'उदाउँदो सूर्यले जसरी सबैलाई उर्जा प्रदान गर्छ त्यसरी नै अरुलाई उर्जा प्रदान गरौं'

---------------------------------------------------------------------------------------------------------------------------------------------------------------- यस व्लगमा १७० वटा लेख समाहित छन् !

Monday, 18 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१२

 डासिर्जना भण्डारी

 #अध्यात्म_दर्शन #जीवन_दर्शन 



आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -११ को निरन्तरता

(५)अनाहदनादको श्रवण

ध्यान साधनामा जति–जति साधकमा एकाग्रता गहिरो हुदै जान्छ उसका इन्द्रियहरु पनि उतिनै अन्तरमुखी तथा आफू केन्द्रित हुदै जान्छन् र एउटा विशेष विन्दुमा पुगेपछि साधकमा ध्यानको  अवस्था घटित हुन्छ । ध्यान साधनाको अवस्था साधकलाई आन्तरिक ध्वनिहरुको श्रवण हुन प्रारम्भ हुन्छ । यो दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिमा साधकलाई वाहिरको कुनै श्रोतबिना आफैंभित्रबाट विभिन्न प्रकृतिका आवाजहरु तथा दिव्य ध्वनिहरुको श्रवण भएको अनुभव तथा अनुभूति हुन थाल्छ । प्राय वासुरी, शंख, डमरु, विणा, घण्टका सुमधूर ध्वनिहरुका साथै अन्य प्रकारका प्राकृतिक आवाजहरु– कीरा कराएको, पानी बगेको, हावामा वृक्षका पातहरु सुसाएको, वादलको गडगडाहट, सागरको लहर, झरनाको पानी खसेको आदि प्रकारका अनाहद अर्थात कतै आहद तथा घर्षण नभइकन तथा कतै नठोकिइकन उत्पन्न भएका ध्वनिहरु सुनिन्छन् । सनातन अध्यात्म दर्शनको महत्वपूर्ण तथा प्रमुख विषय योग विज्ञानका शास्त्रहरुले ध्यान साधनाको क्रममा यसरी अनुभव तथा अनुभूतिमा आउने ध्वनिहरुलाई ‘अनाहद नाद’को रुपमा विस्तारमा व्याख्या गरेको छन् । दिव्य अनाहद नाद वाहिरको कुनै भौतिक ध्वनि होइन जो दूई वस्तु एक आपसमा ठोकिएर, टक्राएर तथा घर्षण(फ्रिक्सन) भएर उत्पन्न हुने गर्दछन् । दिव्य अनाहद नाद ब्रम्हाण्डको मौलिक ध्वनि, कम्पन तथा तरंग हो र ब्रम्हाण्डका सृष्टिकर्ता निराकार, निर्गुण, अव्यक्त स्वयं परब्रम्ह अर्थात परमात्माको मौन उपस्थिति हो जसलाई अक्सर प्रणव ध्वनिका रुपमा सम्वोधन गर्ने गरिन्छ । 


सबैले बुझ्ने भाषामा भन्नुपर्दा ब्रम्हाण्डको मौलिक ध्वनि, कम्पन तथा तरंग ॐकार नादलाई प्रणव ध्वनि भनिन्छ जो ब्रम्हाण्डको मौलिक ध्वनि भएकोले यो ध्वनि निरन्तर ॐ...ॐ...ॐ... को नादमा गुञ्जायमान भैरहन्छ नित्य निरन्तर । ब्रम्हाण्डमा भएका सबै ध्वनि, अक्षर, शव्द, भाषाहरुको मुल श्रोत तथा मुल स्वरुप ॐकार नादनै भएकोले ध्यान साधनाको विशेष अवस्थामा साधकको अन्तरजगतबाट स्वयं प्रष्फुटित भएर उसको श्रवण, अनुभव तथा अनुभूतिमा आउने अनाहद ध्वनि तथा नादहरु सबैलाई प्रणव ध्वनिकै मान्यता दिइएको पाइन्छ । योग विज्ञानको महत्वपूर्ण विषय ‘नाद योग’को साधनाका पूरै प्रक्रिया तथा विधिहरु यही आन्तरीक ध्वनि अनाहद नादलाई एकाग्रतापूर्वक सुन्ने र यसैमा विलिन हुने साधना विधिमा आधारित रहेका छन् । अनाहद नाद श्रवणको सन्दर्भमा ध्यान साधनाका अनुभवीहरुका अनुसार, साधकले उपासना गर्दै आएका उसका आराध्यदेवहरुको गुण तथा प्रकृति अनुसार साधकलाई फरक–फरक प्रकारहरु ध्वनिका अनुभवमा आउछन्, जस्तोकि भगवान शिवका भक्त तथा उपासकहरुलाई डमरुको डमडम ध्वनि श्रवण हुन तथा अनुभूतिमा आउन सक्छ । त्यस्तै, भगवान कृष्णका भक्त तथा उपासकहरुलाई वासुरीको मधूर तानको ध्वनि श्रवण हुन तथा अनुभूतिमा आउन सक्छ । 


यस सन्दर्भमा वैज्ञानिक व्याख्या

अव फेरीपनि प्रश्न उठ्न सक्छ यस्ता ध्वनिहरु मनुष्यभित्रै छन् भने साधारण अवस्थामा उसले किन सुन्न तथा अनुभूति गर्न सक्दैन त ? फेरी पनि सवालको जवाफ उही हो हाम्रो मनको निरत्नर कोलाहल जसको प्रतिनिधित्व मस्तिष्कको एउटा भाग अन्तर्निहित सक्रियता संजाल(डिफल्ट मोड नेटवर्क–डी.एम.एन)ले गर्दछ । साधारण्तया अधिकांश मनुष्य दिनरात वाहिरी संसारको हल्लाखल्ला तथा कोलाहल र आफ्नो मनको व्यर्थको बकबकमा यतिविधि उल्झिरहेको हुन्छकि यस्तो अवस्थामा ध्यानको गहन अवस्थामा मात्र सुन्न सकिने यस्ता दिव्य आन्तरिक ध्वनि तथा संगीतहरु सुन्न सक्ने क्षमता नै हुदैन उसंग । अधिकांश मनुष्यहरुमा दिव्य आन्तरिक संगीत सुन्न सक्ने क्षमता धेरै परको कुरा हुन्छ, उ त ध्यानको प्रारम्भिक चरण एकाग्रतासम्म समेत पुग्न सक्दैन । दिव्य ध्वनि श्रावण गर्न सक्ने अवस्थासम्म आइपुग्न उसलाई धेरै मेहनेत गर्नुपर्ने हुन्छ र कतिपय अवस्थामा त मेहनतका बाबजुद पनि विभिन्न कारणले वर्तमान जन्मको समयावधि उसकोलागि नपुग हुनसक्छ भने कसैलाई अघिल्लो जन्मका अध्यात्म साधनाका अनुभवहरु छन् भने अत्यन्तै कम समय तथा साधनामा नै दिव्य ध्वनिहरु श्रवण गर्ने क्षमता आउन सक्छ । मनुष्यलाई दिव्य ध्वनि सुन्न सक्ने अवस्थासम्म पुग्न मुस्किल  हुनुका धेरै कारणहरु मध्य सबैभन्दा प्रमुख कारण ताप तथा तनाव(स्ट्रेस)लाई मानिन्छ । ताप तथा तनावको अवस्थामा व्यक्ति भूतकाल र भविश्यकालका नकारात्मक स्मृति तथा असुरक्षाका कल्पनाहरुमा अत्यन्तै धेरै उल्झिएको हुन्छ र यस्तो अवस्थामा उसको मस्तिष्कको अन्तर्निहित सक्रियता संजाल सक्रिय रहेको हुन्छ जसले मनुष्यलाई आफ्नो मूल प्रकृति तथा मूल स्वभाव– प्रेम, करुणा, खुशी, सन्तुष्टी, स्वीकार, शान्ति, आनन्दमा फर्कन वाधा गर्दछ । जवसम्म मनुष्य आफ्नो मूल स्वभावमा फर्कन सक्दैन तवसम्म उसलाई ध्यान साधनाका क्रममा हुने दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु घटित हुदैनन् ।
   

ध्यान साधनाले मनुष्यको मनका कोलाहलहरुलाई शान्त गर्छ । साधनाको प्रारम्भिक चरणमा मनको कोलाहल शान्त गर्न वाहिरको सहारा लिन सकिन्छ जस्तोकि संस्कृतका शक्तिशाली मन्त्रहरुको जप जसलाई आहद नाद तथा उत्पन्न गरिएको ध्वनि भनिन्छ । मन्त्रोउच्चहरण गर्दा उत्पन्न हुने ध्वनिको कम्पन तथा तरंगगले मनलाई शुद्ध तथा सन्तुलित बनाउन र एकाग्रतामा केन्द्रित हुन मद्धत गर्दछ । जव मन्त्र जपको प्रयोगात्मक अभ्यासले मनुष्यको मनको  कोलाहल आवश्यक मात्रामा शान्त हुदै जान्छ तव साधक विस्तारै सुक्ष्म ध्वनि सुन्न सक्षम हुदै जान्छ जुन ध्वनि सदाकाल आफूभित्रै स्थित थियो, छ र अनन्तसम्म रहिरहनेछ । बिना कुनै आहद तथा टकराव स्वस्फूतए रुपमा साधकको अन्तरआत्मामा सुनिने ध्वनिनै अनहद नाद हो । ध्यान साधनाको यात्रामा अनाहद नादको श्रवण अत्यन्तै महत्वपूर्ण उपलव्धि हो र चेतना विकासको उच्चता क्रमिक रुपमा उकालो लागिरहेको प्रत्यक्ष संकेत हो तर यो पनि अन्तिम गन्तव्य होइन । तसर्थ ध्यान साधनाको क्रममा अनाहद नादका ध्वनिहरुलाई आनन्द भावले श्रवण गर्दै परमात्माप्रति यस उपलव्धिका लागि कृतज्ञता भावले भरिएर निरन्तर साक्षी तथा तटस्थ रहेर ध्यान साधनालाई निरन्तरता दिरहनु पर्दछ । यस्ता ध्वनिहरुप्रति आशक्त हुनु हुदैन, यसो गर्नाले साधनाको आत्यन्तिक गन्तव्यमा पुग्न वाधा पुग्दछ तसर्थ जे अनुभवमा आइरहेको टती सबै दिव्य अनुभूतिहरुलाई धन्यवाद भाव व्यक्त गर्दै अनाहद नादको ध्वनि सुनिरहने, आनन्द लिने, मनलाई त्यही ध्वनिको मधूरतामा डुव्न पनि दिने तर आफू निरन्तर आफ्नो साधनामा अगाडि बढिरहने गर्नु पर्दछ । ऋषिमुनि तथा अनुभवी चैतन्य पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुका अनुसार ध्यान साधनामा श्रवणमा आउने अनाहद नाद नदि तार्ने डुंगाको स्वरुप जस्तै हो जसले मनको सागरबाट पारी परममौन र शुद्ध तथा परमचेतनाको तहसम्म पुर्याउने क्षमता राख्दछ ।


(६)आन्तरिक गुरुसंग साक्षातकार र संवाद

ध्यान विज्ञानका वैज्ञानिकतामा आधारित सहि प्रक्रिया तथा विधिहरुको प्रयोगात्मक अभ्यास तथा साधनाको एक विशेष अवस्थामा साधकको शरीर, मन तथा चित्त एकाग्र, शान्त, शुन्य, स्थिर र ग्रहणशील भएपछि उसलाई आफैंभित्रबाट आन्तरीक मार्गदर्शन तथा मार्गनिर्देशनहरु प्राप्त हुन थाल्छन् । यो यस्तो अनुभूति हो जुन अवस्थामा साधकलाई आफैंभित्रबाट नै दिव्य रुपमा उसका जटिल समस्याहरुको समाधान; उसका सबै सवालहरुको जवाफ; साथै उसको जीवनकोलागि स्पष्ट दिशानिर्देश, मार्गदर्शन र मार्गनिर्देशनहरु मिल्न थाल्छन् । साधकको सुक्ष्म शरीरमा स्थित ब्रम्हाण्डिय उर्जाका मूलकेन्द्र चक्रहरुमा रहेको कुण्डलिनी उर्जा तलका पाँच चक्रहरु(मूलाधार, स्वधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि) भेदन गर्दै आँखीभौंको विचमा तथा भ्रुमध्यमा स्थित छैठौं आज्ञा चक्रमा गएर केन्द्रित भएपछि उसको कुण्डलिनी उर्जा शुद्ध हुन्छ र शुद्ध उर्जाको प्रभावले आज्ञा चक्र जाग्रीत तथा सक्रिय हुन थाल्छ र यो अवस्थामा आफूभित्रको अन्तरगुरुसंग साधकको साक्षाकार र संवाद प्रारम्भ हुन्छ । यसपछि स्वयं अन्तरगुरुबाट साधकलाई दिशानिर्देश तथा मार्गदर्शनहरु आउन प्रारम्भ हुन्छन् र यो पक्रिया निरन्तर चलिरहन्छ । 


आफैंभित्र स्थित अन्तरगुरुबाट प्राप्त हुने यस्ता दिव्य दिशानिर्देश तथा मार्गदर्शनहरु साधकले विभिन्न स्वरुपमा ग्रहण गर्न सक्छ । साधकको अन्तरआत्माबाट कुनै स्पष्ट विचार तथा सन्देश श्रवण हुन सक्छ; आफ्ना चर्मचक्षुहरु बन्द भएको अवस्थामा केही दिव्य स्वरुपहरु– भगवान, देवी–देवता, इष्ट–देवता, देवदुत(एन्जल), अग्रज चैतन्य आत्माहरु, दिवंगत पित्रीहरु, दिव्य अंक तथा नम्बरहरु आदिको दर्शन हुन सक्छ; बिना कुनै दृश्य, आवाज, शव्द गहिरो र स्पष्ट समझ आफ्नो अन्तरहृदयमा उत्रिन सक्छ स्वस्फुर्त रुपमा जसलाई सहजज्ञान तथा अन्तरज्ञान(इन्ट्युसन और सिक्स्थसेन्स) भनिन्छ । पूर्वीय अध्यात्म दर्शनमा यो अवस्थाको अनुभव तथा अनुभूतिलाई आफ्नो आन्तरिकगुरु तथा आफ्नो अन्तरआत्माको वाणीको अनुभूति तथा साक्षातकार भएको भनिएको छ । सनातन वैदिक शास्त्रहरुका अनुसार वास्तविक गुरु केवल वाहिरी संसारमा भौतिक रुपमा तथा स्थुल शरीरमा मात्र उपस्थित हुदैन, हरेक मनुष्यभित्र स्वयं चैतन्य(विकसित चेतना) स्वरुपमा सदा विराजमान रहेको हुन्छ । ध्यान साधनाको माध्यमबाट मनुष्यको वुद्धि, मन तथा चित्तको कोलाहल शान्त भएपछि साधकमा सुक्ष्म संसारका सुक्ष्म आवाज सुन्न सक्ने तथा सुक्ष दृश्यहरु देख्न सक्ने क्षमताको विकास हुन्छ र उ आफ्नो आन्तरिक गुरुको सुक्ष्म वाणी तथा सन्देश सुन्न; सुक्ष्म वाणी तथा सन्देश प्रदान गर्ने दिव्य छविहरुलाई देख्न; र आन्तरिक गुरु तथा दिव्य छविहरुसंग आफूलाई आवश्यक लागेका विषयहरुमा दोहोरो संवाद गर्न पनि सक्षम हुन्छ । 


कहिलेकाहीं यसप्रकारको मार्गदर्शन आफ्ना दिवंगत पित्री; जिवित प्रियजन, मित्र, परिजनहरुको माध्यमबाट पनि प्रकट हुन सक्छ । त्यस्तै कहिलेकाहीं कुनै विशेष प्रकारका घटना, विषय तथा परिस्थितिहरुबाट पनि अन्तरज्ञानमा वोध हुन सक्छ । सनातन धर्म–संस्कृतिमा दिवंगत पित्रीहरुलाई पनि देवतातुल्य मान्यता दिइएको छ जसले आफ्ना तल्ला पिढीहरुलाई मार्गदर्शन तथा मार्गनिर्देशन प्रदान गर्न सक्दछन् । ध्यान साधनाको माध्यमबाट जव मनुष्यको आत्मा अर्थात चेतना मानवीय विकार तथा क्लेशरहित विलकुल शुद्ध र सुक्ष्म हुन्छ तव पित्रीहरुले आफ्ना परिवारका सदस्यहरुसंग सम्पर्क स्थापित गरेर उनीहरुलाई आवश्यक मार्गदर्शन, दिशानिर्देश, मार्गनिर्देशन तथा आशिर्वाद दिन सक्छन् । यो अवस्थामा पित्री लगायत भगवान, देवी–देवता, इष्ट–देवता, देवदुत(एन्जल), अग्रज चैतन्य आत्माहरुले पनि साधकलाई आवश्यक मार्गदर्शन, दिशानिर्देश, मार्गनिर्देशन तथा आशिर्वाद दिन सक्नुहुन्छ ।


यस सन्दर्भमा वैज्ञानिक व्याख्या

मनोवैज्ञानिक दृष्टिकोणबाट हेर्दा ध्यान साधकको आन्तरिक गुरुसंगको साक्षातकार र संवाद उसको गहिरो अवचेतन तथा अचेतन मन अर्थात अध्यात्म दर्शनको भाषामा पूर्णचेतन तथा अतिचेतन मनबाट प्रष्फुटन हुने गहन अन्तरदृष्टि, अन्तरवोध तथा अन्तरज्ञान(इन्ट्युसन) हो । ध्यान साधनाको गहन अवस्थाले मनुष्यको तार्किकता तथा तर्क र शंशय तथा शंका गर्ने मनलाई तटस्थ, शान्त र निरअंहकार बनाइदिन्छ र यो गहन अवस्थामा उभित्रको अन्तरदृष्टि, अन्तरवोध तथा अन्तरज्ञानले वाहिर अर्थात सतहमा आउने तथा प्रष्फुटित हुने सुअवसर पाउछ । तर यो अवस्थामा साधकले गहन विवेक राख्नु अतिआवश्यक हुन्छ किनकी कहिलेकाहीं साधक आफ्नो इच्छाधारी सोच हो कि र सच्चा आन्तरिक गुरुको मार्गदर्शन हो भनेर सहि ढंगले अन्तर छुट्याउन सक्दैन । यस्तो अवस्थामा आफ्नो इच्छाधारी सोचलाई आन्तरिक गुरुको मार्गनिर्देशा मानेर जीवनमा अगाडि बढ्यो भने यो अवस्थाले उसको जीवनमा नकारात्मक प्रभाव पनि ल्याउन सक्छ । तसर्थ आफ्नो इच्छाधारी सोच हो कि र सच्चा आन्तरिक गुरुको मार्गदर्शन हो भनेर सहि ढंगले छुट्याउन जान्नु अनिवार्य हुन्छ अन्यथा यही अवस्था उसकोलागि समस्या बनेर आृन पनि सक्छ ।


सच्चा मार्गदर्शन तथा आन्तरिक गुरुको दिव्य संदेश संधै शान्त, स्पष्ट, प्रेमपूर्ण हुन्छ र अहंकारलाई शान्त गर्नेवाला हुन्छ त्यसैले साधक अलमलिनु हुदैन आफ्नो इच्छाधारी सोच हो कि आन्तरिक गुरुको मार्गनिर्दश हो भन्नेमा । मनुष्यका मनका विचार तथा कल्पनाहरु प्रायः उसका इच्छा, तृष्णा, अपेक्षा, भय, असुरक्षाबाट प्रभावित हुने गर्दछन् । ज्ञानको अनन्त श्रोत हरेक मनुष्यभित्र नै रहेको छ, कोही मार्गदर्शनका लागि वाहिर भट्किनु पर्ने आवश्यकता नै छैन । आफ्नो आन्तरिक गुरुसंग साक्षतकार गर्नकालागि मनुष्यले केवल आफ्नो दैनिक जीवनमा ध्यान साधनालाई व्यवहारिक रुपमा अनुशरण गरेर आफूभित्र रहेको ज्ञान जगाउनु आवश्यक छ । आफूभित्र रहेको ज्ञान जागेपछि आफ्नो आन्तरिक गुरु चिन्न सहज हुन्छ र आफ्नो आन्तरिक गुरुको मार्गदर्शन, दिशानिर्देश तथा मार्गनिर्देशन अनुसार चलेर सहज ढंगले आफ्नो जीवनको सांसारिक र पारमार्थिक व्यवस्थापन गर्न सक्दछ । तसर्थ यो अलौकिक प्राप्तिकालागि पूर्णतः एकाग्र र मौन भएर आफूभित्रको अन्तरआवाज तथा सन्देश सुन्न सक्षम बनौं र त्यसको अनुशरण गरौं ।       


(७)द्वेतको अन्त्य र अद्वेत घटित   

द्वेतको अनुभवमा ‘म’ र ‘ब्रम्ह’ अलग रहेको हुन्छ तर अद्वेत को अनुभवमा ‘म’ र ‘ब्रम्ह’ विचको भेद मेटिएर तथा अन्त्य भएर आफू ब्रम्हमा एकाकार तथा योगस्थ भएको अनुभूति हुन्छ । सनातन अध्यात्म विज्ञानका समस्त खोजहरुको आत्यन्तिक लक्ष्य द्वेतबाट मुक्त भएर अद्वेतमा एकाकार हुनु तथा मोक्षमा उपलव्ध हुनु रहदै आएको छ । अद्वेतको अवस्था घटित हुनु यस्तो परमअनुभूति हो जसकालागि युगौंयुगदेखि ऋषिमुनि, सन्त, योगीहरुले जन्म–जन्म आफूलाई विविध प्रकारले अध्यात्म साधनामा निमज्जित गर्दै आइरहेका छन् । दृढ संकल्प र निष्ठापूर्वक गरिएको गहन साधनापछि मात्र साधकलाई अद्वेतको अत्यन्तै दुर्लव अनुभूति तथा अवस्था घटित हुन्छ । त्यसैले सनातन शास्त्रहरुमा अद्वेतको गहन अनुभूतिलाई बडो महत्वकासाथ भन्ने गरिएको पाइन्छकि ‘मोक्ष’ ध्यान साधनाको अनन्त गहिराइबाट फलिभूत हुने त्यस्तो ‘अमृततत्व’ हो जुन प्राप्त भएपछि मनुष्य अ+मृत बनिरहन्छ अर्थात कहिल्यै मर्दैन, सदा अमर रहन्छ । ध्यान साधनाको अनन्त गहिराईमा उपलव्ध हुने अमृततत्वको अलौकिक, दिव्य र चमत्कारिक परमअनुभूति नै अद्वेत तथा मोक्षको परमअवस्था हो । साधकमा अद्वेतको अनुभुति घटित भएको अवस्थामा सबैप्रकारका द्वेत तथा दुईका भावहरु मेटिएर एक मात्र बाँकी रहने हुनाले साधक ब्रम्हाण्डिय महाउर्जाको सिंगो महासागर अर्थात सर्बव्यापक र सर्बशक्तिमान उच्च चेतना(दि ओम्नीप्रेजेन्ट एण्ड अलमाइटी सुपर कन्सस)मा हामफाल्छ तथा सदाकालागि समाहित हुन्छ र उच्च चेतना अर्थात ब्रम्हमा विलय हुन्छ अर्थात मोक्ष तथा निर्वाण(इटरनल लिवरेसन)मा उपलव्ध हुन्छ जसरी नदी महासागरसंग एकाकार भएपछि महासागरनै बन्छ नदीको अलग नाम, रुप तथा अस्तित्व बाँकी रहदैन ।


माथि उल्लेखित ध्यान साधनामा हुने सबै प्रकारका अनुभव तथा अनुभूतिहरुमा एउटा अनुभव गर्नेवाला ‘म’ रहेको हुन्छ तर जव साधनाको गहिराइमा ‘म’ पनि मेटिन्छ तव साधकले अद्वेतको अनुभूति गर्छ र यो अवस्थामा त्यो अनुभव गर्नेवाला ‘म’ नै विलिन हुन्छ । अद्वेत घटित भएको त्यस्तो परमअनुभूतिको परमअवस्था हो जहाँ द्रष्टा–दृष्य–दर्शनको त्रिपुटी मेटिएर सबै एकैठाउँमा आउछन् र एकत्वमा समाहित हुन्छन् अनन्त कालकालागि । यसपश्चात ‘म’ ब्रम्हाण्डको अनुभव गर्दिन ‘म’ स्वयं नै ब्रम्हाण्डमा परिणत तथा विलय हुन्छु । सनातन अध्यात्मको शिखर अद्वेत वेदान्तको दर्शनले दशौं हजार वर्षदेखि यही शाश्वत सत्यको घोषणा गर्दै आइरहेको छ । अद्वेत वेदान्त दर्शनका शाश्वत ध्यय महावाक्यहरुले ब्रम्हलाई उच्चतम प्राथमिकता दिदै ब्रम्हलाई नै ब्रम्हाण्डको अन्तिम शाश्वत सत्य मान्दै र त्यो शाश्वततालाई प्रामाणिक रुपमा पेश गर्दै आइरहेका छन् । वेदान्त दर्शनका अनुसार, ‘ब्रम्ह सत्यं’ अर्थात केवल ब्रम्ह अर्थात परमचेतना(सुपर कन्सस) नै एक मात्र शाश्वत सत्य हो; ‘जगत मिथ्या’ अर्थात यो जगत तथा भौतिक संसार जसलाई हामी हाम्रा इन्द्रियहरुको माध्यमबाट हरप्रकारले महसुस तथा अनुभव गरिरहेका छौं र हामीलाई यही नै सत्य लागिरहेको छ । तर हामीले गरिरहेको यसप्रकारका इन्द्रियजनित महसुस तथा अनुभवहरु सत्य जस्तो लागेपनि वास्तविकतामा यी भ्रम, अनित्य, असत्य, मिथ्या, भ्रामक, स्वप्न हुन् र यी नितनित तथा क्षणक्षण परिवर्तनशील छन्, किनकी यहाँ केही पनि स्थिर छैन; ‘जीवो ब्रम्ह नैव नापरः’ अर्थात जीव तथा मनुष्यको व्यष्टि(सुक्ष्म) आत्मा समष्टि(विराट)ब्रम्हबाट भिन्न छैन; आत्मा ब्रम्हकै एक सुक्ष्म अंश हो; ब्रम्हाण्डमा भएका सबै जीव, वनस्पति तथा पदार्थहरु सबै एकै हुन्; सबै एउटै ब्रम्हबाट निर्मित भएका हुन्; यहाँ कोहीबाट कोही र केहीबाट केही अलग छैन । ‘म अलग हुँ’ भन्ने भाव नै मनुष्यको सबैभन्दा ठूलो भ्रम हो र आफ्नो मूल तथा मौलिकताबाट अलग हुनु हो जलिे उसलाई अद्योगतिर लानेछ । 


मनुष्यमा ‘म अलग हुँ’ भन्ने भाव आउनु प्रमुख कारण उसका मानवीय विकार तथा क्लेशहरु– काम, क्रोध, लोभ, मोह, राग, द्वेष, घृणा, इष्र्या अर्थात समग्रमा अहंकार आदिबाट सिर्जित भएका मल तथा फोहरले ग्रसित अन्तःकरणले आत्माको प्रकाश तथा मूल स्वभावलाई ढाकेका कारणले हो जुन माया तथा भ्रमको पर्दा हो । अहंकारले अद्वेत प्राप्त गर्दैन, अहंकार स्वयं अद्वेतमा बिलिन हुन्छ जसरी एउटा नदि सागरमा मिलेर सागर नै बन्छ । श्रद्धेय श्री रमण महर्षिले अद्वेतको शाश्वत सत्यसम्म पुग्न ‘आत्म विचार’को मार्ग देखाउनु भएको छ, जसमा ‘म’ को हँु भन्ने सवालको नित्य–निरन्तर गहन खोज गरिन्छ । यसप्रकारको खोजबाट अन्ततः ‘म’ नामक विचार केवल एक कल्पना मात्र रहेछ तथा ‘म’को कुनै स्वतन्त्र अस्तित्व हुदैन रहेछ भन्ने थाहा हुन्छ तथा यो विषयको गहनता स्पष्टसंग साधकको ज्ञातमा आउछ । जव ‘म’ हराउछ त्यसपछि बाँकी रहेको तत्व नै शुद्ध अद्वेत आनन्दमय ‘ब्रम्ह’ हो र यही नै परमज्ञान, परमशान्ति, परमआनन्द र परममुक्ति हो तव साधकको अन्तर हृदयमा स्वतः गुञ्जन्छ ‘अहं ब्रमस्मि’ अर्थात म स्पयं ब्रम्ह हुँ र अरुप्रति पनि त्यस्तै भाव सिर्जित हुन्छ ‘तत्वमसि’ अर्थात तिमी पनि उही ब्रमह हौ । 


अन्त्यमा

मानवीय विकार तथा क्लेशका मल तथा फोहरहरुले ग्रसित अन्तःकरणलाई ध्यान साधनाको गहन अवस्थामा अनुभूतिमा आउने अन्तरज्ञान तथा आत्मज्ञानको माध्यमबाट भेदन गर्न सकिन्छ र मनुष्य योनीको प्रमुख तथा एकमात्र आत्यन्तिक लक्ष्य अद्वेतमा एकाकार तथा मोक्षमा उपलव्ध हुन सकिन्छ ।  ध्यान साधनाको अनन्त गहनताको अवस्थामा घटित हुने सबैप्रकारका अनुभव तथा अनुभूतिहरु पश्चात सबैभन्दा अन्तिम अवस्थामा घटित हुने अद्वेतको अनुभूति हो । यो अलौकिक अनुभूतिलाई मनुष्यले मेहनत गरेर प्राप्त गरेको कुनै त्यस्तो ‘प्राप्ति’ भन्न सकिदैन जो ‘प्राप्त’ गरिन्छ किनकी पाउने क्रिया तथा प्रक्रियामा पनि पाउनेवाला र पाइने वस्तुकोविचमा भेद बनिरहन्छ, तसर्थ अद्वेतको अनुभूति प्राप्ति नभएर साधकले अन्तरआत्मामा गरेको दिव्य अनुभूतिको परम अवस्था हो । अद्वेतको अवस्था सत्यको सरल र स्पष्ट पहिचान हो जो आदिकालदेखि नै हरेक मनुष्यभित्रै रहेको थियो, रहदै आएको छ र अनन्तसम्म रहिरहने छ । यसप्रकार, ध्यान साधनामा हुने सबै प्रकार अनुभव तथा अनुभूतिहरु मोक्ष प्राप्तिको अन्तिम लक्ष्यसम्म पुर्याउन सहयोग गर्ने सहयोगी, सारथी तथा उपकरणहरु हुन् सुन्दर प्रगति विकास हुन गर्न जसले आफू सहि मार्गमा छु भन्ने आभास तथा विश्वास दिलाउछ र अझ अगाडि बढ्न प्रेत्साहन गर्छ । तसर्थ ध्यान साधनाको वास्तविक लक्ष्य चमत्कारि उपलव्धिहरुमा दंग पर्नु तथा त्यसैमा भूलेर त्यही अवस्थामा अड्किरहनु होइन । ध्यान साधनाको गहन अवस्थाबाट प्राप्त हुने शान्ति, आनन्द, करुणा, स्पष्टता र अन्य महत्वपूर्ण सम्भावनाहरुलाई जीवनमा अनुशरण गरेर सबैलाई काम लाग्ने विषयमा खर्च गर्नु हो र आफू स्वयं आफ्नो र अरुकालागि काम लाग्ने बन्नु हो ।
        
छिट्टै,
जीवनमा पूर्णता प्राप्तिकालागि ध्यान विज्ञानका त्रिरत्न– योगासन, प्राणायाम, एकाग्रता

    




Saturday, 16 August 2025

आध्यात्मिक साहित्य: संस्कार र जीवन

लालीगुरांश (डासिर्जना भण्डारी)

                                            #आध्यात्मिक_साहित्य #जीवन_दर्शन                                               

                                          



‘जिन्दगी प्यारका गीत है, यीसे हरदिलको गाना पडेगा...’

बुंगबुंग धूलो उडाउदै सडकमा गुडिरहेको रिक्साबाट यो सुमधूर संगीतको आवाज ठूलो स्वरमा वरिपरिको वातावरणमा गुञ्जायमान भैरहेको थियो । अपरान्हको समय थियो, दिउसो भोजनपछि वाहिर वरण्डामा आराम गरिरहनु भएको पिताजीले सडकमा बजिरहेको हिन्दी गीतको ठूलो आवाजलाई वास्तै नगरी आइज तँलाई केही ज्ञानगुनका कुरा सिकाउछु भनेर मलाई वहाँको छेउमा आएर बस्न संकेत गर्नुभयो । वरिपरि रहेका सबैका ज्ञान इन्द्रियहरु ठूलो आवाजमा घन्किरहेको गीततिर खिचिएका थिए । म आफ्नै कक्षमा विस्तरामा बसेर कलम खेलाउदै स्कुलको गृहकार्य गर्ने तरखर गर्दै गरेको अवस्थामा ठूलो आवाजमा गीत घन्किएको सुनेपछि गृहकार्य लेख्न प्रयास गर्दै गरेको मेरो ध्यान पनि त्यतैतिर खिचियो । झ्यालको पल्ला पूरा खोलेर आँखा र कान रिक्सा र बजिरहेको गीतमा केन्द्रित गरें । भारतीय सिनेबजार बलिउडमा भर्खर रिलिज भएको राजेश खन्ना र पद्मिनी कोलापूरीको ‘सौतन’ चलचित्रको प्रचार–प्रसार गरिएको रहेछ रिक्साका दुईतिरका गालामा ठूला–ठूला पोष्टर टाँगेर । कर्कस आवाज निकाल्दै एउटा प्रौढ पुरुष चलचित्र हेर्न जानुहोस फलानो सिनेघरमा भन्दै थिए । 

म छ कक्षाको विद्यार्थी भएकोले त्यति धेरै गृहकार्य थिएन, गृहकार्य पछि पूरा गर्छु भनेर म पिताजीको समिपमा गएर बसें । यो पटक वहाँले मलाई इश्वरको अदृश्य तथा निराकार स्वरुप हुन्छ, अदृश्य रुपमा इश्वर हरदम हामीसंगै बसिरहेका हुन्छन् र हामीले गरेका सबै कामहरु तथा हामीले मनमा सोचेका सबै कुराहरु इश्वरलाई स्पष्टै थाहा हुन्छ त्यसैले हामीले संधै इश्वर र अरुप्रति राम्रा कुरा मात्र सोच्नुपर्छ भनेर मेरो सानो मन–मस्तिष्कमा त्यति बेलानै सकारात्मक मात्र सोच्नुपर्छ भन्ने मूलमन्त्र को विजारोपण गरिदिनु भयो । यस सन्दर्भमा पिताजी र मविचको संवाद बडो रोचक प्रकारले भएको थियो । वहाँले आगनमा तुलसाको मोठसंगै ढकमक्क फूलेको सेता–पहेंला रंगका गुलाफका फूलहरु र अन्य वनस्पतिहरु हावामा मस्त झुलिरहेका दृश्यतिर संकेत गर्दै मलाई सोध्नुभयो,

“ती गुलाफका फूलहरु र अरु फूलविरुवाहरुलाई के ले त्यसरी हल्लाइरहेको छ र ती पिंगमाझैं झुलेर मस्त खेलिरहेका छन् ?”

“हावाले ।”

मुसुक्क मुस्कुराएर एक शव्दमा पिताजीलाई जवाफ दिएं मैले । शिक्षक तथा गुरुका रुपमा समाजमा प्रतिष्ठित पिताजी शिक्षण पेशामा आफू अत्यन्तै आनन्दित रहेको महसुस गर्नुहुन्थ्यो र सबैभन्दा ठूलो पुण्य तथा दान ‘ज्ञान’ दान हो भनेर हामीलाई र अरुलाई बुझाउने प्रयास गरिरहनु हुन्थ्यो, वहाँको नजरमा ज्ञान तथा विद्याको मूल्य अत्यन्तै धेरै थियो । हरप्रकारका ज्ञानलाई स्वयं सरस्वती माताको रुपमा सम्मान गर्नुहुन्थ्यो । शिक्षण पद्धतिमा अनुभवी पिताजीको बालबालिकाहरुले बुझ्ने गरि ज्ञान प्रदान गर्ने शैली बडो व्यवहारिक र प्रभावकारी थियो । पिताजीले फेरी ममा कौतुहलता बढाउने गरि छड्के सवाल गर्दै भन्नुभयो,

“होइन होला ! खोई कहाँ छ र हावा !? म त देख्दिन त !!??”

“हाहाहा..., हावा कहाँ देखिन्छ त नि..., हावा त चल्छ मात्र... !!!”

यो पटक चाहिं म खिलखिलाएर हाँस्दै पिताजीलाई पनि थाहा रहेनछ हावा देख्न सकिदैन, हावा चल्छ मात्र भन्ने कुरा भन्ने भावमा श्रीमद् भगवद् गीताको पहिलो अध्यायमा बरिष्ठ धनुरधर अर्जुनले जगतगुरु योगेश्वर श्रीकृष्ण भगवानलाई ज्ञान दिए झैं मैले पितजीलाई ज्ञान दिएं वहाँभन्दा एककदम बाठी भएर । तव पिताजीले पनि आफ्नो चम्किलो चेहरामा मुस्कान भर्दै र आफूले जानेको सनातन अध्यात्मको दिव्य प्रकाश छर्दै भन्नुभयो,

“हो, ठिक यस्तै गरि इश्वर पनि देखिदैनन् तर हाम्रो भित्र–वाहिर–वरिपरि–सबैतिर छन् जसरी हावा सबैतिर छ । त्यसैले आफूले जे कुरा सोच्दा तथा विचार गर्दा, जे कुरा बोल्दा तथा व्यवहार गर्दा र जे काम गर्दा पनि सबैभन्दा पहिला मैले गरेका सबै क्रियाकलापहरु इश्वरलाई स्पष्टै थाहा हुन्छ भनेर आफू सम्यमित भएर इश्वरको स्मरण गर्दै इश्वरलाई राम्रो लाग्ने क्रियाकलापहरु मात्र गर्नुपर्छ संधैभरि किनकी हामी सबै इश्वरका सन्तान हौं, इश्वरले कहिल्यै कसैको नराम्रो गर्दैनन् र नराम्रो हुन दिदैनन् । त्यो गुलाफको फुल पनि इश्वरकै सन्तान हो, इश्वरले हावा, घाम, पानी, माटो, आकाशको उत्पत्ति गरेर त्यसलाई हुर्कन र फुल्न सक्ने बनाएका हुन् । हामी मनुष्यहरुलाई पनि इश्वरले त्यसरीनै हेरविचार गरिरहेका हुन्छन् संधैभरि त्यसैले हामीले हाम्रा सबै क्रियाकलापहरुमा सबैभन्दा पहिला इश्वरको स्मरण गर्नु पर्छ र इश्वरलाई मनपर्ने तथा कसैलाई हानी नगर्ने विचार, बोलि, व्यवहार तथा कामहरु मात्र गर्नुपर्छ ।” 

पिताजीले मैले छ कक्षामा पढ्दा विद्यालयको प्रांगणबाट मालीको आँखा छलेर तथा चोरेर हाँगो भाँचेर ल्याएर घरको आगनमा तुलसीको मोठसंगै रोपेको गुलाफको फूललाई समेत इश्वरको सन्तान भन्नुभएको दार्शनिक विषय तत्काल त मेरो सानो मन–मस्तिकले ठम्याउन सकेन तर वहाँले मलाई बुझाउन प्रयास गर्नु भएको विषयको भावको छाप मेरो मन–मस्तिष्कमा नामेट भएर बस्यो र आजसम्म यिनै दिव्य ज्ञानहरुले मलाई डोर्याइरहेका छन् सहज, सरल, सफल र व्यवस्थित जीवनको मार्गमा । फूलविरुवाप्रति संधै अत्यन्तै दयालु र हुर्काउन अत्यन्तै रहर गर्ने माली प्रकृति थियो र छ ममा । मैले हुर्काएको गुलाफको विरुवालाई वहाँले इश्वरको सन्तान भन्नु भएकोमा आश्चर्य लाग्यो, कसरी होला भन्ने कौतुहलता छायो चेहरामा तर केही पनि सवाल गरिन किनकी हरेक सन्तानलाई जस्तै मलाई पनि लाग्थ्यो मेरो पिताजी जति सबै कुरा जान्ने तथा थाहा पाउने र मलाई मायाँ गर्ने अर्को पुरुष यो संसारमै कोही पनि छैन ।

मेरो धार्मिक तथा आध्यात्मिक गुरु परमप्रिय पिताजी र माताजीसंग म साढेतीन वर्षको हुदा राजधानीमा खिचिएको श्याम–श्वेत तस्वीर हेर्दै वहाँहरुसंग विताएका प्रेमल स्मृतिहरु, पिताजीले सिकाउनु भएका अध्यात्म दर्शन र सनातन वैदिक समाजका दार्शनिक विषयका ज्ञानहरु र यसंग सम्वन्धित अनेक किस्साहरुको स्मृतिमा रमाउदा–रमाउदै र तिनै भावहरुमा गहिरिदै ‘जिन्दगी प्यारका गीत है..’, सम्म पो पुगेछु, हत्तेरिका... !

प्राकृतिक छटाले अत्यन्तै सुन्दर र धार्मिक तथा आध्यात्मिकताका दिव्यताहरुले भरिभराउ तपोभूमि मुलुक नेपालको पहाडि क्षेत्रको विकटताबाट दिक्क भएर पिताजी–माताजी तथा अघिल्लो पुस्ता पछिल्लो पुस्ताहरुको जीवनकालागि सहजता खोज्दै भारतसंग सिमाना जोडिएको तराई क्षेत्रमा बसाई–सराई गर्नुभएको थियो म नजन्मिदै । म भारतको सिमाना जोडिएको मध्य नेपालको तराई क्षेत्रमा जन्मेको, हुर्केको र प्रवेशिकासम्मको पढाइ त्यहीं पूरा गरेको अत्यन्तै सामान्य गाउँले व्यक्ति हुँ तर पछि शहर पसेर अहिले अव नव शहरिया व्यक्ति भएको छु तर मनका स्मृतिहरुमा, सुस्केराहरुमा, सपनाहरुमा अझै पनि गाउँकै सम्झनाहरु आउने गर्छन, हृदयलाई गाउँकै दृश्यहरुले पुलकित गरिरहन्छन् र गाउँकै माटोको सुगन्ध आउने गर्छ अधmै पनि । जीवनयापन शहरमा भएपनि शहरले अझैसम्म गाउँको प्रेम छुटाउन तथा भुलाउन सकेको छैन र म छुटाउन तथा भुलाउन पनि चाहान्न मेरो गाउँप्रतिको प्रेमलाई ।

प्राय सनातन धर्म–संस्कृति अनुशरण गर्ने हरेक वैदिक तथा हिन्दु धर्मावलम्विहरुले बाल्यकालदेखिनै निरन्तर कुल देवता, इष्ट देवता, देवी–देवता, भगवान, इश्वर, आत्मा, परमात्मा, भौतिक संसार, पराभौतिक संसार, व्यष्टि संसारभित्रको अर्को समष्टि संसार, स्वर्ग, वैकुण्ठ, गुरुकुल, आश्रम, ऋुषि–मुनि, सन्त, साधु, महात्मा, योगी, गुरु, सदगुरु आदि विषयहरुका बारेमा सुन्दै आइरहेका हुन्छन् । म पनि यही महान वैदिक सनातन धर्म–संस्कृतिको यस्तै दिव्य माहोलमा हुर्किएको प्रकृति तथा ब्रम्हाण्डको उएटा सानो अंशको निरन्तरता हुँ । मलाई बाल्यकालदेखि नै सनातन अध्यात्म दर्शनका विषयहरुमा अत्यन्तै धेरै रुचि र आस्था थियो र क्रमशः किशोर, युवा, प्रौढ अवस्थासम्म आइपुग्दा यी विषयहरुप्रतिको रुचि, आस्था, विश्वास र लगाव झन–झन प्रगाढ हुदै आयो । संधैनै दिनको शुरुआत र अन्त्य यिनै विषयहरुबाट हुदै आइरहेको थियो र छ ।

राजधानीको बसाइ, हिउँदको मौसम भएकोले वाहिरको वातावरण अत्यन्तै ठण्डा थियो । मध्यरातमा अचानक निद्रा खुल्यो । काँचको झ्यालबाट वाहिर देखिएको दृश्य निपट्ट अध्यारो थियो । सायद चिसोको कारणले चाँढै निद्रा खुल्यो मेरो भन्ठाने र फेरी निदाउने प्रयास गरें तर निद्रा लागेन । मोवाइलमा समय हेरें, विहानको तीन बजिसकेको रहेछ, ब्रम्हमुहुर्तको समय प्रारम्भ हुनेबेला भएको रहेछ । मनमनमा सोचें चारबजे त संधै उठेर ध्यान साधनामा बस्नेनै हो त्यसैले अव सुत्दिन, यही अवस्थालाई नै ध्यान बनाउछु भन्ने लाग्यो र सवासनमा पल्टिएर श्वास–प्रश्वासमा ध्यान लगाएं, ध्यानमा अलौकिक दृश्य, रंगहरुको दर्शन भयो । चार बजेपछि उठेर आफ्नो नित्य कर्मपछि ध्यान कक्षमा उत्तरदिशा कैलाश पर्वतपट्टि फर्केर सिद्धासनमा ध्यान साधनामा बसें पृष्ठभूमिमा श्रीशिव प्रभुको स्तुतिगान बजाएर,
“नमामीशमीशान निर्वाणरूपं, विभुं व्यापकं ब्रह्मवेदस्वरूपम् ।
निजं निर्गुणं निर्विकल्पं निरीहं, चिदाकाशमाकाशवासं भजेहम् ॥“ ‘

पृष्ठभूमिमा सचिदानन्द स्वरुप भगवान श्रीशिवको स्तुतिगान रुद्राष्टकम मधुरो आवाज आउनेगरि बजिरहने स्वचालित मोडमा लगाएर ध्यान साधनामा बसेको दुई घण्टा भैसकसेको थियो र ध्यानबाट वाहिर निस्कने प्रयास गर्दै थिएं,
“चिदाकाशमाकाशवासं भजेहम् ॥ अर्थात हे ! अविछिन्न असीम आकाश परब्रम्ह, म हजूरको चरणोपासना गर्दछु !!” 

परब्रम्हलाई शीश झुकाएर नमन् गर्दै म ध्यान साधनाबाट उठें र आफ्नो नियमित गतिविधिहरु– भान्साको काम, नानी–बाबुहरुलाई कलेज पठाउने, श्रीमानको कार्यालय जाने तयारी र आफ्नो नियमित क्रियाकलापहरुको तयारीमा समलग्न भएं । 

आफ्नो जीवनसंग सम्वन्धित र आफूलाई रुचि लागेका हरप्रकारका विषयहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान लिन अत्यन्तै उस्तुक व्यक्ति हुँ म सानैदेखि र यो गुण ममा मेरा पिताजीबाट आएको हो विरासतको रुपमा । पिताजीलाई मैले खालि हात आजसम्म पनि कहिल्यै देखिन र वहाँको आफ्नो जीवनसंग सम्वन्धित र वहाँलाई रुचि लागेका हरप्रकारका विषयहरुमा पोख्त पाएं त्यसैले वहाँ मेरोलागि सर्वज्ञाता र मेरो महागुरु हुनुहुन्छ । संस्कार अनुसारको सन्तान भनेजस्तै पिताजीबाट विरासतामा पाएको यो गुणले मलाई पनि आफ्नो जीवनसंग सम्वन्धित र आफूलाई रुचि लागेका हरप्रकारका विषयहरु हासिल गर्न गहन प्रेरणा र मद्धत मिल्यो । 
 
आफूलाई सदाकाल विद्यार्थी ठान्ने र विद्यार्थी बनिरहने म यसपटक भने विद्यार्थी जीवनबाट केहीसमय छुट्टी लिने विचार गरें मैले । भर्खर विश्वविद्यालयको अध्ययन पूरा गरेर फुर्सद भएकोले समयको सदुपयोग पनि हुने र आफ्नो रुचिको विषयको ज्ञान तथा अनुभव पनि गर्न सकिने भएकोले यो समय आफूलाई रुचि लागेका विषयहरुको अनुभव हासिल गर्न लगानी गर्ने निर्णय गरें । 

इश्वर के हो, को हो, कस्तो हुन्छ, के गर्छ, किन इश्वरप्रति आस्था राख्नुपर्छ भन्नेबारे आफूले राम्ररी नजान्दै सानैदेखि नै शिवभक्त रहदै आएको र भगवान श्रीशिवका अधिकांश तस्वीर तथा मुर्तिहरु आँखा बन्द गरेर आनन्दमा मस्त रहेको अवस्थामा देख्दै आएकोले सानैदेखि आँखा बन्द गरेर, पलेटी कसेर, स्थिर भएर, शरीर तनक्क तन्काएर, घुँडामाथि हात राखेर धार्जे बस्नु पर्ने रहेछ भन्ने छाप परेको थियो मेरो सानो मन–मस्तिष्कमा । बेलाबेलामा माताजीले पनि भन्ने गर्नुहुन्थ्यो शिवजी जस्तो धार्जे भएर बस्नुपर्छ केटाकेटीहरुले ! म फुर्सदको समयमा छोटो–छोटो समय यसैगरि धार्जे बस्ने अभ्यास पनि गर्ने गर्थें यसबारे केही नबुझिकन नै । धेरैपछि थाहा भयो माताजीले शिवजी जस्तो धार्जे भएर बस्नुपर्छ भन्नु भएको धार्जे बसाइलाई ध्यान साधना भनिदो रहेछ । सानामा म माताजीको आज्ञा पालन गरेर धार्जे भएर बसिदिन्थें वहाँलाई खुशी पार्नकालागि र पछि बुझ्ने भएपछि ध्यान साधना प्रारम्भ गरें छोटो–छोटो समय आफ्नै खुशीकालागि । 

त्यसैले यसपटक विद्यार्थी जीवनबाट केहीसमय छुट्टी लिने निधो गरेपछि मैले सर्वप्रथम ध्यान साधनाको समय बढाएं । ध्यान एक अलौकिक, दिव्य र चमत्कारिक विषय हो, साधनाका क्रममा आउने विभिन्न अलौकिक तथा दिव्य दृश्यहरुमा मैले चमत्कारका अनुभवहरु पटक–पटक गर्दै आइरहेको थिएं र गर्दै आइरहेको छु । साधनाको समय बढाएपछि चमत्कारका अनुभवहरु झन–झन थपिदै गए, दिनप्रतिदिन ध्यान साधना रहस्मय र रोमान्चक बन्दै गयो । केही अनुभवहरु अत्यन्तै रोमान्चक रहे । विश्वविद्यालयको मेरो अध्ययन विषय खोजसंग नै सम्वन्धित भएकोले म अत्यन्तै खोजी प्रकृतिको व्यक्ति छु, मेरो अनुभवमा आएका कुराहरुको जरैसम्म पुग्ने गरि खोज्न बानी परेको छ मलाई त्यसैले ध्यान साधनाका क्रममा जेजे अनुभवमा आउदै गए ती सबै विषयहरुमा भेटेसम्म खोज गर्दै गएं । मलाई खोजकार्यको नशा लाग्छ, खुव आनन्द आउछ यस काममा । कहिलेकाहीं म अलमलमा पर्छु मलाई ध्यान साधनाले बढि आनन्द दिन्छकि खोज साधनाले म स्वयंलाई नै थाहा हुदैन । अनि श्रीमद् भगवद् गीतामा उधृत श्रीकृष्ण भगवानको दिव्य वाणीलाई याद गर्छु, 

“योगः कर्मसु कौशलम् ।”  

अर्थात आफ्नो कर्मलाई कुशलतापूर्वक गर्नु नै योग तथा ध्यान हो । तव लाग्छ मेरो खोजकार्य नै मेरो ध्यान हो र धार्जे भएर गरेको ध्यान साधनाले मेरो कर्मको कुशलतामा थप मद्धत गरिरहेको छ । तसर्थ मेरोलागि खोजकर्म नै ध्यान हो र ध्याननै खोज कर्म हो । अरुले जुनप्रकारले बुझेका भएपनि यस सन्दर्भमा मेरो बुझाइ यस्तो रहदै आएको छ ।

मैले विश्वविद्यालयमा अध्ययन गरिहदा नै सनातन वैदिक शास्त्रहरुमा आधारित वेदको आँखाको रुपमा लिइने ज्योतिष शास्त्र(परासरिय ज्योतिष) र समुद्र शास्त्र(हस्तरेखा विज्ञान)को अनलाइन कोर्श गरेको थिएं र संगसंगै अनुभवी ज्योतिषी पिताजीसंग पनि धेरै कुरा सिकेको थिएं । यस क्रममा पनि ध्यान साधनाको विशेष अवस्थामा विविध प्रकारका आलौकिक, दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु हुने गरेका थिए ।

विद्यार्थी जीवनबाट केहीसमयको लागि छुट्टि लिएपछि यो फुर्सदको अवसर र मूल्यवान समयको उच्चतम सदुपयोग गर्न सर्वप्रथम मैले म कहिले–कहिले, के–के गर्छु भनेर आफूलाई प्राथमिकताका आधारमा रुचि लागेका विषयहरुको सूचि बनाएं र क्रमशः ती विषयहरुमा आफूलाई प्रवेश गराउदै लगें । अध्यात्म, ध्यान, योगका विषयहरुमा अत्यन्तै रुचि भएको कारण निकै अघिदेखि रेकी उपचार पद्धतिप्रति मेरो झुकाव रहदै आएको थियो त्यसैले यसबारे सुन्दै, पढ्दै र सक्दो खोज गर्दै आइरहेको थिएं र मनमनमा अठोट पनि गरेको थिएं समय मिल्यो भने पक्कै सिक्छु कुनैदिन भनेर किनकी रेकी उपचार पद्धति पूर्णतः ब्रम्हाण्डिय महाउर्जा तथा ब्रमहाण्डको समष्टि उर्जाशक्तिको व्यष्टि स्वरुपमा मनुष्यको सुक्ष्म शरीरमा रहेका सात चक्रहरुको उर्जा जागरण तथा परिचालनसंग सम्वन्धित रहेछ । आफू विगत लामो समयदेखि चक्र तथा कुण्डलिनी ध्यान साधनाको साधक रहदै आएकोले रेकी उपचार पद्धतिबारे जान्न रुचि लाग्नु स्वभाविक थियो मेरोलागि ।

ब्रम्हाण्डिय महाउर्जा तथा रेकी उपचार पद्धतिको तालिमका लागि एक महिनाको रेकी अनलाइन कोर्श लिन नाम दर्ता गरें । रेकी उपचार पद्धतिको तालिम प्रारम्भ गर्नुपूर्व सात चक्रहरुको उर्जा शुद्ध, सन्तुलित, सक्रिय तथा जाग्रीत गर्नुपर्ने वियम तथा पद्धति रहेछ । रेकी गुरुले सिकाउनु भए अनुसार चक्र जागरण गर्न गराइएको चक्रहरुको विज मन्त्र– लं–वं–रं–यं–हं–अं–ॐ को ध्यान साधनाका क्रममा सनातन अध्यात्म दर्शनमा उल्लेख गरिएका धेरै प्रकारका अलौकिक, दिव्य तथा चमत्कारिक विषयहरु एकपछि अर्को गर्दै मेरो अनुभव तथा अनुभूतिमा अझ घना भएर आउन थाले । रेकी तालिम गरिरहदा गुरुबाट शक्तिपात लिदा चक्र र शरीरका नाडीहरुमा ब्रम्हाण्डिय दिव्य महाउर्जा संचारित भएको स्पष्ट अनुभूति हुन थालेको थियो । म यी विषयहरुको बारे खोज गर्दै गएं र अग्रज साधकहरुको अनुभव तथा अनुभूतिहरुसंग एकाकार हुदै गएं । यो अवधिमा मलाई सुक्ष्म संसारका धेरै प्रकारका शाश्वत विषयका झलकहरु आएका रहेछन् जुन ध्यान साधना गहिर्याउदै गएपछि विस्तारै दृश्य, ध्वनि, संवाद, स्पर्शहरु, चेतनाका सन्देशहरु अझ स्पष्ट भएर मेरो अनुभव तथा अनुभूतिहरुमा आउन थाले र विस्तारै आफैं विस्तृतमा बुझ्दै गएं ध्यान साधनाका क्रममा विगतदेखि आफूलाई हुदै आइरहेका अनुभव तथा अनुभूतिहरु के रहेछन् र किन रहेछन् भन्ने बारेमा । त्यसयता मलाई ध्यान साधनाका क्रममा हुने कुनै पनि प्रकारका दृश्य, ध्वनि, संवाद, स्पर्शहरु, चेतनाका सन्देश, विभिन्न सकारात्मक तथा नकारात्मक अवस्थामा हुने अनुभव तथा अनुभूतिहरु अनौठो तथा विश्मयकारी लाग्न छोड्यो सायद निरन्तर भैरहने यसप्रकारका विषयहरुसंगको साक्षातकारपछि म बानी परिसकेको भएर होला ।

रेकी उपचार पद्धतिको तालिमको निरन्तरताकै क्रममा मलाई पहिलो पटक देवदुतहरुको दर्शन हुन थाल्यो र साथसाथ डिजिटल घडिमा, स्मार्ट मोबाइलमा, टि.भी.मा, बाटो हिड्दा गाडिका नम्बर प्लेटहरुमा बारबार एकै प्रकारका नम्बरहरु देखिन थाले । सबैभन्दा पहिला एकदिन राति अचानक मेरो निद्रा खुल्यो, मोबाइल खोलेर हेरें ११ः११ बजेको रहेछ । मोबाइल बन्द गरेर सुतें । भोलिपल्ट विहान घरका सबै कामहरु सकेर केहीबेर सामाजिक संजाल चलानउ मोबाइल खोलें फेरी विहानको ११ः११ बजेको देखें, मनमनमा भनें हिजो राति पनि यस्तै नम्बर देखेको थिएं आज पनि फेरी देखें तर आश्चर्य मानिन । दिउसो फेरी फोन खोल्दा १ः११ बजेको देखें, त्यसपछि आश्चर्य लाग्यो, अरे किन म बारबार यस्तै नम्बरहरु देखिरहेको छु । त्यसपछि देवदुतहरु र यस्ता दोहोरिएका नम्बरहरु देख्ने श्रींखला बढ्दै गयो, १११, २२२, ३३३, ४४४, ५५५, १०ः१०, ११ः११, २२ः२२... अझै धेरै देखिरहन थालें जतापनि । एक हप्ता जति मैले यसरी नम्बरहरु दोहोरिएर आउने क्रमलाई वास्ता गरिन तर यो प्रक्रिया निरन्तर हुदै गएपछि म यसबारेमा खोज गर्न थालें किन यस्तो भैरहेको छ मलाई भनेर । खोजमा थाहा पाएं यो अवस्था अलौकिकता र दिव्यताको अर्को चमत्कार रहेछ । देवदुतहरुको दर्शन हुनु र यस्ता दोहोरिएका नम्बरहरु दृश्यमा आउनु ब्रम्हाण्ड तथा स्वयं परमात्माका संकेतहरु रहेछन् आध्यात्मिक विकास तथा चेतनाको स्तरोन्नती भैरहेको र चेतनाको स्तरोन्नती तथा विकासका लागि भौतिक रुपमा आफ्नो वरिपरि सहआत्मि अर्थात सोलमेटहरु र आफ्नै विभाजित आत्मा अर्थात ट्वीन–फ्लेमसंग प्रत्यक्ष साक्षातकार र सानिध्यता भैरहेको अवस्था रहेछ । क्रमशः देवदुतहरुको दर्शन र दोहोरिने नम्बरहरुको दृश्य संगसंगै दिबंगत हुनुभएका पितृहरुको दर्शन र वहाँहरुको दिव्य सन्देशहरु पनि ग्रहण हुन थाल्यो ।

मेरो ध्यान साधना निरन्तर सुचारु अवस्थामा थियो । साधनाको गहन तथा भावतीत अवस्थामा एक विहान मैले भगवान शिवको दिव्य हतियार अत्यन्तै आकर्षक कलात्मक त्रिशुल देखें र म त्यसप्रति अत्यन्तै आकर्षित र मोहित भएं । ध्यान साधना निरन्तर गर्दै गएं, दिनहरु बित्दै गए तर मेरो मानसपटलबाट उक्त आकर्षक दिव्य त्रिशुलको दृश्य छुटेन, बारबार सदृश्य भएर आइरह्यो सामान्य अवस्थामा पनि । एकदिन आफूभित्रबाट अन्तरज्ञान आयो म उक्त दिव्य त्रिशुलको ट्याटु बनाउछु । पहिला दिव्य त्रिशुलको आकर्षणले छोडेको थिएन अव त्रिशुलको ट्याटु बनाउछु भन्ने भावले छोडेन, बारबार मानसपटलमा आइरह्यो, ‘म दिव्य त्रिशुलको ट्याटु बनाउछु’ । तर हाम्रो कुल–परम्परा अनुसार शरीरको कुनैपनि अंगमा ट्याटु बनाउने अनुमति थिएन । आफ्नो शरीरमा ट्याटु बनाउनु भनेको आफुले आफूलाई डामेको भन्ने अर्थमा लिइन्थ्यो र यसरी डामिएका व्यक्तिहरु पूजापाठ, श्राद्ध, कर्मकाण्ड तथा पवित्र कार्यहरुमा चल्दैनन् भन्ने विश्वास गरिन्थ्यो । त्यसैले ट्याटु बनाउछु भनेर सोध्ने तथा जानकारी दिने हिम्मत भएन परिवारमा कसैलाई पनि तर मलाई जसरी पनि दिव्य त्रिशुलको ट्याटु बनाउनु नै थियो । केही हप्ता यसै बिते, मनमा चिन्तन् गर्दै गएं, के गरौं, कसरी गरौं भनेर र एकदिन पिताजीले भन्ने गर्नुभएको कुरा मmल्यास्स मानसपटलमा आयो बिजुली चम्केझैं गरि । वहाँ भन्ने गर्नुहुन्थ्यो गते अनुसार मनाउने जन्मदिनको केही अर्थ तथा प्रभावकारिता हुुदैन तर तीथि अनुसारको जन्मदिनमा इश्वर र आफ्नो जन्मकुण्डलीका ग्रह, नक्षेत्रहरुको कृपा तथा आशिर्वाद प्राप्त हुन्छ जीवनमा किनकी तीथि भनेको आफू जन्मिदाको समयमा रहेको जस्तो आकाशमा ग्रह, नक्षेत्रहरुको वर्तमानको अवस्था हो, यो समयमा व्यक्तिमाथि इश्वर, ग्रह, नक्षेत्र तथा गोचरको सकारात्मक प्रभाव पर्दछ । पिताजीको यो कुराको स्मरण पश्चात मैले भगवान श्रीशिव, ग्रह, नक्षेत्र तथा गोचरको आशिर्वाद लिएर र यीनैलाई साक्षी राखेर तीथिको जन्मदिनको दिन दाहिने हातको नारिमा दिव्य त्रिशुलको ट्याटु बनाउने निर्णय गरें । तर परिवारमा सोध्ने तथा जानकारी दिने हिम्मत नभएकोले चुपचाप मैले आफ्नो तीथिको जन्मदिन पारेर आफ्नो आराध्यदेव भगवान श्रीशिव र जन्म कुण्डलीका ग्रह, नक्षेत्र तथा गोचरलाई समर्पण गरेर गुगल सर्चमा उपलव्ध भएको ध्यान साधनामा देखेको जस्तै डमरु, नाग र रुद्राक्ष सहित भएको आकर्षक दिव्य त्रिशुलको नमूना लिएर ट्याटु स्टुडियो गएं विहान १० बजे ।

ट्याटु खोप्ने क्रममा लागेको दुई घण्टाको अवधिमा मलाई पटक–पटक ध्यान लाग्यो र चमत्कारिक दिव्य दृश्यहरु अनुभवमा आउन थाले । मलाई ध्यानको उर्जा लागेको थियो, बारबार आँखा बन्द भैरहन्थे, ट्याटु खोप्ने भाई अलकल्लमा परे र भने,

“...दिदी ननिदाउनु है, निदाउनु भयो भने सियोले गहिरो घोचेको बेलामा झस्किनुहुन्छ अनि ट्याटुको आकार बिग्रिन्छ... । ”

मैले हुन्छ भनेर स्वीकृति त दिएं तर यो अवस्था मेरो नियन्त्रणमा थिएन, आँखा खोले पनि फेरी बन्द भैहाल्थे, बारबार यस्तो भैरह्यो, ध्यानको उर्जामा म झुम्म भैरहन्थें । उनले मनमा नराम्रो गरि लिने हुनकि भनेर मैले आफूलाई भैरहेको दिव्यताको वास्तविकता र ट्याटु बनाउन आएको कारणबारे वास्तविक पृष्ठभूमि सबै विस्तारमा बताएं । बौद्ध मार्गी उनी पनि विपासनाका ध्यान साधक रहेछन्, उनले मेरो कुरा सुन्ने वित्तिकै बुझिहाले र मलाई सहजीकरण गरिदिए सियो गहिरो जाने बेलामा हरेक पटक संकेत गरिदिएर ।

उनले ट्याटु खोपिरहे, म आँखा बन्द गरेर ध्यानको उर्जा आनन्दित भैरहें र अनेकौं चमत्कारिक दृश्यहरुको दर्शन भैरह्यो । मलाई सियोको खोपाइको त्यतिधेरै पिडा महसुस भएन, केही चिजले स्पर्श गरिरहेको जस्तो मात्र लाग्यो । उनले ट्याटु खोपिरदा बन्द आँखामा मैले आकाशिय तथा ब्रम्हाण्डिय दृश्यहरु, भगवानहरु, देवी–देवताहरु, योगी, सन्त तथा चैतन्य आत्माहरु र अत्यन्तै धेरै संख्यामा साना–ठूला काला नाग देवताहरु मेरो वरिपरि खालि आकाशमा लहरिदै सलबलाईरहेका तथा हिडिरहेका देखें । नाग देवताहरुको शरीरले, पुच्छरले मलाई स्पर्श गरेको जस्तो अनुभूति हुन्थ्यो । नाग देवताहरु धेरै बेरसम्म त्यसैगरि मेरो वरिपरि रहिरहनु भयो, ध्यानको उर्जा लागिरहेको थियो, मलाई अत्यन्तै धेरै आनन्द आइरहेको थियो, कुनै–कुनै बेला त आफू कहाँ छु कहाँ जस्तो लाग्थ्यो, ट्याटु खोप्ने भाइ बोलेपछि थाहा पाउथें, ए म त स्टुडियोमा पो छु त भनेर तर फेरी त्यस्तै हुन्थ्यो, यस्तो भैरह्यो पूरै समय । 

ट्याटु खोपिसकेपछि उनले मलाई प्रसन्न भावले धन्यवाद दिदै भने,
“ट्याटुु खोप्दा यति शान्त व्यक्ति अहिलेसम्म मेरो अनुभवमा कोही पनि आएको छैन दिदी, सबैले कुनैनकुनै प्रकारले पिडा व्यक्त गर्छन तर तपाईं पुरै समय एकदम शान्त बस्नु भयो आँखा बन्द गरेर । मलाई तपाईंको नारिमा ट्याटु खोपिरहदा खुव आनन्द आयो । तपाईंलाई पिडा भएन वा पिडा व्यक्त गर्नु भएन !?”   
“मलाई पिडा नै भएन ।”

मैले मुस्कुराउदै उनको उत्सुकताले भरिएको सवालको छोटो जवाफ दिएं र उनलाई धन्यवाद भन्दै ट्याटु खोपेको शुल्कको रसिद बनाउन आग्रह गरें । उनले अघिल्लो दिन फोनमा संवाद गरेर तय गरिएको रकम भन्दा आधा शुल्कको मात्र रसिद बनाएछन् । म पुरै शुल्क दिन्छु, पुरै लिनुस भनेर आग्रह गरें मैले तर ३०–३५ वर्षजतिका लाग्ने ती भलाद्मी आध्यात्मिक युवाले पुरै शुल्क लिन अस्वीकार गर्दै भने,

“...सायद मैले यो भगवानको काम गरें त्यसैले म खर्च भएका समग्रीहरुको मात्र शुल्क लिन्छु मेरो पारिश्रमिकको शुल्क लिन्न दिदी...।” 

उनले भगवानको काम गरें भन्ने भाव व्यक्त गरिरहदा उनको चेहरामा झल्केको चमकको आभा स्पष्ट महसुस भयो मलाई र मैले उनलाई कर गरिन या भनौं उनको आनन्द बिथोल्न चाहिन । उनले फेरी पनि आधा मात्र शुल्क दिनु भने, पूरै शुल्क लिनै मानेन् । उनी बडो प्रसन्न, हसमुख र सहज भावमा बोलिरहेका थिए र मलाई पनि यो सानिध्यता बडो सहज र आनन्दमय लागिरहेको थियो, सायद हामी दुवै ध्यान साधक भएकोले हाम्रो उर्जा तरंगहरु मिलिरहेका थिए । ट्याटुको रेखदेख कसरी गर्ने भन्ने मार्गदर्शन लिएं र उनलाई धन्यवाद दिएर म स्टुडियोबाट वाहिर निस्कें, घर फर्कें । 

घर पुगेपछि केहीबेर आराम गरें । घरमा पनि आँखा बन्द गर्ने वित्तिकै नाग देवताहरु फेरी उसै गरि आउनु भयो तर यो पटक रंगीविरंगी र शरीरमा विभिन्न रंग तथा प्रकारका बुट्टा भएका नागहरु आउनु भएको थियो । ध्यान साधनामा यसरी अलौकिक दृश्यहरु आउन लागेपछि मलाई तुरुन्तै ध्यानको उर्जा लागिहाल्थ्यो र कता, कहाँ पुगें जस्तो अनुभूति हुन्थ्यो । मेरो ध्यान साधनामा नाग देवताहरुसंग यो पहिलो साक्षातकार नभएर डेढ दशक अघिदेखि नै साक्षातकार भैरहेको थियो । निकै पछि एउटा महत्वपूर्ण विषयमा नाग देवताहरुसंग भएको दिव्य संवादमा वहाँहरुले हामी तेरो संरक्षणमा थियौं र छौं शुरुदेखिनै भन्नुभयो । दिव्य त्रिशुलको ट्याटु खोप्दा पनि र घरमा पनि हामी तेरो र दिव्य त्रिशुलको ट्याटुको संरक्षणकालागि आएका थियौं भन्नुभयो ।

ट्याटु खोप्ने काम त दिव्यताका साथ सकियो तर अव परिवारलाई कसरी भन्ने र परिवारबाट आएको प्रतिक्रिया तथा सवालको जवाफमा के भन्ने भन्ने अलमल र एकप्रकारको सुक्ष्म डर थियो भित्र मनमा । तर म भाग्मानी भएं, परिवारमा कसैले केही पनि भन्नुभएन यस सन्दर्भमा सायद भगवान शिव, नाग देवताहरु र जन्मकुण्डलीका ग्रह, नक्षेत्रहरुको कृपा तथा आशिर्वाद प्राप्त भएको थियो मलाई त्यसबखत ।

ट्याटु बनाएको भोलिपल्ट विहानको ध्यानमा अर्को दिव्य चमत्कारिक घटना घट्यो । विहान म पश्चिम दिशातिर फर्केर ध्यान साधनामा बसेको थिएं । दाहिने हातमा आफैं जतिको अग्लो, ठूलो, पहेंलो धातुको अत्यन्तै आकर्षक दिव्य त्रिशुल लिनु भएका र बाघाम्बर पहिरनमा रहनु भएका अग्ला कदका भगवान श्रीशिवले निकै टाढाबाट अत्यन्तै दुर्लव दर्शन दिनुभयो । भगवान जहाँ उभिनु भएको थियो त्यहींबाट वहाँले आफ्नो दाहिने हातमा रहेको विशाल दिव्य त्रिशुल मतिर जोडले हुत्याउनु भयो, मैले उक्त दिव्य र दुर्लव दृश्यलाई एकटकले हेरिरहें । तिब्रगतिमा मतिर आइरहेको विशाल दिव्य त्रिशुल घट्दो दुरीसंगै विस्तारै आकारमा सानो हुदै गैरहेको थियो र मेरो नारिमा भएको हिजो खोपेको आला चारइन्चको ट्याटुमा आएर समाहित भयो । भगवान श्रीशिवको हातबाट मतिर हुत्याइएको तथा फ्याकिएको विशाल दिव्य त्रिशुल मेरो नारिको ६याटुमा समाहित भएपछि तुरुन्तै एउटा नाग देवता त्यतिनै टाढाबाट खालि आकाशमा बेगले लहरिदै–लहरिदै आएर विस्तार आकारमा सानो भएर मेरो नारिको त्रिशुलको डण्डीमा बेरिनु भयो र त्यहीं स्थिर तथा स्थित हुनुभयो । भोलिपल्ट राति बत्ति निभाएर विस्तरामा पल्टेर आँखा बन्द गर्ने वित्तिकै दुई वटा ५–६ फिट लामा शरीरमा आकर्षक रंगीबिरंगी बुट्टाहरु भएका जुम्ल्याहा नाग देवताहरु खालि आकाशमा लहरिदै एकआपसमा प्रेमको खेल खेल्दै आकर्षक नृत्य गर्दै मलाई वहाँहरुको उर्जामा लठ्ठ पार्नुभयो र दुवै नाग देवताले मेरो चेहरा स्पर्श गरेर नाकको टुप्पोमा चुम्वन गरेर अव तँ सुत भनेर २–३ मिनेटको यो क्रिडापछि त्यहाँबाट विदा भएर विलय हुनुभयो । म अत्यन्तै आनन्द महसुस गर्दै आँखा बन्द गरें र तुरुन्तै निदाएछु किनकी मलाई नाग देवताहरुको उर्जामा लठ्ठिएको थिएं । मेरो ध्यान साधना निरन्तर चलिरहेको थियो, यी चमत्कारिक दृश्य र अनुभूतिहरु आइरहदा मलाई ध्यानको उर्जा लागिरहेको हुन्थ्यो र अदभूत् आनन्दमा डुबिरहन्थें हरपल । यसपछिका दिनहरुमा पनि ध्यान साधनाहरुमा काला, रंगीविरंगी, बुट्टादार नाग देवताहरु आइरहनु भयो ।

परिवारमा कसैले केही नभनेपनि मैले वाहिरका मान्छेहरुबाट विरोधका केही तोबर्काहरु सुन्नु तथा खेप्नु पर्यो । ट्याटु खोपेको १०–१२ दिन भएको थियो, घाउ राम्ररी खाटा बसिसकेकै थिएन, एकदिन एकठाउँमा भोजनको निम्ता मान्न गएको समारोहमा भोजन गरिसकेपछि त्यसैघरको दिदीले अलि घृणा मिश्रित भावमा भन्नुभयो,

“हेर हेर, के गरेको तिमीले यो आफूलाई डामेर !? यसरी डामिएका मान्छे बिटुला हुन्छन्, श्राद पूजामा चल्दैनन्... !!”

म चुपचाप सुनिरहें वहाँका कुरा, वहाँको हाउभाउ हेरिरहें, मुस्कुराएं मात्र र वहाँ र सबैसंग विदा भएर त्यहाँबाट घर फर्कें । घर पुगेर कफी पिएर एकछिन आराम गर्छु भनेर आँखा बन्द गरें, तुरुन्तै अर्को चमत्कारिक तर अलि मन डराउने प्रकारको घटना घट्यो । मेरो नारिको १०–१२ दिनको आलो चारइन्च मात्र लम्बाइ भएको दिव्य त्रिशुलको ट्याटु अचानक धातुको विशाल आकार बन्यो र दिव्य त्रिशुलको एकापट्टिको भाला भाँचिएर भुईंमा खसेर जोडले आवाज आयो, निकै कडा भूईंमा धातुको पाता खसेको जसरी एकदम ठूलो ध्वनि तरंग गुञ्जियो । म त्यो आवाज सुनेर भित्रैबाट तर्सिएं र हत्तपत्त आँखा खोलें । नारिको आलो ट्याटु हेरें, कोठा वरिपरि, झ्याल वाहिर हेरें सबैतिर जस्ताको तस्तै वातावरण थियो तर बन्द आँखामा के भयो मलाई यस्तो भनेर फेरी आँखा बन्द गरिन र आफूबाट केही गल्ती भयोकि भन्ने डराएको भावमा भगवान श्रीशिव, नाग देवता, ग्रह, नक्षेत्र, सबै दिव्य आत्माहरुसंग अन्तरहृदयदेखि क्षमा मागें, सामान्य बनें र ध्यान साधनालाई निरन्तर जारीनै राखें ।    
 
संगीत र नृत्यमा पनि अत्यन्तै रुचि राख्ने म कलेज जीवनमा डबली नृत्यांगना अर्थात स्टेज डान्सर थिएं र स्कुलले जीवनमा फुटवल र कपर्दिको खेलाडि थिएं । यी दिनहरुमा विद्यार्थी जीवनबाट केही समयको लागि छुट्टि लिएकोले एक महिनाअघि मैले तीन महिनाकोलागि अनलाइन कत्थक नृत्य कक्षा लिन प्रारम्भ गरेको थिएं । कत्थक नृत्य सिक्ने क्रममा अलि अनुभवी भएपछि नृत्य सिकाउने श्रद्धेय गुरुमाताले नृत्यसंगै संगीतका ताल अनुसारका बोलहरु ‘ता..थै...थै...तद..., आ...थै...थै...तद...’ पनि एकसाथ गाउन लगाउनु हुन्थ्यो नृत्यमा लय तथा पूर्णता आउछ र छिट्टै सिकिन्छ भनेर । शुरुशुरुमा नृत्य र तालका बोल एकै पटक गर्न मुस्किल भएकोले पहिला कत्थक नृत्य र तालका बोलहरु छुट्टा–छुट्टै सिकाएर पछि नृत्य र गायन एकै साथ गराउनु हुन्थ्यो । आफ्नो रुचिको विषय भएकोले म अत्यन्तै रस मानेर कत्थक नृत्य र विभिन्न तालहरुका राग आलाप गायन सिकिरहेको थिएं गुरुमाताबाट तालिम प्राप्त गला नभएको भएपनि ।

सनातन अध्यात्मको मूल विज्ञान चार वेदमध्य दोस्रो मूल विज्ञान साम वेदमा आधारित भएर भगवान श्रीशिवको डमरु–त्रिशुलधारी नटराज नृत्य र नादबाट उत्पत्ति भएको पूर्वीय शास्त्रीय संगीतमा परमात्माको अलौकिक दिव्य शक्ति हुन्छ भन्ने मैले सनातन शास्त्रहरुमा पढेको र अग्रजहरुबाट सुनेको थिएं । सोह्रौं शताव्दीका तेस्रा मुगल वादशाह अकबर महानको समयमा भारतका तत्कालीन वरिष्ठ संगीतग्य तानसेनले वादशाहको शाही महलमै संगीतका रागहरु आलापेर खुल्ला आकाशमा बिजुली चम्काएका र वर्षात गराएका थिए, आगोको संसर्गबिना नै दिप जलाएका थिए भन्ने अलौकिक सत्य घटनामा आधारित किस्साहरु इतिहासका पानाहरुमा पनि लिपिवद्ध गरिएका पाइन्छन् ।    

मेरो पारिवारिक माहोल धार्मिक तथा आध्यात्मिक प्रकृतिको भएकोले सानै उमेरदेखि पूजा, आराधना, सतविचार, सतकर्म, एकान्त बसाइ, एकाग्रता तथा ध्यान साधनाको अभ्यास गर्दै आएको हुनाले मलाई एकाग्रता तथा ध्यान साधनाकोलागि छुट्टै परिश्रम गर्नुपर्ने, छुट्टै बन्दोवस्ती तथा छुट्टै समय व्यवस्थापन गर्नुपर्ने खासै आवश्यकता पर्दैनथ्यो । जतिबेला पनि फुर्सद भएपछि एकाग्र भैहाल्ने र ध्यानमा प्रवेश गरिहाल्ने बानी परेको थियो मलाई । ध्यान साधनामा विभिन्न अलौकिक अनुभूतिहरु हुन्थे, मनमा कौतुहलता जाग्थ्यो किन यस्तो दृश्य देखें होला, किन यस्तो महसुस, अनुभव तथा अनुभूति भयो होला भन्ने लाग्थ्यो । तत्कालीन समय अनुसार श्रोत उपलब्ध भएसम्म म ध्यान साधनाका अवस्थामा हुने इन्द्रियजनित अनुभव र इन्द्रियातीत तथा भावातीत अनुभूतिहरुबारे खुव खोजी गर्ने गर्थें । यसक्रममा मैले श्रद्धेय ओशो रजनीशका, श्रद्धेय पाइलट बाबाका साथै अरु सान्दर्भिक सामग्रीहरु खोज्दै र पढ्दै आइरहेको छु विगत लामो समयदेखि आध्यात्मिक सामग्रीहरु पढ्न, जान्न र जीवनमा अनुशरण गर्न अत्यन्तै धेरै रुचि भएकोले ।

कत्थक नृत्यको अनलाइन कक्षा प्रारम्भको केही हप्तापछि ध्यान साधनामा रहदा मलाई फरक प्रकारका अनुभव तथा अनभूतिहरु हुन थाले । शुरुका ती दिनहरुमा मैले ध्यान साधनामै बन्द आँखा र ध्यानको उर्जा लागिरहेको अवस्थामा चारवटा भाषामा गीत गाएं, आफैंले उच्चाहरण गरेर लय हालेर गाएका ती चारवटै भाषा गीतहरुको अर्थ म स्वयंले बुझिन, सायद गीतमा शव्द भन्दा बढि आलापहरु भएको भएर होला । कलिकति पनि अनुमान भएन कुन भाषा हो, कति पुरानो तथा नयाँ भाषा हो भनेर, एउटा भाषा चाहिं बंगाली भाषाको नजिक जस्तो लाग्थ्यो तर मैले त्यो पनि बुझिन । हातको हाउभाउ, औंलाका लय र गला मिलाई मिलाईकन तालका रागहरु आलाप गरेर गीत गाएको थिएं । हात, औंला, गला, ताल, राग, आलापहरु मिश्रित भएका यो मापदण्डको आधारमा थोरै अनुमान चाहिं भएको थियोकि पूर्वीय सनातन शास्त्रीय संगीत तथा गायन नै हो भन्ने । 

यो अनुमानमा अझ स्पष्टता आउदै गयो, पछिल्ला ध्यान साधनाहरुमा मैले स्पष्ट रुपमा बन्द आँखा र ध्यानको उर्जा लागिरहेको अवस्थामा बिना संगीत तर संगीतको तालमाझैं हातका हाउभाउ र औंलाका लय मिलाउदै ‘सा–रे–ग–म–प–ध–नि–सा’ को लामो–लामो अभ्यास र विभिन्न तालका राग आलापहरु गर्न थालें । म आफू स्वयंले गरें तर मलाई यसबारे वर्तमान जीवनमा कुनै प्रकारका सैद्धान्तिक तथा व्यवहारिक ज्ञान थिएन । पछिल्ला ध्यान साधनाहरुमा ममा अझ अद्भूत अनुभव तथा अनुभूतिहरु बढ्दै गए । म ध्यान साधनामै रहेको अवस्थामा बन्द आँखा र ध्यानको उर्जा लागिरहेको अवस्थामा बसिरहेको मान्छे जुरुक्क उठेर बिना संगीत कत्थक नृत्य गर्न थालें एकदम भाँति पुर्याएर हात र गोडका हााउभाउहरु मिलाएर जवकी मैले अनलाइन कक्षामा भर्खर आधारभूत कत्थक नृत्यनै सिक्दै थिएं र यसअघि शास्त्रिय गीत–संगीतबारे कुनै प्रकारको सैद्धान्तिक र व्यवहारिक ज्ञान थिएन तर ध्यान साधनामा मैले अनुभवी नृत्यांगनाले गर्ने जस्तो कत्थक नृत्य गरेको थिएं बिना गीत–संगीत तथा वाद्य्यवादन । ध्यान साधनामा उर्जा लागिरहेको अवस्था भएकोले नृत्य गर्दागर्दै थाकेर म भुईंमा लडेको थिएं, आँखा खुलेका थिएनन्, आधाघण्टा होसपूर्ण अवस्थामा खालि भुईंमै सवासनमा पल्टेर विस्तारै ध्यानबाट वाहिर निस्किएं र सामान्य भएं । विगतमा ध्यान साधनाबाट जुरुक्क उठेर बन्द आँखा र ध्यानको उर्जा लागिरहेकै समयमा गायन, राग आलाप, सारेगम अभ्यास, कत्थक नुत्य लगायत अरु अनेक गतिविधिहरु गरेका धेरै अवस्थाहरुको अनुभव तथा अनुभूतिहरु पनि मलाई धेरैपटक भैसकेका थिए । 

संगीत, नृत्य, चित्रकारिता, सिलाई–बुनाइ, खेलकुदका साथै मलाई सानैदेखि कविता, कथा, नाटक, यात्रा विवरण, आख्यान, लेख, दैनिकी आदि लेख्ने तथा काव्य रचनामा पनि खुव रुचि लाग्थ्यो र यो रुचि वर्तमान समयमा झन–झन प्रगाढ बन्दै गैरहेको छ । काव्य रचनामा विगत लामो समयदेखि कविता, गीत तथा भक्तिगान लेखन मेरो सबैभन्दा रुचिको विषय थियो र छ । कविता, गीत तथा भक्तिगान लेखनमा मलाई परमात्माको आशिर्वाद रहदै आएको छ भन्ने लाग्छ किनकी आफैं आश्चर्यमा पर्नेगरि अत्यन्तै कम समयमा धेरै परिणामको प्रतिफल हासिल गर्न सक्ने क्षमता विकास भएको पाउछु आफूमा । बिना योजना विलकुल खालि मन–मस्तिष्कमा लेख्न बस्छु तर आफैं थाहा नपाइकन तुरुन्तै कविता, गीत तथा भक्तिगानहरु तयार हुन्छन् र तिनलाई दोहोर्याएर पढ्दा ओहो यो मैले नै लेखेको हो र जस्तो लाग्छ र विष्मय मिश्रित आनन्द प्रफुटित हुन्छ अन्तरहृदयबाट । एक दिन ध्यान साधनाबाट उठ्ने बित्तिकै बिनाकुनै योजना लेख्न बसें, भक्तिगान तुरुन्तै तयार भएको र आफैंलाई अत्यन्तै मन परेको एउटा हरिगुरु भक्तिगान स्मरणमा आइरहेको छ,

मधूरम मधूरम...

प्रभु, तिम्रो सुन्दरताको बयान गरुं म कसरी
तिम्रो मनमोहक रुपलाई शव्दमा भरुं म कसरी...

अखण्ड परम-आभा झल्कने, तिम्रो शिर अति मधूरम
चन्दन सुलेपित सुगन्धीत, तिम्रो बदन अति मधूरम
ढलपल-ढलपल हंसझैं हिंडाइ, तिम्रो चाल अति मधूरम
मधूरापति तिमी, सर्वाङ तिम्रो मधूरम मधूरम ।।
             प्रभु, तिम्रो सुन्दरताको बयान गरुं म कसरी...

 
हजार सुर्यझैं चम्किने, तिम्रो अधर अति मधूरम
प्रेमको महासागर छल्किने, तिम्रा नयन अति मधूरम
मिठो मुस्कान फक्रने, तिम्रा ओठ अति मधूरम
मधूरापति तिमी, सर्वाङ तिम्रो मधूरम मधूरम ।।
            प्रभु, तिम्रो सुन्दरताको बयान गरुं म कसरी...
 
मनमोहक प्रसन्नता झल्कने, तिम्रो मुखमण्डल अति मधूरम
टप-टप मिठो अमृत वर्षने, तिम्रो वाणी अति मधूरम
संसारलाई आफूमै समेट्ने, तिम्रो हृदय अति मधूरम
मधूरापति तिमी, सर्वाङ तिम्रो मधूरम मधूरम ।।
                 प्रभु, तिम्रो सुन्दरताको बयान गरुं म कसरी...

प्रभु, तिम्रो सुन्दरताको बयान गरुं म कसरी
तिम्रो मनमोहक रुपलाई शव्दमा भरुं म कसरी...

ध्यान साधनामा रहदा ध्यानको उर्जा लागिरहेको अवस्थामा धेरै प्रकारका आफू स्वयंमकालागि विष्मयकारी, अलौकिक। तथा चमत्कारिक अनुभव तथा दिव्य अनुभूतिहरु हुदै आइरहेका थिए र छन् विगत लामो समयदेखि । यसबारे प्रत्यक्ष रुपमा थप विषयवस्तुहरुको गहिराई जान्ने र आवश्यक ज्ञान लिने अभिप्रायले नजानिदो गरि आफूलाई ध्यान साधनामा केही नभएको तर कितावमा पढेको, अरुले भनेका किस्साहरु सुनेको भनेर अध्यात्म दर्शनमा दख्खल राख्ने र ध्यान साधनाका गहन अनुभव भएका र ध्यानमा गहिरो गैसकेका ध्यान साधकहरुलाई सोध्ने गर्थें बेलाबेलामा । तर उनीहरुले मलाई भएको प्रकारका अनुभव तथा अनुभूतिहरुबारे केही बताउदैनथे, सायद उनीहरुलाई मलाई हुने जस्तो अनुभव तथा अनुभूतिहरु हुदैन्थ्यो होला र मलाई उनीहरुलाई हुने जस्तो अनुभव तथा अनुभुति हुदैनथ्यो होला । ध्यान साधनाका अलौकिक तथा दिव्य अनुभव तथा अनुभूतिहरुका सन्दर्भमा प्रकाशित गरिएका पुस्तक तथा सामाजिक संजालका विभिन्न आयामहरुमा व्यक्ति पिच्छे ध्यान साधनाका अनुभव तथा अनुभूतिहरु फरक–फरक हुन्छ भन्ने पढेको तथा सुनेको थिएं । सायद त्यस्तै केही होला भन्ठान्थें र आफ्नै अनुभव तथा अनुभूतिहरुका आनन्दमा रमेर आफ्नो ध्यान साधनालाई निरन्तरता दिरहें मैले ।

मेरो व्यक्तिगत बुझाइमा, ध्यान साधनाका क्रममा हुने अनुभव तथा अनुभूतिहरु एउटा अलग संसारको विचरण तथा यात्रा रहेछ जसमा एउटा संसार व्यष्टिका रुपमा म हँु र मभित्र अर्को विशाल समष्टि संसार तथा समुच्चा ब्रम्हाण्ड रहेको छ र त्यहींबाट मलाई यसप्रकारका अनुभव तथा अनुभूतिहरु आइरहेका हुन् जसको कुनै अन्त्य छैन । एउटा यो दृश्य तथा भौतिक संसार छ जहाँ मनुष्य आफ्नो स्थुल शरीर र अनस्थुल मन तथा भावनाको सहयोग लिएर बोलिरहेको छ, काम गरिरहेको छ, खाइरहेको छ, हिडीरहेको छ, सम्वन्ध बनाइरहेको छ र अर्को एउटा अदृश्य तथा पराभौतिक संसार छ जुन सर्वव्यापक छ तर ध्यान साधनाको गहन अवस्थामा त्यो समष्टि संसार मभित्र प्रकट हुन्छ अदृश्य, अलौकिक, चमत्मारिक रुपमा । त्यो पराभौतिक तथा समष्टि संसार जहाँ मनुष्यको चेतना तथा सुक्ष्म शरीरको विचरण हुने गर्दछ अविछिन्न असीम आकाशमा स्वयं परब्रम्हको स्वरुपमा । यस प्रकारको अलौकिक, दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूति हासिल गर्नकालागि ध्यान साधनाको माध्यमबाट आफ्नो शरीरका आयामहरुको उर्जा शुद्धि तथा चेतनाको आवश्यक विकास हुनु अनिवार्य हुने रहेछ । उर्जाको शुद्धि तथा चेतनाको विकास भएपछि व्यष्टि संसारमा रहेर अर्थात यही भौतिक शरीर, भौतिक मस्तिष्क, भौतिक मुटु र अभौतिक शरीर, अभौतिक मन तथा अभौतिक हृदयको माध्यमबाट समष्टि संसारको विचरण हुने रहेछ... त्यसैले,

प्रभु, तिम्रो विराटताको बयान गरुं म कसरी
तिम्रो मनमोहक रुपलाई शव्दमा भरुं म कसरी...
प्रभु, तिम्रो सुन्दरताको बयान गरुं म कसरी
तिम्रो मनमोहक रुपलाई शव्दमा भरुं म कसरी...


                                                            अस्तु
                                          शिवोहम् ! शिवोहम् !! शिवोहम् !!!  














 

 

 

 

 

Friday, 15 August 2025

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -११

डासिर्जना भण्डारी

 #अध्यात्म_दर्शन #जीवन_दर्शन 
 

आभामण्डल तथा उर्जा क्षेत्रको स्तर कसरी बढाउन सकिन्छ ? खण्ड -१० को निरन्तरता

चेतना तथा उर्जाको विकासमा ध्यान साधनाको प्रभावकारिता

(२)चेतनाले स्थुल शरीरको त्याग गर्छ
ध्यान साधनाको गहन अवस्थामा साधकहरुलाई भौतिक शरीरबाट आफू अर्थात आत्मा छुटेको जस्तो अनुभूूति हुन सक्छ । यो ध्यान साधनाको अवस्थामा भौतिक अर्थात स्थुल शरीरबाट आत्मा अर्थात सुक्ष्म शरीर अलग भएको(आउट अफ बडी एक्सपेरियन्स–ओ.बि.इ.) अनुभूतिको अवस्था हो । यसप्रकारको अनुभूति तथा अवस्था गहिरो ध्यान साधनाको गहन तथा चमत्कारिक उपलव्धि हो जसमा साधकलाई अचानक यस्तो अनुभूति हुन्छकि यो भौतिक जगत तथा भौतिक शरीर भन्दा वाहिर रहेर वरिपरिको अवस्था र स्वयं आफ्नो भौतिक अर्थात स्थुल शरीरलाई देखिरहेको हुन्छ । यस्तो अनुभूति भैरहदा साधकलाई अदभूत हल्कापन र आफू चारैतिर विस्तार भैरहेको तथा फराकिलो हुदै फैलिदै गैरहेको महसुस हुन्छ । सनातन वेदान्त दर्शनको अनुसार हरेक मनुष्यको वास्तविक अस्तित्व केवल स्थुल शरीरसम्म मात्र सिमित छैन, स्थुल शरीरका धेरै प्रकारका सीमाहरु हुन्छन् तर सुक्ष्म शरीरको सीमा हुदैन । मनुष्य सुक्ष्म शरीरका रुपमा विराट अस्तित्वमा ब्रम्हाण्ड भरिनै फैलिएको हुन्छ किनकी हरेक मनुष्य स्वयं नै ब्रम्हाण्ड हो, उभित्रै ब्रम्हाण्डको सारा ज्ञान निहित हुन्छ, मनुष्यको भौतिक शरीर केवल ब्रम्हाण्डको उर्जालाई चलायमान गराइराख्ने एकप्रकारको जड पदार्थ तथा यन्त्र अर्थात उपकरण मात्र हो जसलाई उसको सुक्ष्म शरीर अर्थात आत्मिक शरीर अर्थात चेतनात्मक शरीरले परिचालित गरिरहेको हुन्छ अदृश्य रुपमा । 


सनातन अध्यात्म दर्शनका अनुसार सांसारिक र पारमार्थिक रुपमा मनुष्यका तीन प्रकारका शरीरहरु रहेका हुन्छन्– (१)भौतिक अर्थात स्थुल शरिर, (२)आत्मा अर्थात सुक्ष्म शरीर, (३)संस्कार अर्थात कारण शरीर । भौतिक अर्थात स्थुल शरीर त्यो हो जसलाई ज्ञान इन्द्रियहरुको माध्यमबाट सबैप्रकारले प्रत्यक्ष अनुभव गर्न सकिन्छ; आत्मा अर्थात सुक्ष्म शरीर त्यो हो जुन अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)ले निर्मित भएको हुन्छ; र संस्कार अर्थात कारण शरीर त्यो जुन मनुष्यको जन्म–जन्मका कर्महरुबाट निर्मित भएका उसका पूराना संस्कारहरुका स्मृतिहरुका करण निर्माण भएको हुन्छ जो अचेतन मन अर्थात अध्यात्म विज्ञानको भाषामा अतिचेतन तथा पूर्णचेतन मनमा संग्रहीत भएर बसेका हुन्छन् । यिनै पूर्व जन्मका कर्म तथा संस्कारहरुका कारण अर्थात कारण शरीरका अनुसार मनुष्यको पूनरजन्म कहाँ, कुन भूगोल तथा कुन परिवार, कुन कुल, कुन समाज तथा धर्म–सम्प्रदायमा हुने भन्ने तय हुन्छ । सनातन अध्यात्म दर्शनका मूल शास्त्रहरुमा उल्लेख गरिए अनुसार मनुष्यको वर्तमान जन्म तथा जीवनमा पूराना संस्कारहरुका स्मृतिहरुको ६६ प्रतिशत प्रभाव रहेको हुन्छ, त्यसमध्य ३३ प्रतिशत प्रत्यक्ष तथा प्रारव्ध कर्महरु जो पाकिसकेका र परिणाम दिन तथा फलित हुन तयारी अवस्थामा रहेका हुन्छन् र वाँबी ३३ प्रतिशत अप्रत्यक्ष संचित कर्महरु जो पाक्न बाँकी नै रहेका हुन्छन्, विस्तारै पाक्दै जान्छन् र आगामी पूनरजन्महरुमा परिणाम तथा फल दिन योग्य हुन्छन् । आधूनिक मनोविज्ञान पनि मनुष्यका विगतका जन्महरुका कर्म तथा संस्कारहरुको यो अंश तथा मात्रा बिभाजनसंग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा राजी भएको छ । आधूनिक मनोविज्ञानका पिताश्री सिग्मण्ड फ्रायडको आलंकारीक मनोविज्ञान र आइसवर्गको सिद्धान्त अध्यात्म विज्ञानको यही मान्यताको निरन्तरताको रुपमा मान्न सिकन्छ या भनौ मानिदै आइएको छ । 


यस सन्दर्भमा वैज्ञानिक व्याख्या

ध्यान साधनाको गहन अवस्थामा मनुष्यको मस्तिष्क तथा स्नायु प्रणालीमा अकल्पनिय तथा चमत्कारिक बदलाव आउछ भन्ने तथ्यगत विषयमा आधूनिक भौतिक विज्ञानका नवीनतम शाखाहरु पनि राजी छन् । यस सन्दर्भमा विश्वका ठूला–ठूला स्वास्थ्य तथा चिकित्सासंग सम्वन्धित संस्थाहरु; शैक्षिक संस्थाहरु; र वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोज गर्ने संस्थाहरुले दशकौंदेखि खोज गर्दै पूर्वीय सनातन अध्यात्म विज्ञानले दशौं हजार वर्ष अघि उजागर गरेका प्रामाणिक तथ्यांकहरुसंग मेल खाने प्रकारका हजारौं नतिजाहरु सार्वजनिक गरिसकेका छन् । यी तथ्यांकहरुका अनुसार ध्यान साधनाको विशेष अवस्थामा जव मनुष्यको चेतना वाहिरी संसारबाट हटेर अन्तरमुखी हुन थाल्छ तव उसकोे पहिचान म स्थुल शरीर हुँ भन्ने भ्रमबाट हटेर म सुक्ष्म शरीर अर्थात आत्मिक शरीर अर्थात चेतनात्मक शरीर हुँ भन्ने सनातन शाश्वत सत्य तथा भावसंग अत्यन्तै दृढताकासाथ जोडिदै जान्छ । यो कुनै अप्राकृतिक घटना नभएर ध्यानको गहन तथा भावातीत अवस्थामा हुने स्वाभाविक परिणाम तथा उपलव्धि हो । 


वर्तमान समयमा आधूनिक भौतिक विज्ञानले पनि ध्यानको गहन अवस्थामा हुने यस्तो प्रकारको अनुभव तथा अनुभूतिका सन्दर्भमा वैज्ञानिकतामा आधारित धेरै प्रमाणिक तथ्यांकहरु उजागर गरेका छन तर आधूनिक भौतिक विज्ञानका अध्ययन तथा खोजहरुले यस विषयलाई प्रस्तुत गर्ने भाषा तथा दृष्टिकोण सनातन अध्यात्म विज्ञानको भन्दा भिन्न रहेको छ तर विषयको अन्तर भाव भने दुवै विद्याको एकै हो । अध्यात्म विज्ञानले दशौं हजार वर्षअघि उजागर गरेको यो प्रामाणिक तथ्यलाई आधूनिक मनोविज्ञान र तन्त्रिका विज्ञान तथा स्नायु प्रणाली(न्यूरो साइन्स)ले ध्यान साधनाको समयमा मनुष्यको मस्तिष्क तथा स्नायु प्रणालीमा हुने यसप्रकारको स्थुल शरीरबाट सुक्ष्म शरीर अलग भएको महसुस तथा अनुभूतिलाई एक विघटनकारी अवस्था तथा अनुभव(डिसओसिटीक एक्पेरीयन्स) रुपमा हेर्छ जो मस्तिष्कको एक विशेष अवस्थामा घटित हुने गर्दछ । वैज्ञानिकहरुले विभिन्न वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजमा यो पत्ता लगाइसकेका छन्कि मनुष्यको मस्तिष्कमा एक विशेष स्थान हुन्छ सामाजिक विकासको दिमाग(टेम्पोरोपेरीएटल जंसन– टि.पि.जे) जसले मनुष्य कहाँ स्थित छ भन्नेबारे वोध गराउदछ । ध्यान साधनाको गहन अवस्थामा जव इन्द्रियहरुको माध्यमबाट निरन्तर प्राप्त भैरहने वाहिरी सूचनाहरुबाट मनुष्यका सम्पर्क टुट्दै तथा विच्छेद हुदै जान्छ तव मस्तिष्कको यो हिस्साको गतिविधिमा विशेष प्रकारको बदलाव आउन थाल्छ र उसलाई आफ्नो भौतिक शरीरभन्दा वाहिर भएको अनुभव हुन्छ । अनुभव गर्ने वास्तविक उ अर्थात आत्मा अर्थात चेतना हो किनकी शरीर त स्थुल यन्त्त तथा उपकरण मात्र हो वास्तविक मनुष्य तथा ‘उ’ त आत्मा अर्थात चेतना हो । सनातन अध्यात्म दर्शनले हजारौं वर्षअघिदेखि योग विज्ञानका वैज्ञानिकतामा आधारित प्रक्रिया, विधि तथा पद्धतिहरुको अनुशरण गरेर ध्यानको यो अवस्था हासिल गर्न प्रत्याहार गर्नु तथा इन्द्रियहरुको निग्रह गर्नु तथा इन्द्रियहरुलाई आफूतिर फर्काउनु भन्दै आइरहेको छ जसको सिधा अर्थ मनुष्यको चेतनालाई उसका इन्द्रियहरुको माध्यमबाट निरन्तर प्राप्त भैरहने वाहिरी सूचनाहरुबाट सम्पर्क टुटाएर तथा सम्पर्क विच्छेद गराएर आफूतिर फर्काउनु भन्ने भावसंग सम्वन्धित रहेको छ ।


वर्तमान समयमा आधूनिक मनोचिकित्सा विज्ञान तथा आधूनिक मनोविज्ञानले मस्तिष्कको यही अवस्था तथा प्रक्रियालाई तन्त्रिका विज्ञान तथा स्नायु प्रणालीको माध्यमबाट वैज्ञानितामा आधारित भएर प्रमाणिक रुपमा बुझाउने प्रयास गरिरहेका छन् । अध्यात्म विज्ञान र आधुनिक विज्ञान दुवै विद्याका अध्ययनहरुले फरक भाषा तथा दृष्टिकोणबाट एउटै सत्यमा लिएर गैरहेका छन् । हामीले यस सन्दर्भमा आफ्नो अध्ययनको दायरा बढाएर उदार दृष्टिकोण तथा भावकासाथ प्राचीन र नवीन अध्ययनका खोजका नतिजाहरुलाई आत्मसाथ गर्दै विषयको गहिराई बुझेर ध्यान साधनामा अभ्यासहरु गर्दै जानु, आफूले बुझ्दै जानु र आफूले बुझेका विषयहरु अरुलाई बुझाउदै जानु समय सान्दर्भिक र सबैकालागि लाभकारी हुन्छ । तसर्थ ध्यान साधनाको गहिराईमा चेतना अर्थात आत्माले स्थुल शरीर छोडेको अनुभव तथा अनुभूति भयो भने नआत्तिकन यसलाई सामान्य तथा प्राकृतिक प्रक्रियाको रुपमा बुझेर यसप्रकारका अनुभव तथा अनुभूतिहरुलाई एक द्रष्टा तथा साक्षी बनेर हेरिराख्नु पर्दछ किनकी यो मनुष्यको चेतना तथा उर्जाको स्तरोन्नती भएको तथा चेतना विकसित हुदै गरेको ‘मृत्र्योरमा अमृतमगमय’ यात्रा तर्फको अलौकिक तथा दिव्य कदमको प्रारम्भिक सिढी हो । यस्तो अवस्थामा नआत्तिकन अध्यात्म विज्ञानका जानकार सिद्ध सदगुरुहरु र आधूनिक विज्ञानका जानकार मनोचिकित्सक तथा मनोविज्ञहरुको सानध्यिमा रहेर, यस विषयको अन्तर्य बुझेर, ध्यान साधनाको आफ्नो अलौकिक यात्रालाई निरन्तरता दिनु सबैकालागि हितकर हुन्छ किनकी ध्यान साधनाले केवल ध्यान गर्ने साधकलाई मात्र नभएर उसले ध्यान साधनामा आर्जन गरेको सकारात्मक ब्रम्हाण्डिय महाउर्जाले आफू वरिरिको वातावरण तथा पर्यावरण, विश्व, प्रकृति तथा समग्र ब्रम्हाण्डलाई नै लाभ पुर्याइरहेको हुन्छ ।


(३)आज्ञा चक्रको जागरण र दिव्य ज्योतिको दर्शन

ध्यान साधनामा साधनारत रहेको समयमा सकेसम्म हाम्रा भौतिक ज्ञान इन्द्रियहरुलाई सबै प्रकारका वाहिरी सूचना तथा जानकारीहरुबाट अलग राखेर एकाग्रता साध्ने प्रयास गरिन्छ । वाहिरी आँखा(चर्म चक्षु) बन्द गरेर एकाग्रतामा ध्यानस्थ भएपछि ध्यान साधनाको गहन अवस्थामा साधकको तेस्रो आँखा(दिव्य चक्षु) खुल्ने प्रक्रिया प्रारम्भ हुन्छ र दिव्य चक्षुको माध्यमबाट साधकलाई विभिन्न प्रकारका रंगीविरंगी प्रकाशहरुको दर्शन हुन थाल्छ जुन अवस्थालाई ध्यान साधनामा भैरहेको चेतनाको स्तरोन्नती तथा विकासक्रमको अर्को अत्यन्तै महत्वपूर्ण परिणाम तथा उपलव्धिका रुपमा मानिन्छ । ध्यान साधनाको क्रममा धेरै साधकहरुलाई दुई आँखीभौंको विचमा तथा आज्ञा चक्र स्थित भएको भु्रमध्य क्षेत्रमा केही खिचाव तथा समवेदनाको महसुस हुन्छ र त्यही स्थानमा तथा त्यसको वरिपरि उसले दिव्य प्रकाशका विभिन्न रंगका ज्योति, विन्दु, प्रकाशका पुञ्ज तथा तरंगहरुको दर्शन पाउन थाल्छ । यस्तो दिव्य प्रकाश एकै रंगको हुनपनि सक्छ, दुई वा दुई भन्दा बढि रंगहरु मिसिएको इन्द्रनीको रंग जस्तो देखिन पनि सक्छ । ध्यान साधनामा देखिएका दिव्य रंग तथा प्रकाशहरु स्थिर हुनपनि सक्छ, घुमेको तथा चलायमान प्रतित हुनपनि सक्छ । ध्यान साधनाका अनुभवीहरुका अनुसार प्राय यसरी ध्यान साधनाको गहन अवस्थामा आज्ञा चक्र तथा दिव्य चक्षुको माध्यमबाट देखिने दिव्य प्रकाशहरुको रंग चम्किलो सेतो, क्रिम, गुलावी, प्याजी, निलो, हरियो, सुनौलो, सुन्तले, रातो रंगका हुन सक्छन् ब्रम्हाण्डिय महाउर्जाका मूल शक्तिकेन्द्र सात चक्रका सात रंगहरु जस्तो किनकी ध्यानको गहिराइमा चक्रहरुकै रंगहरु साधकको दृश्यमा देखिन्छन् भन्ने मान्यता रहेको छ सनातन अध्यात्म दर्शनशास्त्रका विवरणहरुमा । 


योग विज्ञान तथा तन्त्र साधनाको विज्ञानमा यो अवस्थालाई साधकको आज्ञा चक्र तथा दिव्य चक्षुको जागरण भएको अलौकिक तथा पराभौतिक अर्थात आध्यात्मिक प्रगति अर्थात चेतनाको विकास भएको अवस्थाको रुपमा अथ्र्याइएको तथा उल्लेख गरिएको पाइन्छ । आज्ञा चक्र, तेस्रो आँखा, दिव्य चक्षु तथा शिव नेत्र मनुष्यको दिव्य दृष्टि, अन्तरज्ञान(इन्ट्यिुसन) तथा सहज ज्ञान तथा प्रज्ञाको मूलकेन्द्र हो । ध्यान साधनाको माध्यमबाट जव साधकको चक्र तथा नाडीहरुमा निरन्तर प्रवाहित भैरहने ब्रम्हाण्डिय महाउर्जा अर्थात समष्टि शक्तिको व्यष्टि स्वरुप कुण्डिलिनी शक्ति तथा चेतना तथा उर्जा उर्धोमुखी भएर तलका पाँच चक्रहरु क्रमशः मूलाधार, स्वाधिष्ठान, मणिपूर, अनाहद, विशुद्धि चक्रलाई भेदन गर्दै आज्ञा चक्रमा पुगेर केन्द्रित हुदै जान्छ तव उसको आज्ञा चक्र सक्रिय तथा जाग्रीत हुन थाल्छ । यसरी आज्ञा चक्र सक्रिय तथा जाग्रीत हुने क्रममा साधकलाई आफैंभित्र रहेका आन्तरिक दिव्य प्रकाशहरु विभिन्न रंगमा उसको दृश्यमा आउन थाल्छन् । धेरै ध्यान साधक तथा सन्त, योगी, महात्मा तथा चेतना विकसित भएका चैतन्य पुरुष(विकसित आत्मा अर्थात चेतना)हरुले यो अवस्थामा प्राय निलो रंगकोविचमा पाँच कोण भएको षटकोण आकारको सेतो तारालाई सुनौलो रंगले घेरेर बनाएको आकर्षक प्रकाशपुञ्जको रुपमा दृश्यमा आउने वर्णन गरेका छन् । ध्यान साधनामा यसप्रकारका रंगीविरंगी दिव्य प्रकाशका दिव्य दृश्यहरु देखिनु अत्यन्तै शुभ संकेत मानिन्छ । सनातन अध्यात्म दर्शनका अनुसार  यसको सिधा अर्थ हो साधक क्रमशः सांसारिक जीवनको भौतिक चेतनाबाट माथि उठेर सुक्ष्म तथा पारमार्थिक जगतको चैतन्यताको यात्रामा निरन्तर अग्रसर भैरहेको ‘तमसोमा ज्योर्तिगमय’को अत्यन्तै महत्वपूर्ण क्षणमा पुगेको अवस्था मानिन्छ किनकी आध्यात्मिक प्रगतिमा ध्यान साधनामा सादा प्रकाश, रंगीविरंगी प्रकाशका ज्योति तथा विन्दुहरु, प्रकाशका ज्योतिपुञ्जहरु तथा तरंगहरुको दर्शन हुनु अत्यन्तै गहन उपलव्धि र उत्साहप्रद अवस्था मानिन्छ तर यो अन्तिम गन्तव्य भने होइन । 


अक्सर गरेर ध्यान साधकहरु साधनाबाट हासिल भएका तिनै उपलव्धिहरुमा यतिविधि रमाएर बस्छन्कि उनीहरु त्यही अवस्थालाई नै आफ्नो अन्तिम उपलव्धि तथा गन्तव्य मान्न र ठान्न थाल्छन्, बारबार तिनै प्रकाशका दृश्यहरुलाई देख्ने अपेक्षा राख्छन् जसले उनीहरुको ध्यान साधना र अगाडिको आध्यात्मिक यात्रामा रोकावट उत्पन्न हुन जान्छ र उनीहरु त्यही अवस्थामा अड्किरहन्छन् । बौद्ध दर्शनमा ध्यान साधनाको क्रममा अनुभूतिमा आउने यस्तो अनुभव तथा अवस्थालाई मारक्यु भनिएको छ र शिष्य तथा साधकहरुलाई यसप्रकारको अनुभूतिमा ध्यान नदिन र यस्तो अवस्थाबाट अगाडि बढेर आफूलाई ध्यान साधनामा अझ गहिरो डुब्न सल्लाह दिइन्छ ताकि उनीहरुमा साधनाका उपलव्धिहरुलाई लिएर अहंकारको जन्म हुन नपाओस । यस्तो अनुभव तथा अवस्था आयो भने इश्वरलाई धन्यवाद, कृतज्ञता भाव प्रकट गर्दै त्यो अवस्थालाई आफ्नो चेतनाको विकासको एक महत्वपूर्ण कडीको रुपमा मानेर त्यसप्रति आशक्त नभईकन आफ्नो आत्यन्तिक गन्तव्यमा अगाडि बढ्नु पर्छ भन्ने मार्गनिर्देश गरिन्छ । ध्यान साधनाका अनुभवी तथा अग्रज गुरुहरुले आफ्ना शिष्य तथा साधकहरुलाई ध्यान साधनाको क्रममा यस्तो अनुभव तथा अनुभूति घटित भयो भने त्यस अवस्थालाई साक्षी तथा तटस्थ भावले केवल द्रष्टा भएर मात्र हेर्नुपर्छ, त्यसको विश्लेषण तथा पुनः देख्ने मोहमा अड्कीनु हुदैन भन्ने मार्गदर्शन बारबार गर्दै आउनु भएको पाइन्छ । दृश्यमा आएका उक्त दिव्य प्रकाशहरुलाई हेरिरहने र आफ्नो चेतनालाई उक्त प्रकाशको श्रोत तथा आफ्नो परम मौनमा केन्द्रित हुन प्रयास गर्न सुझाव दिइन्छ जहाँबाट यस्ता दिव्य प्रकाशहरु प्रकट भैरहेका छन् । ध्यान साधनाको क्रममा यसरी दृश्यमा आउने प्रकाशहरुलाई अध्यात्मको गन्तव्यमा पुर्याउने प्रगति मार्गको एक प्रमुख तथा महत्वपूर्ण द्वारको रुपमा लिइन्छ तर यसभन्दा अगाडि अझै लामो यात्रा तय गर्न बाँकी नै रहेको हुन्छ किनकी यो नै साधकको आत्यन्तिक लक्ष्य तथा गन्तव्य होइन । ध्यान साधनाका क्रममा आएका यस्ता दृश्यहरुबाट पार भएर चेतनाको गहिरो अवस्थमामा प्रवेश गरेर अझै अगाडि बढेपछि मात्र अन्तिम गन्तव्य परमात्मा साक्षातकार, मोक्ष तथा निर्वाण(इटरनल लिबरेसन)मा उपलव्ध हुन सकिन्छ ।

  
यस सन्दर्भमा वैज्ञानिक व्याख्या

आधूनिक विज्ञानका नवीनतम शाखाहरुले गरेका पछिल्ला वैज्ञानिक अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुमा पनि ध्यान साधनामा साधकलाई हुने रंगीविरंगी प्रकाशका ज्योति, विन्दु, प्रकाशका पुञ्ज तथा तरंगहरुको दर्शनको अवस्था तथा प्रक्रियालाई ध्यान साधनाको गहन अवस्थामा मनुष्यको मस्तिष्कमा आउने विशेष प्रकारको सकारात्मक बदलावको सकारात्मक परिणाम तथा सकारात्मक उपलव्धिहरुका रुपमा हेरिएको पाइन्छ जसले हरप्रकारले मनुष्यको जीवनमा सांसारिक मुक्ति तथा पारमार्थिक मोक्ष हासिल गर्न मार्गदर्शन गर्छ र आध्यात्मिक विकासमा मद्धत पुर्याउछ । तर यहाँनेर बुझ्नु पर्ने महत्वपूर्ण विषय के छ भने, ध्यान साधनाको गहन अवस्थामा साधकको अनुभव तथा अनुभूतिमा आउने रंगीविरंगी प्रकाशका ज्योति, विन्दु, प्रकाशका पुञ्ज तथा तरंगहरुका अलौकिक तथा दिव्य दृश्यहरु ध्यानले साधनाले रंग तथा प्रकाशहरु उत्पादन गरेर भएको होइन । ध्यान साधनाले अन्तर्निहित सक्रियता संजालमा चलिरहने ती मानसिक तथा भावनात्मक विकार, क्लेश तथा वाधाका कोलाहलहरुलाई न्यूनिकरण गरिदिएको तथा हटाइदिएको कारणले मनुष्यको मनस्थिति तथा भावास्थिति शुद्ध, सन्तुलित तथा सक्रिय भएर उभित्रै उसको आत्मा अर्थात चेतनामा स्थित रहेका रंग तथा प्रकाशहरु वाहिर प्रष्फुटित भएको हो जसलाई यसअघि मानसिक तथा भावनात्मक विकार, क्लेश तथा वाधाहरुले रोकिरहेका थिए ।


(४)अहंकारको विघटन र चेतनाको विस्तार

जति–जति साधक ध्यान साधनाको गरिहराइमा अगाडि बढ्दै जान्छ उसमा अझ गहन दिव्य अनुभव तथा अनुभूतिहरु बढ््दै जान्छन् र चेतनाको विकास तिब्रगतिमा हुन थाल्छ । यो एउटा यस्तो अवस्था हो जहाँ साधकलाई भित्रबाट महसुस हुदै जान्छकि अव उसको चेतना भौतिक शरीरको सीमामा बाँधिएको छैन, चारैतिर फैलिरहेको छ तथा निरन्तर विस्तार भैरहेको छ । उसलाई आफ्नो शरीर भारहिन, निराकार, आकाश जस्तो विशाल र असीम तथा अनन्त बन्दै गैरहेको महसुस हुन थाल्छ । आफू र ब्रम्हाण्डको दुरी मेटिदै गएको अनुभूति हुन थाल्छ र ब्रम्हाण्डका हरेक वस्तुसंग निकटता, जुडाव र एकताको अनुभव हुन थाल्छ । यस्ता प्रकारका अनुभव तथा अनुभूतिहरु अंहकारको बिघटन हुदै गएको तथा अंहकारका सीमाहरु मेटिदै गएको अवस्था तथा प्रक्रिया हो । मनुष्यको अहंकार नै त्यस्तो बाधा हो जसले उसलाई भौतिक शरीरमा कैद गरेर सीमित राख्दछ अर्थात उ ‘म शरीर हुँ’ भन्ने भावमा केन्द्रित हुन्छ र उसलाई पुरै सृष्टिबाट आफू अलग रहेको महसुस गराउछ । म शरीर हुँ भन्ने भावले मनुष्यलाई आफू अर्थात आत्मा अर्थात चेतना भौतिक शरीरको भित्र छ, आफ्नो आत्मा अर्थात चेतनाको आभामण्डलभित्र भौतिक शरीर छ र संसार आफू भन्दा वाहिर छ, म संसारबाट अलग छु भन्ने महसुस तथा अनुभव गराउछ । तर ध्यान साधनाका क्रममा हुने गहन अनुभव तथा अनुभूतिले साधकको यो शंकीर्ण सोचको अवस्थालाई उल्टो पारिदिन्छ ।

जव ध्यान साधनाको गहन अवस्थामा साधकलाई विभिन्न प्रकारका अलौकिक, दिव्य र चमत्कारिक अनुभव तथा अनुभूतिहरु हुन थाल्छन् तव साधकलाई यस्तो महसुस हुदै हुन्छकि, मैले मेरो भौतिक शरीरको माध्यमबाट संसारलाई देखिरहेको छैन बरु आफ्नो समस्त शरीर– शारीरिक शरीर, मानसिक शरीर, भावनात्मक शरीर, आत्मिक अर्थात चेतनात्मक शरीर र यो संसार तथा विशाल ब्र्रम्हाण्डनै मेरो चेतनाभित्र प्रकट भैरहेको छ । यदि ध्यान साधनाको क्रममा आफू असीम रुपले ठूलो भैरहेको तथा फैलिरहेको अनुभूति भैरहेको छ भने यो अवस्था ‘म’(विराट म) भित्रको म(शंकीर्ण म) भन्ने, मलाई शरीर, मन, भावनामा सीमित गर्ने अहंकार तथा भ्रामक बुझाई र विचार कम हुदै गैरहेको, विलिन हुदै गैरहेको तथा स्खलित हुदै गैरहेको अत्यन्तै महत्वपूर्ण र परिणाममुखी उपलव्धि हो । यो अवस्थामा ममा म मेरो चेतनामा जोडिइरहेको छैन, म संसारबाट अलग र सीमित व्यक्ति हुँ भन्ने भाव घट्दै गैरहेको हुन्छ । जव व्यक्तिबाट म भन्ने भाव छुट्छ र यसपछि जुन चेतना बाँकी रहन्छ त्यही नै मेरो वास्तविक ब्रम्हाण्डिय असीम प्रकृति स्परुप हो जो आदिकाल देखिनै त्यही चैतन्य अवस्थामा थियो, छ र रहनेछ अनन्तसम्म । मनुष्य म शरीर हुँ, म मन हुँ, म भाव, चित्त, अहंकार हुँ भन्ने शंकीर्णतामा अल्झिनु तथा जकडिनुको मूल कारण हाम्रो आत्मा अर्थात चेतनाको प्राकृतिक प्रकाश स्वरुप तथा आनन्द स्वरुपलाई हाम्रै अन्तःकरण(मन, वुद्धि, चित्त, अहंकार)को कालो पर्दाले ढाकेको कारण भएको हो । ध्यान साधनाले साधकमा रहेको म शरीर हुँ, मन, भाव, चित्त हुँ भन्ने शंकीर्णता तथा सीमिततालाई हटाएर उसलाई विराट संसार तथा परमात्माको ब्रम्हाण्डसंग जोड्दछ । 


यस सन्दर्भमा वैज्ञानिक व्याख्या

ध्यान साधना र यसको प्रक्रियामा हुने अलौकिक, दिव्य तथा चमत्कारिक उपलव्धिका विषयहरु अव अध्यात्म विज्ञानसम्म मात्र सीमित छैनन् । आधूनिक भौतिक विज्ञानका नवीनतम शाखाहरुले विभिन्न समयमा गरेका वैज्ञानिकतामा आधारित अध्ययन, अनुसन्धान तथा खोजका नतिजाहरुले पनि यसलाई प्रामाणिक रुपमा पुष्टि गर्दै आइरहेका छन् । ध्यान साधनामा हुने यस्ता अलौकिक, दिव्य तथा चमत्कारिक अनुभव तथा अनुभूतिहरु मनुष्यको मस्तिष्कको एक हिस्सा अन्तर्निहित सक्रियता संजाल(डिफल्ट मोड नेटवर्क–डी.एम.एन) शान्त तथा अशान्त रहने अवस्था तथा प्रक्रियासंग प्रत्यक्ष रुपमा सम्वन्धित रहेको तथा जोडिएको हुन्छ । मनुष्यको मस्तिष्क डी.एम.एन अवस्था(मोड)मा रहेको बेलामा यसले हरसमय उसका दैनिक गतिविविधिका प्रक्रियाहरुमा म, मेरो, मलाई, मैले... भन्ने अंहकारका हदैसम्मका कहानी तथा किस्साहरु बारबार दोहोर्याइ रहन्छ । यस्तो अवस्थाले मस्तिष्कमा हदैसम्मको कोलाहलको अवस्था बढाइरहन्छ र मनुष्यलाई म, मेरो, मलाई, मैले... भन्ने अंहकारको भ्रम तथा दलदलमा जकडिरहन्छ । ध्यान साधनाको गहन अवस्थामा जव डी.एम.एनमा मच्चिरहेका कोलाहलहरु शान्त भएर हरदम म, मेरो, मलाई, मैले... भन्ने अंहकारका किस्साहरु कम हुन थान्छन् तथा हटेर जान्छन् र मस्तिष्क शान्त हुन थाल्छ तव साधकमा स्वतः आफू एक–अर्कोबाट अलग हो, संसार तथा सृष्टिबाट अलग हो भन्ने भाव मेटिन थाल्छ र उसलाई सबैसंगको एकताको अनुभव हुन थाल्छ, आफूमा सबैलाई र सबैमा आफूलाई देख्न थाल्छ अर्थात उ अहंकार शुन्य हुदै जान थाल्छ । 


तसर्थ साधकलाई ध्यान साधनाको गहन अवस्थामा आफ्ना सीमाहरु मेटिदै गरेको, म, मेरो, मलाई, मैले... भन्ने अंहकारका भावहरु कम हुदै तथा हट्दै गएको महसुस भयो भने आफू अस्तित्व तथा ब्रम्हाण्डमा फैलिरहेको र आफ्नो चेतनाको विकास भैरहेको भन्ने बुझ्नु पर्दछ र आफू अझ साक्षी तथा द्रष्टा भावमा रहेर परमात्माप्रति कृतज्ञता तथा अहोभावले भरिदै साधनालाई अझ गहिर्याउने प्रयास गर्नु पर्दछ । त्यस्तै अहंकार पग्लिरहेको; आफू स्वयंबाट हराइरहेको; शरीर, मन, भावनाका सीमा तथा बन्धनहरुबाट मुक्त भएको अनुभव तथा अनुभूति बढ्दै गैरहेको छ आफूमा भने यो अवस्था म विगत र भविश्यका अनावश्यक स्मृति तथा कल्पनाहरुबाट अलग भएर आफ्नो विराट स्वरुपको बारेमा चिन्तन् गरिरहेको छु भन्ने बुझ्नु पर्दछ । साधकमा आएको यस्तो अनुभव तथा अनुभूति म र यो सम्पूर्ण ब्रम्हाण्ड एकै हो भन्ने भावले भरिदै आएको अत्यन्तै महत्वपूर्ण र परिणाममुखी उपलव्धि भैरहेको र तिब्र गतिमा चेतनाको विकास भैरहेको अवस्था हो ।


छिट्टै,

(५)अनाहदनादको श्रवण, (६)आन्तरिक गुरुसंग साक्षातकार र संवाद, (७)द्वेतको अन्त्य र अद्वेत घटित ।