'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 8 July 2024

युवा अध्यात्म: युवा र अध्यात्म

Youth Spirituality: Youth and Spirituality 

                             डा. सिर्जना भण्डारी





प्रमुख विषय:
-यूवा कस्तो हुनपर्छ भन्ने सन्दर्भमा विश्वविख्यात स्वामीको प्रेरक प्रसंग
-नयाँ पुस्ताका यूवाको बुझाइमा अध्यात्म  अध्यात्मसंगको बढ्दो दुरी
-अध्यात्मले यूवाले चाहे अनुसार नै जीवनको विकास गर्न मद्धत गर्दछ
-यूवाहरुलाई बुझाउनु पर्ने अध्यात्मका महत्वपूर्ण विषयहरु
-मानिसको जीवनमा योग-ध्यानको उपयोगिता
-यूवाहरुलाई अध्यात्म दिक्षित कसरी कसले गराउने

 

विषय प्रवेश

अध्यात्म सनातन अध्यात्मको कुनै आदीकाल कुनै अन्त्य नै , सृष्टिको प्रारम्भ प्रलय नै यसको आदी अन्त्य मान्ने गरिन्छ। अध्यात्म समग्रतामा जीवन जगतसंग सम्वन्धित विषयहरु ब्रह्म, ब्रह्माण्ड, परमात्मा, पुरुष-प्रकृति, आत्मा, आत्मलोक, जिवात्मा, पूर्वजन्म, कर्म, प्रारव्ध, पूनरजन्मका सम्वन्धमा र साथसाथ जीवन के हो; हामी किन मानव भएर जन्मियौं; जीवनको लक्ष्य के हो; जीवन जीउने सही कला तथा तरिका के हो; जीवनलाई कसरी पूर्णतामा पुर्याउन सकिन्छ आदि विषयहरुको सम्वन्धमा अध्ययन गर्ने सबैभन्दा पुरानो, प्रभावकारी र प्रामाणिक विज्ञान हो। ब्रह्माण्ड तथा प्रकृति अनित्य, चलायमान तथा मायाले भरिएको तर अध्यात्म यसका विषयहरु सदा अचल, नित्य तथा परमसत्य छन्। यसर्थ, यो भन्न सकिन्छ कि गुणमा अनित्य, समयातित तथा परमसत्य भएकोकारण अध्यात्म सदा यूवा थियो, रहनेछ। यद्धपि मानिसको सन्दर्भमा यूवा शव्दको परिभाषा अलग-अलग परिस्थितिमा अलग-अलग किसिमले गर्ने गरिन्छ। यूवा शव्दलाई लौकिक परालौकिक दुई किसिमले परिभाषित गरिएको छ। लौकिक अर्थात भौतिक परिभाषा अन्तर्गत मानिसको शरीरलाई दृश्य बस्तु तथा पदार्थको रुपमा हेरीन्छ उसको शरीरको आवरण तथा उसको उमेरको अंकलाई आधार मानेर ४० वर्ष(नेपालको सन्दर्भमा) भन्दा कम उमेर भएका हृष्टपुष्ट शरीर तथा शारीरिक रुपमा सक्रिय तथा बलियो व्यक्तिलाई यूवा भनिन्छ। तर यूवा शव्दको सन्दर्भमा परालौकिक तथा अध्यात्मको परिभाषा अलिक भिन्न छ। अध्यात्मले मानिसको देखिने आवरण उमेरको अंकलाई प्रमुख आधार मान्दैन। अध्यात्मले मानिसको मानसिक सक्रियता, विचारशक्ति, उसको नवीन सोच, सिर्जनशीलता, क्षमता, प्रतिभा, सकारात्मक गुणहरु, नेतृत्व कला तथा क्षमता, नयाँ कुरा सिक्ने उत्साह तथा नयाँ काम गर्ने जोश जाँगरलाई प्राथमिकतामा राख्दछ जोसंग यी सकारात्मक गुणहरु तथा यस्ता अविनासी सम्पतिहरु छन् त्यस्ता व्यक्तिलाई सही अर्थमा यूवा मान्दछ उमेरको अंक चाहे जतिसुकै होस्

 

यूवा कस्तो हुनपर्छ भन्ने सन्दर्भमा विश्वविख्यात स्वामीको प्रेरक प्रसंग

वास्तविक यूवा को हो कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा श्रद्धेय स्वामी रामतिर्थको अविस्मरणीय अनुभव यहाँ अति सान्दर्भिक हुन्छ- तीस वर्षको यूवावस्थामा स्वामीज्यू पानी जहाजमा अमेरीकाको तीन महिना लामो जलयात्रामा हुनुहुन्थ्यो, त्यहाँ वहाँले एकजना ९०-९५ वर्षको शरीरले अति वृद्ध देखिने व्यक्तिले अत्यन्तै मेहनतकासाथ गुरु राखेर कक्षाको समय समेत निर्धारण गरेर चिनीया भाषा सिक्दै गरेको देख्नु भयो। वहाँलाई यस्तो उमेरमा पनि ती वृद्धले विश्वकै कठिन चिनीया भाषा सिकिरहेको देखेर अचम्म लाग्यो सोध्नु भयो, “बाबा अव यो उमेरमा यति कठिन भाषा कहिले कसरी सिकीसक्नु हुन्छ सिक्नु नै भयो भने पनि यसको के उपयोगिता रहन्छ तपाईंकोलागि!?” वृद्ध व्यक्तिले आश्चर्य मान्दै स्वामीजीलाई नियालेर हेर्दै जवाफ दिए, “जीवनमा नयाँ कुरा सिकिराख्ने क्रममा मैले मेरो उमेर गन्न शरीरको आवरण हेर्न नै बिर्सिएछु बालक, आज तिमीले मेरो उमेर वृद्धावस्था सम्झाइदियौ, तिमीलाई धन्यवाद छ तर तिमीले आज मलाई फेरी अर्को नयाँ कुरा सिकाइदियौ त्यसकोलागि पनि धन्यवाद छ। मैले आज बल्ल थाहा पाएं भारतका मानिस किन यति चाँढै बुढा हुँदा रहेछन् भारत मुलुकको समग्र अवस्था किन यति दयनिय रहेछ भनेर। मैले यो उमेरसम्म पनि थाहा पाइन बुढो भएछु भनेर तर तिमीले ३० वर्षको उमेरमै थाहा पाइसकेछौ तिमी अव बुढो भयौ भनेर आफ्नो जीवनमा केही जान्न सिक्न वाँकी छैन भनेर। तर अस्तित्वको परिभाषा अनुसार मानिस बुढो शरीरले होइन मनले हुन्छ, प्रकृतिका पंचतत्वहरु(जल, पृथ्वी, आकाश, वायू, अग्नि)बाट निर्मित स्थुल शरीर आयु पुगेपछि हामीबाट छुट्छ प्रकृतिमै मिल्छ तर मन मनका अनुभव तथा सिकाइहरु संस्कारका रुपमा हाम्रो सुक्ष्म शरीर तथा आत्मासंगै जान्छन् तिनै संस्कारहरु अर्को नयाँ जन्ममा उचित समयमा उतिच अवसर पाएपछि हाम्रा क्षमता, प्रतिभा तथा सकारात्मक गुणका रुपमा प्रष्फुटित हुन्छन् र हाम्रो नयाँ जीवनलाई सुखी, खुशी, समृद्ध, शान्त तथा आनन्दित बनाउन उपयोगि हुन्छन्।

 

तसर्थ अस्तित्वको नियम अनुसार तिमी ३० वर्षको शरीर सक्रिय भएको यूवा हौ तर मानसिकता निश्क्रिय भएको वृद्ध हौ ९५ वर्षको शरीर निश्क्रिय भएको वृद्धा हुँ तर मानसिकता सक्रिय भएको यूवा हुँ मानसिक रुपमा सक्रिय भएकैकारण यति लामो आयुमा पनि स्वस्थ, सहज, जोश र जाँगरले भरिएको जीवन जिरहेको छु। वृद्ध बाबाको कुरा सुनेर स्वामी रामतिर्थ झस्किनु भयो वृद्ध बाबालाई शिर झुकाएर प्रणाम गर्दै हृदयबाट धन्यवाद दिएर उनलाई जीवनमा अति उपयोगि र अमूल्य ज्ञान सिकाउने गुरुको दर्जामा राख्नु भयो त्यसदिनदेखि आफूलाई पनि मानसिक रुपमा सक्रिय राख्ने संकल्प गर्नुभयो। वहाँको जीवनलाई अति महत्वपुर्ण मोड दिने यो भुतपूर्व अनुभव वहाँले आफ्नो जीवनकालभरि धेरै ठाउँमा धेरै व्यक्ति खासगरि यूवाहरुमा सकारात्मक उत्प्रेरणा भर्ने उदेश्यले साझा गरिरहनुभयो  'जीवन' लाई सही ढंगले जीउने कलाको सिकाइका रुपमा परिभाषित गर्दै सदा मानसिक रुपमा सक्रिय रहेर संधै शरीरका साथसाथ मानसिक रुपले पनि यूवा रहि स्वस्थ सहज जीवनयापन गर्दै राष्ट्र निर्माण, मानवीयता र सर्वकल्याणको निस्काम कर्ममा अग्रसर भई नेतृत्वदायि भूमिका निर्वाह गर्न प्रोत्साहन गरिरहनुभयो

 

सर्थ, सहि अर्थमा यूवा त्यो हो जो मानसिक रुपले सक्रिय साथसाथ शारीरिक रुपले बलिष्ठ, जोशले भरिएको, जाँगरीलो, साहसी, उत्प्रेरक, नयाँ कामकोलागि सदा तत्पर, जोखिम लिनसक्ने, नेतृत्वदायि क्षमता भएको, संधै नयाँ कुरा सिक्न तथा जान्न उत्सुक, नवीनतम सोच-विचार भएको सदा सिर्जनशील छ। मानिसलाई संधै यूवा रहिरहन र यूवाका गुणहरुले परिपूर्ण भैरहन हाम्रा पूर्खा, प्राच्य ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले हजारौं वर्ष लगाएर गरेको वैज्ञानिक खोज तथा अनुसन्धानमा आधारीत अध्यात्म विज्ञानको महत्वपूर्ण विषय योग-ध्यान विज्ञान को सहि ढंगले साधना गरेर मानव शरीरमा सुक्ष्म रुपमा रहेका उर्जाका केन्द्र प्रमुख सात चक्रहरुको दिव्य उर्जा जागरण गरि जीवनमा सुखी, खुशी, स्वस्थ, शान्त तथा आनन्दित हुन सकिन्छ। आफैं भित्रस्थित दिव्य उर्जा जागरण गर्न चक्र विज्ञान’; जीवनमा समृद्धि तथा सफलता हासिल गर्न ऐश्वर्य विज्ञान; आत्मज्ञान तथा आत्मवोध हासिल गर्न वोध विज्ञान; आत्मतत्वमा स्थित तथा लय हुन लय विज्ञान, जीवन र जगतको आत्यन्तिक सत्यबारे ब्रम्हज्ञान हासिल गर्नसत विज्ञान; आफ्नो आन्तरीक उर्जा संचित गरि परमात्माको उर्जासंग लय तथा स्थित हुनमौन विज्ञान आदि सबैकालागि उपयोगि, पूर्णतः व्यवहारिक र वैज्ञानिक पद्धतिमा आधारीत प्रयोगात्मक अभ्यास गरिने आध्यात्मिक कार्यक्रमहरुको साधनाले मद्धत गर्दछ। यस किसिमका जीवन र जगत उपयोगी अध्यात्म साधना सनातन मूल्यमान्यतामा आधारीत पाठ्यक्रमहरुको माध्यमबाट अध्यात्मका महत्वपूर्ण विषयहरुमा ज्ञान प्रदान गर्ने जुनसुकै गुरुकुल तथा योग-ध्यान साधना केन्द्रहरुमा गएर गर्न सकिन्छ। मानिसको शरीरभित्र सुक्ष्म अवस्थामा रहेका उर्जाका केन्द्र सात चक्रहरु(मूलाधार, स्वादिष्ठान, मणिपूर, अनाहत, विशुद्धी, आज्ञा, सहश्रार)को जागरण गर्ने साधना चक्र विज्ञान हो। जीवनमा एकपटक चक्रहरुको जागरण गरेपछि चक्रहरुमा सुसुप्त अवस्थामा रहेका मानिसका जन्म-जन्मका क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरु उसको प्रारव्ध संस्कारका रुपमा चक्रहरुको जागरणसंगै प्रष्फुटित भएर वाहिर आउँछन् उसको जीवनलाई सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित बनाउँछन्। मानिसको शरीरभित्रै सुक्ष्म अवस्थामा रहेका उर्जाका प्रमुख केन्द्र सात चक्रहरु र अध्यात्मका अन्य साधनाहरुले मात्र मानिसको वाहिरी तथा आन्तरीक क्षमताको विकास गर्न सहयोग गर्न सक्दछ। विश्वमै हालसम्म आधूनिक विज्ञानका कुनै विद्या तथा शाखाहरुले मानिसको वाहिरी साथसाथ आन्तरीक दुवै किसिमको विकास एकसाथ गर्नसक्ने त्यस्तो कुनै प्रकारको विधि पत्ता लगाउन सकेका छैनन्, त्यसैले हामी सबैले निश्चिन्त भएर अध्यात्म विज्ञानको योग-ध्यानका विधिहरुको साधना सिकौं, इमान्दारिपूर्वक तिनको अनुशरण गरि  दैनिक जीवनमा त्यसको अभ्यास गरौं जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द हासिल गरि सरल, सहज पूर्णताले भरिएको आध्यात्मिक जीवन व्यतित गरौं।


‘यूवा अध्यात्म’ यूवा व्यक्ति’को मानसिक सक्रियता, उसको नवीन सोच, विचार शक्ति, सिर्जनशीलता, क्षमता, प्रतिभा, सकारात्मक गुणहरु, नेतृत्व कला तथा क्षमता, नयाँ कुरा सिक्ने उत्साह तथा नयाँ काम गर्ने जोश जाँगर तथा समग्रमा भन्दा यी दुई यूवाहरुको सम्यक ज्ञान, सम्यक भावना सम्यक कर्म एकै समन्वयमा ल्याएर मिलाउन सक्ने हो भने तथा एकसाथ कदममा कदम मिलाएर अघि बढाउन सक्ने हो भने जीवन जगतमा सर्वाधिक मानवीय तथा सर्वकल्याणका कार्यहरु गरि युग सान्दर्भिक नवयुग निर्माण गर्न सकिन्छ सुधार युगको उदय हाम्रै पालामा सम्भव हुनसक्छ तसर्थ अवका नयाँ पुस्ता तथा यूवाहरुलाई सनातन अध्यात्म विज्ञानको अमूल्य ज्ञान प्रदान गरेर उनीहरुमा आध्यात्मिक व्यक्तित्व निर्माण गरि उनीहरुलाई युग प्रवर्तक मानव बनाउनु आजको विश्वको अपरिहार्य आवश्यकता हो किनकी यूवा अध्यात्म परिपूरक हुन्, एकको अनुपस्थितिमा अर्कोले जीवन र जगतको सर्वकल्याणकालागि पूर्णतामा काम गर्न सक्दैनन्

 

नयाँ पुस्ताका यूवाको बुझाइमा अध्यात्म अध्यात्मसंगको बढ्दो दुरी

वर्तमान समयका नयाँ पुस्ता तथा यूवाहरुलाई अध्यात्म साधना गर्नुपर्छ; सतसंग गर्नुपर्छ; आध्यत्मिक प्रवचन सुन्नुपर्छ; जीवनमा त्यसको अनुशरण गर्नुपर्छ; अध्यात्मले जीवन जीउने सही तरिका कला सिकाउँछ भन्यो भने उनीहरु मुख बंग्याउँछन्; शरीर बनाउँछन्; आँखा तर्छन हाम्रो अध्यात्ममा लाग्ने समय भएको छैन अहिले, यो काम नभएका निष्क्रिय बुढापाका खासगरि बेरोजगार महिलाहरुले गर्ने अनुत्पादक काम हो, यूवाकोलागि यो कुनै किसिमले उपयोगी छैन भनेर ठाडो जवाफ फर्काउँछन् आफ्नो पूरातन सोच हामीमाथि नलाद्नु, हामीलाई स्वतन्त्र भएर हाम्रो उमेर अनुसारको कर्म- अध्ययन तथा लेखपढ गर्ने; सिर्जनशील काम गर्ने; खाने; खेल्ने; आफ्नै खालका साथीहरु बनाउने; घुम्ने; मनोरञ्जन गर्ने समय हाम्रै किसिमले व्यतित गर्न दिनु भनेर धमास दिने शैलीमा पेश आउँछन् अभिभावकसंग हाम्रो समाको वर्तमान परिवेसलाई हेर्ने हो भने यूवा पुस्ताले अभिभावकलाई यस किसिमको व्यवहार गर्नु तथा जवाफ फर्काउनुमा यूवाहरुको खासै दोष पनि मान्न सकिदैन, मूल कमजोरी हाम्रै हो किनकी उनीहरुले जन्मेदेख नै आफूले जीएको जीवनभरी अध्यात्म तथा धर्मबारे यस्तै कुराहरु सुनिरहेका छन् त्यस्तै अभ्यासहरु भैरहेको देखिरहेका पनि छन्। हामीले हाम्रा यूवाहरुलाई अध्यात्म धर्मको सहि ज्ञान दिन तथा बुझाउन नै सकेनौं, महत्व सम्झाउन नै सकेनौं यसको सहि रस तथा मिठास पिलाउन नै सकेनौं। विडम्बना नै भन्नुपर्छ कि विश्वगुरु भइकन पनि हामीकहाँ हालसम्म अध्यात्म जस्तो सबैको जीवनकालागि अत्यन्त उपयोगि अपरिहार्य महाज्ञान यूवाहरुलाई प्रदान गर्ने कार्यको शुरुआत समेत सहि तथा उचित ढंगले हुन सकेको छैन, भएका भएपनि अति न्यून मात्रामा भएका छन्, नगन्य अध्यात्म ज्ञान सिकाउने केही गुरुकुल, योगपीठ तथा योग-ध्यान साधना केन्द्रहरुले यूवाहरुको अत्यन्त सानो संख्यालाई सिकाउने प्रयास गर्दै आएकाछन्। जवकि यो अति महत्वपूर्ण अपरिहार्य कार्यमाहरेक व्यक्ति, परिवार, समाज, खासगरि राष्ट्र स्वयंले प्रमुख नेतृत्वदायि भूमिका निर्वाह गर्नुपर्ने हो मुलुकभरि सबैले अध्यात्म विज्ञानको लाभ सहजै लिन सक्ने गरि

 

हामीले हाम्रो नयाँ पुस्तालाई सही ढंगले अध्यात्म तथा धर्मको ज्ञान प्रदान गर्न नसकिएकै कारण वर्तमान समयमा अधिकांश यूवाहरु अझ यूवा मात्र नभएर ठूलो संख्यामा प्रौढहरुले समेत अध्यात्म तथा धर्मलाई राम्ररी बुझेका छैनन् यसलाई अनुपयोगी, व्यर्थको कष्ट समयको बरवादी भन्ने रुपमा लिने गर्दछन्। यो वर्गको अध्यात्म तथा धर्मप्रति असन्तुष्टीको लिस्ट निकै लामो , उनीहरु अध्यात्म तथा धर्मलाई- निष्क्रिय हुनु; खानपान त्याग्नु; निश्चित प्रकारको पहिरन, माला तथा टिका धारण गर्नु;, मनोरञ्जन, साथीसंगी त्याग्नु; कर्म तथा उत्तरदायित्व त्याग्नु, विवाह नगर्नु; घर, परिवार त्याग्नु; आफ्नोलागि अनुत्पादक समाज सेवामा लाग्नु; आफ्नोलागि केही नकमाउनु; परिवारको अधिकार समेत हनन् गरेर दान दिनु; वैरागी हुनु; मौन हुनु; नुत्पादक ठाउँमा सम्पति, समय उर्जा खर्च गर्नु; मूर्ति पुञ्नु, मन्दिर, तिर्थ धाउनु; व्र बसेर व्यर्थमा शरीर गलाउनु; भाग्यवादी हुनु; आशिर्वाद प्रथामा जीउनु; अन्ध भक्त हुनु; मन्त्र जप्नु, साधु भेष धारण गर्नु; पूजा-पाठ, तिर्थ-ब्रत, कर्म-काण्ड गर्नु; गुरु तथा शास्त्रमा अड्कीएका पुरोहितमा निर्भर रहनु; वस्तु, विषय तथा कामको सही अर्थ, मतलव तथा वैज्ञानिकता नखोन्जु; पूराना शास्त्र रटेर बस्नु; मेरो गुरु तेरो गुरु, मेरो भगवान तेरो भगवान, मेरो धर्म तेरो धर्म भनेर वेतुकको बहस गर्नु; चर्को-चर्को बोल्नु तथा झगडा गरेर बस्नु; गुरुभक्ति भगवान भक्तिमा लम्पसार पर्नु; धर्मको कुरै नबुझी निश्चित सम्प्रदाय तथा गुरु भनिने व्यक्तिको अनुयायि बन्नु; अर्को धर्म सम्प्रदाय तथा गुरुको विरोध गर्नुसंस्कारवाद, कर्मकाण्डवाद, गुरु, पुरोहितवाद, उचनिच, ठूलोसानो, छोइछाइ तथा बाराबार, कर्मवाद, स्वर्ग-नर्कको अन्धविश्वास, ब्राह्ममणवाद, धर्मवाद, निश्चित किसिमको मत तथा विचारवाद, भगवानवाद, लिंगविभेद, जातिविभेद, वर्गविभेद, ज्ञानीको अनौठो सोपान, समाजवाद, संस्कृतिवाद, पुरुषवाद, नारीवाद, परम्परावाद अर्थात समग्रमा सबै ढोंगवाद आदि ठान्दछन्।

 

माथि उल्लेखित अधिकांश विषयहरुमा यूवाहरुको बुझाइ धेरै हदसम्म सहि छ किनकि अध्यात्म र धर्मको नाममा लामो समयदेखि यस्तै बेमतलवका अभ्यासहरु अुदै आइरहेका छन् विश्व समाजमा जसको अध्यात्म तथा धर्मसंग कुनै प्रकारको सम्वन्ध तथा निकटता छैन। यी विषयहरु मानिसले लामो समयदेखि मान्दै आएका परम्परागत संस्कृतिहरु मात्र हुन् अर्थात जीवनका वाहिरी प्रक्रियाहरु हुन् जो निश्चित भूगोलमा बस्ने, निश्चित समाज, समुदाय तथा सम्प्रदायहरुले तत्कालीन आवश्यकता तथा परिस्थिति अनुसार मान्दै आएका रीतिरविाज तथा चलिआएको चालचलनहरु हुन् जो एकअर्को सम्प्रदायसंग मेल खादैनन् तर अध्यात्म विज्ञान तथा धर्म विज्ञानमा त्यस्तो फरकपन हुदैन, यसको अभ्यास परिणाम तथा अनुभव सबैकालागि एकै किसिमको हुने गर्दछ। उल्लेखित अधिकांश विषयहरुमा अध्यात्म विज्ञान तथा धर्म विज्ञानको कुनै किसिमको प्रत्यक्ष तथा अप्रत्यक्ष सम्वन्ध छैन तर केही विषयहरु- पूजा-पाठ, व्रत-तिर्थ, कर्म-काण्ड, धर्म-कर्मको फरक प्रकारले सम्वन्ध तथा सरोकार रहेको छ किनकी यी विषयहरु मानिसको वाहिरी जीवन र आन्तरीक जीवनसंग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्वन्ध राख्दछन् र अध्यात्मको मूल विषय मानिसको आन्तरीक जीवनको विकाससंग सम्वन्धित छ। छोटोमा भन्नुपर्दा अध्यात्म साधना आफैंतिर फर्कने तथा आफूभित्रको अन्तरयात्रा गरि आन्तरीक विकास साथसाथ वाहिरी विकास गरि पूर्णताले भरिएको आध्यात्मिक जीवन जीउन सिकाउने कला तथा साधना पद्धति हो। अध्यात्म विज्ञान विराट विद्या हो, यी विषयहरु अध्यात्मको अर्को पाटो अन्तर्गत पर्दछन् जुन  विशेष प्रकारका मानिसहरुका लागि प्राचीन वैज्ञानिक ऋषिमूनिहरुले मानिसको जीवनको विज्ञानमा आधारीत भएर गहन खोज तथा अनुसन्धान गरि तय गरिएका अधिकांशतः सांकेतिक व्यवस्थाहरु हुन् ताकि हरेक मानिसले आ-आफ्नो जीवनमा मानिस भएर नज्मनुको प्रमुख उदेश्य जीवनबाट दुःखहरुको निवृत्ति र परमआनन्दको प्राप्ति गर्न सकुन् र पूर्णताले भरिएको सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित भएर आध्यात्मिक जीवन जीउन सकुन्। अध्यात्म विज्ञान योग-ध्यान साधनाको विज्ञान भएकोले अध्यात्मले फरक-फरक प्रकृति भएका मानिसहरुका लागि -आफ्नो जीवनमा दुःखबाट निवृत हुन आनन्द प्राप्त गर्न फरक-फरक प्रकारकै योग-ध्यान साधनाका मार्ग तथा विधिहरु तय गरिदिएको छ।

 

अध्यात्म साधनाकालागि मुख्यरुपमा सात प्रकारका योगका मार्गहरु बताइएको - कर्म योग, तन्त्र योग, हठ योग, भक्ति योग, ज्ञान योग, ध्यान योग, सांख्य योग तथा राज योग। पूजा-पाठ, व्रत-तिर्थ, कर्म-काण्ड, धर्म-कर्म गर्न रुचाउने मानिसहरुले भक्तियोगका वैज्ञानिक विधिहरुको अनुशरण गर्दछन्। भक्ति योगका विधिहरुले भक्त स्वाभाव भएका मानिसलाई पूजा-पाठ, व्रत-तिर्थ, कर्म-काण्ड, धर्म-कर्मकै माध्यमबाट जीवनमा दुःखहरुको निवृत्ति र परमआनन्द प्राप्ति गर्ने विधि तथा ज्ञान सिकाउँछ र पूजा-पाठ, व्रत-तिर्थ, कर्म-काण्ड, धर्म-कर्म गर्दा पालना गरिने आचरणहरु- आफ्नो वरपर तथा शरीरको सरसफाइ; शुद्ध, ताजा, औषधिय महत्व भएका वस्तुहरुको प्रयोग; जलाहार, फलाहार, शाकाहार व्रत; केही समयकालागि भएपनि सकारात्मक सोच, सदाचार, सदव्यवहार; इश्वर प्रति आस्थावान; पितृप्रति कृतज्ञता तथा धन्यवाद भाव; यम तथा नियमको पालना गर्ने तथा गराइने हुनाले यही प्रक्रियाले मानिसमा सकारात्मक गुणको विकासगरि उसलाई आफूतिर फर्काइ आफैंभित्रको अन्तरयात्रामा पुर्याइ उभिब रहेको दिव्य उर्जाको जागरण गराइ उसलाई अहंकारबाट ॐकारसम्म पुग्न मद्धत गर्दछ। योगका अन्य प्रकारहरु कर्म योग, तन्त्र योग, हठ योग, ज्ञान योग, ध्यान योग, सांख्य तथा राज योगका पनि आ-आफ्नै प्रकारका वैज्ञानिक विधिहरु रहेकाछन् जसको अनुशरण गर्नाले मानिस विस्तारै अहंकारबाट ॐकार तथा परमात्मामा स्थित हुन सफल हुन्छ।

 

सबैले बुझ्नुपर्ने कुरा, अध्यात्म विज्ञानका सबै योग मार्गहरु सबैकालागि बनाइएका होइनन्। विशेष गरि यूवाहरुको अध्यात्म साधनाकालागि ज्ञान योग र राज योग सबैभन्दा उपयुक्त मार्ग मानिन्छन्। ज्ञान योगमा खासगरि अध्यात्मका प्रमुख शास्त्रहरु(श्रीमद्भगवत् गीता, उपनिषद्, ब्रह्मशुत्र- 'प्रस्थानत्रयी'को श्रवण/अध्ययन(ज्ञानको आर्जन), मनन्(ज्ञानको चिन्तन्र नीधिध्यासन(ज्ञानको उपयोग) गरेर अध्यात्मको अन्तर्य तथा मूल ज्ञान बुझ्ने तथा अनुभूति गर्ने प्रयास गरिन्छ/गराइन्छ। यूवाहरुकालागि ज्ञान योग भन्दा पनि अझ सहज मार्ग सांख्य योग तथा राज योग विशेष किसिमले प्रभावकारी मानिन्छ। राज योग क्रियात्मक तथा सक्रिय विधि भएको र यसले धेर-थोर सबै योगका विधिहरुलाई समट्ने हुनाले यो यूवा लगायत सबै किसिमका मानिसहरुकालागि उत्तिकै प्रभावकारी र उपयुक्त मानिन्छ। पतंजलि योगका रुपमा लोकप्रिय राजयोग आज विश्वभरिनै सर्वाधिक लोकप्रिय र सबैभन्दा बढि अभ्यास गरिने योग-ध्यान साधना विधि हो। अनुमानित सन् २०० बि.सि.मा महर्षि पतंजलिले छरीएर रहेका योगका विशिष्ठ विधिहरुलाई संकलन तथा एकवद्ध गरि व्यवस्थित ढंगले सुत्रवद्ध गर्नुभएको ग्रन्थ पतंजलि योग शुत्र महत्वपूर्ण तथा प्रभावकारी, विगत वर्तमानमा विश्वभरिनै सर्वाधिक प्रयोगमा ल्याइएको राज योगका विधिहरुबारे विस्तृतमा व्याख्या गरिएको, सबैकालागि बुझ्न, बुझाउन प्रयोगमा ल्याउन सहज योग प्रदिपिका हो। महर्षि तंजलिले योग सुत्रमा योगलाई मानिसको जीवनमा योगका विधिहरु अनुशरण गर्न सहज होस भन्ने उदेश्यले बहिरंग अन्तरंग गरि राज योगलाई आठ चरणमा विभाजन तथा चरणवद्ध गर्नुभएको छ-

यम- आफूले संसारप्रति गर्नुपर्ने कर्म तथा व्यवहार(अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, अपरिग्रह),

नियम- आफूले आफैंप्रति गर्नुपर्ने कर्म तथा व्यवहार(शौच, संतोष, तप, स्वाध्याय, ईश्वर-प्रणिधान),

आसन- योग अभ्यास तथा शारीरिक व्यायाम,

प्राणायाम- श्वास अर्थात प्राणको व्यायाम,

प्रत्याहार- इन्द्रियहरुको सम्यमता तथा वितरागको अभ्यास,

धारणा- एकाग्र हुने सकारात्मक तथ्य, कथ्य, सत्यसंग सम्वन्धित विषयहरु,

ध्यान- विषयप्रति एकाग्रता, स्थिर मन,

समाधि- शुन्य, अमनी अर्थात मनमा विचार नभएको अवस्था।

राज योगका बहिरंग अघिल्ला पाँच चरण र अन्तरंग पछिल्ला तीन चरण गरी आठ चरणका विधिहरुको इमान्दारिपूर्वक अनुशरण गरेर यूवा लगायत सबै साधकहरुले उचित अवसरको अभावमा आफूभित्र दवेर रहेका जन्म-जन्मका क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरु प्रष्फुटन गरेर जीवनमा सुख, खुशी, समृद्धि, सफलता शान्ति तथा आनन्द प्राप्त गरि आध्यात्मिक जीवन जीउन सक्दछन्।


अध्यात्मले यूवाले चाहे अनुसार नै जीवनको विकास गर्न मद्धत गर्दछ

यूवाहरुले अध्यात्मको विरोध गरेको तथा अध्यात्मप्रति रुची नदेखाएको यसको महत्व नबुझेर हो। यूवाहरुले अध्यात्मको वास्तविक महत्व, मिठास, सुवाष नबुझेका तथा हामीले उनीहरुलाई राम्ररी बुझाउन नसकिएको कारण यूवा अध्यात्मविच दुरी बढ्दै गएको आजको यस्तो जटिल तथा असहज परिस्थितिमा अव ढिलो नगरीकन दुरी कम गर्ने प्रक्रियाहरु अपनाउनु अपरिहार्य भएकोछ। उनीहरुलाई अध्यात्मको वास्तविक महत्व सही किसिमले बुझाउन सकेको खण्डमा उनीहरुले अध्यात्म साधनाका वैज्ञानिक विधिहरुलाई अवश्य अनुशरण गर्नेछन्। उनीहरुलाई कसरी अध्यात्मको महत्व र साधनाका वैज्ञानिक विधिहरु सिकाउने तथा बुझाउने भन्नेबारे प्रभावकारी कार्ययोजना तथा कार्यनीति बनाएर अघि बढ्नु आवश्यक हुन्छ। सिकाइमा प्रभावकारीता ल्याउने दृष्टिकोणले यसकालागि सकेसम्म समय सान्दर्भिक ज्ञान तथा विषयहरु समावेश गर्नसक्ने क्षमता तथा दक्षता भएका युवा प्रशिक्षकहरु नै तयार गर्नु सबैभन्दा प्रभावकारी हुन्छ।


अध्यात्ममा अन्त कहीं नभएको सबैभन्दा विराट स्वतन्त्रता , यसले बिना सरोकार माथि उल्लेखित कुनैपनि परम्परा, रीतिथीति, चालचलन तथा बिकृतिहरुलाई अनुशरण गर वा नगर भन्दैन। सरोकार राख्नेहरलाई चाहिं नगर र आफ्नो ज्ञान, प्रज्ञा, विवेकको उचित प्रयोगगरि आफ्नोलागि ठिक-बेठिक छुट्याउ, आफूलाई उपयुक्त हुने साधना विधि छनौट गरि आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याउने गरि ती विधिहरुको इमान्दनरीपूर्वक अनुशरण गर भन्छ। अध्यात्ममा अत्यधिक स्वतन्त्रता भएकै कारण मानिसले आफूलाई जसो-जसो मन लाग्छ त्यसै-त्यसैगरि परिभाषा र अनुशरण गरेर अध्यात्मलाई दुषित पारिदिए तर अव त्यसो हुन दिनु हुदैन र यूवाहरुलाई अध्यात्मको सहि मतलव, यसको महत्व तथा प्रमुख उद्देश्य बुझाएर सम्यमतापूर्वक अगाडि बढ्नु पर्दछ। यसकालागि सर्वप्रथम हामीले यूवाहरुलाई अध्यात्मको वास्तविक अर्थ तथा परिभाषा उनीहरुले बुझ्ने भाषाशैलीमा मसिनो गहिरोसंग सम्झाउनु तथा बुझाउनु पर्दछ। अध्यात्म पूजा-पाठ, धर्म-कर्म, ब्रत-तिर्थ तथा कर्म-काण्ड मात्र होइन, यो शुद्ध विज्ञान हो जुन पूर्णतः व्यवहारीक प्रयोगात्मक वैज्ञानिक विधि तथा पद्धतिहरुमा आधारित छ। अध्यात्म सबैकालागि उपयुक्त हुने योग-ध्यान साधनाको विज्ञान हो। अध्यात्मका विद्या, विषय, विधिमा विविधता, विषयमा विविधताहरु धेरै छन् यी सबैको उपयोगिताको गहिराइ अनन्त छ। अध्यात्मले जसलाई जसरी जीवन जीउन रुची , त्यही किसिमले तथा अझ सुन्दर प्रभावकारी किसिमले जीउन मद्धत गर्दछ। अध्यात्मबाट सबैले आ-आफ्नो आवश्यकता र रुची अनुसारको लाभ लिन र जीवन सहज बनाउन सक्दछन्।

 

अध्यात्म विराट विज्ञान हो, यस अन्तर्गत मानवको जीवनमा पूर्णता हासिल गर्न आवश्यक पर्ने सबै विषयहरुको वैज्ञानिक तवरबाट अध्ययन अध्यापन गराइन्छ। यूवाहरुलाई अध्यात्ममा आकर्षित गर्न उनीहरुले रुचाउने किसिमले सहज तथा सरल सतसंग गर्नु पर्दछ जीवन के हो, जीवनको मूल लक्ष्य तथा उद्देश्य के हो साथसाथ जगत के हो आदिबारे राम्ररी सम्झाउनु पर्दछ। अध्यात्म विज्ञानका विषयहरुलाई वर्तमान समयमा यूवाहरु अभ्यस्त भएका आधूनिक विज्ञानका महत्वपूर्ण उपलव्धिहरु, प्रविधि, सूचना तथा मनोविज्ञानका सिद्धान्त र सुत्रहरुसंग जोड्दै तथा तादात्म्य गर्दै विषयहरुबारे प्रष्ट पार्ने प्रयास गर्नु पर्दछ। मनिसको जीवनको सन्दर्भमा अहिले भौतिक विज्ञान अध्यात्म विज्ञानको मत एकै ठाउँमा आइपुगेको छ। भैतिक विज्ञानका अनुसार मानिसको जीवनमा जम्मा दुइ कुरा प्रमुख छन् () पदार्थ () उर्जा जसलाई अध्यात्म विज्ञानले () पदार्थलाई स्थुल शरीरको रुपमा () उर्जालाई सुक्ष्म शरीर(आत्मा, पुरुष तथा चेतना)को रुपमा अध्ययन गर्दछ दुवै भौतिक अध्यात्म विज्ञानको प्रक्रिया, परिणाम तथा निचोड एकै किसिमको हुदै गएको छ। पदार्थ तथा स्थुल शरीरएमिनो एसिड, प्रोटीन, हड्डाी, रक्तमज्जा आदि पदार्थहरु हुन् जसले हाम्रो स्थुल शरीरलाई सन्तुलित किसिमले संचालन गर्न आवश्यक प्रक्रियाहरु गर्दछन्। चेतना तथा सुक्ष्म शरीरउत्साह, प्रेम, आनन्द आदि चेतना हुन् जसले हाम्रो मानसिक, भावनात्म तथा आत्मिक शरीरलाई सन्तुलित किसिमले संचालन गर्न आवश्यक प्रक्रियाहरु गर्दछन्। मानिसको जीवनको प्रमुख उदेश्य जीवनमा आइपर्ने दुःखबाट निवृति आनन्द प्राप्ति हो। हाम्रो दैनिक जीवनका सबैभन्दा महत्वपूर्ण बारबार गरिने गतिविधहरु खनपान, निद्रा, खेलकुद, मनोरञ्जन, सुख, खुशी, शान्ति, सम्वन्ध, समृद्धि आदि हुन्। अध्यात्म विज्ञानले यिनै गतिविधिहरुलाई अझ राम्ररी सुन्दरतम तथा प्रभावकारी ढंगले अभ्यास गर्न सिकाउँछ।

 

यूवाहरुलाई बुझाउनु पर्ने अध्यात्मका महत्वपूर्ण विषयहरु

सरल, सहज, समृद्ध, सफल शान्त तथा आनन्दित जीवन सबैको चाहना हो र अध्यात्मको अध्ययन अध्यापनको प्रमुख विषय पनि यही नै हो। सन्तुलित खानपान, निद्रा, खेलकुद, मनोरञ्जन, सुख, खुशीले शरीर मन दुवैलाई स्वस्थ बनाउँछ। सन्तुलित सम्वन्ध, स्नेह, मायाँ, प्रेम, मैत्री, श्रद्धा व्यक्तिगत तथा पारिवारीक समृद्धिले दुःख दुर गरि मानसिक शान्ति प्रदान गर्दछ सुरक्षाको भाव मजवुत बनाउँदछ जसले शारीरिक मानसिक दुवै स्वास्थ्य मजबुत बनाउँछ जीवनबाट सबै किसिमका रोग तथा कष्टहरुबाट मुक्त गराएर जीवनमा सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्दको प्राप्ति गराउँछ। त्यस्तै शुद्ध तथा निश्वार्थ कर्मले भावनात्मक तथा आत्मिक दुःख, पिडा तथा तनावको अनुभूति हटाउँछ र सुख ल्याउँछ। आफूले चाहेको लक्ष्य प्राप्ति, आँटेको काममा सफलता, जीवनको शोख पुरा भयो भने जीवनका सबै दुःखहरुको निवृत्ति हुन्छ सुख तथा आनन्दको प्राप्ति हुन्छ। तर यी सबै मानिसका वाहिरी आनन्दका कुरा हुन जो पदार्थ तथा स्थुल शरीरसंग मात्र सम्वन्धित छन्। अध्यात्मले यी सबै वाहिरी विषयहरुको सन्तुलन तथा सही ढंगले व्यवस्थापन गर्न सहि कला तथा तरिका सिकाउनुका साथसाथ मानिसको आन्तरीक विकास, व्यवस्थापन सन्तुलन गर्न पनि अझ राम्ररी सिकाउँछ।

 

मानिस चेतना पदार्थ अर्थात पुरुष प्रकृतिको योगबाट निर्मित जिवात्मा हो। अध्यात्म विज्ञानसंग यी दुवैलाई सन्तुलनमा राख्न तथा व्यवस्थापन गर्न सिकाउने प्रभावकारी, व्यवहारीक वैज्ञानिकतामा आधारीत प्रयोगात्मक विधिहरु छन्। मानिसको वाहिरी आन्तरीक जीवनका चार आयामहरु छन्- स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर र आत्मिक तथा चेतनात्मक शरीर जो एकअर्काप्रति प्रत्यक्ष अन्तर-सम्वन्धित हुन्छन्। एकमा भएको सकारात्मक तथा नकारात्मक परिवर्तनको प्रभाव स्वतः अर्कोमा पर्दछ। मनिसको वाहिरी स्वरुप देखिने प्रत्यक्ष अनुभव गर्न सकिने हुन्छ तर आन्तरीक स्वरुप नदेखिने प्रत्यक्ष अनुभव गर्न नसकिने हुन्छ। प्रत्यक्ष अनुभव गर्न नसकिने भएपनि हाम्रो वास्तविक स्वरुप आन्तरीक जीवन नै हो। आन्तरीक जीवनले नै वाहिरी जीवनलाई संचालन गरेको हुन्छ आन्तरीक जीवनलाई आत्मा, चेतना तथा पुरुषतत्वले संचालन गर्दछ। मानिसको वाहिरी तथा आन्तरीक जीवनमा प्रकृतिका त्रिगुण-सत्व, रजस, तमस पंचक्लेश-काम, क्रोध, लोभ, अस्मिता, अहंकार, भयले प्रत्यक्ष प्रभाव पार्दछन् र यिनै प्रभावहरुको तह अनुसार मानिसको जीवनमा अनेक प्रकारका जटिलता तथा दुःखहरु आइपर्दछन्। वर्तमानको प्रतिस्पर्धात्मक जीवनशैलीका कारण यूवाहरुको जीवनमा समान्य मानिसको जीवनमा भन्दा अझ बढि जटिलता तथा दुःखहरु आइपरेका छन् र अधिकांश यूवाहरु तनावले ग्रस्त, रोग, शोक र विशादको जीवन जीउन बाध्य भएका छन्। उनीहरुलाई हामीले राम्ररी बुझाउन तथा सिकाउन  सक्नुपर्छ कि तनाव नै जीवनको सबैभन्दा विकराल तथा सबै रोगहरु र समस्याहरुको जड हो र यसको औषधि तथा व्यवस्थापनको सहि उपाय केवल अध्यात्म विज्ञानको प्रमुख तथा महत्वपूर्ण विषय योग-ध्यान साधनामा छ।

 

मानिसको जीवनमा आइपरेका तनाव र यसले निम्त्याएका तमाम समस्या तथा चुनौतीहरुलाई अध्यात्म साधनाको माध्यमबाट मानव शरीरमा अन्तरनिहीत उर्जाका प्रमुख केन्द्र सात चक्रहरु(मूलाधार, स्वादिष्ठान, मणिपुर, अनाहद, विशुद्धी, आज्ञा सहश्रार) जागरण गरि सकारात्मक दिव्य उर्जाको प्रवाह शरीरका चारवटै आयामहरुमा संचारीत गरि जीवनका सबै आयामहरुमा सकारात्मक परिणाम हासिल गर्न सकिन्छ। चक्रहरुमा सुसुप्त अवस्थामा रहेको दिव्य उर्जाको जागरण भएपछि मानिसको वाहिरी र आन्तरीक दुवै जीवन तथा अवस्थामा भौतिक तथा पराभौतिक सकारात्मक परिवर्तन तथा अनुभूतिहरु देखापर्न थाल्दछन् र यिनै सकारात्मक परिवर्तन तथा अनुभूतिहरुले मानिसको जीवनमा अकल्पनिय सकारात्मक परिवर्तनहरु ल्याउँदछन्। मानिसको आन्तरीक जीवन अव्यक्त शरीर हो वाहिरी जीवन आन्तरीक जीवनकै व्यक्त शरीर हो। वाहिरी शरीर तथा काया शरीर आत्मा अर्थात चेतनाको छायाँ शरीर तथा आत्माकै फैलावट हो जो निराकार र निर्गुण भामण्डल(आत्माको प्रकाशको निराकार फैलावटको रुपमा स्थुल शरीर भन्दा वाहिरसम्म फैलिएको हुन्छ स्थुल शरीर आत्माको आभामण्डलभित्र हुन्छ। आभामण्डलको आकार, रंग, फैलावट, गुणस्तर मानिसको व्यक्तित्व, सोच, विचार, व्यवहार, आचरण, शारीरिक मानसिक स्वस्थ्यको अवस्थामा निर्भर गर्दछ साथै यो अवस्था दोहोरो तथा परिपूरक हुन्छ अर्थात आभामण्डल अनुसारको जीवनशैली जीवनशैली अनुसारको आभामण्डल बन्दछ। हाम्रो जीवन कस्तो हुन्छ, जीवनमा हामी कस्तो बन्छौ, कति सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित हुन्छौं भन्ने विषयमा हाम्रो स्वस्थ आभामण्डलको महत्वपूर्ण भूमिका रहेको हुन्छ। अध्यात्म विज्ञानको महत्वपूर्ण विषय योग-ध्यान विज्ञानको साधनाले आभामण्डल स्वस्थ राख्न अत्यन्त प्रभावकारी सहयोग गर्दछ। मानिसको शरीर तथा मनमा लाग्ने रोग उसको निराकार आभामण्डलमा तीनदेखि महिना अघिनै देखा पर्दछ रोगको प्रभाव क्षेत्र/क्रिटीकल मास अर्थात ३३ प्रतिशतको नजिक पुग्न लागेपछि शरीर तथा मनमा यसका लक्षणहरु देखिन थाल्छन् तव मात्र हामी बिरामी भएको थाहा पाउँछौं। योग-ध्यानका विधिका नियमहरुको सही अनुशरण गरि नियमित रुपमा अभ्यास गर्ने व्यक्तिको आभामण्डल स्वतः स्वस्थ हुन्छ; शरीर भित्रबाट उत्पन्न हुने कुनै किसिमको रोग लाग्दैन; शरीर तथा मनमा रोगका लक्षण देखिनु अगाबै योग-ध्यान साधनाको प्रभावले रोगहरु स्वतः हराएर जान्छन्; मानिस सदा रोग मुक्त तथा निरोगी रहन्छ। स्वस्थ आभामण्डल भएको व्यक्तिको वाहिरबाट लाग्ने तथा सर्ने रोगहरुसंग लड्ने आन्तरीक क्षमता  राम्रो हुने हुनाले उसलाई सितिमिति कुनै रोगले छुन सक्दैन। मानिस जति स्थुल शरीरबाट स्वस्थ  हुन्छ उतिनै मन, भावनाले पनि सकारात्मक, सहयोगी, प्रेमल तथा परोपकारी प्रवृतिको बन्दै जान्छ र उ विस्तारै प्रकृतिका त्रिगुण पंचक्लेशहरुको नकारात्मक प्रभावबाट मुक्त हुन्छ। मानिस जति प्रकृतिका गुण तथा क्लेशहरुबाट मुक्त हुन्छ उतिनै उसको आभामण्डल फराकिलो, शुद्ध, सफा बलियो, गुणात्मक तथा प्रतिरोधात्मक क्षमता बलियो भएको हुन्छ विस्तारै यस्तो मानिस स्वतः सकारात्मक गुणहरुले भरिन थाल्छ जीवनमा पूर्ण स्वास्थ्य, सुख, खुशी, समृद्धि, शान्ति तथा आनन्द अर्थात पुर्णताले भरिएको भरिन पुग्दछ।

 

मानिसको आन्तरीक जीवनकासाथै वाहिरी जीवनका गतिविधिहरु खानपान, काम, सम्वन्ध, सोच, विचार, व्यवहार, आचरण, अन्य दैनिक गतिविधि तथा जीवनका अभ्यासहरु आभामण्डलको प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ, एकले अर्कोलाई प्रत्यक्ष प्रभाव पार्दछन्। अध्यात्म साधना गर्ने मानिसमा विस्तारै सबै प्रकारका सकारात्मक गुणहरु भरिदै जान्छन्, व्यक्तिका नराम्रा बानी, व्यवहार तथा आचरणहरु छन् भनेपनि विस्तारै ती बानी, व्यवहारहरु छुट्दै जान्छन्, सकारात्मक बन्दै जान्छ उसको झुकाव अध्यात्म साधानातिर बढ्दै जान्छ   आध्यात्मिक तथा अध्यात्मवादी बन्दै जान्छ। आध्यात्मिक व्यक्तिको आफैंभित्र रहेको प्राकृतिक गुरु तथा चेतनशक्ति सक्रिय हुन्छ तथा भित्रकै गुरु जाग्दछ। यसरी आफैंले आफूभित्रको गुरु जगाएपछि मानिस आफ्नो जीवनमा सहजै सही गलतको पहिचान आफैं गर्न सक्ने विवेकशील बन्दछ। आफूभित्रको गुरु तथा चेतनाको जागृति भएपछि तमस तथा रजश गुणको बाहुल्यता भएका मानिसहरु विस्तारै सत्व गुणमा स्थित हुदै जान्छन् सत्य गुणी मानिसहरु अध्यात्म साधनाका माथिल्ला तहहरुमा पुग्दछन् विस्तारै आफ्नो वास्तविक स्वरुप आत्मवोधको मार्ग हुदै मोक्ष प्राप्त गर्दछन् अर्थात आफ्नो आत्यन्तिक श्रोत परमात्मामा स्थित भएर जन्म-मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मुक्त हुन्छन् तसर्थ पुर्णताले भरिएको जीवन प्राप्त गर्न, जीवनमा दुःखहरुको निवृति आनन्द प्राप्त गर्न परमात्मामा स्थित भई मोक्षको प्राप्ति गर्न सबैकालागि अध्यात्म साधना तथा योग-ध्यानका अभ्यासहरु नियमित गर्नु महत्वपुर्ण अनिवार्य छ।

 

मानिसको जीवनमा योग-ध्यान को उपयोगिता

ध्यान के हो भन्ने सन्दर्भमा तत्वज्ञानी, प्रज्ञावान पुरुषहरु(वुद्धत्व प्राप्त आत्मा तथा चेतना, पुलिगं होइन) भन्ने गर्दछन्- ध्यान अग्नि हो जसले मानिसका सबै दुःखहरु जलाउँछ; ध्यान रेती हो जसले मानिसका क्षमता तथा प्रतिभा हरुमा अझ धारिलो तथा तेजिलो साँध लगाउँछ; ध्यान मदानी हो जसले मानिसमा खासगरि यूवाहरुमा सहि मार्ग निर्देशनको अभावमा अस्तव्यस्त अवस्थामा रहेका अनन्त विषयका ज्ञान, प्रतिभा, क्षमता, जोश, जाँगर, उत्साह, नवीनतम सोच, सिर्जनशीलता आदिलाई राम्ररी मथेर त्यसवाट जीवनमा आवश्यक पर्ने महत्वपूर्ण विषयहरुलाई नौनी झैं माथि-माथि ल्याइदिन्छ कम महत्वका तथा अनावश्यक विषयहरु तल राखिदिन्छ ताकि व्यक्तिलाई आफ्नो जीवनको लक्ष्य तय गर्न सरल होस् तथा सहज मार्ग निर्देशन मिलोस्; ध्यान दिव्य प्रकाश हो जसले जीवनमा रहेका सम्पूर्ण अन्धकाररुपि सबै दुःखहरु देखाइदिन्छ दुःखबाट वाहिर निस्कने तथा आनन्द प्राप्त गर्ने उज्यालो मार्ग प्रसस्त गर्दछ; ध्यान औषधि हो जसले मानिसका चारवटै शरीरका आयामहरुमा लाग्ने रोगहरुबाट मुक्त गराउँछ। यस अर्थमा ध्यान के हो भन्दा पनि ध्यान के चाहिं होइन भन्ने कुरा सान्दर्भिक हुन आउँछ, तसर्थ ध्यान अति उपयोगि अध्यात्म साधना पद्धति हो, ध्यानले मानव जीवनलाई पूर्णताले भरिपूर्ण गरिदिन्छ। साथै योग के हो भन्ने सन्दर्भमा तत्वज्ञानी, प्रज्ञावान पुरुषहरु भन्ने गर्दछन्- ‘योग ध्यान साधनालाई सहज, सरल तथा सम्भव गराएर समाधिको अवस्थासम्म पुर्याउने अति महत्वपूर्ण राजमार्ग हो, जसले योग साधनाका वहिरंग र अन्तरंग चरणहरु यम, नियम, आसन, प्राणायाम, प्रत्याहार  र अन्तरंग चरणहरु धारणा, ध्यान, समाधिमा पुग्न मद्धत गर्दछ।

 

यूवाहरुलाई अध्यात्म दिक्षित कसरी र कसले गराउने

अध्यात्म साधनाले मानिसभित्रका क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरुको प्रष्फुटन तथा विकास गरेर मानिसलाई पूर्ण मानव बन्न मद्धत गर्ने भएकोले आगामी दिनहरुमा योजनावद्ध किसिमले यूवाहरुलाई अध्यात्म साधनाका अभ्यासहरु सिकाउने व्यवस्था मिलाउने कामलाई प्राथमिकतामा राखेर अगाडिका कदमहरु चाल्नु पर्दछ। यो अति महत्वपूर्ण कतिपनि विलम्व नगरीकन गर्नुपर्ने काम व्यक्ति, परिवार, समाज, राज्य सबैले बराबर दायित्व लिएर अगाडि बढ्नु आवश्यक हुन्छ। एक व्यक्तिले अर्को व्यक्तिलाई, आफ्नो परिवारलाई, समाजलाई, समुदाय तथा समग्र राष्ट्रलाई अध्यात्म साधनाको आवश्यकता, महत्व प्रयोगात्मक अभ्यासका विधिहरु सिकाउनु पर्दछ। यस काममा सबै भन्दा प्रभावकारी भूमिका घरमा अभिभावकले; शैक्षिक संस्थाहरुमा गुरुहरुले; समाजमा सामाजिक अभियन्ताहरुले गर्न सक्छन् राज्यले राष्ट्रव्यापि रुपमा लागू गर्ने तथा हुने गरि आवश्यक योजना तथा कार्ययोजनाहरु, नीति-नियम, रणनीति तथा कार्यनीतिहरुको निर्माण गरि राज्यका सबै क्षेत्र, तह र तप्काहरुमा कडाइकासाथ कार्यान्वयनको आव्हान तथा निर्देशन गरेर सबैभन्दा महत्वपूर्ण प्रभावकारी भूमिका निर्वाह गर्न सक्दछ 


अन्त्यमा

आध्यात्मिक यूवा नै राष्ट्र निर्माणका मूलाधार हुन्। अध्यात्म पाकेको मानिसको जीवनको सबैभन्दा ठूलो तथा महत्वसूर्ण मूल्य करुणा सर्वकल्याण हो। करुणा सर्वकल्याण अध्यात्मको मूल विषय तथा अध्यात्मको प्राणको ज्ञान यूवाहरुमा भरेर यूवाहरुमा रहेको समयसान्दर्भिक ज्ञान, सिर्जनशीलता, नवीनतम विचार, काम गर्ने जोश, जाँगर, क्षमता, प्रतिभा, साहसलाई उच्चतम उपयोग गरेर सारा जगतको कल्याण गर्न युग सुहाउँदो नवयुग निर्माण गर्न सकिन्छ तसर्थ यूवाहरुलाई अध्यात्मको मूलप्रवाहमा ल्याउन कत्तिपनि विलम्व नगरी आमामी कदमहरु अगाडि बढाउँ।

 

No comments:

Post a Comment