डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१४ को निरन्तरता
जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा
(क) योगीक आसनहरुको साधना र प्रभावकारिता
योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरिदै आइएको हठ योगमा मोटामोटी रुपमा ८४ प्रकारका योगका आसनहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खोजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान समयमा मनुष्यको स्वास्थ्य अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसनहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र (४)उत्तानो पल्टेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँ तथा भिडभाडमा रहेको अवस्थामा; समय कम भएको तथा व्यस्त रहेको अवस्थामा; सामान्य प्रकारको अस्वस्थ रहेको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका आसनहरु विभिन्न प्रकारका रहेका छन् । यी मध्य विहान खालि पेटमा सबैभन्दा बढि अभ्यास गरिने चार अवस्थाहरु– उभिएर, बसेर, घोप्टेर र उत्तानो पल्टेर गरिने योगका आसनहरुबारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिएको छ ।
(१)उभिएर गरिने योगका आसनहरु
स्थुल शरीर तताउन शरीर चलायमान गराउने तथा हल्का उफ्रिने प्रकारका कदमचाल व्यायाम पाँच मिनेट र शरीर खुलाउन शरीरका हरेक अंग–अंगको सुक्ष्म व्यायाम पाँचदेखि दश मिनेट गरिसकेपछि मात्र उभिएर, बसेर, घोप्टेर तथा उत्तानो पल्टेर गर्ने योगका आासनहरु गर्न प्रारम्भ गर्नु पर्दछ ताकि योगासन गर्न शरीर र मन हरप्रकारले लचिलो, फुर्तिलो भएर तयार भएको होस् र आसनहरु लगाउदा सामान्य बाहेक जटिल प्रकारका असहजता, पिडा तथा अस्वस्थताहरु नआउन् । आमरुपमा प्रयोगमा ल्याउदै आइएका र सबै उमेर तथा लिंगका व्यक्तिहरुलाई उपयुक्त हुने प्रकारका र कुनै प्रकारका नकारात्मक प्रभाव नभएका उभिएर गरिने योगका केही आसनहरु र शरीर तताउन गरिने कदमचाल व्यायाम तथा शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम निम्नप्रकारका रहेका छन्–
शरीर तताउन गरिने कदमचाल व्यायाम
सादा र खुकुलो पहिरनमा हावा दोहोरो आवत–जावत गर्ने ठाउँमा सिधा उभिएर छिटोछिटो श्वास वाहिर छोड्दै दाहिने–देब्रे गोडा र हात सुस्त, मध्यम तथा तिब्र गतिमा चलाऔं । यसो गर्दा स्थुल शरीर तात्छ; शरीरमा रक्तसंचार बढ्छ; श्वास–प्रश्वासको गति बढ्छ; शरीरभरि उर्जा संचारित हुन्छ र यस्तो अवस्थाले शरीर तथा मनमा ताजगी, शक्ति, स्फुर्ति, जोश बढाएर शरीरलाई सुक्ष्म व्यायामका लागि तयार गर्दछ । कदमचाल व्यायाम अन्तर्गत नृत्य तरंव तथा हाइ बास भएको सभ्य संगीतमा नृत्य गर्ने, शरीरलाई तरंगीत गर्ने तथा मर्काउने, दौडिने, भर्यागं तल–माथि गर्ने, पि.टी. खेल्ने, जोडले हाँस्ने, डोरी खेल्ने, ब्याट र कर्कसंग खेल्ने, सानो हाते बल उफार्दै खेल्ने, हल्का सामानहरु उठाउने–राख्ने, तान्ने–ठेल्ने तथा ओसार–पसार गर्ने आदि क्रियाकलापहरु पनि समावेस गर्न सकिन्छ ।
शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम
कदमचाल व्यायाम गरेर शरीर तातेर ताजा र फुर्तिलो भएपछि सुक्ष्म व्यायाम गर्न प्रारम्भ गर्नु पर्दछ । सुक्ष्म व्यायामका क्रियाकलापहरुले शरीर र मनलाई योगका आसनहरु गर्नकालागि तयार गर्दछन् । सुक्ष्म व्यायाममा शरीरका पैतालादेखि तालुसम्मका सबै अंगहरुलाई एकएक गरि परिचालित गर्ने गरिन्छ । यसकालागि सर्वप्रथम कम्मरमा हात राखेर दुवै गोडालाई एकएक गर्दै जमिनबाट थोरै माथि उचालेर सुल्टो–उल्टो गोलाईमा घुमाऔं र यसैगरि कम्मरमुनिको पुरै भागलाई घुमाऔं; एकएक गर्दै घुँडालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कम्मरलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; कुमलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; पाखुरालाई तनक्क तन्काएर हातमा मुठ्ठी बनाएर नारीलाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; हात अगाडि पसारेर मुठ्डी बनाउदै खोल्दै गरौं; हात र हातका औंलालाई मालिस गरौं; हत्केलालाई बुढी औंलाले सबैतिर दबाऔं; हत्केलामा तरंग उत्पन्न हुनेगरि ताली बजाऔं; एक हातकाका औंलाले अर्को हातका औंलालाई अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; एक हात कम्मरबाट ढाडमा लैजाऔं, अर्को हात कुमबाट ढाडमा लैजाऔं अंकुुशे पारेर अड्काऔं र पूरा श्वास भित्र भरेर रोकेर सकुन्जेल तानौं; गर्धनलाई सुल्टो–उल्टो, दायाँ–बायाँ र गोलाईमा घुमाऔं र चारै दिशाबाट शिरलाई हातले र हातलाई शिरले ठेलौं; हातका पाँचै औंलाका टुप्पा एकसाथ जोडेर शिरमा ठुगं हानौं; आँखालाई सुल्टो–उल्टो गोलाईमा घुमाऔं; केहीबेर कानलाई मालिस गरौं, तानौं र बटारौं; नाकका नासिकाबाट केहीबेर जोडजोडले श्वास वाहिर फालौं र केहीबेर लामो गहिरो श्वास भित्र लिदै लामो श्वास वाहिर फालौं; केहीबेर चेहराभरि औंलाले दबाऔं, मालिस गरौं र चेहरा थपथपाउँ; केहीबेर सकेसम्म ठूलो पारेर मुख खोल्दै र बन्द गर्दै गरौं; केहीबेर सकेसम्म तन्काएर जोडले श्वास वाहिर छोड्दै जिब्रो वाहिर निकालौं; अवस्था सहज छ भने केहीबेर चिच्याऔं; केहीबेर आँखा बन्द गरेर, स्थिर भएर भमरा जस्तो मंमंमंमं गर्दै आफ्नो आवाज आफैंले सुनौं ।
सुक्ष्म व्यायामका यस्ता क्रियाकलापहरु गरिसकेपछि शरीर विस्तारै खुल्दै जान्छ, शरीरमा रक्तसंचार बढ्छ, मांसपेसी, हड्डिका जोर्नी, नशा तथा नाडीहरु खुल्छन्, लचिलो तथा सहज हुन्छन् र पूरै शरीर र मन पूर्णरुपमा योगका आसनहरु लगाउनकालागि तयार हुन्छन् । यसरी क्रमवद्ध रुपमा सर्वप्रथम शरीर तताएर र शरीर खुलाएर गरिएका योगका आसनहरुबाट सहजै अधिकतम लाभ तथा उपलव्धिहरु हासिल गर्न सकिन्छ । योगासनका सकारात्मक लाभ तथा उपलव्धिका कारण मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतना हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित तथा सक्रिय हुन्छन् जसले उसको सांसारिक जीवनमा मुक्ति ल्याउनुका साथै पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध हुन उभित्र आध्यात्मिक विकासको मार्ग खुल्न थाल्छ र विस्तारै उसको जीवन पूर्णताले भरिन थाल्छ ।
शरीर तन्काउन उभिएर गरिने योगका प्रमुख १० आसनहरु
(१)ताड आसन
गोडा जोडेर सिधा उभिऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै एकसाथ दुवै पैताला आधा उठाऔं र दुई हातका औंलाहरु एकअर्कोमा फसाएर हत्केला आकाशतिर फर्काएर शिरमाथि तनक्क तन्काउदै आकाशलाई ठेलेझैं गरौं; श्वास रोकेर केहीबेर यही अवस्थामा अडिऔं र पूरा श्वास भित्र भर्दै दुवै पैताला भुईंमा टेकौं । यो प्रक्रिया कम्तिमा छ पटकसम्म गरौं । ताड आसनले गोडा, पिडौला तथा जांग, माथ्लो तथा तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(२)त्रियक ताड आसन
गोडा एकफिट फारेर सिधा उभिऔं; दुई हात एकअर्कोमा फसाएर हत्केला आकाशतिर फर्काएर शिरमाथि तनक्क तन्काएर राखौं; पूरै श्वास भित्र भरौं र श्वास वाहिर छोड्दै शरीरलाई दायाँ–बायाँ निहुर्याऔं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र श्वास भर्दै शरीर सिधा गरौं हात शिरमाथि तनक्क तन्किरहेकै अवस्थामा राखौं । यही प्रक्रिया कम्तिमा तीन–तीन पटक दुबैतिर गरौं । त्रियक ताड आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(३) उभिएर गरिने बक्र आसन
गोडा एकफिट फारेर सिधा उभिऔं; दुई हात तनक्क तन्काएर हातलाई अगाडि फैलाऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै ढाड मर्काएर शरीर, गर्धन र हातलाई सकेजति पछाडि घुमाऔं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भर्दै विस्तारै सामान्य अवस्थामा आउँ हात तनक्क तन्काएर अगाडि फैलाएकै अवस्थामा; यही प्रक्रिया कम्तिमा तीन–तीन पटक दुबैतिर गरौं । उभिएर गर्ने बक्र आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(४)वृक्ष आसन
एउटा गोडा दर्होसंग टेकेर उभिऔं; पूरा श्वास भित्र भरेर पूरा श्वास वाहिर छोड्दै एकैसाथ दुवै हात शिरमाथि तनक्क तन्काएर नमस्कार गरौं र अर्को गोडालाई टेकेको गोडाको घुँडा तथा त्यसभन्दा माथि अड्याऔं गोडाका पंजालाई भुईंतिर फर्काएर; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै सामान्य अवस्थामा आऔं; पालैपालो दुवै गोडा दुवैतिर यसैगरि कम्तिमा तीन–तीन पटक गरौं । वृक्ष आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(५)उभिएर गरिने अर्ध चक्र आसन
गोडा एकफिट फारेर सिधा उभिऔं र दुवैतिर कम्मरमा हात राखौं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै ढाड र गर्धनलाई पछाडितिर झुकाऔं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै सिधा बनौं; र यही प्रक्रिया कम्तिमा तीन पटक गरौं । उभिएर गरिने अर्ध चक्र आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(६)उभिएर गरिने त्रिकोण आसन
गोडा दुईफिट फारेर सिधा उभिऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै एउटा हात तनक्क तन्काएर शिरमाथि लैजाऔं; आँखाले शिरमाथिको हात हेरौं र अर्को हातले घुँडा सिधा राखेर निहुरिएर विपरित गोडा छोऔं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै सिधा होऔं; यही प्रक्रिया कम्तिमा तीन–तीन पटक दुबैतिर गरौं । उभिएर गरिने क्रिकोण आसनले गोडा, पिडौला र जांगको मांस्पेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(७)पादहस्त आसन
गोडा जोडेर सिधा उभिऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै अगाडि झुकेर दुवै घुँडा सिधा गरेर हातले गोडा छुने प्रयास गरौं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै सिधा होऔं; यही प्रक्रिया कम्तिमा तीन पटक गरौं । पादहस्त आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(८)वीरभद्र आसन
गोडा सकेसम्म अगाडि–पछाडि पराकिलो पारेर फारेर सिधा उभिऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै एकैसाथ हातलाई तनक्क तन्कार नमस्कार अवस्था बनाएर शिरमाथि पुर्याएर अर्ध चक्र आसनमा जस्तै गरि ढाड र गर्धनलाई पछाडि झुकाउँ र एउटा गोडाको जांग, घुँडा तनक्क तन्काएर अर्को गोडाको घुँडा खुम्च्याऔं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै सिधा होऔं; यही प्रक्रिया कम्तिमा तीन पटक गरौं । वीरभद्र आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(९)उत्कट आसन
गोडा जोडेर सिधा उभिऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै एकैसाथ हातलाई तनक्क तन्कार समानान्तर बनाएर शिरमाथि लैजाऔं र दुवै घुँडालाई खुम्च्याएर कुर्शीमा बसेजति हिपलाई तल झारौं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै सिधा होऔं; यही प्रक्रिया कम्तिमा तीन पटक गरौं । उत्कट आसनले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
(१०)अर्ध सुर्य नमस्कार आसन
सूर्य नमस्कार योगका आसनहरुमा उभिएर, बसेर र घोप्टेर गरिने आसनहरु समावेश हुने भएकोले योगका समस्त आसनहरु मध्यमा यसलाई सबैभन्दा प्रभावकारी र प्रमुख तथा राजा आसन मानिन्छ । यो उभिएर गरिने योगका आसनहरुको श्रृंखला भएकोले यसमा सूर्य नमस्कारका उभिएर गरिने आसनहरु– नमस्कार आसन, झुक्ने आसन, हस्तउत्तान आसन र हस्तपाद चार प्रकारका आसनहरु मात्र समावेश गरिएका छन्, यसैकारण यो आसनलाई अर्ध सूर्य नमस्कार आसन भनिएको हो, पूर्ण नमस्कार आसनमा १२ तथा १६ र कतै–कतै आ–आफ्नो आवश्यकता, अवस्था र सहजता २१ प्रकारका आसनहरु समावेश गर्ने गरेको पाइन्छ । अर्ध सूर्य नमस्कारका लागि सर्वप्रथम गोडा जोडेर सिधा उभिऔं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै एकैसाथ दुवै हातलाई तनक्क तेर्सो पारेर दायाँ–वायाँ फिजाउँ र विस्तार कुम, पाखुरा र हातलाई अरठ्ठ पार्दै तथा कसिलो पारेर हृदय अगाडि नमस्कार अवस्थामा दुवै हात जोडौं; पूरा श्वास भित्र भरौं र पूरा श्वास वाहिर छोड्दै हिपलाई पछाडि ठेलौं थोरै कम्मर झुकाएर र हातलाई अगाडि सिधा पारौं हत्केला पूरा खोलेर; पूरा श्वास भित्र भर्दै हातलाई शिरमाथि पुर्याएर समानान्तर राखौं र पूरा श्वास वाहिर छोड्दै अर्ध चक्र आसनमा जसरी ढाड र गर्धनलाई पछाडि झुकाएर दुवै हातलाई सकेसम्म पछाडि लौजाऔं; यो अवस्थामा एकछिन अडिऔं र पूरा श्वास भित्र भर्दै हातलाई शिरमाथि तनक्क तन्काएर शरीरलाई सिधा बनाऔं; पूरा श्वास वाहिर छोड्दै घुँडा सिधा पारेर अगाडि झुकौं, दुवै हातले दुवै गोडा र शिरले घुँडा छुने प्रयास गरौं; यही अवस्थामा एकछिन अडिऔं श्वास वाहिर रोकेर र पूरा श्वास भित्र भर्दै हातलाई शिरमाथि तनक्क पारेर शरीर सिधा गरौं; हातलाई तेर्सो फिजाएर अघिझैं फेरी नमस्कार अवस्थामा आऔं र यही प्रक्रिया कम्तिमा तीन पटक गरौं । अर्ध सूर्य नमस्कार आसनले गोडा, पिडौला र जांगको मांस्पेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ ।
उभिएर गरिने योगका आसनहरुको लाभ
माथि उल्लेखित उभिएर गरिने सबै प्रकारका योग आसनहरुले गोडा, पिडौला र जांगको मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नीकासाथै कम्मर, ढाड, कुम, छाति, माथ्लो पेट, तल्लो पेटको क्षेत्रमा, यी क्षेत्रसंग सम्वन्धित वाहिरी तथा आन्तरिक अंगहरुमा र पूरै शरीरमा रक्तसंचार सन्तुलित गर्छ र यी क्षेत्रहरुका मांसपेशी, नशा–नाडी, हड्डि, जोर्नी, मेरुदण्डका रोग, अस्वस्थता तथा समस्याहरु समाधान गर्न मद्धत गर्दछ । प्राचीन तथा आधूनिक दुवै चिकित्सा विज्ञानका अनुसार मनुष्य शरीरमा मुटुपछि रगतको अधिकतम संचार र सफाइ पिडौलाले गर्दछ त्यसैले पिडौलालाई दोस्रो मुटु पनि भन्ने गरिन्छ किनकी रगतको मात्रा सबैभन्दा बढि पिडौलामा हुन्छ दुवैमा गरि करिव ३०० एम.एल.। तसर्थ पिडौलामा जोड पर्ने सबैप्रकारका आसनहरुले रक्तसंचार, उच्च तथा न्यून रक्तचापमा सन्तुलन; रगतको सफाई; मधुमेह, मुटुका रोग लगायत अन्य धेरै प्रकारका रोग, अस्वस्थता तथा समस्यहरुको समाधान गर्न र शरीरलाई हरप्रकारले शुद्ध, सन्तुलित तथा सक्रिय बनाउन मद्धत गर्दछ । योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसासनका नियमहरुभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर गरिने सबैप्रकारका योगका आसनहरुले सकारात्मक लाभ मात्र प्रदान गर्दछन् तर प्रक्रिया र विधि नपुर्याइकन र तोकिएका अनुसासनहरुको अनुशरण नगरिकन योगका आसनहरु गर्दा यसले नकारात्मक हानि पुर्याउन सक्छ ।
योगका सबैप्रकारका गतिविधिहरु- शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम र शरीर तन्काउन गरिने योगका आसनहरु गर्दा सबै प्रकारका गतिविधिहरुमा आफ्नो शरीरमा भएका हरप्रकारका क्षण-क्षणका महसुस, अनुभव तथा अनुभूतिहरु जस्तोकि श्वास-प्रश्वास बढेको, मुटुको धड्कन बढेको, रंक्तसंचारको प्रवाह बढेको, शरीरका अंगहरुमा दबाव तथा खिचाव भएको, शरीरमा गर्मीं तथा ठण्डाको महसुस भएको आदि अवस्थाहरुमा मन तथा ध्यान केन्द्रित गर्नुपर्दछ ताकि मन तथा ध्यान अरु अनावश्यक तथा नकारात्मक विचारहरुमा जान नसकोस् । यसरी आफ्नो शरीरमा भैरहेका महसुस तथा अनुभवका अवस्थाहरुमा मनलाई केन्द्रित गर्नु वर्तमानमा साक्षी रहनु हो र यो प्रक्रिया पतंजतिल योगसुत्रको छैठौं अंग धारणाको एक अत्यन्तै महत्वपूर्ण अवस्था हो । धरणा तथा एकाग्रताका अवस्थाहरुका सकारात्मक लाभहरु धेरै रहेका छन् र ध्यानबाट प्राप्त हुने लाभ समेत यो अवस्थामा हासिल गर्न सकिन्छ । यसरी शरीरका अंगहरुमा भएका गतिविधिहरुमा मन तथा ध्यानलाई केन्द्रित गर्दा श्वास तथा प्राण वायू तथा ब्रम्हाण्डिय महाउर्जा तत तत क्षेत्रमा पुग्ने हुनाले व्यायाम तथा आसनहरुबाट हुने लाभहरुमा उल्लेख्य बढोत्तरी आउछ र योग साधक हरप्रकारले स्वस्थ, आरोग्य, सुखी, खुशी, शान्त र आनन्दित हुदै जान्छ । उसको जीवन सहज, सरल, व्यवस्थित, समृद्ध र सफल हुदै जान्छ र उ परिवार, समाज, राज्य, विश्वसमाज, मानवीयता, प्रकृति सबैतिर योगदान दिनसक्ने सुयोग्य नागरिक बन्दछ ।
उभिएर गरिने योगका आसनहरु गर्दाका सावधानीहरु
योग आसनहरुका प्रक्रिया र विधि पुर्याएर र तोकिएका अनुसानभित्र रहेर निष्ठापूर्वक तिनको अनुशरण गरेर सबैप्रकारका योगका आसनहरु सबैले गर्न सकिन्छ तर स्वास्थ्य अवस्था तथा शरीरको विशेष अवस्थामा अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र शरीरको रोग, अस्वस्थता तथा शरीरको विशेष अवस्थासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु अनिवार्य हुन्छ । रक्तचाप उच्च तथा न्यून भएका; रगत सम्वन्धि अरु प्रकारका रोग तथा अस्वस्थता भएका व्यक्तिहरु; मुटुका रोगीहरु; गर्ववती स्त्री आदिले झुकेर गर्ने योगका आसनहरु गर्नु हुदैन । शल्यक्रिया गरेका, त्यस्तै हड्डि सम्वन्धि विभिन्न प्रकारका समस्या भएका; जोर्नी खिइएका तथा सरेका(स्लिप डिस्क); मेरुदण्ड खिइएका तथा सरेका व्यक्तिहरुले पनि शरीर धेरै झुकाउने, शरीर मर्काउने तथा तन्काउने प्रकारका योगका आसनहरु गर्नु हुदैन । यस्ता प्रकारका व्यक्तिहरुका लागि रोग तथा बिरामीको अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । रजश्वला भएका स्त्रीहरुले कम्तिमा पाँच दिनसम्म यस्ताप्रकारका योगासनहरु गर्नु हुदैन र पाँचदिनपछि पनि रक्तश्राव निरन्तर भैरहेको छ भने अवस्था र आवश्यकता हेरेर सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र रोग तथा अस्वस्थतासंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार गर्नु तथा गराउनु पर्दछ । त्यस्तै गर्ववती स्त्रीले पनि सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षक र स्त्री रोगसंग सम्वन्धित चिकित्सकहरुको सल्लाह अनुसार योगका आसनहरु गर्नु तथा गराउनु पर्दछ । गर्भवती स्त्रीकालागि छुट्टै प्रकारका योगका आसनहरु रहेका छन् । तर शरीर तताउन गरिने कदमचाल व्यायाम, शरीर खुलाउन गरिने सुक्ष्म व्यायाम र शरीरमा अक्सिजनको मात्र बढाउन गरिने अनुलोमविलोम प्राणायाम र लामो गहिरो श्वास लिने र छोड्ने विज प्राणायाम सबै प्रकारका र सबै उमेर भएका व्यक्तिहरुले हल्का किसिमले गर्न सकिन्छ, यसकालागि कसैको सल्लाह लिराख्नु पर्दैन तर आफूलाई असहज तथा पिडा भैरहेको छ भनेचाहिं विचार गर्नु पर्छ तथा सल्लाह लिन पनि सकिन्छ । शरीरमा अक्सिजनको पर्याप्तताले रक्तकणहरुलाई शुद्ध राख्दछ, शरीरभरि रक्तसंचारको प्रवाह बढाउछ र शरीरका सबै अंगहरु खुकुलो, लचिलो बनाउनुका साथै हरप्रकारले संतुलनलमा राख्दछ ।
छिट्टै,
बसेर गरिने योगका आसनहरु
No comments:
Post a Comment