'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 8 August 2024

आध्यात्मिक यूवाले गर्छन् सर्वकल्याणका उदाहरणीय कार्यहरु

                                                                डा. सिर्जना भण्डारी



विषय प्रवेश

सृष्टि तथा ब्रम्हाण्डको सन्दर्भमा सबैभन्दा पूरानो ज्ञान अध्यात्म विज्ञान(स्प्रिचुअल साइन्स) सबैभन्दा नयाँ ज्ञान प्रमात्रा विज्ञान(क्वान्टम साइन्स) दुवैको निष्कर्ष एकै कि ब्रम्हाण्ड ब्रम्हाण्डमा स्थित मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थहरु सबैको समान अस्तित्व अधिकार , सबै एकै उर्जाका तरंगबाट निर्मित भएका स्थुल स्वरुप हुन्, हामी सबै एकै हौं, यहाँ केहीबाट कोही अलग छैन, दुई केही छैन, सबै अद्वेत , सबैको मूलश्रोत उही सर्वव्यापक, सर्वशक्तिमान एउटै विराट उर्जा हो जसलाई हामी विश्व चेतना अर्थात परब्रम्ह अर्थात परमात्मा अर्थात इश्वर(स्वयम्भू, आफैं निर्मित) अर्थात अस्तित्व (ब्रम्हाण्ड उत्पत्तिदेखि अहिलेसम्मका सबैको अनुभवहरुका उर्जाका तरंगहरू) मान्दछौं अध्यात्म सनातन(प्राकृतिक विकासक्रम) विज्ञान हो सबै विज्ञान, शास्त्र तथा विद्याहरुको जननी तथा महाविज्ञान हो अध्यात्म विज्ञानकै सिद्धान्त व्यवहारलाई अनुशरण तथा आत्मसाथ गर्दै २१ औं शताव्दीको आधूनिक चिकित्सा विज्ञान लगायत सबै चिकित्सा विज्ञानहरुले यस पृथ्वीमा स्थित सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थहरु ब्रम्हाण्डका प्रमुख पांच तत्व अर्थात ब्रम्हको अंश पंचमहाभूत(पर्यावरण) जल, पृथ्वी, आकाश, वायु(प्राण), अग्निको समिश्रणबाट निर्मित तथा सिंचित भएका छन् भन्ने तथ्यलाई विज्ञान सम्मत ढंगले प्रामाणिक तथ्यहरु उजागर गरिसकेका छन्

 

, मेरो, मलाई

हामी जसलाई '' (शरीर) भन्छौं यो '' ब्रम्हाण्डिय तत्वबाट निर्मित भएको , यसको सोझो अर्थ हुन आउँछ ब्रम्हाण्डको अंश हुँ मेरो भौतिक शरीर(स्थुल) सुक्ष्म शरीर(मन, भावना, चेतना) स्वयं ब्रम्हको अंश पंचमहाभूत जल, पृथ्वी, आकाश, वायु, अग्निको समिश्रणबाट निर्मित,सिंचित तथा विकसित भएको प्रत्यक्ष तथा अप्रत्यक्ष(आमाको गर्भमा रहदा आमाले खाएकै पोषणले भ्रुणको विकास हुन्छ) रुपमा यस अर्थमा अर्थात मेरो शरीर '' होइन, '' ब्रम्ह हुँ अर्थात प्रकृति हुँ अर्थात पर्यावरण हुँ तसर्थ ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात पर्यावरण अर्थात ब्रम्हका सृष्टि सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्थिति, पदार्थहरूको सर्वकल्याणप्रति आस्था राख्नु यसकालागि हित हुने सकारात्मक भाव राख्नु, सबैको हित हुने चिन्तन् गर्नु, सदविचार सदकर्महरु गर्नु मेरो प्रमुख दायित्व हुन आउँछ

 

मेरो मेरो स्थुल शरीर सुक्ष्म शरीर स्वयं ब्रम्हको अंश पंचमहाभूत जल, पृथ्वी, आकाश, वायु, अग्निको समिश्रणबाट निर्मित, सिंचित तथा विकसित भएको हो भने यो मेरो कसरी भयो !? यस अर्थमा मेरो शरीर '' होइन नै यो शरीर पनि मेरो होइन, सबै ब्रम्हको हो अर्थात प्रकृतिको हो अर्थात पर्यावरणको हो तसर्थ ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात पर्यावरण अर्थात ब्रम्हका सृष्टि सबै मानिस, प्राणी, पंक्षी, जीव, वनस्पति, पदार्थहरुको सर्वकल्याणप्रति आस्था राख्नु यसकालागि हित हुने सकारात्मक भाव राख्नु, सबैको हित हुने चिन्तन् गर्नु, सदविचार सदकर्महरु गर्नु मेरो प्रमुख दायित्व हुन आउँछ

 

मलाई ब्रम्हद्वारा निर्मित, सिंचत तथा विकसित भएको यस भौतिक संसारमा जीवन यापन गरिरहेको मेरो स्थुल सुक्ष्म शरीरको एक मात्र प्रमुख उदेश्य रहेको हुन्छ कि मेरो शरीरमा प्राण रहुन्जेल अर्थात भौतिक शरीरमा रहुन्जेल  वाहिरी जीवनमा सुखी, ऐश्वर्यवान सम्मानित भएर जीउन सकौं आन्तरीक जीवनमा खुशी, शान्त आनन्दित भएर जीउन सकौं जव हाम्रो स्थुल शरीरको आयु पुग्छ तव हाम्रो प्राण जान्छ अर्थात हाम्रो मृत्यु हुन्छ हामी पुनः पंचमहाभूत अर्थात ब्रम्ह अर्थात प्रकृति अर्थात पर्यावरणमै फर्काइन्छौं पारिस्थितिकीय प्रणालीमा मिल्दछौं, सबै यहीं छोडेर जान्छौं, जीवनभरी कमाएका केहीपनि चिज, वस्तु, मान, सम्मान, अपमान आफूसंग लिएर जादैनौं, मात्र आफूले जीवन जीउन्जेल गरेका आफ्ना सकारात्मक नकारात्मक विचार कर्महरु अर्थात पुण्य पापहरुको बहिखाता लिएर जान्छौं यही बहिखाता मिलाउन फेरी उही प्रक्रियाले पुनः प्रकृतिमा जन्म लिन्छौं आमाको गर्भबाट, जीवन बाँच्छौं प्राण त्याग गर्दर्छौं फेरी जन्मन्छौं, फेरी मर्छौं..., यो परिक्रमा चलिरहन्छ जहिलेसम्म हामी जन्म मृत्युको चक्रबाट मुक्त हुदैनौं  

 

यदि शरीर '' होइन, शरीर 'मेरो' होइन मेरो प्राण जाँदा आफूसंग भएका वाहिरी वस्तुहरु केही पनि आफ्नो साथमा लान्न तथा जादैनन् भने 'मलाई' किन चाहियो सहज सरल जीवन जीउन आवश्यक पर्ने भन्दा बढि अनावश्यक चिज, वस्तु, मान, सम्मान, सुख, सुविधा, भोग, बिलास ? पुरै ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात पर्यावरणको सन्तुलननै बिग्रीने खलबलिने गरि किन मलाई यो चाहियो, त्यो चाहियो, यो पुगेन, त्यो पुगेन भनेर संधै गुनासोले भरिएर तनावमा रहेर आफ्नो स्वस्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति बिगार्छौं हामी ?? प्रसिद्ध कथाकार लियो टोल्सटोय को लोकप्रिय कथा 'मानिसलाई कति जमीन चाहिन्छ' मा मानिसको सम्पत्तिप्रतिको लोभ, मोह आशक्तिलाई प्रस्तुत गरिएको धेरै जमीन ओगट्ने अति आशक्तिमा मानिस दौडदा दौडदै थकित, गलित भएर मर्छ अन्त्यमा उसको अन्त्यस्टी फीट फराकिलो लम्बाइ भएको खाल्डोमा गाडेर गरिन्छ कथाले सन्देश दिन्छ मानिसलाई अन्त्यमा जम्मा फीट जमीन चाहिने रहेछ, विचरा धेरै जमीन ओगट्ने लोभ, मोह आशक्तिमा फंसेर ज्यान नै गुमायो ! तसर्थ मानिसले जीवनमा बुझ्नै पर्ने अकाट्य सत्य सेवन गर्नुपर्ने अमृत रस यो रहेछ कि स्वयंको पंचप्रगति स्वस्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, अध्यात्म(शान्ति) हासिल गर्नकालागि अरुको जीवनमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द प्रदान गर्नकालागि ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात पर्यावरण अर्थात मानिस, प्राणी, जीव, वनस्पति, पदार्थाहरु सबैको सर्वकल्याण तथा हित हुने सकारात्मक भाव चिन्तन् गर्दै सदविचार सदकर्महरु गर्नु मेरो प्रमुख दायित्व रहेछ यसो गर्दा मात्र मेरो पुण्यको बहिखाता सहि सन्तुलित हुने रहेछ पुनरजन्महरु सुखद हुने रहेछन् , मेरो, मलाई भन्ने भावले जन्माएको काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य, ईर्ष्या, अहंकार, भयले मलाई जीवित रहुन्जेल दुःख, पिडा अशान्ति मात्र दिने रहेछ मृत्युपर्यन्त मेरो खराव कर्मबन्धन बन्ने रहेछ.... !

 

हामी जानेर वा नजानेर सबै परमात्मा अर्थात इश्वरप्रति आस्तिक छौं, नास्तिक कोही छैनौं हुनै सक्दैनौं किनकी यहाँ , मेरो मलाई भन्ने भाव पूर्णतः निरर्थक स्वार्थ तथा अहंकारपूर्ण , हामीले ब्रम्हाण्डको वास्तविक सत्यको अन्तर्य तथा गहिराइ नबुझेको मात्र हो यहाँ हरेकको सृष्टि, पालन सम्हार(नयाँ जीवन प्रदान गर्न) अन्यत्र कतैबाट अदृश्य रुपमा विराट ब्रम्हाण्ड, प्रकृति, पर्यावरण अर्थात अस्तित्व अर्थात ब्रम्हाण्डीय चेतना अर्थात परमात्मा अर्थात इश्वरले गरिरहेको सबैको कल्याणकालागि सर्वकल्याण भावले हामी सबै उही विराट ब्रम्हाण्ड अर्थात अस्तित्व अर्थात परमात्मा अर्थात इश्वरका अभिन्न अंश हौं जसरी पानीको हरेक छिटा, थोपा सागरकै अंश हो तसर्थ हामी सबैले आफ्नो अरुको कल्याणकालागि अनिवार्य रुपमा सर्वकल्याणको भाव राखेर ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात पर्यावरणप्रति गहिरो आस्था, प्रेम तथा संरक्षण विकासको सकारात्मक भाव राखेर सकारात्मक चिन्तन् गर्दै यसको हितकालागि सदासर्वदा सदविचार सदकर्म गर्नु प्रमुख अपरिहार्य उत्तरदायित्व हुन आउँछ किनकी वास्तविक अर्थमा प्रकृति अर्थात पर्यावरणनै परमात्मा अर्थात इश्वर हो हाम्रो अस्तित्वको मूल श्रोत तथा मूल धरोहर हो मानिसले आफ्नो अस्तित्वको संरक्षण तथा विकासकालागि सदविचार सदकर्म गर्न हासिल गर्नुपर्ने ज्ञान तथा प्रेरणा अध्यात्मका सैद्धान्तिक आदर्श तथा व्यवहारीक अभ्यासहरुका अमृतबाट ग्रहण गर्न सक्दछ

 

अध्यात्म विज्ञान अध्यात्म पंचामृत

अध्यात्म विज्ञानको सामान्य परिभाषा तथा प्रयोग योग विज्ञान ध्यान विज्ञानका विशेष ज्ञान सामान्य विधिहरुको अनुशरण गरेर उचित अवसरको अभावमा आफैंभित्र सुसुप्त अवस्थामा रहेका आफ्ना ज्ञान, वुद्धि, विवेक, सकारात्मक गुण, क्षमता, प्रतिभा, सिर्जनशीलता, आत्मविश्वास जगाएर जीवनमा पंचप्रगति हासिल गर्नु हो अध्यात्मको विशिष्ठ परिभाषा तथा प्रयोग योग विज्ञान ध्यान विज्ञानका विशेष तथा विशिष्ठ ज्ञान विधिहरुको अनुशरण गरेर आफूभित्रको अन्तरयात्रा गरि आफ्ना क्षमता तथा सिद्धिहरु जागरण गरेर आफू अर्थात वास्तविक अर्थात स्व अर्थात आत्मा अर्थात चेतनालाई जान्नु आफ्नो आत्मा अर्थात चेतनालाई सर्वशक्तिमान आत्मा (हायरसेल्फ अर्थात दि गड) अर्थात परमात्मा अर्थात ब्राम्ही चेतना अर्थात विशिष्ठ चेतना अर्थात विश्व चेतना (सुपर इन्टेलीजेन्स अर्थात सुपर कन्सिवसनेस अर्थात ओम्निप्रिजेन्ट, अलमाइटी दि गड) अर्थात अस्तित्वसंग योग गराएर अर्थात जोडेर परमशान्ति, परमआनन्द तथा मोक्षमा स्थित हुनु हो

 

अध्यात्म पंचामृत

हामीले घरमा आयोजना गर्ने यज्ञ, अनुष्ठान, पूजा आदिमा हाम्रा पूर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमूनिहरुले बसालिदिएको परम्परा अनुसार मानिसको शरीरलाई औषधि तथा पोषणको रुपमा हरप्रकारका तत्वहरु प्राप्त होस भन्ने उदेश्यले सनातनकालदेखि पंचामृतको प्रयोग तथा सेवन गर्दै यसको लाभ लिदै आइरहेका छौं त्यसैगरि प्राचीन वैज्ञानिक ऋषिमूनिहरुले हजारौं वर्षअघि नै योग ध्यानका विषयहरुमा गहन वैज्ञानिक खोज गरेर मानिसको जीवनमा पनि सबै प्रकारको विकास होस उनीहरुले सबै प्रकारका लाभ लिन सकुन भन्ने उद्देश्यले अध्यात्म पंचामृत सदविचार, सदकर्म, योगाभ्यास, प्राणायाम ध्यानको परम्परा बसालिदिएका छन् अध्यात्म साधना गरि यसवाट सबै प्रकारका लाभ लिन जीवनमा उच्चतम विकास ल्याउन अध्यात्मको पंचामृत सेवन गर्नु अपरिहार्य जसले हरेक मानिसको जीवनमा अध्यात्मको सामान्य तथा विशिष्ठ उद्देश्य हासिल गर्न मद्धत गर्दछ अध्यात्मको पंचामृतमा सदविचार सदकर्म सैदान्तिक ज्ञान अन्तर्गत पर्दछन् भने योगाभ्यास, प्राणायाम ध्यान प्रयोगात्मक अभ्यास तथा व्यवहारीक ज्ञान अन्तर्गत पर्दछन् जसले मानिसमा साधनाप्रति उसको निष्ठा अनुसार ढिलो-चाँढो वहिर तथा आन्तरीक रुपमा सकारात्मक परिवर्तनका परिणामहरु ल्याउदछन् मानिस जीवनमा पंचप्रगति हासिल गरि स्वस्थ, सुखी, खुशी, ऐश्वर्यवान, सफल, शान्त आनन्दित बन्न सक्दछ

सदविचार आफू लगायत सबै मानिस, प्राणी, पशु, पंक्षी, जीव, वनस्पिति, पदार्थ कसैलाई पनि कुनै प्रकारको हानी नोक्सानी नपुर्याउने बरु लाभ प्रदान गर्ने भावले गरिएका सकारात्मक सोचविचार तथा चिन्तनहरु सदविचार हुन्

सदकर्म आफू लगायत मानिस, प्राणी, पशु, पंक्षी, जीव, वनस्पिति, पदार्थ कसैलाई पनि कुनै प्रकारको हानी नोक्सानी नपुर्याउने बरु लाभ प्रदान गर्ने भावले गरिएका सकारात्मक निस्वार्थ कर्महरु सदकर्म हुन् मानिसको सदविचार तथा सदकर्ममा सकारात्मकता निस्वार्थ भाव स्थाइ रुपमा स्थापित गर्न अध्यात्म विज्ञानको प्रयोगात्मक अभ्यास तथा व्यवहारीक ज्ञान योगाभ्यास, प्राणायाम ध्यान साधनाले विशेष किसिमले महत्वपूर्ण योगदान पुर्याउछन्

 

योगाभ्यास शरीरमा शक्ति संचालन गर्नु तथा शरीरका मांशपेसी, नशा, हड्डी, जोर्नीहरुलाई तन्काउनु तथा चलायमान गराउनु योगका अभ्यास तथा आसनअरु हुन् योगाभ्यासले खासगरि मानिसको स्थुुल शरीरलाई प्रत्यक्ष रुपमा स्वस्थ सक्रिय बनाउन मद्धत गर्दछ, साथै यसको प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव लाभ मानसिक शरीर, भावनात्मक शरीर आत्मिक अर्थात चेतनात्मक शरीरमा पनि पर्दछ

 

प्राणायाम श्वासप्रश्वास तथा प्राणको आयामलाई विधिपूर्वक संचालन गर्नु प्राणायाम हो प्राणायामले खासगरि मानिसको मानसिक शरीरलाई प्रत्यक्ष रुपमा स्वस्थ सक्रिय बनाउन मद्धत गर्दछ, साथै यसको अप्रत्यक्ष सकारात्मक प्रभाव लाभ स्थुल शरीर, भावनात्मक शरीर आत्मिक अर्थात चेतनात्मक शरीरमा पनि पर्दछ  

 

ध्यान ध्यान दुइ प्रकारले गर्ने गरिन्छ ()विषय केन्द्रित ध्यान () साक्षी भाव ध्यान  

विषय केन्द्रित ध्यान स्थुल शरीर, मानसिक तथा भावनात्मक अवस्थालाई हरेक प्रकारले स्थिर(आँखा बन्द, कम्मर, ढाड, गर्धन सिधा, हात ज्ञान, ध्यान तथा अन्य मुद्रामा) गरि आफूलाई सहज हुने आसनमा बसेर तथा उठेर शरीरका अंग तथा कुनै विषय तथा कुनै स्थानको स्मरण गर्दै निश्चित समयसम्म शान्त भएर विषय केन्द्रित ध्यान गरिन्छ

साक्षी भाव ध्यान आफू जुन अवस्थामा जहाँ भइन्छ त्यहाँका वर्तमान अवस्थाका गतिविधिहरुको याद गर्दै विगत तथा भविश्यका विषयहरुमा आफ्नो याद तथा मनलाई केन्द्रित हुन नदिइ पूर्ण रुपमा वर्तमान समयका क्रियाकलापहरुमा केन्द्रित गरि साक्षी भाव (माइन्डफूलनेस) ध्यान गर्ने गरिन्छ दुवै प्रकारका ध्यानका विधिहरुले खासगरि मानिसको भावनात्मक आत्मिक अर्थात चेतनात्मक शरीरलाई प्रत्यक्ष रुपमा स्वस्थ सक्रिय बनाउन मद्धत गर्दछन्, साथै यसको प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव लाभ स्थुल शरीर, मानसिक शरीर अर्थात शरीर स्वाथ्यका सबै आयामहरुको विकासमा प्रभावकारी ढंगले पर्दछ  

 

निष्ठापूर्वक अध्यात्मको पंचामृत सेवन गर्ने तथा साधना गर्ने मानिसको शरीरका सबै आयामहरु शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर स्वास्थ्यका सबै आयामहरु शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्राणिक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, वौद्धिक स्वास्थ्य, आत्मिक स्वास्थ्य, परम स्वास्थ्यमा सूधार तथा विकास हुन्छ, शरीरका वाहिरी तथा आन्तरीक अंगहरु स्वस्थ हुदै जान्छन् सन्तुलित किसिमले काम गर्न थाल्छन् शरीर पूर्णरुपमा स्वस्थ हुन्छ पूर्णरुपमा स्वस्थ मानिसको शरीर, मन, भावना क्रमशः सकारात्मक सोच, विचार, व्यवहार, आचरण, कर्मतिर आकर्षित हुदै जान थाल्छ उसको जीवनमा पूर्ण स्वस्थ्य, राम्रो तथा सुमधूर सम्वन्ध, समृद्धि तथा सफलता, प्रतिष्ठा तथा प्रसिद्धि अध्यात्म तथा शान्ति हासिल हुदै जान्छ, विस्तारै सबै प्रकारका रोग तथा नकारात्मकताहरु हराउदै जान्छन् सदा सुखी, खुशी, ऐश्वर्यवान, सफल, शान्त आनन्दित रहन थाल्छ यस्तो मानिसमा स्वतः आध्यात्मिक गुणहरु भरिदै जान्छन्, सदविचार सदकर्मका भावहरु संचारीत हुदै जान्छन, मानवीयता सबैको कल्याणकालागि विचार, चिन्तन् निस्वार्थ कर्म गर्न इच्छुक तथा अग्रसर हुन थाल्छ, प्रकृतिप्रति आस्तिक हुदै जान्छ 'आफूमा सबैलाई सबैमा आफूलाई' देख्न थाल्छ

 

आफूमा सबैलाई देखौं सबैमा आफूलाई देखौं

विश्व संगठन सम्युक्त राष्ट्रसंघको प्रसिद्ध तथा लोकप्रिय नारा थिंक ग्लोबल्ली, एक्ट लोकल्ली (Think Globally, Act Locally) अर्थात कुनै ठूलो परिवर्तन ल्याउनकालागि त्यस विषयमा सर्वकल्याणको भाव राखेर पहिला वृहत्तर किसिमले सोच तथा चिन्तन् गर सानै स्तरमा भएपनि आफ्नो तर्फबाट स्थानिय तहमा त्यसउपर काम गर्न शुरु गर यो अत्यन्तै अर्थपूर्ण वाक्य तथा विषय सन् १९१५ मा सामाजिक अभियन्ता प्रेट्रीक गेडीसद्वारा दिगो विकास पृथ्वी ग्रहको स्वास्थ्य तथा पर्यावरण संरक्षण दिगो विकासको सन्दर्भमा लेखिएको पुस्तक Pioneering the Environmental Approach in Town Planning: Think Globally, Act Locally बाट लिइएको हो विश्व संगठन सम्युक्त राष्ट्रसंघले हामीले गर्ने हरेक कार्यहरुमा सर्वप्रथम पृथ्वी ग्रहको स्वास्थ्य तथा पर्यावरणको शुद्धतामा प्राथमिकता प्रदान गरिनुपर्छ भन्ने पक्षमा जोड दिएर यो नारालाई विश्वव्यापि रुपमा लागू गर्यो यस पुस्तकमा हरितगृहले उत्सर्जन गर्ने कार्वन्डाइअक्साइड ग्यासले विश्वव्यापि रुपमा फैलाएको वातावरण, वायु तथा पर्यावरण प्रदुषण अव्यवस्तिथ शहरी विकासबाट यसमा परेको नकारात्मक प्रभाव तथा प्रदुषण न्यूनिकरण गरि वातावरण संरक्षण तथा विकासमा जोड दिइएको भएपनि समय सन्दर्भ मिलाएर पछि विस्तारै यो नारा अन्य क्षेत्रहरु व्यापार, व्यवसाय, चिकित्सा, शिक्षा, गणित, विज्ञान, उद्योगधन्दा आदिमा पनि प्रयोग गर्न थालियो पर्यावरणको स्वस्थ्य शुद्धतालाई केन्द्रमा राखेर

 

धेरै मानिसहरु ठूलाठूला मुद्दा तथा विषयका काममा राष्ट्रिय तथा अन्तरराष्ट्रिय रणनीति कार्यान्वयनको सक्रियता तथा निर्णय कुरेर बस्दछन्, जस्तो वातावरण प्रदुषण, मौसम परिवर्तन, बेरोजगारी, बहुराष्ट्रिय कम्पनी, शिक्षा, स्वास्थ्य, चिकित्सा आदि तर केही मानिसहरु आफैं यो विषयको जिम्मेदारी लिन्छन् वृहत्तर हित तथा सर्वकल्याणको चिन्तन गरेर, विश्वमै ठूलो परिवर्तन ल्याउने उदेश्य राखेर आफैंले सानो तहमा स्थानिय स्तरबाटै वातावरण मैत्री काम गर्न शुरु गर्दछन् आफ्ना दैनिक गतिविधिहरुमा विश्वसामु नमुनाको रुपमा उदाहरण बन्दछन् उदाहरणकोलागि हाल छिमेकी मुलुक बंगलादेशमा राजनीतक असन्तुलनका कारण विद्यार्थी आन्दोलनले ल्याएको उच्चतम संक्रमणकालको नेतृत्व गर्न अग्रसर भएका नोवेल शान्ति पुरस्कार विजेता प्रोफेसर डा. मोहम्मद युनुसको बंगलादेशको 'ग्रामीण विकास नमुना' लाई लिन सकिन्छ सबैको हित गर्ने आध्यात्मिक सोच भएका युनुसले सर्वकल्याणकालागि गरेको चिन्तन् आफैंले आफ्नो तहमा स्थानिय स्तरबाट शुरु गरेको सानो परियोजनाले उनलाई स्थानिय श्रोतको प्रयोग गरि ग्रामीण विकास गरेको, गरिवी निवारणमा योगदान पुर्याएको, पर्यावरण शुद्धता विश्व शान्तिमा योगदान पुर्याएको उदाहरणीय कामकालागि सन् २००६ मा नोवेल शान्ति पुरस्कारले सम्मानित गरिएको थियो

 

आध्यात्मिक सोच भएका डा. युनुसले आफूमा सबैलाई सबैमा आफूलाई देखे अमेरीकामा ठूलो संस्थामा सम्मानित पदमा नोकरी गरिरहेका उच्च आम्दानी गरेर सुखसयलको जीवन यापन गरिरहेका उनी अचानक सर्वकल्याणको काम गर्न अग्रसर भए स्वदेश फर्केर गरिव मानिसहरुको पिडा कम गर्न सहयोग गर्न लागे विश्वमा यस्तै आध्यात्मिक सोच भएका यूवा तथा चिन्तकहरुले अन्य धेरै उदाहरणीय योगदानका कामहरु गरेका छन् यस्ता उदाहरणीय कार्यहरु नेपालका यूवाहरुले पनि गरेका छन् अझै राम्रा काम अझ प्रभावकारी ढंगले गर्न सक्दछन् यसकालागि हामीले यूवाहरुलाई आध्यात्मिक किसिमले तयार गर्नुपर्दछ, उनीहरुलाई हरप्रकारले 'थिंक ग्लोबल्ली, एक्ट लोकल्ली' नारामा काम गर्न सक्ने आफ्नै मातृभूमिमा सम्भावनाका अवसरहरू खोज्न सक्ने प्रकारले उत्प्रेरणा प्रदान गर्नु पर्दछ यूवाहरुलाई आध्यात्मिक, सामाजिक, नैतिक मूल्यमान्यतामा आधारीत भएर सबै प्रकारका सैद्धान्तिक तथा व्यवहारीक ज्ञान प्रदान गरि उचित अवसर, उचित उत्प्रेरण तथा उचित वातावरण तथा उचित सल्लाह, सुझावको अभावमा उनीहरुभित्र सुसुप्त अवस्थामा रहेका ज्ञान, विज्ञान, प्रविधि, साहित्य, सिप, रुची, प्रतिभा, क्षमता, सोच, विचार, लक्ष्य, सकारात्मक गुण, सम्भावना, योजना, सिर्जनशीलता, उद्यमशीलता, जोश, जाँगर, उत्साह, आवश्यकता, समय उनीहरुको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक दिव्य उर्जाको प्रभावकारी व्यवस्थापनका लागि उत्प्रेरणा प्रदान गरि यस्ता वृहत परिवर्तन ल्याउन सक्ने क्षमताहरु जागरण गरि तिनको उचित व्यवस्थापन गर्ने तर्फ प्राथमिकता केन्द्रित गरेर उनीहरुले गर्ने हरेक कार्यहरुलाई सर्वकल्याणकालागि हुने किसिमले अग्रसर हुन प्रेरित गर्नु पर्दछ किनकी आजका यूवाहरु वर्तमान तथा भविश्यका हरेक आवश्यकताहरुलाई आवाज; आवाजलाई सोच; सोचलाई विचार; विचारलाई सम्भावना; सम्भावनालाई योजना; योजनालाई व्यवहारिक सत्यमा सहजै रुपान्तरण गर्नसक्ने शक्तिशाली नेतृत्व शक्ति तथा क्षमता भएका उर्जाका मूल श्रोत हुन् 






 


No comments:

Post a Comment