डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
योग
विज्ञान के हो ?
योग विज्ञान पूर्वीय अध्यात्म विज्ञान, वैदिक सनातन साहित्य तथा प्राचीन वैज्ञानिक ऋषिहरुको विपुलतम खोज हो र यो मनुष्यकालागि वरदानतुल्य उच्चस्तरीय उपलव्धि तथा उपहार हो । योगलाई सामान्यतया शारीरिक तन्दरुस्तीकालागि गरिने शारीरिक व्यायाम, योगाभ्यास तथा योगासनका रुपमा बुझ्ने गरिन्छ । यो बुभाइ आधा सत्य हो किनकी योग शारीरिक तन्दुरुस्तीका साथसाथ मानसिक, भावनात्मक र आत्मिक अर्थात चेतनात्मक तन्दुरुस्तीकालागि पनि गरिन्छ । योग विज्ञानको अत्यन्तै महत्वपूर्ण र वैज्ञानिक शास्त्र ‘योग दर्शन’मा महर्षि पतन्जलीले भन्नुभएको छ, “योगः चित्तवृत्ति निरोधः ।” यसको तात्पर्य चित्त अर्थात मनका वृत्ति अर्थात अनावश्यक तथा असन्तुलित विचारहरुको निरोध अर्थात निवारण गर्ने विज्ञान योग हो । योग दर्शन शास्त्रमा मनका अनावश्यक तथा असन्तुलित विचारहरुको निवारण गर्ने आठ प्रकारका विधिहरु उल्लेख गरिएका छन् जसलाई हजारौं वर्षदेखि अष्टांग योगको रुपमा व्यवहारमा अनुशरण गरिदै आइएको छ । अष्टांग योगका यी विधिहरुले मानिसको शरीरका चारवटै आयामहरु(शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर) र स्वास्थ्यका सातवटै आयामहरु(शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य, प्राणीक स्वास्थ्य, भावनात्मक स्वास्थ्य, वौद्धिक स्वास्थ्य, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य, र परम स्वास्थ्य अर्थात परमात्मासंगको योग अर्थात मोक्षको प्राप्ति) लाई तन्दुरुस्त, स्वस्थ तथा व्यवस्थित राख्न मद्धत गर्दछन् ।
योगः चित्तवृत्ति निरोधः । चित्त अर्थात मन के हो ?
मानिसलाई
चलाउने प्रमुख तथा अति
महत्वपूर्ण इन्द्रिय मन हो
जसलाई छैठौं अन्तर्ज्ञान इन्द्रियको
रुपमा बुझ्ने गरिन्छ ।
भगवान श्रीकृष्ण भन्नुहुन्छ, “मानिसको मन नै
मुक्तिको द्वार हो र
मन नै सबै
बिपत्तिहरुको प्रमुख कारण हो
।” मानिसको जीवन
दुई प्रकारका शरीरले चलाएको
हुन्छ– (१)भौतिक
शरीर अर्थात प्रकृति जो
दृश्य छ, र (२)पराभौतिक शरीर अर्थात
आत्मा अर्थात चेतना अर्थात
पुरुष जो अदृश्य छ
तर शाश्वत र
सर्वशक्तिमान छ ।
मानिसको भौतिक शरीरमा पाँच
ज्ञानइन्द्रिय, पाँच कर्म इन्द्रिय
र छैठौं अन्तर्ज्ञान
इन्द्रिय मन गरी कुल
११ वटा इन्द्रियहरु
छन् । मनले
नै मानिसको भौतिक
शरीर अर्थात प्रकृति र
पराभौतिक शरीर अर्थात आत्मा
अर्थात पुरुषलाई जोड्ने काम
गर्दछ त्यसैले मन भौतिक
र पराभौतिक दुवै
हो र मन
नै इहलोक तथा
परलोकको द्वार हो ।
जो मानिसले मनका
अनावश्यक तथा असन्तुलित विचारहरुको
निवारण तथा व्यवस्थापन गरि
मनलाई आफ्नो अनुकुल बनाउन
तथा आफ्नो वशमा राख्न
सक्दछ उसले नै जीवनमा
श्रीकृष्ण भगवानले सुझाउनु भएका
छ ऐश्वर्य(ज्ञान,
धन, शक्ति, सौन्दर्य, यश,
वैराग्य) तथा पंचप्रगति(स्वास्थ्य,
सम्वन्ध, समृद्धि, प्रतिष्ठा, शान्ति)
हासिल गरि आनन्द तथा
स्वर्गीय जीवन व्यतीत गर्न
सक्दछ ।
अध्यात्म
विज्ञान र आधूनिक
विज्ञान दुवैले मानिसलाई चलाउने
प्रमुख इन्द्रिय मनलाई नै
मानेका छन् तसर्थ मानिसको
मन नै सबैथोक
हो । भगवान
बुद्ध भन्नुहुन्छ, “मानिसको मन इमान्दार
नोकर हो तर खतरनाक
मालिक हो तसर्थ मनलाई
संधै आफ्नो नोकर बनाएर
राख्नु पर्छ, कहिल्यै पनि
आफ्नो मालिक बन्न दिनु
हुदैन किनकी मन मेरो
उपयोगकोलागि हो, म मनको
उपयोगकोलागि होइन । खतरनाक
मालिकले जीवनलाई दुर्घटनामा पुर्याउन
पनि सक्दछ, त्यसैले मनलाई
सदा आफ्नो नोकर बनाएर
राख्नु पर्दछ ।” शरीरका
अरु अंगहरू जस्तो मन
ठोस तथा स्थुल वस्तु
नभएर एक अदृश्य तर
शक्शिाली अविरल चलिरहने उर्जा
हो । उर्जासंग
बुद्धि तथा विवेक हुदैन,
जस्तोकि आगो, पानी, वायु
आदि जो हाम्रालागि प्राणदायक
हुन साथसाथ प्राणघातक पनि
बन्न सक्छन् यदि हामीले
यी उर्जालाई नियन्त्रित
तथा विवेकपूर्ण किसिमले उपयोग गरेनौं
भने । मानिसको
मन पनि यस्तै
प्राणदायक साथसाथ प्राणघातक उर्जा
हो । मनलाई
आफ्नो आत्मा अर्थात चेतनाबाट
निसृत बुद्धि तथा विवेकको
प्रयोग गरेर नियन्त्रित किसिमले
उपयोग गरियो भने जीवन
स्वर्ग बन्दछ तर यसको
विपरीत मनलाई छाडा छोडियो
तथा आफू मनको नियन्त्रणमा
परियो भने जीवन नर्क
बन्दछ । मनलाई
छाडा छोड्दा यसले मानिसलाई
आदतको दाष बनाइदिन्छ र
मानिसलाई राम्रा तथा नराम्रा
कर्महरु गर्न बाध्य बनाइदिन्छ
किनकी हरेक वस्तुको आफ्नो-आफ्नो गुण धर्म
हुन्छ, मन तथा मस्तिष्कको
गुण धर्म ‘म’लाई
चन्चल बनाउनु तथा एकाग्र
हुन नदिनु हो ।
त्यसोभए म को
हुँ अनि मेरो गुण
धर्म के हो त
? म आत्मा अर्थात चेतना
अर्थात पुरुष अर्थात परमात्माको
अंश हुँ र मेरो
गुण धर्म जीवनमा योग
विज्ञानको अष्टांग योगका वैज्ञानिक
विधिहरुको नित्य अनुशरण गरि
शरीर, मन, मस्तिष्क, हृदय
तथा चेतनाका चाल तथा
भावहरुको अवलोकन र व्यवस्थापन
गर्दै सुक्ष्म शरीरमा अवस्थित
कुण्डलिनी उर्जाका प्रमुख श्रोत
सात चक्रहरु जागरण गरेर
शरीर, मन, मस्तिष्क, हृदय
तथा चेतनालाई आफ्नो अनुकुल
उपयोगमा ल्याउनु र जीवन
सरल, सहज तथा शान्त
बनाउनु हो र अन्ततः
आत्मालाई परमात्मामा योग गराएर मोक्षको
प्राप्ति गर्नु हो ।
चित्त अर्थात मन कसरी बन्दछ र मन किन चन्चल हुन्छ ?
विचारहरुको
समुहबाट मन बन्दछ र
सोचहरुको समुह विचार हो
। सोच वाहिरको
संसारमा देखेका तथा भोगेका
अनुभवहरु ज्ञान इन्द्रियहरुको माध्यमबाट
प्राप्त भएका सूचनाहरुले मस्तिष्कका
स्नायु प्रणालीहरुमा हुने स्पन्दनबाट उत्पन्न
हुने तरंग अर्थात फायरिङहरु
हुन् । सामान्यतया
व्यवहारमा मनलाई बादर तथा
शैतानको उपमा दिने गरिन्छ
। बादर कहिल्यै
स्थिर वस्न नसक्ने चन्चलताको
प्रतिक हो र शैतान
अर्थात प्रेत असीम शक्ति
भएको तर बुद्धि र
विवेक बिहीनताको प्रतिक हो ।
मानिसको मन पनि यस्तै
अत्यन्त चन्चल र असीम
शक्तिशाली छ तर
मनसंग बुद्धि र विवेक
छैन त्यसैले मनले कुनै
विषय तथा भोगले हानी
गर्छ भन्ने जान्दाजान्दै पनि
मानिसलाई नराम्रो आदत बसालीदिन्छ,
मानिसलाई आदतको दाष बनाइदिन्छ
र नराम्रो कर्मतिर
अग्रसर गराउँदछ, यसैकारण मनलाई
बादर र शैतान
तथा प्रेतको उपमा दिइएको
हो ।
मानिस
उस्तुक स्वाभाव भएको चेतनशील
प्राणी हो, उ हरपल
आफ्ना ११ वटै इन्द्रियहरुबाट
रंगीचंगी भौतिक संसारका नयाँ–नयाँ विषयबारे जान्न
र फरक–फरक
वस्तुहरुको अनुभव तथा भोग
गर्न लालायित हुन्छ ।
वाहिरी तथा भौतिक संसारको
रंगीचंगी रमझमले उसलाई आकर्षित
गरिरहन्छ, स्थुल इन्द्रियहरुले उसको
अति महत्वपूर्ण अन्तर्ज्ञान इन्द्रिय मनलाई भोगकालागि
चन्चल गराइरहन्छन् र मानिसको
मन यी भोगहरुको
अनुभव गर्न हरप्रकारका कर्महरु
गर्नतिर अग्रसर हुदै जान्छ
। यहाँसम्म त
ठिक छ तर
नयाँ–नयाँ विषयबारे जान्ने
र फरक–फरक
वस्तुहरुको अनुभव तथा भोग
गर्ने लाससामा मानिस क्रमशः
थाहा पाइपाइ तथा थाहा
नपाइकन यी इन्द्रियहरुको वसमा
पर्दै जान्छ र रंगीचंगी
भौतिक संसारका मायाजन्य विषय
तथा वस्तु भोगको दलदलमा
फस्दै जान्छ । विस्तारै
आफू स्वयं अर्थात म
अर्थात आत्मालाई बिर्सेर म
शरीर हुँ, म मन,
म भाव हुँ,
म यो भौतिक
संसारको भोगकालागि जन्मेको हुँ भन्ने
निष्कर्षमा पुग्दछ र जीवनलाई
भोगकैलागि समर्पित गर्दछ र
योगबाट बन्चित हुन्छ तर
योग बिना जीवनमा सुख,
खुशी, समृद्धि, शान्ति, आनन्द
तथा मुक्ति आउदैन, यो
ज्ञानसम्म उ पुग्दै
पुग्दैन र उसको
वर्तमानको जन्म भोगमा लिप्त,
योग बिहिन अवस्थामै बित्छ
तथा अन्त्य हुन्छ ।
योग विज्ञान नै सबै रोगहरुको उपचार हो
संसारमा आजसम्म भएको खोज तथा अध्ययनका अनुसार बुद्धि र विवेक बिहिन मनलाई व्यवस्थापन गर्ने काम योग विज्ञानले मात्र गर्न सक्दछ । मनका तीन तह छन्–(१)चेतन मन अर्थात तर्क तथा सवाल जवाफ गर्ने देब्रे मस्तिष्क, (२)अवचेतन मन अर्थात हाम्रा बानी व्यवहारहरु संचित भएको दाहिने मस्तिष्क, र (३)अचेतन मन अर्थात मध्य मस्तिष्क तथा प्रारव्ध अर्थात पूर्वजन्मका स्मृतिहरु यसलाई टोटल माइन्ड पनि भनिन्छ । योगका सैद्धान्तिक ज्ञान तथा व्यवहारीक ज्ञान र अभ्यासहरुले मनका यी तीनै तहहरु लगायत शरीर, भाव, बुद्धि, अहंकारलाई शुद्धीकरण, व्यवस्थित तथा स्वस्थ राख्न मद्धत गर्दछन् । योग विज्ञानका विधिहरूमा प्रमुख तीन विधिहरू योगाभ्यास, प्राणायाम र ध्यान विश्वव्यापी रूपमा सर्वाधिक महत्वपूर्ण र लोकप्रिय रहदै आएकाछन् ।
योग
दर्शन शास्त्रमा उल्लेखित योग विज्ञानका
आठ विधिहरु यसप्रकार
रहेकाछन्–
योगका
वहिरंग विधि (पाँच अन्त:करणसंग सम्बन्धित)
(१)यम- आफूले संसारप्रति
गर्नुपर्ने कर्म तथा व्यवहार
(अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य,
अपरिग्रह),
(२)नियम- आफूले आफैंप्रति
गर्नुपर्ने कर्म तथा व्यवहार
(शौच, संतोष, तप, स्वाध्याय,
ईश्वर प्रणिधान),
(३)आसन- योग अभ्यास
तथा शारीरिक व्यायाम,
(४)प्राणायाम- श्वास अर्थात प्राणको
व्यायाम,
(५)प्रत्याहार- इन्द्रियहरुको सम्यमता तथा वितरागको अभ्यास,
योगका
अन्तरंग विधि (आत्मा अर्थात
चेतनासंग सम्वन्धित)
(६)धारणा- एकाग्र हुने
तथा गराउने सकारात्मक तथ्य,
कथ्य, सत्यसंग सम्वन्धित विषयहरु,
(७)ध्यान- विषयप्रति एकाग्रता,
स्थिर मन, र
(८)समाधि- शुन्य, अमनी अर्थात मनमा विचार नभएको अवस्था ।
अष्टांग
योगका बहिरंग पाँच विधिहरुमध्य
शुरुका यम र नियमले
मानिसमा धर्म, नैतिकता, निष्ठा,
कर्तबम, उत्तदायित्व, सोच, विचार, व्यवहार,
आचरण, सकारात्मक भाव आदिको शुद्धीकरणका
लागि सैद्धान्तिक ज्ञान प्रदान गर्दछन्
। आशन र
प्राणायामका सैद्धान्तिक ज्ञानले जीवन र
जगतको बुझाइमा प्रभावकारीता ल्याउँछन्
र व्यवहारीक ज्ञान
र अभ्यासले शरीरका
वाहिरी तथा आन्तरीक अंगहरु
र प्राणको आयामलाई
स्वस्थ राख्न मद्धत गर्दछन्
। पाँचौं अंग
प्रत्याहारले इन्द्रियहरुको आहार कस्तो हुनु
पर्दछ भन्ने सैद्धान्तिक ज्ञान
प्रदान गर्दछ र इन्द्रपहरुलाई
मायानगरी भौतिक संसारको रमझमतिर
भड्किनबाट बचाउँदछ र इन्द्रियको
निग्रह तथा नियन्त्रण गर्न
मद्धत गर्दछ । अष्टांग
योगका अन्तरंग तीन विधिहरु
धारणा, ध्यान र समाधि
बुझ्ने सैद्धान्तिक ज्ञान तथा गर्ने
क्रियाहरु नभएर यी साधनाको
अनन्त गहिराइमा अनुभव तथा
अनुभूति गर्ने अवस्था हुन्
जो इन्द्रियातीत तथा
भावातीत हुने गर्दछन् र
यस्तो अनुभव शव्द तथा
इशाराले अरु समक्ष व्यक्त
गर्न तथा बुझाउन सकिदैन
तर आफूले अनुभूति
गरेर जीवनमा विविध प्रकारका
सिद्धिहरू तथा असीम आनन्द
हासिल गर्न सकिन्छ र
आत्मज्ञान तथा ब्रह्मज्ञान प्राप्त
गरि परमात्मामा स्थित भई मोक्ष
तथा निर्वाण प्राप्त गर्न
सकिन्छ । अष्टांग
योगका विधिहरुले मनको अनावश्यक नया
असन्तुलित सोच तथा विचारमा
दौडिने गतिलाई कम गर्दै
विचार शुन्यताको अवस्थासम्म पुऱ्याउन मद्धत गर्दछ
र यस्तो विचार
शुन्यताको अवस्थामा साथकमा ध्यान
तथा समाधिको अवस्था घटित
हुन्छ र मन
स्वतः नियन्त्रित, व्यवस्थित र शान्त
हुन्छ । योगका
विधिहरुद्वारा शान्त तथा आनन्दित
मन नै सबै
समस्याहरुको एकमात्र उपयुक्त उपचार
हो तसर्थ नित्य
योग गरौं र हरप्रकारले
स्वस्थ, सुखी, खुशी, समृद्ध,
शान्त र आनन्दित
बनौं ।
No comments:
Post a Comment