डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -५ को निरन्तरता
उर्जाको तह बढाउन सनातन अध्यात्म दर्शनमा उल्लेखित विधिहरु
वर्तमान समयमा चिकित्सा शव्दको अर्थ तथा परिभाषा रोग तथा अस्वस्थताको उपचार गर्नु भन्नेमा सिमीत हुदै गएको पाइन्छ तर चिकित्साको वास्तविक अर्थ तथा परिभाषा रोग तथा अस्वस्थतासंग मात्र सम्वन्धित नभएर आरोग्यता अर्थात समग्र रुपमा स्वस्थ र सन्तुलित जीवनसंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको छ । यसर्थ समग्रमा, चिकित्सा भन्नाले मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनालाई हरप्रकारले शुद्ध, सकारात्मक, सक्रिय, सन्तुलित तथा आरोग्य राख्न गरिने सबै प्रकारका गतिविधिहरु तथा प्रयासहरु हुन् ।
(३)आयुरवेद तथा प्राकृतिक चिकित्सा(नेचुरोपेथी एण्ड नेचर थेरापी)
आयुरवेद चिकित्सा र प्राकृतिक चिकित्समा अत्यन्तै निकटको सम्वन्ध रहेको भएपनि यी दुई फरक–फरक प्राचीनतम चिकित्सा पद्धतिहरु हुन् । आयुरवेदमा विशेष प्रकारका जडीबुटी तथा पदार्थहरुलाई विभिन्न प्रकारले प्रसोधन गरेर तयार पारिएका ओखतिहरु मुखबाट सेवन गर्ने तथा शरीरका अंगहरुमा स्पर्श, लेपन, मालिस आदि गरेर शरीरका सबै आयामहरुमा आएका अस्वस्थता, कमजोरी, समस्या तथा चुनौतीहरुको निवारण गरि शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सक्रिय र सन्तुलित गर्ने प्रयास गरिन्छ भने प्राकृतिक चिकित्सामा प्रकृतिको खुला वातावरणमा विभिन्न प्रकारका प्राकृतिक गतिविधिहरु गरेर शरीरका आयामहरुमा प्रत्यक्ष रुपमा प्रकृतिको उर्जा भर्ने प्रयासहरु गरिन्छन् । मनुष्य लगायत सबै जीव, वनस्पति तथा पदार्थहरुको भौतिक तथा पराभौतिक अर्थात स्थुल तथा सुक्ष्म अस्तित्व प्रकृतिका पंचमहाभूत अर्थात पंचतत्व– पृथ्वी(माटो), जल(पानी), अग्नि(सूर्य), वायू(हावा), आकाश(खालिपन)को समिश्रणबाट बनेको छ । हामी जतिजति प्रकृति तथा पंचतत्वहरुको सम्पर्कमा बढि समय रहन्छौं हाम्रो शरीरको उर्जा क्षेत्र तथा आभामण्डल पनि उतिनै बढि स्वस्थ, शुद्ध, सफा, सन्तुलित र सक्रिय रहन्छ र हामी जतिजति प्रकृति तथा पंचतत्वहरुको सम्पर्कबाट टाढा रहन्छौं त्यतिनै हाम्रो शरीरको उर्जा क्षेत्र तथा आभामण्डल अस्वस्थ, अशुद्ध, असन्तुलित र निष्क्रिय हुदै जान्छ । शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल अस्वस्थ, अशुद्ध, असन्तुलित र निष्क्रिय भएको अवस्थामा यसको प्रत्यक्ष नकारात्मक प्रभाव हाम्रो दैनिक जीवनमा पर्दछ । तसर्थ हामी जतिजति माटो, पानी, सूर्यको प्रकाश, हावा, आकासको खुलापन, वनस्पति, जीवतन्तु, हिमाल, पहाड, नदिनाला, चरन, बगर, मरुभूमि आदि आफू रहेको स्नानिय भौगोलिक तथा प्राकृतिक अवस्था अनुसारका पर्यावरणीय वातावरणहरुसंग सिधा सम्पर्कमा आउछौं उतिनै हाम्रो शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सक्रिय तथा सन्तुलित हुन्छ र यसको फैलावट तथा घनत्व बढ्दै जान्छ । प्रकृति तथा पंचतत्वसंगको नजदिकी तथा सामिप्यताले हाम्रो शरीरका सबै आयामहरुमा प्राकृतिक चिकित्साको माध्यमबाट हाम्रोलागि आवश्यक उर्जाको प्रवाहका साथै शुद्धता, सन्तुलनता, सक्रियता र उर्जाको तह तथा स्तर बढाउछ । तर आजको मनुष्य प्रकृति तथा पंचतत्वबाट अत्यन्तै टाढाटाढा हुदै गैरहेको छ र उसको जीवनशैली कृत्रिमता तथा तमसमा रमाउने अप्राकृतिक बनिसकेको छ । उसको आहार, विहार, व्यवहार तथा समग्र जीवनशैलीमा पूर्णतः कृत्रिमता हावी भैसकेको छ । खासगरि वर्तमान समयमा देखिएका अधिकांश शारीरिक तथा मानसिक अस्वस्थता, समस्या, चुनौती, तनाव, चिन्ता, विषाद, अवसाद, विक्षिप्तता मनुष्यको जीवनशैली अप्राकृतिक भएकै कारणले उत्पन्न भएका हुन् । विश्वको छाता संगठा संयुक्त राष्ट्रसंघको स्वास्थ्य बिभाग हेर्ने विश्व स्वास्थ्य संगठनले अवको केही दशकमा मनुष्य जगतमा तनावले सबैभन्दा ठूलो अस्वस्थता तथा महामारीको स्वरुप लिने भविश्यवाणी गरिसकेकोे छ ।
प्रकृति तथा पंचतत्व सबैभन्दा ठूलो र अत्यन्तै आन्तरिक वुद्धिमत्ताले सम्पन्न चिकित्सक तथा संरक्षक(नर्चर) हो जसलाई कस्तो अस्वस्थता, समस्या तथा चुनौतीहरुमा कस्तो उपचार दिनुपर्छ तथा व्यवहार गर्नुपर्छ भन्ने सबै विस्तारमा थाहा छ किनकी हाम्रो स्थुल तथा सुक्ष्म शरीरको कणकण तथा रोमरोम प्रकृतिका विभिन्न श्रोतहरुबाट बनेका छन् र यसलाई प्रकृतिका तत् तत् श्रोतहरुले मात्रै शुद्ध, सन्तुलित र सक्रिय राख्न र आवश्यकता अनुसारको विकास प्रदान गर्न सक्छन् । पंचतत्वकै समिश्रणबाट मनुष्यको शरीरको तीन प्रकारको प्रकृति– वाथ, कफ, पित्तको निर्माण भएको हुन्छ र यी तीन प्रकारका हरीरको शुद्धता, सन्तुलनता र सक्रियताकालागि पंचतत्वको मात्रागत समिश्रण अनुसार नै प्रकृति तथा पंचतत्वको उपचार पद्धतिको आवश्यकता पर्दछ र यो आवश्यकता तथा मात्रा स्वयं पंचतत्वलाई थाहा हुन्छ कु प्रकार तथा प्रकृतिको शरीरलाई कस्तो उपचार तथा संरक्षण चाहिन्छ भनेर । प्राकृतिक चिकित्सा अत्यन्तै सरल, सहज, सुलभ र उच्च मूल्य भएको अत्यन्तै प्रभावकारी प्राचीन चिकित्सा पद्धति हो । हिजोआज आधूनिक चिकित्सा विज्ञानका चिकित्सकहरुले समेत आधूनिक चिकित्साका साथसाथ वैकल्पिक रुपमा योग चिकित्सा र प्राकृतिक चिकित्समा विशेष जोड दिदै आएको पाइन्छ । खालि गोडा माटो तथा घाँसमा हिड्नु; प्राकृतिक वातावरण भएको खुल्ला स्थानमा टहल्नु तथा भ्रमण गर्नु; वृक्षलाई छुनु, अंगालो मार्नु तथा रुख चढ्नु; घाँसे मैदानमा लमतन्न भएर पल्टिनु; शरीरमा माटो दल्नु; सूर्य स्नान गर्नु; खुल्ला स्थानका ताजा पानी भएका प्राकृतिक जलासयहरुमा नुहाउनु तथा जलक्रिडा गर्नु; बगैंचा, जंगलहरुको स्थलगत भ्रमण गर्नु; ट्रेकिगं, हाइकिंग तथा पैदल यात्रामा जानु; पहाड, हिमाल चढ्नु; जैविक विविधताको अवलोकन गर्नु; प्राकृतिक मनोरम दृश्यहरुको दृश्यापलोकन गर्नु; हावा, घाम तथा खुल्ला आकाशको आनन्द लिनु; स्थानिय प्राकृतिक तथा अप्रशाधित भोजन ग्रहण गर्नु; प्राकृतिक वातावरण झल्किने प्रकारको आफ्नो वासस्थानको निर्माण गर्नु तथा हरप्रकारले प्रकृतिसंग नजिक हुनु तथा प्रकृतिमा डुब्नु(नेचर इमर्सन) आदि प्राकृतिक चिकित्सा अन्तर्गत पर्दछन् । जव हामी प्रकृति तथा चतत्वसंग यसप्रकारले नजिक हुन्छौं तव उर्जाको कमीको कारण हाम्रो थाकेको, कमजोर भएको असन्तुलित तथा निष्किृय भएको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा उर्जा संचारीत हुन्छ र हामी पुनरताजकी(रिचार्ज) महसुस गर्छौं तथा हुन्छौं । यस्तो अवस्थामा हाम्रो शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल स्वतः शुद्ध, सन्तुलित र सक्रिय हुन्छ साथै यसको फैलावट तथा घनत्व पनि बढ्दै जान्छ र चेतना तथा उर्जाको स्तर उच्च हुन्छ ।
(४)ध्वनि चिकित्सा(साउन्ड हिलिङ)
ध्वनि चिकित्सा पनि पंचतत्व तथा प्राकृतिक चिकित्साकौ अंश हो किनकी ध्वति तथा शव्द आकाश तत्वको मूल गुण हो र ध्वानिका तरंगहरु फैलाएर निश्चित स्थानसम्म पुर्यायने काममा वायू तत्वको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्राकृतिक तथा कृत्रिम रुपमा उत्पन्न हुने तथा गराइने निश्चित आवृत्ति(फ्रिक्वेन्सी) तथा तिब्रतामा तरंगीत भएका विशेष प्रकारका ध्वनिहरुका तरंगहरु मनुष्यको शरीर, मन, भाव, आत्मा अर्थात चेतनामा प्रवेह गरेर गहन स्पमा सकारात्मक प्रभाव पार्दछन् । ध्वनि चिकित्सा विभिन्न प्रकारका प्राचीन उपचार पद्धतिहरु मध्य अत्यन्तै प्रभावकारी र चमत्कारीक चिकित्सा पद्धति हो । ध्वनि चिकित्सा पद्धतिको इतिहासलाई हेर्दा प्राचीन, नेपाल, भारत, ग्रीस, तिव्वत लगायत विश्वका अन्य सभ्यताका व्यक्ति, समाज, संस्कृति, धर्म तथा सम्प्रदायहरुले कुनैनकुनै स्वरुपमा प्राचीकालदेखि उपयोगमा ल्याउदै आएको पाइन्छ । ध्वनि चिकित्साले मनुष्य शरीरका चारवटै आयामहरु– शारीरिक शरीर, मानसिक शरीर, भावानात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीरका सबै प्रकारका अस्वस्थता, समस्या तथा चुनौतीहरुको सहि र प्रभावकारी ढंगले उपचार गर्ने हुनाले ध्वनि उपचार पद्धतिलाई अवको चिकित्सा विज्ञानको नयाँ पिढी(जेनेरेसन)मा अत्याधूनिक उपचार पद्धति भन्दा अतिसयोक्ति हुदैन किनकी ध्वनि चाहे जेसुकै उपकरणबाट जसरी निस्केको होस मनुष्यका शरीरका सबै आयामहरुमा त्यसको सकारात्मक र नकारात्मक प्रत्यक्ष प्रभावको उच्चता अत्यन्तै धेरै हुन्छ । प्रकृति तथा विशेष प्रकारका उपकरणहरुबाट स्वतः स्फुर्त निस्कने तथा कृत्रिम रुपमा निकालिने ध्वनि मात्र नभएर मनुष्यको मुख तथा शरीरका अंगहरुबाट निस्किने शव्द, आवाज तथा ध्वनि, गीतसंगी, गीत गायनका आलाप, संगीतका ताल तथा राग, संगीतका बाद्यवादनका सामग्रीहरुबाट निस्कने हरप्रकारका आवाज तथा ध्वनि, प्राकृतिक तथा कृत्रिम(कलकारखाना) ध्वनिहरु सबैको एक प्रकारको क्षमता हुन्छ जसले मनुष्यको शरीर, मन, भावना, आत्मा अर्थात चेतनाको उर्जालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रभावित गर्दछन् र सहज तथा असहज अवस्थाको निर्माण गर्दछन् ।
ध्वनि चिकित्सा पद्धतिको मूल उद्देश्य सम्पूर्ण रुपमा मनुष्यको शरीरका सबै आयमहरुको उर्जा शुद्ध, सन्तुलित तथा सक्रिय गर्नु हो । यस प्रक्रियामा संस्कृतका शक्तिशाली मन्त्रहरु; विशेष प्रकारको ध्वनि तरंग उत्पन्न गर्ने विभिन्न प्रकारका धातुका विशेष आकार तथा प्रकारका भाँडाहरु; संगीतका राग, ताल तथा वाद्यवादन उपकरणहरु; सनातन वैदिक धर्मका कर्मकाण्ड तथा संस्कारहरुमा प्रयोग गरिने शंख, घण्ट, मृदंग; विभिन्न प्रकारका प्राकृतिक आवाजहरु आदिको अत्यन्तै वुद्धिमत्तापूर्ण ढंगले उपयोग गर्ने गरिन्छ । ध्वनिका तरंगहरुको शक्तिका सन्दर्भमा मुगल साम्राज्यका तेस्रो शाशक अकबर महान(सन् १५५६–१६०५)का समकालीक महान संगीतग्य तासेनको सांगीतिक रागको ध्वनिले आकाशमा बिजुली चम्काउने, वर्षात गराउने, निभेको दियो जलाउने जस्ता अलौकिक तथा चमत्कारिक कार्यहरु गर्नसक्थ्यो भन्ने इतिहास हामी पढ्दै आएका छौं । सहि प्रक्रियाको अनुशरण गरेर र सहि विधि तथा पद्धतिको प्रयोग गरेर निश्चित आवृत्तिमा उत्पन्न गरिएका ध्वनिका तरंगहरुले मनुष्यको शरीरका सबै आयामहरुको अस्वस्थता तथा समस्याहरुको उपचार तथा समाधान गर्न सक्दछन् । स्थुल शरिरमा लागेका क्यान्सर जस्ता प्राण घातक रोगदेखि लिएर सबै प्रकारका मानसिक तथा भावनात्मक रोग, अस्वस्थता तथा समस्याहरु ध्वनि चिकित्सा पद्धतिको माध्यमबाट उपचार तथा समाधान भएका थुप्रै उदाहरणहरु हाम्रा समक्ष छन् । ध्वनिका सुक्ष्म तरंगहरु जव मनुष्यको शरीरमा प्रवेश गर्दछन् तव यिनले चक्रहरुमा रोकिएको तथा जकडिएको अवस्थामा रहेको उर्जालाई खोलेर, उर्जाको प्रवाहलाई सक्रिय तथा सन्तुलित बनाउछन् । यसरी ध्वानि चिकित्साको माध्यमबाट मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध तथा सक्रिय गर्दै ध्वनिको उपचार प्रक्रिया प्रारम्भ हुन्छ र यसले सबै स्थुल शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा रहेका हरप्रकारका नयाँ, पूराना अस्वस्थता तथा समस्याहरुको जरोसम्म पुगेर दिगो समाधान तथा उपचार गर्न थाल्छ । ध्वानि चिकित्सकाको माध्यमबाट मनुष्यको शरीरका सबै आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय हुदै जान थालेपछि यसले उसको चेतना तथा उर्जाको स्तरमा उच्चता बढाउदै लान्छ ।
(५)धूवाँ चिकित्सा(स्मजिङ थेरापी)
धूवाँ चिकित्सा विभिन्न प्रकारका कडा तथा सौम्य सुगन्धयुक्त धुवाँ आउने वनस्पति तथा पदार्थहरुको प्रयोग गरेर मनुष्यको शरीरका सबै आयामहरुको उर्जा शुद्ध गर्ने अत्यन्तै प्रभावकारी प्राचीन चिकित्सा पद्धति तथा उपचार प्रक्रिया हो । थोरबहुत आयुरवेदिक तथा प्राकृतिक चिकित्सा पद्धतिको निकट मानिने धूवाँ चिकित्सामा पद्धतिमा आफू बसेको कक्ष, स्थान तथा वरिपरिको वातावरणमा विशेष प्रकारका जडीबुटी, सुगन्धीत, काठ तथा पदार्थहरुकोे एक्लाएक्लै तथा मिश्रत रुपमा तयार गरिएका मिश्रणहरुलाई विशेष प्रकारको उपकरणमा राखेर त्यसमा आगो लगाएर निकालिएको धूवाँ शरीरका अंगहरु, आफू रहेको कक्ष तथा आवश्क स्थलमा राखिन्छ र आवश्यकता अनुसार फैलाइन्छ । यस्तो प्रकारको धुवाँले मनुष्यको शरीरका सबै आयामहरुका साथै धुवाँ फैलिएको तथा फैलाइएको स्थानको उर्जा शुद्ध, सन्तुलित र सक्रिय हुन प्रारम्भ हुन्छ । प्रायजसो जसो धुवाँ चिकित्सा पद्धतिमा आवश्यकता अनुसारको धूवाँ निकाल्न खास प्रकारका वनस्पतिहरुका पात, फूल, फल, काठ, जरा, बोक्रा र विभिन्न प्रकारका पदार्थहरुको प्रयोग गर्दै आइएको पाइन्छ । जडिबुटीहरुको प्रयोग गरेर यसरी उत्पन्न गरिएको औषधिय धुवाले मनुष्यको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल शुद्ध, सन्तुलित र सक्रिय गर्न मद्धत गर्दछ साथै कक्ष, घर, वरपरको वातावरणबाट समेत नकारात्मक उर्जाहरु हटाएर तथा नष्ट गरेर त्यहाँ उर्जालाई सकारात्मकतामा परिणत गर्दछ । सनातन वैदिक समाजमा धूवाँ चिकित्सामा प्राय तुलसी, सेज, चन्दन, अन्य औषधीजन्य तथा सुगन्धित वनस्पतिहरुका उत्पादहरु र पदार्थहरुको प्रयो हुदै आएको पाइन्छ । यसप्रकारको औषधिय धूवाँ जव मनुष्यको चारैतिरबाट वारपार गर्छ यसले उसको शरीर, मन, भावना, आत्मा अर्थात चेतनामा भएका सबैप्रकारका नकारात्मकताहरुलाई मेटाइदिन्छ । यसरी मनुष्यको शरीरका आयामहरुबाट नकारात्मकता दुर भएपछि उसको चक्रको उर्जा शुद्ध, सन्तुलित र सक्रिय हुन शुरु हुन्छ र स्वतः उसको उर्जा क्षेत्र तथा आभामण्डल पनि शुद्ध, सन्तुलित, सक्रिय, चम्किलो, सबै रंगहरु स्पष्ट देखिने खालको हुन्छ र यस्तो अवस्थामा स्वतः स्फुर्त रुपमा चेतना तथा उर्जाको तह तथा स्तर बढ्न थाल्छ र मनुष्यको जीवन सहज, सरल तथा सामान्य बन्न थाल्छ ।
घरमा विहान साँझ बालिने धूप; पूजापाठ तथा कर्मकाण्डहरुमा सल्काइने समिदा; यज्ञ तथा अग्निकुण्डमा होम गर्ने चरु; नौनी तथा घिउको धूप हाल्ने प्रचलन; धामीझाँक्रीहरुले प्रयोग गर्ने धूवाँ उपचार आदि सबै धूवाँ उपचार पद्धति अन्तर्गत पर्दछन् । यी सबै धूवाँ चिकित्सका वैज्ञानिक प्रक्रिया, विधि तथा पद्धतिहरु हुन् र अत्यन्तै वैज्ञानिक छन् मनुष्यको शरीरका आयामहरुको उर्जा क्षेत्र तथा आभामण्डल लगायत उसको वरिपरिको वातावरणको उर्जा क्षेत्र शुद्ध, सन्तुलित र सक्रिय गर्नकालागि । आयुरवेदिक चिकित्सा पद्धतिमा धुवाँ उपचार पद्धति बारबार अपनाउने गरेको पाइन्छ । घरानीय परिवारहरुमा अझै पनि यो परम्परा रहदै आएको छ कपाल, शरीर, पहिरन, कक्ष आदिको उपचारकालागि र हिजोआज आधूनिक सौन्दर्यशालाहरुले पनि यो धूवाँ चिकित्सा पद्धतिलाई अनुशरण गर्न प्रारम्भ गरेका छन् । तर हिजोआज सबै कुराहरु व्यवसायिकरण भएका छन् । धूवा चिकित्सा पद्धतिमा क्यान्सरजन्य हानिकारक रसायनहरुको प्रयोग गरिएका सुगन्धित अगरबत्ती, धूप, मैनबत्ती तथा अन्य मिश्रणहरुको उत्पादन र प्रयोग अत्यन्तै बढ्दै गैरहेको पाइन्छ । यस्ता हानिकारक रसायनयुक्त सुगन्धित सामग्रीहरुले मनुष्यको उर्जा क्षेत्र तथा आभामण्डल र वरिपरिको वातावरणीय उर्जा क्षेत्र शुद्ध गर्नु भन्दा अझ बिगारीरहेको तथ्य विभिन्न वैज्ञानिक खोजका नतिजाहरुले देखाएका छन् । खासगरि सुगन्धकोलागि हानिकारक रसायन प्रयोग गरेर बाँसको सिन्कामा बनाइएका सुगन्धित धूप र बाँस जलेर उत्सर्जन हुने धूवाँले क्यान्सरजन्य कार्वन तत्वको उत्सर्जनको मात्रा वातावरणमा बढाउने र उर्जा क्षेत्र तथा आभामण्डल अझ दुषित तथा असन्तुलित हुने हुनाले यस्ता सामग्रीहरुको उत्पादन र प्रयोग नगर्न सचेतना गराउदै आइएका प्रसस्त उदाहरणहरु हाम्रा सबै समक्ष जगजाहेर छन् ।
No comments:
Post a Comment