डा. सिर्जना भण्डारी
विषय प्रवेश
"वैज्ञानिकतामा आधारीत योग साधना नै दिर्घायुको मूलआधार हो"
सनातन अध्यात्म दर्शन मनुष्यलाई सही प्रकारले जीवन जिउन सिकाउने कलाको विज्ञान(द आर्ट अफ लिभिगं) हो । योग दर्शन तथा योग विज्ञान अध्यात्म दर्शनको महत्वपूर्ण अंग हो जसले मनुष्यलाई योग साधनाका विविध प्रकारका वैज्ञानिक विधि तथा पद्धतिहरुको माध्यमबाट कलात्मक ढंगले स्वस्थ, सुखी, खुशी, समृद्ध, शान्त र आनन्दित जीवन जिउने कला सिकाउँदछ र मनुष्यलाई दिर्घायु प्रदान गर्दछ किनकी सबै प्रकारले सन्तुष्ट मनुष्य नै दिर्घायु रहन सक्दछ । यो सर्वबिदित तथ्य हो कि स्वस्थ, सुखी, खुशी, समृद्ध, शान्ति र आनन्दित जीवन नै दिर्घायुको मूलआधार हो र जीवनमा स्वस्थ्य, सुख, खुशी, समृद्धि, शान्ति, आनन्द र दिर्घायु अध्यात्म साधना तथा योग साधनाबाट मात्र प्राप्त गर्न सकिन्छ । दिर्घायु जीवन विभिन्न सकारात्मक अवस्थाहरुको सकारात्मक संयोग हो । सहज, सरल र सफल जीवन जिउने कला सिकाउने पूर्वीय अध्यात्म विज्ञानले मनुष्यको जीवनमा स्वस्थ्य, सुख, खुशी, समृद्धि, शान्ति, आनन्द र दिर्घायुकालागि आहार, विहार र व्यवहारलाई सबैभन्दा बढि प्रमुखता प्रदान गर्दै पहिलो प्राथमिकतामा राखेको छ । मनुष्य दिर्घायु रहनकालागि उसको आहार, विहार अर्थात व्यायाम र व्यवहार अर्थात सतविचार(सकारात्मक सोच) तथा सतकर्म(सकारात्मक कर्म) सन्तुलित हुनु अति आवश्यक हुन्छ तसर्थ जीवन जिउने क्रममा आफ्नो आहार, विहार र व्यवहारलाई सन्तुलित राख्नु नै वास्तविक योग साधना हो ।
आहार तथा भोजन
मनुष्य दिर्घायु रहन उसका शरीर तथा स्वस्थ्यका चारवटै आयामहरु(शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक)का हरप्रकारका गतिविधिहरु स्वस्थ, सक्रिय र शुद्ध हुनु आवश्यक हुन्छ । सम्पूर्ण रुपमा स्वस्थ, सक्रिय र शुद्ध रहनकालागि आहार विज्ञानका बारेमा ज्ञान हुनु आवश्यक हुन्छ । प्राचीन तथा आयुरवेदिक चिकित्सा विज्ञान र आधूनिक चिकित्सा विज्ञान दुवैका अनुसार शरीरका सबै आयामहरु स्वस्थ, सक्रिय र शुद्ध राख्न आहारबाट छ प्रकारका पोषणहरु–(१)प्रोटीन, (२)कार्बोहाइड्रेड, (३)चिल्लो, (४)खनिज तथा लवण, (५)भिटामिन, र (६)पानी सन्तिुलित मात्राकमा प्राप्त हुनुपर्दछ तवमात्र दिर्घायु जीवन हासिल गर्न सकिन्छ ।
व्यायाम तथा योगासन
दिर्घायु रहन व्यायाम भन्दा योग साधना(योगासन, प्राणायाम र ध्यान)को भूमिका विशेष, महत्वपूर्ण र अत्यन्तै प्रभावकारी रहदै आएको छ । व्यायाममा शरीरका गतिविधिहरुलाई मात्र प्राथमिकतामा राखिन्छ र खास अंगको व्यायामकोलागि खास प्रकारको विधि प्रयोग गरिन्छ तथा गराइन्छ जसले त्यही अंगको आफ्नो रुची अनुसार परिवर्तन तथा विकास गराइन्छ । व्यायाम गर्दा श्वास–प्रश्वासको नियमको खासै पालना गरिदैन तथा ख्याल राखिदैन । व्यायामका विधिहरुको प्रयोग गरेर शरीरका गतिविधिहरु गर्दा शरीरमा उर्जा बढ्छ तर उक्त उर्जाको सही तथा सन्तुलित व्यवस्थापनकालागि केही पनि गरिदैन अर्थात बढेको उर्जालाई यसै खेर जान दिइन्छ जसले कहिलेकाहीं नकारात्मक प्रभाव पनि पार्न सक्छ शरीर, मन, भाव र चेतनामा। व्यायामपछि उर्जाको सन्तुलित व्यवस्थापनकालागि उचित व्यवस्था नगर्दा मन चन्चल हुने, बेचैनी तथा अस्थिरता बढ्ने जस्ता समस्याहरु आउन सक्छन् । व्यायामका गतिविधिहरुमा आउने यस्ता प्रकारका अपूर्णता तथा कमी कमजोरीहरुका कारण मनुष्यले व्यायामबाट इच्छ्याएका फाइदा तथा उपलव्धिहरु हासिल गर्न सक्दैन । तर योग साधना पूर्ण साधनाको अभ्यास हो, योग साधनामा क्रमवद्ध रुपमा शरीरलाई मनसंग, मनलाई भावसंग र भावलाई चेतनासंग जोड्ने तथा योग गराउने प्रयास गरिन्छ । यसरी क्रमवद्ध ढंगले योग गर्दा मनको एकाग्रता र श्वास–प्रश्वास सबैभन्दा महत्वपूर्ण महत्वपूर्ण क्रिया हो । योग साधनाका प्रमुख क्रियाहरु योगासन, प्राणायाम र ध्यान गर्दा सबै अंगहरुमा श्वास र मनलाई एकत्रित तथा एकाग्र गरिन्छ । योगासन गर्दा श्वास लिने र छोड्ने गति तथा लय मिलाइन्छ । मुख्यतया शरीरका अंगको गतिविधि अर्थात योगका आसनहरु गर्दा श्वासलाई वाहिर फालिन्छ र शरीर सामान्य अवस्थामा ल्याउदा श्वास भित्र भरिन्छ । त्यस्तै योगका आसनहरु गर्दा शरीरमा जहाँ–जहाँ समवेदना, परिवर्तन तथा दवाव महसुुस हुन्छ त्यहाँ–त्यहाँ मनलाई पुर्याइन्छ । यसो गर्दा स्वतः शरीर, श्वास र मन एकआपसमा योग हुन्छन् र साधकले यसको भरपुर लाभ प्राप्त गर्दछ । योगासनले सकारात्मक उर्जा जगाउँछ, प्राणायामले जागेको उर्जालाई सकारात्मक दिशा प्रदान गर्दछ र ध्यानले जागेको उर्जालाई भौतिक तथा पराभौतिक दुवै प्रकारले लाभ हुनेगरि सकारात्मक व्यवस्थापन गर्दछ ।
प्राणायाम पूर्ण रुपमा श्वास–प्रश्वासको आयाम तथा साधना हो । प्राणायाम गर्दा श्वासका हरेक गतिविधिहरुमा मनलाई पनि जोडिन्छ तथा योग गराइन्छ । र ध्यानमा श्वास र मन अझ महत्वपूर्ण विषय हो । ध्यान गर्दा सर्वप्रथम श्वासमै मनलाई एकाग्र बनाइन्छ र मनलाई श्वासको भित्र आउने तथा वाहिर जाने गतिविधिमै केन्द्रित गरिन्छ र विस्तारै शरीर तथा शरीरका वाहिय र आन्तरीक अंगहरुलाई एकाग्र भएर हेरिन्छ तथ्य भावमा रहेर । शरीरपछि मन तथा मनमा उठेका विचारहरुलाई एकाग्र भएर हेरीन्छ तथा यी विषयहरुमा मन तथा ध्यान केन्द्रित गरिन्छ तथ्य भावमै रहेर । मनमा उठ्ने विचारहरुपछि विस्तारै प्रकृति, प्रकृतिमा भैरहेका गतिविधिहरुमा मन तथा ध्यान केन्द्रित गरिन्छ कथ्य भावमा रहेर । र यसपछि विस्तारै इश्वरीय तत्वहरु जस्तै सुक्ष्म शरीरका उर्जाका मूल श्रोत चक्रहरु, आराध्यको सानिध्यता, छवि, मन्त्र आदिमा मन तथा ध्यानलाई केन्द्रित गरिन्छ सत्य भावमा रहेर ।
यसरी शिलशिला तथा क्रमवद्धता मिलाएर गरिने पूर्ण योग साधनाको माध्यमबाट साधकले व्यायामबाट भन्दा बढि लाभ हासिल गर्न सक्षम हुन्छ र जीवनमा उसले स्वस्थ्य, सुख, खुशी, समृद्धि, शान्ति, आनन्द र दिर्घायु प्राप्त गर्दछ । किनकी योग साधना गर्दा श्वास, मन तथा ध्यानलाई जहाँ केन्द्रित गरिन्छ त्यहाँ सकारात्मक उपलव्धि तथा फाइदा हुन्छ । तर योग साधना गर्दा मन तथा ध्यानलाई नकारात्मक विषयमा लगाइयो भने त्यस सम्वन्धि नकारात्मकता नै बढेर जान्छ तसर्थ योग साधना गर्दा सजकताकासाथ तथा होसपूर्वक गर्नु अनिवार्य हुन्छ ताकि साधनारत रहदा मन तथा ध्यान नकारात्मक विषय तथा विचारहरुमा जान नपाओस । किनकी मन उर्जा हो, मनको उर्जासंग प्राण उर्जा, प्राण वायु, प्रकृति तथा ब्रम्हाण्डको उर्जा समिश्रीत हुन्छ जो सबै प्रकारका रोग तथा समस्याहरुको निदानकालागि सर्वोऔषधी हो जुन पूर्ण योग साधनाबाट मात्र प्राप्त हुन्छ । मन श्वाससंग चल्दा शरीरमा श्वासको माध्यमबाट जहा–जहाँ मन केन्द्रित भएको छ त्यहाँ–त्याँ प्राण वायु तथा अक्सिजन पुग्छ र उक्त अंगको रोग तथा समस्यासंग लड्ने क्षमता बढाउँछ । शरीर र मनमा लागेका रोगहरु तथा भाव, चित्तमा लागेका चोटहरु निको हुन थाल्छन् र मानिस स्वस्थ, सुखी, खुशी, शान्त, आनन्दित र दिर्घायु हुन्छ । तसर्थ व्यायाम भन्दा योग साधना दशौं गुणा बढि राम्रो, लाभकारी तथा प्रभावकारी मानिदै आइएको छ । पूर्ण योग साधना गर्ने मनुष्य कहिल्यै शारीरिक, मानसिक तथा भावनात्मक रोगी हुदैन किनकी पूर्वीय दर्शनको पूर्णतः वैज्ञानिकता मा आधारीत प्राचीन ज्ञान योग साधना उपचार गर्नुभन्दा रोकथाम गर्नु राम्रो तथा बुद्धिमानी हो भन्ने मान्यता तथा सिद्धान्तमा आधारीत विज्ञान हो, यसले शरीर, मन, भाव तथा चित्तमा रोग लाग्न नै दिदैन ।
व्यवहार तथा कर्म
मनुष्यले मन(सोच्नु तथा विचार गर्नु), वचन(बोल्नु) र क्रिया(इन्द्रियहरुले का मगर्नु)का माध्यमबाट गर्ने सबै प्रकारका गतिविधिहरु कर्म हुन् । मनुष्यले मन, वचन र क्रियाका माध्यमबाट आफू तथा अरुप्रति कस्ता प्रकारका व्यवहार तथा कर्महरु गरिरहेको छ उसको जीवनको स्वस्थ्य, सुख, खुशी, समृिद्ध, शान्ति, आनन्द र दिर्घायु त्यसमै निर्भर गर्दछ ।
दिर्घायु(१६५ वर्ष) जीवन बाँच्नेहरुको जीवनशैलीका
(१)सात्विक तथा जैविक खाद्य आहारको सेवन,
(२)हरपल मेरुदण्ड सिधा, सक्रिय शारीरिक गतिविधि र श्रमप्रधान कार्यहरु,
(३)नाभीसम्म लिएर लामो गहिरो श्वास भित्र लिने र वाहिर फाल्ने,
(४)इच्छा शक्ति, आत्मविश्वासले पूर्ण, आफू र अरुप्रति सदा सकारात्मक भाव,
(५)अनुशासित जीवनशैली तथा सतविचार र सतकर्म ।
No comments:
Post a Comment