डा. सिर्जना भण्डारी
#अध्यात्म_दर्शन #जीवन_दर्शन
जीवनमा पूर्णताकालागि अध्यात्म विज्ञानका त्रिरत्न- योगासन, प्राणायाम, धारणा
(क)योगीक आसनहरुको साधना र प्रभावकारिता (अघिल्ला १५ देखि २० श्रृंखलासम्म)
योगीक षटक्रियाहरुको साधना र प्रभावकारिता
पूर्वीय सनातन संस्कृतिमा मनुष्यको जन्म र अस्तित्वलाई अर्थपूर्ण बनाउन र पूर्णताको जीवन जीउन उसको सांसाररिक जीवन र पारमार्थिक जीवन सहज, सरल र सफल हुनु अपरिहार्य मानिन्छ । मनुष्यको सांसाररिक जीवन र पारमार्थिक जीवन सहज, सरल र सफल हुनकालागि उसको स्थुल(भौतिक) शरीर र सुक्ष्म(आत्मिक) शरीरका सबै आयामहरु हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित, सक्रिय र जाग्रित हुनु आवश्यक हुन्छ । मनुष्यको स्थुल र सुक्ष्म शरीरका सबै आयामहरुलाई वाहिय र आन्तरिक रुपमा हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित, सक्रिय र जाग्रित राख्नकालागि योग विज्ञानको महत्वपूर्ण अंग हठ योगका क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरुको योगीक साधनालाई विशेष महत्व र मान्यता प्रदान गरिदै आइएको पाइन्छ । दैनिक जीवनमा अनुशरण गरिने योगीक साधनाका अभ्यासहरुलाई प्रभावकारी, परिणाममुखी र उपलव्धि मूलक बनाउन सबैकालागि हठ योगका पूर्णतः वैज्ञानिकतामा आधारित क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरुको व्यवहारिक तथा प्रयोगात्मक अभ्यासहरु अत्यन्तै प्रभावकारी मानिदै आइएका छन् । हठ योगमा मनुष्यका शरीरका चारवटै आयामहरु– (१)शारीरिक शरीर, (२)मानसिक शरीर, (३)भावनात्मक शरीर, र (४)आत्मिक अर्थात चेतनात्मक शरीर शुद्धिकालागि अनुशरण गरिने योगीक साधनाका प्रयोगात्मक अभ्यासहरुमा योगका आसनहरुका साथसाथ षटक्रिया अर्थात छ प्रकारका क्रियाहरु(सिक्स योगीक प्राक्टीस) प्रमुख रहेका छन्– (१)नेति, (२)धोति, (३)नौलि, (४)वस्ति, (५)कपालभाति, (६)त्राटक । शरीरका सबै आयामहरुको शुद्धिकालागि प्रयोगात्मक अभ्यास गरिने हठ योगका क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरु अलि विशेष प्रकारका र केही जटिल प्रकारका भएका कारण पहिलो पटक अभ्यास गर्दा तथा आफू अनुभवी नहुन्जेलसम्म सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षकको प्रत्यक्ष निगरानीमा रहेर राम्ररी ज्ञान तथा प्रशिक्षण लिएर मात्र गर्ने तथा गराउने गरिन्छ । हठ योगका यी क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण जानिसकेपछि शरीरका आयामहरुको शुद्धिकरणको अवस्था तथा प्रगति जान्नकालागि पनि निरन्तर योग गुरु तथा अनुभवी योग प्रशिक्षकको सानिध्यताको आवश्यकता पर्दछ ।
हठ योगका योगीक षटक्रियाहरुको नियमित प्रयोगात्मक अभ्यासले मनुष्यको शरीरका सबै आयामहरुमा रहेका सबैप्रकारका अशुद्धता, विषादी तथा बिजातिय तत्वहरुको निराकरण गरि स्थुल शरीर र सुक्ष्म शरीरका सबै आयामहरुलाई स्वस्थ, शुद्ध, सन्तुलित, सक्रिय र जाग्रित गरेर स्थुल शरीर र सुक्ष्म शरीरका सबै प्रणालीहरुलाई सन्तुलित राख्न मद्धत गर्दछ । योगीक षटक्रियाका अभ्यासहरुले विशेषगरि स्नायु प्रणाली, श्वास–प्रश्वास प्रणाली, रक्तसंचार प्रााणली, प्राचन प्रणालीहरुलाई सन्तुलित राख्न अत्यन्तै प्रभावकारी ढंगले योगदान पुर्याउछ र मनुष्यलाई हरप्रकारले स्वस्थ, शुद्ध, सन्तुलित, सक्रिय र जाग्रित बनाएर मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरुको सर्वांगीण विकास(ओभरल वेलविइगं) गर्न अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गर्दछ किनकी पूर्वीय सनातन अध्यात्म दर्शनको प्रमुख अंग योग विज्ञानका पूर्णतः वैज्ञानिकतामा आधारित योगीक साधना विधि तथा पद्धति मनुष्यलाई ‘व्याधिबाट मुक्त र समाधिमा युक्त’ गराउने महान कलाको विज्ञान हो । योगीक षटक्रियाको अभ्यासले मनुष्यको स्थुल शरीरका मांसपेशी, नशा, हड्डि, जोर्नी, रक्त, बोसो, धातु र सुक्ष्म शरीरका नाडी तथा चक्रहरुलाई स्वस्थ, शुद्ध, सन्तुलित, सक्रिय र जाग्रीत गर्न मद्धत गर्दछ ।
(१)नेति: श्वास–प्रश्वास प्रणाली सन्तुलनमा राख्नकालागि नासिकाहरुको सफाई
वर्तमान समयमा विश्वव्यापि रुपमा असन्तुलित तथा अनियन्त्रित किसिमले हुदै आइरहेको भौतिक विकास निर्माणहरुका कारण विश्वभरिनै पर्यावरण तथा वायू प्रदुषण सबैभन्दा ठूलोे समस्याको रुपमा देखापर्दै आइरहेको छ र यसको नकारात्मक प्रभावस्परुप मनुष्यको स्वास्थ्यमा शारीरिक तथा मानसिक अस्वस्थाताहरु म्हामारीको रुपमा बढ्दै गैरहेका छन् । शारीरिक रुपमा एलर्जि, माइग्रेन, रुघा, पिनास, श्वास–प्रश्वासमा विभिन्न प्रकारका अवरोध तथा समस्याहरुका कारण दमको समस्या र मानसिक रुपमा तानव, चिन्ता, विषाद, अपषाद जस्ता अस्वस्थता तथा समस्याहरु अत्यधिक मात्रामा बढ्दै गैरहेका छन् । नेति क्रियाले शारीरिक रुपमा फोक्सोसम्म सहज ढंगले श्वास–प्रश्वास आवत–जावत गर्न अवरोध गर्ने नासिकाहरुमा रहेका फोहर–मैला, जकडन, विषादी तथा बिजातिय तत्वहरु सबै हटाएर नासिकाको मार्ग सफा गर्दछ र श्वास–प्रश्वाससंग सम्वन्धित सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको निराकरण तथा समाधान गर्न मद्धत गर्दछ । यसकासाथै नेति क्रियाले मानसिक रुपमा श्वास–प्रश्वासको गति सहज र सन्तुलित बनाएर श्वास–प्रश्वासको प्रक्रिया सुदृढ गर्दछ र मानसिक स्थिरता तथा भावनात्मक शान्ति र निद्राको गुणस्तर बढाउन प्रभावकारी सकारात्मक प्रभाव पार्दछ ।
नेति योगीक क्रिया गर्ने विधि
वर्तमानमा आफू रहेको स्थानको वाहिरी मौसमको तापक्रमसंग मिल्दो तथा हल्का तातो पानीमा आवश्यक मात्रामा नुन मिसार हातको पसरमा नुन–पानीको मिश्रण भरेर एकापट्टिको नासिकालाई बन्द गरेर अर्को पट्टिको नासिकाबाट पानी माथि तानिन्छ र सोही नासिका तथा अर्को नासिकाबाट वाहिर फालिन्छ । यो क्रिया विशेष प्रकारको भाँडोमा पानी भरेर सिधै नासिकाबाट पानी लिने र फाल्ने पनि गरिन्छ तर यो अनुभवी भैसकेका साधकहरुका लागि मात्र उपयुक्त मानिन्छ । तसर्थ नेति क्रियाको प्रारम्भिक चरणमा रहेका साधकहरुलाई एक हातको पसरमा पानी भरेर नासिकाले पानी माथि तान्न सल्लाह दिइन्छ किनकी यसमे गर्दा पानीको मात्रा नियन्त्रण गर्न सजिलो हुन्छ र कम खर्चमै गर्न सकिन्छ ।
(२)धोतिः पाचन प्रणाली सन्तुलनका लागि पेटको सफाई
वर्तमान समयका मनुष्यहरुको जीवनशैलीमा सक्रिय खानपान र निष्क्रिय दिनचर्या रहेको कारण धेरैलाई पाचन क्रियामा असहजता, अस्वस्थता तथा अपचको समस्या भैरहेको देखिदै आइराखिएको छ । यसकाकारण अधिकांश मनुष्यहरुमा पेटसंग सम्वन्धित अपच, भोक नलाग्ने तथा भोक बढि लाग्ने, पेट फुल्ने, अमिलो पानी आउने, पेट खराव हुने, पखाला, कव्जियत जस्ता अस्वस्थता तथा समस्याहरु अध्यधिक मात्रामा देखिइरहेका छन् । खासगरि शरीरले धान्न नसक्ने गरि ज्यादा खाने, समय मिलाइर नखाने, खाद्यान्नको प्रकृति मिलाएर नखाने, अति प्रशोधित अखाद्य, बासि तथा विषादियुक्त खाना खाने र खाना पचाउन आवश्यक सक्रियताका काम तथा व्यायामहरु नगर्ने कारणले गर्दा पेटसंग सम्वन्धित यस्ता अस्वस्थताका समस्याहरु आउने र पाचन क्रिया तथा पाचन प्रणालीमा प्रत्यक्ष नकारात्मक प्रभाव पर्ने हुनाले मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरुको अवस्थामा अत्यन्तै ठूलो नकारात्मक प्रभाव परिरहेको छ । धोति योगीक क्रिया पेट सफा गरेर पाचन क्रिया तथा पाचन प्रणालीलाई शुद्ध, सक्रिय, सन्तुलित राख्न र बलियो बनाउन मद्धत गर्ने अत्यन्तै महत्वपूर्ण र प्रभावकारी क्रिया हो । यो योगीक क्रियाले पेट तथा पाचन प्रणालीमा भएका फोहर–मैला, अपच भएर सडेका खाना, विषक्त तथा बिजातिय तत्वहरु सबै वाहिर निकाल्छ, पेटमा भएका सकारात्मक व्याक्टेरीयाहरुलाई स्वस्थ, बलियो, सक्रिय र सन्तुलित बनाएर, तिनको संख्या बढाएर पाचन प्रणाली बलियो बनाउछ र पाचन क्रिया सक्रिय र स्वस्थ बनाएर पेट सम्वन्धि सबैप्रकारका अस्वस्थता तथा समस्याहरुको समाधान गर्न मद्धत गर्दछ ।
धोति योगीक क्रिया गर्ने विधि
धोति क्रियाको अभ्यास विहान उठेपछि खालि पेटमा सादा मनतातो पानी पेटभरि घाँटीबाट वाक्क आउन्जेल पिएर केहीबेरपछि घाँटीसम्म औंला हालेर वान्ता गरेर पेटका सबै फोहर तथा बिजातिय विषादि तत्वहरु वाहिर निकालेर गर्ने गरिन्छ । जसलाई पेटभरि सादा पानी पिउदा सजिलै वान्ता हुदैन उसकोलागि सादा मनतातो पानीमा आवश्यकता अनुसार नुन तथा सोडियम बाइकार्बोनेट मिसाएर पेटभरि पानी पिउन सल्लाह दिइन्छ । यसो गर्दा छिट्टै वान्ता हुन्छ र पेटका सबै फोहर तथा बिजातिय विषादि तत्वहरु बान्ताबाट वाहिर निस्केर पेट पूर्णरुपमा सफा हुन्छ ।
(३)नौलि: पेटका मांसपेशीहरुलाई मालिस गरेर सक्रियता र सन्तुलन प्रदान
वर्तमान समयमा आधूनिक भौतिक विज्ञानले गरेको उल्लेख्य विकासका कारण धेरै मनुष्यहरुको जीवनशैली अत्यन्तै सुविधा भोगी र अतिनै निष्क्रिय हुदै गएको छ । यसको नकारात्मक प्रभावका कारण मनुष्यहरु अत्यन्तै अल्छि हुदै गएका छन् र शरीरकालागि र आवश्यक पर्ने न्यूनम सक्रियता र व्यायामका गतिविधिहरुमा समेत कमी आएको देखिन्छ । न्यूनम सक्रियता तथा अपर्याप्त व्यायामका कारण शरीरका मांसपेशीहरु पनि अल्छि, निष्क्रिय र कमजोर हुदै गैररहेका छन् । यस्तो निष्किृयताको प्रत्यक्ष नकारात्मक प्रभाव मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरु, खागिरि पेटसंग सम्वन्धित गतिविधिहरुमा पर्ने गर्दछ जसको कारण विभिन्न प्रकारका शारीरिक तथा मानसिक अस्वस्थताका समस्याहरु मनुष्यले झेल्दै आइरहेको छ । नौलि क्रियाले पेटका मांसपेशीहरुलाई बलियो र कसिलो बनाउन मद्धत गर्दछ साथै पाचन क्रिया तथा पाचन प्रणालीलाई सक्रिय र बलियो बनाएर अष्टधातु निर्माण प्रक्रियामा सक्रियता र सन्तुलनता प्रदान गर्दछ शरीर र स्वास्थ्यका सबै आयामहरुको सर्वांगीण विकासमा मद्धत गर्दछ किनकी स्वास्थ्य विज्ञहरुकाहरु मनुष्यको स्वास्थ्यको अवस्था झण्डै ८० प्रतिशत पेटसंग सम्वन्धित गतिविधिहरुसंग रहेको हुन्छ । नौलि क्रियाले पेटका मांसपेशीहरुलाई आकर्षक किसिमले टोन गर्दछ, अनावश्यक बोसो पगालेर मोटोपन घटाउछ र पेटका मांसपेशीहरुलाई आकर्षक बनाउनुका साथै पुरै शरीरलाई नै सुगठित, सुन्दर, चम्किलो चेहरा तथा आकर्षक व्यक्तित्व निर्माण गर्न मद्धत गर्दछ ।
नौलि योगीक क्रिया गर्ने विधि
खालि पेटमा श्वास पूरै वाहिर फालेर वाहिरै रोकेर पेटका मांसपेशीलाई गोलाईमा, तल–माथि तथा वाहिर–भित्र छिटोछिटो गतिमा चलाएर तथा घुमाएर नौलि योगीक क्रिया गर्ने गरिन्छ ।
(४)वस्ति: पेट तथा सानो आन्द्रको सन्तुलनका लागि मलद्वारको सफाई
वर्तमान समयमा खासगरि यूवा पुस्ताहरुको जीवनशैलीमा आएको अत्यन्तै असन्तुलित परिवर्तनका कारण उनीहरुमा विभिन्न प्रकारका शारीरिक, मानसिक तथा भावनात्मक स्वस्थ्य समस्याहरु तिब्र गतिमा देखिदै आएकाछन् । खासगरि शारीरिक निष्क्रियता र असन्तुलिन दैनिक क्रियाकलापहरु; असन्तुलित, अखाद्य तथा विषादीयुक्त खानपान; र प्रतिस्पर्धात्मक सोच तथा मानसिकता आदिका कारण उनीहरुको जीवन नै असन्तुलित र अव्यवसिथत हुन पुगेको छ । यसका अतिरिक्त एकै स्थानमा लामो समयसम्म आफैंलाई भूलेर डिजिटल डिभाइसहरुमा काम गरेर तथा खेलेर बस्नु; लामो समयसम्म टि.भी. तथा स्क्रिन हेरेर बस्नु, शरीरको बसाइ तथा आसनको ख्याल नगरिकन गर्धन झुकाएर, ढाड कुप्री पारेर लामोबेरसम्म बस्नु; शरीर तथा अंगहरुको हेरविचार तथा ख्याल नराखी जोशमा जथाभावी क्रियाकलापहरु गर्नु; प्रस्पिर्धा, नकारात्मक मानसिकता तथा भाव, अनियन्त्रित अतिविचार आदिका कारण एकातिर शरीरका अंगहरु निष्क्रिय तथा सिथिल बन्दै गैरहेका छन् भने अर्कोतिर मानसिकता तथा भावनामा नकारात्मकता भरिदै गैरहेको छ । यसप्रकारका असन्तुलित तथा अव्यवस्थित शारीरिक, मानसिक र भावनात्मक अवस्थाहरुबाट सिर्जित नकारात्मक गतिविधिहरुको प्रत्यक्ष तथा सिधा नकारात्मक प्रभाव पेट, पाचन क्रिया तथा पाचन प्रणालीमा पर्ने गर्दछ । यहीकारणले मनुष्यको शरीरमा धेरै प्रकारका विषादी, रसायन, बिजातिय तत्व तथा फोहरहरु जमेर बस्दछन् र शरीरमा विभिन्न प्रकारका रोगहरु उत्पन्न हुन्छन् । यस्तो अवस्थाले विशेष गरि ठूलो आन्द्रा र सानो आन्द्रामा नकारात्मक प्रभाव पार्दछ । वस्ति योगीक क्रियाले आन्द्राहरुको भित्ताहरुमा लामो समयदेखि जमेर बसेका शरीरभरि रोग फैलाउने सबैप्रकारका अशुद्धता तथा फोहर, विषाक्तता तथा बिजातिय तत्वहरु वाहिर निकालेर सफाइ गर्छ र पेट, पाचन क्रिया तथा पाचन प्रणालीलाई शुद्ध, सक्रिय, सन्तुलित, मजबुत बनाएर क्षमता अभिवृद्धि गर्दछ र समग्र स्वास्थ्यलाई सुदृढ, तन्दुरुस्त र रोगसंग लड्ने क्षमतामा वृद्धि गर्दछ ।
वस्ति योगीक क्रिया गर्ने विधि
वर्तमानमा आफू रहेको स्थानको वाहिरी मौसमको तापक्रमसंग मिल्दो तथा हल्का तातो पानीको भाँडो अग्लो ठाउँमा राखेर रव्वरको पाइप तथा क्याथेटरको माध्यमबाट मलद्वारमा पानी भरेर दिशा खुकुलो बनाएर दिशाको माध्यमबाट मलद्वार तथा आन्द्राहरुको सफाइ गरिन्छ ।
(५)कपालभाति: श्वास–प्रश्वासको सन्तुलनका लागि नासिका तथा श्वासनलीको सफाई
हिजोआजको पुस्ताका मनुष्यहरुमा असन्तुष्टि, बेचैनी, तनाव, चिन्ता जस्ता अस्वस्थताका समस्या तथा चुनौतीहरु सामान्य भैसकेका छन् । तर असन्तुष्टि, बेचैनी, तनाव, चिन्ता मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरुलाई प्रत्यक्ष रुपमा हरप्रकारले असन्तुलित, अशुद्ध, निष्क्रिय, अस्वस्थ गर्नसक्ने खतरनाक नदेखिने दुरगामी रुपमा अत्यन्तै नकारात्मक प्रभाव पार्ने र आफू स्वयंले समेत थाहा नपाउने विशम अवस्था हो । असन्तुष्टि, बेचैनी, तनाव, चिन्ता आदि आफैंमा मानसिक तथा भावनात्मक अस्वस्थता हुन् र यिनका कारण अन्य धेरै प्रकारका मानसिक तथा भावनात्मक रोगहरु बढ्दै गैरहेका छन् र दिनदिनै । यो अवस्थाले खासगरि युवा पुस्ताहरुमा मानसिक रोग तथा महामारीको रुप लिदै गैरहेको छ वर्तमान समयमा । कपालभाति तिब्रगतिमा नापभ क्षेत्रमा धक्का लगाउदै श्वासलाई नासिकाबाट वाहिर फालेर गरिने श्वास–प्रश्वास तथा प्राणको आयामलाई लयमा ल्याउने क्रिया तथा प्राणायाम हो । योगीक क्रिया अन्तर्गत पर्ने प्राणायामहरु मध्यको सबैभन्दा तिब्र गति भएको श्वास–प्रश्वास क्रिया कपालभाति प्राणायाम अत्यन्तै प्रभावकारी र अत्यन्तै परिणाममुखी क्रिया हो । कपालभाति योगीक क्रियाले विशेषगरि नासिका नली र मस्तिष्कका स्नायु प्राणलीहरुलाई सफा गर्न मद्धत गर्दछ र रगतमा अक्सिजनको मात्रा बढाएर रक्तसंचार सन्तुलित राख्नुका साथै रक्तसंचारसंग सम्वन्धित सबै प्रकारका अस्वस्थता तथा समास्याहरुको समाधानमा मद्धत गर्दछ । यसका साथै कपालभाति क्रियाले मस्तिष्कको एकाग्र हुने क्षमतामा अभिवृद्धि गर्दछ र तनाव तथा चिन्ताको जरैदेखि निवारण गरेर यसका कारण लाग्न सक्ने अन्य प्रकारका मानिसिक तथा भावनात्मक अस्वस्थताका समस्याहरुको समेत स्थाइ समाधान गर्न मद्धत गर्दछ ।
कपालभाति योगीक क्रिया गर्ने विधि
कपालभाति क्रिया नाभि क्षेत्रमा दबाब पर्नेगरि नासिकाबाट छोटो–छोटो श्वास छिटो–छिटो वाहिर फालेर श्वास–प्रश्वासको गति मिलाएर गर्ने गरिन्छ । एकपटकमा ३० पटक छोटो–छोटो छिटो–छिटो श्वास वाहिर फालेर(श्वास फालेपछि लिने क्रिया स्वस्फूर्त हुन्छ) त्यपछि केहीपटक श्वास–प्रश्वासको गति लामो–गहिरो राख्नु पर्दछ । कपालभाति क्रिया विहान पेट खालि भएको समयमा गर्नु सबैभन्दा उपयुक्त समय मानिन्छ र साँझको समयमा पनि ३–४ घण्टा पेट खालि रहेको छ भने गर्न सकिन्छ । कपालभाति क्रियाले नासिकामा भएका सबै प्रकारका फोहरहरु सफा गरेर र जकडनहरु खोलेर यसबाट हुनसक्ने श्वास–प्रश्वासका सबै प्रकारका अस्वस्थता तथा समस्याहरुको समाधान गर्न मद्धत गर्दछ । अत्यधिक पर्यावरण तथा वायू प्रदुषणका कारण नासिकाहरुमा समस्या हुने गर्दछ र श्वास–प्रश्वास सम्वन्धि अस्वस्थताहरु देखिन्छन् । आजको औद्योगिकीकरणको समयमा संसारको कुनैपनि ठाउँ तथा कुनो बाँकी छैन जहाँ पर्यावरण तथा वायू प्रदुषण नभएको होस् किनकी वायू गतिमान तत्व हो त्यसकारण एक ठाउँको प्रदुषण छोटो समयमा सजिलै अर्को ठाउँमा पुग्न सक्छ ।
सावधानीः पित्त प्रकृति भएका व्यक्तिहरुलाई कपालभाति क्रिया नगर्न सल्लाह दिइन्छ, यस्ता व्यक्तिहरुका लागि अनुलोम–विलोम तथा नाडीसोधन र अन्य सौम्य गतिका प्राणायामहरु को अभ्यास गर्नु उपयुक्त मानिन्छ ।
(६)त्राटकः मन तथा मस्तिष्कको एकाग्रता बढाउनका लागि स्नायु प्रणालीको सफाइ
वर्तमान समयका बद्लिदो जीवनशैलीका कारण मनुष्य खासगरि नयाँ पुस्ताहरुको जीवनमा असन्तुष्टि, बेचैनी, तनाव, चिन्ता जस्ता समस्या तथा चुनौतीहरु चरमसीमामा पुगेका देखिएका छन् र आगामी केही दशकमा यो अवस्थाले महामारीको रुपलिने समेत प्रक्षेपण विश्व स्वास्थ्य संगठनले गरिसकेको भयावह अवस्था छ । असन्तुष्टि, बेचैनी, तनाव, चिन्ता अदृश्य, अरु तथा आफू स्वयंले समेत थाहा पाउन नसकिने र व्यक्ति, परिवार, समाज, राज्य र प्रकृतिलाई समेत जोखिममा पार्न सक्ने अत्यन्तै खतरनाक अवस्था तथा समस्याको रुपमा फैलिदै गैरहेको देखिन्छ । यो अवस्थाले केवल एक पक्ष तथा अंगमा मात्र नभएर मनुष्यको शरीर र स्वास्थ्यका सबै आयामहरुलाई प्रत्यक्ष रुपमा हरप्रकारले असन्तुलित, अशुद्ध, निष्क्रिय तथा अस्वस्थ पार्दै र संगसंगै अन्य धेरै प्रकारका शारीरिक लगायत मानसिक तथा भावनात्मक अस्वस्थताका समस्याहरु पनि उत्पन्न गराएर मनुष्यको जीवनलाई अझ नराम्रोसंग जकडदै लगिरहेको छ र दुरगामी रुपमा अत्यन्तै नकारात्मक प्रभाव छोडिरहेको छ । यस्ता समस्याहरुको समाधन योग विज्ञानका वैज्ञानिकतामा अधारित योगीक साधनाको माध्यमबाट गर्न सकिन्छ । मनुष्यलाई मानसिक रुपले स्वस्थ स्वस्थ रहनका लागि, मन एकाग्र र स्थिर गर्नकालागि र भावानात्मक शान्ति हासिल गर्नकालागि त्राटक योगीक क्रियाले अत्यन्तै प्रभावकारी ढंगले मद्धत गर्न सक्दछ । त्राटक योगीक क्रियाले आँखाको स्वास्थ्य र दृष्टि क्षमता बढाउनुका साथै मस्तिष्क तथा मनको एकाग्र हुनसक्ने क्षमता बढाउछ, मनलाई स्थिर रहन र भावना शान्त तथा प्रेमपूर्ण रहन आवश्यक पर्ने सकारात्कम तथा खुशीका रसायनहरु(ह्याप्पि हर्मोन्स)को उत्पादन बढाउन र नकारात्मक तथा तनावका रसायनहरु(स्ट्रेस हर्मोन्स)को उत्पादन कम गर्न अत्यन्तै महत्वपूर्ण ढंगले मद्धत गर्दछ ।
त्राटक योगीक क्रिया गर्ने विधि
आँखा नझिम्क्याइकन एकटकले निरन्तर कुनै एक स्थान तथा वस्तुलाई हेरिरहनु त्राटक योगीक क्रिया हो जसले आँखाका विभिन्न प्रकारका अस्वस्थता तथा समस्याहरु दुर गर्दछ । त्राटक क्रियाले स्मरण शक्ति बढाउन अत्यन्तै प्रभावकारी ढंगले मद्धत गर्दछ । केहीबेर आँखा नझिम्क्याइकन हेरिराखेपछि केहीबेर आँखा झिम्क्याउने तथा आवश्यक परे चिम्लेर बस्ने प्रयास गर्नुपर्दछ ।
विषयको सार
पूर्वीय सनातन अध्यात्म विज्ञानको अत्यन्तै महत्वपूर्ण तथा प्रमुख विषय योग विज्ञान अन्तर्गत पर्ने योगीक षटक्रिया लामो कालखण्डदेखि पुस्तानतरण हुदै आइरहेको अत्यन्तै उपयोगी वैज्ञानिक पद्धति हो । मनुष्यको शरीर तथा स्वास्थ्यका सबै आयामहरुलाई पूर्णतः स्वस्थ, शुद्ध, सक्रिय, सन्तुलित र जाग्रित राख्नकालागि हठ योग अन्तर्गत पर्ने यी छ प्रकारका योगीक क्रियाहरु अत्यन्तै प्रभावकारी र शक्तिशालि मानिदै आइएका छन् र यसका थुप्रै तथ्यगत सकारात्मक परिणामहरु पनि देखिएका पाइन्छन् । यी योगीक क्रियाहरुको प्रक्रिया, तथा तथा पद्धतिहरु अलि जटिल प्रकारका भएका र सानो असावधानी तथा त्रुटीले स्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने तथा तथा जोखिम पनि आउन सक्ने भएकोले नयाँ योग साधकहरुले सिद्ध योग गुरु तथा अनुभवी योग प्रशिक्षकहरुको सानिध्यमा रहेर राम्ररी बुझेर र सिकेर मात्र गर्नु पर्दछ । तसर्थ योगीक साधना गर्न रुचि भएकाहरुलाई योगका विषयहरुको अनुभव भएकाहरुको सानिध्यमा रहेर, राम्ररी बुझेर, सिकेर आफू राम्रोसंग प्रशिक्षित भएपछि मात्र आफूमा तथा अरुमा योगीक षटक्रियाहरुको व्यवहारिक अभ्यासको अनुशरण गर्न सल्लाह दिइन्छ । योगीक षटक्रियाका यी छ प्रकारका क्रिया, प्रक्रिया, विधि तथा पद्धतिहरु अनुशरण गर्ने व्यक्तिको शारीरिक, मानसिक, भावनात्मक, आत्मिक अर्थात चेतनात्मक स्वास्थ्य अवस्था राम्रो, स्वस्थ र सन्तुलित हुन्छ । उसको आध्यात्मिक प्रगति तथा विकास पनि राम्रो हुन्छ र आत्मज्ञान हासिल गरेर मोक्षको मार्गमा अग्रसर हुन समेत सक्षम हुन्छ किनकी निष्ठापूर्वक योगीक षटक्रियाका नियमित रुपमा गरिने प्रयोगात्मक अभ्यासहरुले अभ्यासकर्ता तथा साधकलाई दिव्यताको नजिक पुर्याउन मद्धत गर्दछन् ।
छिट्टै,
योगीक साधनाका लाभ तथा उपलव्धिहरु
No comments:
Post a Comment