'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 6 September 2024

वैदिक सनातन प्रेम दिवसः तीज

                                                डासिर्जना भण्डारी 

   #अध्यात्म_दर्शन  #जीवन_दर्शन



विषय प्रवेश

पूर्वीय सनातन संस्कृति अनुसार तीज देवादीदेव महादेव भगवान शिव आदीशक्ति जगदम्बा जगतजननी देवी पारवती माताको दिव्य प्रेमकथा हो तीज पर्वलाई हिन्दु संस्कृतिमा भगवान स्वयंबाट पछिल्ला पुस्ताहरुमा हस्तान्तरण हुदै हामीसम्म आएको अलौकिक दिव्य प्रणय सुत्र तथा प्रेम दिवसको रुपमा मनाउदै आइएको आजभोलि भूमण्डलीकरणले ल्याएको प्रभाव पूर्वीय संस्कृतिको अपर्याप्त ज्ञानकाकारण भगवान स्वयंबाट प्रवाहित हुदै आएको अलौकिक दिव्य प्रेमकथा तथा प्रेम दिवस तीज पर्वलाई कम महत्व दिदै एउटा सामान्य व्यक्तिको प्रेमकथामा आधारित मानिसद्वारा चलाइएको परम्परा प्रणय दिवस (भ्यालेन्टाइन्स डे) अर्थात पश्चिमि संस्कृतिको प्रेम दिवसको पछाडि पूर्वीय जगतका सारा यूवापुस्ता लागिरहेको ब्ल्याकमै भएपनि किनेर रातो गुलाफको फूलको एउटा हागो बोकेर अध्यात्मका विश्वगुरु श्रद्धेय ओशो दिव्य अनुभूतिका रुपमा प्रेमको परिभाषा गर्ने प्रयास गर्दै भन्नुहुन्छ, “प्रेम अपरिभाषित, अलौकिक, शव्दातीत तथा इन्द्रियातीत गहन दिव्य अनुभूतिको विषय हो पश्चिमि संस्कृतिको प्रेम दिवसले प्रेमको अलौकिक परिभाषालाई समेट्न सकेको छैन बरु उल्टै भ्रमित परिभाषामा रुमल्याइराखेको तमाम यूवा पुस्तालाई श्रद्धेय ओशोले प्रेमलाई तीन तह तथा क्रियामा प्रष्ट्याउने प्रयास गर्नु भएको – ()मन पर्नु, ()मायाँ गर्नु, ()प्रेम गर्नु आफ्नो प्रेम कुन तहमा पर्छ आफैंले मनन् गरौं

 

मन पर्नु’ (I Like…)- यो प्रेमको सामान्य तह तथा क्रिया हो जसमा भौतिक पाँच ज्ञान इन्द्रियहरुको सक्रियता तथा प्रत्यक्ष समलग्नता रहेको हुन्छ राम्रो मानिस, पशु, पंक्षी, फूलविरुवा, चिजवस्तु देखेर आहा भन्नु त्यसतर्फ आकर्षित हुनु मन पर्नु तथा प्रेमको पहिलो तह तथा क्रिया हो मन पर्नुमा केहीबेर मात्र टिकिन्छ पछि बिर्सिन्छ किनकी यो  ज्ञान इन्द्रियहरुको सामान्य आकर्षण मात्र हो

 

मायाँ गर्नु’ (I Love…)- यो प्रेमको आपसी समझदारी तथा लेनदेनको तह, क्रिया तथा सम्वन्ध हो मायाँ संसारभरिका प्रेमिप्रेमिका, श्रीमानश्रीमती तथा यस्तै प्रकारको सम्वन्धवीच हुने गर्दछ जसमा धेरै मात्रामा भौतिक पाँच ज्ञान इन्द्रिय तथा कर्म इन्द्रियहरुको सक्रियता तथा प्रत्यक्ष समलग्नता हुन्छ केही मात्रामा छैठौं अन्तर्ज्ञान इन्द्रिय मनको पनि सक्रियता तथा समलग्नता रहेको हुन्छ मायाँ गर्नु एकआपसमा सम्झौता गर्नु हो मायाँको सम्वन्धमा एकआपसका, पारीवारीक तथा सामाजिक आवश्यकताहरुको ख्याल राख्न तथा परिपूर्ति गर्न दुईपक्षवीच सौहार्दपूर्ण समझदारी भएको हुन्छ दुवैपक्ष सम्झौता पालन गर्न राजी भएका हुन्छन् मायाँ नकारात्मक रूपमा गहिरिदै तथा फैलिदै गयो भने यो मोहमा परिणत हुन्छ मोह भनेको , मेरो, मलाई मात्र चाहिन्छ भन्ने आफू केन्द्रित भाव हो धेरै अनुभवहरुले देखाएका छन् मोह अन्धो हुन्छ, मोह स्वार्थी हुन्छ, मोह शंकालु हुन्छ , मोहमा भोगको वृत्ति हुन्छ त्यसैले मोहमा फसेको व्यक्ति राम्रा तथा नराम्रा सबै प्रकारका कर्महरू गर्न तत्पर हुन्छ तर मायाँ सकारात्मक किसिकले गहिरिदै गएको तथा फैलिएको भने यही मोह समर्पण, स्वीकारोक्ति तथा अटल विश्वासमा परिणत हुन्छ एकआपसमा निश्वार्थ समर्पण नै वास्तविक प्रेम हो, दिव्य प्रेम हो, दिव्य भक्ति हो जहाँ पति परेमेश्वर बन्छ पत्नी परमेश्वरी बन्छिन्, आपसमा अटल विश्वास तथा सहज स्वीकारोक्ति हुन्छ सम्बन्धको निरन्तरता जन्म-जन्मको हुन्छ तर मायाँमा समझदारी कायम रहुन्जेल मायाँको क्रिया तथा सम्वन्ध चलिरहन्छ, समझदारी उलंघन भएपछि मायाँको सम्झौता पनि सकिन्छ, बिछोड तथा छोडपत्रमा मायाँको सम्वन्ध टुंगिन्छ यसपछि दुवै एकअर्काप्रति अपरिचित बन्दछन् आजको विश्वमा अधिकांशतः प्रेमको यही तह, क्रिया तथा सम्वन्ध अर्थात मायाँ गर्नुमा सिमित भएको देखिदै आइएको

 

प्रेम गर्नु’ (I Devote…)- वास्तविक प्रेम मन पर्नु तथा मायाँ गर्नु भन्दा विलकुल भिन्न उच्च स्तरको विषय हो जसमा भौतिक पाँच ज्ञान इन्द्रिय तथा कर्म इन्द्रियहरुको सक्रियता तथा प्रत्यक्ष समलग्नता अति कम, छैठौं अन्तर्ज्ञान इन्द्रिय मनको सक्रियता अलि बढि अधिक मात्रामा हृदय, आत्मा अर्थात चेतनाको सक्रियता तथा प्रत्यक्ष समलग्नता हुन्छ यो दिव्य क्षण हुन्छ तसर्थ प्रेमको विषय पूर्णतः विषयातीत, भावातीत तथा इन्द्रियातीत अनुभूतिहरुसंग सम्वन्धित हुन्छन् दिव्य प्रेम एकअर्कोप्रति  निश्वार्थ समर्पण हो, प्रेम सहज स्वीकारोक्ती हो, प्रेम अटल विश्वास हो, प्रेम भक्ति हो, प्रेम शक्ति हो, प्रेम मुक्ति हो दिव्य प्रेम अलौकिकतादिव्यता भव्यताले ओतप्रोत हुन्छ, प्रेम स्वतःस्फुर्त एकआपसको अन्तरआत्मामा घटित हुन्छ विस्तारै भावको माध्यमबाट अवतरित तथा प्रकट हुदै जान्छ क्रमशः हृदयमा, मनमा, आँखामा, तनमा, व्यवहारमा... प्रेममा लेनदेन, लेनदेनको समझदारी तथा कुनै प्रकारको सम्झौता हुदैन; मोह, लोभ, क्रोध, भोगवृत्ति आदिको कुनै गुन्जायसनै हुदैन समर्पित प्रेममा प्रेम प्रदान गर्ने प्रेम प्राप्त गर्ने दुवै पक्षको बराबर जित हुन्छ चाहे यो सम्वन्ध भौतिक होस तथा पराभौतिक होस किनकी प्रेम दिने लिने विषय नै होइन मात्र अलौकिक अनुभूतिको विषय हो जो इन्द्रियातीत, शव्दातीत तथा भावातीत हुन्छ, आत्मा अर्थात चेतनाबाट नै  निसृत हुन्छ भगवान शिवपारवती, विष्णु-लक्ष्मी, सीता-राम, राधाकृष्णको प्रेम एकअर्काप्रति समर्पित वास्ताविक दिव्य प्रेम हो, समर्पण हो, जसमा पतिलाई परमेश्वर पत्नीलाई परमेश्वरीको रुपमा एकअर्कालाई स्वीकार गरिन्छ एकअर्काप्रति पूर्ण समर्पण भाव अटल विश्वास रहन्छ

 


No comments:

Post a Comment