'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २४४ वटा लेख समाहित छन् !

Wednesday, 27 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१६

 डासिर्जना भण्डारी

      #अध्यात्म_दर्शन #जीवन_दर्शन 


आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१५ को निरन्तरता


जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा

(क)योगीक आसनहरु

योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरिदै आइएको हठ योगमा मोटामोटी रुपमा ८४ प्रकारका योगका आसनहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खोजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसनहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र (४)उत्तानो पल्टेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँ तथा भिडभाडमा रहेको अवस्थामा; समय कम भएको तथा व्यस्त रहेको अवस्थामा; सामान्य प्रकारको अस्वस्थ रहेको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका आसनहरु विभिन्न प्रकारका रहेका छन् । यी मध्य विहान खालि पेटमा सबैभन्दा बढि अभ्यास गरिने चार अवस्थाहरु– उभिएर, बसेर, घोप्टेर र उत्तानो पल्टेर गरिने योगका आसनहरुबारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ । 


(२)बसेर गरिने योगका आसनहरु

स्थुल शरीर तताउन शरीर चलायमान गराउने तथा हल्का उफ्रिने प्रकारका कदमचाल व्यायाम पाँच मिनेट र शरीर खुलाउन शरीरका हरेक अंग–अंगको सुक्ष्म व्यायाम पाँचदेखि दश मिनेट गरिसकेपछि मात्र उभिएर, बसेर, घोप्टो परेर तथा उत्तानो पल्टेर गर्ने योगका आासनहरु गर्न प्रारम्भ गर्नु पर्दछ ताकि योगासन गर्न शरीर र मन हरप्रकारले लचिलो, फुर्तिलो भएर तयार भएको होस् र आसनहरु लगाउदा सामान्य बाहेक जटिल प्रकारका असहजता, पिडा तथा अस्वस्थताहरु नआउन् । आमरुपमा प्रयोगमा ल्याउदै आइएका र सबै उमेर तथा लिंगका व्यक्तिहरुलाई उपयुक्त हुने प्रकारका र कुनै प्रकारका नकारात्मक प्रभाव नभएका शरीर तन्काउन बसेर गरिने योगका केही आसनहरु र शरीर तताउन गरिने कदमचाल व्यायाम तथा शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम निम्नप्रकारका रहेका छन्– 


शरीर तताउन गरिने कदमचाल व्यायाम

सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत सौम्य तथा सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।


शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम

कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं । 


सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णताले भरिन थाल्छ ।


शरीर तन्काउन बसेर गरिने योगका प्रमुख १० आसनहरु

(१)भद्र आसन

भद्र आसनलाई पुतली आसन पनि भन्ने गरिन्छ । सर्वप्रथम हावा ओहोर–दोहोर गर्न सक्ने स्थानमा सहज आसनमा बसौं; दुई पैताला एकआपसमा पूरै जोडौं सकेसम्म जनेन्द्रियको नजिक हुनेगरि; कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर दुवै हातले पैताला जोडिएका दुवै गोडाका पंजालाई एकसाथ समातौं र छिटो–छिटो श्वास वाहिर छोड्दै वा श्वास सामान्य नै राखेर दुवै जांग र घुँडालाई पुतलीले पखेटा चलाए जसरी तलमाथि गर्दै कम्तिमा तीस पटक चलाऔं र केही सेकेण्ड विश्राम गरौं; विश्रामलाई पनि योग साधना बनाउन सकिन्छ, जांग तथा घुँडा चलाउन छोडेर स्थिर भएर जति सकिन्छ पूरा श्वास भित्र लिएर पूरा श्वास वाहिर छोड्दै विस्तारै शिरलाई गोडातिर तथा भुईंतिर निहुुर्याएर बसौं; केहीबेर अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठेर सिधा बसौं । यसरी अगाडितिर निहुरिने आसन तथा क्रिया शरीरको स्वास्थ्य अवस्थाको जाँच गर्ने विधि पनि हो । यदि शिरले गोडा तथा भुईं छुन सक्यो भने मेरुदण्ड, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका अंगहरु लचिला छन् र यी भागको स्वास्थ्य अवस्था सहि छ भनेर बुझ्नु पर्छ तर यदि छुन सकेन भने मेरुदण्ड, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका अंगहरुमा लचकता कम रहेको अवस्था हो । यस्तो अवस्थामा छिट्टै मेरुदण्ड, ढाड, कम्मर तथा कम्मर भन्दा मुनिको भाग पैतालासम्म नै विभिन्न प्रकारका अस्वस्थता तथा समस्याहरु देखिन सक्छन् । भद्र योग आसन कम्तिमा तीनपटक गर्नु पर्दछ, यसको नियमित अभ्यासले शरीरमा लचकता बढाउछ, विस्तारै शिरले गोडा तथा भुईं छुन सकिन्छ र मेरुदण्ड, ढाड, कम्मर तथा कम्मर मूनिका भागहरुको लचकता बढाउछ ।


भद्र आसनले विस्तारै मेरुदण्ड, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र सानातिनमा अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा वृद्धि गर्दछ । यसकासाथै भद्र आसनले तल्लो पेट र प्रजनन् अंगमा खिचाव बढाउने हुनाले पुरुष र महिला दुवैमा मृगौला तथा मुत्र सम्वन्धि, प्रजनन् सम्वन्धि अस्वस्थता तथा समस्याहरु खासगरि महिलाहरुमा हुने बाँझोपन, रसायन(हर्मोनल)हरुको असन्तुलन, रजश्वलामा अनियमितता, अति रक्तश्राव, अल्प रक्तश्राव, पाढेघरको असन्तुलन, यौन असन्तुलन तथा यौन दुर्वलता आदिको उपचार तथा समाधान गर्नमा प्रभावकारी ढंगले मद्धत गर्दछ ।


(२)ससक आसन 

सजिलो स्थानमा बज्र आसनमा बसेर हातलाई जांगमाथि राखौं; पूरा श्वास भित्र भरेर दुवै हातलाई दायाँ–बायाँ तनक्क पारेर तन्काऔं र पूरा श्वास वाहिर छोड्दै विस्तारै हिपलाई सकेसम्म पछाडि धकेल्दै, अगाडि झुक्दै दुवै हातलाई तनक्क तन्कारएर अगाडि भुईंमा पसारेर सकेसम्म अगाडि ठेल्दै निहुरिएर शिरले भुईं ढोग्ने प्रयास गरौं; केहीबेर अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठौं र दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर पुनः जांगमाथि राखौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं । ससक आसन पनि पुतली आसन जस्तै शरीरको स्वास्थ्य अवस्था जाँच गर्ने विधि हो अर्थात शिरले भुईं छोयो भने शरीरको सामान्य अवस्था हो र छोएन भने मेरुदण्ड, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा, रक्तसंचार आदिमा आवश्यक लचकताको कमीका कारण अस्वस्थता तथा समस्या आउनसक्ने सम्भाना भएको अवस्था हो । 

 

ससक आसनलाई आराम गर्ने आसन पनि भन्ने गरिन्छ किनकी यो आसनमा बस्दा शरीर र मनमा अत्यन्तै आनन्दको अनञभञ्ति हुन्छ । ससक आसन गर्दा पूरै मेरुदण्ड, गर्धन, कुम, पाखुरा, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका अंगहरुमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै ससक आसनले शिरमा रक्तसंचारको प्रवाह बढाउने हुनाले टाउको दुख्ने, अधा दुख्ने(माइग्रेन), अनिद्रा, विभिन्न प्रकारका मस्तिष्क तथा स्थायु प्रणाली सम्वन्धि अस्वस्थताहरु, चिन्ता, तनाव तथा सामान्य तथा गंभिर प्रकारका मानसिक समस्याहरुको उपचार तथा समाधान गर्नमा प्रभावकारी ढंगले मद्धत गर्दछ । माथ्लो पेटकासाथै तल्लो पेटमा तथा नाभि क्षेत्रमा पनि  पर्याप्त दबाव  तथा खिचाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा केही हदसम्म नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ । विशेष गरिकन पेट फुल्ने, हावा भरिने, ढ्याउ आउने, अमिलो पानी आउने, अपच, खाना नरुच्ने आदि पेटसंग सम्वन्धित सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधानमा ससक आसन अत्यन्तै प्रभावकारी मानिन्छ ।  


(३)मण्डुक आसन

मण्डुक आसनका केही प्रकारहरु रहेका छन्- सामान्य मण्डुक आसन, पेट मालिस मण्डुक आसन, उत्तान मण्डुक आसन ।

सामान्य मण्डुक आसन

सजिलो स्थानमा बज्र आसनमा बसेर मेरुदण्ड तथा ढाड सिधा पारेर हातलाई जांगमाथि राखौं; श्वास पूरा भित्र भरेर दुवै हातका बुढी औंला हत्केलाभित्र पारेर मुठ्ठी कसौं; पेट पुरै भित्र पस्नेगरि पूरा श्वास वाहिर छोड्दै नाभिको दायाँ–बायाँ बुढी औंलाको फेदले नाभिक्षेत्रलाई हल्का दबाऔं; ढाड र गर्धन सिधा पारेर विस्तारै भुईंतिर झुकौं । एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठेर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं ।  


पेट मालिस मण्डुक आसन

सजिलो स्थानमा बज्र आसनमा बसेर मेरुदण्ड तथा ढाड सिधा पारेर हातलाई जांगमाथि राखौं; पूरा श्वास भित्र भरेर दुवै हातलाई एकआपसमा खप्टेर नाभिमाथि हत्केलाको केन्द्र भाग पर्नेगरि राखौं; पूरा श्वास वाहिर छोड्दै नाभिक्षेत्रलाई हल्का दबाऔं; ढाड र गर्धन सिधा पारेर विस्तारै भुईंतिर झुकौं सकेजति र हातले नाभि क्षेत्रलाई केहीबेर चलाऔं, मासिस गरौं तथा हुडलौं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं ।


उत्तान मण्डुक आसन

सजिलो स्थानमा बज्र आसनमा बसेर मेरुदण्ड तथा ढाड सिधा पारेर हातलाई जांगमाथि राखौंैं; पूरा श्वास भित्र भरेर दुवै हातलाई दायाँ–बायाँ तनक्क पारेर तन्काऔं र पूरा श्वास वाहिर छोड्दै विस्तारै दुवै हातलाई घोप्टो पारेर एकआपसमा खप्टेर गर्धन भन्दा तल सकेसम्म दुई कुमको विचमा पर्नेगरि राखौं; श्वास रोकेर तथा सामान्य राखेर केहीबेर यही अवस्थामा अडिऔं आफूलाई सहज हुन्जेल र पूरा श्वास भित्र भर्दै विस्तारै दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर पुनः जांगमाथि राखौं । यही प्रक्रिया कम्तिमा तीनपटक गरौं । 


बज्र आसन

बज्र आसन  ससक आसन तथा मण्डुक आसनको आधार आसन हो  भरि पेट खाना खाइसकेपछि सजिलो स्थानमा श्वासलाई सामान्य अवस्थामा राखेर बज्र आसनमा बसौं हातलाई जांगमाथि राखेर पाँचदेखि दश मिनेटसम्म; पेट भरिएको अवस्था भएकोले बज्र आसनमा केही क्रियाहरु गरिदैन बरु आफ्ना सामान्य कामहरु रेडियो टी.भीं सुन्ने तथा हेर्ने, खवर पढ्ने, परिवार तथा आफन्तहरुसंग गफगाफ तथा हसिमजाकमा समय विताउने गर्नु राम्रो हुन्छ । केही नगरीकन चुपचाप आँखा बन्द गरेर मनमा नकारात्मक विचार नखेलाईकन साक्षी भावमा बस्नु अझ राम्रो मानिन्छ । कसै–कसैलाई विविध कारणले बज्र आसनमा लामोबेरसम्म बस्न असजिलो हुन्छ गोडा, पिडौला तथा जांग दुखेर, यस्तो व्यक्तिले गोडालाई पूरै दायाँ–बायाँ फिजाएर हिपलाई भुईंमा टेकाएर बस्दा अलि सहज हुन्छ । हिपमूनि तथा पिडौलामाथि पातलो शिरानी, कुश तथा चकटी राखेर बस्दा पनि सजिलो हुन्छ र अलि लामोबेर बज्र आसनमा बस्न सकिन्छ । बज्र आसलमा बसेको समयमा जांग तथा पिडौलामा हल्का किसिमले मुड्किीले हाने तथा मालिस गरेर त्यस क्षेत्रमा तरंग उत्पन्न गर्दा स्वतः रक्तसंचारको प्रवाह बढ्छ र गोडा, पिडौला तथा जांग दुख्ने, निदाउने तथा नकडिने समस्या हुदैन र बज्र आसनमा अलि लामोबेर बस्न सकिन्छ । खाना खाइसकेपछि बज्र आसनलाई शुरुशुरुमा दुई–तीन मिनेट गरेर विस्तारै बढाउदै लान सकिन्छ, यसो गर्दा विस्तारै बानी पर्दै गइन्छ र गोडा, पिडौला तथा जांग दुख्ने समस्या कम हुन्छ ।     


मण्डुक आसन, पेट मालिस मण्डुक आसन, उत्तान मण्डुक आसन र बज्र आसनहरु गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, पाखुरा, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका अंगहरुमा प्रत्यक्ष खिचाव तथा दबाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै मण्डुक आसनका प्रक्रियाहरुले छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्र अर्थात मणिपूर चक्रसंग सम्वन्धित अंगहरुमा पनि पर्याप्त खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह र केही हदसम्म नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु प्रजननसंग सम्वन्धित रहेका सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत प्रभावकारी ढंगले मद्धत गर्नुका साथै मणिपूर चक्र र स्वाधिष्ठान चक्र सन्तुलित तथा जाग्रीत गर्न पनि सहयोग गर्दछन् । पेटभरि खाना खाएपछि पाँचदेखि दश मिनेट बज्र आसनमा बस्दा पाचन प्रणालीमा सन्तुलनता आउछ र पेट सम्वन्धि अस्वस्थता– अपच, कव्जियत तथा मल सम्वन्धि समस्या, पेट फूल्ने, हावा भरिने, अम्लपित्त, भोक नलाग्ने, बढि भोक तथा तलतल लाग्ने जस्ता अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत निकै प्रभावकारी ढंगले मद्धत गर्दछन् मण्डुक आसनका सबै प्रकारका क्रिया, प्रक्रिया तथा विधिहरुले । विशेष गरिकन पेट फुल्ने, हावा भरिने, ढ्याउ आउने, अमिलो पानी आउने, अपच, खाना नरुच्ने आदि पेटसंग सम्वन्धित सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधानमा मण्डुक आसनका सबै प्रक्रियाहरु अत्यन्तै प्रभावकारी मानिन्छन् ।  मण्डुक आसनहरुमा उत्तान मण्डुक आसनको विशेष महत्व रहेको छ किनकी यो आसनले अरु कुनैपनि प्रकारका आसनहरुले राम्ररी तन्काउन नसकेका छाति, काँध, गर्धन, काखीका भागहरुमा पर्याप्त दबाव तथा खिचाव गराएर त्यहाँ अंगहरुको तन्दञरुस्ती तथा आराग्यता बढाउन प्रभावकारी ढंगले मद्धत गर्दछ । 


(४)चक्कि आसन

सजिलो स्थानमा दुवै गोडालाई सकेसम्म फारेर पसारेर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं; पूरा श्वास भित्र भरेर दुवै हातका औंलाहरु एकआपसमा फसाएर दुई हातको एउटै मुठ्ठी बनाऔं र अगाडि तनक्क तन्काएर राखौं; कम्मर, ढाड, गर्धन, शिर सिधा राखेर श्वास शुरुमा पूरा वाहिर छोड्दै पछि सामान्य गतिमा राखेर जाँतो तथा चक्की पिसेको जसरी कुहिना नखुम्च्याइकन हात, शरीर तथा कम्मरलाई चारै दिशातिर सकेसम्म ठेलेर उल्टो–सुल्टो दुवैतिर घुमाऔं र कम्तिमा तीन–तीनपटक गरौं दुवैतिर यो प्रक्रिया गरौं ।


चक्कि आसन गर्दा पनि भद्र आसन, ससक आसन, मण्डुक आसन गर्दा हुने लाभहरु प्राप्त हुनेहुनाले यसले पनि विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, पाखुरा, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका अंगहरुमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै आति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्रमा पनि हल्का खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा केही हदसम्म नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ । 

(५)पश्चिम उत्तान आसन

पश्चिम उत्तान आसन विभिन्न प्रकारले गर्ने गरिन्छ– सामान्य पश्चिम उत्तान आसन, जानुशिर्ष आसन, पाद पसार पश्चिम उत्तान आसन, उत्तोलन पश्चिम उत्तान आसन । सर्वप्रथम कम्मरमूनिको भागमा रक्तसंचार बढाउन, मांसपेसी, नशा, हड्डि, जोर्नी लचिलो तथा खुकुलो बनाउन जांगदेखि पैतालासम्म पुरै हल्लाऔं केहीबेर दायाँ–बायाँ गर्दै तथा घुँडा तलमाथि गर्दै । 


सामान्य पश्चिम उत्तान आसन

सामान्य पश्चिम उत्तान आसन अर्ध र पूर्ण दुईप्रकारले गर्ने गरिन्छ । अर्ध पश्चिम उत्तान आसनमा एउटा गोडा अगाडि पसारेर र पूर्ण पश्चिम उत्तान आसनमा दुईवटै गोडा अगाडि पसारेर ।

अर्ध पश्चिम उत्तान आसन: अर्ध पश्चिम उत्तान आसन गर्नकालागि सजिलो स्थानमा दुवै गोडा सिधा अगाडि पसारेर कम्मर, ढाड, गर्धन, शिर सिधा बनाएर बसौं; एउटा गोडालाई पलेटी कसे जसरी खुम्च्याएर माथि ल्याऔं र कुर्कुच्चोलाई जनेन्द्रियको नजिक हुनेगरि राखौं; श्वास पूरा भित्र भरेर दुवै हातलाई दायाँ–बायाँ तनक्क पारेर तन्काऔं र पूरा श्वास वाहिर छोड्दै विस्तारै अगाडि झुकौं घुँडा जमिनमै छ्वाएर तथा सिधा राखेर र दुवै हातले पैताला तथा गोडडाका पंजा समातौं र शिरले घुँडा छुने प्रयास गरौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठौं र दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर जांगमाथि राखेर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीन–तीनपटक गरौं दुवै गोडा पसार्दै र खुम्च्याउदै गरेर । 


पूर्ण पश्चिम उत्तान आसन: पूर्ण पश्चिम उत्तान आसन गर्नकालागि सजिलो स्थानमा दुवै गोडा सिधा अगाडि पसारेर कम्मर, ढाड, गर्धन, शिर सिधा बनाएर बसौं; श्वास पूरा भित्र भरेर दुवै हातलाई दायाँ–बायाँ तनक्क पारेर तन्काऔं र पूरा श्वास वाहिर छोड्दै विस्तारै अगाडि झुकौं घुँडा जमिनमै छ्वाएर तथा सिधा राखेर र दुवै हातले दुवै पैताला, गोडका पंजा तथा गोडाका बुढी औंला समातेर(यो एकप्रकारको मुद्रा हो) शिरले घुँडा छुने प्रयास गरौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठौं र दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर जांगमाथि राखेर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं । 


जानु-शिर्ष आसन: जानुशिर्ष अर्थात घुँडा र शिर जोड्ने आसन पूर्ण पश्चिम उत्तान आसनसंग मिल्दोजुल्दो छ । जानुशिर्ष आसन गर्नकालागि सजिलो स्थानमा दुवै गोडा सिधा अगाडि पसारेर कम्मर, ढाड, गर्धन, शिर सिधा बनाएर बसौं; श्वास पूरा भित्र भरेर दुवै हातलाई दायाँ–बायाँ तनक्क पारेर तन्काऔं र पूरा श्वास वाहिर छोड्दै विस्तारै अगाडि झुकौं घुँडा जमिनमै छ्वाएर तथा सिधा राखेर र दुवै हातका कुहिना भुईंमा छ्वाएर र हातलाई घोप्टो पारेर जमिनमा पसारेर शिरले घुँडा छुने प्रयास गरौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठौं र दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर जांगमाथि राखेर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं ।  


पाद पसार पश्चिम उत्तान आसन: सजिलो स्थानमा दुवै गोडालाई सकेसम्म फारेर पसारेर कम्मर, ढाड, गर्धन, शिर सिधा बनाएर बसौं; पूरा श्वास भित्र भरेर दुवै हातलाई तनक्क तन्काएर अगाडि सिधा राखौं; पूरा श्वास वाहिर छोड्दै कम्मर, ढाड, गर्धन, शिर सिधा राखेर दुवै हातलाई दुवै गोडाको विचमा भुईंमा हत्केला घिसार्दै सिधा अगाडि लैजाउँ पैतासम्म समानान्तर हुनेगरि सकेसम्म तन्काएर र शिरले भुईं छुने प्रयास गरौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै उठौं र दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर जांगमाथि राखेर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं ।  


उत्तोलन पश्चिम उत्तान आसन: सजिलो स्थानमा दुवै गोडालाई जोडेर पसारेर कम्मर, ढाड, गर्धन, शिर सिधा बनाएर बसौं; पूरा श्वास भित्र भरेर दुवै हातलाई समानान्तरमा राखेर तनक्क तन्काएर आतिबाट सिधा अगाडि बढाऔं; पूरा श्वास वाहिर छोड्दै हिप मात्र टेकेर दुवै गोडा तनक्क तन्काएर आकाशतिर झण्डै ४५ डिग्रीमा उठाऔं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै गोडा भुईंमा राखौं; दुवै हातलाई दायाँ–बायाँ तनक्क तन्काएर घुमाएर ल्याएर जांगमाथि गमाथि राखेर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं ।  


पश्चिम उत्तान आसनका सबै किसिमहरु पनि पुतली आसन, ससक आसन, चक्की आसनहरु जस्तै शरीरको स्वस्थ्य अवस्था जाँच गर्ने आसन हो अर्थात आसनहरु गर्दा शरीरमा लचतकता आयो भने सामान्य स्वास्थ्य अवस्था हो र लचकता आएन भने मेरुदण्ड, ढाड, कम्मर, कम्मर भन्दा मुनि पैतालासम्मका अंग, छाति कुम तथा पाखुराका हड्डि, जोर्नी, मांसपेशी, नशा, रक्तसंचार आदिमा आवश्यक लचकताको कमीका कारण अस्वस्थता तथा समस्या आउनसक्ने अवस्था हो । पश्चिम उत्तान आसनका क्रिया, विधि तथा प्रक्रियाहरु गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, छाति, पाखुरा, ढाड, कम्मर तथा कम्मर भन्दा मुनि पैतालासम्मका सबै अंगहरुमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्रमा पनि खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा केही हदसम्म नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ । 


(६)भू–नमन आसन

सजिलो स्थानमा दुवै गोडालाई जोडेर पसारेर बसौं र एउटा गोडाको बुढी औंलाले अर्को गोडाको बुढी औंलालाई चेपौं ताकि आसन गर्ने क्रममा गोडा नफारियोस्; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै दुवै हात र ढाड तथा कम्मरलाई सकेसम्म दायाँ तथा बायाँ पछाडितिर धकेलौं तथा मर्काऔं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै अगाडि फर्केर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीन–तीनपटक गरौं दायाँ–बायाँ दुवैतिर ।


भू–नमन आसन गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, छाति, पाखुरा, ढाड, कम्मर, कम्मर भन्दा मुनि पैतालासम्मका सबै अंगहरु तथा सर्वांगमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्रमा पनि पर्याप्त खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ । 


(७)अर्ध मत्स्येन्द्र आसन  

सजिलो स्थानमा दुवै गोडालाई खुम्च्याएर सुख आसनमा कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं; एउटा गोडालाई उठाएर अर्को गोडाको घुँडा नाघेर भुईंमा टेकौं; पैताला टेकेको गोडाको विपरीत हातको कुहिनो र घुँडोे जोडौं र अर्को हात ढाड पछाडि भुईंमा टेकौं; पूरा श्वास भित्र भरौं र पुरा श्वास वाहिर छोड्दै विपरीत कुहिनोले र विपरित घुँडोलाई एक आपसमा ठेल्दै तथा पयट लगाउदै ढाड तथा कम्मरलाई सकेसम्म पछाडि धकेलौं तथा मर्काऔं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै अगाडि फर्केर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीन–तीनपटक गरौं दायाँ–बायाँ दुवैतिर ।


अर्ध मत्स्येन्द्र आसन गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, छाति, पाखुरा, ढाड, कम्मर, कम्मर भन्दा मुनि पैतालासम्मका सबै अंगहरु तथा सर्वांगमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्रमा पनि पर्याप्त खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ । 


(८)बक्र आसन

सजिलो स्थानमा दुवै गोडालाई तनक्क तन्काएर कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं; एउटा गोडालाई उठाएर हिप नजिक ल्याएर पैताला भुईंमा टेकौं र अर्को गोडालाई तनक्क तन्काएर पसारि राखौं; पूरा श्वास भित्र भरौं र पुरा श्वास वाहिर छोड्दै खुम्च्याएको घुँडाको विपरीत हातको हत्केलो खुम्च्याएको गोडानेरी टेकौं र अर्को हातलाई सकेसम्म कम्मर पछाडि लगेर हत्केलो भुईंमा टेकौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै अगाडि फर्केर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीन–तीनपटक गरौं दायाँ–बायाँ दुवैतिरका गोडा खुन्च्याउदै तथा पसार्दै गरेर ।


बक्र आसन गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, छाति, पाखुरा, ढाड, कम्मर, कम्मर भन्दा मुनि पैतालासम्मका सबै अंगहरु तथा सर्वांगमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्रमा पनि पर्याप्त खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ । 


(९)गौमुख आसन

सजिलो स्थानमा दुवै गोडालाई खुम्च्याएर सुख आसनमा कम्मर, ढाड, गर्धन सिधा गरेर बसौं; एउटा घुँडोलाई अर्को घुँडोमा खप्टेर गाईको मुख जस्तो बनाऔं; तल परेको गोेडा पट्टिको हातलाई कम्मरबाट पछाडि ढाडमाथि चढाऔं र माथि परेको गोेडा पट्टिको हातलाई कुमबाट पछाडि ढाडमा झारौंं; हातका औंलालाई अंकुशे बनाएर हात एकआपसमा अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर एक हातले अर्को हातलाई सकेजति तानौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास वाहिर छोड्दै विस्तारै हात अगाडि ल्याएर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं ।


गौमुख आसन गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, छाति, पाखुरा, ढाड, कम्मर, कम्मर भन्दा मुनि पैतालासम्मका सबै अंगहरु तथा सर्वांगमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभी क्षेत्रमा पनि पर्याप्त खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा पाचनक्रिया, मधुमेह तथा नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत मद्धत गर्दछ ।


(१०)उष्ट्र आसन
उष्ट्र आसन अर्ध र पूर्ण गरेर दुईप्रकारले गर्ने गरिन्छ । 

अर्ध उष्ट्र आसन: अर्ध उष्ट्र आसन गर्नकालागि सजिलो स्थानमा दुवै घुँडा टेकेर घुँडाले उभिऔं; पूरा श्वास भित्र भरेर दुवै हात कम्मरमा राखेर पूरा श्वास वाहिर छोड्दै कम्मर, ढाड, गर्धन र शिरलाई पछाडितिर झुकाऔं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भित्र भर्दै विस्तारै कम्मर, ढाड, गर्धन र शिरलाई सिधा बनाएर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं । अर्ध उष्ट आसन र अर्ध चक्र आसनका ुिक्रया तथा प्रक्रियाहरु एकआपसमा मिल्दाजुल्दा छन् ।


पूर्ण उष्ट्र आसन: पूर्ण उष्ट्र आसन गर्नकालागि सजिलो स्थानमा दुवै घुँडा टेकेर घुँडाले उभिऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै कम्मर, ढाड, गर्धन र शिरलाई पछाडितिर झुकाउदै दुवै हातले कुर्कुच्चा समातौं; एकछिन अथवा आफूलाई सहज हुन्जेलसम्म यही अवस्थामा अडिऔं श्वास रोकेर तथा सामान्य राखेर र पूरा श्वास भर्दै विस्तारै कम्मर, ढाड, गर्धन र शिरलाई सिधा बनाएर हात अगाडि ल्याएर सामान्य बनौं र यही प्रक्रिया कम्तिमा तीनपटक गरौं । 


उष्ट्र आसन गर्दा विस्तारै पूरै मेरुदण्ड, गर्धन, कुम, पाखुरा, ढाड, कम्मर, कम्मर भन्दा मुनि पैतालासम्मका सबै अंगहरु तथा सर्वांगमा प्रत्यक्ष खिचाव तथा दवाव पर्ने हुनाले यसले विस्तारै त्यस क्षेत्रका अंगहरुका हड्डि, जोर्नी, मांसपेशी, नशा आदि लचिलो बनाएर रंक्तसंचारको प्रवाहमा वृद्धि गर्दछ र त्यहाँका सानातिना तथा गंभिर प्रकारका अस्वस्थताहरु निको गरेर भविश्यमा यी अंगहरुमा कुनैप्रकारका अस्वस्थता तथा समस्याहरु आउन नसक्ने गरि सबै अवस्था सुदृढ गरेर रोगसंग लड्ने क्षमतामा समेत वृद्धि गर्दछ । यसकासाथै छाति, माथ्लो पेट, तल्लो पेटमा तथा नाभि क्षेत्रमा पनि पर्याप्त खिचाव तथा दबाव पर्ने हुनाले पेट तथा विशेष गरिकन पेट तथा पाचनक्रिया, मधुमेह र नाभि क्षेत्र नजिक रहेका आन्तरिक अंगहरु मृगौला तथा मुत्रासय, कलेजो, प्रजनन् अंगहरु आदिमा रहेका अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्नमा समेत अत्यन्तै प्रभावकारी ढंगले मद्धत गर्दछ । 

बसेर गरिने योगका आसनहरुको लाभ

माथि उल्लेखित बसेर गरिने सबै प्रकारका योग आसनहरुले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ । योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसाका नियमहरुभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर गरिने सबैप्रकारका योगका आसनहरुले सकारात्मक लाभ मात्र प्रदान गर्दछन् तर प्रक्रिया र विधि नपुर्याइकन र तोकिएका अनुसानहरुको अनुशरण नगरिकन योगका आसनहरु गर्दा यसले नकारात्मक हानि पुर्याउन सक्छ ।

योगका सबैप्रकारका गतिविधिहरु- शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम शरीर तन्काउन गरिने योगका आसनहरु गर्दा सबै प्रकारका गतिविधिहरुमा आफ्नो शरीरमा भएका हरप्रकारका क्षण-क्षणका महसुस, अनुभव तथा अनुभूतिहरु जस्तोकि श्वास-प्रश्वास बढेको, मुटुको धड्कन बढेको, रंक्तसंचारको प्रवाह बढेको, शरीरका अंगहरुमा दबाव तथा खिचाव भएको, शरीरमा गर्मीं तथा ठण्डाको महसुस भएको आदि अवस्थाहरुमा मन तथा ध्यान केन्द्रित गर्नुपर्दछ ताकि मन तथा ध्यान अरु अनावश्यक तथा नकारात्मक विचारहरुमा जान नसकोस् यसरी आफ्नो शरीरमा भैरहेका महसुस तथा अनुभवका अवस्थाहरुमा मनलाई केन्द्रित गर्नु वर्तमानमा साक्षी रहनु हो यो प्रक्रिया पतंजलि योगसुत्रको छैठौं अंग धारणाको एक अत्यन्तै महत्वपूर्ण अवस्था हो धरणा तथा एकाग्रताका अवस्थाहरुका सकारात्मक लाभहरु धेरै रहेका छन् ध्यानबाट प्राप्त हुने लाभ समेत यो अवस्थामा हासिल गर्न सकिन्छ यसरी शरीरका अंगहरुमा भएका गतिविधिहरुमा मन तथा ध्यानलाई केन्द्रित गर्दा श्वास तथा प्राण वायू तथा ब्रम्हाण्डिय महाउर्जा तत तत क्षेत्रमा पुग्ने हुनाले व्यायाम तथा आसनहरुबाट हुने लाभहरुमा उल्लेख्य बढोत्तरी आउछ योग साधक हरप्रकारले स्वस्थ, आरोग्य, सुखी, खुशी, शान्त आनन्दित हुदै जान्छ । उसको जीवन सहज, सरल, व्यवस्थित, समृद्ध सफल हुदै जान्छ परिवार, समाज, राज्य, विश्वसमाज, मानवीयता, प्रकृति सबैतिर योगदान दिनसक्ने सुयोग्य नागरिक बन्दछ

 

बसेर गरिने योगका आसनहरु गर्दाका सावधानीहरु 

योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसानभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर सबैप्रकारका योगका आसनहरु सबैले गर्न सकिन्छ तर स्वास्थ्य अवस्था तथा शरीरको विशेष अवस्थामा अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र शरीरको रोग, अस्वस्थता तथा शरीरको विशेष अवस्थासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु अनिवार्य हुन्छ । रक्तचाप उच्च तथा न्यून भएका; रगत सम्वन्धि अरु प्रकारका रोग तथा अस्वस्थता भएका व्यक्तिहरु; मुटुका रोगीहरु; गर्ववती स्त्री आदिले झुकेर गर्ने योगका आसनहरु गर्नु हुदैन । शल्यक्रिया गरेका, त्यस्तै हड्डि सम्वन्धि विभिन्न प्रकारका समस्या भएका; जोर्नी खिइएका तथा सरेका(स्लिप डिस्क); मेरुदण्ड खिइएका तथा सरेका व्यक्तिहरुले पनि शरीर धेरै झुकाउने, शरीर मर्काउने तथा तन्काउने प्रकारका योगका आसनहरु गर्नु हुदैन । यस्ता प्रकारका व्यक्तिहरुका लागि रोग तथा बिरामीको अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । रजश्वला भएका स्त्रीहरुले कम्तिमा पाँचदिनसम्म यस्ताप्रकारका योगासनहरु गर्नु हुदैन र पाँचदिनपछि पनि रक्तश्राव निरन्तर भैरहेको छ भने अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु पर्दछ । त्यस्तै गर्भवती स्त्रीले पनि सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र स्त्री रोगसंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । गर्भवती स्त्रीकालागि छुट्टै प्रकारका योगका आसनहरु रहेका छन् । तर शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम र शरीरमा अक्सिजनको मात्र बढाउन गरिने अनुलोमविलोम प्राणायाम र लामो गहिरो श्वास लिने र छोड्ने विज प्राणायाम सबै प्रकारका र सबै उमेर भएका व्यक्तिहरुले हल्का किसिमले गर्न सकिन्छ, यसकालागि कसैको सल्लाह लिराख्नु पर्दैन तर आफूलाई असहज तथा पिडा भैरहेको छ भनेचाहिं विचार गर्नु पर्छ तथा सल्लाह लिन पनि सकिन्छ । शरीरमा अक्सिजनको पर्याप्तताले रक्तकणहरुलाई शुद्ध राख्दछ, शरीरभरि रक्तसंचारको प्रवाह बढाउछ र शरीरका सबै अंगहरु खुकुलो, लचिलो बनाउनुका साथै हरप्रकारले संतुलनलमा राख्दछ । 


छिट्टै,
घोप्टेर गरिने योगका आसनहरु



No comments:

Post a Comment