डा. सिर्जना भण्डारी
कुनैपनि घटना तथा विषयबारे जान्नु ज्ञान हो र सबै ज्ञान विज्ञान हुन् र विज्ञान व्यवहारिक प्रयोगबाट हासिल भएका विज्ञान सम्मत अर्थात वैज्ञानिक सप्रमाण प्रामाणिक ज्ञान हुन् । ज्ञानबिना विज्ञान बन्दैन र विज्ञानबिना ज्ञान अरुमा संचारित हुदैन । वैदिक सनातन अध्यात्म दर्शनमा उल्लेख गरिए अनुसार, हरेक मनुष्यलाई आफूभित्रको इश्वर अर्थात परमात्मा आर्थात अन्तरज्योतिको ज्ञान प्रदान गरी त्यस दिव्य तत्वसंग साक्षातकार हुन र ऊसैमा सदाकालागि योगस्त हुन सहज गराउने मूल उद्देश्यले ज्ञान तथा विज्ञानको रचना चार तहमा लिपिवद्ध गरिएका हुन्*–
(१)शास्त्र:- सनातन धर्मका चारवेद शास्त्र हुन्; वेदको अर्थ ज्ञान तथा विज्ञान हो; वेद अपौरुषीय ज्ञान हो; शास्त्रका ज्ञान ऋषिहरुलाई ध्यान तथा समाधि साधनाको गहिराइमा प्राप्त भएका भावातीत अनुभूतिहरु हुन्; मनुष्यभित्रको इश्वर अर्थात परमात्मा अर्थात अन्तरज्योतिको ज्ञान प्रदान गर्ने प्रमुख उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु शास्त्र अर्थात वेद हुन् ।
(२)ग्रन्थ:- सनातन धर्मका उपनिषद्, पुराण आदि ग्रन्थ हुन्; ग्रन्थ ऋिषिहरुद्वारा रचना गरिएका ज्ञान हुन्; देवी-देवताहरुको उपमाद्वारा धार्मिक तथा आध्यात्मिक ज्ञान प्रष्ट पार्दै इश्वर अर्थात अन्तरज्योतिको ज्ञान प्रदान गर्ने उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु ग्रन्थ हुन् ।
(३)पुस्तक:- कालजयि ज्ञान प्रदान गर्ने रचनाहरु पुस्तक हुन्; पुस्तक विद्वता प्राप्त महान व्यक्तिद्वारा रचना गरिएका हुन्छन्; पुस्तौं पुस्तासम्म उपयोगी हुने जीवन र जगतको ज्ञान तथा विज्ञान प्रष्ट गर्दै इश्वर अर्थात अन्तरज्योतिसम्म पुग्न सहयोग गर्ने उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु पुस्तक हुन् ।
(४)किताव:- ज्ञानको समसामयिक आवश्यकता परपूर्तिकालागि उपयोगी हुने रचनाहरु किताव हुन्; किताव विषय विज्ञद्वारा रचना गरिएका हुन्छन्; सदविचार तथा सदकर्मका लागि कुनै निश्चित तहको जानकारी हासिल गर्न बुद्धि, विवेक, ज्ञान प्रदान गर्दै इश्वर अर्थात अन्तरज्योति सम्म पुग्न सहयोग गर्ने उद्देश्यले लिपिवद्ध गरिएका रचनाहरु किताव हुन् ।
पूर्वीय अध्यात्म दर्शन मनुष्यलाई सहज, सरल र सन्तुलित जीवन जिउने कला सिकाउने ज्ञानको विज्ञान हो । सिद्ध महापुरुषहरुका अनुसार, अन्तरज्योतिको साक्षात दर्शन प्राप्त भएपछि शास्त्र, ग्रन्थ, पुस्तक, कितावहरुको दर्शन उति आवश्यक छैन किनकी सबै रचनाहरु मनुष्य जीवनको आत्यन्तिक उद्देश्य त्यही इश्वर अर्थात अन्तरज्योतिसंग साक्षातकार हुन तथा त्यहाँसम्म पुर्याउन गरिएका हुन् । सरल भाषामा बुझ्दा, ज्ञानका सबै रचनाहरु त्यहाँसम्म पुग्न मद्धत गर्ने सिढी हुन् । तर मनुष्य जातिको गुणधर्म सेवा तथा उपकार भएकोले आफूले जानेको ज्ञान अरुलाई प्रदान तथा हस्तानतरण गरेर अरु मनुष्यहरुलाई पनि इश्वर अर्थात अन्तरज्योतिको दर्शन गर्न सक्षम बनाउनु मनुष्यको प्रमुख कर्म हो । तसर्थ शास्त्र, ग्रन्थ, पुस्तक, कितावहरुको निरन्तर दर्शन अर्थात अध्ययन अति आवश्यक हुन्छ । मनुष्यको जीवनको यात्रा अनन्त छ, हरेक जन्म यस यात्राका विशौनीहरु हुन् र यीनै विसौनीमा गरिएका विविध प्रकारका कर्महरुले अगाडिको यात्राको गुणस्तर निर्धारण गर्दछन् । मनुष्यको जन्म कर्मयोनी हो । शरीर, मन, आत्मा तीन तत्व मिलेर मानिसको पूर्ण स्वरुप निर्माण भएको छ र यी तीनवटा तत्वका आधारभूत आवश्यकताहरु अलग–अलग छन् । शरीर सन्तुलित किसिमले चल्नलाई आहार, विहार, भौतिक सुख, सुविधाको आवश्यकता पर्दछ; मन सन्तुलित किसिमले चल्नलाई खुशी, शान्तिको आवश्यकता पर्दछ र आत्मा, चित्त, चेतना सन्तुलित किसिमले चल्नलाई आनन्दको आवश्यकता पर्दछ र यी सबै हामीले ज्ञानबाट आर्जित गरेका सदविचार र सदकर्मबाट प्राप्त हुन्छन् । तसर्थ हाम्रो सदविचार र सदकर्म सन्तुलित राख्न शास्त्र, ग्रन्थ, पुस्तक, कितावहरुको निरन्तर दर्शन अर्थात अध्ययन आवश्यक छ जीवनको यात्रा अन्तिम विसौनी अर्थात इश्वर अर्थात अन्तरज्योतिको दर्शनसम्म नपुगुन्जेल सम्मकालागि र अरुलाई त्यहाँसम्म नपुऱ्याउजेल सम्मकालागि।
bsirjana@gmail.com
******************
सन्दर्भ सामग्री:
*
No comments:
Post a Comment