डा. सिर्जना भण्डारी
ऐतिहासिक पृष्ठभूमि
तत्कालीन भारतमा इशापूर्व तेस्रो शताव्दीदेखि इशाको बाह्रौं शताव्दी र त्यसपश्चात पनि विभिन्न कालखण्डहरुमा भएका आन्तरिक तथा वाहिय विनासकारी हमलाहरुका कारण धेरै बौद्ध भिक्षुहरु भारतबाट पलायन भएर वरिपरिका सुरक्षित क्षेत्रतिर गए । नेपाल सबैभन्दा नजिकै सिमाना जाडिएको क्षेत्र भएको कारण धेरै बौद्ध भिक्षुहरु नेपालमा एकतृत भए तर नेपाल पनि ब्राम्हणवादीहरुको गढभूमि भएकोले त्यहाँपनि उनीहरुलाई लामो समय टीकिरहन सहज तथा सम्भव भएन र उनीहरु मध्य केही संख्या तिव्बत हुदै पूर्वी एशिया(चिन, कोरिया, जापान, भियतनाम) र केही संख्या श्रीलंका, बर्मा हुदै दक्षिण पूर्वी एशिया(थाइल्यान्ड, कम्बोडिया, लावस) सुरक्षित स्थानतिर पलायन भए र बौद्ध मार्गीहरुको अधिकतम संख्या भएका कारण ती देशहरुमा बौद्ध धर्म तथा दर्शन राष्ट्रिय धर्मको रुपमा स्थापित हुदै गयो । वर्तमान समयमा विश्वमा बौद्ध मार्गीहरुको सबैभन्दा वढि संख्या यिनै पूर्वी एशिया र दक्षिण पूर्वी एशियाइ देशहरुमा रहेका छन्– उच्चतमदेखि क्रमशः कम्बोडिया– ९८ प्रतिशत, श्रीलंका– ९३.३ प्रतिशत, थाइल्याण्ड– ९३.२ प्रतिशत, म्यान्मार– ९० प्रतिशत, भुटान– ७४ प्रतिशत, चीन– ३३.३ प्रतिशत । बौद्ध मार्गीहरुप्रति दमनकारी रणनीति अंगिकार गरेको कम्युनिष्ट शासन प्रणाली प्रारम्भ हुनुपूर्व चीनमा ९० प्रतिशत जनसंख्या बौद्ध मार्गी रहेका थिए ।
बौद्ध दर्शनको प्रादुर्भाव र विस्तार
इशापूर्व छैठौं शताव्दीबाट नेपाल र भारत सनातन भूमिमा तत्कालीन समाजका ब्राम्हणवादीहरुले समाजमा मच्चाएका सामाजिक अव्यवस्थाहरुप्रति घोर असहमति जनाउदै फरक मत प्रस्तुत गर्दै सामाजिक सुधार र सुव्यवस्थाको माग राखेर प्रारम्भ भएको विचारधारा विस्तारै बौद्ध धर्म तथा दर्शनको रुपमा स्थापित र लोकप्रिय हुदैगयो संसारीभरि । प्रारम्भदेखि वर्तमानसम्म २५०० वर्षको लामो ऐतिहासिक यात्राका क्रममा विभिन्न कालखण्डहरुमा विभिन्न उतार–चढावहरु झेल्दै गर्दा संघर्ष गर्ने क्रममा यिनै उतार–चढावहरु झेल्दाझेल्दै आन्तरिक तथा वाहिय शक्तिहरुको अति दबाव र दमन धान्न नसकेर प्रादुर्भाव भएको बौद्ध धर्म तथा दर्शन मूलभूमि नेपाल र भारतबाट लगभग निमिट्यान्नै हुनेगरि बहिरगमन भयो र वरिपरिका दक्षिण पूर्वी एशिया र पूर्वी एशियाका मुलुकहरुमा विस्तार भयो । बौद्ध धर्म तथा दर्शनको उपस्थितिको अवस्था वर्तमान समयमा पादुर्भाव भएको मूलभूमि नेपालमा कुल जनसंख्याको ८.२१ प्रतिशत र भारतमा ०.७ प्रतिशत मात्र रहेको छ । तर इशाको विशौं शताव्दीमा यो अवस्था फेरी उल्टिएको छ र प्रादुर्भाव भएको मूल भूमिबाट पन्ध्रौं शदाव्दीमा विस्थापित भएर विश्वको भौगोलीक नक्सा दक्षिण पूर्वी एशिया र पूर्वी एशियामा विस्तार भएको बौद्ध धर्म तथा दर्शन पूर्वी एशिया तिव्वतबाट विस्थापित भएर विश्व प्रसिद्ध ठुला बौद्ध भिक्षु तथा बौद्ध गुरु दलाई लामाको साथमा ७०० वर्षपछि सन १९५९ मा पुनः प्रादुर्भाव भएको मूलभूमिमै फर्किएको छ तथा आफ्नो जन्म भूमिमा पुनरागमन भएको छ र अझ सशक्त रुपमा विस्तार हुदै अगाडि बढिरहेको छ सबैलाई सहज, उपयुक्त र व्यवहारिक हुने नयाँ रणनीति र अभियानका साथमा समुच्चा विश्वलाई नै शान्ति, सदभाव र करुणाको एकै सुत्रमा समेट्ने महान उद्देश्य राखेर ।
बौद्ध दर्शनको पुनरागमन र विस्तार
उन्नाइसौं शताव्दी (सन् १८३०)मा तत्कालीन ब्रीटीस पुरातात्विक समुहले विश्वका पुराना विषय र घटनाहरुबारे खोज्न र उत्खनन् गर्न प्रारम्भ गर्यो । पुरातात्वविक खोजकर्ता ब्रीटीस नागरिक १९ वर्षिय अलेक्जेन्डर कनिंगहमको नेतृत्व टोलीले भारतमा गरेको उत्खनन्पछिका आश्चर्यचकित गर्ने नतिजाहरुले मूलभूमि नेपाल र भारतलाई बल्ल थाहा भयो आफ्नो प्राचीन तथा मध्यकालको स्वर्णिम धार्मिक तथा आध्यात्मिक इतिहास, यहाँको आर्थिक, सामाजिक, सांस्कृतिक, ज्ञान, विज्ञान र समृद्धको वास्तविक अवस्था । यसअघि प्रादुर्भाव भएको मूलभूमिबाट पलायनत तथा पतन भएको बौद्ध धर्म तथा दर्शन पुरातात्विक उत्खनन् पश्चात मूलभूमि नेपाल र भारतमा फेरी विस्तारै उचाइ लिन र विस्तार हुन प्रारम्भ भयो । यो प्रक्रियामा १४ अक्टोबर १९५६ मा परिवर्तनका केही थप महत्वपूर्ण गतिविधिहरु हुन प्रारम्भ भए जव डा. बि.आर. अम्बेडकरले भारतको नागपुरमा लाखौं बौद्ध अनुयायीहरुको सामुन्नेमा बौद्ध धर्म तथा आस्थाको दिक्षा ग्रहण गरेर बौद्ध धर्म तथा दर्शनलाई अनुशरण गरे र तल्लो जात भनिने र अछुत जस्तो निकृष्ट व्यवहार गरिने खासगरि दलितहरुलाई जातियताले ग्रस्त ब्राम्हणवादलाई छोडेर बौद्ध धर्ममा प्रवेश गराएर सम्मान, समान अधिकार र स्वतन्त्रता दिलाउने अभियान प्रारम्भ गरे । डा. अम्बेडकरले लिएको बौद्ध दिक्षा बौद्ध धर्म तथा दर्शनका पुराना परम्पराहरुलाई आँखा बन्द गरेर जस्ताको तस्तै अनुशरण गरेको अवस्था थिएन, उनले पूराना मूल्य–मान्यताहरुमा सुधार गर्नुपर्ने केही विषयहरु अघि सारेका थिए र उनले आफ्नो यो कदमलाई ‘नवयान’ नामाकरण गरे बौद्ध धर्म तथा दर्शनको चौथो नयाँ शाखाको रुपमा । नवयान अर्थात नयाँ बाहान जसको माध्यमबाट फरक र अझ प्रभावकारी ढंगले बौद्ध धर्म तथा दर्शनलाई सबैकालागि अझ उपयोगी र व्यवहारिक हुनेगरि अगाडि बढाइनेछ र बौद्ध धर्म तथा दर्शनको प्रवद्र्धन र विस्तार गरिनेछ भन्ने संकल्प लिइएको थियो । डा. अम्बेडकरको विचारमा यो केवल एउटा आध्यात्मिक कदम मात्र थिएन यस अभियानको मूल उद्देश्य सबैकालागि सामाजिक सम्मान दिनु थियो, सबैकालागि समानतामा आधारित सामाजिक व्यवस्थाको निर्माण गर्नु र पुरानो ब्राम्हणवादी जाति व्यवस्थाबाट स्वतन्त्रत गराउने तथा मुक्ति दिलाउने एक वैचारिक महान क्रान्ति थियो जसले उनी लगायत धेरै आम सर्वसाधारणहरुलाई युगौंदेखि जातिवादको नाममा दबाएर र जकडेर राखिरहेको थियो ।
गौतम बुद्धले आजभन्दा २५०० वर्षअघि छरेको सामाजिक समानताको विउलाई सन् १९५६ मा आएर नयाँ आकार मिलेको थियो । यसपश्चात सन् १९५९ मा सुप्रसिद्ध बौद्धमार्गी दलाई लामा आफ्नो मूलभूमि तिव्वतबाट खेदिएर शरणार्थीका रुपमा भारतको भूमिमा प्रवेश गरे र आजसम्म भारतमै निर्वासित जीवन बिताइरहेका छन् । यो संयोग अचम्मको थियो, जव बौद्ध धर्म तथा दर्शनका मूल धरोहर तक्षशिला, नालन्दा, विक्रमशिला आदि ठूला र अत्यन्तै महत्वपूर्ण बौद्ध महाविहार तथा विश्वविद्यालयहरु केही स्वदेशी र धेरै विदेशी शैन्य बलहरुले लुटपाट गरेर, विध्वन्स मच्चाएर र जलाएर ध्वस्त पारे तव बौद्ध धर्म तथा दर्शन आफ्नो मूलभूमि भारत र नेपालबाट निर्वासित भएर नेपाल र भारत भन्दा वाहिरका देशहरुमा शरणार्थी बनेर रह्यो लामो समयसम्म तर सन् १९५९ मा यो अवस्था उल्टियो भारतबाट शरणार्थी बनेर पूर्वी एशियामा गएको बौद्ध धर्म तथा दर्शन ७०० वर्षपछि पुनः भारतमै फर्कियो तिव्बतबाट निर्वासित भएर शरणार्थीका रुपमा र आफ्नै मूलभूमि तथा जन्मभूमिमा शरण लिन आइपुग्यो । विश्वको इतिहासमा यो भन्दा ठूलो विडम्वना सायदै होला जसले सारा संसारलाई अनित्यता र दुःखको पाठ पढायो तथा सिकायो र निकास पनि दिलायो कि संसारमा केहीपनि स्थिर र स्थाइ छैन, सबै कुरा निरन्तर बदलिरहन्छ, आफू सजक र सम्यक भएर जीवनमा आइपर्ने चुनौति तथा कठिनाइहरुको निवारण गर्न सकिन्छ र जीवनमा आइपर्ने दुःख, पिडाहरुबाट मुक्त हुन सकिन्छ भनेर तर इशापूर्व तेस्रोे शताव्दीदेखि इशाको बाह्रौ शताव्दीसम्म युगौंयुग स्वर्णिम अवस्थामा रहेको बौद्ध धर्म तथा दर्शनले विभिन्न कालखण्डहरुमा धेरै उतार–चढाव, अस्थिरता र दुःख, पिडाले भरिएका परिवर्तनहरु बेहोर्नु पर्यो । लामो युगसम्म स्वर्णिम अवस्थामा रहेको र उच्चताको शिखर चुम्दै विश्वव्यापि रुपमा प्रचार र विस्तार भएर वैश्विक धर्म तथा दर्शन बन्न सक्षम भएको बौद्ध धर्म तथा दर्शन इशाको पन्ध्रौं शताव्दीसम्म आइपुग्दा आफ्नै मूलभूमिबाट पूर्णतः पतनको अवस्थामा पुग्यो र ७०० वर्षपछि फेरी शरणार्थी भएर आफ्नो जन्मभूमिमै फिर्ता आएको छ र धरातलबाट फेरी माथि उठ्ने प्रयास क्रमशः गरिरहेको छ समाज, राज्य र विश्व समाज सबैको साथ र सहयोग लिएर ।
यस अभियानको मूलकारण र डा. अमबेडकरको मूलउद्देश्य
हिन्दु ब्राम्हणवादी समाजमा चार वर्ण(ब्राम्ण, क्षेत्रिय, वैश्य, शुद्र) अन्तर्गत साँढे छ हजार भन्दा बढि जातजातिहरु रहेकाछन् र तीमध्य खागिरि नेपाल, भारत तथा सबैतिरको मिलाएर तीन हजार भन्दा बढि वर्तमान समयमा प्रचलनमा रहेका र सुनिने, पढिने, लेखिने गरिदै आएकाछन् । हिन्दु समाजमा विभिन्न समयमा सामाजिक व्यवस्थामा सुधार ल्याउने उद्देश्यले गरिएका भक्ति आन्दोलनहरुले उद्देश्य अनुरुपको परिणाम तथा उपलव्धि हासिल गर्न सकेन । भक्ति आन्दोलनको समयमा हिन्दु धर्म तथा समाजमा जातिभेद, वर्णभेद, लिंगभेद, वर्गभेदमा सुधार ल्याउने र सबैलाई समान अधिकार, सम्मान र स्वतन्त्रता प्रदान गरिने भनिएको भएपनि खासै उल्लेख्य प्रगति तथा सुधार र्आको पाइएन, खासगरि अछुत तथा दलित जातिभेद, लिंगभेद र वर्गभेदले प्रसय पाइरह्यो, हिन्दु धर्म तथा समाजमा ब्राम्हणवादकै अत्यन्तै विभेदपूर्ण मूल्य–मान्यताहरुले निरन्तरता पाइरहे र सामाजिक अव्यवस्था उस्तै नै रहिरहयो । यसकारण यो अवस्थाबाट असन्तुष्ट रहेका विद्वान, दार्शनिक तथा संविधानविद डा. अमबेडकरले आफूले हिन्दु धर्म त्याग गरे र ठूलो समुहको उपस्थितिमा बौद्ध दिक्षा ग्रहण गरेर विधिवत रुपमा बौद्ध धर्म अंगाले बौद्ध धर्मको नयाँ शाखा नवयानको माध्यमबाट जातिभेद तथा सबैप्रकारका सामाजिक विभेद तथा असमानताहरु अन्त्य गर्ने उद्देश्य लिएर । र भारतको महाराष्ट्र राज्यमा यो अभियानले ठूलो परिणामसहित उपलव्धि हासिल गर्यो, ठूलो संख्यामा सामाजिक जातिभेदको जकडनमा परिरहेका आम मानिसहरु हिन्दु धर्म परित्याग गरेर बौद्ध धर्मको दिक्षा लिएर विधिवत रुपमा बौद्ध धर्ममा रुपान्तरित भए । त्यसयता भारत र नेपालका विभिन्न क्षेत्रहरुमा देशव्यापि रुपमा यो अभियानले सकारात्मक गति लिदै गैरहेको छ । अछुत तथा दलितहरुको धर्म परिवर्तनको यो अभियानले छिटफुट ब्राम्हणवादीहरुको विरोध बाहेक समग्रमा समाजको ठूलो समुह र राज्यको समेत साथ, सहयोग र समर्थन पाउदै आइरहेको छ कि ब्राम्हणवादमा तल्लो तथा अछुत जाति भनिने र तुच्छ व्यवहार गरिने परम्परालाई सुधार गरेर मानवीय व्यवहार गरेर सामाजिक रुपमा समान हैसियत प्रदान गर्न धेरै कठिनाइ छ तथा सहजै यसो गर्न सकिदैन भने धर्म परिवर्तन गरेरै भएपनि ठूलो संख्यमा रहेका अछुत तथा दलित भनिने(सो कल्ड दलित) मानव समुदायलाई समाजमा समान सामाजिक अधिकार र सम्मान दिलाउनु मानव अधिकारको दृष्टिकोण्ले सह्रानिय कार्य हो भन्ने मान्यता प्राप्त गर्दै गैरहेको छ यो अभियानले । यही नमुनालाई आधार बनाएर वर्तमान समयमा विश्वभरिनै बौद्ध धर्ममा रुपान्तरण हुने तथा आफूले मान्दै आइरहेको पुरानो धर्मका असमान तथा विभेदपूर्ण मूल्य–मान्यताहरु त्यागेर बौद्ध धर्ममा प्रवेश गर्ने तथा रुपान्तरण हुने गतिविधिहरु तिब्रगतिले अगाडि बढिरहेको छ र धेरैले यस अभियानको सरहाना गरेका छन् समानता र सामाजिक न्याय तथा सामाजिक स्वतन्त्रताको दृष्टिकोणबाट ।
बौद्ध दर्शनको विस्तारका लागि मूलभूमिमा गरिएका प्रयासहरु
बौद्ध धर्म तथा दर्शनको प्रवर्धन, प्रचार र विस्तार गरेर विश्वलाई बौद्ध धर्म तथा दर्शनको मूलभाव शान्ति, द्सदभाव र करुणासंग जोड्नकालागि प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारतले दशकौं अघिदेखि विश्वका प्रमुख बौद्ध महासंघहरुसंग हातेमालो गरेर समय–समयमा विभिन्न प्रकारका बैठक तथा सम्मेलनहरु आयोजना गर्दै आइरहेको । तीमध्य केही निम्नानुसार रहेकाछन्–
(१)विश्व बुद्धिष्ट समिट
Global Buddhist Summit
२४–२५ जनवरी २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको थियो ।
(२)अन्तराष्ट्रिय टिपितका मन्त्रोच्चाहरण उत्सव
International Tipitaka Chanting Ceremony
सन् २००६ देखि वार्षिक रुपमा निरन्तर आयोजना गर्दै आइरहिएको छ । पछिल्लो उत्सव भारतको बोधगयामा आयोजना गरिएको थियो ।
(३)अन्तराष्ट्रिय बुद्धिष्ट सम्मेलन
International Buddhist Conference
वार्षिक रुपमा गरिदै आइएको छैठौं अन्तराष्ट्रिय बुद्धिष्ट सम्मेलन भारतको प्रयागगिरी चण्डीगढमा आयोजना गरिएको थियो ।
(४)एशियन बुद्धिष्ट समिट
Asian Buddhist Summit
नेभेम्बर २०२४ मा भारतको नयाँ दिल्लीमा आयोजना गरिएको थियो ।
(५)बुद्धिष्ट सिर्जनशील सम्मेलन
Buddhist Creators
Convention
सन् २०२६ मा भारतको बोधगयामा नयाँ अवधारणा राखेर युवा पुस्तालाई समेट्ने गरि डिजिटल क्रिएटरहरुको सम्मेलन आयोजना गरिएको थियो ।
(६)बोधगया मन्दिर सल्लाहकार बोर्डको समिट
Bodhgaya Temple Advisory
Board Annual Summit
भारतको बोधगयाको महाबोधि मन्दिरमा विश्वस्तरिय आध्यात्मिक व्यक्तित्वहरुको गरिमामय भेला आयोजना गरिएको थियो ।
विभिन्न समयमा आयोजना गरिएका यी विश्वस्तरिय कार्यक्रमहरुको मुख्य उद्देश्य बौद्ध धर्म तथा दर्शनका मूल ज्ञान, उपदेश तथा मूल्य–मान्यताहरु अनुशरण गरेर तथा गराएर, सांस्कृतिक कुटनीतिको माध्यमबाट वर्तमान समयमा विश्वमा देखिएका सामाजिक तथा सांस्कृतिक मतभेद, द्वन्द, चुनौति तथा समस्याहरु; प्राकृतिक वातावरणको असन्तुलमा सन्तुलनता, सहज ल्याउनु र समाधान गर्नु रहेको छ ।
These events often focus
on applying Buddhist Philosophy to modern challenges like social conflict, environmental
issues, promoting cultural diplomacy.
वर्तमानमा फेरी उठ्ने गरेको उही प्रश्न
समयको निकै लामो अन्तरालपछि पुनः आफ्नो मूलभूमिमा पुनरागमन भएको बौद्ध धर्म तथा दर्शन अव मूलभूमिमा आफ्नै स्वतन्त्र पहिचान र अस्तित्वमा रहन सक्ला या फेरी संघर्ष र दबाव झेल्न नसकेर विलय या पलायन भएर अस्तित्वमा रहन नसक्ला भन्ने प्रश्न उठ्ने गरेको छ । के अव बौद्ध धर्म तथा दर्शन आफ्नो यसप्रकारको पहिचान र अस्तित्वमा रहिरहन्छ या फेरी सनातन वैदिक तथा हिन्दु धर्ममा घुलमिल भएर मूलभूमिबाट फेरी लुप्त हुन्छ ? यस प्रश्नमा, धेरै शुभचिन्तकहरुको विचारमा अव त्यस्तो घुलमिल तथा बिलयको अवस्था आउदैन र लुप्त हुदैन बरु अझ बढि लोकप्रिय र सशक्त भएर सारा संसारभरि विस्तार हुनेछ वैश्विक धर्मका रुपमा भन्ने रहदै आएको छ किनकी ७०० वर्षको निकै लामो अन्तरालपछि वाहिर गएको बौद्ध विचार, आस्था, धर्म तथा दर्शन अव महाक्रान्तिको रुपमा पुनः मूलभूमिमा पुनरागमन भएको छ र यसको सहजता, महत्व, प्रभावकारिता र व्यवहारिकताले ब्राम्हणवादलाई समेत गहन रुपमा स्पर्श गरिसकेको छ । बौद्ध धर्म तथा दर्शनको प्रादुर्भाव भएको मूलभूमिमा डा. अमबेडकरको उदय र दलाई लामाको प्रवेश तथा आगमनले बौद्ध धर्म तथा दर्शनले मूलभूमिमा फेरी आफ्नो उचाइ लिन प्रारम्भ गरेको छ किनकी विश्वको दक्षिण पूर्वी एशिया र पूर्वी एशियामा भएको प्रचार र विस्तारपछि वर्तमान समयमा बौद्ध धर्म तथा दर्शन पश्चिमी विश्व तथा युरोप, अमेरिकाका नयाँ–नयाँ क्षेत्रहरुमा तिब्र गतिमा प्रचार र विस्तार भैरहेको छ सेतो बौद्ध धर्म तथा दर्शन अर्थात ह्वाइट बुद्धिजमका रुपमा र यी क्षेत्रहरुमा बौद्ध धर्म तथा दर्शनको विस्तारको गति सोचिए भन्दा निकै सहज र अत्यन्तै प्रभावकारी ढंगले प्रचार र विस्तार भैरहेको छ । यसो हुनुको मूलकारण बौद्ध धर्म तथा दर्शनको मूल शिक्षा तथा ज्ञान सबैको जीवनमा दुःख छ; दुःखको कारण आफ्ना अनियन्तित्र इच्छाहरु हुन्; दुःख निवारणका उपाय तथा मार्गहरु छन्; सम्यक जीवनशैली अपनाएर जीवनमा आइपर्ने सबै दुःखहरुको निवारण गर्न सकिन्छ; संसारमा सबै कुराहरु अस्थिर छन्; केहीप्रति अति आशक्त अति उदाष हुनु हुदैन मध्यमार्गमा रहेर जीवन सहज बनाउनु पर्दछ भन्ने जीवन रुपान्तरण गर्ने र जीवनमा शान्ति र सदभाव ल्याउने तथा करुणा जगाउने व्यवहारिक ज्ञानले परिपूर्ण अत्यन्तै जीवन उपयोगी सन्देश तथा उपदेशहरु समेटिएको विशेष प्रकारको जीवन दर्शन भएको कारणले हो जसलाई वर्तमान समयमा सारा विश्वले रुचाएको छ र निष्ठापूर्वक आफ्नो दैनिक जीवनशैलीमा आफ्नो अनुकुल हुनेगरि अनुशरण गरिरहेको छ ।
छिट्टै,
राजकुमार सिदार्थ गौतमको बोधिवृक्षदेखि वैश्विक दर्शनसम्मको यात्रा
No comments:
Post a Comment