'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २४४ वटा लेख समाहित छन् !

Thursday, 9 October 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -२४

 डासिर्जना भण्डारी

  #अध्यात्म_दर्शन #जीवन_दर्शन 


जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा

योगीक साधना विधि प्राणायामको वैज्ञानिता र प्रभावकारिता


योगीक साधना विधि प्राणायामको पृष्ठभूमि

सनातन अध्यात्म दर्शनका प्रमुख विषयहरु मध्य अत्यन्तै महत्वपूर्ण ‘योग विज्ञान’ अन्तर्गत सैद्धान्तिक तथा व्यवहारिक अर्थात मानिसक तथा शारीरिक रुपमा गरिने यम, नियम, योगाासन, प्राणायाम, क्रिया, मुद्रा, बन्द, प्रत्याहार, धारणा, ध्यान, समाधिका सबैप्रकारका प्रयोगात्मक अभ्यासका गतिविधिहरु योगीक साधना अन्तर्गत पर्दछन् । ‘प्राण’ र ‘आयाम’ दुई शव्द मिलेर बनेको एकिकृत शव्द प्राणायामको शाव्दिक अर्थ प्राणको आयाम अर्थात प्राणको भित्र जाने र वाहिर निस्कने क्रिया तथा प्रक्रिया हो । प्राण तथा प्राण उर्जालाई श्वास पनि पनि भनिन्छ तर सनातन योग विज्ञानका अनुसार श्वास नै प्राण उर्जा होइन अर्थात यी अलग–अलग हुन् । मनुष्यको फोक्सोले फेर्ने श्वास ‘वायू’ अर्थात ‘हावा’ हो र श्वासको माध्यमबाट मनुष्यको शरीरभित्र प्रवेश गर्ने प्राण उर्जा ‘ब्रम्हाण्डिय विराट महाउर्जा’ को सुक्ष्म अंश हो । प्राण उर्जा शरीरभित्र जाने पक्रिया ‘श्वास’ हो र प्राण उर्जा शरीरबाट वाहिर निस्कने प्रक्रिया ‘प्रश्वास’ हो अर्थात प्राण उर्जालाई वाहिर र भित्र गराउने श्वास–प्रश्वासको क्रिया, प्रक्रिया तथा आयाम नै प्राणायाम हो । श्वास तथा वायूको माध्यमबाट मनुष्यको शरीरभित्र प्रवेश गरेको प्राण उर्जाले शरीर तथा स्वास्थ्यका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक आयामहरुलाई हरप्रकारले शुद्धिकरण गरेर स्वस्थ, शुद्ध, आरोग्य, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्ने काम गर्दछ । 


सामान्य रुपमा चलिरहेको श्वास–प्रश्वास तथा प्राण उर्जाको आयामलाई थोरै फेरबदल गरेर व्यवस्थित तरिकाले प्रयोगात्मक अभ्यास गरियो भने यसको सकारात्मक प्रभावले हाम्रो शरीर, मन, भावलाई सन्तुलित तथा सुरक्षित राख्न र आ–आफ्ना क्रियाहरु सहि ढंगले सुचारु गर्न सक्ने बनाउछ । प्राचीनकालदेखि नै श्वास–प्रश्वासको क्रिया तथा प्रक्रियालाई सन्तुलित बनाएर मनुष्यलाई पूर्णताको जीवन जीउन आवश्यक पर्ने स्वस्थ, सुख, खुशी, शान्ति, आनन्द हासिल गर्न सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानले दैनिक जीवनमा निष्ठापूर्व नियमित रुपले प्राणायामका पूर्णतः वैज्ञाननिकतामा आधारित विधि तथा पद्धतिहरुको प्रयोगान्तमक अभ्यास गर्न जोड दिदै आइरहेको छ । प्राणायामका प्रयोगात्मक अभ्यासहरुले मनुष्यको अनस्थुल तथा सुक्ष्म अस्तित्वमा रहेका मानसिक तथा भावनात्मक शरीरका सुक्ष्म प्रक्रियाहरुलाई सन्तुलित बनाउन मद्धत गर्नुकासाथै स्थुल शरीरका आन्तरिक अंग र तिनका सुक्ष्मतम प्रक्रियाहरुलाई समेत सन्तुलित गर्न मद्धत गर्दछ र शारीरिक, मानसकि, भावनात्मक शरीरलाई शुद्ध, सन्तुलित, सक्रिय र व्यवस्थित बनाएर राख्दछ । प्राणायामले मनुष्यको सुक्ष्म शरीरका अंगहरु नाडि तथा चक्रहरुमा प्राण उर्जाको प्रवाह सक्रिय बनाइराख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ जसको माध्यमबाट मनुष्यको शरीरका सबै आयामहरुमा प्राण उर्जा अर्थात जीवन उर्जा अर्थात ब्रम्हाण्डिय महाउर्जा सन्तुलित रुपमा संचारीत हुन्छ । योगीक साधना अन्तर्गत पर्ने दुई प्रमुख विषय योगासन र प्राणायामका पूर्णतः वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुको निष्ठापूर्वक नियमित प्रयोगात्मक अभ्यासहरुबाट मनुष्यको स्थुल शरीरमा आराम, मनमा स्थिरता र एकाग्रता, भावमा शुद्धता र सकारात्मकता तथा शरीर र स्वास्थ्यका सबै अयामहरुमा आरोग्यता स्थापित गरेर जीवनमा पूर्णता हासिल गर्न सकिन्छ । 


योगीक साधना विधि प्राणायामको पराभौतिक अवधारणा

ब्रम्हाण्डको सृष्टिकर्ता परब्रम्ह अर्थात इश्वर अर्थात परमात्माले हरेक मनुष्यलाई प्रदान गरेको उसको महत्वपूर्ण अंश आत्मा अर्थात चेतना अर्थात प्राण उर्जा अर्थात ब्रम्हाण्डिय उर्जालाई मनुष्यभित्र सुरक्षितसाथ राख्नकालागि एक भरपर्दो तथा प्रभावकारी यन्त्र तथा उपकरणको रुपमा पंचतत्वको संम्योगले बनेको हड्डि र मांसपेसीको पिण्ड स्थुल शरीरको निर्माण गर्यो दृश्य रुपमा र यही स्थुल तथा शारीरिक शरीरमा अदृश्य रुपमा सुक्ष्म शरीरहरु मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरको निर्माण गर्यो । परमात्माले मनुष्यको यही स्थुल तथा सुक्ष्म शरीर भित्र यिनकै सुरक्षाकोलागि सबैभन्दा ठूलो चिकित्सकको रुपमा श्वास तथा प्राणलाई राखिदियो र औषधीका सबै कारखानाका रुपमा रसायन ग्रन्थीहरु राखिदियो । संसारमा अत्यन्तै कम मनुष्यहरु छन् जो आफ्नो शरीरभित्रै रहेको आफ्नो सर्वश्रेष्ठ चिकित्सक ‘श्वास’ र रसायन जन्य अमृत उत्पादन गर्ने औषधीका कारखानाहरुका बारेमा जान्दछन् । यसबारे थोरबहुत जान्नेहरु मध्य पनि अत्यन्तै कम छन् जो श्वास तथा प्राणवायू तथा प्राण उर्जालाई चिकित्सकको रुपमा र शरीरभित्रै रहेका ग्रन्थीहरुलाई औषधीका कारखानाको रुपमा उपयोग गरेर आफ्नो शरीर तथा स्वास्थ्यका आयामहरुको अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपचार तथा समाधान गर्ने गर्दछन् । केही साधु, सन्त, योगी, महात्माहरु भन्दा बाहेक आफ्नो स्थुल शरीरको दृश्य फोक्सोमा निरन्तर चलिरहेने अदृश्य चिकित्सक श्वास–प्रश्वास र स्थुल शरीरका दृश्य औषधी कारखानामा ग्रन्थीहरु(ग्ल्याण्डस्) को माध्यमबाट निरन्तर उत्पादन भैरहेने ग्रन्थीरसहरुलाई परिचालन गर्ने मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा रहेको अदृश्य प्रमुख सात चक्रहरुको सहि पहिचान र उपयोग गरेर आफ्नो शरीर तथा स्वास्थ्यका सबै आयामहरुलाई स्वस्थ, आरोग्य, तन्दुरुस्त, ताजा, शुद्ध, सन्तुलित, सक्रिय तथा व्यवस्थित राख्न कसैले जानेनन् । आधूनिक जीवनशैलीसंगै यो ज्ञान दिनप्रतिदिन लोप हुदै गैरहेको छ । सनातन अध्यात्म दर्हनको प्रमुख विषया योग विज्ञानका अनुसार मनुष्यले आफ्नो सबैभन्दा निकटतम चिकित्सक श्वास र अदृश्य रुपमा रहेका प्रमुख सात चक्रहरु तथा यिनै चक्रलाई प्रतिनिधित्व गर्ने दृश्य प्रमुख सात ग्रन्थीहरुलाई औषधि कारखानाका रुपमा सहि प्रकारले उपयोग गर्न जान्यो भने यसले वर्तमानमा शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा भएका सबैप्रकारका रोग, अस्वस्थता, समस्या तथा चुनौतीहरुलाई निको गर्नुका साथै रोगसंग लड्ने क्षमता बढाउछ र भविश्यमा फेरी कहिल्यै रोग, अस्वस्थता, समस्या तथा चुनौतीहरुले नसताउने, दृढतापूर्वक तिनको सामना गर्नसक्ने क्षमतावान बनाउछ । यसकासाथै श्वास र ग्रन्थी तथा चक्रहरुको सहि उपयोगले मनुष्यको आध्यात्मिक विकासमा पनि उल्लेख्य  प्रगति हुन थाल्छ । 



श्वास तथा प्राणको वास्तविकता र योगीक महत्व 

सनातन शास्त्रहरुमा श्वासलाई प्राण उर्जा तथा जीवन उर्जा भनेर पनि उल्लेख गरिएको पाइन्छ । मनुष्यको शरीरमा श्वास अर्थात प्राण उर्जा तथा जीवन उर्जा रहनु भनेको उसको जीवित अवस्था हो र श्वास अर्थात प्राण उर्जा तथा जीवन उर्जा नरहनु मृत्युको अवस्था हो । श्वास मनुष्यको भौतिक जगत तथा स्थुल शरीर र पराभौतिक जगत अर्थात सुक्ष्म शरीर(आत्मा अर्थात चेतना)संग जोड्ने प्रमुख कडी हो र यही श्वासले नै मनुष्यको आत्मालाई परमात्मासंग पनि जोड्दछ योगीक साधनाको माध्यमबाट आफूमा आध्यात्मिक विकास गरेर । मनुष्य र श्वासको प्राकृतिक प्रक्रियाको दृष्टिकोणबाट हेर्दा– जव ९० दिपछि आमाको गर्भमा रहेको भ्रुणमा श्वासको आयाम प्रारम्भ हुन्छ तव त्यतिबेलासम्म जड तथा अचल पदार्थको रुपमा रहेको भ्रुण चल्न थाल्छ किनकी श्वासको आयाम प्रारम्भ भएपछि भ्रूणमा प्राण अर्थात आत्मा अर्थात चेतनाको संचार हुन्छ र आमाको गर्भमा बच्चा जिवित जीवको रुपमा हुर्कन थाल्छ । गर्भावस्थाको समय पूरा भएपछि उक्त हुर्केको भ्रुण पूर्ण मनुष्य शरीरको रुपमा जन्मिएर यस धर्तीमा अवतरित हुन्छ र निरन्तर श्वास लिदै–छोड्दै हुर्कन्छ, जीवन जिउछ, कर्म गर्छ र शरीरको आयु पुगेपछि मृत्युवरण गर्छ । मृत्युवरण गर्नुअघिसम्म श्वासले जोडेर राखेको कारण एकसाथ रहेका मनुष्यको स्थुल शरीर र सुक्ष्म शरीर(आत्मा अर्थात चेतना) श्वास छुटेपछि एकअर्कोबाट अलग हुन्छन् । पंचतत्वबाट निर्मित स्थुल शरीर भौतिक संसार अर्थात प्रकृतिमै रहन्छ र अन्तिम संस्कारको माध्यमबाट पुनः पंचतत्वमै फर्कन्छ र ब्रम्हाण्डिय महाउर्जाबाट निर्मित सुक्ष्म शरीर पराभौतिक संसारमा रहेको आफ्नो मूलस्वरुप परमात्मामा फर्कन्छ । परमात्मा प्रकृति तथा ब्रम्हाण्डबाट अलग विषय होइन, सबै प्राणीहरुको आत्माहरुको सामुहिक विराट स्वरुपनै परमात्मा हो जसरी जलका सबैप्रकारका श्रोतहरुको एउटै स्वरुप विराट महासागर हो ।


यसरी श्वासको वियोग तथा मृत्युवरण पश्चात मनुष्यको आत्मा अर्थात चेतना आत्मलोक अर्थात सुक्ष्म जगत अर्थात पराभौतिक संसार अर्थात परमात्माको लोकमा फिर्ता जान्छ र अर्को जन्मको प्रक्रियामा प्रवेश गर्छ । मनुष्यको सुक्ष्म शरीर अर्थात आत्मा आफूले स्थुल शरीरमा रहदा गरेका राम्रा–नराम्रा सबैप्रकारका क्रियमाण, संचित तथा प्रारव्ध कर्महरु भुक्तान गर्नसक्ने उपयुक्त गर्भ नपाउन्जेल सुक्ष्म अर्थात आत्मा स्वरुपमै रहिरहन्छ पराभौतिक जगतमा । उपयुक्त गर्भ पाएर अर्को जन्म अर्थात पूनरजन्म लिएर फेरी पराभौतिक संसारबाट भौतिक संसारमा अर्थात सुक्ष्म शरीरबाट स्थुल शरीरमा आउछ, फेरी जान्छ, फेरी आउछ, फेरी जान्छ..., यसरी आउने र जाने अर्थात जन्मिने र मर्ने प्रक्रिया निरन्तर तवसम्म चलिरहन्छ जवसमम उसको सुक्ष्म शरीरमा रहेका कर्मका बन्धनहरु तथा कारण शरीरको अस्तित्व निमिट्यान्न भएर सकिदैनन् । मनुष्य हरेक जन्म आफ्नो प्रारव्ध तथा संचित कर्मको चुक्तारा तथा निवारण गर्न र आफ्नो आत्मा अर्थात चेतनाको विकास गर्न धर्तीमा जन्मिन्छ, पूराना प्रारव्ध कर्महरु चुक्तारा त गर्छ तर फेरी कर्महरु बनाउछ र नयाँ कर्महरु भोग्न फेरी बारबार आइरहन्छ । मनुष्य मोक्षमा उपलव्ध नहुन्लेल तथा परमात्मामा एकाकार(योगस्थ) नहुन्जेल यो प्रक्रिया हजारौं हजार जन्मसम्म चलिनै रहन्छ ।


योगीक श्वास तथा प्राण उर्जा किन महत्वपूर्ण छ ?

मनुष्य खानाबिना केही महिना, पानीबिना केही दिन र श्वास तथा हावाबिना केही मिनेट मात्र जीवित रहन सक्छ, यसकारण मनुष्यको जीवनकालागि प्राकृतिक रुपमा सर्वाधिक महत्वपूर्ण कुरा श्वास तथा प्राण उर्जा हो । योग विज्ञानका अनुसार मनुष्यको जीवनमा व्यवहारिक रुपमा पनि श्वास तथा प्राण उर्जा नै सर्वाधिक महत्वपूर्ण कुरा हो किनकी शरीर तथा स्वास्थ्यका आयामहरुको आरोग्यताका लागि श्वास तथा प्राण उर्जा स्वयं चिकित्सक हो र शरीरमा औषधि उत्पादन गर्ने कारखाना पनि हो । श्वास तथा प्राण उर्जा लगायत मनुष्यको शरीरमा अरुपनि धेरै प्रकारका चिकित्सक र औषधिका कारखानाहरु रहेका छन् जसले शरीरका आयामहरुमा सकारात्मक उर्जा उत्पादन गर्दछन् र यी सबै श्वास तथा प्राण उर्जाकै माध्यमबाट नै संचालित र सक्रिय भैरहेका हुन्छन् । योगीक श्वास तथा प्राण उर्जाको सन्तुलित तथा व्यवस्थित आयाम ‘प्राणायाम’को माध्यमबाट शरीरका अरु चिकित्सक र औषधिका कारखानाहरुलाई सक्रिय गराएर शरीर र स्वास्थ्यका सबै आयामहरुलाई स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न सकिन्छ, यसकारण योगीक श्वास तथा प्राण उर्जाको आयाम ‘प्राणायाम’ सर्वाधिक महत्वपूर्ण छ । 


स्वास्थ्यको मूलआधार प्राणिक तथा उर्जा शरीर

मनुष्यको शरीरका आयामहरुमा भौतिक तथा स्थुल शरीर दृश्य आयाम हो र बाँकी तीनवटा मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरहरु नदेखिने तथा अदृश्य अवस्थामा रहेका शरीरका पराभौतिक आयामहरु हुन् । मनुष्यको स्वास्थ्य र व्यक्तित्वको मूलआधार उसको प्राणिक शरीर (एस्ट्रल बडी) अर्थात उर्जा शरीर अर्थात सुक्ष्म शरीर हो जस अन्तर्गत मूलरुपमा मानसिक, भावनात्म, आत्मिक अर्थात चेतनात्मक अदृश्य शरीरहरु पर्दछन् । यद्धपि प्राणिक तथा उर्जा शरीरको निर्माण र सन्तुलनतामा दृश्य र अदृश्य सबै शरीरका आयामहरुको उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ । स्थुल शरीर दृश्य छ तर प्राणिक, उर्जा तथा सुक्ष्म शरीर अदृश्य रुपमा प्रकाश स्वरुपमा रहेको हुन्छ र यस्तो प्रकाश उर्जाको तरंगमा अदृश्य रुपमा निरन्तर हाम्रो वरिपरि प्रवाहित भैरहेको हुन्छ । मनुष्यको प्राणिक तथा उर्जा शरीरको दायरा तथा फैलावट निकै फराकिलो हुन्छ, अनुमानित मान्यता अनुसार प्राणिक हरीरको प्रकाश तथा उर्जाको तरंग स्थुल शरीरको सिमा भन्दा वाहिर तीन फिट(आमव्यक्तिको)देखि हजारौं फिट(आध्यात्मिक व्यक्तिको)सम्म फैलिएको हुन्छ अदृश्य रुपमा । तर अध्यात्म विज्ञान तथा योग विज्ञानको पर्याप्त ज्ञानको अभावका कारण प्राय आममनुष्यहरुमा आफ्नो प्राणिक तथा उर्जा शरीरको सन्दर्भमा भ्रामक बुझाई रहदै आएको पाइन्छ । उनीहरु ठान्छन् आभामण्डल अर्थात उर्जा क्षेत्र तथा प्राणिक शरीर दृश्यमा रहेको स्थुल शरीरभित्र रहेको हुन्छ तर यो बुझाइ विलकुल असत्य हो, अपर्याप्त ज्ञानका कारण यस्तो बुझाइ रहदै आएको हो, सर्वप्रथम यस्तो अज्ञानतालाई चिर्नु अत्यावश्यक छ । मनुष्यको स्थुल शरीरको दायरा अत्यन्तै सिमीत हुन्छ, स्थुल शरीर प्राणिक तथा उर्जा शरीरको अत्यन्तै सानो हिस्सा तथा अंश मात्र हो र दृश्य स्थुल शरीर अदृश्य प्राणिक तथा उर्जा शरीरभित्र रहेको हुन्छ । प्राणिक तथा उर्जा शरीर अदृश्य रहेको र स्थुल शरीर दृश्य रहेको काराण आममनुष्यलाई यस्तो भ्रम भएको हो । योग विज्ञान अनुसार प्राणिक तथा उर्जा शरीरलाई सुक्ष्म शरीर, आत्मिक शरीर, चेतनात्मक शरीर, उर्जा क्षेत्र, आभामण्डलको रुपमा र आधूनिक भौतिक विज्ञानको नवीनतम शाखा प्रमात्रा विज्ञान(क्वान्टम साइन्स)का अनुसार चुम्बकिय विद्युत क्षेत्र(इलेक्ट्रो मेग्नेटिक फिल्ड और क्वान्टम फिल्ड), स्थुल शरीरबाट निस्कने प्रकाशका सुक्ष्म कणहरु(फोटोन्स अफ लाइट)का रुपमा परिभाषित गरिदै आइएकोे छ । 


प्राणिक तथा उर्जा शरीर र स्वास्थ्यको अन्तरसम्वन्ध

सनातन दृष्टकोणमा अध्यात्म विज्ञानका अनुसार तीन प्रकारका शरीरको संयोगले समग्रतामा मनुष्यको भौतिक र पराभौतिक विराट शरीरको निर्माण भएको छ– (१)भौतिक तथा स्थुल शरीर(सटल बडी), (२)आत्मा तथा सुक्ष्म शरीर(एस्ट्रल बडी), र (३)परमात्मा तथा कारण शरीर (कजल बडी) । सनातन योग दर्शनका अनुसार यी तीन शरीरहरुको संयोगले निर्माण भएको मनुष्यको विराट, विशाल, अनन्त आत्मा तथा सुक्ष्म शरीरको अदृश्य उर्जा क्षेत्र तथा आभामण्डलभित्र सानो तथा सिमीत दृश्य भौतिक तथा स्थुल शरीर अवस्थित रहेको हुन्छ । मनुष्यको शरीरका आयामहरुको उर्जाको सन्दर्भमा विश्वव्यापि रुपमा गरिएका वैज्ञानिकतामा आधारित अध्ययन, अनुसन्धान तथा खोजका प्रामाणिक तथ्यांकहरुबाट आएका नतिजाहरुका अनुसार उर्जा विशेषज्ञहरुले भन्दै आइरहेकाछन् कि मनुष्यको भौतिक तथा स्थुल शरीर अस्वस्थ हुदा शरीरमा देखिने लक्षण तथा परिवर्तनहरु यसअघिनै उसको प्राणिक तथा उर्जा शरीर अर्थात सुक्ष्म शरीर(एष्ट्रल शरीर) अर्थात आभामण्डलमा देखा पर्दछन् । मनुष्यले प्राणिक तथा उर्जा शरीरलाई स्वस्थ बनाउने योगीक साधनाका विधिहरु प्राणायाम, योगासन, मुद्रा, क्रिया, बन्द, भारण, ध्यानका प्रयोगात्मक अभ्यासका उपायहरु सहि प्रक्रिया अपनाएर अनुशरण गर्यो भने यी अभ्यासहरुले उसको प्राणिक तथा उर्जा शरीर स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुन्छ र भौतिक तथा स्थुल शरीरमा देखिएका अस्वस्थता तथा समस्याका लक्षणहरु हराउदै जान्छन् र शरीर आफैं स्वस्थ तथा सन्तुलित हुदै जान्छ । 


भौतिक तथा स्थुल शरीरमा देखिएका अस्वस्थता तथा समस्याहरु ठिक गर्न स्थुल शरीरमा काम गर्दा लामो समय लाग्न सक्छ र परिणाम सकारात्मक, नकारात्मक र निराशाजनक सबैप्रकारको आउन सक्छ तर योगीक साधनाको अनुशरण गरेर प्राणिक तथा उर्जा शरीरमा काम गर्दा अस्वस्थता तथा समस्याहरु छिटो उपचार तथा समाधान हुन्छन् र परिणाम सकारात्मक आउछ किनकी प्राणिक तथा उर्जा शरीरको उपचार पद्धतिका कुनैपनि नकारात्मक अतिरिक्त प्रभावहरु हुदैनन् किनकी योगीक साधनाका प्राणायाम, योगासन, क्रिया, मुद्रा, बन्द, धारणा, ध्यानका उपचार विधि तथा पद्धतिहरु सबैकालागि उपयुक्त र सहज हुने सरल प्रकारका तर अत्यन्तै प्रभापकारी र परिणाममुखी रहेकाछन् । यस अर्थमा स्वास्थ्य तथा आरोग्यताका दृष्किोणले प्राणिक तथा उर्जा शरीर प्रमुख तथा नियन्त्रक हो र स्थुल शरीर सहायक तथा नियन्त्रित हो भनेर स्पष्ट रुपमा मान्न र बुझ्न सकिन्छ । यस अनुसार प्राचीन पूर्वीय(प्राच्य) समाज तथा सभ्यताका व्यवहारिक पक्षहरुको सुक्ष्म अध्ययन गर्दा सनातन ज्ञानका विरासत अध्यात्म चिकित्सा, योग चिकित्सा तथा ध्यान चिकित्सा मनुष्यको प्राणिक तथा उर्जा शरीरको उपचार गर्ने प्राचीन र अत्यन्तै प्रभावकारी चिकित्सा पद्धतिहरु हुन् र यी चिकित्सा पद्धतिहरुको माध्यमबाट प्राणिक तथा उर्जा शरीरलाई स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित राखियो भने मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरु, शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरमा देखिएका अस्वस्थता तथा असन्तुलनहरु स्वतः स्वमा स्थित स्वस्थ तथा आरोग्य हुन्छन् । सनातन अध्यात्म विज्ञानका मनुष्यको शरीरका आयामहरुको उर्जा शुद्ध, सन्तुलन तथा सक्रिय गर्ने सबै प्रकारका उपचार पद्धतिहरु– योग चिकित्सा, ध्यान चिकित्सा, प्राण उर्जा(रेकी) चिकित्सा, प्राकृतिक चिकित्सा, मर्म चिकित्सा, ध्वनि चिकित्सा, धूवाँ चिकित्सा, सुगन्ध चिकित्सा, पोषण चिकित्सा, प्रकृति चिकित्सा, मनो चिकित्सा, दृश्य–कल्पना चिकित्सा, आत्मसन्देश चिकित्सा, सकारात्मकता, सेवा आदि सबै चिकित्सा पद्धतिहरु प्रत्यक्ष तथा अप्रत्यक्ष किसिमले कुनैनकुनै रुपमा ब्रम्हाण्डिय महाउर्जासंग नै सम्वन्धित रहेका छन् जुन हाम्रो प्राणिक तथा उर्जा शरीरको मूल श्रोत हो । तसर्थ प्राणिक तथा उर्जा शरीरको सहि ढंगले उपचार गर्नकालागि सर्वप्रथम हरेक मनुष्यले आफ्नो प्राणिक तथा उर्जा शरीरको संरचना(एनोटोमी), प्रकार तथा आवश्यकता बुझ्नु अपरिहार्य हुन्छ ।


यी सबै प्रकारका चिकित्सा पद्धतिहरुमा भौतिक तथा पराभौतिक दुवै प्रकारका लाभ प्रदान गर्न सक्ने योग चिकित्सा पद्धतिलाई व्यवहारिक रुपमा सर्वाधिक महत्वपूर्ण र प्रभावशाली मान्दै आइएको छ र योग चिकित्सा पद्धतिमा सर्बाधिक महत्वपूर्ण भूमिका तथा योगदान योगीक प्राणायामका पूर्णतः वैज्ञाननिकतामा आधारित विधि, पद्धति तथा प्रक्रियाहरुको रहदै आएको छ, यसकारण पूर्ण आरोग्यताका लागि योगीक श्वास–प्रश्वास तथा प्राण उर्जाको आयाम ‘प्राणायाम’को महत्व रहदै आएको छ । योगीक साधना प्राणायामको उच्चतम लाभ हासिल गर्न श्वास–प्रश्वासका सबैलै सजिलै गर्न सकिने सामान्य प्रयोगात्मक अभ्यास लामो–गहिरो श्वास तथा प्राणको आयामबाट प्रारम्भ गर्न सकिन्छ ।


लामो–गहिरो श्वास तथा प्राणको आयामबाट हुने स्वास्थ्य लाभहरु

पूर्ण रुपमा स्वस्थ रहनका लागि हरेक मनुष्यले श्वासको विज्ञान तथा प्राणायामको विज्ञान जान्नु अत्यावश्यक हुन्छ । सामान्य श्वास–प्रश्वासमा अक्सिजन शरीररभित्र जान्छ र कार्बनडाइ अक्साइड वाहिर निस्किन्छ, यो प्रक्रियाले शरीरलाई सामान्य लाभ हुन्छ तर लामो–गहिरो श्वास तथा प्राणको आयामबाट शरीर, मन, भावनामा धेरै प्रकारका सामान्य तथा असामान्य लाभहरु हासिल हुन्छन् र पूर्णरुपमा शरीर स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुन्छ । 

लामो–गहिरो श्वास तथा प्राणको आयाम गर्दा,
@फोक्सो भरिको श्वासको दबाव र अक्सिजनको पर्याप्तताका कारण शरीरभित्रका हानिकारक व्याक्टेरियाहरु नष्ट हुन्छन् र लाभदायक व्याक्टेरियाहरु विशेष गरि पेटका व्याक्टेरिय (गट व्याक्टेरिया)मा वृद्धि हुन्छ ।  
@श्वासको तेज प्रवाह, दबाब र अक्सिजनको पर्याप्तताले शरीर, मन, भावनामा धेरै प्रकारका सकारात्मक फेरबदलहरु आउछन् । शरीरका कोशिका, मांसपेसी, रक्तकण तथा नश–नाडीहरुको रोगसंग लड्ने क्षमतामा बढोत्तरी आउछ । शरीरमा आराम, मनमा एकाग्रता, भावनामा शान्ति छाउछ र यो अवस्थामा शारीरिक लगायत मानसिक तथा भावनात्मक अस्वस्थताहरुको स्वतः उपचार हुन प्रारम्भ हुन्छ आफूले थाहा नपाइकन नै ।
@अक्सिजनको पर्याप्तताका कारण अस्तिमज्जा(बोनम्यारो)मा नयाँ–नयाँ कोष तथा रक्तकणहरुको निर्माण प्रक्रिया बढ्न थाल्छ । 
@शरीरका आन्तरिक अंगहरु पेट, फोक्सो, रक्तनली, आँत, मृगौला, कलेजोमा जमेका विषात्त तथा बिजातिय फोहरहरु बिसर्जित हुन्छन् । 
@अक्सिजनको पर्याप्तताका कारण मस्तिष्कको स्नायु प्रणाली(न्यरोन्स सिस्टम)को सक्रियता बढ्छ र मस्तिष्क जागरुक, चंगा, सक्रिय हुन्छ । सक्रिय मस्तिष्कमा नयाँ–नयाँ न्यरोन्सहरु निर्माण हुन प्रारम्भ हुन्छन् र स्नायु प्रणालीको क्षमता अत्यधिक मात्रामा बढ्छ । मनुष्यको सोच्ने, विचार गर्ने, सम्झिने, बुझ्ने, स्मरण गर्ने, एकाग्र रहने, शान्त रहने, ध्यानमा रहन सक्ने क्षमतामा वृद्धि हुन्छ । 
@फोक्सोमा पूर्ण रुपमा हावा भरिन्छ, यो अवस्थामा श्वास–प्रश्वासको दबाब बढ्ने हुनाले वायू प्रदुषण तथा अन्य कारणले फोक्सोका बन्द भएका छिद्रहरु खुल्छन् र फोक्सोको श्वास–प्रश्वासका रेचक, पूरक, कुम्भक जस्ता क्रियाहरु गर्नसक्ने क्षमता बढ्छ र अक्सिजनको पर्याप्तताका कारण शरीर र स्वास्थ्यका सबै आयामहरु स्वस्थ हुन्छन् । यसपछि विभिन्न प्रकारका शारीरिक, मानसिक तथा भावनात्क अस्वस्थताहरुको उपचारका लागि आवश्यक पर्ने लामो समयसम्म श्वास लामो–गहिरो गर्न र भित्र तथा वाहिर रोकेर राख्ने(कुम्भक) प्रक्रिया सजिलै गर्न सकिन्छ । खोजमा देखिएका तथ्यांकहरुका अनुसार, वर्तमान समयमा जताततै वायु प्रदुषणका कारण विश्वव्यापि रुपमा अधिकांश मानिसहरुको फोक्सोका ५० प्रतिशत भन्दा बढि छिद्रहरु बन्द भैसकेको अवस्थामा छन् र यसले दम, एलर्जि लगायत श्वास–प्रश्वासको असन्तुलनका कारण आउने अन्य प्रकारका  शारीरिक, मानसिक, भावनात्मक सम्वन्धित तनाव, चिन्ता, विषाद, अवषाद, विक्षिप्तता, आत्महत्याको विचार, आत्महत्या, हिंसात्मक सोच, हिंसा जस्ता धेरै प्रकारका रोगका महामारीहरु फैलाइरहेको छ । कपालभाति, भस्त्रिका प्राणायाम जस्ता तिब्र गतिका श्वास–प्रश्वास भित्र जाने र वाहिर आउने गति निकै तेज हुने हुनाले यसका विधिहरुले फोस्सोका बन्द भएका छिद्रहरु छिटो खोलिदिन सक्छन् ।  


छिट्टै,
ब्रम्हाण्डिय उर्जा र मनुष्यको प्राणिक तथा उर्जा शरीरको संरचना





No comments:

Post a Comment