डा. सिर्जना भण्डारी
विषय प्रवेश
आजभोलि यूवाहरुको बोलीमा फेसन जस्तै सुनिन थालिएको छ, म धार्मिक होइन, आध्यात्मिक हुँ तर उनीहरुले अध्यात्म र धर्मको अन्तर्यलाई राम्ररी बुझेका
छैनन् कि धार्मिकता र आध्यात्मिकताविच नंग र मासुको सम्वन्ध रहेको छ, एकै सिक्काका दुई पाटा हुन्, यिनलाई एकअर्कोबाट अलग्याएर कुनै प्रकारको
साधना सोचे अनुरुप पूरा गर्न र त्यसबाट लाभ लिन सकिदैन । उनीहरु आध्यात्मिक हुँ
भन्नलाई शान, मान र इज्ययत ठान्दछन् तर
धार्मिक हुँ भन्नलाई लज्जा र हिनतावोध ठान्दछन् । उनीहरुको मानसिकतामा यस्तो भयावह
अवस्था किन आयो र यूवाहरु धर्म जस्तो निष्ठा, नैतिकता, कर्तव्यपरायणता,
जिम्मेदारी तथा उत्तरदयित्व वोध गराउने
जीवनउपयोगि र अत्यन्त महत्वपूर्ण विषयबाट किन क्रमशः टाढिदै गएका छन ? अत्यन्त गहन तथा पेचिलो सवाल हो यो आजको
परिस्थितिमा । यूवाहरुमा अध्यात्म तथा धर्म दर्शनको अज्ञानता तथा अपर्याप्त
ज्ञानकाकारण यस्तो अवस्था आएको हो । पूर्वीय अध्यात्म तथा धर्म दर्शनको सन्दर्भमा
आवश्यक ज्ञान हासिल गर्न सक्ने प्रभावकारी र भरपर्दिला पर्याप्त श्रोतहरुको अभावमा
यूवाहरु चाहेर पनि यस सम्वन्धमा ज्ञान प्राप्त गर्न सकिरहेका छैनन् । अझ त्यसमाथि
यस विषयमा दिनप्रतिदिन दिगभ्रमित गराइने गतिविधिहरुले निरन्तरता पाइरहेकाकारण
उनीहरु अध्यात्म विज्ञानको अत्यन्तै महत्वपूर्ण अन्तरंग अंग तथा विषय धर्म तथा
धार्मिकताबाट टाढिदै गैरहेका छन् । धर्मको गलत परिभाषा गरेर यसलाई सम्प्रदाय र
सम्प्रदायका संस्कृतिहरुसंग जोडिएको र विस्तारै संस्कृतिमा प्रसस्त अवज्ञैज्ञानिक,
कुनै अर्थ र तुक, प्रमाण तथा तर्क नभएका अप्रमाणिक, र असान्दर्भिक कुसंस्कृतिहरु व्यवहारीक अभ्यासमा आउन
थालेकाकारण यूवाहरु सकल सनातन अध्यात्म र धर्म विज्ञानप्रति नै अलमलको अवस्थामा
छन् । यस सन्दर्भमा उनीहरु अध्ययनकालागि के–कस्ता सन्दर्भ सामग्रीहरु खोज्ने,
के पढ्ने, कति पढ्ने, कसरी पढ्ने,
कोसंग मद्धत लिने भन्ने समेत छुट्याउन नसक्ने
अवस्थामा छन् । अव हाम्रो दायित्व बनेको छ हाम्रा नवपुस्ता– बालबालिका, किशोरकिशोरी र यूवायूवतीहरुलाई सनातन अध्यात्म
र धर्मको ज्ञान सिकाउने । पूर्वीय सनातन दर्शनका अनुसार के हो त वास्तविक अर्थ तथा
परिभाषा अध्यात्म विज्ञान र धर्म विज्ञानको ?
अध्यात्म विज्ञान र धर्म विज्ञानविचको अन्तरसम्वन्ध
जनबोलीको भाषामा बुझ्दा, अध्यात्म विज्ञान
छाता हो भने धर्म विज्ञान छाताको करगं हो अर्थात अध्यात्म विज्ञानको एउटा अंश हो
धर्म विज्ञान । अत्याधूनिक भौतिक विज्ञान(क्वान्टम साइन्स)को भाषामा बुझ्दा,
अध्यात्म विज्ञान बहुउपयोगी अत्यन्त शक्तिशाली
उर्जा युरेनियम हो, यसबाट
बिजुली(नैतिकता, सर्वकल्याण)
बनाउनेकि अणुबम(अनैतिकता, सर्वनाश) बनाउने
त्यो धर्म विज्ञान हो । पराभौतिक विज्ञान(मेटाफिजिक्स)को भाषामा बुझ्दा अध्यात्म
विज्ञान आफूभित्रको अन्तरयात्रा हो, अन्तर यात्राको माध्यमबाट आफूलाई बुझेर आत्मज्ञान हुदै ब्रम्हज्ञानसम्म पुग्ने
माध्यम हो भने धर्म विज्ञान अन्तरयात्रामा हिंड्न सहजता प्रदान गर्ने निष्ठा,
नैतिकता, कर्तव्यपरायणता, जिम्मेदारी उत्तरदायित्वको बोध हो । धर्म विज्ञान आम चलनचल्तीमा बुझ्ने तथा
बुझाउने गरिएको जस्तो सम्प्रदायका परम्परा, कला–सांस्कृति तथा संस्कारका मूल्यमान्यताहरुको व्यवहारीक
अनुशरण गर्नु होइन, यसो गर्नु
साम्प्रदायिकता हो । व्यवहारीक तवरले बुझ्दा, अध्यात्म विज्ञान परमात्माको क्षेत्रमा पुर्याउने मूल
राजमार्ग हो भने धर्म विज्ञान मूल राजमार्गसम्म पुर्याउने सहायक मार्ग हो ।
अध्यात्म विज्ञान र धर्म विज्ञान फरक–फरक विषय हुन् तर एकअर्कासंग अन्तर–सम्वन्धित
छन्, एकले अर्कोका गुणहरु
हासिल गर्न मद्धत गर्दछन् किनकी केही हदसम्म यी दुइ विषयविच समानताहरु पनि रहेका
छन् । मानिस धर्मको अनुशरण गरेर धार्मिक हुदै आध्यात्मिक बन्दछ र मोक्ष प्राप्त
गरि अन्ततः सदाकालागि परमात्मामा स्थित हुन
पुग्दछ । तसर्थ पुर्णताले भरिएको जीवन जीउनकालागि मानिसले सर्वप्रथम धर्म
विज्ञानले सिकाएका धार्मिक तथा नैतिक मूल्यमान्यताहरुलाई व्यवहारमा निष्ठापूर्वक
अनुशरण गर्दै धार्मिक तथा नैतिकवान बन्नु पर्दछ र अरुलाई तथा जगतलाई राम्ररी
बुझ्नु पर्दछ र यसपछि आफू र जीवनका आयामहरुलाई बुझेर आध्यत्मिक बन्नु पर्दछ र
अन्त्यमा मोक्ष प्राप्त गरि जन्म–मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्ति
हासिल गर्नु पर्दछ । अध्यात्म र धर्म दुवैको अन्तिम लक्ष्य मोक्षको प्राप्ति हो ।
अध्यात्म विज्ञानबारे संक्षिप्त ज्ञान
आफूभित्रको अन्तरयात्रा गरि आफैंले आफूलाई चिन्न तथा जान्न गरिने प्रक्रिया
तथा विधिहरु अध्यात्म विज्ञानका विषय हुन् । यस अर्थमा अध्यात्म आफैंभित्र निरन्तर
गरिने अन्तरयात्राको विज्ञान हो । अध्यात्म साधनाका प्रमुख दुई उदेश्य रहेका छन्–
(१) सामान्य उद्देश्य, र (२) विशिष्ट
उद्देश्य । सामान्य उद्देश्य हासिल गर्न मानिस अध्यात्म विज्ञान अन्तर्गतका योग
विज्ञान र ध्यान विज्ञानका सामान्य साधना विधिहरुको अनुशरण गरेर आफैंभित्रको
यात्रा गरि आफूभित्र स्थित आफ्ना क्षमता, प्रतिभा, सिर्जनशीलता, योग्यता, सकारात्मक गुणहरु आदि जागरण गरि जीवनमा पंचप्रगति–
स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, अध्यात्म(शान्ति)
हासिल गरेर सहज तथा सफल जीवन जीउने प्रयास गर्दछ । विशिष्ट उदेश्य हासिल गर्न
मानिस अध्यात्म विज्ञान अन्तर्गत योग विज्ञान र ध्यान विज्ञानका विशेष तथा विशिष्ट
साधना विधिहरुको निष्ठापूर्वक अनुशरण गरेर आफूभित्रको यात्रा गरि ध्यानस्त,
समाधिस्त हुदै आत्मज्ञान र ब्रह्मज्ञान हासिल
गरि सदाकालागि परमात्मा योग हुने प्रयास गर्दछ । व्यवहारीक प्रयोगका आधारमा
अध्यात्म विज्ञानको साधना गर्ने सात प्रकारका प्रमुख योगहरु रहेका छन्– (१)कर्म
योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग,
र (७)सांख्य योग । त्यसैगरि तीन प्रकारका
प्रमुख मार्गहरु छन्– (१)कर्म मार्ग, (२)भक्ति मार्ग, र (३)ज्ञान मार्ग
। मानिसले आफ्नो प्रकृति, रुची तथा सहजता
अनुसार योग तथा मार्गको चयन गरि अध्यात्म विज्ञानको सामान्य तथा विशिष्ट साधना गरि
आफूले चाहेको लक्ष्य हासिल गर्न सक्दछ ।
पूर्वीय अध्यात्म दर्शन तथा विज्ञान एक विराट विद्या हो, यस अन्तर्गत मावन जीवनसंग सम्वन्धित सम्पूर्ण
गतिविधिहरु समेटीएका छन् । तसर्थ अध्यात्म दर्शन मानिसलाई पूर्णताले भरिएको जीवन
जीउन सिकाउने कला पनि हो । धर्म, कला–संस्कृति,
चिकित्सा, प्रकृति, जीव, जगत, समाज, राजनीति, कुटनीति, अर्थशास्त्र, नीतिशास्त्र, पाकशास्त्र,
युद्धनीति आदि अध्यात्म दर्शनका प्रमुख विषयहरु
हुन् । मानिसले आफ्नो जीवनकालमा नगरी नहुने अति महत्वपूर्ण तथा अनिवार्य कर्महरुका
आधारमा अध्यात्मलाई मोटामोटी रुपमा चार आयाममा विभाजन गरिएको छ जसलाई मानिसका चार
पुरुषार्थका रुपमा सम्वोधन गर्ने गरिन्छ– (१)धर्म(नैतिकवान बन), (२)अर्थ(समृद्ध, बन), (३)काम(निस्काम
सदकर्म गर) र (४) मोक्ष(परमात्मामा योग हौ) । यसको सरल अर्थ, मानिसको अन्तिम लक्ष्य मोक्षको प्राप्ति गर्नु
हो तसर्थ धर्मको पालना गर्दै नैतिकवान भएर धन कमाउ र समृद्ध बन, कर्मनिष्ठ बनेर निस्काम सदकर्म गर र मोक्षमा
प्राप्त होउ ।
धर्म र सम्प्रदायबारे संक्षिप्त ज्ञान
धर्म संस्कृत भाषाको शव्द हो, संस्कृत
वाङमय(शव्द भण्डार)मा जम्मा एक लाख शव्दहरु छन् र अंगे्रजी वाङमयमा दश लाख शव्दहरु
छन् तर विडम्वना धर्म शव्दको हुबहु अर्थ लाग्ने तथा अंग्रेजीमा सहि रुपान्तरण गर्न
सक्ने शव्द भेटिएको छैन । अंग्रेजीमा धर्म शव्दकोलागि रिलिजन शव्दको प्रयोग गरिन्छ,
रिलिजनको अर्थ सम्प्रदाय हो । हिन्दु, वौद्ध, जैन, शिख, ज्युस, इशाइ, इस्लाम आदि विश्व बढि
प्रचलनमा रहेका प्रमुख सम्प्रदाय तथा धर्मका दर्शनहरु हुन् । पूर्वीय अध्यात्म
दर्शनले पनि सनातन धर्मलाई धर्मको रुपमा र हिन्दु, वौद्ध, जैन, शिख, ज्युस, इशाइ, इस्लामलाई सम्प्रदाय तथा मतको रुपमा परिभाषित
गरेको छ । तसर्थ अव हामी धर्म र सम्प्रदायको दोहोरो प्रयोग गर्नबाट सच्चिनु आवश्यक
छ । हामी जेलाई धर्म तथा धार्मिक मान्दै आइरहेका छौं वास्तविकतामा त्यो सम्प्रदाय
हो । सम्प्रदायलाई सम्प्रदायकै रुपमा बुझौं र धर्मलाई धर्मको रुपमा बुझौं । धर्मको
सहि अर्थ तथा परिभाषा निष्ठा, नैतिकता, कर्तव्यपरायणता, जिम्मेदारी, उत्तरदायित्व वोध
गर्नु हो । जो मानिस निष्ठापूर्वक यी विषयहरुको अनुशरण गर्दछ उ धार्मिक मानिस हो ।
सम्प्रदायको सहि अर्थ तथा परिभाषा कला–संस्कृति, परम्परा, संस्कार, चालचलन, रीतिरिवाज, चाडपर्व, रहनसहनहरुको अनुशरण हो । जसले परम्परा तथा
रीतिरीवाजलाई मानेर वैज्ञानिकता तथा तार्किकताका आधारमा यी विषयहरुको अनुशरण गर्दछ
उ साम्प्रदायिक हो । आजभोलि केही सम्प्रदायहरुको अनावश्यक कट्टरताकाकारण
साम्प्रदायिक बन्नु भन्ने अर्थ अलि नकारात्मक जस्तो सुनिन्छ तर यो शव्द अत्यन्त
सकारात्मक हो, जसले निष्ठा तथा
प्रेमपूर्वक आफ्नो कला–संस्कृति मान्दछ उ साम्प्रादयिक, सांस्कृतिक, संस्कारीक
व्यक्ति हो । निष्ठावान तथा नैतिकवान साम्प्रदायिक, सांस्कृतिक मानिस धार्मिक हुन सक्छ ।
विश्वमा वर्तमान समयमा जे–जति सम्प्रदायहरु छन् ती सबैको मूल उदगम सनातन
धर्मलाई नै मान्ने गरिन्छ । सनातन भन्नाले प्राकृतिक रुपमा भएको स्वतःस्फुर्त
विकाक्रम भन्ने बुझिन्छ जुन कुनै व्यक्ति तथा समुहले शुरुआत गरेको नभइ तत्कालीन
परिस्थिति र आवश्यकता अनुसार आफैं निर्मित तथा विकास हुदै आएको प्रकृतिको
प्राकृतिक नियम हो । समय र मानव सभ्यताको विकासक्रममा विश्वमा मोटामाटी रुपमा
सम्प्रदायका दुइ प्रमुख धारहरु देखिदै आएका छन्– (१)सनातन तथा पूर्वीय सम्प्रदाय
अर्थात ॐकार परिवार र (२)अब्राहमिक अर्थात पश्चिमी सम्प्रदाय । यद्धपि अब्राहमिक
सम्प्रदायलाई ॐकारको उपासक नमानिएको भएपनि विश्वका सबै सम्प्रदायहरुले विभिन्न नाम,
आकृति, शव्द तथा ध्वनिहरुको माध्यमबाट एक मात्र परमसत्य, सर्वव्यपक, सर्वशक्तिमान
इश्वरको स्वरुप मानेर ॐकारको पूजा, पार्थना, आराधना गर्ने गर्दछन् । सनातन सम्प्रदाय
अन्तर्गत मोटामोटी चारवटा शाखाहरु रहेका छन, सबैभन्दा पूरानोदेखि क्रमशः– (१)हिन्दु(सनातन अर्थात
प्राकृतिक, यद्धपि हिन्दु शव्दको
उत्पत्ति ५५०० वर्षअघि भएको मानिन्छ), (२)बौद्ध(२५०० वर्षअघि), (३)जैन(२५००
वर्षअघि) र (४)सिख(५०० वर्षअघि) । अब्राहमिक सम्प्रदाय अन्तर्गत मोटामोटी तीनवटा
शाखा रहेका छन, सबैभन्दा
पूरानोदेखि क्रमशः– (१)ज्यूस(३५०० वर्षअघि), (२)इसाइ(२००० वर्षअघि) र (३)इस्लाम(१३०० वर्षअघि) ।
आध्यात्मिकताको पृष्ठभूमि
आध्यात्मिक हुनुको तात्पर्य विभिन्न साधना विधिहरुको माध्यमबाट आफूभित्रको
अन्तरयात्रा गरि आफ्ना क्षमताहरु जगाएर आफू अर्थात वास्तविक म अर्थात स्व अर्थात
आत्मा अर्थात चेतनालाई जान्नु र आफ्नो आत्मा अर्थात चेतनालाई सर्वशक्तिमान आत्मा
(हायरसेल्फ अर्थात दि गड) अर्थात परमात्मासंग अर्थात ब्राम्ही चेतना अर्थात
विशिष्ठ चेतना अर्थात विश्व चेतना (सुपर इन्टेलीजेन्स अर्थात सुपर कन्सिवसनेस
अर्थात ओम्निप्रिजेन्ट, अलमाइटी दि गड)
संग योग गराएर अर्थात जोडेर परमशान्ति तथा परमआनन्दमा स्थित हुनु हो । सांस्कृतिक
तथा साम्प्रदायिक हुनुको तात्पर्य आम बुझाइ, सिकाइ तथा व्यवहारमा रहदै आएका, आ–आफ्ना सम्प्रदाय अर्थात समुदायमा परम्परागत रुपमा मान्दै
तथा मनाइदै आइएका कला–संस्कृति, संस्कार, चाडपर्व, रीतिरिवाज तथा प्रचलनहरुलाई विगतदेखि मान्दै अर्थात मनाउदै
आए अनुसार जस्ताको तस्तै तथा आवश्यकता अनुसार वैज्ञानिकता तथा तार्किकताको कसीमा
फेरवदल तथा सूधार गरेर निरन्तरता दिनु हो । आम बुझाइमा यही अवस्थालाई धार्मिक हुनु
भन्ने गरिन्छ तर वास्तविकतामा यो अवस्था धार्मिक हुनु नभइ साम्प्रदायिक(सकारात्मक
अर्थमा, आजभोलि कट्टरताका कारण
साम्प्रदायिकतालाई नकारात्मक अर्थमा पनि लिने गरिएकोछ), सांस्कृतिक तथा संस्कारीक हुनु हो ।
सनातन धर्मका अनुसार धर्म तथा धार्मिकताको अर्थ, तात्पर्य र परिभाषा अलग किसिमले गरिएको छ । धर्म तथा
धार्मिकताको सही अर्थ तथा तात्पर्य निष्ठा, नैतिकता, कर्तव्यपरायणता,
जिम्मेदारी, उत्तरदयित्व वोध हुनु तथा गराउनु हो । धर्मको अध्यात्मसंग
प्रत्यक्ष सम्वन्ध रहेको छ र सम्प्रदाय, कला–संस्कृति, संस्कार, चाडपर्व, रीतिरिवाज तथा प्रचलनसंग धर्म र अध्यात्म विज्ञान दुवैको
प्रत्यक्ष तथा अप्रत्यक्ष दुवै किसिमको सम्वन्ध रहदै आएको छ । समग्रमा अध्यात्म,
धर्म, सम्प्रदाय, कला–संस्कृति
संस्कार यी सबैको एकमात्र अन्तिम र साझा उद्देश्य विविध प्रकारका साधना विधिहरुको
व्यवहारीक प्रयोग तथा अभ्यासको माध्यमबाट मानिसमा वाहिय र आन्तरीक सकारात्मक
परिवर्तनहरु ल्याएर उसको जीवनबाट सदाकालागि सबै दुःखहरुको निवृत्ति र परमआनन्दको
प्राप्ति गराउनु हो । मानिसको जीवनबाट सदाकालागि सबै दुःखहरुको निवृत्ति र
परमआनन्दको प्राप्ति तव हुन्छ जव उसले आफ्नो जीवनमा पंचप्रगति– स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा,
अध्यात्म(शान्ति) हासिल गर्दछ जुन केवल
अध्यात्म तथा धर्म विज्ञानको साधनाबाट मात्र सम्भव छ ।
ब्रमहाण्ड, प्रकृति तथा मानव
सभ्यताको विकासक्रममा अध्यात्म सबैभन्दा प्राचीन र सनातन विज्ञान हो । सनातनको
अर्थ हुन्छ अविरल चलिरहने प्राकृतिक विकासक्रम अर्थात कोही व्यक्ति तथा समुहले
शुरुआत गरेको नभइ तत्कालीन आवश्यकता र परिस्थिति अनुसार समयक्रमसंगै आफैं
विस्तार–विस्तार विकास हुदै आएको सभ्यता तथा जनजीवनका ज्ञान, कला, संस्कार, संस्कृति, जीवनशैली आदि हो जो निरन्तर अगाडि बढिरहेको छ
ब्रम्हाण्डको उत्पत्ति(विगव्यांग) भएको समय झण्डै १४ अरव वर्षदेखि हालसम्म । आजको
मानव अर्थात हाम्रो पुर्खा होमोसेपियन्स प्रजाति यस धर्तीमा आएको ७० हजार वर्षदेखि
एकलाख वर्ष मात्र भएकोछ तर अध्यात्म ब्रम्हाण्डको उत्पत्तिकालदेखिनै अस्तित्वमा
रहदै आएको छ । हाम्रो पुर्खा होमोसेपियन्स प्रजातिको उत्पत्तिपछि लामो
प्रक्रियाहरु पार गर्दै मानव सभ्यताको विकासक्रम आजको यो अवस्था २१ औं शताव्दीसम्म
आइपुगेको छ । विकासवादको प्रक्रिया निरन्तर अगाडि बढिरहन्छ, यो कहिल्यै पछाडि नफर्कने तथा पुनः नदोहोरीने अविरल
प्रक्रिया हो । अध्यात्म सनातन भएकोले यो एक विराट विद्याको विज्ञान हो, तसर्थ यसका विविध आयामहरु छन् । सबैले बुझ्ने
भाषामा भन्नुपर्दा अध्यात्म छाता हो र अरु सबै विषय, विद्या, विज्ञान, शास्त्र, प्रकृति, प्राणी, मानिस, वनस्पतिहरु यसका अंग तथा करंगहरु हुन् । अध्यात्मको विराटता बुझ्नकालागि
हामीले पुरै प्रकृति, प्रकृतिका
आयामहरु र पकृतिका सबै नियमहरु बुझ्नुपर्ने हुन्छ जो सबैकालागि सहज र सम्भवको विषय
होइन ।
प्रकृति भनेको कुनै विशेष वस्तु तथा निश्चित विषय होइन पूरै ब्रम्हाण्ड तथा
अस्तित्व(विराट ब्रम्हाण्डिय चेतना)को विराटता प्रकृति हो, यस अर्थमा प्रकृति नै अध्यात्म हो र अध्यात्म नै प्रकृति हो
जस अन्तर्गत मानिस, प्राणी, जीव, वनस्पति, वस्तु, पदार्थ, ग्रह, नक्षेत्र,
तारा, यी सबैको उर्जा, जीवनचक्र आदि र
जीवनचक्र अन्तर्गत यिनको जन्म, मृत्यु, कर्म, व्यवहार, स्वास्थ्य, प्रयोग, उपयोग, उपयोगीता आदि
पर्दछन् । यी सबै कुराको सुक्ष्म रुपमा अध्ययन गर्ने विद्या हो अध्यात्म विज्ञान,
त्यसैले अध्यात्म विराट विज्ञान हो । यी सबै
विषय तथा आयामहरुसंग अध्यात्म विज्ञानको अत्यन्तै निकटतम र अन्योन्यास्रित
अन्तरसम्वन्ध रहेको हुन्छ किनकी यी सबैको मूल तथा जननी अध्यात्म नै हो । अध्यात्म
विज्ञानका विविध आयामहरु मध्य धर्म, कला–संस्कृति, संस्कार मानिसको
जीवशैलीसंग सम्वन्धित एउटा महत्वपूर्ण आयाम तथा अपरिहार्य पाटो हो । यस अर्थमा
बिना कुनै दुविधा हामी बन्नु पर्ने तथा हुनु पर्ने आध्यात्मिक नै हो यदि हामी
पुर्णताले भरिएको जीवन जीउन चाहान्छौं भने किनकी आध्यात्मिकतासंगै अरु सबै आयाम
तथा विषयहरु स्वतःस्फुर्त जोडिएर आउँछन् हाम्रो जीवनमा र हाम्रो जीवनलाई पूर्णता
प्रदान गर्दछन् । कसरी आध्यात्मिक हुने भन्ने सन्दर्भमा, पहिला हामीले अध्यात्मबारे फैलाइएका गलत बुझाइ र भ्रमहरुलाई
चिर्दै अध्यात्म विज्ञानको मूल मर्म बुझेर वुद्धिमत्तापूर्वक समयक्रमसंगै आएका तथा
अध्यात्मउपर थोपरिएका नकारात्मकताहरुलाई पन्साउदै, चिर्दै यसको सकारात्मता, वैज्ञानिकता तथा प्रामाणिकतालाई अनुशरण गर्दै जानु
अपरिहार्य हुन्छ । दोस्रो सन्दर्भ,
आध्यात्मिक हुनु भनेको के
हो, आध्यात्मिक कसरी हुने,
आध्यात्मिक हुने प्रक्रियाहरु के–कस्ता हुन्छन्,
आध्यात्मिक किन हुने, कस्तो मानिसलाई आध्यात्मिक भनिन्छ, आध्यात्मिकताका गुण तथा विशेषताहरु केके हुन् आदिबारे ज्ञान
हासिल गर्ने र बुझ्नु आवश्यक हुन्छ ।
यो आलेखको प्रमुख विषय तथा सवाल हो, मानिस आध्यात्मिक बन्ने कि धार्मिक बन्ने । अध्यात्म विज्ञान समष्टि हो र धर्म,
कला–संस्कृति, संस्कार आदि अध्यात्म विज्ञान अन्तर्गत पर्ने व्यस्टि
विषयहरु हुन् र यी अध्यात्मको मूलसम्म पुर्याउने महत्वपूर्ण माध्यम तथा मार्गहरु
हुन् । धर्म, कला–संस्कृति, संस्कारको वैज्ञानिकतालाई बुझेर निष्ठापूर्वक
तिनलाई हाम्रो नियमित व्यवहारमा जति उतार्न सक्छौं हामी उतिनै आध्यात्मिक हुदै
जान्छौं । वर्तमान समयमा अध्यात्मको दायरा अझ फराकिलो हुदै गैरहेको छ, नयाँ–नयाँ विषय, विद्या तथा विज्ञानहरुको प्रादुर्भाव भैरहेको छ र संगसंगै
यसलाई व्यवस्थापन गर्ने विभिन्न व्यवस्थापनका नयाँ–नयाँ विधि तथा प्रक्रियाहरु पनि
अपनाउदै आइएको छ र मानिसलाई पूर्णताले भरिएको जीवन जीउने कला सिकाउदै आइएको छ ।
उदाहरणकोलागि, मोटामोटी रुपमा
अध्यात्म तथा प्रकृतिका सम्पूर्ण विषयहरु समेट्ने उद्देश्यकासाथ यी विषयहरुमा
निरन्तर अध्ययन अध्यापन, नयाँ–नयाँ
वैज्ञानिक खोज तथा अनुसन्धान चलिरहोस र मानव सभ्यताको विकासक्रमको प्रक्रिया सहज
ढंगबाट अगाडि बढिरहोस भनेर मानिसको नियमित जीवनसंग प्रत्यक्ष सरोकार राख्ने प्रमुख
छवटा विषयहरु– जीव शास्त्र, भौतिक शास्त्र,
रसायन शास्त्र, साहित्य, शान्ति र
अर्थशास्त्रमा विश्वव्यापि रुपमा विश्वकै सबैभन्दा सम्मानित नोवेल पुस्कार प्रदान
गर्ने गरिन्छ । तसर्थ यी सबै विषयहरुलाई समेटेर मानव सध्यताको विकासक्रमलाई
निरन्तर अगाडि बढाउन सहायक समष्टीमा ज्ञान प्रदान गर्ने एकमात्र महाविज्ञान
अध्यात्म विज्ञानको अनुशरण गरि आध्यात्मिक बनेर सबैको सेवा गरी आफ्नो मानवीय धर्म
निभाउन हरेक मानिस आध्यात्मिक बन्नु पर्दछ ।
आध्यात्मिकताको अर्थ तथा परिभाषा
अध्यात्म विराट बहुआयामिक वियषहरुको विज्ञान भएकोले यसबारे सबै कुरा सबैलाई
निश्चित समयभित्र बुझाउन त्यति सहज र सरल हुदैन । संसारमा जे–जति विषय तथा
विज्ञानहरु छन् ती सबै अध्यात्म विज्ञानका शाखा हुन् र सबै शाखाहरुको उदेश्य
मनिसलाई पूर्ण जीवन जीउने कला सिकाउनु नै रहदै आएको छ । बिना अध्यात्म साधना
मानिसको जीवनमा पंचप्रगति– स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, अध्यात्म(शान्ति) हासिल हुन सक्दैन । जसको जीवनमा पंचप्रगति
हासिल भएको छ उ नै पूर्णताले भरिएको पूर्ण मानिस(मानव) तथा आध्यात्मिक मानिस बन्न
सक्छ । आध्यात्मिक मानिस स्वतः धार्मिक, साम्प्रदायिक, सांस्कृतिक तथा
संस्कारिक हुन्छ तर धार्मिक, साम्प्रदायिक,
सांस्कृतिक र संस्कारिक हुदैमा मानिस
आध्यात्मिक हुन्छ नै भन्ने छैन तसर्थ जीवनको पूर्ण विकासकालागि हरेक व्यक्ति
आफ्नोलागि आफैं आध्यात्मिक बन्न प्रयत्न गर्नु आवश्यक हुन्छ । वर्तमान विश्वको
निष्ठा तथा नैतिकताको प्रवाहलाई हेर्दा अध्यात्म विज्ञान संसारभरिको साझा अवधारणा
तथा प्रमुख विषय हो, सबै सम्प्रदाय,
मत, दर्शनहरुले अध्यात्मलाई अनुशरण गरेका छन् र आ–आफ्नै किसिमले अध्यात्म
विज्ञानको अर्थ तथा परिभाषा गरेका छन्–
हिन्दु सम्प्रदाय तथा दर्शन– सनातन धर्मका प्रमुख अंग योग दर्शन तथा वेदान्त दर्शनका
अनुसार अध्यात्म शरीरका आयामहरु(शरीर, मन, भावना, आत्मा अर्थात चेतना) सफा तथा शुद्ध गर्ने साधना
विधिको विज्ञान हो । शरीरका आयामहरुको शुद्धी पश्चात साधक आफू स्वयंलाई जानेर
आत्मज्ञानी हुदै ब्रह्मज्ञानी हुन्छ र गुणातीत भई उसको आत्मा अर्थात चेतना
परमात्मा अर्थात विश्व चेतनासंग सदाकालागि योग हुन्छ र साधकले मोक्ष प्राप्त गर्दछ
।
वौद्ध सम्प्रदाय तथा दर्शन– अध्यात्म मानवीय दुःखबाट वाहिर निस्कने मार्ग हो जसले
साधकलाई वुद्धत्व प्राप्ति र निर्वाणसम्म पुर्याउछ र जीवनको दुःखबाट सादाकालागि
मुक्त गराउछ ।
जैन सम्प्रदाय तथा दर्शन– अध्यात्म साधनाले मानिसका सबै कर्महरुको शुद्धी गर्दछ र
मानिसको व्यक्तित्व शुद्ध बनाएर मोक्षमा स्थित गर्दछ ।
सिख सम्प्रदाय तथा दर्शन– इश्वरको सेवा गर्नु, इश्वरलाई प्रेम गर्नु र इश्वरप्रति समर्पित हुनु अध्यात्म
हो । आध्यात्मिक मानिसलाई इश्वरको असिम कृपा तथा आर्शिवाद प्राप्त हुन्छ ।
ज्यूस तथा इसाइ सम्प्रदाय तथा दर्शन– अध्यात्म पापबाट बच्ने र पुण्य कमाउने साधना
विधि हो जसको माध्यमबाट परमेश्वरको प्रेममा स्थित हुन सकिन्छ ।
इस्लाम तथा सुफी सम्प्रदाय तथा दर्शन– आध्यात्मिकताको तात्पर्य इश्वरको सेवा गर्नु,
इश्वरलाई प्रेम गर्नु र इश्वरप्रति समर्पित
हुनु हो ।
अलग–अलग सम्प्रदाय तथा दर्शनहरुमा आ–आफ्नो किसिमले अध्यात्मको फरक–फरक अर्थ
तथा परिभाषा गरिएको भएपनि सबैको मूल उदेश्य हरेक व्यक्तिमा वाहिय र आन्तरीक रुपमा
सकारात्मक परिवर्तन ल्याएर उसको जीवन पूर्णताले भर्नु रहेको छ । हामी शरीर र मनको
तहमा हाम्रा पाँच ज्ञान इन्द्रियहरु र मन(अवचेतन तथा अचेतन मनलाई छैंठौं ज्ञान
इन्द्रिय मानिन्छ)को अनुभवको आधारमा जीवन र जगतलाई बुझ्ने प्रयास गर्दछौं तर
जीवन(स्थुल शरिर, सुक्ष्म शरीर
कारण शरीर) र जगत(ब्रहण्ड, अस्तित्व,
परमात्मा, विश्व चेतना) त्यति मात्र होइन जे र जति हाम्रा
इन्द्रियहरुले देखेका तथा अनुभव गरेका छन् । जीवन र जगत अत्यन्तै विराट छ र यसका
आयामहरु असिमित छन् । यो विराटतालाई व्यवस्थित ढंगले सुचारु गर्ने अर्को सर्वमान्य
सत्ता सर्वव्यापक, सर्वशक्तिमान
परब्रह्म अर्थात परमात्मा अर्थात इश्वर रहेको छ निराकार र निर्गुण स्वरुपमा ।
अध्यात्म विज्ञानका प्रमुख साधना विधि योग र ध्यान साधनाको माध्यमबाट उक्त सत्ताको
परमसत्यता जान्न र त्यहाँसम्म पुग्न सकिन्छ ।
आध्यात्मिकताका गुणहरु
समग्रतामा विश्वभरि नै अध्यात्मको परिभाषा र उपयोगको उद्देश्य एकै प्रकारको छ
। अध्यात्म विज्ञानको प्रमुख विषय योग र ध्यान साधनाका विधिहरुको व्यवहारीक अभ्यास
गरेर आफूभित्र स्थित रहेका सबै प्रकारका गुणहरु जागरण गरि आफूमा सकारात्मक गुण,
भाव, व्यवहार, आचरण, सोच विचार जगाउनु र त्यको उपयोग आफ्नो भलाई र
सर्वकल्याणको लागि गर्नु नै आध्यात्मिक हुनु हो । सबै मानिस आध्यात्मिक हुन सक्छन्,
कुन सम्प्रदाय, कुन जात, कुन क्षेत्रको
कुनै मतलव हुदैन । ब्रम्हान्ड तथा प्रकृतिका सबै उर्जा, पदार्थ, वस्तुहरु र
आफूलाई एक समान हैसियतमा देख्ने व्यक्ति आध्यात्मिक हो । प्रकृतिलाई कुनै प्रकारको
नोक्सान नपुर्याइ बरु अझ सुधारको योगदान पुर्याएर आफ्नो जीवन सहज र सरल तरिकाले
जीउने व्यक्ति आध्यात्मिक हो । सबैले बुझ्ने गरि सरल भाषामा भन्नुपर्दा, आफूभन्दा वाहिर केही छैन भन्ने सत्यलाई अंगालेर
आफूभित्रकै संसारमा सुख, खुशी, शान्ति, आनन्द खोज्नु, प्राप्त गर्नु र वाहिरको संसारमा त्यसलाई बाँड्नु आध्यात्मिकता हो । योग र
ध्यान साधनाको माध्यमबाट आफूभित्रका क्षमता, प्रतिभा, सिर्जनशीलता र
सकारात्मक गुणहरु उजागर गर्नु र व्यवहारमा तिनको सहि उपयोग गरि वाहिरको संसारसम्म
पुर्याएर आफ्नो र अरुको जीवनमा सहजता तथा सरलता प्रदान गर्नु आध्यात्मिकता हो ।
तर विडम्वना, पछिल्लो समय
अध्यामलाई नजिकबाट नबुझेका, यसको महत्व र
प्रभावकारीताबारे व्यवहारीक अनुभव नभएका अर्धज्ञानी तथा अज्ञानीहरुले अध्यात्मको
गलत अर्थ लगाएर मानिस र समाजलाई दिगभ्रमित गर्दै आइरहेका छन् । उनीहरुले
आध्यात्मिक हुनुको मतलव संसारलाई त्याग्नु, वैरागी हुनु, एकांकी हुनु, भगौडा हुनु,
कर्तव्य, उत्तरदायित्व, जिम्मेदारीबाट पन्छिनु हो भन्ने अर्थमा अध्यात्मलाई अरु समक्ष प्रस्तुत
गरिरहेका छन् । यो सरासर झुठ र भ्रामक अयिव्यक्ति हो, यदि कसैले आफूलाई आध्यात्मिक हुँ भन्छ र अध्यात्मलाई यस
किसिमले परिभाषित गरेर आफू आध्यात्मिक भएको दाबी गर्दै यस्तो अनौठो व्यवहार
देखाइरहेको छ भने उसले आध्यात्मिक भएको खोक्रो अभिनय तथा आडम्बर मात्र गरिरहेको छ,
उसले वास्तविकतामा अध्यात्म के हो भनेर
अध्यात्मको सामान्य अर्थ समेत बुझेको छैन, गहिराइ बुझ्नु त निकै परको विषय हो । समग्रमा, अध्यात्म त समेट्नु हो, छोड्नु तथा वियोग गराउनु होइन; मल्हम लगाउनु हो पिडा दिनु होइन; कर्तव्य तथा उत्तरदायित्व निभाउनु हो भाग्नु होइन; प्रेम हो घृणा तथा तिरस्कार होइन; श्रद्धा हो अपमान तथा तिरस्कार होइन; अरुकालागि जीउनु हो, अरुलाई हँसाउनु हो, अरुको मर्का बुझ्नु हो अरुलाई सताउनु तथा दुःख दिनु होइन । अध्यात्म आफू
पूर्णताले भरिएको जीवन जीउने र अरुलाई पनि पूर्णताले भरिएको जीवन जीउन सिकाउने
कलात्मक विज्ञान हो । मानिसका प्रकृति तथा विशेषताहरु फरक–फरक किसिमका हुन्छन् र
उसको प्रकृति तथा विशेषताहरुमा अरु धेरै पक्षहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष
प्रभाव रहेको हुन्छ । प्रमुख रुपमा मानिसको पूर्वजन्मका प्रारव्ध कर्म तथा
संस्कारले उसको सोच, विचार, प्रकृति, व्यवहार तथा आचरणमा ज्यादा प्रभाव पारेको हुन्छ । यसकासाथै
उसको वर्तमानको परिवार, साथीसंगत,
समाज, संस्कृति, राज्य, विश्व आदिले पनि उसलाई प्रत्यक्ष तथा
अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । यिनै प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरुबाट
प्रभावित प्रकृतिको अनुभव तथा समझ अनुसार नै मानिसले आफ्नो मत तथा विचार प्रस्तुत
गर्ने, फरक–फरक प्रकारका अनुभव
तथा अनुभूतिहरु गर्ने, सुखी, खुशी, शान्त तथा आनन्दित हुने गर्दछ जो व्यक्ति–व्यक्तिपिच्छे फरक पर्दछ ।
आध्यात्मिकतालाई अझ स्पस्ट गरौं, आफ्नो अन्तस हृदयमा परमशान्ति र परमआनन्द विभोरको अनुभूति हुनु वास्तविकतामा
आध्यात्मिक अनुभव हुनु हो । कोही मानिसलाई आफ्नो कला–संस्कृति, संस्कार, परम्परा, चालचलन, रितीरिवाज, रहनसहन, चाडपर्व, पूजापाठ, कर्मकाण्ड, ब्रततीर्थ,
विवाह, दशैं–तिहार अर्थात विभिन्न उत्सवहरु मनाउँदा परमशान्ति र परमआनन्द विभोरको
अनुभूति हुन्छ । कसैलाई प्रकृतिमा घुमफिर तथा विचरण गर्दा, कसैलाई साहसिक गतिविधिहरु गर्दा, कसैलाई सामाजिक सेवा तथा परोपकारको काम गर्दा, कसैलाई गायनमा, नृत्यमा, चित्रकारीमा,
साहित्य सिर्जनामा, कसैलाई योग, ध्यान साधना,
जप, तप, तपस्या गर्दा परमशान्ति र
परमआनन्द विभोरको अनुभूति हुन्छ । यसकिसिमको आध्यात्मिक अनुभूति गर्न मानिसले
आफूले आफैंलाई नियाल्नु पर्छ, स्वाध्याय(आफ्नै
अध्ययन) गर्नुपर्छ, आफ्नो अन्तसकरण
अर्थात आत्माका कुरा सुन्नुपर्छ र आफूलाई जे गर्दा आनन्द आउँछ त्यही काम गर्नु
पर्दछ । यो जरुरी छैन कि कुनै विषयको सन्दर्भमा कोही व्यक्तिले आफ्नो प्रकारको
अनुभव तथा मत राख्यो र अरुले पनि त्यही अनुभव तथा मत मान्नु पर्छ र त्यसकै अनुशरण
गर्नुपर्छ तथा मान्नु पर्छ किनकी श्रद्धेय आचार्यश्री ओशो रजनीश भन्नुहुन्छ,
अध्यात्म मान्ने विज्ञान होइन, आफू स्वयंमले प्रत्यक्ष व्यवहारीक अनुभव गरेर
जान्ने विज्ञान हो । अध्यात्म परम स्तन्त्रताको विज्ञान हो, अध्यात्मका अनुसार परम स्वतन्त्र, आफ्नै मस्तीमा रहने, खुशी, शान्त र आनन्दित
मानिस मात्र आध्यात्मिक बन्न सक्छ । मानिसको मन तथा हृदयमा वास्तविक सुख, खुशी, शान्ति र आनन्दको अवस्था घटित भएको छ भने मात्र उ प्रकृतिका त्रिगुण(सत्व,
रजस, तमस) तथा प्रकृतिका पंचक्लेश(काम, क्रोध, इष्र्या, अस्मिता, अहंकार)का नकारात्मक प्रभावहरुबाट वाहिर आउन सक्छ र उसले
पूर्णताको जीवन जीउनकालागि जीवनमा नगरी नहुने पंचप्रगति र चार पुरुषार्थ हासिल
गर्न सक्छ र अरुलाई आफूजस्तै सुखी, खुशी, शान्त, आन्दित बनाउन, प्रेम, मैत्री, श्रद्धा, सहयोग, दया, करुणा, सेवा प्रदान गर्न सक्छ ।
यसरी आफ्नो प्रकृति, स्वाभाव, रुची अनुसार अरुलाई हानी नोक्सानी नहुने गरि
आफूलाई आनन्द लाग्ने हरेक किसिमका गतिविधिहरुबाट आध्यात्मिक बन्न र आध्यात्मिकताको
लाभ लिन र अरुसंग पनि यो लाभ बाँड्न सकिन्छ र एउटा सुन्दर र शान्त विश्वको निर्माण
गर्न सकिन्छ ।
आध्यात्मिक मानिस कस्तो हुन्छ
कस्तो जीवनशैली भएका तथा अपनाएका मानिसहरुलाई आध्यात्मिक मानिन्छ भन्ने
सन्दर्भमा पनि अनेक भ्रमहरु छरिइरहेका छन् आमरुपमा खासगरि अध्यात्मको व्यापार
गर्ने अध्यात्म व्यवसायिहरुबाट कमाइ खानकालागि । हामी यो कुरा स्पष्ट बुझौं कि
कोही मानिस तपस्वि, ध्यान साधक,
गुरु, पंडित, पूजारी, धार्मिक, साम्प्रदायिक, सांस्कृतिक, संस्कारीक हुँ
भन्दैमा तथा वाहिरी आवरणमा त्यस्तो देखिदैमा र चन्दा तथा दानदातव्य दिने दाता
हुदैमा उक्त मानिस भित्रबाट आध्यात्मिक प्रकृतिको नै हुन्छ भन्ने जरुरी छैन किनकी
आध्यात्मिकता मानिसको अन्तसकरणको शुद्धी हो वाहिर चाहे उसले आफ्नो सम्प्रदाय,
परम्परा, कला–संस्कृति, संस्कार, समुदाय, संस्कृति, अवस्था, परिस्थिति,
कर्म क्षेत्र र व्यक्तिगत अवस्था र आवश्यकता
अनुसार जस्तोसुकै जीवनशैली अपनाएको होस् । शुद्ध आचरण भएका ग्ल्यामर क्षेत्रका
नैतिकवान व्यक्ति तथा कलाकारहरु, व्यापारी तथा
व्यवसायिहरु, सुरक्षामा क्षेत्रलाई
कर्मक्षेत्र बनाएका व्यक्तिहरु, कसाइ काम गर्ने
व्यक्तिहरु आदि वाहिरको जीवनशैलीमा उनीहरु जे–जस्ता देखिएपनि भित्रबाट आध्यात्मिक
हुन सक्छन् किनकी अध्यात्म वाहिरी संसारको यात्रा नभइ यो आफैं भित्रको यात्रा हो,
जो आफूभित्रको यात्रा गरेर आफूले आफूलाई चिन्न
र बुझ्न सक्ष्म भएको छ उ नै सही अर्थमा आध्यात्मिक मानिस हो । आध्यात्मिकता
मानिसको वाहिरबाट देखिने श्रृंगार गरिएको, चिटिक्क परेको पहिरन लगाइएको दृश्य शरीरको आवरण होइन, यो मानिस भित्रको नदेखिने मन, भाव, चित्त, सोच, विचार, व्यवहार, आचरणहरु, नैतिकता, कर्तव्यनिष्ठता,
उत्तरदाइत्व वोध भएको शुद्ध तथा सकारात्मक
परिवर्तित अवस्था हो जसबाट आफू स्वयं, परिवार, समाज, राज्य, विश्व, प्रकृति, जगत सबैले लाभ प्राप्त गर्न सक्दछन् ।
मानिसका आध्यात्मिक गुणहरुमा आफू आप्mना समस्या तथा पिडाहरुबाट मुक्त भएर अरुको समस्या तथा पिडा कम गर्न मद्धत गर्नु सबैभन्दा पुण्य र गहन विशेषता हो । वाहिरको अवस्था चाहे जस्तोसुकै होस् मानिस भित्रबाट सुखी, खुशी, स्थिर, शान्त, आनन्दित, समृद्ध र व्यवस्थित बन्न सक्नु अर्को सबैभन्दा ठूलो प्राप्ति र गहन विशेषता हो । वाहिरको संसारबाट दिगो केही प्राप्त हुदैन, सबै प्राप्तिहरु क्षणिक हुन्, दिगो प्राप्ति केवल आफूभित्रबाट मात्र आउँछ तथा प्राप्त हुन्छ जुन हामी भित्रै भएको बहुमूल्य खजाना हो वाहिर खोजेर सफलता मिल्दैन, सफलताकोलागि आफैंभित्र खोज्नुपर्छ भन्ने बुझाइ र समझकासाथ आफ्नो कर्तव्य र उत्तरदायित्व निभाउदै वाहिरको संसारप्रति तटस्थ रहदै आफूभित्रै जीउनु अर्को सबैभन्दा महत्वपूर्ण र गहन विशेषता हो । आध्यात्मिकताबारे अझै बुझौं, व्यक्तिगत, परिवारिक, साथीसंगत, कार्यालय, समाज, राज्यको जिम्मेदारी पूरा गरेर मात्र मानिस आध्यात्मिक बन्नसक्छ किनकी यसबाट मैले मेरो धर्म, कर्तव्य तथा उत्तरदायित्व निभाएको छु भन्ने मन, भावना, चित्तमा एकप्रकारको शान्ति र आनन्दको अनुभूति हुन्छ । तर आफ्नो धर्म, कर्तव्य तथा उत्तरदायित्व निर्वाह गरिएको छैन र आफ्नो कर्तव्य तथा उत्तरदायित्व निभाएको छैन भन्ने ग्लानी भाव मन, भावना, चित्तमा रह्यो भने हामी अशान्त हुन्छौं र यस्तो अवस्थामा आध्यात्मिकताका गुणहरु हामीमा भित्रिन सक्दैनन् र हामी आध्यात्मिक बन्न सक्दैनौं । धर्म, कर्तव्य तथा उत्तरदायित्वको वोध नगर्ने र निर्वाह नगर्ने प्रवृत्ति चाहिं वास्तवमा भगौडा तथा ढोंगी प्रवृत्ति हो । बुदागत रुपमा हेरौं आध्यात्मिक मानिस कस्तो हुन्छ–
- जव कोही मानिसको जीवनमा अध्यात्म जागरण हुन्छ उसले आफूभित्र आध्यात्मिक अनुभव र अथाह उर्जाको प्रवाह अनुभूति गर्दछ जो उसले पहिला कहिल्यै गरेको हुदैन। आध्यात्मिक मानिस आफूभित्र नयाँ गहिराई आएको अनुभव गर्न थाल्दछ, उसमा आध्यात्मिक आचरणहरु देखापर्न थाल्छन् र उ आफू स्वयंलाई जस्ताको तस्तै स्वीकार गर्न थाल्दछ।
- आध्यात्मिक मानिस आफ्नो शरीर, मन, भाव, आत्मा तथा चेतनामा सकारात्मक परिवर्तन महसुस गर्छ, असल तथा राम्रो मान्छे बन्न र आफूलाई अत्तित्व तथा परमात्माप्रति आस्थावान र समर्पित बनाउन प्रयत्न गर्दछ ।
- आध्यात्मिक मानिस जीवन, जन्म, मृत्यु, जरा, व्याधिको बारेमा चिन्तन मनन् गर्न थाल्छ ।
- आध्यात्मिक मानिस अरुसंग आफूलाई गहिरो मानवीय
तथा प्राकृतिक सम्वन्धमा रहेको महसुस गर्छ ।
- आध्यात्मिक मानिस अरुकोलागि दया, करुणा, सहानुभूति महसुस गर्दछ ।
- आध्यात्मिक मानिस भौकित संसारका भोग तथा सुख
सुविधाहरुप्रति लिप्त हुदैन, त्यति महत्व
दिदैन र आफूलाई आवश्यकता भन्दा बढि उपयोग गर्दैन ।
- आध्यात्मिक मानिस साना–साना विषय तथा
कुराहरुमाा खुशी खोज्न थाल्छ र अरुलाई खुशी प्रदान गर्न थाल्छ ।
- आध्यात्मिक मानिस जीवनको सहि अर्थ र उदेश्य
खोज्न थाल्छ र यो संसार सबैकालागि अझ राम्रो र सहज बनाउने प्रयास गर्दछ, मानवीयता र सर्वकल्याण भाव राखेर काम गर्न
थाल्दछ पूरै विश्व र प्रकृतिकालागि ।
- आध्यात्मिक मानिस आफ्ना व्यक्तिगत चाहनाहरु
प्रति खासै रुची राख्दैन सेवा र परोपकारमा आफ्नो उर्जा र समय खर्च गर्दछ ।
- आध्यात्मिक मानिस सानासाना कुराहरुमा शान्ति, आनन्द महसुस गर्न सक्छ र गराउन सक्दछ ।
-आध्यात्मिक मानिस सांसारीक मानिस भन्दा हरेक दृष्टिकोण्बाट आन्तरीक तथा बाहिय रुपमा सकारात्मक अर्थमा फरक किसिमले जीवन जीउन थाल्छ।
- आध्यात्मिक मानिस सबैप्रति कृपा तथा धन्यवाद भावले भरिन्छ; आफ्नो मन, वचन र कर्ममा होसपूर्ण हुन्छ; उसले मन, वचन र कर्मले अरुलाई चोट पुर्याउदैन; आदर्श भावले भरिएको हुन्छ; सबैको शुभचिन्तक र सबैलाई सहयोग गर्ने किसिमको हुन्छ र सदा आफूले जानेका सकारात्मक कुराहरु अरुलाई पनि सिकाउन अग्रसर हुन्छ।
- आध्यात्मिक मानिस काम, क्रोध, लोभ, मोह, अहंकार, मद, मात्सर्यबाट वाहिर निस्कने प्रयास गर्छ र आफ्नो जीवनलाई अनुशासित बनाउन थाल्छ; सात्विक खानपानमा जोड दिन थाल्छ; राति सुत्ने र विहान उठ्ने स्वस्थ समय निर्धारण गर्छ; जीवनमा योग अभ्यास, प्राणायाम र ध्यान साधनाका विधिहरुलाई जीवनको महत्वपूर्ण अंगको रुपमा समावेश गर्दछ; आफ्ना बोली-वचन, बानी-व्यवहार तथा आचरणहरुको आफैं सुक्ष्म अध्ययन तथा निरीक्षण गर्न थाल्छ।
- आध्यात्मिक मानिस तनावमुक्त जीवन जीउँछ; सांसारीक जीवनसंग सम्यक व्यवहार गर्दै वितरागको जीवनशैली अपनाउँछ; मृत्युको भयबाट मुक्त भएर निर्भय भएर बाँच्दछ; अध्यात्मलाई जीवनको प्रमुख विषयको रुपमा अंगीकार गरेर अगाडि बढ्छ; परिवार, समाज, राष्ट्र तथा मानवीयताको चिन्तन गर्न थाल्छ।
- आध्यात्मिक मानिस इश्वरको भक्ति, प्रार्थना गरि आस्तिक, आशावादी र सकारात्मक जीवन जीउन थाल्छ; मानिसका चार पुरुसार्थ धर्म, अर्थ, काम, मोक्षमा आफूलाई समर्पित गर्दछ।
- आध्यात्मिक मानिस आफ्नो जीवनमा योगका विधिहरु यम, नियम, आसन, प्राणायाम, प्रत्यहार, धारणा, ध्यान र समाधिलाई नियमपूर्वक अनुशासित भएर अनुसरण गर्ने प्रयास गर्दछ; सबैप्रति क्षमाभाव राख्दछ र इश्वरप्रति अनुग्रहित हुन्छ र निरन्तर मोक्ष तथा प्रकाशतिरको यात्रातर्फ उन्मुख हुन्छ… आदि।
यसकासाथै आध्यात्मिक मानिस प्रकृतिमा रमण गर्न, आफ्नो वरपर फूलविरुवा हुर्काउन, करेसाबारी लगाउन, घरपरिवारमा मद्धत गर्न, वृद्धवृद्धाको
सेवा गर्न, उनीहरुलाई प्रसन्न
राख्नमा अत्यधिक रुची राख्दछ । बालबालिकाहरुलाई स्नेह प्रदान गर्छ, नयाँ–नयाँ राम्रा विषयहरु सिकाउछ, खाना पकाउन मद्धत गर्छ, परिवारसंग बसेर खाना खाने, रमाइला गफगाफ गर्दै गुणस्तरीय समय बिताउँछ, खाना बनाउने भान्सेप्रति धन्वाद भावले भरिन्छ,
अन्नदाता परमात्माप्रति अहोभाव तथा कृतज्ञता
भावले भरिन्छ, परिवारका
सदस्यहरुको जन्मदिन तथा अन्य खुशीका अवसरहरु मनाउँछ र खुशी बाँड्छ, परिवारसंग समय विताउन घर, शहर, मुलुक वाहिर घुम्न तथा छुट्टी मनाउन जान्छ, टेलिभिजनमा उपयोगी कार्यक्रम तथा चित्रहरु हेर्छ, परिवारसंग सिनेमा हेर्न जान्छ, योग साधना, योगाभ्यास, प्राणायाम,
ध्यान गर्छ र यस्ता सकारात्मक र जीवन उपयोगी
क्रियाकलापहरुबाट मन, भाव, चित्तमा सुख, खुशी, शान्ति, आनन्द विभोरको भाव महसुस गर्ने प्रयास गर्दछ ।
यसरी प्राप्त भएको सुख, खुशी, शान्ति, आनन्द विभोरको अवस्थाले मानिसको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात
चेतनात्मक स्वास्थ्यमा गणनानै गर्न नसकिने किसिमले असिमित सकारात्मक प्रभाव र
परिवर्तनहरु ल्याउँदछ र विस्तारै मानिस हरप्रकारले स्वस्थ, सकारात्मक, प्रेमल, दयालु, सहयोगी, परोपकारी, प्रकृतिमा भएका सबै वस्तु, प्राणी, पदार्थहरु प्रति समभाव राख्दै जान्छ, क्रमशः पूर्णताले भरिन्छ र उसमा आध्यात्मिक व्यक्तित्व तथा
गुणहरु स्पष्ट झल्किन थाल्छन् ।
आफूलाई जतिसक्दो माथि उल्लेखित सकारात्मक गतिविधिहरुमा सामेल गराएर अध्यात्म
विज्ञानको सामान्य उद्देश्य हासिल गर्न र यसबाट समान्य तथा विशेष लाभ लिन सकिन्छ ।
यो भन्दा अझ प्रभावकारी विशेष तथा विशिष्ट किसिमका लाभहरु हासिल गर्न र आफूभित्र
भावतीत अनुभूति तथा परिवर्तनहरुको महसुस गर्न र उर्जा शक्तिका मूल केन्द्र
चक्रहरुमा रहेको कुण्डलिनी उर्जा जागरण गरेर अध्यात्म साधनाबाट सामान्यदेखि विशेष
र विशिष्ट किसिमका लाभहरु हासिल गर्न अध्यात्म साधनाका सामान्यदेखि विशेष र
विशिष्ट किसिमका विधिहरु अपनाउनु आवश्यक हुन्छ । केही विधिहरु–
(१)योग साधना– योगाभ्यास, प्राणायाम,
ध्यानः सहज किसिमले ध्यान साधना गर्नकालागि
स्वस्थ, लचकदार र स्थिर शरीर हुनु
अति आवश्यक हुन्छ, यसकालागि
योगाभ्यास तथा योगासनका व्यवहारीक प्रयोगहरुहरु विधिपूर्वक अनुशरण गर्नु पर्दछ ।
त्यस्तै ध्यानमा शान्त रहनकालागि स्थिर मन, भाव र चित्त हुनु अति आवश्यक हुन्छ यसकालागि विधिपूर्वक
प्राणायामका अभ्यासहरु अनुशरण गर्नुपर्दछ । यी ध्यान साधनाको विशेष विधि हुन्,
यी विधिका आयामहरु धेरै छन्, आफूलाई सहज हुने प्रकारका विधिहरुको चयन गरेर
आफ्नो ध्यान साधनालाई गति प्रदान गर्न सकिन्छ । योगाभ्यास, प्राणायाम, ध्यानका विधिहरु
निष्ठापूर्वक अनुशरण गर्नाले ध्यान साधना
सहज, स्थिर, लामो र गहिरो हुनजान्छ र यसबाट अपेक्षित लाभ
छिटोछरितो किसिमले हासिल गर्न सकिन्छ । ध्यानको अवस्था गहिरिदै जाने क्रममा साधकमा
समाधि घटित हुन्छ र क्रमशः आत्मज्ञान, ब्रह्मज्ञान हुदै यस किसिमको साधना विधिले साधकलाई मोक्ष प्राप्तिसम्म
पुर्याउँछ ।
(२)साक्षी भावः वर्तमान समयमा आफ्नो वरीपरी भएका गतिविधिहरु प्रति सचेत रहनु साक्षी भाव
अर्थात माइन्डफूलनेस ध्यान विधि हो । साक्षी भाव ध्यन विधिले मनमा चलिरहने भूतकाल
र भविश्यकालका अति विचारहरुबाट मुक्ति दिलाउँछ, जजमेन्टल हुनबाट रोक्छ, प्रकृतिका त्रिगुण तथा पंचक्लेसका नकारात्मक प्रभावहरु कम
हुन्छन्, आफूलाई चिन्न मद्धत गर्दछ,
आफ्नो जीवनको अर्थ, उद्देश्य, लक्ष्य, बुझ्न सहज गराउँछ, विचार तथा मनको एकाग्रता बढाउँछ, मस्तिष्कको विकास गराउँछ, व्यक्तित्व विकास, क्षमता विकास, नेतृत्व विकासका
मद्धत गर्दछ । जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द भरिदै
जान्छ र मानिसमा आध्यात्मिकताको अनुभव बढ्दै जान्छ ।
(३)सेवा तथा परोपकारः सेवा तथा परोपकारले लिने भाव भन्दा दिने भावमा बृद्धि
गराउँछ । दिने भावले मन, भाव, चित्तमा एकप्रकारको खुशी, शान्ति, आनन्द बढाउँछ र मानिसमा आध्यात्मिकताको अनुभव बढ्दै जान्छ ।
(४)कृतज्ञताभाव तथा धन्यताभावः आफूलाई सहयोग गर्ने सबैप्रति धन्यताको भाव, आफ्नो जीवनमा जेपनि विशिष्ठ आर्शिवादहरु छन्
त्यसकालागि परमात्माप्रति आस्था, विश्वास, अहोभाव तथा कृतज्ञता भावले भरिदा यसले मन,
भाव, चित्तमा एउटा वेग्लै अति विशिष्ट प्रकारको परमखुशी, परमशान्ति, परमआनन्दको संचार
बढाउँछ र मानिसमा आध्यात्मिकताको अनुभव बढ्दै जान्छ ।
(५)आफ्नो रुचीको विषयमा समय व्यतितः मानिसका रुची र आनन्द अनुभूति हुने विषय तथा
वस्तुहरु फरक–फरक हुन्छन् । कसैलाई फुलविरुवा हुर्काउन, कसैलाई अध्ययनमा, लेखन तथा सिर्जनात्मक कार्यहरुमा, कसैलाई पाक कलामा, घुमघाम, सेवा, सहयोग आदि गतिविधिहरुमा आनन्दविभोरको अनुभूति हुन्छ । आनन्दविभोरको अवस्थामा
मानिसको मन, भाव, चित्तमा एकप्रकारको खुशी, शान्ति, आनन्दको संचार हुन््छ र मानिसमा आध्यात्मिकताको अनुभव बढ्दै
जान्छ ।
यस अतिरिक्त हरेक कर्म निस्काम भावले, आनन्द लिदै परिणामको परवाह नगरीकन गर्दा, नितान्त
व्यक्तिगत, पारिवारिक, सामुहिक सबै किसिमका कर्महरु गर्दा भगवानको
कर्म गर्दैछ,ु उनको प्रतिनीधि भएर
उनकै सृष्टि तथा सन्ततिहरुको सेवा गर्दैछु भन्ने भाव राखेर कर्म गर्दा मन, भाव, चित्तमा सुख, खुशी, शान्ति, आनन्दको मिठो भाव संचारीत हुन्छ । यसरी आफूलाई जुन कुरामा
समय व्यतीत गर्दा मन, भाव र चित्त
सबैभन्दा बढि रमाउँछ तथा सुख, खुशी, शान्ति, आनन्दको अनुभूति हुन्छ त्यसैमा आफूलाई लय गराउदै लानु
आफूलाई आध्यात्मिकताको मार्गमा अघि बढाउनु हो जसले जीवनमा पंचप्रगति हासिल गर्न
मद्धत गर्दछ किनकी भित्रबाट हामी सबै आध्यात्मिक हुन्छौं । हामी भित्रै छ सबै कुरा
जुन हामीले जन्मदादेखि नै आफूसंग लिएर आएका छौं तर हामीले जीवनको भागदौड, तनाव, बेफुर्सद तथा व्यस्तताका कारण यसबाट दुर हुदै गएकाहौं र त्यसलाई विस्तारै
बिर्सेकाहौं । अध्यात्म साधनाका विधिहरु अनुशरण गरेर यही विर्सेका विषयहरुलाई पुनः
स्मरण गरि आफूलाई चिन्न र आफूभित्र स्थित रहेका जन्मदै लिएर आएका आफ्ना क्षमता,
प्रतिभा, सकारात्मक गुणहरु चिन्नु आवश्यक हुन्छ । यसकालागि गुरुकुलमा
गएर सिद्ध अध्यात्म गुरुबाट अध्यात्म साधनाका सहि विधिहरुको ज्ञान लिएर योग र
ध्यान साधना प्रक्रियाहरुलाई अगाडि बढाउनु आवश्यक हुन्छ । सुख, खुशी, शान्ति, आनन्द, चिन्ता, तनाव, विसाद, रोग, घृणा सबै हामी भित्रै छन् केलाई उजागर गर्ने आत्मसाथ गर्ने, अभ्यास गर्ने, व्यवहारमा ल्याउने र हाम्रो जीवन कस्तो बनाउने भन्ने हामीमै
निर्भर गर्दछ पूर्णरुपमा किनकी अध्यात्म परम स्पतन्त्रता को विज्ञान हो । आफ्नो
जीवनलाई राम्रो नराम्रो, सफल असफल,
उचित अनुचित बनाउने हामी आफैंले नै हो हामी
अफैंभित्र रहेका यी सकारात्मक गुणहरु जगाएर अमूल्य जीवनलाई यही जन्ममा नै धन्य
बनाऔं ।
धार्मिकता र साम्प्रदायिकताको पृष्ठभूमि
धर्मको परिभाषा गलत किसिमले गरिएको कारण आम मानिसको बुझाइ पनि विगत लामो
समयदेखि गलत हुदै आइरहेको छ । यसो हुनुको कारण अंग्रेजी भाषालाई अन्तरराष्ट्रिय
भाषा बनाइनु तर यसका शव्द भण्डारमा भएका शव्दले संस्कृतका शव्दहरुको हुवहु अर्थ
लगाउन नसक्नु हो । अंग्रेजीमा धर्मलाई रिलिजन भन्ने गरिन्छ तर रिलिजनको अर्थ धर्म
नभएर सम्प्रदाय हो । धर्म र सम्प्रदाय विलकुल अलग–अलग विषय हुन् तर अप्रत्यक्ष
रुपमा एकअर्कासंग अन्तरसम्वन्धित छन् । धर्मको वास्तविक अर्थ तथा परिभाषा
निष्ठावान, नैतिकवान, कर्तव्यपरायण, जिम्मेदार तथा उत्तरदायित्वको वोध भएको धार्मिक मानिस बन्नु
पर्छ भन्ने हो । धर्म सिकाउने प्रमुख सनातन ग्रन्थ श्रीमद् भगवद् गीता हो, गीताले मानिसलाई जीवनमा निष्ठावान, नैतिकवान, कर्तव्यनिष्ठ, जिम्मेदार र उत्तरदायि बन्न प्रेरणा दिएको छ । धर्म तथा धार्मिकताको वास्तविक
अर्थ र उपयोगिता सबैकालागि एक समान हुन्छ तर सम्प्रदाय तथा साम्प्रदायिकताका अर्थ
र उपयोगिता सबैकालागि एक समान हुदैनन् । एक सम्प्रदायको मूल्यमान्यता, चालचलन, रीतिरीवाज, संस्कार अर्कोसंग
मिल्दैनन् । सम्प्रदायहरुमा अस्वीकार गर्ने तथा नमान्ने प्रवृत्ति ज्यदा हुन्छ तर
धर्ममा उल्लेखित मूल्यमान्यता तथा नीतिनियमहरु सबैकालागि संधै नै एक समान अर्थ
लाग्ने र एकै किसिमले तिनलाई व्यवहारीक प्रयोगमा ल्याउने गरिन्छ । सम्प्रदायले
भन्छ यो संस्कार तथा चलन हाम्रोमा छैन, हामी यसलाई अनुहरण गर्दैनौं । यसैकारण सम्प्रदाय सम्प्रदायविचनै संस्कृति,
संस्कार, रीतिथीति तथा चालचलनहरु बाझिन्छन् । एउटा सम्प्रदायमा यसो
गरे शुभ तथा सकुन हुन्छ, यसो गरे अशुभ तथा
अपसकुन हुन्छ भन्ने मुल्यमान्यता तथा संस्कार अर्को सम्प्रदायमा अर्कै किसिमले
अथ्र्याइन्छ, जस्तै कुचो राख्ने तरिका,
कुकुर भुक्ने तरिका आदि । प्राय सबै
सम्प्रदायहरुमा अनेक–अनेक प्रकारका अवैज्ञानिक र अप्रामाणिक व्याख्या गरिएका अर्थ
नै नलाग्ने र व्यवहारमा उपयोगि पनि नहुने वकवास चालचलन तथा अन्धविश्वासहरु धेरै
रहेका छन् । कुनै बेला कसैले कुनै काम गर्दा आफूले राम्रो तथा नराम्रो परिणाम आएको
विषयलाई बिना तार्किकता तथा वैज्ञानिकता चलन बनाइएका तथा मान्यता प्रदान गरिएका
हुन्छन् जस्तो विरालो बाँधेर तथा छोपेर श्राद्ध गर्ने आदि । ब्रम्हाण्ड अर्थात
प्रकृतिमा रहेका एकै ब्रम्हका सन्तान तथा सृष्टिहरु प्राणी, पंक्षी, वनस्पति, जड पदार्थ आदिलाई फरक–फरक, उचनिच देखाउने, कम तथा बढि महत्व आँक्ने र मानिस मात्रलाई सर्वोपरि ठान्ने
र प्रकृतिमा अर्काको समान अस्तित्व स्वीकार नगर्ने परिपाटी साम्प्रदायिक
व्यक्तिहरुमा ज्यादा हुन्छ तर धार्मिक व्यक्ति प्रकृतिमा भएका ब्रम्हका सबै
सृष्टिहरुलाई आफू समान देख्ने र सबैको समान अस्तित्व स्वीकार गर्ने प्रवृत्तिको
हुन्छ ।
वर्तमान अवस्थामा संसारमा जे–जति दुःख, घृणा, भेदभाव, रक्तपात, हिंसा छन् ती सबै साम्प्रदायिक कट्टरताका कारण हुदै आइरहेका
छन् । संसारमा जे–जति सुख, खुशी, प्रेम, श्रद्धा, सेवा, शान्ति, आनन्द, अमनचैन सबै
आध्यात्मिक तथा धार्मिक भावबाट आउने गर्दछन् । आजभोलि मानवीयता, सर्वकल्याण भाव केवल बोलीचालीमा मात्र सिमित
हुदै आएको छ, व्यवहारमा अति न्यून छ
किनकी अति साम्प्रदायिकताका कारण हाम्रो दिमागमा एककिसिमको धारणा तथा मान्यता
बनिसकेको छ कुनै पनि विषय तथा घटनालाई हेर्ने दृष्टिकोणमा । यही नै वास्तविक कारण
हो सम्प्रदायका परम्परा, कला–संस्कृति,
संस्कार, रीतिरीवाज, चालचलनहरुमा
तार्किकता, वैज्ञानिकता, प्रामाणिकताको कमी हुदै जानु र साम्प्रदायिक
मूल्यमान्यताहरु अत्यन्तै गरुंगा, अपाच्य, भड्किला, अमान्य र खर्चिला हुदै जानु । यसैकारण यूवापुस्ताले यस्ता
मूल्यमान्यताहरुलाई रुचाउन तथा पचाउन छोड्यो र आफूलाई म साम्प्रदायिक, साँस्कृतिक तथा संस्कारीक होइन, आध्यात्मिक तथा धार्मिक(जसले धर्मलाई बुझेको छ)
व्यक्ति हुँ भनेर चिनाउन थाल्यो । उसलाई म साम्प्रदायिक, साँस्कृतिक तथा संस्कारीक हुँ भन्दा लज्जा र हिनतावोधको
अनुभूति महसुस हुन थालेको छ । हरेक शव्द, संस्कार र संस्कृतिको सन्दर्भमा हरेक मानिसले फरक–फरक प्रकारले आ–आफ्नै
किसिमको मत तथा अवधारणा राख्दछ किनकी यहाँ हरेक व्यक्ति फरक, विशेष र अद्वीतीय विशेषताह तथा गुण भएकोुन् छ ।
उसका क्षमता, प्रतिभा, सम्भावना र सकारात्मक तथा नकारात्मक गुणहरु सबै
फरक–फरक प्रकारका हुन्छन् । जस्तो कि सुगन्ध भन्यो भने सुवास तथा मिठो वासना भन्ने
अर्थ स्वतः लाग्छ तर गन्ध मात्र भन्यो भने मानिसले आफनो अनुभव र संस्कार(पूर्व
जन्मको अनुभव तथा संस्कारले पनि काम गर्छ) को आधारमा अनुसार अर्थ लगाउँछ तथा बुझ्छ
र आफ्नो हाउभाउ व्यक्त गर्दछ । यही प्रवृत्ति मानिस अध्यात्म, धर्म, सम्प्रदाय, संस्कृति तथा
संस्कारको बुझाइमा रहने गर्दछ ।
धर्म र धार्मिकताको अन्तर्य बुझौं
मानिसले जीवनमा आफ्नो र अरुको सहजताकालागि पालना गर्नुपर्ने नैतिकता, कर्तव्यनिष्ठता, उत्तरदायित्व तथा जिम्मेदारी धर्म हो । सनातन अध्यात्म दर्शनमा मानिसले पालना गर्नु पर्ने धर्मलाई पाँच किसिममा विभाजन गरिएको छ–
(१)आफूप्रति गर्नुपर्ने धर्म– हरेक मानिसले आफ्नो शरीर र स्वास्थ्यका सबै आयामहरुलाई स्वस्थ र सक्रिय राख्नु पर्दछ तवमात्र उसले जीवनमा पंचप्रगति गर्न सक्छ र आफूले गर्नुपर्ने अरु धर्महरु पूरा गर्न तथा आफ्ना कर्तव्य तथा उत्तरदायित्वहरु निभाउन सक्छ ।
(२)परिवारप्रति गर्नुपर्ने धर्म– आफू स्वस्थ र सक्रिय रहेर परिवारको सेवा गर्नु मानिसको परमधर्म हो ।
(३)समाजप्रति गर्नुपर्ने धर्म– आफू र आफ्नो परिवारप्रतिको कर्तव्य तथा उत्तरदायित्व पूरा गर्दै समाजको हितकालागि सामाजिक कार्यहरुमा आफूलाई समलग्न गराउनु मानिसको अर्को महत्वपूर्ण धर्म हो ।
(४)प्रकृति तथा जगतप्रति गर्नुपर्ने धर्म– आफ्नो, परिवारको र समाजप्रतिको कर्तव्य तथा उत्तरदायित्व निभाउदै प्रकृतिमा रहेका प्राणी, पंक्षी, जीव, वनस्पति, पर्यावरण तथा समग्र प्रकृति आदिको स्वस्थता, शुद्धता र संरक्षणका कार्यहरुका अग्रसर हुनु मानिसको अर्को नगरी नहुने परमधर्म हो ।
(५)स्वधर्म तथा परमधर्म– मानिस मूल स्वरुपमा परमात्माको अंश आत्मा अर्थात चेतना हो । माथिका सबै धर्महरुको निष्ठापूर्वक निर्वाहका साथसाथ मानिसले परमात्मा प्रति आस्था राख्दै अन्त्यमा आफूलाई आफ्नो मूल स्वरुपमा योग गर्ने अध्यात्म र धर्मका साधनाका विधिहरुको अनुशरण गर्दै परमात्मामा स्थित हुनु मानिसले नगरी नहुने सबैभन्दा महत्वपूर्ण परमधर्म हो ।
धर्मका दश लक्षणहरु
सनातन अध्यात्म दर्शनमा धर्मको परिभाषा गर्न स्मृतिहरु आए । वेदलाई श्रुती भनिन्छ, वेदका श्रुती तथा मन्त्रहरुको व्याख्या गर्न स्मृतिहरु लेखिए । सनातन धर्ममा मनुस्मृतिलाई महत्वपूर्ण ग्रन्थ मानिन्छ । धर्मको मूल उद्देश्य मानिसलाई सत्य–असत्य र राम्रो–नराम्रो छुट्याउन मद्धत गर्नु हो । मनुस्मृतिका अनुसार धर्मका दश लक्षणहरु रहेकाछन् जो मानिसमा यी लक्षणहरु हुन्छन् उसको पहिचान धार्मिक व्यक्तिको रुपमा हुने गर्दछ –
(१)धृति– धैर्यता राखेर काम गर्न सक्ने मानिस मात्र नैतिकवान, निष्ठावान, कर्तव्यनिष्ठ, उत्तरदायि र जिम्मेदार हुन सक्दछ ।
(२)क्षमा– शक्तिशाली मानिसले कमजोर मानिसलाई क्षमा गर्नु क्षमाको वास्तविक अर्थ हो । क्षमा दया र करुणाको प्रतिक हो र वीर मानिसको आभूषण तथा बडप्पन पनि हो ।
(३)दमन– मानिसमा आफ्ना मनका नराम्रा सोच, विचार, आचरण तथा व्यवहारहरुको दमन गर्न तथा रोक्न सक्ने शक्ति हुनु पर्दछ ।
(४)अस्तेय– कसैले पनि जुन चिजमा आफ्नो अधिकार छैन त्यो चिज लिने तथा प्राप्त गर्ने आकांक्षा राख्नु हुदैन, यसो गर्नु अस्तेह अर्थात चोरी हो । महात्मा गान्धी भन्नुहुन्छ, कार्यालयमा म सेवा प्रदान गर्न जान्छु, गफ गरेर समय बिताउनु मेरो अधिकार होइन, यो समय र कामको चोरी हो ।
(५)सौच– मानिसले आफ्नो शरीरको आन्तरीक र वाहिरी दुवैतर्फका भौतिक र सुक्ष्म(मन, वुद्धि, भाव, चित्त) अंगहरुको सफाइ गर्नु पर्दछ । शरीरकासाथै आफ्नो घर र वरीपरिको पर्यावरण पनि सफा राख्नु पर्दछ ।
(६)इन्द्रिय निग्रह– हाम्रा इन्द्रियहरुले हामीलाई भौतिक संसारको मायामा लोभ्याउछन्, दुःख दिन्छन्, भड्काउछन् र नराम्रा कामतिर लगाउछन्, त्यसैले इन्द्रियहरुमाथि आफूले नियन्त्रण गर्ने शक्ति हुनु आवश्यक हुन्छ । जतिनै राम्रो कुरा तथा काम भएपनि मलाई यसले नुक्सान गर्छ भन्ने बुझेपछि त्यसबाट इन्द्रिय निग्रह गर्नु अर्थात तटस्थ रहनु पर्दछ । म इन्द्रियहरुको दाष होइन, इन्द्रियहरु मेरो निर्णय अनुसार चल्नु पर्दछ भन्ने भाव आफूमा दृढ हुनु पर्दछ ।
(७)धि– धि भनेको विवेक हो, हामी इश्वरसंग वुद्धि होइन विवेक माग्दछौं । गायत्री मन्त्र सबैभन्दा शक्तिशाली महामन्त्र हो । धि यो यो न प्रचोदयात भनेर हामी हे इश्वर हाम्रो विवेकलाई सहि मार्ग अर्थात वेदको मार्गमा चलाउनुहोस् भनेर प्रार्थना गर्दछौं ।
(८)विद्या– भनिन्छ विद्या बिहिनम पशु समानम् अर्थात विद्या नभएको मानिस पशु सरह हुन्छ, मान्छे बन्दैन । धर्मका लक्षणमा विद्या भन्नाले आत्मज्ञान तथा अन्तर प्रज्ञा भन्ने बुझिन्छ, वाहिरबाट प्राप्त गरिने सबै प्रकारका सूचना, जानकरी तथा डिग्रीहरु सबै अविद्या हुन् जो मृत्युपछि शरीरजस्तै यही संसारमा छुट्छन् तर विद्या हाम्रो सुक्ष्म शरीर अर्थात आत्मासंगै जान्छ र हाम्रो संस्कारको रुपमा बिज भएर रहन्छ र नयाँ जन्ममा यिनै संचित संकारहरु मानिसका प्रतिभा, क्षमता, सिर्ननशीलता तथा सकारात्मक गुणका रुपमा प्रष्फूटीत भएर आउछन् उसको जीवनमा ।
(९)सत्यम– मानिसले आफ्ना सबै बोली, आचरण र व्यवहारहरुमा सत्यको पालना गर्न सक्नु पर्दछ । आफ्ना वाणी, विचार, क्रियामा एकसमान सामन्जस्यता हुनु पर्दछ र बोलेका कुरा पूरा गर्न सक्नु पर्दछ । सत्य त्यस्तो होस् जसले निर्दोषलाई मुस्किल तथा असहजतामा नपारोस, सहजता प्रदान गरोस ।
(१०)अक्रोध– हरेक मानिसले आफ्नो क्रोधलाई नियन्त्रण गर्न र जित्न सक्नु पर्दछ । क्रोध सबैभन्दा ठूलो अग्नि हो र सबै फसादको जड हो, यसले मानिसलाई जलाइदिन्छ र समस्यामा पार्दछ ।
धर्मका लक्षणहरुमा इश्वरको पूजाका महिमा आउदैनन् किनकी धर्ममा पूजापाठ तथा कर्मकाण्डका विषयहरु समावेश गरिएका छैनन् । सनातन धर्मको मूल स्तम्भ श्रीमद् भगवद् गीतामा पनि धर्मका तीन मार्ग- ज्ञान, कर्म र भक्ति मार्गमा कतै इश्वरको पूजापाठको जिकिर गरिएको छैन । पूजापाठ तथा कर्मकाण्डका विषयहरु सम्प्रदायका लक्षणहरु हुन् त्यसैले एक सम्प्रदायसंग अर्को सम्प्रदायको चलन तथा परम्परा मिल्दैन तर धर्म सबैकालागि एक समान छ । धर्मको प्रमुख आसयको सन्दर्भमा भगवान महावीर भन्नुहुन्छ, "धर्मको मूल मन्त्र हो- आफू सुखपूर्वक जीवन जीउ र अरुलाई पनि सुखपूर्वक जीवन जीउन देउ ।"
अध्यात्म, धर्म, कला–संस्कृति तथा
संस्कारको पृष्ठभूमि
शव्दकोषहरु(डिक्सनरी)का अर्थ तथा परिभाषाहरुलाई अध्ययन र मनन् गर्दा सबै
सम्प्रदायका कला–संस्कृति तथा संस्कारहरु धार्मिकताका अभिन्न अंग हुन् र धार्मिकता
आध्यात्मिकताको अभिन्न अंग हो । आध्यात्मिकताको पारिभाषिक दायरा निकै फराकिलो
भएपनि आध्यात्मिकताका अधिकांश कडिहरु धार्मिकता, साम्प्रदायिकता र यसका कला–संस्कृति तथा संस्कारहरुसंग निकट
भएर जोडिएका छन र अर्थपूर्ण ढंगले यी सबै विषयहरु एकआपसमा अन्तरसम्वन्धित छन् र
यीनमा समानताहरु पनि धेरै छन् । सम्प्रदाय, परम्परा, कला–संस्कृति,
संस्कार, रीतिरिवाज, चाडपर्व, चालचलन अन्तत्वगत्वा सबै अध्यात्म मै पुर्याउने
गतिविधिहरु हुन् अर्थात सहजता प्रदान गर्ने मार्गहरु हुन् । यस्ता हरेक
गतिविधिहरुले मानिसलाई वर्तमानमा साक्षी भाव(माइन्डफूलनेस)मा रहन मद्धत गर्दछन् ।
तसर्थ हाम्रा सबै परम्परागत, कला–संस्कृति,
संस्कार, रीतिरिवाज, चाडपर्व, चालचलनहरु योग र ध्यान साधनाका कै अलग–अलग
प्रकारका विधि तथा प्रक्रियाहरु हुन् जसले मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष
किसिमले शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक रुपमा
पुर्ण स्वस्थ र शुद्ध गराएर विस्तारै साक्षी ध्यान हुदै विषय केन्द्रित ध्यान
साधनामा प्रवेश गर्न सहजता प्रदान गर्दछन् र साधक क्रमशः ध्यानस्थ, समाधिस्थ, आत्मज्ञान हुदै ब्रम्हज्ञानमा स्थित हुन पुग्दछ । तसर्थ,
कला–संस्कृति, संस्कार, सम्प्रदाय,
धर्म र अध्यात्मको तत्कालीक अर्थ र व्यवहारीक
अभ्यासहरु फरक र अलग जस्तो लागेपनि यी सबैको आत्यन्तिक गन्तव्य तथा उद्देश्य
अन्ततः मोक्षको प्राप्ति नै हो । हरेक मानिस धार्मिक हुनु अत्यन्त राम्रो कुरा हो
जसले मानिसमा आन्तरीक रुपमा सकारात्मक परिवर्तनहरु ल्याउँदछ र उसलाई आफैंमा सुखी,
खुशी, समृद्ध, शान्त, आनन्दित रहन र जीवनमा अनुशासित, निष्ठवान, नैतिकवान, कर्तव्यनिष्ठ,
जिम्मेदार तथा उत्तरदायि बन्न मद्धत गर्दछ र
उभित्र अरुप्रति सहयोग, सेवा, प्रेम, मैत्री, दया, करुणाको भाव जागृत गर्दछ । धर्म तथा धार्मिकता
आफूले आफूलाई जान्ने र आफू र अरुप्रति सबै प्रकारले सहज रहन व्यक्तिलाई मानिसबाट
पूर्ण मानव बनाउने प्रक्रिया हो । जो मानिस पुर्ण रुपमा आफूलाई जान्न सक्षम छ,
उ नै जीवनमा पूर्ण मानव र सफल तथा सबैकालागि
समाजमा उदाहरणिय छवि बन्नसक्दछ ।
मानिसले आफूले आफूलाई जान्नकालागि योग तथा ध्यान साधनाका विधिहरुको अनुशरण
गरेर आफैंभित्र अन्तरयात्रा गरि आत्मज्ञान हासिल गर्नु आवश्यक हुन्ुछ तर सबैकालागि
यो अवस्था हासिल गर्न योग तथा ध्यान साधनाका विधिहरुको अनुशरण गर्न त्यति सहज नहुन
सक्छ त्यसैले हाम्रा वुद्धिमान पुर्खा ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले पयाप्त
वैज्ञानिक, प्रामाणिक र तार्किकताले
ओतप्रोत विविध परम्परा, कला–संस्कृति,
संस्कार, रीतिरीवाज, चाडपर्व, रहनसहन तथा चालचलनहरुको निर्माण र थालनी गरिदिए
ताकि यी गतिविधिहरुको माध्यमबाट हरेक मानिस विस्तारै सुखी, खुशी, समृद्ध, शान्त, आनन्दित, योगस्थ, ध्यानस्थ, समाधिस्थ, आत्मज्ञानी,
ब्रह्मज्ञानी बनोस र परमात्मा सदाकालागि स्थित
हुन सकोस । ऋषिहरुद्वारा निर्माण र थालनी गराइएका हरेक परम्परा, कला–संस्कृति, संस्कार, रीतिरीवाज,
चाडपर्व, रहनसहन तथा चालचलनहरुले मानिसलाई आफ्नो दैनिक जीवनमा
वर्तमानमा रहेर साक्षी भावको अभ्यास गर्न सिकाउँदछन् । यसकारण यी सबै विषयहरु अन्तत्वगत्वा मानिसलाई
धार्मिकता र आध्यात्मिकतामा पुर्याउने सरल तथा सहज सांस्कृतिक मार्ग हुन् । जीवनमा
सहजता र सफलता हासिल गर्नकालागि हरेक मानिसले सांस्कृतिक मार्गको अनुशरण
गर्नुपूर्व त्यसको वैज्ञानिकता, प्रामाणिकता,
तार्किकता, उपयोगिता र आफ्नोलागि उपयोगी छ वा छैन आदिबारे राम्ररी
बुझेर मात्र अगाल्नु पर्दछ ।
सांस्कृतिक मार्गका वैज्ञानिकताका लाभहरु असिमित रहेका छन् जसले मानिसको
जीवनलाई सहज बनाउन मद्धत गरिहेका छन् । यस किसिमका सांस्कृतिक मूल्यमान्यताहरु
जीवनलाई सहज बनाउनकागि मानवकल्याणको भाव राखेर निर्माण र थालनी गरिएका हुनाले
यसलाई मार्ग कै रुपमा मानेर सहजताको सिढी बनाएर जीवनलाई अगाडि बढाउनु पर्दछ,
यसमा अडकिराख्नु भने हुदैन । तर हिजोआजका
मानिसहरुको मूल समस्या नै यही बन्दै आएको छ साम्प्रदायिक तथा सांस्कृतिक, संस्कारीक कट्टरताका कारण मानिसहरुको
प्रवृत्तिमा नकारात्मकता भरिदै गएको छ, वैज्ञानिकता र प्रामाणिकता छुट्दै र अन्धविश्वास तथा कुरीतिहरु भररिदै गैरहेका
छन् । राम्रो नराम्रो, लाभ हानी केही
नहेरी उनीहरु साम्प्रदायिकतामै अड्कीरहेका छन् जसले समाजमा असन्तुलन खडा गरेको छ र
यूवाहरुलाई धर्म र अध्यात्मबाट दुर धकेलिरहेको छ । अझ त्यसमाथि विश्वमा हावी
भैरहेको भूमण्डलीकरणका कारण आजभोलि हाम्रा वैज्ञानिक परम्परागत संस्कारहरुमाथि
सांस्कृतिक अतिक्रमण र परनिर्भताको प्रभाव बढ्दै गैरहेको छ र सहि प्रचलन छोडेर
अरुअरु प्रवृत्तिहरु मिसमास गरि मौलिकता छोड्ने र अर्काको संस्कृतिको नक्कल,
फ्युजन र अनुशरण गर्न थालिएको छ जसले यूवाहरुमा
अझ बढि सकस थपेको छ र अझ अलमलमा पारेको छ । सांस्कृतिक बनौं तर बुझेर बनौं अरुलाई
खुशी पार्नकालागि तथा समाज अनुसार चल्दिनकालागि होइन, यस्ता क्रियाकलापहरुले केही अर्थ र मतलव राख्दैनन् बरु
उल्टै समय, उर्जा र भावनाको वरवादी
मात्र गर्दछन्, यसले हामीलाई
कहीं पुर्याउदैन बरु पछाडि धकेल्छ ।
अध्यात्म, धर्म, कला–संस्कृति र
संस्कारविचको अन्तरसन्वन्ध
चाहे जुनसुकै सम्प्रदाय होस् हरेकका दुइ प्रमुख पक्षहरु हुन्छन्– (१)सांकृतिक
व्यवस्थापन– परम्परा चालचलन व्यवहारीकता र (२)जीवन व्यवस्थापन– शरीर, मन, भावना तथा चित्तको शुद्धता, सबै प्रकारका
नैतिक मूल्यमान्यताहरु र इश्वरप्रति प्रेम तथा आस्था । हामी हाम्रो सांस्कृतिक
मुल्यमान्यताहरुको अनुशरण गर्दछौं र यसक्रममा मन्दिर, चर्च, मस्जिद, गुरुद्वारामा पूजा, प्रार्थना, मन्त्र जप आदि
गर्ने गर्दछौं । सर्वकल्याण र मानवीयताको विकासकालागि यी गतिविधिहरुमा गहिरोे
वैज्ञानिकता छ जसले मानिसभित्र अत्यन्तै महत्वपूर्ण र सकारात्मक रासायनिक
परिवर्तनहरु गराउँदछ र मानिसमा विस्तारै सकारात्मक तवरले स्थाइ रुपान्तरण आउँछ र
उसमा धार्मिक तथा आध्यात्मिक व्यक्तित्व विकास हुदै जान्छ । आ–आफ्ना संस्कारहरु
मान्ने तथा सांस्कृतिक बन्ने क्रममा हामी आफ्नो खुशीले मन्दिर तथा तीर्थ जाने;
इश्वर, भगवान, देवीदेवताप्रति आस्था
राख्ने; पंडित, पूजारी, गुरु, भक्तजनहरुप्रति
श्रद्धा तथा सम्मान भाव व्यक्त गर्ने; पूजा, प्रार्थना, यज्ञ, अनुष्ठान लगाउने; भेटी, दान, दक्षिणा समर्पण गर्ने; प्रेम, दया, करुणा, सेवा, परोपकार गर्ने गर्दर्छौं जसले मानिस स्वयंमा,
परिवार, समाज, पर्यावरण,
प्रकृति, मानवीयता, सर्वकल्याण आदिमा
प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अत्यन्तै सकारात्मक प्रभाव पारिरहेको हुन्छ
वैज्ञानिक तवरले । यस्ता गतिविधिहरु धार्मिक तथा आध्यात्मिक प्रक्रियाहरु हुन जसले
मानिसमा केही समयकोलागि मात्र भएपनि सकारात्मक उर्जा प्रवाह हुन्छ र हर प्रकारका
नकारात्मक उर्जा तथा विचारहरुबाट दुर राख्दछ र मानिसको मस्तिष्क र शरीरमा जैविक,
भौतिक तथा रासायनिक परिवर्तनहरु घटित हुन
थाल्दछन् । मस्तिष्क र शरीरमा सकारात्मक अर्थात खुशी तथा सुख प्रदान गर्ने ग्रन्थी
रस अर्थात हर्मोनहरु उत्पादन हुन थाल्छन् र नकारात्मक हर्मोनहरु उत्पादन हुन बन्द
हुन्छन् । सकारात्मक हर्मोन उत्पादन हुँदा यसले मानिसको शरीरका चारवटै आयामहरु–
स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक तथा चेतनात्मक शरीर, त्यसैगरि सातवटै स्वास्थ्यका आयामहरु– शारीरिक स्वास्थ्य,
मानसिक स्वास्थ्य, प्राणीक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, वौद्धिक
स्वास्थ्य, आत्मिक स्वास्थ्य र परम
स्वास्थ्यमा स्वतः सकारात्मक प्रभाव पर्दछ र मानिस वाहिरबाट स्वस्थ र भित्रबाट
शुद्ध तथा पवित्र बन्न थाल्दछ ।
मानिसको शरीरका चारवटै आयाम र सातवटै स्वास्थ्यमा एकप्रकारको परम शान्ति र
आनन्द प्रदान गर्ने सकारात्मक उर्जा सबैतिर संचारीत भएपछि र यसप्रकारको दिव्य
उर्जाले हाम्रो शरीरका आयाम र स्वास्थका कडीहरुलाई एक अर्कोसंग योग गर्दै अर्थात
जोड्दै लान्छ र अन्ततः परमात्मा योग गराउन मद्धत गर्दछ किनकी हामी सबै उनै
परमात्माकै फैलावट हौं अर्थात उनकै उर्जाका तरंगहरु हौं, सानो अंश हौं । तसर्थ धार्मिकता अन्ततः अध्यात्ममा
पुर्याउने मार्ग हो । जो व्यक्तिमा यस्ता धार्मिक गतिविधिहरुमा निष्ठा, अनुशासन, आस्था, विश्वास, दिव्यताको मान्यता छ उसमा आध्यात्मिक परिवर्त
चाँढै देखापर्न चाल्छन् । शरीरमा यस्तो परिवर्तन आएको समयमा मानिसमा प्रेम,
स्नेह, माया, मैत्री, श्रद्धा, दया, करुणा, सेवाको भाव भरिदै जान्छ र उभित्र अन्य थुप्रै
सकारात्मकता उत्पन्न हुदै जान्छ र नकारात्मकताबाट दुर हुदै जान्छ र वास्तविक
अर्थमा मानव बनेर मावीयता र सर्वकल्याण भावमा आफ्नो जीवन जीउन थाल्छ, अरुलाई मद्धत गर्दछ, अरुको भावको सम्मान गर्दछ, अरुको परवाह गर्दछ, प्रकृतिप्रेमी बन्दछ, प्रकृतिमा भएका
सबै प्राणी, वनस्पति, वस्तु पदार्थहरुलाई आफू सरह ब्रम्हको सृष्टि
ठान्दछ र सम्मान, कृतज्ञता प्रकट
गर्दछ, प्रकृति, पर्यावरण, वातावरण शुद्धता र बचाउमा ख्याल राख्न थाल्छ, जिम्मेवार, कर्तव्यनिष्ठ बन्दछ र यही कुरा आफ्नो व्यवहारमा ल्याउदछ र
अरुलाई सिकाउन थाल्दछ ।
कला–संस्कृति र वैज्ञानिकता
प्राय सबै सनातन सम्प्रदायहरुले अनुशरण गर्दै आएका प्राचीन कला–संस्कृति तथा
संस्कारहरु पूर्णतः वैज्ञानिकता र प्रामाणिकतामा आधारीत छन् र तिनले मानिसलाई
असिमित लाभहरु पुर्याइरहेका छन् । नवपुस्ताले वैज्ञानिकतालाई चाँढै स्वीकार गर्छ र
सहजै मान्न तयार हुन्छ । सनातन धर्मका सबै कला–संस्कृति तथा संस्कार र यस अन्तर्गत
गरिने गतिविधिहरु अत्यन्तै वैज्ञानिक र प्रमाणिक छन् तसर्थ उनीहरुलाई यी सबै
विषयहरु तर्क सहित बुझाउने प्रयास गर्नु पर्दछ । सनातन अध्यात्मका अमुर्त कुराहरु
पढेर तथा कथा कहेर सबैले सजिलै बुझ्न नसक्ने भएकाले प्राचीन वैज्ञानिक
ऋषिमूनिहरुले सबैले सहजै जीवनको व्यवहारीकतामा अनुशरण गर्न सक्ने तथा मिल्ने गरि
कला–संस्कृति, संस्कार, चाडपर्व, रीतिरीवाजको शुरुआत गराए र कला–संस्कृति तथा संस्कारहरुलाई
अध्यात्मको मार्ग बनाएर मानवको जीवन सहज गरिदिएको यथार्थ उनीहरुलाई सपष्टरुपमा
बुझाउनु पर्दछ ताकि यी संस्कृतिहरुको निष्ठापूर्वक व्यवहारीक अनुशरण तथा
प्रयोगात्मक अभ्यास गरेर उनीहरुले पनि सहजै आफ्नो जीवनमा लाभ प्राप्त सकुन् ।
प्राचीन वैज्ञानिक ऋषिमूनिहरुको मूल उदेश्य नै यही थियोे कि यी संस्कृति तथा
संस्कारहरुको माध्यमबाट मानिसले आफ्नो जीवन सहज, सरल बनाउन सकुन् र साथसाथ धर्म तथा अध्यात्म साधना को
माध्यमबाट इश्वरको भक्ति पनि भैरहोस, उनीहरुको जीवनका सबै दुःखहरुको निवृत्ति र आनन्दको प्राप्ति भैरहोस र मुक्तिको
मार्गमा अगाडि बढिरहोस । मानिस पूर्ण मानव हुदै आध्यात्मिक बनोस र मावीयताको र
सर्वकल्याणको कर्ममा अग्रसर भई सबैकोलागि भलो हुने सेवाको काम गरी आफू र अरुलाई
पुण्य कमाउने मौका प्रदान गरोस र जीवनको दुःखबाट सदाकालागि मुक्ति पाओस ।
ऋषिहरुद्वारा कला–संस्कृति तथा संस्कारहरुमा लुकाएर राखिदिएका कला–संस्कृति,
संस्कार, चाडपर्व, रीतिरीवाजका
वैज्ञानिकताबारे केही तथ्यहरु जानौं–
परमात्माको परमउर्जा– ब्रम्हाण्डको सनातन नियम र अत्याधूनिक प्रमात्रा
विज्ञान(क्यान्टम साइन्स) को पछिल्लो खोज अनुसार अन्ततः ब्रम्हाण्डमा स्थित सबै
मानिस, प्राणी, पंक्षी, जीव, वनस्पिति,
पदार्थहरु एकै उर्जाका तरंगहरुबाट निर्मित भएका
हुन र हरएक चिज अर्को चिजसंग जोडिएका छन्, केहीबाट कोही अलग छैन जसरी खोला, नदी, सागरमा पानीको लहर एकै
किसिमले बहिरहेको हुन्छ, कुनै भाँडो तथा
पात्रमा उघाएर मूल श्रोतबाट त्यसलाई अलग नगरेसम्म अलग हुदैन त्यसैगरि हामी हरएक
मानिस पनि सागरबाट उघाइएका एक–एक गिलास पानी जस्तै एक–एक गिलास उर्जा हौं अलग–अलग
रुपमा तर हाम्रो अस्तित्व अर्थात मुल श्रोत उही परमउर्जा हो जसलाई हामी सर्वव्यापक
तथा सर्वशक्तिमान परब्रह्म, परमात्मा,
इश्वर मान्दै आइरहेका छौं र हामी सबै यही
परमउर्जाका अंश हौं त्यसैले अनेक बहानामा अनेक किसिमले जसरी सहज हुन्छ त्यसैगरि यस
परमउर्जासंग जोडिन चाहान्छौं अध्यात्म, धर्म, सम्प्रदाय, संस्कृति, संस्कार, परम्परा, चालचलन, चाडपर्व आदिको माध्यमबाट ।
इश्वर, भगवान, देवी–देवता,
गुरु तथा मुक्त चेतना– इश्वर, भगवान, देवी–देवताका
रुपमा हामी वर्तमान समयमा स्थुल शरीरमा नरहनु भएका तर सुक्ष्म शरीरमा रहनु भएका
महापुरुष(मुक्त आत्मा अर्थात चेतना)हरु, देवीदेवताहरु र स्थुल शरीरमा रहनु भएका तथा नरहनु भएका अध्यात्मगुरु तथा
धर्मगुरु, मुक्त चेतनाहरुको पवित्र
उर्जा शरीर अर्थात सुक्ष्म शरीरको छवि, विभिन्न आकृति, तस्वीर तथा
मुर्ति स्थापना गरेर सामुन्नेमा बसेर तथा उभिएर प्रार्थना, पूजा, आराधना गर्ने
गर्दर्छौं । यी परम पवित्र, प्रकाशित,
बुद्धत्व प्राप्त, परमात्माको उर्जासंग लय भैसक्नु भएका मुक्त चेतना तथा
उर्जासंग जोडिने, निकट हुने र
सकारात्मक उर्जा अर्थात आशिर्वाद प्राप्त गर्ने प्रयत्न गर्ने गर्दर्छौं । यी
बुद्धत्व प्राप्त परम पवित्र, परमप्रकाशित छवि,
आकृति, तस्वीर तथा मुर्तिहरुबाट सकारात्मक उर्जाको अविरल प्रवाह भैरहेको हुन्छ
निराकार रुपमा । यस प्रकारको उर्जाको सकारात्मक प्रभावले वरीपरि भएका नकारात्मक
उर्जाहरु सकारात्मक उर्जामा परिणत हुन्छन् तथा दुर हुन्छन् र हामी विविध प्रकारका
रोग, चुनौती तथा समस्याहरुबाट
मुक्त हुन्छौं । यस्तो प्रक्रिया निराकार तथा निर्गुण रुपमा हुने हुनाले हामी
हाम्रा ज्ञान इन्द्रियहरुले देख्न तथा महसुस गर्न सक्दैनौं तर दिव्य उर्जाकोे
अनुभव गर्न सक्षम धार्मिक तथा आध्यात्मिक महापुरुषहरुले यसप्रकारको सुक्ष्म
उर्जाको अनुभव तथा अनुभूति गर्न सक्दछन् । यसरी परमात्माको पवित्र उर्जास्वरुप
मानेर परम पवित्र छविहरुको पूजा, आराधना, प्रार्थना, स्मरण गर्दा सुक्ष्म रुपमा हामीलाई उक्त पवित्र उर्जाको
शक्ति आशिर्वादको रुपमा प्राप्त भैरहेको हुन्छ र हामी निरन्तर धार्मिकता तथा
आध्यात्मिकतातिर अघि बढिरहेका हुन्छौं ।
पवित्र तीर्थ स्थलहरु– विज्ञान सम्मत, वैज्ञानिक तथा प्रामाणिक तथ्य अनुसार अत्यन्त विश्वासकासाथ व्यवहारमा प्रयोग
हुदै आइरहेको छ कि जुन स्थानलाई मानिसहरुले सकारात्मक भावले बारबार प्रयोग गर्दछन्
र ती स्थानहरुमा लगातार आध्यात्मिक, धार्मिक, सांस्कृतिक गतिविधिहरु
गर्दछन् त्यस्ता स्थानहरु पवित्र र सकारात्मक उर्जाले भरिपूर्ण हुदै जान्छन् । यही
प्रयोगात्मक अभ्यासबाट नै हाम्रा मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वराहरुको अवधारणा
विकास हुदै आएको हो र तिनै स्थानहरु पवित्र तिर्थस्थल मठ, मन्दिर, मस्जिद, चर्च, गुम्बा, गुरुद्वराहरुको रुपमा
विकसित हुदै आएका हुन् र ती स्थानहरुमा सकारात्मक उर्जाको अत्यधिक प्रवाह महसुस
गरिएको हो । यही मान्यता अनुसार नै पाटीपौवा, धर्मशाला, खुल्ला प्रकृति,
चौतारी, देउराली, चौबाटो, दोभान, त्रिवेणी, सांखु, खोला तथा पानीको मूलमा पूजा गर्ने, उक्त स्थानमा केहीबेर भएपनि समय व्यतित गर्ने
प्रचलन बढेको हो । यस्ता स्थानहरुमा समय बिताउने, पूजा गर्ने, जल चढाउने गरिन्छ
ताकि त्यहाँको सकारात्मक उर्जाको प्रभाव मानिसलाई परोस र केहीबेरकोलागि भएपनि उसले
वर्तमानको अभ्यास गरोस र नकारात्मक विचार तथा भावहरुबाट अलग रहोस र सकारात्मक
बनोस् । यस्ता स्थानहरुमा सकारात्मक उर्जाको तोरा अर्थात प्रवाह उच्च हुन्छ । साथै
प्राकृतिक लगायत अन्य चिकित्सकिय दृष्टिकोणले खुल्ला प्रकृति, आकास तथा पंचमहाभूतसंगको सिधा स्पर्श अत्यन्तै
महत्वपूर्ण मानिन्छ ।
मन्त्र जप तथा शव्द सुमिरन– जुन शव्द तथा वाक्यलाई मानिसहरुले सकारात्मक भावले बारबार
स्मरण गर्ने तथा जप गर्ने गर्दछन् उक्त शव्द तथा वाक्यहरुको सकारात्मक उर्जा शक्ति
र उर्जा प्रवाहमा बृद्धि हुदै जान्छ र तिनै शव्दहरु महामन्त्र तथा मन्त्रको रुपमा
विकसित हुदै आएका हुन् । यही प्रयोगात्मक अभ्यासबाट हामीले जप्ने मन्त्र तथा
सुमिरन गर्ने भक्तिभावका गीतसंगीतहरुको अवधारणा विकास हुदै आएको हो र ती शव्द तथा
वाक्यहरुमा सकारात्मक उर्जाको अत्यधिक प्रवाह महसुस गरिएको हो । यसैकारण सनातन
धर्ममा यस्ता महामन्त्र तथा मन्त्र र भक्तिगानहरुको अधिक बाहुल्यता तथा महत्व रहदै
आएको र व्यवहारिक रुपमा प्रयोग हुदै आइरहेको हामी पाउछौं । सनातन धर्ममा प्रयोगमा
ल्याइएका मन्त्र तथा भक्तिगानहरु यही अवधारणाका प्रतिक भएकोले यसप्रति मानिसहरुले
आस्था, विश्वास र अभ्यास गर्दै
आइरहेका हुन् । मन्त्र जप्दा निस्कने ध्वनि तरंगहरुले बिभिन्न कारणले चुडिएका तथा
च्यातिएका हाम्रो शरीरका स–साना नशा तथा कोशिकाहरुको पुनरमर्मत तथा जोड्ने काम
गर्दछ र हाम्रा ज्ञान इन्द्रियहरुको क्षमता वृद्धि गर्दछन् साथै वरिपरिको वातावरणमा
रहेका नकारात्मक उर्जाहरुलाई सकारात्मक उर्जामा परिवर्तित गर्दछन् अथवा दुर
गर्दछन् ।
पूजा तथा प्रार्थना– हामी घरमा पूजा कक्ष र भगवानको थान बनाउँछौं, फूल चढाउँछौं, पूजाका अन्य सामग्रीहरु चढाउँछौं, यो क्रिया धार्मिक, साम्प्रदायिक, सांस्कृतिक तथा
संस्कारीक हो भौतिक रुपमा अर्थात देखिने रुपमा तर यी गतिविधिहरुबाट हामीलाई असिमित
नदेखिने सकारात्मक वैज्ञानिक लाभहरु प्राप्त भैरहेका हुन्छन् हाम्रो शरीर र
स्वास्थ्यका सबै आयामहरुमा । यी गतिविधिहरुले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा
हामीलाई जीवन व्यवस्थापनका कलाहरु ीसकाइरहेका हुन्छन् जसले हाम्रो तन, मन, भाव, चित्तमा एकप्रकारको
शितलता, शान्ति तथा आनन्दका
तरंगहरु संचारीत गरिरहेका हुन्छन् । साथै पूजा, आराधना, प्रार्थना,
स्मरण गर्दा भगवान, इश्वर, गुरुजन, परिवार सबैप्रति व्यक्त गरिने अहोभाव, कृतज्ञता भाव, क्षमा दिनेदिने भाव, नैकिता, अनुशासन, कर्तव्य, उत्तरदायित्व, सम्मान, श्रद्धा, प्रेम लिनेदिने भावले हाम्रो सुक्ष्म शरीरमा,
भाव, चित्तमा रहेका विकारहरुको सफाई गर्दछ, सकारात्मक उर्जा भरिदै जान्छ र हामीलाई स्वस्थ हुन मद्धत गर्दछ ।
पूजाका सामग्री तथा समर्पणका प्रक्रिया– पूजा, आराधना, प्रार्थना, स्मरण, भजन, किर्तन गर्दा यसविचमा गरिने सबै प्रकारका प्रक्रियाहरु र यसबाट हुने अझ
अत्यन्तै लाभप्रद अर्को ठूलो प्रामाणिक वैज्ञानिक पाटो छ जुन हाम्रा पूर्खा तथा
प्राचीन वैज्ञानिक पूर्वीय ऋषिमूनिहरुले निकै चलाखीपूर्ण किसिमले मानवको उत्थान
गर्ने पवित्र उद्देश्यकासाथ पूजा विधिका रुपमा पूजाका अन्य सामग्रीहरु चढाउने तथा
समर्पण गर्ने विधिहरुको प्रणाली बसाइदिए । सुगन्धित सुपुष्प, फूल, लतालहरा, फलफूल, नैवेध, पकवान, जडीबुटीजन्य वनस्पति,
धूप, दिप, चन्दन, टीका, तिलक, मालाजप, मन्त्रजप, गोरष, गोवर, चम्मर चढाउने; यज्ञ, अग्नि, होम, चरु, आहुति गर्ने; शंख, घण्ट, डमरु, वासुरी तथा अन्य वाध्यवाधन सामग्रीहरु बजाउने
चलन चलाइदिए जसको अत्यन्तै महत्वपूर्ण, प्रभावकारी फाइदा तथा वैज्ञानिक लाभहरु रहेका छन् । पूजामा यी सामग्रीहरुको
प्रयोग गर्दा हुने दृश्य, स्पर्श, सुगन्ध, श्रवण, स्वाद आदिबाट
हाम्रो शरीर र स्वास्थ्यका सबै आयामहरुमा प्रकृति तथा प्राकृतिक चिकित्सा, आयुरवेद चिकित्सा, मर्म चिकित्सा, ध्वनि चिकित्सा, मनो चिकित्सा,
पोषण चिकित्सा लगायत धेरै प्रकारका लाभदायक
गतिविधिहरु भैरहेका हुन्छन् नजानिदो किसिकले । यस्ता गतिविधिहरुले हाम्रो शरिर,
मन, भावना, चित्त, कर्म इन्द्रिय, ज्ञान इन्द्रियहरुको पुनरसंरचना, विकारहरुको सफाइ, नकारात्मक उर्जाहरुको शुद्धी गरेर शरीरका अंगहरुको शक्ति तथा क्षमता बढाउँदछन्
।
नैवेद तथा प्रसाद– सकारात्मक गुण भएका फल, फूल तथा वनस्पतिहरु, विशेष प्रकारले तयार गरिएका तथा पकाइएका नैवेदहरु शरीर र
स्वास्थ्यका सबै आयामहरुमा लाभ पुर्याउने प्रकारले निर्धारण गरिएका छन्, जस्तै नरिवल अर्थात श्रीफल अर्थात अमृत फलबाट
मिल्ने पोषणका असिमित स्वास्थ्य लाभहरु रहेका छन्, त्यस्तै यसको पर्यावरणिय महत्व पनि रहेको छ । पकाइएका
नैवेधहरु अपुंगो, मनभोग, पंचामृत आदिको पोषण चिकित्साको दृष्टिकोणले
बेग्लै प्रकारको महत्व रहेको छ ।
स्वस्थ्य तथा चिकित्सा– हामी सांस्कृतिक भएर धार्मिक तथा आध्यात्मिक
गतिविधिहरुलाई पूजा, प्रार्थना,
अराधना तथा अनुष्ठानहरुको माध्यमबाट आफ्नो
दैनिक जीवनमा तिनको व्यवहारीक उपयोग तथा प्रत्यक्ष अभ्यासहरु गरिरहदा हाम्रो शरीर,
मन, भावना, आत्मा अर्थात चेतनामा,
वरिपरिको पर्यावरणमा, प्रकृतिमा अदृश्य किसिमले विविध प्रकारका लाभहरु संचारीत
भैरहेका हुन्छन् । यसक्रममा योग चिकित्सा, ध्यान चिकित्सा, प्रकृति तथा
प्राकृतिक चिकित्सा, आयूरवेद चिकित्सा,
मर्म चिकित्सा, ध्वनि चिकित्सा, पोषण चिकित्सा, स्पर्श चिकित्सा,
मनो चिकित्सा, मन्त्र चिकित्सा आदि निरन्तर भैरहेका हुन्छन् । मन्त्र
उच्चाहरण गर्दा उत्पन्न हुने ध्वनिका तरंगहरुले हाम्रो शरीरका स–साना कोशिकाहरुको
पुनरसंरचना गर्ने तथा जोड्ने काम गर्दछन् साथै यसले ज्ञान इन्द्रियहरुको देख्ने,
सुन्ने, सुंघ्ने, स्वाद लिने र
स्पर्श अनुभूति गर्ने क्षमतामा वृद्धि गर्दछन् । त्यस्तै पूजामा उपयोग गरिएका शंख,
घण्ट, डमरु तथा अन्य वाध्यवाधन सामग्रीहरुबाट उत्पन्न हुन ध्वनिका मोटा तथा हाम्रो
कानले सुन्न नसक्ने मसिना सुक्ष्म तरंगहरुले विभिन्न कारणले चुडिएका तथा च्यतिएका
हाम्रा शरीरका विभिन्न अंगहरुका स–साना नशा, नाडीहरु र स–साना कोषहरुलाई मर्मत गर्ने, जोड्ने तथा नयाँ निर्माण गर्ने काम गर्दछन् र
हाम्रो मस्तिष्कका स–साना नशाहरुलाई स्वस्थ र सक्रिय गरि शरीर, मन, भाव, चेतनालाई उर्जावान,
सजग र सिर्जनशील बनाउँदछन् ।
श्रृंगार तथा सजावट, सरसफाइ तथा व्यवस्थान– पूजा कक्षको सरसफाई, व्यवस्थापन, पूजा थानको सजावट,
भगवानको श्रृंगार तथा सजावट, आफू स्वयंको, परिवारको, घरको, पूरै टोलको स्नान, सरसफाइ, श्रृंगार तथा
सजावटका पनि अन्य थुप्रै प्रामाणिक वैज्ञानिक लाभहरु छन् । यस्ता गविविधिहरुले
हाम्रो वरीपरि सकारात्मक उर्जाको प्रवाह हुन्छ, वरीपरि भएका नकारात्मक उर्जाहरु सकारात्मक उर्जामा परिणत
हुन्छन् तथा दुर हुन्छन् र सकारात्मक उर्जा प्रवाहमा वृद्धि हुन्छ र हामी विभिन्न
प्रकारका चुनौती, समस्या तथा रोगको
प्रकोपहरुबाट सुरक्षित हुन्छौं ।
यी सबै सांस्कृतिक गतिविधिहरु मानिसमा साक्षी भाव ध्यानकालागि र
नकारात्मकताबाट केहीबेरकालागि भएपनि दुर गर्नकालागि ऋषिहरुले वैज्ञानिकतामा आधारीत
खोज गरेर व्यवहारीक विधिहरुमा राखिदिएर साक्षीभाव ध्यान हुदै विषयगत ध्यानको तयारी
अवस्थाको रुपमा प्रयोगमा ल्याइदिएका हुन् । जो मानिस साक्षी भावमा अभ्यस्त हुन्छ
उसलाई सहजै विषयगत ध्यानमा प्रवेश गर्न सहज हुन्छ र अध्यात्म साधनाको गतिले
शिघ्रता लिन्छ र उसमा चाँढै नै अध्यात्मका गुणहरु भरिन्छन् र मोक्ष तथा परममात्मा
प्राप्तिको मार्गमा अगाडि बढ्न सहज अवस्था बन्दछ उसकोलागि । पूजा तथा अनुष्ठानमा
अनुशरण गरिने सबै गतिविधिहरु सकारात्मक उर्जा र कुनैनकुनै प्रकारका चिकित्सा
पद्धतिसंग सम्वन्धित छन्, कतिपय हामीले
थाहानै नपाएका तर अति महत्वपूर्ण लाभहरु पनि प्राप्त भैरहेका हुन्छन् । यस्ता
सामग्रीहरुको उपयोग गर्दा हाम्रो बरीपरि सकारात्मक उर्जा प्रवाह हुन्छ र बरीपरि
भएका नकारात्मक उर्जाहरु सकारात्मक उर्जामा परिणत हुन्छन् तथा दुर हुन्छन् । यी
गविविधिहरुले मानिसको शरीरका स्थुल तथा सुक्ष्म अंगहरु मन, भाव, चित्तको
स्वास्थ्यमा प्रभावकारी किसिमले सकारात्मक प्रभाव पारिरहेको हुन्छ किनकी यी सबै
गतिविधिहरुसंग सबैकाविच प्रत्यक्ष तथा अप्रत्यक्ष अन्तरसम्वध रहेको हुन्छ । कतिपय
लाभहरुबाट भएका सकारात्मक परिणामहरु हामीले थाहा पाउँछौं भने धेरै जसो थाहा नै
पाउँदैनौं । यी सबै गतिविधहरुले हाम्रो शरीर, मन, भावना, चित्तमा सकारात्मक परिवर्तन ल्याइ व्यवस्थित
बनाउँछन् र हामीलाई संस्सारीक, सांस्कृतिक,
साम्प्रदायिक, धार्मिक हुदै आध्यात्मिक बनाउँछन् ।
अन्त्यमा
उमेर बढ्दै जाँदा मानिसको मस्तिष्कका नर्भसहरु कमजोर हुदै जाने हुलाले
सामान्यतया मानिस जुन अभ्यासमा अभ्यस्त भएको छ जीवनको अधिकांश समय तिनै गतिविधिहरु
मात्र गर्न रुचाउँछ, नयाँ कुरा
अंगाल्न चाहादैन किनकी उसको मस्तिष्कमा ती कुराहरुको पयाट्रन बनीसकेको हुन्छ र
नयाँ कुरा सिक्न तथा अनुशरण गर्न सक्दैन । निश्चित उमेरपछि मानिसको मस्तिष्कमा
नयाँ नर्भसहरु बन्ने क्रम सुस्त हुने र विस्तारै बन्न छोड्ने र भएकापनि मर्दैजाने
हुनाले उसले नयाँकुरा सिक्न नसक्ने अवस्था बन्छ, त्यसैले उ जाँगर पनि गर्दैन र पुरानै प्यट्रनमा चल्न
रुचाउँछ त्यसैले हाम्रा ऋषिहरुले मानिसलाई जतिसक्दो सानु उमेरमा ध्यान सिकाउनु
पर्छ भनेका हुन् । जीवनमा आध्यात्मिक हुनु, आध्यात्मिकता हासिल गर्नु तथा अध्यात्म विज्ञानको साधना
गर्नु कुनै कठिन काम होइन, सर्वप्रथम यस
विषयको मर्म बुझ्नु आवश्यक हुन्छ । सबै मानिस जन्मदै आध्यात्मिक हुन्छन् अर्थात
जन्मिदै इश्वरले हामीलाई हामीभित्र आध्यात्मिकताको गुण भरेर यस धर्तीमा पठाउनु
भएको हुन्छ तर हुर्कदै जाने क्रममा विस्तारै मानिस भित्र रहेका ती आन्तरिक
आध्यात्मिक गुणहरु वाहिरी संसारका विषयहरुले छोपिदै जान्छन् । विस्तारै मानिसका
अन्तःकरणमा प्रकृतिका त्रिगुण(सत्व, रजश, तमस) र पंचक्लेश(काम,
क्रोध, इष्र्या, अस्मिता, अहंकार, भय)का नकारात्मक प्रभावहरु बढ्दै जान्छन् र यसले मानिस
भित्रका आध्यात्मिकताका गुणहरु पुरीदै र हराउदै जान्छन् र मानिसले यूवा
अवस्थासम्मको उमेरमा पुग्दा यी सबै गुणहरु भुलिसक्छ र उ विस्तारै अध्यात्मबाट दुर
हुदै जान्छ र संसारको भोगवृत्तिमा डुब्दै यान्त्रिक जीवनमा अभ्यस्त हुदै जान्छ र
विविध प्रकारका तनाव तथा समस्याहरुबाट घेरीदै जान्छ । यतिबेलासम्म मानिसमा
अहंकारको प्रवाह बढिसकेको हुन्छ, यस् सबै
समस्याहरुबाट वाहिर निस्कने एक मात्र उपाय योग विज्ञान र ध्यान विज्ञानका
साधनाहरुलाई अपनाउन पनि अरुका कुरा नसुन्ने, नटेर्ने र सबैकुरा म आफैं जान्दछु भन्ने भ्रमको कच्चा
बाठोपनको विकास भैसकेको हुन्छ, तर वास्तविकतामा
आफूपनि यसबारे केही जान्दैन, अरुले भनेको पनि
मान्दैन र समस्याको गोलचक्करमा घुमिरहन्छ । मानिसमा समयक्रमसंगै यसप्रकारको भ्रमको
पर्दा वाक्लिदै जान्छ, त्यसपछि उसलाई यो
पर्दा चिरेर आफुभित्रको आभ्यत्मिक गुणसम्म पुग्न समय लाग्दछ, फस्वरुप उसलाई अध्यात्म साधना गर्न तथा
आध्यात्मिक बन्न मुस्किल काम जस्तो लाग्छ । अज्ञानताकाकारण उसमा नकारात्मकताको
प्रवाह बढिसकेको हुन्छ र आध्यत्मिक विषयको गहिराई नबुझीकन अध्यात्म र धर्मलाई
उल्टै गाली गर्न थाल्दछ, वकवास अनुपयोगी,
अन्धविश्वास, अवैज्ञानिक छ, वेकार छ, यो भ्रम हो भन्ने भ्रम र
अज्ञानताको भुमरीको चक्करमा फस्दै जान्छ र झनझन आफैंलाई हानी नोक्सानी पुर्याउदै
जान्छ ।
यो पाकृतिक नियम नै हो कि कुनै विषयबाट धेरै दुरी बढ्यो भने फेरी त्यहाँसम्म
फर्कन समय लाग्छ, कहिलेकाहीं त
असम्भव पनि हुनसक्छ । त्यतिबेलासम्म रोग, बिमारी तथा अन्य प्रकारका समस्या, चुनौती तथा अप्ठ्याराहरुको कारण हाम्रो शरीर, मन, भावना, आत्मा अर्थात चेतनाले साथ दिन नसक्ने भैसकेको
हुनसक्छ । त्यसैले हाम्रा ऋषिमूनि अर्थात पूर्वीय प्राचीन वैज्ञानिकहरुले
बालबालिकाहरुलाई जतिसक्दो सानु उमेरमा योग र ध्यानका साधनाहरु सिकाउनु पर्दछ भनेर
जोड दिएका हुन् । पूर्वीय दर्शनको मूल्यमान्यतामा चलेका गुरुकुल तथा योगपीठहरुमा
आजपनि यही परम्परा जारी छ, जीवनको पूर्वार्ध
अर्थात सानै उमेरदेखिनै योग र ध्यानका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक अभ्यासहरु
सिकाइन्छ । यसरी जीवनको शरुआतदेखि नै योग र ध्यान सिकेका मानिसहरु स्वतः आध्यातिमक
बन्दै जान्छन र जीवनमा सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित हुन्छन् र अरुलाई पनि खुशी प्रदान
गर्दछन् । अध्यात्म विज्ञानका प्रमुख विषय योग विज्ञान र ध्यान विज्ञानको साधनामा
यस किसिमको अभुतपूर्व लौकिक, परालौकिक शक्ति छ
तर वर्तमान समयमा आधूनिक बन्ने होडमा हाम्रा अधिकांश शैक्षिक संस्थाहरुले आफ्नै
ज्ञान, सिप, कला–संस्कृति, संस्कारहरुको वेवास्ता गरेर आयातीत शैक्षिक प्रणालीलाई
बढावा दिनथालेकोकारण योग र ध्यान विज्ञान ओझल पर्दैगयो फलस्वरुप मानिसको जीवनमा
दिनदिनै असन्तुलन, रोग, लडाइ झगडा, हिंसा... बढ्दै गयो र व्यक्ति, परिवार, समाज सबैतिर
अशान्ति फैलियो, हाहाकार मच्चियो
अध्यात्म ज्ञानको अभावकाकारण ।
यति संकथन गसिकेपछि अव निष्कर्ष स्वरुप यो भन्न सकिन्छ कि अध्यात्म, धर्म, सम्प्रदाय, संस्कृति,
संस्कार, रीतिरीवाज, चाडपर्वहरु विचको
अन्तरसम्वन्ध नंग र मासुको, पानी र चन्दनको,
धागो र मोतिको, फूल र सुगन्धको जस्तो छ, एकबाट अर्कोलाई अलग गर्यो भने मार्ग अधूरो हुन्छ, इच्छित गन्तव्यमा पुग्न मुस्किल तथा असम्भव
हुन्छ । यो बुझाइ व्यक्ति–व्यक्ति पिच्छे विविधकारणले फरक–फरक हुन सक्छ । कोही म
साम्प्रदायिकता अनुशरण बिना नै योग र ध्यानका विभिन्न किसिमका विधिहरु तथा अन्य
सहज तथा सकारात्मक गतिविधहरु ऋनुशरण गरेर आध्यात्मको साधना गर्छु र धार्मिक तथा
आध्यात्मिक बन्छु र जीवनमा पूर्णता र मोक्ष हासिल गर्नु भनेर आफ्नै प्रकारले अघि
बढ्न सक्छ ।
No comments:
Post a Comment