जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा
समस्या समाधानको प्रभावकारी उपाय योग विज्ञानको पृष्ठभूमि
सनातन अध्यात्म दर्शनको अत्यन्तै महत्वपूर्ण इकाई तथा विषय योग विज्ञान वृहद विषय हो तर अवस्था र आवश्यकता अनुसार योग शव्दलाई केही सीमित गतिविधिहरुका रुपमा पनि प्रयोग गर्दै आइएको पाइन्छ । विशेष गरि पछिल्लो समयमा विश्वव्यापि रुपमा योगलाई सीमित रुपमा बुझ्दै र बुझाउदै आइएको छ योगासन, योगाभ्यास, योग, अंग्रेजीकरण भएको योगा तथा सामान्य व्यायामका गतिविधिहरु आदिका रुपमा । यी सबै शव्दावलीहरुको सार एकै हो कुनैनकुनै प्रकारले तर लाभप्रद हुनेगरि शरीरलाई चलायमान गराउनु र यिनको मूल श्रोत सनातन योग दर्शन तथा योग विज्ञान हो । पूर्वीय सनातन अध्यात्म विज्ञानको प्रमुख विषय योग विज्ञानको मूल अर्थ तथा परिभाषा योग साधनाका वैज्ञानिकतामा आधारित विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको माध्यमबाट जीवनमा पूर्णता हासिल गरेर आफू अर्थात आफ्नो आत्मालाई परमात्मामा योग गराउनु अथवा मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुनु हो । ब्रम्हाण्डको शाश्वत ज्ञानले ओतप्रोत विश्वकै ग्रन्थहरुमध्य अमृत ग्रन्थ श्रीमद् भगवद् गीताका अनुसार, “जीवात्मालाई परमात्मामा एकाकार गर्नु योग हो ।” अर्थात योग साधनाको माध्यमबाट मनुष्यको आत्मा अर्थात चेतनाको विकास गरेर जीवात्मा अर्थात आत्मालाई परमात्मामा योगस्थ गराउनु योग हो । योग साधनाको माध्यमबाट मनुष्यको आत्मा अर्थात चेतनाको विकास गरेर अध्यात्म दर्शनको आत्यन्तिक विन्दुसम्म पुग्नकालागि अध्यात्म विज्ञानको प्रमुख अंग तथा विषय योग विज्ञानमा धेरै प्रकारका विधिहरु सुझाइएका छन्, ती मध्य सबैभन्दा महत्वपूर्ण र सबैप्रकारका योगका विधिहरुलाई धेर–थोर समेट्ने निम्न तीन प्रमुख विधिहरु– (१)योगासन, (२)प्राणायाम, (३)धारणा रहेका छन् ।
अध्यात्म विज्ञानका यी त्रिरत्न योग साधनाको मध्यमा तथा विचमा पर्दछन् अर्थात यिनलाई सबै विधिहरुको केन्द्रमा राखिएको छ किनकी योग विज्ञानको प्रारम्भिक विषय तथा अंग ‘यम’ र ‘नियम’का आफूले संसारप्रति र आफूले आफैंप्रति कस्ता व्यवहारहरु गर्ने भन्ने सन्दर्भका सैद्धान्तिक ज्ञानहरु राम्ररी जानेर र बुझेर तिनलाई दैनिक जीवनमा अनुशरण गरेर त्यसबाट जीवनमा हासिल हुने लाभ ग्रहण गर्न र त्यसको भोग गर्न मनुष्यकालागि लामो समय लाग्न सक्छ । साथै यम र नियमबाट प्राप्त ज्ञानहरु सैद्धान्तिक भएकाले मनुष्यले बिर्सिन सक्ने र निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण नगर्न पनि सक्छ किनकी सैद्धान्तिक ज्ञान मनुष्यको मनको तहमा गएर बस्छ र आजको मनुष्यको मन तथा मनका तहहरु यतिविधि कोलाहल र सूचनाका भिडहरुले ग्रसित भएका छनकि उसको आफ्नै मन आफ्नो नियन्त्रणमा छैन तसर्थ उसले यम र नियमका सैद्धान्तिक ज्ञानहरुलाई चाहेर पनि आफ्नो दैनिक जीवनमा निष्ठापूर्वक अनुशरण गर्न सक्दैन । यम र नियमका ज्ञानहरुबाट मनलाई नियन्त्रणमा राख्न नसकेका कारण वाहिरी संसारको भौतिक विषय भोगमा भड्किएका तथा आशक्त भएका आफ्ना इन्द्रियहरुलाई आवश्यक नियन्त्रण तथा प्रत्याहार गरेर आफूतिर फर्काउन सक्दैन । कथम कदाचित फर्काउन सक्यो भनेपनि अत्यन्तै मुस्किलले, लामो समय लगाएर यो उपलव्धिसम्म पुग्न सकेको हुन्छ ।
यसरी अनेक मुस्किल साधेर यहाँसम्म आइपुगेको मनुष्य आफ्नो दैनिक जीवनमा न आफू उत्प्रेरित हुनसक्छ न उसले अरुलाई अध्यात्म साधनाको प्रभावकारीताको बारेमा कुनै प्रकारको उत्प्रेरणा भर्न नै सक्छ । तर अध्यात्म विज्ञानका त्रिरत्न (योगासन, प्राणायाम, धारणा) सिधै अभ्यास गर्ने व्यवहारिक प्रयोगात्मक क्रिया तथा प्रक्रियाहरु भएकाले त्रिरत्नका वैज्ञानिकतामा आधारित रहेका विधि तथा पद्धतिहरुको सहि ढंगले निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गर्ने गर्दा साधकमा छिटो र प्रभवाकारी किसिमले योग विज्ञानका शुरुआति विषयहरु यम, नियमको अनुशरणबाट हासिल हुने अनुशासन, नैतिकता, सदव्यवहार, सदविचार, सदकर्म, सकारात्मकता आदि उपलव्धिहरु देखिन थाल्छन् र यी उपलव्धिहरुका सकारात्मक प्रभावका कारण योग साधनाका अन्तिम विषय तथा अंगहरु ‘धारणा तथा एकाग्रता’, ‘ध्यान’, ‘समाधि’को साधनामा पनि प्रभावपूर्ण सहजता आउने हुनाले साधकमा छिट्टै नै एकाग्रताको गहिराइमा ध्यानको अवस्था घटित हुन्छ र ध्यान साधनाको गहन अवस्थामा समाधि घटित हुन्छ, साथै साधकमा ध्यान तथा समाधिको अवस्थामा हासिल हुने विभिन्न प्रकारका अलौकिक, दिव्य तथा चमत्कारिक उपलव्धिहरुको पनि क्रमिक रुपमा अनुभूतिहरु हुन थाल्छ ।
तर विडम्वना वर्तमान समयमा योगासन तथा शरीर तन्काउने क्रिया तथा विधिहरुलाई मात्र पूर्ण योगका रुपमा बुझ्दै र बुझाउदै आइएको कारण योग विज्ञानका अरु विषय तथा अंगहरु पछाडि तथा ओझेलमा पर्दै आइरहेका छन् । योगका साधनाका गतिविधहरु हुदै नहुनु भन्दा योगासन, योगअभ्यास तथा योगा मात्र भएपनि हुनु अत्यन्तै राम्रो उपलव्धि हो किनकी योगासनको साधना मात्रले पनि मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा अनन्त लाभ पुर्याउन सक्छ र धारणा, ध्यान, समाधिसम्म छिट्टै पुग्न मद्धत गर्न सक्छ । योगासनको साधनाबाट मात्र प्राप्त हुने अनन्त लाभहरुले साधकको सर्वाङगीण विकासमा महत्वपूर्ण र प्रभावकारी ढंगले सहयोग पुर्याउने भएकोले समग्र योग विज्ञानलाई योगासन तथा योगाको रुपमा मात्र बुझ्दै र बुझाउदै आउनुको यो प्रमुख कारण हो तर वास्तविकतामा योगासन तथा योगा योग विज्ञानको एक अंग मात्र हो । अध्यात्म विज्ञान अन्तर्गत पर्ने योगका समस्त प्रकारहरुलाई समेट्ने योग विज्ञानको महानतम र वर्तमान समयमा विश्व विख्यात ग्रन्थ पतजंलि योगसुत्रमा योगका आठ अंगहरु उल्लेख गरिएका छन्– (१)यम, (२)नियम, (३)आसन अर्थात योगासन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, (८)समाधि ।
योग एक वृहद विषय हो र योगको शाव्दिक अर्थ तथा वास्तविक परिभाषा एक चिजसंग अर्को चिजलाई योग गर्नु, जोड्नु तथा एकाकार गर्नु हो । योग विज्ञानका पहिलो र दोस्रो दुईअंग ‘यम’ तथा ‘नियम’का वैज्ञानिकतामा आधारति आफूले संसारप्रति र आफूले आफैंप्रति गर्नुपर्ने सम्यक व्यवहारहरुको सैद्धान्तिक तौरतरिकाहरुको ज्ञान लिएर तिनलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गर्दै जीवनमा अनुशासित तथा नैतिकवान भएर संसारको भोगप्रतिको अतिआशक्ति कम गरेर तथा त्यगेर आफूतिर फर्कनु तथा आफूलाई आफैंमा जोड्नु; तेस्रो अंग ‘आसन तथा योगासन’का वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको शरीर तथा काया शुद्ध गर्ने योगी आसन तथा योगीक क्रियाहरु(षटकर्म)को व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गरेर यसको माध्यमबाट शरीर तथा काया शुद्ध, सन्तुलित तथा सक्रिय बनाएर शरीर तथा कायालाई मनसंग जोड्नु; चौथो अंग ‘प्राणायाम’का प्रभावकारी प्रक्रिया, विधि तथा पद्धतिहरुलाई प्रयोगात्मक अभ्यासमा अनुशरण गरेर मन तथा चित्त शुद्ध, सन्तुलित तथा सक्रिय बनाएर मन तथा चित्तलाई भावसंग जोड्नु; पाचौं र छैठौं अंग ‘प्रत्याहार’ तथा ‘धारणा तथा एकाग्रता’का प्रभावकारी प्रक्रिया तथा विधिहरुको अनुशरणको माध्यमबाट भाव तथा भावनात्मक सम्वेगहरु शुद्ध, सन्तुलित तथा सक्रिय बनाएर भाव तथा भावनात्मक सम्वेगहरुलाई चेतना अर्थात आत्मासंग जोड्नु; र सातौं र आठौं अंग ‘ध्यान’ तथा ‘समाधि’को गहन अवस्थामा स्वतः शुद्ध, सन्तुलित तथा सक्रिय भएको चेतना अर्थात आत्मालाई परमात्मासंग जोड्नु योग विज्ञानको विस्तारपूर्वक गरिएको वैज्ञानिक परिभाषा हो । पतंजलि योग सुत्रका अनुसार योग विज्ञानका आठ अंगहरु रहेका भएपनि प्राचीन कालदेखिनै प्रमुख तीन अंग तथा त्रिरत्न– (१)योगासन, (२)प्राणायाम, र (३)धारणाको अधिकतम व्यवहारिक प्रयोग गर्दै आइएको पाइन्छ । यीनै त्रिरत्नका वैज्ञानिकतामा आधारित प्रक्रिया तथा क्रिया, विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गर्दा यीनैले साधकलाई सांसारिक जीवनमा मुक्ति र पारमार्थिक जीवनमा मोक्षमा उपलव्ध गराएर अध्यात्म साधनाको शिखरसम्म पुर्याउन सकेका धेरै उदाहरणहरु हाम्रा समक्ष छन् । दशौं हजार वर्षअघिदेखि हाम्रा पूर्खा तथा प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले तल्ला पिढीहरुलाई विभिन्न प्रयासका प्रक्रिया र माध्यमहरुबाट संचारीत गराउदै आउनु भएको अध्यात्म विज्ञानको शाश्वत ज्ञान यही नै थियो र हो ।
अध्यात्म विज्ञानका त्रिरत्न– योगासन, प्राणायम, धारणा
अध्यात्म विज्ञानका त्रिरत्नले शरीरका चारवटै आयामहरु र स्वास्थ्यका सातवटै आयामहरुलाई पूर्णतः स्वस्थ राख्न मद्धत गर्दछ र मनुष्यले आफ्नो जीवनमा सहज तथा सरलताकासाथ पूर्णता हासिल गर्न सक्दछ । विशेष गरि विश्वव्यापि रुपमा सर्वाधिक लोकप्रिय, प्रभावकारी, उपयोगी र संसारभरि अधिकतम अनुशरण गरिदै आइएको हठ योगले मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरुलाई शुद्ध, सन्तुलित तथा सक्रिय बनाएर साधकको जीवनमा पूर्णता प्राप्तिकालागि स्थुल शरीर तथा काया शरीरका वाहिय तथा आन्तरिक अंगहरु र सुक्ष्म शरीर तथा उर्जा शरीर(इनर्जी बडी और एष्ट्रल बडी)का चक्र तथा नाडीहरुको शुद्धिकरण, सन्तुलिकरण तथा सक्रियकरणमा बढि जोड दिदै आएको छ । यसकालागि हठ योगले प्रमुख रुपमा योगासन, षटक्रिया, प्राणायाम, मुद्रा तथा धारणाका क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरुलाई बढि महत्व र प्राथमिकता प्रदान गरेको छ । हठ योगले स्थुल शरीर र उर्जा शरीरको शुद्धिकरण, सन्तुलिकरण तथा सक्रियकरणका लागि पहिलो चरणमा शिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षकको सानिध्यमा रहेर योगासन तथा योगीक आसनहरु र योगीक षटक्रियाहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गर्न सुझाउदै आएको छ ।
(१)योगासन
योगासन योग विज्ञानको अत्यन्तै महत्वपूर्ण प्रयोगात्मक रुपमा अभ्यास गरिने क्रिया तथा प्रक्रिया हो जसलाई निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गर्दा मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाविचको सन्तुलन, शुद्धता तथा सक्रियता कायम रहिरहन्छ; शरीर र स्वास्थ्यका सबै आयामहरु स्वस्थ, सन्तुलित तथा सक्रिय रहिन्छन्; र उसको जीवन सहज, सरल तथा सफलताउन्मुख हुदै जान्छ । स्वस्थ तथा आरोग्य रहनु तथा रहन पाउनु सबै मनुष्यको आधारभूत आवश्यकता तथा नैसर्गीक अधिकार हो । शरीरका वाहिय तथा आन्तरिक अंगहरुलाई स्वस्थ, सन्तुलित तथा सक्रिय राख्ने उद्देश्यले योग विज्ञानका प्रभावकारी प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर शरीर र शरीरका अंग, प्रत्यंगहरुलाई विभिन्न प्रकारले चलाउने, तन्काउने, उफार्ने, व्यायाम गर्ने तथा सक्रिय राख्न गरिने सबै प्रकारका गतिविधिहरु योगासन हुन् । निश्चित विधि तथा प्रक्रियाहरुको हुबहु अनुशरण गरेर शरीर मर्काउनु, तन्काउनु तथा उफार्नु मात्र योगासन होइन । मेरुदण्ड सिधा राखेर बस्नु; हरेक बसाइ, उठाइहरुमा होसपूर्वक शरीरको सन्तुलन मिलाउनु; केही काम गर्दा तथा सामान उठाउदा शरीरको अवस्थामा सन्तुलन तथा तरिका(पोस्चर) मिलाउनु पनि योगासान हो । प्रातः भ्रमण गर्नु; हल्का तथा विशेष प्रकारका व्यायामहरु गर्र्नु; व्यायामका निश्चित प्रकारका उपकरणहरुमा शरीर तताउने तथा तन्काउने गर्नु; पैदल यात्रा तथा भ्रमण गर्नु; दौडिनु; डोरी, कपर्दी, डण्डिबियो आदि खेल्नु; प्रतियोगितात्मक खेलहरु– फुटबल, पौडी, ब्याटमिन्टन आदि खेल्नु; प्रकृतिसंग प्रत्यक्ष साक्षातकार हुने खालका गतिविधिहरु गर्नु आदि सबै किसिमका शरीर चलायमान गराउने क्रियाकलापहरु योगासनकै फरक प्रकारका प्रक्रिया तथा विधिहरु अन्तर्गत पर्दछन् ।
यसकारण, संधै स्वस्थ तथा आरोग्य जीवन प्राप्त गर्नकालागि दैनिक जीवनमा योगासनका सहि प्रक्रिया, विधि तथा पद्धतिहरुको प्रयोगात्मक अभ्यास गर्नु अति आवश्यक हुन्छ । योगासनले शरीरलाई स्वस्थ र सक्रिय बनाइराख्न शरीरमा कहाँ के कुराको कमि भएको छ तथा बढि भएको छ सहि प्रकारले सबै व्यवस्थापनहरु मिलाएर हरप्रकारले शरीरलाई सन्तुलित, शुद्ध तथा सक्रिय अवस्थामा राखिराख्न मद्धत गर्दछ । योगासनले स्थुल शरीरको मात्र नभएर मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक शरीरलाई पनि सन्तुलित, शुद्ध तथा सक्रिय राख्न र यी आयामहरुको उचित प्रकारले विकास गर्न उत्तिकै महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्दछ किनकी मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरु एकआपसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा जोडिएका तथा अन्तर–सम्वन्धित रहेका हुन्छन् । कुनै एक आयाममा आएका साना–ठूला परिवर्तनहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव ढिलो–चाँढो अर्को आयाममा पर्ने गर्दछ । स्थुल शरीर हरप्रकारले स्वस्थ छ भने यस्तो व्यक्तिको मानसिक शरीर पनि स्वस्थ हुन्छ; मानसिक शरीर स्वस्थ छ भने भावनात्मक शरीर पनि स्वस्थ हुन्छ; र भावनात्मक शरीर स्वस्थ छ भने यस्तो व्यक्तिको आत्मिक अर्थात चेतनात्मक शरीर पनि स्वस्थ हुन्छ ।
योगासनका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुले शारीरिक शरीरका सबै प्रकारका अस्वस्थता, असहजता तथा समस्याहरुको सहज ढंगले उपचार र समाधान गर्दछन् । खासगरि मनुष्यको स्थुल शरीरमा अस्वस्थता, असहजता तथा समस्याहरु उसको शरीरका तीन प्रमुख क्षेत्रहरु– (१)नाभि क्षेत्र, (२)छाति क्षेत्र, र (३)टाउको क्षेत्रबाट उत्पन्न हुने गर्दछन् । सबै प्रकारका अस्वस्थता, असहजता तथा समस्याहरु प्राय शरीरका मांसपेशी, हड्डिा, नशा–नाडी, रगत, जोर्नी, अस्थिमज्जा, बोसो, पाचन क्रिया, मुटु, फोक्सो, कलेजो, मृगौला, आमासय, जनेन्द्रिय आदि अंगहरुमा आएको असन्तुलनबाट उत्पन्न हुने गर्दछन् । यी अंगहरुमा असन्तुलन हाम्रो असन्तुलित आहार, विहार तथा व्यवहार अर्थात अखाद्य तथा दुषित खानपान, अपर्याप्त योगासन तथा व्यायाम, नकारात्मक सोच–विचार, समग्रमा असन्तुलित जीवनशैली र असन्तुलित प्रकृति तथा पर्यावरणका कारण आउने गर्दछ । सहि प्रक्रिया, विधि तथा पद्धति पुर्याएर गरिने योगासनका व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरुले शरीर तथा शरीरका वाहिय तथा आन्तरिक अंगहरुमा आएका हरप्रकारका असन्तुलनलाई सन्तुलन गरेर शरीर र स्वास्थ्यका सबै आयामहरुलाई स्वस्थ, सन्तुलित, सक्रिय तथा सहज बनाउन मद्धत गर्दछन् । यसकारण हरेक मनुष्यले स्वास्थ्य, आरोग्यता तथा सर्वांगीण विकास हासिल गरि पूर्णताले भरिएको जीवन निर्माण गर्नकालागि योगासनको अत्यन्तै महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको हुन्छ ।
(क)योगीक आसनहरु
योगासनका लागि अत्यन्तै महत्वपूर्ण तथा सूचनामूलक र वर्तमान समयमा विश्वव्यापि रुपमा सर्वाधिक प्रयोगात्मक अभ्यासको अनुशरण गर्दै आइएको हठ योगमा मोटमोटी रुपमा ८४ प्रकारका योगका आसनहरु उल्लेख रहेको पाइन्छ । यसकासाथै पछिल्लो समयमा खेजी प्रवृत्ति भएका केही सिर्जनशील नव योग गुरुहरुले वर्तमान अवस्थाको आवश्यकतालाई मध्यनजर गरेर योगका विभिन्न प्रकारहरुलाई एकआपसमा सम्योजन(फ्युजन) गराएर नयाँ प्रकारका योगका आसनहरु पनि प्रतिपादन गरेका छन् र नयाँ आसनहरु पनि अत्यन्तै प्रभावकारी रहेको तिनका अभ्यास र सकारात्मक प्रतिफलहरुले प्रमाणित गरिसकेका छन् । यी ८४ भन्दा बढि प्रकारका योगका आसनहरुका साधना गर्ने प्रक्रिया अलग–अलग प्रकारका रहेका छन् । सामान्यतया योगका आसनहरुको साधना चार प्रकारका अवस्था तथा प्रक्रिया अन्तर्गत रहेर गर्ने गरिन्छ– (१)उभिएर गरिने योगका आसनहरु, (२)बसेर गरिने योगका आसनहरु, (३)घोप्टो परेर गरिने योगका आसनहरु, र उत्तानो परेर गरिने योगका आसनहरु । यसका अतिरिक्त अभ्यास गर्ने प्रक्रियाको दृष्टिकोणबाट योगका आसनहरु फरक–फरक भएसंगै समयको दृष्टिकोणले– विहान, दिउसो, साँझ गर्ने आसनहरु; खालि पेट तथा खाना खाएको पेटमा गर्न मिल्ने आसनहरु; त्यस्तै हतार भएको समयमा; यात्रामा रहेको अवस्थामा; साघुरो ठाउँ तथा भिडभाडमा रहेको अवस्थामा; समय कम भएको तथा व्यस्त रहेको अवस्थामा; अस्वस्थ रहेको अवस्थामा; विशेष प्रकारको अस्वस्थता भएको अवस्था आदिमा गर्न सकिने तथा गर्न मिल्ने फरक–फरक प्रकारका लामा तथा छोटा प्रक्रिया तथा विधिहरु भएका योगका आसनहरु विभिन्न प्रकारका रहेका छन् । यी मध्य विहान खालि पेटमा सबैभन्दा बढि अभ्यास गरिने चार अवस्थाहरु– उभिएर, बसेर, घोप्टो परेर र उत्तानो परेर गरिने योगका आसनहरुबारे संक्षिप्त जानकारी यहाँ प्रस्तुत गरिने छ ।
छिट्टै,
उभिएर गरिने योगका आसनहरु
(१)ताड आसन
(२)वृक्ष आसन
(३)त्रियक ताड आसन
(४)अर्ध चक्र आसन
(५)त्रिकोण आसन
(६)सुर्य नमस्कार
No comments:
Post a Comment