'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Thursday, 30 October 2025

ग्रामीण विकास

 



 विषयक्रम भाग -१


ग्रामीण विकास



***************************************************

थप शिर्षकहरु


आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति, खण्ड -४

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


निस्प्रयास मौन अन्तर्गत बाँकी शिर्षकहरु 


(३) मौनका आयामः प्रयास मौन र निस्प्रयास मौन 

(क) प्रयास तथा वाहिय मौन

(ख) निस्प्रयास तथा आन्तरिक मौन

प्रयास मौन नै निस्प्रयास मौनको पृष्ठभूमि  

वाहिय मौनको तुलनामा आन्तरिक मौन मुस्किल हुन्छ

निस्प्रयास मौन घटित हुने सामान्य र विशेष अवस्था

मौनको शुन्यता नै पूर्णता हो

निस्प्रयास मौनका दिव्य उपलव्धिका अद्भूत चरणहरु

जीवनमा आएका दुःखहरु मौनकालागि हुन्

जीवनका सबै सवालहरुको जवाफ मौनमा भेटिन्छन्

अहंकार र निस्प्रयास प्रयास मौनको वास्तविकता



आध्यात्मिक दृष्टिकोणमा प्रयास र निस्प्रयास मौन

सांसारिक दृष्टिकोणमा मनुष्यको वाणीलाई चुप लगाउनु र शरीर तथा इन्द्रियका हाउभाउहरुलाई स्थिर राख्नुलाई मौनको अवस्था भन्ने अर्थ लगाइन्छ तर आध्यात्मिक दृष्टिकोणमा मौन चुपचाप केही नगरेर निष्क्रिय रहने तथा स्थिर रहने अभ्यास मात्र होइन, मौन सशक्त कर्म र आध्यात्मिक साधनाको अत्यन्तै महत्वपूर्ण र प्रभावकारी विधि हो जसले जीवन र जगतलाई प्रत्यक्ष प्रभाव पार्दछ । सिद्ध पुरुषहरुका आप्त वाणीहरुमा बारबार भनिएको छ कि मौन शव्द, विचार, भावनाहरुको अनुपस्थिति मात्र होइन, साधकको अन्तरहृदयमा आत्मा र परमात्माको सशक्त उपस्थिति हो । यसकारण मौनको गहिराइ र विराटता केवल शव्द तथा वचनले आँक्न सकिदैन किनकी मौनले साधकको जीवनमा सांसारिक जीवन तथा इहलोकमा अभूतपूर्व सकारात्मक रुपान्तरण ल्याएर, आत्मा अर्थात चेतनाको विकास गरेर साधकलाई परलोकतिरको आध्यात्मिक मार्गउन्मुख गराइदिन्छ । अध्यात्म दया, करुणा, प्रेम, सेवा, परोपकार, श्रद्धा, समर्पण, परोपकार तथा समग्रमा भन्नुपर्दा भक्तिको मार्ग हो । प्रयास तथा निस्प्रयास मौन पनि भक्तिकै मार्ग हो जसको माध्यमबाट मनुष्यले आफूलाई सात्विक भावमा राखेर परोपकारदेखि परमात्मासम्म को यात्रातर्फ अगाडि बढाइरहेको हुन्छ । प्रयास मौन नै निस्प्रयास मौनको प्रारम्भिक विन्दु तथा पहिलो सिढि हो । जव साधक प्रयास तथा वाहिरी मौन हुदै आन्तरिक मौनको माध्यमबाट पूर्ण तथा वास्तविक निस्प्रयास मौनमा उत्रिन्छ तव उभित्र उसलाई आफ्नो आत्माको उपस्थितिको वोध हुन्छ र उसको बुझाइमा आफू हुनुको अनुभूतिमा अत्यन्तै गहन जागरुकता आउछ र निस्प्रयास मौन गहिरिदै जादा जागरुकतामा अझ तिब्रता आउन थाल्छ ।निस्प्रयास मौनमा आफ्नो आत्माको उपस्थितिको वोध तथा आफू हुनुको जागरुकतानै परमात्मालाई आव्हान गर्नु आफूभित्र हो । 


साधकमा परमात्माप्रति जति बढि आस्था, विश्वास, समर्पण, प्रेम, श्रद्धा, भक्ति हुन्छ उतिनै मौन साधनाको यात्रा सहज र परिणाममुखी हुन्छ र मौन साधनाका क्रममा साधकलाई चरणवद्ध रुपमा परमात्माका परालौकिक रहस्यपूर्ण र चमत्कारिक दिव्यताहरु अनुभव तथा अनुभूतिमा आउछन् र सुक्ष्म संसारका अभुतपूर्व उपलव्धिहरु हासिल हुदै जान्छन् किनकी मौन स्वयं परमात्मा हो; जहाँ ‘म’ को भाव सकिन्छ; ‘म’ पग्लिएर केवल शुन्य बाँकी रहन्छ; मौन शुन्य हो, शुन्यमै परमात्माको पदार्पण हुन्छ र मौनको शुन्यता पूर्णतामा रुपान्तरण हुन्छ । यसर्थ मौन परमात्माको वास्तविक वासस्थान हो, परमात्मा नै मौन, मौन नै परमात्मा हो । निस्प्रयास मौनमा आत्मा बोल्न थाल्छ र परमात्मा पनि मौनमै अवतरित हुन्छ र यसपश्चात आत्मा र परमात्मा विच साक्षातकार,  एकाकार र अलौकिक संवाद प्रारम्भ हुन्छ । मौनमा मात्र आत्मा र परमात्माको संवाद हुन्छ र यस्तो दिव्य संवाद साधकको अन्तरहृदयमा गुञ्जिन्छ जो केवल मौनसाधनाको गहन अवस्थामा हुने अनुभव तथा अनुभूतिहरु मार्फत ज्ञातमा आउछ, सामान्य अवस्थामा आउदैन । निस्प्रयास मौनमा प्रकट हुने यसप्रकारका परालौकिक दिव्य अनुभूतिहरु इन्द्रियातीत, मनातीत, भावातीत हुने हुनाले शव्द, इशारा तथा हाउभाउबाट अरु समक्ष व्यक्त गर्न तथा बुझाउन सकिदैन र कतिपय अनुभव तथा अनुभूतिहरु अरु समक्ष उजागर गर्ने अनुमति पनि हुदैन, अनुमति विपरित आफूलाई हासिल भएका इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिहरु अरु समक्ष उजागर गरियो भने स्वतः आफ्नो अनुभूतिबाट हराएर जान्छन् । युग ऋषि ओशो रजनीशले भन्नु भएको छ, "मौनको शुन्यताबाट आएका अनुभव तथा अनुभूतिहरुमा परमात्माको रहस्य, चमत्कार, परमसत्य, वोजसता, प्राकाणिकता, शितलता, अमृतको नशा, अलौकिकता, दिव्यता, परमखुशी, परमशान्ति, परमआनन्द प्रष्फुटन हुने हुनाले यस्ता परम अवस्थाहरु सामान्य मनुष्यहरुको बुझाइमा आउन सक्दैनन् र यस्ता अनुभूतिहरुलाई उसले अभिनय, ढोंग र अन्धविश्वासको श्रेणीमा राखेर आफू सांसाररिक भोगको नशामा चुर भैरहन्छ ।"


विरक्तता र वैराग्यता नै निस्प्रयास मौनको मुल श्रोत 

नियमित योगीक साधना गर्ने योगी तथा सन्त चेतनाहरुले आ–आफ्ना अनुभव तथा अनुभूतिहरुका आधारमा मनुष्यको जीवनमा निस्प्रयास मौन घटित हुने तीनवटा प्रमुख श्रोत तथा अवस्थाहरु रहेको उजागर गर्नुभएको छ– (१)दैनिकीबाट विरक्तता, (२)जीवनबाट वैराग्ता, र (३)अध्यात्मको प्यास । वहाँहरुका अनुसार मनुष्यको जीवनमा यिनै तीनवटा अवस्थाहरुमा क्षणिक, स्थाइ र चिरस्थाइ निस्प्रयास मौन घटित हुन्छ– पहिलो, जीवनयापनका क्रममा गरिने दोहोरिरहने दैनिकीको विरक्तता तथा दिक्क लाग्दो नकारात्मक भावबाट सांसारिक जीवनमा क्षणिक निस्प्रयास मौन घटित हुन्छ; दोस्रो, समग्र जीवनप्रतिको सकारात्मक वैराग्यता भावबाट मनुष्यको मन तथा भावमा अलि गहन तथा स्थाइ निस्प्रयास मौन घटित हुन्छ; र तेस्रो, आफू हुनुको खोज, आफ्नो अस्तित्वको खोज, परमात्माको खोज तथा परमात्मा साक्षतकारको तडप, अरुको सहअस्तित्वको स्वीकार्यता तथा अध्यात्मको प्यासबाट सांसारिक र पारमार्थिक तथा आध्यात्मिक जीवनमा दिव्य उपलव्धि हासिल हुने तथा गराउने गरि चिरस्थाइ निस्प्रयाश मौन घटित हुन्छ । हरेक मानिसको जीवनमा कुनै जन्ममा, कुनैदिन, कुनै क्षण त्यस्तो समय आउछ जुन अवस्थामा उ आफ्ना दैनिक जीवनयापनका गतिविधिहरु– बोलि, प्रतिक्रिया, व्यवहार, धन, सम्पत्ति, पद, प्रतिष्ठा, मान, सम्मान, सम्वन्ध, सुख, सुविधा, अपेक्षा, तृष्णाहरुबाट थाक्छ र यी सबै गतिविधिहरुप्रति उसको भित्रबाट विरक्तता जाग्छ । यो अवस्थामा उसले गहिरोसंग बुझ्छ कि सांसारिक भोगका कुनैपनि विषय तथा गतिविधिहरुमा वास्तविक तथा आन्तरिक सुख, खुशी, शान्ति, आनन्द रहेनछस यी सबै कुराहरु मभित्रै छन्स  वाहिरी संसारका गतिविधिहरुले बरु अझ आफूसंग भएको सुख, खुशी, शान्ति, आनन्द पनि खोसेर जीवनमा झन बढि बोझ, दुःख, पिडा, अशान्ति, कर्मबन्धन थप्ने रहेछन् भनेर र तव बल्ल उभित्र स्वस्फुर्त क्षणिक निस्प्रयास मौन घटित हुन्छ ।क्षणिक मौन घटित भएपश्चात उसले विस्तारै संसारका वस्तु, विषय, सेवा, सुविधा, सम्वन्धहरुबाट अनावश्यक निकटता तोड्दै, आवश्यक दुरी बनाउदै लान्छ र इन्द्रियहरुको माध्यमबाट वाहिरी संसारको भोगविलासमा रिएको आफ्नो अमूल्य चेतनाको उर्जालाई होसपूर्वक समेटेर आफूतिर फर्काउछ र आफूभित्रको अन्तरयात्रा गर्न प्रारम्भ गर्दछ । जीवनका भोगाइहरुप्रतिको दिक्दारीपन तथा नैराश्यताले ल्याएको विरक्तताका कारण घटित भएको क्षणिक निस्प्रयास मौनले विस्तारै मनुष्यलाई आशा र आस्थातिर फर्काउदै आफूभित्रै डुबाउदै लान्छ र वाहिरी संसारप्रति विरक्तिएको यही अवस्था नै सकारात्मक भाव सहित वैराग्यता तथा वितरागको अवस्थामा स्वस्फुर्त रुपमा रुपान्तरण हुन्छ । यसप्रकारको रुपान्तरणको अवस्थामा मनुष्यले सबै अवस्थाहरुलाई सकारात्मक रुपमा लिन्छ; आफूलाई सहज, सरल बनाउछ; साधा जीवन उच्च विचारलाई आत्मसाथ गर्छ; सबैको सहअस्तित्व सहर्ष स्वीकार गर्दछ; प्रेम, सेवा, परोपकार, सर्वकल्याणका सकारात्मक गतिविधिहरुको माध्यमबाटआफूलाई आध्यात्मिक मार्गमा अगाडि बढाउदै लान्छ; उभित्र परमात्मा साक्षातकारको तडप र अध्यात्मप्रतिको आस्था तथा प्यास बढ्दै जान्छ जसले उसलाई साधनाबाट सिद्धितिरको मार्गमा अग्रसर गराउदछ । यस्तो अवस्थामा उभित्र स्वस्फुर्त घटित भएको निस्प्रयास मौन चिरस्थाइ भएर रहन्छ र उ सदाकालागि सांसारिक जीवनका अर्थहिन गतिविधिहरुबाट पूर्णतः अलग भएर भक्ति र समर्पणको जीवनयापनमा रमाउछ र सांसारिक जगतमा सामान्य उपस्थितिमा रहन्छ किनकी उसको वास्तविक उपस्थिति पारमार्थिक जगतमा स्थित भैसकेको हुन्छ । 


विरक्तता हुदै वैराग्यता, परमात्मा साक्षातकारको तडप र अध्यात्मको प्यास तथा खोजकालागि साधनाको प्रारम्भिक चरणमा मनुष्यले अरुका अर्ति, उपदेश, प्रवचन, सिद्धान्त तथा सतसंगबाट योग तथा ध्यान साधनाका सैद्धान्तिक र व्यवहारिक ज्ञानविज्ञानको अनुशरण गर्दै आफूलाई वाहिय हुदै आन्तरिक मौनमा प्रवेश गराउदै विस्तारै आफू स्वयंले व्यवहारिक रुपमा पूर्ण साक्षी भावमा रहने अभ्यास गरेर ध्यान तथा मौन साधनाको गहिराइमा क्रमशः आफू स्वयंले परालौकिक अनुभव तथा अनुभूति गर्दै जान्छ र आन्तरिक रुपमा स्पष्टसंग बुझ्छ कि वाहिरको संसारमा आफूले खोजेको जीवनको वास्तविक लक्ष्य आन्तरिक खुशी, शान्ति, आनन्द रहेनछ, आफू भ्रममा रहेछु, वाहिर केहीपनि र कोहीपनि आफ्ना रहेनछन्, आफ्नो सिर्फ आफु स्वयं मात्र रहेछ । तव उभित्र निस्प्रयास मौनकोलागि आवश्यक पृष्ठभूमि तयार हुदैजान्छ र यसप्रकारको सकारात्मक परिवर्तनले उसको आत्मा अर्थात चेतनाको विकास हुदै जानेक्रममा उभित्र स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ । यसरी विरक्तता हुदै वैराग्यता, परमात्मा साक्षातकारको तडप र अध्यात्मको प्यासका कारण निस्प्रयास मौन घटित भएपश्चात आफूतिर फर्केको साधक फेरी कहिल्यै पनि संसारको भ्रमित भूलभुलैयातिर फर्कदैन, सदा मौनमै चिरस्थाइ रुपमा कायम रहिरहन्छ, मौनमै रमाउछ र आध्यत्मिक मार्गमा निरन्तर अगाडि बढिरहन्छ । यस्तो साधक संसारमा रहन्छ, संसारका कार्य तथा गतिविधिहरु पनि सबै गर्छ आवश्यकता अनुसार तर सदा तटस्थ रहेर, परमात्माप्रति समर्पित रहेर निस्काम तथा निस्वार्थ भावले, करुणावस सर्वकल्याणका लागि, अरु र आफ्नो आनन्दकोलागि गर्ने गर्दछ र उसभित्र कसैबाट धन, मान–प्रतिष्ठा, पद, ओहोदा केही प्राप्त गर्ने अपेक्षा कत्तिपनि रहदैन । 

निशव्द हुनु मौन होइन, निर्विचार हुनु वास्तविक मौन हो

निशव्द हुनु प्रयास तथा वाहिरी मौन हो, भित्रबाट मनका विचार र भावका भावनात्मक संवेगहरु शुन्य हुनु तथा विचार र भावका भावनात्मक संवेगहरु आफ्नो नियन्त्रणमा रहनु निस्प्रयास तथा आत्नरिक मौनको वास्तविक अर्थ तथा परिभाषा हो । निस्प्रयास मौनको अवस्थामा मनुष्यको जीवनका सबै सवाल तथा प्रश्नहरु स्वतः टुंगिन्छन् र उभित्र विचार शुन्यता तथा निर्विचारको अवस्था घटित हुन्छ । विचार शुन्यता तथा निर्विचार अवस्थाको वास्तविक अर्थ विचार तथा भावनात्मक संवेगहरु आफ्नो नियन्त्रणमा आउनु हो  आफूले चाहे अनुसारका विचार तथा भावनाहरु आफ्नो मन तथा भावमा ल्याउन, चलाउन तथा खेलाउन सक्षम हुनु हो अर्थात बेहोसीमा अनावश्यक विचार तथा भावनात्मक संवेगहरुलाई आफूभित्र आउन तथा हावी हुन नदिनु हो । सामान्य अवस्थामा मनुष्यको विचार तथा भावनात्मक संवेगहरु अनियन्त्रित किसिमले तिब्र गतिमा चलिरहेका हुन्छन्, ज्यादातर विचार तथा भावनात्मक संवेगहरु आफैंलाई हानि गर्ने नकारात्मक प्रकृतिका हुन्छन् र उसले चाहेर पनि यस्ता अनावश्क, अनियन्त्रित नकारात्मक अतिविचार तथा भावनात्मक संवेगहरुलाई मन, मस्तिष्क, भावबाट निकाल्न र आवश्यक विचार तथा भावनाहरु ल्याउन तथा चलाउन सक्दैन र उसको मन, मस्तिष्क, भावमा निरन्तर विचार र भावनाहरुको कोलाहल मच्चिरहन्छ । यिनै कोलाहलपूर्ण नकारात्मक अनियन्त्रित अतिविचार तथा भावनात्मक संवेगहरु अप्रिय तथा अपाच्य शव्दका रुपमा बाणीबाट अनियन्त्रित भए प्रष्फुटित भएर वाहिर संसारमा प्रसारित हुन्छन् र यिनले पहिला आफू स्वयंको जीवनमा  पछि अरुको जीवन, सम्वन्ध, समृद्धि तथा मान-प्रतिष्ठा आदिमा बिध्वन्स मच्चाउछन् । तर निस्प्रयास मौनमा अभ्यस्त भएर मन, मस्तिष्क, भाव शुन्य तथा निर्विचार अवस्थामा स्थित भैसकेको हुनेहुनाले साधकमा यस्ता अनावश्यक, अनियन्त्रित, नकारात्मक अतिविचार तथा भावनात्मक संवेगहरु स्वतः बन्द हुन्छन् र उ सदाकालागि विचार शुन्यता तथा निर्विचारको अवस्थामा स्थाइ रुपमा स्थिर रहन्छ । निस्प्रयास मौनमा अभ्यस्त भएर विचार शुन्यता तथा निर्विचार अवस्थामा स्थित भैसकेपछि सांसारीक जीवनका दैनिकीहरुमा दोहोरो शव्द संवाद गरेपनि तथा आफ्ना दैनिक गतिविधिहरु गरेपनि उभित्र शुन्यता तथा निर्विचार मौनको अटुट धारा कायम रहिरहन्छ, वाहिरका कुनैपनि अवस्था तथा परिस्थितिहरुले उसको मौनको धारा टुटाउन सक्दैनन् । सिद्ध साधकहरु शव्द तथा वाणीमा बोलेपनि उनीहरु हरपल मौनमै अर्थात विचार शुन्यता तथा निर्विचारको अवस्थामै रहिरहेका तथा रमिरहेका हुन्छन् । 


निस्प्रयास मौनले आत्म साक्षाकार र परमात्मामा एकाकार गराउछ

वेदको सार श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “मनुष्यको जीवनको सबैभन्दा पहिलो अनुशासन आफूलाई राम्ररी चिन्नु, बुझ्नु तथा जान्नु हो र जीवनको अन्तिम लक्ष्य आत्म साक्षातकार हुदै परमात्मामा एकाकार हुनु हो” । मनुष्यको जीवनमा यी दुई अलौकिक अवस्था केवल मौन साधनाको गहन अवस्थाबाट मात्र हासिल गर्न सम्भव हुनसक्छ । मौन साधनाको प्रारम्भिक चरणमा साधकले विभिन्न किसिमले वाहिरी संसारमा छरिएको आफ्नो चेतनाको उर्जालाई आफैंतिर फर्काएर आफुभित्रको अन्तरयात्राको माध्यमबाट क्रमिक रुपमा आफूले आफूलाई चिन्दै, बुझ्दै तथा जान्दै जान्छ र मौन साधना गहिरिदै गएको अवस्थामा उसको आत्मा अर्थात चेतनाको विकास हुदै जानेक्रममा उसलाई आत्म साक्षातकार, आत्मवोध तथा आत्मज्ञान घटित हुन्छ । आत्म साक्षातकार, आत्मवोध तथा आत्मज्ञान भएपछि आफू शरीर, मन, वुद्धि, अहंकार होइन, साक्षात परमात्मा तथा पुरुषको अभिन्न अंश हुँ भन्ने शाश्वत सत्यको प्रज्ञा साधकको अन्तरहृदयमा अन्तरज्ञानको रुपमा घटित हुन्छ । सबै सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु निस्प्रयास मौन साधनाको माध्यमबाट नै सर्वप्रथम आफूले आफूलाई राम्ररी चिनेर, बुझेर, जानेर आत्म साक्षातकार, आत्मवोध तथा आत्मज्ञानको मार्ग हुदै परमात्मामा एकाकार तथा योगस्थ हुन सफल भएका हुन्छन् किनकी सनातन अध्यात्म विज्ञानको व्यवहारिक ज्ञान अनुसार आफू र आफ्नो मूल श्रोतलाई जान्ने र अन्ततः मूलश्रोतमा एकाकार हुने प्रमुख र एकमात्र मार्ग निस्प्रयास मौन अर्थात मनको विचार शुन्यता तथा निर्विचार अर्थात अमनी अवस्था नै हो । मौन आफूभित्रको संसार हो, आफूलाई वाहिरको भौतिक संसारमा खोज्ने मनुष्य वाहिरकै संसारमा हराउछ तर आफूलाई मौनमा तथा आफूभित्रको संसारमा खोज्ने मनुष्यले आफूलाई र परमात्मालाई मौनमा आफ्नो अन्तरहृदयमा पाउछ । साधकमा निस्प्रयास मौन जति-जति गहिरिदै जान्छ उतिनै ब्रम्हाण्डका अलौकिक रहस्यहरु मौनको प्रकाशमा प्रज्वलित हुदै जान्छन् र उसमा इन्द्रियातीत, मनातीत तथा भावातीत अनुभव तथा अनुभूतिहरु बढ्दै जान थाल्छन् किनकी मौनले आफूभित्रको जन्म–जन्मदेखि बन्द रहेको द्वार खोल्दछ जहाँबाट आत्मा स्वतन्त्र भएर आफ्नै अरन्तरहृदयको केन्द्रमा स्थित परमात्मासंग एकाकार हुन्छ । अधिकांश मनुष्यहरुमा यो भ्रम रहदै तथा विजारोपण गर्दै आईको छ कि परमात्मा वाहिरको संसार, मूर्ति, मठ, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिदमा छ भनेर तर यो पुर्णतः अपूर्ण र असत्य मान्यता हो । अपूर्ण यस अर्थमा कि यी सबै गतिविधिहरु मनुष्यलाई आफूभित्रको मौनमा फर्काउने माध्यम तथा साधन मात्र हुन् । र असत्य यस अर्थमा कि परमात्मा वाहिरी संसारको भिड, हल्ला-खल्ला, कोलाहल भन्दा धेरै पर मौनको अनन्त गहिराइमा मनुष्यको अन्तरहृदयको सबैभन्दा भित्रको केन्द्रमा रहेको अन्तिम परतमा स्थित रहेको छ र साधकको आत्माको अन्धकार हटेपछि त्यहींबाट स्वस्फुर्त प्रकट हुन्छ र साधकको वोधमा आउछ, साधकको आत्मासंग साक्षातकार गर्छ, दोहोरो संवाद गर्छ र साधकको आत्मसंग एकाकार हुन्छ, आत्मा र परमात्मा एक हुन्छन्, अद्वेत हुन्छन् किनकी आत्मा र परमात्मा एकै तत्व हुन, अलग होइनन्, आत्मा नै परमात्मा हो र समष्टि पारमात्माको व्यष्टि स्वरुप आत्मा हो । 


सबै मनुष्यहरुले यो शाश्वत सत्य बुझ्नु तथा बुझाउनु अपरिहार्य भएको छ कि परमात्मा आफूभन्दा वाहिरको संसारमा रहेका मूर्ति, मठ, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिदमा छैन, आफ्नै अन्तरहृदयभित्रको केन्द्रिमा शरीर, मन, भाव, वुद्धि, अहंकारको कालो पर्दाले ढाकिएर रहेको अवस्थामा छ । पूजापाठ, व्रत–तीर्थ, दान–पुण्य, परोपकार, मूर्ति, मठ, मन्दिर, देवालय, गुम्बा, चर्च, मस्जिद, गुफा, जंगल, गुरुकुल, गुरु, सदगुरु सबै मनुष्यलाई आध्यात्मिक तथा योगीक साधनाको मार्ग सिकाएर आफूभित्रको मौनमा पुर्याउने साधन तथा मार्ग मात्र हुन्  शाश्वत निराकार, निर्गुण, अव्यक्त परमात्माको खोजी अनिवार्य रुपमा मनुष्यले आफू स्वयंभित्र आफू स्वयंले नै गर्नुपर्दछ  परमात्मा प्राप्तिको वास्तविक साधना साधक स्वयंको प्रयत्नबाट स्वस्फुर्त रुपमा घटित हुने निस्प्रयास मौन नै हो । मौन साधनाको प्रज्वलित अग्निले प्याजका तहझैं रहेका शरीर, मन, भाव, वुद्धि, अहंकार र यिनले जन्म–जन्ममा गरेका कर्महरुको कर्मबन्धनको कालो पर्दालाई जलाउछ एकपछि अर्को परत गर्दै तव अन्तरहृदयको सबैभन्दा भित्रको केन्द्रबाट परमात्मा स्वस्फूर्त रुपमा प्रकट हुन्छ, साधकको आत्मासंग साक्षातकार र दोहोरो संवाद गर्न प्रारम्भ गर्छ र भन्छ, “अन्ततः ‘तँ’ र ‘म’ एकआपसमा साक्षातकार र एकाकार हुन सफल भयौं है” । ब्रम्हाण्डिय कानून सनातन अध्यात्मको नियम अनुसार आत्मा परमात्मासंग एकाकार हुन अत्यन्तै आतुर भएजस्तै परमात्मा पनि आत्मासंग मिल्न चाहान्छ तथा प्रतिक्षारत रहेको हुन्छ जसरी नदि सागसंग मिल्न आतुर हुन्छ र सागर नदिलाई आफूमा समाहित गर्न प्रतिक्षारत रहन्छ । यसैकारण हाम्रा महान पुर्खा प्राचीन वैज्ञानिक ऋषिहरुले भन्नु भएको छ, “साधक तथा भक्तले एक पाइला परमात्मातिर बढायो भने परमात्माले आफ्नो सन्तान तथा भक्ततिर एकैपटक १००० पाइला बढाउछ र सर्वथा उसको पारमार्थिक कल्याणका लागि खडा रहन्छ ।  

निस्प्रयास मौनबाट नै हुन्छ आत्माको ब्रम्हाण्डिय सयर

मनुष्य 'पुरुष र प्रकृति'को महासंयोगबाट सिर्जित भएको जीव+आत्मा=जीवात्मा हो । प्रकृति मनुष्यको स्थुल शरीर हो जो पंचतत्व तथा पंचमहाभूतको संमिश्रणबाट निर्मित भएको हुन्छ र पुरुष अर्थात आत्मा समष्टि परमात्माको अभिन्न व्यष्टि अंश हो जो शरीरको आयु सकिएर मृत्युवरण भएपछि पुनः आत्मालोक तथा सुक्ष्म संसार तथा परमात्माको संसार तथा आफ्नै मूलश्रोत तथा मूलघरमा फर्कन्छ र त्यहीं रहिरहन्छ अर्को जन्म अर्थात पूनरजन्म नलिउन्जेलसम्म । मनुष्यको प्रकृति प्रदत्त स्थुल शरीर जो दृश्य स्वरुपमा छ र यसका उचाई, मोटाई, गति, दृश्य, श्रवण, सुघाइ, स्वाद तथा स्पर्शका अनुभव तथा अनुभूति आदि धेरै प्रकारका सीमाहरु रहेकाछन् । तर उसको पुरुष अर्थात आत्मा अर्थात चेतना अर्थात सुक्ष्म शरीर जो अदृश्य स्वरुपमा छ र यसका कुनै प्रकारका सीमाहरु छैनन् र आत्मा अर्थात चेतनालाई केहीले पनि प्रभाव पार्न सक्दैन । आत्मा अर्थात चेतना असीम, अनन्त, सर्वशक्तिमान, सर्वव्यापक, महाप्रकाशमय, महाउर्जावान, शुद्ध, वुद्ध, नित्य, अमर, शास्वत हुन्छ किनकी यो परमात्मा स्वयंको अभिन्न अंश हो । वेदको सार, संसारका पुस्तकहरुका पनि पुस्तक महापुस्तक श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले भन्नु भएको छ, “नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावकः। न चैनं क्लेदयन्त्यापो न शोषयति मारुतः।।(श्रीमद् भगवद् गीता, २-२३०)”। अर्थात आत्मा त्यस्तो कहिल्यै नमर्ने ‘अमृत’ तथा ‘अमर’ तत्व हो जसलाई शास्त्रले काट्न सक्दैन, अग्निले जलाउन सक्दैन, पानीले गलाउन सक्दैन, वायुले सुकाउन सक्दैन । निस्प्रयास मौन साधनाको प्रज्वलित अग्निमा प्रकट भएको परमात्माको महाशक्ति, महाउर्जा तथा महाप्रकाशले साधकको आत्मा अर्थात सुक्ष्म शरीरलाई असीम, अनन्त, सर्वशक्तिमान, सर्वव्यापक बनाइदिन्छ  परमात्मा आफू स्वयं निवास गर्ने साधकको अन्तरहृदयलाई विशाल तथा विराट बनाइदिन्छ र साधकको अन्तरहृदयभित्रै समुच्चा ब्रम्हाण्ड खडा गरिदिन्छ तथा अटाइदिन्छ र साधक सवयंलाई ब्रम्हाण्ड बनाइदिन्छ । आफू स्वयं ब्रम्हाण्ड बनेको साधकले आफू स्वयंभित्रै ब्रम्हाण्डका सबै सृष्टिहरु– सबै प्राणीहरु, सबै वनस्पतिहरु, सबै पदार्थहरु, ग्रह, नक्षेत्र, सौर्यमण्डल, तारामण्डल, कालो छिद्र, खालि ठाउँ तथा समुच्चा आकाश एकैठाउँमा समाहित भएको पाउछ र ती सबैसंग साधकले चाहे अनुसार, चाहेको समयमा सहजै साक्षातकार गर्न, संवाद गर्न, सयर गर्न सक्छ । यो अवस्था स्वस्फुर्त घटित भएको निस्प्रयास मौन साधनाले तयार पारेको अन्तरहृदयको गहन शुन्यताले भरिएको विकसित चेतनाको महासागरमा परमात्मा अर्थात अस्तित्वले घटित गराइदिन्छ र साधकलाई सदाकालागि अलौकिक पूर्णताले भरिदिन्छ । 


मौन साधनाले बनाएको अन्तरहृदयको विराट शुन्यतामा अस्तित्व स्वयंद्वारा पूर्णता भरिदिने हुनाले मौन खालिपन तथा शुन्यता नभएर महापूर्णता हो जहाँ समुच्चा विराट ब्रम्हाण्ड अटाएको हुन्छ । आफ्नो अन्तरहृदयमा यस्तो अलौकिक, चमत्कारिक, रहस्यमय अवस्था घटित भएपछि साधकले सबैमा आफू र आफूमा सबैलाई देख्न थाल्छ र आफूलाई ब्रम्हाण्डको अद्वेतमा विलिन गरिदिन्छ । अव ब्रम्हाण्डका सारा अलौकिक ज्ञानहरु साधकको अन्तरहृदयमा स्वस्फुर्त रुपमा आउन थाल्छन् । सृष्टिका प्राणी, वनस्पति, वस्तु तथा पदार्थहरु, सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु, भगवद् चेतनाहरु, ब्रम्हाण्डका महाशक्तिहरुसंग साधकको प्रत्यक्ष साक्षातकार र दोहोरो सौहार्दपूर्ण संवाद हुन थाल्छ । साधकको शरीर, शव्द, मन, भाव, आत्मा अर्थात चेतना, आभामण्डलमा परमात्माको तेज तथा वोज स्वतः कयौं गुणाले बढेर आउछ र यस्तो अलौकिक दिव्य अवस्थाले उसको वरिपरि र दुरदुरसम्म चारैतिरका प्राणी, वनस्पति, पदार्थहरुमा सकारात्मक प्रभाव पार्दछ । साधकमा छाएको परमात्माको तेज तथा वोका कारण उसको उपस्थिति मात्र पनि सबैको सुख, खुशी, शान्ति, आनन्दको कारण बन्दछ र उसको निकटमा सबैले सुख, खुशी, शान्ति, आनन्दको महसुस तथा अनुभूति गर्दछन् । सामान्य मनुष्यहरुलाई लाग्न सक्छ कि यी सबै काल्पनिक तथा कल्पना गएिका मनगढण्ते घटना तथा विषयहरु होलान तर होइन यी सबै शुद्ध तथा व्यवहारिक विज्ञान हुन, परालौकिक, दिव्य, अकाट्य, शाश्वत, सत्य र अत्यन्तै प्रामाणिक उपलव्धिहरु हुन जुन स्वस्फुर्त रुपमा घटित भएको निस्प्रयास मौन साधनाको गहिराइमा साधकलाई इन्द्रियातीत, मनातीत, भावतीत अनुभव तथा अनुभूतिहरुमा प्रत्यक्ष रुपमा आउछन् । निस्प्रयास मौन साधनाको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु सबैमा यस्ता विशेष प्रकारका शक्ति तथा सिद्धिहरु अनुभूतिमा आएका हुन्छन् र उनीहरुको सुक्ष्म शरीरमा चिरस्थाइ रुपमा विद्यमान रहिरहन्छन्  सदाकालागि । 

एकान्तपन मौनमा प्रवेश गर्ने र ब्रम्हाण्ड बुझ्ने अमूल्य अवसर

आजको मनुष्य अज्ञानताका कारण एकान्त तथा एक्लोपनदेखि डराउछ, कहालिन्छ र एकान्तपनलाई मानसिक तथा भावनात्मक बिमारी तथा बिमारीको कारणको रुपमा लिन्छ तर एकान्त तथा एक्लोपन मौनमा प्रवेश गर्न मद्धत गर्ने अमूल्य अवसर, अत्यन्तै महत्वपूर्ण साधन र सबैभन्दा ठूलो वरदान हो किनकी एकान्तपनमा रमाउन र बानी पर्न सक्ने मनुष्य आफ्नो आन्तरिक जगतमा सहजै प्रवेश गर्न सक्दछ र उसलाई निस्प्रयास मौन छिटो घटित हुन्छ । आफ्नो एकान्त तथा एक्लोपनको सदुपयोग गर्दै मौन साध्न सक्ने मनुष्यले आफूलाई भेट्दछ, छिट्टै आत्म साक्षातकार तथा आत्मवोधको अवस्थामा उपलव्ध हुन्छ । आत्म साक्षातकार तथा आत्मवोध हुदै आफ्नो अन्तरजगतमा प्रवेश गरिसकेको मनुष्य आफ्नो जीवनको मालिक उ स्वयंनै हुन्छ तर एकान्त तथा एक्लोपनको महत्व र उपयोगित नबुझेर अरुमा परनिर्भर हुने र वाहिरी संसारको भिडको पछाडि लाग्ने तथा भोगको जीवनमा लिप्त हुने मनुष्य अरुको विचारको दाष बन्दछ र वाहिरी संसारमा हराइरहन्छ । एकान्त तथा एक्लोपन हुदै, प्रयास मौन हुदै निस्प्रयास मौनको अवस्थामा पुगेपछि साधकको मन तथा भावमा सोच, विचार, भावनात्मक संवेगहरुका कोलाहल तथा हलचलहरु क्रमशः बन्द हुदै जान्छन् । सोच, विचार, भावनात्मक संवेगहरुका कोलाहल तथा हलचलहरु बन्द भएपछि सर्वप्रथम साधकको अन्तरहृदयमा शुन्यता घटित हुन्छ, यही शुन्यतामा उसको आत्माको उपस्थिति र परमात्माको पदार्पण हुन्छ, यो शुन्यता स्वतः पूर्णता तथा सम्पूर्णतामा रुपान्तरण हुन्छ र यही सम्पूर्णतासंग पराभौतिक संसारका ब्रम्हाण्डिय अलौकिक, रहस्मयि, चमत्कारीक, दिव्य, आध्यात्मिक परमसत्यका प्रज्ञा, ज्ञान, विज्ञान, महाज्ञानहरु घटित भएर साधकको इन्द्रियातीत, मनातीत, भावातीत अनुभव तथा अनुभूतिहरुमा प्रकट भएर आउन थाल्छन् । 


मौनको गहन अवस्थामा जव साधकको आत्मा अर्थात चेतनाको उर्जा तरंग परमात्माको उर्जा तरंगसंग जोडिन्छ तथा एकाकार हुन्छ तव सारा ब्रम्हाण्ड साधकको पक्षमा काम गर्न थाल्छ । साधक निस्प्रयास मौनको प्रज्वलित अग्निमा तपिएर खारिएपछि उसको आत्मा अर्थात चेतनाको उर्जा स्वतः खारिन्छ र अव यो दिव्य उर्जाले स्वस्फुर्त रुपमा आफू वरपर चारैतिर दुरदुरसम्म सर्वकल्याणको काम गर्न प्रारम्भ गर्दछ अदृश्य रुपमा किनकी आत्माको खारिएको उर्जा स्वयं परमात्मा हो, परमात्मा संधै निराकार, निर्गुण, अव्यक्त हुन्छ र हरहालमा सबैको कल्याण गर्ने परम करुणादायि हुन्छ । मौनको प्रज्वलित अग्निमा तपिएका तथा खारिएका सन्तहरु मौनमै परमात्मासंग सिधै साक्षातकार तथा प्रत्यक्ष दोहोरो संवाद गर्दछन्  ब्रम्हाण्ड संचालनका गुरुयोजनाहरु तर्जुमा गर्दछन् । स्थुल शरीरमा रहेका तथा नरहेका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु एकआपसमा मौनमै सिधा सम्पर्क गर्दछन् संसारको जुन भूगोलमा रहेको भएपनि ब्रम्हाण्ड संचालनको गहन बहस, विश्लेषण र योजना निर्माण गर्दछन् । यसकारण मौन परमसत्य र परमपूर्णता हो, परमात्माको पर्याय तथा प्रतिविम्व हो जसमा समुच्चा ब्रम्हाण्ड र ब्रम्हाण्डको सर्जक स्वयं ब्रम्ह अर्थात परब्रम्ह अटाउछ । निस्प्रयास मौन साधनामा भौतिक संसारले कल्पना समेत गर्न नसकेका अनन्त अलौकिक परमशाश्वत अवस्थाहरु घटित हुन्छन् र साधक आन्तरिक रुपमा परमसुख, परमखुशी, परमशान्ति, परमआनन्द, सतचितानन्दमा उपलव्ध भैरहन्छ नित्यनिरन्तर । उ भौतिक संसार र पराभौतिक संसारमा एकसाथ उपस्थित भएर आफ्ना कर्महरु गर्दछ । मौनको प्रज्वलित अग्निमा तपिएर खारिएरको सिद्ध साधक परमात्ममा एकाकार भएपछि अव साधकले पार्थना नगरे पनि परमात्मा अर्थात अस्तित्वले उसका सर्वकल्याणका इच्छा, आंकाक्षाहरु स्वस्फुर्त रुपमा स्वयं सुन्छ र तथास्तु भन्छ तव ब्रम्हाण्डमा ती कार्यहरु हुदै जान्छन् विभिन्न माध्यमहरु मार्फत । निस्प्रयास मौन साधनामा सिद्ध भएको साधकले सदा सर्वकल्याणका विषहरुबारे मात्र इच्छा, आंकाक्षाहरु राख्ने गर्दछ आफ्नोलागि कुनै प्रकारका अपेक्षहरु कहिल्यै पनि राख्दैन ।  



********************

छिट्टै(सम्पादनको चरणमा रहेको)

मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक

मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि







Tuesday, 28 October 2025

आध्यात्मिक साहित्यः मौन साधनाको महाशक्ति, खण्ड -३

 लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन



(३) मौन साधनाका आयामः प्रयास मौन र निस्प्रयास मौन 

साधारण बोलिचालिको भाषामा केहीपनि नबोल्नु तथा केही नगरीकन चुपचाप रहनुलाई मौन भन्ने गरिन्छ । सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानका पूर्णः वैज्ञानिकतामा आधाररित योगीक साधना विधि तथा पद्धतिका प्रयोगात्मक अभ्यासहरुको अनुशरणका आधारमा मौन साधनाका दुईप्रकारका आयामहरु रहेका छन्– (१)प्रयास मौन, र (२)निस्प्रयास मौन । त्यसैगरि प्रक्रियाका आधारमा मौनको अभ्यास दुईप्रकारले गरिदै आइएको छ– (१)वाणी र शरीर तथा इन्द्रियहरुमा स्थिरता तथा वाहिय मौन, र (२)मन र भावमा स्थिरता तथा आन्तरिक मौन । मोटामोटी रुपमा भन्नुपर्दा वाहिय मौन प्रयास मौनको अवस्था हो अर्थात मनुष्यले आफुले प्रयत्न गरेर मौन रहने प्रयास गर्नु र आन्तरिक मौन निस्प्रयास मौनको अवस्था हो जो बिना कुनै प्रयत्न स्वस्फुर्त घटित हुने मन र भावको स्थिरता तथा शुन्यताको अवस्था हो । प्रयास मौनको अवस्था मनुष्यको आफ्नै प्रयत्नले घटित हुनसक्छ तर निस्प्रयास मौनको अवस्था मनुष्यको प्रयत्नले मात्र घटित हुन सक्दैन । सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका योग विज्ञानका गहन योगीक साधनाहरुको प्रयोगात्मक अभ्यासबाट मात्र निस्प्रयास मौन हासिल गर्न सकिन्छ किनकी मनुष्यका विचार तथा भावनाहरुको नैसर्गीक प्रवृत्ति सकारात्मक तथा नकारात्मक किसिमले निरन्तर एक रफ्तारमा चलिरहनु हो र सामान्य अवस्थामा यस्ता विचार तथा भावनाहरुमा मनुष्यको नियन्त्रण रहदैन । योगीक साधनाको विशेष अवस्थामा साधकको आफ्नो प्रयास र ब्रम्हाण्डको अदृश्य महशक्ति तथा परमात्माको सामिप्यता तथा आशिर्वादले निस्प्रयास मौन घटित हुन्छ । योगीक साधनाको विशेष तहगत अवस्थामाहरुमा विस्तारै मनुष्यको आध्यामिक प्रगति हुदै जाने र यो अवस्थामा उसको मन, भाव, आत्मा अर्थात चेतनाको उर्जामा ब्रम्हाण्डिय महाउर्जा अर्थात परमात्माको महाशक्ति तथा महाप्रकाशको पदार्पण हुनेहुनाले यसअघि प्रकाश बिहिनताका कारण अन्धकारको अवस्थामा रहेको मनुष्यको मन, भाव, आत्मा अर्थात चेतनामा चारैतिर परमात्माको दिव्य महाप्रकाशको विस्तार हुन थाल्छ र यही दिव्य प्रकाशको चमत्कारिक प्रभावले मनुष्यमा निस्प्रयास मौन स्वस्फुर्त रुपमा घटित हुन्छ । निस्प्रयास मौन घटित भएपछि स्वतः मनुष्यको मन एकाग्र हुन्छ, भाव शान्त हुन्छ, आत्मा अर्थात चेतना जाग्रीत र विकसित हुदै जान थाल्छ अथवा वास्तविक आन्तरिक मौनको अवस्था घटित हुन्छ र उसको सांसारिक र पारमार्थिक जीवनमा उल्लेख्य प्रगति आउन थाल्छ । यही अर्थमा हाम्रा पुर्खा प्रखर अध्यात्मविद तथा प्राचीन महावैज्ञानिक ऋषिहरुले निस्प्रयास आन्तरिक मौन घटित हुन व्यक्ति स्वयंको प्रयासबाट मात्र सम्भव हुदैन, यो अध्यात्म साधना तथा योग विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुको अभ्यासका विभिन्न चरणहरुमा क्रमिक रुपमा आफैं घटित हुदै जाने विशेष प्रक्रिया हो भनेर मनुष्को आध्यात्मिक विकासमा निस्प्रयास मौनलाई विशेष मान्यता प्रदान गर्नु भएको छ । 


(क) प्रयास तथा वाहिय मौन

प्रयास मौन साध्न तथा वाहिय रुपमा मौन रहन अर्थात वाणी र शरीर तथा इन्द्रियहरुमा स्थिरता ल्याउन व्यक्ति स्वयंले प्रयास गरेर गर्न सक्दछ तर यसकालागि व्यक्तिले आफूलाई अत्यन्तै जागरुक तथा साक्षी आस्थामा राख्नुपर्ने हुनाले यो प्रक्रिया अलि कठिन हुने गर्दछ, तसर्थ हरकोहीले प्रयास तथा वाहिय मौनको अभ्यास गर्न सक्दैनन् । केही व्यक्तिहरुका लागि मौन रहन मुस्किल तथा अत्यन्तै मुस्किल हुन्छ भने केहीका लागि त मौन रहनु असम्भव प्राय नै हुन्छ । मौनको अभ्यास मुस्किल हुनुका कारणहरु अनेक हुन सक्दछन्, अनेक कारणहरु मध्य प्रमुख कारण व्यक्तिले व्यतीत गर्दै आइरहेको उसको जीवनशैली तथा उसको खानपान, कर्म, सम्वन्धहरु, संगत, सोच, विचार, भान, व्यवहार, आचरण, जीवनको प्राथमिकता आदि नै हुन् । उ दैनिक रुपमा कस्तो माहोलमा आफ्नो जीवनको अधिकांश समय बिताइरहेको छ र कसरी बिताइरहेको छ भन्ने मूल सवाल हुन आउछ उसले वाहिय तथा आन्तरिक दुवै प्रकारका मौनको अभ्यास गर्न सक्छ कि सक्दैन भन्ने सन्दर्भमा । तर सरसर्ती आकलन गर्दा वाहिरी रुपमा प्रयास मौनमा रहन तथा आफ्नो वाणी र शरीर तथा इन्द्रियहरुलाई स्थिर तथा मौन राख्न सहज हुन्छ मन र भावलाई स्थिर राख्नुपर्ने आन्तरिक तथा निस्प्रयास मौनको तुलनामा किनकी आन्तरिक तथा निस्प्रयास मौन ध्यात्म साधनाको वृहद विषय हो जस अन्तर्गत जीवन र जगत, अस्तित्व र ब्रम्हाण्ड, आत्मा र परमात्माका अदृश्य सनातन शाश्वत सत्यहरु समाहित भएका हुन्छन् । 


सनातन आध्याम दर्शनमा एउटा अत्यन्तै प्रसिद्ध र प्रभावकारी भनाइ रहदै आएको छ, ‘मनुष्य अक्सर बोलेर गुमाउछ र मौन रहेर प्राप्त गर्छ’ । आध्यात्मिक भावले ओतप्रोत यो भनाईको अर्थ तथा परिभाषा निकै गहिरो छ र यो प्रत्यक्ष रुपमा जीवन र जगतको ज्ञानविज्ञान तथा प्रज्ञासंग सम्वन्धित रहेको छ । यो भनाइलाई कसरी र कति गहनतामा बुझ्ने भन्ने कुरा हरेक व्यक्तिको आ–आफ्नो ज्ञान र प्रज्ञाको गहिराइमा निर्भर गर्दछ । आजको मानव समाजलाई अवलोकन गर्दा वास्तविकता यसको ठिक विपरित रहदै आएको हामी पाउछौं किनकी हरेक मनुष्य प्राप्त गर्न चाहन्छ तर उ मौन रहन भने विलकुलै चाहदैन या चाहेर पनि मौन रहन सक्दैन जवकि सांसारिक र पारमार्थिक जीवनका प्राप्तिहरुको मूलआधार नै मौन हो किनकी मौन शुन्यता होइन, पूर्णता हो । मनुष्यमा रहेको यही विपरित अवस्थाका कारण उसले जीवनमा पाउनु भन्दा बढि गुमाउनु परेको छ । आजको मनुष्यसंग मौन रहने र अरुलाई सुन्नसक्ने धैर्यता नै छैन, उ आफ्नै कुरा मात्र सुनाउन चाहन्छ, अरुलाई उपदेश दिन र सिकाउन चाहन्छ, अरुलाई आफू अनुकुल बनाउन तथा सुधार्न चाहन्छ, आफू सबै जान्दछु, मैले जान्न बाँकी केही छैन, अर्कोले जानेको छैन, मेरो कुरा बुझ्दैन भन्ने ठान्छ र यही ‘म सबैथोक जान्दछु र मैले जानेकै सहि हो’ भन्ने खोक्रो अहंकारका कारण उसले आफ्नो जीवनबाट अत्यन्तै महत्वपूर्ण विषयहरु गुमाइरहेको छ तर विडम्वना उसलाई यो वास्तविकता थाहा नै छैन कि मैले मेरै खोक्रो अहंकारको कारण आफ्नो जीवनका अत्यन्तै महत्वपूर्ण विषयहरु– स्वास्थ्य, सम्वन्ध, मान–प्रतिष्ठा, धन, सुख, खुशी, शान्ति, आनन्द, आफू स्वयं अर्थात आफ्नो मूलस्वरुप आत्मालाई समेत गुमाइरहेको छु र आफूबाट क्रमिक रुपमा आफैंबाट दुर हुदै गैरहेको छु । अझ सुक्ष्म रुपमा हेर्ने हो भने मनुष्यले आफू संगसंगै आफ्नो जीवन तथा आत्माको मूलस्वरुपको मूलश्रोत परमात्मालाई पनि गुमाइरहेको छ । उसले आफूलाई म, मेरो, मैले, मलाई जस्ता अहंकारको साँघुरो श्रृंखलामा कैद गरेको कारणले जीवनका महत्वपूर्ण अवयवहरु गुमाइरहेको छ । यस्तो बिनासकारी शक्ति ‘अहंकार’ सबैभन्दा बढि मनुष्यको वाणी र शरीर तथा इन्द्रियहरुका हाउभाउहरुबाट प्रकट हुने गर्दछ, यसैकारण आफ्नो वाणी, वाणीमा व्यक्त गरिने चोटिला शव्दहरु र शरीर तथा इन्द्रियहरुका धारिला हाउभाउहरुका कारण उसले जीवनका महत्वपूर्ण अवयवहरु गुमाउदै गएको हो । मनुष्यको जीवनका सारा सकारात्मक पक्षहरु एकातिर हुन्छन् र अहंकार एक्लै अर्कोतिर हुन्छ र पनि जीवनका सबै सकारात्मक पक्षहरु भन्दा एक्लो अहंकार कयौं गुणा बढि भारी हुन्छ र अहंकारको यो भारले मनुष्य जन्म–जन्मसम्म थिचिइरहन्छ संचित कर्म बन्धनका रुपमा, चाहेर पनि यो परालौकिक थिचाइबाट उठ्न सक्दैन किनकी उसको वाणी र शरीर तथा इन्द्रियहरुका हाउभाउहरुमा प्रकट हुने यही अहंकारले उसको जीवनबाट स्वास्थ्य, सम्वन्ध, मान–प्रतिष्ठा, धन, सुख, खुशी, शान्ति, आनन्द, आफू स्वयं र परमात्मालाई समेत खोसेर लगेर व्यक्तिलाई पूर्णतः वाहिरबाट रित्तो हात र भित्रबाट खोक्रो मन तथा भाव बनाएर उठ्न नसक्ने गरि कमजोर बनाइदिएको हुन्छ । अहंकार र जीवनका सन्दर्भमा सबैले जान्नु पर्ने विषय हो जीवनका अत्यावश्यक सकारात्मक पक्षहरु र अहंकार दुई विपरित ध्रुव हुन् जो कहिल्यै एकै ठाउँमा आउन सक्दैनन्, कि मनुष्यसंग उसको अहंकार रहन्छ र कि अहंकारको बरफ पानी भएर पग्लेपछि जीवनका अत्यावश्यक सकारात्मक पक्षहरु रहन्छन् उसंग । अहंकारमा रहेर तथा वाणी, शव्द, शरीर तथा इन्द्रियहरुका हाउभाउहरुको माध्यमबाट धेरै बोलेर तथा अभिव्यक्त भएर मनुष्यले जीवनका सबै महत्वपूर्ण कुराहरु गुमाउछ तर मौनमा रहेर मनुष्यले उसले कहिल्यै अपेक्षा नै नगरेका सांसारिक र पारमार्थिक जगतका कुराहरु समेत हासिल गर्न सक्दछ, तसर्थ मनुष्यको जीवनमा मौन रहनु अत्यन्तै महत्वपूर्ण मानिदै आइएको हो र सनातन अध्यात्म दर्शन तथा मनुष्यको जीवनको वास्तविकता र व्यवहारिकतालाई सुक्ष्म रुपमा अध्ययन तथा विश्लेषण गर्दा ‘मनुष्य अक्सर बोलेर गुमाउछ र मौन रहेर प्राप्त गर्छ’ भन्ने भनाईको मूलसार यहीनै रहेको धेरै अध्ययनहरुले देखाएका छन् ।

सबैको चाहना सुखको प्राप्ति र दुःखको निवृत्ति

हरेक मनुष्यको जीवनको प्रमुख र अन्तिम चाहना सुखको प्राप्ति गर्नु र दुःखबाट निवृत्ति पाउनु हो । मनुष्यको जीवनमा सबै प्रकारका दुःख तथा पिडाहरु उसैका बोलि तथा व्यवहारहरुका कारण आउने गर्दछन् र सबैभन्दा बढि दुःख दिने मूलश्रोत उसको बोलि र बोल्दा प्रयोग गरिने चोटिला शव्दहरु र शरीर र इन्द्रियहरुका धारिला हाउभाउहरु हुन् जसले वारुद र तरवारको काम गर्दछन् उ स्वयंको जीवन नष्ट गर्नमा । मनुष्यले बोल्ने चोटिला शव्दहरुको मूलश्रोत उसको मनमा चल्ने अनियन्त्रित अतिविचारहरु र भावनात्मक संवेगहरु हुन्; अनियन्त्रित अतिविचारहरु र भावनात्मक संवेगहरुको मूलश्रोत उसले इन्द्रियहरुका माध्यमबाट प्राप्त गर्ने सूचना तथा जानकारीहरुबाट उत्पन्न हुने मन तथा भावका तरंगहरु हुन्; र मन तथा भावका तरंगहरुको मूलश्रोत मनुष्यको मन, मस्तिष्क, भावमा भ्रम फैलाउने वाहिरी संसारका दृश्यमा तथा वाहिर रंगीचंगी तर भित्र फिका तथा कुरुप अस्तव्यस्त रहेको अस्वस्थ प्रतिस्पर्धा र देखासेखीले आक्रान्त भएको उसको अस्वस्थ तथा अव्यवस्थित जीवनशैली हो ।आजका मनुष्यहरु मा देखिएको अतिको अधैर्यता तथा मौन रहन नसक्नुको कारणको पछाडि यही फनफनी जेलिएको लामो माखे सांग्लो रहेको  जसले उसलाई आन्तरिक रुपमा एक्ल्याउदै र आफैंबाट दुर गर्दै लगिरहेको छ । मनुष्यको जीवनमा दृश्य तथा अदृश्य रुपमा यसरी फनफनी जेलिएको अस्वस्थ सांसारिक जीवनको माखे सांग्लोलाई नतोडीकन उसको जीवनमा कदापि सुखको प्राप्ति र दुःखबाट निवृत्ति आउन सक्दैन । यो माखे सांग्लोको शुरुआत मनुष्यको अव्यवस्थित तथा नकारात्मक जीवनशैलीबाट भएको हुनाले सुधारको पहिलो प्रयास पनि उसको जीवनशैली व्यवस्थित गरेर र सकारात्मक परिवर्तन ल्याएर नै गर्नु पर्दछ र यसकालागि शुरुको चरणमा वाणी र शरीर तथा इन्द्रियका हाउभाउहरुमा स्थिरता ल्याउने प्रयास तथा वाहिरी मौनको अभ्यास प्रारम्भ गर्नु अनिवार्य हुन्छ । प्रयास तथा वाहिरी मौनका विविध चरणहरु पार गर्दै मनुष्य क्रमिक रुपमा विस्तारै निस्प्रयास मौनका चरणहरुमा प्रवेश गर्दै जान्छ र सांसारिक जीवन तथा पारमार्थिक जीवनमा उल्लेख्य प्रगति हासिल गर्दै आफ्नो समग्र जीवनलाई पूर्णरुपमा हरप्रकारले व्यवस्थित र सकारात्मक किसिमले परिवर्तन गर्न सक्दछ । 

प्रयास मौनको प्रारम्भ र सकारात्मक परिवर्तन

सांसारिक दृष्टिकोणमा आम बुझाइ अनुसार मौन मुखबाट शव्दोच्चाहरण नगरिकन चुपचाप रहने तथा कुनैप्रकारका शारीरिक तथा इन्द्रियका हाउभाउहरु नगरिकन निश्चित समयावधिका लागि स्थिर भएर बस्ने प्रयोगात्मक अभ्यास हो र आध्यात्मिक दृष्टिकोणमा मनुष्यको काया अर्थात शरीर र चित्त अर्थात मन दुवैको शुद्धि गर्ने उद्देश्यले मनमा चल्ने विचारहरु र भावमा तैरिने भावनात्मक संवेगहरुलाई शान्त तथा सन्तुलित राख्नकालागि योगीक साधना का वैज्ञानिक प्रक्रिया तथा विधिको निष्ठापूर्वक अनुशरण गरेर निश्चित समयावधि भरकालागि स्थिर रहेर गरिने एकाग्रता, धारणा तथा ध्यानको प्रयोगात्मक अभ्यास हो । आजको मनुष्यको काया र चित्त दुवै असन्तुलित अवस्थामा रहेका छन् किनकी उ सांसारिक जीवनको बेतुकको चरम भागदौड र अस्तव्यस्त भिडभाडमा अभ्यस्त रहेको छ र आफूतिर फर्कन बिर्सेका कारण आफूलाई एक्लो, असहाय र कमजोर महसुस गरिरहेको छ । सनातन अध्यात्म विज्ञानका खोज तथा अध्ययनहरुले उजागर गरेका तथ्यांकहरुका अनुसार मनुष्यको आफ्नो वास्तविक मित्र उ स्वयंनै हो तर सांसारिक भोगविलास, हल्लाखल्ला, भागदौड, भिडभाड, प्रतिस्पर्धा, देखासेखी, व्यस्तता, अस्तव्यस्तताका विच सहि ढंगले जीवन जीउन नजानेर संसारको भ्रमयुक्त रंगमञ्चमा  हराएको कारण उ आफू स्वयंबाट नै दुर हुदै गैरहेले आफूलाई एक्लो, असहाय र कमजोर महसुस गर्न बाध्य भएको छ । मनुष्यको जीवनका यस्ता चुनौति तथा समस्याहरु र आफू स्वयंसंग बढ्दै गएको दुरी प्रयास तथा वाहिय मौन साधना र निस्प्रयास तथा आन्तरिक मौन साधानाका प्रयोगात्मक अभ्यासहरुबाट समाधान गर्न, घटाउन तथा हटाउन सकिन्छ । मौन साधनाका प्रयोगात्मक अभ्यासहरुबाट मनुष्यले शारीरिक तन्दुरुस्ती, मानसिक एकाग्रता, भावनात्मक शान्ति जस्ता सांसारिक जीवनकालागि अत्यावश्यक सकारात्मक उपलव्धिहरु हासिल गर्न सक्दछ । यसकासाथै सहि प्रक्रिया तथा विधिको अनुशरण गरेर गरिएको मौन साधनाको गहन अवस्थामा मनुष्यले आत्मिक अर्थात चेतनात्मक जागरण तथा विकास जस्ता अद्वितिय उपलव्धिहरु पनि हासिल गर्न सक्दछ र आफू स्वयंलाई भेट्नुका साथसाथ उसले परमात्मा साक्षातकारसम्मको अलौकिक उपलव्धि हासिल गर्न सक्दछ । 


मौन साधनाको पहिलो चरण मनुष्यको वाणी र शारीरिक तथा इन्द्रियका हाउभाउहरुमा स्थिरता तथा सन्तुलनताबाट प्रारम्भ हुन्छ । मनुष्यका  शव्द तथा वाणीहरु उसको मनमा चल्ने विचारहरु र भावमा चल्ने भावनात्मक संवेगहरुको प्रतिविम्व तथा परिणामहरु हुन् र शव्द तथा वाणी संगसंगै मनुष्यको शरीर तथा इन्द्रियका हाउभाउहरु तथा इशारागत भाषाहरु चल्दछन् । यसकारण शव्द तथा वाणी  शरीर तथा इन्द्रियका हाउभाउहरुलाई स्थिर, सन्तुलित तथा मौन गर्नका लागि सबैभन्दा पहिला विचार र भावनात्मक संवेगहरुका चल्ने गतिलाई सकेसम्म कम गराउनु अत्यावश्यक हुन्छ । मनुष्यको मनमा निरन्तर चलिरहने विचार र भावनात्मक संवेगहरुको मूलश्रोत ज्ञान इन्द्रियहरुले वाहिरको संसारबाट प्राप्त गर्ने सूचना तथा जानकारीहरु र मनुष्यको अवचेतन, अचेतन तथा अध्यात्म विज्ञानका अनुसार पूर्णचेतन मनमा संग्रहित भएर रहेका जन्म-जन्मका संग्रहित स्मृतिहरु भएकोले सर्वप्रथम यी श्रोतहरुलाई योगीक साधनाका वैज्ञानिक प्रक्रिया, विधि तथा पद्धतिका प्रयोगात्मक अभ्यासहरुलाई निष्ठापूर्वक अनुशरण गरेर मौन साधना गर्ने प्रयास गर्नु पर्दछ । इन्द्रियहरुले वाहिरको संसारबाट प्राप्त गर्ने सूचना तथा जानकारीहरु कम गर्न तथा बन्द गर्न एकान्त स्थानमा बसेर कम्मर-ढाड-गर्धन सिधा गरेर, आँखा बन्द गरेर, शरीरलाई स्थिर राखेर निश्चित समयकालागि ध्यानमा बस्नु पर्दछ र मनमा संग्रहित स्मृतिहरुका सम्वेगहरु कम गर्न तथा बन्द गर्न मनलाई कुनै एक वस्तु तथा विषयमाथि टिकाएर, एकाग्र भएर धारणा  ध्यानका प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर वाहिय र आन्तरिक तवरले मौन रहने प्रयास गर्नुपर्दछ । यसरी आफ्नै प्रयत्नबाट प्रारम्भ  गरिएको ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यासमा शुरुमा साधकको शरीर, मन र भावमा व्यापक हलचल, उतार-चढाव, हल्लाखल्ला, बेचैनी, अशान्ति मच्चिन्छ केहीबेरको लागि मात्र पनि स्थिर रहन हम्मेहम्मे पर्नेगरि । तर यसो हुनु सामान्य अवस्था हो किनकी ध्यान तथा मौन साधनाको शुरुका चरणहरुमा हुने यसप्रकारको हलचल, अशान्ति, बेचैनी नै मनुष्यको शरीर स्थिर हुने, मन एकाग्र हुने, भाव शान्त हुने, आत्मा अर्थात चेतनाको विकास तथा जागरण हुने प्रारम्भिक र प्रक्रियागत सिढिहरु हुन् र यही आफूले प्रयास गरेको मौनको अवस्था तथा प्रक्रियाले विस्तारै मनुष्यलाई स्वस्फुर्त घटित हुने निस्प्रयास मौनसम्म पुर्याउछ र आफू स्वयं तथा आत्मासंग एकाकार गराएर आत्मवोधमा स्थित गराउछ र यही माध्यमबाट जीवनको अझ विशिष्ठ अवस्था आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञानमा उपलव्ध गराएर परमात्मा साक्षातकारसम्म पुर्याउछ । 


यसकालागि शुरुआती चरणमा व्यवहारिक रुपमा एकान्त स्थानमा स्थिर रहेर, एकाग्र भएर गरिने धारणा तथा ध्यान साधनाको माध्यमबाट मौन रहने प्रयास गर्नु अत्यावश्यक हुन्छ । यसरी गरिएको ध्यान तथा मौन साधनाको प्रयोगात्मक अभ्यासले साधकको जीवनमा शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्तरमा उल्लेख्य सकारात्मक परिवर्तनहरु हासिल हुन प्रारम्भ हुन्छन् । यी उपलव्धिहरुको उच्चतम सकारात्मक प्रभावका कारण विस्तारै साधकको सोच, विचार, भावना, वाणी, शव्द शरीर तथा इन्द्रियका हाउभाउहरुमा सन्तुलनता तथा मौनता आउन प्रारम्भ हुन्छ, उसको जीवन हरप्रकारले व्यवस्थित हुदै जान्छ र उसको जीवनका सबैप्रकारका समस्या तथा चुनौतिहरु समाधन हुदै जान्छन् । सैद्धान्तिक रुपमा ध्यान तथा मौन साधनाका अनुभवीहरु, गुरु, सदगुरु, योग प्रशिक्षकका उपदेश, उनीहरुसंगको सतसंग तथा सिकाइहरुबाट पनि प्रयास मौनको मानसिक तथा शारीरिक अभ्यासका ज्ञान हासिल गरेर आफ्नो जीवन व्यवस्थित गर्ने प्रयास गर्न सकिन्छ । यसप्रकार सनातन योग विज्ञानका योगीक साधनाका सैद्धान्ति तथा व्यवहारिक प्रयोगात्मक अभ्यासका प्रयासहरुबाट विस्तारै आफूभित्र सकारात्मक परिस्थितिहरु निर्माण हुदै जान्छन् र विस्तारै आफ्नै व्यवहारिक अनुभवहरुबाट निस्प्रयास मौनमा पुग्न सकिन्छ किनकी निस्प्रयास तथा आन्तरिक मौनको आधारभूत पुष्ठभूमि प्रयास तथा वाहिय मौन नै हो । 


(निस्प्रयास तथा आन्तरिक मौन

योगीक साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यासको माध्यमबाट वाहिय तथा प्रयास मौनको अभ्यास परिपक्व हुदैजाने क्रममा विस्तारै मनुष्यको शरीर तथा इन्द्रियका हाउभाउहरु, मनका विचारहरु र भावका भावनात्मक संवेगहरुमा स्थिरता तथा सन्तुलनता आउन प्रारम्भ हुन्छ र स्वस्फूर्त घटित हुने निस्प्रयास मौन साधनाको लागि पृष्ठभूमि तयार हुदै जान्छ र मौनको गहनता एक तहमा पुगेपछि स्वस्फुर्त रुपमा साधकमा निस्प्रयास मौन घटित हुन्छ । निस्प्रयास आन्तिरिक मौन प्रयास पूर्वक गरिने वाहिय मौनको परिपक्वतासंगै आफैं स्वस्फुर्त रुपमा घटित हुनेहुनाले नै यो अवस्थालाई स्वतघटित मौन तथा निस्प्रयास मौन भनिएको हो । यसरी साधनाको प्रक्रियामा आफैं स्वस्फुर्त घटित भएको निस्प्रयास मौन स्वस्फुर्त रुपमा साधकको दैनिकीमा निरन्तर चलिरहन्छ  साधकलाई मौनमा रहिरहन सहज हुन्छ किनकी निस्प्रयास मौनको अवस्थामा साधकले आफ्नो शव्द, वाणी, शरीर, इन्द्रिय, मन, भावलाई स्थिर, सन्तुलित, व्यवस्थित तथा मौन अवस्थामा राखिराख्न आफूले अलग्ग प्रयास गरिरहनु पर्दैन । जव स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ तव साधकमा वाहिय र आन्तरिक मौन दुवै स्वतः एकसाथ सन्तुलनमा बनिरहन्छ साधकको बिना कुनै प्रयास तथा मेहनत ।सनातन अध्यात्म दर्शनका वेदबाट निसृत भएका प्रामाणिक मूल ग्रन्थहरुमा बारबार प्रष्ट पारिएको छ कि निस्प्रयास मौन साधकको प्रयत्नबाट मात्र नभइ अन्तै कतै रहेको रहस्यमय अलौकिक अदृश्य शक्ति जसलाई हामी प्रकृति अर्थात अस्तित्व अर्थात इश्वर–गड–अल्ला अर्थात ब्रम्हाण्ड अर्थात परब्रम्ह अर्थात परमात्माको रुपमा आस्था, श्रद्धा, भक्ति गर्दछौं, उसको कृपा र आशिर्वादबाट घटित हुने गर्दछ । निस्प्रयास मौन घटित हुनमा साधकको परमात्माप्रतिको आस्था, श्रद्धा, समर्पण, प्रेम तथा भक्तिको महत्वपूर्ण भूमिका र योगदान रहेको हुन्छ । मौन साधनाको निरन्तरताको अवस्थामा साधकको आत्मा अर्थात चेतनाको विकास हुने क्रममा उभित्र उसको आत्मा अर्थात चेतनामा अलौकिक दिव्य रुपान्तरण आएपछि निस्प्रयास मौन स्वस्फुर्त रुपमा घटित हुन्छ । निस्प्रयास मौन त्यस्तो साधकको आत्मा अर्थात चेतनामा स्वस्फुर्त रुपमा घटित हुन्छ जो परमात्माप्रति आस्था, श्रद्धा, समर्पण, प्रेम तथा भक्तिले ओतप्रोत रहेको हुन्छ, यही कारणले उसको हृदय अत्यन्तै समवेदनशील भएको हुन्छ र उसको आत्मा अर्थात चेतनाको उर्जामा ब्रम्हाण्ड अर्थात परमात्माको महाउर्जा, महाशक्ति तथा महाप्रकाश समाहित भएको हुन्छ । यस्तो साधक तथा भक्तले साधनाको व्यवहारिक ज्ञानका आधारमा सबैमा परमात्मा देख्दछ, आफूमा सबैलाई देख्दछ, सबैमा आफूलाई देख्दछ र उसले आफ्नो अन्तरहृदयबाट नै ब्रम्हाण्डमा भएका ब्रम्ह अर्थात इश्वरका सबै सृष्टिहरु– प्राणी, वनस्पति तथा पदार्थहरुको समान अस्तित्व रहेको छ, सबै एक छ, अद्वेत छ भन्ने परमसत्य स्वीकार गर्दछ र आफूलाई पूर्णरुपमा यही अद्वेतको परमसत्यमा बिलिन गरिदिन्छ जसरी महासागरमा जलको थोपा मिलेर तथा बिलिन भएर थोपा स्वयं नै महासागर बन्दछ ।

प्रयास मौन नै निस्प्रयास मौनको पृष्ठभूमि  

प्रयास मौन तथा वाहिय मौन जसमा व्यक्तिले आफ्नो शव्द, वाणी र शरीरतथा इन्द्रियका हाउभाउहरुलाई सकेसम्म स्थिर गराउने प्रयास गर्दछ । प्रयास मौन, ध्यान साधनाको प्रारम्भिक चरण हो र आफू स्वयंमले वाहिय र आन्तरिक रुपमा मौन रहने प्रयास गरेर प्रारम्भ गरिएको ध्यान साधना क्रमिक प्रक्रियामा परिपक्व हुदै गएपछि यो स्वफुर्त रुपमा निस्प्रयास मौनमा रुपान्तरण हुन्छ । यस अर्थमा निस्प्रयास मौन ध्यान साधनाको सहज परिणामको रुपमा मानिन्छ जुन साधकको विशेष प्रयासबिना नै उसको आत्मा अर्थात चेतनामा विकास तथा अलौकिक परिवर्तन आउदै जाने क्रममा स्वस्फुर्त रुपमा घटित हुन्छ । प्रयास मौन हुदै निस्प्रयास मौनमा स्थित हुनु सनातन अध्यात्म विज्ञानको योगीक साधना पद्धतिको नियमित प्रक्रिया हो र स्वस्फुर्त रुपमा घटित हुने निस्प्रयास मौन अध्यात्म साधनाको अत्यन्तै गहन अवस्था तथा मोड मानिन्छ जसले मनुष्यलाई भवसागर मानिने सांसारिक जीवन तथा वारीबाट कुनै कुण्ठा नभएको बैकुण्ठ मानिने पारमार्थिक जीवन तथा पारी तारिदिन्छ र उसको आत्मालाई परमात्मासंग साक्षातकार तथा योगस्थ गराएर सदाकालागि मोक्ष तथा निर्वाणमा उपलव्ध गराइदिन्छ । यसकारण निस्प्रयास मौन परमसत्यको खोज तथा प्राप्ति हो र सनातन अध्यात्म दर्शनको दृष्टिकोणमा मौन भनेको चुप रहने अभ्यास मात्र होइन यो सशक्त साधना हो जसले मनुष्यको अन्तरजगतमा विराट हलचल र फेरबदल ल्याइदिन्छ र निस्प्रयास मौनबाट खालि तथा शुन्य भएको मन तथा भावमा इश्वरिय खजनाहरुले परिपूर्ण गरिदिन्छ । सामान्य अर्थमा भन्दै तथा बुझ्दै आइए जस्तो मौन खालिपन तथा शुन्यता होइन, यो भरिपूर्णताको अवस्था हो जसमा आत्मा, परमात्मा, परमसत्य, मोक्ष जस्ता दिव्य खजानाहरुको प्रचुर उपलव्धता रहेको हुन्छ, यसर्थ मौन पूर्ण, पूर्णता तथा सम्पूर्णताको गहन अवस्था हो । निस्प्रयास मौनमा मनुष्यले सबैभन्दा पहिला आफू स्वयं तथा आफ्नो आत्मा अर्थात चेतनालाई भेट्दछ, यसपछि परमात्मा अर्थात परमचेतनासंग साक्षातकार तथा एकाकार हुन्छ र पराभौतिक जगतको रहस्यमय अलौकिक दिव्य संसारमा प्रवेश पाउदछ । 


वाहिय मौनको तुलनामा आन्तरिक मौन मुस्किल हुन्छ

मौन साधनाको प्रारम्भिक चरणमा व्यक्तिको शव्द तथा वाणी र शरीर तथा इन्द्रियका हाउभाउहरु स्थिर राख्न वाहिय मौन साधनाको प्रयत्न गरिन्छ र विस्तारै मन र भावलाई स्थिर राख्ने आन्तरिक मौन साधनाको प्रयत्न गरिन्छ । वाहिय मौन साधनाको निरन्तर प्रक्रियासंगै आन्तरिक मौनको पृष्ठभूमि तयार हुदैजान्छ । वाहिय मौन साधनाको तुलनामा आन्तरिक मौन अलिक मुस्किल हुन्छ । आन्तरिक मौन मुस्किल हुनुको कारण मनुष्यको मनमा विचारहरु तथा भावमा भावनात्मक संवेगहरु आफ्नो प्राकृतिक गुण अनुसार स्वस्फुर्त रुपमा निरन्तर आफ्नै गतिमा चलिरहन्छन् र विचार तथा भावनात्मक संवेगहरुमाथि चाहेर पनि उसको नियन्त्रण नहुने कारणले गर्दा आन्तरिक रुपमा मौन रहन हरकोहीका लागि त्यति सहज तथा सम्भव हुदैन । आन्तरिक मौनमा सन्तुलन  तथा प्रगति हासिल गर्न र सहज बनाउनका लागि मनुष्यले आफ्नो प्रयासमा प्रारम्भमा सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित सैद्धान्तिक तथा व्यवहारिक ज्ञानहरुलाई शारीरिक साधना र मानसिक साधनाको रुपमा निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्नु अत्यावश्यक हुन्छ । सनातन योग विज्ञान अन्तर्गतका योगीक साधनाका योगासन, प्राणायाम, क्रिया, मुद्रा, बन्दका निश्चित प्रकारका प्रक्रिया, विधि तथा पद्धतिहरु व्यवहारिक रुपमा अनुशरण गरेर प्रयोगात्मक रुपमा शारीरिक साधना गर्नुपर्दछ । त्यसैगरि योग विज्ञान अन्तर्गतका योगीक साधनाका यम, नियम, प्रत्याहार धारणा, ध्यान, समाधिका निश्चित प्रकारका सैद्धान्तिक ज्ञानहरुलाई व्यवहारिक रुपमा अनुशरण गरेर प्रयोगात्मक अभ्यासका रुपमा मानसिक साधना गर्नुपर्दछ ।

निस्प्रयास मौन घटित हुने सामान्य र विशेष अवस्था

निस्प्रयास मौन मनुष्यको दैनिक जीवनमा पनि बारम्बार घटित भैरहेको हुन्छ तर उसले यो अवस्थालाई उति ख्याल गरेको हुदैन । मनुष्यको जीवनमा सामान्यतया मृत्युको घडिमा; गहिरो शोक परेको अवस्थामा; ठूलो दुर्घटना तथा बिमारी भएको अवस्थामा; चरम दुःख, पिडा, चुनौतिहरुबाट त्राण पाएको अवस्थामा; गहन प्रेमको अवस्थामा; गहन दया, करुणा तथा समानुभूतिको; पूजा, प्रार्थना, अनुष्ठान गरिरहेको अवस्थामा; परमात्माप्रति प्रेम, श्रद्धा तथा भक्तिमा डुबेको समर्पणको अवस्थामा; ध्यान तथा समाधिको गहन अवस्थामा; साहित्य तथा संगीत साधनाको अवस्थामा; अत्यन्तै खुशी तथा पुलकित भएको अवस्थामा; आफ्नो लक्ष्य तथा इच्छा पूरा भएको गहन सन्तुष्टिको अवस्थामा; आफूलाई अत्यन्तै मनपरेको चिज, वस्तु, कर्म हासिल भएको अवस्थामा; सुमधूर सम्वन्धहरुमा चुर्लुम्म डुबेको अवस्थामा; जीवनमा आफूले चाहेको समृद्धि तथा सफलता हासिल भएको अवस्थामा; अन्तरहृदयमा अनुभूति हुने परमशान्ति तथा परमआनन्दका केही पलहरुमा केहीबेरका लागि मनुष्यको मन र भावमा स्वस्फुर्त निस्प्रयास मौन घटित हुन्छ किनकी यस्ता अवस्थाहरुमा मनुष्यका विचारहरु र भावनात्मक संवेगहरु स्वस्फुर्त रुपमा शुन्य हुन्छन् र छोटो तथा क्षणिक भएपनि यही अवस्था नै वास्तविक स्वघटित तथा निस्प्रयास मौन हो । सनातन योग विज्ञानका योगीक साधनाका विधिहरुको अनुशरण गर्दै अभ्यास गरिने ध्यान साधना र पूजा, प्रार्थना तथा अनुष्ठानहरुबाट हासिल हुने आन्तरिक मौन तथा विचार र भावनात्मक संवेगहरु शुन्य भएको दिव्य अवस्था यिनै जीवनका विशेष अवस्थाहरुमा घटित हुने निस्प्रयास मौनकै विस्तारित स्वरुप तथा विशेष अवस्था हो जो केहीबेरका लागि मात्र नभएर साधकमा लामो समयसम्म निरन्तर स्वघटित भैरहन्छ शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा एक प्रकारको नजानिदो मन्द अमृतमय नशा प्रदान गर्ने उर्जाको रुपमा जसबाट साधकलाई बिनाकारण आन्तरिक रुपमा परमसुख, परमखुशी, परमशान्ति, परमआनन्दको अनुभव तथा अनुभूति भैरहन्छ निरन्तर र उसलाई जीवन  जगत सबै अत्यन्तै सुन्दर, सुखमय, खुशी तथा प्रेमले भरिएको, जे देख्यो त्यही राम्रो, जहाँ रह्यो त्यहीं रमाइलोको अलौकिक सुखानुभूति भैरहन्छ हरपल। मनुष्यको दैनिक जीवनमा स्वस्फुर्त घटित हुने निस्प्रयास मौनको विशेष अवस्था र योगीक ध्यान साधना तथा पूजा–प्रार्थनाबाट स्वस्फुर्त घटित हुने निस्प्रयास मौनको अझ विशेष अवस्थाले उसको सांसारिक जीवन र पारमार्थिक जीवनमा उसले कहिल्यै नसोचेको सकारात्मक रुपान्तरण ल्याउदछ । लामो समयसम्म घटित भैरहने वास्तविक निस्प्रयास मौनको विशेष अवस्थाले मात्र मनुष्यलाई व्यक्तिगत तथा सामान्य जीवनदेखि परमजीवनसम्म तथा साधनादेखि सिद्धिसम्म पुर्याउन सक्दछ र यही अवस्थामा नै आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान तथा आत्मा र परमात्मा एकाकार तथा लय भएको दिव्य घडि हो । वास्तविक निस्प्रयास मौनको विशेष, अलौकिक, दिव्य, चमत्कारिक तथा रहस्यपूर्ण अवस्थामा मात्र साधक आफुसंग अर्थात आफ्नो आत्मतत्वसंग र आत्माको मूल श्रोत परमात्मा अर्थात शाश्वत सत्य परमतत्वसंग सदाकालागि जोडिन, एकाकार हुन, योगस्थ तथा लय हुन सक्दछ ।


मौनको शुन्यता नै पूर्णता हो

मौन साधनाले साधकको आध्यात्मिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने हुनाले सनातन गुरु–शिष्य परम्परामा मौनलाई सबैभन्दा महत्वपूर्ण योगीक साधना विधिका रुपमा मानेर यसको सर्वाधिक प्रयोगात्मक अभ्यास गर्दै आइएको पाइन्छ । समयक्रमसंगै संसारका अरु धर्म तथा सम्प्रदायहरुले पनि मौनको महत्व र प्रभावकारीतालाई बुझेर मनुष्यको आध्यात्मिक विकासका लागि प्रमुख साधाना विधिका रुपमा स्वीकार गरेका तथा अपनाएका छन् । मौन साधनाले साधकको सांसारिक जीवन र पारमार्थिक जीवनलाई सहज, सरल, समृद्ध, सफल बनाउन महत्वपूर्ण भूमिका खेल्ने र साधकलाई साधनादेखि सिद्धिसम्म पुर्याउने हुनाले सबै धर्म तथा सम्प्रदायहरुमा मौन साधनालाई सहर्ष स्वीकार गरिएको हो । सामान्य व्यक्तिहरुले मौनलाई चुपचाप रहने जीवनको दैनिक दिनचर्याको रुपमा बुझ्ने गर्दछन् तर आध्यात्मिक दृष्टिकोणमा मौन वाहिर चुपचाप देखिने तर भित्र विराट हलचल गराउने अत्यन्तै प्रभावकारी र प्रभावशाली विशेष प्रकारको दिव्य र प्रज्वलित अवस्था तथा घटनाको रुपमा परिभाषित गरिएको छ । यसकारण सामान्य बुझाइमा मान्दै आइएको जस्तो मौन शुन्य तथा खालिपन होइन, यो पूर्णताले ओतप्रोत सशक्त अध्यात्म साधना तथा सर्वकल्याणका लागि गरिने पुण्य कर्म हो । वास्तविक तथा पूर्ण मौनको अवस्था एक अदभूत रहस्यमय, चमत्कारिक दिव्य घटना तथा अवस्था हो जसमा साधकले आफूलाई अनन्त, सीमा बिहिन तथा सीमातीत र समयातीत अवस्थामा पाउछ । ‘अनन्त’ तथा 'सीमातीत' अनुभूति भएको अवस्थामा साधकलाई आफू भौतिक शरीरमा नरहेको तथा अशरीरि भएको अनुभूति हुन्छ र यो अवस्थामा उ केवल पृथ्वीलोकको एक निश्चित क्षेत्रमा मात्र सीमित नभएर सारा ब्रम्हाण्डमा अनन्तसम्म फैलिएको अनुभूति गर्छ । ‘समयातीत’ अनुभूति भएको अवस्थामा साधकलाई आफू केवल वर्तमानमा रहेको अनुभूति हुन्छ, भूत र भविश्य कालको अवगत हुदैन, यसैकारण मौन साधनाको अवधिमा समय वितेको थाहा हुदैन, एकछिन साधनामा बसेको जस्तो लाग्छ तर घण्टौं वितिसकेको हुन्छ । तसर्थ हरेक सिद्ध साधकका लागि मौनको शुन्यता नै पूर्णताको अवस्था हो । समग्रतामा भन्नुपर्दा, मौन साधनाको पूर्ण प्रतिफल त्यो हो जसमा साधकको सीमित अस्तित्व कुनै प्रयासबिना सहजै ब्रम्हाण्डको महाशक्ति, महाउर्जा तथा महाप्रकाशमा बिलिन हुन्छ र साधक स्वयं ब्रम्हाण्ड तथा ब्रम्ह बन्दछ जसरी जलको एकथोपा महासारमा मिसिएपछि थोपा स्वयं महासागर बन्दछ ।


मौन साधनाको प्रज्वलित अग्निमा तपिएर तथा खारिएर आध्यात्मिक सिद्धि हासिल गरेका सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुले मौनमै एक आपसमा ब्रम्हाण्डका गहन विषयहरुमा दोहोरो संवाद गर्ने र आवश्यक निर्णय लिने गर्दछन् । स्वस्फुर्त घटित भएको निस्प्रयास तथा वास्तविक अर्थात पूर्ण मौनको अवस्थामा सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुमा ब्रम्हाण्डिय महाशक्ति, महाउर्जा तथा महाप्रकाशको उच्च प्रवाह हुन्छ र यस महाउर्जाको प्रवाहमा एकप्रकारको दिव्य कम्पन तथा तरंग हुन्छ । यही दिव्य कम्पन तथा तरंगको माध्यमबाट अदृश्य रुपमा दोहोरो संवाद हुन सम्भव हुन्छ सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका विचमा बिना शव्द, बिना विचार केवल अन्तरहृदयमा घटित मौनको शुन्यतामा चेतनाको भाव सम्प्रेषणको माध्यमबाट । सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका विचमा हुने दिव्य दोहोरो संवाद एक निश्चित तहसम्म आत्मा अर्थात चेतनाको विकास नभएका आम मनुष्यहरुले सुन्न तथा अनुभूति गर्न सक्दैनन् किनकी यस्तो दिव्य संवाद मनुष्यको भौतिक ज्ञान इन्द्रिय कानले सुन्ने प्रकारको होइन, यो आवाज अन्तरहृदयमा गुञ्जिन्छ इन्द्रियातीत, मनातीत, भावातीत अनुभूतिका रुपमा र यस्तो आवाज वास्तविक मौन साधनाबाट आत्मा अर्थात चेतनाको उच्चतम विकास भएका सिद्ध साधकहरुको सिद्ध हृदयमा मात्र गुञ्जिन्छ र सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुले मात्र सुन्न र प्रतिक्रिया सम्प्रेषण गर्न सक्दछन् । सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु वास्तविक मौनको शुन्यता हुदै पूर्णतामा आफ्नो अचेतन तथा पूर्ण चेतन मनलाई भेदन गरिसकेका तथा पूर्ण सिद्धतामा उपलव्ध भैसकेका हुनेहुनाले उनीहरुमा यो अलौकिक अवस्था घटित हुन्छ । वास्तविक मौन साधना को प्रज्वलित अग्निमा तपिएर तथा खारिएर आफ्नो अचेतन मन तथा पूर्ण चेतन मन भेदन गरिनसकेका व्यक्ति तथा साधकलाई पात्रता नपुगेका कारण सिद्ध आत्मा तथा चैतन्य चेतनाहरुका विचमा हुने दिव्य संवादमा भएका विषयहरुबारे केहीपनि अवगत तथा जानकारी हुदैन ।

निस्प्रयास मौनका दिव्य उपलव्धिका अद्भूत चरणहरु

आफ्नो वाणी र शरीरलाई मौन तथा स्थिर राख्न गरिने प्रयास मौनको प्रारम्भिक सिढि पार गरेपछि मनमा चलिरहेका विचारहरु र भावमा तैरिरहेका भावनात्मक संवेगका हलचलहरु विस्तारै शान्त हुन थाल्छन् र साधकमा निस्प्रयास मौनकोलागि आवश्यक पर्ने पृष्ठभूमि तयार हुदैजान्छ । यस्तो अवस्थामा साधकका इन्द्रियहरुमा प्रत्याहार तथा अन्तरगमन घटित हुदैजान्छ, उ आफूभित्र प्रवेश गर्न तथा अन्तरजगतको यात्राकालागि तयार हुन्छ र उभित्र वास्तविक आध्यात्मिक साधनाकालागि आवश्यक पर्ने पात्रताको विकास हुनथाल्छ । यसपछि मौन साधनाको निरन्तरता संगै अन्तरयात्रामा क्रमशः  साधकको अन्तरहृदयमा मौनको प्रकाश खुल्दै जान्छ र विस्तारै उसलाई पारमार्थिक जगतका अलौकिक विषयहरुको अनुभव र अनुभूतिहरु आउन थाल्छन् । यी सबै प्रक्रियाहरु भौतिक आँखाले देख्न नसक्ने अदृश्य हुन्छन्, केवल अन्तरहृदयमा अनुभूतिमा मात्र आउछन् । मौनको उज्यालो प्रकाश आफूले स्पष्ट रुपमा देख्न सकिदैन तर यसले जन्मौं–जन्मदेखि साधकको आत्मा अर्थात चेतनामा छाएको अन्धकार विस्तारै दुर गरिरहेको तथा हटाइरहेको हुन्छ अदृश्य रुपमा किनकी मौन आत्माको अन्धकार दुर गर्ने परमात्माको दिव्य दिप तथा प्रज्वलित प्रकाश हो । निस्प्रयास मौन साधनाको गहिराइमा उत्रिदै जादा साधकलाई शरीरमा छु भन्ने भाव मेटिन थाल्छ र उसको चेतनाको विकास हुने क्रममा चेतनाको प्रकाशका लहर तथा तरंगहरु उठ्न थाल्छन् । यसरी क्रमिक रुपमा भएको साधकको चेतनाको विकासको प्रक्रिया परमात्माको दिव्य विराट तथा समष्टि महाशक्ति, महाउर्जा तथा महाप्रकाशको लहर तथा तरंगमा साधकको व्यष्टि प्रकाश लय हुदै गएको अवस्था हो । दिव्य महाप्रकाशको लहर तथा तरंग स्वयं परमात्माको चमत्कारिक महाशक्ति तथा महाउर्जा हो जो साधकबाट भएर साधकको चारैतिर दुर-दुरसम्म फैलिन थाल्छ किनकी यो दिव्य महाप्रकाश, महाशक्ति तथा महाउर्जा स्वयं परमात्मा हो किनकी परमात्मा महाप्रकाश, महाशक्ति तथा महाउर्जाको स्वरुपमा रहेको हुन्छ तरनिराकार, निर्गुण, अव्यक्त दिव्य स्वरुप अध्यात्म साधनामा सिद्ध  भएको विकसित आत्मा अर्थात चैतन्य चेतनाको दिव्य चक्षुले मात्र महसुस, अनुभव तथा अनुभूति गर्न सक्छ र केवल निस्प्रयास मौन साधनाबाट मात्र परमात्माको यो दिव्य महाप्रकाश, महाशक्ति तथा महाउर्जा स्वरुपलाई महसुस, अनुभव तथा अनुभूति गर्न सकिन्छ ।


प्रयास मौन अभ्यासको पहिलो सिढिपछि साधकको शरीर, मन, विचार, भाव सबै शान्त र मौन हुनथाल्छ वाहिय तथा आन्तरिक रुपमा, तव उसको आत्मा अर्थात चेतनाको विकास हुन प्रारम्भ हुन्छ र उसको अन्तरआत्मा उ स्वयंमसंग दोहोरो संवाद गर्नथाल्छ आन्तरिक गुरुको रुपमा र ब्रम्हाण्ड अर्थात परब्रम्ह अर्थात परमात्मा यी संवादहरु सुन्न थाल्छ । वास्तविक तथा निस्प्रयास मौनमा उपलव्ध भएको यस्तो अलौकिक दिव्य अवस्थाले साधकलाई सांसारिक जीवनबाट अलग गर्दैन बरु प्रेम, दया, करुणा, सेवा भावमा डुबाएर सर्वकल्याणको उत्तरदायित्व पूरा गर्न संसारको अझ केन्द्रमा लगेर राखिदिन्छ र सर्वकल्याण्का लागि आवश्यक पर्ने स्थिरता, दया, करुणा, सेवाभाव, शान्तपन, आनन्दित छवि, दिव्यता सदा कायम रहिरहने कला साधकलाई भित्रबाट सिकाइरहन्छ तथा त्यस्तो प्रकारको अद्भूत अलौकिक शक्ति प्रदान गरिरहन्छ । यस्तो अलौकिक अवस्थामा साधक संसारमा रहन्छ, आफ्नो दैनिक जीवन जिउछ तर उभित्र भौतिक संसारमा भोगाशक्तिको भाव तथा संसारका सेवा–सुविधाहरुप्रति भोगका अपेक्षाहरु रहदैनन्, उभित्र महावैराग्यता घटित भैसकेको हुन्छ, उ भौतिक र पराभौतिक दुवै संसारमा उपस्थित रहन्छ तर उसको बढि उपस्थिति पराभौतिक संसारमा सिद्ध आत्मा तथा चैतन्य चेतनाहरु, भगवद् चेतनाहरु, ब्रम्हाण्डका महाशक्तिहरुसंग सानिध्य तथा एकाकार भएर रहेको हुन्छ र उसलाई आफू भौतिक संसारप्रति सामान्य जीवनयापनका लागि आवश्यकता भन्दा बढि लिप्त नभएको अनुभव हुन्छ  । उसका हरेक शव्द, व्यवहार, आचरण, निर्णय, कर्महरु, गहन मौनमा घटित भएको प्रेमका तह तथा श्रींखलाहरु– सानाप्रति स्नेह भाव; समकक्षीप्रति मैत्री भाव; जीवनको सहयात्रीप्रति मायाँको भाव; निमुखाप्रति दया तथा करुणाको भाव; ठूलाप्रति श्रद्धा भाव; आराध्य तथा पुजनियप्रति भक्ति तथा समर्पण भाव; प्रकृति, ब्र्म्हाण्ड, जीवन तथा जगतप्रति कृतज्ञता भाव उसको अन्तरहृदयको केन्द्रबाट निरन्तर प्रष्फुटित भैरहन्छन् । यसर्थ मौन त्याग होइन, मनुष्यको जीवनकै सर्वोच्च परमप्राप्ति हो र मौन शुन्यता होइन सशक्त पूर्णत तथा भरिपूर्णता हो । मौन साधनाको प्रज्वलित अग्निमामा तपिएर तथा खारिएर विकसित भइ सिद्धता तथा चैतन्यतामा उपलव्ध भएका साधकहरुको चेहरामा दिव्य तेज, आँखामा दिव्य चमक झल्किन्छ, मनमा गहन एकाग्रता, भावमा गहिरो आन्तरिक परम खुशी, परमशान्ति, परमआनन्द घटित हुन्छ, निरन्तर सतचितआनन्दमा स्थित रहिरहन्छ र सिद्ध तथा चैतन्य साधकको यही दिव्यताको माध्यमबाट निराकार, निर्गुण तथा अव्यक्त परमात्माको महाउर्जा तथा महाशक्ति आकार, गुण तथा व्यक्त स्वरुपमा सारा सृष्टिभरि अविरल प्रवाहित भैरहेको हुन्छ । यस्तो दिव्य अवस्था मौन साधनाको दिव्य उपलव्धिका कारण साधकको अन्तरहृदयबाट प्रष्फुटित भएर संसारमा प्रवाहित भैरहेको हुन्छ अदृश्यरुप मा । निस्प्रयास मौन साधनाले साधकलाई उसको जीवनको विकासका लागि अनुपयुक्त रहेको संसारको भिडभाडबाट अत्यन्तै प्रेमपूर्वक अलग्याएर उसको जीवनका लागि सर्वथा अपरिहार्य ब्रम्हाण्डको मूलसम्म अर्थात परब्रम्हसम्म पुर्याइदिन्छ । निस्प्रयास मौन साधना साधकको जीवनको सबैभन्दा ठूलो, प्रभावशाली तथा महत्वपूर्ण मित्र, सहयात्री, शुभचिन्तक तथा महागुरु हो र साधकमा मौनको दिव्यता घटित हुने अवसर प्रदान गर्ने एक्लोपन तथा एकान्तता सबैभन्दा ठूलो, महत्वपूर्ण र प्रभावकारी साधन हो । यसकारण सनातन अध्यात्मका सबै साधना पद्धतिहरुमा मौन साधनाको अत्यन्तै धेरै महत्व र प्रभावकारिता रहेदै आएको पाइन्छ ।

जीवनमा आएका दुःखहरु मौनकालागि हुन्

प्राकृतिक न्याय, कर्म चक्र तथा प्रारव्धको सिद्धान्त तथा नियम अनुसार मनुष्यको जीवनमा आएका सबै दुःख, पिडा, असहजताहरु जीवनको कुनै मोडमा उसलाई निस्प्रयास मौनमा पुर्याएर, जीवनका सबैप्रकारका दुःख तथा पिडाहरुबाट निवृत्त गरेर जन्म र मृत्युको दुष्चक्रबाट सदाकालागि मुक्त गरि उसलाई परमात्माको सानिध्यमा पुर्याएर, परमात्मा साक्षातकार गराएर मोक्षमा स्थित गराउनका लागि आएका हुन्छन् तर आफ्नो अज्ञानताका कारण आम मनुष्यहरुले प्रकृति अर्थात परमात्माले आफूप्रति वर्षाइरहेको यो महाकरुणा र पोखिरहेको यो महाप्रेमको भावलाई बुझ्दैनन् र आफ्नो भाग्य र परमात्मालाई बारबार कोशिरहन्छन् मलाई नै किन यति दुःख, पिडा भैरहेको छ जीवनमा भनेर । मौन साधना गहिरिदै जादा एक विशेष अवस्थामा साधक स्वयंलाई यो कुरा थाहा हुदै जान्छ कि प्रकृति तथा परमात्माले मलाई जीवनमा सजिला तथा अप्ठ्यारा, दुःख तथा सुखका जे–जस्ता अनुभव तथा अनुभूतिहरु दिरहेको छ ती सबै मेरै आत्मा अर्थात चेतनाको विकासका लागि रहेछन् भनेर । यसकारण हाम्रा पूर्वज महावैज्ञानिक ऋषिहरुले भन्नु भएको छ, “जीवनमा आउने हरप्रकारका दुःख तथा पिडाहरुलाई श्राप होइन आर्शिवाद ठानेर जीवनमा अगाडि बढ, यी अवस्थाहरु तिमीबाट केही लिन होइन तिमीलाई नै केही महत्वपूर्ण दिनकालागि आएका हुन्, सबै दुःख तथा पिडाहरुलाई साक्षी भएर हेर, आर्शिवाद ठानेर शरीर, मन, भाव, चेतनामा आएका सबैप्रकारका अनुभव तथा अनुभूति गर र हृदयदेखि धन्यवाद भनेर जीवनमा सहज ढंगले निरन्तर अगाडि बढिराख  ।”

जीवनका सबै सवालहरुको जवाफ मौनमा भेटिन्छन्

निस्प्रयास मौन साधना अत्यन्तै शक्तिशाली हुन्छ र निस्प्रयास मौनको शक्तिले मनुष्यको जीवनका हरप्रकारका सवालहरुको क्रमशः एकपछि अर्को गर्दै जवाफ दिन्छ र कतिपय सवालहरुलाई पूर्णतः असान्दर्भिक बनाइदिन्छ । अध्यारो छ, किन अध्यारो छ भन्ने सवाल दियो बालेपछि स्वतः अध्यारो हट्छ बिना जवाफ नै सवालको जवाफ तथा समाधान आउछ । ठिक त्यस्तै मौन पनि मनुष्यको जीवनको दियो हो, मौन त्यस्तो दियो तथा प्रकाश हो जसले मनुष्यको सांसारिक जीवनका हरप्रकारका अध्याराहरु स्वतः हटाइदिन्छ रपारमार्थिक मार्गतिर अग्रसर गरादछ । संसारमा लिप्त, अरुप्रति परनिर्भर, चरम असन्तुलित तथा अव्यवस्थित भोगोन्मुख जीवनशैलीमा चुर्लुम्म डुबेर संसारको भिडभाडमा रहेर पनि आफूलाई एक्लो महसुस गर्दै तनाव, चिन्ता, विषाद, अवषादमा फसेर आफ्नो अमूल्य जीवन र आफू स्वयंमबाट दुर भैरहेको तथा जीवनको बाटो बिराएको मनुष्यलाई वास्तविक मौन साधनाले विस्तारै आफूभित्र फर्काएर उसको जीवनका यस्ता चुनौति तथा समस्याहरुको जवाफ सहित समाधन गरिदिन्छ । मौन साधनाको सकारात्मक प्रभावका कारण संसारमा मेरो केही छैन, मेरो कोही छैन, म स्वयं नै मेरो हुँ, मेरोलागि केवल म नै प्रर्याप्त छु, वास्तविक सुख, खुशी, शान्ति, आनन्द वाहिर अन्त कतै छैन मभित्रै छ भन्ने बुझाई तथा ज्ञानविज्ञान मनुष्यको अन्तरहृदयमा क्रमशः प्रष्फुटित भएर आउछ । यसका साथै मौनको दिव्य प्रकाशले मनुष्यको मन तथा भावका कुना–कुनामा लुकेर बसेका फोहरमैला रुपि अनावश्यक अहंकार, अपेक्षा, तृष्णा, भ्रम, भूल, अज्ञान, पिडा, कष्ट, असन्तुष्टी, अस्वीकारहरु आदि सबैलाई प्रकाश देखाएर सफा गर्न मद्धत गर्दछ र यी सबै असहजताहरुबाट सदाकालागि मुक्ति दिलाउछ । अज्ञानतावस मनुष्यको जीवनका भोगाइहरुको सन्दर्भमा उसको निर्दोष मनले स्वस्फुर्त रुपमा गरेका सवालहरुका सन्दर्भमा मौनबाट जेजे जवाफहरु आउछन् ती सबै ब्रम्हाण्डले एउटा साधकलाई मौन मार्फत प्रदान गर्ने सबैभन्दा मूल्यवान र महत्वपूर्ण उपलव्धिहरु हुन् । यही प्रक्रिया अनुसार मौनको प्रज्वलित अग्निमा साधकका सबैप्रकारका मानवीय विकार क्लेश, अहंकारहरु जल्छन् र यसपश्चात उसभित्र स्वस्फुर्त रुपमा निस्प्रयास मौन घटित हुन्छ, अव बल्ल उसको सांसारिक मुक्ति तथा पारमार्थिक मोक्षको प्रक्रिया प्रारम्भ हुन्छ । उसका जीवनका सबै सवालहरुको जवाफ मौनमा उ स्वयंले भेटाउदै जान्छ र विस्तारै उसको जीवन सामान्य, सहज, सरल, समृद्ध, सफल, सन्तुलित, व्यवस्थित बन्दछ र क्रमशः आन्तरिक सुख, खुशी, शान्ति, आनन्दले भरिदै-भरिदै क्रमिक रुपमा उसको सतचितआनन्द यात्रा अगाडि बढ्दै जान्छ । 


अहंकार र निस्प्रयास प्रयास मौनको वास्तविकता

निस्प्रयास मौन साधनामा प्रष्फुटन भएको परमात्माको महाउर्जा, महाशक्ति तथा महाप्रकाशको प्रभावले सर्वप्रथम साधकका सकैप्रकारका अहंकारलाई तोड्दछ, अहंकार तोडिएपछि बल्ल साधकको आत्मा अर्थात चेतनामा लागेको भ्रमको पर्दा खुल्छ र भ्रमको  पर्दाले छोपिएका सबै कुराहरुमाथि प्रकाश पारिदिन्छ र साधक सबैकुराहरु प्रष्ट रुपमा देख्न सक्ने र आफू स्वयं आफ्ना भ्रमहरु हटाउने प्रयत्न गर्न प्रारम्भ गर्दछ । अहंकारले म, मेरो, मैले, मलाई भन्ने क्रुर भावहरुलाई बढावा दिन्छ तर मौनले अहंकारका क्रुर भावहरुलाई वरफझैं पगालिदिन्छ । निस्प्रयास मौैनको प्रज्वलित अग्निमा अहंकारको क्रुरता पग्लेपछि साधकमा आत्मवोध तथा आत्मज्ञान फलित हुनथाल्छ तव बल्ल साधकमा वास्तविक आध्यात्मिक साधनाको यात्रा प्रारम्भ हुन्छ । जव साधकमा म, मेरो, मैले, मलाई भन्ने भाव बाँकी रहन्न यस्तो शुन्यताको घटनानै वास्तविक निस्प्रयास मौनको अवस्था हो किनकी यहाँ ‘म’ भन्ने नै केही पनि छैन, सबै शुन्य छ, सबै परमात्मामय छ, परमात्मा शुन्य हो, तर त्यही शुन्य नै पूर्ण हो किनकी सबैतिर परमात्मा छ उसको महाप्रकाश, महाउर्जा तथा महाशक्तिको निराकार, निर्गुण, अव्यक्त तरंगको रुपमा । सामान्यतया आमरुपमा भौतिक तथा छालाका आँखाले देखिने भौतिक संसार रंगमच पूर्ण मानिन्छ तर सनातन अध्यात्म विज्ञान र अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान अर्थात क्वान्टम साइन्स दुवैका वैज्ञानिक खोजका नतिजाहरुका अनुसार वास्तविकतामा सारा जगतको दृश्यमा केहीपनि छैन केवल  शुन्य मात्र छ, केवल परमात्मा स्वरुप तरंगहरु मात्र प्रवाहित भैरहेका छन् दशै दिशामा,  यहाँ केही पनि हामीले देखेजस्तो छैन, ठोस तरल, ग्यास केहीपनि छैन, यो सबै मनुष्यको मन र मस्तिष्कको भ्रम हो, वास्तविकतामा सबै परमात्माकै महाप्रकाश, महाउर्जा तथा महाशक्तिको तरंग हो जो अदृश्य छ तर शाश्वत सत्यस्वप अस्तित्वमा सशक्त रुपमा सबैतिर एकसमान रुपले अवस्थित छ ।


जवमौनको प्रज्वलित अग्निको रापले अहंकार पग्लिन्छ, ‘म’ भन्ने भाव बाँकी रहदैन तव मेरो, मैले, मलाई भन्ने भाव स्वतः हराउछ र यो अवस्था नै वास्तविक निस्प्रयास मौनको महत्वपूर्ण उपलव्धि हो । किनकी यहाँ म मेरो, मैले मलाई भन्ने केही कुरा छदैछैन, सबै हाम्रो छ, सबैमा सबै छन् र पुरै ब्रम्हाण्ड नै एक छ, अद्वेत छ तसर्थ ‘म’ भन्नु एउटा भयानक भ्रम हो जसले मनुष्यमा चरम अहंकार बढाइरहेको छ र उसलाई आफ्नो अमूल्य जीवन र आफू स्वयंबाट पछाडितिर धकेलिरहेको छ । वास्तवमा अहंकारको यस्तो भ्रमबाट वाहिर आउन त्यति गाह्रो छैन, यो भ्रम दुर गर्न मौन साधनाले सबैभन्दा प्रभावकारी ढंगले मनुष्यलाई सहजता प्रदान गर्दछ । जव मनुष्य मौन साधनाको गरिराइमा डुब्दै जान्छ तव उसलाई स्वस्फुर्त रुपमा ज्ञान हुदै जान्छ कि उसको शरीर, मन, भाव प्रकृतिको पंचतत्वबाट निर्मित भएको प्रकृतिको अभिन्न अंश हो र उसको आत्मा अर्थात चेतना पुरुष अर्थात परमात्माको अभिन्न अंश हो जो शरीरको आयु पुगेर मृत्युवरण गरेपछि ब्रम्हाण्डको त्यही एउटै महाशक्ति परमात्मा अर्थात अस्तित्वमा मिसिन्छ तथा बिलिन हुन्छ, तसर्थ ‘म’ भन्ने कुरा ब्रम्हाण्डमा कहीं, कतै, केहीपनि छैन । मनुष्य तथा सृष्टिका हरेक प्राणी, वनस्पति तथा पदार्थहरु 'प्रकृति' र 'पुरुष'को जोड तथा संयोगबाट निर्मित भएका स्वयं परब्रम्ह अर्थात परमात्माका अभिन्न अंश हुन् तसर्थ यहाँ मेरो शरीरको स्वरुपमा दृश्यमा प्रकृति छ जो ‘म’ होइन र अदृश्यमा आत्माको रुपमा पुरुष तथा परमात्मा छ त्यो पनि ‘म’ होइन, ‘म’ त विराट स्वरुप परमात्माको अतिसुक्ष्म एक अंश ‘आत्मा अर्थात चेतना’  हुँ महासागरको सानो इकाई एक थोपा जल जस्तै । यही परमात्माको अंश आत्मालाई आफ्नो अज्ञानताको कारणले म, मेरो, मैले, मलाई भनेर अहंकारवस भ्रममा रहेर आफ्नो स्वामित्व नै नरहेको कुरामाथि अनावश्यक रुपमा अधिकार जमाएर आफू र अरुलाई समेत सताएर कष्टपूर्ण जीवन बाचिरहेको छु र अरुलाई पनि यस्तै कष्टपूर्ण जीवन बाँच्न बाध्य गराइरहेको छु भन्ने बुझाइ स्पष्ट रुपमा साधकको मन, भाव, हृदयमा स्वस्फुर्त रुपमा प्रष्फुटन भएर आउछ र यसपश्चात उ प्रकृति अर्थात अस्तित्व अर्थात परमात्माले तय गरेको प्राकृतिक नियम अनुसार सनातनदेखि चल्दै आइरहेको सामान्य जीवनमा फर्कन्छ, प्रकृति तथा परमात्माको अंशको रुपमा आफू तथा जीवनलाई स्वीकार गर्दछ र अहंकार मुक्त भएर अलौकिक आध्यिात्मिक मार्गमा अगाडि बढ्दछ । 



 निस्प्रयास मौन अन्तर्गत बाँकी शिर्षकहरु (सम्पादनको चरणमा रहेको)
@विरक्तता र वैराग्यताबाट घटित हुन्छ निस्प्रयास मौन 
@सांसारिक दृष्टिकोणमा मौन साधना
@आध्यात्मिक दृष्टिकोणमा मौन साधना  
@निस्प्रयास मौनले आफैंसंग साक्षतकार गराउछ
@एक्लोपन मौनमा प्रवेश गर्ने अमूल्य अवसर
@मौनबाट नै हुन्छ ब्रम्हाण्डि यात्रा 
 



छिट्टै(सम्पादनको चरणमा रहेको)

मौनका उपलव्धिहरुः सांसारिक र पारमार्थिक

मौनका प्रक्रिया तथा विधिहरुः सामान्य विधि र योगीक विधि