'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Thursday, 24 July 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -३

                                            डासिर्जना भण्डारी

                                                 #अध्यात्म_दर्शन #जीवन_दर्शन   




रेकी र उर्जा क्षेत्र तथा आभामण्डल

पूर्वीय सनातन दर्शन र रेकीको प्राचीनतम पृष्ठभूमि

वर्तमान समयमा विश्वव्यापि रुपमा लोकप्रिय र व्यवहार उपयोगी बनेको रेकी उपचार पद्धितिसंग सम्वन्धित विषय, यसका प्रक्रिया तथा विधिहरु पूर्वीय सनातन ग्रन्थहरुमा उल्लेख गरिएका छन् तत्कालीन समयमा प्रयोग गरिने भाषाशैली तथा शव्दाअर्थ अनुसार । पूर्वीय(पूर्वी एशिया जापान, चीन लगायत) अध्यात्म दर्शनमा मनुष्यको शरीरका आयामहरु, उर्जा(इलेक्ट्रो मेग्नेटीक फिल्ड) तथा आभामण्डल(औरा)को विज्ञान गहिरोसंग जोडिएका विषयहरु उल्लेख गरिएका छन् । यसबारे सबैभन्दा प्राचीन शास्त्रहरु सनातन वेद तथा उपनिषदहरुमा पनि विस्तारमा उल्लेख गरिएको छ । उर्जा क्षेत्र तथा आभामण्डल नयाँ शव्दावली हुन् । पूर्वीय सनातन शास्त्रहरुमा व्याख्या गरिएको विषय प्राण शक्ति तथा जीवन शक्तिलाई नै पछिल्लो कालखण्डमा उर्जा क्षेत्र, आभामण्डल तथा रेकीको रुपमा प्रयोग गरिएको हो र यी सबै शव्दावलीहरुको अर्थ एकै हो ‘ब्रम्हाण्डिय महाउर्जा(युनिभर्सल सुपरपावर)’ । चीन तथा जापानका प्राचीन आध्यात्मिक ग्रन्थहरुमा पनि मानिसको प्राण शक्ति तथा जीवन उर्जालाई उर्जा शक्ति तथा उर्जा क्षेत्रको रुपमा उल्लेख गरिएको पाइन्छ जसलाई वर्तमान समयमा उनीहरुको स्थानिय भाषामा कि(QI) भनिन्छ । पछिल्लो समयमा ब्रम्हाण्डिय महाउर्जाको यही सुत्र तथा सिद्धान्तको आधारमा सर्वप्रथम २० औं शताव्दीको पूर्वाध, सन् १९०४मा जापानका आध्यात्मिक व्यक्तित्व डा. मिकाउ उसुइले रेकी उपचार पद्धति अर्थात रेकी हिलिगं थेरापी(ब्रम्हाण्डिय महाउर्जाद्वारा उपचार गरिने पद्धति)को नामबाट विकास गरेर विश्वव्यापी बनाउनु भयोे ।  रे+की=रेकी शव्दको ‘रे’को शाव्दिक अर्थ ब्रम्हाण्डिय रहस्यमयी चम्किलो प्रकाश हो र ‘की’को शाव्दिक अर्थ शक्ति तथा उर्जा हो अर्थात ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा तथा महाशक्ति जुन सनातन प्राचीन शास्त्रहरुमा प्राथमिकताका साथ उल्लेख गरिएको विषय प्राण शक्ति तथा जीवन उर्जाकै निरन्तरता तथा परिमार्जित स्वरुप हो । जापानीजहरुले सनातन शास्त्रहरुमा प्राथमिकताका साथ उल्लेख गरिएको विषय प्राण शक्ति तथा जीवन उर्जालाई नै रेकी अर्थात ब्रम्हाण्डिय रहस्यमयी चम्किलो  प्रकाशको शक्ति तथा भगवानको शक्ति(वुद्धि)को रुपमा मान्दछन् । 


सनातन अध्यात्म विज्ञानको अभिन्न अंश हो रेकी

अध्यात्म विज्ञान के हो र किन आवश्यक छ

अध्यात्म विज्ञान(साइन्स अफ स्प्रिचुवालिटी) आफूभित्र रहेको मूल उर्जा अर्थात चेतना अर्थात आत्मा तथा परमात्माको खोज गर्न सिकाउने साधनाको विज्ञान हो । अध्यात्म साधनामा मूलरुपमा पारमार्थिक मोक्षकालागि ब्रम्हाण्डिय महाउर्जा अर्थात महाचेतनासंग आफ्नो उर्जा अर्थात चेतनाको योग(कनेक्सन) गराउने प्रयास गरिन्छ र सांसारिक मुक्तिकालागि आफ्नोबारेमा आन्तरीक कुराहरु जान्न, आफूलाई भित्रबाट गहिरिएर खोज्न, आफूभित्रका हरप्रकारका क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्मक गुणहरु तथा अन्य सम्भावनाहरु प्रष्फुटन गर्न अध्यात्म साधना गर्ने गरिन्छ । अध्यात्म साधना सांसारिक मुक्ति र पारमार्थिक मोक्ष दुर्वकालागि अत्यन्तै उपयोगी तथा प्रभावकारी विषय भएकोले वर्तमान समयमा विश्वव्यापि रुपमा अध्यात्म साधनालाई योग विज्ञान(योगासन, प्राणायाम, ध्यान)को माध्यमबाट व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यास गरिदै आइएको छ । 


हरप्रकारले सन्तुलित र व्यस्थित जीवनकालागि अत्यावश्यक अध्यात्म विज्ञान वर्तमान समयमा विश्वव्यापि रुपमा चासो, लोकप्रिय र व्यवहारिक प्रयोगको विषय बन्दै गैरहेको छ । सनातन अध्यात्म विज्ञानको उद्गम स्थल दक्षिणपूर्वी एशियाका मूलुक खासगरि नेपाल र भारतका हिमवत खण्डहरुबाट भएको हुनाले सनातन अध्यात्म विज्ञानलाई पूर्वीय सनातन सभ्यताको विरासत पनि मानिन्छ । सनातनकालदेखि नै अध्यात्म साधनाकालागि नेपाल र भारतका हिमाली तथा पहाडी भौगोलिक क्षेत्रहरुको विशेष महत्व रहदै आएको छ किनकी पराभौतिक अलौकिकताको दृष्टिकोणबाट यी क्षेत्रहरुको उर्जाको विशेषता तथा गुणवत्ता नै अन्य सामान्य भौगोलिक क्षेत्रहरुको तुलनामा अलग तथा दिव्य प्रकारको रहको छ । विभिन्न कालखण्डहरुमा अध्यात्म विज्ञानका अलौकिक ज्ञान तथा विषयहरु विशेषगरिकन नेपाल र भारतबाट नै विश्वका विभिन्न मुलुकहरुमा फरक–फरक नामले फैलिदै गएको पाइन्छ । वर्तमान समयमा संसारीभरि नै सबैभन्दा बढि लोकप्रिय र व्यवहारिक जीवनमा अनुशरण गर्दै आइएको बौद्ध दर्शनका प्रणेता भगवान बुद्धको जन्मस्थल नेपाल(लुम्बिनी) हो । भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नुभएपछि तथा वहाँको आफ्नो उर्जा अर्थात चेतना ब्रम्हाण्डको महाउर्जा अर्थात महाचेतनासंग योग भएर वहाँ निर्वाण तथा मोक्षमा उपलव्ध हुनुभयो र वहाँको शरीरका चारवटै आयामहरु(शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक)मा ब्रम्हाण्डको महाउर्जा अवतरण भयो । यसपछि वहाँमा दिव्यता र अलौकिक महाशक्ति बढेकोकारण वहाँले विभिन्न किसिमले समस्यामा परेका मनुष्यहरुलाई स्पर्श चिकित्सा(टच हिलिगं) दिन प्रारम्भ गर्नुभयो । यही चिकित्सा पद्धति पछि गएर विस्तारै रेकी चिकित्सा तथा थेरापिको रुपमा विकास गरियो र विश्वव्यापि बन्दै गयो । भगवान बुद्धमा ब्रम्हाण्डिय महाउर्जाको प्रवाह यति तिब्र र अलौकिक थियो कि कतिपय सानातिना अस्वस्थता तथा समस्याहरुका लागि वहाँले समस्यामा परेका व्यक्तिहरुलाई स्पर्श पनि गर्नु पर्दैनथ्यो, वहाँको समिपमा आउने बित्तिकै सबै अस्वस्थता तथा समस्याहरु स्वतः समाधान हुन्थे वहाँको शरीरमा प्रवाह भैरहेको ब्रम्हाण्डिय महाउर्जाको अलौकिक प्रभावका कारण । हरप्रकारले सम्यक जीवनशैली अपनाउन प्रेरणा प्रदान गर्ने मानवीय तथा सर्वकल्याण भावको पृष्ठभूमिबाट उत्पन्न भएको बौद्ध दर्शनको लोकप्रियता विस्तारै संसारका अरु मूलुतिर पनि बढ्दै गयो । नेपालबाट भारत हुदै दक्षिण एशियाका अन्य मुलुकहरु, दक्षिण पुर्वी एशियाका मुलुकहरु म्यान्मार, थाइल्याण्ड, लावस आदि र पूर्वी एशियाका मुलुकहरु मंगोलिया, चीन, जापानसम्म बौद्ध दर्शनको विस्तार भयो । 


भगवान बुद्धले प्रारम्भ गर्नु भएको यही ब्रम्हाण्डिय महाउर्जा संचारित गरेर समस्यामा रहेका मनुष्यहरुको उपचार गर्दै आएको प्राचीन स्पर्श चिकित्साले त्यसयता अझ तिब्र गतिमा निरन्तरता पाउदै गयो र विश्वव्यापि रुपमा यसको लोकप्रियता बढ्दै गयो । पछिल्लो समयमा मनुष्यका अनेकप्रकारका समस्याहरुको समाधान तथा उपचार गर्न प्राचीन स्पर्श चिकित्साको प्रयोगमा अझ तिब्रता आउन थाल्यो र स्पर्श चिकित्साको व्यवस्थापन अझ प्रभावकारी ढंगले गर्नुपर्ने आवश्यकताको महसुस हुलथाल्यो । प्राचीन स्पर्श चिकित्साको बढ्दो प्रयोगलाई मध्यनजर गरेर यसलाई अझ सहज प्रकारले सबैमाझ पुर्याउन र त्यसक्रममा आवश्यक पर्ने प्रक्रिया तथा व्यवस्थापन मिलाउनकालागि आधूनिककालमा पहिलो पटक वीशौं शताव्दीको पूर्वाद्ध(सन् १९०४)मा बौद्धमार्गी मूलुक जापानका आध्यात्मिक व्यक्तित्व तथा बौद्ध भिक्षु श्रद्धेय डा. मिकाउ उसुइले ब्रम्हाण्डिय उर्जाको उपयोग गरेर समस्याहरुको समाधान तथा उपचार गरिने यो दिव्य ज्ञान स्पर्श चिकित्सालाई समय सान्दर्भिक हुनेगरि यसको निश्चित प्रकारको अवधारणा, सिद्धान्त, नीति–नियम, सहि प्रक्रिया तथा तौरतरिका र यसकालागि आवश्यक सहि विधिहरु लिपिवद्ध रुपमा सार्वजनिक गरेर यससंग सम्वन्धित सबै विषयहरु सबैले सहजै बुझ्न र अनुशरण गर्नसक्ने गरि स्पष्ट पारेर रेकी उपचार पद्धतिको नामले विकास र प्रचार गर्नुभयो । 


रेकी तथा ब्रम्हाण्डिय महाउर्जाले कसरी काम गर्छ

हरेक मनुष्यले आफ्नो दैनिक जीवनयापनमा स्वास्थ्य, सम्वन्ध, अध्ययन, पेशा आदि विषयहरुसंग सम्वन्धि धेरै प्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरुको सामना गरिरहेको हुन्छ । यस्ता प्रकारका समस्याहरुको समाधान तथा उपचार गर्न रेकी उपचार पद्धतिले सम्वन्धित व्यक्तिको शरीरमा ब्रम्हाण्डिय महाउर्जा संचारीत गरेर सहयोग प्रदान गर्दछ । हरेक मनुष्यको स्वास्थ्य, सम्वन्ध, अध्ययन, पेशा आदिमा आउने समस्या तथा चुनौतीहरु सहज हुनकालागि आवश्यक पर्ने सकारात्मक उर्जाको कमी तथा कमजोर उर्जा क्षेत्र तथा आभामण्डलको कारण आउने गर्दछ । रेकी उपचार पद्धतिले सकारात्मक उर्जाको कमी भएको स्थानमा सकारात्मक उर्जाको प्रवाह बढाएर मनुष्यका अस्वस्थता, समस्या तथा चुनौतीहरुको समाधान गर्दछ । रेकी उपचार पद्धतिमा मनुष्यको शरीरमा महाउर्जा वितरणकालागि शरीरमा भएको उर्जा(इनर सोर्स अफ इनर्जी और नेचुरल इन्टेलीजेन्स अफ बडी) र ब्रम्हाण्डिय महाउर्जा(युनिभर्सल सुपरइनर्जी) एकआपसमा एकाकार(कनेक्ट) भएर उर्जाको पाथ निर्माण गर्दछन् र त्यही पाथबाट समस्याग्रस्त स्थानमा ब्रम्हाण्डिय महाउर्जा प्रवाह हुन्छ समस्या तथा चुनौतीहरुको समाधान तथा उपचारकालागि जति आवश्यक छ त्यतिनै मात्रामा । जव उपचार दिने व्यक्ति अर्थात रेकी चिकित्सक(रेकी हिलर)ले रेकी उपचार पद्धतिको सहि प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर उपचार लिने व्यक्ति(क्लाइन्ट)को समस्या भएको शरीरको अंगमा तथा सम्वन्ध, अध्ययन, पेशा, व्यवसाय विषयकालागि थय गरिएका स्थानमा रेकी उपचारका चिन्नहहरु बनाएर ब्रम्हाण्डिय महाउर्जा प्रवाह गर्ने प्रयास गर्छ तव ब्रम्हाण्डिय रहस्यमय महाउर्जा आवश्यक स्थानमा आवश्यक मात्रामा आफैं स्वतः प्रवाहित हुन्छ, यसकालागि उपचार दिने व्यक्तिले अलग्ग प्रक्रिया केहीपनि गरिरहनु पर्दैन किनकी यहाँ ब्रम्हाण्डको महाशक्ति अर्थात परमात्मा स्वयं प्रवाहित भैरहेको हुन्छ । समस्या भएको अंग तथा विषयका स्थानहरुमा जतिजति ब्रम्हाण्डिय महाउर्जाको प्रवाह र संचिति बढ्दै जान्छ त्यससंग सम्वन्धित सबै अस्वस्थता, समस्या तथा चुनौतीहरु विस्तारै कम हुदै जान्छन् र पूर्णरुपमा निको तथा समाधान हुन्छन् । 
 

प्रार्थना, आशिर्वाद, राम्रो सदिच्छा, शुभकामना, मंगलभाव, सदभाव सबैबाट यही ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा प्रवाहित हुन्छ र सकारात्मक उर्जाको प्रवाह बढ्छ । यी भावहरुको माध्यमबाट सकारात्मक उर्जाको प्रवाह बढ्ने हुनाले यसको प्रभावले मनुष्यको अस्वस्थता, समस्या तथा चुनौतीहरु विस्तारै कम हुदै जान्छन् र हामी आफ्नो प्रार्थना तथा इश्वर, मातापिता, गुरुको आशिर्वादले काम गर्यो भनेर कृतज्ञता तथा धन्यता भावले भरिन्छौं । ब्रम्हाण्डिय रहस्यमयी महाउर्जाको सन्दर्भम अझ अर्को महत्वपूर्ण विषय के छ भने, हामी जति–जति कृतज्ञता तथा धन्यताको भावले भरिन्छौं उतिनै हामीमा ब्रम्हाण्डिय रहस्यमयी महाउर्जाको प्रवाह बढ्दै जान्छ र यसका अनन्त लाभ हामी निरन्तर पाइरहन्छौं । परिवारका आफूभन्दा ठूला मान्यजनहरु; समाजका सम्मानित व्यक्तित्वहरु; अध्यात्म साधक तथा सिद्ध गुरु, योगी, सन्त, महात्माहरु; परोपकारी व्यक्तित्वहरु आदिमा हरहमेसा सकारात्मक भाव तथा सर्वकल्याणको भाव रहने र यस्तो भाव भएका व्यक्तिहरुमा ब्रम्हाण्डिय रहस्मयी महाउर्जा तथा परमात्माको अंश अधिक मात्रामा रहने हुनाले वहाँहरुबाट आशिर्वाद लिदा हामीमा ब्रम्हाण्डिय महाउर्जा प्रसारीत हुन्छ । ब्रम्हाण्डिय रहस्यमयी महाउर्जाको यही विज्ञानलाई मनुष्यहरुको दैनिकीमा व्यवहारिक बनाउन प्राचीन वैज्ञानिक ऋषिमूनिहरुले सनातन वैदिक संस्कारमा ठूला व्यक्तित्वहरुबाट आर्शिवाद लिने परम्परा बसालिदिएका हुन् जसमा शिर झुकाएर, शिर थापेर, हात तथा गोडा ढोगेर, आँखामा हेरेर आशिर्वाद ग्रहण गर्ने गरिन्छ । यस प्रक्रियामा एक व्यक्तिबाट अर्को व्यक्तिमा उसको सकारात्मक उर्जा र ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा संचारीत हुन्छ र व्यक्तिका अस्वस्थता, समस्या तथा चुनौतीहरु कम हुदै गएको सम्वन्धित व्यक्तिले अनुभव गर्छ । यो पनि रेकी अर्थात ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धतिकै अर्को अत्यन्तै महत्वपूर्ण प्रकार तथा अंश हो । त्यसैले भन्ने गरिन्छ मान्यजनहरु खासगरि माता–पितालाई तिरस्कार तथा अपहेलना गर्ने मनुष्यलाई इश्वरले सजाय दिन्छ । त्यो सजाय यही नै हो, उ ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा अर्थात स्वयं परमात्माबाट बन्चित हुन्छ आफ्नै कारणले र सहज जीवनकालागि आवश्यक पर्ने सकारात्मक उर्जाको अपर्याप्तताका कारण आउने विभिनन अस्वस्थता, समस्या तथा चुनौतीहरु जीवनभर झेलिरहन्छ ।


रेकी उपचार पद्धति र नाडीहरुको कार्य

मनुष्यको सुक्ष्म शरीर अर्थात आत्मिक शरीरमा ७२ हजार भन्दा बढि नाडी(विज्ञान भैरव तन्त्रमा साढे तीनलाख नाडी हुन्छन् भनिएको छ)हरु रहेका हुन्छन् जसले हाम्रो सुक्ष्म शरीरमा रहेका ब्रम्हाण्डिय महाउर्जाका मूलकेन्द्र प्रमुख सात चक्रहरु(मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि, आज्ञा, सहश्रार)का उर्जालाई सन्तुलित र सक्रिय राख्ने काममा मद्धत गर्दछन् । ७२ हजार नाडीहरुमध्य १०८ स्थानमा अत्यन्तै महत्वपूर्ण विन्दु तथा केन्द्रहरु रहेका हुन्छन् । यिनै १०८ महत्वपूर्ण ध्यय विन्दुुहरुलाई नियन्त्रण गर्ने तथा निर्देशन दिने काम सात महत्वपूर्ण चक्रहरुले गर्दछन् । यी नाडीहरुको माध्यमबाट निरन्तर प्रवाहित भैरहने मनुष्यको शरीरको आन्तरिक उर्जा र ब्रम्हाण्डिय महाउर्जाको एकिकृत सहकार्यताबाट मनुष्य शरीरका चक्रहरुको उर्जा सन्तुलित तथा सक्रिय रहिरहन्छ । चक्रहरुको उर्जा सन्तुलित तथा सक्रिय रहेको अवस्थाले मनुष्यको मनस्थिति तथा भावास्थिति निरन्तर सकारात्मक तथा अन्तुलित रहन मद्धत गर्दछ । मनस्थिति तथा भावास्थिति सकारात्मक तथा सन्तुलित भएको मनुष्यको उर्जा क्षेत्र अर्थात आभामण्डल स्वतः सफा, शुद्ध, चम्कििलो, सक्रिय र सन्तुलित रहन्छ । यस्तो अवस्थमा उसको उर्जाको तह तथा स्तर संधै उच्च रहने गर्दछ । उर्जाको तह तथा स्तर उच्च रहेको मनुष्य हरपल जाग्रीत तथा होसको अवस्थामा रहने हुनाले उसमा प्राय बेहोसीको अवस्थामा हावी हुने प्रकृति प्रदत्त क्लेश तथा मानवीय विकारहरु– काम, क्रोध, लोभ, मोह, इष्र्या, घृणा, डर, असुरक्षा, मद, माश्चर्यको मात्रा कम तथा सन्तुलित तहमा हुन्छ र उसले यी भावहरुलाई कमजोरीको रुपमा नभइ जानीजानी आवश्यक परिस्थितिहरुमा शक्तिको रुपमा उपयोग गर्दछ र आफ्नो जीवन पूर्णतः संधै व्यवस्थित तथा समस्यामुक्त राख्दछ । 


रेकी उपचार पद्धतिका प्रक्रिया तथा विधिहरु  

रेकी उपचार पद्धतिलाई आवश्यता र परिस्थिति अनुसार विभिन्न प्रकारले व्यवहारिक प्रयोगमा ल्याउने गर्रिको छ– 

(१)नजिकबाट दिइने रेकी उपचार(क्लोज रेकी थेरापी)– 
यस प्रकारको उपचार प्रक्रियामा रेकी उपचार दिने व्यक्ति र उपचार लिने दुवै व्यक्तिहरुको प्रत्यक्ष रुपमा आमने–सामने उपस्थितिमा उपचार दिने व्यक्ति तथा चिकित्सकद्वारा आफ्नो हातले उपचार लिने व्यक्तिको शरीर तथा कुनै विषय तथा वस्तुलाई स्पर्श गरेर तथा स्पर्श नगरिकन केही इन्च माथि आफ्नो हात राखेर ब्रम्हाण्डिय महाउर्जा प्रवाह गरेर उपचार दिने प्रयास गरिन्छ ।
 
(२)टाढाबाट दिइने रेकी उपचार(डिस्टेन्स रेकी थेरापी)– 
यस प्रकारको उपचार प्रक्रियामा रेकी उपचार दिने र उपचार लिने दुवै व्यक्तिहरुको प्रत्यक्ष रुपमा आमने–सामने उपस्थिति हुदैन । भौगोलिक रुपमा टाढा रहेको रेकी उपचार पद्धति लिन चाहने व्यक्तिलाई रेकी उपचार दिने व्यक्ति तथा चिकित्सकद्वारा उसको समस्या समाधान गर्ने उद्देश्य राखेर टाढैबाट दृश्याबलोकनको माध्यमबाट निर्धारित संकल्प तथा नियत मार्फत ब्रम्हाण्डिय महाउर्जा पठाएर उपचार गर्ने प्रयास गरिन्छ ।  

(३)आफैंले दिइने रेकी उपचार(सेल्फ रेकी थेरापी)– 
ध्यान साधनाका विभिन्न प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर आफ्नो आन्तरिक उर्जा सफा गरेर र प्रार्थना तथा अन्य प्रक्रियाहरुको माध्यमबाट ब्रम्हाण्डिय महाउर्जालाई आव्हान गरेर व्यक्ति स्वयंले नै आफूलाई रेकी उपचार गर्न सक्छ ।

(४)ध्यानबाट दिइने रेकी उपचार(मेडीटेसन रेकी थेरापी)– 
शरीर–मन–आत्मा अर्थात चेतना(बडी–माइन्ड–सोल)लाई एक लयमा ल्याएर शरीरको आन्तरिक उर्जा शुद्ध तथा सक्रिय गर्न विभिन्न ध्यान साधनाका प्रक्रिया तथा विधिहरु अपनाइन्छ । साक्षीभाव ध्यान(माइन्डफुलनेस) ध्यान बहुप्रचलित विधि हो आफूमा ब्रम्हाण्डिय महाउर्जाको प्रवाह बढाउन । यसकालागि मनुष्य आफू वर्तमा समयमा जुन काममा व्यस्त छ आफ्नो मन, भाव तथा ध्यान त्यही विषयमा केन्द्रित गर्दछ । यसोगर्दा उसको विचार विगतका नकारात्म स्मृतिहरुमा र भविश्यका असुरक्षाका कल्पनाहरुमा जान पाउदैन र यस्तो अवस्थमा उसको शरीरका आयामहरुमा ब्रम्हाण्डिय महाउर्जाको प्रवाह निरन्तर भैरहन अवसर मिल्छ । विषय केन्द्रित ध्यान विधिहरुमा श्वास केन्द्रित ध्यान; शरीरका ध्यानका मूलविन्दु नाभी, हृदय, कण्ठ, भ्रुमध्य, भ्रमरन्द्र केन्द्रित ध्यान; ब्रम्हाण्डिय उर्जाका मूल शक्तिकेन्द्र सात चक्र केन्द्रित ध्यान आदि गरेर शरीरको उर्जा शुद्ध तथा सक्रिय गर्दै शरीर, मन, भावना, चेतना अर्थात आत्मामा ब्रम्हाण्डिय महाउर्जाको प्रवाह बढाएर सदा उर्जावान, आरोग्यवान तथा ऐश्वर्यवान रहन सकिन्छ ।


रेकी उपचार पद्धतिका प्रमुख चिन्हहरु  


आध्यात्मिक व्यक्तित्व श्रद्धेय डा. मिकाउ उसुइले ब्रम्हाण्डिय महाउर्जाको उपयोगलाई अझ प्रभावकारी बनाउनका लागि केही गतिशील(डाइनामिक) शक्तिशाली रेकी उपचारका चिन्ह(सिम्बोल्स)हरुको विकास गर्नुभयो । यी चिन्हहरुमा निम्न प्रमुख चार प्रकारका चिन्हहरुलाई बढि उपयोगमा ल्याउने गरिन्छ– (१)डाइ–को–मियो, (२)चो–कु–रे, (३)होन–सा–जे–सो–नेन, र (४)से–ही–की । रेकी उपचार पद्धतिको प्रभावकारितालाई बढाउन अन्य प्रकारका धेरै चिन्हहरुको पनि विकास गरिएको छ तर यी चार प्रकारका चिन्हहरुको प्रभाव विशेष रहेको पाइएको छ । रेकी उपचार पद्धतिमा रेकी हिलरको तह र आवश्यकता अनुसार यी चिन्हहरुको आ–आफ्नै प्रकारका उपयोग, महत्व, आवश्यकता र उपयोगीताहरु रहेका छन् । रेकी उपचारमा अत्यधिक उपयोग गरिने यी प्रमुख चार प्रकारका गतिशील चिन्हहरु वैज्ञानिक रुपमै पटक–पटक प्रमाणित गरिसकिएका छन् । वैज्ञानिक उपकरण किरलियन फोटोग्राफी पद्धतिको माध्यमबाट यी चिन्हहरुले ब्रम्हाण्डिय महाउर्जाको प्रवाह, प्रभाव, प्रभावकारिता तथा महाउर्जा प्रवाहित भएको क्षेत्र तथा दिशामा ल्याएका सकारात्मक परिवर्तन तथा असर र त्यसको परिणामका साथै सकारात्मक उपलव्धिहरु वैज्ञानिक तवरले मापन गरेर सार्वजनिक गरिसकिएको छ । किरलियन फोटोग्राफीले देखाए अनुसार जहाँजहाँ रेकी उपचार पद्धतिका सहि प्रक्रिया, विधि तथा तौरतरिकालाई अनुशरण गरेर रेकी उपचारका विभिन्न प्रकारका चिन्हहरु बनाइएको(ड्रयींग) थियो उक्त स्थान(मानसिको शरीर तथा अंग, कोठा, घर, कार्यालय, खुला स्थान, सम्वन्ध, अध्ययन, पेशा, व्यवसाय)हरुमा रहेको नकारात्मक उर्जा सबै हटेर त्यहाँको उर्जा सकारात्मक बनेको तथा वातावरण शुद्ध भएको पाइएको थियो बारबार विभिन्न स्थानमा गरिएका वैज्ञानिक प्रयोगहरुमा । ब्रम्हाण्डको मूल प्राकृतिक सिद्धान्त आकर्षणको नियम (दि ल अफ अट्रयाक्सन) सक्रिय हुने हुनाले रेकी उपचारका चिन्हहरु बनाइएको स्थानमा ब्रम्हाण्डको वायूमण्डलमा तैरिरहेका सकारात्मक उर्जाहरु छिटो आकर्षित हुन्छन् र उक्त स्थानमा सकारात्मक उर्जाको प्रवाह बढ्छ र सकारात्मक उर्जाको अधिकताका कारण त्यहाँ पलिादेखि भएका नकारात्मक उर्जाहरु आफैं कम हुदै जान्छन्, हराउछन् तथा सकारात्मक उर्जामा परिणत हुन्छन् । पंक्तिकार(म, सिर्जना भण्डारी) स्वयं रेकी हिलर रहदै आएकोले रेकी उपचार पद्धति अर्थात ब्रम्हाण्डिय महाउर्जाको प्रवाहबाट हासिल भएका धेरै सकारात्मक उपलव्धिहरु म स्वयंको अनुभव तथा अनुभूतिमा पनि रहेका छन् ।


रेकी उपचार पद्धतिका फाइदाहरु

रेकी उपचार पद्धतिको प्रभावबाट मनुष्यका शारीरिक, मानसिक, भावनात्म, आत्मिक अर्थात चेतनात्मक अस्वस्थताहरुमा उच्च तथा न्यून रक्तचाप, अर्बुद(क्यान्सर), मधुमेह(डाइभिटीज), कोभिड, तनाव, चिन्ता, निराशा, विषाद(एनजाइटी), अवसाद(डिप्रेसन), आत्महत्याको प्रयास तथा आत्महत्या, विक्षिप्तता(म्याडनेस, कोमा) जस्ता स्वास्थ्यमा आएका विकारहरु; खराव सम्वन्धहरु, मानवीय विकार तथा क्लेशहरु काम–क्रोध–लोभ–मोह–इष्र्या–घृणा, झगडा, युद्धका अवस्थाहरु समेत सामान्य भएका तथा समाधान भएका उदाहरणहरु प्रसस्त छन् । जीवनमा यस प्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरु नभएका समान्य व्यक्तिहरुले पनि रेकी उपचार लिन सक्छन् र लिदै आएका पनि छन् । निरन्तर आरोग्यता अध्ययन, पेशा, व्यवसाय, धन आर्जन, सम्वन्ध आर्जन आदि विषयहरुलाई अझ सुदृढ बनाउने उद्देश्य पूरा गर्न रेकी उपचार पद्धतिबाट उल्लेख्य लाभ लिन सकिन्छ । धेरै समान्य व्यक्तिहरुले रेकी उपचार लिएर पर्याप्त सकारात्मक उपलव्धिहरु हासिल गरिरहेका पनि छन् । यी सबै अवस्था, घटना तथा विषयहरुमा ब्रम्हाण्डिय रहस्यमयी महाउर्जाले अत्यन्तै चमत्कारिक परिणाम ल्याएका धेरै अनुभवहरु उपचार लिने व्यक्तिहरुले सार्वजनिक गरेका छन् । रेकी उपचार पद्धतिका फाइदाहरु अत्यन्तै धेरै छन् गणना गर्न नै नभ्याउने र नसकिने प्रकारका र यसका बेफाइदा अत्यन्तै नगन्य छन् । रेकी उपचार पद्धतिबाट उपचार लिने व्यक्तिहरुलाई प्रमुख रुपमा निम्न प्रकारका लाभहरु हुन्छन्– 

(१)तनाव कम हुन्छ– 
रेकी उपचार पद्धतिबाट प्राप्त हुने ब्रम्हाण्डिय महाउर्जाको प्रभावले मनुष्यको आन्तरिक उर्जाको तह तथा स्तरमा सूधार ल्याएर र उसको आराम, सुख, खुशी, शान्ति तथा आनन्दमा बढोत्तरी गराउने हुनाले यो अवस्थाले मनुष्यका विभिन्न श्रोतहरुबाट आएका तनावहरुलाई न्यूनिकरण गर्न भरपूर मद्धत गर्दछ । 

(२)शारीरिक, मानसिक तथा भावनात्मक पिडाहरु कम हुन्छन्– 
रेकी उपचार पद्धतिले शरीरमा सकारात्मक उर्जाको प्रवाह बढाएर शरीरको प्राकृतिक उपचार पद्धतिको सूधारमा तिब्रता ल्याउन मद्धत गर्ने हुनाले मनुष्यको निरोगीताका लागि अतिआश्यक खुशीका रसायान(हमोन्स)हरु– एन्डोर्फिन्स, सेरोटोनीन, डोपामीन, मेलाटोनीनको उत्पादनमा बढोत्तरी आउछ र यी रसायनहरुले मन तथा भावनामा रहेका पुराना तथा नयाँ सबै गुनासा तथा पिडाहरु कम गर्न मद्धत गर्दछन् । यी खुशीका रसायनहरुले उसलाई सुख, खुशी, शान्ति, आनन्दमा राख्ने हुनाले बारबार विगतका खराव स्मृतिहरु र भविश्यका असुरक्षाका कल्पनाहरुमा जानबाट बन्चित गर्दछ र उसको मनस्थिति तथा भावास्थितिलाई सन्तुलनमा राख्न मद्धत गर्दछ । मनस्थिति तथा भावास्थिति सन्तुलित रहेको अवस्थामा मनुष्यमा शारीरिक, मानसिक तथा भावनात्मक पिडाहरु स्वतः कम हुन्छन् ।

(३)आन्तरिक उर्जा तथा प्राकृतिक उपचार पद्धतिको क्षमता वृद्धि हुन्छ– 
रेकी उपचार पद्धतिको माध्यमबाट मूलरुपमा ब्रम्हाण्डिय महाउर्जा शरीरमा प्रवाह गरिने हुनाले यो महाउर्जा शरीरमा प्रवेश भएपछि यसले शरीरको आफैंले उपचार गर्ने प्राकृतिक वुद्धिमत्ताको प्रक्रियालाई बल प्रदान गर्दछ । शरीरको आन्तरीक उर्जा र ब्रम्हाण्डिय उर्जा एकिकृत भएपछि शरीरमा उर्जाको प्रवाह, शुद्धता र सक्रियता स्वतः बढेर जान्छ । यो अवस्थामा मनुष्यभित्र सुसुप्त अवस्थामा रहेका उसका क्षमता, प्रतिभा, सिर्जनशीलता, सकारात्मक गुणहरु तथा उसका हर प्रकारका सम्भावनाहरु वाहिर प्रष्फुटित हुन थाल्छन् र उसको जीवन सरज, सरल, सफल हुदै आनन्दउन्मुख हुन थाल्छ ।

(४)निद्रा तथा आराम लिन सक्ने क्षमता र यसको गुणस्तरमा वृद्धि हुन्छ– 
रेकी उपचार पद्धतिका उपलव्धिहरुका कारण शरीरमा सकारात्मक रसायनहरुको उत्पादनमा सन्तुलनता आएपछि मनुष्यको निद्रा तथा आरामको अनुभव गर्न सक्ने क्षमतामा स्वतः बढोत्तरी आउछ । यस्तो अवस्थामा व्यक्तिमा सुख, खुशी, धैर्यता, सन्तोष, स्वीकार्यता, क्षमाशीलता, कृतज्ञता, धन्यता, शान्ति, आनन्दको अवस्था बढ्दै जान्छ र उसको निद्रा तथा आराम लिन सक्ने क्षमता तथा गुणस्तरमा स्वतः सूधार आउछ ।

(५)जीवनका अन्य आयामहरुमा प्रगति हुन्छ– 
रेकी उपचार पद्धतिको उपयोग स्वस्थ्य उपचार तथा लाभका अलवा व्यक्तिको जीवनका अन्य आयामहरु जस्तो अध्ययन, सम्वम्ध, पेशा, व्यवसाय, धन आर्जन, सम्वन्ध आर्जन आदि विषयहरुमा सूधार तथा बढोत्तरी ल्याउने उद्देश्यले गर्न सकिन्छ र गरिदै आइएको छ । यी उद्देश्यहरुको प्राप्ति तथा उपलव्धिहरुमा रेकी उपचार पद्धतिको अत्यन्तै महत्वपूर्ण सकारात्मक प्रभाव रहदै आएको उपचार लिएका धेरै अनुभवी व्यक्तित्वहरुले आफूलाई हासिल भएका सकारात्मक उपलव्धिहरु साझा गर्दै आएका छन् । रेकी उपचार लिएका अनुभवीहरुको अनुभवलाई आधार मान्दा रेकी उपचार पद्धतिको उपयोगीता मनुष्यको जीवनका सबै आयामहरुमा उत्तिकै महत्वपूर्ण र प्रभावकारी रहेको स्पष्ट हुन्छ ।


रेकी तुलनात्मक रुपमा हरप्रकारले सुरक्षित उपचार पद्धति हो तर उपचार दिने व्यक्तिको नियत, उसको आन्तरिक उर्जाको शुद्धता तथा तह र अन्य केही कारणले रेकी उपचार पद्धतिले जसरी काम गर्नुपर्ने तथा प्रभावमा तिब्रता आउनु पर्ने हो त्यसप्रकारले नहुन पनि सक्छ र सोचे अनुरुप उपचारको लाभ नहुन सक्छ । त्यस्तै उपचार लिने व्यक्तिको मानसिक तथा भावनात्मक अवस्था, नियत, उसको आन्तरिक उर्जाको शुद्धता तथा तह र अन्य केही कारणले रेकी उपचार पद्धतिले जसरी काम गर्नुपर्ने हो त्यसप्रकारले नहुन पनि सक्छ र उपचारको लाभ सोचे अनुसारको प्राप्त नहुन सक्छ । रेकी उपचार पद्धति आधूनिक चिकित्सा पद्धतिको बदलामा गरिने उपचार पद्धति होइन, यो वैकल्पिक उपचार पद्धति हो तसर्थ आवश्यकता तथा प्रभावकारितालाई पर्याप्त मनन् गरेर दुवै प्रकारका उपचार पद्धतिहरुलाई एकिकृत रुपमा उपयोग गर्नु पर्दछ, कुनै एकमा मात्र चाहिने भन्दा बढि भरोसा गर्नु हुदैन । रेकी उपचार पद्धतिले यस पद्धतिप्रति, उपचार दिने व्यक्तिप्रति उसको मन तथा भावमा रहेको आस्था र विश्वास(प्लेसिवो इफेक्ट)को अवस्था अनुसार प्रभाव पार्दछ । उपचार लिने व्यक्तिमा जति बढि आस्था, श्रद्धा तथा विश्वास हुन्छ उति नै लाभ तथा उपलव्धिहरुको प्रभावकारीतामा वृद्धि हुन्छ र अझ राम्रो चमत्कारिक परिणामहरु हासिल हुन्छन् ।


के ब्रम्हाण्डिय महाउर्जालाई देख्न सकिन्छ ?  

ब्रम्हाण्डिय महाउर्जा निराकार(सुक्ष्म र अदृश्य) हुन्छ, यो ज्ञान इन्द्रियहरुको पकडमा आउदैन तर यसलाई अनुभूति गर्न सकिन्छ किनकी ब्रम्हाण्डिय महाउर्जा अर्थात स्वयं इश्वर अर्थात परमात्मा इन्द्रियातीत(इन्द्रियले  अनुभव गर्न नसक्ने) तत्व तथा विषय हो । लामो समयदेखि अध्यात्म साधना गरिरहेका योगी, सन्त पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुले बन्द चर्मचक्षु र खुल्ला दिव्य चक्षु(तेस्रो आँखा तथा आज्ञा चक्र)को माध्यमबाट ब्रम्हाण्डिय महाउर्जा अर्थात परमात्माका विभिन्न अलौकिक स्वरुपहरु देख्न र प्रत्यक्ष अनुभूति गर्न सक्छन् चम्किलो रंगीन प्रकाश, सुुगन्ध, केही अलौकिक आकृतिहरु, ध्वनि तथा उर्जाका तरंगहरुका रुपमा । वर्तमान समयमा विश्वभरिनै रेकी उपचार पद्धति अनुशरण गर्दै आइएको पाइन्छ र यसको सकारात्मक प्रभाव सबैले प्रत्यक्ष रुपमा महसुस गरिरहेका छन् । ब्रम्हाण्डिय महाउर्जाको उपचारबाट लाभ प्राप्त गरेका अनुभवी मनुष्यहरुले यस सन्दर्भमा विश्वव्यापि रुपमा ठूला–ठूला र अत्यन्तै चमत्कारीक अनुभव तथा अनुभूति र यसका प्रभावकारी परिणाम तथा उपलव्धिहरु उजागर गरेर यसलाई सार्वजनिक विषय बनाइसकेका छन् । ब्रम्हाण्डिय उर्जा इन्द्रियातीत हुने भएकोले भौतिक प्रयोगशालामा गरिएका भौतिक प्रयोगका प्रमाणहरु त उपलव्ध छैनन् यस सन्दर्भमा तर मनुष्यको स्वअनुभव तथा अनुभूतिका माध्यमबाट संकलन गरिएका थुप्रै प्रमाणहरु उपलव्ध छन् किनकी अध्यात्म दर्शनका अनुसार संसारमा जे देखिन्छ तथा जे दृश्यमा छ त्यो असत्य तथा माया हो र जे देखिदैन त्यो चाहिं शाश्वत सत्य र नित्य विषय हो आकास देखिदैन, वायू देखिदैन, प्रेम देखिदैन, त्यसैगरि ब्रम्हाण्डिय महाउर्जा पनि देखिदैन तर यो छ, सशक्त रुपमा छ यो बिना ब्रम्हाण्डकै अस्तित्व रहदैन मनुष्यको त कुरै छोडौं । अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(क्वान्टम साइन्स)का विभिन्न सिद्धान्त र तिनका नयाँ–नयाँ खोजहरुले उजागर गरेका तथ्यांकहरुका अनुसार पनि अध्यात्म विज्ञानको यही विषयलाई बल मिलिरहेको छ कि यस संसारमा अस्तित्वमा भएका मनुष्य, जीव, प्राणी, वनस्पति तथा पदार्थहरु जो विशेष आकार, रुप तथा रंगमा देखिन्छन् तर वास्तवमा सुक्ष्म रुपमा तिनीहरु त्यस आकार, रुप तथा रंगमा छैनन्, ती सबै उर्जाका तरंगहरु हुन् जो अणु, परमाणु (इलोक्ट्रोन, प्रोटोन, न्युट्रोन अर्थात ब्रम्हा, विष्णु, महेश्वर)का रुपमा हरपल चलायमान भैरहेका हुन्छन् आ–आफ्नो गतिमा । श्रद्धेय ओशो भन्नुहुन्छ, “हरेक विषहरुमा भौतिक प्रमाण खोज्नु मुर्ख मात्र होइन महामुर्खहरुको काम हो । सक्छन् भने तिनले आमाको मुटुभित्र प्रैम कहाँनेर हुन्छ देखाइदिउन्... !” 


रेकी उपचार पद्धतिको व्यपकता

ब्रम्हाण्डभित्रै सबै कुरा छ, सकारात्मक उर्जा पनि यहीं छ र नकारात्मक उर्जा पनि यहीं छ । रेकी अर्थात ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धति यति व्यापक अवधारणा हो कि यो सिर्फ मनुष्यको स्वास्थ्य र उसका जीवनका सानातिना समस्याहरुको समाधान गर्नसम्म मात्र सम्वन्धित तथा सिमित नभएर आकाश, जमिन, भूगोल, राष्ट्र र अन्तरराष्ट्रका समस्त गतिविधिहरुमा प्रभाव पार्ने ठुला–ठूला विषयहरुलाई समेत यसले सहि प्रक्रियामा ल्याउन तथा यस्ता गतिविधिहरुको सकारात्मक प्रभावकारीता बढाउन सकिन्छ सहि प्रकारले ब्रम्हाण्डिय उर्जाको उपयोग गर्न सक्यौं भने । समस्त मानवीयता तथा प्रकृतिको सुदृढिकरणका लागि ब्रम्हाण्डमा भएका जतिपनि प्राप्त गर्न योग्य सकारात्मक विषयहरु छन् ती सबै प्राप्त गर्न र त्यसको सकारात्मक प्रभावकारीता झनझन बढाउन रेकी उपचार पद्धतिले भरपूर रुपमा मद्धत गर्नसक्दछ । मानव सनुदाय तथा विश्व समाजमा रहेका असन्तुलित, वादविवादयुक्त, तनावयुक्त, नकारात्मक, अस्तव्यस्ता तथा अव्यवस्थित अवस्थाहरुलाई पनि रेकी उपचार पद्धतिको माध्यमबाट सहि गर्न सकिन्छ । रेकी उपचारले कुनैपनि समस्या फेरी फर्केर नआउने गरिे जरैसंग उखालेर समाधान दिने हुनाले यसको माध्यमबाट समस्याको पूर्ण समाधान गर्न अवस्थाहेरी लामो, मध्यम समयावधि लाग्न सक्छ क्षणभर मै समाधान हुदैन । यहीकारणले आधुनिक चिकित्सा विज्ञानले रेकी उपचार पद्धतिलाई वैकल्पिक स्वास्थ्य उपचार तथा चिकित्सा पद्धतिका रुपमा मान्दै आएको छ किनकी यसले एलोपेथिक उपचार पद्धतिले जस्तो छिटो समस्यामा समाधान र परिणाम दिन सक्दैन । ठिक यही अवस्था अरु आयामहरुमा पनि लागू हुन्छ । 


रेकी उपचार पद्धतिको महत्व

मनुष्यको शरीरमा भएको आफ्नो आन्तरिक उर्जा ब्रम्हाण्डिय महाउर्जासंग जोडिएपछि तथा एकाकार भएर शरीरमा ब्रम्हाण्डिय महाउर्जाको प्रवाह हुन प्रारम्भ भएपछि आफूमा आरोग्यता, सुख, खुशी, सन्तोष, स्वीकार्यता, क्षमाशीलता, शान्ति, आनन्द बढेको अलौकिक अनुभूति हुनथाल्छ । ध्यान साधनाको मूल उद्देश्य पनि यहीनै हो आफ्नो आन्तरिक उर्जा ब्रम्हाण्डिय महाउर्जासंग योग गराएर आफूमा सुख, खुशी, समृद्धि, शान्ति, आनन्द बढाउने । रेकी उपचार पद्धतिले मानिसको शरीर तथा स्वास्थ्यका चारवटै आयामहरु– शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अर्थात आध्यात्मिक स्वास्थ्यलाई सन्तुलनमा ल्याउन मद्धत गर्दछ । समग्रतामा आरोग्यताको अभिवृद्धि गरेर मनुष्यलाई ऐश्वर्यवान बनाउन मद्धत गर्दछ । श्रीमद भगवद् गीतामा भगवान श्रीकृष्णले जीवनमा श्री(धन), पराक्रम, यश, प्रज्ञा, सौन्दर्य, वैराग्य हासिल गरेका मनुष्यहरुलाई ऐश्वर्यवान  भन्नुभएको छ । ब्रम्हाण्डिय रहस्यमयी महाउर्जाले हरेक मनुष्यलाई ऐश्वर्यवान बनाउन सक्छ यदि उसले सहि प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर अध्यात्म साधना गर्यो भने ।

रेकी उपचार पद्धतिमा उपचार दिने व्यक्तिले रेकी उपचार पद्धतिको सहि प्रक्रिया तथा विधिहरुको अनुशरण गरेर उपचार लिने व्यक्तिको शरीरमा प्रवाह गरेको ब्रम्हाण्डिय महाउर्जाले उसको शरीरको शरीरलाई उपचार गर्ने प्राकृतिक उपचार प्रक्रियामा तिब्रता ल्याउन मद्धत गर्दछ र आन्तरिक प्राकृतिक उपचार प्रक्रिया(नेचुरल इन्टेलिजेन्स) र ब्रम्हाण्डिय उपचार प्रक्रियाको एकिकृत प्रयासबाट उपचार लिने व्यक्तिका समस्याहरुको समाधान गर्नेतर्फ उपचार प्रक्रिया शुरु हुन्छ । शरीरको आन्तरिक उर्जा प्रक्रिया असन्तुलन भएर, मनुष्य शरीरमा रहेका उर्जाका मूलशक्ति केन्द्र चक्रहरुको उर्जा निश्क्रिय भएर तथा जकडिएर मनुष्यको जीवनमा शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक अस्वस्थता तथा अन्य प्रकारका समस्या तथा चुनौतीहरु आइपर्ने हुनाले रेकी उपचार पद्धतिको माध्यमबाट प्राप्त ब्रम्हाण्डिय महाउर्जाले आन्तरिक उर्जामा आएका असन्तुलन, निश्क्रियता तथा जकडनहरु सन्तुलन गरेर, सक्रिय पारेर तथा जकडनहरु खोलेर सामान्य अवस्थामा आउन मद्धत गर्दछ । यसकारण रेकी उपचार पद्धति सबैकालागि उतिनै महत्वपूर्ण र सबैले आ–आफ्नो आवश्यकता हेरेर उपचार लिनुपर्छ किनकी यो स्वयं परमात्मा प्रदत्त प्राकृतिक उपचार पद्धति हो । आजको मनुष्य क्रमिक रुपमा सर्वाधिक लाभकारी प्रकृतिबाट टाढा हुदै गएको र सर्वाधिक हानिकारण कृत्रिमतापट्टि नजिक हुदै गएको कारणले नै उसको जीवन विभिन्न प्रकारले अस्वस्थ, समस्यापूर्ण र चुनौतीले भरिएको हो । हामीले कृत्रिमतालाई छोडेर प्रकृतितिर, अध्यात्मतिर आफ्ना कदमहरु बढायौं मानवीयता तथा विश्व समाजमा अहिले देखिएका हरप्रकारका समस्या तथा चुनौतीहरु आफसेआफ कम हुदै जानेछन् । तसर्थ आफैं जागौं, आफ्नो जीवनशैली र अमूल्य जीवनलाई प्राकृतिक, आध्यात्मि र धार्मिक बनाएर सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष हासिल गर्ने मार्गमा आफू पनि अग्रसर हौं र अरुलाई पनि प्रेरित गरौं । bsirjama@gmail.com







 

No comments:

Post a Comment