'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 26 July 2024

यूवाकालागि समय सान्दर्भिक अध्यात्म, योग, ध्यान साधनाको प्रारम्भिक ज्ञान

                                            डा. सिर्जना भण्डारी




विषय प्रवेश  

अत्यधिक रुपमा जानकारीमा आएको कुरा, खासगरि यूवापुस्ता तथा केही हदसम्म प्रौढ पुस्ता पनि अध्यात्म, योग, ध्यान शव्दावलीसंग नै अस्पष्ट छन्, साधनाको कुरा त दोस्रो तहको विषय हो, तसर्थ सर्वप्रथम शाव्दिक अर्थमै स्पष्ट हुनु आवश्यक छ । अध्यात्म विज्ञान सबैभन्दा पूरानो विद्या हो, सबै विज्ञानहरुको पनि विज्ञान महाविज्ञान हो, हाल संसारभरि अध्ययन गरिने सबै विज्ञान, शास्त्र तथा विषयहरु अध्यात्म विज्ञानका नयाँ–नयाँ शाखाहरु हुन् । 'योग विज्ञान' अध्यात्म विज्ञानको प्रमुख तथा चुरो विषय हो र 'ध्यान विज्ञान' योग विज्ञानको सबैभन्दा महत्वपूर्ण चुरो विषय, अंग अर्थात चरण हो । योग विज्ञान र ध्यान विज्ञान अध्यात्म विज्ञानका सबैभन्दा महत्वपूर्ण विषय भएकोले यी दुई शव्दहरु बारम्बार प्रयोग गरिएका हुन् तसर्थ यी एकअर्काका पर्यायवाची शव्द तथा अर्थ जस्ता भएका छन् । सकारण अध्यात्म साधनाको शुरुआती चरणमा रहेका साधकहरु अलमलमा पर्नु स्वाभाविक कुरा हो तसर्थ सर्वप्रथम यसलाई सजिलो गरि बुझौं र बुझेर मात्र दैनिक जीवनमा अनुशरण गरौं । अध्यात्म आफूभित्र अन्तरयात्रा गरि आफूलाई चिन्ने, बुझ्ने र आफूभित्र रहेका लौकिक तथा परालौकिक प्रतिभा, क्षमता तथा सकारात्मकताका सम्भावनाहरु उजागर गर्ने व्यवहारीक विज्ञान हो । योग अध्यात्म साधना गर्ने विधि हो र ध्यान योगको एक प्रमुख चरण हो । समग्रमा भन्नुपर्दा योग र ध्यान अध्यात्म विज्ञानको साधनालाई सरल र सहज किसिमले अगाडि बढाउन मद्धत गर्ने विधि तथा औजारहरु हुन् । अध्यात्म विज्ञानको साधना सबै उमेर, लिंग, वर्ग, धर्म, समुदाय, जातजाति सबैकालागि उत्तिकै महत्वपूर्ण र अपरिहार्य छ । जोड दिएर भन्नुपर्दा नवपुस्ता– बालबालिका, किशोरकिशोरी र यूवायूवतीकालागि अझ बढि महत्वपूर्ण र अपरिहार्य छ ।

 

अध्यात्मको दृष्टिकोणबाट हेर्दा मोटामोटी रुपमा संसारमा दुई प्रकारका मानिस छन्- (१)सांसारीक, र (२)वितरागी; ध्यान साधनाको उद्देश्य पनि दुई प्रकारका नै छन्- (१)पंचप्रगति, र (२)आत्मज्ञान तथा ब्रह्मज्ञान; र ध्यान साधनाका विधि पनि दुई प्रकार कै छन्- (१)विषय केन्द्रित, र (२)साक्षी भाव(माइन्डफूलनेस) । सांसारीक मानिसलाई भौतिक संसारबाट सबै कुरा अर्थात पंचप्रगति– स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा र आध्यात्मिकता(शान्ति) चाहिन्छ तर वितरागी तथा वैरागीले आफूलाई बाँच्न चाहिने आवश्यकता बाहेक मानसिक रुपले भौतिक संसारलाई त्यागेर पूर्णरुपमा आफूलाई आत्मज्ञान तथा ब्रह्मज्ञान हासिल गर्नमा अथात परमात्मा प्राप्तिमा निमज्जित गरेको हुन्छ र उसको उद्देश्य आध्यात्मिकतामा डुब्नु मात्र रहेको हुन्छ । मानिस दुई प्रकारका भएका कारण अध्यात्म साधना मुख्यतया दुई किसिमका उद्देश्य हासिल गर्न नै गर्ने गरिन्छ– पहिलो, योग–ध्यान विज्ञानको साधनाको माध्यमबाट आफूभित्र सामान्यदेखि विशेष प्रकारका परिवर्तनहरु ल्याएर उचित अवसर तथा वातावरणको अभावमा आफूभित्र दवेर सुसुप्त अवस्थामा रहेका जन्म–जन्मका क्षमता, प्रतिभा तथा सकारात्मक गुणहरु उजागर गरि जीवनमा स्वास्थ्य, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द अर्थात पंचप्रगति हासिल गर्न अध्यात्म विज्ञानको साधना गरिन्छ । जीवनको अधिकांश समय अध्ययन अध्यापन गर्न, आफ्नो लक्ष्यमा काम गर्न, मानिसले जीवनमा नगरी नहुने पुरुसार्थहरु धर्म, अर्थ, कामको उत्तरदायित्व वहन गर्न खर्च गरिरहेका यूवाहरुकालागि अति आवश्यक र उपयोगि मानिन्छ । दोस्रो, योग–ध्यान विज्ञानको साधनाको माध्यमबाट आफूभित्र विशेषदेखि विशिष्ठ प्रकारका परिवर्तन, अनुभव तथा भावातीत अनुभूतिहरु हासिल गरेर ब्रह्माण्डको चेतना(ओम्नीप्रेजेन्ट सुपर इन्टेलीजेन्स अर्थात अलमाइटी सुपर पावर गड) परब्रह्म अर्थात परमात्मा अर्थात इश्वरसंग एकाकार भइ प्रकाशित हुन अर्थात वुद्धत्व(इनलाइटमेन्ट) प्राप्त गरि मुक्त, मोक्ष अर्थात निर्वाणमा स्थित हुन अध्यात्म विज्ञानको साधना गर्ने गरिन्छ । मानिसले आफ्नो जीवनकाल गर्नैपर्ने चार पुरुषार्थ मध्य तीन– धर्म, अर्थ, कामको उत्तरदायित्व वहन गरिसकेको छ र जीवनमा वुद्धत्व, मोक्ष प्राप्त गर्न चाहन्छ उसकोलागि आवश्यक र उपयोगि मानिन्छ, यस किसिमको साधना योगी, सन्त, महात्माहरुले गर्ने गर्दछन् । अध्यात्म साधनाको व्यवहारिकताका आधारमा मानिएको सामान्य बुझाई तथा परिभाषा मात्र हो यो, यस्तै नै हुनुपर्छ, यसले नै गर्नुपर्छ, यसरी नै गरिनु पर्छ भन्ने कुनै विधि तथा नियम निश्चित गरिएको छैन तर साधनाका नियम, विधि तथा चरणहरु भने निश्चित छन् । तसर्थ जुनसुकै उमेर समुहका र जुनसुकै प्रकारका व्यक्तिहरुले दुवै प्रकारका उद्देश्य हासिल गर्न अध्यात्म विज्ञानको साधना गर्न सक्दछन् ।

 

ध्यान साधना के हो ?

संस्कृत शव्द ध्यान संज्ञा हो । ध्यान संस्कृत व्याकरणको ध्यै धातुबाट निर्मित भएको हो । ध्यै को अर्थ हुन्छ ध्यान गर्नु । ध्यान वहुआयामिक शव्द हो– ध्यान गर्नु, ध्यान दिनु, ध्यान केन्द्रित गर्नु, ध्यान लगाउनु, ध्यान पुर्याउनु आदि विविध क्रियाहरुलाई अभिव्यक्त गर्नकालागि ध्यान शव्दको प्रयोग गर्ने गरिन्छ । अध्यात्म विज्ञानको साधनामा ध्यान गर्नु भन्ने क्रियाको परिभाषा आफूलाई हेर्नु, आफूतिर फर्कनु, आफूभित्रको अन्तरयात्रा गर्नु, आफूमा केन्द्रित हुनु, स्वको अध्ययन गर्नु र आफूलाई चिन्नु तथा जान्नु भन्ने अर्थमा लिइन्छ । ध्यानका प्रमुख तीन विषय छन्- (१)ध्यान गर्नु, (२)ध्यान गर्नुको उद्देश्य, र (३)ध्यान गर्ने प्रक्रिया तथा विधि(यसबारे पछिल्ला अनुच्छेदहरुमा विस्तृत विवरण आउनेछ) । ध्यान सनातन अध्यात्म विज्ञानको वैज्ञानिकता र व्यवहारीक प्रयोगमा आधारित साधनाको विज्ञान हो । ध्यान हाम्रा पुर्खा पूर्वीय ऋषिमूनि तथा प्राचीन वैज्ञानिकहरुले हजारौं वर्ष लगाएर मानव कल्याण्कालागि गरेको विज्ञान सम्मत खोजको एक वैज्ञानिक साधना पद्धति भएकोले ध्यानको महत्व, उपयागिता र व्यवहारिकता सबैकालमा संधै उत्तिकै रहदै आएको थियो, छ र रहनेछ । २१औं शताव्दी अर्थात वर्तमान संसारको जीवनशैलीकालागि त ध्यानको महत्व र उपयोगिता अझ बढि रहेको देखिन्छ ।

 

अध्यात्म विज्ञानको चुरो योग र ध्यान जीवन उपयोगि वैज्ञानिक साधना पद्धति हुन् तर योग र ध्यान बहुअर्थ लाग्ने बहुआयामिक शव्द भएकाले र व्यक्ति, काल, परिस्थिति, अवस्था तथा आवश्यकता अनुसार फरक–फरक किसिमले योग र ध्यानको परिभाषा र व्यवहारिक प्रयोग गरिदै आइएकोले अध्यात्म विज्ञानका नयाँ साधकहरुमा अध्यात्म, योग, ध्यान साधना के हो; यसका प्रकार के कति छन्; यसका विधि तथा चरणहरु के–के हुन भन्ने सन्दर्भमा अलि अलमलको अवस्था भएको देखिन्छ । नयाँ अध्यात्म साधकहरु अलमलमा पर्नु स्वाभाविक कुरा हो किनकी विगत लामो समयदेखि हाम्रो समाजले अध्यात्म, योग र ध्यानप्रति गलत मान्यता राख्दै आएको छ र हरेक नयाँ पिढीलाई गलत र भ्रामक सन्देश, बुझाइ तथा परिभाषा सम्प्रेसित गर्दै आइरहेको छ । अध्यात्मको अन्तर्य र महाशक्तिको व्याख्या गर्दै २०औं शताव्दीका सर्वाधिक बढि पुस्तक पढ्ने(डेढलाख भन्दा बढि) व्यक्तिका रुपमा गीनिज बुक अफ दि रेकर्डमा नाम दर्ज भएका; अध्यात्म आकाशका उज्वल तारा; ध्यान साधनालाई विश्वव्यापिकरण गर्न सफल आध्यात्मिक महागुरु; वुद्धत्व प्राप्त प्रकाशित महापुरुष; मुक्त आत्मा/चेतना; ब्रम्हाण्डका नागरिक श्रद्धेय आचार्यश्री ओशो रजनिश भन्नुहुन्छ, मान्नु अर्थात कुनै वस्तु तथा विषयप्रति अर्काले प्रदान गरेको ज्ञान तथा मान्यतामाथि पूर्णरूपमा आस्था र विश्वास राख्नु आफ्नो वुद्धि, विवेक र जीवनको प्रगतिकालागि खतरनाक विष बन्नसक्छ किनकी हामी जस्तो मान्यता राख्दछौं त्यस्तै बन्दै जान्छौं, मान्यताले हामीलाई कमजोर र आश्रित बनाउँछ, जसरी थलचर प्राणीहरुमा सबैभन्दा शक्तिशाली हात्तीलाई लाग्छ कि म भन्दा मलाई बाँधिएको डोरी र मलाई सदाउने माउते बलियो छ किनकी हात्तीले त्यही मान्यतालाई आत्मसाथ गर्दै आएको छ, यसैकारण आफ्नो शक्तिलाई चिन्न सकेको छैन, यो मान्यताले उसलाई म अरु भन्दा कमजोर छु भन्ने मान्न अह्राएको छ । त्यसैले कोही पनि व्यक्ति बाधिएको हात्ती नबन, कसैले भनेको नमान, विश्वास नगर, मैले नै भनेको पनि नमान, मलाई विश्वास नगर, तिमी भित्र अदम्य शक्ति, ज्ञान, विवेक, सिर्जनशीलता छ, पहिला ध्यान साधनाको माध्यमबाट त्यसलाई उजागर गर, आफैंले आफूभित्रबाट आफ्नो शक्ति, बुद्धि, ज्ञान, विवेक खोजेर पत्ता लगाउ र जान आफ्नोलागि त्यो उपयुक्त छ वा छैन, अनि मात्र मान अर्थात आस्था तथा मान्यता राख किनकी यहाँ हरेक व्यक्ति एकअर्कोबाट फरक छ, हरेक व्यक्ति अलग र विशेष छ र हरेकको प्रतिभा, क्षमता तथा विशेषता अद्वितीय छ, आफ्नो प्रतिभा, क्षमता र विशेषता जानेपछि तिम्रो शक्ति, वुद्धि, ज्ञान, विवेक र जीवनमा केही विशेष सकारात्मक प्रगति तथा उपलव्धि हासिल हुनसक्छ किनकी ध्यान एउटा यस्तो मल हो तिमीले जे प्राप्त गर्न यसको प्रयोग गर्दछौ त्यसलाई लटरम्म फुलाएर फलाएर तिम्रो सामु उजागर गरिदिन्छ !


अध्यात्म, योग, ध्यान जस्तो अद्वितीय वैज्ञानिक व्यवहारिक ज्ञानको अनुशरण गरेर व्यक्तिभित्र पूर्णता भरिदिने यस्तो अति महत्वपूर्ण विज्ञानलाई तोडमरोड गरेर व्यक्ति आध्यात्मिक हुनु, योगस्थ हुनु, ध्यानि हुनु भनेको जीवनमा वैरागी हुनु अर्थात घरपरिवार तथा सांसारिक जीवन त्याग्नु, वुद्धु हुनु, भगौडा हुनु भन्ने अर्थमा सिमित गरेर हरेक मानिसमा हरक्षण अलमलको अवस्था सिर्जना गरिएको छ र सानो डोरीले बाधिएको हात्तीको अवस्थामा पुर्याइएको छ त्यसैले कत्तिपनि ढिलो नगरी जागौं र अध्यात्म, योग र ध्यानलाई आफ्नो जीवनमा अनुशरण गरौं ।


परिवार तथा समाजले कसरी नयाँ पिढीलाई अध्यात्म, योग र ध्यानको गलत ज्ञान सम्प्रेषण गरिहेको छ भन्ने सन्दर्भमा यहाँ आफैंले अनुभव गरेको एउटा तितो यथार्थ छोटकरीमा प्रस्तुत गर्न चाहान्छु । मलाई नयाँ पुस्तासंग मैत्री गर्न र उनीहरुसंग समय विताउन, अध्यात्म, जीवन र जगतका विषय तथा सन्दर्भमा सम्वाद गर्न अत्यन्तै मनपर्छ । एकपटक विदाको दिन परेकोले परिवार भित्रकै नौ कक्षामा पढ्ने नानीलाई आध्यात्मिक माहोल अवगत गराउने उदेश्यले बैसाख वुद्ध पूर्णिमाको दिन अध्यात्म श्रवण गराउने गुरुकुल सतसंगमा आफूसंगै लिएर गएं । आध्यात्मिक माहोलमा नानी अत्यन्त खुशी भई, रमाइ पनि, अध्यात्म श्रवणको क्रममा उ भावविह्वल भइ र अश्रु रोक्न सकिन र मसंग भनी, मलाई अत्यन्तै आनन्द आयो प्रवचन श्रवणमा, आँशु आफैं झरे, मैले चाहेर पनि रोक्न सकिन, म आनन्दित भएं उसका कुरा सुनेर, उसलाई अध्यात्मले छोएको देखेर मलाई खुशी लाग्यो किनकी म यो पुस्तामा यस्तै परिवर्तन देख्न र ल्याउन इच्छा राख्दै आएको छु विगत १३ वर्षदेखि त्यसैले मैले उसलाई बधाई र स्यावासि दिएं । यो कुरा उसले आफ्नो घरपरिवारमा सुनाई राम्रो प्रतिक्रिया तथा स्यावासि पाउने अपेक्षा गरेर तर माहोल उसले र मैले सोचे विपरित भैदियो, परिवारका सदस्यहरुले मेरी आम्मै नि, यो त वैराग्यताको लक्षण हो, अवदेखि यस्तो ठाउँमा जानु हुदैन, लानु हुदैन लेखपढ गर्नुपर्ने यो उमेरका केटाकेटीहरुलाई भनेर अध्यात्म प्रतिको आफ्ना भएभरका भ्रामक र गलत मान्यताहरु नानीमाथि थोपरिदिनु भयो, नानीले स्वीकारोक्ती जनाइ अवदेखि नजाने भावमा र अर्को सदश्यले थप्नुभयो यो सब परिवार भाँड्ने र मान्छे बिगार्ने खेल हो, पैशा कमाउने सजिलो व्यवसाय हो हामी आफैं सजग रहनुपर्छ..., म अवाक र हेरेको हेर्यै भएं, केही पनि जवाफ दिइन र मनन् गरें यसमा वहाँहरुको पनि खासै दोष तथा गल्ती छैन किनकी वहाँहरुलाई पनि अध्यात्मबारे यस्तै सिकाइएको छ, यस्तै बुझ्नु भएको छ त्यसैले यस्तो मान्यता राख्नुहुन्छ । मलाई लाग्यो कुनै सामान्य विचार तथा वहसले मानिसहरुमा रहेको अध्यात्मप्रतिको यस किसिमको गलत बुझाइ तथा भ्रम चिर्न सहज छैन, म मा दृढता बढ्दै गयो, यसकालागि अभियान नै छेड्नु पर्छ भन्ने भाव जाग्दै गयो र संकल्प गरें म यस अभियानमा लाग्नेछु  हालका दिनहरुमा म यो संकल्प पूरा गर्न मेरा शव्दहरु मार्फत प्रयाश गरिरहेको छु र सबैलाई अनुरोध गर्दछु, अध्यात्म विज्ञानप्रतिको यस किसिमको भ्रामक र गलत बुझाइलाई अहिलेबाट नै त्यागौं र चिर्ने प्रयास गरौं । अध्यात्म, योग, ध्यान जस्तो जीवनमा अति उपयोगी हुने व्यवहारिक विज्ञानलाई आफू स्वयंले नै जान्ने प्रयास गरौं, आफ्नो दैनिक गतिविधिहरुमा योग र ध्यानका विधिहरुलाई अनुशरण गरौं र जीवनमा बहुआयामिक पंचप्रगति हासिल गरौं, ब्रह्माण्डको परमसत्य र परमतत्वबारे बुझौं, जानौं र अनुभव तथा भावातीत अनुभूति गरौं र इश्वरसम्म पुर्याउने आध्यात्मिक मार्गको सम्मान गरौं ।

 

योग साधना के हो ?     

योग अध्यात्म विज्ञानको प्रमुख र बहुआयामिक विषय हो । योगलाई धेरै अर्थमा बुझ्ने, परिभाषित गर्ने र सैद्धान्तिक तथा व्यवहारीक रुपमा अभ्यास तथा प्रयोग गर्ने गरिन्छ । योगको संकिर्ण अर्थात व्यष्टि बुझाइ तथा परिभाषा योगासन तथा योगाभ्यास हो र योगको फराकिलो अर्थात समष्टि बुझाइ तथा परिभाषा योग विराट दर्शन हो । योगलाई दर्शनका रुपमा परिभाषित गर्दा यो योग र वियोग दुवै अवस्था हो । योगका सैद्धान्तिक ज्ञान र व्यवहारीक ज्ञानको अनुशरण तथा अभ्यासको माध्यमबाट शरीरका चार आयामहरु– स्थुल शरीरलाई मानसिक शरीरसंग जोड्नु, मानसिक शरीरलाई भावनात्मक शरीरसंग जोड्नु, भावनात्मक शरीरलाई आत्मिक अर्थात चेतनात्मक शरीरसंग जोड्नु, आत्मिक अर्थात चेतनात्मक शरीरलाई परब्रह्म अर्थात परमात्मासंग जोडेर मुक्त आत्मा भई जन्म–मृत्युको दुःखदायि चक्रबाट सदाकालागि मोक्ष हुनु योग दर्शन हो । यहाँसम्म पुग्ने प्रक्रियाहरु विविध र अनन्त छन् जसको अनुशरण तथा कार्यान्वयन गर्न एक वा दुई वा तीन वा.... जन्महरु अपर्याप्त हुन सक्छन् कसैको सन्दर्भमा भने कसैकालागि एउटै जन्म पर्याप्त हुनसक्छ उसको प्रारब्ध कर्मको संस्कार राम्रो तथा सही छ भने । योगको सैद्धान्तिक र व्यवहारीक ज्ञानको निष्ठापूर्वक अनुशरण तथा व्यवहारीक अभ्यासको माध्यमबाट शरीरका चारवटै आयामहरु एकआपसमा जोड्दै जाने क्रममा साधकमा क्रमशः आत्मज्ञान तथा आत्मवोध घटित हुने क्रम बढ्दै जान्छ र उसमा विस्तारै भौतिक संसारको सुख, सुविधा र भोगप्रतिको चाहना, लालसा, आशक्ति कम हुदै जान्छ अर्थात भौतिक विषय तथा वस्तुहरुको सुखको भोग तथा सुविधाहरुबाट विस्तारै साधकमा वियोगको अवस्था बढ्दै जान्छ, भौतिक भन्दा पराभौतिक सत्यतासंग यसको निकटता बढ्दै जान्छ, यस अर्थमा योग नै वियोग बन्दछ मिथ्या र अनित्य जगतको सत्यता वोध भएसंगै । जीवनमा वैराग्यता आउनु राम्रो कुरा हो, यसले मानिसलाई सबै प्रकारका खराव बानी, व्यवहार आचरणहरुबाट दुर रहन मद्धत गर्दछ, उसको जीवनमा खुशी, समृद्ध, शान्ति र आनन्द प्रदान गर्दछ र म आत्मा हुँ, मेरो वास्तविक घर आत्मलोक हो, म केही समयकोलागि आफ्नो कर्मको चुक्तारा गर्न र केही सिक्ने उद्देश्यकासाथ यो धर्ती नामक प्रयोगशालामा आएको हुँ, मेरो शरीरको आयु पुगेपछि पुनः म मेरै स्थाइ ठाउँमा फर्किनु पर्छ भन्ने आत्मवोध तथा आत्मज्ञान गराउँदछ । आत्मवोध तथा आत्मज्ञानकासाथ जीवन जीउनु परमशान्ति हो, परमशान्तिले जीवनमा आनन्त भरिदिन्छ र जीवन नै उत्सव बनाइदिन्छ ।

 

व्यवहारिक प्रयोगका आधारमा मुख्यतया योग सात प्रकारका योगहरु व्यवहारीक रुपमा अभ्यास गरिदै आइएका छन्– कर्म योग, तन्त्र योग, हठ योग, भक्ति योग, ज्ञान योग, ध्यान योग, सांख्य योग तथा राज योग । वर्तमान समयमा संसारभरि अभ्यास गरिने बहुप्रचलित र लोकप्रिय पतंजलि योग सांख्य योग तथा राज योग अन्तर्गत पर्दछ । महर्षि पतंजलिले इशापूर्व २०० मा तत्कालीन समयमा व्यवहारिक रुपमा अभ्यास तथा प्रयोग भैरहेका तथा बढि प्रचलनमा रहेका तर छरिएको अवस्थामा रहेका सबै योगका विशिष्ठ र उपयोगि विधि तथा चरणहरुलाई समावेस गरि प्रतिपादन गर्नु भएको पतंजलि योग सुत्रमा वहिरंग पाँच र अन्तरंग तीन गरी योगका आठ अंग तथा चरणहरु उल्लेख गरिएका छन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि, जसलाई वर्तमान समयमा अष्टागं योगको रुपमा अनुशरण गर्दै आइरहिएको छ विश्वव्यापि रुपमा । ध्यान अष्टांग योगको सातौं अंग तथा चरण हो, यो सर्वाधिक महत्वपूर्ण र बहुचर्चित चरण भएकोले योग र ध्यान शव्द एकअर्काका पर्यावाची जस्तो भएकाछन् विपश्यना ध्यान साधना र आनापानसती ध्यान साधना जस्तै । आनापानसती ध्यान विपश्यना ध्यान साधना विधि अन्तर्गत पर्ने सबैभन्दा महत्वपूर्ण चरण हो जसमा श्वासको सुक्ष्म गतिको अवलोकन गर्नमा मन तथा ध्यानलाई केन्द्रित गरिन्छ । अष्टांग योगका पहिलो यम देखि छैठौं धारणासम्मका चरणका सबै साधना विधिहरु ध्यानकालागि तयारी हुन् र ध्यान आफैंमा समाधिको महत्वपूर्ण चरण तथा तयारी हो । ध्यान कुनै विधि तथा प्रक्रिया नभएर शुन्यताको अवस्था हो जहाँ साधकले अमनी अवस्था अर्थात मनमा विचार शुन्यताको अवस्था अनुभव गर्दछ । ध्यानमो अवस्था गहिरिदै जानेक्रममा साधकमा समाधि घटित हुन्छ । समाधि योग विज्ञान साधनाको महत्वपूर्ण अवस्था तथा उपलव्धि हो, समाधि गहिरिदै जाने क्रममा साधकहरुमा विविध प्रकारका परालौकिक भावातीत परिवर्तहरु(ट्रान्सेनडेन्टल चेन्जेज) अनुभूतिमा आउन थाल्दछन् र यहाँबाट साधक अध्यात्मको विशिष्टीकृत यात्रा आत्मज्ञान हुदै ब्रह्मज्ञानको अवस्था अर्थात परमात्माको गन्तव्यतिर निरन्तर अगाडि बढ्न थाल्छ र अन्ततः प्रकाशित हुन्छ अर्थात वुद्धत्व प्राप्त गर्दछ र मोक्ष तथा निर्वाण प्राप्त गरि परमात्मामा सदाकालागि स्थित हुन्छ र जन्म–मृत्युको दुःखदायि चक्रबाट मुक्त हुन्छ । अध्यात्म विज्ञान भएकोले निष्ठापूर्वक अध्यात्म विज्ञानको साधना गर्ने साधकहरुमा यी उपलव्धिहरु अवस्यमय हासिल हुन्छन् । अध्यात्मप्रतिको आस्था, विश्वास, प्यास, निष्ठा, धैर्यता, पात्रता आदि यो उपलन्धिमा पुर्याउने प्रमुख कडीहरु हुन् ।

 

अध्यात्म, योग, ध्यानको विज्ञान कति वैज्ञानिक छ भन्ने सन्दर्भमा यहाँ एउटा रोचक प्रसंग जोड्न उपयुक्त हुन्छ– आज भन्दा ३५०० वर्षअघि भगवान श्रीकृष्णद्वारा प्रतिपादित विश्वकै सबैभन्दा वैज्ञानिक र प्रामाणिक मानिएको र विश्वका सबै ठूला अध्ययन अध्यापनका क्षेत्र तथा विश्वविद्यालयहरु र भौतिक विज्ञानको वैज्ञानिक खोज तथा अनुसन्धान गर्ने ठूला–ठूला नासा, सर्न, रशियन अकाडेमी अफ साइन्स, सेन्ट पिटर्सवर्गस अफ साइन्स जस्ता संस्थाहरुमा प्रमुख सन्दर्भ सामग्रीको रुपमा राखिदै आइएको पूर्वीय अध्यात्म दर्शनको प्रमुख खम्बा श्रीमद् भगवद् गीताका उपासक तथा गीतालाई वैज्ञानिक रुपमा परिभाषित गर्ने विश्वका प्रसिद्ध विशिष्ट वैज्ञानिक श्रद्धेय अलवर्ट आइन्टाइनले प्रतिपादन गर्नु भएको प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)को E = Mc2(इ इचकल्टु एम.सि.स्क्वयर) सुत्र अध्यात्म विज्ञानको साधनाका क्रममा घटित हुने अवस्थाहरुमा आधारीत छ । यो कुरा पढेर पाठक वर्गलाई आश्चर्य लाग्न सक्ला तर यो सत्य हो । भगवद् गीतामा भनिएको छ मानिस वास्तवमा स्थुल शरीर होइन, सुक्ष्म शरीर तथा आत्मा हो र आत्मा निराकार तथा अदृश्य उर्जा(यद्धपि नयाँ प्रविधिमा आधारीत भएर विकास गरिएका अत्याधूनिक क्यामेराहरुले उर्जा स्वरुप आत्माको आकार र रंग देख्न सकिने दावी गर्दै आएका छन्) हो । भगवद् गीतामा भनिएको छ, नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।” उर्जा स्वरुप आत्मा कहिल्यै मर्दैन र कुनै प्रकारले यसलाई नष्ट गर्न सकिदैन  । आइन्सटाइनको सुत्रले पनि ठ्याकै यही विषयलाई उठान गरेको छ । सुत्रका अनुसार उर्जा र पदार्थलाई कहिल्यै पनि नष्ट गर्न सकिदैन, यो उर्जाबाट पदार्थ र पदार्थबाट उर्जामा स्थनान्तरण मात्र हुन्छ । यस सुत्र तथा सिद्धान्तका अनुसार मानिस पदार्थबाट उर्जामा अर्थात सुक्ष्म शरीर अर्थात आत्मामा परिवर्तित हुन्छ र उर्जा अर्थात सुक्ष्म शरीर अर्थात आत्माबाट पुनः पदार्थ अर्थात स्थुल शरीरमा परिवर्तित हुन्छ, यो प्रक्रिया निरन्तर चलिरहन्छ जसलाई पूर्वजन्म र पुनरजन्मको चक्रको रुपमा बुझाइएको छ भगवद् गीतामा । सबै योगी पुरुषहरुको मत अनुसार भगवद् गीतामा उल्लेख गरिएका सबै विषयहरु ब्रम्हाण्ड नायक, योगेश्वर, अध्यात्मका महाउपाकस भगवान श्रीकृष्णले अध्यात्म साधनाको माध्यमबाट आफू स्वयंले हासिल गर्नुभएको आन्तरीक ज्ञानका आधारमा आफूमा घटित भएका अनुभव, सिद्धि तथा भावातीत अनुभूतिहरु उजागर गर्नु भएको तथ्यगत परमसत्य वाणी हो भगवद् गीता । यस्तै अनुभव तथा अनुभूतिहरु अध्यात्म विज्ञानको निष्ठापूर्वक साधना गर्ने हजारौं योगी, सन्त, महात्माहरुले पनि गरिसकेका छन् । यस ज्ञानलाई पछिल्लो पुस्तामा संचारीत गर्ने पहिलो महानआत्मा, महापुरुष आदीगुरु भगवान शिव हुनुहुन्छ र यही ज्ञानलाई अनुभूति गरेर यसलाई निरन्तरता दिदै अझ तल्लो–तल्लो पिढींसम्म पुर्याउने संकल्पमा यस लेखको पंतिकार (सिर्जान भण्डारी) म आफैंले आफूलाई यही अभियानमा पुर्णरुपमा समर्पित गरिसकेको छु । प्रकाशित तथा अध्यात्म विज्ञानको साधनाको माध्यमबाट वुद्धत्व प्राप्त मुक्त आत्मा तथा पुरुषहरुले अध्यात्म महाविज्ञानका यस्ता गहन, दिव्य र परालौकिक विषयहरुमा गहिरो अध्ययन गरेर मात्र बोल्ने तथा बहस गर्ने गरौं र तल्लो पिढीलाई सहिसहि ज्ञान प्रदान गरौं अध्यात्म महाविज्ञानको सन्दर्भमा र यसै बेतुकका गफमा आफ्नो अमूल्य समय र उर्जाको खर्च, नोक्सान तथा अपमान नगरौं भन्ने सुझाव दिदै आएका छन् तर हामी मध्य धेरैले यो कुरा बुझ्न र बुझाउन बाँकी नै छ ।

 

भगवद् गीताका उपासक अलवर्ट आइन्टाइन स्वयंमले भन्नु भएकोछ कि वहाँले E = Mc2(इ इचकल्टु एम.सि.स्क्वयर) सुत्र पूर्णतः वैज्ञानिक ग्रन्थ भगवद् गीतामा उल्लेखित सांख्य दर्शनको सुत्रबाट प्रेरित भएर प्रतिपादन गर्नु भएको हो । आइन्टाइनले आफ्नो जीवनको अन्तिम क्षणमा भगवद् गीतालाई सम्मान व्यक्त गर्दै संसारलाई चिन्ने तल्लिनतामा आफैंलाइ चिन्न जानिनछु, आफूलाई विर्सिएछु, हे इश्वर मलाई अर्को मानव जन्म दियौ भने उक्त जन्ममा म भगवद् गीतालाई अनुशरण गरि सर्वप्रथम आफूलाई र ब्रम्हलाई चिन्नेछु र बाँकी पूरा जीवन भगवद् गीताको सेवा गर्नेछु भन्नु भएका अभिव्यक्तिहरु प्नि पनि पढ्न र सुन्न पाइएका छन् । स्मरण रहोस, श्रद्धेय शिवपुरी बाबाले अलवर्ट आइन्सटाइन र आफू एक जन्ममा संगै तपस्या गरेका ऋmषि सहकर्मी हौं भन्नु भएको छ र आचार्यश्री रजनिश ओशोले भन्नु भएको छ, अलवर्ट आइन्टाइन पूर्वीय संस्कृतिमा बारबार जन्म लिनु भएका महान ऋषि तथा तपस्वि हुनुहुन्छ, जगत र मानवको कल्याणकालागि आफ्नै रोजाइमा पर्याप्त सम्भावना र श्रोतसाधन भएको विश्वको अर्को भू–भाग यूरोपमा जन्मिनु भयो र उत्तर अमेरीकालाई आफ्नो कर्म क्षेत्र बनाउनु भयो र जीवनको पुरै समय सर्वकल्याणकालागि भौतिक विज्ञानको विकस कार्यमा समर्पित रहनु भयो । अलवर्ट आइन्टाइन पूर्वीय ऋषि भइकनपनि पश्चिमका मुलुकमा जन्मिनु भयो र त्यसैको सेवा गर्नुभयो किनकी परमात्माले केवल प्राणी तथा प्रकृतिकालागि पृथ्वी बनाउनु भएको छ, फरक–फरक देश बनाउनु भएको छैन, विश्व वन्धुत्वको भावना राख भन्नु भएको छ, वादविवाद, लडाइ झगडा, मारकाट, बमवर्षा गर र एकले अर्कोलाई सिध्याउ भन्नु भएको छैन । यो त अहिलेका आधूनिक मानिसहरुमा अध्यात्म ज्ञानको अभावमा उनीहरुको मन, मस्तिष्कमा अन्धकार तथा तामसी प्रवृत्ति भरिएकोले भएको हो र यसको एकमात्र समाधान अध्यात्म, योग, ध्यान साधनाको अनुशरण गर्नु हो जसले मानिसलाई क्रमशः तमसबाट रजस, रजसबाट सात्विकतातिर लैजान्छ र विस्तारै मानिस सकारात्मकताले भरिन थाल्छ, सबैलाई आफू जस्तै ठान्न थाल्छ र विश्ववन्धूत्वको भावनाले भरिन थाल्दछ । परमात्माका अनुसार सबै मानिस, वस्तु तथा पदार्थ ब्रह्माण्डका सन्तति हुन्, सबै एक ब्रह्म हुन्, यहाँ कोहीबाट कोही अलग छैन जसरी पानीको थोपा तथा अंश खोला, ताल, नदिको रुपमा जताजता छरिए पनि अन्तत्वगत्वा ती सागरकै अंश हुन्, समग्रमा सागर नै हुन् । विश्वका यूरोप, अमेरीका, रशिया लगायत अन्य विज्ञान प्रविधिमा उल्लेख्य विकास तथा प्रगति हासिल गर्न सफल भएका सम्पन्न मुलुकहरुमा जन्मिएका अरु वैज्ञानिकहरुको कथा पनि यस्तै पुनरजन्मको नै हो । वर्तमानका सबै वैज्ञानिकहरु तपको बलले आफ्नो चेतनाको उच्चतम विकास गरेका प्राचीन वैज्ञानिक, ऋषिमूनि तथा तपस्विहरु नै हुनुहुन्छ र नयाँजन्म तथा पूनरजन्ममा तिनै पूर्वजन्मका प्रतिभा, क्षमता तथा सकारात्मक संस्कारहरु आविस्करको रुपमा हाम्रा सामू उजागर भएका हुन् भन्ने तथ्यांकहरु विरला सामग्रीहरुमा पढ्न तथा सुन्न पाइएकाछन् ।

 

योग–ध्यान साधना कसरी गर्ने ?

वैज्ञानिकतामा आधारीत योगध्यानका विधिहरु व्यवहरीक प्रयोग तथा अभ्यासका आधारमा मुख्यतः दुई प्रकारका छन्- (१)विषय केन्द्रित, (२)साक्षी भाव(माइन्डफूलनेस) । सामान्यतया विषय केन्द्रित ध्यान साधनाको विधि शारीरिक र मानसिक रुपले स्थिर बस्ने क्रिया तथा प्रक्रिया भएकोले सहज र प्रभावकारी ध्यान साधनाकालागि साधकको शरीर, मानसिक, भावनात्मक र चेतनाको अवस्था आवश्यकता अनुकुल बनाउन साधकले अष्टांग योगका एकदेखि छैठौं चरणसम्मका साधनाका विधिहरु अनुशरण गुर्न अति आवश्यक हुन्छ । यसकालागि निष्ठापूर्वक योगको सैद्धान्तिक ज्ञान र व्यवहारिक ज्ञान जान्नु र त्यसको अनुशरण गर्नु अपरिहार्य हुन्छ । अष्टांग योगको पहिलो चरण यमको साधनाले मानिसले संसारप्रति गर्नुपर्ने मानवीय व्यवहारहरु– अहिंसा, सत्य, अस्तेय(चोरी नगर्नु), ब्रह्मचर्य(कुनैपनि काम–कुराप्रति आशक्त नहुनु), अपरिग्रह(आवश्यकता भन्दा बढि संकलन नगर्नु)को सम्यक साधनामा जोड दिन्छ । दोस्रो चरण नियमको साधनाले मानिसले आफूले आफैंप्रति गर्नुपर्ने मानवीय व्यवहारहरु– सौच(सरसफाइ), सन्तोष, तप(मेहनत), स्वाध्याय(स्वयंमको अध्ययन), इश्वर प्रणिधान(इश्वरप्रति आस्थाभाव)को सम्यक साधनामा जोड दिन्छ । तेस्रो चरण आसनले ध्यानको तयारीकालागि चल आसन र अचल आसनको साधनाबारे जोड दिन्छ । ध्यान साधना शरीर, मन, भावना र चेतनालाई हलचल नगरीकन स्थिर बस्ने साधना पद्धति हो । यसकालागि सर्वप्रथम आसन सिद्धिको आवश्यकता पर्दछ र आसन सिद्धिकालागि योगका विभिन्न योगासन तथा योगाभ्यासहरु गरेर शरीरलाई लचिलो, मन, भावना र चेतनालाई स्थिर बनाउनु आवश्यक हुन्छ । योगका योगासन तथा योगाभ्यास र अष्टांग योगको चौथो चरण प्राणायामले मानव शरीरका चारवटै आयामहरु– भौतिक तथा स्थुल शरीर, मानसिक शरीर, भावनात्मक शरीर र चेतनात्मक शरीरलाई लचिलो, स्थिर र स्वस्थ बनाउन मद्धत गर्दछन् । अष्टांग योगको चौथो चरणसम्मको साधनाले पाँचौं चरण प्रत्याहारको अभ्यासमा सहजता प्रदान गर्दछ र ध्यान साधनामा सहजताको अनुभव हुन्छ । प्रत्यहारको साधनाले हाम्रा इन्द्रियहरुका आहार शुद्धीमा जोड दिन्छ । हाम्रा ज्ञान इन्द्रियहरु आँखाले के विषय हेर्ने, कस्तो विषय देख्ने, राम्रा कि नराम्रा; कानले के सुन्ने, राम्रा कि नराम्रा; नाकले कस्तो सुगन्ध मन पराउने, राम्रा कि नराम्रा; छालाले कस्तो स्पर्श, सुविधा तथा भोग खोज्ने तथा रोज्ने, राम्रा कि नराम्रा; जिब्रोले कस्तो स्वाद मन पराउने तथा कस्तो वोलीवचन बोल्ने राम्रा कि नराम्रा आदिको सम्यक साधनामा जोड दिन्छ । छैठौं अंग धारणाले कस्ता वस्तु तथा विषयहरुमा आफ्नो मन तथा ध्यान केन्द्रित गर्ने तथा लगाउने र साधनालाई निरन्तरता दिराख्ने भन्ने कुरामा जोड दिन्छ र यहाँबाट नै ध्यान साधनाका विविध प्रकार तथा किसिमहरु र विधि तथा चरणहरु छुटिन्छन् । अष्टांग योगको सातौं अंग ध्यान कुनै क्रिया, प्रक्रिया तथा विधि होइन, यो शुन्यता(विचार र भाव शुन्यता)को अवस्था हो । ध्यान साधना शुन्यताको अवस्था एउटा निश्चित गहिराइमा पुगेपछि साधकमा समाधि घटित हुन्छ । निष्ठापूर्वक अध्यात्म साधना गर्ने साधकहरुको अनुभवमा समाधि एक प्रकारको नशा, मादकता अर्थात खुमारी हो जसबाट वाहिर निस्केर भौतिक संसारको मायामा पुनः फर्किने इच्छा हराउदै जान्छ तर भौतिक शरीर छ, शरीरका आवश्यकताहरु छन् त्यसैले फर्किनु नै पर्ने हुन्छ तर समाधिको नशामा डुवेर फर्किएका अध्यात्म साधकहरु सच्चा अर्थमा वितरागी हुन थाल्छन्, उसलाई पराभौतिक परमसत्यको दिव्य संसार र भौतिक संसारको मिथ्याविचको भेद ज्ञात हुने हुनाले उसमा भौतिक संसारको भोग गर्ने इच्छा कम हुदै जान्छ, कुनै भोगमा उसले खुशी, शान्ति, आनन्द मशसुस गर्दैन जति ध्यान साधनामा गर्दछ र उसमा विस्तारै बजारको रंगीचंगी दृश्य, स्वाद, संगीत, भेटघाट, रमझम सबै कुराको प्रभाव कम हुदै जान्छ र एकांकी बन्दै जान्छ ।

 

विषय केन्द्रित ध्यान साधना आफूलाई सहज लाग्ने जुनसुकै आसन– सवासन, कुर्शीआसन, सुखासन(सबैभन्दा सहज र बढि अभ्यास गरिने), बज्रासन, सिद्धासन, पद्यमासन आदि आसनहरुमा बसेर तथा पल्टेर कम्मर, ढाड, गर्धन सिधा गरी, आँखा बन्द गरेर, हातका औंलामा ज्ञान, ध्यान तथा अन्य कुनै मुद्रा लगाएर कुनै स्थान तथा वस्तु उपर अर्थात निश्चित धारणामा मन केन्द्रित गरेर गर्ने गरिन्छ । विषय केन्द्रित ध्यान साधनाका प्रकारहरु धेरै छन्- कुनै स्थान तथा वस्तु उपर मन केन्द्रित गर्ने ध्यान साधना; कुनै प्रकारको आवाज तथा संगीत सुन्नमा मन केन्द्रित गर्ने ध्यान साधना; खुल्ला प्रकृतिको आवाज, सुगन्ध, दृश्यमा मन केन्द्रित गरि प्रकृतिमा रमाउदै गर्ने ध्यान साधना; महामन्त्र तथा मन्त्र जप्ने ध्यान साधना; तन्त्र ध्यान साधना; कुण्डलिनी उर्जा जगाउन सुक्ष्म शरीरमा अवस्थित उर्जाका केन्द्र चक्रहरुमा मन केन्द्रित गर्ने चक्र जागरण अर्थात कुण्डलिनी ध्यान साधना**; कुनै वस्तुलाई आँखा नझिम्क्याइकन एकटकले हेर्ने त्राटक ध्यान साधना; शरीरका वाहिरी अंग र आन्तरीक अंग(नाभी, हृदय, भ्रुमध्य, भ्रमरन्द्र– क्रमशः मणिपुर चक्र, अनाहद चक्र, आज्ञा चक्र, सहश्रार चक्र) अवलोकनमा मन केन्द्रित गर्ने ध्यान साधना; श्वासको आउने जाने गतिमा र श्वासका गतिविधिहरु रेचक–पूरक–कुम्भक(आन्तरीक, वहिर)मा मन केन्द्रित गर्ने ध्यान साधना; श्वासको सुक्ष्म गतिमा मन केन्द्रित गर्ने ध्यान साधना; इश्वरका छवि तथा दृश्यहरुमा मन टिकाउने तथा स्मरण गर्ने ध्यान साधना; आत्माको निराकार, शुन्यता, आत्मगुफा तथा आँखा बन्द गर्दा देखिने अन्धकारमा मन केन्द्रित गर्ने ध्यान साधना आदि । यी सबै ध्यानका विधिहरु शरीरको उर्जा सफा गर्ने र शरीरमा उर्जा बढाएर शरीरभरि उर्जाको प्रवाह संचारीत गर्ने उर्जा केन्द्रित ध्यान साधनाका विधि तथा प्रक्रियाहरु हुन् । कुनै विषयमा केन्द्रित भएर गरिने यी सबै ध्यान साधना पद्धतिका आ–आफ्नै प्रकारका नियम, विधि तथा चरणहरु छन् । विषयमा केन्द्रित ध्यान साधनामा निश्चित साधना पद्धति नै अपनाउनुका बेग्लै–बेग्लै प्रकारका उदेश्यहरु रहेका छन् । यिनका सावधानीहरु र लाभ, हानी तथा उपलव्धिहरु पनि आ–आफ्नै किसिमका छन् तसर्थ केही बाहेक अधिकांश विषय केन्द्रित उर्जा ध्यान साधनाका विधिहरु अध्यात्म सिद्ध गरेको जान्ने योगगुरु तथा अध्यात्म गुरुको सानिध्यमा रहेर गर्नु अति आवश्यक हुन्छ किनकी उर्जाको वहाव तथा प्रवाहलाई सही दिशा दिनसक्ने ज्ञान र क्षमता योग्य र समर्थ योगगुरुसंग मात्र हुन्छ । आफू खुशी उर्जा ध्यानका विधिहरु अपनाउँदा उर्जाको वहाव तथा प्रवाहको सन्तुलन बिग्रिएर यसले मानिसलाई शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक रुपमा नोक्सान पुर्याउन पनि सक्छ । तर साक्षी भावमा गरिने माइन्डफूलनेस ध्यान विधि र विषय केन्द्रित ध्यान विधि अन्तर्गत शरीरका वाहिरी अंगहरु अवलोकन गर्ने, प्रकृतिका दृश्यहरुको धारणा गर्ने, वर्तमान अवस्थाको धारणा गर्ने आदि ध्यान विधिहरुमा उर्जा असन्तुलनको जोखिम हुदैन । साक्षी भाव ध्यान विधि पनि उर्जाको वहाव तथा प्रवाह सन्तुलन गर्ने प्रक्रिया नै हो तर विषय केन्द्रित ध्यान विधिमा जस्तो उर्जाको प्रवाह तिब्र नहुने हुनाले सबै प्रकारका मानिसहरुले जहाँ, जसरी र जुनसुकै बेला गर्न सकिन्छ ।

 

विषय केन्द्रित ध्यान साधनालाई ध्यान साधना पद्धतिको परम्परागत विधिको रुपमा लिने गरिन्छ र वर्तमान समयका अधिकांश चन्चल स्वाभावका मानिसहरुकालागि यी विधिहरु त्यति सहज मानिदैनन् किनकी यी विधिहरुले धैर्यता र पात्रताको माग गर्दछन् । त्यसैले अनुभवी योग गुरुहरुको पामर्शमा तथा सहयोगमा आधुनिक समयका मानिसकालागि उपयोगी र समय सान्दर्भिक हुनेगरि यी विधिहरुमा आवश्यक सुधार तथा परिमार्जन गरेर विगत लामो समयदेखि आम मानिसहरुलाई अभ्यास गराउदै आइएको छ साक्षी भाव ध्यान विधिको रुपमा । यही परिमार्जित विधिलाई नै वर्तमान समयमा विश्वभरी गरिने तथा गराइने लोकप्रिय माइन्डफूलनेस(साक्षी भाव) ध्यान विधिको रुपमा मानिदै आइएको हो । माइन्डफूलनेस ध्यान साधनामा आफू तथा आफ्नो मनलाई हरदम वर्तमानमा आफूले सक्रिय रुपमा गरिरहेका काम तथा वर्तमानमा अनुभवमा आइरहेका सबै प्रकारका गतिविधिहरु– आवाज, सुगन्ध, तातो–चिसो, हावाको वहाव तथा स्पर्श आदिमा टिकाउने अर्थात साक्षी बस्ने (माइन्डफूल रहने) रुपमा अनुशरण गर्दै आइरहिएको छ । माइन्डफूल अर्थात साक्षी भावमा गरिने ध्यान साधनामा कुनै निश्चित आसनमा बस्नु पर्ने, आँखा बन्द गर्नुपर्ने, कुनै निश्चित विषय तथा वस्तुमा मनलाई केन्द्रित गर्नुपर्ने आदि विधि–विधानहरु छैनन्, वस जे भैरहेको छ त्यसको याद गर्ने । माइन्डफूलनेस अर्थात वर्तमानमा साक्षी हुने ध्यान साधना विधि*** को प्रक्रिया एउटै मात्र छ, जे गरिहेको छ त्यसप्रति साक्षी हुने अर्थात त्यही गतिविधिमा केन्द्रित भैराख्ने । साक्षी भाव ध्यान विधि पंचप्रगतिसंग बढि सम्वन्धित छ सांसारीक मानिसकालागि, यसमा भावातीत परिवर्तनका अनुभूतिहरु अनुभवमा आउदैनन् । साक्षी भाव ध्यान साधना गर्ने साधकहरुमा बारबार गरिएका वैज्ञानिक खोज तथा अध्ययनमा भावातीत परिवर्तनका अनुभूतिहरु अनुभवमा आएको देखिएनन् तर यसले मानिसको मस्तिष्कको क्षमता बढाएर सिर्जशीलतामा उत्कृष्टता हासिल गर्न सकेको, चिन्ता तथा तनाव मुक्त भई शारीरिक तथा मानसिक रुपमा स्वास्थ्य राम्रो भएको, निर्णय क्षमता बढेको, चुनौती तथा तनाव व्यवस्थापनमा उत्कृष्ठता, सकारात्मक सोच र प्रेम, करुण भाव राख्ने आदि विशेषताहरु पाइएका तथ्यांकहरुले देखाएका छन् । आधूनिक चिकित्सा विज्ञानको वैज्ञानिक खोज तथा अनुसन्धान गर्ने विश्व विख्यात संस्थाहरुद्वारा गरिएका खोजहरुमा साक्षी भाव ध्यान साधना गर्ने मानिसहरुको मस्तिष्कको इइजि स्क्यान र एफएमआरआइ अध्ययनमा ध्यान नगर्नेहरुको तुलनामा मस्तिष्कका पाँच तरंगहरु(डेल्टा, थिटा, अल्फा, विटा, गामा)मा महत्वपूर्ण सकारात्मक परिवर्तनहरु आएको र अत्यन्त सक्रियता देखिएका छन् । यस्ता परिवर्तनहरु विषय केन्द्रित ध्यान साधना गर्ने साधकहरुमा अझ प्रभावकारी र ससक्त देखिएका छन् । यस्ता वैज्ञानिक तथ्यहरुका अनुसार ध्यान साधना गर्ने साधकहरुको स्वास्थ्य, शरीर, मन, मस्तिष्क, हृदय, सोच–विचार, व्यवहार, आचरण, समृद्धि, सफलता, क्षमता, प्रतिभा तथा सिर्जनशीलताहरु ध्यान नगर्नेहरुको भन्दा अलग र विशिष्ठ प्रकारका पाइएको प्रामाणिक तथ्यहरुले उजागर गरेकाकारण ध्यान साधना सहज, सरल र सफल जीवनकालागि अति महत्वपूर्ण, अति आवश्यक र अपरिहार्य जीवन पद्धति रहेछ भनेर बुझ्न बाध्य बनाएको छ ।

 

साक्षी भावमा रहने ध्यान विधि परम्परागत ध्यान साधना पद्धतिमा अझ सशक्त रुपमा रहेको पाइन्छ । यो प्रसंगमा यहाँ आज भन्दा करिव ५५०० वर्ष अघि त्रेता युगका भगवान श्रीरामको प्रसंग जोड्नु सान्दर्भिक हुन्छ– जव सीता मातालाई रावणले अपहरण गरेर लगे तत्पश्चातका त्यति धेरै सम्वाद र गतिविधिहरुमा कहीं कतै पनि श्रीराम, लक्ष्मण र सीता माताले किन सुनको मृग मागेको, किन लक्ष्मण श्रीरामको पछि जानुभएको, किन सीता माताले लक्ष्मण रेखा नाघ्नु भएको भनेर प्रश्न सोधिएको तथा प्रायश्चित गरिएको भेटिदैन र अव भविश्यमा के होला, युद्धमा हारिएला कि जितिएला भन्नेबारे पनि कहीं कतै सोचेको तथा संवाद गरेकोबारे कुनै शास्त्रमा कतै उल्लेख गरिएको पनि पाइएको छैन । यसको तात्पर्य हो न भूतकालमा वितेका निराशा र भोगाइका पिडा, न प्रायश्चितका कुरा, न भविश्यमा के होला भन्ने अनिश्चितता र असुरक्षाको कल्पना गरेका कुरा छन्, मात्र वर्तमानको यादमा, भोगाइमा समय विताउनु पर्छ र यही क्षणलाई अझ उत्कृष्ट बनाउन सक्दो प्रयास गर्नुपर्छ हरपल साक्षी भावमा रहेर तव सबै प्रकारका परिस्थितिहरु आफैं ठिक हुदै जान्छन् भन्ने सन्देश हाम्रा सामु विश्वविख्यात ऐतिहासिक रामायण कथाले प्रस्तुत गरेको छ । त्यस्तै आजभन्दा ३५०० वर्ष अघि श्रीकृष्ण भगवानले पनि साक्षी भावलाई जोड दिदै कर्म योगलाई निकै नै प्राथमिकता प्रदान गर्नुभएको छ । भगवद् गीतामा भनिएको छ, कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन। मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि॥” यस श्लोकमा आफ्नो वर्तमान कर्ममा केन्द्रित हुन, कर्मलाई पूजाको स्वरुप ठान्न, सक्दो कुशलताकासाथ कर्म गर्न र कर्मको फल तथा परिणाम समय अर्थात इश्वरलाई छोड्दिन स्पष्ट सन्देश प्रदान गर्नुभएको छ र वर्तमान कर्मप्रति साक्षी रहन जोड दिनुभएको छ । त्यसैगरि २५०० वर्षअघि भगवान वुद्धले पनि साक्षी भाव ध्यानको विस्तृत परिभाषा र विधि सम्झाउनु भएको छ आनापानसतीको रुपमा । वुद्ध भगवानले प्रयोग गर्नुभएको पाली भाषामा आनापान भनेको आउदै–जादै गरेको श्वास हो र सती भनेको साक्षी हो अर्थात आफ्नो श्वासको साक्षी बन, श्वास सदाकाल वर्तमान अवस्था हो । 

 

हाल विश्वमा ध्यान साधना उपर गरिएका अधिकांश वैज्ञानिक खोज तथा अध्ययनहरु माइन्डफूलनेस अर्थात साक्षी भावको ध्यान साधना पद्धतिमा केन्द्रित रहेका छन् र केही वैज्ञानिक खोज तथा अध्ययनहरु विषय केन्द्रित परम्परागत ध्यान साधना पद्धतिहरु खासगरि मन्त्र ध्यान साधना पद्धतिमा पनि गरिएका छन् । उत्तर अमेरीकाका हावर्ड, पेन्सलभानिया र यूरोपका केही ठूला विश्वविद्यालयहरुले ॐकार शव्दनाद, महामृत्युन्जय मन्त्र, गायत्री मन्त्र.. आदिमा विषय केन्द्रित ध्यान साधाना गर्ने सबैभन्दा बढि भारत, नेपाल र तिब्बतका ध्यान साधकहरुमा वैज्ञानिक शोध तथा अध्ययन गरेका छन् । यी शोधका प्रतिवेदनहरुले विषय केन्द्रित ध्यान साधना गर्ने साधकहरुमा शरीरका अंगहरु खासगरि मस्तिष्कमा उल्लेख्य र विशिष्ट प्रकारको अवस्था र परिवर्तहरु पाइएको उजागर गरेका छन् । यस प्रकारका खोज तथा अध्ययनहरु फरक–फरक विषयमा केन्द्रित भएर ध्यान साधना गर्ने साधकहरुमा गरिएका थिए । विषय केन्द्रित ध्यान साधना गर्ने साधकहरुमा भावातीत परिवर्तहरु अधिक नोट भएको तथ्यांकहरुले देखिएका छन् भने सबै प्रकारका आन्तरीक व्यवहार तथा क्षमताहरुमा सुदृढ अवस्था देखिएको पाइयो । साक्षी भाव ध्यान साधना गर्ने साधकहरुमा भावातीत अनुभूति भन्दा आन्तरीक व्यवहार, विभिन्न क्षमताहरु, मस्तिष्कको सक्रियता, दैनिक जीवनमा सक्रियता, सिर्ननशिलता, शिघ्र निर्णय लिन सक्ने क्षमता, अन्य क्षमता तथा प्रतिभाहरुको प्रष्फुटन, चुनौती तथा समस्याहरु व्यवस्थापन गर्ने कला, सुदृढ सामाजिक व्यवहार, अति विचारमा नियन्त्रण गर्न सक्ने क्षमता आदि सकारात्मक गुणहरुमा वृद्धि भएको पाइयो ध्यान साधना नगर्ने मानिसहरुको तुलनामा । ध्यान साधनाका यी दुई विषय केन्द्रित र साक्षी भाव ध्यान साधना पद्धतिका लाभ तथा उपलव्धिका परिणामहरु केही हदसम्म फरक–फरक आएका तथा देखिएका भएपनि समग्रतामा हेर्दा ध्यान साधनाका प्रमुख दुई उद्देश्य– (१)पंचप्रगति, (२)आत्मज्ञान तथा ब्रह्मज्ञानको प्राप्ति कै वरीपरि घुमेका छन् सबै वैज्ञानिक खोज तथा अध्ययनका तथ्यगत परिणाम तथा प्रमाणहरु किनकी सबै विज्ञानहरुको मूल श्रोत अध्यात्म विज्ञानै हो, सबै नदिहरु बगेर अन्तत्वगत्वा सागरमै पुगे जस्तै सबै ज्ञान तथा अध्ययनका विषयहरु पनि अन्तत्वगत्वा अध्यात्म कै मूलसारमा मिलेको पाइएका छन् ।

 

**कुण्डलिनी योग तथा ध्यान साधना

मानिसको मेरुदण्डको सबैभन्दा तल्लो भाग अर्थात मेरुदण्डको हड्डीको पुच्छर(टेलबोन)मा सुसुप्त अवस्थामा रहेको सुक्ष्म कुण्डलिनी उर्जा जगाउन सुक्ष्म शरीरमा अवस्थित उर्जाका मूल केन्द्र चक्रहरुमा मन केन्द्रित गरेर गरिने ध्यान साधना कुण्डलिनी योग साधना अर्थात चक्र जागरण ध्यान साधना हो । योग साधनाको आकासमा कुण्डलिनी योग साधना सबैभन्दा विशिष्ट र प्राचीन योग साधना विधि हो जसले मानिसको सुक्ष्म शरीरमा अवस्थित चक्रहरुमा सुसुप्त अवस्थामा रहेका उर्जा जाग्रित गरि उचित अवसर तथा वातावरणको अभावमा दवेर रहेका मानिसका जन्म–जन्मका प्रतिभा, क्षमता, सकारात्मक संस्कार तथा सिद्धिहरु प्रष्फूटित गर्दछ र मानिसको जीवनमा पंचप्रगतिदेखि आत्मज्ञान, ब्रह्मज्ञानसम्म घटित हुदै जान्छ । कुण्डलिनी योग साधना गर्न योग विज्ञानमा उल्लेखित सबै विधि तथा चरणहरु निष्ठापूर्व अनुशरण गरि स्थिर आसनमा बसेर मनलाई निरन्तर शरीरका सात चक्रहरु(मूलाधार, स्वदिष्ठान, मणिपुर, अनाहद, विशुद्धी, आज्ञा, सहश्रार)का मन्त्र, रंग, सुर, कमलपत्र आदिमा टिकाएर साधना गरिन्छ ।


जुनसुकै ध्यान साधना गर्नुको प्रमुख उदेश्य आध्यात्मिक विज्ञानको भाषामा मानिसको आत्मा अर्थात चेतनाको विकास गर्नु हो र आधूनिक भौतिक विज्ञानको भाषामा मानिसको मस्तिष्कको विकास गर्नु हो र यी दुवै विषयको अन्तर्य र उद्देश्य एकै छन् । मानिसको चेतना तथा मस्तिष्कको क्षमता अदभूत छ, कति छ भन्ने यथार्थतामा अहिलेसम्म कसैले एकीन गरेर भन्न सकेको छैन तर विभिन्न अनुमानहरु ग्रिएका छन्, मुभि तथा डकुमेन्ट्रीहरु बनाइएका छन् । सन् २०१४ मा निर्माण गरिएको लुसी अंग्रेजी मुभिमा मानिसको मस्तिष्कको असिमित शक्ति बुझाउने तथा देखाउने प्रयास गरिएको छ र यो मुभिको कथामा देखाइएको मस्तिष्कको पूर्ण विकास र सिद्धि पूर्वीय अध्यात्म दर्शनलाई अनुशरण गरेर योग साधना गर्ने तपस्वीहरुको अनुभव तथा भावातीत अनुभूतिहरुसंग मिल्दोजुल्दो रहेकोछ । मुभिका अनुसार मानिसको मस्तिष्कको पूर्ण विकास भएपछि उ स्थुल शरीरबाट अन्तरध्यान भएर ब्रम्हाण्डमा निराकार रुपमा सर्वव्यापक बन्नसक्छ । पूवीर्य दर्शनमा कुण्डलिनी योग साधना गर्ने तपस्वीहरुमा यस प्रकारका वास्तविकता धेरै विषय तथा घटनाहरुमा उल्लेख गरिएका छन् । कुण्डलिनी योग साधना गर्ने तपस्वीहरुमा कुण्डलिनी उर्जाको जागरण संगै साधकमा विभिन्नि सिद्धिहरु (सिद्धि आठ प्रकारका छन्– अणिमा, लगिमा, गरिमा, महिमा, प्राप्ति, प्राकाम्य, वसित्व, यिसित्व) हासिल हुदै जान्छन् र उसले आफूले चाहे अनुसारका सबै गतिविधिहरु गर्न सक्दछ । सनातन धर्ममा श्री हनुमानजीलाई अष्टसिद्धि प्राप्त छवि तथा भगवानको रुपमा पूज्ने गरिन्छ । ध्यान साधना सर्वप्रथम कुण्डलिनी उर्जालाई माथि लैजान अर्थात चक्रहरुमा चढाउन कै लागि विकास गरिएको साधना पद्धति हो किनकी ध्यान यस्तो अग्नि हो जसले चक्रमा रहेका उर्जालाई तपाएर माथितिरका चक्रहरुमा संचारीत तथा वाष्पिकरण गर्दछ र यही उर्जाको तरंगले मानिसको चेतना तथा मस्तिष्कमा शक्ति प्रदान गर्दछ र साधकमा एकपछि अर्को सिद्धिहरु प्राप्त हुदै जान्छन् । यस प्रकारको भावातीत अनुभूति निष्ठापूर्वक कुण्डलिनी ध्यान साधना गर्ने सबै साधकहरुमा थोरबहुत हुने गर्दछ ।   

 

***साक्षी भाव योग तथा ध्यान साधना

विषय केन्द्रित ध्यान साधनाका विविध प्रकार र साधनाका विशेष विधि तथा चरणहरु छन् तर साक्षी भाव तथा माइन्डफूलनेस ध्यान साधनाको प्रकार र विधि तथा चरणहरुमा उति विविधता छैन । वर्तमानमा आफू रहेको अवस्थाप्रति साक्षी भइरहनु नै यसको एक मात्र विधि हो । कसरी साक्षी रहन सकिन्छ, मन तथा ध्यानलाई कसरी वर्तमानका विषय तथा गतिविधिहरुमा केन्द्रित गर्न सकिन्छ भन्ने सन्दर्भमा विभिन्न उपायहरुको खोजी गरिएका छन् । साक्षी भाव ध्यान विधि कसरी अनुशरण गर्ने भन्नेबारे एउटा उदाहरणबाट बुझौं– खाना खाँदाखेरी अन्त कतै विचार तथा मन नडुलाइकन पूर्णतया खानामा मन तथा ध्यान केन्द्रित गर्ने जस्तोकि के को दाल हो, दाल झानेको छ कि छैन, के को तरकारी हो, नुन कस्तो छ, स्वाद कस्तो छ, कति पाकेको तथा गलेको छ, कुन चामलको भात हो, साह्रो छ कि गिलो छ जस्ता साक्षी भावमा रहेर खाना खाने र खानालाई, खाना पकाउने भान्सेलाई, खाना उपलव्ध गराउने अन्नदाता परमात्मालाई धन्यवाद प्रकट गर्ने, कृतज्ञताको भाव राख्ने, यही खानाले गर्दा मैले यो जीवन पाएको छु, सक्रिय छु, स्वस्थ छु, परिवारको ख्याल राख्न सक्षम भएको छु, समाज तथा राज्यकोलागि, मानवीयताकोलागि सेवा गर्ने असर पाएको छु आदि जस्ता अनुग्रहका भावहरु प्रकट गरिरहने । यसो गर्दा यस्ता भावहरुले मानिसका चारवटै शरीरका आयामहरुमा सकारात्मक जैविक, भौतिक र रासायनिक परिवर्तनहरु ल्याएको र मानिस स्वस्थ सुखी, खुशी, समृद्ध, शान्त र आनन्दित हुन मद्धत भएको प्रामाणिक तथ्यहरु ध्यान साधनामाथि गरिएका थुप्रै वैज्ञानिक खोज तथा अध्ययनहरुले देखाएका छन् ।


तर मानिसको मन चन्चल हुन्छ, हरसमय साक्षी भावमा रहीरहन मुस्किल हुन्छ । हाम्रो मनको एकोहोरो आदत हुन्छ कि विगतका थोरै सकारात्मक र धेरै नकारात्मक स्मृतिहरुमा दौडिरहने र तिनमै डुबिरहेने कि भविश्यको चिन्तामा डराइरहने, हराइरहने तथा असुरक्षित महसुस गरिरहने र वर्तमानमा टिक्नै नसक्ने । भूतकालका नकारात्मक स्मृति र भविश्यका डर तथा असुरक्षाहरु अति विचार हुन्, यी मनका बिमारी हुन्, यीनले मानिसको जीवनमा नजानिदो किसिमले ठूलो हानी–नोक्सानीहरु गरिरहेका हुन्छन् जसको कारण मानिसको पंचप्रगति– स्वाथ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, आन्तरीक शान्ति तथा अध्यात्ममा नकारात्मक असर पर्दछ । जव मानिसको मनमा नकारात्मक, डर रअसुरक्षाका अति विचारहरु चल्न थाल्छन् यसले शरीरको नियमित काम गर्ने लयमा असन्तुलन खडा गरिदिन्छ र स्वस्थ शरीर, मन, भाव तथा चित्तकालागि अति आवश्यक पर्ने सकारात्मक ग्रन्थीरसहरु(ह्याप्पि हर्मोन्स– एन्डोफिन्स, डोपामिन, मेलाटोनिन, ओक्सिटोसिन, सेरोटोनिन, एच.जि.एच.)को उत्पादन प्रक्रियामा अवरोध खडा गरिदिन्छन्, यी ग्रन्थीहरुले सकारात्मक हर्मोन उत्पादन गर्न बन्द गरीदिन्छन् र नकारात्मक ग्रन्थीहरु सक्रिय भएर नकारात्म हर्मोनहरु(स्ट्रेस हर्मोन– कोर्टीशोल, एडरनलिन) उत्पादन हुन थाल्छन् जसले मानिसको शरीरका चारैवटा आयामहरुलाई बिमारी, समस्या, चुनौति, डर, असुरक्षा, घाटा, अनिद्रा, चिन्ता, तनाव, अवसादतिर लैजान्छन् किनकी मानिसको मस्तिष्क सदा वर्तमानमा चलिरहेको हुन्छ, मस्तिष्कले भूतकाल हो वा भविश्यकाल हो छुट्याउन सक्दैन । तर मन चन्चल छ, यो विगत र भविश्यमा मात्र विचरण गर्न खोज्दछ बारबार, वर्तमानमा टिक्नै चाहदैन । मस्तिष्कले विगत र भविश्यका विषय तथा घटना भनेर छुट्याउन नसकेकैकारण मनमा तत्काल जे विचारहरु चलिरहेका छन् त्यसैलाई वर्तमान मान्दछ र त्यसै अनुसारका क्रिया, प्रतिक्रियहरु हाम्रो शरीर, मन, भाव, चित्त, कोष, रगत, मांसपेसीहरुमा सम्प्रेसित गर्दछ र हरीर, मन, भाव र चित्तमा तिनै पिडादाई क्षण र समवेदनाहरु पुनः पुनः दोहोरिरहन्छन् पहिलाकै जसरी र हामी एउटै विषय तथा घटनाबाट बारबार पिडित हुन पुग्दछौं, बारबार त्यही अवस्थाबाट गुज्रिन्छौं र परिणाममा बिमारी, समस्या, चुनौति, डर, असुरक्षा आदि देखिन्छन् । निष्ठापूर्वक गरिने ध्यान साधनाले मनको विगत र भविश्यका अति विचारमा विचरण गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सक्छ र विगतका नकारात्मक अनुभव तथा पिडाहरु र भविश्यको डर तथा असुरक्षाको बारबार हुने स्मरणबाट दुर गर्नसक्छ । के लाई र कस्तो अवस्थालाई वर्तमान भन्ने यो कुरा स्पष्ट छैन किनकी वर्तमान समय भन्दा पर छ त्यसैले अति विचार चल्नबाट मनलाई वर्तमानका गतिविधिहरुमा साक्षी रहन तथा स्थिर हुन सदगुरु सिद्धार्थ औलिया(ओशोधारा) भन्नुहुन्छ आठ किसिमले अति विचारमा भड्किरहने वाँदर प्रवुत्तिको मनलाई वर्तमानको साक्षी भावमा टिकाइराख्न सकिन्छ–

(१)सदा अहोभाव तथा कृतज्ञता भावमा रहनु– जीवनमा आफूलाई जे प्राप्त भएको छ त्यसप्रति अहोभाव तथा कृतज्ञताले भरिने र कुनै पनि नकारात्मक परिस्थितिकालागि विषय तथा घटनाप्रति, आफू, परिवार, समाज, राज्य, संसार, इश्वरप्रति कुनै किसिमको गुनासो भाव नराख्ने ।

(२)आफूसंग भएका सम्पत्तिहरुको गणना गर्नु– आफुसंग केके छ र म संग भएका कुराहरु अरुसंग केके छैन हेर्ने र आफूसंग भएका आर्शिवादहरुप्रति कृतज्ञ तथा धन्यवाद भावले भरिने  आफैंसंग सम्वाद गर्ने(अटो सजेसन) । म संग यो भैदिए हुन्थ्यो, त्यो प्राप्त गर्न पाए हुन्थ्यो भन्ने भाव नराख्ने । म संग शरीर छ, सवल अंगहरु छन्, स्वस्थ शरीर, मन, भावना, चेतना छ, परिवार, सम्वन्ध, समाज, प्रथ्तिष्ठा, साथीसंगी, शुभचिन्तक, नोकरी, घर छ जो सबैसंग छैन, म भन्दा कमजोर मान्छेहरु धेरै छन् आदिको स्मरण गर्दै आफुसंग भएका कुराहरुप्रति सम्मान र धन्यवाद भावले भरिने ।

(३)सदा आस्तिक तथा आशावादी रहनु– सबै कुरा ठिकसंग चलिरहेको छ, जे भयो राम्रोकोलागि भयो, जे भैरहेको छ राम्रो कै लागि भैरहेको छ र जे हुनेछ त्यो पनि राम्रो कै लागि हुनेछ, सर्वशक्तिमान इश्वरले सबैको भलाई गर्नुहुन्छ भन्ने आस्तिक तथा आशावादी भावले भरिने ।

(४)आफ्नो असल स्वरुप आत्मा हो भन्ने भावमा रहनु– वास्तविकतामा म आत्मा हुँ स्थुल शरीर मेरो फैलावट हो, यो भौतिक जगतमा मलाई व्यक्त उपहार दिइएको वस्तु तथा यन्त्र हो, म भौतिक जगतमा व्यक्त हुनकोलागि मैले नैयसलाई  धारण गरेको हुँ तसर्थ मैले सबै आवश्यकताहरु शरीर सन्तुष्टीकालागि मात्र नभई धेरैजसो गतिविधिहरु आत्मसन्तुष्टीकालागि गर्नु पर्दछ मैले । यस्तो सकारात्मक विचार निरन्तरको कृतज्ञयता र धन्यवाद भावबाट मात्र प्राप्त हुनसक्छ ।

(५)म आत्मा हुँ भन्ने भावमा वहिर जगतप्रति तटस्थ रहनु– म आत्मा हुँ भन्ने भावमा रहेर वहिर अर्थात भौतिक जगतको भोगप्रति तटस्थ रहदै आफूलाई जे प्राप्त भएको छ जीवनमा ती सबै मेरोलागि अमूल्य उपहार हुन् भन्ठान्ने र ती उपहार प्राप्तिप्रति धन्यवाद भावले भरिने र तिमा रमाउने ।

(६)वहिर जगतप्रति तटस्थ र अन्तर जगतप्रति जागरुक रहनु– वहिर जगतप्रति मेरोलागि उपहार हो भन्ने भावले भरिदै आफूलाई अन्तर जगततिर केन्द्रित गर्दै जाने र आफूले आफैंलाई द्रष्टा भएर हेर्ने । आफूलाई नियाल्ने, आफ्नो स्वास्थ्य, श्वास, सोच, विचार, मन, भावना, चित्त, प्रेम, व्यवहार, आचरण, सम्वन्ध, सहयोग, सेवा, दान, क्रोध, इष्र्या, लोभ, घृणा आदि कस्ता छन्, म कस्तो प्रकारको व्यक्ति हुँ, म किन मानव भएर यही समयमा जन्मिएं होला यो धर्तीमा, म जन्मिनुको उद्देश्य के होला भन्ने प्रश्न तथा जिज्ञासा आफैंप्रति राख्ने र खोज्ने प्रयास गर्ने ।

(७)निस्काम कर्म गर्दै कर्मको आनन्दमा रम्नु– भगवान श्रीकृष्णले भन्नु भएजस्तै कुशलतापूर्वक कर्म गर्नुमा आनन्द लिने, फल तथा परिणामको बारेमा नसोच्ने, परिणामको बारेका सोच्यो भने कर्ममा कुशलता आउदैन र त्यसको फल पनि सोचे अनुरुप सकारात्मक आउदैन । तसर्थ, कुशलतापूर्वक गरेको हरकर्मको फल हरहालमा सकारात्मक नै आउँछ भन्नेमा दृढ निश्चयी हुने । श्रद्धेय ओशो भन्नुहुन्छ जीवनलाई आनन्द र उत्सव बनाउ । म आत्मा हुँ भन्ने बुझेर कर्म गरे कर्म आनन्द बन्दछ र कर्म गर्नुमा आनन्द लियौ भने जीवन उत्सव बन्दछ ।

(८)सदा ब्रम्हको याद तथा स्मरणमा रहनु– यो ब्रह्माण्ड, प्रकृतिलाई एकऋतमा चलाउने सर्वव्यापक, सर्वशक्तिमान परब्रह्म अर्थात परमात्मा हुनुहुन्छ र मलाई पनि वहाँले नै हेर्नुहुनेछ भन्ने आस्तिक भावमा उनै परमात्माको नाम स्मरण, मन्त्र जप, अवि दृष्यांकन, भजन, किर्तन गर्दै श्रदा र प्रेमले भरिएको रमाइलो जीवन जीउने । आदीगुरु शंकराचार्य भन्नुहुन्छ–  "यस्य ब्रह्मणि रमते चित्तं नन्दति नन्दति नन्दत्येव" अर्थात ब्रम्हको स्मरणमा जति आनन्द अरु कुनै काम तथा विषयमा हुदैन । यस किसिमका भावहरुले भूतकाल र भविश्यकालका नचाहिने विषयहरुमा दौडिरहेको मनलाई तुरुन्तै वर्तमानमा फर्काउन  मद्धत गर्दछन् र साक्षी भावमा रहन सहज अवस्था बन्दछ ।

 

यस प्रकार हरपल साक्षी भावमा रहेर अध्यात्म, योग, ध्यान साधनाका सैद्धान्तिक तथा व्यवहारिक विधिहरुको अत्यधिक लाभ लिइ जीवनमा पंचप्रगति संगसंगै आत्मज्ञान, ब्रम्हज्ञान हासिल गर्न व्यस्त दैनिकीबाट थोरै समय (१०–१५–२०–३० मिनेट) भएपनि फुर्सद निकालेर नवपुस्ता– बालबालिका, किशोर, यूवाहरुले दैनिक रुपमा साक्षी भावका साथसाथ विषय केन्द्रित ध्यान साधनाका विधिहरु अनुशरण गर्नु अत्यन्तै उपयुक्त र लाभकारी हुन्छ । व्यस्त नवपुस्ताहरुले हरपल साक्षीभाव केन्द्रित ध्यान साधनामा बारबार मन तथा ध्यान केन्द्रित गरिरहनु अझ बढि आवश्यक छ ।

 

अध्यात्म, योग, ध्यान साधना किन गर्ने ?

सांसारीक र वितरागी मानिसहरुका जीवन र जगतप्रतिको अपेक्षा, उदेश्य र आवश्यकताहरु फरक–फरक हुन्छन्, तसर्थ सर्वप्रथम आफूले आफूलाई सोध्नु पर्ने पहिलो प्रश्न हो, म अध्यात्म, योग, ध्यान साधना किन गर्न चाहान्छु र यसबाट मैले के हासिल गर्न चाहेको छु । दोस्रो प्रश्न हो, यस किसिमको साधना गर्दा मलाई कुन–कुन अवस्थामा के–के र कस्ता–कस्ता लाभहरु हुन्छन् र तिनले मेरो जीवनमा के–कस्तो परिवर्तन ल्याउँछन् किनकी सांसारीक मानिसलाई जीवनमा हरेक कुराहरुको आवश्यकता पर्दछ । उ जीवनबाट मोटामोटी रुपमा पंचप्रगति– स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा र अध्यात्म हासिल गर्न चाहान्छ । विषय केन्द्रित ध्यान साधना र साक्षी भाव ध्यान साधना दुवै प्रकारका ध्यानका विधिहरुबाट सांसारीक मानिसहरुले प्राप्त गर्न चाहेका पंचप्रगतिहरु प्राप्त गर्न सकिन्छ तर अध्यात्म यात्राका भावातीत अनुभूति तथा भावातीत परिवर्तनहरु(ट्रान्सेन्डेन्टल चेन्जेज) कालागि सिद्ध योगगुरुको प्रत्यक्ष सानिध्यमा रहेर विशेष प्रकारका विषय केन्द्रित साधना विधिकै अनुशरण गर्नुपर्ने अनिवार्य हुन्छ ।

 

विशिष्ट प्रकारका विषय केन्द्रित ध्यान साधनाका विधिहरु विशेष प्रकारका उदेश्य हासिल गर्न अनुशरण गरिने हुनाले यहाँ सबै प्रकारका मानिसलाई उपयुक्त हुने प्रकारका विषय केन्द्रित ध्यानका केही सामान्य विधिहरु र साक्षी भाव ध्यान साधनाको बारेमा चर्चा गर्नु सान्दर्भिक हुन्छ किनकी वर्तमान समयमा विश्वभरि सर्वाधिक लोकप्रिय र व्यवहारिक रुपमा अभ्यास गरेर प्रयोगमा ल्याइएका ध्यान साधनाका विधिहरु यिनै हुन् । ध्यान साधनाका यी विधिहरुमा ध्यानस्थ रहेको समयमा प्रमुख रुपमा निम्न क्रियाहरु गरिन्छन्- (१)शरीरको वाहिरी अंगको अवलोकन गर्ने गरिन्छ, (२)कलात्मक श्वासको अवलोकन गर्ने गरिन्छ, (३)वर्तमानमा आफ्नो वरपर भैरहेका गतिविधिहरुको अवलोकन गर्ने गरिन्छ, (४)कृतज्ञताभाव, धन्यवाद भाव, क्षमा भाव, स्वीकार भावका अभिव्यक्तिहरु व्यक्त गर्ने गरिन्छ र (५)आफूप्रति सकारात्मक सन्देशहरु(अटो सजेसन्स) सम्प्रेसित गर्ने गरिन्छ । ध्यानस्थ रहँदा अपनाइने यी विधिहरुले साधकको अवस्था र ध्यान साधनाको प्रगति अनुसार ढिलो–चाँढो मानिसको पंचप्रगतिमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पर्दछ । ध्यान साधना शुरु गर्नुपूर्व यसंग सम्विन्धित विषयहरुबारे सैद्धान्तिक रुपमा आफू स्पष्ट र व्यवहारीक रुपमा अभ्यस्त भएर निम्न पाँच कुरा हासिल गर्ने प्रयाश गर्नु पर्दछ– (१)स्थिर बस्न सिक्नु अर्थात ध्यानमा बस्ने आसनको व्यवहारिक ज्ञान, (२)श्वासको कलात्मकतालाई अवलोकन गर्न सिक्नु अर्थात प्राणायामको व्यवहारिक ज्ञान, (३)शरीरमा नकारात्मक रसायन अर्थात हर्मोनहरुको उत्पादनमा कमी, (४)शरीरमा सकारात्मक रसायन अर्थात हर्मोनहरुको उत्पादनमा वृद्धि, (५)पंचप्रगतिमा केन्द्रित अर्थात के गर्दा कुन किसिमको लाभ हुन्छ ।

 

ध्यान साधना र पंचप्रगति

स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, अध्यात्म

हाम्रा उर्जाका सुक्ष्म श्रोत सात चत्रहरुका अनुसार स्वाथ्यका आयामहरु सात सात प्रकारका छन्– शारीरिक स्वाथ्य, मानसिक स्वाथ्य, प्राणिक स्वाथ्य, भमवनात्मक स्वाथ्य, वौद्धिक स्वाथ्य, आत्मिक स्वाथ्य र परम स्वाथ्य । पूर्ण स्वास्थ्यकालागि शरीरको पहिलो आयाम स्थुल शरीर सर्वाधिक महत्वपूर्ण हुन्छ किनकी शरीरका अन्य आयामहरु स्थुल शरीरकै पछिपछि आइरहेका हुन्छन् र यसकै प्रभावमा चलिरहेका हुन्छने यदपि यो क्रिया दोहारो नै भन्ले गर्दछ अर्थात सबै प्रकारका स्वास्थ्य र शरीरका आयामहरुको एकअर्काप्रति प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पर्ने गर्दछ । हाम्रो शरीरका आयामहरुको प्रक्रियमगत विज्ञान अनौठो छ, यी प्रक्रियाहरु प्राकृतिक हुन् र हरेक मानिसले यो जान्नै पर्ने विषय हो तर यसबाट हामी अधिकांश मानिसहरु अनभिज्ञ नै छौं । मानिसको शरीरका आयामहरु पूर्णतः जीव विज्ञान(बायोलोजी), भौतिक विज्ञान(फिजिक्स) र रशायन विज्ञान(केमेस्ट्री)का नियमहरु अनुसार नै चलेका हुन्छन् निरन्तर आन्तरीक रुपमा र यसमा वाहिरी संसारबाट प्राप्त हुने ज्ञान, व्यवस्थापन तथा अमनचैन, समृद्धिको सबैभन्दा महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको हुन्छ । यसकारण नै विश्वको सर्वमान्य र अधिक धनराशि भएको लोकप्रिय नोबेल पुरस्कार यीनै क्षेत्र तथा विषयहरु(जीव शास्त्र, भौतिक शास्त्र, रशायन शास्त्र, साहित्य, शान्ति, अर्थशास्त्र)मा प्रदान गर्ने गरिन्छ । मानिसको शरीर स्वयं ब्रम्हाण्ड हो किनकी यो ब्रम्हले निर्माण गर्नुभएको ब्रम्हान्डको नियममा आफ्नै किसिमले उच्च वुद्धीमत्ताकासाथ निरन्तर चलिरहेको हुन्छ । मानिसका शरीरका सबै अंगहरु आफैंलाई राम्रोसंग थाहा छ कुन काम कसरी, कति र कहिले गर्ने भनेर । शरीरका भित्री र वाहिरी अंगहरु जीवशास्त्री हुन् जसले मानिसले शरीरप्रति गरेको व्यवहार(खानपान, व्यायाम, ध्यान) अनुसार निरन्तर आ–आफ्नो धर्ममा किन्चित तलमाथि नगरीकन सदाकाल उत्तरदायित्व निभाइरहेका हुन्छन्, जस्तोकि मुटु एक मिनेटमा कति पटक धड्काउने, फोक्सोले एक मिनेटमा कति पटक श्वास फेर्ने, मस्तिष्कले कसरी कस्ता कुरा सोच–विचार–व्यवहार गर्ने आदि । त्यस्तै अन्य अंगहरु पाचन प्रणाली, कलेजो, मृगौलाहरुले भौतिक शास्त्रीको काम गरिहेका हुन्छन्, जस्तोकि खानाबाट प्राप्त उर्जा, ग्लुकोज तथा पौष्टिक तत्वबाट कति रगत बनाउने, कति कोश तथा मांसपेसी बनाउने, कति बोसो बनाउने आदि र शरीरका विभिन्न ग्रन्थीहरु रशायनशास्त्री हुन् जसले शरीरका अंगका कार्यहरु सहज ढंगले सही समयमा सम्पन्न गर्न कुन अवस्थामा के कस्ता रश अर्थात हर्मोन्स उत्पादन गर्ने, जस्तोकि खाना चपाउन र निल्न सहज गर्ने र्याल, खाना पचाउन सहयोग गर्ने पाचन रश, सुख, खुशी, शान्ति, आनन्द महसुस गर्न खुशी प्रदान गर्ने सकारात्मक रश अर्थात ह्याप्पी हर्मोन्स, त्यस्तै असुरक्षा, चिन्ता, तनाव, उदाष भावना प्रदान गर्ने नकारात्मक रश अर्थात स्ट्रेस हर्मोन्स आदि ।

 

ध्यान साधना र मानिसको सातै किसिमका स्वास्थ्यका आयामहरु र शरीरका चारवटै आयामहरुको पूर्ण स्वास्थ्य विकासमा प्रत्यक्ष सम्वन्ध रहेको हुन्छ किनकी ध्यान साधना र माथि उल्लेखित शास्त्रहरुको अन्योन्यास्रीत अन्तर–सम्वन्ध रहेकोछ । ध्यान साधना गर्दा कम्मर, ढाड गर्धन सिधा गरेर हलचल नगरीकन बस्दा शरीरमा रक्तसंचार, उर्जा र प्राण वायुको वहाव तथा प्रवाहको संचारमा सन्तुलन आउने हुनाले शरीरका सबै आयामहरुको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ, ध्यान साधनाको यो सबभन्दा पहिलो र अति महत्वपूर्ण सकारात्मक प्रभाव तथा लाभ हो । साधनामा लामो गहिरो श्वास रेचक–पुरक गर्दा अर्थात श्वास लिदा–छोड्दा र अन्तर तथा वहिर कुम्भक गर्दा शरीरका कोषिका, रक्त वाहिनी शिराहरु(नशा) तथा रगतमा अक्सिजनको मात्रा बढ्दछ । अक्सिजनले कोश, रगतनशा, मांसपेसी तथा अन्य अंगहरुमा रहेका विकारहरु वाहिर निकाल्दछ र ती अंगहरुमा सकारात्मक उर्जाको प्रवाह बढाउँदछ, नकारात्मका गतिविधिहरु र नकारात्मक हर्मोन्सका कारण बिग्रीएका तथा भत्किएका साना–साना कोषहरु, चुडिएका अति सुक्ष्म नशाहरु एकआपसमा पुनः जोडिन्छन् र शरीर, मन, भाव, चित्त सक्रिय, फिुर्तिलो र तन्दुरुस्त हुन्छ । शरीरमा अक्सिजनको मात्रा बढ्दा शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक स्वास्थ्य र तन्दुरुस्तीमा असिमित सकारात्मक प्रभावहरु देखा पर्न थाल्छन् र शरीरका वाहिय र आन्तरिक सबै गतिविधिहरुमा सन्तुलन आउन थाल्छ, ध्यान साधनाको यो दोस्रो अति महत्वपूर्ण सकारात्मक प्रभाव तथा लाभ हो । शरीरका कोषिका र रगतनलीमा अक्सिजनको मात्रा बढ्दा हर्मोन उत्पादन गर्ने ग्रन्थीहरुबाट सकारात्मक हर्मोनहरु उत्पादन सन्तुलित मात्रामा हुन शुरु हुन्छ र नकारात्मक हर्मोनहरु उत्पादन हुन बन्द हुन्छ । हर्मोन उत्पादनमा सन्तुलन आउने वित्तिकै शरीर र मनका केही पुराना तथा क्रोनिक रोग बाहेक अरु रोग तथा समस्याहरु विस्तारै आफैं निकोे हुदै जान्छन् र पुराना तथा क्रोनिक रोगहरुमा पनि सकारात्मक प्रभाव पर्दछ, लाभ मिल्दछ र विस्तारै सन्च हुदै जान्छ, ध्यान साधनाको यो तेस्रो अति महत्वपूर्ण सकारात्मक प्रभाव तथा लाभ हो ।

 

ध्यान साधनाका यस किसिमका अति महत्वपूर्ण सकारात्मक प्रभाव तथा लाभहरुले क्रमशः मानिसको जीवनमा सकारात्मक परिवर्तहरु देखापर्न थाल्दछन् र उसको पंचप्रगतिहरु- स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा र अध्यात्मका क्षेत्रहरुमा प्रगति हुदै जान्छ । यो क्रमिक रुपमा हुने प्रगति तथा विकास प्रक्रिया हो तसर्थ ध्यान साधना शुरु गरेको केही दिन तथा महिनामै मलाई केही लाभ भएन, केही अनुभव भएन, ध्यान लागेन, इश्वरतत्व अनुभूति भएन भनेर गुनासो गर्नु हुदैन । ध्यान साधनामा केही अनुभव हुन, ध्यान लाग्न, इश्वरतत्व अनुभूति हुन सर्वप्रथम शरीरका आयामहरुमा यसकालागि आवश्यक पर्ने माहोल अर्थात पात्रताको निर्माण हुनु अति आवश्यक हुन्छ । यसको पहिलो तह शारीरिक, मानिसिक, भावनात्म र आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य हो, दोस्रो तह शरीर र मनको लचकता तथा सहज स्थिर आसन र सकारात्मक सोच–विचार हो, तेस्रो धैर्यता, आस्था, विश्वास हो.... एवंरितले साधकमा पात्रता वृद्धि हुदै जानेक्रममा उच्चताको अवस्थामा पुगेपछि साधकमा ध्यान, समाधि, आत्मज्ञान, ब्रम्हज्ञान सबै उपलव्धिहरु घटित हुदैजान्छन् र वुद्धत्व प्राप्ति, मोक्ष प्राप्ति गरि सदाकालागि परमात्मा स्थित हुन पुग्दछ । यसकालागि पूर्ण स्वास्थ्य, सम्वन्ध, समृद्धि, प्रतिष्ठा, अध्यात्म हासिल गर्ने थुप्रै परम्परागत तथा आधूनिक विधिविधानहरु छन्, यस सन्दर्भमा केही रेफरेन्स लिंकहरु-

Beginner's Guide to Meditation

https://www.youtube.com/watch?v=R7RgK01XMnw 

Rewire Your DNA with Meditation 

https://www.youtube.com/watch?v=xqgJNOCqrYE

Guided Meditation Heal Your Body

https://www.youtube.com/watch?v=xqgJNOCqrYE

 

 

No comments:

Post a Comment