'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Friday, 31 January 2025

आहार-विहार-व्यवहार विज्ञान र स्वास्थ्य विज्ञानको अन्तरसम्बन्ध

                     डा. सिर्जना भण्डारी


 #अध्यात्म_दर्शन #जीवन_दर्शन #शुरुआत_आफैंबाट 


विषय प्रवेश

मोटामोटी रुपमा मनुष्यको शरीर शरीरका स्वास्थ्यका चार आयामहरू छन्- ()शारीरिक स्वास्थ्य, ()मानसिक स्वास्थ्य, ()भावनात्मक स्वास्थ्य, ()चेतनात्मक स्वास्थ्य  यी सबै शरीर स्वास्थ्यका आयामहरुलाई पूर्णरूपमा स्वस्थ, सन्तुलित तथा व्यवस्थित राख्न हरेक मनुष्यले खासगरी आहार-विहार-व्यवहार अर्थात आहारको विज्ञान, विहारको विज्ञान व्यवहारको विज्ञानमा विशेष ध्यान पुर्याउनु अति आवश्यक हुन्छ

 

व्यवहार तथा विचार विज्ञान

योग चिकित्सा विज्ञान  अर्थात प्राचीन चिकित्सा विज्ञान  आधूनिक चिकित्सा विज्ञान दुवैले यो मान्दछन् कि मनुष्यका शरीर तथा स्वास्थ्यका सबै आयामहरुमा विकार तथा रोगहरु उत्पन्न गराउने पहिलो प्रेरक तथा प्रमुख स्रोत उसको प्रदूषित व्यवहार अर्थात नकारात्मक प्रकृतिका अनावश्यक अति विचारहरू हुन् विचारहरूको समुह नै मन हो हामीले गर्ने हरेक प्रकारका व्यवहारहरु हाम्रो मनको अवस्था(स्टेट अफ माइन्ड)मा निर्भर गर्दछ स्वामी विवेकानन्दले भन्नु भएको , “मनुष्यले जस्तो आहार गर्छ त्यस्तै उसको विचार हुन्छ, जस्तो विचार गर्छ त्यस्तै उसको व्यवहार हुन्छ, जस्तो व्यवहार गर्छ त्यस्तै उसको कर्म हुन्छ जस्तो कर्म गर्छ त्यस्तै उसको भाग्य बन्छ मनमा उठ्ने प्रदूषित, नकारात्मक तथा अनावश्यक अति विचारहरूले मनुष्यको चेतनामा, भावनामा, मानसिकतामा स्थूल शरीर तथा शरीरका अङ्गहरूको स्वास्थ्य, सक्रियता, शुद्धता स्फूर्तिमा प्रत्यक्ष नकारात्मक प्रभाव पार्दछन् शरीरमा विभिन्न प्रकारका विकार, रोग तथा समस्याहरु उत्पन्न गर्दछन् तसर्थ हामीले संधै आफ्नो स्वच्छ राखेर सबै मनुष्य तथा विषयहरुप्रति सकारात्मक विचार तथा भाव राख्नु पर्दछ सहजसंग मनुष्यका शरीर शरीरका स्वास्थ्यका विषयहरु बारे सबैलाई बुझाउन शरीरलाई मुख्यतया दुई भाग- शारीरिक(स्थुल) शरीर मानसिक(सुक्ष्म) शरीरका रुपमा व्याख्या गर्ने गरिन्छ किनकी भावनात्मक शरीर चेतनात्मक शरीरहरु सुक्ष्म तथा मानसिक शरीर अन्तर्गत नै पर्दछन् मनुष्यको मनको अवस्था स्वाच्छ भने भावना चेतना पनि स्वच्छ हुन्छन् आफ्नो मनलाई कस्तो अवस्थामा राख्ने अरुप्रति कस्ता व्यवहार गर्ने भन्ने मनुष्यको आफ्नै वसमा तथा नियन्त्रणमा हुन्छ

 

विहार, व्यायाम तथा योग विज्ञान

मनुष्यको शरीरका सबै आयामहरूमा विकार तथा रोगहरु उत्पन्न गराउने दोस्रो प्रेरक कारण विहार तथा व्यायाम हो मनुष्यको प्राकृतिक गुण हिडडुल गर्नु तथा चल्नु हो वनस्पति तथा पदार्थहरूको प्राकृतिक गुण स्थिर रहनु हो मनुष्य हिडडुल गरेन तथा चलेन, व्यायाम तथा योग साधना गरेन भने निष्कृय, अल्छि, अस्वस्थ तथा रोगी हुन्छ त्यसैगरि वनस्पतिहरुलाई घरि-घरि चलाई राख्यो तथा ठाउँ सारीराख्यो भने सर्दैनन्, स्वस्थ रहन सक्दैनन्, रोगी हुन्छन् मर्छन्   वास्तवमा मनुष्यको प्राकृतिक गुण अनुसार उसले विभिन्न प्रकारले शरीर चलाउनु नै विहार, व्यायाम तथा योग साधना हो विशेष विधि तथा पद्धतिलाई अनुशरण गरेर निश्चित प्रकारले शरीर चलाउनु, मर्काउन, तन्काउनु; श्वास-प्रश्वास लिनु-फाल्नु नचलिकन स्थिर, मौन भएर बस्नु तथा ध्यान गर्नु योग साधना हो मनुष्यको प्राकृतिक गुण अनुसार उसकालागि स्वस्थ शरीर तथा सहज जीवनयापन व्यतीत गर्न चल्नु, व्यायाम गर्नु तथा योग साधना गर्नु भन्दा अर्को कुनै विकल्प छैन कस्तो प्रकारले चल्दा, व्यायाम गर्दा तथा योग साधना गर्दा आफ्नो शरीरलाई, स्वास्थ्यलाई अनुकुल हुनेगरि छिटो प्रत्यक्ष फाइदा हुन्छ बढि भन्दा बढि लाभ लिन सकिन्छ त्यही किसिमले विहार, व्यायाम तथा योग साधनाका विधि तथा पद्धतिहरु अनुशरण गर्नुपर्दछ विहार, व्यायाम तथा योग साधनाले मनुष्यका शरीर शरीरका स्वास्थ्यका चारवटै आयामहरूलाई स्वस्थ, सन्तुलित, सक्रिय, स्वच्छ स्फुर्त राख्न मदत गर्दछन् विहार, व्यायाम तथा योग साधना(योगासन, प्राणायाम, ध्यान) अन्तर्गत शरीरका मांसपेशी, नशा, अस्थिपन्जर, जोर्नी मर्काउने, तन्काउने तथा लचक बनाउने रक्तसंचारको गति तथा प्राण वायु अर्थात श्वासप्र-श्वासको आयाम बढाउने, कम गर्ने तथा स्थिर गर्ने (रेचक, पूरक, कुम्भक) आदि प्रकारका गतिविधिहरु गरिन्छन् साथै मुद्रा तथा बन्दहरु पनि व्यायाम तथा योग साधना अन्तर्गत पर्दछन्

 

आहार तथा पोषण विज्ञान

मनुष्यको शरीरका सबै आयामहरूमा विकार तथा रोगहरु उत्पन्न गराउने तथा अस्वस्थ गराउने तेस्रो प्रेरक महत्वपूर्ण प्रत्यक्ष कारण मनुष्यले दैनिक रुपमा ग्रहण गर्ने आहार हो मनुष्य स्वस्थ, सक्रिय स्वच्छ रहन खाद्य आहारबाट प्राप्त हुने पोषण तत्वको महत्वपूर्ण सबैभन्दा बढि प्रभाव रहेको हुन्छ खाद्य आहारबाट प्राप्त हुने प्रकार पोषण तत्वहरु- कार्बोहाइड्रेड, प्रोटीन, चिल्लो, लवण, खनिज, जल आदिबाट आउने उर्जाको कारण मनुष्य पूर्णतः स्वस्थ रहने गर्दछ स्वास्थ्यमा प्रभाव पार्ने प्रमुख प्रेरक श्रोत पहिलो मन दोस्रो व्यायाम भएपनि शरीर तथा शरीरको स्वास्थ्यमा यीनको प्रभाव त्यति प्रत्यक्ष छिटो देखिदैन जति आहारबाट पर्ने प्रभाव छिट्टै प्रत्यक्ष रुपमा देखा पर्दछ यसकारण मनुष्यको स्वास्थ्य जीवनयापन सहज गर्न आहारबाट प्राप्त हुने पोषणको ऊर्जा नियमित सन्तुलित हुनु अति आवश्यक हुन्छ  

 

हामीले जति ध्यान व्यायाम व्यवहारमा दिनुपर्ने हुन्छ त्यो भन्दा बढि आहारको सन्तुलन व्यवस्थापनमा दिनुपर्ने हुन्छ, जस्तो कि कस्तो आहार ग्रहण गर्ने; बिहान सबेरै के ग्रहण गर्ने; बिहान अबेर के ग्रहण गर्ने; दिउँसो कस्तो, कसरी के आहार ग्रहण गर्ने; साँझ तथा बेलुका कस्तो, कसरी के आहार ग्रहण गर्ने, बेलुका कम आहार ग्रहण गर्ने तथा नगर्ने; त्यस्तै कुन समयमा कस्तो आहार ग्रहण गर्ने; कस्तो आहार ग्रहण गर्दै नगर्ने; कस्तो ऊर्जामा पकाएको आहार ग्रहण गर्ने; कस्ता भाँडाहरुमा आहार पकाउने; आहार ग्रहण गर्दा कस्ता भाँडाहरुको प्रयोग गर्ने; आहार कच्चा, अधकच्चा तथा कति समय पकाएर ग्रहण गर्ने; आहार तयार गर्ने, थन्क्याउने तथा व्यवस्थापन गर्ने भान्सा कोठा, चुलो तथा भान्साको राखनधरन व्यवस्थापन कस्तो बनाउने(किनकी भान्सा नै स्वास्थकालागि प्रमुख औषधालय हो); कुन तथा कस्तो आहार केसंग खाने, केसंग नखाने तथा केसंग मिसाउने तथा केसंग नमिसाउने; आफ्नो शरीर तथा स्वास्थ्यको अवस्था अर्थात् प्रकृति(त्रिदोष)को अवस्था अनुसार के खाने, के नखाने, कसरी खाने, कति खाने, खाने कि नखाने; जैविक आहार हो कि होइन; ताजा कि छैन; घरमा थन्क्याउने(स्टोर) व्यवस्था तथा अवस्था कस्तो ; आफू बसेको भौगोलिक क्षेत्रको रैथाने आहार हो कि होइन; होइन भने कसरी खाने कि नखाने; वर्णशंकर (हाइब्रिड, जिएमओ) गरिएको हो कि स्थानिय रैथाने हो; ताजा हो कि पूरानो तथा बासी हो आदि आहारको सन्दर्भमा धेरै विषयहरूमा ज्ञान हुनु अत्यन्तै आवश्यक हुन्छ आहारसँग सम्बन्धित यी विषयबारे सबै जानकारीहरु आहार विज्ञान तथा पोषण विज्ञान अन्तर्गत पर्दछन् तसर्थ हरेक मनुष्यले आफ्नो आफ्नो परिवारको, आफ्नो समाजको, आफ्नो सम्प्रदायको तथा सबैको स्वास्थ्य, स्वच्छता स्फूर्तिकालागि आहार पोषण विज्ञानको न्यूनतम ज्ञान लिनु अति नै आवश्यक हुन्छ

 

हाम्रो सानो तर प्रभावकारी प्रयास

स्वस्थ मानव, स्वस्थ परिवार, स्वस्थ समाज, स्वस्थ राज्य स्वस्थ मानवीयताको विकासकालागि सानै भएपनि सकारात्मक योगदान पुर्याउने सेवाभावले आहार पोषण विज्ञानका यिनै पक्षहरूलाई समेटेर तथा मध्यनजर गरेर हामीले हाम्रोराजदेवी योग साधना केन्द्रम्यान्मारमा बिहान योग साधनाको कक्षा सम्पन्न गरेपछि सहभागीहरूको शरीर शरीरको स्वास्थ्यलाई अझ स्वस्थ, सक्रिय, स्वच्छ स्फुर्त रहन मद्दत गर्ने उद्देश्य राखेर विहान खालि पेटमा गर्नुपर्ने योग साधना आफूले हरेक दिन गर्नुपर्ने सतव्यवहार ज्ञानगुनका कुराहरु सिक्ने तथा सिकाउने सतसंग कक्षापछि विहान सबेरै खानुपर्ने औषधिय गुण भएका आयुरवेदिक जडिबुटी पेय तथा सर्वत हलुका रेशादार सलादजन्य ताजा स्वास्थ्य लाभ गराउने प्रकारका  अत्यन्तै उपयोगी अन्य आहारहरु उपलब्ध गराएर तथा खुवाएर योग साधनाका सहभागिहरुलाई अत्यन्तै प्रभावकारी व्यवहारिक ज्ञान दिने प्रयास गरेका छौं ताकि वहाँहरुले यो ज्ञान आफू लगायत आफ्नो परिवार, समाज, सम्प्रदाय तथा अरुसम्म संचारीत गर्न सक्नुहोस आफू लगायत परिवार, समाज, सम्प्रदाय अन्य मनुष्यहरुलाई पनि स्वस्थ, सक्रिय, स्वच्छ स्फुर्त रहने सेवा प्रदान गर्नुहोस् भन्ने अपेक्षा गरेका छौं

 

हरेक बिहान योग साधनाको कक्षा सम्पन्न भएपछि दिन तथा समय मिलाएर कहिले कुभिन्डो लौकाको मरिच, कागती, अमला, बिरेनुन आदि हालेर साँधिएको सर्वत, कहिले पुदिनाको सर्वत, कहिले घिउकुमारीको(एलोभेरा) सर्वतउमारिएका मुग, चना आदिको साँधेको सलाद कहिले औषधिय गुण भएका जडिबुटीजन्य वनस्पतिहरुको आयुर्वेदिक चिया पकाएर खुवाउने गर्छौं उहाँहरुलाई यो प्रयोगात्मक अभ्यासको प्रत्यक्ष ज्ञान दैनिक रुपमा अनुसरण गर्न गराउन पनि अनुरोध गर्दै आएकाछौं

 

पूर्ण स्वास्थ्यकालागि आहार, विहार व्यवहारको अन्तरसम्वन्ध

पूर्णरुपमा स्वस्थ, स्वच्छ, स्फुर्त सक्रिय रहनकालागि मनुष्यलाई खाद्य आहारको पोषणबाट प्राप्त हुने उर्जाको साथसाथ विहार तथा व्यायाम व्यवहार, विचार तथा मनबाट प्राप्त हुने पोषणको उर्जाको पनि उत्तिकै आवश्यकता पर्दछ मन अस्वस्थ तथा चिन्ताग्रस्त भने व्यायाम गरेर पोषणयुक्त आहार ग्रहण गरेर मात्र मनुष्य सामान्य किसिमले स्वस्थ देखिएपनि पूर्णरुपमा स्वस्थ, स्वच्छ, स्फुर्त सक्रिय रहन भने सक्दैन किनकी उसलाई मनबाट प्राप्त हुने पोषणको उर्जा अपर्याप्त हुन्छ मन विचलित तथा चिन्तित भएको अवस्थामा स्वस्थ शरीरकालागि आवश्यक पर्ने पोषण तथा उर्जा पर्याप्त मात्रामा मनले उत्पादन गर्न सक्दैन मनको पोषण तथा उर्जा अपर्याप्त भएको कारण शरीर शरीरका अंगहरुको स्वास्थ्यमा विभिन्न प्रकारका विकार तथा रोगहरु उत्पन्न हुन थाल्छन् त्यसैगरी मन स्वच्छ तथा स्वस्थ , पोषणयुक्त आहार पनि आवश्यक मात्रामा ग्रहण गरेको तर विहार तथा व्यायाम पर्याप्त गरिएको छैन भने शरीरले व्यायामबाट प्राप्त गर्नुपर्ने पोषणको उर्जा अपर्याप्त भएका कारण शरीर निष्कृय, अल्छि हुन्छ शरीरमा विभिन्न प्रकारका विकार तथा रोगहरु उत्पन्न हुन्छन् त्यसैगरी विहार तथा व्यायाम व्यहार तथा मन को पोषण तला उर्जा मात्र पर्याप्त भएर पनि शरीर शरीरका अंगहर पूर्ण रूपमा स्वस्थ, सक्रिय, स्वच्छ स्फूर्त रहन  सक्दैनन् मनुष्यको शरीर तथा शरीरका सबै अंगहरु पूर्णरूपमा स्वस्थ, सक्रिय, स्वच्छ स्फुर्त रहनकालागि आहारबाट प्राप्त हुने पोषण तथा उर्जाको अझ बढि महत्वपूर्ण भूमिका रहेको हुन्छ   यसकारण पूर्ण स्वास्थ्य, स्वच्छ, सक्रिय सरल तथा सहज जीवनयापनकालागि आहार-विहार-व्यवहारको सही सन्तुलन तथा उचित व्यवस्थापन हुनु अति आवश्यक हुन्छ यसकालागि हरेक मनुष्यले आहार विज्ञान, विहार विज्ञान, व्यवहार विज्ञान यी विज्ञानहरुविचको निकटतम अन्तरसम्वन्धबारे सुक्ष्म तवरले जान्नु अत्यन्तै जरुरी हुन्छ  bsirjana@gmail.com