'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Monday, 24 November 2025

मौन साधनाभित्रको साधना ‘नाम जप’, खण्ड -५

लालीगुरांश (डासिर्जना भण्डारी)

 #आध्यात्मिक_साहित्य #जीवन_दर्शन


                               नाम तथा मन्त्र जपका वैज्ञानिक खोजका तथ्यांकहरु


वर्तमान समयमा आरोग्यता प्राथमिक विषय बन्नुपर्छ

स्वामी चिन्मय आनन्दले धेरै अघिनै चिन्ता जाहेर गर्दै एक समारोहमा भन्नु भएको थियो, “आधूनिक समयमा भौतिक विज्ञानमा आधारित चिकित्सकीय उपचार पद्धति, यसका उपकरणहरु तथा औषधिहरु अत्यन्तै विशिष्ठ हुदैगए तर मनुष्यको स्वास्थ्य झन–झन बिग्रीदै गयो ।” वहाँको यो शाश्वत भनाइमा स्पष्ट संकेत रहेको थियो कि समयक्रमसंगै आधूनिकताको नकारात्मक प्रभावका कारण मनुष्यको ज्ञान तथा बुझाई खस्कदै गयो र उनीहरुको जीवनशैली बिग्रिदै गयो । आरोग्यता भनेको केवल स्वास्थ्य उपचार मात्र होइन, यो मनुष्यको आन्तरिक र  वाहिय सबैतिरको सर्वांगीण उपचार तथा विकास गर्ने समष्टि प्रक्रिया हो भन्ने ज्ञान हराउदै गयो र मनुष्यलाई स्वास्थ्य तथा आरोग्यता प्रदान गर्ने अत्याधूनिक उपचार पद्धति, उपकरण तथा उच्च प्रशोधित औषधिहरुले हो भन्ने बुझाई बढ्दै तथा गहिररिदैगयो तर वास्तविकता त्यस्तो होइन, यी त मनुष्यको जीवनमा सहजता प्रदान गर्ने माध्यम तथा सहायक साधनहरु मात्र हुन् । मनुष्यको वास्तविक स्वास्थ्य तथा आरोग्यताको क्षमता स्वयं व्यक्तिभित्र नै छ र आरोग्य जीवन सहि जीवनशैलीबाट मात्र हासिल गर्न सक्दछ र सहि जीवनशैलीको मूलआधार सन्तुलित आहार–विहार–व्यवहार हो । सनातन अध्यात्म दर्शन मनुष्यलाई सरल, सहज, सफल र सुफल किसिमले उत्कृष्ट जीवन जीउन सिकाउने महान कलाको विज्ञान(दी आर्ट अफ लिभिगं) हो ।उत्कृष्ट जीवन जीउने कलाको विज्ञान अनुसार आहार अन्तर्गत सात्विक खाद्य आहारलाई प्रमुख मानिन्छ; विहार अन्तर्गत पर्याप्त व्यायाम तथा योगीक साधना– व्यायाम, योगासन, प्राणायाम, ध्यानलाई प्रमुख मानिन्छ; र व्यवहार अन्तर्गत मानसिक, भावनात्मक तथा चेतनात्मक सन्तुलनलाई प्रमुख मानिन्छ । यी गतिविधि तथा अवस्थाहरुलाई आफू अनुकुल हुनेगरि सहि बनाउन सक्ने सतप्रतिशत नियन्त्रण मनुष्यकै हातमा रहेको हुन्छ । यसर्थ मनुष्य स्वस्थ तथा हरप्रकारले चौतर्फी विकसित आफ्नै सकारात्मक जीवनशैलीका कारणले हुनसक्छ र अस्वस्थ तथा अविकसित आफ्नै नकारात्मक जीवनशैलीका कारणले हुनेगर्दछ, आफूलाई कस्तो बनाउने स्वयं मनुष्यकै हातमा रहेको हुन्छ । 

वरिष्ठ न्युरो सर्जन डा. दिपक चोपडाले भन्नु भएको छ, “आजको मनुष्यलाई विकसित बनाउन अव मनुष्यको जीवनका हरेक आयामहरुमा भौतिक विज्ञान र अध्यात्म विज्ञान दुवैलाई जोडेर एकसाथ अगाडि बढ्नु पर्दछ ।” वहाँ मस्तिष्कको चिकित्सक हुनु भएकोले मनुष्यको जीवन उसले सोचे अनुरुप सहज, सरल, सफल, सुफल, सन्तुलित तथा व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रमुख अंगका रुपमा मस्तिष्कलाई मान्नुहुन्छ र यो सतप्रतिशत सहि ठम्याइ तथा मान्यता हो किनकी मनुष्यको मस्तिष्कसंग उसको जीवनका सबै आयामहरु प्रत्यक्ष रुपमा जोडिएका हुन्छन् । मनुष्यको मस्तिष्क सहि अवस्थामा छ भने उसको जीवन सहज, सन्तुलित तथा व्यवस्थित हुन्छ तर मस्तिष्क सहि अवस्थामा छैन भने उसको जीवन असन्तुलित, अव्यवस्थित तथा अस्तव्यस्त हुन्छ । वर्तमान समयमा खासगरि मस्तिष्कसंग प्रत्यक्ष सारोकार राख्ने मानसिक तथा भावनात्मक अवस्थामा ह्रास आउदै गएको कारण हिजोआज मनुष्यको शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक सबै स्वास्थ्य अवस्था धेरैनै बिग्रीदै गैरहेको छ । आधुनिक चिकित्सा पद्धति जति नै एडभान्स तथा विशिष्टिकृत हुदै गैरहेको भएपनि यसले मनुष्यको बिग्रदो मानसिक तथा भावनात्मक अवस्थाको पूर्ण उपचारमा पर्याप्त काम गर्न सकिरहेको छैन या भनौं यो अवस्थालाई आवश्यकता अनुसार निवारण गर्न तथा थेग्न सकिरहेको छैन किनकी दिनदिनै नयाँ–नयाँ प्रकारका अझ घातक प्रकृतिका अस्वस्थता तथा रोगहरु देखापर्दै आइरहेका छन् जुन आधूनिक चिकित्सा पद्धतिका विशिष्टिकृत प्रविधिहरुको पकडमा आउन सकेका छैनन् । हरप्रयासका वाबजुद अस्वस्थताका वास्तविक कारण र प्रकृति पत्ता लगाउन नसकिएका कारण सहि ढंगले उपचार गर्न नसकिरहेको अवस्था यथार्थ बन्दै गैरहेको छ हाम्रा सामु र समय अगावै धेरै मनुष्यहरुले स्वास्थ्य, जीवनका संभावनाहरु र ज्यानै समेत गुमाउन बाध्य भैरहेका छन् । मनुष्यको जीवनमा यस्ता बुझिनसक्नुका कठिनाइहरु आइपर्नुको मूलकारण सहज, सरल तथा विकसित जीवन जीउन सिकाउने कलाको विज्ञान सनातन अध्यात्म दर्शका जीवनोपयोगी ज्ञानहरुबनट बिमुख भएर आधूनिक बन्ने होडमा आफ्नो आहार–विहार–व्यवहार बिगारेर पुरै जीवनशैली नै अव्यवस्थित तथा अस्तव्यस्त बनाएको कारणले हो । अव्यवस्थित तथा अस्तव्यस्त जीवनशैलीको पहिलो प्रत्यक्ष प्रभाव मनुष्यको मस्तिष्कमा पर्यो र यस्ता अस्वस्थता चुनौति तथा कठिनाइहरु झनझन बढ्दै गए ।

यस्ता अस्वस्थता तथा समस्याहरु मनुष्यको मस्तिष्कसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेका हुन्छन् किनकी मनुष्यका सबै गतिविधिहरु सर्वप्रथम भौतिक तथा अभौतिक तवरले प्रत्यक्ष रुपमा मस्तिकिसंग नै जोडिएका हुन्छन् र मस्तिष्कपछि अरु आयामहरुसंग जोडिन्छन् तर विडम्वना आजका अधिकांश मनुष्यले आफ्नो मस्तिष्कलाई राम्ररी बुझेकै छैनन्, चिनेकै छैनन् र बुझ्ने तथा चिन्ने प्रयास पनि गर्दैनन् ।यसकारण यस्ता चुनौतिहरुको समाधान गरेर मनुष्यको जीवनमा पूर्ण आरोग्यता तथा चौतर्फि विकास हासिल गर्नकालागि सबैभन्दा पहिला मनुष्यलाई सुसुचित तथा जागरुक गर्न आधूनिक भौतिक विज्ञान र सनातन अध्यात्म विज्ञानका विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुको माध्यमबाट उसको मस्तिष्कमा जीवनोपयोगी सकारात्मक सैद्धान्तिक र व्यवहारिक दुवैप्रकारका ज्ञान भर्ने काम गर्नु अत्यावश्यक हुन्छ । अव हरेक मनुष्यले हरप्रकारले आफ्नो जीवन सन्तुलित तथा व्यवस्थित बनाउनका लागि आफ्नो जीवनका हरेक आयामहरुमा भौतिक विज्ञान र अध्यात्म विज्ञानलाई जोडेर एकसाथ अगाडि बढ्नु अत्यावश्यक भएको छ किनकी मनुष्यको उत्कृष्ट तथा सर्वोत्कृष्ट जीवनको मूलरहस्य आध्यात्मिक जीवनशैलीमा नै रहेको कुरा हाम्रा महान पुर्खा ऋषिमुनिहरुले बारबार पुष्टि गरिसक्नु भएकोछ । आध्यात्मिक जीवनशैली अपनाउन अवका दिनहरुमा सनातन अध्यात्मको मूलसारलाई सर्वप्रथम मस्तिष्कको माध्यमबाट बुझ्ने, जान्ने, चिन्ने र अनुशरण गर्ने प्रयास गर्नुपर्दछ र यस प्रक्रियामा अध्यात्म साधनाका विविध प्रक्रिया, विधि तथा पद्धतिहरु मध्य अति विशिष्ट तथा अत्यन्तै प्रभावकारी विधि ‘नाम तथा मन्त्र जप साधना’को अनुशरण गरेर यसका प्रभाव तथा प्रभावकारीता र यसका परिणाम तथा उपलव्धिहरुको सहि विश्लेषणबाट मनुष्यको मस्तिष्कलाई सहि दिशा प्रदान गरेर जीवन र अध्यात्मको गहिराइलाई राम्ररी बुझ्ने र बुझाउने महान कार्यलाई अभियानका रुपमा अगाडि बढाउन ढिलो गर्नु हुदैन किनकी मनुष्यको सांसारिक र पारमार्थि जीवनको सन्तुलित तथा व्यवस्थित विकासमा नाम तथा मन्त्र जप साधनाका वैज्ञानिकतामा आधारित रहेका अनन्त प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव, परिणाम तथा लाभहरु रहेका छन्  


(१) श्वास–प्रश्वासमा नाम जपको प्रभाव र परिणाम   

मनुष्यको स्थुल शरीरको सबैभन्दा माथिल्लो भागमा रहेको मस्तिष्क भौतिक अस्तित्वमा रहेको छ र मनुष्यको शरीरका सबै आयामहरुमा बराबर उपस्थित रहेको श्वास अभौतिक अस्तित्वमा रहेको छ । भौतिक दृष्टिकोणले मनुष्यको जीवनको प्रमुख तथा महत्वपूर्ण अंग मस्तिष्कलाई मानिएको भएपनि मस्तिष्ककै मूलश्रोत श्वास तथा प्राण भएकोले मनुष्यको जीवनमा सबैभन्दा महत्वपूर्ण अंग उसको श्वासलाई मानिएको छ किनकी मनुष्यमा श्वास तथा प्राण छ भने मात्र उसलाई मस्तिष्कको आवश्वकता पर्दछ, श्वास तथा प्राण नभएको मृत मनुष्यलाई मस्तिष्कको आवश्यकता पर्दैन । यसकारण सनातन अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञानले मनुष्यको जीवनलाई हरप्रकारले आरोग्य, विकसित र व्यवस्थित बनाउन उसको श्वासलाई प्रमुख चिकित्सक र मूल व्यवस्थापकको मान्यता प्रदान गरेको छ किनकी श्वासको माध्यमबाट शरीरमा प्रवेश गर्ने अक्सिजन तथा प्राण उर्जाका कारण मनुष्यको शरीरका मस्तिष्क लगायत सबै अंग तथा शरीरका प्रणालीहरु सक्रिय, स्वस्थ, सन्तुलित तथा व्यवस्थित रहन्छन् र सहि ढंगले आ–आफनो काम सुचारु राख्दछन् । यसर्थ मनुष्य जीवनको यतिविधि महत्वपूर्ण अंग श्वासलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्नु अपरिहार्य हुन्छ । विश्वभरि गरिएका अहिलेसम्मका विभिन्न वैज्ञानिक खोज, अध्ययन तथा अनुसन्धानका प्रतिवेदनहरुका अनुसार श्वासलाई शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न केवल सनातन अध्यात्म साधनाका विभिन्न योगीक प्रक्रिया, विधि तथा पद्धतिहरुको माध्यमबाट मात्र सम्भव भएको देखिएको छ । 

अध्यात्म दर्शनको प्रमुख विषय योग विज्ञान अन्तर्गतका सबै योगीक विधिहरुले श्वासलाई सन्तुलनमा राख्न मद्धत गर्दछन् तर यी मध्य पनि प्राणायाम र नाम तथा मन्त्र जप साधनाका विभिन्न प्रक्रिया, विधि तथा पद्धतिहरुले श्वासलाई पूर्णरुपमा शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित राख्न अझबढि र विशेष प्रकारले महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । दैनिक रुपमा कम्तिमा पाँचदेखि दश मिनेट शरीर तताउने, शरीर खुलाउने, शरीर तन्काउने योगासन र केही तिब्र गतिका तथा केही सौम्य गतिका प्राणायामका प्रयोगात्मक अभ्यासहरु गरेर बन्द आँखा, कम्मर–ढाड–गर्धन सिधा राखेर भुईंको आसन तथा कुर्शीमा बसेर, हातलाई ज्ञान मुद्रामा राखेर तथा १०८ दाना भएको माला घुमाएर आफ्नो आराध्यदेवको नाम तथा मन्त्र जप साधना शुरु गरेको करिव तीनदेखि पाँच मिनेटपछि यसको पहिलो सकारात्मक प्रभाव श्वासमा देखापर्न प्रारम्भ हुन्छ, श्वास विस्तारै मन्द हुदैजान्छ र ढिलो चल्न थाल्छ । श्वास मन्द भएर ढिलो चल्न थालेपछि शरीरमा इडा नाडी तथा प्यारा सिम्पथेटिक नर्भ सक्रिय हुन थाल्छ । इडा नाडी तथा प्यारा सिम्पथेटिक नर्भ सक्रिय भएपछि मनुष्यको शरीर, मन, भाव, चेतनामा विस्तारै शितलता, आराम, शान्ति तथा आनन्दको संचार हुन प्रारम्भ हुन्छ । शितलता, आराम, शान्ति तथा आनन्दको अनुभूतिसंगै मनुष्यका विचार तथा भावनात्मक संवेगहरु पनि क्रमिक रुपमा कम हुदै जान्छन् र विस्तारै विचार तथा भाव शुन्यताको अवस्था घटित हुन्छ । यो अवस्थामा मनुष्य जीवनको मूल चिकित्सक तथा प्रमुख व्यवस्थापक श्वास शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुदै जान्छ । श्वास पूर्ण सक्रियतामा आएपछि अव यसले मनुष्यको शरीर, शरीरका सबै आन्तरिक तथा वाहिय अंगहरु र शरीरका सबै प्रणालीहरु, मन, भाव, आत्मा अर्थात चेतनामा भएका सबै अस्वस्थता, विचलन नकारात्मकता तथा अव्यवस्थाहरुलाई व्यवस्थित गर्न तथा पूनरनिर्माण(रिपेयरिगं) गर्न प्रारम्भ गर्दछ । अव विस्तारै मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरुमा हरप्रकारले सन्तुलन आउन थाल्छ र विस्तारै मनुष्यका जीवनका सबै आयामहरु शुद्ध, स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुदै जान्छन् किनकी मनुष्यका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै प्रकारका समस्या, असन्तुलन, अव्यवस्था तथा अस्तव्यस्तताहरु उसको श्वासको गति तथा लय सहि नभएर आएका हुन् । यो वैज्ञानिक तथा प्रामाणिक तथ्य हो, यस सन्दर्भमा विश्वभरि नै सनातन अध्यात्म विज्ञान, आधूनिक भौतिक विज्ञान, चिकित्सा विज्ञान, मनोचिकित्सा विज्ञान, मनोविज्ञान, योगी, सन्त, भिक्षु, स्थापित वैज्ञानिक, चिकित्सक, लेखक तथा सम्वन्धित संघ-संस्थाहरुले गरेका वैज्ञानिकतामा आधारित प्रयोगात्मक खोज, अध्ययन तथा अनुसन्धानहरुले धेरै प्रामाणिक तथ्यांकहरु वाहिर ल्याइसकेका छन् । 

(२) स्नायु प्रणालीमा नाम जपको प्रभाव र परिणाम

योगीक साधना र नाम तथा मन्त्र जप साधनाका क्रममा समय लम्बिदै गएपछि श्वास मन्द भएर ढिलो चलेसंगै इडा नाडी तथा प्यारा सिम्पथेटिक नर्भ सक्रिय भएर विचार तथा भावनात्मक संवेगहरु पनि कम भएपछि मस्तिष्कको चल्ने गति तथा लय पनि स्वतः सुस्त हुदै जान्छ र मस्तिष्कमा चल्ने वेभहरुको रिदम तथा लयमा परिवर्तन आउन प्रारम्भ हुन्छ । मस्तिष्कका वेभहरु तिब्रगतिबाट सुस्तगतिमा रुपान्तरण हुदै जान्छन् क्रमशः मस्तिष्कको गति विटा वेभबाट अल्फा वेभमा रुपान्तरण हुन्छ, अल्फा वेभबाट थिटा वेभमा रुपान्तरण हुन्छ र थिटा वेभबाट डेल्टा वेभमा रुपान्तरण हुन्छ । मस्तिष्क थिटा वेभमा चल्न थालेपछि मस्तिष्कमा वाहिरी तथा आन्तरिक चोटपटक, अतिविचार, पिडा, तनाव आदि कारणले बिग्रीएका, छरिएका, चुडिएका तथा नष्ट भएका साना-सना तन्त्रिकाहरु एकआपसमा जोडिन तथा पुनरनिर्मित हुनथाल्छन्, नयाँ-नयाँ तन्त्रिकाहरु बन्न थाल्छन् अर्थात मस्तिष्कमा पुनरनिर्माणको प्रक्रिया प्रारम्भ हुन्छ र सबै स्नायुहरु रिबिल्ट, रिपेयरिंग, रिकभर, रिफ्रेस हुुन थाल्छन् । मस्तिष्कमा वेभहरुका रिदम तथा लय सन्तुलनमा आएपछि मस्तिष्क र मुटुको सहसम्वन्ध तथा कोहेरेन्स पनि एकै रिदममा चल्न थाल्छ तथा मनुष्यको मन र अन्तरहृदयको आवाज विचको अन्तरद्वन्द समाप्त हुन्छ र यी दुवैको भाव तथा नियतममा एकरुपता आउछ, मनष्य सत्यता, पारदर्शीता, न्यायतर्फ उन्मुख हुदैजान्छ । । यस्तो अवस्थामा साधकमा शारीरिक स्थिरता, मानसिक एकाग्रता, भावनात्मक शान्ति र आत्मिक अर्थात चेतनात्मक सचेतता तथा जागरण बढ्दै जान्छ र उभित्र विस्तारै आध्यात्मिकताको विकास हुन प्रारम्भ हुन्छ । 

दैनिक रुपमा मनुष्यको सक्रिय जीवनकालागि मस्तिष्कको अगाडि पट्टि निधारको भागमा रहेको उसको विवेकशील मस्तिष्क(र्यास्नल ब्रेन तथा प्रिफ्रन्टल कोरटेक्स्ट) अत्यन्तै महत्वपूर्ण र अत्यावश्यक हुन्छ पछाडिको भावनात्मक मस्तिष्क (इमोसनल ब्रेन तथा लिम्विक ब्रेन)को तुलनामा । विवेकशील मस्तिष्क चलेको समयमा भावनात्मक मस्तिष्क स्वतः निश्क्रिय रहन्छ र भावनात्मक मस्तिष्क चलेको समयमा विवेकशील मस्तिष्क स्वतः निश्क्रिय रहन्छ । विवेकशील मस्तिष्कबाट ज्यादा संचालित तथा प्रेरित व्यक्ति अधिकांश समय साक्षी भाव तथा वर्तमानमा रहने हुनाले उसको जीवन सहज हुन्छ तर भावनात्मक मस्तिष्कबाट ज्यादा संचालित तथा प्रेरित व्यक्तिको जीवनमा बढि चुनौति तथा कठिनाइहरु आउछन् किनकी भावनात्मक मस्तिष्क चेलेको अवस्थामा व्यक्ति कि विगतका स्मृतिहरुमा कि भविश्यका कल्पनाहरुमा हराएको हुन्छ जुन वास्तविक जीवन होइन, वास्तविक जीवन केवल वर्तमान हो, तसर्थ जो व्यक्ति अधिकांश समय वर्तमान तथा साक्षी भावमा रहन्छ उसको जीवनका सबै आयामहरु स्वतः स्वस्थ, सक्रिय, सन्तुलित तथा व्यवस्थित हुदै जान्छन् । अध्यात्म साधनाका सबै प्रक्रिया, विधि तथा पद्धतिहरुले विवेकशील मस्तिष्कलाई स्वस्थ, सक्रिय र सन्तुलनमा राख्न मद्धत गर्दछन्, ती विधिहरुमध्य खासगरि नाम तथा मन्त्र जप साधनाले मस्तिष्कको निधार पट्टिको भाग तथा विवेकशील मस्तिष्कमा उल्लेख्य सकारात्मक परिवर्तनहरु ल्याउन मद्धत गर्दछ । मनुष्य यदि विवेकशील मस्तिष्कबाट बढि प्रेरित तथा प्रभावित छ भने उसको जीवनमा हरवखत सकारात्मक गुण, राम्रा बानी, सिर्जनशील कर्महरुको विकास भैरहन्छ । विवेकशील मस्तिष्क सक्रिय, स्वस्थ, सन्तुलित छ भने जीवनप्रति व्यक्तिको दृष्टिकोण सकारात्मक बन्दैजान्छ, सारा कुराहरुलाई साक्षी भएर हेर्ने तथा विश्लेषण गर्ने क्षमता र बुझाईको दायरा बढ्दै जान्छ र उभित्र जीवनका चुनौतिहरुलाई अवसरमा बदल्ने क्षमताको विकास हुदै जान्छ । मनुष्यको विवेकशील मस्तिष्कलाई सक्रिय, स्वस्थ, सन्तुलित राखिराख्न अध्यात्म साधना र थिटा वेभको अवस्था बाहेक अरु कुनै विकल्पनै छैन । नाम तथा मन्त्र जप साधनाबाट सजिलै मस्तिष्कलाई थिटा वेभको स्टेट तथा अवस्थामा पुर्याउन सकिन्छ । 

मस्तिष्कको स्क्यान गर्दा तथा फोटो खिच्दा मस्तिष्कमा विचारहरु चल्दा स्नायु प्रणालीमा फायरिंग भएर उत्पन्न भएका इलेक्ट्रो मेग्नेटिक तरंग तथा वेभका चार तहहरु- विटा, अल्फा, थिटा, डेल्टाको गति हर्जमा मापन गरिन्छ । पाँचौं अझ सुन्दर वेभ पनि बन्नसक्छ मनुष्यको मस्तिष्कमा त्यो हो ‘गामा’ । मनुष्यको मस्तिष्कमा एकपटक गामा वेभ बन्यो भने उसको जीवन पूर्णतः सकारात्मकता र सिर्जनशीलतामा रुपान्तरण हुन प्रारम्भ हुन्छ । गामा सबैभन्दा उच्च तरंग भएको वेभ हो र यो अवस्था मस्तिष्कमा केवल अध्यात्म साधना– योगासन, प्राणायाम, मौन साधना, गहन एकाग्रता, गहन ध्यान साधना, नाम तथा मन्त्र जप साधनाबाट मात्र निर्माण हुन सक्दछ । यो अवस्थामा मनुष्यको मस्तिष्कमा अत्यन्तै गहन एकाग्रता र सिर्जनशीलता आउछ र मनुष्यको जीवनमा उच्चतम विकासको श्रींखला प्रारम्भ हुन्छ किनकी यस्ता व्यक्तिहरुले चमत्कार गर्दछन् आफ्नो जीवनकालमा । वैज्ञानिक तथा आविस्कारकहरु, साहित्यकाहरु, मेमोरी च्यालेन्जरहरु तथा सबै प्रकारका गीनिज बुक रेकर्ड राख्ने यस्तै व्यक्तिहरुले हो । जीवनमा ठूलो जिम्मेदारी भएका मनुष्यहरुको मस्तिष्कमा सामान्य मनुष्यहरुको जीवनमा भन्दा कयौं गुणा बढि दबाव, तनाव तथा चिन्ता हुन्छ र पनि उनीहरु आफू, आफ्ना सम्वन्धहरु, पेशा, व्यवसाय, जिम्मेदारीहरु सबै कुशलतापूर्वक निभाइरहेका हुन्छन् र आफ्नो व्यक्तिगत, पेशागत, पारिवारिक जीवनलाई सन्तुलनमा राख्न सक्षम हुन्छन्, यसकासाथै समाज, देश, विश्व तथा प्रकृतिको लागि समेत सर्वकल्याणका कामहरु गरिरहेका हुन्छन् किनकी उनीहरुको जीवनशैली सनातन अध्यात्म साधना अनुसार चलेको हुन्छ हरप्रकारले सन्तुलित लयमा । वैज्ञानिकतामा आधारित प्रयोगात्मक खोजका तथ्यांकहरुले देखाए अनुसार नियमित योगासन, प्राणायाम, मौन साधना, ध्यान साधना, नाम तथा मन्त्र जप साधना गर्ने साधकहरुको मस्तिष्कमा थिटा र गामा वेभ बनिरहन्छन् र उनीहरु जीवनलाई सहज ढंगले व्यवस्थापन गर्न सक्षम हुन्छन् ।   
 
वैज्ञानिकतामा आधारित धेरै प्रयोगात्मक अध्ययनहरुमा निष्ठापूर्वक निरन्तर १५–२० वर्ष अध्यात्म साधना गरेका साधकहरुको निधार पट्टिको भागको विवेकशील मस्तिष्कमा गजबको मजबुति र सकारात्मक विशेषताहरु रहेको र सामान्य मनुष्यहरुको भन्दा निकै राम्रो तथा फरक अवस्था रहेको पाइएको थियो । योगी, सन्त, भिक्षु तथा अध्यात्म साधकहरुको मस्तिष्कको यो भागका विशेषताहरु सामान्य मनुष्यहरुको भन्दा- (१)बाक्लो, (२)एकाग्र, (३)योजनावद्ध, (४)उच्च तहको प्रशोधन क्षमता, (५)उच्च तहको व्यवस्थापन क्षमता, (६)उच्चस्तरको सोच, विचार, भाव, आचरण, कर्म, जीवनशैली र व्यतित्व, नेतृत्व, वुद्धत्व आदि हरप्रकारले अव्वल पाइएको थियो तर अध्यात्म साधना नगर्ने मनुष्यहरुको विवेकशील मस्तिष्क पातलो, कमजोर, अस्वस्थ, निष्क्रिय, असन्तुलित तथा अव्यवस्थित रहेको पाइएको थियो । जतिसक्दो सानो उमेरमा मनुष्यको मस्तिष्कमा ग्रहणशीलताको क्षमता ज्यादा हुनेहुनाले नाम तथा मन्त्र जप साधनाको सबैभन्दा राम्रो प्रभाव तथा परिणाम बच्चा बेलाको उमेरमा आउने धेरै प्रयोगात्मक अभ्यासका व्यवहारिक अनुभवहरुले देखाएका छन् । साधनाको सकारात्मक प्रभावका कारण मस्तिष्क समवेदनशील, सक्रिय भएपछि मनुष्यको अध्ययन, पेशा, व्यवसाय, सम्वन्ध, कर्म, सोच, विचार सबै राम्रो तथा सहज, सरल, सफल बन्दै जान्छन् र उसको जीवन हरप्रकारले व्यवस्थित बन्दै जान्छ । यसर्थ मनुष्यको जीवनमा आफूले चाहे अनुसारको विकास ल्याउन र जीवनलाई हरप्रकारले व्यवस्थित राख्नकालागि नाम तथा मन्त्र जप साधना अत्यन्तै महत्वपूर्ण, प्रभावकारी, परिणाममुखी, उपलव्धिमूलक र शक्तिशाली प्रक्रिया, विधि तथा पद्धतिका रुपमा मानिदै आइएको हो । 

(३) भेगस नर्भमा नाम जपको प्रभाव र परिणाम

मनुष्यको सुक्ष्म शरीरमा तीन प्रकारका प्रमुख नाडी(इनर्जी च्यानल्स)हरु– (१)इडा, (२)पिंगला, र (३)सुषुम्ना रहेका छन् र स्थुल शरीरमा यिनै नाडीहरुको प्रतिनिधित्व गर्ने तीन प्रकारका प्रमुख नशा(नर्भस)हरु– (१)प्यारा सिम्पथेटिक, (२)सिम्पथेटिक, र (३)भेगस रहेका छन् । मनुष्यको जीवनका सबै आयामहरु विकसित र व्यवस्थित हुनमा भेगस नर्भ तथा सुषुम्ना नाडीको भूमिकालाई अत्यन्तै महत्वपूर्ण मानिन्छ । भेगस नर्भ मनुष्यको शरीरको सबैभन्दा लामो र अत्यन्तै प्रभावशाली नर्भ हो किनकी यो मस्तिष्कबाट शुरु भएर शरीरका मुटु, फोक्सो, पाचन क्रिया, कलेजो, मृगौला, युटेरस, टेस्टिस, प्रजनन् अंगहरु हुदै गोडाका औंलाहरुसम्म पूरै शरीरभरि फैलिएको हुन्छ । भेगस नर्भ शरीरको प्रमुख संचार वाहक हो, यसले शरीरका कुनैपनि अंगहरुमा आएका हरेक साना–ठूला परिवर्तन तथा अवस्थाहरु मस्तिष्कलाई सुसूचित गर्ने हुनाले भेगस नर्भमा आएका सामान्य सकारात्मक तथा नकारात्मक परिवर्तनहरुले मनुष्यको पूरै शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरुमा प्रत्यक्ष रुपमा प्रभाव पार्दछन् । आधूनिक चिकित्सा विज्ञानका अनुसार भेगस नर्भ मनुष्यको शरीर, मन, भावमा भएका सबै प्रकारका अस्वस्थता तथा विषाक्तताहरुलाई सफा गर्ने प्रमुख अंग भएकोले भेगस नर्भ सक्रिय र सन्तुलित भएको अवस्थामा शरीरमा शितलता, आराम, सुख, खुशी, शान्ति, आनन्दको संचार भएको महसुस हुन्छ । तर वर्तमान समयमा आन्तरिक तथा वाहिय विभिन्न कारणहरुले अधिकांश मनुष्यको जीवन अत्यन्तै तनावपूर्ण रहने गरेकोछ र तनावले सबैभन्दा पहिला यी प्रमुख तीन नर्भ तथा नाडीहरुमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछ । तनावलाई मनुष्यको मस्तिष्कले खतरा तथा चुनौतिका रुपमा बुझ्दछ र यो अवस्थामा मस्तिष्कले खतराको सामना गर्न अत्यावश्यक पर्ने कोर्टीसोल र एडर्नलिन स्ट्रेस हर्मोन तथा रसायन धेरै मात्रामा उत्पन्न गर्दछ । यी रसायनले शरीर, मन, भावमा रहेका सबै उर्जालाई एकत्रित गरेर क्रमिक रुपमा शरीरमा ताप बढाएर, रक्तसंचार बढाएर, मुटुको धड्कन बढाएर, श्वास–प्रश्वासको गति बढाएर तथा छोटो पारेर, शरीरमा पसिना निकालेर, मनमा प्रतिशोध, क्रोध, जोस तथा हिम्मत बढाएर आदि हरप्रकारले शरीरलाई कि खतरासंग बलपूर्वक भिड्न कि खतराबाट बलपूर्वक भाग्न तयारी अवस्थामा राख्दछ । तर आजको उच्च भौतिक विकास भएको समयमा मनुष्यको जीवनमा शारीरिक बल प्रयोग गरेर भिड्नु पर्ने तथा भाग्नु पर्ने वास्तविक खतरा तथा असुरक्षाका अवस्थाहरु छैनन् । मनुष्यले वर्तमान समयमा महसुस गरिरहेका खतरा तथा चुनौतिहरु वास्तविक होइनन्, मनले कल्पना गरेका नक्कली हुन् अर्थात वनको बाघ होइनन् मनको बाघ हुन् जो कहिल्यै वाहिर आउदैनन् तर भित्रभित्रै मनुष्यलाई खाइरहेका र खोक्रो पारिरहेका हुन्छन् । यी सबै अवस्थाहरु मनुष्यको अस्वस्थ जीवनशैली तथा उसको अस्तव्यस्त आहार–विहार–व्यवहारका कारण खराव तथा नकारात्मक मनोदशा तथा भावदशाहरुले कल्पना गरेर बनाएका कपोलकल्पित भ्रमहरु हुन् । वास्तविक खतरा तथा असुरक्षाका चुनौतिहरु केही समयपछि टल्छन् र शरीर पहिलाकै सामान्य अवस्थामा आउछ तर मानसिक तथा काल्पनिक खतराहरु कहिल्यै पनि टल्दैनन् र उसको मानसिकतामा घर जमाएर स्थाइ रुपमा बसिरहन्छन् । हिजोआजका मनुष्यको दैनिक जीवनशैली बिगार्ने, अव्यवस्थित तथा अस्तव्यस्त बनाउने सबैभन्दा प्रमुख कारक सामाजिक संजालहरु बनेका छन्, यिनैले मनुष्यको मानसिकतामा मनको बाघ जन्माइरहेका छन् र मनुष्यको मस्तिष्कलाई नक्कली असुरक्षाको वोध दिरहेका छन् हरपल भिड्न र भाग्न तयारी अवस्थामा राखेर । जतिबेला पनि भिड्न र भाग्न तयारी अवस्थामा रहदा यस्तो परिस्थितिमा शरीरका प्रमुख नर्भस, नाडीहरु तथा शरीरका महत्वपूर्ण अंग र प्रणालीहरु पर्याप्त उर्जाको कमीका कारण कमजोर हुदै जान्छन् र यसको प्रत्यक्ष नकारात्मक प्रभाव मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरुमा देखिन्छन् अस्वस्थता तथा असन्तुलनका रुपमा । 

हरपल भिड्ने तथा भाग्ने अवस्थामा रहदा शरीरमा सिम्पथेटिक नर्भ तथा पिंगला नाडी चाहिने भन्दा बढि सक्रिय अवस्थामा रहिरहन्छ र यहिनै अस्वस्थता र असन्तुलनको प्रारम्भिक अवस्था हो । यही अवस्था बढ्दै जाने क्रममा मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा विभिन्न प्रकारका अस्वस्थता, बिमारी तथा समस्याहरु देखापर्दै जान्छन् । जतिबेर पनि शरीर तातिरहनु, रक्तसंचारको गति बढिरहनु तथा आवश्यक भन्दा कम हुनु, मुटुको धड्कन बढिरहनु, श्वास–प्रश्वासको लय छोटो तथा असन्तुलित भैरहनु, पसिना आइरहनु, जतिबेर पनि भिड्ने तथा भाग्ने मनोदशामा रहिरहनु जस्ता अवस्थाहरुले निरन्तर मनुष्यमा चन्चलता, बेचैनी, अशान्ति, असन्तुलन, अस्थिरता, अस्तव्यस्तता बढाइरहन्छ र तनाव तथा चिन्ताको अवस्था बनाइरहन्छ । तनाव तथा चिन्ता नै सबै अस्वस्थता, रोग, असन्तुलन तथा अस्तव्यस्ताहरुको जननी हो र यही नै आजका अधिकांश मनुष्यहरुको वास्तविक अस्वस्थता तथा रोग हो । लगातार तनावको अवस्थामा शरीरको सिम्पथेटिक नर्भ अति सक्रिय रहने हुनाले विस्तारै यो असन्तुलित तथा कमजोर हुदै जान्छ । सिम्पथेटिक नर्भ असन्तुलिन तथा कमजोर भएको अवस्थामा शारीरिक स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्ने रक्तचापको गति, मुटुको धड्कन, श्वास–प्रश्वासको लय, स्नायु प्रणाली, पाचन प्रणालीमा अस्वस्थता, असन्तुलन तथा समस्याहरु आउन प्रारम्भ हुन्छन् । शरीरका नियमित क्रियाकलापहरुमा अस्वस्थता, असन्तुलन तथा समस्याहरु देखिन थालेपछि यस्तो बिग्रदो अवस्थाले प्यारा सिन्पथेटीक नर्भ तथा इडा नाडीलाई असन्तुलित तथा कमजोर बनाउछ तथा नकारात्मक प्रभाव पार्दछ । सिन्पथेटीक र प्यारा सिन्पथेटीक नर्भस कमजोर तथा असन्तुलित भएको अवस्थामा स्वतः भेगस नर्भ तथा सुषुम्ना नाडी पनि अस्वस्थ, असन्तुलित तथा कमजोर हुन्छ । भेगस नर्भ स्वस्थ तथा सन्तुलित छैन भने मनुष्यको स्वास्थ्य, शरीर तथा जीवनका समग्र आयामहरुमा अस्वस्थता, असन्तुलनता, अव्यवस्था तथा समस्याहरु देखापर्न थाल्छन् र यो अवस्था बढ्दै जाँदा मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अवस्थाहरु क्रमशः बिग्रिदै जान्छन् र उसको जीवननै कष्टकर बन्दै जान्छ किनकी यो अवस्थाले भेगस नर्भमा भारी नोक्सान गर्दछ, अस्वस्थ बनाउछ र शरीरको सूचना प्रणाली र प्रतिरोधात्मक क्षमता नै पूरै ध्वस्त बनाइदिन्छ ।

अध्यात्म साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुले सिम्पथेटिक र प्यारा सिम्पथेटिक नर्भ तथा पिंगला र इडा नाडीलाई सन्तुलित गर्न मद्धत गर्दछन् । सिम्पथेटिक र प्यारा सिम्पथेटिक नर्भस सन्तुलित र सक्रिय भएपछि यो अवस्थामा भेगस नर्भ तथा सुषुम्ना नाडी स्वतः सन्तुलित हुन थाल्छ । अध्यात्मका योगीक साधना तथा नाम तथा मन्त्र जपको समय बढ्दै र ध्यानमा एकाग्रता गहिरिदै गएपछि तीनवटै नर्भस सिस्टम तथा नाडीहरु विस्तारै सन्तुलित र सक्रिय हुदै जान्छन् । तीनवटै नर्भस सिस्टम सन्तुलित र सक्रिय हुदै गएपछि मनुष्यको मस्तिस्कमा अस्थिरता, चन्चलता, बेचैनी, तनाव गराउने विटा वेभको गति विस्तार घट्दै अल्फा, थिटा, डेल्टामा रुपपान्तरण हुन्छ र यो अवस्थामा मस्तिष्कमा सकारात्मक तथा खुशीका रसायनहरु(ह्याप्पि हर्मोन्स– अक्सिटोसीन, डोपामीन, सेरोटोनीन, एन्डोर्फिन्स) उत्पन्न हुन थाल्छन् । खुशीका रसायनहरु उत्पन्न हुनथाले पछि तनावका रसायनहरु(स्ट्रेस हर्मोन्स– कोर्टिसोल, एडर्नलिन) उत्पन्न हुन स्वतः कम हुन्छन् र विस्तारै बन्द हुन्छन् । यो अवस्थामा मनुष्य तनावमुक्त शान्त अवस्थामा रहन्छ र उसको शरीर पुनरनिर्माण तथा रिपेयरिगं तथा हिलिंगको अवस्थामा प्रवेश गर्छ र अध्यात्म साधनालाई निरन्तरता दिदै गएपछि उ विस्तारै पूर्णरुपमा स्वस्थ हुन्छ र उसको जीवन सन्तुलित तथा व्यवस्थित हुदै जान थाल्छ । यसकासाथै योजनावद्ध किसिमले पर्याप्त व्यायाम, योगासन, प्राणायाम, षटक्रिया, मुद्रा, बन्द, मौन साधना, धारणा तथा ध्यान साधना, नाम तथा मन्त्र जप साधना, व्रत, प्राकृतिक चिकित्सा, प्रकृति चिकित्सा, मर्म चिकित्सा तथा मालिस, ध्वनि चिकित्सा, सुगन्ध चिकित्सा, सकारात्मक आत्म सन्देश, प्रेम-दया-करुणा-सेवाका भाव, औषधिय वनस्पतिको चिया तथा सात्विक भोजनको सेवन आदि गतिविधिहरुलाई सन्तुलित रुपमा आवश्यकता अनुसार जीवनमा अनुशरण गरियो भने तीनवटै प्रमुख नर्भस तथा तीनवटै प्रमुख नाडीहरुलाई सन्तुलित र सक्रिय बनाएर संधै स्वस्थ, सक्रिय र व्यवस्थित जीवन जीउन सकिन्छ ।


(४) शरीरका रसायनमा नाम जपको प्रभाव र परिणाम

मनुष्यको शारीरिक, मानसिक तथा भावनात्मक सबै अवस्थाहरु उसको स्थुल शरीरमा रहेका प्रमुख सात ग्रन्थीहरु(गोनाड्स, एडरनलिन, पेनक्रियाज, थाइमस, थाइरोइड, पिटियोटरी, पिनियल) जसले मनुष्यको सुक्ष्म शरीरमा रहेका प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)को प्रतिनिधित्व गर्दछन्, यिनै ग्रन्थीहरुबाट उत्पन्न हुने ग्रन्थी रसायन तथा हर्मोन्सद्वारा संचालित, निर्देसित तथा नियन्त्रित हुन्छन् । केही रसायनहरु मनुष्यको मस्तिष्कमा बन्दछन्, केही पेटमा बन्दछन् र केही दुवैतिर बन्दछन् । मनुष्यको जीवनका हरेक आयामहरुमा प्रत्यक्ष प्रभाव पार्ने रसायनका दुईप्रकार रहेकाछन्– (१)खुशी उत्पन्न गर्ने रसायन तथा हयाप्पि हर्मोन्स, र (२)तनाव उत्पन्न गर्ने रसायन तथा स्ट्रेस हर्माेन्स । खुशी उत्पन्न गर्ने रसायनहरु– अक्सिटोसिन, डोपामीन, सेरोटोनीन, एन्डोर्फिन्सले मनुष्यको जीवनमा सुख, खुशी, शान्ति, आनन्द, सकारात्मक सोच, विचार, भाव, सर्वकल्णका कर्म, राम्रो मनोदशा, प्रेम तथा सेवायुक्त भावदशा, दया तथा करुणाको भाव, सिर्जनशीलता, नवीनता, सतकर्म आदि अवस्थाहरु ल्याउदछ । तनाव उत्पन्न गर्ने रसायनहरु– कोर्टिसोल, एडर्नलिनले जीवनमा आइपर्ने चुनौति, असुरक्षा तथा खतराका अवस्थाहरुको सामना गर्न शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक बल प्रदान गर्दछन् । यी रसायनहरुलाई 'तनाव' जस्तो नकारात्मक नामले सम्वोधन गरिएको भएपनि सन्तुलित तथा व्यवस्थित जीवनकालागि यिनको अत्यन्तै महत्वपूर्ण भूमिका रहने गर्दछ । वर्तमान समयका मनुष्यहरुको जीवनयापनमा मानव सभ्यता प्राचीन तथा मध्य युगमामा जस्तो उति वाहिरी चुनौति, असुरक्षा तथा खतराको अवस्था नहुने र अवको सुविधा सम्पन्न जीवनमा यस्ता चुनौति, असुरक्षा तथा खतराका अवस्थाहरु विरलै आउने हुनाले यस्ता रसायनहरु शरीरमा उत्पन्न भैराख्दा यिनले शरीर, मन, भाव तथा चेतनामा निरन्तर तनाव उत्पन्न गराइरहने हुनाले हुनाले यिनलाई तनाव रसायन भनिएको हो तर सन्तुलित तथा व्यवस्थित जीवनका लागि यी दुवै नभैनहुने अति आवश्यक रसायनहरु हुन् । खुशी र तनाव उत्पन्न गर्ने दुवै रसायनहरुको समिश्रणबाट नै हरेक मनुष्यको जीवन सहज, रमाइलो र महत्वपूर्ण ढंगले अगाडि बढ्दछ किनकी दुःखले खुशीको चाहना र महत्वको मूल्य बढाउछ र सुखले दुःखको तोरा नाप्न र जीवनमा सहजता, सुख, खुशी, शान्ति, आनन्द बनाइराख्न उपयुक्त किसिमले अठोटपूर्ण, संकल्पकृत तथा योजनावद्ध भएर अगाडि बढ्न सिकाउछ तथा मद्धत गर्दछ । यसैकारण दुःख तथा संघर्षपछि हासिल भएको जीवनको उपलव्धिमा अधिक खुशी मिल्दछ किनकी दुःख नै सुखको जननी हो, दुःखले खुशीको गुणस्तरमा बढोत्तरी ल्याउदछ । जीवनमा दुःख छैन भने सुख पनि हुदैन, अझ कतिपय अवस्थामा त त्यही सुख नै बनावटी दुःख बनिदिन्छ वास्तविक दुःखको अभावका कारण । सुखनै दुःख बदलिएको कारण सम्पन्न जीवनशैली भएकाहरु जीवनबाट हार्दछन् तर दुःखलाई सुखमा बदल्न हिम्मत राख्नेहरु जीवनमा अगाडि बढ्दछन् । 

मनुष्यको जीवनका सबै आयामहरुको आरोग्यताको सबैभन्दा ठूलो रहस्य तथा कडि उसको जीवनको खुशीमा छिपेको तथा खुशीसंग जोडिएको हुन्छ । खुशीमा जीउनकालागि परमात्माले मनुष्यको शरीरमा विभिन्न प्रकारका रसायनका कारखानाहरु राखिदिएको छ । यी रसायनहरु एकसाथ मनुष्यको शरीरमा पर्याप्त मात्रामा उत्पन्न भए भने मनुष्यको जीवनका शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक सबै प्रकारका चुनौति, कठिनाइ, समस्या तथा अस्वस्थताहरु सहजै दुर हुन्छन् र उसको जीवन सहज तथा व्यवस्थित हुन्छ किनकी यी रसायनहरुमा मनुष्यको जीवनका सबै असहज अवस्थाहरु सहि गर्नसक्ने अदम्य क्षमता रहेको हुन्छ । यी रसायनहरु सहि समयमा आवश्यक मात्रामा उत्पन्न भएका र शरीरमा सन्तुलित अवस्थामा रहेका छन् भने मनुष्य कहिल्यै बिरामी हुदैन र उसको जीवनमा कहिल्यै खासगरि आन्तरिक अप्ठ्यारा तथा चुनौतिहरु आउदैनन् वाहिर अरुले घटाउने दुर्घटना, वाहिरी चोटपटक तथा सरुवा समस्या तथा रोगहरु बाहेक । वाहिरी अप्ठ्यारा तथा समस्याहरुसंग पनि प्रतिरोध गर्ने, चाँढै निको पार्ने तथा सहजै त्यस्ता चुनौतिहरुको सहि व्यवस्थापन गरेर वाहिर निस्कन सक्ने प्रतिरोधात्मक क्षमता पर्याप्त हुन्छ । मनुष्यको जीवनमा यस्तो उत्साह र प्रेरणाको अवस्था खुशी उत्पन्न गर्ने रसायनहरुले प्रदान गर्दछन् । खुशी उत्पन्न गर्ने रसायनहरुको पर्याप्त सक्रियता तथा सन्तुलनतामा शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा क्रोनिक अस्वस्थता, रोग, समस्या तथा तनावका अवस्थाहरुको विकास हुन पाउदैन तथा त्यस्ता असहजताहरुले टाउको उठाउन सक्दैनन् । मनुष्यको खुशी र आन्तरिक विश्वासले केवल रोगहरु मात्र ठिक गर्दैन, यसले आफूभित्र यस्तो एउटा अदभूत आन्तरिक शक्ति र दृढ विश्वासको अवस्थाको सिर्जना गर्नसक्छ जसका कारण उसलाई शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक कुनै प्रकारका बिमारी तथा समस्याहरु कहिल्यै पनि आइपर्दैनन्, आइहाले पनि उसंग पर्याप्त प्रतिरोधात्मक क्षमता विद्यमान हुनेहुनाले सजिलै प्रतिकुलताको सामना गर्न र त्यसलाई अनुकुलतामा रुपमान्तरण गर्न सक्दछ । मनुष्यको जीवनमा सुखद अवस्था ल्याउन योगदान पुर्याउने यस्ता रसायनहरुको सन्तुलित उत्पादनमा अध्यात्म साधनाका सबै प्रक्रिया, विधि तथा पद्धतिहरुको महत्वपूर्ण भूमिका तथा योगदान रहेको हुन्छ । निष्ठापूर्वक जीवनमा अनुशरण गरिएका योग साधना, मौन साधना, ध्यान साधना, नाम तथा मन्त्र जप साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुको माध्यमबाट मनुष्यको श्वास–प्रश्वास, स्नायु प्रणाली, नर्भस सिस्टम तथा नाडी प्रणाली साथै शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्म सबै अवस्थाहरु सकारात्मक सक्रिय, सन्तुलित तथा व्यवस्थित भएपछि यी सकारात्मक अवस्थाहरुको सकारात्मक प्रभावका कारण मनुष्यको शरीरमा उत्पन्न हुने यी अत्यन्तै महत्वपूर्ण खुशी उत्पन्न गर्ने रसायनहरुमा पनि स्वतः सन्तुलन तथा व्यवथापन आउछ र मनुष्यको जीवन हरप्रकारले सहज, सक्रिय, स्वस्थ, सन्तुलित तथा व्यवस्थित बन्दै जान्छ र यस्तो अवस्थामा स्वतः उसको जीवनमा क्रमिक रुपमा आध्यात्मिक विकास पनि हुदै जान थाल्छ । यस सन्दर्भमा धेरै स्थापित चिकित्सक, आविस्कारक, लेखक, अनुभवीहरु तथा सम्वन्धित संघ-संस्थाहरुले वैज्ञानिक तवरले खोज गरेका छन्, पुस्तकहरु लेखेका छन् तथा प्रतिवेदनहरु तयार पारेका छन् । 
   
(५)आध्यात्मिक जीवनमा नान जपको प्रभाव र परिणाम

सनातन वेदको सार महाग्रन्थ श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, “लाखौं योनीको यात्रा पार गरेर मनुष्य योनी भएर जन्मनुको प्रमुख लक्ष्य सांसारिक जीवनको भवसागरबाट मुक्ति र परमात्मा प्राप्ति हो ।” हरेक मनुष्यको संसारमा आउने, तोकिएको आयु अवधिभरको जीवन जीउने र संसारबाट विदा भएर जाने जन्म–जीवन–मृत्युको चक्र उस्तै प्रकारको हुन्छ किनकी प्रकृतिमा जन्मपछि मृत्यु निश्चित छ, मृत्युपछि फेरी जन्म पनि निश्चित छ उसको आत्मा अर्थात चेतना परमात्मामा योगस्थ तथा मोक्षमा उपलव्ध नहुन्जेलसम्म । जन्म र मृत्युको चक्र एकै भएपनि जन्म र मृत्युविचको जीवन जीउने चक्र चाहिं हरेक मनुष्यको आ–आफ्नै प्रकारको अलग–अलग रहेको हुन्छ । कोही मनुष्य ८४ लाख योनी पार गरेर भर्खर मनुष्य योनीमा आएका हुन्छन्, कोही केही सय जन्म, कोही केही हजार जन्म र कोही हजारौं हजार जन्म मनुष्य योनीमा जन्म–जीवन–मृत्युको चक्रमा घुमिरहेका हुन्छन् । यस सन्दर्भमा युग ऋषि श्रद्धेय ओशो रजनीशले आफ्नो दिव्य प्रवचनमा भन्नु भएकोछ, “मनुष्य योनीमा करिव १००० जन्मपछि अलि विकसित चेतना भएका मनुष्यहरुमा विस्तारै सांसारिक जीवनको मिथ्या तथा भ्रमबाट झिनो मात्रामा विरक्तताको प्रक्रिया प्रारम्भ हुन थाल्छ र उभित्रैदेखि लोभ र मोहको जालोबाट पनि मुक्त हुदै जान थाल्छ किनकी उसको चेतन मनले आफ्नो पूर्वजन्मका कुनै स्मृतिहरुबारे जान्न नसके पनि उसको अचेतन तथा पूर्णचेतन मन लाई सबै थाहा हुन्छ अघिल्ला जन्महरुमा गरेका कर्महरुका बारेमा । उसको अचेतन तथा पूर्णचेतन मनलाई महसुस हुनथाल्छ बारबार जन्मेर कति यही एकोहोरो भय–निद्रा–मैथुन तथा धर्म–अर्थ–कामको चक्रमा मात्र जीवन घुमाएर जन्महरु खेर फाल्नु, कति यही प्रक्रिया दोहोर्याइरहनु, अव यो भन्दा अगाडिको जीवनमा कदम राख्छु भन्ने अठोट तथा दृढ संकल्प उसको अचेतन तथा पूर्णचेतन मनले गर्दछ  । यस्तो अठोट तथा संकल्पको जानकारी मनुष्यको चेतन मनलाई हुदैन यसकारण उ आफैंले समेत थाहा नै नपाइकन विस्तारै अध्यात्मको प्यास बढ्दै जान्छ र परमात्मा साक्षातकाप्रति मुमुक्षु हुदै जान थाल्छ र विस्तारै उसको जीवन आध्यात्मिक बन्दै जान्छ । यस्तो व्यक्तिले जीवनका अरु दैनिक गतिविधिहरुबाट समय निकालेर अध्यात्म साधनामा जीवनको केही समय व्यतीत गर्न प्रारम्भ गर्दछ । यसरी आध्यात्मिक जीवन प्रारम्भ भएको व्यक्ति आफ्नो गुरु आफैं भएर आफैंले आफूलाइ बाटो देखाउन प्रारम्भ गर्दछ अर्थात उसलाई उभित्रको गुरुले आध्यात्मिक मार्गनिर्देश गर्न प्रारम्भ गर्दछ । हरेक मनुष्यभित्र यस्तो गुरु तथा मार्गनिर्देशक हुन्छ तर उक्त गुरु जगाउन तथा आफ्नो आन्तरिक गुरुको साक्षातकार गर्न अध्यात्म साधनालाई अझै गहिरो बनाउनु अपरिहार्य हुन्छ । यिनै व्यक्तिहरुनै वास्तविक योगी, सन्त, गुरु तथा सदगुरुका रुपमा समाजमा मुखरित भएर अध्यात्ममा नेतृत्वदायी भूमिका निर्वाह गर्दै सेवा तथा सर्वकल्याणका कर्महरु गरेर मानवीयता र समाजलाई उचाई प्रदान गर्दछन् । 

अध्यात्म साधनाका विविध चरणहरु रहेका छन् प्रारम्भिक चरणका साधकदेखि विशिष्ट साधकहरुसम्मका लागि र यी प्रत्यक चरणहरुका आ–आफ्नै प्रकारका प्रभाव, परिणाम र उपलव्धिहरु रहेका हुन्छन् । प्रारम्भिक चरणमा योगासन, प्राणायम, क्रिया, मुद्रा, बन्द, धारणा, ध्यान हुदै मौन ध्यान, नाम तथा जपसम्मका अध्यात्म साधनाका चरणहरु रहेका छन् । प्रारम्भिक साधनाले मनुष्यको सांसारिक जीवनलाई सहि व्यवस्थापन तथा विकास गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् । अध्यात्म साधनाहरु मध्य नाम तथा मन्त्र जप साधनालाई अति विशिष्ट श्रेणीको साधना पद्धतिका रुपमा मान्यता प्रदान गरिदै आइएको छ जसको माध्यमबाट साधकमा पारमार्थिक तथा आध्यात्मिक जीवनको विकास हुन प्रारम्भ हुन्छ । माथि उल्लेखित अध्यात्म साधनाका चरणहरुमा प्रवेश गरेर अभ्यस्त हुदै गएपछि मनुष्यलाई नाम तथा मन्त्र जप साधनामा प्रवेश गर्न र यो अवस्थामा टिकिरहन सहज हुन्छ । नाम तथा मन्त्र जप साधनाको निरन्तरतासंगै साधकमा नाम तथा मन्त्र शक्तिको प्रभाव प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देखापर्न थाल्दछ र साधकको जीवन रुपान्तरण हुन प्रारम्भ हुन्छ । जीवन रुपान्तरण हुने क्रममा साधकलाई प्रारम्भमा आफू र आफ्नो वाहिरी तथा भौतिक जीवनमा सकारात्मक परिवर्तन तथा प्रगति हासिल भएको महसुस हुन थाल्छ प्रत्यक्ष तथा दृश्य रुपमा र विस्तारै उसको शारीरिक, मानसिक तथा भावनात्मक अवस्थामा सकारात्मक रुपान्तरणहरु आउदै जान्छन् र उसको आन्तरिक जीवनको विकास हुन प्रारम्भ हुन्छ । अत्यन्तै प्रभावकारी तथा अति विशिष्ट अध्यात्म साधना नाम तथा मन्त्र जपको शक्तिको प्रभावका कारण मनुष्यको शारीरिक, मानसिक तथा भावनात्मक तहमा सकारात्मक रुपमान्तरण आएपछि अव उसको आत्मिक अर्थात चेतनात्मक तहमा उल्लेख्य जाग्रीती तथा प्रगति आउन थाल्दछ । चेतनाको जागरण पश्चात साधकमा आत्मवोध, आत्मा साक्षातकार तथा आत्मज्ञान, तत्वज्ञान, ब्रम्हज्ञान र परमसत्यको प्रज्ञा खुल्न प्रारम्भ हुन्छ, प्रमुख सात चक्रहरु सक्रिय र सन्तुलिन हुन थाल्छन् । मनुष्यको सुक्ष्म शरीरमा रहेका ब्रम्हाण्डिय महाउर्जाको मूलकेन्द्र कुण्डलिनी शक्ति जाग्रीत हुन प्रारम्भ हुन्छ र साधक ब्रम्हाण्डिय महाउर्जा अर्थात परमात्मासंग एकाकार हुन्छ । अव उसलाई पराभौतिक संसारका ब्रम्हाण्डिय शक्ति तथा परमात्माका चमत्कारिक, रहस्यमय, अलौकिक, दिव्य दृश्य, नाद तथा ध्वनि श्रवण, स्पर्श, सुगन्ध, ध्यान मृत्यु, आकासिय यात्राका अनुभव तथा अनुभूतिहरु हुन प्रारम्भ हुन्छन् र क्रमिक रुपमा अन्ततः उ परमात्मामा एकाकार तथा योगस्थ भएर मोक्षमा उपलव्ध हुन्छ । परमात्मामा एकाकार तथा मोक्षमा उपलव्ध भएपछि उसको जन्म–जीवन–मृत्युको चक्र समाप्त हुन्छ र सदाकालागि उ ब्रम्हमा लिन हुन्छ र आफू स्वयं ब्रम्ह बन्दछ । यसरी नाम तथा मन्त्र जप साधनाले एउटा सामान्य मनुष्यलाई असामान्य बनाउछ तथा व्यष्टि आत्माबाट समष्टि परमात्मा बनाउछ ।     
 

छिट्टै,
@सहज साधना विधि नाम जप किन सबैलाई सहज हुदैन 
@नाम तथा मन्त्र जप र स्वअनुभूति


No comments:

Post a Comment