डा. सिर्जना भण्डारी
पृष्ठभूमि
इशाको विशौं शताव्दीमा बौद्ध धर्म तथा दर्शन विश्वको पश्चििमी भूगोलमा विस्तार हुन प्रारम्भ भयो र विस्तारको माध्यम तथा मूलकारण नेपाल, भारत, श्रीलंका, तिव्बत, चीन लगायत बौद्ध मार्गीहरुको अधिकता भएका देशहरुबाट आम सर्वसाधारणहरुको पश्चिमी देशहरुमा बसाइसराइ; अध्ययन तथा रोजगारीका अवसरहरु खोजी; हिंसा, युद्ध, तनाव तथा अशान्तिका घटनाहरु; र शान्तिकालागि पश्चिमाहरुको आध्यात्मिक उपायको खोजहरु रहेका मानिन्छन् । विगतदेखि २५०० वर्षको विभिन्न उतार–चढावहरुका वाबजुद चलिरहेको अविरल यात्रामा नेपाल र भारतको भूमिमा प्रादुर्भाव भएको स्थानीय बौद्ध विचारधारा तथा दर्शन क्रमिक रुपमा विकसित र विस्तारित हुदै वर्तमान समयमा लोकप्रिय र शक्तिशाली वैश्विक आध्यात्मिक शक्तिमा रुपान्तरण भएको छ र सारा विश्वले शान्ति र सदभावकालागि पूर्वीय अध्यात्म दर्शन र यसका ज्ञान, विज्ञानहरुलाई अत्यन्तै चाहतकासाथ स्वीकार गरेको छ र व्यवहारिक रुपमा अनुशरण गर्दै आइरहेको छ । बौद्ध दर्शनका मूलमर्म, भाव, सिद्धान्त तथा मान्यताहरु मानवीय, मध्यमार्गी र सबैकालागि व्यवहारिक भएकोले विश्वव्यापी रुपमा यसको विस्तार अझ तिब्रगतिमा हुदै गैरहेको छ । वर्तमान युगको परिप्रेक्षमा बौद्ध दर्शनको मूल मर्म, भाव, सिद्धान्त, मान्यताहरु विश्व शान्ति र सदभावका लागि अझ सान्दर्भिक र अपरिहार्य हुदै गैरहेका छन् ।
भौगोलिक विकासलाई आधूनिक मान्ने कि सांस्कारीक विकासलाई ?
पश्चिमका मानिसहरु भन्ने गर्दछन्, यो सत्य हो कि आजको सूचना प्रविधिको विकास र भूमण्डलीकरणका कारण पूरै विश्वनै एउटा गाउँको रुपमा सीमित बनिसकेको समयमा समेत पूर्वका मानिसहरु उच्च राष्ट्रवादी र संस्कृतिवादी रहदै आएकाछन् । खासगरि सांस्कृतिक रुपमा उनीहरु अत्यन्तै वादमा केन्द्रित रहदै आएकाछन् किनकी उनीहरु प्रसस्त छलफल गर्दछन्, पर्याप्त वुद्धि तथा तर्क लगाउछन् र भन्ने गर्दछन्, हामी फलानो देशवासी हौं, फलानो धर्म, आस्था, दर्शन तथा संस्कारका अनुयायी हौं । यस सन्दर्भमा वर्तमान समयमा उनीहरु वास्तविक वेस्टनर अर्थात पश्चिमा भन्दा पनि अझ बढि वेष्ट्रनाइज भएकाछन् । वेष्ट्रनाइजको लाक्षणिक तथा वास्तविक अर्थ तथा परिभाषा आधूनिक तथा समय सान्दर्भिक हुनु तथा बन्नु हो । हिजोआज मूल प्रश्न खडा भएकोछ विश्वव्यापि रुपमा कि केलाई तथा कुन र कस्तो अवस्थालाई आधूनिकीकरण अर्थात वेष्ट्रनाइज अर्थात आधूनिक भएको मान्ने ‘भौतिक र भौगोलिक विकास’लाई कि ‘संस्कार र सांस्कृतिक विकास’ तथा मनुष्यको प्रवृत्तिलाई अर्थात छोटकरीमा भन्नुपर्दा मानवीयतालाई मान्ने । भौतिक र भौगोलिक विकासलाई आधूनिकता मान्ने हो भने निशन्देह विश्वको पश्चिमी भू–भाग प्रसस्त आधूनिक मानिन्छ तर संस्कार र सांस्कृतिक विकास तथा समाज र मनुष्यको प्रवृत्तिलाई आधूनिकता मान्ने हो भने निशन्देह विश्वको पूर्वी भू–भाग प्रसस्त आधूनिक मानिन्छ । यो सत्य सबैमा जगजाहेर छ कि भौतिक र भौगोलिक विकासले मनुष्यको वाहिरी विकास तथा उसको स्थुल शरीर(तन)को सुख–सुविधा तथा समृद्धि(सतही, अनित्य तथा नाशवान) हासिल गर्न मात्र मद्धत गर्दछ । संस्कार र सांस्कृतिक विकास तथा मनुष्यको प्रवृत्तिमा आएको विकासले मनुष्यको आन्तरिक विकास तथा उसको सुक्ष्म शरीर(मन, वुद्धि, चित्त, अहंकार)को ऐश्वर्य(गहनता, नित्यता तथा स्थाइत्व) हासिल गर्न मद्धत गर्दछ । हरेक मनुष्यले वास्तविक अर्थमा आफूलाई आधूनिक तथा विकसित बनाउनकालागि अनिवार्य रुपमा आफ्नो ‘जीवन’का सबै आयामहरु अर्थात इहलोक–परलोक तथा भौतिक–पराभौतिक दुवै र ‘जगत’का सबै आयामहरु अर्थात प्रकृति–ब्रम्हाण्ड तथा भौतिक–पराभौतिक दुवै क्षेत्रका अवस्थाहरुलाई जानेको तथा बुझेको हुनुपर्दछ । भौतिक तथा भौगोलिक विकासले मनुष्यलाई इहलोक तथा भौतिक जीवन र भौतिक प्रकृतिको बारेमा ज्ञान, विज्ञान मात्र प्रदान गर्दछ तर संस्कार तथा सांस्कृतिक विकास तथा मनुष्यको प्रवृत्तिमा आएको आन्तरिक विकासले उसलाई जीवनका इहलोक–परलोक तथा भौतिक–पराभौतिक सबै आयामहरु र जगतका प्रकृति–ब्रम्हाण्ड तथा भौतिक–पराभौतिक सबै आयाम तथा विषयहरुकाबारे विस्तृतमा ज्ञान, विज्ञान प्रदान गर्दछ । आजको समयमा सारा विश्वलाई स्पष्ट रुपमा जानकारी रहेकोछ र सबैले सहर्ष स्वीकार समेत गरेका छन् कि विश्वको पश्चिम क्षेत्र भौतिक तथा भौगोलिक रुपले विकसित तथा आधूनिक रहेकोछ र विश्वको पूर्वी क्षेत्र संस्कार तथा सांस्कृतिक रुपले विकसित तथा आधूनिक रहेकोछ ।
वर्तमान समयमा विश्वका सबै मनुष्यहरु संस्कृति तथा सांस्कृतिक विकास तथा मनुष्यको प्रवृत्ति तथा आन्तरिक विकास तर्फ आकर्षित हुदै गैरहेकाछन् किनकी यसले मनुष्यको जीवन र जगतका समग्र आयामहरुको विकास गर्न मद्धत गर्दछ र मनुष्यलाई सांसारिक जीवनका दुःख, पिडाहरुबाट मुक्ति दिलाउनुकासाथै पारमार्थिक जीवनमा निर्वाण तथा मोक्षमा समेत उपलव्ध गराउन सहयोग गर्दछ इमान्दार भएर निष्ठापूर्वक जीवन र जगतका वास्तविक मूल्य–मान्यताहरुलाई बुझेर आफ्नो र अरुको जीवनयापन सहज र सरल बनाउने प्रयास गर्दै आफूलाई आफू र सबैको कल्याण हुने कार्यहरुमा समर्पित गरेको अवस्थामा । पछिल्ला दशकहरुमा मनुष्यहरुले जीवन र जगतका समग्र आयामहरुको ज्ञान, विज्ञान हासिल गर्दै आफूलाई विकासित बनाउन विश्वको पूर्वीय भूमि खासगरि नेपाल, भारत र तिव्बतमा प्रादुर्भाव भएका प्राचीन ज्ञान, विज्ञानहरु– वैदिक धर्म तथा दर्शनको ‘योग ध्यान साधना’ र बौद्ध धर्म तथा दर्शनको ‘विपश्यना ध्यान साधना’ व्यवहारिक रुपमा बहुप्रचलित र संसारभरि लोकप्रिय बन्दै गैरहेकाछन् र यी विधिहरुको साधनाको माध्यमबाट मनुष्यहरुको वाहिय र आन्तरिक दुवै जीवन तथा अवस्थाको प्रगति तथा विकासमा अत्यन्तै राम्रा परिणाम तथा सकारात्मक उपलव्धिहरु हासिल भैरहेकाछन् । योग ध्यान साधना र विपश्यना ध्यान साधनाका विधिहरुको अनुशरणबाट मनुष्यको जीवनमा हासिल भएका राम्रा परिणाम तथा सकारात्मक उपलव्धिहरुलाई पछिल्लो चरणमा अत्याधूनिक वैज्ञानिक खोजहरुले पनि विश्वव्यापी रुपमा प्रामाणिकता र मान्यता प्रदान गरिसकेका छन् ।
विश्वको पश्चिमी भू–भागलाई त्यहाँका अध्ययन, पेशा, व्यवसाय, भौतिक, भौगोलिक, औधोगीक अर्थात समग्रमा भन्नु पर्दा वाहिरी रुपमा देखिएको प्रगति, विकास तथा समृद्धिको कारणले विकसित तथा आधूनिक भनिदै आइएको छ तर पछिल्लो चरणमा यो परिभाषा र बुझाइलाई वुद्धिजिवी तथा प्राज्ञिक वर्गहरु स्वयंमले नै सच्याउदै आइरहेका छन् किनकी ‘विकास’ अत्यन्तै विहंगम एकिकृत अवधारणा हो । विकासको वास्तविक अर्थ तथा परिभाषा मनुष्यको भौतिक तथा भौगोलिक अर्थात वाहिरी विकास संगसंगै अभौतिक तथा मानवीय तवरले आन्तरिक विकास हुनु अर्थात मनुष्यको स्थुल शरीर र सुक्ष्म शरीर दुवैको एकसाथ विकास हुनु हो । यसप्रकारको एकिकृत प्रगति तथा उपलव्धि नै वास्तविक विकास तथा आधूनिक भएको अवस्था हो । अझ गहिरिएर आधूनिकताको वास्तविक अर्थ तथा परिभाषा खोतल्ने हो भने वास्तविक विकास भनेको ‘विवेकशीलता’ हो किनकी विवेकशीलता व्यवहारिक ज्ञान हो । कुनै पनि विषय, घटना तथा परिस्थितिलाई राम्ररी बुझ्नु, आफ्नो वुद्धि र तर्कका आधारमा कुनै पनि घटना तथा विषयउपर विश्लेषण गर्नु र त्यसको व्यवहारिकता हेरेर सबैकालागि उच्चतम किसिमले उपयोगी र लाभकारी हुनेगरि त्यसलाई व्यवहारमा उतारिने सर्वकल्याणकारी गतिविधिहरुलाई विवेकशीलता तथा व्यवहारिक ज्ञानको सही उपयोग मानिन्छ । वैदिक र बौद्ध धर्म तथा दर्शन दुवैले जीवन र जगतका समग्र आयामहरुको वास्तविक तवरले तथा विवेकपूर्ण र व्यवहारिक ढंगबाट विकास गर्न मनुष्यलाई सर्वप्रथम विवेकशील बन्न र क्रमशः स्वीकार गर्न, आफैंले अनुभव गरेर जीवन र जगतलाई जान्न र आफू स्वयंले जानेपछि मात्र मान्न र अनुशरण गर्न तथा गराउन सिकाउछन् ।
विवेकशीलताका लागि आलोचनात्मक दृष्टिकोण आवश्यक
जुनसुकै धर्म, दर्शन तथा वाद(इजम)हरु व्यक्ति तथा समुहहरुको सुनुवाईमा, त्यसको अर्थ लगाइमा र व्यवहारमा उताराइमा फरक पर्दछन् । यस्ता सुनाई तथा अर्थ लगाईहरु विवेकशील नहुन पनि सक्दछन् तसर्थ कुनैपनि धर्म, दर्शन तथा वादप्रति आफू स्वयंनै तार्किक, विश्लेषक र आलोचक भएर यी धर्म, दर्शन तथा वादहरुलाई व्यवहारिक रुपमा सहि–गलत के छ राम्ररी थाहा पाएर मात्र आफ्नो बुझाइमा ल्याउनु पर्दछ र मान्नु तथा अनुशरण गर्नु पर्दछ । तसर्थ धर्म, दर्शन तथा वादहरुबारे जान्न चाहने खासगरि नयाँ तथा भर्खर प्रारम्भ गरेका व्यक्तिहरुका लागि आफू तार्किक, विश्लेषक र आलोचक भएर धर्म, दर्शन तथा वादहरुका विषय तथा मूल्य–मान्यताहरुलाई बुझ्न, मान्नु र व्यवहारमा अनुशरण गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ । तार्किक, विश्लेषक र आलोचक भएर कुनै धर्म, दर्शन तथा वादहरुबारे हेरिएन भने त्यस्तो व्यक्ति अन्धो भक्त तथा विचारक बन्न जान्छ र आफू र अरुकालागि हानिकारक हुनसक्दछ । वर्तमान समयमा पश्चिमी संसारले विवेकशिलताको यही सुत्र अपनाएर विश्वका अन्य धर्म, दर्शन तथा वादहरुलाई आफू र आफ्नो समाजमा अनुशरण गर्ने प्रयास गर्दै आइरहेको छ, खासगरि बौद्ध धर्म तथा दर्शनलाई आफ्नो समाजमा प्रवेश गराउने सन्दर्भमा । किनकी उनीहरुको तर्क रहेको छ यदि हामी सुन्ने प्रकारका मात्र छौं भने यसले आफैंलाई र अरुलाई समेत नोक्सान गर्न सक्दछ, तसर्थ कुनैपनि विषय तथा विचार सुनेपछि त्यसलाई विवेकशील भएर, आफ्नो तर्क र वुद्धि लगाएर विश्लेषण गरेर त्यसको उपयोगीता हेरेर मात्र व्यवहारिक अभ्यासका रुपमा अनुशरण गर्नुपर्दछ तव मात्र त्यसबाट सबैकालागि उपयोगी हुने लाभ हासिल गर्न सकिन्छ । यस सन्दर्भमा गौतम बुद्ध स्वयंले भनेका छन्, “आफू स्वयं बुद्ध बन, तव मात्र बौद्ध मार्गी बन अर्थात आफू स्वयंमले अनुभव गरेर आफ्नै बोधको अनुभवको अनुयायी बन” । यो अत्यन्तै सदा सान्दर्भिक महावाक्य रहदै आएको किनकी ‘बुद्ध’ भनेको कुनै व्यक्ति होइन, यो मनुष्यको आत्रिक विकास, अन्तरज्ञान तथा चेतनाको विकासको अवस्था हो ।
पश्चिमी विश्वमा बौद्ध दर्शनको विस्तार
उन्नाइसौं शताव्दीको प्रारम्भसम्म बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएको मूलभूमि नेपाल र भारत आफू अन्जान थिए बौद्ध धर्म तथा दर्शनको प्रारम्भ, स्वर्णिम अवस्था र मूलभूमि भन्दा वाहिर विस्तार भएको र मूलभूमिबाट पतन भएको वास्तविक अवस्थाको सन्दर्भमा । औपनीवेसिक कालमा सन् १८३० मा पहिलो पटक ब्रीटेनको पुरातात्विक संगठनले बौद्ध धर्म तथा दर्शनका मूल धरोहर बोधगया, नालन्दा, विक्रमशिला, तक्षशिला आदि विशिष्ट सस्थाहरुकको उत्खनन् गरेर बौद्ध धर्म तथा दर्शनको इतिहास पत्ता लगाएको हो । विश्वको पूर्वीय भूमिमा प्रादुर्भाव भएका दर्शनहरुको ऐतिहासिक उत्खननका गतिविधिहरु पश्चात विश्वमा केही उत्साहप्रद कामहरु हुन प्रारम्भ भए । यस क्रममा उन्नाइशौं शताव्दीको प्रारम्भमा अमेरीकाको वोस्टनमा केही अमेरीकी जिज्ञासु व्यक्तिहरुले एशियामा प्रादुर्भाव भएका धर्म तथा दर्शनहरुका पवित्र ग्रन्थहरुको अध्ययन गर्न एकठाउँमा भेला भए तर यी ग्रन्थहरुमा संस्कृत र पालि भाषामा समावेश भएका विषयहरु उनीहरुले उच्चाहरण समेत गर्न सकेनन्, बुझ्न सक्नु त परको विषय भयो र उनीहरुको यो साहसिक अभियान यत्तिकै सेलायो । यस साहसिक अभियानको दशकौंपछि सुन्तला रंगका एकसरो पहिरन पहिरिएका बौद्ध भिक्षुहरु अमेरीकामा मानव अधिकार अभियानको नेतृत्व गरिरहेका महान व्यक्तित्व मार्टिन लुथर किंग(१९२९–१९६८)को नेतृत्वमा सन् १९५०–६० को दशकमा भैरहेका तत्कालीन अमेरीकी समाजमा व्याप्त अन्याय र असमानताहरुका विरुद्ध न्याय र शान्तिका अभियानहरुमा एकसाथ रहेका देखिए । विश्व समाजमा मानवीयता, शान्ति र सदभाव स्थापित गर्ने उद्देश्यले आन्तरिक रुपमा भित्रभित्रै शान्ति र सदभावका अभियानहरुमा बौद्ध अनुयायीहरुको काम विश्वव्यापी रुपमा चलिरहेको थियो र यसको सकारात्मक परिणाम विस्तार पश्चिमको समाजमा देखिदै आइरहेको थियो क्रमिक रुपमा ।
यसको सकारात्मक परिणाम स्वरुप एक्काएसौं शताव्दीसम्म आइपुग्दा लाखौं पश्चिमी मानिसहरु बौद्ध दर्शनका जीवनशैली सहज बनाउने विपश्यना ध्यान साधनाका विधिहरुको अनुशरण गर्दै हरेक विहान प्रार्थनाको लागि नभइ ध्यान साधनाको लागि चुपचाप बस्ने प्रयोगात्मक अभ्यास गर्नथाले । आजभन्दा २५०० वर्ष अघि प्राचीन समयमा दक्षिण एशियाको नेपालको भूमिमा जन्मेका राजकुमार सिद्धार्थ गौतमको नेतृत्वमा भारतको भूमिमा एक बोधि वृक्षको फेदबाट प्रारम्भ भएको आफ्नो जीवनशैली सुधारौं र जीवनका सबै दुःख, पिडाहरुबाट मुक्त बनौं भन्ने एउटा सामान्य विचारधारा छिट्टै नै बौद्ध धर्म तथा दर्शनको रुपमा प्रादुर्भाव भएर क्रमशः प्रचार र विस्तार हुदै दक्षिण एशिया, दक्षिण पूर्व एशिया, पूर्वी एशिया हुदै यूरोप, अमेरीका तथा पश्चिम भूगोलका प्रमुख शहरहरु न्युयोर्क, लण्डन, वर्लिन, पेरिससम्म पुगेर विश्वव्यापी बन्दैगयो र आजको दिनसम्म आइपुग्दा संसारले सम्मान र मान्यता प्रदान गरेको वैश्विक धर्म तथा दर्शन बन्यो । अत्यन्तै चाखलाग्दो र महत्वपूर्ण विषय हो यो सम्पूर्ण विश्वकैलागि कि इशाको उन्नाइसौं र वीशौं सताव्दीमा पश्चिमाहरुको भौगोलिक विस्तारवाद तथा औपनिवेसवादका हिंसाप्रेमी निर्मम बुटहरुले किचिएका कुटनीतिक अवरोधहरु सहेर र तिनलाई पार गरेर बौद्ध धर्म तथा दर्शन पश्चिमकै भूगोलमा कसरी एक सम्मानीत धर्म तथा दर्शनको ओहदा प्राप्त गर्न सफल भयो ? यति लामो यात्रा र यो सफलता कसरी तय भयो होला, कसरी सम्भव भयो होला, यो विषयले सबैको ध्यान आकर्षण गर्नु स्वाभाविक नै हो । यो साहसिक कदमको अध्यायमा प्रवेश गरौं–
बौद्ध दर्शन विश्वव्यापीकरण
विश्वको पूर्वीय भूमिमा प्राादुर्भाव भएको अध्यात्म विज्ञानको अत्यन्तै महत्वपूर्ण अंश तथा विषय बौद्ध धर्म तथा दर्शनको यो संघर्ष धार्मिक विवरण तथा धार्मिक कहानी होइन, यो विश्वव्यापी रुपमा मानवीयताको विकास गर्न र विश्वमा शान्ति र सदभाव कायम गर्न सकारात्मक परिवर्तनकालागि वैश्विक रुपमा आयोजना गरिएको साहसिक कालातीत विचारधारा तथा दर्शनको विवरण तथा कहानी हो । यो विवरण तथा कहानीको विषय हो वर्तमान समयमा बौद्ध धर्म तथा दर्शन विश्वव्यापीकरणमा कसरी प्रवेश गर्यो, कसरी विस्तार भैरहेको छ र के आधारमा टिकीरहेको छ । यसकालागि २००० वर्षको इतिहासमा गहिरो जानु आवश्यक हुन्छ जुन तत्कालीन समयमा चलिरहेको जमिन र महासागरीय यात्रा, युद्ध, व्यापार, विज्ञान र शान्ति चाहनेवालाहरु सम्म फैलिएको र सम्वन्धित रहेको छ बौद्ध धर्म तथा दर्शनको विश्वव्यापि विस्तारको सन्दर्भमा । बौद्ध धर्म तथा दर्शन प्रादुर्भाव भएकै समयदेखि विश्वव्यापीकरण हुनुका प्रमुख कारणहरु मध्य यसका मानव जीवनका दुःखहरुको निवारणका लागि मानवीय, शान्ति र सदभावका सिद्धान्त तथा मूल्य–मान्यताहरु अग्रपंक्तिमा रहेका मानिन्छन् । गौतम बुद्ध प्रबुद्ध व्यक्ति थिए, उनका अनुसार– (१)जीवन दुःख हो तथा जीवनमा दुःख छ; (२)दुःखको कारण छ, जीवनमा दुःख लालसाबाट आउछ; (३)दुःख निवारण गर्न सकिन्छ; र (४)दुःख निवारणका उपाय तथा मार्गहरु छन् । र चार आर्य सत्यहरुको समाधान तथा व्यवस्थापन अष्टांगीक मार्गहरु– (१)सम्यक तथा मध्यमार्गी दृष्टि; (२)सम्यक तथा मध्यमार्गी संकल्प; (३)सम्यक तथा मध्यमार्गी वाणी; (४)दृष्टि सम्यक तथा मध्यमार्गी कर्म; (५)सम्यक तथा मध्यमार्गी आजिविका; (६)सम्यक तथा मध्यमार्गी परिश्रम; (७)सम्यक तथा मध्यमार्गी स्मृति; र (८)सम्यक तथा मध्यमार्गी समाधिको अनुशरणबाट गर्न सकिन्छ र जीवनका सबै दुःखहरुबाट मुक्ति पाउन सकिन्छ । यी सबैकालागि उत्तिकै उपयोगी र व्यवहारिक हुने ज्ञान, विज्ञानका विषयहरुको प्रयोगात्मक अभ्यास गर्न प्रारम्भ गरेर मनिसहरुको जीवनमा सकारात्मक परिवर्तहरु देखिन थालेपछि बौद्ध धर्म तथा दर्शन मूलभूमि नेपाm र भारतका विभिन्न क्षेत्रहरु हुदै दक्षिण पूर्वी एशिया र पूर्वी एशियाका क्षेत्र तथा देशहरुमा तिब्रगतिमा प्रचार र विस्तार हुदैगयो र इशाको उन्नाइसौं शताव्दी अर्थात सन् १८०० को प्रारम्भमा तथा आधूनिक युगको प्रारम्भ भएपछि विश्वको अर्को भूगोल पश्चिमी देशहरुमा विस्तार हुन प्रारम्भ भयो ।
छिट्टै,
पश्चिमी विश्वमा बौद्ध दर्शनको चरणवद्ध विस्तार
No comments:
Post a Comment