
मुख्य विषय:
·
मानव र मानव सभ्यताको विकास;
·
मानवको सुख र खुशीकालागि अध्यात्म विज्ञानको पुनरप्रयोग;
·
अध्यात्म विज्ञानको विकास, ज्ञान र मानवीय जीवनशैली;
·
अध्यात्मका प्रमुख तीन विषयहरु;
·
वैज्ञानिक अध्यात्म तथा योग-ध्यान विज्ञानले मानिसमा ल्याएका अभुतपूर्व उपलव्धिहरु;
·
मानिसको स्थुल शरीरमा योग-ध्यानले ल्याएका समष्टि सकारात्मक परिवर्तनहरु;
·
मानिसको सुक्ष्म शरीरमा योग–ध्यानले ल्याएका व्यष्टि सकारात्मक भावातीत परिवर्तनहरु
विषय प्रवेश
अध्यात्म अत्यन्त सरल र सबैले सजिलै व्यवहारमा ल्याउन तथा प्रयोग गर्न सकिने परिणाममूखि सबैभन्दा पूरानो प्रामाणिक विज्ञान हो। तर विभिन्न किसिमले कुरा घुमाएर, भारी भर्कम विषयहरुसंग जोडेर, शास्त्रका लाक्षणीक विषय तथा अभिव्यक्तिहरुसंग तादात्मे गरेर यसलाई अत्यन्तै जटिल विषय,
क्रिया र प्रक्रिया जस्तो बनाइएको तथा देखाएइको छ। वर्तमान समयमा अध्यात्म विज्ञानलाई राम्ररी बुझ्न र यसको अनुशरण गर्न चाहने खासगरि यूवा पुस्तालाई सबैभन्दा मुस्किल परेको छ यस किसिमको बिनाअर्थको घुमाइले। अध्यात्म सनातन कालदेखि नै अभ्यास गर्दै आइएको अत्यन्त सरल र सहज विज्ञान हो। यस अन्तर्गत प्रमुख तीन विषयहरु पर्दछन्– (१)जिवज्ञान– स्थुल शरीरको विज्ञानको ज्ञान, (२)आत्मज्ञान– सुक्ष्म शरीरको विज्ञानको ज्ञान, (३)ब्रह्मज्ञान– अन्तिम सत्य परमात्माको विज्ञानको ज्ञान। छोटकरीमा भन्नुपर्दा, अध्यात्म जिवज्ञान र आत्मज्ञान हुदै ब्रह्मज्ञानसम्म पुग्न हरेक मानवले आफ्नोलागि आफू स्वयंले गर्नुपर्ने सरल र सहज आन्तरीक साधना पद्धति मार्गनिर्देश गर्ने प्रयोगात्मक विज्ञान हो। जिवज्ञान, आत्मज्ञान र ब्रह्मज्ञानबारे पछिल्लो अनुच्छेदमा विस्तृत विवरण आउनेछ***।
अध्यात्मले ब्रह्म, ब्रह्महाण्ड, आत्मा, परमात्मा,
पूर्वजन्म, प्रारब्ध कर्म,
पूनरजन्म, चेतना, पूरुष, प्रकृति, विजआत्मा, जडआत्मा, जिवआत्मा, जीवन, जगत आदि पराभौतिक तथा अलौकिक विषयहरुको सन्दर्भमा अध्ययन गर्दछ। सृष्टिकालदेखि नै ब्रह्महाण्ड,
प्रकृति, जिवहरुको ब्युउत्पत्तिको श्रृंखला अविरल चलिरहेको छ र प्रलयकालसम्म यसरी नै निरन्तर चलिनै रहनेछ। आधूनिक विज्ञानका अनुसार झण्डै १४ अरव वर्षअघि महाविश्फोट (विगव्याग, यद्धपि जुलाइ २०२२मा जेम्सवेव स्पेस टेलीस्कोपले ब्रह्महाण्डमा विगव्याग कहिल्यै पनि नभएको दावी गरेको छ)बाट ब्रह्महाण्डको उत्पत्ति भएको भएपनि पृथ्वी ग्रहमा मानिसका पूर्खा चिम्पान्जीको तीन लाख वर्षअघि उत्पत्ति भएको र मानिसको होमोसेपियन्स प्रजाति यानकी हाम्रो उत्पत्ति र विकासक्रमको श्रृखला केवल ७० हजार देखि एक लाख वर्षको मात्र भएको आधूनिक भौतिक विकासवादका सिद्धान्त तथा खोजहरुले उजागर गरेका छन्। आधूनिक भौतिक विकासवादका सिद्धान्त अनुसार प्राचीनकालदेखि हालसम्मको मानव सभ्यताको विकासक्रमलाई मोटामोटी रुपमा ढुंगे युग,
फिरन्ते युग, कृषि युग र औधोगीक युगमा विभाजन गरिएको छ। मानव सभ्यता विकासका यी सबै युग तथा चरणको एकमात्र साझा उदेश्य थियो र छ,
त्यो मानिसको सुख र खुशीको खोज। सभ्यता विकासक्रमको सन्दर्भमा पूर्वीय दर्शन(मानिसले आन्तरीक साधना गर्दा आउने भावातीत अनुभूतिबाट प्राप्त हुने अन्तरज्ञान) र पश्चिमि फिलोसोफी(विषयको अध्ययन तथा प्रयोगको अनुभवबाट प्राप्त हुने वाहिरी विषयको ज्ञान)विच केही फरक मत देखिएका भएपनि यी दुवैको केन्द्रमा मानव र मानवको सभ्यता विकासका विषय नै रहदै आएका छन् र यी दुवैथरी दर्शन तथा फिलोसोफीको चासोको विषय मानवको सुख र खुशीको खोज नै हो। पूर्वीय दर्शनले मानव र मानव सभ्यताको विकास मानवको सुख र खुशी खोज्दै चार युग– सत्य युग, त्रेता युग, द्वापर युगलाई पार गर्दै कली युगसम्म आइपुगेको व्याख्या गर्दछ भने पश्चिमि फिलोसोफीले मानव र मानव सभ्यताको विकास मानवको सुख र खुशी खोज्दै भौतिक विकासवादी सिद्धान्त अन्तर्गत विविध चरण र प्रयोगहरु पार गर्दै मानव र मानवको सभ्यता आजको अवस्था तथा २१औं शताव्दीको युगसम्म आइपुगेको व्याख्या गर्दछ। र आजको युगमा पनि समय सान्दर्भिक हुनेगरि मानवको सुख र खुशीकालागि नै आधूनिक भौतिक विज्ञान र अध्यात्म विज्ञानका विधिहरुको खोजी, परिक्षण र प्रयोगहरु गरिदै आइएका छन्।
मानव र मानव सभ्यताको विकास
बहुचर्चित र धेरै हदसम्म वास्तविकताको नजिक पुग्न सफल भएको आधूनिक भौतिकवादी वैज्ञानिक चाल्र्स डार्विनको विकासवादको सिद्धान्तले मानिसलाई वाँदरको एक प्रजाति चिम्पान्जीबाट विकसित हुदै, छुट्टै अस्तित्व निर्माण गर्दै आजको अवस्थासम्म आइपुगेको होमोसेपियन्स प्रजातिका रुपमा व्याख्या गरेको छ जो शुरुमा चारखुट्टा नै टेक्थ्यो; विस्तारै विकास हुनेक्रम प्रकृतिसंगको संघर्षमा अगाडिका खुट्टा टेक्न छोड्यो र पछाडिका दुइ खुट्टा मात्र टेकेर उभिन थाल्यो; दुई खुट्टा मात्र टेक्न थालेपछि उसको सक्रियता बढ्न थाल्यो र उसमा सिर्जनशिलताको विकास भयो। दुई खुट्टा मात्र टेकेकोकारण उसले टाढा–टाढासम्म देख्न सक्ने भयो,
यहीकारणले उसको सक्रियता र सिर्जनशिलता बढ्न थाल्यो र उसको मस्तिष्कको आकार,
गुणवत्ता तथा क्षमताको विकास हुदै गयो। विकसित हुदै गएको मानव मस्तिष्कले मानवकालागि सुख र खुशीको विकल्पहरुको खोजी गर्न थाल्यो। मानिसले सुख, खुशी र सहजता खोज्ने क्रममा विस्तारै आपसि सहयोग तथा सुरक्षाकालागि परिवार, समुह, समाज,
समुदाय, वस्ती तथा कविला, राज्य बनाउन थाल्यो। र यी सबैको सही किसिमले व्यवस्थापन गर्नकालागि भौतिक विकासका विकल्पहरु– कृषि, पशुपालन,
उद्यम, व्यवसाय तथा अन्य आवश्यक विषयहरुको विकास र निर्माण गर्दैगर्दै आजको २१औं शताव्दीको विज्ञान प्रविधि तथा सूचना प्रविधिको उच्चतम विकासको अवस्थासम्म आइपुग्यो।
मानव सभ्यता विकासको ढुंगे युगदेखि हालसम्म नै मानिसको एउटा मात्र मूल उदेश्य तथा केन्द्र मावन सभ्यताको विकास र मानवको सुख, खुशी तथा सहजताको खोजी रहदै आएको छ। मानवको सुखलागि विभिन्न समयकालमा विभिन्न विधि तथा उपायहरुको खोजी र प्रयोग गरिदै आइएको छ। पूर्वीय सभ्यतामा हाम्रा पुर्खा ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले मानवको सुखकालागि योग–ध्यानको विज्ञानको वैज्ञानिक खोज र प्रयोग गरेर परिणाममूखी सफल व्यवहारीक अभ्यासका रुपमा यसलाई मानव भलाइकालागि मानव समाजमा स्थापित गराए र लामो समयसम्म मानव समुदायले योग–ध्यान साधनाको अनुशरण गरेर मानव सभ्यतालाई अगाडि बढाइरहयो तर इतिहासको कालखण्डमा विश्वमा विविध प्राकृतिक तथा मानव निर्मित उतार–चढावहरु आए। प्रमुख रुपमा राजनीतिक भौगोलिक विस्तारवादको विश्वव्यापि होडबाजीले एकअर्काको संस्कार, संस्कृति, सभ्यता, ज्ञान, विज्ञान ध्वस्ता पार्ने सिध्याउने ध्वन्सात्मक गतिविधिहरुले प्रस्रय पाउदै गए। विशेषगरि विश्वमा सर्वाधिक चर्चामा रहेका एशियाका मौर्य चक्रवर्ति सम्राट अशोक महान, युनानी चक्रवर्ति सम्राट अलेक्जेन्डर(सिकन्दर) महान, मुगल चक्रवर्ति सम्राट अकवर महान र पछिल्लो समय आणवीक हतियारले सम्पन्न अंग्रेज तथा इष्टइन्डिया कम्पनीको भौगोलिक विस्तारवादले विश्वभरिनै ठूलो तहल्का, हलचल तथा फेरवदल ल्याइदियो। अन्त्यहिन विशाल युद्ध, लुटपाट, मारकाट, हिंसा, तोडफोड र संस्कृति मास्ने उद्देश्यले गरिएका भौतिक संरचनाहरुको विध्वन्सले विभिन्न राज्य र राज्यका समुदायहरुले परम्परागत रुपमा अभ्यास गर्दै आइरहेका पूर्खौली संस्कार, स्थानीय संस्कृति तथा मानव सभ्यताको विकासमा ठूलो क्षति ल्यायो र विश्वलाई पुनः पुरानै दुःखको अवस्थामा पुर्यायो। प्राचीन ज्ञान, विज्ञान र ज्ञानीहरु, भौतिक विकास, विकासका संरचनाहरु सबै सर्वनास गराइए र विस्तारै ती अस्तित्वबाट लोप भएर गए र मानव सभ्यता तथा समाज जस्ताको तस्तै तथा अझ नाजुक अवस्थामा पुग्यो। कहालीलाग्दो युद्धका विभिसिकाहरुबाट बाँच्न सफल भएका मानिसहरु र ध्वस्त हुनबाट बाँकी रहेका राज्यका अन्तर–कुन्तरका थोरै संरचनाहरु, चलअचल सम्पत्ति, सनातन अध्यात्मका शास्त्र, ज्ञान तथा विज्ञानका प्रमाणहरु संकलन गरेर तथा एकै ठाउँमा समेटेर दुःखजिलो गर्दै सनातन अध्यात्म तथा धर्मको विज जोगाउने उद्देश्यले आ–आफ्नो संस्कार तथा संस्कृतिको अभ्यास निरन्तर गर्दै गए।
मानवको सुख र खुशीकालागि अध्यात्म विज्ञानको पुनरप्रयोग
भिषण युद्धका कारण संस्कार, संस्कृति,
ज्ञान, विज्ञान र ज्ञानी गुरु तथा पुरोहीतहरुको अभावका कारण र केही निश्चित व्यक्ति र वर्गहरुको स्वार्थका कारण सनातन अध्यात्म तथा सनातन धर्मका सही प्रयोग तथा व्यवहारीक अभ्यासहरु निकै लामो समयसम्म हराउदै तथा कम हुदै गए। यही क्रममा फाइदा उठाउने समुहहरुले सनातन अध्यात्म तथा सनातन धर्मका नाममा समाजमा विकृति र अन्धविश्वास फैलाउन थाले, समाजमा झन–झन अराजकता बढ्दै र फैलिदै गयो। तत्कालीन सामाजिक व्यवस्था तथा अवस्था अनुकुल हुनेगरि सूधारको आवश्यकतालाई मध्यनजर गर्दै केही समाज सूधारक महामानवहरुले विभिन्न किसिमले वैचारीक क्रान्ति,
साँस्कृतिक क्रान्ति तथा धार्मिक क्रान्तिहरुको नेतृत्व गरे र अध्यात्म, धर्म र संस्कृतिहरुमा सकारात्मक परिवर्तन ल्याए। यही समयमा विभिन्न धर्म तथा दर्शनहरुको प्रादुर्भाव भयो। यस्तै परिवर्तित परिवेशमा समाज निरन्तर आफ्नो किसिमले अघि बढ्दै गयो र साथसाथ मानवको सुख तथा खुशीको खोजी र मानव सभ्यताको विकासका प्रक्रियाहरु पनि अगाडि बढ्दै गए। मानवकालागि सुख र खुशी खोज्ने यही क्रममा यतिबेलासम्म अध्यात्म विज्ञान तथा धर्म विज्ञानको अनुशरण तथा व्यवहारीक प्रयोग गरिदै आइएको मानव समाजमा १८ औं शताव्दीदेखि आधूनिक भौतिक विज्ञानको विकास र प्रयोग गर्न थालियोे र आधूनिक भौतिक विज्ञानको क्रमिक विकासले मानवको जीवनमा सुख, खुशी तथा सहजता बढाउदै लग्यो। आधूनिक भौतिक विज्ञानको विकासले भौतिक संरचनाहरुको विकास अर्थात वाहिरी विकासमा पर्याप्त सकारात्मक परिवर्तनहरु ल्यायो;
मानिसलाई चाहे जस्तो सुख, सुविधा र सहजता प्रदान गर्यो र मानवको वाहिरी तथा भौतिक विकासमा अभुतपूर्व परिवर्तन ल्यायो तर यी वाहिरका कुरा तथा विषयहरुको विकासले मानिसको आन्तरीक विकास अर्थात उसका आन्तरीक क्षमता तथा प्रतिभाहरुको विकास गर्न सकेन, उसलाई सदा सुखी, खुशी, शान्त, आनन्दित र तृप्त राख्न सकेन। भौतिक विकासका सुख सुविधाहरु भोग गरेर पनि मानिस सुखी,
खुशी, स्वस्थ तथा शान्त रहन सकेन। पर्याप्त सूविधाहरु पाएर पनि मानिस सुखी,
खुशी, स्वस्थ तथा शान्त रहन नसक्नुको कारण आम मानिसको मस्तिष्कको विकास तथा क्षमता, प्रतिभाको विकास हुन नसकेको कारणले हो भनेर निश्कर्ष निकालियो। आधूनिक विज्ञानका विभिन्न खोजहरुले पत्ता लगायो कि आम मानिसहरुले आफ्नो मस्तिष्कको पूर्ण क्षमताको जम्मा १ देखि २ प्रतिशत मात्र खर्च तथा प्रयोग गरिरहेका छन् त्यसैले आवश्यक ज्ञानको अभावका कारण मानिस सुखी तथा खुशी हुन नसकेका हुन्। तसर्थ मानिसलाई सुखी तथा खुशी बनाउन उसको मस्तिष्कको विकास गर्नुपर्छ भन्ने तर्कहरु प्रस्तुत हुनथाले र त्यसमा काम गर्न शुरु गरिए।
मानिसको मस्तिष्कको क्षमता विकास गर्न तथा मस्तिष्क प्रयोग बढाउन उ भित्र रहेका क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरु जगाएर तथा प्रष्फुटित गरेर उसको सुख तथा खुशीको खोजी गर्ने अर्को प्रयोग शुरु भयो। मानिसको मस्तिष्कको क्षमता तथा उपयोग/प्रयोग बढाउन उ भित्रै स्थित सुसुप्त अवस्थामा रहेका उसका जन्म–जन्मका क्षमता, प्रतिभा तथा सकारात्मक गुणका संस्कारहरु प्रष्फुटित गर्न पूर्वीय ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले हजारौं वर्ष अघि गरेका वैज्ञानिक योग–ध्यानका साधना विधिका खोजहरु व्यवहारमा उतारेर मानिसको आन्तरीक विकास गरि उ भित्र रहेका सबै क्षमता, प्रतिभा र सकारात्मक गुणहरु प्रस्फुटित गर्नकालागि अध्यात्म विज्ञानका वैज्ञानिक विधिहरुलाई माध्यम बनाउदै आइएको छ। आज विश्वभरि नै योग–ध्यानका विधिहरुलाई सबै विविधतामा अझ राम्रोसंग उपयुक्त हुनेगरि यस विषयमाथि आवश्यक खोज तथा शोध कार्य समेत जारी नै रहेको छ। हाल विश्वभरि पतंजलि योगको रुपमा लोकप्रिय बन्दै गैरहेको योग–ध्यानका साधनाहरु प्राथमिकताकासाथ गर्ने गरिन्छ तथा गराइन्छ। योग–ध्यान गर्नेहरुको संख्या कोभिड शंक्रमणकालअघि २ देखि ३ प्रतिशत मात्र थियो तर अहिले यो संख्या बढेर १४ प्रतिशत पुगेको अध्ययनहरुले देखाएका छन् र योग–ध्यानको अभ्यास दिनदिनै बढ्दो तथा फैलिदो क्रममा छ। यसरी योग–ध्यान साधनाको गतिविधि निरन्तर बढ्नु र लोकप्रिय बन्दै जानुको सिधा तात्पर्य हो भौतिक विज्ञानको विकासले मानिसलाई प्रदान गर्न नसकेको सुख, खुशी, शान्ति,
समृद्धि तथा आनन्द अध्यात्म विज्ञानले दिन सक्दो रहेछ र दिरहेको छ भन्ने पोख्त प्रमाण हो। यस विषयमा अध्यात्म साधना विज्ञानको प्रयोग सफल बन्दै गैरहेको छ। योग–ध्यान साधनाका फाइदा र यसले मानव जीवनमा ल्याएका स्वास्थ्य, खुशी, समृद्धि, आत्मविश्वास, मैत्री तथा विश्व–वन्धुत्वको भाव, ज्ञान, प्रज्ञा,
संकल्प शक्ति, शान्त तथा आनन्दित रहन सक्ने क्षमता तथा मानवको समग्र वाहिरी तथा आन्तरीक विकासमा अभुतपूर्व सकारात्मक परिवर्तनहरु ल्याउन सफल भएको विविन्न संस्थाहरुले गरेका वैज्ञानिक अनुसन्धानहरुले प्राथमिकताकासाथ उजागर गरिरहेका छन्।
अध्यात्म विज्ञानको विकास, ज्ञान र मानवीय जीवनशैली
चाल्र्स डार्विनको भौतिक आधूनिक विकासवादी सिद्धान्तले मानव जाति र मानव सभ्यताको विज तथा शुरुआत होमोसेपियन्स प्रजातिको प्राणीको विकास तथा फैलावटलाई मान्दछ। पूर्वीय प्रौराणिक मान्यता तथा पूर्वीय दर्शनमा आधारीत पराभौतिक अर्थात अध्यात्म विज्ञानले यो समुच्चा ब्रह्माण्ड चलाउने सर्वव्यापक, सर्वशक्तिमान परब्रह्मले सबै प्राणीहरुको सृष्टि गरेको मान्यता राख्दछ। यो मान्यताले भन्छ, सबैभन्दा पहिला अर्थात विगव्याग(महाविश्फोट) हुनुअघि सबैतिर अन्धकार तथा निराकार थियो। सर्वव्यापक, सर्वशक्तिमान परब्रह्म अर्थात परमात्मा एक्लै अव्यक्त स्वरुपमा थियो,
उसलाई व्यक्त हुन तथा निराकारबाट आकारमा आउन मन लाग्यो र उसले व्यक्त स्वरुपमा आउन आफूलाई पुरुष(आत्मा तथा सुक्ष्म शरीर) र प्रकृति(जड तथा भौतिक शरीर) दुई भागमा विभक्त गर्यो र पुरुष र प्रकृतिको सम्योगबाट जिवआत्माहरुको सृष्टि गर्यो र यी जिवआत्माहरुको पालन पोषणकालागि जडआत्मा अर्थात पदार्थहरुको सृष्टि गर्यो र आफू विजआत्मा(विउ स्वरुप) भएर जीवन र जगतका गतिविधिहरु हेरेर आनन्द लिन थाल्यो। जिवआत्माहरुलाई सक्रिय तथा निरन्तर क्रियाशील बनाउन प्रकृतिमा त्रीगुण– सत्व,
रजस, तमस र पंचक्लेस– काम, क्रोध, इष्र्या, अस्मिता, अहंकार, भय जस्ता गुणहरु भरिदियो। मानिस प्रकृतिका यिनै गुणहरुमा भूलेर आफ्नो आत्यन्तिक अस्तित्व विजआत्माले प्रदान गरेको परमात्माको अंश पुरुष अर्थात आत्मालाई बिर्सेर, भौतिक जगतको भोगमा लिप्त भएर आफ्नो कर्मवन्धन बढाउदै गयो र उ जन्म र मृत्युको चक्रमा यही मत्र्यलोक अर्थात पृथ्वीलोकमा घुमिरह्यो। मनव सभ्यताको विकासक्रमसंगै केही प्रवुद्ध तथा विकसित जिवआत्माहरुले जन्म र मृत्युको दुःखदायि चक्रबाट मुक्त हुने उपायहरुको खोजी गर्न थाले। यसैक्रममा योग–ध्यान साधनाको प्रादुर्भाव भयो र त्यसको व्यवहारीक प्रयोग तथा अभ्यास गरेर जिवआत्माहरु पुनः परमात्मामा फर्कन सफल भए। यही नै हो अध्यात्म विज्ञानकोे समग्र विषय, अध्ययन,
अनुसन्धान, अभ्यास, क्रिया तथा प्रक्रियाहरु। यद्धपि हामीलाई यसभित्र धेरै गहिराइ लिनु छैन, अध्यात्मलाई सरल र सहज तरिकाले बुझ्नु र यसलाई आफ्नो दैनिक जीवन र व्यवहारमा उतार्ने विधि जान्नु छ। यसकालागि अध्यात्मका प्रमुख तीन विषयहरुको अध्ययन गर्नु आवश्यक छ–
***अध्यात्मका प्रमुख तीन विषयहरु
(१)जिवज्ञान– स्थुल शरीरको विज्ञानको ज्ञान। यस अन्तर्गत आफ्नो जीवनबारे जान,
जीवनको विज्ञानलाई जान, प्रकृति तत्वबाट निर्मित भौतिक,
स्थुल, काया तथा माया शरीर र शरीरको विज्ञानलाई जान।
(२)आत्मज्ञान– सुक्ष्म शरीरको विज्ञानको ज्ञान। यस अन्तर्गत स्थुल शरीरलाई चलाउने सुक्ष्म शरीर अर्थात आत्मा/चेतना/पुरुषको विज्ञानलाई जान। स्थुल शरीर र सुक्ष्म शरीरलाई जोड्ने मन अर्थात मानसिक शरीर र भाव अर्थात भावनात्मक शरीर र शरीरका सबै आयामहरुको विज्ञानलाई जान।
(३)ब्रह्मज्ञान– अन्तिम सत्य परमात्माको विज्ञानको ज्ञान। यस अन्तर्गत हाम्रो सुक्ष्म शरीर र स्थुल शरीर निर्माण गर्ने र यस ब्रह्मान्ड चलाउने सर्वव्यापक, सर्वशक्तिमान, मूल अस्तित्व, विश्व चेतना,
परमात्मा, परब्रम्ह, विजआत्मा तथा इश्वर(यी सबै नामहरुको समग्र सर्वनाम इश्वर हो) र इश्वरको विज्ञानलाई जान।
हामी अध्यात्म विज्ञानको सैद्धान्तिक ज्ञान र साधना पद्धतिलाई आफ्नो जीवनमा सहज तथा सरल ढंगले उपयोग तथा अनुशरण गरेर अध्यात्मबाट प्राप्त हुने अभुतपूर्व लाभहरु लिन सक्छौं। सर्वपथ्रम अध्यात्मका विषय बुझ्नु महत्वपूर्ण हुन्छ, त्यसपश्चात व्यवहार, प्रयोग तथा अभ्यासमा उतार्न सहज हुन्छ, तसर्थ अध्यात्म साधना र यसको उपलव्धि जान्न ८८४८ मीटर अग्लो विश्वकै सवोच्च शिखर सगरमाथा आरोहणको उदारहणबाट बुझ्ने प्रयास गरौं। अध्यात्मका तीन प्रमुख विषय तथा चरणहरु– जिवज्ञान,
आत्मज्ञान र ब्रम्हज्ञान।
जिवज्ञान– जिवज्ञानलाई मानिसको घरदेखि सगरमाथा वेसक्याम्पसम्म र वेसक्याम्पदेखि सगरमाथाको ७००० मीटरको उचाइसम्मको यात्राको रुपमा बुझ्दा सहज हुन्छ। ७००० मीटर उचाइसम्म पुग्न जे जति तयारी, प्रक्रिया, कसरत तथा अभ्यासहरु गर्नुपर्छ ती सबै योग र ध्यानका विविध विधि र साधना पद्धतिहरुको सैद्धान्तिक तथा व्यवहारीक विधिहरुको ज्ञान हुनु हो र अध्यात्म साधनाको यो नै पहिलो कडी तथा आवश्यकता हो। योग र ध्यान साधना पद्धतिका सैद्धान्तिक तथा व्यवहारीक विधिहरु विभिन्न अध्यात्म दार्शनिकहरुले आ–आफ्नै किसिमले प्रतिपादन गरेका छन्। तर सबैभन्दा सहज र सरल महर्षि पतंजलिद्वारा संकलित पूर्वीय अध्यात्म दर्शनको बहुप्रतिष्ठित तथा बहुचर्चित शास्त्र योग सुत्र रहेको छ, जसमा योग–ध्यानका सैद्धान्तिक तथा व्यवहारीक विधिहरुको ज्ञान सबैले स्पष्ट बुझनेगरि प्रष्ट्याइएको छ। महर्षि पतंजलिले योग–ध्यानका विधिहरुलाई आठ चरणमा चरणवद्ध गर्नु भएको छ–
यम (आफूले संसारप्रति गर्नुपर्ने कर्म तथा व्यवहार (अहिंसा, सत्य,
अस्तेय, ब्रह्मचर्य, अपरिग्रह),
नियम (आफूले आफैंप्रति गर्नुपर्ने कर्म तथा व्यवहार (शौच, संतोष, तप,
स्वाध्याय, ईश्वर-प्रणिधान),
आसन (योग अभ्यास तथा शारीरिक व्यायाम,
प्राणायाम (श्वास अर्थात प्राणको व्यायाम,
प्रत्याहार (इन्द्रियहरुको सम्यमता तथा वितरागको अभ्यास,
धारणा (एकाग्र हुने सकारात्मक तथ्य,
कथ्य, सत्यसंग सम्वन्धित विषयहरु,
ध्यान (विषयप्रति एकाग्रता, स्थिर मन, र
समाधि (शुन्य,
अमनी अर्थात मनमा विचार नभएको अवस्था।
माथि उल्लेखित योग–ध्यानका सैद्धान्तिक र व्यवहारीक चरणहरुको निष्ठापूर्वक अनुशरण गर्दैजाने क्रममा साधकमा ध्यानको लयवद्धताको शुरुआत हुन्छ र विस्तारै घर तथा सगरमाथाको वेसक्याम्पदेखि ७००० मीटरसम्मको आरोहण तय हुन्छ र यहाँ पुगेपछि आत्मज्ञानको आरोहण प्रारम्भ हुन्छ।
आत्मज्ञान– आत्मज्ञानलाई ७००० मीटरदेखि ८००० मीटर उचाइसम्मको यात्राको रुपमा बुझ्दा सहज हुन्छ। ७००० मीटरबाट ८००० मीटरसम्म पुग्न जिवज्ञानमा गरिएका विधिहरुमै कायम रही निष्ठापूर्वक अनुशरण गर्नु अति आवश्यक हुन्छ। ध्यान साधनाको गहिराइ बढ्दै गएपछि साधक आत्मज्ञानमा प्राप्त हुन्छ। आत्मज्ञानमा प्राप्त हुदाका अवस्थामा साधकमा विविध प्रकारका अनुभव तथा भावातीत अनुभूतिहरु घटित हुन्छन्। ध्यान साधनामा घटित हुने अनुभव त्यस्ता भावहरु हुन जसलाई शव्द तथा इशाराले अरु समक्ष व्यक्त गर्न सकिन्छ र भावातीत अनुभूति त्यस्ता भावहरु हुन जो वाहिरी इन्द्रियहरुले गर्ने भन्दा परका अनुभूतिहरु हुन् जसलाई शव्द तथा इशाराले अरु समक्ष व्यक्त गर्न सकिदैन। आत्मज्ञानमा प्राप्त हुदा भएका अनुभव तथा भावातीत अनुभूतिहरु धेरैजसो एकअर्को साधकहरुविच फरक–फरक प्रकारका हुन्छन्, साधनाका पद्धतिहरु(तन्त्रयोग, हठयोग साधना... आदि)ले पनि अनुभव तथा अनुभूतिहरुमा फरक पार्दछन् भने केही अनुभव तथा अनुभूतिहरु समान किसिमका हुन्छन्। प्राय सबैमा घटित हुने साझा अनुभव हो, ध्यान साधनाको गहिराइको एउटा तहमा पुगेपछि साधकले आफूले आफैंलाई देख्न थाल्छ,
आफ्ना यस जन्मका तथा जन्म-जन्मका सबै गतिविधिहरु सिनेमाको पर्दामा जस्तै देखिन थाल्छ र आफूले दर्शकका रुपमा ती गतिविधिहरुकोे अवलोकन गर्न सकिन्छ। यो आत्मज्ञान अर्थात म आत्मा हुँ,
सुक्ष्म शरीर हुँ, वोध हुँ अर्थात म स्थुल तथा काया शरीर होइन,
स्थुल शरीर मेरो फैलावट हो,
स्थुल शरीर आफूलाई यस भौतिक जगतमा व्यक्त गर्न मैले धारण गरेको यन्त्र मात्र हो भन्ने वोध व्यवहारीक रुपमै स्पष्ट हुदै जान्छ।
ब्रम्हज्ञान– ब्रम्हज्ञानलाई ८००० मीटरदेखि ८८४८ मीटर उचाइसम्मको यात्राको रुपमा बुझ्दा सहज हुन्छ। आत्मज्ञानमा स्थिर भई साधनामा अझ गहिरिदै जाने क्रममा साधकमा समाधि घटित हुन्छ र समाधिको अवस्थामा साधकको आत्मा अर्थात चेतना ब्रह्मको चेतनासंग योग हुन्छ अर्थात जोडिन्छ र यो नै ब्रम्हज्ञानको अवस्था हो। ब्रह्मज्ञानमा प्राप्त हुदा भएका अनुभव तथा भावातीत अनुभूतिहरु पनि आत्मज्ञानमा प्राप्त भएको अवस्थामा जस्तै धेरैजसो एकअर्को साधकहरुविच फरक–फरक प्रकारका नै हुन्छन् भने केही अनुभव तथा भावातीत अनुभूतिहरु समान हुन्छन्। निरन्तर अनुशासित भएर निष्ठापूर्वक गरिएको ध्यान साधनाको माध्यमबाट समाधिको गहिराइको एउटा तहमा पुगेपछि साधकले आफूलाई ब्रह्महाण्ड यात्रामा अन्तरीक्षमा तैरीरहेको महसुस गर्छ, ग्रह–नक्षेत्रहरुकोविचमा आफूलाई पाउँछ र यो अवस्थामा ब्रह्मचेतना साधकसंग दोहोरो संवाद गर्न थाल्छ। कमशः साधक जगत तथा प्रकृतिमा भएका तथा तैरीरहेका सबै उर्जा तथा पदार्थहरु– जडआत्मा, मृतआत्मा, प्रेतआत्मा, जिवआत्मा, मुक्तआत्मा, देवीदेवता तथा भगवानहरुको सन्देश ग्रहण गर्न थाल्छ सुक्ष्म रुपमा। यसपछि साधकमा क्रमशः अद्वेत अर्थात समग्र ब्रम्हाण्ड एक हो, एकै उर्जाको तरंगले ब्रह्माण्डका सबै पदार्थ, उर्जा तथा प्राणीहरु निर्मित भएका हुन्, कोहीबाट कोही अलग छैन भन्ने सप्रमाण अनुभूति हुनथाल्छ जसरी पानीको छिटा, थोपा, छाल, खोला, ताल, नदि सबै समुद्रकै पानीका अंश हुन् र अन्ततः समुद्रमै गएर मिल्छन त्यसैगरि मानिसको आत्मा अर्थात चेतना अन्ततः परमात्मा अर्थात ब्रह्म चेतनामा गएर मिल्दछन् र अध्यात्म विज्ञानले भन्दै आएको मोक्ष तथा निर्वाणको अवस्था यही नै हो।
यी र यस्ता अनुभूतिहरु सुन्दा सामान्य जीवन व्यतित गरिरहेका आम मानिसहरुलाई मिथक तथा मनगणन्ते कथा जस्तो लाग्न सक्छ, यस्तो लाग्नु स्वाभाविक पनि हो किनकी आफूलाई यसको कत्तिपनि अनुभव तथा अनुभूति नहुनु र आजको युग विज्ञान प्रविधि तथा सूचना प्रविधिमा उच्च उपलव्धि हासिल गरेको र हरेक वस्तु, विषय, अनुभव तथा अनुभूतिहरु भौतिक प्रगोगशालामा प्रमाणित भएका तथा भौतिक प्रगोगशालामा प्रमाणित गर्न सकिने किसिमका हुनु पर्दछ भन्ने तर्क अघि सार्ने र प्रामाणिक प्रमाणहरु खोज्ने युग हो। तर अध्यात्म साधना भौतिक प्रयोगशालामा नभइ मानिसको शरीरलाई प्रयोगशाला बनाएर मानव शरीरमा आएका परिवर्तनहरुको प्रमाण संकलन गरीने प्रामाणिक विज्ञान हो। पछिल्लो चरणमा आधूनिक भौतिक विज्ञानका विभिन्न वैज्ञानिक अध्ययन, खोज तथा अनुसन्धानहरुले नै अध्यात्म विज्ञानका प्रमुख विषय तथा अंग योग–ध्यानका विधिहरुलाई मानव शरीरमा प्रयोग गरेर तथा गराएर अध्यात्म विज्ञानका सकारात्मक लाभहरु र माथि उल्लेखित अनुभव तथा भावातीत अनुभूतिहरुबारे प्रसस्त प्रमाणहरु खोजिसकेका र उजागर गरिसकेका छन्। पृथ्वीमा अधिकांश मानिसहरु प्राय जिवज्ञानी छन् साथसाथ जिव विज्ञानको ज्ञान नभएका अज्ञानीहरुको संख्या पनि ठूलै छ। जिवज्ञान तथा आफ्नै शरीरको विज्ञानको अज्ञानताका कारण शरीर, मन, भावना तथा चेतनासम्मलाई बिगार्ने किसिमका खानपान तथा अन्य गतिविधि गर्नेहरुको संख्या अरवौंको संख्यामा छ। मुक्तआत्मा अर्थात वुद्धत्व प्राप्त प्रागिक पुरुषहरु भन्ने गर्दछन्– सैद्धान्तिक रुपमा आत्मज्ञानी भएका मानिसहरु करोडको संख्यामा छन्; व्यवहारीक तथा प्रयोगात्मक रुपमा आत्मज्ञानी भएका मानिसहरु लाखको संख्यामा छन् र ब्रम्हज्ञानीहरु हजारको संख्यामा मात्र छन्।
विश्वका पाँच महादेशमा एशिया अध्यात्म साधना र साधनासिद्ध पुरुषहरुकोलागि उर्वरभूमि हो। विश्वभरि गणना गरिने आत्मज्ञानी तथा ब्रह्मज्ञानी वुद्धत्व प्राप्त पुरुषहरु अधिकांश एशियाकै भूमिमा जन्मिएका र यहाँकै माटो तथा प्रकृतिमा सिद्ध भएर विश्वभरी फैलिएका हुन्, केही विदेशी नागरीकहरुले एशियाको भूमिमा आएर अध्यात्म साधनासिद्ध गरेर आफ्नो मुलुक फर्किएका पनि छन्। तिव्वत, नेपाल र भारतका केही भू–भागहरुलाई अध्यात्म साधनाको विशेष प्रकारको उर्वरभूमि मानिन्छ,
खासगरि नेपालको उत्तरी भू–भाग हिमालय क्षेत्रहरुलाई अध्यात्म साधनाको दृष्टिकोणले विशेष महत्वको रुपमा लिने गरिन्छ। यसैकारण नेपाललाई देवभूमि, पुन्यभूमि, तपोभूमि, योगगुरुको मान्यता दिने गरिएको हो। सनातन अध्यात्म दर्शनका ५५ प्रतिशत भन्दा बढि शास्त्रहरु नेपालको हालको नक्शा भित्र पर्ने पहाड र हिमालका कन्दरा तथा नदिका तटहरुमा तप गरेर ऋषिमूनिहरुले सिर्जना गरेका हुन् भन्ने तथ्यांकहरु पनि पढ्न पाइएका छन्।
वैज्ञानिक अध्यात्म तथा योग–ध्यान विज्ञानले मानिसमा ल्याएका अभुतपूर्व उपलव्धिहरु
विश्व समुदायमा मानव सभ्यताले अलि गति लिन थालेपछि विश्वव्यापि रुपमा मानिसले सुख र खुशी खोज्ने क्रममा शुरुका दिनहरुमा अध्यात्म तथा धर्मका विधिहरुलाई अनुशरण गर्यो तर यसबाट पूर्ण रुपमा सन्तुष्ट तथा सुखी हुन सकेन। अध्यात्म र धर्मका विधिहरुले मानिसको आन्तरीक जीवन खुशी, शान्त र आनन्दित बनाएको भएपनि भौतिक जीवनका दुःखहरु कम भएनन् र अव उसले भौतिक सुखकोलागि विज्ञानका खोजहरु गर्नथाल्यो। विश्वमा आधूनिक भौतिक विज्ञानको विकासको शुरुआत तथा विकासले गति लिन थालेको समय १८ औं शताव्दीलाई मानिन्छ। १८औं शताव्दी हुदै आज २१औं शताव्दीसम्म आइपुग्दा आधूनिक विज्ञानले भौतिक संरचनाहरुको विकास तथा निर्माणमा, विज्ञान प्रविधिमा र सूचना प्रविधिमा निकै ठूलो फड्को मारेको छ र अद्वीतिय सफलता हासिल गरेको छ। भौतिक विज्ञानमा आएको यो प्रगतीले मानिसको जीवनमा भौतिक सुख,
सहजता र सुविधा ल्यायो तर मानिसको आन्तरीक विकासलाई अवरुद्ध गरिदियो। यसो हुनुको कारण मानिस भौतिक जीवनमा अति आश्रीत तथा भोगविलासमा लिप्त भएकोले हो भन्ने जानेर मानिसको वाहिरी र आन्तरीक विकास एकसाथ गर्ने उद्देश्यले अव मानिस भौतिक जीवन संगसंगै आध्यात्मिक जीवनलाई पनि अपनाउन थालेको छ किनकी आजको मानिसले अव यो सत्यता बुझिसकेको छ कि भौतिक विज्ञान र आध्यात्मिक विज्ञान एकअर्काका विरोधी नभएर अपहरीहार्य परिपूरक हुन्, एकको अभावमा अर्को अपूर्ण छ अर्थात पूर्णतामा काम गर्न सक्दैन। तसर्थ आगामी दिनहरुमा मानिसको आन्तरीक र वाहिय दुवै प्रकारको विकासमा सन्तुलन कायम गरि उनीहरुलाई स्वस्थ, सुखी, खुशी, समृद्ध, आत्मविश्वासले भरिएको, मैत्रीभावले भरिएको,
ज्ञानवान, प्रज्ञावान, विवेकशील, सिर्जनशिल, संकल्पकृत शान्त तथा आनन्दित रहन सक्ने पूर्ण मानव बनाउन भौतिक विज्ञान र अध्यात्म विज्ञानलाई एकसाथ अगाडि बढाउनु पर्दछ भन्ने निश्कर्षमा मानिस पुगेको छ।
वर्तमानमा विश्वव्यापि रुपमा व्यवहारमा ल्याइएको र लोकप्रिय हुदै गएको योग–ध्यान विज्ञानको व्यवहारीक प्रयोगले मानिसको वाहिय तथा आन्तरीक विकासमा के कस्तो सकारात्मक परिवर्तनहरु ल्याएको छ भन्ने सन्दर्भमा विश्वका ठूला विश्वविद्यालय, स्वस्थ्य संगठन, मनोविज्ञान,
व्यवस्थापन, व्यक्तित्व विकास जस्ता नितान्त मानिसको क्षमता, प्रतिभा तथा सिर्जनशिलतासंग सरोकार राख्ने संस्थाहरुले योग–ध्यानका सकारात्मक प्रभावहरुको सन्दर्भमा विभिन्न प्रकारले वैज्ञानिक अध्ययन,
खोज तथा अनुसन्धान गरेर थुप्रै प्रतिवेदनहरु सार्वजनिक गरीसकेका छन्। सन् २०१० मा हावर्ड विश्वविद्यालयले सामान्य मानिसहरुको दैनिक स्वाभाव कस्तो छ भन्ने विषयमा गरेको एक अध्ययनका अनुसार ४७ प्रतिशत मानिस वर्तमानमा स्थित हुन नसक्ने; काम एकातिर गरिरहेका तर उनीहरुको सोचविचार तथा मस्तिष्क अन्तैतिर चलिरहेको हुने; ठूलो संख्यामा मानिसहरु एकाग्र हुनै नसक्ने; चन्चल तथा अस्थिर हुने र कुनैनकुनै प्रकारको तनावबाट गुज्रीरहेका छन् भन्ने सत्यता उजागर गर्यो। र यही अनुसन्धान कार्यलाई निरन्तरता दिदै तुलनात्मक परिणाम हेर्न हावर्ड विश्वविद्यालयले पुनः ध्यान साधना गर्ने मानसिहरुको स्वाभावको अध्ययन गर्यो। यो पछिल्लो अध्ययनको प्रतिवेदन अनुसार ध्यान नगर्ने आम मानिसमा भन्दा ध्यान गर्ने मानिसहरुको जीवनशैली, स्वाभाव, सोचविचार, सिर्जनशिलता, मनोविज्ञान तथा खुशी र शान्त रहने सन्दर्भमा निकै फरक परिणाम तथ्यांकमा देखा पर्योे।
मानिसको स्थुल शरीरमा योग–ध्यानले ल्याएका समष्टि सकारात्मक परिवर्तनहरु
मुख्यतया मानिसको शरीरका दुई आयामहरु छन्– सुक्ष्म शरीर र स्थुल शरीर। सुक्ष्म शरीरका तीन उप–आयामहरु छन्– मानसिक शरीर,
भावनात्मक शरीर र आत्मिक अर्थात चेतनात्मक शरीर। मानव शरीरका आयाम र उप–आयामहरु फरक–फरक भएपनि यी सबै आयामहरुको एकआपसमा प्रत्यक्ष सम्वन्ध तथा सम्वन्मय रहेको हुन्छ र योग–ध्यानका विधिहरुको प्रयोगात्मक अभ्यासहरुले यी सबै आयामहरुमा एकसाथ सकारात्मक परिवर्तनहरु ल्याउने गर्दछन्। योग–ध्यानका विधिहरुको प्रयोगात्मक साधना तथा अभ्यास गर्ने मानिसहरुमा शारीरिक रुपमा स्वस्थ, सक्रिय,
जोश जाँगरले भरिएको, साहसी, काम गर्ने तत्तपरता भएको पाइयो र मानसिक रुपमा एकाग्र, सिर्जनशिल, समृद्ध तथा सफल, खुशी रहने, शान्त रहने क्षमता, सहयोग, प्रेम, दया तथा करुणा भावले भरीएको देखियो र उनीहरु मनोवैज्ञानिक तथा मानसिक रुपले तनावमुक्त शान्त र सवल देखिए। योग–ध्यानका व्यवहारीक तथा प्रयोगात्मक अभ्यासहरुले मानिसको स्थुल शरीरमा आएका सकारात्मक परिवर्तन तथा लाभबारे थुप्रै वैज्ञानिक अध्ययन,
खोज तथा अनुसन्धानहरुले देखाइसकेका छन्। यसकासाथै योग–ध्यानका व्यवहारीक तथा प्रयोगात्मक अभ्यासहरुले मानिसको सुक्ष्म शरीरमा पनि व्यापक फेरवदल ल्याएको विशेष विषय केन्द्रित अध्ययनहरुले देखाएका छन्।
मानिसको सुक्ष्म शरीरमा योग–ध्यानले ल्याएका व्यष्टि सकारात्मक भावातीत परिवर्तनहरु
विभिन्न स्वस्थ्य संगठनहरुले गरेको मानिसको मस्तिष्कको इलेक्ट्रोनिकल सिग्नलहरु**को अध्ययन गर्ने EEG र दिमागमा रक्तसंचारको वहाव अध्ययन गर्ने FMRI ले ध्यान गर्ने मानिसको मस्तिष्कमा उल्लेख्य सकारात्मक र प्रगतीउन्मुख प्रमाणहरु फेला पार्यो। यस अध्ययनका अनुसार ध्यान गर्ने मानिसहरु नगर्ने मानिसको तुलनामा खुशी, शान्त, तनाव मुक्त रहन सक्नु र तनाव तथा चुनौतीहरुको सहजै सामना गर्न सक्नुको कारण उनीहरुको रगतमा तनाव र नकारात्मक भावहरु सिर्जना गर्ने रशायन इन्टरल्युकीन–६(Interleukin-6, IL) को उपस्थिति कम पाइयो र यस किसिमका रसायनहरु उत्पादन गर्ने अंग अमिगडाला(Amygdala)को आकार पनि ध्यान साधनासंगै क्रमशः सानो हुदै गएको पाइयो। अमिगडालाले मानिसको तनाव र भावनामा वहने सम्वन्धमा अहम भूमिका खेल्दछ। जति यसको आकार सानो हुदै गयो उति मानिस तनावबाट मुक्त, शान्त र एकाग्र हुदै गएको पाइयो। ध्यान साधना संगसंगै अमिगडालाको आकार घट्दै गएको कारण ध्यान नगर्ने मानिसको तुलनामा ध्यान गर्ने मानिसहरुको खुशी, शान्त रहने, अति विचार चल्ने, अति भावनामा बहने, तनावबाट मुक्त रहने तथा तनाव र चुनौतीहरुको सहजै सामना र समाधान गर्नसक्ने क्षमतामा प्रगति भएको पाइयो। त्यस्तै मानव मस्तिष्कको अर्को हिस्सा प्रिफ्रेन्टल कोर्टेस(Prefrontal Cortex, PFC)ले स्मृति, सम्झना, याद, एकाग्रता, योजना बनाउने, निर्णय लिने, सामाजिक व्यवहार आदिमा अहम भूमिका खेल्छ। ध्यान गर्ने मानिसमा यसको आकार बढ्दै गएको तथा मोटो हुदै गएको पाइयो। ध्यान साधना संगसंगै प्रिफ्रेन्टल कोर्टेसको आकार बढ्दै गएको कारण ध्यान नगर्ने मानिसको तुलनामा ध्यान गर्ने मानिसहरुको स्मरण शक्ति, एकाग्रता, सिर्जनशिलता, योजना बनाउने, निर्णय लिने, सामाजिक व्यवहार र आचरणमा प्रगति भएको पाइयो। केही मस्तिष्क स्क्यानका प्रतिवेदनहरुमा ध्यान गर्ने मानिसको मस्तिष्कमा प्रेम, मैत्री, श्रद्धा, दया, करुणा, आत्मविश्वास, आत्मसम्मान, आत्मजागरणका हिस्साहरु सक्रिय पाइए र ध्यान नगर्ने मानिसहरुमा निश्क्रिय पाइए। ध्यान गर्ने मानिसको रक्तचाप, मुटुको धड्कन आदि संचालन गर्ने मस्तिष्कका हिस्साहरु सक्रिय पाइए र ध्यान नगर्ने मानिसहरुमा निश्क्रिय पाइए। मस्तिष्क स्क्यानका केही प्रतिवेदनहरुले त यतिसम्म देखाएकी ध्यान गर्ने मानिसको मस्तिष्कका उच्च रक्तचाप, एनजाइटी, डराउने तथा नर्भस हुने, दुखाइको महसुस हुने हिस्साहरुका समेत सकारात्मक परिवर्तन आएको पाइयो ध्यान नगर्नेहरुको दाँजोमा।
मानिसको मस्तिष्कमा आएका यस्ता परिवर्तनहरुले मानिसको दैनिक व्यवहारहरुमा पनि सकारात्मक परिवर्तनहरु आएको स्पष्ट देखियो। यो नै मानिसको सुक्ष्म शरीरमा आएको भावातीत अनुभूति तथा परिवर्तन हो। ध्यान साधना र मानिसको अनुशासित जीवनशैली संगसंगै मानिसको मस्तिष्कका अधिकांश हिस्साहरुमा यस किसिमका सकारात्मक परिवर्तनहरु बढ्दै गएपछि क्रमशः मानिस जिवज्ञान, आत्मज्ञान हुदै ब्रह्मज्ञानमा उपलव्ध हुने हो किनकी यसरी मानिसका मस्तिष्कका हिस्साहरुमा आएको परिवर्तनले उसको आत्मामा रहेका जन्म–जन्मका कर्मबन्धनका संस्कार तथा पिडाहरु सबै मेटाउँछ, जलाउँछ र उसको आत्मा अर्थात चेतना शुद्ध गर्दछ। शुद्ध आत्मा अर्थात शुद्ध चेतना नै प्रकाशित तथा बुद्धत्वमा प्राप्त हुने हो,
मोक्ष प्राप्त गर्ने हो तथा निर्वाणमा उपलव्ध हुने हो।
No comments:
Post a Comment