक पर्ने पाचन रस(पेंक्रियाज हरमोन) उत्पादन गर्नु हो जसलाई इन्सुलिन भनिन्छ । पाचन रस तथा इन्सुलिनको उत्पादनमा असन्तुलन भयो भने सबै रोगहरुको जननी मधुमेह जस्तो घातक रोग उत्पन्न हुन्छ र शरीरका सबै अंगहरुमा यसको नकारात्मक प्रभाव पर्छ । मणिपुर चक्र असन्तुलन तथा निष्कृय अवस्थामा छ भने पाचन क्रिया असन्तुलन हुन्छ र यससंग सम्वन्धित समस्या, विकार, अस्वस्थता तथा रोगहरु खानामा रुची नहुने, पेटमा ग्यास भरिने, अम्लपित्त हुने, वाकवाक लाग्ने, पातलो दिशा लाग्ने, कब्जियत तथा मल निष्काशनमा समस्या देखिने, साथै गानो, शुल आदि प्रकारका अप्ठ्याराहरु शरीरमा देखा पर्दछन् ।
मानसिक स्वास्थ्यमा प्रभाव- मणिपुर चक्र सामान्य रुपमा असन्तुलित तथा निष्कृय अवस्थामा छ भने मनुष्यको मानसिक स्वास्थ्य तथा भावनात्मक अवस्थाहरुमा सामान्य प्रकारका नकारात्मक प्रभावहरु देखा पर्दछन् । यस्तो अवस्थामा व्यक्तिलाई केही काम गर्ने उत्साह तथा प्रेरणा आउदैन; काम गर्ने इच्छाशक्ति, संकल्पशक्ति हराउँछ तथा कमजोर हुन्छ; नयाँ काम गर्ने आँट आउदैन; निर्णय लिने क्षमता कमजोर हुन्छ; कुनै पनि कार्य गर्न पर्याप्त जाँगर, उत्साह प्रेरणा हुदैन; जोखिम लिने क्षमता हुँदैन; वैचारिक, मानसिक तथा भावनात्मक असन्तुलन आउछ; काम गर्ने इच्छाशक्ति, संकल्पशक्ति, आत्मविश्वास कमजोर हुदै जान्छ र व्यक्तिमा यस्तो अवस्था बढ्दै जादा उसको नाता-सम्वन्ध तथा जीवनशैलीमा समेत नकारात्मक प्रभाव पर्दछ ।
अति असन्तुलित तथा अति निष्कृय मणिपुर चक्र
मणिपुर चक्रको असन्तुलन तथा निष्कृयता अझ बढ्दै गयो भने यस्तो अवस्थामा मनुष्यको शारीरिक, मानसिक, भावनात्मक चेतनात्मक शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा नकारात्मक लक्षण तथा प्रभावहरु देखिन थाल्छन र कतिपय अवस्थामा त गम्भिर स्थिति पनि देखा पर्नसक्छ । मणिपुर चक्र अति असन्तुलन तथा अति निष्कृय भएको अवस्थामा मनुष्यको शरीरका मणिपुर चक्रसंग सम्वन्धित शारीरिक अंगहरुमा गंभिर प्रकारका रोगहरु लाग्न सक्छन् । आमासय तथा ठूलो, सानो आन्द्राहरुमा अल्सर तथा पाचनक्रियामा क्यान्सर; इनसुलिन अत्यधिक असन्तुलन हुन सक्छ र मधुमेह जस्तो घातक रोगको अवस्था अझ बिग्रन सक्छ; साथै कलेजोको सिरोसिस; मृगौलाको बिफलता जस्ता प्राण घातक रोगहरु लाग्न सक्छन् ।
यस्तो अवस्थामा व्यक्तिको मानसिक शक्ति तथा भावनात्मक शक्ति अत्यन्तै कमजोर हुन्छ; ज्यादा उदासिनता छाउछ; नयाँ काम थाल्न जोखिम लिनै नसक्ने; काम गर्ने उत्साह हिम्मत, जोश, जाँगर, आँट विलकुल नहुने; जोखिम लिन मन नै नलाग्ने; सानो कुरामा पनि निर्णय लिन नसक्ने; सुरक्षित कामहरु मात्र गर्न खोज्ने; आफूले आफूलाई हरेक अप्ठयारा परिस्थितिहरुबाट बचाउन खोज्ने; अरु समक्ष जान नखोज्ने; अकारण तथा सानो कारणमै डराउने र आक्रोसित हुने; मानसिक तथा शारीरिक रुपले थकान हुने; घर वाहिर निस्किन, समूहमा घुलमिल हुन, अरूसंग कुराकानी गर्न, आफना कुरा भन्न तथा आफूलाई अरु समक्ष व्यक्त गर्न लज्जा हुने, हिच्किचाहट हुने; अरु समक्ष खासगरि धेरै मानिसको अगाडि प्रस्तुत हुन नसक्ने, बोल्न डराउने तथा आत्तिने(नर्भस); असहज मान्ने, बोल्नै नसक्ने प्रकारका प्रवृत्तिहरु व्यक्तिमा देखिन थाल्छन् । बिनाकारण कुनै विषय, घटना तथा वस्तुसंग अत्यन्तै घृणा तथा डर(फोबिया) लाग्ने जस्ता गंभिर प्रकारका समस्याहरु देखिन्छन् जसले व्यक्तिको व्यक्तिगत जीवन, पारिवारीक जीवन, नाता-सम्वन्ध, सामाजिक जीवन तथा उसको पुरै जीवनशैलीमै अपुरणिय प्रभाव तथा नोक्सान पार्न सक्दछ ।
असन्तुलित तथा अति सकृय मणिपुर चक्र
सामान्यतया मणिपुर चक्र असन्तुलित तथा अति सकृय हुँदा व्यक्तिमा चाहिनेभन्दा बढी आँट, हिम्मत, जोश आउने; विभिन्न गतिविधिहरुमा अत्यन्तै जोखिम(स्टन्ट) मोल्ने; जीवनसंग उति मोह नराख्ने; नाता-सम्बन्ध, परिवार, समाज तथा अन्य कुराहरुमा पनि परवाह नगर्ने; लापरवाह प्रकृतिको हुने; अहंकार, आक्रोश तथा जिद्दीपना बढ्दै जाने जस्ता मानवीय विकारहरु देखा पर्दछन् जसले व्यक्ति स्वयं लगायत परिवार, समाज, राज्य, प्रकृतिलाई समेत नकारात्मक प्रभाव पार्दछ । मणिपुर चक्रको असन्तुलन तथा अति सकृयता अझै बढ्दै गएको अवस्थामा व्यक्तिको सहनशक्ति कमजोर हुन्छ; चाँढै रिसाउने, बिनाकारण आक्रोसित हुने; अनावश्यक तर्क-वितर्क गर्ने; झगडा गर्ने तथा बाज्ने बानी बढ्दै जान्छ; उसमा अहंकार बढ्छ; मलाई सबैले मान्नुपर्छ; मलाई सबैले चासो दिनुपर्छ भन्ने आफू केन्द्रित(सेल्फ सेन्टर) भाव प्रवल हुदै जान्छ; अरुप्रति रिसिवी साँध्ने; बदलाको भाव राख्ने; द्वेष तथा घृणाले भरिने; चाँढै दिक्क लाग्ने; बेचैन हुने, थकित हुने र समान्य अवस्थामा रहन नसक्ने; शान्त रहन, धैर्य बस्न, एकाग्र हुन, ध्यानमा जान तथा आराम गर्न नसक्ने; जीवनका उतार-चढावहरुमा आफूलाई अभ्यस्त गराउन नसक्ने र परिवर्तनहरुसंग डराउने; हरपल तनाव र भयको अवस्थामा रहने; जीवनमा केही गर्ने उत्साह नहुने; आफूभित्र खालिपन महसुस गरिरहने; कुनैपनि विषय तथा घटनामाथि चिन्तन मनन् गर्न नसक्ने; शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक असन्तुलन बढ्दै जाने; आफू र अरुसंगको दुरी बढ्दै जाने तथा सम्वन्धहरु बिग्रीने; विचार तथा भावनाहरु आफ्नो नियन्त्रणमा नरहने; अध्ययनमा एकाग्र हुन नसक्ने; नयाँ कुरा सिक्न नसक्ने; भविश्यमा के गर्छु भन्ने योजना बनाउन तथा लक्ष्य निर्धारण गर्न नसक्ने जस्ता जीवनलाई नै नकारात्मक मोड दिने प्रकारका उतारचढावहरु व्यक्तिको बानी, व्यवहारमा देखिन थाल्छन् जसले उसलाई असफलताको दलदलतिर लैजान्छ ।
मणिपुर चक्र असन्तुलन हुनुका कारणहरु
मणिपुर चक्रमा असन्तुलन वाहिय तथा आन्तरिक दुई कारणले आउन सक्छ । भौतिक रुपमा अग्नि तत्वमा आएको असन्तुलन र अभौतिक रुपमा इच्छाशक्ति, संकल्पशक्ति, आत्मविश्वास आदिमा आएको असन्तुलनका कारण मणिपुर चक्रमा नकारात्मक प्रभाव पर्दछ र चक्र असन्तुलित हुन्छ
वाहिय कारण- मणिपुर चक्र असन्तुलनको अवस्था दोहोरो हुन्छ । चक्र असन्तुलन छ भने यस चक्रसंग सम्वन्धित सबै प्रकारका गतिविधिहरु असन्तुलित हुन्छन् र खासगरि पाचन प्रणाली तथा पाचन ग्रन्थीमा असन्तुलन आएको छ भने चक्र असन्तुलित हुन्छ । भौतिक रुपमा मेरुदण्डमा चोटपटक लागेर यस चक्रसंग सम्वन्धित अंगहरु पाचन प्रणाली लगायतमा गडबड भएर चक्रमा असन्तुलन आउन सक्छ । मणिपुर चक्र मनुष्य शरीरमा उर्जा प्रवाहको मूलश्रोत भएकोले कहिलेकाहीं मेरुदण्डमा समस्या भएकोकारण शरीरका अरु चक्रहरूलाई सन्तुलित तथा सकृय राख्नकालागि शरीर आफैंले मणिपुर चक्रको उर्जालाई रोकेर अरु चक्रमा उर्जाको प्रवाह गर्नेहुदा यो चक्र असन्तुलित हुन्छ ।
आन्तरिक कारण- मणिपुर चक्र प्रत्यक्ष रूपमा मनुष्यको इच्छाशक्ति, संकल्पशक्ति, आँट, जोश, जाँगर, उत्साह, आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, निर्णय लिने क्षमता, जोखिम लिने क्षमता आदिसंग सम्वन्धित छ । व्यक्तिको नियमित बानी, व्यवहारसंग सम्वन्धित गतिविधिहरु आहार, विहार, व्यवहार, आँट, जोस, जाँगर, उत्साह, प्रेरणामा आएका कमी कमजोरी, दुर्वलता तथा नकारात्मक भाव आदिबाट उत्पन्न हुने नकारात्मक उर्जाले उसको शरीर, मानसिकता, भावना तथा चेतनामा नकारात्मक प्रभावहरु बढ्दै जान्छन् र यस्ता विकारहरुको नकारात्मक प्रभावले मणिपुर चक्रमा गडबडी पैदा गर्दछ र चक्रलाई असन्तुलित, निष्कृय, अति निष्कृय तथा अति सकृय बनाउदछ । नकारात्मक उर्जाको प्रवाह बढ्दैजाने क्रममा चक्रमा बन्धन तथा जकडनहरु(ब्लकेजेज) बढ्न थाल्छन् र चक्र असन्तुलित भएपछि यस चक्रसंग सम्वन्धित अनेक प्रकारका समस्या, विकार, अस्वस्थता तथा रोगहरु देखिन थाल्छन् ।
मणिपुर चक्रमा नकारात्मक उर्जाको प्रवाह बढेको अवस्थामा अग्नि तत्व मन्द हुन्छ र अग्नि तत्वबाट ऊर्जाको तेज ननिस्केपछि ऊर्जाको प्रवाहको अपर्याप्तता कारण मणिपुर चक्र असन्तुलित, निष्कृय तथा अति सकृय हुन्छ । यस्तो अवस्थामा खासगरि व्यक्तिको शारीरिक स्वास्थ्यमा नकारात्मक प्रभाव पर्दछ ।
यदि मनुष्यको ऊर्जा मणिपुर चक्रमा असन्तुलित तथा निष्कृय अवस्थामा एकतृत भएर तथा जकडिएर(ब्लक्ड) रहेको छ भने उसको जीवनमा लज्जा, दुष्टभाव, इष्र्या, आशक्ति, विषाद, तृष्णा, मोह, घृणा, डर, भय, कमजोर आत्मविश्वास तथा आत्मसम्मान जस्ता समस्याहरु देखिन्छन् र यसकाकारण शरीर, मन, भावना तथा चेतनामा प्रत्यक्ष रुपमा नकारात्मक प्रभावहरु पर्दछन् । यस्ता मानवीय विकारहरूले मणिपुर चक्रलाई अझ असन्तुलित तथा निष्कृय गर्दछन् ।
व्यक्तिको मन तथा भावनामा नकारात्मक भावहरु; कमजोर मनोबल; कमजोर आत्मविश्वास; अति उदाषी, अति डर, अति घृणा, अति द्वेश बस्यो भने मणिपुर चक्र नराम्रोसंग असन्तुलित हुन्छ । आफूप्रतिको हिन भावना; आफूले आफ्नो निन्दा गर्ने; आफू र अरुप्रति ज्यादा अनुमान(जजमेन्टल भएर)का भरमा सोच तथा भाव निर्माण गर्ने; आफ्नो क्षमता, प्रतिभामाथि शंका गर्ने तथा विश्वास नगर्ने; आफ्नो वर्तमानको वास्तविक अवस्था स्वीकार गर्न नसक्ने; सन्तोष गर्न नसक्ने बानी व्यवहारले मणिपुर चक्रमा सकारात्मक उर्जाको प्रवाहको अभाव हुन्छ र चक्र संकुचित हुन थाल्छ तथा चक्र असन्तुलित हुन्छ ।
हरपरिस्थितिमा आफ्नो सहजता(कम्फर्ट जोन) मात्र हेर्ने, खोज्ने तथा रोज्ने; जीवनमा कहिल्यै जोखिम नलिने; जोखिम तथा खतरासंग नरमाउने; आफूलाई हरप्रकारले बचाउन खोज्ने; चुनौती स्वीकार नगर्ने; समस्या तथा चुनौतीबाट भाग्ने; आफूलाई मन पर्ने, सजिलो लाग्ने क्षेत्रमा मात्र रमाउने प्रकारका व्यक्तिहरुलाई जीवनमा आँट, जोश, उत्साह, साहस, हिम्मत बहादुरी नै चाहिदैन त्यस्ता व्यक्तिको मणिपुर चक्रको उर्जा आफैं असन्तुलित तथा निष्कृय हुन्छ, जकडिदै(ब्लक्ड) जान्छ ।
मणिपुर चक्र सन्तुलित, सकृय तथा जागृत गर्ने उपायहरु
प्रमुख रुपमा दुई प्रकारका गतिविधिहरुबाट मणिपुर चक्र सन्तुलित, सकृय तथा जागृत गर्न सकिन्छ- (१)मणिपुर चक्रसंग सम्वन्धित भौतिक तथा अभौतिक गतिविधिहरु बढाएर, र (२)योग विज्ञान तथा ध्यान विज्ञानको साधना गरेर ।
मणिपुर चक्रसंग सम्वन्धित गतिविधिहरु बढाएर
वाहिय गतिविधिहरु- मणिपुर चक्र सन्तुलित, सकृय तथा जागृत गर्नकालागि भौतिक रुपमा पुरै शरीर हल्लाउने, तरङ्गित गराउने तथा सकृय गराउने प्रकारका व्यायाम तथा खेलकुदका गतिविधिहरु जस्तो पौडी, दौड, व्याडमिन्टन, टेनिस आदि जसले मुटुको धड्कन बढाओस, रक्त प्रवाह बढाओस, श्वासको प्रवाह, उर्जाको प्रवाह बढाओस । यसप्रकारका व्यायामहरुले नाभि तथा नाभि क्षेत्रमा स्पन्दन बढाउछन्, नाभिका नसनाडीहरू तरङ्गित तथा जागृत गर्दछन् र चक्रमा ऊर्जाको प्रवाह बढाउछन् । यसरी उर्जा प्रवाह बढेपछि मणिपुर चक्र विस्तारै सन्तुलित, सकृय तथा जागृत हुन थाल्छ । यसका साथै साहसिक गतिविधिहरु जस्तो ट्रेकिङ, हाइकिङ, प्याराग्लाडिगं, डाइभिगं, तिब्र गतिका साहसिक सवारीहरु जस्ता चुनौतिपूर्ण तथा जोखिमयुक्त, डर मिश्रीत आनन्द आउने तथा रमाइलो लाग्ने तर शरीरलाई हानि नहुने प्रकारका गतिविधिहरुले पनि चक्रमा ऊर्जाको प्रवाह बढाउछन् र चक्र सन्तुलित, सकृय तथा जागृत गर्न मद्धत गर्दछन् ।
आन्तरिक गतिविधिहरु- मणिपुर चक्र मनुष्यको इच्छाशक्ति, आत्मविश्वास, आत्मसम्मान, चुनौति तथा जोखिमको सामना, जोश, जाँगर, साहस, आशावादीता, प्रेरणा, उत्साह, सबै व्यक्ति, वस्तु, घटनाप्रति सकारात्मक भाव राख्ने आदिजस्ता गतिविधिहरुसंग सम्वन्धित छ । यस्ता बानी, व्यवहारहरुले मणिपुर चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ र चक्र सन्तुलित, सकृय तथा जागृत हुन्छ ।
आफ्नो इच्छाशक्ति, आत्मविश्वास, आत्मविश्वास, आत्मसम्मान, संकल्पशक्तिलाई कमजोर गर्ने खालका विचार तथा भावनाहरु मन तथा भावमा आउन नदिएर; आए पनि सही प्रकारले व्यवस्थापन गरेर; आफू जस्तो छु त्यस्तै स्वीकार भावमा रहेर; आफूसंग जे छ त्यसैमा सन्तोष भावमा रहेर; आफूले आफूलाई प्रेम तथा सम्मान गरेर; आफैसंग भएका स्रोत, वाहिय(धन, सम्पत्ति) तथा आन्तरीक स्रोतसाधनाहरु(क्षमता, प्रतिभा, सिर्जनशीलता)को उपयोग गरेर आफ्नो जीवनको वाहिरी प्रगति तथा आन्तरिक विकास गर्ने प्रयास गर्दा मणिपुर चक्र विस्तारै सन्तुलित, सकृय तथा जागृत हुन थाल्छ ।
विभिन्न उपायहरुको माध्यमबाट शरीरको अग्नि तत्त्वलाई प्रज्वलित गरेर तथा अग्नि तत्वको उर्जाको प्रवाह बढाएर मणिपुर चक्रलाई सन्तुलित बनाउन सकिन्छ, जस्तो कि ठन्डीको मौसममा हिटर तथा आगो तापेर; सूर्य स्नान गरेर; सूर्योदय अवलोकन गरेर तथा उदाउदो सूर्यको दृष्यमा त्राटक गरेर; सूर्योदयको समयमा प्रातः भ्रमण गरेर, दिप त्राटक गरेर आदि गतिविधिहरु गरेर चक्र सन्तुलन, सकृय तथा जागृत गर्न सकिन्छ ।
योग तथा ध्यान साधना गरेर
योग विज्ञान तथा ध्यान विज्ञानको साधना गरेर उर्जा मूलाधार चक्रबाट माथि उठाएर माथिका चक्रहरुमा पुर्याउने प्रयास गर्नु पर्दछ ।
चक्रमा ध्यान- कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर ध्यानमा बसेर मणिपुर चक्र स्थित भएको शरीरको क्षेत्रमा चक्रको पहेलो रंगको प्रकाश फैलिएको कल्पना गर्दै त्यस क्षेत्रमा ध्यान केन्द्रित गरेर उक्त स्थानमा दशपात भएको कमलको फूलको कोपिला कल्पना गर्दै, विस्तारै कोपिलाका पत्र खुल्दैखुल्दै गएको र फूल फक्रिएको कल्पना गर्दै, फूल पूरै फक्रिसकेपछि उक्त सुन्दर फूललाई नियाल्दै ५-१० मिनेटसम्म आनन्द लिएर ध्यानको अवस्थामा रहदा चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ, चक्रका संकुचन तथा जकडनहरु खुल्न थाल्छन् र चक्र सन्तुलित, सकृय तथा जागृत हुन थाल्छ ।
वीज मन्त्र ध्यान- मणिपुर चक्रको वीजमन्त्र 'रं' को मानसिक तथा मौखिक जाप गर्दै ध्यान साधनामा बसेर भित्र आएको श्वासमा 'ॐ' प्रणव मन्त्र उच्चाहरण र वाहिर गएको श्वासमा 'रं' वीज मन्त्र उच्चाहरण गरेर चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाएर मणिपुर चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत गर्न सकिन्छ ।
योगासन तथा प्राणायाम- मणिपुर चक्रसंग सम्वन्धित योगासन, मुद्रा तथा बन्धहरुको प्रयोगात्मक अभ्यास गरेर र नाभि क्षेत्रमा मसाज गरेर मणिपुर चक्रमा सकारात्मक उर्जाको प्रवाह बढाउन सकिन्छ । यसका साथै श्वास-प्रश्वासको आयाम मिलाएर बन्ध तथा प्राणायामहरुको माध्यमबाट मणिपुर चक्र सन्तुलित तथा जागृत गर्न सकिन्छ । सूर्यभेदी प्राणायाम अर्थात पिंगला नाडीसंग सम्वन्धित प्राणायाम र तिब्रगतिका कपालभाति, भस्त्रिका प्राणायाम गर्दा मणिपुर चक्रमा सकारात्मक उर्जाको प्रवाह बढ्छ र चक्र सन्तुलित तथा सकृय हुन मद्दत मिल्छ । योग साधनाका गतिविधिहरु योगासन, प्राणायाम तथा ध्यानको प्रयोगात्मक अभ्यासले मणिपुर चक्र क्षेत्रका नस-नाडीहरुलाई सक्रिय गर्ने र सकारात्मक उर्जाको प्रवाह बढाउने हुनाले स्वतः चक्र सन्तुलित, सकृय तथा जागृत हुन्छ । बन्द(उडियन बन्द, अग्निसार) र सामान्य तथा द्रुत गतिका प्राणायामहरू भस्त्रिका, कपालभाती, अन्तर कुम्भक, नौली क्रिया जस्ता योगीक क्रियाहरु आदि गर्दा पेट तथा नाभि क्षेत्रमा दबाब पर्छ र यस्तो दबाबले उक्त क्षेत्रमा रक्त प्रवाह बढाउछ । अग्निसार क्रिया, अश्विनी क्रिया उडियन बन्द, नौली क्रियाले पनि पेट तथा नाभि क्षेत्रमा रक्त प्रवाह बढाउछ । नाभिसम्म पुग्ने गरी गहिरो लामो श्वास भित्र लिने र गहिरो लामो श्वास वाहिर फाल्ने वीज प्राणायाम क्रियाले मणिपुर चक्रलाई मालिस गर्छ र चक्रमा ऊर्जाको प्रवाह बढाउछ । यी सबै गतिविधिहरुबाट शरीरमा अक्सिजनको आवश्यक मात्रा परिपूर्ति गर्दछन् । यसप्रकार शरीरको कोष-कोषमा अक्सिजनको मात्रा पुगेपछि पूरै शरीर सक्रिय हुन्छ मणिपुर चक्र लगायत सबै चक्रहरु सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन मद्दत पुग्दछ ।
नाभिको धड्कनको अवस्था हेरेर- सवासनमा पल्टिएर हातको बुढी औंलो नाभीमा राख्ने र थोरै दबाउने, दबाउदा नाभिको धड्कन अनुभव हुन्छ । नाभिको धड्कन मुटुको धड्कन जस्तै ढुकढुक गर्छ । नाभिको केन्द्रमा धड्कन आभास भयो भने मणिपुर चक्र सन्तुलित छ । तर धड्कन केन्द्रमा भेटिएन तथा अत्यन्त कमजोर भेटियो हो कि होइन जस्तो भने नाभिको धड्कनको गति कम भएको अवस्था हो । यस्तो अवस्थामा चक्रमा ऊर्जाको प्रवाह पर्याप्त् पुग्दैन र मणिपुर चक्र अस्वस्थ तथा निष्क्रिय हुन्छ। नाभिको धड्कन केन्द्रमा नभएर दायाँबायाँ छ भने बुढी औंलालाई नाभिमा राखेर लामो गहिरो श्वास लिएर ॐ प्रणव मन्त्रको लामो गरिहरो उच्चारण गर्दा नाभि पुनः सही ठाउँमा आउन सक्छ र मण्पिुर चक्र सन्तुलित, स्वस्थ, सकृय तथा जागृत हुन थाल्छ ।
समग्रमा- मण्पिुर चक्र अति निष्कृय तथा अति सकृय भएकाकारण असन्तुलित भएको व्यक्तिलाई प्रारम्भमा मणिपुर चक्र सन्तुलन गर्ने प्रकारका प्रारम्भिक सूधारका गतिविधिहरुमा अभ्यस्त गराएर विस्तारै उसको बानी, व्यवहारमा सन्तुलन ल्याएर यसपश्चात योग विज्ञान तथा ध्यान विज्ञाना वैज्ञानिक विधि तथा पद्धतिकहरुको साधना गराएर उसको मणिपुर चक्रलाई सन्तुलित, सकृय तथा जागृत गर्न सकिन्छ। मणिपुर चक्र सन्तुलित, सकृय तथा जागृत भएपछि मूलरूपमा व्यक्तिमा आत्मशक्ति, आत्मविश्वास, आत्मसम्मान, संकल्पशक्ति, निर्णय लिने क्षमता, जोखिम लिने क्षमता, साहस, आँट, जोश, जाँगर, उत्साह आदि बढेदै जान्छ र उसको जीव सामान्य बन्न थाल्छ । चक्र सन्तुलित, सकृय तथा जागृत भएपछि यस चक्रसंग सम्वन्धित मनुष्यका लज्जा, उदाषी, खालिपन, आत्मविश्वास तथा आत्मसम्मानमा कमी, दुष्टभाव, इष्र्या, आशक्ति, विषाद, तृष्णा, मोह, घृणा, डर तथा भय आदि सबै प्रकारका समस्याहरु नष्ट भएर ती सबै सकारात्मक भावमा परिवर्तन हुन्छन् र व्यक्तिमा उन्नत भावहरु जागृत हुन थाल्छन् । bsirjana@gmail.com
No comments:
Post a Comment