डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
म चेतना हुँ, मेरो चेतनाको तह जस्तो छ मेरो जीवन त्यस्तै हुन्छ, खण्ड -१ को निरन्तरता- (१)मृत्यु(डेथ), (२)हिनातावोध(सेम), (३)अपराधवोध(गिल्ट), (४)निराशावोध(एप्याथि), (५)भावनात्मक चोट(इमोसनल हर्ट), (६)डरको अवस्था(फियर), (७)इच्छा(डिजाएर), (८)क्रोध(एंगर), (९)अभिमान(प्राइड)
(१०)साहस(करेज)– अभिमान तथा अहंकारबाट माथि उठेको मानिस साहसको अवस्थामा पुग्छ । साहस १ देखि ९ सम्मका तहहरु भन्दा राम्रो तथा सकारात्मक अवस्था हो । चेतना तथा उर्जाको यो तहबाट मानिस विस्तारै तल्लो तहबाट माथितिर उठ्न थाल्छ र उसको जीवनमा सकारात्मक परिवर्तनहरु आउन शुरु हुन्छन् । साहसको अवस्थामा मानिसको चेतना तथा उर्जाको तह २०० को हाराहारीमा रहेको हुन्छ । यो औषत अवस्था हो, संसारका ८५ प्रतिशत मानिसहरु चेतना तथा उर्जाको यस तह तथा अवस्थामा आफ्नो जीवनयापन गरिरहेका छन् । चेतना तथा उर्जाको यो तहमा मानिस आफ्ना क्षमता र गल्तीहरुलाई हेर्न तथा देख्न थाल्छ, उभित्र विस्तारै मैले पनि गरें भने हुने रहेछ तथा हुन्छ भन्ने भावको, आत्मविश्वासको विकास हुन थाल्छ र जीवनमा केही नयाँ गर्ने साहस आउन थाल्छ र आफ्नो तर्फबाट सक्दो राम्रो गर्ने प्रयास गर्ने प्रयास गर्दछ । उसमा क्रोध, डर, अहंकार, गुनासो जस्ता मानवीय विकार तथा क्लेशहरु कम हुदै जान्छन् र यस्तो अवस्थाले उसलाई थप उत्साहित र उत्पादनशील बनाउदै लान्छ । यो उसको आन्तरीक सामथ्र्य तथा क्षमता, आत्मविश्वास विकास भैरहेको अवस्था हो, यस्तो अवस्थामा मानिसमा म पनि केही गर्न सक्छु र गर्छु भन्ने दृढ निश्चिय तथा संकल्प र धैर्यताको विकास हुन्छ । उ आफ्नो जीवनमा धेरै काम गर्न, धेरै प्रकारका अनुभवहरु गर्न, संसारका वस्तु तथा विषयहरु देख्न, हेर्न तथा तीनको प्रत्यक्ष अनुभव गर्न उत्साहित हुन्छ । यो अवस्थामा उसका इच्छा तथा कामनाहरु धेरै हुन्छन् तर ती सबै हासिल गर्न तथा पूरा हुन सक्दैनन् किनकी इच्छा, कामना, आकांक्षाहरुको श्रींखला अन्त्यहिन हुन्छ, कसैको जीवनमा चाहेका सबै इच्छा, कामना, आकांक्षाहरु पूरा हुन सक्दैनन् । आफूले चाहेका कुराहरु पूरा हुन सकेनन् तथा प्राप्त गर्न सकेन भने उसको जीवनमा फेरी निराशा आउन थाल्छ र उसको चेतना तथा उर्जाको तह फेरी घट्न थाल्छ । मैले गरेर नहुने पो रहेछ भन्ठान्छ र उ फरी जीवनका विभिन्न प्रकारका मानसिक समस्याहरुको भूमरी फस्न थाल्छ । यस्तो अवस्थामा उसलाई वाहिरबाट अरुको उचित प्रकारका प्रेरणा, सहयोग, हिम्मत तथा आडभरोसा मिल्यो भने र उ आफूले पनि आन्तरीक रुपमा प्रयास गर्यो भने उसलाई जीवनका हरेक खुड्कीलाहरुमा सहजै पुनः अगाडी बढाउन सकिन्छ । संसारका अधिकांश मानिसहरु चेतना तथा उर्जाको यो तहमा पर्दछन् । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(११)निष्पक्षता(न्युट्रालीटी)– निस्पक्षताको अवस्थामा मानिसको हरेक घटना तथा विषयहरुलाई हेर्ने दृष्टिकोणमा उल्लेखनिय सकारात्मक सूधार आउन थाल्छ । यो अवस्थामा मानिसको चेतना तथा उर्जाको तह २५० को हाराहारीमा हुन्छ । साहसको अवस्थामा मानिसलाई राम्रो तथा नराम्रो, सफलता तथा असफलता मात्र नजर आउछ भने निष्पक्षताको अवस्थामा उसले जीवनका रंग, ढाँचा, प्रकृतिका विविधता, मानिस भएर जन्मनु, जीउनु, खुशी हुनु, शान्त तथा तथा आनन्दि अवस्थाको चिन्तन्, मनन् गर्न थाल्छ । आफूभित्रै जीवनको सुख, खुशी, शान्ति र आनन्दहरु भेटाउन थाल्छ जीवनमा रमाउन र खुशी भएर जीवनयापन गर्न थाल्छ । जीवनलाई राम्रो, नराम्रो, सफलता, असफलताको तराजुमा भन्दा आन्तरीक शान्तिको तराजुमा तौलिन थाल्छ, आन्तरीक शान्तिको आवश्यकता र महत्व बुझ्न थाल्छ, आन्तरीक शान्तिलाई जीवनको वास्तविक शान्ति मान्न शुरु गर्छ र भावनात्मक विषयमा बढि जोड दिन थाल्छ । चेतना तथा उर्जाको यो तहमा रहेको मानिस अरुलाई हेरेको तथा सुनेको भरमा अरुको मूल्यांकन(जजमेन्ट) गर्दैन, गहिराईसम्म विषयलाई बुझ्ने प्रयास गर्छ र अरुप्रति दया(सिम्प्याथी), करुणा(इम्प्याथि)ले भरिन थाल्छ र अरुकालागि सहयोगी तथा काम लाग्ने बन्न प्रयास गर्छ । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(१२)तत्परता(विलिंगनेस)– मानिसमा तत्तपरताको अवस्थामा चेतना तथा उर्जाको तह ३०० को हाराहारीमा हुन्छ । चेतना तथा उर्जाको यो तह भएको मानिस भित्रबाट सकारात्मकताले भरिएको हुन्छ र आफ्नो जीवनमा आएका हरेक क्षेत्रका घटना तथा विषयहरुमा अवसर देख्न थाल्छ । समस्या तथा चुनौतीहरुबाट डराउदैन, चिन्तित तथा तनावग्रस्त हुदैन, सही ढंगले तीनको सामना, समाधान तथा व्यवस्थापन गर्ने प्रयास गर्छ र सफल पनि हुन्छ । बिग्रेका कामहरुलाई पनि सही बनाउछ र समस्या तथा चुनौतीहरुलाई समेत अवसरमा बदल्न सक्ने क्षमता राख्छ । अधिकतम उद्यमी, व्यवसायि तथा व्यापारीहरु चेतना तथा उर्जाको यो तहमा पर्दछन् । यो अवस्थामा मानिसले जीवनमा उल्लेख्य सकारात्मक प्रगति गर्छ र उसको चेतना तथा उर्जाको तह अझ बढेर जान्छ । चेतना तथा उर्जाको तह बढेको कारण उसको उद्यम, व्यवसाय तथा व्यापारका गतिविधिहरु अझ प्रगति उन्मुख हुदै तथा बढ्दै जान्छन् किनकी जतिजति चेतना तथा उर्जाको तह बढ्दै जान्छ उतिनै मानिसमा नयाँ–नयाँ सिर्शनशिलताका सम्भावनाहरु बढ्दै जान्छन् । उसमा धैर्यता, अरुको सम्मान गर्ने, अरुको कुरा सुन्ने र त्यसमाथि चिन्तन, मनन् गर्ने र आफूलाई सही लागेका विषयहरु व्यवहारमा उतार्दै लाने प्रवृतिको विकास हुन्छ र हरेक विषयमाथि सकारात्मक दृष्टिकोण बढ्दै जान्छ । ब्रम्हाण्डको आकर्षणको सिद्धान्त(दि ल अफ अट्रयाक्सन)का अनुसार समले समलाई आकर्षित गर्छ, मानिस जति सकारात्मक भावले भरिन्छ उतिनै उसको सकारात्मकता वृद्धि हुदै जान्छ र ब्रम्हाण्डमा तैरीरहेका अरुका सकारात्मक चेतना तथा उर्जाका तरंगहरु उतिर आकर्षित हुन्छन् किनकी ब्रम्हाण्डले पनि सकारात्मक मानिसलाई सहयोग गर्दछ । मानिसमा सकारात्मकता जति बढ्छ उतिनै चेतना तथा उर्जाको तह पनि बढ्दै जान्छ । चेतना तथा उर्जाको तह बढ्नु भनेको जीवनमा सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द बढ्नु हो । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(१३)स्वीकार(एसेप्टेसन)– आफूसंग भएका कुराहरुप्रति स्वीकारभावले भरिन सकनु मानिसको अत्यन्तै ठूलो गुण हो किनकी यस्तो मानिस जीवनमा कहिल्यै दुःखी हुदैन र अरुप्रति गुनासोले चरिदैन । मानिस जीवन(आन्तरीक) तथा जगत(वाहिरी अर्थात सांसारीक)प्रति स्वीकार भावले भरिएको अवस्थामा चेतना तथा उर्जाको स्तर ३५० को हाराहारीमा हुन्छ । यो अवस्थामा मानिसको बुद्धि र विवेकको तरंगमा धेरै ठूलो सकारात्मक बदलाव आउछ । उ भित्रबाट नै स्वीकार गर्न थाल्छ कि उसको जीवनमा विगतमा भएका, वर्तमानमा भैरहेका र भविश्य हुने कुराहरु अरु कसैको कारणले नभएर उसको आफ्नै सोच, विचार, व्यवहार, आचरण र कर्मको कारणले भएका हुन् । उसलाई आन्तरीक रुपमा ज्ञात हुन थाल्छ कि ब्रम्हाणमा हरपल चलिरहने आकर्षणको नियमले मेरा सोच तथा विचारहरुमाथि पनि सोही प्रकारले काम गरिरहेको हुन्छ, मैले नकारात्मक सोच तथा विचार राख्दा जीवनमा नकारात्मकता अझ बढेर जाने रहेछ र सकारात्मक सोच राख्दा जीवनमा सकारात्मकता नै बढ्ने र जीवनमा प्रगति हुने रहेछ र म आफूले आफू तथा अरुप्रति जस्तो सोच, विचार तथा भाव राख्छु ठिक त्यही अवस्था मेरो जीवनमा प्रकट हुनेरहेछ र मेरा गतिविधि तथा क्रियाकलापहरु नै मेरो कर्म बन्ने रहेछन्, मेरा कर्महरु नै मेरो व्यक्तित्व बन्ने रहेछन्, मेरो व्यक्तित्वनै मेरो भाग्य बन्ने रहेछ र मेरो भाग्य नै मेरा सम्वन्धहरु, म प्रति अरुले राख्ने दृष्टिकोणहरु बन्ने रहेछन् । स्वीकार भाव अभिमान, घमण्ड तथा अहंकारको विपरीत अवस्था हो । अभिमान, घमण्ड तथा अहंकारमा मानिस आफ्नो प्रगति तथा सफलतामा खुशी हुन्छ र अवनति तथा असफलतामा दुःखी हुन्छ तर स्वीकार भावको अवस्थामा प्रगति, अवनति तथा सफलता, असफलता जे आएपनि मेरो आफ्नै सक्षमता, असक्षमता तथा लगनशीलता, लापरवाहीका कारण हुने हो तथा आउने हो भनेर त्यसप्रति स्वीकार भावले भरिन्छ । राम्रो गरें भने परिणाम पनि राम्रो नै आउछ भन्ने बुझाइ उसमा भित्रैदखि पलाउन थाल्छ र निरन्तर अझ राम्रो सोच, विचार राख्ने र राम्रो काम गर्ने प्रयास गरिरहन्छ । हरेक काममा राम्रो गर्ने सक्दो प्रयास गर्छ, जीवनमा कहिल्यै हार मान्दैन र अरुलाई पनि आफ्नो जीवनका अनुभवहरु साझा गरेर तथा सिकाएर सन्तुलित ढंगले जीवनमा अगाडि बढ्ने प्रेरणा प्रदान गर्छ । आफू जागीर तथा रोजगारी खोज्ने नभई अरुलाई रोजगारी दिने, अरुलाई सहयोग गर्ने, अरुमालागि काम लाग्ने बन्ने, आफुसंग जे छ त्यसप्रति खुशी तथा सन्तोष गर्ने पवृत्तिको हुन्छ । आफूलाई जीवनमा यहाँसम्म आइपुग्न सहयोग गर्ने सबैप्रति, त्यसभन्दा बढि इश्वरप्रति धन्यवाद तथा कृतज्ञताको भावले भरिने प्रकृतिको हुन्छ । यस्तो व्यक्ति आत्म अनुशाशित हुन्छ र कतिपय अवस्थामा आफ्नो गुरु आफैं हुन्छ । सामाजिक कार्यमा समय, श्रम, द्रव्य लगानी पनि गर्ने मनकारी तथा सर्वकल्याणको भाव राख्ने गर्दछन् । आर्किटेक्ट, मुर्तिकार, मेन्टोर आदि चेतना तथा उर्जाको यो तहमा पर्दछन् । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(१४)विवेक(विजडम)– मानिसको जीवनमा यो निकै राम्रो र उच्चतम तथा सफलतातिर उन्मुख अवस्था हो । यो अवस्थामा मानिसको चेतना तथा उर्जाको तह ४०० को हाराहारीमा हुन्छ । यो अवस्थामा मानिस कारण र परिणामको सोचबाट अलग्ग हुन्छ र उभित्र कारण र परिणाम भन्दा भावनात्मक उर्जा शक्तिशाली देखिन्छ । निस्काम कर्मयोगी हुन्छ र जे काम गर्छ अकर्ता भाव राखेर गर्दछ अरुको भलाई तथा सर्वकल्याणकालागि गर्दछ । सेवा भावले भरिएका चिकित्सक, पाइलट, निश्पक्ष न्यायधिस, दार्शनिक, नोवेल पुरस्कार विजेता, वैज्ञानिक तथा आविस्कारकहरु चेतना तथा उर्जाको यो तहमा हुन्छन् । यस्ता मानिसहरुको तर्क तथा बुद्धि तिक्ष्ण हुन्छ, जटिल प्रकारका विषय तथा समस्याहरु खासगरि हिसावकिताव वाला तथ्यांकहरु सहजै बुझ्न तथा समाधान गर्न सक्ने क्षमता भएका हुनछन् र चाँढै नै बुद्धिमानी निर्णय लिन तथा दिन सक्ने क्षमातावान हुन्छन् किनकी निणर्य लिन तथा दिन ढिलो गर्यो भने पनि ठूलो नोक्सान बेहोर्नुपर्ने हुनसक्छ र निर्णयमा बुद्धि पुगेन भनेपनि नोक्सान ठूलो बेहोर्नुपर्ने हुनसक्छ । हरेक पाइलामा आफ्नो वुद्धि र विवेकको प्रयोग गर्छन् । चेतना तथा उर्जाको तह यो अवस्थामा केही ठूलै संख्यामा मानिसहरु पुग्छन् तर धेरै मानिसहरु वुद्धि तथा विवेकको यही तहमा रोकीएर बस्छन्, यो भन्दा अगाडिको तह प्रेममा दशमलव चार(०.४) प्रतिशत मानिसहरु मात्र पुग्न सक्छन् । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(१५)प्रेम(लभ)– मानिसको सोच, विचार, मन, भाव प्रेमले भरिएको छ भने उसको चेतना तथा उर्जाको तह ५०० को हाराहारीमा रहेको हुन्छ । यो प्रेमको सामान्य परिभाषाभित्र अटाउने प्रकारको प्रेम होइन जहाँ दुई जना मानिस खासगरि प्रेमि–प्रेमिकाको उपस्थितिको आवश्यकता पर्दछ । यो हृदयबाट स्वतःस्फूर्त सिर्जित हुने भाव शक्तिले गरिने निशर्त दिव्य प्रेम हो जसको बदलामा प्रेम गर्ने मानिसलाई केही पनि चाहिदैन अरुबाट बरु उल्टै आफूले अरुलाई प्रेम दिन तथा प्रेम बाड्न सकेकोमा तथा अवसर पाएकोमा आफूलाई धन्य सम्झन्छ र अरुलाई पनि धन्याद दिन्छ प्रेम गर्ने अवसर प्रदान गरिदिएकोमा । मानवताकी महान हस्ती मदर टेरेसा तथा अनुराधा कोइरालालाई यो अवस्थामा राख्न सकिन्छ । यो प्रेमको प्रचुरताको अवस्था हो, गहिरो करुणाबाट प्रकट हुने गहन अनुभूति हो । यो अवस्थामा मानिस सुत्दा, जाग्दा हरपल प्रेमभावले ओतप्रोत भएको हुन्छ, वाहिर जस्तोसुकै अवस्था आओस उ भित्रबाट कदापि बद्लीदैन, सदा सबैप्रति सदा दया, करुणा र प्रेम भावले भरिइरहन्छ । यो अवस्थामा मानिसले भित्रबाट बुझ्छ कि प्रेम नै आनन्दको मूल श्रोत हो । प्रेम नै परमात्मा हो, प्रेम नै आनन्द हो, आनन्द नै परमात्मा हो । आनन्द र प्रेम मन तथा भावनाको श्रेष्ठताबाट आउछ, आनन्द र प्रेमको क्षमता मानिसभित्रै रहेको हुन्छ, वाहिर कुनै वस्तु तथा विषयमा लुकेको हुदैन । यस्तो मानिसमा हरेक सुख, खुशी, शान्ति, आनन्दको श्रोत प्रेम हो र प्रेमको श्रोत मभित्रै छ वाहिर कतै छैन, मैले मलाई शान्ति र आनन्द प्रदान गर्ने प्रेम मभित्र म आफैंले खोन्जुपर्छ भन्ने स्पष्ट बुझाइ हुन्छ । समाजसेवी, स्वयंसेवक, निश्वार्थ सेवा, निश्वार्थ श्रम तथा द्रव्य दान गर्ने, भगवानका वास्तविक भक्त प्रकारका मानिसहरु चेतना तथा उर्जाको यो तहमा पर्दछन् । चेतना तथा उर्जाको यो तहमा रहेको मानिसको साथमा तथा नजिकै रहदा मात्र पनि साथमा रहनेहरुलाई मनमा शान्ति मिल्छ, मनका सबै सवालहरु, बेचैनीहरु हराएर जान्छन् र आनन्दको अनुभूति हुन्छ अन्जानमै । जव निशर्त प्रेमभाव बढ्दै जान्छ, पूर्णरुपमा निशर्त बन्दै जान्छ चेतना तथा उर्जाको त्यो अवस्थालाई खुशी भनिन्छ जो मानिसको भित्र तथा अन्तरमनबाट आएको हुन्छ, अकारण हुन्छ, दिगो हुन्छ, कसैले हर्न तथा प्रभाव पार्न र कम गर्न सक्दैन यस्तो खुशीलाई । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(१६)खुशी(जोय)– वाहिरी खुशी र आन्तरीक खुशी दुइप्रकारका हुन्छन् । वाहिरी खुशी सकारण हुन्छन् जो वाहिरी संसारका विषय भोगहरुबाट प्राप्त हुन्छन् । आन्तरीक खुशी अकारण हुन्छ जो आफूभित्रबाट प्राप्त हुन्छ र यस्तो प्रकारको खुशी दिगो तथा हरपल रहीरहन्छ, वाहिरका कुनै पनि वाधा व्यवधानहरुले कुनै प्रकारको प्रभाव पार्न सक्दैन । आन्तरीक खुशी विषयभोगबाट प्राप्त हुने जस्तो अचानक प्राप्त पनि हुदैन र कुनै घटनाको कारण अचानक हराएर पनि जादैन बरु विस्तारै झन-झन बढ्दै जान्छ । मानिस आन्तरीक रुपमा खुशी भएको अवस्थामा उसको चेतना तथा उर्जाको तह ५४० को हाराहारीमा रहेको हुन्छ । वास्तविक योगी, सन्त, साधु, आध्यात्मिक व्यक्ति, प्राकृतिक चिकित्सक, उर्जा अर्थात रेकी चिकित्सकहरु चेतना तथा उर्जाको यो तहमा हुन्छन् । यस्ता व्यक्तिहरु असिम प्रेम, असिम धैर्य, निस्काम सेवा भावले भरिएका समाजिक नेतृत्व बहन गरेका सामाजिक अभियन्ता हुन्छन् । सर्वकल्याण तथा मानवीयताका लागि आफ्नो जीवन समर्पित गर्ने यस्ता व्यक्तिहरुको काम तथा योगदानको सकारात्मक प्रभाव समाजमा, प्रकृतिमा देखिन्छ । उनीहरु आफू स्वयंमलाई सबै प्राणी, वनस्पति तथा पदार्थहरु जस्तै प्रकृतिकै अंश मान्दछन् र सबैकालागि उपयुक्त हुने प्रकारका मैत्रीय(फ्रेन्डली) व्यवहार तथा कर्महरु गर्दछन् । आन्तरीक खुशीको अवस्थामा रहेका व्यक्तिहरुको आफ्नालागि राग र अरुप्रति द्वेसको भाव नहुने हुनाले उनीहरुको चेतना तथा उर्जाको तह अझै बढेर यो भन्दा माथिल्लो अवस्था परम शान्तिमा पुग्छ । यस्तो अवस्थामा उसले इच्छा नै नगरे पनि आफू लगायत अरुलाई समेत सकारात्मक लाभ हुनेगरि उसको जीवनमा राम्रा कुरा तथा लाभदायक घटनाहरु स्वतः हुन थाल्छन् । उ सदा सकारात्मक, खुशी, प्रेम, सेवा भावमा रहने हुनाले ब्रम्हाण्डको आकर्षणको नियम अनुसार स्वतः उसको वरीपरी ब्रम्हाण्डका सकारात्मक तरंगहरु तरंगीत भैरहन्छन् र व्यक्ति सवयं तथा उ वरिपरिका मानिस, प्राणी, वनस्पति तथा पदार्थहरुले समेत राम्रा तथा सकारात्मक परिणामहरु अनुभव गर्दछन् । यस्तो व्यक्ति अरुको भलाइकालागि जिउछ र यसैमा आफूलाई परम खुशी, परम शान्त र परम आनन्दित महसुस गर्छ । यो चेतना तथा उर्जाको उच्चता उन्मुख अवस्था हो, यहींबाट उच्चता अर्थात मोक्षतिर चेतना तथा उर्जाको यात्रा शुरु हुन्छ र व्यक्ति मुक्ति, मोक्ष, निर्वाण(इटरनल लिबरेसन) तथा प्रकाशित(इनलाइटमेन्ट) उन्मुख हुन्छ । यस्ता मानिसलाई जीवनमा अझ अगाडि बढ्न मद्धत गर्न चेतना तथा उर्जा व्यवस्थापनसंग सम्वन्धित अध्यात्म विज्ञान र मनोविज्ञानका वैज्ञानिकतामा आधारीत विधि तथा प्रक्रियाहरुको अनुशरण गरेर यस्तो अवस्थाका मानिसहरुको चेतना तथा उर्जाको तह बढाएर जीवनमा अझ अगाडि बढ्न सहयोग प्रदान गर्न सकिन्छ ।
(१७)परम शान्ति(कम्प्लीट पिश)– आन्तरीक खुशीको अवस्थाबाट माथि उठेको मानिसको चेतना तथा उर्जाको तह ६०० को हाराहारीमा रहेको हुन्छ र उ परम शान्तिको अवस्थामा हुन्छ । यो अवस्थामा मानिसमा ‘म’, ‘तिमी’, ‘उ’ भन्ने भाव हराउछ र केवल ‘हामी’ भन्ने एकत्व अर्थात अद्वेतको भावना आउन थाल्छ । उसलाई भित्रबाट आन्तरीक रुपमा प्रज्ञा आउछ र उसमा आत्मवोध तथा तत्ववोधको आभास हुन्छ । देख्नेवाला ‘द्रष्टा’ र देखिनेवाला ‘दृश्य’ दुवै एकै हो, उ शरीर, मन, भाव, अहंकार नभएर मात्र चेतना हो, श्रेष्ठतम चेतना(सुपर कन्स्योस) अर्थात ब्राम्ही चेतना अर्थात वैश्विक चेतनाको अंश हो भन्ने शाश्वत सत्य उसको प्रज्ञामा आउछ । उसलाई ब्रम्हाण्ड शुुद्धतम चेतना(पियोर कन्ससनेस)को फैलावट तथा विस्तार हो जो सबै प्राणी, वनस्पति तथा पदार्थहरुको कण-कणमा स्थित सर्वव्यापक छ र सर्वशक्तिमान छ भन्ने भावातीत अनुभव हुन्छ । उ भित्रबाट स्वस्फूर्त रुपमा सनातन दर्शनका महावाक्य 'अहंब्रम्हास्मि', 'अयम आत्म ब्रम्ह', 'तत्वमसि'का ध्वनिहरु गुञ्जिन थाल्छन् । चेतनाको यो अवस्थामा रहेको व्यक्ति सांसारीक भागदौडबाट अलग हुन्छ, चुपचाप रहेर आफूले गर्न सक्ने सर्वकल्याणका कार्यहरु गर्छ, कुनै नाम, मान-प्रतिष्ठाको आकांक्षि हुदैन, गुमनाम भएर आफ्नै परम शान्ति तथा परम आनन्दमा डुबेर रहन चाहान्छ । महान वैज्ञानिक डा. डेभिड हकिन्स भन्छन्, चेतना तथा उर्जाको यो अवस्थामा व्यक्ति एकप्रकारको प्रवाह(फ्लो)मा बहन्छ, उसको प्रवाहमा वाहिरका कुनै पनि विषय तथा घटनाहरुले कत्ति पनि प्रभाव पार्न सक्दैनन् । अव उसकालागि कुनै कुरा नयाँ हुदैन, कुनै कुराको आश्चर्य हुदैन किनकी उ स्वयं ब्रम्हाण्डको नागरीक बनिसकेको हुन्छ र आन्तरीक रुपमा ब्रम्हाण्डका सबै जानकारीहरुको भावातीत अनुभूतिहरु हासिल गरिसकेको हुन्छ । यस्तो व्यक्तिमा परम शान्तिको अवस्थाबाट पनि माथि चेतना तथा उर्जाको उर्धगमन हुदैजान्छ र उ चैतन्य शान्ति तथा चैतन्य आनन्द अर्थात सतचितआनन्दमा उपलव्ध हुन्छ जहाँ व्यक्ति मानवबाट भगवान बन्दछ ।
(१८)बुद्धत्व प्राप्ति तथा प्रकाशित(इनलाइटमेन्ट)– बुद्धत्वको प्राप्ति हुनु तथा यो अवस्थामा पुग्नु प्रकाशित(इनलाइटेन्ड) हुनु हो । यो अवस्थामा चेतना तथा उर्जाको तह ७०० देखि १००० सम्म रहेको हुन्छ । परम शान्तिको अवस्था र प्रकाशित अवस्था दुई फरक–फरक अवस्थाहरु हुन् । प्रकाशित हुनु चैतन्यता तथा सतचितआनन्दमा उपलव्ध भएको अवस्था हो । मनुष्यको जीवनभित्र असिम सम्भावनाहरु सुसुप्त अवस्थामा रहेका रहेका हुन्छन् । आफूभित्र सुुसुप्त अवस्थामा रहेका यी सम्भावनाहरुलाई उजागर गरेर उसले मनुष्यदेखि भगवानसम्मको यात्रा यही जीवनमा नै तय गर्न सक्छ र आफ्नो मूलस्वरुप परम अर्थात श्रेष्ठतम चेतना(सुपर कन्सस) अर्थात परमात्मा अर्थात परब्रम्ह अर्थात इश्वर अर्थात परमेश्वरमा पूर्ण रुपमा एकाकार भएर मोक्षमा उपलव्ध हुन्छ र जन्म र मृत्युको चक्रबाट सदाकालागि माथि उठ्न सक्छ । आफ्नो मूलस्वरुप श्रेष्ठतम चेतना अर्थात परमात्मामा पूर्णरुपमा एकाकार हुनु मनुष्यको चेतना समय र अन्तरीक्षबाट प्रभावरहित हुनु हो अर्थात समय र अन्तरीक्षलाई पनि पार गरेको अवस्था हो । यो अवस्थामा चेतनाको ब्रम्हाण्डमा पर्ने प्रभाव र चेतनाको ब्रम्हाण्डिय विचरणलाई समय तथा अन्तरीक्षका कुनैपनि गतिविधिहरुले रोक्न तथा प्रभाव पार्न सक्दैनन्, चेतना पूर्णतः स्वतन्त्र, सर्वव्यापक र सर्वशक्तिमान हुन्छ किनकी वैश्विक चेतनामा एकाकार तथा योगस्थ भएको व्यक्तिको चेतना सवयं परमात्मा हो । चेतना तथा उर्जाको तह १०००(यो सबैभन्दा उच्चतम अवस्था हो) भएका महापुरुष(चेतना अर्थात आत्मा)हरुलाई अवतार पुरुष भनिन्छ । यस्ता अवतार पुरुषहरुले बोलेका वाणि, उनीहरुले गरेका काम तथा योगदानहरुको प्रभाव सदियौं तथा हजारौं हजार सालसम्म रहिरहन्छन् र सर्वकल्याणका लागि उपयोगी भैरहन्छन् सदाकाल । भगवान शिव, भगवान राम, भगवान कृष्ण, भगवान जिसस, भगवान मुहम्मद चेतना तथा उर्जाको यो अवस्थामा उललव्ध भएका महामानव तथा चैतन्य महापुरुषहरु हुनुहुन्छ ।
अन्त्यमा
सनातन दर्शनको मूल ग्रन्थ वेदको सार श्रीमद् भगवद् गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ, “मनुष्य भएर जन्मलिनुको आत्यन्तिक उद्देश्य तथा लक्ष्य जीवनमा नित्य योग साधनाका वैज्ञानिक विधिहरुलाई निष्ठापूर्वक अनुशरण गर्दै आफूभित्र सुसप्त अवस्थामा रहेका आफ्ना सबै प्रकारका सकारात्मक संम्भावना(क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्मक गुण)हरुको खोजी गरी तीनलाई जगाएर वाहिरी जीवनमा समृद्धि र आन्तरीक जीवनमा शान्ति तथा आनन्द हासिल गरेर आफ्नो चेतनाको तह तथा स्तरलाई निरन्तर माथि उठाएर परमात्मामा योगस्थ गराउनु तथा एकाकार भइ मोक्ष हासिल गर्नु हो ।”
मनुष्यका आन्तरीक संम्भावना तथा क्षमताहरु
स्वस्थ रहन सक्ने; खुशी रहन सक्ने; इच्छाशक्तिले भरिन सक्ने; प्रेमपूर्ण तथा मैत्रीपूर्ण सम्वन्धहरु बनाउन सक्ने; ज्ञानवान, विवेकवान, प्रज्ञावान बन्न सक्ने; अन्तरज्ञान(इन्ट्युसन) हासिल गर्न सक्ने; स्वयं भगवान तथा अवतार पुरुष बन्न सक्ने क्षमताहरु हरेक मनुष्यभित्र जन्मदेखि नै सुसुप्त अवस्थामा स्थित रहेका हुन्छन् । यस्ता अनुपम क्षमताहरु मनुष्यको सुक्ष्म शरीरमा रहेको मेरुदण्डमा स्थित ब्रम्हाण्डिय मूल शक्ति तथा मूल उर्जाका केन्द्र प्रमुख सात चक्रहरुमा रहेका हुन्छन् । चक्र साधनाको माध्यमबाट सुसुप्त अवस्थामा रहेका चक्रहरुको ब्रम्हाण्डिय उर्जा जागरण गरेर हरेक मनुष्यले आफ्ना सबै प्रकारका सकारात्मक संम्भावना, क्षमता, प्रतिभा, शिर्जनशीलता तथा सकारात्मक गुणहरु प्रष्फुटीत गरेर यही जीवनमा वाहिरी जीवनमा समृद्धि र आन्तरीक जीवनमा शान्ति तथा आनन्द हासिल गर्दै आफ्नो चेतनाको यात्रा सहज ढंगले अगाडि बढाउन सक्छ । नियमित योग साधना गर्ने व्यक्तिमा चेतना तथा उर्जाको तह औषत २०० भन्दा माथि हुन्छ । यस्तो ब्यक्तिको जीवनमा हिनतावोध; अपराधवोध; निराशावोध; भावनात्मक चोट; अकारण डर तथा भयको अवस्था; अति इच्छा, कामना, वासना तथा त्यसप्रतिको आशक्ति; क्रोध; अभिमान तथा अहंकार जस्ता चेतना तथा उर्जाको तहलाई अत्यन्तै तल झार्ने अवस्थाहरु त्यति सजिलै आउदैनन् र उसको जीवन सरल तथा सहज ढंगले अगाडि बढ्छ । कुनैपनि छोटो तथा लामो यात्रा जहिलेपनि पहिलो पाइलाबाट नै शुरु हुन्छ चाहे त्यो समृद्धिको होस् या मोक्षको, शुरु गर्ने संकल्प सबैभन्दा महत्पूर्ण कुरा हो । यो अवसर सबैलाई उतिकै मात्रामा उपलव्ध छ, वाहिरी जीवनमा समृद्धि र आन्तरीक जीवनमा शान्ति तथा आनन्दको यात्रा दुवैको प्रारम्भ विन्दु अध्यात्म विज्ञानको मूल विषय योग साधना हो । वाहिरी समृद्धिले सांसारीक जीवनका दुःखहरुबाट मुक्त गर्दछ र आन्तरीक शान्ति तथा आनन्दले पारमार्थिक मोक्ष तर्फ उन्मुख गर्दछ र अन्त्यमा आफ्नो मूल स्वरुप परमात्मामा एकाकार गराएर मोक्षमा उपलव्ध गराउछ र जन्म र मृत्युको दुःखदायी चक्रबाट सदाकालागि माथि उठाउछ । bsirjana@gmail.com
छिट्टै
@म चेतना तथा उर्जाको कुन तहमा छु भनेर कसरी जान्न सकिन्छ
@म कसरी मेरो चेतना तथा उर्जाको तह बढाउन सक्छु
@चेतना तथा उर्जाको तहका सन्दर्भमा आधूनिक विज्ञान र अध्यात्म विज्ञानको दृष्टिकोण
No comments:
Post a Comment