'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा २५० वटा लेख समाहित छन् !

Saturday, 30 May 2026

गौतम बुद्धको महापरिनिर्वाण र बौद्ध दर्शन व्यवस्थापनका श्रृंखलाहरु, भाग -३

 डा. सिर्जना भण्डारी 


बौद्ध धर्म विभाजित भएपछि देखापरेका परिदृश्यहरु

विषय प्रवेश

इशापूर्व ४८३ मा पहिलो बौद्ध परिषद भेला सम्मपन्न भएपछि त्यको १०० वर्षपछि इशापूर्व ३८३ मा दोस्रो बौद्ध परिषद भेला डाक्ने तयारी चल्दै थियो । समयले एक युगको कोल्टो फेरिसकेको थियो । जव समयक्रसंग मानवीयता र समाजको अवस्था र परिस्थिति बदलियो तव बौद्ध धर्मका संस्थापक तथा परम्परावादी बुज्रुक भिक्षुहरुका विचारहरुको सम्मान गर्दै कसरी बदलिदो अवस्था तथा परिस्थितिलाई समटेर सबैलाई मान्य हुनेगरि सर्वसहमतिपूर्वक ढंगले अगाडि बढ्ने भन्ने सन्दर्भमा अत्यन्तै ठूलो शंकट देखापर्यो दोस्रो बौद्ध परिषदको भेलामा । परम्परावादी सोच र नवीनतावादी सोचका विषयहरुमा मतभेद भएको भएपनि बहसको वास्तविक चुरो विषय व्यवहारिक अवस्थाको पछाडि गहन सवाल लुकेको थियो बौद्ध धर्म तथा दर्शनको शिक्षा तथा बुद्धका उपदेशहरुको व्याख्या गर्ने अधिकार कसलाई छ, कसले गर्ने र कसरी गर्ने भन्ने सन्दर्भमा किनकी खासगरि गौतम बुद्धले तत्कालीन समयमा प्रदान गरेका शिक्षा, उपदेश तथा मार्गदर्शनका विषयहरुले बदलिएको वर्तमान समयमा देखिएका परिवर्तित अवस्था तथा परिस्थितिका वास्तविकताहरुलाई पूर्णरुपमा समेट्न सक्ने तथा समाधानमूलक सम्वोधन गर्नसक्ने अवस्था र सामथ्र्य देखिएन । पुरानो पुस्ताका बुज्रुक भिक्षुहरु र नयाँ पुस्ताका समय सान्दर्भिक नवीनता चाहने भिक्षुहरु दुवै समुह आफ्ना महागुरु गौतम बुद्धको शिक्षाको पक्षमा थिए किनकी परम्पराले बौद्ध धर्म तथा दर्शनका मूल्य–मान्यताहरुलाई संरक्षित गरिरहन्छ भन्नेमा सबै विश्वस्थ र आस्वस्थ थिए । यससंगै नवीनता चाहने भिक्षुहरु बौद्ध धर्म तथा दर्शनले परम्परासंगै नयाँ बदलावलाई पनि युग सान्दर्भिक हुनेगरि आत्मसाथ गरेर अगाडि बढ्नु पर्दछ भन्ने तर्क गरिरहेका थिए किनकी समय अनुसारको बदलावले समुदाय तथा समाजमा नयाँपन तथा सिर्जनशीलता भित्र्याउछ र समुदाय तथा समाजलाई आफ्ना पारम्परिक मूल्य–मान्यताहरुमा निरन्तर टिकिरहन र विस्तार भैरहन मद्धत गर्दछ । 


दोस्रो बौद्ध परिषद भेलामा परम्परावादी र नवीनतावादीहरुविच समझदारी र सर्वसम्मत निणयका लागि जति प्रयासहरु गरिएका भएपनि दुइपक्षविच समझदारी हुनसकेन । दोस्रो बौद्ध परिषद भेलापछि अर्को १०० वर्षमा बौद्ध धर्म तथा दर्शन कयौं शाखा, धार, उपधार र सिद्धान्तहरुमा विभाजित भयो, यो अवस्थालाई इतिहासकारहरुले ‘निकाय परम्परावाद’ भनेर सम्वोधन गरे । गौतम बुद्धको महापरिनिर्वाणको २०० वर्षपछि १८ अलग–अलग बौद्ध धर्मका मत तथा शाखाहरु अस्तित्वमा देखिए र बौद्ध धर्म तथा दर्शनको सन्दर्भमा हरेक मत तथा शाखाको आ–आफ्नो व्याख्या थियो, सबैको व्याख्यामा भिन्नता थियो र सबैले आ–आफ्नो प्रामाणिकता दाबी गर्दथे । गौतम बुद्धको समयमा जो मानिसहरु अरुलाई जीवनका भोगविलास र दुःखहरुबाट मुक्त गर्न चाहन्थे गौतम बुद्धको महापरिनिर्वाणको १०० वर्षपछि उनीहरु नै एकआपसमा परस्पर जुधेर अलग–अलग परम्परामा विभाजित भए र आफूआफैं दुःखी र पिडित भए । गौतम बुद्धको महापरिनिर्वाणको भएको ५०० वर्षपछि सन् १०० का दशकहरुमा भारतमा अझ क्रान्तिकारी नवाचारवादका अनुशरण कर्ताहरु निस्किए । यो समयको पहिलो विषयका रुपमा यस्ता प्रकारका मतभेद र प्रतिस्पर्धाहरु प्रारम्भ भएकि गौतम बुद्धको शिक्षा, ज्ञान, विज्ञान, उपदेश तथा साधना विधिहरुलाई कसले अझ प्रभावकारी छलांग तथा मोड दिनसक्छ र बुद्धको आवाजमा कसले जिवन्तता भर्नसक्छ । यो समयमा बौद्ध धर्मका ग्रन्थहरु लेखिन प्रारम्भ भए, भारत र श्रीलंकामा संस्कृत र पाली भाषामा लेखिएका ग्रन्थहरुलाई स्थानीय भाषामा अनुवाद गरेर पूरै एशियाका देश, विदेशमा प्रचार र विस्तार गर्न प्रारम्भ गरियो । नयाँ–नयाँ ग्रन्थहरुमा समावेश गरिएका बौद्ध धर्म तथा दर्शनका विषयहरुले तत्कालीन समयमा क्रान्तिकारी विचारधाराहरु पेश गरे । महासंघी तथा महायनीहरुका यी क्रान्तिकारी विचारधाराहरुले पहिलो पटक ‘बोधिसत्व’को आदर्शबारे प्रष्ट पारे । 


महायानको बोधिसत्व आदर्श

बोधिसत्व त्यस्तो साधक जो आफ्नो मुक्तिको चाहनामा नभएर सबै जीवहरुको मुक्तिकालागि करुणावस आफूलाई सर्वकल्याणको सेवामा समर्पित गर्दछ र आफ्नो अन्तिम मुक्ति अर्थात निर्वाण(इटरनल लिवरेसन)लाई पछाडि धकेल्छ । बोधिसत्वले नीजि शान्ति र व्यक्तिगत मुक्तिलाई आत्मसाथ गर्दैन र संसारका सबै जीवहरुको दुःख पिडामा आफूलाई जोडीराख्छ जवसम्म हरेक जीवहरुलाई दुःखबाट मुक्त गराउन सकिदैन । गौतम बुद्ध स्वयंको यही मूलभाव थियो र उनले प्रदान गरेका शिक्षामा पनि यही करुणाभाव मिश्रीत भएर लुकेको थियो र गौतम बुद्ध २५०० वर्षपछि मैत्रेय बुद्धका रुपमा पुनरजन्म लिएर फेरी यस धर्तीमा अवतरित हुनेछन् भन्ने अवधारणा यसै विषयसंग सम्वन्धित रहेको थियो । यही करुणा भावका कारण नै उनले आफ्नो जीवनकालभरि बुद्धत्वमा उपलव्ध भएपछि निरन्तर ४५ वर्षसम्म आम मानिसहरुलाई उनीहरुको दुःख, पिडाबाट वाहिर निकाल्न प्रयास गरिरहे र आफू फेरी बोधिसत्वको रुपमा मैत्रेय बुद्धका रुपमा अवतरित हुने खुलासा गरेका थिए । यसकारण महायानको अन्तिम लक्ष्य मनुष्यको चेतनाको वास्तविक खालिपन तथा शुन्यताको अन्तिम सत्यसम्म पुग्नु रहेको छ निर्वाण भएर अस्तित्व विहिन हुनु तथा अस्तित्मा विलिन भएर फेरी पुनरजन्म लिएर नआउनुमा होइन । बौद्ध धर्मको प्रज्ञापारमीता अर्थात हृदय सुत्रका अनुसार, “रुपनै शुन्यता हो र शुन्यता नै रुप हो । बुद्ध शव्दको वास्तविक अर्थ व्यक्तिको चेतनाको अवस्था तथा स्वभाव हो । हरेक जीवमा जागरणको पूरा सम्भावना पहिलेदेखि नै रहेको हुन्छ र निष्ठापूर्वक ध्यान साधनाको निरन्तर प्रयोगात्मक अभ्यासबाट उसको चेतनाको उच्चतम विकास भएर जाग्रीत हुन सक्ददछ र जाग्रीत चेतना नै शुन्यता, बुद्धत्व तथा बोधिसत्वमा उपलव्ध हुन सक्दछ ।” 


बौद्ध धर्मको महायान शाखाले अनुशरण गरेका ग्रन्थहरुका अनुसार, “एक ठूलो ब्रम्हाण्डिय दृष्टि छ जसमा अनगिन्ती बुद्ध अनगिन्ती संसारमा धर्मको शिक्षा दिरहेका छन् ।” यी ग्रन्थहरुलाई अनुशरण गर्ने बौद्ध समुदायहरुले सबैलाई चकित पार्ने दाबी गरेका थिए । उनीहरुका अनुसार गौतम बुद्धले गहिरो र लुकेको अलौकिक सत्य तथा अध्यात्म दर्शनको गुढ शिक्षा, ज्ञान तथा साधनाका विधिहरु आफ्ना शिष्यत्वको पात्रताले पूर्ण भएका विशिष्ठ शिष्यहरुलाई प्रदान गरेका तथा सिकाएका थिए जो आम शिष्य तथा साधकहरु भन्दा सक्षम र परिपक्व थिए किनकी आम शिष्य तथा साधकहरु त्यसप्रकारको गहन अलौकिक अध्यात्म दर्शनको ज्ञान लिनकालागि तयार भैसकेका थिएनन् । सदियौंको गहन ध्यान साधनापछि बल्ल मानवता अध्यात्म दर्शनका ती अलौकिक गुढ रहस्यात्मक शिक्षा, ज्ञान, विज्ञान तथा साधना विधिहरुलाई बुझ्न तयार भएको थियो र आफूले बुझेर ती ज्ञानहरुलाई व्यवहारमा उतारेर अरुलाई बुझाउन सक्नेगरि सक्षम भएको थियो । महायनीहरुले दावी गरे अनुसार यी ग्रन्थहरुले बौद्ध धर्मको पूर्ण धर्म तथा दर्शनलाई पूर्णरुपमा प्रकट गर्दछन् । महायनीहरुको यस प्रकारको दावी र यी विषयहरुको सन्दर्भमा पाम्परिक तथा स्थिरवादी समुह थेरावादले तुरुन्त प्रतिक्रिया दिएर यसविरुद्ध आफ्नो आवाज खडा गरेको थियो । थेरावादका अनुसार, महायानीहरुले जिकिर गरेका यी ग्रन्थहरु गौतम बुद्धको महापरिनिर्वाण भएको शताव्दीयौं पछि तयार गरेर अरुको सामुन्नेमा प्रस्तुत गरिएका हुन्; यिनका कुनै प्रकारका प्रामाणिक मौखिक परम्पराको अभिलेखहरु भेटिएका छैनन्; कुनै बौद्ध परिषद सभाको माध्यमबाट सबैको सहमतिमा प्रमाणित भएका ग्रन्थहरु होइनन्; यसकारण यी ग्रन्थहरुको कुनै आधिकारिकता छैन र यी विषयहरु मनुष्यको चेतना जाग्रीती र अरहन्त तथा निर्वाणमा उपलव्ध गराउने साधना विधिहरुका वास्तविक प्रकृति र मार्गको मूल शिक्षासंग विरोधि रहेका छन् किनकी मनुष्यको चेतना जाग्रीतीको वास्तविक सत्य बोधिसत्वको होइन अरहन्त तथा निर्वाणको आदर्श हो ।


थेरवादको अरहन्त आदर्श

परम्परावादी बौद्ध समुह थेरावादका अनुसार ध्यान साधनाको माध्यमबाट अरहन्त तथा व्यक्तिगत मुक्ति अर्थात निर्वाणमा उपलव्ध हुनु गौतम बुद्धको सबैभन्दा उच्चतहको प्रामाणिक र वास्तविक शिक्षा, ज्ञान तथा ध्यान साधनाको विधि हो । नवाचारवादी बौद्ध समुह महायानले सार्वजनिक गरेका विषय र शास्त्रहरु नयाँ खोजका नयाँ उत्पादन हुन् गौतम बुद्धले दिएका वास्तविक र प्रामाणिक शिक्षा होइनन् र यी ज्ञानहरुको अनुशरण गरेर साधक अरहन्त तथा निर्वाणमा उपलव्ध हुन सक्दैन । यी सबै प्रयत्नहरु राम्रो भाव तथा सफा नियतले सबैको कल्याणका लागि गरिएका हुन् तर अरहन्तमा स्थापित गर्नसक्ने प्रामाणिक र वास्तविक बौद्ध शिक्षा होइनन् । थेरवाद समुहको यस्तो प्रतिक्रियामा महायान समुदायले आफ्नो विश्वासलाई प्रामाणिक र वास्तविकतामा आधारित रहेको साबित गर्न बारबार जवाफ पेश गरेर स्पष्ट पार्ने प्रयास गरेको थियो, महायानीहरुका अनुसार, “गौतम बुद्धले अलग–अलग शिष्यहरुलाई अलग–अलग तरिकाबाट शिक्षा दिएका थिए, यी विषयहरु पुराना धम्म संग्रह(क्यानोन्)का अभिलेखहरुमा उल्लेख रहेकाछन् । यी विषयहरु अलग–अलग साधकहरुको माध्यमबाट अलग–अलग तरिकाले संचारित भए एशियाभरिका सबै क्षेत्र तथा समुदायहरुमा र क्रमिकरुपमा ध्यान साधनाको गहनताको माध्यमबाट यी विषयहरु ध्यान साधकका अनुभव तथा अनूभूतिहरुमा प्रकट हुदै गए तथा वाहिर उजागर हुदैगए र विस्तारै व्यवहारिक रुपले यी विषयहरु बौद्ध शिक्षा, ज्ञान तथा साधनाका विधिहरु बन्दैगए र बौद्ध धर्म तथा दर्शनका महत्वपूर्ण विषय बने । ध्यान साधनाको गहनताबाट सिर्जित भएका यस्ता महत्वपूर्ण व्यवहारिक बौद्ध शिक्षा, ज्ञान तथा साधनाका विधिहरुले प्रामाणिकता र वास्तविकता पैदा गर्दछन्; यी बौद्ध शिक्षा, ज्ञान तथा साधनाका विधिहरुको माध्यमबाट हरेक व्यक्तिले ध्यान साधनाको प्रयोगात्मक अभ्यास गर्न सक्दछन्; ध्यान साधनाको प्रयोगात्मक अभ्यासको माध्यमबाट साधकहरुले आफ्नो चेतना जाग्रीत गरेर चेतनाको उच्चतम विकास गर्न र जीवनका दुःखहरुबाट मुक्ति हासिल गर्न सक्दछन्; र अरुलाई पनि यसप्रकारको उपलव्धि प्रदान गर्ने अलौकिक शिक्षा, ज्ञान तथा साधनाका विधिहरु प्रदान गरेर उनीहरुको चेतनाको उच्चतम विकास गर्न र जीवनका दुःखहरुबाट मुक्त हुन करुणामयी भएर सहयोग गर्न सक्दछन् ।” 


गौतम बुद्धले दिएका ध्यान साधनाका अलौकिक विधि, शिक्षा तथा ज्ञानको सन्दर्भमा परम्परावादी समुह थेरवाद र नवाचारवादी समुह महायानका विच चलेको यसप्रकारको वादविवाद र मतभेदका कारण बौद्ध धर्मका यी प्रमुख दुई शाखा थेरवाद र महायान एकअर्कोलाई सम्झाउन र आफ्नो पक्षका विषहरुमा मनाउन असफल भए र आ–आफ्ना शास्त्र, शास्त्रहरुको प्रामाणिकता र तर्कमा अडिक रहिरहे । दुई समुहको मत र उद्देश्य नमिलेका कारण इशाको पहिलो शताव्दीमा डाकिएको चौथो बौद्ध पररिषद सम्पन्न भएसंगै स्पष्ट रुपमा परम्परावादी(अर्थोडक्स) र नवाचारवादी(रिफरमीजम) दुई अलग–अलग धारमा उभिए र चौथो– पाँचौ शताव्दीसम्म आइपुग्दा स्पष्ट रुपमा परम्परावादी थेरवादका रुपमा र नवाचारवादी महायानका रुपमा दुई बौद्ध शाखाहरु अस्तित्वमा आए र मूलभूत रुपमै अलग–अलग निर्णय, नियम, ग्रन्थहरुको प्रतिपादन गरेर आ–आफ्नो मार्गमा अगाडि बढे । युग सान्दर्भिक हुने किसिमले लचिलो र खुल्लापनमा आधारित भएकोले सुधार तथा परिवर्तनवादी महायानको लोकप्रियता, प्रचार र विस्तार बढ्दै गयो । महायान शाखा पूर्वी एशिया हुदै पश्चिमी विश्वसम्म विस्तार हुदै गयो र यसमा धेरै अनुयायीहरु जोडिदै गए, वर्तमान समयमा विश्वभरिमा महायान शाखाका अनुयायीहरु ५०० मिलियन भन्दा बढिको संख्यामा रहेकाछन् अधिकांश पूर्वी एशिकाका देशहरु चीन, कोरिया, जापान, भियतनाममा रहेकाछन् । वर्तमान समयमा थेरवादका अनुयायीहरुको संख्या लगभग १५० मिलियन रहेकोछ र अधिकांश दक्षिण एशिया र दक्षिणपूर्वी एशियाका देशहरु नेपाल, भारत, श्रीलंका, म्यान्मार, थाइल्याण्ड, लावोस, कम्बोडियामा रहेकाछन् । विभिन्न मतभेद, वादविवादका कारण एउटै संस्थापक तथा महागुरु, एउटै उद्देश्य तथा लक्ष्य भएपनि अलग–अलग व्यक्ति तथा समुहहरुले अलग–अलग किसिमले बुझेका र अलग–अलग किसिमले व्यवहारमा ल्याएका कारण सर्वसम्मत निर्णयमा आउन नसकेर बौद्ध धर्म तथा दर्शन स्पष्टरुपमा थेरावाद र महायान दुई शाखामा विभाजित भयो ।   

 

बौद्ध धर्मको विभाजन, यसको तरंग र औचित्य   

परम्परावादी र नवाचारवादीहरुको मतभेदका कारण बौद्ध धर्म तथा दर्शन परम्परावादी थेरवाद र नवाचारवादी महायान समुहमा विभाजित भएपछि दुवै समुह आ–आफ्नो किसिमले प्रचार र विस्तारका गतिविधिहरुमा लागे । दोस्रो बौद्ध परिषद भेलामा संघको मत विभाजन भएपछि लगभग एक शताव्दीसम्म दुवै समुहहरुले आफ्नै तरिकाले काम गरे र त्यसपछि नयाँ–नयाँ अवस्थाहरु र अलग–अलग मोडहरु आउदै गए, बौद्ध धर्म तथा दर्शन विदेशी भूमिहरुमा विस्तार हुन प्रारम्भ भयो, अलग मौसम तथा पर्यावरण, अलग अर्थव्यवस्था, अलग समुदाय, अलग संस्कृति र सांस्कृतिक ढाँचा, अलग स्थानीयहरुको विचमा बदलाव तथा परिवर्तनको प्रकृति अझ प्रवल र तिब्रगतिमा दखापर्यो । बौद्ध धर्मको थेरवाद शाखा दक्षिण एशिया र दक्षिण पूर्वी एशियाका देशहरुमा विस्तार हुदै गयो र महायान शाखा पुर्वी एशिया र केही दक्षिण पूर्वी एशियाका देशहरुमा विस्तार हुदै गयो । बौद्ध धर्म तथा दर्शन यी नयाँ क्षेत्रका नयाँ समुदायहरु तथा नयाँ पिढीहरुमा विस्तार हुदै जानेक्रममा उनीहरुले नयाँ–नयाँ प्रकारका धारणा, सवालहरु उठाउन थाले र समय सान्दर्भिक हुनेगरि आवश्यक सवाल, माग र सुझावहरु राख्दै गए खासगरि बौद्ध भिक्षुहरुको जीवनशैली, अनुशासन तथा आचरण कस्तो हुनुपर्दछ भन्ने सन्दर्भमा । पहिलो बौद्ध परिषदमा बिनय पिटक तत्कालीन परिस्थितिको लागि विस्तारमा तय गरिएको थियो तर पछिल्लो समयमा विकास भएका बौद्ध समुदाय तथा समाजका बदलिएका परिस्थितिहरु समेट्ने सामथ्र्य परम्परागत मूल्य–मान्यतामा आधारित बिनय पिटकमा रहेन । बिनय पिटकमा उल्लेख गरिएका भन्दा धेरै प्रकारका अलग–अलग विषयहरु बौद्ध भिक्षुहरुको जीवनशैलीमा आइसकेका र देखिइसकेका थिए । बैशालीका नवाचारवादी बजियन भिक्षुहरु दावी गर्थे बौद्ध धर्मलाई आगामी समयमा सहज ढंगले अगाडि बढाउन र विस्तार गर्न भिक्षुहरुको जीवनशैलीमा आएका दश प्रथाहरु स्वीकार गर्नुपर्दछ किनकी यो नयाँ समुदाय तथा समाजको विकासक्रमको बदलिदो परिस्थितिसंगै आएको युग सान्दर्भिक माग भएकोले यही अनुसार बौद्ध शिक्षा तथा ज्ञानहरु प्रदान गर्नुपर्दछ । 


तत्कालीन समयमा परम्परावादी बुजु्रक भिक्षुहरुलाई अमान्य हुने नवाचारवादी भिक्षुहरुका धेरै प्रकारका विवादीत विषयहरु तथा मतभेदहरु सतहमा देखिएका थिए, ती मध्य तीन प्रकारका मूल विवादका विषयहरु थिए– (१)घरमा ठूलो परिमाणमा नुन र गाईको सिंग संरक्षणका लागि राख्नु; (२)अलग–अलग क्षेत्रमा दिवा भोजन गर्न बौद्ध भिक्षुहरुका लागि लचिलो समय तय गर्नु; र (३)बौद्ध भिक्षुहरुले बौद्ध मूल्य–मान्यता विपरित सुन, चाँदी, धन, दान छुनु, ग्रहण तथा स्वीकार गर्नु । नवाचारवादी बपजयन भिक्षुहरुका अनुसार तत्कालीन समयको बदलिदो परिस्थितिमा बौद्ध भिक्षुहरुको सहज जीवन र बौद्ध संघ तथा मठहरुको संरक्षण गर्न र व्यवस्थित ढंगले संचालन गर्नका लागि अत्यावश्यक थियो तर यो विषय बिनय पिटक विरोधि कहलिएकोले बुज्रुक भिक्षुहरुले अस्वीकार गरिरहेका थिए र नयाँ पुस्ताका भिक्षुहरुले यस सन्दर्भमा सुधार गर्नुपर्ने र लचिलो हुनुपर्ने माग गरिरहेका थिए । परम्परावदी बज्रुक भिक्षुहरु नयाँ पुस्ताका भिक्षुहरुमा आएका यी नयाँ परिवर्तन तथा बदलावहरुबाट हैरान भएका थिए बौद्ध धर्म तथा दर्शनको परम्परागत नियमको उलंघन हुने र परम्परामा खलल आउने कारणले, उनीहरुलाई लागिरहेको थियो यो बदलाव शुरुआत हो, यसलाई स्वीकार गर्ने परम्परम बसाइयो भने यसले भविश्यमा धान्न नसक्ने स्वरुप धारण गर्नेछ र पूरै बौद्ध धर्म परम्परालाई ध्वस्त पारिदिनेछ । तर बैशालीका नयाँ पुस्ताका बजियन भिक्षुहरु पुराना र समय हिसाबले असान्दर्भिक भएका परम्पराहरु जस्ताको तस्तै मान्न तयार थिएनन् । यसकारण त्यसउपर सुधार तथा लचकता अपनाउन माग गरिरहेका थिए र आफूहरुसंग यी सबै परिस्थितिहरुलाई समेटेर व्यवहारिक ढंगले अगाडि बढाउने योजना र सामथ्र्य रहेको बताइरहेका थिए । यसक्रममा प्रभावकारी ढंगले आ–आफ्नो तर्क राखिरहेका थिए कि गौतम बुद्ध स्वयंले भनेका थिए, “अरुको हित तथा मद्धतका लागि चतुर तरिकाहरु अपनाउ ।” नवाचारवदी नयाँ पुस्ताका भिक्षुहरुका अनुसार, “हाम्रा श्रद्धेय महागुरु गौतम बुद्धकै शिक्षा तथा उपदेश अनुरुप बौद्ध भिक्षु, अनुयायी तथा सर्वसाधारणहरु र बौद्ध संघ तथा मठहरुको संरक्षण, सहि व्यवस्थापन र सबैको हित हुने सर्वकल्याणकारी कार्यहरु गर्नकालागि बौद्ध मठहरुको आर्थिक अवस्था सुदृढ हुनु अत्यावश्यक हुन्छ किनकी बिना धन कुनैपनि कार्य आफूले चाहेअनुरुप सफलतापूर्र्वक सम्पन्न गर्न सकिदैन बदलिदो परिस्थितिसंगै तत्कालीन समयमा देखापरेका अनेक प्रकारका चुनौति तथा समस्याहरुको समाधन गर्दै । साथै हाम्रो क्षेत्रमा नुनबाट गरिने सुरक्षा पनि अत्यावश्यक छ र हामी नयाँ परिस्थितिमा वुद्धिमानी ढंगले काम गरिरहेका छौं । कतिपय अवस्था यस्तो पनि आयो कि बुज्रुक तथा परम्परावादी बौद्ध भिक्षुहरुले नयाँ पुस्ताका भिक्षुहरुका बदलिदा व्यवहारहरुमा अलि नियन्त्रण गर्न खोज्दा उनीहरुलाई मठबाटै अपमानपूर्वक जवरजस्ति निकाला समेत गरिएको थियो किनकी परम्परावादी भिक्षुहरु नयाँ पुस्ताका भिक्षुहरुको कुरा सुन्ने, समझदारीमा आउने र उनीहरुलाई सिकाउने, सम्झाउने भन्दा पनि बिनय पिटकले निर्धारण गरेको निर्णय र मूल्य–मान्यता उलंघन गरेकोले नसिहत तथा सजाय दिन तत्पर देखिए ।”

छिट्टै,

@बौद्ध धर्मका चार प्रमुख शाखाहरु: थेरवाद, महायान, बज्रयान, नवयान


No comments:

Post a Comment