'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 11 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -९

डासिर्जना भण्डारी

 #अध्यात्म_दर्शन #जीवन_दर्शन 


                        उर्जाको स्तर बढाउन ध्यान साधनाको महत्व र प्रभावकारीता


विषय प्रवेश

हरेक मनुष्यले आफ्ना दैनन्दिनका सबैप्रकारका क्रियाकलाप तथा गतिविधिहरुबाट आफ्नो र आफ्ना सम्वन्धिहरुका लागि खुशी तथा शान्ति खोजेको हुन्छ । मनुष्यले जानेर तथा नजानेर उसले खुशी तथा शान्ति खोज्ने क्रममा गरेका सबै क्रियाकलाप तथा गतिविधिका प्रयासहरुले उसलाई अन्तत्वगत्व ध्यानमै पुर्याउछन् चाहे उ धर्म, अध्यात्म, इश्वरमाथि विश्वास राख्ने आस्तिक होस् या विश्वास नराख्ने नास्तिक होस् । सनातन वेदको मूलसार श्रीमद् भगवद् गीता महाग्रन्थका अनुसार, मनुष्य योनीको अन्तिम तथा आत्यन्तिक लक्ष्य मोक्षमा उपलब्ध हुनु तथा परमात्मा अर्थात ब्रम्हाण्डको मूलउर्जा अर्थात महाउर्जा अर्थात उच्च चेतना(सुपर कन्सस)संग एकाकार हुनु हो । मनुष्य मोक्षमा उपलव्ध हुन उसले आफूले गर्नुपर्ने कर्मका प्रयासहरुमा विभिन्न प्रयासहरुमा अन्तिम प्रयास ध्यान विज्ञानको साधना हो । ध्यान विज्ञान साधनाको गहिराईमा घटित हुने समाधि, मोक्ष तथा परमात्मा अर्थात उच्च चेतनामा एकाकारको उपलव्धि उही परमात्मा अर्थात ब्रम्हाण्डको महाउर्जा अर्थात उच्च चेतनाको महाप्रसाद हो । मोक्षको प्राप्ति तथा परमात्मामा एकाकार हुनकालागि गरिने हरप्रकारका अध्यात्म साधनाका प्रयासहरु सबै ध्यान साधनामै पुगेर टुंगिने हुनाले ध्यान साधनाको अर्को विकल्प नै छैन । 


अध्यात्म साधनाकालागि पूर्वीय सनातन दर्शनको विरासत रहदै आएको सनातन अध्यात्म विज्ञानको प्रमुख विषय ध्यान साधना पूर्णतः वैज्ञानिकतामा आधारित सबैभन्दा महत्वपूर्ण तथा प्रभावकारी प्रक्रिया, विधि तथा पद्धति हो । अध्यात्म साधना गर्दा ध्यान विज्ञानका जुनसुकै प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर गरिएको भएपनि यसको मूल उद्देश्य मनुष्यका शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय गराएर उसको सुक्ष्म शरीरको मेरुदण्डमा रहेका ब्रम्हाण्डिय महाउर्जाका मुल शक्तिकेन्द्र प्रमुख सात चक्रहरुमा रहेको समष्टी ब्रम्हाण्डिय महाउर्जाको व्यष्टि स्वरुप कुण्डलिनी उर्जालाई ब्रम्हाण्डिय मूलउर्जा तथा महाउर्जाको महासागरमा एकाकार गराएर मनुष्यलाई मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन) मा उपलव्ध गराउनु हो । सहि प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर गरिने ध्यान विज्ञानको प्रयोगात्मक साधनाले मनुष्यका शरीरका आयामहरु– शारीरिक शरीर, मनासिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरबाट निरन्तर प्रवाहित भएर ब्रम्हाण्डको महाउर्जामा एकाकार भैरहने उर्जाका तरंगहरु तथा उसको आभामण्डल (जो सात चक्रमा रहेको उर्जाका तरंगहरुबाटनै उत्पन्न हुने गर्दछन)लाई शुद्ध, सन्तुलित, सक्रिय राख्न र उर्जाको तह तथा स्तर बढाउन महत्वपूर्ण र अत्यन्तै प्रभावकारी भूमिका निर्वाह गर्दछ । तसर्थ मनुष्यको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय राख्न र उसको चेतना तथा उर्जाको तह तथा स्तर बढाउनकालागि गरिने सबैप्रकारका दैनिक कर्म तथा गतिविधिहरुदेखि लिएर योगासन, प्राणायाम, एकाग्रता जस्ता साना तथा ठूला सबै प्रयासहरु विहंगम ध्यान विज्ञानकै सहायक मार्ग तथा अंग हुन् । अध्यात्म विज्ञानका प्राचीन वैज्ञानिक ऋषिमुनिहरुले तत्कालीन समयमा गरेका विभिन्न प्रयोगात्मक वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजहरुका अनुसार मनुष्यको विकासक्रमको इतिहासलाई हेर्दा उसको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित तथा सक्रिय राख्न र उसको चेतना तथा उर्जाको स्तर तथा तह बढाउन ध्यान साधना नै प्रमुख राजमार्ग रहेको पाइन्छ । अध्यात्म विज्ञानले दशौं हजार वर्षअघिनै वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजहरुले उजागर गरेको यो ऐतिहासिक शाश्वत सत्यलाई वर्तमान समयमा आधूनिक प्रमात्र भौतिक विज्ञान(क्वान्टम फिजिक्स), आधूनिक मनोचिकित्सा विज्ञान, आधूनिक मनोविज्ञान तथा ठूलाठूला वैज्ञानिक शैक्षिक संघ–संस्थाहरुले ध्यान विज्ञानका विषयहरुका सन्दर्भमा गरेका वैज्ञानिक प्रयोगात्मक अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुका अनुसार पनि मनुष्यको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल तथा उसको चेतना तथा उर्जाको तह तथा स्तर वृद्धि गर्न सर्वाधिक महत्वपूर्ण, प्रभावकारी र अत्यावश्यक विषयका रुपमा विश्वव्यापि मान्यताकासाथ स्थापित भैसकेका छन् ध्यान विज्ञान साधनाका वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरु । पछिल्लो समयमा गरिएका यी अध्ययनका नजिजाका तथ्यांकहरुले ध्यान साधनाका प्रक्रिया, विधि तथा पद्धतिहरुलाई सहि ढंगले दैनिक जीवनमा अनुशरण गर्ने मनुष्यको जीवनमा स्वास्थ्य, आरोग्यता, सुख, खुशी, समृद्धि, सफलता, शान्ति, आनन्द ल्याउन सफल भएका धेरै प्रत्यक्ष उदाहरणहरु उजागर गरेका छन् ।


ध्यान साधना र उर्जा शुद्धि

सहि ढंगले ध्यान साधनाका सहि प्रकारका पक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर गरिने ध्यान साधनाका उपलव्धिहरु चमत्कारिक हुन्छन् सांसारिक र पारमार्थिक दुवै प्रकारले । बिना कुनै विशेष प्रकारको मेहनत स्थिर भएर बन्द आँखाले श्वास–प्रश्वासको गतिविधिमा ध्यान केन्द्रित गरेर श्वास आएको र गएको(आना र पानाको सती तथा साक्षी) हेर्दा मात्र पनि मनुष्यको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय हुन र विकास तथा स्तरोन्नती हुन थाल्छ । यो प्रक्रियाको सको प्रत्यक्ष सम्वन्ध मनुष्यको सुक्ष्म शरीरको मेरुदण्डमा रहेका ब्रम्हाण्डिय महाउर्जाका मूलकेन्द्र प्रमुख सात चक्रहरुसंग रहेको हुन्छ । ध्यान स स्थिर भएर रहेको अवस्थामा मनुष्यको शिरको सबैभन्दा उपरि क्षेत्र भ्रमरन्द्र तथा सहश्रार चक्रबाट ब्रम्हाडिय महाउर्जा उसको शरीरमा विशेष प्रवाहमा प्रवेश गर्दछ र यसले प्रमुख सात चक्रहरुका माध्यमबाट शरीरमा निरन्तर संचारित भैरहेका उर्जा तरंगहरुलाई शुद्ध, सन्तुलित र सक्रिय बजाउन शुरु गर्दछ र चक्रहरु स्वतः जाग्रीत तथा सक्रिय हुन थाल्छन् । यसरी ध्यान साधनामा प्रभाहित हुने ब्रम्हाण्डिय महाउर्जाको प्रवाहका कारण चक्रहरु जाग्रीत तथा सक्रिय हुन थालेपछि मनुष्यलाई आफ्नो शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा अलौकिक ब्रम्हाण्डिय महाउर्जा संचारित भइरहेको र उर्जाका तरंगहरुले एकप्रकारको मन्द तरंग पैदा गरिरहेको महसुस, अनुभव तथा अनुभूति हुन थाल्छ । उर्जाका तरंगहरुले पैदा गरेको यही एकप्रकारको मन्द कंपनका कारण शरीरमा आएको सकारात्मक बदलावको अन्तरहृदयमा हुने भावातीत अलौकिक महसुस, अनुभव तथा अनुभूतिनै परमखुशी, परमशान्ति तथा परमआनन्दको अवस्था हो जुन बिनाकारण आउछ र एकपटक आएपछि सदा रहिरहन्छ वाहिरका भोगका वस्तु, सेवा, सुविधा तथा सम्वन्धहरुबाट आएको तर निश्चित समयपछि हराउने जस्तो नाशवान हुदैन । ध्यान साधनाबाट प्राप्त ब्रमहाण्डिय महाउर्जाको प्रवाहले शरीरका आयामहरुमा उत्पन्न गरेको परमखुशी, परमशान्ति तथा परमआनन्दका कारण अव मनुष्यलाई आफ्नो जीवन सुन्दर तथा सार्थक लाग्न थाल्छ । जीवनमा सबै कुरा राम्रो लाग्न थाल्छ; सोच, विचार, भचवका तरंगहरु सकारातम्क हुदै जान्छन्; हरपल सुख, खुशी, रमाइलो लाग्न थाल्छ; मन तथा भावनामा स्थिरता आउन थाल्छ; पलपल खुशी, शान्ति, आनन्द बढ्दै गएको अनुभूति बढ्दै जान्छ । 

मनुष्यलाई स्वप्न बिहिन गहिरो निद्राबाट; प्राकृतिक घुमघामबाट; मन तथा भावना अत्यन्तै प्रफुल्ल हुने मनोरञ्जनहरुबाट; आफूलाई अत्यन्तै रुचि लागेका शोखका गतिविधिहरुबाट; सबैसंगको राम्रो, सौहार्दपूर्ण तथा प्रेमपूर्ण सम्वन्धहरुबाट; खुशीको खवर सुन्दा; आफ्ना उत्कट इच्छाहरु पूरा हुदा; जीवनमा आफूले चाहेको विषय, वस्तु तथा सफलता हासिल हुदा; निश्वार्थ सेवा, परोपकार, दान, पुण्यका गतिविधिहरु गर्दा; आफ्नो आराध्य भगवानको भक्तिमा निर्लिप्त हुदा पनि ध्यान साधनाबाट प्राप्त हुने प्रकारकै दिव्य सकारात्मक उर्जा प्राप्त हुन्छ जसले व्यक्तिमा उत्साह, हौसला, उत्प्रेरण, जोस, जाँगर, प्रेम, भक्ति बढाउछ । तर यस्ता गतिविधिहरुमा भन्दा सहि प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर गरिएको ध्यान साधनामा छोटो समयमा, बिना कुनै मेहनत, बिना कुनै खर्च तथा लगानी उच्चस्तरको सकारात्मक दिव्य उर्जा प्रचुर मात्रामा प्राप्त हुन्छ । यसैकारण नियमित ध्यान साधना गर्ने व्यक्तिहरु आफूले समेत थाहा नपाइकन छिट्टै नै आफ्ना मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, एष्र्या, घृणा र जीवनका विविध अस्वस्थता, समस्या तथा चुनौतीहरु आदिबाट फुत्त वाहिर निस्कन्छन् र स्वस्थ, आरोग्य सुखी, खुशी, समृद्ध, सफल, शान्त र आनन्दित जीवन प्राप्त गर्दछन् ।


अत्यन्तै सहज र सरल विषय ध्यान

ध्यान साधना अत्यन्तै सहज र सरल विषय हो, गाह्रो र महंगो विषय हुदै होइन । केही स्वार्थी वर्गहरुले ध्यानलाई गाह्रो र महंगो विषय बनाएर आफ्नो निकृष्ट स्वार्थ सिद्ध गर्ने माध्यम बनाउदै आइरहेका छन् । ध्यान गर्न पैशा खर्च गरेर ध्यान साधना सिकाउने केन्द्रमै जानुपर्छ भन्ने छैन आवश्यकता तथा बाध्यता छैन । आफ्नै घर तथा कार्यकक्षमा बसेर आफूलाई अनुकुल हुने जुनसुकै समय तथा अवस्थामा, जहाँसुकै ध्यानका निश्चित प्रक्रिया, विधि तथा पद्धतिहरुको सिह ढंगले अनुशरण गर्दै आँखा बन्द गरेर उभिएर, चकटी, कुर्शी, सोफामा बसेर तथा ओछ्यानमा पल्टिएर, सकेसम्म कम्मर, ढाड, गर्धन, शिर सिधा गरेर, हातका औंलामा सहज मुद्रा लगाएर लामो, गहिरो श्वास–प्रश्वास तथा शरीरका वाहिरी तथा आन्तरिक अंगहरुमा ध्यान केन्द्रित गरेर आफूसंग समय उपलव्ध चइ अनुसार लामो तथा छोटो अवधिको ध्यान साधना गर्न र यसबाट पर्याप्त लाभ तथा उपलव्धिहरु हासलि गर्न सकिन्छ । 


इसका अलावा, आफूले आफूलाई आत्मसन्देश तथा सकारात्मक सन्देशहरु प्रदान गरेर; आफूले रुचाएको तथा चाहेको विषय तथा उद्देश्य प्राप्त भैरहेको तथा हुन लागेको दृश्य कल्पना गरेर; आफ्ना विगतका तथा भविश्यका रमाइला र सुरक्षित पलहरुका स्मृति तथा कल्पनाहरुको स्मरण गरेर; आफ्नो जीवनको लक्ष्य तथा उद्देश्य, सम्वन्धहरु, आफ्नो सोच, विचार, बानी, व्यवहार, आचरण, कर्महरुमा सकारात्मकता ल्याउने भावमा केन्द्रित भएर; आफूसंग भएका चिज, वस्तु, सेवा, सुविधाहरुकालागि श्रोतप्रति धन्यता तथा कृतज्ञता प्रकट गरेर; विगतका आफना तथा अरुका भूलहरुका लागि आफू स्वयं र अरुप्रति क्षमाशील भएर; वर्तमान समयमा आफ्नो वरपर भैरहेका गतिविधिहरुप्रति निरन्तर साक्षी भएर; प्रकृतिमा सयर गरेका रमणीय भ्रमणहरुका स्मृतिहरुको स्मरण गरेर; विगतका रमाइला भेटघाट, सेवा, सुमधूर प्रेम, सम्वन्धका प्रसंगहरुको स्मरण गरेर आदि विविध विषयहरुमा मन केन्द्रित तथा एकाग्र गर्दै हरेक दिन कम्तिमा १५ मिनेटबाट प्रारम्भ गरेर विस्तारै बढाउदै लगेर अत्यन्तै सहज प्रकारले ध्यानको प्रयोगात्मक अभ्यास गरेर ध्यान साधनालाई अत्यन्त प्रभावकारी, उपलव्धिमूलक तथा जीवन उपयोगी बनाउन सकिन्छ र शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय गरेर आफ्नो चेतना तथा उर्जाको तह तथा स्तर बढाएर जीवनलाई रमाइलो, सरल, सहज, सफल बनाउन सकिन्छ । 


ध्यान विज्ञानका त्रिरत्न– योगासन, प्राणायाम, एकाग्रता 

ध्यान क्रिया, प्रक्रिया, प्रयास तथा अभ्यास होइन यो एक गहन अवस्था हो जुन एकाग्रता तथा धारणाको गहिराइमा घटित हुन्छ । तसर्थ ध्यानको अवस्थामा सहज प्रवेश पाउनका लागि ध्यान प्रारम्भ गर्नुअघि केहीबेर योगासन तथा प्राणायामका केही अभ्यासहरु गर्नु अझ लाभलायक हुन्छ जसले ध्यानको प्रारम्भिक चरणमा एकाग्रता तथा धारण गर्ने क्षमता वृद्धि गर्छ र शरीर, मन भावनामा स्थिरता, शान्ति तथा आनन्द बढाउन प्रत्यक्ष मद्धत गर्दछ । 

योगासन– योगासनले शरीरमा जम्मा भएर रहेका नकारात्मक उर्जा, रसायनजन्य फोहोर तथा बिजातिय तत्वहरु, अल्छि तथा आलस्यपन, गर्हौंपन आदिलाई हटाएर शरीरमा चुस्त, फुर्तिलोपन तथा ताजगी भर्न मद्धत गर्दछ । प्रातः भ्रमण गर्ने; हल्का तथा विशेष प्रकारका व्यायामहरु ग्र्ने; व्यायामका निश्चित प्रकारका उपकरणहरुमा शरीर तताउने तथा तन्काउने; प्रकृतिसंग प्रत्यक्ष साक्षातकार हुने कार्यहरु गर्ने आदि पनि योगासनकै फरक प्रकारका प्रक्रिया अन्तर्गत पर्दछन् । यस्ता गतिविधिहरुबाट पनि योगासनका प्रत्यक्ष अभ्यासहरुबाट हुने प्रकारका लाभहरु हासिल गर्न सकिन्छ र जीवनका अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपचार तथा समाधानमा उच्चस्तरको लाभ लिन सकिन्छ ।


प्राणायाम– प्राणायामले मनको बेचैनी, असन्तुष्टी, गुनासो, तनाव, नकारात्मक विचार हटाउनुका साथै शरीरका आन्तरीक अंगहरुको सुक्ष्म प्रक्रियाहरु सहि ढंगले सुचारु भैरन मद्धत गर्दछ । प्राणायामको अभ्यास प्रत्यक्ष रुपमा श्वास–प्रश्वास तथा प्राण वायु अर्थात प्राण उर्जाको गतिसंग सम्वन्धित रहेको छ । श्वासलाई सामान्य राख्नेदेखि लामो, गहिरो बनाउने तथा  रेचक–पूरक गर्ने; सौम्य गतिका, तिब्र गतिका श्वास–प्रश्वासका गतिविधिहरु गर्ने; र अन्तर तथा वहिर कुम्भक आदिको नियमित अभ्यास गरेर प्राणायामका अभ्यासहरुबाट जीवनका अस्वस्थता, समस्या तथा चुनौतीहरुको उपचार तथा समाधानमा उच्चस्तरको लाभ लिन सकिन्छ ।


एकाग्रता तथा धारणा– दिनमा सकेसम्म विहान कन्तिमा १५ मिनेट योगासन तथा व्यायाम र १० मिनेट प्राणायाम गर्दा यसले शरीर, मन र भावनालाई स्थिर तथा एकाग्र रहन निकै प्रभावकारी ढंगले मद्धत गर्दछ र छिट्टै ध्यान साधनाको प्रारम्भिक चरण एकाग्रता तथा धारणामा प्रवेश गर्न सहजता प्रदान गर्दछ। ध्यान साधनाको प्रारम्भिक चरणमा जति बढि एकाग्रता तथा धारण गर्ने क्षमता हुन्छ त्यतिनै प्रभावकारीताका साथ ध्यानको गहन अवस्थामा मनुष्यको शरीरका आयामहरुमा ब्रम्हाण्डिय महाउर्जाको प्रवाह बढ्दै जान्छ र ध्यान साधनाको लाभ तथा उपलव्धिहरु अझ उच्चस्तरको, गुणस्तरिय र सांसारिक तथा पारमार्थिक दुवै किसिमले चमत्कारिक हुन्छन् । 


यसकारण सनातन अध्यात्म विज्ञानले योगासन, प्राणायाम र एकाग्रता तथा धारणालाई ध्यान साधनाका त्रिरत्नको संज्ञा प्रदान गर्दै आएको छ । आफूलाई सहज तथा अनुकुल हुने किसिमले यी त्रिरत्नलाई तीन भागमा विभाजन गरेर आफ्नो दैनिक जीवनमा दिनको कम्तिमा आधा घण्टादेखि एक घण्टा योगासन, प्राणायाम र एकाग्रता तथा धारणाको प्रयोगात्म अभ्यास अनुशरण गरेर सजिलै ध्यानको गहन अवस्थामा प्रवेश गर्न सकिन्छ र ध्यान साधनाको उच्चतम लाभ लिएर सरहज, सरल, सफल जीवनयापन गर्न सकिन्छ 


छिट्टै,

चेतना तथा उर्जाको विकासमा ध्यान साधनाको प्रभावकारिता


No comments:

Post a Comment