'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 13 September 2024

आफ्नो स्वधर्म तथा जीवनको मूल लक्ष्य जानौं

                                                           डा. सिर्जना भण्डारी

                                                      #अध्यात्म_दर्शन  #जीवन_दर्शन


विषय प्रवेश

स्वधर्मलाई हरेक मानिसको आफ्नो स्वाभाव तथा प्रकृति(Nature), रुची(Interest), सोख(Hobby) जीवनको लय तथा लक्ष्य(Path of Life) को अर्थमा पनि बुझ्ने गरिन्छ हरेक मानिसको आफ्नै प्रकारको स्वधर्म हुुन्छ जो व्यक्ति जीवनमा आफ्नो स्वधर्म अनुसारको लक्ष्य निर्धारण गर्दछ, जीवनमा सफल हुनुको साथै स्वस्थ, सन्तुष्ट, सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित रहन्छ उसको जीवन स्वर्ग बन्दछ यसको विपरीत जो व्यक्ति आफ्नो स्वधर्म अनुसारको लक्ष्य तय नगरेर अरुको प्रभाव, नक्कल तथा दवावमा जीवनको लक्ष्य निर्धारण त्यही अनुसारको कर्म गर्दछ जीवनमा हरप्रकारले अुसन्तुष्ट असफल रहन्छ

 

स्वधर्मको आध्यात्मिक व्याख्या

सनातन शास्त्रहरुका अनुसार धर्मको तात्पर्य कल्याण हो धर्म गर्नुको तात्पर्य सृष्टिमा स्थित सबैको कल्याण हुने प्रकारका कार्यहरु गर्नु हो अध्यात्म विज्ञानले धर्मलाई दुई प्रकारमा विभाजन गरेको – ()स्वधर्म, ()परधर्म

स्व+धर्म = स्वधर्म स्वभनेको आफू अर्थात स्वयं अर्थात अर्थात चेतना अर्थात पुरुष अर्थात आत्मा अर्थात परमात्माको अंश हो 'धर्म' भनेको कल्याण हो यस अर्थमा स्वधर्मको शाव्दिक तात्पर्य आफू स्वयंको कल्याण गर्नु हो

पर+धर्म = परधर्म परभनेको आफू भन्दा वाहिरका विषय, मानिस तथा वस्तुहरु अर्थात प्रकृति हो 'धर्म' भनेको कल्याण हो यस अर्थमा परधर्मको शाव्दिक तात्पर्य अरुको कल्याण गर्नु हो


विश्वकै सर्वमान्य वैज्ञानिक ग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले स्वधर्मको प्रसंग दुईपटक उठाउनु भएको मनुष्यको प्रमुख कर्तव्य स्वधर्म गर्नु हो भन्ने भावलाई पहिलो प्राथमिकता प्रदान गर्नु भएको भगवान श्रीकृष्ण भन्नुहुन्छ, “स्वधर्मे धनं श्रेयः अर्थात स्वधर्म अनुसार गरिएको कर्मबाट धन तथा ऐश्वर्य प्राप्त हुन्छ ऐश्वर्य भन्नाले मानिसले जीवनमा आर्जन गरेका तथा आर्जन गर्ने चाहाना राखेका हरप्रकारका सुख, सुविधा, भोग, विलासका विषय, वस्तु तथा सेवा, मानप्रतिष्ठा तथा परिस्थितिहरुलाई बुझिन्छ जीवनमा सबै प्रकारका ऐश्वर्य हासिल कसरी गर्ने भन्ने सन्दर्भमा भगवान श्रीकृष्ण भन्नुहुन्छ, “स्वधर्मे निधनं श्रेयः परधर्मो भयावह (भगवद् गीता, ३ः३५) अर्थात मानिसले जीवनमा आफ्नो स्वधर्म तथा स्वाभाव अनुसारको लक्ष्य तय गरेर त्यसै अनुरुपको कर्म गर्नु पर्दछ यही कर्मको माध्यमबाट जीवनमा आवश्यक पर्ने भगवान श्रीकृष्णले  श्रीमद् भगवद् गीतामा उल्लेख गर्नु भएका प्रकारका ऐश्वर्यहरु(धन, शक्ति, यश, सौन्दर्य, ज्ञान, वैराग्य) हासिल गर्न हरप्रकारले प्रयत्नशील रहनु पर्दछ आफ्नो स्वधर्म अनुसारको कर्म गर्दा मर्नु पनि श्रेयस्कर हुन्छ किनकी स्वधर्मको तात्पर्य आफू स्वयंको, आफ्नो चेतना, पुरुष, आत्माको कल्याण गर्नु हो यस्तो कर्म गर्न हरपरिस्थितिमा सदा तत्पर रहनु पर्दछ, आफू मर्नै  परेपनि पछि हट्नु हुदैन

 

भगवान श्रीकृष्ण अझ अगाडि भन्नुहुन्छ, आफ्नो स्वाभाव, प्रकृति तथा रुची अनुसारको कर्म गर्दा धेरै परिश्रम गर्नु पर्दैन, कर्म गर्दा सहजता, खुशी, रमाइलो आनन्दको अनुभूति हुन्छ स्वधर्म अनुसारको कर्मबाट जीवनमा इच्छाएको सफलता हासिल गर्न सहज हुन्छ मानिस सदा स्वस्थ, सन्तुष्ट, सुखी, खुशी, समृद्ध, सफल, शान्त तथा आनन्दित रहन्छ तर यसको विपरीत आफ्नो प्रकृति, रुची तथा स्वाभाव अनुसारको कर्म नगरी अरुको प्रभाव, नक्कल तथा दवावमा कर्म गर्दा धेरै परिश्रम गर्नु पर्छ, कर्म गर्दा असहज, सकस, नरमाइलो तथा ग्लानीको भाव उत्पन्न हुन्छ, कर्म गर्ने क्रममा अनेक प्रकारका बाधा तथा कठिनाइहरु आइपर्दछन् , यस्ता बाधा तथा कठिनाइहरुको सामाना तथा ब्यवस्थापन गर्न आत्मविश्वासको कमी हुन्छ यसप्रकारको कर्मबाट जीवनमा सफलता हासिल गर्न मुस्किल पर्दछ, जीवनमा असहजता संघर्ष बढ्छ संघर्षले मानिसको जीवनमा अस्वस्थता, असन्तुष्टी, पिडा, तनाव, अशान्ति ल्याउँदछ जीवन भयावह, भद्रगोल तथा नर्कतुल्य बनाउँछ यसकारण भनिएको हो परधर्मो भयाबहः बरु स्वधर्मे निधनं श्रेयः अर्थात आफ्नो स्वधर्म तथा स्वाभाव अनुसारको कर्म गर्दा मर्नु परे पनि श्रेयस्कर तथा उचित हुन्छ भद्रगोल तथा नर्क तुल्य जीवन जीउनु भन्दा

 

आफ्नो स्वधर्म तथा स्वाभाव अनुसारको कर्म गर्दा मर्नुपरे पनि मानिसले दुःख मान्दैन, हिम्मत प्रेरणाका साथ हरप्रकारका परिश्रम तथा प्रयासहरु गर्छ आफ्नो रुचीको कर्ममा सफलता हासिल गर्न कर्म गर्ने क्रममा आएका हरप्रकारका बाधा, कठिनाइ तथा असहजताहरु सहेर जति कठिनाई आएपनि तथा मर्नु परेपनि पछि हट्दीन यो कर्ममा सफलता हासिल गरेरै छाड्छु भन्ने भाव राखेर सबै व्यवधानहरुलाई व्यवस्थापन गर्दै, छिचोल्दै स्वधर्मको कर्मको मार्गमा अगाडि बढ्न तत्पर हुन्छ जीवनमा आफूले इच्छाएको ऐश्वर्य, सफलता, समृद्धि, मानप्रतिष्ठा, सुख, खुशी, शान्ति, आनन्द हासिल गरेर नै छाड्छ जीवन धन्य बनाउँछ तर आफ्नो प्रकृति, रुची तथा स्वाभाव अनुसारको कर्म नगरी परधर्म अर्थात अरुको प्रभाव, नक्कल तथा दवावमा कर्म गर्दा जीवनमा यसप्रकारको सफलता हासिल हुदैन कर्मको सन्दर्भमा भगवान श्रीकृष्ण भन्नुहुन्छ, “योगः कर्मशु कौशलम (भगवद् गीता, २ः४७)अर्थात कर्ममा कुशलता तथा निपुर्णता नै योग हो यहाँ योगको तात्पर्य जोड्नु तथा मिलाउनु भन्ने अर्थमा रहेको , पुण्य कर्महरु गरेर आफ्नो आत्मालाई परमात्मासंग मिलाउनु तथा परमात्मामा स्थित गर्नु योग हो हरेक व्यक्ति मनुष्य भएर जन्मनुको प्रमुख लक्ष्य पनि यही नै होे मोक्ष तथा परमात्मा प्राप्ति यदि मनुष्यले आफ्नो कर्ममा कुशलता तथा निपुर्णता ल्याउन सक्यो भने कर्मको माध्यमबाट स्वतः परमात्मामा स्थित तथा योगस्थ हुन्छ कर्ममा कुशलता स्वधर्म अनुसार गरेको कर्मबाट मात्र आउँछ   भगवान बुद्ध भन्नुहुन्छ,  "ध्यान साधनाले मनुष्यको जीवनमा स्वधर्म अनुसारको विचार तथा कर्मको छनौट गर्न मद्धत गर्दछ " ध्यान यस्ताे मदानी हो जसले हाम्रो मानसपटलमा तछाडमछाड गरिरहेका यो काम गरुँ कि त्यो काम गरुँ कि भन्ने  अनेकौं विचारहरुलाई मथेर आफ्नो स्वधर्म अनुसारको जीवन उपयोगी, राम्रा, सकारात्मक तथा आवश्यक विचारहरुलाई नौनी झैं माथितिर ल्याइदिन्छ जीवनमा उपयोगी नहुने नराम्रा, नकारात्मक तथा अनावश्यक विचारहरुलाई दहीको छोक्रा झैं तलतल निथारीदिन्छ यसरी नौनी झैं छानिएर माथि आएका आफ्नो स्वधर्म अनुसारका विचार तथा कर्मले नै जीवनमा सफलता प्रदान गर्दछ।

 

स्वधर्मको आधूनिक व्याख्या

विश्वका प्राय सबै सम्प्रदायका शास्त्रमा कुनै कुनै अर्थमा स्वधर्मको सन्दर्भ उल्लेख गरिएको पाइन्छ सबै गुरु तथा महापुुरुषहरुले पनि स्वधर्मलाइ नै प्राथमिकता प्रदान गर्नु भएको देखिदै आइएकोछ आधूनिक ज्ञान विज्ञानले पनि स्वधर्मलाई नै मानिसको स्वाभाव तथा प्रकृति(Nature), रुची(Interest), सोख(Hobby) जीवनको लय तथा लक्ष्य(Path of Life) को रुपमा अथ्र्याएको यस सन्दर्भमा आधूनिककालका फिलोसोफर तथा विशेषज्ञहरुले पनि जीवनमा सफलता हासिल गर्न स्वधर्म अनुसारको लक्ष्य निर्धारण गर्नपर्ने त्यसैअनुसारको कर्म गर्नुपर्नेमा जोड दिदै आएका छन्

 

आफ्नो स्वधर्मलाई कसरी चिन्ने ?

यस सन्दर्भमा ज्ञानको बजारमा धेरै प्रकारका सन्दर्भ सामग्रीहरु उपलव्ध छन् अधिकांश सन्दर्भ सामग्रीहरुमा उल्लेख गरिए अनुसार आफ्नो स्वधर्मलाई चिन्नकालागि मुख्यतः दुई कुरामा ध्यान दिनु पर्ने बताइएको पाइन्छ– () के काम राम्रोसंग गर्न सक्छु तथा संग कुन कस्तो प्रकारको काम गर्न सक्ने क्षमता , ()मलाई के काम गर्दा आनन्द आउँछ तथा मलाई कुन काम गर्न कसैले अह्राइरहनु पर्दैन फुर्सदको समयमा के काम गर्न रुचाउँछु आफ्नो स्वधर्म पत्ता लगाउन यस विषयका सन्दर्भ सामग्रीहरुले पहिलो चरणमा, प्राथमिकताका आधारमा आफूलाई बढि रुची लाग्ने, ठिक्क रुची लाग्ने कम रुची लाग्ने तथा रुचीनै नलाग्ने १०१० वटा कामहरुको लिस्ट बनाउने भनेर सिकाएका छन् दोस्रो चरणमा, बढि रुची लाग्ने कामहरुलाई तीन पटक पुनः, पुनः छनौट लिस्ट गर्ने क्रमशः १० बाट , वाट अन्तिममा बाँकी रहेका यिनै वटा कामलाई आफ्नो स्वधर्म अर्थात आफ्नो स्वभाव, प्रकृति, रुची, सोख, जीवनको लय, पथ तथा लक्ष्यको रुपमा लिनु तथा बुझ्नु पर्दछ तिनै कामहरुको विषयसंग सम्बन्धित विषयको अध्ययन, अनुसन्धान, गतिविधि, अनुभव लिने त्यस विषयप्रति जतिसक्दो बढि ज्ञान आर्जन गर्नु पर्दछ यिनै विषयहरुसंग सम्बन्धित हरप्रकारका क्रियाकलापहरुमा सहभागि हुनु पर्दछ तथा तिनै कामहरुलाई आफ्नो जीवनमा प्राथमिकता प्रदान गरेर अघि बढ्नु पर्दछ भन्ने ज्ञान प्रदान गरिएको अनुभवी तथा विशेषज्ञहरुका अनुसार स्वधर्मको पहिचान जतिसक्दो चांढो सानै उमेरमा गर्नुपर्दछ बालबालिकाहरुलाई उनीहरुको स्वधर्म अनुसारको शिक्षा प्रदान गर्नुपर्दछ शिक्षा अनुसारको कर्म गर्न तथा जीवनको लक्ष्य निर्धारण गर्न उत्प्रेरणा तथा सहयोग प्रदान गर्नुपर्दछ

 


No comments:

Post a Comment