'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Tuesday, 29 July 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -४

                                                डासिर्जना भण्डारी

                                                 #अध्यात्म_दर्शन #जीवन_दर्शन 


रेकी पद्धति र प्रमात्रा भौतिक विज्ञानविचको अन्तरसम्वन्ध


रेकी उपचार पद्धति र प्रमात्रा भौतिक विज्ञानको पृष्ठभूमि

जापनिज शव्द रेकीको शाव्दिक अर्थ ब्रम्हाण्डिय रहस्मयी महाउर्जा तथा महाशक्ति हो । ब्रम्हाण्डिय रहस्मयी महाउर्जाका विज्ञ तथा ब्रम्हाण्डिय रहस्मयी महाउर्जाको माध्यमबाट उपचार गर्ने व्यक्ति तथा चिकित्सकहरुले ब्रम्हाण्डिय रहस्मयी महाउर्जाबाट उपचार लिने व्यक्ति तथा विषयमाथि यो रहस्मयी महाउर्जा प्रवाहित गरेर आध्यात्मिक तवरले रेकी उपचार प्रदान गरिदै आइएको यो सर्वाधिक प्राचीन उपचार पद्धति  हो । सत्रौं शताव्दीको उत्तरार्ध र अठारौं शताव्दीको पूर्वाधबाट प्रारम्भ भएको र क्रमिक रुपमा विकास हुदै आएको प्रमात्रा भौतिक विज्ञान(क्वान्टम फिजिक्स) ब्रम्हाण्डिय रहस्मयी महाउर्जाको गहनतम रुपमा भौतिक तथा प्रयोगात्मक अध्ययन गर्ने आधूनिक भौतिक विज्ञानको सबैभन्दा नवीनतम शाखा हो । यस अर्थमा रेकी उपचार पद्धति र प्रमात्रा भौतिक विज्ञान एकै सिक्काका दुई पाटा हुन्, एउटाले आध्यात्मिक तथा दार्शनिक पाटो च्यापेको छ, अर्कोले भौतिक तथा फिलोसोफिक पाटो च्यापेको छ र अन्तरवस्तु दुवैको एउटै हो ‘ब्रम्हाण्डिय रहस्मयी महाउर्जा’ । वर्तमान समयमा बहुचर्चित शरीर, मन, भावना, आत्मा अर्थात चेनतामा रहेको आफूभित्रको आन्तरिक उर्जा मजबुत बनाउन मानसिक तथा भावनात्मक विधिहरु सिकाउने क्वान्टम हिलिंग थेरापी(सुक्ष्म उपचार पद्धति) पनि रेकी उपचार पद्धति र प्रमात्रा भौतिक विज्ञानले अध्ययन गर्ने विषय ब्रम्हाण्डिय रहस्मयी महाउर्जासंग नै प्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । रेकी उपचार पद्धतिमा वाहिरबाट ब्रम्हाण्डिय रहस्मयी महाउर्जा प्रवाह गर्ने प्रयास गरिन्छ भने क्वान्टम हिलिगं थेरापीमा आफुभित्रबाट ब्रम्हाण्डिय रहस्मयी महाउर्जाको प्रवाह जगाउने तथा बढाउने प्रयास गरिन्छ सनातन अध्यात्म दर्शनको प्रमुख विद्या योग तथा ध्यान साधनाका पूर्णतः वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरु खासगरि योगासन, प्राणायाम र ध्यान साधनालाई निष्ठापूर्वक दैनिक जीवनमा सैद्धान्तिक तथा व्यवहारिक रुपमा अनुशरण गरेर । अझ स्पष्ट भाषामा भन्नु पर्दा, रेकी उपचार पद्धति र प्रमात्रा विज्ञानले प्रदिपादन गरेका विभिन्न सिद्धान्तहरु र ती सिद्धान्तहरुका आधारमा उजागर भएका तथा गरिएका ब्रम्हाण्डका रहस्यमयी प्रामाणिक तथ्यांकहरु अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञानले हात मिलाएको सौहार्दपूर्ण अवस्था हो जसमा दुवै विद्याका नतिजाहरुले एउटै विषय ब्रम्हाण्डिय रहस्यमयी उर्जातिर दिशानिर्देश गरिरहेका छन् ।


प्रमात्रा भौतिक विज्ञानले विगत तीन शताव्दीदेखि अहिलेसम्म गर्दै आइरहेका हरप्रकारका प्रयास, प्रयत्न तथा यात्राहरु सनातन अद्वेत वेदान्त दर्शनको महावाक्य तथा ध्ययवाक्य “एको ब्रम्ह द्वुतियो नास्ती ।। अर्थात सारा ब्रम्हाण्ड एक हो, यहाँ कोहीबाट कोही र केहीबाट केही अलग छैन ।” भन्ने सम्मकै हो जसलाई प्रमात्रा भौतिक विज्ञानले युनिफाइड फिल्ड थेयरी(एकिकृत–क्षेत्र सिद्धान्त) भन्दछ । युनिफाइड फिल्ड थेयरी अर्थात सिंगल फन्डामेन्टल फिल्ड थेयरीले उजागर गरेकको विषय ब्रम्हाण्ड केवल उर्जाबाट निर्मित छ र यो एक छ भन्ने दावी तथा तथ्य सनातन अध्यात्म विज्ञानले दशौं हजार वर्ष पूर्व नै सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरु वेद, उपनिषद, ब्रम्हसुत्र, भगवद् गीताको माध्यमबाट उजागर गरिसकेको ऋषिमूनिहरुले आफ्नै शरीरलाई भौतिक प्रयोगशाला बनाएर प्रमाणित गरिसकेको प्रामाणिक तथ्य हो । यस अर्थमा हामी सतातनीहरु सनातन वेद, उपनिषद, ब्रम्हसुत्र, भगवद् गीता प्रदान गर्ने महान पुर्खाका सन्तति तथा नयाँ पुस्ता हौं र यो अत्यन्तै गौरवको विषय हो हामी सबैकालागि । विविध कारणले ओझेलमा परेको तथा ओझेलमा पारिएको आफ्नो अमूल्य सनातन गौरवलाई चिनेर पुनः त्यसलाई जीवन र जगतको मूलधारमा स्थापित गराउनु हरेक सनातनी नवीन पिढीहरुको उत्तरदायित्व हो किनकी मनुष्यले आफ्नो विरासत तथा कुल-पूर्खाको ज्ञान बिर्सियो भने उ अरुको नक्कल कर्ता र दृश्य, अदृश्य रुपमा अरुको गुलाम बन्दै जान्छ । वर्तमान समयमा हाम्रो मनुष्यता, सभ्यता तथा प्रकृतिले झेलिरहेको मूल मुद्दा तथा बाधा यही नै हो तसर्थ आफ्नो गुमेको गौरवमा पुनः स्थापित हुन आफू जाग्नु र अरुलाई जगाउनु बाहेक अर्को कुनै विकल्प छैन र जगाउने मूल उर्जा तथा माध्यम आफ्नो जीवनमा सनातन अध्यात्म विज्ञानको निष्ठापूर्वक अध्ययन र अनुशरण गर्नु नै हो ।

रेकी तथा ब्रम्हाण्डिय महाउर्जाको नवीनतम प्रादुर्भाव

वर्तमान समयमा उच्चतम मान्यता प्राप्त गरेको प्रमात्रा भौतिक विज्ञानको युगसम्म आइपुग्दा ब्रम्हाण्ड के चिजले कसरी निर्माण भएको छ भन्ने सन्दर्भमा अध्यात्म विज्ञान र आधूनिक भौतिक विज्ञान दुवैको दृष्टिकोण तथा मत एकै ठाउँमा आइपुगेको छ कि ब्रम्हाण निर्माणको अन्तिम तथा सबैभन्दा सुक्ष्म श्रोत चेतना हो र चेतनानै उर्जा तथा पदार्थ बन्दछ । प्रमात्रा भौतिक विज्ञानको नवीनतम अध्ययन वायोसेन्ट्रिजम थेयरी(जीव केन्द्रित सिद्धान्त) का अनुसार समुच्चा ब्रम्हाण्डमा रहेका मनुष्य लगायत समस्त जीव, प्राणी, किटपतंग, वनस्पति, हिमाल, पहाड, खोलानाला, सबै प्रकारका पदार्थहरु तथा प्रकृतिमा भएका समस्त वस्तुहरु उर्जाबाट निर्मित भएका हुन् । यी सबै ब्रम्हाण्डिय महाउर्जाका अभिन्न अंशहरु हुन् र यो उर्जाको मूल श्रोत चेतना हो । रेकी उपचार पद्धतिमा यही ब्रम्हाण्डिय महाउर्जाको प्रवाहलाई निश्चित प्रकारका प्रक्रिया, विधि, पद्धति तथा चिन्हहरुको माध्यमबाट व्यक्ति, वस्तु, घटाना तथा विषयमाथि संचारीत गरेर ती व्यक्ति, वस्तु, घटाना तथा विषयहरुसंग सम्वन्धित अस्वस्थता, समस्या तथा चुनौतीहरुको समाधान तथा उपचार गर्ने प्रयास गरिन्छ । आजको युगमा विश्वव्यापि रुपमा रेकी यति प्रचलित र लोकप्रिय विषय भैसकेको छ कि रेकी शव्दोच्चाहरण सुन्ने वित्तिकै ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा अर्थात महाशक्ति अर्थात ब्रम्हाण्डको महावुद्धिमत्ता अर्थात महाचेतना अर्थात परमात्मा(युनिभर्सल सुपरपावर और सुपर इन्टेलिजेन्स और सुपर कन्सस) अर्थात अस्तित्व अर्थात इश्वर भन्ने स्वतः बुझ्न थालिएको छ । पूर्वीय सनातन अध्यात्म दर्शन शास्त्रहरुमा प्राण शक्ति तथा जीवनी उर्जाको रुपमा उल्लेख गरिएको उर्जाको विषय यही ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा तथा महाशक्ति नै हो जसलाई जापानका आध्यात्मिक व्यक्तित्व तथा वौद्ध भिक्षु डा. मिकाउ उसुइले सन् १९०४ मा प्राचीन समयमा उर्जाशक्ति तथा उर्जा क्षेत्र अर्थात स्थानिय भाषामा की(QI) भन्दै आइएको ब्रम्हाण्डिय रहस्यमयी महाउर्जालाई 'रेकी'को नामबाट विश्वविख्यात गराउनु भयो । जापानीज शव्द रेकी दुई शव्दावली रे+की को जोड हो, ‘रे’ को शाव्दिक अर्थ ब्रम्हाण्डिय रहस्मयी चम्किलो प्रकाश हो र ‘की’ को शाव्दिक अर्थ शक्ति तथा उर्जा हो, अर्थात रेकीको शाव्दिक अर्थ ब्रम्हाण्डिय रहस्यमयी महाउर्जा तथा महाशक्ति हो र प्रमात्रा भौतिक विज्ञानले यसलाई ब्रम्हाण्डको चुक्बकिय विद्युत उर्जा क्षेत्र(इलेक्ट्रो मेग्नेटिक इनर्जी फिल्ड) भन्दछ ।


ब्रम्हाण्डिय महाउर्जाको माध्यमबाट मनुष्यको जीवनसंग सम्बन्धित व्यक्ति, वस्तु, घटना तथा विषयहरुका हरप्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपयुक्त समाधान तथा उपचार गर्न अत्यन्तै उपयोगी, प्रभावकारी र दिगो उपचार पद्धति रेकीको भौतिक प्रयोगशालामा परिक्षण गरेर भौतिक तथ्यांकका रुपमा देखाउन सकिने भौतिक प्रमाणहरु नभएको भएतापनि आधुनिक चिकित्सा विज्ञानले वैकल्पिक चिकित्सा पद्धतिको रुपमा मान्यता प्रदान गर्दै आएको छ । यो अवस्था अध्यात्म विज्ञान र भौतिक विज्ञानले हात मिलाएको अत्यन्तै सौदहार्दपूर्ण एकिकृत सुखद क्षण  हो मानवीयताका लागि जहाँ दुवै उपचार पद्धति एकसाथ मिलेर सर्वकल्याणका कामहरु सुचारु गर्दै आइरहेका छन् । रेकी उपचार पद्धतिको उपयोगिता, प्रभावकारिता तथा दिगो परिणामलाई मध्यनजर गरेर आधूनिक चिकित्सा सेवा प्रदान गरिरहेका अस्पतालहरुले अस्पतालको क्षेत्रभित्रै रेकी उपचार केन्द्र पनि सुचारु गर्दै आएका छन् र स्वास्थ्य उपचारका पछिल्ला गतिविधिहरुलाई नियाल्दा विभिन्न माध्यमबाट सानो स्तरमा भएपनि नेपालमा पनि यो व्यवस्था प्रारम्भ भैसकेको छ ।


रेकी तथा प्रमात्रा विज्ञान र ब्रम्हाण्डिय महाउर्जा तरंगको प्रभाव

रेकी तथा ब्रम्हाडिण्य महाउर्जा उपचार पद्धतिको सत्यता, प्रामाणिकता र प्रभावकारीताको सन्दर्भमा केहीबेरलाई छोडौं र अध्यात्म र धर्मका विषय र भौतिक विज्ञानमा यसलाई जोडेर हेरौं, यद्धपि रेकी तथा ब्रम्हाडिण्य महाउर्जा उपचार पद्धतिको प्रारम्भ विन्दु अध्यात्म दर्शननै हो र यसैको निरन्तर अध्ययन, अनुसन्धान तथा खोज प्रमात्रा भौतिक विज्ञान हो तर जसलाई अध्यात्म र धर्ममा छिर्नु छैन र रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धतिलाई विस्तारमा बुझ्नु तथा जान्नु छ भने प्रमात्रा भौतिक विज्ञानले गरेको पछिल्ला वैज्ञानिक, अध्ययन, अनुसन्धान तथा खोजहरुबाट स्पष्ट हुन्छ तम्मसहित प्रामाणिक रुपमा । प्रमात्रा भौतिक विज्ञानले गरेका सबै दाबी, तथ्यांक र तिनका नतिजाहरु सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शको खासगरि अद्वेत वेदान्त दर्शनसंग ठोक्किएका तथा टुंगीएका पाइएक छन् ।


रेकी तथा ब्रम्हाडिण्य महाउर्जा उपचार पद्धति सम्पूर्ण रुपमा ब्रम्हाण्ड तथा प्रकृतिमा स्थित सबै जीव, वनस्पति तथा सबै प्रकारका पदार्थहरुबाट निरन्तर प्रवाह भएर ब्रम्हाण्डमा प्रवाहित भैरहने अध्यात्म विज्ञानको भाषामा प्राण शक्ति(भाइटल इनर्जीफोर्स) अर्थात जीवनी उर्जा(लाइफ इनर्जी) अर्थात आभामण्डल(औरा) अर्थात सबैको उर्जा एकै ठाउँमा मिलेपछि ब्रम्हाण्डिय महाउर्जा तथा प्रमात्रा भौतिक विज्ञानको भाषामा ब्रम्हाण्डिय चुम्बकिय विद्युत उर्जा क्षेत्र(युनिभर्सल इलेक्ट्रो मेग्नेटिक इनर्जी फिल्ड) संग सम्वन्धित रहेको छ । यस अर्थमा ब्रम्हाण्ड तथा प्रकृतिमा स्थित सबै जीव, वनस्पति तथा पदार्थहरुभित्र रहेको उर्जा र वाहिर अर्थात ब्रम्हाण्ड तथा प्रकृतिको वातावरणमा रहेको उर्जा एउटै हो र यही उर्जा नै ब्रम्हाण्डिय महाउर्जा हो । यही एउटै उर्जा नै प्रकृतिमा भएका सबै जीव, वनस्पति तथा पदार्थहरुमा निरन्तर घुमिरहने हो । अध्यात्म विज्ञान र प्रमात्रा भौतिक विज्ञान दुवैका अनुसार यसरी सबै जीव, वनस्पति तथा पदार्थहरुमा निरन्तर घुमिरहने उर्जाले हरेक जीव, वनस्पति तथा पदार्थले एकअर्कामा अृश्य तथा अदृश्य रुपमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेका हुन्छन् । हरेक जीव, वनस्पति तथा पपदार्थबाट वाहिर ब्रम्हाण्ड तथा प्रकृतिमा प्रवाहित भैरहेको उर्जा तथा आभामण्डलबाट जीव, वनस्पति तथा पदार्थ एकअर्कोसंग जति नजिक रहेका छन् प्रभाव उतिनै बढि हुन्छ र जति टाढा रहेका छन् प्रभाव उतिनै कम हुन्छ । यस सन्दर्भमा प्रमात्रा भौतिक विज्ञानले उर्जा मापन गर्ने वैज्ञानिक उपकरण किरलियन फोटोग्राफीको सहायताले मापन गरेर सामान्यतया हरेक जीव, वनस्पति तथा पदार्थबाट वाहिर ब्रमहाण्ड तथा प्रकृतिको वातावरणमा निरन्तर प्रवाहित भैरहेको उर्जा तथा आभामण्डलको चौडाई तथा फैलावट औषतमा तीन देखि पाँच फिटसम्म हुने बताएको छ । किरलियन फोटोग्राफीकै सहायतामा गरिएका विभिन्न परिक्षणहरुमा लामो समयदेखि सनातन अध्यात्म दर्शनका मूल विषयहरु योग विज्ञान तथा ध्यान विज्ञानका वैज्ञानिकतामा आधारित साधनाका विधि तथा पद्धतिहरुको नित्य निष्ठापूर्वक अनुशरण गरिरहेका योग तथा ध्यान साधकहरुको शरीरबाट वाहिर ब्रमहाण्ड तथा प्रकृतिमा प्रवाहित भैरहेको उर्जा तथा आभामण्डलको चौडाई तथा फैलावट साधनाको गहिराई अनुसार केही फिटदेखि केही मीटर तथा केही किलोमीटरसम्म हुने बताएको छ ।


ब्रम्हाण्डिय महाउर्जा सबै जीव, वनस्पति तथा पदार्थहरुबाट निरन्तर वाहिर स्वतः प्रवाहित भैरहेको उर्जा तथा आभामण्डको समग्र स्वरुप हो र रेकी उपचार लिनु भनेको यही ब्रम्हाण्डिय महाउर्जा तथा ब्रम्हाण्डिय चुम्बकिय विद्युत उर्जाको समग्र स्वरुवबाट यस उर्जाको आवश्यक मात्रा रेकी उपचार प्रदान गर्ने व्यक्ति तथा चिकित्सकको माध्यमबाट आफ्नो शरीरमा प्रवेश तथा प्रवाह गराउनु तथा प्रवेश गर्न स्वीकृति दिनु हो । सनातन अध्यात्म विज्ञानका योग तथा ध्यान साधनाका वैज्ञानिकतामा आधारित विधि तथा पद्धतिहरुलाई व्यवहारिक रुपमा प्रयोगात्मक अभ्यासहरु निष्ठापूर्वक दैनिक जीवनमा अनुशरण गरेर पनि आफू स्वयंले आफ्नो शरीरमा ब्रम्हाण्डिय महाउर्जाको आवश्यक मात्रा प्रवेश तथा प्रवाह गराउन सकिन्छ । यसरी शरीरमा प्रवेस गरेको तथा गराइएको ब्रम्हाण्डिय महाउर्जाले व्यक्तिको सुक्ष्म शरीरको मेरुदण्डमा रहेका उर्जाका मूल संचारकेन्द्र सात चक्रहरुमा रोकिएर(ब्लक्ड) रहेको व्यक्तिको आन्तरिक उर्जालाई खोल्दछ र चक्रको उर्जालाई सक्रिय गरेर शरीरभरि वितरित तथा संचारित गर्दछ । हरेक व्यक्ति, वनस्पति तथा पदार्थहरुमा उर्जाको प्रक्रिया यसरीनै निरन्तर चलिरहेको हुन्छ व्यक्तिले थाहा पाएपनि थाहा नपाएपनि । व्यक्तिको शरीरमा ब्रम्हाण्डिय महाउर्जाका कारण चक्रहरुमा रहेको उर्जा जागृत तथा सक्रिय हुनेहुनाले उसको शरीरबाट सकारात्मक उर्जाका तरंगहरु वाहिर ब्रम्हाण्ड तथा प्रकृतिमा प्रवाहित हुन्छन् र यी उर्जाका तरंगहरुले उसको वरिपरि निश्चित चौडाई तथा फैलाईमा आभामण्डल तथा उर्जा क्षेत्रको निर्माण गर्दछन् । व्यक्तिको शरीर वरिपरि अण्डाकारमा यसरी निर्माण भएको उर्जा क्षेत्र तथा आभामण्डलले केवल सम्वन्धित व्यक्तिलाई मात्र नभएर वरीपरिको वातावरण र यस वातावरणमा रहेका सबै प्रकारका जीव, वनस्पति तथा पदार्थहरुलाई समेत प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्दछन् । कुनै न कुनै रुपमा समग्र ब्रम्हाण्डमा नजिक तथा अत्यन्तै लामो दुरीसम्म पनि यस्ता प्रभावहरु देखिन्छन् । यस प्रकारको प्रभावलाई प्रमात्रा भौतिक विज्ञानले क्वान्टम इनट्यांगलमेन्ट भन्छ । प्रमात्रा भौतिक विज्ञानका पछिल्ला वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजहरुबाट प्रतिपादित भएका नतिजा तथा सिद्धान्तहरुले पनि यसप्रकारको प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभावहरुकाबारेमा प्रसस्त व्याख्या तथा विश्लेषणहरु गरेका छन् । सन् २०२१मा नोवेल पुरस्कार प्राप्त बटरफ्लाई इफेक्ट सिद्धान्त र सन् २०२२मा नोवेल पुरस्कार प्राप्त फोटोन्स इन्ट्यांगलमेन्ट लगायत क्वान्टम मेकानिक्सका उर्जा(इनर्जी), पदार्थ(पार्टिकल्स), अणु(एटम), परमाणु(सवएटम)हरुसंग सम्वन्धित विभिन्न थेयरीहरु तथा यस सन्दर्भमा गरिएका अरु थुप्रै अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुले उजागर गरेका सबै तथ्यांकहरु प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सबै ब्रम्हाण्डिय महाउर्जा तथा युनिभर्सल इलेक्ट्रो मेग्नेटिक इनर्जी फिल्डसंग नै सम्वन्धित रहेका छन् ।


अदृश्य तर अनुभूतिमा आएको रेकी तथा ब्रम्हाण्डिय महाउर्जा

रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धति दिरहदा तथा लिरहदा उर्जा शरीरभरि संचारित तथा वितरित भएको उपचार दिने र लिने दुवै पक्षलाई थाहा हुन्छ तथा अनुभूतिमा आउछ । ब्रम्हाण्डिय महाउर्जा प्रसारित भएको शरीरको अंग तथा स्थानमा कमिलाले टोके जस्तो, झनझनाए जस्तो, केही कुराले हल्का स्पर्श गरे जस्तो, हल्का काउकुति लागे जस्तो, केही हलचल(भाइब्रेसन) भए जस्तो, हल्का न्यानो तथा डण्ठा भए जस्तो, र केही दृष्टीभ्रम भए जस्तो हुन्छ र अत्यन्तै राम्रो र सजिलो लाग्छ, शान्ति तथा आनन्द भएको अनुभव(इन्द्रियगत अनुभव जो शव्द तथा हाउभाउमा व्यक्त गर्न सकिन्छ) तथा अनुभूति(इन्द्रियातीत अनुभूति जो शव्द तथा हाउभाउमा व्यक्त गर्न सकिदैन) हुन्छ । कहिलेकाहीं यस्तो अनुभव तथा अनुभूति नराम्रो, असजिलो, अशान्ति दिने प्रकारको पनि हुनसक्छ । शरीरमा ब्रम्हाण्डिय उर्जा प्रसारित भैरहदा केही सकारात्मक तथा केही नकारात्मक प्रकारका कुनैनकुनै प्रकारका गतिविधिहरु अनुभवमा आउछन् नै आउछन् प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा । यस्ता प्रकारका अनुभव तथा अनुभूतिहरु के हुन् त ? कस्तो हुन् त ?? किन हुन् त ??? जसले रेकी तथा ब्रम्हाण्डिय महाउर्जाको प्रवाहको सन्दर्भमा शंका व्यक्त गर्छन् उनीहरुलाई यो सवाल गर्न सकिन्छ । यो अनुभव तथा अनुभूतिलाई प्रमात्रा भौतिक विज्ञानले के भन्छ र कसरी व्याख्या गरेको छ त ? प्रमात्रा भौतिक विज्ञानका अनुसार हरेक जिवित मनुष्यको शरीरका आन्तरिक तथा वाहिरी सबै अंगहरु, मन तथा भावना उसको मस्तिष्कको स्नायु प्रणालीबाट उत्पन्न हुने चेतनाका तरंगहरुको आधारमा चलेका हुन्छन् । मनुष्य लगायत कुनै पनि जिवित जीवको शरीर आफैंले केहीपनि काम गर्दैन तथा गर्न सक्दैन किनकी शरीर एकप्रकारको यन्त्र अथवा उपकरण(हार्डवेयर) मात्र हो । मनुष्यको मस्तिष्क ऐन्टेना हो जसले ब्रम्हाण्ड तथा प्रकृतिको वातावरणमा निरन्तर तरंग(वेभ)को रुपमा प्रवाहित भैरहेका सकारात्मक तथा नकारात्मक प्रकारका ब्रम्हाण्डिय महाउर्जालाई उसको तत्कालको मनस्थिति(वर्तमानमा चलिरहेका विचार) तथा भावास्थिति(वर्तमानमा चलिरहेका भाव) अनुसार ग्रहण गर्दछ । व्यक्तिले यी उर्जाका तरंगहरुलाई देख्न तथा ठम्याउन सक्दैन तर ग्रहण गर्छ ।


व्यक्तिले उर्जाका तरंगहरू देख्न तथा ठम्याउन नसके पनि प्रमात्रा भौतिक विज्ञानले ब्रम्हाण्डिय महाउर्जाका यी तरंगहरुलाई विशेष प्रकारका वैज्ञानिक यन्त्र तथा उपकरणहरुको माध्यमबाट ठम्याउन, पकड्न तथा देख्न सकेको छ र ब्रम्हाण्डिय महाउर्जालाई विभिन्न प्रकारले सुक्ष्म रुपमा अध्ययन, अनुसन्धान तथा खोज गर्दै आएको छ । यीनै सुक्ष्म अध्ययन, अनुसन्धान तथा खोजहरुका आधारमा ब्रम्हाण्डमा तरंगीत भैरहेको ब्रम्हाण्डिय महाउर्जालाई भौतिक प्रयोगशालामा उर्जाको स्वरुपको प्रयोग(एक्सपेरिमेन्ट) गरेको थियो यस सन्दर्भका रहस्यहरु अझ नजिकबाट जान्ने अभिप्रायले । तर यो प्रयोगको नतिजाबाट वैज्ञानिकहरु झन अचम्मित भए ब्रम्हाण्डिय महाउर्जाको रहस्यमयी चमत्कार एकै समयमा घरि पदार्थ(पार्टीकल्स) र घरि तरंग(वेभ) स्वरुपमा देखेर । ब्रम्हाण्डिय महाउर्जाको यो रहस्यको समाधान अहिलेसम्म पनि भेटिएको छैन यद्धपि केही अनुमानहरु गरिएका छन् । यस प्रयोगमा दृष्टि लगाउदा तला हेर्दा ब्रम्हाण्डिय महाउर्जा पदार्थको रुपमा देखिन्थ्यो र दृष्टि नलगाउदा तला नहेर्दा ब्रम्हाण्डिय महाउर्जा तरंगको रुपमा देखिन्थ्यो । उर्जाको यो अवस्थाको प्रयोग(एक्सपेरिमेन्ट)लाई प्रमात्रा भौतिक विज्ञानले ब्रम्हाण्डिय महाउर्जाको डवल स्लीट एक्सपेरिमेन्ट सिद्धान्तको रुपमा वाहिर ल्याएको छ जस अन्तर्गत ब्रम्हाण्डिय महाउर्जाले स्पष्ट रुपमा दुई प्रकारको प्रकृति तथा व्यवहार(विहेवियर) देखिएको छ जुन एक्सपेरीमेन्ट गर्दा दृष्टि लगाउने मनुष्यको चेतनाको कारणले हो र यसप्रकारको दृष्टिको विषय सिधै सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शनसंग गएर जोडिन्छ तथा ठोकिन्छ, मनुष्यको चेतना, चेतनाको विकास, चैतन्यता, मोक्षमा उपलब्ध, परमात्मामा योगस्थ तथा एकाकार, स्वयं ब्रम्ह, परब्रम्ह... आदि विषयसंग । कसैले दृष्टि लगाउदा पदार्थको रुपमा देखिने र कसैले दृष्टि नलगाउदा तरंगको रुपमा देखिने ब्रम्हाण्डिय उर्जाको यस्तो डवल स्ल्टि विहेवियर किन भएको हो यसको जवाफ तथा समाधान खोज्ने प्रयासहरु भैरहेका छन् प्रमात्रा भौतिक विज्ञानमा तर अहिलेसम्म भेटिएको छैन किनकी ब्रम्हाण्डिय महाउर्जा रहस्यमयी र चमत्कारीक छ जो स्वयं परमात्मा हो, यो मनुष्यको पकडमा आउदैन तर सिद्ध मनुष्यहरु अर्थात अध्यात्म साधक ऋषिमूनिहरुको पकडमा आयो यसकारण वेदान्त दर्शन, अद्वेत वेदान्त दर्शन लगायत अन्य दर्शन तथा विज्ञानका शास्त्रहरु प्रतिपादन गरिए पूर्वीय सनातन अध्यात्म विज्ञानमा हजारौं हजार वर्षअघि र ब्रम्हाण्डिय महाउर्जाका रहस्यमयी र चमत्कारीक किस्साहरु लेखिए तथा लिपिवद्ध गरिए जसको अध्ययन आजको आधूनिक तथा नयौ पुस्ताले आ-आफ्नो तरिकाले गर्दै आएको छ । सनातन अध्यात्म विज्ञानले हजारौं हजार वर्षअघि गहन खोज गरेर उजागर गरेका यीनै वैज्ञानिक तथ्यांकका नतिजा तथा महाज्ञानहरुलाई आजको अत्याधूनिक प्रमात्रा भौतिक विज्ञान(अल्ट्रा मोर्डन क्वान्टम फिजिक्स तथा साइन्स)ले गर्ने प्रयास गर्दै आएको छ कहिले हिक्ज बोजोन तथा गड पार्टिकल्स भनेर, कहिले डार्क म्याटर तथा गोस्ट पार्टिकल्स, कहिले स्ट्रीगं थेयरी, कहिले सुपरस्ट्रीगं थेयरी, कहिले बटरफ्लाइ इफेक्ट, कहिले क्वान्टम इनट्यांगलमेन्ट, तथा फोटोन्स इनट्यांगलमेन्ट, टेलीप्याथी.. आदिका नाममा ।


ब्रम्हाण्डिय रहस्मयी महाउर्जाको चमत्कारिक पाटो

अध्यात्म विज्ञान र प्रमात्रा भौतिक विज्ञान दुवै विद्याका अनुसार कहिलेकाहीं हामी कोही व्यक्तिलाई सम्झिन्छौं र सोही समयको सेरोफेरोमा उसको सन्देश, फोन आउछ तथा उसको उपस्थिति हुन्छ । यो सम्योग होइन ब्रम्हाण्डिय महाउर्जाको तरंगको प्रभाव र परिणाम हो जसलाई प्रमात्रा भौतिक विज्ञानले ‘इलोक्ट्रोन इफेक्ट तथा क्वान्टम इनट्यांगलमेन्ट’को संज्ञा दिएको छ । यसो किन हुन्छ, यसबारेमा प्रमात्रा भौतिक विज्ञान भन्छ, मनुष्य समष्टी रुपमा मांसपेसी, हड्डि, रगत, बोसोको एकत्रित डल्लो अर्थात पदार्थ हो तर उ व्यष्टि अर्थात सुक्ष्म रुपमा सुक्ष्म पदार्थ, अणु, परमाणु, उर्जा(एटम, सवएटम्स, इनर्जी)को संयोग हो । उसको शरीरमा अणुका तीन स्वरुप परमाणुहरु ब्रम्हा, विष्णु, महेश(इलोक्ट्रोन, प्रोटोन, न्युट्रोन) निरन्तर चलिरहेका हुन्छन् । जव दुई इलोक्ट्रोन एक आपसमा अन्तरक्रिया(इन्टर्याक्ट) गर्छन्, तिनीहरु अचानक जोडिन्छन् र छुट्छन् मानौं क र ख को रुपमा । प्रमात्रा भौतिक विज्ञानले गरेको वैज्ञानिक खोजका नतिजाहरु जो वैज्ञानिक प्रयोगशालामा बारबार प्रयोग(एक्सपेरीमेन्ट) गरेर प्रमाणित भैसकेका तथ्यांकहरु छन् तिनका अनुसार यो अवस्थामा इलोक्ट्रोन क मा जे परिवर्तन भएको हुन्छ इलोक्ट्रोन ख मा पनि ठ्याक्कै त्यस्तै प्रकारको परिवर्तन देखिन्छ उही तथा एकै समयमा चाहे इलोक्ट्रोनहरु जति टाढा तथा नजिक रहेका हुन् एकआपसबाट । यदि मैले कसैको बारेमा सोचें भने उ अर्थात उसको चेतना मसंग तुरुन्तै जोडिईहाल्छ(कनेक्ट) एक सेकेन्ड भन्दापनि कम समयमा, अझ शुन्य सेकण्ड भनेको प्रमात्रा भौतिक विज्ञानले । त्यस्तै कसैले मेरो बारेमा सोच्यो भने म पनि उसंग जोडिईहाल्छु(कनेक्ट) तुरुन्तै एक सेकेण्ड भन्दापनि कम समयमा, शुन्य सेकेण्डमा । मलाई कसैले सकारात्मक वा नकारात्मक प्रकारले याद गर्यो भने त्यसको त्यहीप्रकारको तरंग(भाइव) म कहाँ आइपुग्छ । तरंग राम्रो तथा सकारात्मक छ भने मलाई सहज, खुशी, शान्ति, आनन्दको अनुभूति हुन्छ तर यदि भाइव नराम्रो तथा नकारात्मक छ भने मलाई असहज, बेखुशी, अशान्ति, बेचैनीको अनुभूति हुन्छ । हाम्रो लोकसमाजमा बाडुली लाग्दा आहा मलाई कसैले प्रेमले सम्झियो भन्नु र घाँटी खसखसाउदा हत्तेरीका कसैले मेरो नराम्रो कुरा गरिरहेको मलाई नराम्रो सिकिमले याद गरिरहेको छ भन्नु यही क्वान्टम इन्ट्यांगलमेन्टको अवधारणामा आधारित भएर भनिएको हो । किनकी स्प्रिचुअल साइन्स(अध्यात्म विज्ञान) र क्वान्टम साइन्स(प्रमात्रा भौतिक विज्ञान) दुवैका अनुसार हामी कोही पनि दृश्य(भिजिवल) तथा स्थुल स्वरुपमा छैनौं, सबै जीव, वनस्पति तथा पदार्थहरु अणु, परमाणु, उर्जा, तरंगका रुपमा छौं ब्रम्हाण्डमा नित्य निरन्तर चलिरहेका र  तैरिरहेका । हामी सबै उर्जाबाट निर्मित भएकोले हामी हाम्रो वरीपरि तरंगीत भइरहेका उर्जाहरु सुक्ष्म रुपमा महसुस गर्न तथा अनुभव गर्न सक्छौं । ब्रम्हाण्ड तथा प्रकृतिमा भएका सबै जीव, वनस्पति, पदार्थहरुबाट निरन्तर ब्रम्हाण्डमा प्रवाहित भैरहने तिनीहरुको आभामण्डल अर्थात उर्जा क्षेत्र अर्थात इलेक्ट्रो मेग्नेटीक इनर्जी फिल्ड अर्थात चेतना हो र यसको सामुहिक स्वरुपनै ब्रम्हाण्डिय महाउर्जा अर्थात परमात्मा अर्थात अस्तित्व अर्थात ब्रम्हाण्ड अर्थात प्रकृति अर्थात सुपर कन्सस अर्थात म हुँ अर्थात म जस्तै अर्को व्यक्ति, जीव, वनस्पति तथा पदार्थ हो ।


हामी वरपर तैरिरहेका यीनै उर्जा तरंगहरुको महसुस, अनुभव तथा अनुभूतिको आधारमा हाम्रो सोच, विचार, मनस्थिति तथा भावास्थिति बन्छ जसले हामीलाई प्रत्यक्ष प्रभाव पार्दछ  र यही प्रभावकोे आधारमा हाम्रो बोली, व्यवहार, आचरण, बानी, कर्म, व्यक्तित्व तथा भाग्य बन्छ र यसैको आधारमा हाम्रो आभामण्डल अर्थात उर्जा क्षेत्र अर्थात इलेक्ट्रो मेग्नेटीक इनर्जी फिल्ड अर्थात चेतना तयार हुन्छ र ब्रम्हाण्डमा तरंंगीत भैरहन्छ र वरिपरि भएका तथा ब्रम्हाण्ड भरि भएका विषय तथा वस्तुहरुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहन्छ दृश्य तथा अदृश्य रुपमा । यो निरन्तर चलिरहने प्रक्रिया हो किनकी हामी सबै एउटै उर्जाका तरंगहरु हौं, यहाँ कोहीबाट कोही र केहीबाट केही अलग छैन । सनातन अध्यात्म विज्ञानको वेदान्त दर्शनको अद्वेत वेदान्त सिद्धान्तको प्रमुख विषय तथा मूलसार नै यही नै हो, “एको ब्रम्ह द्वीतियो नास्ती ।। अर्थात समुच्चा ब्रम्हाण्डमा जे छ त्यो सबै एक छ, सबै ब्रम्ह हुन् उर्जा र पदार्थ अर्थात पुरुप र प्रकृतिका रूपमा । सबै एकै उर्जाका तरंग हुन् र सबै ब्रम्हाण्ड हुन्, ब्रम्ह हुन् र ब्रम्हाण्डका निर्माता हुन् ।” सनातन अद्वेत वेदान्तको अर्को महावाक्य तथा ध्ययवाक्य रहेको छ, “ब्रम्ह सत्यं जगन मिथ्या ।। अर्थात यहाँ जे दृश्यमा छ पदार्थ, नाम, रुपमा वास्तवमा यो सत्य होइन किनकी सुक्ष्म रुपमा सबै जीव, वनस्पति, पदार्थहरु ठोस वस्तु नभएर एउटै उर्जाका तरंगहरुनै हुन् जो वास्तवमा अदृश्य छन् , मनुष्यको चेतनाको कारण दृष्य हुन्छन् ।” उर्जाका तरंगको महासागर एउटै छ जसरी सबैतिरका पानीका श्रोतहरु आएर एकठाउँमा एकिकृत भएपछि महासागर बन्छ त्यसरीनै हामी सबै जीव, वनस्पति, पदार्थहरुको आभामण्डल अर्थात उर्जा क्षेत्र अर्थात इलेक्ट्रो मेग्नेटीक इनर्जी फिल्ड अर्थात चेतना एकै ठाउँमा आएर मिसिएपछि उर्जाको महासागर बन्छ ब्रम्हाण्डमा र हामी उक्त महाउर्जाको महासागरका थोपा हौं तसर्थ ब्रम्हाण्डिय महाउर्जा हामी नै हौं- सबै जीव, वनस्पति तथा पदार्थहरु । ब्रम्ह र ब्रम्हाण्डको यही शाश्वत सत्यको प्रत्यक्ष महसुस, अनुभव तथा अनुभूति गरेका सिद्ध सनतनी  महापुरुष(विकसित आत्मा अर्थात चेतना) श्रद्धेय स्वामी रामतीर्थले सन् 1903 मा अमेरीकामा आयोजना गरिएको एक अध्यात्मिक विषयको अन्तरराष्ट्रीय सम्मेलनमा यो ब्रम्हाण्ड मैले बनाएको हो, ब्रम्हाण्डको सृष्टिकर्ता मै हुँ तसर्थ “अहं ब्रम्हास्मि ।। अर्थात मै ब्रम्ह हुँ, यो ब्रम्हाण्डको निर्माता म नै हुँ र ‘तत्वमसि’ अर्थात तिमी पनि त्यही हौ म जस्तै यो ब्रम्हाण्डको निर्माता ।” भन्दा पश्चिमको समाजले वहाँको मजाक उडाएको थियो तर वर्तमान समयमा उनीहरु नै ब्रम्हाण्डिय महाउर्जाको यही अवस्थामा पुगेका छन् र खोजी-खोजी पूर्वीय सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुको गहन अध्ययन गर्न लागिपरेका छन् र विश्वका ठूला-ठूला वैज्ञानिक रिसर्च सेन्टरहरुमा सनातन ग्रन्थहरुलाई सन्दर्भ सामग्रीका रूपमा प्रयोग गरेर प्रमात्रा भौतिक विज्ञानले थप नयाँ-नयाँ अध्ययन, अनुसन्धान तथा खोजहरु गरिरहेको छ ।


रेकी पद्धति र प्रमात्रा भौतिक विज्ञानविचको अन्तरसम्वन्ध

रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धतिका प्रक्रियाहरु सबै प्रमात्रा विज्ञानका सिद्धन्तहरुसंग मेल खान्छन् । रेकी पूर्णतः मनुष्यको शरीरको उर्जा क्षेत्र(एलेक्ट्रो मेग्नेटीक इनर्जी फिल्ड) अर्थात उसको आभामण्डललाई सकारात्मक प्रभाव पार्ने पद्धतिमा आधारिता उपचार पद्धति हो । हिजोआज विशेष प्रकारका विद्युतिय उपकरण(इलोक्टोनिक डिभाइस)हरुको माध्यमबाट खासगरि शरीर तथा मस्तिष्कको स्नायु प्रणालीका निश्चित स्थानहरुमा निश्चित प्रकारको तरंग(भाइब्रेसन) दिएर पनि शरीरको उर्जा अर्थात आभामण्डललाई सकारात्मक प्रभाव पार्ने र यसको माध्यमबाट शरीर र खासगरि मानसिक तथा भावनात्मक अस्वस्थता तथा समस्याहरुको समाधान तथा उपचार गर्ने प्रयास गरिन्छ तर यो कृत्रिम उपचार पद्धति हो तसर्थ यसको प्रभाव, लाभ तथा उपलव्धि मिश्रीत अर्थात सकारात्मक तथा नकारात्मक दुवै प्रकारका आउन सक्छन् । अवस्था र परिस्थिति अनुसार कहिलेकाहीं चाहे अनुसार काम हुनपनि सक्छ कहिलेकाहीं नहुनपनि सक्छ । तर रेकी तथा ब्रम्हाण्डिय महाउर्जा उपचार पद्धति नितान्त प्राकृतिक उपचार पद्धति हो र यसबाट सकारात्मक लाभहरु नै हुन्छन् । वर्तमान समयमा रेकी उपचार पद्धतिलाई मनुष्यको शरीरको प्राकृतिक उपचार पद्धति(क्वान्टम हिलिगं थेरापी)संग जोडेर नयाँ आयाममा बृहद रुपमा अघि बढाउदै लगिएको पाइन्छ । वास्तवमा रेकी उपचार पद्धति  र शरीरको प्राकृतिक उपचार पद्धति एकै सिक्काका दुईवटा पाटा हुन् । शरीरको प्राकृतिक उपचार पद्धति शरीरको आन्तरिक उर्जासंग सम्वन्धित छ र रेकी उपचार पद्धति ब्रम्हाण्डिय महाउर्जासंग सम्वन्धित छ । दुवै पद्धतिको उद्देश्य एउटै हो मनुष्यको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक आयामहरुमा सकारात्मक उर्जाको प्रवाह बढाएर उसका जीवनका हरप्रकारका आयामहरुमा सरलता, सहजता र उच्चता प्रदान गर्नु ।


अत्याधूनिक प्रमात्रा भौतिक विज्ञानका उर्जा तथा चेतनामाथि गरिएका तमाम वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजहरु पूर्णतः जीव, वनस्पति तथा पदार्थहरुको सुक्ष्म रुप अणु, परमाणु, उर्जा तथा चेतनासंग सम्वन्धित छन् । उर्जा तथा चेतना प्रकृतिमा रहेका जीव, वनस्पति तथा पदार्थहरुले ब्रम्हाण्डमा प्रवाह गरिरहेको उर्जा तरंग (इलेक्ट्रो मेग्नेटिक भाइब्रेसन), आभामण्डल तथा प्रकाशपुञ्ज(वायो फोटोन्स) संग सम्वन्धित छ । ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति तथा पदार्थहरुको गतिविधि तथा गुणहरु कुनै न कुनै प्रकारले सबैसंग निकट रुपले अन्तर–सम्वन्धित रहेका हुन्छन् र यो ज्ञानको निकटता पूर्वीय सनातन अध्यात्म विज्ञानको षटदर्शनको सबैभन्दा कान्छो तथा पछिल्लो बेदान्त दर्शनको अद्वेत वेदान्त सिद्धान्तसंग रहेको छ । bsirjama@gmal.com

 




No comments:

Post a Comment