डा. सिर्जना भण्डारी
विषय प्रवेश
प्रमात्रा भौतिक विज्ञानका पछिल्ला खोजहरुले परम्परागत भौतिक विज्ञान(Conventional Physics)ले स्थापना गरेका पुराना मूल्य-मान्यताहरुलाई तोडेर अर्थात ति मूल्य-मान्यताहरुलाई असत्य सावित गर्दै आधूनिक तथा प्रमात्रा भौतिक विज्ञानले उजागर गरेका तथ्यहरुलाई सनातन अध्यात्म दर्शनका मूल्य-मान्यताहरुसंग जोड्दै लगिरहेका छन्। सबैले बुझ्ने गरि सजिलो भाषामा भन्नु पर्दा विश्व समाजमा आधूनिक तथा प्रमात्रा भौतिक विज्ञानका पछिल्लो समयमा गरिएका नयाँ-नयाँ खोजहरुले नै सत्ययुग तथा आध्यात्मिक मूल्य-मान्यताहरु(Spiritual Values) को पुन:स्थापना गर्ने कार्यको शुरुआत गरिसकेका छन्, तसर्थ वैज्ञानिक अध्यात्मको प्रवर्द्धन गर्न अहिलेको इस्वी २१औं शताब्दीको समय एकदम सही रहेको मान्न सकिन्छ।
परम्परागत भौतिक विज्ञानले हाम्रा ज्ञान-इन्द्रियहरुले अनुभव गर्न सक्ने तथा ल्यावमा परिक्षण गर्न सकिने वस्तु, विषय तथा गतिविधिहरु मात्र प्रमाणिक सत्य तथा विज्ञान हुन् भन्ने दावी गर्यो र यस सम्वन्धमा धेरै अप्रमाणित भ्रमहरु पैदा गर्यो तर पछिल्लो समयमा प्रमात्रा भौतिक विज्ञानले गरेका नयाँ-नयाँ खोज, अनुसन्धान तथा अध्ययनहरु- अटोमिक थेयरी(Atomic Theory), एम थेयरी(M Theory), स्ट्रीङ थेयरी (String Theory), सुपर-स्ट्रीङ थेयरी(Super-String Theory), बटरफ्लाइ इफेक्ट थेयरी(Butterfly Effect Theory), वेव पार्टीकल डुवालिटी(Wave Particle Duality) लगायत अन्य क्वान्टम मेकानिजनका सिद्धान्तहरुले यस किसिमको दावी तथा भ्रमलाई चिर्दै तथा असत्य सावित गर्दै हजारौं वर्ष अघि पूर्वीय अध्यात्म दर्शनले स्थापित गरेका जीवन र जगत/ब्रह्माण्डका सुक्ष्म तथा अतिसुक्ष्म मूल्य-मान्यताहरुलाई स्वीकार गरेको छ र यि मूल्य-मान्यताहरु पुनःस्थापित हुने प्रक्रिया अघि बढिरहेको संकेतहरु देखिन थालेका छन्, यसकासाथै सनातन अध्यात्म विज्ञानलाई नै मूल विज्ञान तथा महा विज्ञान(Super Science)को मान्यता प्रदान गर्न थालेका छन्। पछिल्लो समयमा प्रमात्रा भौतिक विज्ञानको विषयमा अध्ययन गरिरहेका वैज्ञानिकहरुले ब्रह्माण्डको नियमबारे अझै धेरै कुरा जान्न र बुझ्न तथा धेरै ज्ञान लिन बाँकी रहेको र अहिलेसम्म जानकारीमा आएका तथ्यहरुले ब्रह्माण्डबारे अत्यन्त कम अध्ययन गर्न सकेको स्वीकार तथा उजागर गर्दै आइरहेका छन्।
सनातन अध्यात्म दर्शनले हजारौं वर्षदेखि जीवन र जगत/ब्रह्माण्डको अन्तिम श्रोत ब्रह्माण्डिय उर्जा हो, ब्रह्माण्डिय उर्जाको अन्तिम श्रोत चेतना हो, हामी सबै त्यहि विराट ब्रह्माण्डिय उर्जा तथा चेतनाका साना-साना अंश हौं, सबै एकअर्कासंग अन्तर-सम्वन्धित तथा जोडिएका छौं र यहाँ कोही पनि कसैबाट अलग छैन भन्ने शाश्वत सत्य उजागर गर्दै आइरहेको छ र यही शाश्वत ज्ञानलाई नै अहिलेको आधुनिक तथा प्रमात्रा भौतिक विज्ञानले सत्य मान्दै तथा स्वीकार गर्दै सम्पूर्ण ब्रह्माण्ड उर्जाका तरङ्गहरुले बनेको छ र ब्रह्माण्डका सबै जड तथा जीवतत्वहरु ब्रह्माण्डिय उर्जाका अभिन्न अंश हुन् र ति सबै उर्जाबाट नै निर्मित भएका हुन् भन्ने विभिन्न प्रमाणिक तथ्यहरु प्रस्तुत गरिसकेको छ । र अहिलेसम्मका पूर्वीय अध्यात्म दर्शनका विभिन्न शास्त्रहरु मध्य सवैभन्दा वैज्ञानिक तथा प्रमाणिक शास्त्र श्री कृष्ण भगवानद्वारा प्रतिपादित 'श्रीमद् भगवद् गीता' मा उल्लेख गरिएका आध्यात्मिक तथ्यहरुमाथि विश्वव्यापि रुपमा वैज्ञानिक खोज, अनुसन्धान तथा अध्ययन गर्ने महान कार्यको प्रारम्भ भएको छ।
सनातन आध्यात्म दर्शनको मान्यता अनुसार मानव भएर जन्मनुको प्रमुख कारण आफूतिर फर्किएर तथा आफैंभित्र अन्तरयात्रा गरेर आत्मानुभूत तथा तत्वज्ञान हासिल गरि बारबार दोहोरीरहने जन्म- मृत्युको दु:खदायि चक्रबाट पार भइ मुक्ति तथा मोक्षमा पुग्नु हो, यसकालागि योगध्यान साधनाको अभ्यास गरेर आफूभित्र सुक्ष्म रुपमा रहेका उर्जा (जो सबै उर्जाहरुको अन्तिम श्रोत ब्रह्माण्डिय उर्जासंग एकाकार रहेको छ) का श्रोत सात चक्रहरुको जागरण गर्नु आवश्यक हुन्छ। चक्रहरु जाग्रीत भएको मानिस स्वतः आध्या तिमक तथा धार्मिक हुन्छ र उसको जीवनमा चाहे अनुसार सुख, शान्ति, समृद्धि हासिल गर्न सक्छ।
तसर्थ, हामी सबैले योग-ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ। https://youtu.be/ziF6wMupOlA? si=raQHupZEoLfiN1rm
No comments:
Post a Comment