डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
विषय प्रवेश
योग साधना सबै प्रकारका मानिसहरुका लागि अति आवश्यक र अत्यन्तै उपयोगी तथा प्रभावकारी पुर्वीय प्राचीन योग चिकित्सा विज्ञान हो । वर्तमान समयमा विश्वव्यापि रुपमा चिकित्सकीय तथा आरोग्यता हासिल गर्ने दृष्टिकोणले र निश्चित उद्देश्य तथा लक्ष्यहरु पूरा गर्न योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको व्यवहारीक अभ्यास तथा प्रयोग आधूनिक चिकित्सा विज्ञान र आधूनिक मनोचिकित्सा तथा मनोविज्ञान साथै विद्यालय, विश्वविद्यालय, व्यायामसाला, कार्यालयहरुले पनि गर्न शुरु गरेका छन् । हिजोआज विश्वव्यापि रुपमा योग साधनालाई आरोग्य चिकित्सा पद्धतिका रुपमा सबैभन्दा बढि अनुशरण गरिदै आइएको सर्वाधिक लोकप्रिय श्रोत ग्रन्थ पतंजलि योगसुत्रमा योग साधनाका आठ अंगहरु उल्लेख गरिएका छन्– (१)यम, (२)नियम, (३)आसन, (४)प्राणायाम, (५)प्रत्याहार, (६)धारणा, (७)ध्यान, (८)समाधि । योग साधनाका यी आठ अंगहरु मध्य सबैभन्दा महत्वपूर्ण र प्रभावकारी सातौं अंग ध्यानलाई मानिन्छ किनकी साधकलाई सहज किसिमले ध्यान साधनासम्म पुर्याउनकै लागि अगाडिका छ अंगहरुको सैद्धान्तिक अनुशरण तथा व्यवहारिक अभ्यास गर्ने तथा गराउने गरिन्छ । योग साधनाको उच्चतम लक्ष्य समाधि हो र ध्यान साधनाको गहनतम गहिराई समाधिको अवस्था हो । यसर्थ, योग साधनाको अन्तिम उद्देश्य साधकलाई सहजताकासाथ ध्यान र समाधिको गहन अवस्थासम्म पुर्याउनु हो ।
योग साधनाका सातौं र आठौं अंग ध्यान र समाधिमा सहजताकासाथ प्रवेश गर्न र यस अवस्थामा स्थित हुन साधकको शरीर, मन, भाव, चित्तमा सबैप्रकारका स्थिरताहरु आउनु आवश्यक हुने हुनाले सर्वप्रथम साधकका योग साधनाका गतिविधिहरु योग साधनाको पहिलो अंग यमबाट शुरु गरिन्छ तथा गराइन्छ र विस्तारै अगाडिका अंगहरुको अनुशरण गर्दै तथा गराउदै लगिन्छ । यमको सैद्धान्तिक तथा व्यवहारिक अनुशरणले मानिसलाई संसारप्रति मानवीय भाव(अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य, अपरिग्रह)मा रहन तथा सोही अनुसार व्यवहारहरु गर्न सिकाउछ; नियमको अनुशरणले आफैंप्रति गर्नुपर्ने नित्य अनुशासनका व्यवहारहरु(शौच, सन्तोष, तप, स्वाध्याय, इश्वर प्रणिधान) गर्न सिकाउछ; आसनको अनुशरणले शरीरका अंगहरुलाई लचिलो र स्वस्थ राख्न मद्धत गर्दछ; प्राणायामको अनुशरणले शरीर तथा मनका आन्तरीक गतिविधिहरुलाई स्वस्थ र सक्रिय राख्न मद्धत गर्दछ; प्रत्याहारको अनुशरणले इन्द्रियहरुलाई सम्यमित राख्न मद्धत गर्दछ; धारणाको अनुशरणले कुनै एक विषयमा मन स्थिर तथा एकाग्र रहन मद्धत गर्दछ; ध्यानले शरीरका चारवटै आयामहरु– शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, चेतनात्मक शरीरलाई हरप्रकारले स्वस्थ, शुद्ध, सक्रिय र विकसित गर्न र मानिसभित्र सुसुप्त अवस्थामा रहेका उसका जन्म–जन्मका प्रतिभा, क्षमता, सिर्जनशीलता र सकारात्मक गुणहरु जगाउन तथा प्रष्फुटन गर्न मद्धत गर्दछ; र समाधिले भौतिक संसार भन्दा वाहिरका पराभौतिक संसारका ब्रम्हाण्डिय शाश्वत ज्ञानको नजिक पुग्न तथा मोक्ष प्राप्तिको मार्गमा अग्रसर हुन मद्धत गर्दछ । तसर्थ सबैप्रकारका मानिसहरुको जीवनमा सबैप्रकारका वाहिय र आन्तरीक अवस्थाको सन्तुलित विकास ल्याउन योग साधना गर्नु अनिवार्य हुन्छ ।
मानिसका प्रकार
पूर्वीय सनातन दर्शनका अनुसार आवश्यकता तथा इच्छाको जीवन जीउने उद्देश्यका आधारमा मानिसका दुई प्रकार उल्लेख गरिएका छन्– (१)रागी(सांसारीक), र (२)वैरागी(संयासी) । यी दुई प्रकारका मानिसहरुका जीवनका उद्देश्य, लक्ष्य, संकल्प तथा प्राथमिकताहरु फरक–फरक प्रकारका हुन्छन् । रागको अर्थ इच्छा तथा चाहना हो अर्थात मलाई जीवनमा यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ भन्ने भाव राग हो । रागी प्रकृतिको मानिसको जीवन संसार उन्मुख हुन्छ अर्थात संसारका सबै प्रकारका चिज, वस्तु, सेवा, सुविधाहरुको भोग गर्न लालायित हुन्छ । रागी अर्थात सांसारीक मानिसलाई जीवनमा प्राप्त हुन सक्ने, नसक्ने संसारका सबैथोक चाहिन्छ अर्थात प्राप्त गर्ने इच्छा, आकांक्षा राख्छ । रागी मानिस इच्छा तथा चाहना(वान्टबेस)का आधारमा जीवन जीउँछ । उसका जीवनका इच्छा, आकांक्षाहरु कहिल्यै सकिदैनन् र सबै पूरा हुन पनि सक्दैनन् किनकी मानिसका इच्छाहरु अनन्त हुन्छन्, एउटा पूरा हुने वित्तिकै उसको मन तथा भावमा अर्का प्रकारका इच्छाहरुले जन्म लिन्छन् र यो क्रम उ बाचुन्जेलसम्म निरन्तर यही श्रींखलामा चलिरहन्छन् । वैरागको अर्थ संसारका चिज, वस्तु, सेवा, सुविधाहरुको इच्छा, चाहना र तीनको भोगप्रतिको आशक्ति तथा मलाई यो पनि चाहिन्छ, त्यो पनि चाहिन्छ भन्ने चाहना तथा राग भाव कम हुनु हो । वैरागी तथा सन्त प्रकृतिको मानिसको जीवन पारमार्थ उन्मुख अर्थात शाश्वत सत्य, आत्मज्ञान र परमात्माको खोज उन्मुख हुन्छ । वैरागी तथा सन्त प्रकृतिको मानिसलाई जीवनमा प्राप्त हुनसक्ने र आफ्नो जीवनयापन गर्न आवश्यक पर्ने आधारभूत चिज, वस्तु, सेवा, सुविधाहरु मात्र चाहिन्छ, उनीहरुका इच्छा चाहनाहरु सिमित हुन्छन् किनकी उनीहरु जीवनका आधारभूत आवश्यकताका आधारमा(निडबेस) जीवनयापन गर्छन् र जीवनकालागि महत्वपूर्ण कुराहरुलाई प्राथमिकतामा राखेर कम महत्वका कुराहरु क्रमशः छोड्दै जान्छन् । श्रीमद् भगवद् गीतामा श्रीकृष्ण भगवानले यस्तै वैरागी अर्थात वितरागी मानिसहरुलाई वास्तविक योगी, सन्त तथा संयासी भन्नुभएको छ जसले आफ्ना सबै दैनिक कर्तव्य, उत्तरदायित्व, जिम्मेदारी तथा व्यवहारहरु पूरा गर्दै परिवार, समाज तथा संसारमै रहेर आफूलाई आत्मज्ञान तथा परमात्मा प्राप्तिको मार्गमा निमज्जित गरेको हुन्छ । आफ्नो जीवनका सांसारिक तथा पारमार्थिक दुवै प्रकारका उद्देश्य तथा लक्ष्यहरु हासिल गर्न रागी र वैरागी दुवै प्रकारका मनिसहरुका लागि योग साधनाको अवश्यकता र महत्व उत्तिकै आवश्यक, उपयोगी र प्रभावकारी हुन्छ । रागी मानिसले योग साधनाको उपयोग आफ्नो जीवनमा आफूले इछ्याएका सांसारीक चिज, वस्तु, सेवा, सुविधाहरु हासिल गर्नकालागि गर्ने गर्दछ र वैरागी मानिसले योग साधनाको उपयोग आत्मज्ञान तथा परमात्मा प्राप्तिकालागि गर्ने गर्दछ । अहिलेसम्मको योग साधनाको इतिहासमा यीनै दुई प्रकारका उद्देश्य तथा लक्ष्यहरु राखेर योग साधनालाई सैदान्तिक तथा व्यवहारिक रुपमा प्रयोग गर्दै आइएको देखिन्छ । यस लेखका विषयहरुमा योग साधनाको उपयोग पारमार्थिक उद्देश्य प्राप्तिकालागि कम र सांसारीक उद्देश्य प्राप्तिकालागि बढि गरिनेमा केन्द्रित गरिएको छ ।
पारमार्थिक उद्देश्यकालागि योग साधनाको उपयोग
वैरागी तथा सन्त प्रकृतिका मानिसको जीवनमा योग साधनाको उद्देश्य तथा लक्ष्य आत्मज्ञान र शाश्वत तत्व परमात्माको खोज, साक्षातकार तथा प्राप्तिकालागि हुने भएकोले यो उद्देश्य हासिल गर्न सहयोगी हुने प्रकारका योग साधनाका अलि जटिल प्रकारका वैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरण अनुभवी योगगुरुको सानिध्यमा रहेर गर्ने गरिन्छ । यी विधिहरु अलि जटिल प्रकारका हुने भएकोले अनुभवी योगगुरुको मार्गनिर्देशनको साथसाथ साधक आफूमा पनि पर्याप्त आवश्यक पात्रता तथा योग्यता, दृढ संकल्प, निष्ठा र अनुशासन हुनु अत्यावश्यक हुन्छ । सामान्यतया परमात्मा प्राप्तिको मुमक्षत्वका लागि अधिकांश साधकहरुले कुण्डलिनी योग तथा चक्र साधना गर्ने गर्दछन् । यसकालागि हठ योग तथा श्वर विज्ञान(श्वास–प्रश्वासको लय मिलाएर)का वैज्ञानिक विधिहरुको कडा अनुशरण गर्दै मन्त्र, तन्त्र र चक्र साधनाका विधिहरु बढि अनुशरण गर्ने गरिएको पाइन्छ । म (पंक्तिकार, सिर्जना भण्डारी) सन् २०११ देखि चक्र साधनाको साधक रहदै आएको छु ।
सांसारीक उद्देश्य प्राप्तिकालागि योग साधनाको उपयोग
मानिस लगायत सबै जीव तथा प्राणीहरुको जीवनको एकमात्र अन्तिम उद्देश्य तथा लक्ष्य सुख प्राप्ति र दुःखबाट निवृत्ति पाउनु हो । हरेक मानिसको जीवनमा सुुख र दुःख अनुभूति गराउने विषय, घटना तथा अवस्थाका प्रकारहरु धेरै हुन्छन् र यसमा व्यक्तिको स्वअनुभव र निश्चत विषय, घटना तथा अवस्थामाथि उसको मानसिकतामा बनेको छवि, नक्शा तथा हेर्ने दृष्टिकोणको उल्लेख्य प्रभाब रहने गर्दछ । प्राथमिकताका आधारमा भन्नुपर्दा सांसारीक मानिसको जीवनमा सुखको अनुभूति दिने प्रमुख पाँच आयामहरु– (१)स्वास्थ्य, (२)सम्वन्ध, (३)सम्पन्नता, (४)मान–प्रतिष्ठा, र (५)आन्तरीक शान्ति हुन् । मानिसको जीवनका यीनै पाँच आयामका अवस्थाहरुमा सकारात्मक प्रगति भयो भने उसले सुखको अनुभव गर्दछ र अवरोध आयो तथा मानिसले आफुले चाहे अनुरुपका आफ्ना उद्देश्य तथा लक्ष्यहरुमा प्रगति हासिल गर्न सकेन भने यीनै आयामहरु उसको जीवनमा दुःखको रुपमा प्रकट हुन्छन् अस्वस्थता, खराव सम्वन्ध, बिपन्नता, मानहानी, आन्तरीक तथा मानसिक अशान्ति बनेर र उसले जीवनमा दुःखको अनुभव गर्छ । मानिसको जीवनमा उसले चाहे अनुरुप सुख, खुशी, समृद्धि, शान्ति, आनन्द हासिल गर्न अवरोध गर्ने प्रमुख कारण उसको मनमा निरन्तर चलिरहने अनियन्त्रित अति विचारहरु हुन् र अति विचारका मूलश्रोतहरु- (१)विगतका नकारात्मक स्मृतिहरु, (२)वर्तमानको अव्यवस्थित जीवनशैली, र (३)भविश्यका असुरक्षा, डर तथा भयहरु हुन् । यो अवस्था प्राय हरेक मानिसले कुनै न कुनै किसिमले आफ्नो जीवनमा अनुभव गरिरहेका हुन्छन् । अध्यात्म विज्ञान र आधूनिक विज्ञान दुवैको मतक्यै रहेको मान्यता अनुसार मानिसको जीवनमा विचारको प्रभाव अत्यन्तै परिणाममुखी आमूल परिवर्तनकारी हुन्छ किनकी विचारको बल तथा शक्ति अनन्त हुन्छ । विचारले नै मानिसको जीवनको दिशा तय गर्दछ, उसको प्रगति–अवनति, सफलता–असफलता, शान्ति–अशान्ति आदि सबै विषयहरु । विचारहरु सही दिशामा छन् भने यसले मानिसको जीवनलाई स्वर्ग(सुख, शान्त, समृद्ध) बनाइदिन सक्छ र सही दिशामा छैन भने यसैले मानिसको जीवनलाई नर्क(दुःख, अशान्ति, बिपन्न) बनाइदिन सक्छ । ध्यान तथा योग साधनाको प्रमुख उद्देश्य मानिसको मा, मस्तिष्कमा चलिरहने अति विचारहरुलाई न्युनीकरण गर्नु तथा नियन्त्रण गर्नु हो । तसर्थ, यो लेखमा पहिलो खण्डमा अति विचार र मानिसको जीवनमा यसले पार्ने नकारात्मक प्रभावहरुका बारेमा र दोस्रो खण्डमा अति विचारको निवारण गर्नकालागि ध्यान तथा योग साधनाको उपयोग र साधना गर्ने सहज तर वैज्ञानिक विधि तथा पद्धतिहरुको बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ ।
अति विचार र यसका नकारात्मक प्रभावहरु
विश्वमा वास्तविक(स्वत्वमा स्थितप्रज्ञ) वैरागी तथा संयासी, योगी, सन्त, साधु, गुरु तथा सदगुरुहरु एक प्रतिशत वा सो भन्दा पनि कम संख्यामा रहेको अनुमान गरिन्छ र ९९ प्रतिशत भन्दा बढि मानिसहरु गृहस्थ तथा सांसारीक जीवनमा रहेका छन् । वर्तमान समयमा सांसारीक जीवनमा रहेका मानिसहरुमा मानसिक तनावका समस्याहरु समयक्रमसंगै तिब्रगतिमा बढिरहेको समय–समयमा गरिएका वैज्ञानिक खोजका विभिन्न तथ्यांकहरुले देखाएका छन् । संयुक्त राष्ट्रसंघको विश्वकै स्वास्थ्य सम्वन्धि विषय हेर्ने संस्था विश्व स्वास्थ्य संगठनले अवका केही दशकमा मानिसहरुमा तनावले पेन्डामिक(महामारी)को रुप लिनेछ भनेर भविश्यवाणी समेत गरिसकेको अवस्था हाम्रा सामु सपष्ट भैसकेको छ । मानसिक तनावको प्रमुख कारण मानिसको मन तथा मस्तिष्कमा अनियन्त्रित रुपमा निरन्तर चलिरहने अनावश्यक अति विचारहरु(ओभर थिंकिंगस्) हुन् । अति विचार सकारात्मक र नकारात्मक दुवै प्रकारका हुन सक्छन् । आधूनिक मनोविज्ञानका अनुसार दुवै प्रकारका विचारहरु अनियन्त्रित रुपमा निरन्तर चलिरहनु मानसिक रोगको लक्षण तथा अवस्था हो । मानिसको पंचप्रगति(स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मान–प्रतिष्ठा, शान्ति)मा सकारात्मक अति विचारहरुले त्यति हानि गर्दैनन् जति नकारात्मक विचारहरुले हानि गर्ने गर्दछन् तर यसको अर्थ सकारात्मक विचारलाई अनियन्त्रित किसिमले चल्न दिरहनु पर्छ भन्ने कदापि होेइन किनकी अति भयो भने चिनी पनि तितो हुन्छ भन्ने उक्ति जस्तै अति सकारात्मक विचारहरुले पनि मानिसको पंचप्रगतिमा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा बाधा गर्दछन् । सकारात्मक नै भएपनि अति विचारले मानिसलाई कम प्राथमिक तथा जीवनमा उति महत्वपूर्ण नहुने अनुत्पादक घटना तथा विषयहरुमा अनावश्यक रुपमा उल्झाइ राख्छ, उ चाहेर पनि जीवनका प्राथमिक तथा महत्वपूर्ण उद्देश्य तथा लक्ष्यहरुमा केन्द्रित हुन सक्दैन र यसको परिणाम यसको जीवनमा दुःख, अशान्ति, विपन्नताको रुपमा देखापर्दछ । खासगरि मानिसलाई जीवनमा पंचप्रगति हासिल गर्न बाधा पुर्याउने पहिलो अवरोध उसका सकारात्मक अति विचारहरु भन्दापनि अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारले खडा गर्ने गर्दछन् । मानिसको मन, मस्तिष्क हरपल अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुले घेरिएको तथा भरिइरहेको अवस्थामा नियन्त्रित, आवश्यक, सकारात्मक, उत्पादनशील, उपलव्धिमूलक, सिर्जनशील नयाँ विचारहरुले उसको मस्तिष्कमा स्थान नै पाउदैनन् र उसले जीवनमा सोचे अनुरुप प्रगति हासिल गर्न सक्दैन बरु उल्टै उसको जीवन असफलता तथा दुःखतिर उन्मुख हुदैजान्छ । नकारात्मक प्रकृतिका विचारहरुले गर्ने हानि–नोक्सानी भयावह प्रकारका हुन्छन् जसले जीवनका सबै आयामहरुलाई लथालिंग पारेर राखिदिन्छन् र मानिसलाई जीवनमा फेरी सहजै अगाडि बढ्न नसक्ने अवस्थामा पुर्याइदिन्छन् ।
पूर्वीय सनातन दर्शनका महान दार्शनिक तथा मनोवेत्ता श्रद्धेय स्वामी खप्तड बाबा(श्री १००८ ब्रम्हवित् परमहंश सच्चिदानन्द सरस्वती)को विश्व विख्यात ग्रन्थ विचार विज्ञानको सिद्धान्त र आधूनिक मनोविज्ञानका नयाँ सिद्धान्तहरुका अनुसार विचारको विज्ञान अनौठो छ र मानिसको जीवनमा उसका विचारहरुको सकारात्मक तथा नकारात्मक प्रभाव अत्यन्तै प्रभावकारी र वैज्ञानिक ढंगले पर्दछ । ब्रम्हाण्डको नियम अनुसार(द ल अफ युनिभर्स) हाम्रो मन, मस्तिष्कमा चलिरहेका विचारका तरंगहरुले ब्रम्हाण्डमा तैरीरहेका उस्तै(सम) प्रकारका विचारका तरंगहरुलाई आफूतिर आकर्षित गर्दछन् र हाम्रो जीवनमा ती विचारहरुको सकारात्मक तथा नकारात्मक प्रभाव तथा परिणाम कयौं गुणा बढाइदिन्छन् । ब्रम्हाण्डको आकर्षणको सिद्धान्त(द ल अफ अट्रयाक्सन)को समले समलाई आकर्षित गर्छ भन्ने मान्यता अनुसार यदि हाम्रो मन, मस्तिष्कमा नकारात्मक विचारहरु चलिरहेका छन् भने ब्रम्हाण्डमा तैरीरहेका त्यस्तै प्रकारका विचारका तरंगहरु हाम्रो विचारका तरंगहरुसंग एकाकार हुन्छन् र हाम्रो जीवनमा नकारात्मकता अझ कयौं गुण बढेर जान्छ र यस्तो अवस्थाले हाम्रो जीवनलाई अझै नकारात्मकता(दुःख, अशान्ति, विपन्नता)तिर धकेल्छ । तसर्थ मन, मस्तिष्कमा चल्ने अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई समयमै सही ढंगले नियन्त्रण गर्नु अत्यावश्यक हुन्छ । मानिसको मन, मस्तिष्कमा चल्ने अति विचारहरुलाई न्युनिकरण गर्न तथा सन्तुलन गर्न सक्ने एक मात्र प्रभावकारी उपाय योग साधना विज्ञान हो । आधूनिक मनोविज्ञानले गरेका आजसम्मका वैज्ञानिकतामा आधारित विभिन्न खोज तथा अध्ययन, अनुसन्धानहरुमा अति विचारलाई न्युनिकरण गर्न सक्ने तथा सन्तुलित बनाउन सक्ने कुनै प्रकारका उपाय, विधि तथा तरिकाहरु उति दिगो, प्रभावकारी, व्यवहारिक र परिणाममुखि देखिएका छैनन् जति योग साधनाका वैज्ञानिकतामा आधारीत विधि तथा पद्धतिहरु देखिएका छन् । योग साधनाको दिगो प्रभाव तथा व्यवहारिक परिणामकै कारण वर्तमान समयमा आधूनिक चिकित्सा, मनोचिकित्सा तथा मनोविज्ञानले अति विचार न्युनिकरण तथा नियन्त्रण गर्न र विभिन्न प्रकारका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तथा अस्तित्वगत बिमारीहरुको उपचारमा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई व्यापक रुपमा उपयोगमा ल्याउन प्रारम्भ गरेकाछन् ।
अति विचारले जीवनमा पार्ने नकारात्मक प्रभाव
सबैकालागि व्यवहारिक हुने लाक्षणिक उदाहरणबाट अति विचारले जीवनमा पार्ने नकारात्मक प्रभावको गहिराई बुझ्ने प्रयास गरौं । कल्पना गरौं कि, हामी कतैको लामो पैदल यात्रामा हिडिरहेका छौं र हिड्ने क्रममा जुत्ताभित्र ढुंगा पसेर पैतालामा बिझायो भने हामी जुन गतिमा हिड्नु पर्ने हो त्यो गतिमा हिड्न सक्दैनौं तथा हिड्नै सक्दैनौं असहजताका कारण र समयमै, सहजै आफ्नो गन्तव्यमा पुग्न पनि सक्दैनौं । हाम्रो जीवन पनि एउटा लामो यात्रा हो, हामी हाम्रो जीवनमा विविध उद्देश्य तथा लक्ष्यहरु निर्धारण गरेर जीवनको अन्तिम गन्तव्य सुखको प्राप्ति र दुःखको निवृत्ति हासिल गर्न निरन्तर जीवनको यात्रामा हिडिरहेका छौं । हाम्रो जीवनको यात्रा गर्ने क्रममा हाम्रो मस्तिष्कमा चल्ने अनियन्त्रित, अनावश्यक अति विचारहरु जुत्ताभित्र छिरेका ढुंगा जस्तै हुन् जसले हाम्रो जीवनको गतिलाई अवरोध तथा सुस्त गरिदिन्छन् र हामी हाम्रो जीवनको उद्देश्य, लक्ष्य हासिल गर्न तथा गन्तव्यमा समयमै, सहजै पुग्न सक्दैनौं । यस्ता अति विचारहरुले शरीरको रसायन प्रणालीमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्ने र नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स– कोर्टिसो, , एडरनलिन आदि) उत्पादन गर्दछन् । यस्ता नकारात्मक रसायनहरुका कारण मानिसको मन तथा भावनामा मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, घृणा, राग, द्वेष, भय, वदला, षडयन्त्र आदि आउन थाल्छन् । अति विचारका कारण उत्पन्न भएका विकार तथा क्लेशहरुले सबैभन्दा बढि (५० देखि ७० प्रतिशतसम्म) हाम्रो समय र उर्जा(काम गर्ने जोश, जाँगर, प्रेरणा)लाई नोक्सान पुर्याउछन्, जीवनको प्राथमिकता र दिशा नै मोडिदिन्छन् । अति विचारहरु नकारात्मक प्रकारका छन् भने त यीनले त झन पूर्ण रुपमा जीवनको उद्देश्य, लक्ष्य तथा गन्तव्यमा पुग्न अझ बढि बाधा पुर्याउनुका साथै हाम्रो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक, अस्तित्वगत स्वास्थ्य; सम्वन्ध; समृद्धि तथा सम्पन्नताका सम्भावनाहरु; मान–प्रतिष्ठा; र आन्तरीक तथा मानसिक शान्तिमा समेत हदैसम्मको नकारात्मक प्रभाव पार्दछन् र थाहा नपाइकन हाम्रो जीवनलाई नै नकारात्मकता तथा असफताको कित्तामा पुर्याइदिन्छन् । अति विचारहरु र यसबाट उत्पन्न भएका मानवीय विकार तथा क्लेशहरुले हाम्रो समय र उर्जामा अत्यधिक नोक्सान पुर्याएका कारण हाम्रा कार्यहरुको उत्पादनशीलता र उत्पादकत्वमा कमी आउन थाल्छ; हामी आफ्ना कर्तव्य तथा उत्तरदायित्वहरु राम्ररी पूरा गर्न सक्दैनौं; पारिवारीक तथा सामाजिक सम्वन्धहरु राम्ररी निभाउन सक्दैनौं; हामी अन्जानमै मानवीय विकार तथा क्लेशहरुको दलदलमा निस्कनै नसक्नेगरि भासिदै जान्छौं; भित्रैदेखि नकारात्मक भावले भरिन थाल्छौं र आफैंले आफैंलाई वरवादीतर्फ लिएर जान्छौं । यस्तो अवस्थाले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मान–प्रतिष्ठा र आन्तरीक तथा मानसिक शान्तिमा समेत हदैसम्मको खलल ल्याउदछ र विस्तारै हाम्रो जीवनमा तनाव, चिन्ता, अवसाद, अनिद्रा तथा अन्य प्रकारका शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक अस्वस्थताका अवस्थाहरु बढ्दै जान्छन् र प्रकारान्तरमा यस्तो अवस्थाले हामीलाई अझ बरबादीतिर लिएर जान्छ र जीवन सम्हाल्न नसक्ने गरि नर्कतुल्य बनाइदिन्छ ।
(१)स्वास्थ्यमा अति विचारको नकारात्मक प्रभाव
अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुले हाम्रो मस्तिष्क र शरीरका रसायन प्रणालीहरुलाई प्रत्यक्ष रुपमा नकारात्मक प्रभाव पार्दछन् र हाम्रो शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक स्वास्थ्यमा हानि पुर्याउने नकारात्मक रसायनहरु(स्ट्रेस हर्मोन्स्– कोर्टीसोल, एडरनलिन आदि) उत्पादन गर्दछन् र लाभ पुर्याउने सकारात्मक रसायनहरु(ह्यापि हर्मोन्स्, डी.ओ.एस.इ.– डोपामिन, ओक्सिटोसिन, सेरोटोनिन, एम्डोर्फिन्स आदि)को उत्पादन प्रकृयामा अवरोध पुर्याउछन् । कोर्टीसोल, एडरनलिन रसायन पनि शरीरकालागि आवश्यक छन् डर तथा असुरक्षाको अवस्थामा आफूलाई बचाउ गर्न भाग्न या भिड्न(फ्लाइट और फाइट) बल, साहस तथा प्रेरणा प्रदान गर्नकालागि तर बिना मतलव अर्थात आवश्यकता नभएको अवस्थामा अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारका कारण उत्पन्न भएका यस्ता नकारात्मक रसायनहरुले सन्तुलित रुपमा हाम्रो शरीर तथा स्वास्थ्य व्यवस्थापन गर्न जटिल अवस्था खडा गरिदिन्छन् । शारीरिक तथा मानसिक स्वास्थ्यका लागि यो अत्यन्तै खतरनाक अवस्था हो किनकी नकारात्मक रसायनहरु शरीरमा फैलिएर यीनले शरीरका स–साना नशाहरु चुडालिदिने, खुँच्याइदिने, अल्झाइदिने, गाँठो पारिदिने, संचार अवरोध गरिदिने; मांसपेशीहरु च्यातिदिने, जकडिदिने, संचार अवरोध गरिदिने; जोर्नीका जेलीहरुलाई दुषित गरिदिने तथा सुकाइदिने; रगत, हड्डी, मास–मज्जामा आदिमा विष भरिदिने तथा दुषित गरिदिने गर्दछन् । मानिसको शरीरमा यस्ता नकारात्मक रसायनहरु उत्पन्न भएको समयमा बिनाकारण नै मानिस असन्तुष्ट हुन्छ, क्रोध, डर, असुरक्षाको अवस्थामा आउँछ र यो अवस्थामा झन पुरै शरीरभरि यी विषालु रसायनहरु फैलिन्छन् र यही कारण मानिस अनियन्त्रित हुन्छ, उसका आँखा, गाला, कान राता हुन्छन्, जे पनि बोल्छ, जे पनि गर्छ, हिंसामा उत्रिन्छ, नराम्रा निर्णयहरु लिन्छ, अरुलाई सताउछ र आफूलाई पनि सताउछ । यस्तो अवस्थाले हाम्रो शारीरिक तथा मानसिक समस्या तथा बिमारीहरु बढाउने हुनाले हाम्रा सबै सकारात्मक पक्षहरुमा प्रत्यक्ष रुपमा नोक्सान पुर्याएर नकारात्मकतामा परिणत गरिदिन्छ, हामीलाई पूर्णरुपमा नकारात्मक बनाइदिन्छ र विस्तारै हामी जीवनमा केही पनि सकारात्मक तथा प्रगतिका कामहरु गर्न नसक्ने अवस्थामा पुग्छौं ।
वर्तमान समयमा अस्वस्थ सम्वन्धहरु; अस्वस्थ होड, देखासेखी तथा प्रतिस्पर्धा; चाढै धनी बन्ने अति महत्वाकांक्षा; धोका, अविश्वास आदि प्रमुख कारण बन्दै गैरहेका छन् हाम्रो मस्तिष्क तथा शरीरमा नकारात्मक रसायनहरु उत्पादन गर्ने काममा । साथै सामाजिक संजाल सबैभन्दा ठूलो पेन्डामिक बनेको छ हाम्रो मनमा अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरु उत्पन्न गरेर शरीर र मस्तिष्कका रसायन प्रणालीहरु बिगार्न तथा असन्तुलित गर्नमा । बिना मतलव असन्तुलित मात्रामा उत्पादन भएका नकारात्मक रसायनहरुका कारण शारीरिक अस्वस्थताका बिमारीहरु– प्राय सबै रोगका जन्मदाता उच्च रक्तचाप, मधुमेह, मोटोपन, अनिद्रा आदि र मानसिक तथा भावनात्मक अस्वस्थताका बिमारीहरु– असन्तुष्टी, अधैर्यता, बेचैनी, तनाव, चिन्ता, विसाद, अवसाद, विक्षिप्तता, ओ.सि.डी., ओब्सेसीव बिहेबियर, सिजोफेनिया, मल्टीपल डिसअडर आदि स्वास्थ्य समस्याहरु सिर्जना हुन्छन् र यस्ता अवस्थाहरुले जीवनलाई झनझन कष्टकर र असफलता उन्मुख बनाउदै लान्छन् ।
हामी शारीरिक, मानसिक, भावनात्मक, चेतनात्मक तहमा पूर्णरुपमा स्वस्थ रहनकालागि हाम्रो शरीरमा सकारात्मक रसायनहरुको पर्याप्त उपलव्धता हुनु अति आवश्यक हुन्छ । मन, मस्तिष्कमा चल्ने अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई हटाएर तीनको ठाउँमा नियन्त्रित, आवश्यक, सकारात्मक, उत्पादनशील, उपलव्धिमूलक, सिर्जनशील, परिवर्तनशील नयाँ विचरहरुलाई प्रतिस्थापन गर्नुपर्दछ । सकारात्मक विचारहरुले शरीर तथा स्वास्थ्यलाई प्रत्यक्ष रुपमा लाभ पुर्याउने सकारात्मक रसायनहरु उत्पादन गर्न मद्धत गर्दछन् । योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई निष्ठापूर्वक आफ्नो दैनिक जीवनमा अनुशरण गरेर शरीरको पूर्ण स्वस्थ्य तथा आरोग्यताका लागि आवश्यक लाभदायक रसायनहरु– एन्डोर्फिन्स(२० प्रकारका हुन्छन्), डोपामिन, अक्सिटोसिन, सेरोटोनिन, मेलाटोनिस, डि.एम.टी., एच.जी.एच., गाबा, एनेन्डामइट आदिको उत्पादन बढाउन सकिन्छ । शरीर, मन, भावना, चेतनालाई स्वस्थ राखिरहन यी रसायनहरुका आ–आफ्नै प्रकारका काम र प्रभावहरु हुन्छन् । एन्डोर्फिन्स प्राकृतिक पेनकिलर हो, यसले शारीरिक दुखाइ तथा पिडा कम गर्न मद्धत गर्दछ; डोपामिनले सुखी, खुशी, शान्त, आनन्दित, एकाग्र हुन र आफैंमा मस्त रहन मद्धत गर्दछ; मेलाटोनिनले शरीर, मन, भावना, चेतनालाई आराम प्रदान गर्ने र निद्रा लगाउने काम गर्दछ; सेरोटोनिनले मन शान्त(मेन्टल पिश) राख्न मद्धत गर्दछ; ओक्सिटोसिनले भावनात्मक स्थिरता(इमोसनल स्ट्याबिलिटी) ल्याउन मद्धत गर्दछ; एच.जी.एच.ले पूरै शरीरको भौतिक विकासमा मद्धत गर्दछ; गाबाले तनाव, चिन्ता कम गर्न मद्धत गर्दछ; एनेन्डामइटले अलौकिक अनुभूति गर्न, परमशान्ति तथा परमानन्दमा स्थित हुन मद्धत गर्दछ; र डि.एम.टी.ले सबै रसायनहरुलाई सन्तुलित तथा व्यवस्थित गर्न मद्धत गर्दछ । ध्यान तथा योग साधना विज्ञानका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा अनुशरण गरेर अति विचारहरुलाई न्युनिकरण, नियन्त्रण तथा सन्तुलित रुपमा व्यवस्थापान गरेर, शरीरमा सकारात्मक रसायनहरुको उत्पादन बढाएर, आफ्नो जीवनशैली सुधारेर जीवनमा सहजै पंचप्रगति हासिल गर्न सकिन्छ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुको अनुशरणको अतिरिक्त सन्तुलित खानपान, सन्तुलित व्यायाम, पर्याप्त निद्रा, सबैसंग राम्रो सम्वन्ध, खेलकुद, मनोरञ्जन, संगीत श्रवण, नृत्य, मुस्कान तथा हाँसो, प्रशंशा, समय व्यवस्थापन, धन्यवाद, कृतज्ञता, प्रेम, मैत्री, सहयोग, सेवा, दान, पुण्य, धर्म आदि सकारात्मक क्रियाकलापहरुबाट पनि शरीरमा पर्याप्त मात्रामा सकारात्मक तथा खुशीका रसायनहरुको उत्पादन बढाएर अति विचारबाट मुक्त हुन, जीवन व्यवस्थित गर्न र जीवनमा सबै प्रकारका प्रगतिहरु हासिल गर्न सकिन्छ ।
(२)सम्वन्धमा अति विचारको नकारात्मक प्रभाव
मानिस समाजिक प्राणी हो । परिवार, समाज, प्रकृतिबिना हरकोही मानिसको जीवन कष्टकर हुन्छ, तसर्थ सम्वन्धहरु उसका आधारभूत आवश्यकता र अमूल्य सम्पत्ति हुन् । अनियन्त्रित, अनावश्यक नकारात्मक अति विचारहरुको नकारात्मक प्रभाव स्वरुप शरीरको रसायन प्रणालीमा आएको असन्तुलनकै कारण मानिसकोे सोच, विचार, भाव, व्यवहार, आचरण र कर्ममा असन्तुलन तथा नकारात्मकता बढ्दै जान्छ । यस्ता नकारात्मक भावहरुले मानिसमा काम, क्रोध, लोभ, मोह, इष्र्या, राग, द्वेश, घृणा, बदलाको भाव जस्ता मानवीय क्लेशहरुलाई बढाउदै लान्छन् । अध्यात्म विज्ञान र आधूनिक मनोविज्ञानका अनुसार मानिसमा अधिक मात्रामा क्लेशको अवस्था बढ्दै जानु मानसिक तथा भावनात्मक विमारीको लक्षण हो । मानिस क्लेशले भरिएको अवस्थामा उसका सबै प्रकारका सम्वन्धहरुमा यसको प्रत्यक्ष नकारात्मक प्रभाव पर्दछ र विस्तारै सबै प्रकारका सम्वन्धहरु(आफू, परिवार, सम्वन्धीहरु, सागीसंगी, समाज, राज्य, प्रकृति, मानवीयता, परमात्मासंग) क्रमशः बिग्रदै जान थाल्छन् । अति विचारका कारण उत्पन्न भएका क्लेशहरुको नकारात्मक प्रभावको कारण सबैभन्दा पहिला त मानिसको आफैंसंगको सम्वन्ध बिग्रीन्छ र विस्तारै परिवार, साथीसंगी, सम्वन्धी, समाज, राज्य, प्रकृति, परमात्मा सबैसंगका सम्वन्धहरु विग्रीन्छन् र उ सबैबाट दुर हुदै एक्लिदै, तनाव, चिन्ता, विसाद, अवसादको दलदलमा भासिदै जान्छ । आफुसंगको सम्वन्ध बिग्रीयो भने मानिसमा सही समयमा सही निर्णय लिने, सही तथा प्रभावकारी योजना निर्माण गर्ने, नयाँ काम थाल्न हिम्मत गर्ने, सिर्जनशील, क्षमतावान, प्रतिभावान हुने सबै प्रकारका सकारात्मक गुणहरु हराउदै जान्छन् र अरुप्रति गुनासोले भरिने, आफ्नो कमजोरीको दोष अरुमाथि थोपर्ने, अरुलाई गाली गर्ने, दोष लगाउने, आफैंलाई गाली गर्ने, दोष लगाउने, आफूले आफूलाई असक्षम ठान्ने, हिम्मत हार्ने, हिनतावोध, अपराधवोधले भरिने जस्ता अत्यन्तै खतरनाक लक्षणहरु देखिन थाल्छन् जसले मानिसलाई जीवनबाट निराश गराएर असफलता तथा पतन उन्मुख गराएर उसको जीवन नै बरबाद गराइदिन्छ । आफूसंग सम्वन्ध बिग्रेपछि अरु सबैसंगको सम्वन्ध पनि स्वतः खतरामा आउन थाल्छ किनकी यस्तो अवस्थामा उ आफैं कसैसंग निकट सम्वन्ध बनाउन चाहदैन । सन्तुलित जीवन व्यवस्थापनका लागि आफू लगायत अरु सबैसंगका सम्वन्धहरु सुमधूर बनाउनु अत्यावश्यक हुन्छ र यसकालागि अनियन्त्रित, अनावश्यक, नकारात्मक विचारहरुलाई न्युनिकरण गर्नु तथा नियन्त्रण गर्नु पहिलो महत्वपूर्ण नगरिनहुने काम हो । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यास गरेर अति विचारहरुलाई न्युनिकरण, नियन्त्रण तथा सम्तुलित रुपमा व्यवस्थापन गरेर, सबैसंगको सम्वन्ध राम्रो तथा मैत्रीपूर्ण बनाएर र आफ्नो जीवनशैली सुधारेर जीवनमा हरकोही मानिसले सहजै पंचप्रगति हासिल गर्न सक्दछ ।
(३)सम्पन्नतामा अति विचारको नकारात्मक प्रभाव
मानिसको शरीर, मन, भावना, चेतना छ र यी सबैका आ–आफ्नै प्रकारका आधारभूत आवश्यकताहरु छन् । यी आधारभूत आवश्यकताहरु पूरा गर्न जीवनमा आवश्यक सम्पन्नता, आर्थिक सवलता तथा धन आर्जन गर्नु सबै मानिसहरुको उत्तरदायित्व तथा चाहना हुन्छ र हुनु पनि पर्छ । मानिसको जीवनको अधिकांश सक्रिय तथा उत्पादनशील समय सम्पन्नता आर्जन गर्नमै बित्ने गर्दछ किनकी जीवनमा सबैभन्दा ठूलो चुनौती आफूलाई नैतिकवान तथा अनुशासित राखेर सम्पन्नता हासिल गर्नु मै रहदै आएको देखिन्छ । वर्तमान परिप्रेक्षमा अत्यधिक प्रतिस्पर्धाका कारण सम्पन्नता हासिल गर्नु अझ जटिल विषय बन्दै गैरहेको छ र अत्यधिक प्रतिस्पर्धाका कारण मानिस हरपल अत्यन्तै भागदौडको जीवन जीरहेको । अत्यन्तै भागदौडको जीवन जीरहेको कारण मानिस अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुको नकारात्मक चपेटामा आइरहेको छ । यस्तो अवस्थाले मानिसको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्नुको साथसाथ उसको जोश, जाँगर, हिम्मत, हौसला, प्रेरणा, साहस, आत्मविश्वासमा समेत नकारात्मक प्रभाव पारिरहेको छ र उसले आफूले आफैंलाई चिन्न नसक्ने दुविधा, तनाव, चिन्ता, विसाद तथा अवसादको अवस्थामा पुगेको छ । यस्तो अवस्थामा मानिसले आफ्नो कर्तव्य, उत्तरदायित्व, स्वधर्म, स्वाभाव तथा प्राकृतिक वुद्धिमत्ता(नेचुरल इन्टेलिजेन्स) जो जन्मदै उसले आफ्नो संस्कारमा लिएर आएको हुन्छ त्यसको सही ढंगले पहिचा गर्न सक्दैन । आफ्नो प्राकृतिक वुद्धिमत्ता चिन्न नसकेको कारणले उसले आफूले जीवनमा के गर्ने, कहिले गर्ने र कसरी गर्ने भन्ने सन्दर्भमा आफ्नो जीवनमा सही उद्देश्य, लक्ष्य, योजना तथा संकल्प निर्धारण गर्न सक्दैन, जीवनमा आधारभूत आवश्यकताहरु पूरा गर्नसक्ने सम्पन्ता समेत हासिल गर्न सक्दैन, जीवनमा संधै पछाडि परिरहन्छ र असफल नागरीक बन्न पुग्छ । ध्यान तथा योग साधनाले मानिसभित्र सुसप्त अवस्थामा रहेको आफ्नो स्वधर्म, स्वभाव तथा प्राकृतिक वुद्धिमत्ता, प्रतिभा, क्षमता, सिर्जनशीलता, सकारात्मक गुणहरु चिन्न र जीवनमा त्यही अनुसारका उद्देश्य, लक्ष्य, योजना तथा संकल्प निर्धारित गर्न मद्धत गर्दछ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा उतारेर अति विचारहरुलाई न्यूनिकरण तथा नियन्त्रण गर्दै विचारहरुको सम्तुलित व्यवस्थापान गरेर, जीवनशैली सुधारेर हरकोही मानिसले जीवनमा सम्पन्नता हासिल गर्दै सहजै पंचप्रगति गर्न सक्छ ।
(४)मान–प्रतिष्ठामा अति विचारको नकारात्मक प्रभाव
सामान्यतया माानिस आफ्नो जीवनका आधारभूत आवश्यकताहरु पूरा गरिसकेपछि अरुकालागि पनि केही सहयोग तथा सर्वकल्याणको काम गरौं, समाजमा थोरै भएपनि योगदान गरौं र मान–प्रतिष्ठा कमाउँ भन्ने भावना राख्दछ र यस्ता गतिविधिहरुमा अग्रसर भएका मानिसहरुले परिवार, साथीसंगी, नाता–सम्वन्धी, समाज, राज्यमा धेरथोर मान–सम्मान पनि कमाउछन् । तर सबै मानिस यस्तो भाव भएर पनि यस्ता कामहरुमा अग्रसर हुन सक्दैनन् खासगरि त्यस्ता मानिसहरु जो विविध कारणले अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारका शिकार भएका हुन्छन् । अति विचारको नकारात्मक प्रभावले मानिसमा सिर्जना गरेको मानवीय विकार तथा क्लेसहरुले क्रमशः उसको सोच, विचार, मन, भावना, व्यवहार, आचरण, कर्म, व्यक्तित्वमा समेत नकारात्मक प्रभाव पार्ने भएकोले यसको प्रत्यक्ष नकारात्मक प्रभाव उसको शारीरिक तथा मानसिक स्वास्थ्य, सम्पन्नता, सम्वन्धहरुका साथसाथ मान–प्रतिष्ठामा पनि पर्दछ । विशेषगरि उसमा भरिएका मानवीय विकार तथा क्लेशका कारण उसले अरुप्रति गर्ने अप्ठ्यारा व्यवहार तथा आचरणहरुले उसको मान–प्रतिष्ठामा नकारात्मक प्रभाव पार्दछन्् । यस्तो मानिस विस्तारै परिवार, साथीसंगी, नाता–सम्वन्धी, समाज, राज्यबाट नै तिरस्कृत हुदैजान्छ, उ हिनतावोध, अपराधवोध, तनाव, चिन्ता, विसाद, अवसादको अवस्थामा पुग्छ र जीवनमा कुनै प्रकारको प्रगति गर्न नसक्ने असफल नागरिक बन्छ । जीवनमा यस्तो अवस्था आउन नदिन सर्वप्रथम अति विचारको प्रकोपबाट बच्नु अनिवार्य हुन्छ, अति विचारले गाजिसकेको छ भने यसको सही उपचार गर्नु अत्यावश्यक हुन्छ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा अनुशरण गरेर अति विचारहरुलाई नियन्त्रण तथा सन्तुलित रुपमा व्यवस्थापान गरेर, सबैसंगको सम्वन्ध सुमधूर तथा मैत्रीपूर्ण बनाएर, सबैमाझ सम्मानित तथा प्रतिष्ठित भएर र जीवनशैली सुधारेर जीवनमा हरकोही मानिसले सहजै पंचप्रगति हासिल गर्न सक्छ ।
(५)आन्तरीक तथा मानसिक शान्तिमा अति विचारको नकारात्मक प्रभाव
हाम्रो जीवनका हरप्रकारका गतिविधिहरुको प्रभाव मानसिक शान्तिमा प्रत्यक्ष रुपले पर्ने गर्दछ । अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरु मानसिक शान्तिमा खलल् ल्याउने सबैभन्दा प्रमुख कारणहरु हुन । अति विचारका कारण मानिस जीवनमा शारीरिक, मानसिक, भावनात्मक र चेतनात्मक रुपले अस्थिर तथा असन्तुलित हुन्छ । जीवनको अस्थिरता तथा असन्तुलनता नै मानसिक अशान्ति हो । मानसिक अशान्तिले आन्तरिक शान्ति(अन्तरआत्माबाट आउने शान्ति)मा प्रत्यक्ष नकारात्मक प्रभाव पादर्छ । आन्तरीक तथा मानसिक दुवै किसिमले अशान्त मानिस स्वतः शारीरिक, मानसिक, भावनात्म, चेतनात्मक रुपले अस्वस्थ तथा कमजोर हुन्छ र यस्तो मानिसले जीवनमा कुनै प्रकारका प्रगतिहरु गर्न सक्दैन । तसर्थ जीवनमा आन्तरीक तथा मानसिक अशान्तिको अवस्था आउन नदिन अति विचारको प्रकोपबाट बच्नु अनिवार्य हुन्छ । ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई दैनिक जीवनमा निष्ठापूर्वक व्यवहारिक अभ्यासमा अनुशरण गरेर अति विचारहरुलाई नियन्त्रण तथा सन्तुलित रुपमा व्यवस्थापान गरेर, सबैसंगको सम्वन्ध राम्रो तथा मैत्रीपूर्ण बनाएर र जीवनशैली सुधारेर, आत्तरीक तथा मानसिक शान्ति कायम गरेर हरकोही मानसले जीवनमा सहजै पंचप्रगति हासिल गर्न सक्छ ।
अति विचारको समस्या समाधानमा योग साधना सर्वश्रेष्ठ विज्ञान हो
वर्तमान समयमा विश्वभरिनै अधिकांश मानिसहरुको सबैभन्दा ठूलो चुनौती अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचार बन्दै आएको छ जो तनावको मूलकारण हो । अति विचारकै कारण मानिसहरु जीवनका हरेक क्षेत्रमा अत्यन्तै धेरै नोक्सान बेहोर्दै आइरहेका छन्, जीवनमा प्रगति रोकिएको छ, तसर्थ कत्तिपनि विलम्व नगरीकन यसको रोकथामको उपाय गर्नु अत्यावश्यक भएको छ । अति विचारको समस्याबाट वाहिर निस्कन मद्धत गर्ने एकमात्र प्रभावकारी र परिणाममुखी वैज्ञानिक उपाय ध्यान तथा योगको साधना हो । ध्यान तथा योग हरेक व्यक्तिले आफ्नोलागि आफू स्वयंले नै गर्नुपर्ने अत्यन्तै वैज्ञाननिक, परिणाममुखी र अत्यन्तै व्यवहारिक साधना पद्धति हो । ध्यान तथा योग साधना विज्ञान होकिनकी यसको व्यवहारिक अभ्यासको परिणाम सबै साधकहरुको अनुभवमा एकै प्रकारको आउछ । ध्यान तथा योग साधनालाई विज्ञान बनाउन यसलाई मान्नु भन्दा बढि जान्नु पर्दछ किनकी ध्यान तथा योग ‘मान्नु’ होइन ‘जान्नु’ हो । जान्नु भनेको स्वयंले व्यवहारिक अभ्यासमा अनुशरण गरेर यसको परिणाम प्रत्यक्ष अनुभव गर्नु हो र मान्नु भनेको अरुका कुरा सुन्नु तथा अरुले प्रतिपानद गरेका सिद्धान्त तथा जानकारीहरु मनमा ग्रहण गर्नु हो । अरुले प्रतिपादन गरेका सिद्धन्तहरुमा पढेका तथा सुनेका ज्ञानहरु केवल मनसम्म मात्र पुग्छन् तर व्यवहारिक अभ्यासमा अनुशरण गरिएका ज्ञानहरु शरीरका कोष–कोषसम्म पुग्छन् र शरीरका अंगहरुले याद गर्दछन र यसको प्रत्यक्ष परिणामहरु स्वयंको अनुभवमा आउछ । सही प्रकारले ध्यान तथा गोग साधनालाई जीवनमा व्यवहारिक अभ्यासमा अनुशरण गर्न सकेसम्म अनुभवी योगगुरुको सानिध्यमा रहेर साधना सिक्नत्र र अभ्यास गर्नु सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय हो । यसो गर्न सहज छैन भने भरपर्दा सन्दर्भ सामग्रीहरुबाट पनि ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरु सिक्न र सोही अनुसार आफूलाई उपयुक्त हुने प्रकारका विधि तथा पद्धतिहरुलाई व्यवहारिक अभ्यासमा अनुशरण गर्न सकिन्छ । सबैकालागि उपयोगी हुने कुनैपनि नकारात्मक प्रभाव नआउने ध्यान तथा योग साधनाका केही सामान्य विधिहरु यसप्रकार रहेका छन्–
सर्वप्रथम आफूले ध्यान तथा योग साधना कति मिनेटसम्म गर्ने हो समय छुट्याएर त्यसलाई चार चरणमा विभाजन गरौं– (१)शरीर तताउन(पसिना आउने व्यायाम), (२)शरीर तन्काउने(नशा, मांसपेसी, जोर्नी तन्काउने योगासन), (३)प्राणायाम(श्वास–प्रश्वासको छोटो–लामो आयाम), र (४)ध्यान(मेरुदण्ड सिधा राखेर पूर्णतः स्थिरता) । ध्यान तथा योग साधनाकालागि ३० मिनेट समय छुट्याइएको छ भने ५ मिनेट शरीर तताउने र १० मिनेट शरीर तन्काउने योगासन; ५ मिनेट प्राणायाम र १० मिनेट ध्यान गर्नु अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ । योग साधनामा गरिने सबै गतिविधिहरुको अन्तिम उद्देश्य ध्यानसम्म पुर्याउने नै हो तर शरीर, मन, भावनालाई लचिलो, स्थिर, शुद्ध, विचार शुन्य र शान्त नबनाइकन एकै पटक ध्यानमा प्रवेश गर्न हरकोही मानिसलाई मुस्किल हुन्छ । तसर्थ ध्यानमा प्रवेश गर्नुअघि शरीरलाई लचिलो र स्थिर बनाउनका लागि शरीर तताउने केही व्यायामहरु र शरीर तन्काउने केही योगासनका विधिहरु र मन तथा भावनालाई शुद्ध, विचार शुन्य र शान्त बनाउन तिब्र र सौम्य गतिका प्राणायामका विधिहरु सकेसम्म विहान ४–५ बजे ब्रम्हमुहुर्तको समयमा, हरियाली भएको, हावा वारपार गर्ने खुल्ला स्थानमा, फिका तथा साधा खुकुलो पहिरन लगाएर योग साधनाका विधिहरु गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
योगासनको अभ्यास
शरीर तताउने– जोड–जोडले श्वास वाहिर फाल्दै ५ मिनेटसम्म हात–गोडा झटकालिने गरि चलाउदै उफ्रिने, पि.टी. गर्ने, ताली बजाउने, सौम्य गीत तथा संगीतमा नृत्य गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
शरीर तन्काउने– श्वास–प्रश्वासको लय एकटकले मिलाएर शरीर तन्काउदा श्वास वाहिर फालेर र शरीर सामान्य गर्दा श्वास भित्र तानेर १० मिनेटसम्म योगका उभिएर, बसेर, घोप्टो परेर र उत्तानो परेर गर्ने आसनहरु दिनदिनै फेरीफेरी गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
प्राणायामको अभ्यास
तिब्रगति– श्वासलाई जोड–जोडले वाहिर फाल्दै २ मिनेटसम्म तिब्र गतिका प्राणायामहरु(भस्त्रिका, कपालभाति, हुकार आदि) गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
सौम्य गति– श्वास–प्रश्वासलाई लामो गहिरो बनाएर ३ मिनेटसम्म कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर सौम्य गतिका प्राणायामहरु(आ–उ–म, ॐकार, भ्रामरी, नाडीसोधन, विज प्राणायाम आदि) गर्नु सबैकालागि अत्यन्तै लाभकारी, प्रभावकारी र परिणामुखी हुन्छ ।
ध्यानको अभ्यास
साक्षीभाव केन्द्रित ध्यान– आफूले तत्काल जे काम गरिरहेको छ त्यसमा होसपूर्ण तथा साक्षी भएर वर्तमानमा भैरहेका गतिविधिहरुको आनन्द लिनु साक्षीभाव(माएन्डफुनेस) केन्द्रित ध्यान हो । यो जुनसुकै समयमा गर्न सकिन्छ र गर्नुपर्छ । साक्षीभावमा केन्द्रित रहदा मा, मस्तिष्कमा विगता नराम्रा स्मृति र भविश्यका असुरक्षाका कल्पनाहरु आउदैनन् र विचारहरु वर्तमानमा केन्द्रित हुन्छन् । वर्तमानमा केन्द्रित हुदा तथा वर्तमाका गतिविधिहरुलाई होसपूर्वक आनन्द लिदा शरीरमा सकारात्मक रसायनहरुको उत्पादन बढ्छ र यसले शरीर, मन, भावना, चेतनालाई स्वस्थ राख्न मद्धत गर्दछ ।
विषय केन्द्रित ध्यान– कुनै निश्चित विषय(रमणीय स्थान, शरीरका अंगहरु, आराध्य देवी–देवता, मन्त्र, चक्र)मा मनलाई केन्द्रित गर्दै एकाग्र भएर धारणा गरिरहनु विषय केन्द्रित ध्यान हो । अनुशासित भएर निष्ठापूर्वक धारणामा एकाग्रता बढ्दै गएपछि यो विषय केन्द्रिकरण स्वतः ध्यानको अवस्थामा परिणत हुन्छ । धारणालाई गहिर्याउदै लगेर ध्यानमा प्रवेश गर्न तल उल्लेखित विधिहरुको अनुशरण गर्नु उपयुक्त हुन्छ–
(१)सकेसम्म ३० मिनेट, नभ्याए २० मिनेट र यति पनि नभ्याए १० मिनेटसम्म, सम्भव भए शव्दबिनाको सुमधूर संगीत बजाएर(शव्दहरुले ध्यानमा अवरोध गर्न सक्छन् तर संस्कृतका दोहोरीने मन्त्र तथा श्लोकहरु बजाउन सकिन्छ), कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर, आँखा कोमल बन्द गरेर, हातमा ज्ञान तथा ध्याान मुद्रा लगाएर सजिलो आसन(सिद्धासन, सुखासन, बज्रासन, कुर्शी)मा बसेर सात पटकसम्म आउदै–जादै गरेको लामो–गहिरो श्वास–प्रश्वासमा ध्यान केन्दित गर्दै आफूलाई जीवन प्रदान गरिरहेको अमृतमय श्वास–प्रश्वास; सहयोग प्रदान गरिरहेको शरीर, शरीरका अंगहरु; परिवार, समाज, प्रकृति, परमात्मा सबैप्रति कृतज्ञता भावले भरिनु पर्दछ तथा धारणा गर्नु पर्दछ । धारणा तथा कुनै विषयमाथि एकाग्रता गहिरिदै गएपछि यही ध्यानमा परिणत हुन्छ । पतंजलि योगसुत्रको परिभाषा अनुसार, “ध्यान कुनै प्रकारको गरिने क्रिया होइन, एकाता गहिरिदै जादा घटित हुने विचार शुन्यता र शान्तिको अनुभव तथा अनुभूति हो ।”
(२)यसपछि केहीबेर आफैंलाई मनमनै आत्मसन्देश दिनुपर्छ– भित्र जाने श्वासलाई लामो गहिरो बनाएर लामो ‘म’ उच्चाहरण गर्दै वाहिर जाने लामो श्वासमा लामो ‘स्वस्थ छु’ उच्चाहरण गर्नुपर्छ; फेरी भित्र जाने श्वासलाई लामो गहिरो बनाएर ‘म’ उच्चाहरण गर्दै वाहिर जाने लामो श्वासमा ‘सुखी छु’ उच्चाहरण गर्नुपर्छ; यही क्रम र लयमा क्रमशः भित्र जाने लामे, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘खुशी छु’; भित्र जाने लामो, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘शान्त छु’; भित्र जाने लामो, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘आनन्दित छु’; भित्र जाने लामो, गहिरो श्वासमा लामो ‘म’ उच्चाहरण र वाहिर जाने लामो श्वासमा ‘भाग्यमानी छु’ उच्चाहरण गर्नु उपयुक्त, प्रभावकारी र परिणाममुखी हुन्छ ।
(३)यसपछि केही बेर मौन रहेर आँखी भौंको विचमा फुटबल आकारको प्याजी रंगको उज्यालो ‘आत्मज्योति पुञ्ज’ र उक्त आत्मज्योति पुञ्जको विचमा ‘ॐ अक्षरब्रम्ह’लाई हेरीराख्नु उपयुक्त, प्रभावकारी र परिणाममुखी हुन्छ, आफूसंग समय भएसम्म ।
(४)आफनो रुची अनुसार आफूलाई मनपर्ने तथा मन केन्द्रित गर्न सहज हुने विषयहरुमा धारणा गनै सकिन्छ । धारणाका विषयहरु दिनदिनै अलग–अलग प्रयोग गर्दा ध्यान साधनामा हुने निरशता तथा दिक्कपन(मोनोटोनस) बाट सहज निजाद पाउन सकिन्छ ।
(५)यसपछि लामो गहिरो श्वास तीनपटक लिएर, तीनपटक लामो ॐकार(ओ र मं बराबरी पारेर) गरेर, दुई हातलाई एकआपसमा घर्षण गरी हत्केलाको न्यानो उर्जा आँखामा लगाउदै विस्तार आँखा खोलेर सामान्य बन्न सकिन्छ । यसप्रकारको समान्य ध्यान तथा योग साधना विधि रागी तथा वैरागी दुवै प्रकारका मानिसहरुले गर्न सकिन्छ ।
ध्यान साधनामा विचारप्रति सजगता
ध्यान साधनामा रहदा विचार आउन सक्छन् र यो स्वाभाविक अवस्था हो । ध्यानमा विचार आए भनेर डराउनु, निराश हुनु, विचलित हुनु तथा आफूलाई असक्षम ठान्नु हुदैन । सकेसम्म त आफ्नो मनलाई आँखी भौंको विचमा ‘आत्मज्योति पुञ्ज’ र पञ्जको विचमा रहेको ‘ॐ अक्षरब्रम्ह’ मै केन्द्रित गर्न प्रयास गर्नुपर्छ तर शुरु–शुरुमा बानी नपरुन्जेल विचारले मलाई(‘म’ शुद्ध, बुद्ध, मुक्त, नित्य, शाश्वत चेतना अर्थात आत्मा हुँ; शरीर, मन, भावना, चित्त मेरो हो) जित्न सक्छन् । तसर्थ विचार आए भनेपनि विचलित नहुने, आफू द्रष्टा(विचारलाई देख्नेवाला, सुरक्षा गार्ड) भएर ती विचारहरुलाई एकटकले हेरीरहने; विचारभित्र नछिर्ने तथा राम्रो–नराम्रो विचार भनेर नछुट्याउने, कुनै प्रकारका प्रतिक्रिया नदिने; विचार आएको–गएको मात्र हेरीरहने । विचारलाई वास्ता गर्यौं तथा तीनका विषयहरुसंग उल्झिन थाल्यौं र ध्यानबाट भड्कीयौं भने हाम्रो मस्तिष्कले यो घटनालाई महत्वपूर्ण विषय रहेछ भन्ठान्छ, रेकर्ड गरेर राख्छ र हरेक पटक ध्यान गरेको समयमा यस्तै गर्नुपर्ने रहेछ भन्ठान्छ र बारबार यस्तै विचारका अवस्थाहरु दोहोर्याइदिन्छ अर्थात विचारहरु पठाइरहन्छ । तर यसको विपरीत हिामीले विचारलाई वास्ता गरेनौं, तीनलाई हेरी राख्यौं मात्र र तीनका विषयहरुसंग उल्झिएनौं भने हाम्रो मस्तिष्कले यो महत्वपूर्ण विषय होइन रहेछ भन्ठान्छ, रेकर्ड गरेर राख्दैन र अर्को पटक गरिने ध्यान गरेको समयमा विचारहरु पठाउदैन । ध्यान साधनाका शुरुशुरुका अभ्यासहरुमा विचारका ज्वालामुखी नै विस्फोट हुन्छन् र यो सामान्य अवस्था हो किनकी आँखा बन्द गरेर साधक आफूतिर फर्केपछि उसको विचार अवचेतन तथा अचेतनमनमा प्रवेश गर्छ जुन मानिसका जन्म–जन्मका स्मृतिहरु संग्रहीत भएर रहेको विचारका अनुभवहरुको महाािगर हो । विचाहरुको महासागरबाट केही समय विचारका ज्वालामुखीहरु फुटीरहनु स्वभाविक हो, बरु फुटेन भनेचाहिं स्वाभाविक होइन । विचार र आफ्नो मूल धर्म बुझौं, यसले ध्यामा टिकीरहन सहजता प्रदान गर्दछ– विचारको मूलधर्म चल्नु हो र ध्यान साधनामा रहदा मेरो मूलधर्म विचारहरुलाई हेरीरहनु हो बिना कुनै प्रतिक्रिया र जवाफ नदिइकन तथा विचारसंग नउल्झिकन । ध्यान साधनामा आउने विचारहरु सबै मनका खेल हुन्, मलाई ध्यानको विषयबाट भ्रमित गराएर वाहिर लान तथा भड्काउन प्रयास गर्ने मनका चालहरु हुन् किनकी मानिसको मन लोभि हुन्छ, यो कुनै एउटा विषयमा एकाग्र भएर अन्तरमन अर्थात आत्मासंग बसिरहन चाहदैन, इन्द्रियहरुको माधयमबाट वाहिर छरिन र संसारका विषयहरु भोग गर्न चाहान्छ । यस्तो अवस्थामा ‘म’ ‘म’ मै टिकीराखौं, मनको बहकाउमा नआउँ किनकी मन मेरो हो, ‘म’ मन होइन, ‘म’ त शुद्ध, बुद्ध, मुक्त, नित्य, शाश्वत चेतना अर्थात पुरुष अर्थात आत्मा हुँ, सर्बब्यापक, सर्बशक्तिमान परमात्मा अर्थात परब्रम्ह स्वयंको अभिन्न अंश, मै ब्रम्ह हुँ, ‘अहं ब्रम्हास्मि’ । तसर्थ, ध्यान साधनाका क्रममा आउने विचारहरुका कारण आत्तिनु तथा विचलित हुनु हुदैन, निरन्तर एउटा विषयमा धारणाको अभ्यास गर्दै गएपछि विचार आउने क्रम आफैं बन्द हुदै जान्छ र ध्यानमा विस्तारै गहिराइ तथा गहनता आउदै जान्छ र विस्तारै ध्यानबाट पनि पारी समाधिको अवस्थामा पुगिन्छ । बिना कुनै त्रुटी सकारात्मक मार्गमा गहिरिएको ध्यान साधना नै समाधिको उच्चतम अवस्था हो ।
ध्यान साधनाबाट थप लाभ लिन मद्धत गर्ने मनोविज्ञानका विधिहरु
अध्यात्म विज्ञान सम्पूर्ण रुपमा प्रतिकात्मकता(मेटाफोर) अर्थात दृश्यावलोकनको कल्पना शक्तिमा चल्ने पद्धति हो । प्रतिकात्मकताको सिद्धान्तले ध्यान साधनाको अभ्यासमा रहेको समयमा जीवनमा आफूले हासिल गर्न चाहेका स्वास्थ्य, सम्वन्ध, प्रगति, समृद्धि, मान–प्रतिष्ठा, सुख, खुशी, शान्ति, आनन्दका घटना, विषय तथा अवस्थाहरु आफूले हासिल गरिसकेको कल्पनाका दृश्यहरु मन, मस्तिष्कमा ल्याएर जीवनमा प्रगति हासिल गर्न सकिन्छ भन्ने मान्यता राख्दछ र यो प्रयोगात्मक रुपमा वैज्ञानिक तवरले प्रामाणित गरिसकिएको विषय हो । दृश्यमा ल्याइएका कल्पनाहरु अत्यन्तै प्रभावकारी हुन्छन् किनकी बारबार हामीले तीनै कल्पनाहरुलाई दृश्यमा ल्याइरहदा मन, मस्तिष्कले यस्ता दृश्यहरु महत्वपुर्ण रहेछन् भन्नेठान्छ र दृश्य कल्पनाहरुलाई रेकर्ड गरेर राख्न थाल्छ र त्यही अनुरुप शरीर, मन, भावना, चेतनामा कामगर्न थाल्छ र मानिसको जीवनमा कल्पनाका दृश्य अनुसार नै जीवनमा सकारात्मक परिवर्तन र उपलव्धिमूलक परिणामहरु आउन प्रारम्भ हुन्छन् । विस्तारै शरीरमा आरोग्ता बढ्छ, मनमा राम्रा विचारहरु, भावनामा राम्रा भावहरु बन्न थाल्छन् र पूर्णरुपमा मानिसको जीवनशैली सकारात्मक बन्नथाल्छ । सकारात्मक मानिसको जीवनमा सबैप्रकारका प्रगतिहरु हुन सम्भव हुन्छ, यस्तो मानिसले सबै क्षेहरुमा चाहे अनुसारको सफलता हासिल गर्न सक्छ । सकारात्मक मानिस संधै सुखी, खुशी, समृद्ध, सफल, शान्त, आनन्दित, सेवा तथा सर्वकल्याण भावले भरिएको हुन्छ र यस्तो मानिस मात्र पूर्णरुपमा स्वस्थ, सुमधूर सम्वन्ध भएको, सम्पन्न, मान–प्रतिष्ठा कमाएको र आन्तरीक रुपले शान्त, आनन्दित रहेको हुन्छ ।
सनातन दर्शनको सबै भन्दा कान्छो तर अत्यन्तै प्रभावशाली आधूनिक प्रमात्रा विज्ञान(क्वान्टम विज्ञान)लाई समेत अगाडिका खोजहरुमा मद्धत पुर्याइरहेको अद्वेत वेदान्त(मोनिजम)का अनुसार ब्रम्हाण्ड सकारात्मक मानिसहरुलाई मद्धत गर्न हरपल तयार रहेको हुन्छ । अद्वेत वेदान्तको अवधारणामा आधारीत ब्रम्हाण्डको आकर्षणको सिद्धान्त(द ल अफ अट्रयाक्सन)का अनुसार मानिसले सकारात्मक विचार गर्यो भने ब्रम्हाण्डले उसका सकारात्मक विचारहरुलाई सकारात्मक उपलव्धि तथा सकारात्मक परिणाममा परिवर्तन गर्न त्यस्तै प्रकारका सकारात्मक विचारहरु उसको अन्तरज्ञान(इन्ट्युसन तथा सिक्थसेन्स)मा एकाकार गरेर तिनको आकार र क्षमता(इन्टेनसिटी) बढाइदिन्छ र उसले जीवनमा हासिल गर्न चाहेका कुराहरु उसको जीवनमा वास्तविक रुपमा फलिभूत हुन मद्धत गर्दछ ।
दृश्यांकन कल्पनाका शक्ति तथा प्रभाव
आधूनिक मनोविज्ञानका अनुसार श्रव्य(लिसन) घटना भन्दा दृश्य(भिजन) घटनाहरु र दृष्य घटनाहरु भन्दा क्रिया(एक्सन) गरेका घटनाहरुलाई हाम्रो मन, मस्तिष्कले छिटो र राम्रोसंग याद राख्न तथा रेकर्डमा राख्न सक्छ । ध्यान साधनाका क्रममा गरिएका दृश्यांकन कल्पनाहरुले साधकको जीवनमा परिणाममुखी उपलव्धिहरु ल्याउछन् । सबै रसायन ग्रन्थीहरु(हर्मोनल ग्ल्यान्डस्)बाट मेरो सम्पूर्ण स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने खुशीका रसायनहरु(ह्याप्पी हर्मोन्स्–डि.ओ.एस.इ.) श्रावित भैरहेका तथा उत्पादन भैरहेका छन्; मेरो शरीरभरी फैलिएर मलाई स्वास्थ्य, आरोग्यता, एकाग्रता, शान्ति प्रदान गरिरहेका छन् भन्ने दृश्यमा कल्पना(भिज्योलाइज) गर्दा खुशीका रसायनहरुको उत्पादन बढ्नुको साथै यसका सकारात्मक प्रभावहरु शरीर, मन, भावना, चेतनामा अझ प्रभावकारी र परिणाममुखी भएर प्रत्यक्ष अनुभवमा आउछन् । मलाई स्वस्थ रहन, मेरो जीवनमा पंचप्रगति गर्न मद्धत पुर्याइरहेका खुशीका सबै रसायनहरुले मलाई कति ठूलो गुन लगाइरहेका छन्; म यी रसायनहरुप्रति कृतज्ञ छु भन्ने जस्ता सकारात्मक धन्यवाद तथा कृतज्ञता भावले भरिदा जीवनमा आउने सकारात्मक प्रगति र उपलव्धिहरुमा अझ राम्रो परिणाम आउछ । खुशी प्रदान गर्ने रसायनहरुले स्वतःस्फुर्त रुपमा नकारात्मक तथा तनावका रसायनहरुले हाम्रो शरीर, मन, भावना, चेतनाका सामान्य, सुक्ष्म तथा अति सुक्ष्म गतिविधिहरुमा पारेका नकारात्मक प्रभाव तथा हानिहरुमा औषधि उपचारको काम गर्ने हुनाले शरीर, मन, भावना, चेतनाका धेरै प्रकारका बिमारीहरुमा आराम मिल्नथाल्छ, बिमारीहरु विस्तारै निको हुन थाल्छन् । सकारात्मक तथा खुशीका रसायनले स्वतःस्फुर्त रुपमा तनावका रसायनहरुको नकारात्मक प्रभावका कारण हाम्रो मस्तिष्कको स्नायु प्रणालीमा चुडिएका, खुम्चिएका, गाँठो परेका, संचार अवरुद्ध भएका स–साना स्नायु तथा नशाहरुमा; शरीरका च्यातिएका, खुम्चिएका तथा जकडिएका तथा संचार अवरुद्ध भएका मांसपेसीहरुमा; जोर्नीका दुषित भएका तथा सुक्दै गएका कृष्टलहरुमा; हड्डी, मासमज्जा, रगत तथा शरीरका आन्तरीक र वाहिरी अंगहरुमा पारेका सबैप्रकारका नकारात्मक हानि, प्रभाव, असन्तुलन तथा खराबीहरुमा पुनरसंरचना(रिपेयरिगं) तथा जोड्ने काम गर्दछन् र छिट्टै स्वस्थ र सन्तुलित अवस्थामा आउन मद्धत गर्दछन् ।
वर्तमान समयमा साक्षीभाव केन्द्रित तथा विषय केन्द्रित दुवै प्रकारका ध्यान साधनाका विधि तथा पद्धतिहरुमाथि गरिएका आधूनिक चिकित्सा विज्ञान, मनोचिकित्सा विज्ञान तथा मनोविज्ञानहरुका थुप्रै वैज्ञानिक खोज तथा अनुसन्धनमा आधारीत अध्ययनका प्रतिवेदनहरुले उजागर गरिसकेका छन् कि खुशीका रसायनहरुको उत्पादन सबैभन्दा बढि ध्यान साधनामा गरिने दृश्य सहितको कल्पनामा हुने गर्दछ । ध्यान साधनाको अवस्थामा वर्तमानका गतिविधिहरुमा केन्द्रित हुने, विगत र भविश्यका विचारहरु कम चल्ने, नकारात्मक विचारलाई हटाएर सकारात्मक विचारहरुलाई स्थान दिइने, कुनै एउटा विषयमा एकाग्र हुने जस्ता सकारात्मक गतिविधिहरुले प्रसस्त मात्रामा शुखीका रसायनहरु उत्पादन गर्न र बिनाकारण तथा शरीरलाई वास्तविक रुपमा आवश्यकता नपरिकन तनावका रसायनहरु उत्पादन हुन पुर्णरुपमा निस्तेज गर्न मद्धत गर्दछन् । वैरागी, योगी, सन्त, संयासी तथा मोक्षको मुमुक्षा राख्नेहरुकालागि ध्यान साधनाको परिभाषा विशेष तथा विशिष्ठ हुन सक्छ तर सामान्य तथा सांसारीक मानिसहरुका लागि ध्यान साधनाको सहज तथा सरल परिभाषा मन, मस्तिष्कमा आउने नकारात्मक विचारहरुलाई सकारात्मक विचारहरुले प्रतिस्थानपन गरेर तीनै सकारात्मक विचारहरुलाई दृश्यमा भैरहेको कल्पना गर्र्नु र कम्मर, ढाड, गर्धन शिर सिधा राखेर, आँखा बन्द गरेर, हातलाई ज्ञान तथा ध्यान मुद्रामा राखेर, निश्चित समयसम्म स्थिर भएर त्यही सकारात्मक विचारमा एकाग्र भैरहनु हो ।
यसप्रकार योग साधना विज्ञानका वैज्ञानिकतामा आधारीत उपयुक्त विधि तथा पद्धतिहरु(खासगरि योगासन, प्राणायाम, ध्यान)ले मानिसको शारीरिक, मानसिक, भावनात्मक तथा आत्मिक अर्थात चेतनात्मक संरचनामा प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव पार्दछन् र मानिसको मनमा चन्ले अति विचारलाई विस्तारै कम गर्न, नियन्त्रण गर्न र तीनलाई सकारात्मकतामा रुपान्तरण गर्न मद्धत गर्दछन् । यसकालागि सबै उमेर समूहका सबै श्रेणीका मानिसलाई उपयुक्त ठानिएका ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुलाई प्रयोगात्मक अभ्यासका रुपमा अनुशरण गरेर कत्तिपनि ढिलो नगरीकन ध्यान तथा योग साधना प्रारम्भ गर्न अध्यात्म विज्ञान र आधूनिक मनोचिकित्सा तथा मनोविज्ञानका विशेषज्ञहरुको राय–सल्लाह रहदै आएको छ । तसर्थ वर्तमान परिप्रेक्षमा सांसारीक जीवन जीउने मानिसहरुकालागि ध्यान तथा योग साधना गर्नुको पहिलो उद्देश्य तथा प्रयोजन मनमा चल्ने अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई न्ूनिकरण गर्नु, नियन्त्रण गर्नु, सन्तुलित तथा व्यवस्थित गर्नु हो । ध्यान तथा योग साधनाले अनियन्त्रित, अनावश्यक, नकारात्मक अति विचारहरुलाई विस्तारै कम गर्दै लाने हुनाले विविध समस्याहरुबाट ग्रस्त मानिस विस्तारै समस्याबाट वाहिर आउन थाल्छ, सामान्य बन्दै जान्छ र उसको जीवन प्रगतिउन्मुख हुन थाल्छ किनकी ध्यान तथा योग साधनाका वैज्ञानिक विधि तथा पद्धतिहरुले मानिसको शारीरिक, मानसिक, भावनात्मक तथा चेतनात्मक संरचनामा प्रत्यक्ष तथा अप्रत्यक्ष सकारात्मक प्रभाव पार्दछन् र उसको अति विचारलाई विस्तारै कम गर्न र तीनलाई सकारात्मकतामा रुपान्तरण गर्न मद्धत गर्दछन् । यसरी मानिसले जीवनका सबै प्रकारका दुःखहरुको निवारण तथा व्यवस्थापन गरेर उसको जीवनमा उसले इच्छाए अनुरुपको स्वास्थ्य, सम्वन्ध, सम्पन्नता, मान–प्रतिष्ठा, शान्ति(पंचप्रगति) हासिल गर्न सक्षम हुन्छ ।
ध्यान तथा योग साधनाको सन्दर्भमा सुधार गर्नुपर्ने अत्यावश्यक विषय
सबै उमेर समुहका मानिसहरुलाई ध्यान तथा योग साधनाले हरप्रकारले सकारात्मक लाभ पुर्याउने भएपनि त विडम्वना, वर्तमान समयमा ध्यान साधनाको सन्दर्भमा व्यक्ति, परिवार, समाज, राज्यमा गलत बुझाइ रहदै आएको छ कि ध्यान साधना गर्नुको मतलव परिवार, कर्तव्य, उत्तरदायित्व, घरसंसार छोडेर वैरागी हुनु हो; यो उमेर ढक्लेपछि बुढेसकालमा गर्ने क्रियाकलाप हो; साना केटा–केटी, किशोर–किशोरीले, यूवा–यूवतीले त गर्नै हुदैन, गरे भने एकोरीन्छन्, जीवनबाट बिमुख हुन्छन् आदि । ध्यान तथा योग साधनाको सन्दर्भमा यस्तै गलत मान्यता मानेर बसका कारण धेरै मानिसहरुले ध्यान साधनाको वास्तविक महत्व र अनन्त सकारात्मक प्रभाव तथा लाधबारे जानेका तथा बुझेका छैनन् त्यसैले ध्यान तथा योग साधनाबाट बिमुख मानिसहरुले जीवनमा अनेक प्रकारका रोग, मानवीय विकार तथा क्लेसका कारण खराव सम्वन्ध, बिपन्नता जस्ता समस्या, चुनौती, दुःख तथा कष्टहरु झेलीरहेका छन् । हामी आफूमा जस्तो सोच, विचार, भाव, मान्यता राख्छौं, जस्तो मान्छौं, जस्तो आस्था तथा विश्वास राख्छौं हामी र हाम्रो जीवन पनि त्यस्तै बन्दै जान्छ । ध्यान साधनाका विश्वविख्यात अभियन्ता श्रद्धेय ओशो रजनीश ध्यानको सन्दर्भमा भन्नुहुन्छ, “आफू स्वयंले प्रत्यक्ष नजानी केही पनि नमान तथा त्यस विषयप्रति आफ्नो मान्यता नबनाउ, मेरो कुरा पनि नमान, आफैं उत्र प्रयोगात्मक अभ्यासमा, प्रत्यक्ष अनुभव गर र सही लागे आफ्नो जीवनमा अनुशरण गर, मान्नाले जीवन वरवाद हुन सक्छ तर जान्नाले जीवन आवाद हुन्छ ।” मानिसहरुले ध्यान तथा योग साधनाको महत्व बुझेको तथा जानेको भए उनीहरुले आफ्नो जीवनमा बिना कुनै रोकटोक पंचप्रगति गर्न सक्ने थिए । तसर्थ, ध्यान साधना गर्नु भनेको वैरागी हुनु होइन, जीवनमा प्रगति ल्याउनु हो । ध्यान तथा योग साधना जीवनमा हरप्रकारका प्रगति गर्नकालागि अत्यावश्यक तयारीको साधन तथा उपकरण हो ।
ध्यान तथा योग साधना र मानिसको जीवनमा यसको सकारात्मक प्रभावका सन्दर्भमा विश्वभरि विभिन्न समयमा गरिएका थुप्रै वैज्ञानिक खोज तथा अध्ययनहरुले उजागर गरेका छन् कि विश्वव्यापि तथ्यांकमा रहेका जतिपनि उच्च प्रगति गरेका उच्च ओहोदाका सफल व्यक्तिहरु छन् ती सबै ध्यान तथा योग साधना गर्ने गर्दछन् । ध्यान तथा योग साधनाको माध्यमबाट नै उनीहरुले आफ्नो जीवनमा उच्चतम प्रगति, सफलता, प्रसिद्धि, हासिल गर्न सकेका हुन् । विभिन्न समयमा कतिपय व्यक्तिहरुले आफैंले ध्यान तथा योग साधनाका क्रममा आफूले अनुभव गरेका ज्ञान र उपलव्धिहरु उजागर गर्दै आएका पनि छन् कि ध्यान तथा योग साधनाका कारणले उनीहरुको जीवनमा, यो–यो समयमा, यसरी–यसरी, यो–यो प्रकारको सकारात्मक परिवर्तन आयो भनेर । वास्तविक अर्थमा मान्नु र जान्नुको अन्तर नै यही हो । जसले ध्यान तथा योग साधना गर्नुलाई वैरागी हुनुु हो, बुढेकालमा गर्ने हो अहिले मेरो समय भएको छैन भनेर ध्यान तथा योग साधनाप्रति आफ्नो मान्यता बनाएर बस्यो र ध्यान तथा योग साधनाकाबारेमा सिद्धान्छहरु मात्र पढेर बस्यो, प्रयोगात्मक अभ्यासमा उतारेन उ सदा जीवनमा पछाडि पर्यो । तर यसको विपरीत जसले ध्यान तथा योग साधनालाई पढेर, बुझेर मान्नुको साथसाथ प्रयोगात्मक अभ्यास गरेर जान्ने प्रयत्न गर्यो र ध्यान तथा योग साधनालाई व्यवहारीक अभ्यासमा उतार्यो र यसकाका अनन्त लाभहरु स्वयंले प्रत्यक्ष अनुभव गर्यो तीनै मानिसहरु जीवनमा अगाडि बढे, प्रगति गरे र तीनै मानिसहरुले आफ्नो जीवनलाई अमर बनाए तथा नयाँ इतिहास लेखे ।
यसकारण ध्यान तथा योग साधनाका सकारात्मक अनन्त लाभहरु सबै माझ पुर्याउन सर्वप्रथम व्यक्ति, परिवार, समाज, राज्यको मानसपटलमा रहेको ध्यान तथा योग साधनाबारे भ्रम तोड्नु अतिआवश्यक छ । पूर्वीय सनातन दर्शनले ध्यान तथा योग दानलाई सबैभन्दा सर्वोत्कृष्ट दान मान्दछ । ध्यान तथा योग साधना सिकाउनु भनेको मानिसलाई हरप्रकारले सक्षम बनाएर जीवनमा एच्छाएको प्रगति गर्नसक्ने बनाउनु हो । यसरी आफूले अरुको जीवनमा ध्यान तथा योग साधनाको जागरण गराउन सक्ने बन्नु मानव भएर जम्निुको सर्वोत्कृष्ट उपलव्धि हो । मानवीयताको सबैभन्दा ठूलो उत्तरदायित्व, कर्तव्य, दान, पुण्य, धर्म, सेवा गर्नु हो । महर्षि वेदव्यासले धर्मको परिभाष गर्दै भन्नु भएको छ, “परोपकार पुण्याय, पापाय परपिडनम।” अर्थात आफूले अरुलाई सुख दिनु तथा आप्mनो कारणले अरुको जीवनमा सुख आउनु धर्म हो र अरुलाई दुःख दिनु तथा आफ्नो कारणले अरुको जीवनमा दुःख, पिडा आउनु पाप हो । मानिसको हृदयमा धर्मको भाव ध्यान तथा योग साधनाले प्रष्फुटित गराउछ । तसर्थ सबै उमेर समुहका मानिसहरुलाई ध्यान तथा योग साधना सिकाएर उनीहरुको जीवनमा मानवीयता, उत्तरदायित्व, कर्तव्य, दान, पुण्य, धर्म, सेवा र यसको महत्वबारे जागरण गराउँ र हरेक मानिसले आफू मनुष्य भएर जन्म लिएको कर्तव्य तथा दायित्व पूरा गरौं । bsirjana@gmail.com
No comments:
Post a Comment