डा. सिर्जना भण्डारी
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१२ को निरन्तरता
जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा
विषय प्रवेश
अध्यात्म विज्ञान, योग विज्ञान तथा ध्यान विज्ञानलाई आवश्यकता र परिस्थिति अनुसार अधिकांश अवस्थाहरुमा एअर्काका पर्यायवाची तथा परिपूरक शव्दवलीका रुपमा लिने तथा प्रयोगहरुमा गरिन्छ तर वास्तविकतामा यिनका विषय तथा उद्देश्यका दायराहरु फरक रहेका छन् । यी पर्यायवाची नभएर एकअर्काका परिपूरक विषयहरु हुन् । अध्यात्म विज्ञान समष्टि विषय हो जस अन्तर्गत समुच्चा ब्रम्हाण्डका सबै विषयहरु पर्दछन् तथा समेटिन्छन्; योग विज्ञान अध्यात्म विज्ञानको एउटा महत्वपूर्ण इकाइ, अंश तथा विषय हो; र ध्यान विज्ञान योग विज्ञानको एउटा महत्वपूर्ण इकाइ, अंश तथा विषय हो । तर केही समययता सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा ध्यान विज्ञानको साधना बढि प्रचनलनमा रहेको तथा लोकप्रिय रहदै आएको कारण समग्रतामा सम्पूर्ण आध्यात्मिक साधनाका गविविधिहरुलाई ध्यान साधनाका रुपमा बुझ्ने र प्रयोग गर्ने गरिदै आइएको पाइन्छ । पछिल्लो चरणमा सैद्धान्तिक र व्यवहारिक तथा प्रयोगात्मक अभ्यासका रुपमा ध्यान साधना भन्दा योगासन, योगअभ्यास तथा अंग्रेजीकरण भएको योगा शव्दावली बढि प्रचनलनमा रहेको तथा लोकप्रिय रहेको कारण वर्तमान समयमा सम्पूर्ण आध्यात्मिक गविविधिहरुलाई योगासन, योगअभ्यास तथा योगाको रुपमा बुझ्ने र प्रयोग गर्ने गरिदै आइएको पाइन्छ तर समग्र अध्यात्म विज्ञानको सन्दर्भका यो अत्यन्तै शंकीर्ण परिभाषा तथा बुझाइ हो । शंकीर्ण परिभाषा तथा बुझाइ भएपनि यो अत्यन्तै सकारात्मक अवस्था हो मनुष्यको आध्यात्मिक विकासकालागि किनकी योगासन, योगअभ्यास तथा योगा अध्यात्म साधनाको शुरुआतको विन्दु भएकोले यसैबाट विस्तारै साधक अध्यात्म विज्ञानको विराटताभित्र प्रवेश गर्दै जान्छ र जीवनमा पूर्णता हासिल गर्न सक्षम हुन्छ ।
पूर्ण जीवनको विज्ञान
अध्यात्म विज्ञानका अनुसार मनुष्यको जीवनमा पूर्णता तव आउछ जव उ आन्तरिक तथा वाहिय दुवै अवस्थामा शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक रुपमा स्वस्थ अर्थात स्वमा स्थित अर्थात आफूमा स्थित रहेको हुन्छ र विश्वको छाता संगठन विश्व स्वाथ्य संगठनले गरेको स्वास्थ्यको परिभाषा अनुसार शारीरिक, मानसिक, सामाजिक र आध्यात्मिक रुपमा पूर्णतः स्वस्थ तथा आरोग्य हुन्छ । मनुष्य पूर्णतः स्वस्थ तथा आरोग्य रहनकालागि उसको शरीरका चारवटै आयामहरु– (१)शारीरिक अर्थात स्थुल शरीर, (२)मानसिक अर्थात मनस शरीर, (३)भावनात्मक अर्थात भाव शरीर, (४)आत्मिक अर्थात चेतनात्मक शरीर र स्वास्थ्यका सातवटै आयामहरु– (१)शारीरिक स्वास्थ्य, (२)मानसिक स्वास्थ्य, (३)प्राणिक स्वास्थ्य, (४)भावनात्मक स्वास्थ्य, (५)वौद्धिक स्वास्थ्य, (६)आत्मिक स्वास्थ्य, र (७)परम स्वास्थ्य सहि अवस्थामा शुद्ध, सन्तुलित तथा सक्रिय हुनु आवश्यक हुन्छ । यी सबै आयामहरु राम्रो भएको मनुष्य मात्र पूर्णरुपमा स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित हुन्छ र यही अवस्था नै मनुष्यको पूर्णताले भरिएको जीवन हो । पूर्णताले भरिएको जीवन निर्माण गर्न सर्वप्रथम हरेक मनुष्यले आफ्नो शरीरको विज्ञानको आधारभूत अवधारणबारे जान्नु अत्यावश्यक हुन्छ किनकी शरीरनै सबैभन्दा महत्वपूर्ण आयाम हो पुर्णताले भरिएको जीवन हासिल गर्नकालागि । मनुष्यकालागि उसको शरीरको महत्वको सन्दर्भमा पूर्वीय सनातन महान ग्रन्थ श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले विशेष जोड दिएर भन्नु भएको छ, “मनुष्यले मनुष्य योनी अर्थात काया(शरीर)पाएकै धर्म तथा अध्यात्म साधना गरेर आफूलाई हरप्रकारले सक्षम बनाएर आफ्नो जीवाआत्मालाई परमात्मामा एकाकार गराउन तथा मोक्षमा उपलव्ध हुनकालागि हो, तसर्थ मनुष्यको पहिलो धर्म तथा परमकर्तव्य आफ्नो शरीर र स्वाथ्यका सबै आयामहरुलाई हरप्रकारले शुद्ध, सन्तुलित र सक्रिय राख्नु हो ।” यसै सन्दर्भमा इशाको चौथो शताव्दिका संस्कृत भाषाका महान साहित्यकार कालीदाषले पनि आफ्नो सुप्रद्धि महाकाव्य ‘कुमारसम्भव’मा प्राथमिकताकासाथ उध्रित गर्नुभएको छ, “शरीरमाद्यं खलु धर्म साधनम् । अर्थात शरीरनै सबै धर्म साधनाहरुको माध्यम हो, शरीरबिना इहलोकको आनन्द र परलोकको मोक्ष प्राप्ति सम्भव छैन, यसकारण हरेक मनुष्यले शरीर शुद्ध, सन्तुलित तथा सक्रिय राख्न हरसम्भव प्रयास गर्नुपर्छ ।” अध्यात्म विज्ञान तथा आधूनिक विज्ञान दुवै विद्याका अनुसार हरप्रकारले मनुष्यको शुद्ध, सन्तुलित तथा सक्रिय जीवन नै पूर्ण जीवन हो ।
मनुष्यको शरीर विज्ञानको पृष्ठभूमि
मनुष्यको शरीरका प्रकार तथा आयामहरु चार प्रकारका रहेका छन्– शारीरिक, मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक । मनुष्यको शारीरिक तथा भौतिक शरीर तीन किसिमका विज्ञानहरुको समिश्रणबाट निर्मित र संचालित भैरहेको हुन्छ– (१)जीव शास्त्र तथा जीव विज्ञान(बायोलाजी), (२)भौतिक शास्त्र तथा भौतिक विज्ञान(फिजिक्स), र (३)रसायन शास्त्र तथा रसायन विज्ञान(केमेष्ट्री) ।
(१)जीव शास्त्र
आन्तरिक रुपमा हेर्दा मनुष्यको शरीर स्वयंनै जीव शास्त्री हो किनकी यसलाई राम्रोसंग थाहा छ शरीरका वाहिरी तथा आन्तरिक अंगहरुमध्य कुन अंगलाई कहिले, कसरी, कति काम लगाउने अर्थात सक्रिय गराउने र काम नलगाउने अर्थात विश्राम गराउने भनेर । वाहिय रुपमा मनुष्यको शारीरिक शरीरका वाहिरी र आन्तरिक अंगहरु लगायत मानसिक र भावनात्मक शरीरका नियमित प्रक्रियाहरु, तिनको स्वस्थता तथा अस्वस्थता, सन्तुलनता तथा असन्तुलनता, शुद्धता तथा अशुद्धता आदि अवस्थाहरुबारे विस्तृतमा अध्ययन गर्ने विज्ञान जीव शास्त्र हो । शरीरका सबै वाहिरी तथा आन्तरिक र दृश्य तथा सुक्ष्म अंगहरुको आ–आफ्नो गुण अनुसारका काम तथा र उत्तरदायित्वहरु हुन्छन्, ती अंगहरुले राम्ररी आ–आफ्ना काम तथा र उत्तरदायित्वहरु पूरा गरिरहेका छनकि छैनन्, छैनन् भने के कारणले गरिरहेका छैनन् त्यसबारे जाँचपड्ताल गर्नु, समस्या र समस्यका कारणहरु पत्ता लगाउनु र समस्याको उचित उपाय खोजेर समस्याको दिगो समाधान दिने प्रयास गर्नु जीव शास्त्र अन्तर्गत पर्दछ ।
(२)भौतिक शास्त्र
हुन त भौतिक शास्त्र जड अर्थात निर्जिव पदार्थहरुको अध्ययन तथा अनुसन्धान गर्ने विज्ञान हो । अध्यात्म विज्ञानका अनुसार मनुष्य जीव र आत्माको मिश्रण भएकोकारण जीवित प्राणी हो तर उसको प्राण तथा आत्मा अलग र जीव तथा शरीर अलग–अलग विषय हुन्, अध्यात्म विज्ञानका अनुसार मनुष्यको स्थुल शरीर पनि जड तथा निर्जिव पदार्थ नै हो किनकी जव उसको शरीरबाट प्राण तथा आत्मा(चेतना) छुट्छ तव उ लासको रुपमा जड तथा निर्जव पदार्थमा परिणत हन्छ । तसर्थ अन्य निर्जीव जड पदार्थहरुको साथै मनुष्यको स्थुल शरीरको अध्ययन तथा अनुसन्धानको सन्दर्भमा पनि भौतिक शास्त्रको उत्तिकै आवश्यकता, महत्व र प्रभावकारिता रहेको हुन्छ । आन्तरिक रुपमा हेर्दा मनुष्यको शरीर स्वयंनै भौतिक शास्त्री हो किनकी यसलाई राम्रोसंग थाहा छ शरीरका वाहिरी तथा आन्तरिक अंगहरुलाई पूर्णतः हिसाव किताव मिलाएर शरीरले ग्रहण गरेको पोषणतत्वबाट कति रगत बनाउने, कति मांसपेसी बनाउने, कति हड्डि, कति बोसो तथा अन्य आवश्यक तत्वहरु बनाउने भनेर । तसर्थ मनुष्यको जड शरीरको सन्दर्भमा शरीरका वाहिरी तथा आन्तरिक अंगहरुले गर्ने यिनै कार्यहरुका बारेमा विस्तृतमा अध्ययन तथा अनुसन्धान गर्ने विज्ञान भौतिक शास्त्र हो । मनुष्यले आफ्नो दैनिक जीवशैलीको माध्यमबाट आफ्नै शरीरप्रति गरेका सकारात्मक तथा नकारात्मक व्यवहारका आधारमा शरीरभित्र हुने सबै प्रकारका गणितिय कार्यहरु अर्थात खाना खाएदेखि पचाएर रस बनाउने, ग्लुकोज बनाउने, रगत बनाउने, मांसपेशी, बोसो, अस्थिमज्जा, रज तथा वीर्य र तेज बनाउने र शरीरमा आवश्यकता भए अनुसार त्यसको सन्तुलित वितरण गर्ने अष्टधातुका समग्र प्रक्रियाहरु भौतिक शास्त्र अन्तर्गत पर्दछन् ।
(३)रसायन शास्त्र
वाहिरी रुपमा प्राकृतिमा उपलव्ध भएका रसायनहरु(केमिकल्स)को अध्ययन तथा अनुसन्धान गर्ने विषय रसायन शास्त्र हो र यो मनुष्यको शरीरको अध्ययन तथा अनुसन्धानको सन्दर्भमा पनि उत्तिकै आवश्यक, महत्वपूर्ण र प्रभावकारी रहेको छ किनकी आन्तरिक रुपमा हेर्दा मनुष्यको शरीर स्वयंनै रसायन शास्त्री हो, यसलाई राम्रोसंग थाहा छ शरीरको शुद्धता, सन्तुलनता तथा सक्रियता कायम राख्न अत्यावश्क पर्ने ग्रन्थीरस तथा रसायनहरु(हर्मोन्स) कहिले, कति, कसरी उत्पादन गर्ने र शररिमा वितरण गर्ने भनेर । मनुष्यको शरीरको सन्दर्भमा रसायन शास्त्रले शरीरका ग्रन्थीहरुबाट उत्पन्न हुने रसायनहरुको अध्ययन तथा अनुसन्धान गर्दछ । शरीरका हरेक प्रणली तथा साना–ठूला सबैप्रकारका क्रियाकलापहरु सहज पद्धतिमा संचालन गर्नकालागि मनुष्यको शारीरिक शरीरमा रहेकक प्रमुख स्थुल ग्रन्थीहरुबाट उत्पादित रसहरुको सहि मात्रा, शुद्धता, सन्तुलनता र सक्रियताको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । मनुष्यको शरीरका अनिवार्य प्रणालीहरु जस्तो भोक लाग्न; खाना पचाउन; शारीरिक चाहना हुन; खुशी तथा शान्त हुन; जोश, प्रेरणाले भरिन; दुःख, पिडा तथा इख लाग्न, रुन आदि सबै गतिविधिहरुलाई निरन्तर संचालित राखिराख्न मनुष्यको शरीरमा उत्पन्न हुने रसायनहरुको प्रत्यक्ष सम्वन्ध र प्रभाव रहेको हुन्छ । शरीरका सबै प्रणाली सुचारु गर्न आवश्यक पर्ने ग्रन्थीरसहरु रसायन शास्त्र अन्तर्गत पर्दछन् र यिनै रसायनहरुको बारेमा विस्तृतमा अध्ययन तथा अनुसन्धान गर्ने विज्ञान रसायन शास्त्र हो ।
स्वास्थ्य विज्ञानको पृष्ठभूमि
मनुष्यको शरीर विज्ञानमा जीव शास्त्र, भौतिक शास्त्र र रसायन शास्त्र तीनवटै शास्त्र तथा विज्ञानको उत्तिकै महत्वपूर्ण भूमिका तथा प्रभाव रहदै आएको भएपनि रसायन विज्ञानको प्रभाव अलि बढि र प्रत्यक्ष रुपमा रहेको हुन्छ किनकी मनुष्यको शरीरका सबै प्रणालीहरु शरीरका रस उत्पन्न गर्ने विभिन्न ग्रन्थीहरु(इन्डोक्राइन ग्ल्यान्डस्)ले उत्पन्न गर्ने रसायनहरु(हर्मोन्स और बडीकेमिकल्स–अक्सिटोसिन एन्डोर्फिन्स, डोपामिन, मेलाटोनिन, सेराटोनिन, डि.एम.टी., एडरनलिन, कोर्टीसोल)बाट संचालित हुने गर्दछन् र यी रसायनहरुको उत्पादनमा मनुष्यको शरीरको अध्ययन गर्ने जीव शास्त्र र भौतिक शास्त्र अन्तर्गत पर्ने सबै विषयका गतिविधिहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष भूमिका रहेको हुन्छ । मनुष्यको शरीरका र स्वास्थ्यका सबै आयामहरुमा शरीरका प्रत्यक अंगहरुसंग सम्वन्धित ग्रन्थीहरुबाट उत्पन्न हुने ग्रन्थीरस अर्थात रसायनहरुको विशेष तथा प्रत्यक्ष प्रभाव पर्ने गर्दछ । सकारात्मक तथा खुशी उत्पन्न गर्ने रसायनहरु(ह्याप्पि हर्मोन्स्)ले मनुष्यलाई स्वस्थ, सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित बनाउदछन् र नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स्)ले उसलाई अस्वस्थ, दुःखी, बेखुशी, अशान्त बनाउदछन् । शरीरका रसायनहरुको उत्पादनमा हाम्रो आहार, विहार, व्यवहार अर्थात खानपान; जीवनशैली; व्यायाम तथा योग साधना(योगासन, प्राणायाम, धारणा तथा एकाग्रता)कोे प्रत्यक्ष सम्वन्ध र महत्वपूर्ण भूमिका रहेको हुन्छ वाहिरी तथा आन्तरीक दुवै प्रकारले ।
यसकासाथै रसायनहरुको उत्पादनमा हाम्रा सोच, विचार, भाव, बोलिवचन, व्यवहार, आचरण, बानी, कर्म तथा समग्रतामा हाम्रो मनस्थिति र भावास्थितिको पनि प्रत्यक्ष सम्वन्ध तथा प्रभाव रहेको हुन्छ । हाम्रा सोच, विचार, भाव, बोलिवचन, व्यवहार, आचरण, बानी, कर्महरु सकारात्मक प्रकृतिका छन् भने शरीरका ग्रन्थीहरुले सकारात्मक तथा खुशीका रसायनहरु उत्पादन गर्दछन् र शरीरलाई स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय राख्दछन् । तर यसको विपरित हाम्रा सोच, विचार, भाव, बोलिवचन, व्यवहार, आचरण, बानी, कर्महरु नकारात्मक प्रकृतिका छन् भने शरीरमा नकारात्मक रसायनहरु फैलिन्छन् र सकारात्मक ग्रन्थीरस उत्पादन गर्ने ग्रन्थीहरुलाई नोक्सान तथा बाधा पुर्याउछन् तथा सकारात्मक रसायनहरु उत्पादन हुन कम तथा बन्द हुन्छन् र शरीर तथा स्वाथ्यका आयामहरुमा नकारात्मक प्रभाव पर्दछ र शारीरिक, मानसिक, भावानात्म, आत्मिक अर्थात चेतनात्मक अवस्थामा अस्वस्थता, अशुद्धता, असन्तुलनता तथा निष्क्रियता देखा पर्न थाल्दछन् र विभिन्न प्रकारका अस्वस्थता तथा रोगहरुले मनुष्यको शरीर र स्वास्थ्यका आयामाहरुमा आक्रमण गर्न थाल्छन् । मनुष्यको शरीर तथा स्वास्थ्यका आयामहरुमा लाग्ने सबैप्रकारका अस्वस्थता तथा रोगहरुको मूल कारण वर्तमान परिप्रेक्षमा हाम्रो अस्वस्थ तथा नकारात्मक सोचविचार, अखाद्य तथा दुषित खानपान तथा असन्तुलित जीवनशैली नै प्रमुख बन्दै आइरहेका छन् ।
शरीर तथा स्वास्थ्यका सबै आयामहरु स्वस्थ, शुद्ध, सन्तुलित र सक्रिय राख्न अध्यात्म विज्ञान, योग विज्ञान तथा ध्यान विज्ञानको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको हुन्छ । वर्तमान समयमा विश्वव्यापि रुपमा योग साधना लोकप्रिय हुदै गैरहेको छ । आफ्नो दैनिक जीवनमा योग विज्ञानका वैज्ञानिकतामा आधारित प्रयोगात्मक प्रक्रिया, विधि तथा पद्धतिहरु नियमित रुपमा दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गर्दै प्रयोगात्मक अभ्यास गरेर हाम्रो शरीर र स्वास्थ्यका सबै आयामहरुलाई स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय राख्न सकिन्छ । शरीर तथा स्वास्थ्यका सबै आयामहरु पूर्णरुपमा स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय भएपछि उचित अवसर पाएका कारण मनुष्यभित्र सुसुप्त अवस्थामा रहेका उसका जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु प्रष्फुटित तथा जाग्रीत भएर वाहिरी जीवनमा देखा पर्न थाल्दछन् र क्रमशः उसको जीवन समृद्धिउन्मुख, प्रगतिउन्मुख, सफलताउन्मुख तथा पूर्णताउन्मुख हुदैजान्छ । मनुष्यभित्र सुसप्त अवस्थामा रहेका उसका प्रतिभा, क्षमता, सिर्जनशीलता तथा सकारात्मक गुणहरु प्रष्फुटित तथा जाग्रीत भएपछि उसको जीवनमा आवश्यक पर्ने तथा उसले इच्छा गरेका सुख, खुशी, सरलता, सहजता, समृिद्ध, सफलता, शाान्त, आनन्द, मान, प्रतिष्ठा सबै आउछ; उ हरप्रकारले परिवार, समाज, राज्य, विश्व समाज, मानवीयता, प्रकृति, जगत, ब्रम्हाण्ड, सबैको हित हने सर्वकल्याणका कामहरुमा योगदान गर्न सक्षम हुन्छ र पूर्णताले भरिएको जीवनयापन गर्दै आध्यात्मिक दृष्टिकोणले पूर्ण मानव बनेर परमात्माको सानिध्य प्राप्त गर्न समेत सक्षम हुन्छ ।
वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको वास्तविकता
वर्तमान समयमा प्राय विश्वका सबै मुलुकहरुमा खासगरि विकसित मुलुक, समाज तथा परिवारका व्यक्तिहरुमा विभिन्न प्रकारका नयाँ–नयाँ अस्वस्थता तथा रोगका समस्याहरु देखिन थालेका छन् । विश्वभरिनै पछिल्लो समय आधूनिकताको बाहानामा हदैसम्मको असन्तुलित तथा अव्यवस्थित जीवनशैली, खानपान, निष्क्रियताका कारण शारीरिक रुपमा भित्रबाट आफैं उन्जिएका कहिल्यै निको नहुने, नसर्ने अस्वस्थता तथा दिर्घ असन्तुलित रक्तचाप, मधुमेह, मोटोपन, तनाव जस्ता सबैप्रकारका अस्वस्थता तथा रोगहरुका मूलश्रोत तथा जननीबाट अत्यन्तै धेरै व्यक्तिहरु पिडित हुदै आइरहेका छन् । खासगरि हरप्रकारले अव्यवस्थित जीवन र यसबाट उव्जिएको ताप, तनाव तथा चिन्ताका कारण खासगरि आजको युवा पुस्ता विभिन्न प्रकारका मानसिक तथा भावनात्मक अस्वस्थता तथा रोगहरुबाट ग्रसित हुदै गैरहेका छन् र यो समस्या दिनप्रतिदिन अझ भयावह स्थितिमा देखा पर्दै आइरहेको छ । मानसिक तथा भावनात्मक अस्वस्थता तथा रोगहरुमा खासगरि वर्तमान समयको आधुनिक परिपाटीको तनावपूर्ण जीवनशैली प्रमुख कारणको रुपमा देखिदै आएको छ र तनावको मूल कारण प्रमुख रुपमा असन्तुलित जीवनशैली, अव्यवस्थित जीवन, अखाद्य खानपान, अस्वस्थ प्रतिस्पर्धा, आर्थिक असुरक्षा, बिपन्नता, सामाजिक असुरक्षा, जीवनप्रति अति महत्वाकांक्षा, मानप्रतिष्ठमा हाजि, अनुन्तपादक शैक्षिक योग्यता, बेरोजगारी, चाहे जस्तो रोजगारी नहुनु, देखासेखी, अर्कोसंग तुलना आदिका कारण खासगरि भविश्यका कर्णधार युवा पुस्ताहरु तथा सबै व्यक्तिहरुको समग्र मनस्थिति तथा भावास्थिति अत्यन्तै अस्थिर तथा चन्चल भएको छ । यसैकारण उनीहरु कसैगरे पनि सुखी, खुशी हुन नसक्ने, नकारात्मक सोच्ने, अनावश्यक, अनियन्त्रित अति विचारको शिकार हुने, विगतका नकारात्मक कुराहरु सोचिराख्ने, भविश्यको डर तथा असुरक्षाको काल्पनिक ख्याल मनमा ल्याइराख्ने, निदाउन नसक्ने, सकारात्मक सोच्न नसक्ने, सम्वन्धहरु सुदृढ गर्न नसक्ने, एउटा विषयमा स्थिर तथा एकाग्र रहन नसक्ने, नयाँ काम गर्न नसक्ने, दृढ संकल्प गर्न नसक्ने गरेपनि अडिन नसक्ने, आफ्नो समय र उर्जा अनुसार आफूलाई व्यवस्थित गर्न नसक्ने, जीवन व्यवस्थित गर्न नसक्ने, आफ्नो जीवनको उद्देश्य तथा लक्ष्य अनुसार योजना बनाएर चल्न नसक्ने तथा समग्रमा भन्नु पर्दा असन्तुलित तथा अव्यवस्थित शारीरिक, मानसिक, भावनात्मक, आत्मिक, चेतनात्मक जीवन जिरहेका कारण उनीहरुमा अत्यन्तै हानिकारक ढंगले ताप तथा तनाव हावी हुदै गैरहेको र तनावबाट सिर्जित शारीरिक, मानसिक, भावनात्मक अस्वस्थता तथा समस्याहरु झेलिरहेका छन् । सबै मनुष्यहरुले यो अवस्था झेरिरहेका भएपनि खासगरि युवा पुस्तामा तनाव र यसका नकारात्मक परिणामहरु दिनप्रतिदिन तिब्रगतिमा बढ्दै गैरहेका छन् । यस सन्दर्भमा विश्व स्वास्थ्य संगठनले डरलाग्दो तथ्यांक सार्वजनिक गरेको छ, संगठनका अनुसार सन् २०३० सम्ममा विश्वमा ४५ प्रतिशत मनुष्यहरु तनावले ग्रसित हुनेछन् र तनावले सर्बनासक महामामरीको स्वरुप लिनेछ ।
अस्वस्थताका समाधान तथा उपचारका स्थाइ उपायहरु
विश्व समाजमा महामारी बन्दै गैरहेका यस्ता दिर्घ रोग तथा विभिन्न प्रकारका मानसिक असन्तुलन उत्पन्न गराउने तनावको महामारीका समस्याहरुको स्थाइ समाधान आधूनिक चिकित्सा पद्धतिमा छैन किनकी आधूनिक चिकित्सा पद्धतिले रोग उपचार गर्दछ रोगीलाई क्षणिक आराम दिनकालागि मात्र, रोगको मूल श्रोत तथा कारणको खोजी र उपचार गर्दैन । अनुमानको भरमा उपचार गर्छ रोकथाम तथा उपचार हुने दृष्टिकोण तथा आशा राखेर । तनाव रोग होइन, यो अन्य विषयहरुका कारण सतहमा आएको परिणाम हो तनावको मुल श्रोत तथा रोग अर्कै छ । दैनिक जीवन जिउने प्रक्रियामा आउने अनेकौं प्रकारका अस्वस्थता तथा समस्याहरु तनावका मूल कारणहरु हुन् । यसको समाधान तथा जरैदेखि निर्मुलीकरण केवल अध्यात्म विज्ञान, योग विज्ञान तथा ध्यान विज्ञानसंग मात्र रहेको छ । अध्यात्म विज्ञान, योग विज्ञान तथा ध्यान विज्ञानका महत्वपूर्ण तीन अंगहरु तथा त्रिरत्न– योगासन, प्राणायाम, धारणा तथा एकाग्रता अर्थात समग्रमा योगका साधनालाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर तनाव तथा तनावका श्रोत, कारण र परिणामहरुलाई जरैदेखि निर्मुल पारेर शरीर तथा स्वास्थ्यका आयामहरुमा आइपर्ने हरप्रकारका अस्वस्थता तथा समस्याहरुको सहि ढंगले समाधान तथा उपचार गर्न सकिन्छ । सहि प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर गरिएका योग साधनाका प्रयोगात्मक अभ्यासहरुले व्यक्तिको जीवनमा पंचप्रगति ल्याउन मद्धत गर्दछन् । योग साधनाको माध्यमबाट हरप्रकारले जीवन व्यवस्थित गरेको व्यक्तिकोे जीवनमा पूर्ण स्वास्थ्य, सुमधूर सम्वन्ध, सफलता सहितको समृद्धि, आत्म सम्मान बढाउने मान–प्रतिष्ठा, परमशान्ति तथा परमआनन्दको अवस्थामा हरेक व्यक्तिलाई स्थित गराउन प्रभावकारी ढंगले मद्धत गर्न सक्छ योग साधनाले ।
छिट्टै,
सबै समस्याहरुको समाधानको प्रभावकारी उपाय योग विज्ञानको पृष्ठभूमि
No comments:
Post a Comment