डा. सिर्जना भण्डारी
उदारवादलाई अनुशरण गर्ने आध्यात्मिक नारीवादी हुँ !
नारीवादको आँखीझ्यालबाट चिहाइरहँदा जन्मिरहने विद्रोहभाव!!**
पछिल्लो पुस्ताका विवाहित नारीहरुले चुपचाप पिइरहेका आत्म-असम्मानका गलाबाट नउत्रिएका कालकुठ विषहरु...
#समाज, #श्रीमान, #थप्पड, #कालकुठ विष
“
तिमी आफूलाई हेर त...
एउटा बच्चाकी आमा हौ तर पाँचवटा बच्चाकी आमा जस्तो देखिन्छ्यौ...!!!
यदि मैले वाहिर अफेयर गरेकोछु भने मलाई दोष नलगाऊ...!!!
मेरो माइती मेरो माइती भन्न छोड, स्वीकार गर यो घरलाई, अव यही तिम्रो घर हो...!!!
नोकरी छ, तलव मेरो भन्दा बढी छ त के नोकर बनाउँछ्यौ अव मलाई…!!!
ओहो ! फेरी अर्को पदोन्नती !! मलाई लाग्छ तिम्रो हाकिम भाग्यमानी छ तिमी जस्तो ...तत्पर कारीन्दा पाएर...!!!
कति बेसरम देखिएकी छौ यस्तो छोटो पहिरनमा, आफ्नो उमेर र शरीरको भद्दापनलाई स्वीकार गर...!!!
घर र कार्यालयको दोहोरो कामको दवाव झेल्न सक्दैनौ भने नोकरी छोड्देउ न! परिवारलाई पुग्नेगरि मैले नै कमाइरहेको छु त...!!!
किन यति वेस्वाद सेक्समा विवाहपछि, के सारा मजा विवाहअघि आफ्नो व्वाइफ्रेण्डसंग लिसक्यौ...!!!
अरे ममी तिमी कमसेकम राम्रो होममेकर त थियौ! अव त तिमी कार्यलयमा पनि औषत, घरमा पनि औषत...!!!
'थप्पड' त्यो मात्र होइन जो देह तथा चेहरामा आएर बजारिन्छ, ती हरेक शव्दहरु थप्पड हुन जसले नारीको आत्मसम्मानमा हमला गर्दछन्…!!!
"
साभार: स्ववचन, तापसी पन्नु, नायिका, नारीवादी मेगास्टार, बलीउड।
https://youtube.com/shorts/
त्यसैले, हे नारी!
तिमी आफूमा आत्मसम्मान जगाउ...; नारी तिमी यो नर्कबाट वाहिर आऊ…; आफैंमा क्षमता जगाउ…; आफ्नै प्रतिभामा रमाउ…; नारी तिमी आफैंमा, आफ्नै स्वत्वमा फर्क**…!!
------------------------------
**कविता: #युगको_माग
नारी तिमी आफैंमा, आफ्नै स्वत्वमा फर्क
लालीगुरांश(सिर्जना भण्डारी)
मृदुभाषि चुम्बकिय आकर्षण छुटाएर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
उमेर, यौवनका भेलहरुलाई छिचोलेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
सुगन्धित देहको नशा बिर्सेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
मोहरुपि प्रेमको स्वाद त्यागेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
मायाँरुपि संरक्षणको जेल तोडेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
स्वार्थपूर्ण सम्मानको भ्रम चिरेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
साँचोबिहिन सन्दुकको खजाना लत्याएर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
आफ्नोपनमा घोलिएका हेपाइहरु बुझेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
अभिनयमा लुकेका तिरस्कारहरु चिनेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
सजाइएका थप्पडहरुलाई जवाफ दिएर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
आफूभित्रका क्षमता, प्रतिभाहरु समेटेर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!
तिमी महामायाँ महाकाली हौ
तिमी जगतकी जगदम्वा हौ
तिमी महाशक्ति नवदुर्गा हौ
तिमी ज्ञानगंगा सरस्वती हौ
तिमी समृद्धशाली महालक्ष्मी हौ
तिमी जननी पालनकर्ता हौ
तिमी ममताकी खानी हौ
तिमी प्रकृतिकी रानी हौ
तिमी ब्रह्माण्ड हौ, त्यसैले
सांसारीक माया, भुलभुलैया छोडर
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!!
नारी तिमी वाहिर आऊ
आफैंमा, आफ्नै स्वत्वमा फर्क!!!
No comments:
Post a Comment