'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Sunday, 20 April 2025

यूवाहरुको तनावमुक्त जीवनशैलीकालागि अध्यात्म साधना अपरिहार्य, खण्ड -४

                       डा. सिर्जना भण्डारी

वाहिरी जीवन व्यवस्थापन  

     #अध्यात्म_दर्शन #जीवन_दर्शन  




“आधूनिक भौतिक विज्ञानका वैज्ञानिकहरुले संसारमा मानिसकालागि आवश्यक सबैकुरा खोजे तर मानिसकालागि सबैभन्दा बढि आवश्यक पर्ने विषय शान्ति र आनन्द खोज्न सकेनन् ।”  – ओशो


वाहिरी जीवन व्यवस्थापन  

मानिसको आन्तरीक जीवन तथा अन्तरजगतसंग सम्वन्धित विषय तथा आयामहरु भन्दा वाहिरी जीवन तथा वहिरजगतसंग सम्वन्धित विषय तथा आयामहरु सिमित हुन्छन् जसले उसको जीवनमा तुलनात्मक रुपमा सीमित मात्रामै प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्दछन् निम्न विषय तथा आयामहरु मानिसको वाहिरी जीवन व्यवस्थापनसंग सम्वन्धित रहेका छन् ()सम्वन्ध व्यवस्थापन, ()सम्पन्नता व्यवस्थापन, ()कर्म व्यवस्थापन, ()नेतृत्व व्यवस्थापन, ()सेवा भाव तथा सर्वकल्याण भाव व्यवस्थापन

 

()सम्वन्ध व्यवस्थापन

मानिसको जीवनमा धेरै प्रकारका सम्वन्धहरु रहेका हुन्छन्, मूलतः उसको जीवनमा निम्न पाँच प्रकारका सम्वन्धहरुको विशेष भूमिका तथा प्रभाव रहेको हुन्छ ()आफूसंगको सम्वन्ध, ()परिवारसंगको सम्वन्ध, ()समाज तथा समुदायसंगको सम्वन्ध, ()मानवीयतासंगको सम्वन्ध, ()प्रकृति, जगत तथा परमात्मासंगको सम्वन्ध मानिसको पहिलो आफूसंगको सम्वन्ध उसको आन्तरीक जीवनसंग सम्वन्धित विषय अन्तर्गत पर्दछ भने बाँकी चार प्रकारका सम्वन्धहरु वाहिरी जीवनसंग सम्वन्धित रहेका हुन्छन् तनावमुक्त, सरल तथा सहज जीवन व्यवस्थापनका लागि आफू लगायत परिवार, समाज तथा समुदाय, मानवीयता, प्रकृति, जगत तथा परमात्मा सबैसंगको सम्वन्ध सहज तथा सुमधूर हुनु अत्यावश्यक हुन्छ मानिसले पहिलो प्राथमिकता आफ्नो जीवनलाई तथा आफूसंगको सम्वन्धलाई व्यवस्थित गरेपछि सम्वन्ध व्यवस्थापनमा अव उसको दोस्रो प्राथमिकता परिवारसंगको सम्वन्ध व्यवस्थापन तर्फ हुनु आवश्यक हुन्छ वर्तमान समयमा विश्वभरिनै गरिएका वैज्ञानिक खोज तथा अनुसन्धानहरुले मानिसको तनावको प्रमुख कारणहरु मध्य पहिलो उसको आन्तरीक कमजोरीपछि दोस्रो प्रमुख कारण खराव सम्वन्धलाई नै ठहराएका छन् परिवारका निकटतम सदस्यहरु खासगरि श्रीमानश्रीमती, छोराछोरी, बुवाआमा, हजूरबुवाहजूरआमा, सहयोगी तथा कामदारविच हुने दैनिक बोलचाल, सूचना आदानप्रदान, भलाकुसारी, लेनदेन, समझदारी, प्रेम(स्नेह, मैत्री, मायाँ, श्रद्धा, दया, करुणा), हेरचाह, विश्वास आदि व्यवहारका आधारमा पारिवारीक सम्वन्ध कस्तो हुन्छ, त्यसबाट परिवारका सदस्यहरुले राम्रो तथा नराम्रो अथवा सकारात्मक तथा नकारात्मक अनुभूति कस्तो गर्दछन्, उनीहरुविचको सम्वन्ध एकअर्काप्रति हेर्ने तथा सोच्ने मनस्थिति तथा दृष्टिकोण कस्तो हुन्छ भन्ने कुरा निर्धारण गर्दछ यदि पारिवारीक सम्वन्धहरु सहज, सरल, सुमधूर छन् भने यस्तो परिवार तथा पारिवारिक सम्बन्ध स्वतः व्यवस्थित हुन्छ परिवारका सदस्यहरुमा असन्तुष्टी, गुनासो, नकारात्मक भाव, निराशा, मनमुटाव, तनाव, चिन्ता, अवसाद लगायत खराव सम्वन्धजन्य नकारात्मक गतिविधि तथा घटना, दुर्घटनाहरु कम हुन्छन्  


त्यसैगरि समाज तथा समुदायसंगको सम्वन्ध, मानवीयतासंगको सम्वन्ध, र प्रकृति, जगत तथा परमात्मासंगको सम्वन्ध पनि सहज, सरल तथा सुमधूर हुनु आवश्यक हुन्छ । मानिस सामाजिक प्राणी तथा समाजकै अंग भएकोले उसले आफ्नो जीवनका विविध पक्षहरुमा समाज तथा समुदायबाट सहयोग, सदभाव तथा आडभरोस प्राप्त गरेको हुन्छ, तसर्थ यही ऋण तिर्न तथा समाज तथा समुदायको लागि केही उदाहरणीय काम गर्न र समाजबाट निरस्तर सहयोग, सदभाव तथा आडभरोस प्राप्त गरिरहन समाज तथा समुदायसंगको सम्वन्ध सुमधूर बनाउनु जरुरी हुन्छ । हरेक व्यक्ति जीवनका सिकाइहरुमा खारिएर मनुष्यबाट मानव बन्ने प्रक्रियामा हुन्छ । मानव बन्ने क्रममा उसले मानवीयताका कर्महरु गर्नुपर्दछ र मानवीयतासंगको सम्वन्धलाई सुमधूर बनाउदै लानुपर्दछ । त्यसैगरि हरेक व्यक्तिले आफ्नो जीवनयापन गर्ने क्रममा प्रकृति, जगत तथा परमात्माबाट अझ बढि सहयोग, सदभाव, आडभरोस प्राप्त गरेको हुन्छ, तसर्थ उसले आफूले प्राप्त गरेका यस्ता प्राकृतिक आशिर्वाद तथा सुविधाहरु भोलिको पुस्ताले पनि उस्तै गरि तथा सहज ढंगले प्राप्त गरोस, प्रकृति स्वस्थ रहोस, दिगो भन्ने शेतुले प्रकृति, जगत तथा परमात्मासंगको सम्वन्ध आझ बढि सुमधूर बनाइ राख्नु अत्यावश्यक हुन्छ । समाज तथा समुदायकालागि गरिएका योगदाहरुबाट, मानवीयताका कर्महरुबाट, र प्रकृति, जगत तथा परमात्माका लागि गरिएका सेवा, पुण्य तथा सर्वकल्याणका कर्महरुबाट मानिसलाई आन्तरीक शान्ति तथा आनन्द प्राप्त हुन्छ र तनावरहित व्यवस्थित जीवन हासिल हुन्छ। तर यी सबै प्रकारका सम्वन्धहरु सहज, सरल तथा सुमधूर छैनन्, सम्वन्धहरु तनावग्रस्त छन् भने यसबाट उत्पन्न हुने तनावजन्य नकारात्मक प्रभावहरु कम गर्न तथा हटाउन तथा सम्वन्धहरुमा सौहार्दता बनाइराख्न सम्वन्ध व्यवस्थापन गर्न सहयोगि अध्यात्म विज्ञान आधूनिक मनोविज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई आफ्नो अवस्था आवश्यकता अनुसार अनुशरण गर्नुपर्दछ अध्यात्म विज्ञान अन्तर्गत- योगासन, प्राणायाम, ध्यान तथा विभिन्न प्रकारका अन्य साधना पद्धतिहरुको निष्ठापूर्वक अनुशरण गरेर सही ढंगबाट सम्वन्ध व्यवस्थापन गर्न सकिन्छ त्यसैगरि आधूनिक मनोविज्ञान अन्तर्गत- समस्याको अवलोकन, बह पोखाइ, सरसल्लाह(काउनसेलिगं), छलफल, स्पष्टीकरण, मनोचिकित्साका उपयोगी सुत्रहरु तथा थेरापिहरुको निष्ठापूर्वक अनुशरण गरेर सही ढंगबाट सम्वन्ध व्यवस्थापन गर्न सकिन्छ सम्बन्ध व्यवस्थापन गर्ने तथा हुने क्रममा कमशः जीवन व्यवस्थापन हुदै जान्छ, सम्बन्धहरु तनावमुक्त बन्दै जान्छन् र यसबाट मानिस तनावमुक्त हुदै जान्छ 

 

()सम्पन्नता व्यवस्थापन 

सामान्य अर्थमा मानिसलाई दैनिक रुपमा सहज जीवनयापन गर्न आवश्यक पर्ने, उसको शरीर, मन, भावना, चेतनाका सबै प्रकारका आवश्यकताहरु पूरा गर्ने सुख-सुविधाका चिज, वस्तु, सेवा तथा सुविधाहरुको सहज उपलव्धता सम्पन्नता हो मानिसको तनावरहित जीवन व्यवस्थापनका लागि सम्पन्नता अत्यन्तै महत्वपूर्ण आयाम हो सम्पन्नताको न्यूनतम मापदण्ड मानिसका आधारभूत आवश्यकताहरु(गास, बास, कपाश, स्वास्थ्य, शिक्षा, सुरक्षा) पुरा हुनुलाई मानिन्छ भने सम्पन्नताको उच्चतम मापदण्डको कुनै मापन छैन, यो मानिसको सोचमा अर्थात उसको मनोदशा, भावदशा तथा महत्वाकांक्षामा निर्भर गर्दछ मानिसका आधारभूत आवश्यकताहरु पूरा भएकाछन् मानिस आवश्यकतामा आधारीत जीवनयापन(नीडवेस लिभिङ) गरिरहेको भने उसको सम्पन्नता व्यवस्थापनमा उति कठिनाइ आउदैन तर मानिस इच्छा, कामना, वासना तथा सांसारीक विषयभोगमा आशक्त अति महत्वाकांक्षी जीवन जिरहेको भने सम्पन्नता नै उसको जीवनको तनावको प्रमुख कारण बन्नपुग्छ सम्पन्नताको नकारात्मकता उसको स्वास्थ्य, सम्वन्ध, मानप्रतिष्ठा, सुरक्षा, शान्ति भा प्रवेश गर्छ, विस्तारै यी पक्षहरु जटिल बन्दै जान्छ, जीवनमा तनाव बढ्दै जान्छ तनावरहित जीवन व्यवस्थापन गर्न कठिनाइ बढ्दै जान्छ धन कमाउनु तथा भौतिक बस्तु, सेवा, सुविधा जोड्नु सकारात्मक कुरा हो तर कसरी कमाइएको तथा जोडिएको भन्ने प्रमुख विषय हो जीवनमा सम्पन्नता हासिल गर्ने क्रममा हरेक मानिसले अनिवार्य रूपमा आफ्नो स्वास्थ्य, सम्बन्ध, मानप्रतिष्ठा, शान्तिलाई सन्तुलनमा राखेर आवश्यक कर्महरु गर्नुपर्दछ अध्यात्म विज्ञानले मानिसको आर्थिक सम्पन्नता तथा कमाइ क्रमवद्ध शुद्ध हुनुपर्नेमा विशेष जोड दिदै मानिसका चार पुरुषार्थहरु तय गरेको ()धर्म, ()अर्थ, ()काम, ()मोक्ष सनातन अध्यात्म दर्शनका अनुसार धर्मको पालन गर्दै, मनुयष्य हुनुको आफ्नो मूल कर्तव्य तथा उत्तरदायित्व बुझेर अनुशासित तथा नैतिकवान भएर अर्थ अर्थात धन तथा सम्पन्नता आर्जन गरिएको हुनुपर्दछ शुद्धतम तरिकाले आर्जन गरिएको सम्पन्नताले आफू, परिवार, समाज, समुदाय, प्रकृति सबैको अधिकारको बराबर ख्याल गरेर सम्पन्नताको सही सदुपयोग गर्नुपर्दछ तथा सम्पन्नता व्यवस्थापन गर्नुपर्दछ तवमात्र तनावरहित जीवन सम्भव हुनसक्छ अन्यथा अनियमित तवरले सम्पन्नता आर्जन गर्ने, लोभवस धन थुपार्ने तथा त्यसको सही प्रकारले सदुपयोग (पूर्ण स्वास्थ्य आर्जन, सुमधूर सम्बन्ध आर्जन, मानप्रतिष्ठा आर्जन, शान्ति आर्जन) नगरिएको अस्तव्यस्त सम्पन्नता नै सबैप्रकारका अस्वस्थता, खराव सम्वन्ध, मानप्रतिष्ठामा कमी, अशान्तिको जड बन्न पुग्दछ जीवन तनावग्रस्त तथा नर्कतुल्य बन्न पुग्दछ किनकी धनको गुण जसरी पनि खर्च गरिनु हो चाहे उपयोग भएर तथा चोरी भएर तथा बिनास भएर धनको सदुपयोग सम्पन्नता बवस्थापन हो जसले तनावरहित जीवन व्यवस्थापन गर्न मद्धत गर्दछ

 

सम्पन्नता आध्यात्मिक मनोविज्ञान

अध्यात्म विज्ञानले सम्पन्नताको अझ गहिरो परिभाषा गरेको वास्तवमा मानिस आफूभन्दा वाहिरका अर्थात भौतिक संसारका विषय, वस्तु, सेवा तथा सुविधाहरुको उपलब्धता तथा अभावमा सम्पन्न, बिपन्न तथा दरिद्र हुने भन्दा पनि आफूभित्र रहेका आफ्ना गुण, सोच, विचार, मन तथा भावको अवस्था तथा उसको मनोविज्ञान उसले सम्पन्नताका सन्दर्भमा बनाएका मूल्यमान्यताका कारण वास्तविक रुपमा सम्पन्न, बिपन्न तथा दरिद्र हुन्छ सम्पन्नता केवल धनमात्र होइन, स्वस्थ रहनु, सबैसंग सुमधूर सम्बन्ध हुनु, परिवार तथा समाजमा आफ्नो दर्जा अनुसार प्रतिष्ठित हुनु, मानसिक, भावनात्मक तथा चेतनात्मक रूपमा सुखी, खुशी, शान्त, आनन्दित रहनु अझ उच्चकोटीको सम्पन्नता हो यसप्रकारको सम्पन्नता मानिसको सोच, विचार, बोलिवचन, आचरण, व्यवहार, कर्म, दृष्टिकोणबाट आर्जन हुन्छ श्रद्धेय सन्त राधा कृष्णन भन्नुहुन्छ, मानिसको सोच निच भयो भने उसको जीवन हरप्रकारले निच नै हुन्छ जसको सोच, विचार, बोलिवचन, आचरण, व्यवहारहरु राम्रा तथा सकारात्मक छन् हरप्रकारले सम्पन्न, समृद्ध, सफल, शान्त हुन्छ, उसको स्वास्थ, सम्वन्ध, सफलता, पहिचान, मानप्रतिष्ठा, सुख, खुशी, शान्ति, आनन्द सबै स्वतः सन्तुलनमा हुन्छ तथा व्यवस्थित रहेको हुन्छ यस्तो मानिसले जीवनमा चौतर्फि प्रगति गर्न सक्दछ, आफ्नो साथसाथ सर्वकल्याणका सेवा तथा पुण्य कार्यहरु पनि संगसंगै गर्छ तनावमुक्त व्यवस्थित स्वर्गीय जीवन जीउछ तर यसको विपरीत मानिसको सोच, विचार, बोलिवचन, आचरण, व्यवहार, दृष्टिकोण नकारात्मक छन्, प्रकृतिका त्रिगुण सत्व, रजस, तमस यसबाट निर्मित हुने पंचक्लेस काम, क्रोध, इष्र्या, अहंकार भयका नकारात्मकताहरुले भरिएको भने उसले जीवनमा कुनै प्रकारको प्रगति हासिल गर्न सक्दैन, आफू निकम्मा शारीरिक तथा मानसिक रोगी हुन्छ नै परिवार, समाज, राष्ट्र, विश्व, प्रकृतिलाई नै अवनतिको मार्गमा धकेल्छ तनावले जेलिएको, अव्यवस्थित नर्कतुल्य जीवन जीउछ ” 

 

यस सन्दर्भमा पछिल्लो चरणमा गरिएका वैज्ञानिक अध्ययन तथा खोजका नतिजाहरुका अनुसार मानिसको जीवनमा असाध्य अर्थात निको नहुने प्राणघातक शारीरिक रोग, मानसिक रोग, परिवार तथा समाजसंग खराव सम्वन्ध, अपमान खेपिरहेको जीवन, अर्कोसंग आफूलाई तुलना गरि सधैं हिनतावोधमा जिरहेको जीवन, आत्मसम्मान तथा आत्मविश्वास गुमेको जीवन, निरन्तर अशान्तिको अवस्थालाई जीवन जिउने सबैभन्दा मुस्किल तनावग्रस्त तथा नर्कतुल्य अवस्थाको रुपमा बुझिएको प्राय जीवनका सबै आयामहरुलाई पाखा लगाएर केवल अन्त्यहिन आशक्तिले भरिएको आर्थिक सम्पन्नता हासिल गर्न मात्र आफ्ना कहिल्यै नसकिने इच्छा, कामना, वासना तथा भोगाशक्तिको पछाडि आफ्नो जीवन उर्जा व्यतीत गरेको अविवेकशील मानिस नै यस्तो तनावग्रस्त नारकीय जीवन जिरहेको हुन्छ यस्तो अवस्थामा मानिसलाई अव तिनै भौतिक धन, सम्पति, सम्पन्नता, वस्तुका सुख, सेवा, सुविधाहरुले कुनै प्रकारको मनोरञ्जन, खुशी, शान्ति, आनन्द दिन सक्दैनन् बरू उल्टै यी सम्पन्नताहरु नै उसको जीवनको बोझ वन्न थाल्छन् अध्ययनका तथ्यांकहरुलाई हेर्ने हो भने तनाव, चिन्ता, अवसाद तथा विभिन्न प्रकारका मानसिक रोगहरु यसले व्यक्ति, परिवार, समाज, समुदाय, राष्ट्र, विश्व, मानवीयता, प्रकृतिमा ल्याएका भयानक परिणामहरु प्राय आर्थिक रुपले सम्पन्न व्यक्ति, परिवार तथा समुदायहरुमै बढि पाइएको मानिसले जीवनमा सम्पन्नता हासिल गरेपनि उसले सही ढंगले सम्पन्नता व्यवस्थापन गर्न नसकेको तथा नजानेको कारण उसको जीवन दिनप्रतिदिन तनावग्रसत बन्दै जान्छ, जीवन प्रति असन्तोष, गुनासो, निराशा बढ्दै जान्छ प्राकारान्तरमा तनाव, चिन्ता, अवसाद तथा अनेक प्रकारका मानसिक रोगहरुको शिकार बन्दछ उसले आफूमाथि हिंसा तथा आत्महत्याको प्रयास गर्छ, अरुमाथि हिंसा, मारपिट तथा हत्या गर्छ, सामुहिक हत्या समेत गर्नसक्छ संधै खतरा बन्छ आफू समाजकालागि यी अध्ययनहरुले मानिसको जीवनमा तनावका प्रमुख कारणहरुमा आन्तरीक दुर्वलता, खराव सम्वन्धपछि अर्को प्रमुख कारण अव्यवस्थित सम्पन्नतालाई ठहराएका छन्  

 

अर्को दृष्टिकोणबाट हेर्दा, आर्थिक बिपन्नता तनावको त्यति ठूलो कारण होइन अहिलेसम्मका अनुभव, अध्ययन, खोज तथा अनुसन्धानहरुले उजागर गरेका तथ्यांकहरुका अनुसार मानिसका आधारभूत आवश्यकताहरु परिपूर्ति नहुन्जेल सम्पन्नताको कामना जीवनमा सही अवस्था हो यो अनिवार्य हुन्छ तर आधारभूत आवश्यकताहरु परिपूर्ति भैसकेपछि पनि धनसम्पति कमाउने तथा अझै बढि सम्पन्नता हासिल गर्ने आशक्ति उस्तै किसिमकले राखिराख्नु स्वास्थ्य, सम्वन्ध, मानप्रतिष्ठा, शान्तिको खोजमा मन तथा समय नलगाउनु जीवनमा तनाव सिर्जना गर्ने सबैभन्दा प्रमुख कारण तथा अवस्था हो त्यसैले आजभोलिको समाजमा तुलनात्मक रुपमा विपन्न मानिसहरुमा भन्दा सम्पन्न मानिसहरुमा तनाव बढि भएको तनाव संगसंगै आउने शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक, व्यक्तिगत, पारिवारिक तथा सामाजिक समस्याहरु बढि देखिदै आएका छन् यसको अर्थ मानिसको तनावरहित व्यवस्थित जीवन स्वस्थ्य, सम्बन्ध, सम्पन्नता, सफलता, मानप्रतिष्ठा, सुख, खुशी, शान्ति, आनन्द सबैको खोजी हो, आर्थिक सम्पन्नता मात्र तनावरहित व्यवस्थित जीवनको अन्तिम श्रोत तथा कारण होइन यसका अतिरिक्त आफ्नो नियन्त्रणमा नभएका विषय तथा अवस्थाहरूलाई स्वीकार गर्नु तथा जे त्यसमा सन्तोष रहन सक्नु, सम्पन्नतालाई स्वस्थ्य आर्जन गर्न, सबैसंगका सम्बन्ध सुमधूर बनाउन, नेतृत्वदायी भूमिकाको विकास गर्न, मन तथा भावनाको शान्ति कमाउन, सर्वकल्याणका कर्महरुमा आर्थिक रुपले सहयोग गर्नु सम्पन्नताको सही व्यवस्थापन हो जसले मानिसलाई तनावरहित व्यवस्थित जीवन जीउन तथा स्वस्थ्य, सुख, खुशी, शान्ति, आनन्द रहन सहयोग मिल्दछ । 

 

(३)कर्म व्यवस्थापन 

मानिसको जीवन कर्मयोनी हो, कर्मबिना जीवन चल्दैन र सही तथा असल कर्म नै व्यवस्थित जीवनको मूल श्रोत तथा प्रमुख कारण हो । हरेक मानिसले जीवनमा सफलता हासिल गर्नकालागि आफ्नो अनुकुलका कर्महरु गर्दछन् तर सफलताको बुझाइ तथा परिभाषा हरेक मानिसकालागि फरक–फरक हुनसक्छ । कर्म गरेपछि हासिल हुने उपलव्धिहरु तथा जीवनमा आउने सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दबाट आउने तृप्ति तथा अतृप्ति मानिसको मानसिक अर्थात मनोदशा तथा भावदशाको अवस्था हो । हरेक मानिसले आ–आफ्ना आन्तरीक गुण, संस्कार, मूल्य–मान्यता, जीवनको सिकाइ, भोगाई तथा अनुभव अनुसार जीवनमा आउने सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्दको तृप्ति तथा अतृप्ति, सन्तुष्टी तथा असन्तुष्टी व्यक्त गर्दछ ।


कसले जीवनको कुन पक्ष तथा कस्ता उपलव्धिहरुलाई कति कम तथा कति बढि महत्व दिन्छ त्यसमा भर पर्दछ उसले गरेको कर्मको वास्तविक सफलता र सफलताको परिभाषा । कोही मानिस आफूले गरेका कर्मका साना–साना उपलव्धिमैमा पनि सन्तुष्ट हुन्छन् र त्यसैलाई कर्मको उच्चतम उपलव्धि तथा जीवनको सफलता मान्दछन् भने कोही मानिस जति कमाए पनि तथा हासिल गरेपनि पुगेन नै भन्छन्, भौतिक संसारको विषयभोग, सुख, सेवा, सुविधाप्रति आशक्त भैरहन्छन्, जीवनमा संधै यो पुगेग, त्यो पुगेन भन्ने अभावको अनुभव गरिरहन्छन् र आफूलाई कर्ममा तथा जीवनमा असफल भएको ठान्दछन् । यो आफ्नो जीवनको आवश्यकता अनुसार कर्मको व्यवस्थापन गर्न नसकेको अवस्था तथा परिणाम हो । स्वार्थ, लालच, इच्छा, कामना, वासना, अपेक्षा, आशक्तिले भरिएको मानिसको जीवनमा उसको कर्म अस्तव्यस्त हुन्छ, कर्म र कर्मबाट भएका उपलव्धिहरुप्रतिको असन्तोषका कारण उसको आन्तरीक र वाहिरी जीवन दुवै तनावयुक्त र अव्यस्थित हुन्छन् । कर्म अस्तव्यत हुने तथा कर्मबाट तनाव उत्पन्न हुने अर्को प्रमुख कारण मानिसले आफ्नो प्राकृतिक स्वाभाव तथा स्वधर्म(जन्मजात लिएर आएका गुण तथा संस्कारहरु) अनुसारको कर्म नगर्नु हो । श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, "स्वधर्मे निधनं श्रेयः, पर धर्मो भयावहः।(३।३५)" अर्थात हरहालमा आफ्नो स्वाभाव तथा स्वधर्म अनुसारको कर्म गर, कर्म स्वतः व्यवस्थित हुदैजान्छ र जीवनले उच्चता हासिल गर्छ तर अर्काको प्रभावमा परेर अरुको जस्तो नक्कल गरेर कर्म गर्यौ भने जीवन नै भयावह तथा तनावग्रस्त हुन पुग्दछ ।यसकासाथै मानिसले हरप्रकारले निस्काम कर्म; सबैप्रति सेवा भाव तथा सर्वकल्याणको भाव; परिवार, समाज, प्रकृति तथा जगतबाट आफूले पाएको तथा लिएको र कार्यालयबाट कमाएको भन्दा बढि दिने भाव; शरीरको सुख लिनसक्ने पुरुषार्थ, सम्वन्धहरुबाट खुशी प्राप्त गर्नसक्ने क्षमता, शुद्ध सम्पन्नता, मानप्रतिष्ठा, शान्ति आदिले मानिसको कर्म सही ढंगले व्यवस्थित गर्न मद्धत गर्दछ  र जीवनबाट सदाकालागि तनाव दुर हुन्छ । 


(४)नेतृत्व व्यवस्थापन

समाज तथा राज्यको र प्रकृति तथा ब्रम्हाण्डको सन्तुलित विकास तथा व्यवस्थापनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने मानिसको आवश्यकता पर्दछ र हामीमध्यबाट नै कसैनकसैले नेतृत्वको भूमिका निर्वाह गर्नुपर्दछ । आन्तरीक तथा वाहिरी जीवनमा पूर्णता हासिल गरेको स्वस्थ, सुखी, खुशी, सन्तुष्ट, समृद्ध, प्रेमल, शान्त, आनन्दित मानिसले आफ्नो मात्र भलाई हेर्दैन, आफू लगायत परिवार, समाज, समुदाय, मानवीयता, प्रकृति, जगत तथा परमात्मा सबैको हित हेर्दछ र सर्वकल्याणको काममा आफूलाई अग्रसर गराउदै नेतृत्वदायी भूमिका निर्वाह गर्न अग्रसर हुन्छ तथा प्रयत्न गर्दछ । यसक्रममा उसले आफ्नो व्यक्तिगत इच्छा, आँट, क्षमता, दक्षता तथा अनुभव अनुसार समाजको आवश्यकता हेरेर साना–साना उत्तरदायित्वहरु जस्तो टोल, समुदाय तथा समाजका कामदेखि लिएर ठूला–ठूला कामहरु जस्तो परिवर्तनकारी राजनीतिक अभियान; आध्यात्मिक, सांस्कृतिक, सामाजिक अभियान; वित्तिय तथा आर्थिक विकास ल्याउने अभियानका कार्यहरु; शिक्षा तथा समाजको सुधार; मानवीयताका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानहरु; ज्ञान–विज्ञान विकासका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभियानहरु; प्रकृति बचाउ अभियान आदि सर्वकल्याणका कार्यहरुको नेतृत्व लिन सक्दछ । मदर टेरेसा, बिल गेट्स, इलन मस्क, महात्मा गान्धी, अनुराधा कोइराला, महाबीर पुन, सन्दुक रुइत, डा. भगवान कोइराला, बालेन शाह, सुनिता डंगोल, उमेश सञ्जेल आदिलाई परिवर्तनकारी अभियानको नेतृत्वदायी भूमिक निर्वाह गर्ने युगसान्दर्भिक महामानवहरुको रुपमा लिन सकिन्छ । सबैतिर सर्वागींण परिवर्तन ल्याउन सक्ने नेतृत्व सम्हाल्नका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्न चाहने मानिसले उचित प्रकारले नेतृत्व व्यवस्थापन गर्नु तथा अत्यन्तै विवेकपूर्ण ढंगले नेतृत्व व्यवस्थापनका सही प्रकारका विधि तथा पद्धतिहरु अनुशरण गर्नु अत्यावश्यक हुन्छ जसले आफुलाई र अरुलाई पनि दुःख, रोग, भोक, शोक, दरिद्रता, अव्यवस्था, अशान्ति, तनावबाट मुक्त गर्न सकोस र मानवीयता, प्रकृति, जगत तथा इश्वरियताको समेत प्रवर्धन गर्न सकोस् र समाजमा सकारात्मक सन्देश संचारीत गर्न सकोस् । 


(५)सेवा भाव तथा सर्वकल्याण भाव व्यवस्थापन 

सामान्य मानिसका आफू र आफ्नो परिवारका अति आवश्कीय तथा आधारभूत आवश्यकताहरु परिपूर्ति भैसकेपछि तथा हासिल गरिसकेपछि उ जीवनको अर्को उमेर तथा अवस्थामा प्रवेश गर्दछ । यो अवस्थामा अव उसले परिवार, समाज, राष्ट्र, अन्तरराष्ट्र, प्रकृति तथा जगतकालागि निस्वार्थ भावले आफूले अरुबाट लिएको भन्दा बढि दिने भावकासाथ सबैको कल्याण हुने उल्लेखनिय सर्वकल्याण तथा सेवाका केही काम गर्ने प्रयत्न तथा नेतृत्व लिने जमर्को गर्दछ र यस्ता कामहरुबाट आफ्नो पहिचान, सफलता, मानप्रतिष्ठा प्राप्त गर्ने चाहना राख्दछ । यस्ता सबैको हित हुने सर्वकल्याण तथा सेवाका कर्महरु र यसबाट प्राप्त हुने सकारात्मक उपलव्धिहरुबाट मानिसमा आत्मसन्तुष्टी प्राप्त हुन्छ, उसको जीवनमा सकारात्मक परिवर्तनहरु आउन थाल्छन् जसले उसको जीवन सहज, सरल र सार्थक बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दछ र उ जीवनमा तनावमुक्त र व्यवस्थित जीवन जिउन सक्षम हुन्छ । सबैको हित हुने यस्ता सर्वकल्याणका कार्यहरुबाट अरुले स्वास्थ्य, सुख, खुशी, शान्ति, आनन्द हासिल गर्ने त छदैछ यसका अतिरिक्त यस्ता कर्महरुको नेतृत्व वहन गर्ने मानिसलाई पनि परमशान्ति तथा परमआनन्दको अनुभूति दिलाउछ किनकी जीवन र जगतलाई नजिकबाट जानेका महापुरुषहरुले भनेका छन्, “जीवनको वास्तविक आनन्द दिनुमा छ, निस्वार्थ सेवामा छ, निस्काम कर्ममा छ, परोकारमा छ, लिनुमा छैन ” त्यसैले यो वाक्यांश अत्यन्तै लोकप्रिय छ, "सेवा नै धर्म हो दान नै पुण्य हो " महर्षि व्यासले अठार पुराणहरुको रचना गरिसकेकपछि ती सबै शास्त्रहरुको अन्तिम सारको रुपमा धर्मको परिभाषा गर्नुभएको छ, “परोपकार पुण्याय पापाय परपिडनं ।” अर्थात अरु सुख दिनु पुण्य हो, अरुलाई दुःख दिनु पाप हो ।


अधिकांश सम्प्रदायमा आस्थाको केन्द्रविन्दुमा रहेको 'स्वर्ग र नर्क'को कुनै अर्को भूगोल तथा संसार छ कि छैन हामी कसैलाई थाहा छैन, मरेका मान्छे कोहीपनि फर्केर आएका छैनन् यो बताउन । पुण्य प्राप्त गर्नसके मृत्युपश्चात स्वर्गमा बास पाउने अपेक्षामा मानिस निस्वार्थ भावले अरुको भलाइकालागि सर्वकल्याण, सेवा, परोपकार तथा पुण्यका कामहरु गर्न उत्सुक हुन्छ र यीनै पुण्य कर्महरुका सकारात्मक प्रभावका कारण मानिस आफू मर्नुअघि नै सुख, खुशी, शान्ति, आनन्दले भरिएको तनावमुक्त स्वर्गीय  जीवन जीउन लालायित हुन्छ र प्राप्त गर्छ पनि । सेवा, सहयोग, दान जस्ता पुण्यका सकारात्मक कर्महरुले मानिसको शरीरमा उल्लेख्य सकारात्मक रासायनिक परिवर्तनहरु ल्याउछन् र यस्ता परिवर्तनहरुले उसको चित्त, भाव, मन, शरीर शुद्ध गर्दछन्, उ विस्तारै नकारात्मक विचार, भाव तथा तनावबाट वाहिर निस्कन्छ र सही ढंगले आफ्नो जीवन व्यवस्थापन गर्न सक्षम हुन्छ र जीउदै आफ्नो जीवनलाई बैकुण्ठ बनाउछ । बैकुण्ठ भनेको कुण्ठा अर्थात दुःख, तनाव, चिन्तारहित अवस्था हो, यो कुनै ब्रम्हाण्डको अलग भूगोल होइन भन्ने वुद्धत्व प्राप्त महापुरुषहरुको अनुभव, उपदेश तथा देशना रहदै आएको छ । 


(ख)जीवन व्यवस्थापन र आध्यात्मिक पक्ष

विश्व समाजमा भएको आधूनिक भौतिक विज्ञानको संरचनागत र विज्ञान प्रविधि तथा सूचना प्रविधिको उच्चतम विकासले मानिसहरुलाई सबै प्रकारका भौतिक सुख, सुविधा तथा सेवाहरु प्रदान गर्यो, वाहिरी जीवनशैलीमा आमुल परिवर्तन ल्यायो तर आन्तरीक जीवनमा खुशी, शान्ति, आनन्द प्रदान गर्न सकेन बरु उल्टो भएको खुशी, शान्ति, आनन्द पनि खोसेर लग्यो र मानिसको जीवन दिनपरदिन तनावग्रस्त बनाउदै लग्यो र लगिरहेकै छ । मानव समाजमा आमुल परिवर्तन ल्याउन योगदान पुर्याएका वुद्धत्व प्राप्त अध्यात्म साधक महापुरुषहरु(महाऋषि, ऋषि, योगी, सन्त, महात्मा)का अनुसार अध्यात्म विज्ञानसंग यस समस्याको उपचार विद्यमान रहेको छ । अध्यात्म विज्ञानका सतप्रतिशत वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुको अनुशरण गरेर सही ढंगले मानिसभित्रै सुषुप्त अवस्थामा रहेका उसका स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, प्रेमल, शान्त, आनन्दित रहनसक्ने क्षमताहरुलाई जगाएर, सक्रिय तथा सन्तुलित गरेर मानिसको तनावयुक्त जीवनलाई तनावरहित र व्यवस्थित बनाउन सकिन्छ । यसकालागि हरेक मानिसले आफ्नो दैनिक जीवनमा अध्यात्मको पंचामृत– (१)योगासन, (२)प्राणायाम, (३)ध्यान, (४)सतविचार, र (५)सतकर्मको सेवन तथा अनुशरण गर्नु अत्यावश्यक हुन्छ । मानिसले आफ्नो जीवनमा अध्यात्मको पंचामृत सेवन तथा अनुशरण उसको शरीरका चार आयाममा गर्नुपर्दछ– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनातमक शरीर, र (५)आत्मिक तथा चेतनात्मक शरीर । शरीरका चार आयामहरुमा मानिसले भौतिक तथा स्थुल शरीरबाट सुख तथा सुविधा; मानसिक शरीरबाट खुशी; भावनात्मक शरीरबाट शान्ति; र आत्मिक अर्थात चेतनात्मक शरीरबाट आनन्द प्राप्त गर्दछ । त्यस्तै अध्यात्मको पंचामृतहरुमा योगासनको सेवन तथा अनुशरण भौतिक शरीर तथा अंगहरुको स्वस्थताको लागि; प्राणायामको सेवन तथा अनुशरण शरीरका दृश्य तथा अदृश्य आन्तरीक अंगहरु र नश, नाडी, मन तथा श्वास–प्रश्वासको स्वस्थताको लागि; ध्यानको सेवन तथा अनुशरण मानसिक तथा भावनात्मक शान्ति र चेतननात्मक आनन्दको स्वस्थताका लागि; सतविचारको सेवन तथा अनुशरण नैतिकवान, अनुशासित जीवन, व्यवहार तथा आचरण शुद्धि तथा स्वस्थताका लागि; र सतकर्मको सेवन तथा अनुशरण सर्वकल्याण र मानवीय तथा प्रकृतिको भलाई, पुण्यकर्म तथा स्वस्थ समाज निर्माणका लागि गर्नुपर्दछ ।   


मानिसको शरीरका चारवटै आयामहरु सही, सक्रिय तथा सन्तुलित रहन अध्यात्मको पंचामृत सेवनका साथसाथ दैनिक जीवनयापनका त्रिदेव– आहार, विहार, व्यवहार(विचार)को सन्तुलनताको पनि अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ किनकी श्रद्धेय स्वामी विवेकानन्दले यस सन्दर्भमा भन्नुभएको छ, “मानिसको आहार, विहार र व्यवहार तथा विचार जस्तो प्रकारको हुन्छ उसको स्वास्थ्य, मनस्थिति, विचार, व्यवहार, कर्म, व्यवक्तित्व र भाग्य पनि त्यस्तै प्रकारको बन्दछ ।” यसप्रकार, मानिसको शरीरका चारवटै आयामहरुको शुद्धता तथा स्वस्थताको प्रभाव एकअर्को शरीरका आयामहरुमा प्रत्यक्ष रुपमा पर्ने गर्दछ भन्नुहुन्छ स्वमीज्यू । मानिसको शारीरिक शरीर स्वस्थ छ भने मानसिक शरीर पनि स्वस्थ हुन्छ; त्यस्तै मानसिक शरीर स्वस्थ छ भने भावनात्मक शरीर पनि स्वस्थ हुन्छ; र भावनात्मक शरीर स्वस्थ छ भने आत्मिक अर्थात चेतनात्मक शरीर पनि स्वस्थ हुन्छ । तसर्थ, यो स्पष्ट छ कि तनावबाट मुक्त रहन मानिसले आफ्ना आहार, विहार, व्यवहार तथा सोच, विचार, बोलिवचन, आचरण सही गर्नु महत्वपूर्ण तथा अनिवार्य हुन आउँछ । यसकालागि सर्वप्रथम आफू प्रेमपूर्ण, सेवा तथा सहयोग भावले भरिऔं; आफूसंग जे छ त्यसप्रति धन्यवाद भावले भरिऔं; आफ्नो नियन्त्रणमा जे छैन त्यसप्रति सन्तोष भावमा जीउन सिकौं; सबै प्रकारका मानवीय विकार, क्लेस तथा अवगुणहरु(काम, क्रोध, लोभ, मोह, इष्र्या, प्रमाद आदि) बाट वाहिर निस्कौं; सबैप्रति समान र सम्मान भावले भरिऔं तव तनाव स्वतः कम भएर जान्छ र जीवनमा स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द आफैं आउँछ । श्रद्धेय ओशोले भन्नु भएको छ, “मासिले कहिल्यै पनि अर्कोलाई बदल्न सक्दैन, आफूलाई मात्र बदल्न सक्छ । पहिला आफू सकारात्मक रुपमा बदलेर देखाउनु पर्दछ तव अरुले आफूबाट सिक्दछन् र विस्तारै परिवार, समाजमा तथा राष्ट्रमा बदलाव आउछ ।”


तनाव मानिसको अन्तःकरणमा जमेको फोहर हो

मानिसको बनावट मन, वुद्धि, चित्त, अहंकार (अन्तःकरण) को संयुक्त संयोजनबाट बनेको हुन्छ । अध्यात्म विज्ञानका अनुसार तनाव अन्तःकरणमा जमेर बसेको फोहोर हो । यो मानिसको शरीर, मन, भावना, चित्त तथा अहंकारमा टाँसिएर बसेको हुन्छ । शरीर, मन, भावना, चित्त तथा अहंकारलाई अध्यात्म विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुको सही ढंगले जीवनमा अनुशरण गरि तिनको व्यवहारिक अभ्यास तथा साधनाबाट सफा गरेपछि तनाव स्वतः आफैं जीवनबाट कम तथा व्यवस्थित हुदैजान्छ । प्राविधिक भाषामा भन्नुपर्दा मानिसलाई चलाउने तथा नियन्त्रण गर्ने मन, वुद्धि, चित्त, अहंकार हो, तसर्थ आफूलाई नियालौं, स्वाध्याय गरौं; आफैंसंग सम्वाद गरौं र आफैंलाई जानौं मेरो मन, वुद्धि, चित्त, अहंकार कस्तो छ किनकी मानिसले आफूलाई र संसारलाई यिनै तत्वहरुको माध्यमबाट हेर्ने, बुझ्ने, जान्ने र संसारप्रति त्यही अनुरुपको व्यवहार तथा आचरण प्रस्तुत गर्ने गर्दछ । मानिस जीवनमा सफल तथा असफल हुनमा सबैभन्दा बढि प्रभाव पार्ने तत्वहरु पनि यिनै हुन् ।


अध्यात्म साधना नै जीवन व्यवस्थापनको एकमात्र प्रभावकारी उपकारण हो

अध्यात्म विज्ञान र मनोविज्ञानका विषयहरुमा गहिराइमा विश्वमै अहिलेसम्मको खोज तथा अध्ययन, अनुसन्धाहरुदे उजागर गरेका तथ्यांकहरुका अनुसार, सहज ढंगले स्थाइ समाधान हुनेगरि मानिसलाई तनावबाट मुक्त गराएर उसको जीवन व्यवस्थित बनाउन सक्ने प्रभावकारी विधि तथा पद्धति अध्यात्म साधना(प्रमुख रुपमा– योगासन, प्राणायाम, ध्यान)मा मात्र भेटिएको छ । यस सन्दर्भमा आधूनिक मनोविज्ञानले पनि धेरै खोज, अध्ययन, अनुसन्धान त गरेको छ तर यसको परिणाम तथा उपलव्धि सोचे जस्तो सकारात्मक दिशामा अगाडि बढ्न सकेन जति अध्यात्म विज्ञान सफलतासाथ अगाडि बढेको देखिन्छ । तसर्थ, मानिसको तनावको समस्या तथा अवस्था र उसकालागि तनावको सही समाधान तथा उचित व्यवस्थापन गर्नसक्ने आवश्यकता अनुसारका अध्यात्म साधनाका उपयुक्त विधि तथा पद्धतिहरु(खासगरि अष्टांग योग– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि)को नियमित अभ्यास तथा साधना गर्नुपर्ने अध्यात्म साधनाका अनुभवीहरुको सल्लाह तथा सुझाव रहेको छ । 


तनाव मानिसको शरीरमा प्राय हात, गोडा, दाँत, बंगारा, आँखामा बस्दछ । अध्यात्म साधना तथा योग साधनाका महत्वपूर्ण विधि तथा योगासनका अभ्यासहरु गर्दा शरीर, हातगोडा बटार्ने, तन्काउने, तरंगीत गराउने, झट्काल्ने, दाँत तथा बंगारा किट्ने, आँखा ठूला–ठूला हेर्ने, आँखा तथा शिर चारैतिर घुमाउने अभ्यास गर्दा विस्तारै शरीरमा रहेको तनाव हटेर जान्छ । तनावरहित जीवन व्यवस्थापन गर्नकालागि योग साधनाको प्रत्यक्ष लाभ प्राप्त गर्न अनिवार्य रुपमा योगका विधि तथा पद्धतिहरुको निष्ठापूर्वक अभ्यास नै गर्नुपर्दछ । योग साधनाका सैद्धान्तिक वियषयहरु जानेर मात्र पुग्दैन किनकी सैद्धान्तिक विषयहरु वुद्धिको तहसम्म मात्र पुग्दछन् शरीर, मन, भावना, चित्तको तहसम्म पुग्न सक्दैन, केवल व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरु मात्र यी सबै तहहरुमा प्रत्यक्ष रुपमा पुग्न सक्दछन् । योग साधनाको अर्को महत्वपूर्ण विधि प्राणायामका अभ्यासहरुले शारीरिक तथा मानसिक शरीरका आन्तरीक अंगहरु, श्वास–प्रश्वास, नश, नाडी तथा मनमा सकारात्मक लाभ प्रदान गर्दछन् यी अंगहरुमा रहेको तनाव हटेर जान्छ । अनावश्यक रुपमा खेलिरहने अति विचार तथा अनियन्त्रित विचारहरुलाई नियन्त्रण गर्न मद्धत गर्दछ जसले यस्ता सोच तथा विचारहरुका कारण आउने तनावबाट बच्न र मन तथा भाव शान्त गर्न राहत प्रदान गर्दछ । त्यसैगरि योग साधनाको अर्को महत्वपूर्ण विधि ध्यानको अभ्यासबाट मानिसको भावनात्मक शरीर र आत्मिक अर्थात चेतनात्मक शरीरलाई शान्त तथा आनन्दित राख्न सहयोग मिल्दछ । योग साधनाले(खासगरि ध्यान साधनाले) मानिसलाई स्वस्थ रहन प्रत्यक्ष मद्धत गर्नुका साथसाथ आध्यात्मिक यात्रा अघि बढाउनमा पनि उल्लेख्य सहयोग गर्दछ । 


योग साधनाका विधि तथा पद्धतिहरु खासगरि योगासन, प्राणायाम र ध्यानका अभ्यासहरु २४ घण्टामा आफ्नो उपयुक्त समय तथा अवस्था हेरेर सकेसम्म विहान ब्रम्हमुहुर्तमा; नभए सुर्योदयपछि खालि पेटमा; यो समयमा पनि नभ्याए दिनभरिमा हलुका खाना(सात्विक) खाएको २ देखि ३ घण्टापछि तथा गरिष्ठ खाना(मांसाआहार, दुग्धआहार) खाएको ३ देखि ४ घण्टापछि खुकुलो पहिरन लगाएर गर्न सकिन्छ । यसकासाथै जतिबेला सम्झियो उतिनै बेला सम्झि-सम्झि सक्दो लामो समयसम्म मेरुदण्ड(कम्मर, ढाड, गर्धन, शिर) सिधा गर्ने; श्वास-प्रश्वासलाई लामो र गहिरो बनाउने; शुरुशुरुमा अंक गनेर १, २, ३, ४ गन्तीसम्म श्वास भित्र तान्ने, एकछिन रोक्ने(अन्तर कुम्भक) र १, २, ३, ४, ५, ६ गन्तीसम्म प्रश्वास वाहिर फाल्ने, वाहिर एकछिन रोक्ने(वहिर कुम्भक) र यही प्रकृया जतिसक्दो लामो समयसम्म दोहोर्याएर गरिरहदा तनावबाट छिट्टै राहत मिल्दछ । मेरुदण्ड सिधा गर्दा र श्वास–प्रश्वासलाई लामो र गहिरो गतिमा चलाउदा अनावश्यक तथा अनियन्त्रित विचारहरुबाट मुक्ति मिल्छ; शरीरमा खुशीका रसायनहरु(ह्यापि हर्मोन्स)को उत्पादन बढ्न थाल्छ र तनावका रसायनहरु(स्ट्रेस हर्मोन्स)को उत्पादन घट्न थाल्छ; विस्तारै खुशी तथा रमाइलो बढ्दै जान्छ; मन, भाव, चित्त रमाउन थाल्छ; शरीर उर्जावान बन्छ र तनावबाट मुक्ति मिल्छ । योग साधनाले मानिसको तनोबल, मनोबल, भावबल, आत्मबल अर्थात चेतनाको बल बढाउछ । सनातन अध्यात्मका अनुसार मानिसको शरीरको बल अर्थात तनोबल भन्दा कयौं गुणा बढि शक्तिशाली मनोबल हुन्छ, मनोबल भन्दा सयौं गुणा बढि शक्तिशाली भावबल हुन्छ र भावबल भन्दा हजारौं गुणा बढि शक्तिशाली आत्मबल अर्थात चेतनाको बल हुन्छ । यसप्रकार अध्यात्म साधनाको माध्यमबाट शरीरका चारवटै आयामहरुमा सकारात्म लाभ प्राप्त हुने हुनाले मानिस सहजै आफ्नो तनावरहित जीवन व्यवस्थापन गर्न सक्षम हुन्छ ।


अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानको वास्तविकता

अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानको तनावरहित जीवन व्यवस्थापनसंग सम्वन्धित काम गर्ने ढाँचामा उल्लेख्य फरक रहेको देख्न सकिन्छ । अध्यात्म विज्ञानले सबै मानिसको मनोविज्ञान तथा चेतनाको उच्चता, श्रेष्ठता(सुपर कन्सीवसनेस) तथा चेतनाको स्तर माथि उठाउनेतिर प्राथमिकता प्रदान गर्दछ तथा यसप्रकारको साधनामा जोडदिन्छ । तर आधूनिक मनोविज्ञानले केवल मानसिक रुपले अस्वस्थ मानिसहरुको तल झरेको चेतनाको स्तरकोबारेमा मात्र विस्तृत अध्ययन गर्दछ र कतिपय अवस्थामा चेतनाको स्तर घटेका मनोरोगीहरुको संगत गर्दागर्दै तथा उनीहरुको खस्केको उर्जाको तरंगहरुको सम्पर्कमा आइरहदा आफ्नै चेतनाको स्तर घट्नगई प्रकारान्तरमा सल्लाहकार(काउन्सिलर), मनोविज्ञ तथा मनोचिकित्सक आफैं मनोरोगको शिकार भएका कयौं तथ्यगत उदाहरणहरु हाम्रा समक्ष पर्याप्त छन् । पछिल्लो तथ्यांकले देखाए अनुसार, यहीकारणले गर्दा १० प्रतिशत भन्दा बढि मनोविज्ञहरु स्वयंले आत्महत्या गर्ने गरेका तथ्यांकहरु समेत उजागार भएका छन् । तर अध्यात्म विज्ञानका शतप्रतिशत वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरुको साधना तथा अभ्यास गर्दा कसैको पनि उर्जा तथा चेतनाको स्तर घट्ने गुन्जायस हुदैन, साधनारत सबैको उर्जाको स्तर निरन्तर माथितिर नै बढिरहन्छ र सबैलाई सकारात्मक लाभ हुदै जान्छ । समग्रमा भन्नुपर्दा अध्यात्म विज्ञानले उर्जा तथा चेतनाको उच्चताको अध्ययन, साधना तथा अभ्यास गर्दछ भने आधूनिक मनोविज्ञानले उर्जा तथा चेतनाको निचताको अध्ययन तथा अभ्यास गर्दछ । आकर्षणको प्राकृतिक  नियम तथा सिद्धान्त अनुसार निच अवस्थामा रहेको उर्जा तथा चेतनाको सेरोफेरोमा त्यस्तै प्रकारका निच उर्जा तथा चेतनाका तरंगहरु नै आकर्षित हुने भएकाले र तिनले उर्जा तथा चेतनाको स्तर अझ घटाइदिने हुनाले आधूनिक मनोविज्ञानले गर्ने तनावरहित जीवन व्यवस्थापनका विधि तथा पद्धतिहरु अध्यात्म विज्ञानको तुलनामा कमजोर सावित भएका हुन र तिनले चाहे अनुसारको सकारात्मक परिणाम तथा उपलव्धि दिन नसकेका हुन् । तसर्थ तनावरहित जीवन व्यवस्थापनका लागि अध्यात्म विज्ञान जत्तिको सर्वोत्कृष्ट साधना पद्धति अर्को कुनैपनि छैन र यो सत्य पटक–पटक विभिन्न प्रकारले प्रमाणित भैसकेको वैज्ञानिक तथा प्रामाणिक तथ्य हो । bsirjana@gmail.com


छिट्टै

(ग)जीवन व्यवस्थापन र आधूनिक मनोविज्ञान पक्ष



No comments:

Post a Comment