डा. सिर्जना भण्डारी
विषय प्रवेश
म/हामी शरीर मात्र नभएर आत्मा हुँ/हौं, परमात्माका अभिन्न अंश हौं तथा ‘अहं ब्रह्मास्मि’ अर्थात म नै ब्रह्म हुँ। हाम्रो आत्मा तथा ब्रह्म- चेतना+उर्जा+ज्ञानको सम्योग हो। हाम्रो आत्मचेतना शक्तिका (Power of Self-Consciousness) प्रकारहरु निम्न छन्- शरिरको शक्ति(Power of Body), विचारको शक्ति(Power of Thought), मनको शक्ति(Power of Mind), स्मरणको शक्ति(Power of Memory), वुद्धिमत्ताको शक्ति(Power of Intelligence), इच्छाको शक्ति(Power of will), प्रतिभाको शक्ति(Power of Geniuses), छैठौं इन्द्रियको शक्ति(Power of Sixth Sense)=चेतनाको शक्ति(Power of Consciousness)! चेतनाको शक्तिलाई विश्व शक्ति तथा ब्रह्माण्डीय शक्ति(Power of Universe or Cosmic Power) को रुपमा पनि बुझिन्छ।आफूभित्र रहेका चेतनाका उपरोक्त शक्ति तथा ज्ञान कसरी उजागर गर्न र व्यवहारमा उतार्न सकिन्छ भन्नेबारे हामी मध्य धेरैलाई थाहा नहुन सक्छ। यो ज्ञान कतै पढेर तथा हाम्रा वाहिरी इन्द्रियहरुको परिश्रमबाट हासिल गर्न सकिदैन। हाम्रो आत्मामा जन्मौंजन्मदेखि संचित भएर रहेको यस ज्ञानलाई हासिल गर्नकालागि योग तथा ध्यान साधनाका विधिहरु अनुशरण गरेर हाम्रो तेस्रो आँखा तथा छैठौं इन्द्रियको जागरण गरि अन्तरआत्माको गहिराईमा पुग्नु आवश्यक हुन्छ।
चेतनाका सबै शक्तिहरु हाम्रो शरीरभित्र सुक्ष्म रुपमा रहेका उर्जाका केन्द्र चक्रहरुमा निहित हुन्छन्। योग तथा ध्यान साधनाको बलबाट चेतनाका सबै शक्ति तथा तहहरुको जागरण गरि हाम्रो दैनिक जीवनशैलीमा उपयोगमा ल्याएर जीवनमा अकल्पनिय सफलता तथा समृद्धि हासिल गर्न सकिन्छ। चक्रहरुको जागरण तथा चेतना शक्तिको प्रष्फुटनकालागि योग तथा ध्यान साधना एक मात्र विकल्प रहेको छ अर्थात ध्यान साधना बाहेक यि शक्तिहरुलाई जागरण गर्ने अर्को कुनै उपाय व्यवहारमा ल्याइएको अहिलेसम्म कहींपनि भेटिएको छैन।
चेतनाशक्ति कति महत्वपूर्ण छ भन्ने सन्दर्भमा ध्यान साधनाका अनुभवी तथा योगीहरुका अनुसार- “Power of Intelligence is equal to Candle Light Brightness and Power of Consciousness is equal to Sun Light Brightness”. अर्थात वुद्धीमत्तताको शक्तिको उज्यालो मैनबत्तीको प्रकाश सरह हो भने चेतनाशक्तिको उज्यालो सुर्यको प्रकाश सरह हो। हामी ध्यान साधनालाई बढाएर तथा निरन्तरता दिएर जति-जति आफूभित्र गहिरिदै जान्छौं उतिनै चेतनाको शक्तिमा बढोत्तरी हुदैजान्छ र हाम्रो आत्मचेतना योगेश्वरको पथमा अग्रसर हुदै जान्छ। जस्तो कि विद्युत शक्तिमा हामीले जिरो वाट/नम्वरको वल्व लगायौं भने त्यतिनै क्षमताको उज्यालो प्राप्त गर्दछौं र सय वाट/नम्वरको वल्व लगायौं भने त्यतिनै क्षमताको उज्यालो प्राप्त गर्दछौं, ध्यान साधनाको नम्वर तथा समय अवधिको सन्दर्भमा पनि यही नियम लागू हुन्छ।
ध्यान साधनाको वलबाट हाम्रो चेतनाको शक्ति जाग्रीत हुदै जाने क्रममा हामी चेतनाको शक्तिका तहहरु क्रमशः वाहिरी चेतना(Outer Consciousness), आन्तरीक चेतना(Inner Consciousness), परि चेतना(Sub Consciousness), र महापरि चेतना(Super Consciousness) मा पुग्दै जान्छौ र प्रवुद्ध, विकसित तथा पूर्ण आत्मज्ञानको अवस्थामा पुग्दछौं तथा प्रकाशित(Enlighten) हुन्छौं। यसरी आत्मचेतना जाग्रीत भएको जो कोही व्यक्ति जीवनमा आफूले इच्छ्याएका हरेक क्षेत्रमा सफलता तथा समृद्धि हासिल गर्न सक्षम हुन्छ। ध्यान साधना जति सानो उमेर (पाँच वर्ष) बाट शुरू गरिन्छ उतिनै सहज किसिमले र चाँढो हाम्रो चेतनाको शक्ति जाग्रित हुन्छ। तसर्थ, वालवालिकाहरुलाई कक्षा एकदेखि नै ध्यान साधना सिकाउन शुरू गर्नु सबैभन्दा उपयुक्त समय मानिन्छ।
हामी सबैले ध्यान सिकेर आफ्नो शरीरका उर्जाका केन्द्र सातवटै चक्रहरु जगाउने सुनौलो अवसरको सदुपयोग गरौं, योग-ध्यान विज्ञानको साधनामा सहभागी बनौं, जीवनना सुख, खुशी, शान्ति, समृद्धि, शान्ति, आनन्द हासिल गरौं, आफूले आफूलाई चिनौं, देशलाई चिनाउँ, मानवताको सेवा गरौं, नेपाललाई आध्यात्मिक पर्यटनको गन्तब्य मूलुक बनाउँ र यहाँका पर्यटकीय सम्भावनाहरु विश्व सामु चिनाउँ।
No comments:
Post a Comment