'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 16 September 2024

सबै समस्याको जड् अप्राकृतिक जीवनशैली बाध्यता कि अज्ञानता

                                                                          डासिर्जना भण्डारी

                                                        #अध्यात्म_दर्शन  #जीवन_दर्शन



विषय प्रवेश

आफ्नो वरपरको पर्यावरण अनुकुलको आहार, विहार व्यवहार अपनाएर सहज तथा सरल जीवनशैली जीउनु प्राकृतिक जीवनशैली हो तर आजभोलि विश्वमा सबैभन्दा बढी अतिक्रमणमा परेको तथा अज्ञानतावस जीवन अनुपयोगी मान्दै आइएको विषय प्राकृतिक जीवनशैली नै हो जान्नेहरु भन्छन् आजको जीजनशैली अप्राकृतिक हुनु कसैकालागि बाध्यता हो भने कसैकालागि अज्ञानता** हो मानिसको जीवन कति प्राकृतिक, सहज तथा व्यवस्थित भन्ने विषय सम्पूर्ण रुपमा मानिसको सन्तुलित आहार, विहार व्यवहार तथा उसको प्राकृतिक जीवनशैलीमा निर्भर गर्दछ मानिसले जीवनमा जतिसुकै प्रगति गरोस, धनसम्पत्ति, सम्बन्ध कमाओस, समृद्धि, प्रसिद्धि, शक्ति हासिल गरोस उसको जीवनशैली प्राकृतिक छैन भने त्यो सबै उसकालागि व्यकार बन्न पुग्छ किनकी अप्राकृतिक जीवनशैली नै आजको विश्वमा देखिएका सबै प्रकारका समस्या रोगहरुको जननी हो पुर्वीय वैदिक सनातन दर्शनले हजारौं वर्ष अघिदेखि जीवनशैली प्राकृतिक बनाउन जोड दिदै आएको किनकी पुर्वीय सिद्धान्त रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्न नदिनु बुद्धिमानि हो भन्ने सिद्धान्तमा आधारीत रहेको कि आजको आधूनिक अप्राकृतिक जीवनशैली अंगालेर बिरामी होउ अनि उपचार गर्न अस्पताल जाउ आहारको साटो औषधी खाएर आफ्नो पेट भर प्राकृतिक जीवनशैली जीउनकालागि पुर्वीय वैदिक सनातन दर्शनले आहार, विहार व्यवहारलाई प्रमुख प्राथमिकतामा राखेको

 

आहार तथा खानपान

प्राकृतिक जीवनशैलीमा सबैभन्दा पहिलो प्राथमिक विषयमा आहार तथा खानपान नै आउँछ किनकी मानिसको पहिलो आधारभूत आवश्यकता गाँस अर्थात भोजन हो स्वस्थकर आहार तथा खानपानका आयामहरु प्रमुख रुपमा तीन प्रकारका छन्– ()आहारको प्राकृतिक गुण, ()आहार उत्पादन गरिएको मौसम, ()आहार उत्पादन गरिएको  क्षेत्र हामीले दैनिक रुपमा सेवन गर्ने आहार सकेसम्म सात्विक गुण भएको ताजा हुनु पर्दछ, मौसमी अर्थात सिजनल हुनु पर्दछ जहाँ हामी बसोवास गर्दछौं त्यही क्षेत्र तथा त्यस्तै प्राकृतिक पर्यावरण भएको क्षेत्रमा उत्पादन गरिएको हुनु पर्दछ अन्यथा यस्तो आहारले हाम्रो प्राकृतिक जीवनशैलीमा नकारात्मक प्रभाव पार्दछ सन्तुलित आहारको न्युनतम मापदण्ड यसप्रकारले निर्धारण गरिएको किनकी मानिस जस्तो प्रकारको आहार तथा खानपान ग्रहण गर्दछ त्यस्तै प्रकारको बन्दै जान्छ के खाने तथा नखाने, कसरी खाने, कहिले खाने कसरी आफ्नो खानपान तथा आहार व्यवस्थापन गर्ने तथा चुनाव गर्ने भन्ने सन्दर्भमा मानिस पूर्णतः स्वतन्त्र आहारको प्राकृतिक गुण जत्तिकै महत्वपूर्ण विषय यसको उन्पादन गर्ने वर्णशंकर(हाइब्रीड) प्रविधि, हानीकारक किटनासकको प्रयोग, आहार थन्क्याउने तरिका प्रक्रिया, आहार पकाउने तथा तयार गर्ने तरिका प्रक्रिया, सेवन गर्ने तरिका, प्रक्रिया समयको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको हुन्छ यो विषयलाई पूर्वीय सनातन आयुर्वेद चिकित्सा शास्त्रहरुमा विस्तृतमा उल्लेख गरिएको तर आजको समयमा आहार उत्पादन गर्ने तरिका प्रक्रिया, खाना पकाउने तरिका प्रक्रिया, पकाउन प्रयोग गरिने भाँडा, खाने तरिका, प्रक्रिया समय, आवश्यकता भन्दा बढि पकाएर फ्रिजमा थन्क्याउने तरिका प्रक्रिया सबै गतिविधिहरुमा आधूनिक विज्ञानको विकास तथा भूमण्डलीकरणको अत्यधिक प्रभाव परेको जसले मानिसको सम्पूर्ण स्वास्थ्य अवस्थामा पूर्णतः डामाडोल गरिदिएको जीवनशैली पूर्णतः अप्राकृतिक बनाइदिएको अत्यधिक राजसिक तथा तामसिक गुण भएका खानेकुराको प्रयोग, बेमौसमी खानेकुरा, विदेशवाट आयातीत चाँढै बिग्रीने तर नविग्रीयोस भनेर अत्यधिक रसायन हालिएका खानेकुरा, फ्याक्ट्रीमा उत्पादित प्रशोधित रशायनयुक्त खानेकुरा, प्लास्टीक तथा टिनका डिब्बामा बन्द गरिएका खानेकुरा, आलमुनियम, ग्लीच गरिएका प्लास्टीकका, शिशाका तथा माटाका भाँडा, हानीकारक धातुका ननस्टीकी भाँडा, आलमुनियमको कुकरमा अत्यधिक प्रेसरमा खाना पकाउने तरिका प्रक्रिया, केमिकलजन्य अखाद्य पादार्थ तथा मसलाको प्रयोग, काँचो तथा पकाएको खाना धेरै दिनसम्म बासी राख्ने फ्रिजको प्रयोग, खतरनाक रेडियसन फाल्ने माइक्रो ओभन आदिको प्रयोगले मानिसको स्वाथ्यलाई अत्यन्तै नाजुक अवस्थामा पुर्याएको अझ भनौं लगभग घाटमै पुर्याएको अवस्था किनकी अस्पतालमा लाग्ने गरेको भिड ढिलोचाँढो घाट जाने तयारी बाहेक अरु केही होइन

 

विहार तथा व्यायाम

वनस्पतिहरुको गुण धर्म स्थिर रहनु हो प्राणीहरुको गुण धर्म गतिशिल रहनु हो आफ्नो गुण धर्म अनुसारको व्यवहार गर्नु प्राकृतिक तथा सन्तुलित जीवनशैली अपनाउनु हो विहार तथा व्यायाम मानिसको प्रकृति अनुसार सन्तुलित गतिशिलतामा आधारीत भएको हुनुपर्दछ किनकी मानिसको शरीरका आयाम स्वास्थ्यका आयामहरुको तनदुरुस्ती सन्तुलित आहार तथा खानपानपछि पूर्णतः उसको विहार तथा व्यायाममा निर्भर गर्दछ सनातन महान शास्त्र योग विज्ञानमा शरीरका सबै आयामहरु(शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर) स्वास्थ्यका सबै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्राणीक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, वौद्धीक स्वास्थ्य, आत्मिक स्वास्थ्य, परम स्वास्थ्य) लाई सदावहार स्वस्थ राख्न योगाभ्यास, प्राणायाम तथा ध्यानका विधिहरुको निष्ठापूर्वक साधना गर्नुपर्ने   प्रकृति तथा पंचमहाभूत (जल, पृथ्वी, आकाश, वायु, अग्नि)संग सामिप्यता बनाउनु पर्ने विषयहरु स्पष्टसंग उल्लेख गरिएको  

 

सन्तुलित जीवनशैली जीउनकालागि शरीरका वाहिरी स्थुल अंगहरुको व्यायाम गर्नु मात्र पर्याप्त हुदैन वाहिरी अंगहरुका साथसाथ आन्तरीक अंगहरु जस्तोकि मुटु, फोक्सो, कलेजो, मृगौला आदि स्थुल अंगहरुका साथसाथ असीम उर्जा प्रदान गर्ने अदृश्य तथा सुक्ष्म अंगहरु जस्तोकि नाडी, मन, भावना, चेतनाको तन्दुरुस्तीकालागि पनि उचित ढंगले योगाभ्यास, प्राणायाम तथा ध्यान साधना गर्नुपर्दछ अष्टांग योग विज्ञानका महत्वपूर्ण तीन अंग तथा विधिहरुमा योगासनले प्रमुख रुपमा वाहिरी स्थुल अंगहरुको केही हदसम्म आन्तरीक अंगहरुको व्यायाम गराउन मद्धत गर्दछ, प्राणायामले प्रमुख रुपमा आन्तरीक अंगहरुको केही हदसम्म अदृश्य तथा सुक्ष्म अंगहरुको साथै वाहिरी अंगहरुको पनि व्यायाम गराउन मद्धत गर्दछ ध्यान साधनाले प्रमुख रुपमा अदृश्य तथा सुक्ष्म अंगहरु नाडी, मन, भावना, चेतनाको व्यायाम गराउन मद्धत गर्दछ साथसाथ सम्पूर्ण अंगहरुको व्यायाम गराउन मद्धत गर्दछ किनकी अहिलेसम्मको खोज, अध्ययन तथा अनुसन्धानका अनुसार ध्यान साधना हरप्रकारका समस्या तथा रोगहरुको उपचार तथा समाधान गर्ने सर्वोऔषधी हो

 

व्यवहार तथा आचरण

मानिसको सन्तुलित तथा प्राकृतिक जीवनशैलीमा आहार विहारपछि उसको व्यवहार तथा आचरणको महत्वपूर्ण भूमिका रहेको हुन्छ   स्वामी विवेकानन्द भन्नुहुन्छ, “मानिसले कुनैपनि विचार तथा कामलाई बारबार दाहोर्यायो भने त्यो बानी बन्दछ, बानीलाई बारबार दोहोर्यायो भने त्यो व्यवहार तथा आचरण बन्दछ, व्यवहार तथा आचरणलाई बारबार दोहोर्यायो भने त्यो जीवनशैली बन्दछ बारबार दाहोरीने जीवनशैली मानिसको भविश्य तथा भाग्य बन्छ किनकी मानिसले आफ्नो जीवनशैली अनुसारकै कर्म गर्दछ कर्मको सिद्धान्त अनुसार मानिसको कर्मनै उसको भाग्य हो ”  तसर्थ आफ्नो जीवनशैली प्राकृतिक सहज बनाउन कस्ता विचार कामहरुलाई बारबार दोहोर्याएर त्यसलाई व्यवहार बनाउने भन्ने कुरा छुट्याउन विवेकको प्रयोग गरौं आफैंले मनन् गरौं

 

अज्ञानताका कारण भ्रम तथा प्रभावमा जीवन जीरहेका हामी

**पश्चिमि मुलुकहरु खासगरि युरोपमा वर्षको दुई तिहाइ समय अत्यधिक ठण्डीका कारण प्रर्याप्त आहार उत्पादन नहुने हुनाले वर्षभरि एकपटक उत्पादन गरिएको गहुँको पुरानो पिठोमा वासनादार केमिकल छर्केर तयार गरिएको पाउरोटी, पिज्जा, वर्गर, चाउमिन खानु उनीहरुको बाध्यता हो तर पर्याप्त विविधताले युक्त ताजा आहार छोडेर महंगो तर पत्रु खाना पाउरोटी, पिज्जा, वर्गर, चाउमिन खानु खाएर आफूलाई समृद्ध वैभवशाली ठान्नु हाम्रो भ्रम, अज्ञानता तथा प्रभावको जीवनशैली हो आफ्नो स्वाभाव तथा प्रकृति अनुरूपको जीवनशैली होइन त्यस्तै अत्यधिक ठण्डीका कारण ताजा आहारको पर्याप्त उपलब्धता भैनरहने हुनाले आहार संचय गर्न फ्रिजको प्रयोग गर्नु उनीहरुको बाध्यता हो तर पर्याप्त मात्रामा उपलब्ध भैरहने ताजा आहारलाई हप्तौंसम्म बासी बनाएर राख्न फ्रिजको प्रयोग गर्नु हाम्रो अज्ञानता हो ठण्डी कै कारण पर्याप्त आहार उपलब्ध नभएर जीवन गुजारा गर्ने जनावरको मासु खानु उनीहरुको बाध्यता हो तर असीम विविधताले भरिपूर्ण पौष्टिक स्वादिला आहारहरु छोडेर निरीह प्राणीहरुमाथि अचाक्ली हिंसा गरेर मांसाआहार सेवन गर्नु शरीरमा रोगको अंक बढाउनु हाम्रो अज्ञानता हो रसिला खानेकुरा पर्याप्त उपलब्ध नभएको कारण रसायनयुक्त पेय कोक, फेन्टा, रक्सी सेवन गर्नु उनीहरुको बाध्यता हो तर रसिला आहार, फलफूल, लस्सी, दही, मही जस्ता स्वस्थकर खाना छोडेर विषयुक्त कोक, फेन्टा, रक्सी सेवन गर्नु हाम्रो अज्ञानता हो जडीबुटीहरुको पर्याप्त उपलब्धता नभएका कारण जनावरको रगत, मासु, हड्डीबाट एलोपेथीक औषधी निर्माण गर्नु उनीहरुको बाध्यता हो तर जडीबुटीको अपार भण्डार छोडेर एलोपेथीक औषधी सेवन गर्नु हाम्रो अज्ञानता हो साथै पहिरनको सन्दर्भमा पनि अत्यधिक ठण्डीका कारण सबै अवस्थामा आफूलाई न्यानो पारिराख्न संधै सट, पाइन्ट, कोट, टाइ लगाउनु उनीहरुको बाध्यता हो तर अत्यधिक गर्मीमा समेत यो पहिरन लगाएर आफूलाई समृद्ध तथा सभ्य भएको ठान्नु हाम्रो अज्ञानता हो

 

अन्त्यमा

यस्तो अज्ञानताको जीवनशैली हामी कहिलेसम्म जीउने, कृपया चिन्तन् मनन् गरौं प्राकृतिक सन्तुलित जीवनशैली अपनाउँ


***********************

https://www.facebook.com/share/v/oXoD12Gh5vC2JEu6/?mibextid=xfxF2i

https://www.facebook.com/share/v/QthbYpVYzRGcMyLH/?mibextid=xfxF2i

https://www.onlinekhabar.com/2024/09/1542154/food-is-medicine?fbclid=IwY2xjawFZ5V1leHRuA2FlbQIxMQABHfubB3trOQh1OkADquwMpA7kIXeLPnZ4zeIoZzlBZvF2I9EDKLbu-tYJpw_aem_XDUTiciD_mGmGaba5w4Ziw

 

No comments:

Post a Comment