'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 25 March 2025

म कस्तो प्रकारको पर्यटक हुँ ?

What Kind of Tourist Am I ?

डा. सिर्जना भण्डारी

                                
 

विषय प्रवेश 

आजको विश्वमा पर्यटन व्यवसाय सबैभन्दा ठूलो सेवा प्रधान(लेवर इन्टेनसिभ) तथा अधिकांशतः सेवामा आधारीत श्रृंखलावद्ध उद्योग(चेन इनडस्ट्री) को रुपमा स्थापित भएको छ जसको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्वन्ध राज्यका स-साना एकाइदेखि ठूला-ठूला एकाइहरुसम्म रहेको हुन्छ । पर्यटन उद्योगको सकारात्मक प्रभावहरु श्रृंखलावद्ध किसिमले क्रमशः राज्यका सबै आयामहरु- कृषि उत्पादन, यातायात, व्यापारदेखि लिएर आध्यात्मिक, धार्मिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक, आर्थिक विकासका सबै पक्षहरु परिरहेको देख्न सकिन्छ । वर्तमान समयमा विश्वका धेरै देशहरुको अर्थतन्त्र पर्यटनमा आधारीत रहेकाछन् र नेपालको सन्दर्भमा पनि पर्यटन उद्योग अर्थतन्त्रको महत्वपूर्ण हिस्सेदार बन्दै आइरहेको छ । हरेक मानिस यस्तो वृहत्तर उद्योगको कुनै न कुनै प्रकारले सदस्य रहेको छ । पर्यटन विश्वव्यापि उद्योग भएकोले यसका प्रकार तथा आयामहरु धेरै छन् र त्यसै अनुरुप पर्यटकका प्रकार र आयामहरु पनि धेरै छन् । यस सन्दर्भमा म कस्तो प्रकारको पर्यटक हुँ त भन्ने जिज्ञासा तथा उत्सुकता हामी सबैमा आउनु स्वाभाविक हो तसर्थ आउनुस पत्ता लगाउँ म कस्तो प्रकारको पर्यटक हुँ ?


पर्यटक को हो र म कस्तो प्रकारको पर्यटक हुँ ?

आफू बसोवास गरिरहेको निवासस्थान तथा घर, नगर, राज्यबाट केही समयावधिका लागि देशभित्रै तथा देशवाहिर विभिन्न उद्देश्यले जाने चलायमान गतिविधि पर्यटन हो र यस्ता गतिविधिहरु गर्ने घुमन्ते यात्री तथा भ्रमणार्थीहरु पर्यटक हुन् । यस प्रकारका घुमघाम तथा भ्रमणहरुमा पर्यटकहरु नयाँ स्थान, विषय, वस्तु, संरचना आदिको ज्ञान, अनुभव, मनोरञ्जन, मानसिक शान्ति तथा आनन्द हासिल गर्न जाने गर्दछन् । 


वास्तवमा आफू कस्तो प्रकारको पर्यटक हुँ भन्ने कुरा प्रमुख रुपमा मेरो नैसर्गीक तथा प्राकृतिक स्वाभाव(नेचुरल क्यारेक्टर) मा निर्भर गर्दछ र मेरो प्राकृतिक स्वभावमा अन्य आन्तरीक तथा वाहिय अवस्था तथा परिस्थितिहरु जस्तो मेरो रुचि, शोख, मेरो जीवनको लक्ष्य, योजना, संकल्प, उत्तरदायित्व, मेरो वर्तमानको व्यक्तिगत, पारिवारिक, प्राकृतिक, सांस्कृतिक, सामाजिक, धार्मिक, शैक्षिक, आर्थिक र राजनीतिक अवस्थाहरु आदिले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभाव पार्दछन् ।


विश्वव्यापि सन्दर्भमा पर्यटकहरुको प्रकार

(क)इरिक चोहेनका अनुसार

सन् १९७२ मा इरिक चोहेनले व्यक्तिको मनोविज्ञानको आधारमा मोटामोटी रुपमा पर्यटकहरुलाई चार प्रकारमा विभाजन गरेका छन्ः 

(१)घुमघाम गर्ने पर्यटक(ड्रिफ्टर टुरीस्ट): पर्यटकहरुकालागि भनेर निर्माण तथा तयार गरिएका निश्चित प्रकारका सेवा तथा सुविधाहरुको उपयोग नगर्ने तथा कम गर्ने र जहाँ भ्रमण गर्न गएको हो उक्त क्षेत्रकै स्थानिय मौलिक खानपान, रहनसहन, संस्कृति, परम्परा, पहिरन, उठबस, चालचलन आदिमा घुलमिल हुदै रमाउदै त्यस स्थानसंग सम्वन्धित मौलिकताबारे जान्न, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव हासिल गर्न प्राय एक्लै तथा केही व्यक्तिहरुको सानो समुहमा हिड्न रुचाउने यात्री तथा भ्रमणार्थीहरु घुमघाम गर्ने पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । 


(२)अन्वेषक पर्यटक(एक्प्लोरर टुरीस्ट): पर्यटककालागि भनेर निर्माण तथा तयार गरिएका निश्चित प्रकारका सेवा तथा सुविधाहरुको उपयोग गर्दै संसारभरिका भूगोलका आफूलाई रुचि लाग्ने प्रकारका देश तथा विदेशका खासगरि पर्यटकीय क्षेत्रका रुपमा उति लोकप्रिय नरहेका तर मौलिक विशेषता भएका र पर्यटकीय सेवा–सुविधाहरु समेत पर्याप्त उपलव्ध नभएका नयाँ–नयाँ ठाउँहरु, उक्त क्षेत्रका मौलिक विशेषता तथा विषयहरु, प्राकृतिक सुन्दरता, भूगोल, वातावरण, मौसम, जैविक विविधता आदिबारे सुक्ष्म रुपले जान्न, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव गर्न गन्तव्य स्थानको जानकारी विवरण र नक्शा बोकेर, सुविधाको उपयोग र असुविधाहरुसंग संघर्ष गर्दै एक्लै तथा सानो समुहमा यात्रा तथा भ्रमण गर्न रुचाउने यात्री तथा भ्रमणार्थीहरु अन्वेषक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् ।


(३)व्यक्तिगत योजनामा सानो समूहमा भ्रमण गर्ने पर्यटक(इन्डिभिज्योल मास टुरीस्ट): आफैंले स्वतन्त्र रुपमा आफ्नो सहजता अनुसार छोटो तथा लामो समय घुमघाम गर्ने योजना बनाएर दम्पति, परिवार, साथीसंगी, छिमेकीसंगको सानो समुह बनाएर देश तथा विदेशका नयाँ–नयाँ स्थानहरुको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु व्यक्तिगत योजना बनाएर सानो समूहमा भ्रमण गर्ने पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यस्ता पर्यटकहरु पर्यटकीय स्थलका रुपमा नाम चलेका र सबै प्रकारका पर्यटकीय सेवा–सुविधाहरु सम्पन्न भएका कुनै निश्चित स्थानबारे थाहा पाउन, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव हासिल गर्न तथा आफ्नो कुनै खुशीयालीको अवसरमा उत्सव मनाउन, भेटघाट, मनोरञ्जन तथा आराम गर्न आदि उद्देश्य राखेर एक स्थानबाट अर्को स्थान तथा पर्यटकीय स्थलहरुको यात्रा तथा भ्रमण गर्ने गर्दछन् । 


(४)संगठित योजनामा ठूलो समूहमा भ्रमण गर्ने पर्यटक(ओर्गनाइज्ड मास टुरीस्ट): पर्यटनका विविध प्रकारका साना, ठूला, टाढा तथा नजिकका विशेष महत्व भएका देश तथा विदेशका विभिन्न स्थानहरुको यात्रा तथा भ्रमण गर्ने तथा गराउने उद्देश्यले यस सम्वन्धि काम गर्ने संगठित संस्थाहरु(ट्राभल एजेन्सी)ले निश्चित शर्त, नियम, समय, खानपान, बसाइ आदिबारे योजनावद्ध प्रकारले तयार गरेका तथा आयोजकले आयोजना गरेका व्यवस्थित पर्यटकीय प्याकेजमा यात्रा तथा भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु संगठित समूहमा पूर्वनिर्धारित योजना अनुसार सामूहिक रुपमा भ्रमण गर्ने पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यस्ता पर्यटकहरु प्रायजसो तीर्थयात्रा तथा धार्मिक भ्रमण, सामुद्रिक यात्रा, हाइकिगं, टे्रकिगं, जंगल सफारी आदि पर्यटकीय गतिविधिहरुमा समलग्न हुन्छन् । 


(ख)स्ट्यानली प्लगका अनुसार

सन् १९७४ मा स्ट्यानली प्लगले व्यक्तिको व्यक्तित्वको आधारमा पर्यटकलाई मोटामोटी रुपमा तीन प्रकारमा विभाजन गरेका छन्ः 

(१)साहसिक पर्यटक(एलोसेन्ट्रीक टुरीस्ट): पर्यटकीय स्थलका रुपमा त्यति नाम नचलेका, नाम नसुनिएका तथा विकास नभएका तर विशेष प्रकारका मौलिक विशेषताहरु भएका देश तथा विदेशका भूगोलमा रहेका नौला तथा नयाँ–नयाँ स्थलहरु खोज्दै उक्त क्षेत्रका फरक प्रकारका विशेषता भएका विषयहरु, प्राकृतिक सुन्दरता, मौसम, वातावरण, भूगोल, प्रकृतिक तथा जैविक विविधता भएका स्थानहरुबारे सुक्ष्म रुपले जान्न, ज्ञान लिन तथा प्रत्यक्ष अनुभव गर्न गन्तव्य स्थलसंग सम्वन्धित जानकारी र सो स्थलको नक्शा बोकेर उपलव्ध भएसम्मका पर्यटकीय सेवासुविधाहरुको उपयोग र असूविधाहरुसंग संघर्ष गर्दै जोखिम लिएर साहसपूर्वक एक्लै तथा सानो समुहमा यात्रा तथा भ्रमण गर्न रुचाउने यात्री तथा भ्रमणार्थीहरु साहसिक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । ड्रिफ्टर टुरीस्ट र एलोसेन्ट्रीक टुरीस्ट अर्थ र उद्देश्यका आधारमा करिव–करिव उस्तै–उस्तै हुन् । पर्यटकीय स्थलका रुपमा विकास नभएका तर विशेष प्रकारका विशेषताहरु भएका नयाँ–नयाँ स्थलहरु नेपालको भूगोलमा प्रसस्त छन्, यस्ता स्थलहरुको विकास गरेर नेपालको पर्यटन प्रवद्र्धन गर्न सकिन्छ ।


(२)मनोकेन्द्रित पर्यटक(साइकोसेन्ट्रीक टुरीस्ट): मानसिक रुपमा साहसिक पर्यटकको विपरीत विशेषता भएका पर्यटकहरु मनोकेन्द्रित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । आफ्नो सुविधा अनुसार स्वतन्त्रतापूर्वक आफैं घुमघामको छोटो तथा लामो योजना बनाएर दम्पति, परिवार, साथीसंगीसंग, छिमेकीको सानो समुहमा पर्यटकीय स्थलका रुपमा लोकप्रिय रहेका र पर्यटककालागि सबै प्रकारका पर्यटकीय सेवा-सुविधाहरु प्रदान गरिएका कुनै निश्चित स्थानमा घुमफिर गर्न, आफ्नो कुनै खुशीयालीको अवसरको उत्सव मनाउन, मनोरञ्जन तथा आराम गर्न आदि उद्देश्य राखेर एक स्थानबाट अर्कोे स्थानको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु मनोकेन्द्रित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । साइकोसेन्ट्रीक टुरीस्ट र इन्डिभिज्योल मास टुरीस्टहरु अर्थ र उद्देश्यका आधारमा करिव–करिव उस्तै–उस्तै हुन् ।


(३)मध्यमार्गी(मिड–सेन्ट्रिक टुरीस्ट): साहसिक र मनोकेन्द्रित गतिविधिहरुको विचमा पर्ने अर्थात नयाँ–नयाँ स्थानहरुको यात्रा तथा भ्रमण गर्दा केही साहसिक यात्रा तथा भ्रमणको उद्देश्य पनि राख्ने र केही मनोकेन्द्रित उद्देश्य पनि राख्ने पर्यटकहरु मध्यमार्गी पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । मध्यमार्गी पर्यटकहरु कहिलेकाहीं कुनै निश्चित स्थानमा निश्चित समय तथा मौसम(सिजनल) मा मात्र उपलव्ध हुने तथा आयोजना गरिने पर्यटकीय गतिविधि जस्तो ग्रीष्मकालीन, शरदकालीन, शीतकालीन पर्यटकीय गतिविधिहरुको अनुभव गर्न र कहिलेकाही पर्यटकीय दृष्टिकोणले सेवासुविधा सम्पन्न तथा नाम चलेका लोकप्रिया सहज पर्यटकीय स्थलहरुमा घुमफिर, मनोरञ्जन तथा आराम गर्ने उद्देश्यले नयाँ–नयाँ स्थानहरुको यात्रा तथा भ्रमण गर्ने गर्दछन् ।


(ग)गन्तव्यका आधारमा पर्यटकको प्रकार

पर्यटकीय गतिविधिका रुपमा गरिने यात्रा तथा भ्रमणका गन्तव्यका आधारमा पर्यटकहरुलाई मोटामोटी रुपमा चार प्रकारमा विभाजन गरिएको छः

(१)आन्तरीक तथा घरेलु पर्यटक(डोमेस्टिक टुरीस्ट): योजना बनाएर तथा बिनायोजना आफू नियमित रुपमा वसोवास गर्ने क्षेत्र तथा देशभित्रका विशेष प्रकारका विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुबारे जान्न, ज्ञान हासिल गर्न तथा प्रत्यक्ष अनुभव गर्न, घुमफिर गर्न, आफ्नो कुनै खुशीयालीको अवसरको उत्सव मनाउन, भेटघाट, मनोरञ्जन तथा आराम गर्ने उद्देश्यले एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु आन्तरीक तथा घरेलु पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । विश्वका ठूला देशहरु अमेरीका, चीन, भारत जस्ता मूलुकहरुमा भौगोलिक क्षेत्रफल ठूलो भएका र पर्यटकीय विविधता धेरै भएकाकारण आन्तरीक पर्यटकहरुका लागि पर्यटकीय गतिविधिहरु धेरै हुने गर्दछन् र मूलुकको अर्थतन्त्रमा आन्तरीक पर्यटनको उल्लेख्य योगदान समेत रहने गर्दछ ।


(२)अन्तरदेशीय तथा अन्तरर्राष्ट्रिय पर्यटक(इन्टरनेसनल टुरीस्ट): योजना बनाएर तथा बिनायोजना आफू नियमित रुपमा वसोवास गर्ने देश भन्दा वाहिर तथा अन्तरदेशीय अर्थात अन्तर्राष्ट्रिय जगतका विशेष प्रकारका विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुबारे जान्न, ज्ञान हासिल गर्न तथा प्रत्यक्ष अनुभव गर्न, घुमफिर गर्न, आफ्नो कुनै खुशीयालीको अवसरको उत्सव मनाउन, भेटघाट, मनोरञ्जन तथा आराम गर्ने उद्देश्यले एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु अन्तर्राष्ट्रिय पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । वर्तमान समयमा विश्वव्यापि रुपमा अन्तरदेशीय अर्थात अन्तर्राष्ट्रिय पर्यटन सबैभन्दा बढि पर्यटकीय गतिविधिहरु हुने पर्यटनको प्रकार हो । विश्वव्यापि रुपमा यसको प्रभाव निकै ठूलो रहेको छ र विश्वको आर्थिक गतिविधिमा अन्तर्राष्ट्रिय पर्यटनले महत्वपूर्ण योगदान पुर्याइरहेको छ । विश्वका कतिपय देशहरुको समुच्चा अर्थतन्त्र अन्तरदेशीय अर्थात अन्तर्राष्ट्रिय पर्यटनमै निर्भर रहेका छन् । पृथ्वीको भूगोल, मौसम, वातावरण तथा प्रकृतिमा व्यापक विविधता भएकाकारण अन्तर्राष्ट्रिय पर्यटकहरु प्राय मनोरञ्जन(प्लेजर) र कार्यगत(बिजनेस) उद्देश्य राखेर विश्वका विभिन्न स्थलहरुको यात्रा तथा भ्रमण गर्ने गर्दछन् ।


(२)अनुवन्धित पर्यटक(इन–बाउन्ड टुरीस्ट): निश्चित समय अवधिकालागि निश्चित स्थानमा निश्चित मौसम(सिजन) तथा निश्चित अवसरलाई आधार बनाएर आन्तरीक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफू बसोवास गरेकै क्षेत्र तथा देशभित्र पर्यटकीय गतिविधिहरु गर्ने संगठीत संघसंस्थाहरुद्वारा आयोजना गरिएका पर्यटकीय गतिविधिहरुमा सहभागि भएर उक्त विषय तथा स्थलबारे ज्ञान लिने, प्रत्यक्ष अनुभव गर्ने, भेटघाट, घुमघाम तथा मनोरञ्जन लिने उद्देश्यले त्यस्ता पर्यटकीय गतिविधि तथा स्थलहरुको यात्रा तथा भ्रमण गर्ने पर्यटकहरु अनुवन्धित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यसप्रकारका आन्तरीक पर्यटकीय गतिविधिहरु निश्चित क्षेत्र तथा देशको प्राकृतिक मौसमको अवस्था, स्कुल, कलेज, कार्यालयहरुको छोटो तथा लामो विदा भएको समय आदिलाई मध्यनजर गरेर खासगरि निश्चित प्रकारका वर्गहरुलाई लक्षित गरेर आयोजना गर्ने गरिन्छ ।


(४)अनअनुवन्धित पर्यटक(आउट–बाउन्ड टुरीस्ट): निश्चित समय अवधिकालागि निश्चित स्थानमा निश्चित मौसम(सिजन) तथा निश्चित अवसरलाई आधार बनाएर अन्तरदेशीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आफू बसोवास गरेको देशवाहिर पर्यटकीय गतिविधिहरु गर्ने संगठीत संघसंस्थाहरुद्वारा आयोजना गरिएका पर्यटकीय गतिविधिहरुमा सहभागि भएर उक्त विषय तथा स्थलबारे ज्ञान लिने, प्रत्यक्ष अनुभव गर्ने, भेटघाट, घुमघाम तथा मनोरञ्जन लिने उद्देश्यले त्यस्ता अन्तराष्ट्रिय पर्यटकीय गतिविधि तथा स्थलहरुको यात्रा तथा भ्रमण गर्ने पर्यटकहरु अनअनुवन्धित पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । यसप्रकारका अन्तराष्ट्रिय पर्यटकीय गतिविधिहरु विश्वभरिका विभिन्न क्षेत्रहरुका प्राकृतिक मौसमको अवस्था, स्कुल, कलेज, कार्यालयहरुको छोटो तथा लामो विदा भएको समय आदिलाई मध्यनजर गरेर खासगरि निश्चित प्रकारका वर्गहरुलाई लक्षित गरेर आयोजना गर्ने गरिन्छ ।


(घ)उद्देश्यका आधारमा पर्यटकको प्रकार

वर्तमान समयमा विश्वको समुच्चा भूगोल तथा प्रकृतिलाई प्रतिनिधित्व गर्नेगरि विश्वव्यापि रुपमा १५० भन्दा बढि प्रकारका पर्यटकीय गतिविधिहरु नामाकरण गरिएका छन् र यी विविध प्रकारका पर्यटकीय स्थलहरुको पर्यटन तथा भ्रमणको उद्देश्यका आधारमा पर्यटकहरुलाई मोटामोटी रुपमा दश प्रकारमा विभाजन गरिएको छः 

(१)प्रकृति तथा संस्कृति मैत्री पर्यटक(ससटेनेबल टुरीस्ट): पृथ्वी तथा प्रकृति र त्यहाँको मौलिक प्राकृतिक संस्कृतिहरु(नेचुरल कल्चर) सबैको साझा हो, यसलाई बचाउँ र सबैले सक्दो प्रकृति तथा प्राकृतिक संस्कृति मैत्री गतिविधिहरु अपनाउँ भन्ने व्यापक विश्वव्यापि अभियान चलिरहेको सन्दर्भमा वर्तमान समयमा प्रकृति तथा वातावरण मैत्री पर्यटन तथा भ्रमण गर्ने व्यक्तिहरु प्रकृति तथा संस्कृति मैत्री पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । प्रकृति तथा प्राकृतिक संस्कृति मैत्री पर्यटकीय गतिविधिहरु आयोजना गर्ने आयोजक र भ्रमण गर्ने पर्यटकहरु दुवै प्रकृति तथा प्राकृतिक संस्कृतिप्रति उत्तरदायि र जिम्मेदार हुन्छन् । यस प्रकारका पर्यटकीय गतिविधिहरु आयोजना गर्ने आयोजकहरुले प्रकृति तथा प्राकृतिक संस्कृतिहरुमा पर्यटकीय गतिविधिहरुको नकारात्मक प्रभाव नपर्ने गरि प्रकृति तथा प्राकृतिक संस्कृतिलाई कुनै प्रकारले हानि नपुर्याइकन तथा कम हानि हुनेगरि पकृति तथा प्राकृतिक संस्कृतिको प्राकृतिक गुण तथा नैसर्गीक विशेषताहरुमा अझ बढोत्तरी ल्याउने, लाभ पुर्याउने तथा मद्धत गर्ने उद्देश्यलाई आत्मसाथ गरेर स्थानिय प्राकृतिक वातावरण तथा भूगोलको वहन गर्नसक्ने क्षमता(क्यारींग क्यापसिटी)लाई गहन रुपमा मध्यनजर गरेर स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्यले विविध प्रकारका पर्यटकीय गतिविधिहरु जस्तै जैविक खेती तथा कृषि उब्जनी व्यवसाय, प्रकृति तथा प्राकृतिक संस्कृतिलाई कमसेकम दख्खल तथा खलल पुर्याएर निर्माण गरिएका गोरेटो तथा घोडेटो बाटोहरुको पदयात्रा गर्दै स्थानिय स्थलगत अवलोकन आदिको आयोजना गर्दछन् । जैविक खेती, प्राकृतिक किसमले संरक्षण गरिएका वनस्पति, प्राणी, जीवजन्तु, पशुपंक्षी, भूगोल, प्रकृति तथा संस्कृतिको अवलोकन, गोरेटो तथा घोडेटो बाटोको यात्रा, होमस्टेमा बसेर स्थनिय मौलिक संस्कृतिको अनुभव आदि पर्यटकीय गतिविधिहरु प्रकृति तथा संस्कृति मैत्री पर्यटन तथा पर्यटक अन्तर्गत पर्दछन् ।


(२)मर्यादित पर्यटक(इथिकल टुरीस्ट): मर्यादित पर्यटकीय गतिविधिहरु आयोजना गर्ने संस्थागत आयोजकहरु र त्यस प्रकारको गतिविधिहरुबारे ज्ञान तथा प्रत्यक्ष अनुभव हासिल गर्न तथा घुमफिर, मनोरञ्जन गर्न जाने पर्यटकहरु दुवै मर्यादित, नैतिकवान तथा उत्तरदायि हुन्छन् । आयोजकहरुले स्थानिय क्षेत्रका प्रकृति, वातावरण, प्राकृतिक संस्कृति, प्राणी, जीवजन्तु, पशुपंक्षी, वनस्पिति, भुगोल कुनैपनि पक्षमा हानिनोक्सानी नगरीकन तथा कमसेकम हानि हुनेगरि आन्तरीक तथा वाहिय पर्यटकहरुलाई आकर्षित गर्ने उद्देश्य राखेर आफ्ना पर्यटकीय व्यवसायिक गतिविधिहरु गर्दछन् र उक्त गतिविधिहरुको अवलोकन गर्न जाने पर्यटकहरुले पनि उपरोक्त कुनै पक्षमा कुनै प्रकारको हानिनोक्सानि नपुर्याइकन स्थानिय प्राकृतिक वातावरण तथा भूगोलको वहन गर्नसक्ने क्षमतालाई गहन रुपमा मध्यनजर गरेर पर्यटकीय गतिविधिहरुबाट ज्ञान, प्रत्यक्ष अनुभव तथा मनोरञ्जन दिने गर्दछन् । कृषि फार्म, माछा पालन, कुखुरा पालन, पशुपालन, मौरी पालन, पुष्पखेती, जडीबुटी खेती, नवीकरणीय उर्जाको उत्पादन, ढल निकास तथा स्वच्छ पानीको व्यवस्था, सौम्य तथा धेरै ठूलो आवाज नआउने, धेरै तोडफोड तथा डागंडुगं नगरिकन जैविक प्रक्रियाबाट स्थानिय मौलिक वस्तुहरुको प्रशोधन तथा उत्पादन गर्ने कुटीर तथा घरेलु उद्योग आदि पर्यटकीय गतिविधिहरु मर्यादित पर्यटन तथा पर्यटक अन्तर्गत पर्दछन् ।

 

(३)प्रयोगात्मक पर्यटक(एक्पेरीमेन्टल टुरीस्ट): एक्लै तथा सानो समुहमा नयाँ–नयाँ विषय तथा कुराहरु सिक्ने, जान्ने, त्यसबाट ज्ञान लिने तथा आफू स्वयंले प्रत्यक्ष प्रयोगात्मक अनुभव गर्ने उद्देश्य राखेर पृथ्वीको भूगोलमा रहेका विशेष प्रकारका गन्तव्य क्षेत्र तथा स्थलहरु, निश्चित स्थान तथा समूहको इतिहास, कलाकृति, मानव प्रकृति, मानव संस्कृतिको अवलोकन गर्ने, स्थानिय पर्यटकीय सेवासुविधा अनुसार निश्चित समयकालागि त्यहींको रहनसहन, खानपान, पहिरन अनुशरण गर्ने जीवनमा नयाँ-नयाँ विषयहरुको अनुभव गर्न अपेक्षा राख्ने खोजी प्रकृतिको व्यक्ति प्रयोगात्मक पर्यटकको प्रकार तथा वर्गमा पर्दछ । 


(४)साहसिक पर्यटक(एडभेन्चर टुरीस्ट): साहसिक पर्यटकबारे माथि उल्लेखित विषयहरुमा समेटीसकिएको छ । साहसिक पर्यटकहरु जीवनमा उत्सुकता जगाउने, जोखिमयुक्त, मजा आउने तर खतरा नभएका साहसिक पर्यटकीय गतिविधिहरुको प्रत्यक्ष अनुभव गर्न रुचाउछन् । बन्जी जम्प, र्याफ्टिीगं, प्याराग्लाइडिगं, माउन्टेन साइकिलगिं, स्काइ डाइभिगं, सि डाइभिगं, रोलरकोष्टर, कार रेसिगं, पहाड तथा हिमाल चढ्ने आदि गतिविधिहरु साहसिक पर्यटन अन्तर्गत पर्दछन् ।


(५)प्राकृतिक तथा पर्यापर्यटक(नेचुरल टुरीस्ट): प्राकृतिक तथा पर्यापर्यटकबारे माथि उल्लेखित विषयहरुमा समेटीसकिएको छ । प्राकृतिक तथा पर्यापर्यटक र प्रकृति तथा संस्कृति मैत्री पर्यटक करिव–करिव एकै हुन् । 


(६)सांस्कृतिक पर्यटक(कल्चरल टुरीस्ट): पृथ्वीको भूगोलभित्र रहेका जुनसुकै क्षेत्रहरुका विशेष प्रकारका मौलिक विशेषताहरु भएका स्थानिय प्रकृति, मानव, मानव संस्कृति, समुह, समाज, जातजाति तथा सम्प्रदायहरु, यीनको रहनसहन, भाषा, भेषभुषा, खानपान आदिकोे मौलिकताबारे जान्न, देख्न तथा प्रत्यक्ष अनुभव हासिल गर्न एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने व्यक्तिहरु सांस्कृति पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । सांस्कृति पर्यटन अन्तर्गत स्थानिय सामग्रीहरुबाट उत्पादन गरिएका सामग्रीहरुको मेला, फुड फेस्भिल, सांगीतिक कन्सर्ट, फेसन सो आदि पर्यटकीय गतिविधिहरु पर्दछन् ।  


(७)स्वस्थ्य उपचार पर्यटक(मेडीकल टुरीस्ट): आफ्नो शरीर, मन, भावना, चेतनाको उचित तथा सुदृढ स्वास्थ्य तथा आरोग्यता हासिल गर्न स्वास्थ्यका चारवटै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, चेतनात्मक अर्थात आत्मिक स्वास्थ्य)को उपचारसंग सम्वन्धित पर्यटकीय गतिविधि गर्ने व्यक्तिहरु स्वस्थ्य उपचार पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । शरीरका वाहिरी तथा आन्तरीक अंगहरुमा लागेका विभिन्न प्रकारका रोग तथा अस्वस्थताबाट मुक्त हुन, मानसिक स्वस्थ्य उपचार गर्न, स्वास्थ्य अझ सुद्धृढ बनाउन, शरीर, मन, भावना, चेतनामा आराम महसुस गर्न तथा दिगो आरोग्यता हासिल गर्न आदि उद्देश्य राखेर देश, विदेशका एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु स्वास्थ्य पर्यटन हो । विशेषगरि स्वास्थ्य उपचारको दृष्टिकोणले अत्याधूनिक प्राविधिक सुविधा सम्पन्न अस्पताल, आफूले धान्नसक्ने खर्च लाग्ने स्वस्थ्य केन्द्र तथा आरोग्यता प्रदान गर्ने योग चिकित्सा, ध्यान चिकित्सा, प्राकृतिक चिकित्सा, मर्म चिकित्सा प्रदान गर्ने केन्द्र तथा स्थानहरुमा गरिने गतिविधिहरु स्वास्थ्य पर्यटन अन्तर्गत पर्दछन् । पूर्वीय अध्यात्म दर्शन मनुष्यलाई सहज तथा सरल जीवन जिउन सिकाउने कलाको विज्ञान(आर्ट अफ लिभिगं) हो, यस अन्तर्गत गरिने सबै चिकित्सा पद्धतिहरु “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु वुद्धिमानी हुन्छ” भन्ने सिद्धान्त तथा मान्यताहरुमा आधारीत छन् । वर्तमान समयमा लोकप्रिय बन्दै गएका आरोग्य पर्यटनका गतिविधिहरु अन्तर्गत पर्ने मसाज, स्पा, योगासन, प्राणायाम तथा ध्यान ट्रिटमेन्ट्स, नेचर थेरापि, अकुप्रेसर, अकुपंचर, एरोमा थेरापि, साउन्ड थेरापि, फुड थेरापि आदि सबै अतिरिक्त नकारात्मक प्रभाव नभएका अत्यन्तै प्रभावकारी प्राचीन चिकित्सा पद्धतिहरु हुन् । प्राचीन चिकित्सा पद्धतिमा प्राकृतिक चिकित्सा पद्धति(नेचर थेरापि) अर्थात हरप्रकारले प्रकृतिसंग नजिक भएर स्वास्थ्य लाभ तथा आरोग्यता हासिल गर्ने विधिहरु अत्यन्तै लोकप्रिय र प्रभावकारी रहदै आएका छन् र वर्तमान समयमा पनि आरोग्यता हासिल गर्नकालागि विविध प्रकारका प्राकृतिक चिकित्सा पद्धतिका विधिहरुको अनुशरण अध्यधिक मात्रामा गर्दै आइएको पाइन्छ र यी सबै गतिविधिहरु आजको विश्वमा सबैभन्दा बढि क्रियाशिलता रहेको आनन्द पर्यटन(प्लेजर टुरीजम) अन्तर्गत पर्दछन् । प्राकृतिक चिकित्सा अन्तर्गत विशेष प्रकारका स्वास्थ्य समस्याहरुको उपचार तथा रोकथाम गर्न विश्वका विशेष प्रकारका केन्द्र तथा क्षेत्रमा जानुदेखि लिएर आरोग्यता हासिल गर्नकालागि सामान्य गतिविधिहरु जस्तोकी आफू निवास गरिरहेको भन्दा फरक प्रकारको वातावरण, भूगोल, मौसम, हावापानी, खानपान, रहनसहन, संस्कृति आदिको अनुभव गर्न जाने क्रियाकलापहरु पर्दछन् । खासगरि थकान, बेचैनी, तनाव, चिन्ता, अवसाद जस्ता मानसिक समस्याहरुबाट मुक्त हुन र स्वस्थ गर्भधारण गर्न, गर्भ टिकाउन, छाला तथा एलर्जिका समस्याहरु जस्ता शारीरिक समस्याहरुबाट आराम प्राप्त गर्न प्राकृतिक चिकित्सा पद्धतिलाई अनुशरण गर्दै आइएको पाइन्छ । 


(८)धार्मिक पर्यटक(रिलिजिवस टुरीस्ट): आ-आफ्नो धार्मिक आस्था तथा मान्यता अनुसार देश, विदेशस्थित विभिन्न धार्मिक स्थल, उक्त स्थलका विषय, वस्तु, सेवा तथा अन्य मौलिक विशेषताहरुबारे सैद्धान्तिक ज्ञान तथा प्रत्यक्ष व्यवहारिक अनुभव लिने उद्देश्यले विभिन्न क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु धार्मिक पर्यटन हो र यसप्रकारका पर्यटकीय गतिविधिहरु गर्ने धार्मिक तथा आध्यात्मिक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । हिन्दु धर्मावलम्बिहरुले गर्ने पवित्र चारधाम यात्रा, पवित्र कैलास यात्रा, इशाइ धर्मावलम्बिहरुले गर्ने पवित्र जेरुसलम यात्रा, इस्लाम धर्मावलम्बिहरुले गर्ने पवित्र मक्का-मदिना धार्मिक तथा आध्यात्मिक पर्यटन अन्तर्गत पर्दछन् । धार्मिक पर्यटन गर्ने पर्यटकहरुको धर्म, धर्मका विषयहरु, स्थान आदिको सैद्धान्तिक ज्ञान तथा प्रत्यक्ष व्यवहारिक अनुभव लिने उद्देश्यका साथसाथ पुण्य कमाउने, मानसिक शान्ति तथा आनन्द हासिल गर्ने उद्देश्य पनि रहेको हुन्छ । विश्वले नेपाललाई ज्ञान भूमि, गुरु भूमि, देव भूमि, तपो भूमि, धर्म भूमि, शिव भूमि, पाशुपत भूमि, वुद्ध भूमि, शक्तिपिठहरुको भूमि, शालिग्राम शिलाको भूमि, मन्दिर नै मन्दिरको देश आदि गरिमामय उपनामले चिन्दछ । अदभूत परालौकीक दिव्य मान्यता तथा मौलिक विशेषताहरु भएका धार्मिक पर्यटकीय स्थलहरुको प्रचुरता तथा विविधताले सम्पन्न मूलुक नेपालमा धार्मिक तथा आध्यात्मिक पर्यटनको सम्भावना अत्यधिक रहेको छ । 


(९)कार्यगत पर्यटक(बिजनस टुरीस्ट): आफूले काम गर्ने कार्यलयमा आफूले बहन गरिरहेका काम तथा उत्तरदायित्वका कामहरु लिएर देश, विदेशको यात्रा तथा भ्रमण गर्ने यात्री तथा भ्रमणार्थीहरु कार्यगत पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । पर्यटनलाई मूलरुपमा आनन्द(प्लेजर) र कार्यगतग(बिजनेस) गरि दुई भागमा विभाजन गरिएको भएपनि सबै पर्यटकीय गतिविधिहरु अर्थात भ्रमण तथा यात्राहरु कुनै न कुनै काम विशेषले नै गर्ने गरिन्छन् अर्थात कार्यगत नै हुन्छन् । तर यीनका उद्देश्य तथा प्रकृतिहरुमा केही भिन्नता हुने र विशेष तथा निश्चित प्रकारको परिणामहरुको अपेक्षा गरेर गरिने हुनाले आनन्द पर्यटन र कार्यगत पर्यटनलाई छुट्टा-छुट्टै मान्यता प्रदान गरिएको छ ।


(१०)शोक पर्यटक(डार्क टुरीस्ट): दुःख, वियोग, मृत्यु, शहीद स्मारक, चिहान घाट, हन्टिगं हाउस, अन्धविश्वास तथा अवैज्ञानिक तर्कमाथि विश्वास, विवादास्पद विषयहरु आदिसंग सम्वन्धित स्थलहरुकोबारे जान्न, देख्न तथा प्रत्यक्ष अनुभव हासिल गर्न एक स्थानबाट अर्को स्थानको भ्रमण गर्ने व्यक्तिहरु शोक पर्यटकको प्रकार तथा वर्गमा पर्दछन् । शोक पर्यटकलाई अर्को शव्दमा ग्रीफ, डेथ तथा ट्राजेडी पर्यटक भनेर पनि बुझ्ने गरिन्छ ।  bsirjana@gmail.com



Wednesday, 19 March 2025

आफूसंगको सुमधूर सम्वन्ध नै समृद्धिको मूलआधार

                                                   डा. सिर्जना भण्डारी

                                                       #अध्यात्म_दर्शन #जीवन_दर्शन  


विषय प्रवेश

हरेक मानिसले जीवनमा खोजेको स्वास्थ्य, सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द हो र उसका हरेक गतिविधिहरुको एकमात्र लक्ष्य यही नै रहेको हुन्छ जसले उसकोजीवनमा समृद्ध तथा सफलता दिलाओस । जीवनका हरेक आयामहरुमा सम्पन्नता आउनु तथा सबै आयामहरु सन्तुलित अवस्थामा हुनु नै वास्तविक समृद्धि हो । श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले छ प्रकारका ऐश्वर्यहरु (धन, शक्ति, यश, सौन्दर्य, ज्ञान, वैराग्य) बताउनु भएको छ । यिनै ऐश्वर्यहरुको पूर्ण सन्तुलनले मानिसको जीवनमा समृद्धि ल्याउन मद्धत गर्दछन् । वर्तमान आधूनिक समयका मानिसहरुको जीवनशैली अनुकुल हुने किसिमले तथा युग सान्दर्भिक हुनेगरि समृद्धिलाई प्रमुख रुपमा पाँच आयामहरुमा विभाजन गरिएको छ– (१)स्वास्थ्य, (२)सुमधूर सम्वन्ध, (३)सम्पन्नता, (४)मानप्रतिष्ठा, र (५)शान्ति । पूर्णरुपमा स्वस्थ रहनु मानिसको समृद्धिको पहिलो आयाम हो । मानिस पूर्णरुपमा स्वस्थ तव हुन्छ जव उसका स्वास्थ्यका चारवटै आयामहरु– (१)शारीरिक स्वास्थ्य, (२)मानसिक स्वास्थ्य, (३)भावनात्म(सामाजिक) स्वास्थ्य, र (४)चेतनात्मक(आध्यात्मिक)स्वास्थ्य स्वस्थ हुन्छन् । सबैसंगका सम्वन्धहरु सुमधूर रहनु मानिसको समृद्धिको दोस्रो आयाम हो । मानिसका सम्वन्धहरु पूर्णरुपमा सुमधूर तव हुन्छन् जव उसका सम्वन्धका पाँचवटै आयामहरु– (१)आफूसंगको सम्वन्ध, (२)परिवारसंगको सम्वन्ध, (३)समाजसंगको सम्वन्ध, (४)प्रकृतिसंगको सम्वन्ध र (५)परमात्मासंगको सम्वन्ध सन्तुलनमा रहेका हुन्छन् । हरप्रकारले आफ्ना सबै किसिमका आवश्यकताहरु पूरा गर्न आर्थिक रुपले सक्षम तथा सम्पन्न रहनु समृद्धिको तेस्रो आयाम हो । मानिस पूर्णरुपमा सम्पन्न तव मानिन्छ जव उसका आधारभूत आवश्यकताका छवटै आयामहरु– (१)गास, (२)बास, (३)कपाश, (४)स्वास्थ्य, (५) शिक्षा, र (६)सुरक्षा पूरा समयमै आवश्यकता अनुसार हुन्छन् । आफ्नो व्यक्तित्व तथा दर्जा अनुसार पारिवारीक तथा सामाजिक मानप्रतिष्ठा मानिसको समृद्धिको चौथो आयाम हो । मानिस परिवार तथा समाजमा तव प्रतिष्ठित हुन्छ जव उसले मानवीयताका आधारमा सबैको भलाइ हुने सेवा तथा सर्वकल्याणका कार्यहरुमा आफूले सक्दो योगदान पुर्याउदछ । र पाँचौ तथा अन्तिम तर प्रमुख मानसिक, भावनात्मक तथा चेतनात्मक अर्थात आत्मिक शान्ति मानिसको समृद्धिको अर्को अत्यन्तै महत्वपूर्ण आयाम हो । मानिस हरप्रकारले शान्त तथा आनन्दित तवमात्र हुनसक्छ जव उसकाे जीवनमा समृद्धिका माथि उल्लेखित चारवटै आयामहरुमा सकारात्मक उपलव्धिहरु हासिल भएका हुन्छन् र यससंगसंगै उ आफ्नो आन्तरीक शान्तिकालागि सांसारीक जीवनबाट नितान्त आफ्नोलागि समय निकालेर आफ्नो आन्तरीक विकास तथा आध्यात्मिक विकासका गतिविधिहरु अर्थात आध्यात्मिक साधना तथा योग साधना गर्न शुरु गर्दछ ।


साधनाबाट नै जीवनमा समृद्धि हासिल हुन्छ 

पूर्वीय अध्यात्म दर्शनमा साधनाका अनेकौं प्रकार र पद्धतिहरु बताइएका छन् । मानिसको नैसर्गीक(प्राकृतिक) गुण अर्थात स्वधर्म अनुसार समृद्ध जीवनकालागि उसले तय गरेका लक्ष्यहरु हासिल गर्न अपनाइने हर प्रकारक प्रभावकारी विधि तथा पद्धतिहरु नै साधना हुन् । अर्को शव्दमा भन्नुपर्दा, मानिसले जीवनमा गर्नुपर्ने हरप्रकारका कर्महरुमा कुशलता ल्याउन अपनाइने हरप्रकारका सकारात्मक प्रयत्नहरु साधना तथा तप हुन् जसले उसको कर्मलाई कर्मयोग बनाउछन् अर्थात उसको कर्मसंग उसलाई पूर्णरुपमा जोड्दछन् र यही नै योग तथा योग साधना हो । भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ, “योगः कार्यशु कौशलम ।” अर्थात कार्ममा पूर्ण कुशलता नै योग हो । योगको अर्थ जोड्नु हो, मानिसले जीवनमा आफूले गर्नुपर्ने हरप्रकारका कर्महरुमा सुख, खुशी, समृद्धि, शान्ति आनन्दको अनुभूति हुने गरि पूर्णरुपमा कर्ममा जोडिनु नै योग हो । यसरी कर्ममा जोडिनु तथा योगस्थ हुनु पूर्ण साधना हो र यसप्रकारको योगस्थ भएको पूर्ण साधनाबाट मानिसको जीवनमा पूर्ण समृद्धि हासिल हुन्छ ।


आफूसंगको सुमधूर सम्वन्ध नै समृद्धिको मूलआधार

सुमधूर सम्वन्ध मानिसको जीवनमा समृद्धि ल्याउने दोस्रो अत्यन्तै महत्वपूर्ण आयाम हो र आफूसंगको सुमधूर सम्वन्ध पहिलो र प्रमुख विषय हो । हरेक मानिसले आफ्नो जीवन सरल तथा सहज ढंगले जीउन उसले सर्वप्रथम आफैंसंगको सम्वन्ध सुमधूर बनाउनु अनिवार्य हुन्छ । यसकालागि उसले आफ्नो प्रकृति, आफ्नो रुचि, आफना क्षमता तथा प्रतिभाहरु, हरप्रकारका आफ्ना गुणहरु, आफूलाई मनपर्ने तथा नपर्ने कुराहरु, आफ्नो शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक प्रकृति तथा अवस्था, आफ्नो नैसर्गीक संस्कार, जीवनको कर्तव्य तथा उत्तरदायित्व आदिबारे राम्ररी स्वाध्याय गर्नुपर्दछ र यसै अनुरुप जीवनमा उद्देश्य तथा लक्ष्य र त्यसलाई हासिल गर्ने योजनाको निर्माण तथा संकल्प निर्धारण गर्नुपर्दछ । यसरी पुर्णरुपमा आफ्नो हरप्रकारका प्रकृतिहरुको स्वाध्याय गरेर तय गरिएका उद्देश्य, लक्ष्य, योजना तथा संकल्पहरुको माध्यमवाट मात्र जीवनमा समृद्धि हासिल गर्न सकिन्छ ।


वर्तमान समयमा अधिकांश मानिसहरुको समस्या तथा दुःखको मूलकारण आफूसंगको सम्वन्ध सुमधूर नहुनु , आफैलाई राम्ररी नचिन्नु तथा आफूबाट वियोगको अवस्थामा रहनु हो । मानिस दोहोरो वियोगको जीवन जिरहेको छ । पहिलो आफैंबाट वियोग र दोस्रो पारमार्थिक अर्थात परमात्माबाट वियोग । आफैंबाट वियोग भएकैकारण उ परमात्माबाट वियोग भएको छ र बारबार जन्म र मृत्युको दुःखदायि चक्रमा घुमिरहेको छ । मानिसका ज्ञान र कर्म इन्द्रियहरुको माध्यमबाट उसको अत्यन्तै महत्वपूर्ण जीवन उर्जा सांसारीक जगतमा छरिएको छ र उ आफूबाट वियोग भएर संसारसंग चाहिं योग हुन पुगेको छ जानेर तथा नजानेर । अनित्य, भ्रम तथा भूलभुलैयाको संसारका भोगका वस्तु तथा सेवाका सुख, सुविधाहरु प्राप्तिको अति इच्छा, कामना तथा आशक्ततामा लिप्त भएको तथा हराएको छ । जीवनको यही असन्तुलित भोगका कारण आजको मानिस विभिन्न प्रकारका समस्या, अस्वस्थता, असन्तुष्टी, चिन्ता, खराव सम्वन्ध, बिपन्नता, दुर्वलता, असफलता, बेचैनी, असन्तुष्टी, अशान्ति आदिको दलदलमा फसिरहेको छ । मिथ्या संसारको भूलभुलैयामा अड्केकै कारण उसले आफूलाई चिन्न सकेको छैन, आफूसंगको सम्वन्ध सुमधूर बनाउन सकेको छैन र आफ्नो प्राकृतिक गुण तथा प्रकृति तथा स्वधर्मबाट अलग भएर आफ्नो स्वाभावमा नभएर अरुको प्रभावमा परेर प्रभावको जीवन जिरहेको छ र जीवनको समृद्धिबाट विमुख भइरहेको छ ।


आफूसंगको सम्वन्ध सुमधूर बनाउन स्वाध्याय

आफूलाई चिन्न तथा आफूसंग सुमधूर सम्वन्ध बनाउन सर्वप्रथम हरेक मानिसले आफ्नो शरीर तथा स्वाथ्यका आयामहरुको सुक्ष्म स्वाध्याय(स्वअध्ययन) गरेर त्यसैअनुरुप आफ्नो आहार(खानपान), विहार(योग साधना), व्यवहार(सकारात्मक विचार) तथा सम्पूर्ण जीवनशैली बनाउनु अतिआवश्यक हुन्छ । मेरो शरीरको बनावट कस्तो प्रकारको छ, शरीरको पकृति(वाथ, कफ, पित्त) कुन प्रकारको छ, मेरो स्वस्थ्य अवस्था कस्तो छ, मलाई के कुराले फाइदा गर्छ वा नोक्सान गर्छ, कुन कुरा मेरोलागि हरप्रकारले अनुकुल तथा प्रतिकुल छ आदि । त्यस्तै म कस्तो प्रकारको मानसिक, भावनात्मक, चेतानात्म प्रकृति तथा अवस्था भएको मानिस हुँ, मलाई के मन पर्छ वा पर्दैन, मेरो संस्कार कस्तो छ, मैले जीवनमा के गर्नु पर्छ, के गर्नु हुन्छ तथा हुदैन, मेरो उमेर तथा अन्य व्यक्तिगत अवस्थाहरु, पारिवारीक, सामाजिक तथा आर्थिक अवस्थाहरु कस्ता छन् आदिबारे राम्ररी थाहा पाउनु र यी सबै परिस्थितिहरुसंग अनुकुल हुने प्रकारका व्यवहारहरु मैले आफ्नो जीवनमा आफ्नो दैनिकि सरल तथा सहज हुने किसिमले अनुशरण गर्नु पर्दछ । आफ्नो अनुकुलका व्यवहारहरु जीवनमा अनुशरण गर्न आफ्नो प्रतिकुल हुने तथा आफूलाई मन नपर्ने प्रकारका विषयहरुलाई इन्कार गर्नुपर्दछ अर्थात तीनको त्याग गर्ने तथा नाइ भन्न तथा अस्वीकार गर्न सक्ने सामथ्र्य आफूमा विकास गर्न सक्नुपर्दछ । आफूलाई प्रतिकुल हुने कुराहरुलाई स्वीकार गर्नु भनेको स्वतः आफूलाई अनुकुल हुने कुराहरुलाई अस्वीकार गर्नु हो र आफूलाई अनुकुल हुने कुराहरुलाई अस्वीकार गर्नु भनेको स्वतः प्रतिकुल हुने कुराहरुलाई स्वीकार गर्नु र आफ्नो जीवन आफैंले खराव गर्नु तथा जीवनका समस्याहरु बढाएर समृद्धिलाई नै अस्वीकार गर्नु हो तथा समृद्धिबाट आफूलाई अलग राख्नु हो । 


आफूसंगको सम्वन्ध सुमधूर हुदा प्राप्त हुने लाभहरु

आफूसंगको सम्वन्ध सुमधूर नहुदा अरुको प्रभावको जीवनशैली अपनाउन तथा जीउन बाध्य भइन्छ र आफ्नो प्रतिकुल हुने तथा आफूलाई मन नपर्ने कुराहरु जीवनमा हावी हुदै जान्छन् र यस्तो अवस्थाले जीवनमा समस्या, तनाव, अस्वस्थता, आफू र अरुसंग खराव सम्वध, बिपन्नता, असफलता, अनावश्यक विचार, असन्तुष्टी, बेचैनी, अशान्तिले व्याप्त अत्यन्तै प्रतिकुल तथा असन्तुलित परिस्थिति बन्दै जान्छ जीवनमा । प्रतिकुल तथा असन्तुलित परिस्थितिले मेरो पूर्ण स्वास्थ्य तथा पूर्ण समृद्धिकालागि आवश्यक पर्ने मस्तिष्कमा बन्ने आराम तथा खुशी प्रदान गर्ने सकारात्मक रसायनहरु(ह्याप्पी हर्मोन्स: मेलाटोनीन, सेरोटोनीन, एन्डोर्फीन्स, डोपामीन... आदि) उत्पादन हुन बन्द हुन्छन् र नकारात्मक, दुःख तथा चिन्ता उत्पन्न गर्ने नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स: कोर्टीसोल, एडर्नलीन... आदि) बन्न शुरु हुन्छन् जसले मेरो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक स्वास्थ्य अवस्थामा प्रत्यक्ष नकारात्मक प्रभाव पार्नुका साथसाथ मेरो व्यक्तिगत, पारिवारीक, सामाजिक, आर्थिक जीवनमा समेत प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछन् । विस्तारै असन्तुष्टी तथा गुनासाहरु मेरो मन तथा भावनामा भरिदै जान्छन् र अन्तत्वगत्वा यिनै असन्तुष्टी तथा गुनासाहरुनै ढिलोचाँढो मेरो समस्या, तनाव, चिन्ता, अवसाद, विक्षिप्तता, हिंसा, हत्या, आत्महत्यामा परिणत हुन्छन् र मेरो र मसंग सम्वन्धितहरुको पूरै जीवन खराव हुन्छ । तर यसको ठिक विपरित आफूसंगको सम्वन्ध सुमधूर हुदा जीवनमा स्वास्थ्य, सन्तुष्टी, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको प्राप्ति हुन्छ र यस्तो अवस्थामा मस्तिष्कमा मलाई खुशी तथा आनन्द प्रदान गर्ने हरप्रकारका सकारात्मक हर्मोनहरु उत्पन्न हुन्छन् र मलाई पूर्णरुपमा स्वस्थ रहन र समृद्ध हुन मद्धत गर्दछन् । मेरो मस्तिष्कमा बन्ने सकारात्मक हमोन्सहरुले मेरो क्षमता, प्रतिभा, सिर्जनशीलता र सकारात्मक गुणहरुको विकासमा समेत सकारात्मक प्रभाव पार्ने हुनाले मेरो जीवन अझ सहज, सरल बन्न मद्धत मिल्दछ र मेरो आन्तरीक विकासको साथसाथ व्यक्तित्व विकासमा समेत अत्यन्तै सकारात्मक प्रभाव पर्दछ । हरप्रकारले स्वस्थ, सुखी, खुशी, सम्पन्न, शान्त, आनन्दित र आन्तरीक तथा वाहिय विकास भएको मानिस नै जीवनमा समृद्ध तथा ऐश्वर्यवान बन्दछ ।  bsirjana@gmail.com

 

Saturday, 15 March 2025

पर्यटनका विश्वव्यापि प्रकार र नेपाल सन्दर्भ

Types of Tourism Worldwide  and Nepal Perspective

                                              डा. सिर्जना भण्डारी



विषय प्रवेश (Enter into the Topic)

केही समयावधिकालागि घर, नगर तथा राज्यबाट वाहिर जाने चलायमान गतिविधि पर्यटन हो जसमा मानिसहरु नयाँ विषय, वस्तु, संरचना, स्थानको ज्ञान, अनुभव, मनोरञ्जन, मानसिक शान्ति तथा आनन्द हासिल गर्न जाने गर्दछन् । प्राचीन समयमा सनातन समाजमा देशाटनका रुपमा प्रयोग गरिदै आइएको संस्कृत शव्दको स्थान तथा बदलामा सत्रौं शताव्दीयता आधूनिक शव्द पर्यटनलाई प्रयोग गर्न थालिएको हो । समग्रतामा यी दुवै शव्दावलीहरुको शाव्दिक अर्थ विभिन्न उद्देश्यले फरक–फरक स्थानहरुको भ्रमण तथा यात्रा गर्नु नै हो अर्थात देशाटन नै पर्यटन हो । प्राचीन कालदेखि नेपालको सन्दर्भमा पर्यटन, पर्यटक तथा पर्यटकीय गतिविधिहरुको अवधारणा धेरै हदसम्म तीर्थाटनसंग जोडिएको पाइन्छ । प्राचीन तथा मध्ययुगको समयमा आम जीवन जीउने मानिसहरुको कुनै नयाँ स्थानको भ्रमण तथा यात्रा तीर्थ यात्रामै सिमित थियो केवल विशिष्ठ जीवन जिउने मानिसहरु(राजपरिवार, कार्यलयका विशिष्ठ व्यक्ति, शैक्षिक अन्वेषक, अन्य खोजकर्ता, उद्योगी, व्यापारीहरु आदि) मात्र पर्यटकको रुपमा मनोरञ्जन तथा अन्य उद्देश्यले नयाँ(नयाँ स्थानहरुको भ्रमण तथा यात्रा गर्ने गर्थे । आधूनिक भौतिक विज्ञान(भौतिक संरचना), विज्ञान प्रविधि(प्राविधिक उपकरण) तथा सूचना प्रविधि(संचार माध्यम)मा आएको अभुतपूर्व विकासको फड्कोले पर्यटन, पर्यटक तथा पर्यटकीय गतिविधिहरुको दायरालाई झनझन फराकिलो बनाउनुकासाथै पर्यटनका प्रकारहरुको दायरा अझ फराकिलो बनाउदै लगेका छन् । आधूनिक भौतिक विज्ञानको संरचनागत र प्राविधिक विकाससंगसंगै पर्यटकीय गतिविधिहरु, पर्यटनका स्परुप, प्रकृति तथा प्रकारहरु यससंग सान्दर्भिक हुनेगरि परिमार्जित हुदै आजको यो अवस्थासम्म आइपुगेका छन् । वर्तमान समयमा पर्यटन उद्योग सबै भन्दा ठूलो तथा वृहत्तर सेवा प्रदान गर्ने अति महत्वपूर्ण तथा प्रभावकारी उद्योग तथा व्यवसायको रुपमा विश्वस्तरमै स्थापित भैसकेको छ । पूर्णतः सेवाप्रधान(सर्भिस इन्टेन्सीभ) गतिविधिमा आधारीत पर्यटन उद्योग तथा व्यवसाय राज्यको अर्थतन्त्रको मूलआधार तथा महत्वपूर्ण साझेदार समेत बनिसकेको छ । नेपाल पर्यटकीय दृष्टिकोणले अत्यन्तै सम्भावना भएको विश्वकै दश महत्वपूर्ण पर्यटकीय स्थलहरुमध्य एक आध्यात्मिक, धार्मिक, सांस्कृतिक, आरोग्य, प्राकृतिक, साहसिक, जैविक विविधता, भौगोलिक विविधता आदि हरप्रकारका विशेषताहरुले पूर्ण अति महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विश्वको नक्शामा स्थापित भैसकेको छ । 


पर्यटनका प्रकार (Types of Tourism)

पर्यटनका विविध आयामहरुलाई आधार मानेर यसका प्रकारहरु छुट्याइएका छन्, ती मध्य केही प्रमुख आयाम र तीनका आधारमा विभाजन गरिएका पर्यटनका प्रकारहरु निम्नानुसार रहेका छन्-


(अ)समग्र प्रकृतिका आधारमा

समग्र प्रकृतिका आधारमा पर्यटनका दुइप्रकारका आधारभूत वर्गीकरण रहेका छन्– (१)परम्परागत पर्यटन, र (२)आधूनिक पर्यटन । सबै प्रकारका पर्यटकीय गतिविधिहरु अर्थात यात्रा तथा भ्रमणहरु पर्यटनका यिनै दुई विभाजन अन्तर्गत नै पर्दछन् । परम्परागत पर्यटन अन्तर्गत प्राचीनकालदेखि विश्वभरिनै गरिदै आइएको सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक उद्देश्य प्राप्तिकालागि गरिने भ्रमण तथा यात्राहरु जस अन्तर्गत तीर्थ+अटन= तीर्थाटन अर्थात तीर्थ यात्रा(निश्चित सांस्कृतिक तथा धार्मिक अनुष्ठान पूरा गर्न), धार्मिक यात्रा(ज्ञान तथा मानसिक शान्ति आर्जन गर्न), आध्यात्मिक यात्रा(ज्ञान, मानसिक शान्ति आर्जन तथा आफ्नो आन्तरीक विकास गर्न) र राज्यको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, कुटनीतिक हितको उद्देश्य राखेर गरिने देश+अटन= देशाटन आदि पर्दछन् । आधूनिक पर्यटन अन्तर्गत प्रमुख रुपमा मनोरञ्जन तथा आनन्द हासिल गर्ने उद्देश्य राखेर गरिने प्राकृतिक पर्यटन(प्राकृतिक मनोरम दृश्यावलोकन गर्न), आरोग्य पर्यटन(सुदृढ स्वास्थ्य तथा आरोग्यताका लागि विविध प्रकारका आरोग्य चिकित्सा सेवाहरु प्राप्त गर्न), स्वास्थ्य पर्यटन(सुदृढ स्वास्थ्यका लागि रोगको औषधि उपचारका अत्याधूनिक चिकित्सा सेवा प्राप्त गर्न), शैक्षिक पर्यटन(अध्ययन, अध्यापन गर्न तथा गराउन), व्यवसायिक पर्यटन, खेलकुद पर्यटन आदि पर्दछन् । तीर्थाटन, देशाटन, पर्यटन भनेर फरक-फरक परिभाषा गरिएको भएपनि वर्तमान समयमा यी सबै शव्दावलीहरु एकअर्काका परिपूरक बनेका छन् र एकआपसमा खप्टिएका(ओभरल्याप) छन् । वर्तमान समयमा विश्वव्यापि रुपमा सबै प्रकारका पर्यटकहरुको चाहनालाई मध्यनजर गरेर प्रकृति(अन्तरिक्ष, वातावरण, वन्यजन्तु, जनजीवन, धर्म, संस्कृति, अध्यात्म, शिक्षा, कार्यालय, उद्योग, व्यापार, प्रविधि) अन्तर्गत पर्ने तथा प्रकृतिमा उपलव्ध भएका सबै प्रकारका पर्यटकीय विषय, वस्तु तथा स्थलहरुलाई समावेश गरेर पर्यटनका प्रकार, आयाम तथा दायराहरु फराकिलो पारिएका छन् । पर्यटनका विभिन्न प्रकारहरु मध्य वर्तमान समयमा विश्वब्यापि रुपमा पर्यटनका सबै प्रकारका उद्देश्य हासिल हुने समाबेसी विशेषता भएको आरोग्य पर्यटन सबै वर्गका मानिसलागि पहुचयोग्य, सहज र अत्यन्तै प्रभावकारी भएकोकारण अत्यधिक लोकप्रिय बन्दै गैरहेको छ र नेपालको भूमिमा उपलव्ध सबै प्रकारका पर्यटकीय प्रकारहरु र यीनका गुण तथा विशेषताहरुमा आरोग्य पर्यटनकालागि अत्यन्तै प्रचुर सम्भावनाहरु रहेका छन् । 


(आ)उद्देश्यका आधारमा 

उद्देश्यका आधारमा मोटामोटी रुपमा पर्यटनलाई दुई प्रकारमा विभाजन गरिएको छः (१)आनन्द पर्यटन(प्लेजर टुरीजम), र (२)कार्यगत पर्यटन(बिजनेस टुरीजम) । सबै प्रकारका पर्यटकीय गतिविधिहरु अर्थात यात्रा तथा भ्रमणहरु पर्यटनका यिनै दुई विभाजन अन्तर्गत नै पर्दछन् । आनन्द पर्यटन अन्तर्गत जीवनमा आनन्दको अनुभूतिगर्न आफूलाई मनपर्ने तथा रुचि भएका हरप्रकारका गतिविधिहरु पर्दछन् भने कार्यगत पर्यटन अन्तर्गत कुनै काम विशेषले सहभागिता जनाउन गरिने यात्रा तथा भ्रमणका गतिविधिहरुहरु पर्दछन् । 

(१)आनन्द पर्यटन(प्लेजर टुरीजम)

शारीरिक, मानसिक तथा भावनात्मक रुपमा सुख, खुशी, शान्ति, आनन्द प्राप्त गर्नकालागि गरिने सबै प्रकारका पर्यटकीय गतिविधि, भ्रमण तथा यात्राहरु आनन्द पर्यटन अन्तर्गत पर्दछज् । मोटामोटी रुपमा आनन्द पर्यटनलाई सात प्रकारमा विभाजन गरिएको छ–

(क)भेटघाट पर्यटन(भिजिटिगं फ्रेण्डस् एण्ड रीलेटीभ्स टुरीजम): परिवार, साथी तथा सम्वन्धिहरुसंग भेटघाट गर्न देश तथा विदेशको एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु भेटघाट पर्यटन हो । भेटघाट पर्यटनका प्रमुख उद्देश्यहरु सम्वन्ध निकट तथा मजबुत बनाउन, चाडपर्व तथा पारिवारीक समारोहहरुमा सहभागि हुन, केही समय फरक क्षेत्र तथा वातावरणमा बिताउन, केही नयाँ कुरा जान्न तथा अनुभव गर्न, जीवनमा खुशी तथा रमाइलो अनुभूति गर्न र रमाइला स्मृतिहरु संगाल्न आदि रहेका हुन्छन् । वर्तमानमा भूमण्डलीकरणको युगमा देशविदेशका धेरै परिवारहरुका पारिवारिक सदस्यहरुको बसाइ अन्तर्राष्ट्रिय रुपमा हुदै आएको र यो क्रम बढ्दै गैरहेका कारण भेटघाट पर्यटन महत्वपूर्ण बन्दै गैरहेको छ र यसका गतिविधिहरु पनि बढ्दै गैरहेका छन् र भेटघाट पर्यटनका गतिविधिहरुले समाज र देश–देशविचको अन्तरसम्वन्धमा समेत सकारात्मक प्रभावहरु पारीरहेका छन् ।


(ख)आमोद–प्रमोद पर्यटन(रीक्रियसन टुरीजम): केही समयकालागि पूर्णरुपमा आराम, रमाइलो गर्ने, खुशी, शान्ति तथा आनन्द हासिल गर्ने उद्देश्य राखेर देश तथा विदेशको एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु आमोद–प्रमोद पर्यटन हो । प्राकृतिक दृश्य, नयाँ परिवेश, फरक खानपान, वातावरण, संस्कृति, मौसम, भूगोल आदिको अनुभव गर्दै रमाएर समय व्यतित गर्न नयाँ–नयाँ स्थानहरुको भ्रमण गरेर जीवनको नियमित दैनिकीको दिक्कपन, बेचैनी, थकान दुर गरी केही दिन छुट्टी मनाउन तथा आराम प्राप्त गर्न र शरीर, मन, भावनामा पुनरताजगी(रिचार्ज) हासिल गर्न आमोद–प्रमोद पर्यटकीय गतिविधिहरु गर्ने गरिन्छन् । 


(ग)प्राकृतिक तथा सांस्कृतिक पर्यटन(नेचर एण्ड कल्चर टुरीजम): देश तथा विदेशका स्थानिय क्षेत्रहरुका प्राकृतिक विविधता तथा उक्त क्षेत्रमा बसोवास गर्ने समुदायहरुका सांस्कृतिक विविधताहरुबारे ज्ञान लिने, अनुभव हासिल गर्ने तथा अवलोकन गर्ने र पकृतिसंग सकेसम्म नजिक हुने आदि उद्देश्य राखेर एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु प्राकृतिक तथा सांस्कृतिक पर्यटन हो । हिमाली तथा पहाडी यात्रा, वनस्पतिक विविधता, जैविक विविधता, जंगल यात्रा, मरुभूमि यात्रा, जलाशयहरुको यात्रा, प्राकृतिक दृश्यहरुको अवलोकन, धर्म, समाज, समुदाय, संस्कृति, सांस्कृतिक रहनसहन, चाडपर्व, संस्कार, भेषभूषा, पहिरन, खानपान, स्थानिय संग्राहालय, ऐतिहासिक स्थानहरुको अवलोकन आदि गतिविधिहरु प्राकृतिक तथा सांस्कृतिक पर्यटन अन्तर्गत पर्दछन् । प्राकृतिक तथा सांस्कृतिक पर्यटनले पर्यटकको मानसिकतामा विश्वको विविधताबारे ज्ञान तथा अनुभव फराकिलो बनाउन मद्धत गर्दछ । वर्तमान समयमा पर्यटकीय गतिविधिहरुमध्य प्राकृतिक तथा सांस्कृतिक पर्यटन सम्वन्धि क्रियाशीलता सबैभन्दा धेरै हुने गरेको देखिदै आइएको छ ।  


(घ)खेलकुद पर्यटन(स्पोर्टस् टुरीजम): राष्ट्र तथा अन्तरराष्ट्रको कुनै विशेष क्षेत्रमा आयोजना गरिएका ठूला र महत्वपूर्ण अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा भाग लिने तथा दर्शकको रुपमा सहभागी हुने आदि उद्देश्य राखेर एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु खेलकुद पर्यटन हो । खेल सम्वन्धि तालिम लिन तथा दिन, खेलको अभ्यास तथा व्यायाम गर्न, खेलको दौरान आवश्यक सेवाहरु प्रदान गर्न, शोखकालागि खेलिने खेलहरु खेल्न जो विश्वका विशेष प्रकारका क्षेत्रहरुमा मात्र आयोजना गर्न सकिन्छ जस्तो आइस हकी, स्की आदि गतिविधिहरु खेलकुद पर्यटन अन्तर्गत पर्दछन् ।


(ङ)आध्यात्मिक पर्यटन(स्पृचुअल टुरीजम): आफ्नो आध्यात्मिक तथा आन्तरीक विकास गर्ने, आफ्नो वास्तविक, शाश्वत तथा मूलभूत(म को हुँ, कहाँबाट आएं, किन आएं, कसले ल्यायो) पहिचान गर्ने, आफूभित्र सुसुप्त अवस्थामा रहेका क्षमता, प्रतिभा, सिर्जनशीलता तथा सकारात्मक गुणहरुको पहिचान गर्ने, मानसिक खुशी, भावनात्मक शान्ति, चेतनात्मक आनन्द तथा आरोग्यता हासिल गर्ने आदि उद्देश्य राखेर देश तथा विदेशको एक ठाउँबाट आध्यात्मिक तथा धार्मिक विशेषता भएका अन्य ठाउँहरुको भ्रमण गर्नु आध्यात्मिक पर्यटन हो । सबै प्रकारका तीर्थयात्रा, धार्मिक यात्रा, आध्यात्मिक यात्रा, आध्यात्मिक तथा धार्मिक चाडपर्व, परम्परा, सांस्कृतिक कार्यक्रमहरु, योग तथा ध्यानका गुरुकुल तथा योगपीठहरु आदिमा योग तथा ध्यान सिक्न, सिकाउन, तालिम लिन तथा तालिम तालिम प्रदान गर्न ती स्थानहरुको भ्रमण गर्ने गतिविधिहरु आध्यात्मिक पर्यटन अन्तर्गत पर्दछन् । पशुपतिनाथ, केदारनाथ, चारधाम, लुम्बिनी, जेरुसलम, मक्कामदिना आदि धार्मिक आस्था, दिव्यता तथा पवित्रता भएका विशेष स्थानहरु शिश्वमै आध्यात्मिक तथा धार्मिक पर्यटनकालागि सुप्रसिद्ध स्थानहरु मानिन्छन् । आध्यात्मिक पर्यटकीय गतिविधिहरुले पर्यटकहरुलाई मानसिक शान्ति, चेतनात्मक आनन्द हासिल गर्न मद्धत गर्नुको साथै सबै मानिसहरुले विश्वास गर्दै आएको सर्वशक्तिमान, सर्वव्यापक कुनै एउटा निराकार, श्रेष्ठ तथा परम शक्ति, सर्वोच्च चेतना(सुपर कन्ससनेस) अर्थात इश्वर(दि गड) संग आफ्नो सम्वन्ध स्थापित गर्न तथा उक्त तत्वको प्रत्यक्ष भावातीत अनुभूति गर्न, उक्त तत्वसंग एकाकार हुन तथा जोडिन समेत मद्धत गर्दछ । अध्यात्मले प्रत्यक्ष रुपमा व्यक्तिको वाहिरी विकासका साथसाथ आन्तरीक विकास अर्थात चेतनात्मक विकास गर्दछ र चेतनात्मक विकास भएकै कारण व्यक्ति सर्वोच्च चेतनासंग एकाकार हुन सक्षम हुन्छ । सर्वोच्च चेतनासंग एकाकारको अवस्था आन्तरीक शान्ति तथा आनन्द प्राप्ति देखि मोक्ष अर्थात निर्वाण(लिवरेसन) प्राप्तिसम्मको हुन सक्दछ ।


(च)स्वस्थ्य पर्यटन(मेडीकल टुरीजम): शरीरका वाहिरी तथा आन्तरीक अंगहरुमा तथा मानसिकतामा लागेका विभिन्न प्रकारका रोगहरुबाट मुक्त हुन स्वास्थ्य उपचार गर्ने उद्देश्य राखेर स्वास्थ्य उपचारका दृष्टिकोणले अत्याधूनिक सूविधाले सम्पन्न अस्पतालहरु भएका देश–विदेशका एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु स्वास्थ्य पर्यटन हो । स्वस्थ्य पर्यटनमा विशेषगरि स्वास्थ्य उपचारको दृष्टिकोणले आफूले धान्नसक्ने खर्च लाग्ने, प्राविधिक रुपमा अत्याधूनिक तथा सुविधा सम्पन्न अस्पताल तथा स्वस्थ्य केन्द्रहरुको भ्रमण गर्ने गरिन्छ । वर्तमान समयमा स्वास्थ्य पर्यटनका गतिविधिहरु उल्लेख्य रुपमा बढेका तथा लोकप्रिय बन्दै गैरहेका छन् ।


(छ)आरोग्य पर्यटन(वेलनेस टुरीजम): आफ्नो शारीरिक तथा मानसिक स्वास्थ्य र समुच्चा जीवनलाई नै अझ सुदृढ तथा व्यवस्थित बनाउन; शरीर, मन, भावना, चेतनामा आराम, शान्ति, आनन्द प्राप्त गर्न तथा दिगो आरोग्यता हासिल गर्ने उद्देश्यहरु राखेर देश–विदेशका आरोग्यता प्रदान गर्ने योग चिकित्सा, ध्यान चिकित्सा, प्राकृतिक चिकित्सा, मर्म चिकित्सा प्रदान गर्ने केन्द्र तथा स्थानहरुमा गरिने गतिविधिहरु आरोग्य पर्यटन अन्तर्गत पर्दछन् । पूर्वीय अध्यात्म दर्शन मनुष्यलाई सहज, सरल, शान्त तथा हप्रकारले व्यवस्थित जीवन जिउन सिकाउने कलाको विज्ञान(द आर्ट अफ लिभिगं) हो । यस अन्तर्गत पर्ने तथा गरिने सबै प्रकारका चिकित्सा पद्धतिहरु “रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु वुद्धिमानी हुन्छ” भन्ने सिद्धान्त तथा मान्यताहरुमा आधारीत छन् । वर्तमान समयमा लोकप्रिय बन्दै गएका आरोग्य पर्यटनका गतिविधिहरु अन्तर्गत पर्ने मसाज, स्पा, योगासन, प्राणायाम तथा ध्यान ट्रिटमेन्ट्स, नेचर थेरापि, अकुप्रेसर, अकुपंचर, एरोमा थेरापि, साउन्ड थेरापि, फुड थेरापि आदि सबै अतिरिक्त नकारात्मक प्रभाव नभएका अत्यन्तै प्रभावकारी पूर्वीय प्राचीन चिकित्सा पद्धतिहरु हुन् । पूर्वीय प्राचीन चिकित्सा पद्धतिमा प्राकृतिक चिकित्सा पद्धति(नेचर थेरापि) अर्थात हरप्रकारले प्रकृतिसंग नजिक भएर स्वास्थ्य लाभ तथा आरोग्यता हासिल गर्ने विधिहरु अत्यन्तै लोकप्रिय र प्रभावकारी रहदै आएका छन् र वर्तमान समयमा पनि आरोग्यता हासिल गर्नकालागि विविध प्रकारका प्राकृतिक चिकित्सा पद्धतिका विधिहरुको अनुशरण अत्यधिक मात्रामा गर्दै आइएको पाइन्छ र यी सबै गतिविधिहरु आजको विश्वमा सबैभन्दा बढि क्रियाशिलता रहेको आनन्द पर्यटन अन्तर्गत पर्दछन् । प्राकृतिक चिकित्सा अन्तर्गत विशेष प्रकारका स्वास्थ्य समस्याहरुको उपचार तथा रोकथाम गर्न विश्वका विशेष प्रकारका केन्द्र तथा क्षेत्रमा जानुदेखि लिएर आरोग्यता हासिल गर्नकालागि सामान्य गतिविधिहरु जस्तोकी आफू निवास गरिरहेको भन्दा फरक प्रकारको वातावरण, भूगोल, मौसम, हावापानी, खानपान, रहनसहन, संस्कृति आदिको अनुभव गर्न जाने क्रियाकलापहरु पर्दछन् । खासगरि थकान, बेचैनी, तनाव, चिन्ता, अवसाद जस्ता मानसिक समस्याहरुबाट मुक्त हुन र स्वस्थ गर्भधारण गर्न, गर्भ टिकाउन, छाला तथा एलर्जिका समस्याहरु जस्ता शारीरिक समस्याहरुबाट आराम प्राप्त गर्न प्राकृतिक चिकित्सा पद्धतिलाई अनुशरण गर्दै आइएको पाइन्छ । 


(ज)अध्ययन पर्यटन(स्टडी टुरीजम): शैक्षिक(अकाडेमिक) विषयहरुमा औपचारीक डिग्री हासिल गर्ने उद्देश्यले अध्ययन गर्न तथा अध्यापन गराउन देश–विदेशका एक ठाउँबाट अर्को ठाउँको भ्रमण गर्नु अध्ययन पर्यटन हो । देश–विदेशमा रहेका स्कुल, कलेज तथा विश्वविद्यालयहरुमा निश्चित अवधिको शैक्षिक पाठ्यक्रमहरुको अध्ययन गर्न जाने, तालिम लिन तथा तालिम प्रदान गर्न जाने, भाषा सिक्न तथा सिकाउन जाने, अन्तर–संस्कृतिको अध्ययन गर्न तथा गराउन जाने, शैक्षिक अवलोकन गर्न, खोज तथा शोधका कार्यहरु गर्न जाने आदि गतिविधिहरु अध्ययन पर्यटन अन्तर्गत पर्दछन् । विश्वको आफूले चाहेको शैक्षिक संस्थामा अध्ययन गरेर आफ्नो क्षमता बढाउनु, राम्रो रोजगारीको राम्रो अवसर प्राप्त गर्नु आदि अध्ययन पर्यटनका प्रमुख उद्देश्यहरु हुन् । अध्ययन पर्यटनमा स्थान, मौसम, वातावरण, सुविधा आदिमा भन्दा अध्ययन गरिने शैक्षिक पाठ्यक्रम तथा विषयहरुमा बढि महत्व तथा प्राथमिकता दिइन्छ । अध्ययन पर्यटनका गतिविधिहरुले औपचारीक र अनौपचारीक दुवै प्रकारले पर्यटकहरुको शैक्षिक लगायत विविध विषयहरुको ज्ञान तथा अनुभवहरु बढाउछन् । त्यसो त सबै प्रकारका पर्यटनका सबै प्रकारका गतिविधिहरुले पर्यटकहरुको ज्ञान तथा अनुभवहरु बढाउन मद्धत गर्दछन् । पर्यटकीय गतिविधिहरुका माध्यमबाट औपचारीक तवरमा हासिल गर्न नसकिने विश्व, ब्रम्हाण्डका अनन्त–अनन्त ज्ञान तथा अनुभवहरु विभिन्न क्षेत्रहरुको स्थलगत भ्रमण गरेर अनौपचारिक तवरले प्रत्यक्ष रुपमा हासिल गर्न सकिन्छ । यसकारण पनि ज्ञान तथा अनुभव हासिल गर्ने दृष्टिकोणले पर्यटकीय गतिविधिहरु अत्यन्तै महत्वपूर्ण छन् र दिनप्रतिदन विश्वमा पर्यटन उद्योग अझ बढ्दै तथा सघन हुदै र सुदृढ हुदै गैरहेको छ ।


(२)कार्यगत पर्यटन(बिजनस टुरीजम)

पर्यटनलाई मूलरुपमा आनन्द र कार्यगतग गरि दुई भागमा विभाजन गरिएको भएपनि सबै पर्यटकीय गतिविधि, भ्रमण तथा यात्राहरु कुनै न कुनै काम विशेषले नै गर्ने गरिन्छन् अर्थात कार्यगत नै हुन्छन् । तर यीनका उद्देश्य तथा प्रकृतिहरुमा केही भिन्नता हुने र विशेष तथा निश्चित प्रकारको परिणामहरुको अपेक्षा गरेर गरिने हुनालेले आनन्द पर्यटन र कार्यगत पर्यटनलाई छुट्टा–छुट्टै मान्यता प्रदान गरिएको हो ।


कार्यगत पर्यटनलाई विशेष प्रकारले हेरिएको तथा परिभाषित गरिएको छ जस अन्तर्गत खासगरिकन मिटिगं, डिलिगं, सम्भौता, सेमिनार, वर्कसप, मेला तथा प्रदर्शन, ट्रेनिगं लिने तथा दिने, अवलोकन, अनुभवकालागि गरिने भ्रमण तथा यात्राहरु पर्दछन् । कार्यगत पर्यटनका सहभागि तथा पर्यटकहरुले आफ्नो कामसंगसंगै आनन्द पर्यटनका गतिविधिहरु पनि गर्ने हुनाले यस्तै हो या यस्तै हुनुपर्छ या यस्तो हुनुहुदैन भन्ने पर्यटनका यी दुई विभाजन तथा प्रकारहरु आनन्द र कार्यगत पर्यटनमा खरो सिमारेखा कोरीएको छैन किनकी यी दुई पर्यटकीय विद्याविच त्यति ठूलो भिन्नता तथा फरक छैन किनकी आफू निवास गरेको स्थानबाट दुरका देश–विदेशका क्षेत्रहरुको भ्रमण तथा यात्रा प्राय एउटा भन्दा बढि उद्देश्य राखेर तथा एउटासंग अर्को जोडेर नै गर्ने गरिन्छ । कार्यगत पर्यटनसंंग आनन्द पर्यटनका गतिविविधिहरु पनि समावेस गरिएका हुन्छन् र आनन्द पर्यटनसंग कार्यगत पर्यटनका गतिविविधिहरु पनि समावेस गरिएका हुन्छन् । तसर्थ समग्रमा जेजे विषयहरुलाई आधार बनाएर पर्यटनका प्रकारहरु विभाजन गरिएका भइपनि यी सबै प्रकारका पर्यटकीय गतिविधिहरुको एकमात्र आत्यन्तिक उद्देश्य आरोग्यता, सुख, खुशी, ज्ञान, अनुभव, समृद्धि, शान्ति, आनन्द हासिल गर्नकालागि एक ठाउँबाट अर्को ठाउँ भ्रमण तथा यात्रा गर्नु हो । 


(इ)विशेषताका आधारमा

जीवनका हरेक पक्ष समेट्न सक्ने पर्यटकीय गतिविधिहरु जीवन्त पर्यटन हुन्छ । यस मान्यताका अनुसार वर्तमान सन्दर्भमा वैश्विक उद्योग पर्यटनलाई विश्वभरि स्थित रहेका पर्यटकीय विषय, वस्तु, सेवा तथा स्थलहरुलाई विशेषता, विशिष्टता र गतिविधिका आधारमा विभाजन गरिएको छ । विशेषताका आधारमा प्रमुख रुपमा निन्न प्रकारमा पर्यटनको विभाजन गरिएको छ-


(१)आन्तरिक तथा वाहिय पर्यटन

योजना बनाएर तथा बिनायोजना आफू नियमित रुपमा वसोवास गर्ने देशभित्रैका विशेष प्रकारका विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले भ्रमण तथा यात्रा गर्नु आन्तरिक पर्यटन हो भने योजना बनाएर यस्तै उद्देश्य राखेर नजिक तथा टाढाका देशहरुको अन्तरराष्ट्रिय भ्रमण तथा यात्रा गर्नु वाहिय पर्यटन हो ।


(२)अल्पकालीन तथा दिर्घकालीन पर्यटन

योजना बनाएर तथा बिनायोजना कुनै उद्देश्य तथा काम विशेषले केही घण्टादेखि तीन दिनसम्मका लागि आफ्नो निवास तथा वासस्थानबाट वाहिर जानु अल्पकालीन पर्यटन अन्तर्गत पर्दछ भने तीन दिन वा सो भन्दा बढि समयकालागि आफ्नो निवास तथा वासस्थानबाट वाहिर जानु दिर्घकालीन पर्यटन अन्तर्गत पर्दछ । जस्तोकी योजना बनाएर तथा बिनायोजना नजिकैको कुनै विशेष विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले भ्रमण तथा यात्रा गर्नु अल्पकालीन पर्यटन हो । योजना बनाएर आफ्नो निवास तथा वासस्थान भन्दा अलि टाढाको कुनै विशेष विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले भ्रमण तथा यात्रा गर्नु दिर्घकालीन पर्यटन हो । देश तथा विदेशका विभिन्न पर्यटकीय स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभाव, मनोरञ्जन, स्वास्थ्य, शान्ति, आनन्द आदि प्रदान गर्ने विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरु जस्तोकी धार्मिक स्थलहरुको भ्रमण तथा तीर्थयात्रा, आध्यात्मिक साधनाका गतिविधिहरु, ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको भ्रमण, मनोरम प्रकृतिक दृश्याबलोकन, स्थापत्य अर्थात भौतिक विकासको अवलोकन आदि गराउने उद्देश्यले बजाइएका प्याकेजवाला कार्यक्रमहरुमा आवद्ध भएर गरिने भ्रमण तथा यात्रा दिर्घकालीन पर्यटन हो ।


(३)सकृय तथा निष्कृय पर्यटन

सामान्यतया अधिकतर पर्यटकीय गतिविधिहरु पदयात्रा गरेर, सवारी चढेर, घुमघाम गरेर, खेलेर तथा विभिन्न किसिमले सकृय भएर गरिने प्रकारका हुन्छन् जो सकृय पर्यटन अन्तर्गत पर्दछन् भने केही पर्यटकीय गतिविधिहरु निष्कृय प्रकारका हुन्छन् । विशेषगरिकन स्वास्थ्य(औषधि उपचार), आरोग्यता(सुदृढ स्वास्थ्य), मानसिक शान्ति, आनन्द हासिल गर्ने उद्देश्य राखेर गरिने सौम्य भ्रमण तथा यात्रा निष्कृय पर्यटन हो । केही समय तथा दिन फाँट, मरुभूमि, वनक्षेत्र, जलाशय, पहाडी तथा हिमाली क्षेत्रको शान्त, मनोरम तथा फरक प्रकारको पर्यावरणी विशेषताले भरिपूर्ण प्राकृतिक दृष्य, मौसम तथा वातावरण भएका स्थलहरुमा समय बितानु, गुरुकुल तथा योगपीठहरुमा निश्चित समयकालागि योग साधना तथा ध्यान साधनामा सहभागि हुनु आदि निष्कृय तर हरप्रकारले अत्यन्तै जीवनपयोगी पर्यटन हो । 


(४)स्वच्छन्द तथा समन्वित पर्यटन

योजना बनाएर तथा बिनायोजना एक्लै, साथीसंग, परिवार तथा समुहमा आफ्नो निवास तथा वासस्थान वरपर, देश तथा विदेशका कुनै विशेष विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले भ्रमण तथा यात्रा गर्नु स्वच्छन्द पर्यटन हो । स्वच्छन्द पर्यटनमा सबै गतिविधहरु आफैंले निर्णय गरिन्छ, सबै प्रकारको निर्णयमा स्वतन्त्रता हुन्छ तथा भ्रमणक गतिविधिहरु आफ्नो नियन्त्रणमा हुन्छन् । यस्तै प्रकारको घुमफिर तथा भ्रमणको उद्देश्य राखेर अरुकसैले खासगरि ट्राभल एजेन्सी तथा भ्रमण प्याकेज बनाउने संस्थाहरुले आयेजना गरेको समुहसंग समलग्न भएर भ्रमण तथा यात्रा गर्नु सवन्वित पर्यटन हो । सवन्वित पर्यटनमा सबै गतिविधिहरु आयोजकको नियन्त्रणमा हुन्छन्, उसले बनाएको विधान तथा प्रदान गरेका शर्त तथा नियमहरु अन्तर्गत रहेर भ्रमण तथा यात्रा गर्नुपर्छ । तीर्थ यात्रा, भौगोलिक यात्रा, समुद्री यात्रा, जंगल यात्रा, मरुभूमि यात्रा आदि सवन्वित पर्यटन अन्तर्गत पर्दछन् ।


(५)व्यक्तिगत तथा सामूहिक पर्यटन

मानिसको प्रकृति फरकफरक प्रकारको हुन्छ, कोही अन्तरमुखी स्वाभावका हुन्छन् जो आफ्नो कुरा अरुसंग साझा गर्न, अरुसंग घुलमिल गर्न रुचाउदैनन् । यस्ता व्यक्तिहरु प्राय आफ्नो काममा, आफैंमा तल्लीन भैरहन्छन्, एक्लै बस्न, एक्लै भ्रमण तथा यात्रा गर्न रुचाउछन् । प्राय आविस्कारक तथा वैज्ञानिक, साहित्यकार, अन्वेषक, नवप्रवर्तक तथा सिर्जनशील व्यक्तिहरु अन्तरमुखी तथा एकान्तप्रिय स्वाभावका हुन्छन् । आवश्यक योजना बनाएर आफ्नै परिवेशमा तत्लीन रहदै, एक्लै आफ्नो निवास तथा वासस्थान वरपर, देश तथा विदेशका कुनै विशेष विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यका साथसाथ आफ्नो विशेष कार्य पनि सम्पन्न गर्ने योजना सहित गरिने भ्रमण तथा यात्रा व्यक्तिगत पर्यटन हो । कोही मानिस परिवार, समुह, समाजमा घुलमिल गर्न ज्यादा रुचि राख्ने, हल्लाखल्ला रुचाउने बहिरमुखी प्रकृतिका हुन्छन् । माथि उल्लेखित उद्देश्य राखेर समुहमा भ्रमण तथा यात्रा गर्नु सामुहिक पर्यटन हो । 


(६)क्षेत्रीय तथा अन्तर-क्षेत्रीय पर्यटन

योजना बनाएर तथा बिनायोजना आफ्नो निवास तथा वासस्थान भएकै क्षेत्र वरपरका कुनै विशेष विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले भ्रमण तथा यात्रा गर्नु क्षेत्रीय पर्यटन हो भने यस्तै उद्देश्य राखेर आफ्नो क्षेत्र भन्दा अर्को क्षेत्रको भ्रमण तथा यात्रा गर्नु अन्तर–क्षेत्रीय पर्यटन हो ।


(ई)विशिष्टता र गतिविधिका आधारमा 

विशिष्टता र गतिविधिका आधारमा वर्तमान समयमा विश्वव्यापि रुपमा १५० भन्दा बढि पर्यटनका प्रकारहरु चलनचल्तीमा रहेका छन् । यी सबैलाई समेटेर मोटामोटी रुपमा पर्यटन तथा पर्यटकीय गतिविधिहरुलाई निन्न ५२ प्रकारमा विभाजन गरिएको छ-


१.सामुदायिक पर्यटन

देश तथा विदेशस्थित मौलिक विशेषता भएका निश्चित समुदायहरुको विषय, वस्तु, सेवा र उनीहरु वसोवास गरेका स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले उक्त समुदायहरु रहेका क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु सामुदायिक पर्यटन हो । खासगरि यस्ता मौलिक विशेषता भएका(मातृप्रधान समाज, बहुपति प्रथा आदि) समुदायहरुका दैनिक जनजीवन, धर्म, संस्कृति, संस्कार, रहनसहन, रीतिरीवाज, परम्परा, सम्प्रदाय, जातजाति, भेषभुषा, भाषाको अवलोकन र यी विषयहरुको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्य राखेर समुदायहरु रहेका क्षेत्र तथा स्थलहरुको भ्रमण तथा यात्रा गर्नु सामुदायिक पर्यटन हो । नेपाल भौगोलिक क्षेत्रफलका आधारमा विश्वका धेरै देशहरुको दाँजोमा सानो मूलुक भएपनि सामुदायिक विविधताले सम्पन्न भएकोले नेपालमा सामुदायिक पर्यटनको सम्भावना अधिक रहेको छ ।


२.सांस्कृतिक पर्यटन

देश तथा विदेशका विभिन्न धर्म, सम्प्रदाय मान्ने समुदाय तथा जातजातिहरुका मौलिक सांस्कृतिक विशेषताका विषय, वस्तु, सेवा तथा उक्त स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले उक्त क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु सांस्कृतिक पर्यटन हो । ॐकार परिवारका हिन्दु, वौद्ध, जैन, सिख र अब्राहमिक परिवारका ज्यूस(यहूदी), इशाइ, इस्लाम विश्वका प्रमुख धर्म, सम्प्रदाय(रिलिजन)का मूल्य-मान्यताहरु अनुशरण गर्ने समुहहरुको दैनिक जनजीवन, संस्कृति, संस्कार, रहनसहन, रीतिरीवाज, परम्परा, जातजाति, भेषभुषा, भाषा आदि सबै एकभन्दा अर्को फरकफरक प्रकारका छन् । धर्म, सम्प्रदायहरुका मौलिक विशेषताहरुको अवलोकन, अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्य राखेर देश तथा विदेशका विभिन्न क्षेत्र तथा स्थलहरुको भ्रमण तथा यात्रा गर्नु सांस्कृतिक पर्यटन हो । नेपाल भौगोलिक क्षेत्रफलका आधारमा विश्वका धेरै देशहरुको दाँजोमा सानो मूलुक भएपनि सांस्कृतिक विविधताले सम्पन्न भएकोले नेपालमा सांस्कृतिक पर्यटनको सम्भावना अधिक रहेको छ ।


३.सामाजिक पर्यटन

देश तथा विदेशका विभिन्न धर्म, सम्प्रदाय मान्ने समुदाय तथा जातजातिहरुको समाज, सामाजिक व्यवस्था, सामाजिक नीतिनियम, समाजविचको सामन्जस्यता आदिसंग सम्वन्धित विषय, वस्तु तथा सेवाहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले विभिन्न क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु सामाजिक पर्यटन हो । समाजको ऐतिहासिक पृष्ठभूमि, वर्तमान अवस्था, जनताहरुको जीवनस्तर(गास, वास, कपाश, शिक्षा, सुरक्षा, अधिकार), भौतिक प्रगति, सामाजिक तथा मानवीय विकास आदिको अवलोकन, अध्ययन तथा अनुसन्धान सामाजिक पर्यटनमा गर्ने गरिन्छ । नेपाल भौगोलिक क्षेत्रफलका आधारमा विश्वका धेरै देशहरुको दाँजोमा सानो मूलुक भएपनि सामाजिक विविधताले सम्पन्न भएकोले नेपालमा सामाजिक पर्यटनको सम्भावना अधिक रहेको छ ।


४.तीर्थ यात्रा तथा पर्यटन

आ–आफ्नो धर्म तथा सम्प्रदायले मान्दै आएका धार्मिक तथा सांस्कृतिक रीतिथीथि तथा परम्परा अनुसार खास उद्देश्य राखेर कुनै निश्चित देवी देवता तथा विशेष आस्था रहेको पवित्र स्थल, घाट, धाम, मन्दिर, गुम्बा, स्तुपा, गुरुद्वारा, चर्च, मस्जिद आदिको भ्रमण तथा यात्रा गर्नु तीर्थ यात्रा तथा पर्यटन हो । विशेषगरिकन आफूले मान्दै आएका आफ्ना आराध्य देव, इश्वर, भगवान, देवी, देवताहरुको दर्शन गर्न, पितृकार्य गर्न, पूजायज्ञादि अनुष्ठान गर्न, भाकल पूरा गर्न, मन्नत माग्न आदि कार्यकालागि तीर्थ यात्रा तथा पर्यटन गर्ने गरिन्छ । विश्वमा नेपाललाई देव भूमि, तपो भूमि, धर्म भूमि, शिव भूमि, पाशुपत भूमि, वुद्ध भूमि, मन्दिर नै मन्दिरको देश आदि गरिमामय उपनामले चिनिदै आएको सन्दर्भमा तीर्थहरुको प्रचुरता तथा विविधताले सम्पन्न मूलुक नेपालमा तीर्थ यात्रा तथा पर्यटनको सम्भावना अधिक रहेको छ ।


५.धार्मिक पर्यटन 

आ–आफ्नो धार्मिक मान्यता अनुसार देश तथा विदेशस्थित धार्मिक स्थल, उक्त स्थलका विषय, वस्तु, सेवा तथा अन्य विशेषताहरुबारे सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले उक्त विभिन्न क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु धार्मिक पर्यटन हो । हिन्दुहरुले गर्ने पवित्र चारधाम यात्रा, पवित्र कैलास यात्रा, इशाइहरुले गर्ने पवित्र जेरुसलम यात्रा, इस्लामहरुले गर्ने पवित्र मक्का–मदिना धार्मिक यात्रा तथा पर्यटन अन्तर्गत पर्दछन् । धार्मिक पर्यटन गर्ने पर्यटकहरुको धर्म, धर्मका विषयहरु, स्थान आदिको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यका साथसाथ पुण्य कमाउने, मानसिक शान्ति तथा आनन्द हासिल गर्ने उद्देश्य पनि रहेको हुन्छ । विश्वले नेपाललाई ज्ञान भूमि, गुरु भूमि, देव भूमि, तपो भूमि, धर्म भूमि, शिव भूमि, पाशुपत भूमि, वुद्ध भूमि, शक्तिपिठहरुको भूमि, शालिग्राम शिलाको भूमि, मन्दिर नै मन्दिरको देश आदि गरिमामय उपनामले चिन्दछ । अदभूत परालौकीक दिव्य मान्यता तथा मौलिक विशेषताहरु भएका धार्मिक पर्यटकीय स्थलहरुको प्रचुरता तथा विविधताले सम्पन्न मूलुक नेपालमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक रहेको छ । 


६.आध्यात्मिक पर्यटन

संस्कृति, धर्म, अध्यात्मका विषयहरु समाहित भएका सांस्कृतिक दर्शन, धार्मिक दर्शन, आध्यात्मिक दर्शन, जीवन र जगतका दर्शन प्रदान गर्ने विषयहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अनुभव हासिल गर्ने उद्देश्यले गरिएको सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक स्थलहरुको भ्रमण तथा यात्रा गर्नु आध्यात्मिक पर्यटन हो । संस्कृति, धर्म र अध्यात्मलाई अझ गहिराइमा बुझौं–


संस्कृति, धर्म र अध्यात्म सुन्दा उस्तै–उस्तै लागेपनि यी नितान्त फरक विषय हुन् । धर्म मानिसले मानव भएर उसले दैनिक जीवनमा अनिवार्य रुपमा अनुशरण गर्नुपर्नेे अनुशासन, कर्तव्य, उत्तरदायित्व तथा जिम्मेदारीसंग सम्वन्धित छ । अध्यात्म मानिसको हरप्रकारका लौकीक÷भौतिक तथा वाहिय विकास(पंचप्रगति– स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति) र परालौकीक÷पराभौतिक तथा आन्तरीक विकास(जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशिलता, सकारात्मक गुण)संग सम्वन्धित छ । धर्मले मानिसले आफ्नो जीवनमा गर्नुपर्ने वाहिय तथा आन्तरीक विकासकालागि आवश्यक पर्ने आध्यात्मिक साधना तथा योग साधना सही किसिमले गर्न मार्गनिर्देश गर्दछ । धर्म र अध्यात्मसंग प्रत्यक्ष रुपमा सम्वन्धित अर्को अत्यन्तै महत्वपूर्ण विषय हो संस्कृति । सम्प्रदाय(रिलिजन)हरुले आ–आफ्नो मूल्यमान्यता अनुसार सदिऔंदेखि सांस्कृतिक रुपमा मान्दै आएका वैज्ञानिकतामा आधारीत जीवनोपयोगी मौलिक संस्कार, परम्परा, रीतिरीवाज, व्रत, तीर्थ, यज्ञादि पूजापाठ, धार्मिक अनुष्ठान आदि संस्कृति हुन् । परम्परागत रुपमा चल्दै आएका आफ्नो सम्प्रदायका जीवनोपयोगी संस्कृतिहरुलाई मान्नु तथा तिनका मूल्यमान्यताहरुलाई अनुशासित भएर आफ्नो जीवनमा अनुशरण गर्नु तथा त्यही अनुसार जीवन जीउनु साम्प्रदायिक(सकारात्मक अर्थमा) तथा सांस्कृतिक हुनु हो, धार्मिक तथा आध्यात्मिक हुनु होइन । आफ्नो साम्प्रदायका जीवनोजयेगी संस्कारहरुलाई सही किसिमले अनुशरण गर्ने सांस्कृतिक मानिस अनुशासित, नैतिकवान, उत्तरदायि, जिम्मेदार तथा धर्मको मार्गमा हिड्ने धार्मिक व्यक्तित्व भएको हुन्छ र धार्मिक व्यक्तित्व भएको मानिसले मात्र आध्यात्मिक प्रगति गर्नसक्छ । 


आध्यात्मिक प्रगति गर्नकालागि हरेक व्यक्तिले निष्ठापूर्वक आध्यात्मिक साधना गर्नु अनिवार्य हुन्छ । वास्तविक अध्यात्म साधनाकालागि योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुलाई हरप्रकारले व्यवहारिक हुनेगरि सही ढंगले सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासहरुलाई अनुशरण गर्नु पर्दछ । विश्वसामु नेपालको पहिचान ज्ञान भूमि, गुरु भूमि, योग भूमि, तपो भूमि, देव भूमि आदि गरिमामय आध्यात्मिक पहिचा गराउने उपनामले लोकप्रिय रहदै आएको छ । प्राचीनकालदेखि अध्यात्म साधनाकालागि नेपालका हिमाल, पहाड, नदि किनार, गुफा, जंगल आदि स्थानहरु प्रसिद्ध रहदै आएका छन् र वर्तमान समयमा पनि नेपालको यो अलौकीक गरिमा कायमै रहेको छ । नेपालका गुरुकुल, योगपीठ, विश्वविद्यालय, विद्यालय तथा संगठित संस्थाहरुमा आजपनि उसैगरि सनातन अध्यात्म दर्शनका विषयहरु पढाइन्छन् र योग साधनाका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरु सिकाइन्छन् । अदभूत आध्यात्मिक मान्यता तथा मौलिक विशेषताहरु भएका आध्यात्मिक पर्यटकीय स्थलहरुको प्रचुरता तथा विविधताले सम्पन्न मूलुक नेपालमा आध्यात्मिक पर्यटनको सम्भावना सबैभन्दा बढि रहेको छ र यसकालागि आध्यात्मिक पर्यटन विकास तथा प्रवद्र्धनको प्रभावकारी गुरुयोजना बनाएर अगाडि बढ्नु आजको टडकारो आवश्यकता रहेको छ । 


७.उत्सव पर्यटन

देश तथा विदेशमा आयोजना गरिएका विशेष प्रकारका उत्सवहरु जस्तो संगीत तथा गायन, कलाकारिता, पकावान, वागवानी, सांस्कृतिक प्रदर्शनी तथा प्रतिस्पर्धाहरुमा सहभागि हुने उद्देश्यले कार्यक्रम आयोजना गरिएका क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु उत्सव पर्यटन हो ।


८.स्वयंसेवा पर्यटन

देश तथा विदेशमा मानवीय भलाई तथा सर्वकल्याण(प्राणी, जीवजन्तु, वनस्पति, पदार्थ)कालागि आयोजना गरिएका ठूला–ठूला मानवीय, धार्मिक, सामाजिक, सांस्कृतिक अनुष्ठान तथा कार्यक्रमहरुमा सहभागि हुन आफ्नो घर, परिवार तथा कार्यालयको समय मिलाएर, योजना बनाएर अरुकालागि सर्वकल्ययाण गर्ने र आफ्नालागि पुण्य कमाउने, मानसिक शान्ति तथा आनन्द हासिल गर्ने उद्देश्यले सहयोग, सेवा तथा श्रमदान गर्नकालागि यस्ता कार्यक्रमहरुमा सहभागि हुन कार्यक्रम आयोजना गरिएका क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्नु स्वयंसेवा पर्यटन हो । वृद्ध आश्रम, अनाथ आश्रम, गौशाला, प्रसाद भण्डारा, मन्दिर तथा धार्मिक स्थलहरुको सरसफाइ, वृक्षारोपण आदि कार्यक्रमहरुमा प्रदान गरिने स्वइच्छिक सहयोग, सेवा तथा श्रमदान, द्रव्यदान आदि स्वयंसेवा पर्यटन अन्तर्गत पर्दछन् ।

 

९.ग्रामीण पर्यटन

ग्रामीण क्षेत्रका मौलिक विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले ग्रामीण क्षेत्रको भ्रमण तथा यात्रा गर्नु ग्रामीण पर्यटन हो । खासगरि देश तथा विदेशमा रहेका ग्रामीण जनजीविकाका धर्म, संस्कृति, संस्कार, रहनसहन, रीतिरीवाज, परम्परा, सम्प्रदाय, जातजाति, भेषभुषा, भाषाको अवलोकन र यी विषयहरुको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यका साथसाथ ग्रामीण क्षेत्रको भूगोल तथा भूबनोट, भौतिक, सामाजिक तथा मानवीय विकास र त्यहाँको प्राकृतिक दृश्य तथा वातावरणको अनुभव प्रत्यक्ष गर्न ग्रामीण क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्ने गरिन्छ । 


१०.नगर पर्यटन

न्गर क्षेत्रका मौलिक विशेषता भएका विभिन्न विषय, वस्तु, सेवा तथा स्थलहरुको सैद्धान्तिक ज्ञान तथा व्यवहारिक अनुभव लिने उद्देश्यले नगर क्षेत्रको भ्रमण तथा यात्रा गर्नु नगर पर्यटन हो । खासगरि देश तथा विदेशमा रहेका नगर क्षेत्रका जनजीविकाका धर्म, संस्कृति, संस्कार, रहनसहन, रीतिरीवाज, परम्परा, सम्प्रदाय, जातजाति, भेषभुषा, भाषाको अवलोकन र यी विषयहरुको अध्ययन तथा अनुसन्धान गर्ने उद्देश्यका साथसाथ नगरको भूगोल तथा भूबनोट, भौतिक, सामाजिक तथा मानवीय विकास र त्यहाँको प्राकृतिक दृश्य तथा वातावरणको प्रत्यक्ष अनुभव गर्न नगर क्षेत्रहरुको भ्रमण तथा यात्रा गर्ने गरिन्छ ।


तपसिलमा उल्लेखित पर्यटनका प्रकारहरुकाबारे धेरैथोरै विश्लेषण माथि गरिएका व्याख्याहरुमा आइसकेका छन् । तल उल्लेखित पर्यटनका प्रकार तथा सम्वोधित वाक्यांशहरुबाट पनि प्रष्ट हुन सकिन्छ यी पर्यटनका प्रकारहरु कस्ता पर्यटकीय गतिविधिहरुसंग सम्वन्धित छन् भनेर... 

११.स्वास्थ्य पर्यटन 

१२.आरोग्य पर्यटन

१३.मनोरञ्जन पर्यटन

१४.खेलकुद पर्यटन

१५.पर्यावरण पर्यटन

१६.प्राकृतिक पर्यटन

१७.वन्यजन्तु पर्यटन

१८.पदयात्रा पर्यटन

१९.साहसिक पर्यटन

२०.जलाशय पर्यटन

२१.भूगोल पर्यटन

२२.कृषि पर्यटन

२३.वागवानी पर्यटन 

२४.स्थापत्य पर्यटन

२५.चलचित्र पर्यटन

२६.प्रतिकृति पर्यटन

२७.शोख पर्यटन

२८.विलासिता पर्यटन

२९.किनमेल पर्यटन

३०.पाककला पर्यटन

३१.ऐतिहासिक पर्यटन

३२.पुरातात्विक पर्यटन

३३.वंशावली पर्यटन

३४.अन्तरीक्ष पर्यटन

३५.खगोल पर्यटन

३६.शैक्षिक पर्यटन

३७.अनुसन्धान पर्यटन

३८.आर्थिक पर्यटन

३९.औधोगीक पर्यटन

४०.व्यवसायिक पर्यटन

४१.प्रविधि पर्यटन

४२.कुटनीतिक पर्यटन

४३.सभा तथा सम्मेलन पर्यटन

४४.कार्यक्रम पर्यटन

४५.गुप्त पर्यटन

४६.शोक पर्यटन

४७.सुगम पर्यटन

४८.जेष्ठ पर्यटन

४९.तेस्रोलिंगी पर्यटन

५०.बजेट पर्यटन

५१.मौलिक पर्यटन

५२.दिगो विकास पर्यटन

माथि उल्लेखित पर्यटनका विभिन्न प्रकारहरुमा केके उपलव्ध छन् हाम्रो देशको भूगोल भित्र तिनको उत्खनन्, विकास, प्रवद्र्धन तथा प्रचार गर्नु आजको महत्वपूर्ण र आधारभूत आवश्यकता हो किनकी विकासका पछिल्ला खोजमा आधारित अनुसन्धानका तथ्यांकहरुलाई केलाउदा राष्ट्रको प्रगति तथा विकासको अवको दिशानिर्देश पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धन नै अनुभवमा आउदै गैरहेको छ ।

++

१. Cultural Tourism:

Involves visiting places with cultural significance such as museums, historical sites, and monuments.

२. Adventure Tourism: 

Focuses on activities involving physical exertion and excitement like hiking, rafting, and mountain climbing.

३.  Ecotourism: 

Emphasizes visiting natural areas while conserving the environment and improving the well-being of local people.

४. Health and Wellness Tourism: 

Centers around travel for the purpose of improving health, including visits to spas, wellness retreats, and medical treatments.

५. Sports Tourism:

Involves attending or participating in sports events and activities.

६. Business Tourism:

Relates to travel for business purposes such as meetings, conferences, and trade shows.

७. Rural Tourism:

Focuses on experiencing the rural lifestyle and includes farm stays and agricultural activities.

८. Urban Tourism:

Involves exploring city landmarks, parks, markets, and cultural activities within urban settings.

९. Educational Tourism:

Includes study abroad programs, educational workshops, and tours of educational institutions.

१०. Gastronomy/Culinary Tourism:

Involves exploring local cuisines, participating in cooking classes, and visiting food markets and festivals.

११. Religious Tourism:

Centers around visits to sacred sites, religious festivals, and places of worship.

१२. Dark Tourism:

Involves visiting sites associated with death and tragedy, such as battlefields and concentration camps.

१३. Marine Tourism:

Includes activities related to the sea such as cruises, sailing, and deep-sea fishing.

१४. Volunteer Tourism (Voluntourism):

Combines travel with volunteer work in community development, conservation, and disaster relief.

१५. Film Tourism:

१६. Involves visiting locations where movies and TV shows were filmed.

Genealogy Tourism:

Focuses on tracing one's ancestry and visiting ancestral homes and towns.

१७. Shopping Tourism:

Involves traveling specifically to shop in markets, malls, and specialty stores.

१८. Senior Tourism:

Tailored for older adults, including group tours and health-focused retreats.

१९. LGBTQ+ Tourism:

Caters to LGBTQ+ travelers, focusing on LGBTQ+-friendly destinations and events.

२०. Accessible Tourism:

Ensures travel is possible for people with disabilities, including specialized services and accommodations.

२१. Festival Tourism:

Involves attending music, art, cultural, and food festivals.

२२. Indigenous Tourism:

Centers on learning about and experiencing indigenous cultures and traditions.

२३. Luxury Tourism:

Focuses on high-end travel experiences, exclusive accommodations, and personalized services.

२४. Space Tourism:

Involves suborbital and orbital spaceflights and experiences related to space exploration.

२५. Astronomy Tourism:

Centers around stargazing, visiting observatories, and participating in astronomy events.

२६. Urban Exploration (Urbex):

Involves exploring abandoned buildings and urban ruins.

२७. Golf Tourism:

Focuses on traveling to play golf at renowned courses and resorts.

२८. Gardening Tourism:

Involves visiting famous gardens, botanical parks, and participating in gardening events.

२९. Photography Tourism:

Centers around traveling to photogenic locations and participating in photography tours.

३०. Architecture Tourism:

Involves exploring significant architectural landmarks and buildings.

३१. Geo tourism:

Focuses on visiting geological sites and learning about earth sciences.

३२. Cycling Tourism:

Involves touring destinations by bicycle and participating in cycling events.

३३. Agritourism:

Includes farm stays, agricultural activities, and visiting rural areas.

३४. Industrial Tourism:

Involves touring factories, industrial heritage sites, and learning about production processes.

३५. Heritage Tourism:

Focuses on visiting historical sites and cultural landscapes to learn about the past.

३६. Wildlife Tourism:

Centers around observing and interacting with wildlife in their natural habitats.

३७. Winter Tourism:

Involves activities related to winter sports and destinations, such as skiing and snowboarding.

३८. Event Tourism:

Involves traveling to attend specific events, such as concerts, festivals, and sports events.

३९. Pilgrimage Tourism:

Focuses on traveling to sacred sites for religious or spiritual reasons.

४०. Medical Tourism:

Involves traveling to receive medical treatments and surgeries, often in another country.

४१. Backpacking:

Focuses on budget travel with minimal luggage, often involving longer trips and flexible itineraries.

४२. Safari Tourism:

Involves wildlife viewing and adventure activities in safari destinations.

४३. Theme Park Tourism:

Centers around visiting theme parks and amusement parks.

४४. Spa Tourism:

Focuses on relaxation and wellness treatments in spa destinations.

४५. Seismic Tourism:

Involves visiting areas with geological activities like volcanoes and earthquakes.

४६. Tech Tourism: Centers on visiting technology hubs, companies, and exhibitions.

४७. Virtual Tourism:

Involves experiencing destinations and activities through virtual reality technologies.

४८. Cruise Tourism:

Centers around traveling by cruise ships to various destinations.

४९. Cyclotornids Tourism:

Focuses on exploring regions by bicycle, often on long-distance routes.

५०. Hobby Tourism:

Involves traveling to pursue specific hobbies, such as birdwatching, fishing, or collecting.