डा. सिर्जना भण्डारी*
Wellness Tourism in Nepal
#आरोग्य_पर्यटन #अध्यात्म_पर्यटन
आरोग्य पर्यटनका विविध आयाम र नेपाल सन्दर्भ
                         जीवन विज्ञानले पहिल्याएका आरोग्य पर्यटनका वस्तु र सेवाहरु
नेपाल, आरोग्यता, जीवन विज्ञानविचको अन्तरसम्वन्ध र प्रयास
विश्वमै नेपाल देव भूमि, तपो भूमि, ज्ञान भूमि, योग भूमि, ध्यान भूमि, पवित्र भूमि, अरोग्य भूमिका रुपमा चिरपरिचित रहदै आएको धार्मिक तथा आध्यात्मिक आस्था र विश्वास भएका आफ्नै प्रकारका मौलिकता तथा विशेषताहरुलाई अनुशरण गर्ने वासिन्दाहरु वसोवास गर्दै आएको सनातन भूमि हो । आफ्नो सनातन भूमि नेपालको मौलिकता तथा विशेषताहरुलाई आत्मसाथ बि.सं २०६८ सालमा स्थापना गरिएको आधूनिक आध्यात्मिक संस्था ‘जीवन विज्ञान प्रतिष्ठान’ले विगत डेढ दशकदेखि विश्वभरिका कसरव ८० देशहरुमा अध्यात्म जागरण मार्फत आरोग्यताको क्षेत्रमा निरन्तर अतुलनिय सेवा पुर्याउदै आइरहेको छ । वर्तमान समयमा विश्वव्यापि रुपमा अत्यधिक माग भैरहेको नेपालमा सहजै उपलव्ध हुनसक्ने आरोग्यताका विषय, वस्तु, सेवा तथा सुविधाहरुलाई आरोग्य पर्यटन उद्योग मार्फत विश्व बजारमा पुर्याउन राज्यले पनि नीतिगत तथा व्यवहारिक किसिमले विशेष पहल गर्नुपर्ने र आरोग्य पर्यटनलाई मुलुकको समृद्धिको आधार बनाउनु पर्नेमा जोड दिदै आइरहेको छ । यस क्रममा जीवन विज्ञान संस्थाले बि.सं. २०८० साल चैत्रमा व्यापक रुपमा उच्चस्तरीय मानव विकास गर्न; समाज तथा राज्यमा समृद्धि ल्याउन ‘आरोग्य र समृद्धि’को विषयलाई प्राथमिकतामा राखेर नेपालदेखि विश्वसम्म विराट अध्यात्म जागरणको लहर जगाउन; देशब्यापि, विश्वाव्यापि स्तरमा आध्यात्मिक गतिविधिहरु बढाएर विश्वमै नेपाललाई आरोग्य पर्यटनको केन्द्र बनाउन र नेपाललाई आरोग्य पर्यटनको माध्यमबाट समृद्ध बनाउन विराट उद्देश्य लिएर ठूलो संख्यामा उपस्थित सहभागीहरुको साथमा ‘लुम्बिनी अध्यात्म जागरण’ कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा राज्यका उच्चपदस्त अधिकारीहरु र सामाजिक तथा आध्यात्मिक अभियन्ताहरुको समुपस्थितिमा जीवन विज्ञानले पहिलो वैधानिक प्रयास स्वरुप ऐतिहासिक आध्यात्मिक संकल्प र हस्ताक्षर सहित पांचबुदे ऐतिहासिक ‘आध्यात्मिक लुम्बिनी संकल्प पत्र’ जारी गरेको थियो । त्यसैगरि दोस्रो वैधानिक प्रयास स्वरुप बि.सं. २०८२, बैशाखमा ऐतिहासिक ‘आरोग्य पर्यटनः नेपालको समृद्धिको आधार’ अवधारणा पत्र सार्वजनिक गरेको थियो ।
यी ऐतिहासिक वैधानिक दस्तवेजहरुको मूल विषय तथा मूल आसय प्रभावकारी ढंगले मानव विकास गर्न र राज्यमा उच्चतम समृद्धि सहितको विकास हासिल गर्न नेपालमा उपलव्ध आरोग्य पर्यटनका पहिलादेखिनै उपलव्ध रहेका र सम्भावित नयाँ–नयाँ विषय, वस्तु, सेवा तथा सुविधा(टुरीस्ट पोडक्टस् फर वेलनेस) हरुका थप सम्भावना अध्ययन, खोजी, पहिचान, सम्वद्र्धन, प्रवद्र्धन, ब्रान्डिङ र विश्वव्यापि रुपमा प्रचार–प्रसार तथा विश्व बजारीकरण गरेर विश्व बजारमा नेपालमा उपलव्ध आरोग्य पर्यटनका उच्च गुणस्तरीय विषय, वस्तु, सेवा, तथा सुविधाहरूको प्रचार–प्रसार गर्न जोड दिदै नेपालीहरुलाई आरोग्य पर्यटन उद्यमी बन्न र समुच्चा नेपाल मुलुकलाई आरोग्य पर्यटनको केन्द्र(हब अफ वेलनेस टुरिजम) बनाएर समृद्ध नेपाल समृद्ध नेपाली बनाउन सकिन्छ भन्ने विशेष जोड रहेको छ । साथै आरोग्य पर्यटनका प्रमुख विषय, वस्तु, सेवा तथा सुविधाहरुमा आरोग्य पर्यटनका प्राथमिक गतिविधिहरु मध्य अग्रपंक्तिमा पर्ने सनातन योग विज्ञानका प्रमुख विषय ‘ध्यान साधना र योग साधना’का पूर्णत: वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुलाई पहिलो प्राथमिकतामा राखेर आगामी समयमा समुच्चा नेपाललाई नै विश्वस्तरमै पुनः आरोग्य भूमिको रुपमा स्थापित गरेर आरोग्य पर्यटनको केन्द्र बनाउन सकिने तथ्यसहितको महत्वपूर्ण खुलासा गरेको थियो गर्दै । आरोग्य पर्यटनको विषयलाई
थप अगाडि बढाउन जीवन विज्ञान संस्थाले समय-समयमा विभिन्न प्रभावकारी कार्यक्रमहरुको आयोजना गरेर अथक प्रयासहरु गर्दै आइरहेको छ ।
नेपाल र विश्वको सन्दर्भमा आरोग्य पर्यटनका प्रमुख प्रकारहरु
वर्तमान समयमा विश्वव्यापि रुपमा हरप्रकारले स्वस्थ, तन्दुरुस्त तथा आरोगी जीवनयापनप्रति मानिसहरुको चासो बढ्दै गैरहेको छ, साथसाथ यसतर्फ उनीहरुको चेतना पनि जाग्रीत हुदैगैरहेको छ । मानिसहरुको चासो र जागरणमा आएको वृद्धिसंगै आरोग्यताका गतिविधिहरु समेट्ने आरोग्य पर्यटन व्यवसाय तथा उद्योग विश्वव्यापि रुपमा वृहत क्षेत्र बन्दै गैरहेको छ । आरोग्य पर्यटन अन्तर्गतका सबै गतिविधिहरु चिकित्सा पद्धति तथा थेरापी अन्तर्गत पर्दछन् जसको उद्देश्य हरप्रकारले मानिसहरुलाई भित्र शान्ति र वाहिर समृद्धि हासिल गर्न मद्धत गर्नु रहेको हुन्छ । चिकित्सा र उपचार विच फराकिलो भिननता रहेको छ, ‘चिकित्सा पद्धति’ रोग तथा अस्वस्थताको समाधान गर्ने प्रणाली होइन, यो मानिसको शरीर र स्वास्थ्यका सबै आयामहरुमा रोग तथा अस्वस्थता आउननै नदिनकालागि शरीर, मन, भावना र चेतनालाई ‘स्व’मा स्थित अर्थात आफूमा स्व+स्थ=स्वस्थ गराइ हरप्रकारले तन्दुरुस्त, निरोगी तथा आरोगी राख्नकालागि अपनाइने पूर्व सावधानी हो जसलाई संस्कृत तथा नेपालीमा ‘आरोग्य’ र अंग्रेजीमा ‘वेलनेस’ भनिन्छ । आरोग्य तथा वेलनेसको शाव्दिक तथा भावको अर्थ सहज, सरल, सन्तुलित तथा व्यवस्थित जीवनशैली अपनाएर हरप्रकारले शरीरका सबै आयामहरु शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर तथा चेतनात्मक शरीरहरुको सर्वांगीण विकास गर्न आरोग्य पर्यटनका आरोग्यता प्रदान गर्ने सर्वस्वीकार्य गतिविधिहरुको व्यवहारिक तथा प्रयोगात्मक अभ्यास गर्नु हो । अस्वस्थता तथा रोगको समाधान गर्ने ‘उपचार पद्धति’ हो जसलाई नेपालीमा ‘औषधोपचार’ र अंग्रजीमा ‘इलनेस’ भनिन्छ । औषधोपचार तथा इलनेसको शाव्दिक तथा भावको अर्थ शारीरिक शरीरको कुनै अंग तथा मानसिक, भावनात्मक, चेतनात्मक रोग तथा अस्वस्थतालाई औषधि सेवन गरेर, थेरापि गरेर तथा शल्यक्रिया गरेर सामान्य अवस्थामा ल्याउन प्रयास गर्नु हो । मानिसको जीवनयापनमा आरोग्य तथा वेलनेस समष्टि विषय हो जसले शरीर र स्वास्थ्यका समग्र आयामहरुलाई निरोगी राख्ने प्रयास गर्दछ र औषधोपचार तथा इलनेस आरोग्य अन्तर्गत पर्ने व्यष्टि अर्थात सानो इकाइ हो जसले कुनै निश्चित अंग तथा अवस्थालाई अराम प्रदान गर्ने तथा निरोगी बनाउने प्रयास गर्दछ ।
सनातन अध्यात्म विज्ञान मानिसलाई सहज, सरल, सफल, सन्तुलित तथा व्यवस्थित जीवन जीउन सिकाउने कलाको विज्ञान(द आर्ट अफ लिभिगं) हो जस अन्तर्गत हरेक मानिसको जीवनमा पूर्णता ल्याउनकालागि आफ्नो जीवनकालमा चार पुरुषार्थ– धर्म, अर्थ, काम, मोक्ष अनिवार्य रुपमा गर्नुनै पर्दछ । यी पुरुषार्थहरु सहजतापूर्वक गर्नकालागि मानिस शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक रुपमा हरप्रकारले तन्दुरुस्त तथा आरोग्य रहनु अत्यावश्यक हुनछ । यसकालागि मानिसले आफ्नो दैनिक जीवनशैलीमा नियमित रुपमा दुई प्रकारका गतिविधिहरु– (१)आन्तरिक शान्तिका लागि सनातन योगीक साधना, र (२)वाहिरी तन्दुरुस्तीका लागि सनातन चिकित्सा पद्धतिका वैज्ञानिकतामा आधारित प्रक्रिया तथा विधिहरुलाई व्यवहारिक रुपमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासमा ल्याउनु पर्दछ । सनातन योगीक साधनाका सैद्धान्तिक तथा मानसिक अभ्यास अन्तर्गत यम, नियम, प्रत्याहार, धारणा, ध्यान, समाधिका गतिविधिहरु पर्दछन् र व्यवहारिक तथा शारीरिक अभ्यास अन्तर्गत योगासन, प्राणायाम, क्रिया, मुद्रा, बन्दका गतिविधिहरु पर्दछन् । सनातन चिकित्सा पद्धतिका प्रयोगात्मक अभ्यास अन्तर्गत आयुरवेद चिकित्सा, मर्म चिकित्सा, ध्वनि चिकित्सा, सुगन्ध चिकित्सा, धुवाँ चिकित्सा, मनौवैज्ञानिक चिकित्सा, प्राकृतिक चिकित्सा, प्रकृति चिकित्सा, पोषण चिकित्सा आदि पर्दछन् । सनातन योगीक साधनाका गतिविधिहरुले मानिसको चित्त तथा मन शुद्ध गरेर आन्तरिक शान्ति हासिल गरि चेतनाको विकास र आन्तरिक सुन्दारता बढाउन मद्धत गर्दछन् र सनातन चिकित्सा पद्धतिका गतिविधिहरुले मानिसको काया तथा शरीर शुद्ध गरेर वाहिरी तन्दुरुस्ती र सुन्दरता तथा सुगठन बढाउन मद्धत गर्दछन् ।  
नेपालको सन्दर्भमा आरोग्य पर्यटनका प्रकारहरु
विश्वको सन्दर्भमा आरोग्य पर्यटनका प्रकार र तिनका गतिविधिहरुको दायरा अनन्त छन् तर विश्वका विभिन्न देश तथा क्षेत्रहरुका आ–आफ्ना प्रकारका भौगोलिक, प्राकृतिक, धार्मिक, सामाजिक, सांस्कृतिक आदिका मौलिक विशेषताहरुका आधारमा आरोग्य पर्यटनका प्रकार र तिनका गतिविधिहरु सिमित रहेका छन् । ग्लोबल वेलनेस इन्टिट्युट र आरोग्य पर्यटनसंग सम्वन्धित अन्य संस्थाहरुका तथ्यांकका अनुसार विश्वव्यापि रुपमा १६००० भन्दा बढि आरोग्य पर्यटनका गतिविधिहरु विद्यमान रहेका छन् । नेपालको सन्दर्भमा १००० को हाराहारीमा आरोग्य पर्यटनका गतिविधिहरु रहेको आरोग्य पर्यटनका विशेषज्ञहरुको तर्क रहेको छ । नेपालमा सम्भावना रहेका १००० प्रकारका आरोग्य पर्यटनका गतिविधिहरु मध्य धेरै अझै पत्ता लगाउन, खोज्न तथा उत्खनन् गर्न बाँकी नै रहेका छन् र वर्तमान सन्दर्भमा नेपालमा  ७५ देखि ८० प्रकारका आरोग्य पर्यटनका गतिविधिहरु व्यवहारिक रुपमा प्रयोगमा ल्याइदै आइएका पाइन्छन् । आरोग्य पर्यटनका विषय, वस्तु, सेवा तथा सुविधाका प्राथमिक गतिविधिहरु– पर्यावरण, प्रकृति, भूगोल, साहसिक गतिविधि, मनोरञ्जन, योग, ध्यान, गुरुकुल, धर्म, धार्मिक अनुष्ठान, तीर्थयात्रा, इतिहास, पुरातत्व, सम्प्रदाय, संस्कृति, रहनसहन, आयुरवेद, पोषण, तन्दुरुस्ती, सुन्दरता, सुगठन आदिका अनुसार नेपालको सन्दर्भमा प्रचलित र उच्च सम्भावना भएका मोटामोटी रुपमा आरोग्य पर्यटनका निम्न प्रकारहरु रहेका छन्–
(१)पर्या आरोग्य पर्यटन(इको वेलनेस टुरीजम) 
(२)साहसिक आरोग्य पर्यटन(एडभेन्चर वेलनेस टुरीजम)
(३)आध्यात्मिक आरोग्य पर्यटन(स्प्रिचुअल वेलनेस टुरीजम)
(४)धार्मिक आरोग्य पर्यटन(रिलिजियोस वेलनेस टुरीजम)
(५)सांस्कृतिक आरोग्य पर्यटन(कल्चरल वेलनेस टुरीजम)
(६)चिकित्सा आरोग्य पर्यटन(थेरापी वेलनेस टुरीजम)
(७)अन्य आरोग्य पर्यटन(मिक्स वेलनेस टुरीजम) 
(यससंग सम्वन्धित विषयहरु पछिल्ला लेखहरुमा विस्तारमा आउनेछन् ।)
विश्वव्यापि सन्दर्भमा आरोग्य पर्यटनका प्रकारहरु 
आरोग्य पर्यटनका विषय, वस्तु, सेवा तथा सुविधाका प्राथमिक गतिविधिहरु– पर्यावरण, प्रकृति, भूगोल, समुद्र, सूर्य, बालुवा, साहसिक गतिविधि, मनोरञ्जन, योग, ध्यान, गुरुकुल, धर्म, धार्मिक अनुष्ठान, तीर्थयात्रा, इतिहास, संस्कृति, पुरातत्व, रहनसहन, आयुरवेद, पोषण, तन्दुरुस्ती, सुगठन तथा सुन्दरता आदिका अनुसार विश्वव्यापि सन्दर्भमा प्रचलित र उच्च सम्भावना भएका मोटामोटी रुपमा आरोग्य पर्यटनका निम्न प्रकारहरु रहेका छन्–
(१)पर्या आरोग्य पर्यटन(इको टुरीजम)
(२)ध्यान, योग आरोग्य पर्यटन(योग वेलनेस टुरीजम)
(३)साहसिक आरोग्य पर्यटन(एडभेन्चर वेलनेस टुरीजम)
(४)सांस्कृतिक आरोग्य पर्यटन(कल्चरल वेलनेस टुरीजम)
(५)चिकित्सा आरोग्य पर्यटन(थेरापी वेलनेस टुरीजम)
(६)उपचार आरोग्य पर्यटन(मेडिकल वेलनेस टुरीजम)
(७)अन्य आरोग्य पर्यटन(मिक्स वेलनेस वेलनेस टुरीजम) 
(यससंग सम्वन्धित विषयहरु पछिल्ला लेखहरुमा विस्तारमा आउनेछन् ।)
जीवन विज्ञानले पहिल्याएका आरोग्य पर्यटनका वस्तु र सेवाहरु
मानिस पूर्ण रुपमा तन्दुरुस्त तथा आरोग्य रहनकालागि अत्यावश्यक पर्ने उसको आन्तरिक शान्ति तथा सुन्दरता र वाहिरी तन्दुरुस्ती तथा सुन्दरताको विकास गर्न जीवन विज्ञान प्रतिष्ठानले सार्वजनिक गरेको आरोग्य पर्यटनको अवधारणा पत्रमा उल्लेख गरिएका नेपालमा सहजै उपलव्ध रहेका र युगौंदेखि वर्तमानसम्म अभ्यास गर्दै आइरहिएका आरोग्य पर्यटनका प्रमुख विषय, वस्तु, सेवा तथा सुविधाहरु प्रदान गर्ने नेपाल केन्द्रित आरोग्य गतिविधिहरु निम्न प्रकार रहेका छन्–
(१)प्रकृति, भूगोल, जैविक विविधता  
प्राकृतिक सौन्दर्यका लागि विश्वमै अद्वितिय मुलुक नेपालको भू–भाग पूर्व–पश्चिम लाम्चो फैलिएको र उत्तर–दक्षिण साँघुरो रहेका कारण यो सानो भूगोलभित्र पर्ने हिमाल, पहाड र तराई क्षेत्रमा भएका अद्वितिय हिम श्रृंखला र गौरव, अपार जलसम्पदा र वहाव, घना जंगल र अनन्त विविधता, जैविक विविधता, पर्यावरणीय विविधता, भौगोलिक विविधता, सांस्कृतिक विविधता जस्ता मानिसको तन्दुरुस्त तथा आरोग्य जीवनकालागि अत्यावश्य मूल तथा प्रथमिक श्रोतहरुको अथाह भण्डारहरु रहेकाछन् । यी सबै विविधताका गतिविधिहरु आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । आरोहण, पदयात्रा, जलयात्रा, जंगल विचरण, सांस्कृतिक अनुभव आदि मानिसको शारीरिक तथा मानसिक विकास, आरोग्य, तन्दुरुस्तीका लागि आरोग्य पर्यटनका मूल तथा प्राथमिक गतिविधिहरु अन्तर्गत पर्दछन् ।  
(२)साहसिक गतिविधिहरु 
आरोग्य पर्यटनका साहसिक गतिविधिहरुका लगभग सबैप्रकारका विकल्पहरु नेपालमा उपलव्ध रहेका पाइन्छन् । हिमाल आरोहण, र्याफ्टिगं, स्कीइगं, माउन्टेन बाइकिगं, साइक्लिगं, बञ्जी जम्पिगं, हील क्लाइम्बिगं, जंगल सफारी जस्ता आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने साहसिक गतिविधिहरुका लागि नेपाल विश्वकै स्तरमा अत्यन्तै आकर्षक भूमि हो । यी सबै साहसिक गतिविधिहरु आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । सबैप्रकारका साहसिक गतिविधिहरुले मानिसको शारीरिक तथा मानसिक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् ।
(३)धर्म, धार्मिक आस्था र सहिष्णुता 
नेपाल सनातन धर्मावलम्विहरुको मूल मूमि हो जस अन्तर्गत धेरै धर्म तथा सम्प्रदायहरु रहेका छन् । ॐकार परिवार तथा सनातन धर्मको मूल भावबाट निसृत भएका नेपालको पहिलो ठूलो हिन्दु धर्म तथा सम्प्रदाय, दोस्रो ठूलो बौद्ध धर्म तथा सम्प्रदाय, जैन धर्म तथा सम्प्रदाय र शिख धर्म तथा सम्प्रदाय अन्तर्गत धेरै प्रकारका आस्था, विश्वास, धार्मिक, आध्यात्मिक, सांस्कृतिक विविधताहरु रहेका छन् । यसकासाथै समको विकासक्रमसंगै यस सनातन भूमिमा अस्तित्वमा आएका अब्राहमिक परिवारका इस्लाम धर्म तथा सम्प्रदाय, इशाइ धर्म तथा सम्प्रदाय र ॐकार र अब्राहमिक दुवै परिवार अन्तर्गतका अन्य सानो संख्यामा रहेका धर्म तथा सम्प्रदायहरु पनि आ–आफ्नै प्रकारका आस्था, विश्वास, धार्मिक, आध्यात्मिक, सांस्कृतिक विविधताहरु रहेका छन् । यी सबै धार्मिक तथा साम्प्रदायिक गतिविधिहरु आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । धार्मिक, साम्प्रदायिक, सांस्कृतिक विविधताहरुका वाबजुद विश्वका अन्य देशका सम्प्रदायहरुको तुलनामा नेपालमा अत्यन्तै मेलमिलापपूर्ण धार्मिक सहिष्णुता तथा साम्प्रदयिक शान्ति कायम रहदै आएको छ । सहिष्णुताका कारण स्वतन्त्र रुपमा आ–आफ्ना आस्था तथा विश्वासका धार्मिक, आध्यात्मिक, साम्प्रदायिक, सांस्कृतिक गतिविधिहरुले मानिसको शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् ।
(४)सामाजिक जनजीवन, रहनसहन 
क्षेत्र तथा भू–भागको दृष्टिकोणले पूर्व–पश्चिम लाम्चो फैलिएको र उत्तर–दक्षिण साँघुरो रहेको नेपालको सानो भूगोलभित्र अत्यन्तै धेरै प्रकारका भैगोलिक, प्राकृतिक, पर्यावरणीय, वानस्पतिक, पश–ुप्राणी, सामाजिक, सांस्कृतिक, जनजातिय विविधताहरु विद्यमान भएका कारण नेपालका मानिसहरुको रहनसहन, खानपान, भेष–भूषा, भाषा–लिपि, कला, साहित्य, सामाज, भूगोल, प्रकृति, पर्यावरणमा अत्यधिक विविधता रहेका कारण नेपालको समग्र जनजीवन विश्वमै अत्यन्तै मौलिक तथा विशेष प्रकारको रहेको छ । यी सबै गतिविधिहरु आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । विविधतामा आधारित यस्ता जनजीवन तथा रहनसहन अन्तर्गत गरिने सबैप्रकारका गतिविधिहरुको प्रत्यक्ष रुपमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान तथा अनुभवहरु बढाउने हुनाले मानिसको शारीरिक तथा मानसिक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् । 
(५)संस्कृति र सांस्कृतिक सम्पदा
राजीतिक स्वतन्त्राको निकै लामो इतिहास रहेको तथा इतिहासमा कहिल्यै पनि पराधिन हुनु नपरेको सदा स्वतन्त्र र गौरवपूर्ण मुलुक नेपाल विश्वसामु आफ्नै मौलिक, ऐतिहासिक, पारम्परिक, पूरातात्विक धरोहरकासाथ विश्व मानचित्रमा गौरवताका साथ आजपर्यन्त सम्मानपूर्वक खडा रहदै आएको छ । विश्वको छाता संगठन संयुक्त राष्ट्रसंघको विश्वका गौरवहरुको संरक्षण गर्ने युनेस्को संस्थाले नेपालका १० प्रकारका धरोहरहरुलाई विश्वकै अद्वितिय गौरवको मान्यता प्रदान गरेर विश्वसम्पदा सूचि जस्तो गरिमामय संरक्षण प्रदान गरेको छ । विश्वसम्पदा सूचिमा इंगित भएका गौरवपूर्ण १० वटा सम्पदाहरु मध्य ८ वटा ऐतिहासिक, पुरातत्विक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरु रहेका छन् जसले नेपालको गौरवपूर्ण इतिहास विश्व समक्ष सगौरव उजागर गरिरहेका छन् । यी सबै सांस्कृतिक सम्पदाहरु आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । ऐतिहासिक, पुरातत्विक, धार्मिक तथा सांस्कृतिक गौरवमा आधारित सबैप्रकारका गतिविधिहरुकोे अवलोकनबाट हासिल हुने ज्ञान तथा अनुभवले मानिसको शारीरिक तथा मानसिक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् ।
(६)सनातन तथा वैदिक खोज, अनुसन्धान 
नेपाल सनातन वैदिक दर्शन, ज्ञान तथा विज्ञानको खोजका लागि अत्यन्तै रहस्यमय प्राचीन, ऐतिहासिक तथा पुरातात्विक उर्वर भूमि हो । विश्वकैलागि चमत्कारिक अध्यात्म दर्शन, ज्ञान, विज्ञानको धारा प्रवाह गरिरहेको सनातन तथा वैदिक धर्म र विश्वमै सर्वाधिक मानवीय, सम्यक र व्यवहारिक माम्यता प्रदान गरिदै आइएको अत्यन्तै लोकप्रिय बौद्ध धर्मको उत्पत्ति नेपालमै भएको हो । वर्तमान समयमा सबैभन्दा बढि अध्ययन, खोज तथा अनुसन्धान यिनै दुई धर्मका दर्शनका रहस्यमय तथा चमत्कारिक गतिविधिहरुमा हुदै आइरहेका छन् ।दर्शन शास्त्रसंग सम्वन्धित यी विषयहरु आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवाहरु अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । दर्शन शास्त्रका रहस्मय तथा चमत्कारिक सबैप्रकारका गतिविधिहरुकोे अवलोकन, खोज, अध्ययन, अनुसन्धानबाट हासिल हुने दार्शनिक ज्ञान तथा अनुभवले मानिसको शारीरिक तथा मानसिक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् ।
(७)अध्यात्म साधना– ध्यान तथा योग
नेपाल ध्यान भूमि, योग भूमि, तपो भूमि तथा समग्रमा सनातन अध्यात्म दर्शनको उद्गम भूमि तथा पवित्र स्थलको रुपमा युगौंदेखि विश्वमा चिरपरिचित रहदै आएको छ । सनातन अध्यत्म दर्शन तथा धर्मको आस्था, विश्वास र मान्यता अनुसार सनातन नेपालको उत्तरी हिमवत खण्डमा स्थित कैलाश पर्वतमा विराजमान रहनु भएका भगवान श्रीसदाशिव ध्यान र योगका सर्जक तथा आदि गुरुका रुपमा मानिनु तथा पुजिनु हुन्छ । ध्यान र योग साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरु आरोग्य पर्यटनका वस्तु तथा सेवाहरुमा अग्रपंतिमा अंकित गतिविधिहरु रहेकाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । ध्यान र योग साधनाका सैद्धान्तिक तथा व्यवहारिक रुपमा अनुशरण गरिने प्रयोगात्मक अभ्यासहरुले मानिसमा आन्तरिक शान्ति, कुण्डलिनी उर्जा जागरण, उभित्र उचित अवसरको अभावमा सुसुप्त अवस्थामा दबेर रहेका जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशीलता, नवीनता, सकारात्मकता प्रष्फुटन गर्न मद्धत गर्ने हुनाले मानिसको शारीरिक, मानसिक, भावनात्मक विकास, तन्दुरुस्ती तथा आरोग्यता बढाउनुका साथै चेतनात्मक विकास गर्न मद्धत गर्ने हुलाने उसको आध्यात्मिक साधनाको मार्ग प्रसस्त गर्न महत्वपूर्ण योगदान पुर्याउछन् र उ मोक्षको मार्गमा अग्रसर हुन्छ ।
(८)कृषि, खाद्यान्न, जलश्रोत, वन पैदावार 
नेपाल कृषियोग्य भूमि, खाद्यान्न, जलश्रोत, वन पैदावार जस्ता प्राकृतिक विविधताहरुको अपार भण्डारले भरिपूर्ण मुलक भएकोले कृषि उत्पादनको बाहुल्यता रहदै आएको छ । कृषिमा उत्पादन गरिएका खाद्यान्नहरुको विविधताका कारण नेपालमा उपलव्ध हुने खानपान, पोषण तथा यहाँको खाद्यशैलीमा विश्वभरिका आरोग्य पर्यटकहरुको विशेष आकर्षण तथा रुचि रहदै आएको पाइन्छ । कृषि प्रणालीको अन्तरसम्वन्ध केवल भूमिसंग मात्र सम्वन्धित नभएर जलश्रोत, वनजंगलसंग पनि उत्तिकै प्रत्यक्ष रुपमा रहेको हुन्छ जसले नेपालको कृषि पैदारवारको विविधता बढाउन र विकास तथा संरक्षणमा प्रत्यक्ष मद्धत पुर्याइरहेका छन् र यो सहसम्वन्ध दोहोरो नै रहेको हुन्छ । कृषिले पनि जलश्रोत र वन पैदावारको विविधता बढाउन र विकास तथा संरक्षणमा विशेष किसिमले योगदान पुर्याइरहेको हुन्छ । विश्वमा कयौं देशहरु यस्ता छन् जहाँ न पर्याप्त कृषि योग्य भूमि तथा वातावरण छ, न जलश्रोत छ, नत वनजंगल नै छ । यस्ता देशका मानिसहरु कृषि, जलश्रोत, वन प्रदावारबारे जान्न, अनुभव गर्न, उपभोग गर्नकै लागि आउने गर्दछन् । कृषि, जलश्रोत, वनजंगल आरोग्य पर्यटनका प्राथमिक वस्तु तथा सेवा अन्तर्गत पर्ने हुनाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ ।  कृषि, जलश्रोत, वनजंगलसंग सम्वन्धित गतिविधिहरुले मानिसको शारीरिक तथा मानसिक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् ।
(९)शिक्षा, स्वास्थ्य, खेलकुद 
विश्वका अन्य देशहरुमा नभएका तथा अनुभव गर्न नसकिने विविध प्रकारका मौलिकता तथा विशेषताहरु भएकोले नेपाल विश्वलाई विशेष प्रकारको शिक्षा प्रदान गर्न सक्षम छ, जस्तो दर्शन शास्त्र, ध्यान तथा योग साधनाका गुरुकुल तथा योगपिठहरुले प्रदान गर्ने शिक्षण तथा प्रशिक्षण; स्वास्थ्य उपचारका लागि आयुरवेद चिकित्सा, मर्म चिकित्सा, प्राकृतिक चिकित्सा, पोषण चिकित्सा, ध्वानि, धूवाँ, सुगन्ध आदि चिकित्सा पद्धतिहरुको सिकाइ तथा सेवा ग्रहण; साथै विशेष प्रकारका खेलकुदहरु जस्तो कि स्किइगं, माउन्टेन बाइकिगं, आइस हकि जस्ता विशेष प्रकारको धरातल, भूगोल, मौसम, तथा पर्यावरणमा मात्र खेलिने खेलकालागि उपयुक्त क्षेत्र मानिदै आइएको छ विश्वकै सन्दर्भमा । यी विशेष प्रकारका गतिविधिहरु आरोग्य पर्यटनको उच्च रोजाइमा परेकाले नेपालमा आरोग्य पर्यटनको सम्भावना र विकल्प अधिक रहेको छ । शिक्षा, स्वास्थ्य तथा खेलकुदका यस्ता मौलिक विशेषता भएका गतिविधिहरुले मानिसको शारीरिक तथा मानसिक विकास, तन्दुरुस्ती तथा आरोग्यतामा महत्वपूर्ण योगदान पुर्याउछन् । 
छिट्टै,
आरोग्य पर्यटनका विविध आयामहरु र विश्व सन्दर्भ
++++++++++++++++++++++++++++
*'ग्रामीण विकास' र 'लैंगिकता र विकास'को विद्यार्थी ।
*अध्यात्म साधक तथा अध्यात्म वाचक, योग र ध्यान साधनाको प्रशिक्षक ।
*ग्रामीण विकासमा स्नाकोत्तर(Master's Degree), महिला विकासमा स्नाकोत्तर, महिला सशक्तिकरणमा विद्यावारिधी(PhD) ।
*सन् २००५ मा त्रिभुवनन विश्वविद्यालयबाट ग्रामीण विकास शंकायमा स्नाकोत्तर गर्दा 'नेपालको पर्यटन प्रवद्र्धन' विषयमा १०० मार्कको थेसिस राइटिगं र 'ग्रामीण पर्यटनको प्रभावकारिता विश्लेषण' विषयमा ५० मार्कको प्रोजेक्ट वर्क रिपोर्ट राइटिगं सम्पन्न गरेको ।
No comments:
Post a Comment