'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २४४ वटा लेख समाहित छन् !

Tuesday, 7 October 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -२३

डासिर्जना भण्डारी

  #अध्यात्म_दर्शन #जीवन_दर्शन 


                                       योगीक साधनाका सकारात्मक लाभ तथा उपलव्धिहरु


योगीक साधनाको प्रयोगात्मक  अभ्यास

सनातन अध्यात्म दर्शनका प्रमुख विषयहरु मध्यको एक योग दर्शन अत्यन्तै महत्वपूर्ण शारीरिक, मानसिक, भावात्मक, आत्मिक अर्थात चेतनात्मक साधना तथा प्रयोगात्मक अभ्यास गर्ने पद्धतिको वृहत विषय हो जसको मूल उद्देश्य हरप्रकारले मनुष्यको जीवनशैली आरोग्य, सहज, सरल, सफल, सन्तुलित तथा व्यवस्थित बनाउनु रहेको छ । योग तथा योगीक साधना अन्तर्गत योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित सैद्धान्तिक र व्यवहारिक ज्ञानका सबै प्रकारका प्रक्रिया, विधि तथा पद्धतिहरु पर्दछन् । प्रमुख सात प्रकारका योग विज्ञानहरु– कर्म योग, तन्त्र योग, हठ योग, भक्ति योग, ज्ञान योग, ध्यान योग र सांख्य योगका सैद्धान्तिक र व्यवहारिक ज्ञानका प्रक्रिया, विधि तथा पद्धतिहरुलाई मनुष्यले आफ्नो दैनिक जीवनमा दुईप्रकारले अनुशरण तथा प्रयोगात्मक अभ्यास गर्दै आइरहेको छ– (१)मानसिक अभ्यासका रुपमा, (२)शारीरिक अभ्यासका रुपमा । योग विज्ञानका मूल अंगहरु यम, नियम, प्रत्याहार, धारणा, ध्यान र समाधिका साधनाको प्रयोगात्मक अभ्यासका प्रक्रिया, विधि तथा पद्धतिहरु मानसिक अभ्यासका रुपमा गर्ने गरिन्छन् (ध्यान र समाधि कुनै प्रयत्न नभएर विशेष अवस्था भएपनि मानसिक साधना अन्तर्गत नै पर्दछन्) । र योग विज्ञानका बाँकी मूल अंगहरु योगासन, प्राणायाम, क्रिया, मुद्रा र बन्दका प्रयोगात्मक अभ्यासका प्रक्रिया, विधि तथा पद्धतिहरु शारीरिक अभ्यासका रुपमा गर्ने गरिन्छन् । शारीरिक र मानसकि रुपमा गरिने प्रयोगात्मक अभ्यासहरु एकैसाथ तथा छुट्टै अनुशरण गरिदै आइएका छन् साधकको आफ्नो आवश्यकता, अवस्था र रुचि अनुसार किनकी कसैले मानसिक अभ्यासलाई बढि प्राथमिकता दिने गर्दछन्, कसैले शारीरिक अभ्यासलाई बढि प्राथमिकता दिने गर्दछन् भने कोही शारीरिक र मानसिक दुवैप्रकारका अभ्यासहरुलाई सन्तुलनमा राखेर अगाडि बढ्न रुचाउछन् । शारीरिक र मानसिक रुपमा गरिने दुवैप्रकारका प्रयोगात्मक अभ्यासहरुका आ–आफ्नै प्रकारका सकारात्मक लाभ तथा उपलव्धिहरु रहेका छन् । शारीरिक रुपमा गरिने योगीक साधनाका प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले मनुष्यको काया तथा स्थुल शरीरका अंगहरुको शुद्धिमा महत्वपूर्ण योगदान पुर्याउछन् र मानसिक रुपमा गरिने योगीक सााधनाका प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले मनुष्यको चित्त तथा सुक्ष्म शरीरका सोच, विचार, मन, भावना शुद्धिमा महत्वपूर्ण योगदान पुर्याउछन् । सनातन अध्यात्म दर्शनका प्रमुख विद्याहरु मध्य अत्यन्तै महत्वपूर्ण विषय योग विज्ञानका अनुसार मनुष्यले सांसारिक जीवनका अनेक दुःखहरुबाट मुक्त भएर पारमार्थिक जीवनमा युक्त हुनकालागि काया शुद्धि र चित्त शुद्धि गर्नु पहिलो आवश्यकता हो । काया शुद्धि र चित्त शुद्धि गर्नकालागि योगीक साधनाका वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि र पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यास गर्नु अपरिहार्य हुन्छ । योगीक साधनाको माध्यमबाट काया र चित्त शुद्ध गरेर मनुष्य सांसारिक जीवनका दुःखहरुबाट मुक्त भएपछि मात्र आध्यात्मिक साधना गर्न योग्य तथा सक्षम हुन सक्छ र पारमार्थिक जीवनको विकासको मार्गमा सहज ढंगले अगाडि बढ्न सक्छ । यसप्रकारको योग्य तथा सक्षम साधक अध्यात्म साधनाको लागि आवश्यक पर्ने पात्रताले भरिन्छ र क्रमिक रुपमा परमात्मा साक्षातकारको दिशामा अग्रसर हुदै जान्छ ।


योगीक साधनाको मानसिक अभ्यास

योग साधनाको प्रयोगात्मक अभ्यास तथा व्यायामको शाव्दिक अर्थ फैलावट, विस्तार तथा विकास हो र सबैप्रकारका व्यायामहरु योगीक साधना अन्तर्गत नै पर्दछन् । प्रकृतिमा रहेका हरेक चिज वस्तुहरु आ–आफ्नो सिमाभित्र रहेर निरन्तर फैलिन तथा विकसित हुन चाहन्छन् र यो प्राकृतिक प्रक्रिया हो । मानव र मानव सभ्यताको फैलावट, विस्तार तथा विकासको इतिहासलाई हेर्दा सबैभन्दा बढि फैलिएको, विस्तार भएको तथा विकास भएको मनुष्यको मानसिक, भावनात्मक तथा चेतनात्मक अवस्था हो जसको प्रत्यक्ष परिणाम वर्तमान समयको वैज्ञानिक, भौतिक, राजनैतिक, कुटनीतिक, शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक क्षेत्रमा आएका उल्लेखनिय सकारात्मक परिवर्तनहरुमा देख्न सकिन्छ जुन योगीक साधनाका प्रक्रिया, विधि, पद्धतिहरुको प्रयोगात्मक अभ्यास तथा व्यायामका कारण मनुष्यको विकसित मानसिकता तथा चेतनाबाट प्रष्फुटित भएका उसका प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरुले सम्भव गराएको हो । मनुष्यको मानसिक तथा चेतनात्मक विकासमा योगीक साधनाका प्रक्रिया, विधि, पद्धतिहरुको मानसिक प्रयोगात्मक अभ्यास तथा व्यायामहरुको प्रमुख भूमिका रहेको हुन्छ । 


योगीक साधनाको शारीरिक अभ्यास

चित्त शुद्ध भएको अवस्थामा मनुष्यको मानसिकता तथा चेतनाको पूर्ण विकास हुन सक्छ । मनुष्यको जीवनयापन हरप्रकारले सहज, सरल, सफल, सन्तुलित, व्यवस्थित बनाउन उसको चेतनाको विकास भएर मात्र पर्याप्त हुदैन किनकी चेतनाको मात्र विकास हुनु आधा प्रक्रिया हो । विकास प्रक्रियाको पूर्णताकालागि मनुष्यको विकसित मानसिकता तथा चेतनाले प्रष्फुटन गरेका विषयहरु भौतिक रुपमा व्यवहारमा उतार्नु अत्यावश्यक हुन्छ र यो काम मनुष्यको हरप्रकारले तन्दुरुस्त शरीरको श्रमले मात्र गर्न सक्छ । मनुष्यको विकसित चेतनामा प्रष्फुटन भएका जीवन रुपान्तरणका विकासका खाकाहरुलाई सफलतापूर्वक व्यवहारमा उतार्न मनुष्यको श्रम तव सक्षम जव उसले योगीक साधनाका प्रयोगात्मक अभ्यास तथा व्यायामहरु शारीरिक रुपमा अनुशरण गरेर हरप्रकारले आफ्नो काया तथा स्थुल शरीर शुद्ध गर्दछ । प्रयोगात्मक अभ्यास तथा व्यायामको शाव्दिक अर्थ फैलावट, विस्तार तथा विकास भएकोले मनुष्यले आफ्नो शरीरको आवश्यकता र अवस्था हेरेर पर्याप्त हुनेगरि जतिजति प्रयोगात्मक अभ्यास तथा व्यायाम गर्दै जान्छ उतिनै उसको शरीरको क्षमता र शरीरको श्रमको क्षमता बढ्दै जान्छ, उसका मांसपेशी, हाड–जोर्नी, नश–नाडी, रक्तसंचार स्वस्थ, शुद्ध, बलिष्ठ, सक्रिय हुन्छन् र उसले सबै प्रकारका कामहरु सहजै कुशलतापूर्वक गर्न सक्छ । भनिन्छ, स्वस्थ शरीरमा नै स्वस्थ मन तथा मस्तिष्कको वास हुन्छ र यो अवस्था दोहोरो नै हुन्छ अर्थात स्वस्थ मनमा नै स्वस्थ शरीरको वास हुन्छ । यसप्रकार स्वस्थ शरीरले स्वस्थ मानसिकता तथा चेतनाको निर्माण तथा विकासमा सहयोग गर्दछ र स्वस्थ मनले स्वस्थ शरीरको निर्माण तथा विकासमा सहयोग गर्दछ । यसप्रकार योगीक साधनाका प्रयोगात्मक अभ्यास तथा व्यायामहरुबाट मनुष्यले सकारात्मक लाभ तथा उपलव्धिहरु प्राप्त गरि आफ्नो सांसारिक र पारमार्थिक जीवनको विकास प्रक्रियालाई अगाडि बढाएर जीवनमा आन्तरिक सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द हासिल गर्न सक्छ ।


योगीक साधनाका लाभ तथा उपलव्धिहरु

सामान्यतया योगीक साधनाको प्रयोगात्मक अभ्यास भन्ने सन्दर्भमा योगासन र प्राणायाम भन्ने अर्थमा मात्र बुझ्ने गरिन्छ आमरुपमा तर योगीक साधना योगासन र प्राणायाममा मात्र सिमीत छैन । योग विज्ञान अत्यन्तै वृहद विषय हो जसमा सबैप्रकारका योगका वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरु समेटिएका हुन्छन् । योगीक साधनाका योगासन, प्राणायाम लगायत अन्य विषयहरु मुद्रा, क्रिया, बन्दका साधनाहरुको पनि अत्यन्तै महत्वपूर्ण भूमिका, योगदान र सकारात्मक लाभ तथा उपलव्धिहरु रहेका हुन्छन् मनुष्यको जीवनमा पूर्णता हासिल गर्नकालागि । योगीक साधनाका सबै विधि, पद्धति तथा प्रक्रियाहरु पुर्याएर सहि ढंगले गरिएका शारीरिक र मानसिक रुपमा गरिने प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा जम्मा भएर रहेका काम, क्रोध, लोभ, मोह, राग, द्वेष, अहंकार जस्ता मानवीय विकार तथा क्लेशहरु;  नकारात्मक उर्जा; रसायनजन्य फोहोरहरु; विषालु तथा बिजातिय तत्वहरु; अल्छि, आलस्यपन, गर्हौंपन तथा हरप्रकारका तमस प्रवृत्तिहरु आदिलाई हटाएर उसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा शुद्धता, सात्विकता, सकारात्मकता, चुस्तता, फुर्तिलोपन तथा ताजगी भर्न मद्धत गर्दछन् । सनातन योग विज्ञान अन्तर्गत गरिने योगीक साधनाका योगका विभिन्न प्रकारहरु भएका भएतापनि मनुष्यको जीवनमा व्यवहारिक प्रयोगको आधारमा मुख्य सात प्रकारका योग साधनाहरु व्यवहरिक रुपमा प्रचलनमा रहदै आएकाछन् तथा प्रयोगात्मक अभ्यास गरिदै आइएकाछन्– (१)कर्म योग, (२)तन्त्र योग, (३)हठ योग, (४)भक्ति योग, (५)ज्ञान योग, (६)ध्यान योग, र (७)सांख्य योग । यी सबै प्रकारका योग विज्ञानका योगीक साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुको अन्तिम लक्ष्य तथा गन्तव्य एउटै हुन्छ, साधकलाई क्रमशः तलदेखि माथि लादै ध्यान योगमा पुर्याएर राज योगमा स्थित गराउनु तथा मोक्षको प्राप्तिसम्म पुर्याउनु । अलग–अलग प्रकारका योग विज्ञानका योगीक साधनाहरु अलग–अलग प्रकारकै प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास गरेर गर्ने गरिन्छ तर व्यवहारिक रुपमा सबैको मूल उद्देश्य एउटै रहेको हुन्छ मनुष्यको शरीर तथा स्वास्थ्यका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयामहरुको सन्तुलित तथा व्यवस्थित किसिमले विकास गरि साधकलाई हरप्रकारले पूर्णतः स्वमा स्थित अर्थात स्व+स्थ=स्वस्थ तथा आरोग्य बनाउनु तथा राख्नु हो ताकि हरेक मनुष्यको जीवन हरप्रकारले सहज, सरल, समृद्ध, सफल, सन्तुलित तथा व्यवस्थित बन्न सकोस र उ व्यक्तिगत, पारिवारिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, सामाजिक, आर्थिक, शैक्षिक सबै किसिमले आफ्नो आन्तरिक सुख, खुशी, शान्ति, आनन्दमा रमाउन सकोस । मनुष्यको जीवनमा हरप्रकारले पूर्णता भर्न उच्चतम योगदान पुर्याउने योगीक साधनाका सकारात्मक लाभ तथा उपलव्धिहरु यसप्रकार रहेका छन्–


योगासन

मुख्यतया योगासनमा तीन चरणहरुको अनुशरण गरिन्छ– पहिलो, शरीर तताउन गरिने सामान्य व्याया; दोस्रो, शरीर खुलाउने गरिने सुक्ष्म व्यायाम; र तेस्रो, शरीर तन्काउने गरिने योगासन । पहिलो र दोस्रो चरणहरुको प्रयोगात्मक अभ्यास गरेर शरीर तातेपछि र खुलेपछि मात्र शरीर तन्काउने योगासनहरु गर्नु पर्दछ तवमात्र योगीक साधनाका योगासन क्रियाहरु सहज हुन्छन् र यसबाट भरपूर सकारात्मक लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका आसन तथा व्यायामका प्रयोगात्मक अभ्यासहरुले विशेष गरि शारीरिक स्वास्थ्यका हरप्रकारका क्रिया, प्रक्रिया तथा प्रणालीहरुलाई सन्तुलित र व्यवस्थित गर्दछन्, नियन्त्रणमा राख्दछन् र शरीरका सबै खण्ड, अंग, भाग र यिनका सबै गतिविधिहरुलाई एकआपसमा सुसंगत राख्दछन् । यसकासाथै शरीर र स्वास्थ्यका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै आयामहरुविच एकआपसमा सामान्जस्यता तथा लयात्मकता कायम गरि शारीरिक पिडा, मानसिक तनाव, भावनात्मक विषाद, अवसाद ठिक गर्न र सन्तुलनमा राख्न समेत मद्धत उल्लेखनिय गर्दछन् र शरीर तथा स्वास्थ्यका सबै आयामहरुको सर्वांगीण विकास गर्न सहयोग पुर्याउछन् । योगासनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसासनका नियमहरुभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर गरिने सबैप्रकारका व्यायाम तथा योगासनहरुले सकारात्मक लाभ मात्र प्रदान गर्दछन् तर प्रक्रिया र विधि नपुर्याइकन र तोकिएका अनुसासनहरुको अनुशरण नगरिकन योगासन गर्दा यसले नकारात्मक हानि पुर्याउन सक्छ ।

 

उभिएर, बसेर, घोप्टो परेर र उत्तानो पल्टेर गरिने सबै प्रकारका योगासनहरुले शिर, मेरुदण्ड, गर्धन, कम्मर, ढाड, कुम, पाखुरा, हात, छाति, गोडा, पिडौला, जांग, माथ्लो पेट, तल्लो पेट, प्रजनन् अंग र यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार र उर्जाको प्रवाह सन्तुलित गर्दछन् र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीका रोग, अस्वस्थता तथा समस्याहरु को उपचार तथा समाधान गर्न मद्धत गर्दछन् । प्राचीन तथा आधूनिक दुवै चिकित्सा विज्ञानका अनुसार मनुष्य शरीरमा मुटुपछि रगतको अधिकतम संचार र सफाइ पिडौलाले गर्दछ त्यसैले पिडौलालाई दोस्रो मुटु पनि भन्ने गरिन्छ किनकी रगतको मात्रा सबैभन्दा बढि पिडौलामा हुन्छ दुवैमा गरि करिव ३०० एम.एल.। तसर्थ पिडौलामा जोड पर्ने सबैप्रकारका योगासनहरुले रक्तसंचार, उच्च तथा न्यून रक्तचापमा सन्तुलन; रगतको सफाई; मधुमेह, मुटुका रोग लगायत अन्य धेरै प्रकारका रोग, अस्वस्थता तथा समस्यहरुको उपचार तथा  समाधान गर्न र शरीरलाई हरप्रकारले शुद्ध, सन्तुलित तथा सक्रिय बनाउन मद्धत गर्दछन् । घोप्टो परेर र उत्तानो पल्टेर गरिने योगका आसनहरुले पूरै मेरुदण्ड, गर्धन, कुम, ढाड, कम्मर, छाति, माथ्लो पेट, तल्लो पेट, प्रजनन् अंग, पाखुरा, हात, जांग, पिडौला, गोडा आन्तरिक तथा वाहिय सबै अंगहरुमा प्रत्यक्ष रुपमा पर्याप्त खिचाव तथा दवाव पर्ने हुनाले यी सबै योगासनहरुले शरीरका सबै आन्तरिक तथा वाहिय अंगहरुका सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उचित किसिमले उपचार तथा समाधान गर्न प्रत्यक्ष मद्धत गर्दछन् र अन्य धेरै प्रकारका थाहा पाउन सकिने तथा थाहा पाउन नसकिने सकारात्मक लाभहरु प्रदान गर्दछन् । खासगरि मेरुदण्ड, ढाड, कम्मर र पेटमा आइपर्ने सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचारमा रामबाण इलाज मान्ने गरिन्छ घोप्टो परेर र उत्तानो पल्टेर गरिने योगका सबैप्रकारका योगासनहरुलाई । योगासनका विशेष प्रकारका थप सकारात्मक लाभ तथा उपलव्धिहरु निम्न रहेका छन्- 


योगासनका प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले

@शरीरका मांसपेसी, हाड–जोर्नी, नश–नाडी, रक्तसंचार सबै तताउने, खुलाउने, विस्तार तथा विकास गर्ने हुनाले मनुष्यको स्वास्थ्यमा सबैभन्दा बढि गडबडी उत्पन्न गर्ने पेट र पेटसंग सम्वन्धित जठराग्नि, पाचन क्रिया तथा पाचन प्रणाली स्वस्थ र मजबुत बनाएर खाएको भोजन पचाउन, सहि प्रकारले शरीरमा पोषण वितरण गर्न र शरीरले बनाएको फोहर व्यवस्थापन गर्न मद्धत गर्दछन् ।

@अनावश्यक मोटोपन र मोटोपनसंग सम्वन्धित सबैप्रकारका अस्वस्थता, रोग तथा समस्याहरु र शरीरमा अनेक रोग उत्पन्न गर्ने तहतह भएर जमेर रहेको अनावश्यक बोसो हटाउन तथा घटाउन मद्धत गर्दछन् । 

@रक्तविकार तथा रक्तसंचारबाट उत्पन्न हुने तथा रक्तसंग सम्वन्धित सबै प्रकारका अस्वस्थता, रोग तथा समस्याहरुको जोखिम घटाउन मद्धत गर्दछन् । 

@शरीरका मांसपेसीहरुमा तन्दुरुस्ती, शक्ति तथा उर्जा बढाउन र सबैतिर समान रुपमा उर्जा र पोषण संचारीत गराउन मद्धत गर्दछन् । शरीरको मांसपेशी, नश–नाडी, हड्डि–जोर्नी तताउदा, खुलाउदा तथा तन्काउदा सबै अंगहरु स्वतः स्वस्थ, आरोग्य, तन्दुरुस्त, सक्रिय, सन्तुलित हुन थाल्छन् ।

@योगासन गर्दा शारीरिक क्रियाहरु बढेका कारण उर्जा खपत हुने भएकोले उर्जा आपूर्तिकालागि शरीरले भोक लागेको महसुस गर्छ र भोक लाग्ने, खाना मिठो हुने, खाना रुच्ने, खाएको खाना पच्ने प्रक्रियामा मद्धत गर्दछ र केवल स्वादकालागि खाने गरेको अखाद्य आहारहरु छोडेर स्वस्थ, सन्तुलित, पोषण युक्त खाद्य आहार ग्रहण गर्नमा रुचि बढाउछ । 

@योगासन गर्दा शारीरिक क्रियाकलापहरु बढेका कारण शरीर तथा मांसपेशीहरु गल्ने तथा थाक्ने हुनाले शरीरले पर्याप्त आराम खोज्छ र गहिरो तथा मिठो निद्रा लाग्छ र शरीर तथा मनलाई गहिरो निद्राका असिमीत लाभहरु स्वतः हासिल हुन थाल्छन् । शहिरो निद्रामा शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा अझ राम्रोसंग स्वास्थ्य लाभ प्राप्त गर्न भरपूर मद्धत मिल्दछ किनकी हरप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधानका लागि निद्रा अत्यन्तै महत्वपूर्ण र अचुक औषधी हो ।

@योगासनले शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै अवस्थाहरुको सर्वांगीण विकासमा सकारात्मक प्रभाव पार्ने हुनाले मनुष्यको स्मरण शक्ति, प्रतिभा, क्षमता, सिर्जनशीलता, सकारात्मकता, नयाँ काम गर्ने जोस, जाँगर, आट, साहस, आत्मबल, आत्मविश्वास बढाउछ । यसकासाथै आध्यात्मिक विकासमा पनि उल्लेख्य मद्धत मिल्छ ।

@योगासनका प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले मनुष्यको शरीर, मन, भाव, चित्त शुद्ध र स्वस्थ गराउने हुनाले उसको आन्तरिक सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द बढाउछ । मनुष्यको चित्त शुद्ध भएपछि उसका सबै प्रकारका सम्वन्धहरु सुमधूर हुन थाल्छन् र व्यवहार, आचरण, कारोबार व्यवस्थित हुन थाल्छन् । 

@योगीक साधनाका प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले मनुष्यको जीवनका स्वास्थ्य, सम्वन्ध, पेशा, व्यवसाय, कारोबार आदिका विभिन्न उतार–चढावहरु सन्तुलित तथा व्यवस्थित भएपछि विस्तारै उसको शरीर, मन तथा भाव स्थिर, शान्त र सन्तुलित रहन सहयोग पुग्ने भएकोले उभित्र कुनै एक विषयको धारणामा निरन्तरता दिनसक्ने तथा एकाग्र रहन सक्ने क्षमतामा वृद्धि हुन्छ र उसलाई क्रमिक रुपमा धारणा हुदै ध्यान, समाधिमा प्रवेश गर्न सजिलो हुन्छ । एकाग्रता तथा धारणा गहिरिदै गएपछि एक विशेष अवस्थामा ध्यानको अवस्था घटित हुन्छ । ध्यानको गहन अवस्थामा समाधि घटित हुन्छ र साधकको आध्यात्मिक प्रगतिको मार्ग प्रसस्त हुनथाल्छ र आध्यात्मिक विकासले गति लिन थाल्छ । यो अवस्थामा आफूभित्र सुसुप्त अवस्थामा दबेर रहेका जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु प्रष्फुटन गराउन मद्धत मिल्दछ ।   


समग्रमा, योगासनका नियमित रुपमा गरिने प्रयोगात्मक अभ्यास तथा व्यायामहरुले मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा सर्वांगीण विकास ल्याउन मद्धत गर्दछ र जीवनमा उसलाई चौतर्फि विकास तथा सफलता मिल्न शुरु हुन्छ । यस्तो अवस्थामा जीवनका सबै आयामहरुलाई आवश्यक परेका सबै तत्व, विषय तथा कुराहरु सहि समयमा उपलव्ध हुन प्रारम्भ हुन्छन् र जीवन पूर्णता उन्मुख बन्दै जान थाल्छ । योगासनका प्रयोगात्मक अभ्यास तथा व्यायामहरु सहि प्रक्रिया तथा विधि अनुसार गरिएका छन् भने श्वास–प्रश्वासका तथा प्राणायामका सामान्य प्रक्रियाहरु पनि योगासन संगसंगै आउछन् तथा गरिन्छन् र योगासनले श्वास–प्रश्वास सम्वन्धि क्रिया सहि तथा सन्तुलित राख्न मद्धत गर्दछ, श्वास–प्रश्वाससंग सम्वन्धित धेरै प्रकारका अस्वस्थताहरु ठिक गर्न पनि मद्धत गर्दछ र प्राणायाम क्रिया गर्न सहजता प्रदान गर्दछ, तसर्थ योगासनबाट प्राणायामका लाभहरुपनि मिल्न प्रारम्भ हुन्छन् ।


प्राणायाम 

प्राणायामको अभ्यास प्रत्यक्ष रुपमा श्वास–प्रश्वास तथा प्राण वायु अर्थात प्राण उर्जाको गतिसंग सम्वन्धित रहेको र प्राण उर्जाले मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्थासंग प्रत्यक्ष सरोकार राख्ने हुनाले प्राणायामका प्रयोगात्मक अभ्यासहरुले मन तथा भावनाका बेचैनी, असन्तुष्टी, गुनासो, तनाव, नकारात्मक विचार, अनियन्त्रित अति विचार तथा भावहरु हटाउनुका साथै शरीरका आन्तरीक अंगहरुको सुक्ष्म प्रक्रियाहरु सहि ढंगले सुचारु भैरन समेत मद्धत गर्दछन् । श्वासलाई सामान्य राख्नेदेखि लामो, गहिरो बनाउने तथा  रेचक–पूरक–कुम्भक गर्ने; सौम्य गतिका, तिब्र गतिका श्वास–प्रश्वासका प्रयोगात्मक अभ्यासहरु गर्ने; र अन्तर तथा वहिर कुम्भक आदिको नियमित अभ्यास गरेर प्राणायामका प्रयोगात्मक अभ्यासहरुबाट जीवनका अस्वस्थता, समस्या तथा चुनौतीहरुको सहि उपचार तथा समाधानमा उच्चस्तरको लाभ लिन सकिन्छ । नियमित रुपमा औषतमा ५ मिनेट तिब्रगतिमा गरिने भस्त्रिका प्रकारका प्राणायाम; १५ मिनेट सौम्यगतिमा गरिने अनुलोमविलोम तथा विज प्रकारका प्राणायाम; १० मिनेट नाडी सोधन; ५ मिनेट भ्रामरी प्राणायाम कम्तिमा ११ वा २१ वा ५१ वा अझबढि पटक अभ्यास गर्ने गर्दा शारीरिक पिडा, मानसिक तनाव, भावनात्मक अशान्ति, अनिद्रा, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, पागलपन, आत्महत्याको सोच, हिंसाको सोच जस्ता समस्या तथा विकारहरुको समाधानमा मद्धत मिल्दछ । योगीक साधनाको प्रमुख विद्या प्राणायामलाई काया अर्थात शरीर शुद्धि र चित्त अर्थात मन, भावना शुद्धिकालागि अत्यन्तै लाभकारी योगीक साधना विधिका रुपमा अनुशरण गर्दै आइएको पाइन्छ । यसकासाथै प्राणायामलाई सबैप्रकारका बिमारीहरुको चिकित्सक र औषधीका रुपमा समेत लिने गरिन्छ । प्राणायाम तथा श्वास–प्रश्वासका विशेष तथा सामान्य प्रयोगात्मक अभ्यासहरुले शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा सकारात्मक प्रभाव पार्ने हुनाले ध्यानकालागि आवश्यक अवस्था एकाग्र हुनसक्ने क्षमता तथा धारणाको क्षमता बढाउन र ध्यानको अवस्था घटित गराउन अत्यन्तै महत्वपूर्ण र प्रभावकारी ढंगले मद्धत मिल्छ । नियमित योगीक प्राणायामका प्रक्रिया, क्रिया, विधि तथा पद्धतिहरु अनुशरण गर्ने साधकको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्था शुद्ध, सक्रिय, स्वस्थ र सन्तुलित हुन्छ । उसको आध्यात्मिक प्रगति तथा विकास पनि राम्रो हुदै जाने हुनाले आत्मज्ञान हासिल गरेर मोक्षको मार्गमा अग्रसर हुन समेत सक्षम हुन्छ किनकी निष्ठापूर्वक योगीक मुद्राका नियमित रुपमा गरिने प्रयोगात्मक अभ्यासहरुले अभ्यासकर्ता तथा साधकलाई दिव्यताको नजिक पुर्याउन मद्धत गर्दछन् । यस्तै प्रकारले योगीक साधनाका क्रिया, मुद्रा, वन्धहरुका पनि आ–आफ्नै प्रकारका सकारात्मक लाभ तथा उपलव्धिहरु रहेका छन् ।


षटक्रिया 

(१)नेति, (२)धोति, (३)नौलि, (४)वस्ति, (५)कपालभाति, (६)त्राटक छ प्रकारका योगीक षटक्रियाका प्रक्रिया, क्रिया, विधि तथा पद्धतिहरुलाई नियमित अनुशरण गर्ने साधकको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्था शुद्ध, सक्रिय, स्वस्थ र सन्तुलित हुन्छ । उसको आध्यात्मिक प्रगति तथा विकास पनि राम्रो हुदै जाने हुनाले आत्मज्ञान हासिल गरेर मोक्षको मार्गमा अग्रसर हुन समेत सक्षम हुन्छ किनकी निष्ठापूर्वक योगीक षटक्रियाका नियमित रुपमा गरिने प्रयोगात्मक अभ्यासहरुले अभ्यासकर्ता तथा साधकलाई दिव्यताको नजिक पुर्याउन मद्धत गर्दछन्  । 

 

मुद्रा

(१)इन्द्र मुद्रा, (२)वरुण मुद्रा, (३)पृथ्वी मुद्रा, (४)सूर्य मुद्रा, (५)आकाश मुद्रा, (६)शुन्य मुद्रा, (७)ज्ञान मुद्रा, (८)वायू मुद्रा, (९)ब्यान मुद्रा, (१०)उदान मुद्रा, (११)प्राण मुद्रा, र (१२)अपान मुद्रा । मुद्राका प्रकारहरु धेरै रहेका भएपनि सामान्य व्यवहारमा अभ्यास गरिने यहाँ उल्लेखित प्रमुख १२ प्रकारका योगीक मुद्राका प्रक्रिया, क्रिया, विधि तथा पद्धतिहरुलाई नियमित अनुशरण गर्ने साधकको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्था शुद्ध, सक्रिय, स्वस्थ र सन्तुलित हुन्छ । उसको आध्यात्मिक प्रगति तथा विकास पनि राम्रो हुदै जाने हुनाले आत्मज्ञान हासिल गरेर मोक्षको मार्गमा अग्रसर हुन समेत सक्षम हुन्छ किनकी निष्ठापूर्वक योगीक मुद्राका नियमित रुपमा गरिने प्रयोगात्मक अभ्यासहरुले अभ्यासकर्ता तथा साधकलाई दिव्यताको नजिक पुर्याउन मद्धत गर्दछन्  ।

बन्द

योगीक साधनामा प्रमुख तीन प्रकारका बन्दहरु रहेका छन्– (१)मूल बन्द(मलद्वार संकुचन), (२)उड्यान बन्द(नाभि क्षेत्र संकुचन), र (३)जालन्धर बन्द (गलाक्षेत्र संकुचन)लाई नियमित तवरले प्रयोगात्मक अभ्यास गरेर सहज प्रकारले शारीरिक, मानसिक तथा भावनात्मक रुपमा समग्र स्वास्थ्य हासिल गर्न सकिन्छ । योगीक बन्दका प्रक्रिया, क्रिया, विधि तथा पद्धतिहरुलाई नियमित अनुशरण गर्ने साधकको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्था शुद्ध, सक्रिय, स्वस्थ र सन्तुलित हुन्छ । उसको आध्यात्मिक प्रगति तथा विकास पनि राम्रो हुदै जाने हुनाले आत्मज्ञान हासिल गरेर मोक्षको मार्गमा अग्रसर हुन समेत सक्षम हुन्छ किनकी निष्ठापूर्वक योगीक बन्दका नियमित रुपमा गरिने प्रयोगात्मक अभ्यासहरुले अभ्यासकर्ता तथा साधकलाई दिव्यताको नजिक पुर्याउन मद्धत गर्दछन्  ।


अन्त्यमा

योगीक साधनाका सबैप्रकारका गतिविधिहरु- शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम र शरीर तन्काउन गरिने योगासनका सबै प्रकारका गतिविधिहरु गरिरहदा आफ्नो शरीर मन, भावनामा भएका क्षण-क्षणका महसुस, अनुभव तथा अनुभूतिहरु जस्तोकि श्वास-प्रश्वास बढेको तथा घटेको; मुटुको धड्कन बढेको; रंक्तसंचार र उर्जाको प्रवाह बढेको; शरीरका अंगहरुमा दबाव तथा खिचाव आएको; शरीरमा पसिना आएको, गर्मीं तथा ठण्डाको महसुस भएको आदि अवस्थाहरुमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्दछ ताकि मन तथा ध्यान अरु अनावश्यक तथा नकारात्मक विचारहरुमा जान नसकोस् । यसरी योगासनका हरप्रकारका गतिविधिहरु गर्दा शरीरका अंगहरुमा भएका गतिविधिहरुमा आफ्नो मन तथा ध्यानलाई केन्द्रित गर्दा श्वास तथा प्राण वायू तथा ब्रम्हाण्डिय महाउर्जा तत तत क्षेत्रमा पुग्ने हुनाले व्यायाम तथा आसनहरुबाट हुने सकारात्मक लाभहरुमा उल्लेख्य बढोत्तरी आउछ र योग साधक हरप्रकारले स्वस्थ, आरोग्य, सुखी, खुशी, शान्त र आनन्दित हुदै जान्छ । क्रमिक रुपमा उसको जीवन सहज, सरल, सक्रिय, सन्तुलित, व्यवस्थित, समृद्ध र सफल हुदै जान्छ र उ परिवार, समाज, राज्य, विश्व समाज, मानवीयता, प्रकृति सबैतिर योगदान दिनसक्ने सुयोग्य नागरिक बन्दछ । यसरी आफ्नो शरीरमा भैरहेका महसुस, अनुभव तथा अनुभूतिका अवस्थाहरुमा आफ्नो मन तथा ध्यानलाई केन्द्रित गर्नु वर्तमानमा साक्षी रहनु हो र यो प्रक्रिया पतंजलि योगसुत्रको छैठौं अंग धारणाको एक अत्यन्तै महत्वपूर्ण अवस्था हो । धारणा तथा एकाग्रताको अर्थ कुनै एक विषय तथा वस्तुमा आफ्नो मन तथा ध्यानलाई निरन्तर लामो समयसम्म टिकाएर स्थिर भएर रहन सक्नु हो । धारणा तथा एकाग्रताका अवस्थाहरुका सकारात्मक लाभहरु धेरै रहेका छन्, धारणा गरिरिदै गएपछि ध्यानको अवस्था घटित हुने र ध्यान गरिरिदै गएपछि समाधिको अवस्था घटित हुने हुनाले र योगीक साधनाका प्रयोगात्मक अभ्यास तथा व्यायामहरु गर्दा योगासन, प्राणायााम, क्रिया, मुद्रा, बन्द, धारणा, ध्यान, समाधि सबैको सकारात्मक लाभ तथा उपलव्धिहरु प्राप्त हुन्छन् र साधकको आध्यात्मिक विकासमा समेत उल्लेख्य मद्धत मिल्दछ ।


 छिट्टै,

प्राणको आयाम मिलाउने योगीक साधना विधि प्राणायामको प्रभावकारिता


 


No comments:

Post a Comment